विनोद चौधरीको गुनासो -'बाँसबारी जग्गामा राजनीतिकरण गरियो'

काठमाडौं ।सांसद तथा उद्यमी विनोद चौधरीले बाँसबारी जग्गाबारे राजनीतिकरण भएको गुनासो गरेका छन्।बिहीबार सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि आफू सोही अनुसार सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको बताए ।

सांसद चौधरीले राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्नेकुराको हेक्का राज्यले राख्नुपर्ने बताए। उनले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउन आवश्यक नरहेको बताए।

सांसद चौधरीले राज्यले यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानी कर्तालाई विशुद्ध राख्न आवश्यक रहेको बताए। सांसद चौधरीले आफूलाई सरकारी वकीलको कार्यालयबाट मौखिक रुपमा उपस्थित हुन भनेपछि आफूले उपस्थिति जनाएको बताए। उनले आफू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि हयोग गर्न उपस्थित भएको बताए।

सांसद चौधरीले ४२ वर्षअघिको बाँसबारीको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ पब्लिक/प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई राजनीतिकरण गर्नु दुःखद् रहेको बताए। १० रोपनी जग्गाको बारेमा कुनैपनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज रहेको जिकिर गरे ।

सांसद चौधरीले आफूले दलगत राजनीतिलाई छोडेर विकासको राजनीति गरेको बताए। सांसद चौधरीमाथि बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा निजीकरण गरेको आरोप लागेको छ ।

एनएसएल लिग : आज धनगढी र काठमाडौं भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौं भिड्ने भएका छन् । खेल साँझ ६ बजे सुरु हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा हुनेछ । काठमाडौं पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गर्ने योजनामा मैदान प्रवेश गर्नेछ । जारी प्रतियोगितामा धनगढी अपराजित टिम हो । धनगढीले खेलेका पाँच खेलमा तीनमा जित र दुईमा बराबरी खेलेको छ । काठमाडौंले दुईमा जित, दुईमा बराबरी र एक खेलमा हारको स्वाद चाखिसकेको छ ।

राष्ट्र र जनताको समृद्धिका लागि सिर्जनशील सामग्री उत्पादन र प्रकाशनमा जोड दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रको उत्थान र जनताको समृद्धिका लागि पत्रकारिताको माध्यमबाट सिर्जनशीलरुपमा सामग्री उत्पादन र प्रकाशनमा अझै मेहनत गर्न सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । गोरखापत्र दैनिकको १२३ औं तथा गोरखापत्र संस्थानको ६१ औं वार्षिकउत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले पत्रकारिता मार्फत सरकार र आमजनताका बिचमा सम्बन्धको जोड्ने काम गर्नु पर्ने बताउँदै पत्रकारिताका आधारभूत मूल्य मान्यतालाई आत्मसात गर्दै समग्रमा राज्यलाई नीति नियमलाई जनताबिच लैजानुको साथै जनताका आवश्यकता राज्यसम्म पुर्याउने काममा यसले आफ्ना उत्पादनहरु केन्द्रित गर्नुपर्ने आवश्यकता औल्याइन । मन्त्री शर्माले भनिन्, गोरखापत्र र संस्थानका अन्य प्रकाशन भावी पुस्ताका बौद्धिक सम्पत्ति हुन् । तिनको संरक्षणका लागि संस्थानले पुराना प्रकाशनको विद्युतीय अभिलेखीकरण गर्न सुरु गरेकोमा खुशी लागेको छ । यसलाई आम्दानी वृद्धिको स्रोत बनाउनतिर ध्यान दिन आग्रह गर्दछु । अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ् खरो रुपमा उतार्न यो संस्थाले अझ् जिम्मेवार, व्यवसायिक तथा विश्वसनीय भएर आफूलाई प्रस्तुत गर्नुपर्छ । त्यसका लागि म फेरि पनि दोहोर्याएर भन्न चाहन्छु– आन्तरिक ब्यवस्थापन बलियो बनाउनुपर्छ । यसमा कार्यरत सबै जनशक्तिलाई संस्थानप्रति अपनत्व कायम गराएर एकताबद्धता बनाउँदै परिचालन गर्न सक्नुपर्छ । उनले सूचना तथा सञ्चार प्रविधिको विकासले यसलाई विधागत र प्रविधिगत आधारमा अझ फराकिलो दायरामा विस्तार गरेको बताइन । मन्त्री शर्माले भनिन, नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको यस पत्रिकाको इतिहास जति गौरवशाली छ, वर्तमान र भविष्यमा त्यो प्रतिष्ठा कायम राख्नु चुनौतीको विषय हो । बजारमा प्रतिष्पर्धी मात्र होइन, अगुवा पत्रिकाको रुपमा स्थापित गर्न आन्तरिक व्यवस्थापन सवल बनाउन जरुरी छ । आर्थिक र जनशक्ति व्यवस्थापन दुबै हिसाबले आन्तरिक व्यवस्थापन सवल बनाउन सके गोरखापत्र संस्थानको भविष्य उज्यालो हुने उनको भनाई छ । मन्त्री शर्माले संस्थानको पुनरसंरचना जरुरी रहेको भन्दै गोरखापत्र संस्थानको संरचना गत अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको अवस्था र प्रतिफलको लेखाजोखा गर्नुपर्नेमा जोड दिइन । भूकम्पबाट क्षतिग्रस्त पुरानो मूल भवनको पुनरनिर्माण तथा लामो समयदेखि अल्झिएको बिनियावलीलाई चाँडो टुंगो लगाएर कर्मचारी वृत्ति विकासलाई सुनिश्चित गर्न मन्त्रालयबाट पनि पहल भइरहेको उनको भनाइ छ । मन्त्री शर्माले गोरखापत्र संस्थानमा कार्यरत संचारकर्मी तथा कर्मचारीहरुलाई विश्वासमा लिएर आन्तरिक समस्याका समाधानका लागि प्रभावकारी पहल गर्न व्यवस्थानलाई निर्देशन दिइन ।

बिक्रम,सौगात र सुवर्णको ‘राधा’ भदौ १० मा देशभर

काठमाडौं,३० साउन । लामो समयदेखि बेलायतमा बस्दै आइ रहे तापनि नेपाली फिल्म अभिनय तथा निर्माणमा निरन्तर सक्रिय नाम हो–विक्रम डि जोशी (बिक्की) । नेपाली फिल्मको गुणस्तरिय बिकास, स्तरोन्नतीका साथै अन्तराष्ट्रिय बजार बिस्तारका लागि अहोरात्र खटिइरहेका अभिनेता तथा निर्माता जोशी पुनः एक पटक दर्शकमाझ आउदैछन्,भदौ १० गते मल्टिस्टारर फिल्म –‘दि सिक्रेट्स अफ राधा’ लिएर । यसअघि ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ र ‘हेल्लो जिन्दगी’ फिल्ममार्फत अभिनेताका रुपमा दर्शकमाझ आफ्नो बेग्लै परिचय दिएका बिक्की यसपाली भने निर्माताका रुपमा मात्रै प्रस्तुत भएका छन्, ‘राधा’ मा । सुवर्ण थापा निर्देशीत ‘राधा’ निर्माणमा बिक्कीका साथमा अभिनेता सौगात मल्ल, निर्देशक सुवर्ण र बिरञ्जना इन्टरटेन्मेन्टबाट सृजना जोशी महर्जनले ‘टिम अप’ गरेका छन् । नारी शक्तिको बिषयमा प्रस्तुत गरिएको फिल्मबाट बिक्की निकै आशावादी छन् । ‘हामीले निकै मिहीनेतका साथ ‘राधा’ निर्माण गरेका छौ,’ उनी भन्छन्, ‘दर्शकलाई भरपुर मनोरञ्जनका साथमा केही सकारात्मक सन्देश प्रस्तुत गर्ने जमर्काे स्वरुप ‘राधा’ बनेको हो ।’ आफू यसपाली पर्दामा नदेखिए पनि निर्माताका रुपमा भने उत्तिकै सक्रियतापूर्वक लागीरहेको उनी बताउछन् । सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल,निश्चल बस्नेत,खगेन्द्र लामीछाने,बुद्धि तामाङ,मेनुका प्रधान,लोकेन्द्र लेखक,पशुपति राईलगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक सुवर्णकै लेखन रहेको फिल्म चित्लाङ र काठमाडौमा खिचिएको हो । निकुन श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मको छाँयाकार नरेन्द्र मैनाली हुन् । अहिले चल्तीमा रहेका थुप्रै कलाकारलाई एउटै फिल्ममा समेट्न त्यत्ति सहज नभए तापनि स्क्रिप्टको माग र दर्शकको मनोरञ्जनका लागि राम्रै लगानी र परिश्रम खर्च गरेका निर्माता बिक्की ‘राधा’ ले दर्शकमाझ आफ्नो छाप छोड्नेमा बिश्वस्त छन् । महारानी इन्टरटेन्मेन्ट युके,बिरञ्जना इन्टरटेन्मेन्ट्स,आदियोगी भिजन,मन्डला अनलाइन र एमी फिल्मस्को संयुक्त निर्माणमा बनेको ‘राधा’ ले प्रदर्शनको मिति नजिकीदै जादा प्रचारप्रशारमा तीव्रता दिइरहेको छ । फिल्म दर्शकको अपेक्षाभन्दा धेरै राम्रो बनेको दावी निर्माण पक्षको छ ।

सुनको मूल्य बढेर आज ९७ हजार ८ सय रुपैयाँमा पुग्यो

काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुन र चाँदीको को भाउ ८ सय रुपैयाँले बढेको छ । हिजो बुधबार तोलामा ९७ हजार रुपैयाँ रहेको सुनको मूल्य आज ९७ हजार ८ सय रुपैयाँमा पुगेको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपालमा कण्डमको प्रयोग घट्दै, वर्सेनि करिब ६१ लाख कन्डम वितरण

काठमाडौं : चिकित्सकहरुले नेपालमा कन्डमको प्रयोग सन्तोषजनक हुन नसकेको बताएका छन् । अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा आइतबार राजधानीमा भएको एक कार्यक्रममा चिकित्सकहरुले कन्डमका फाइदा धेरै हुँदा पनि यसको प्रयोग न्यून भएको बताएका हुन् । उनीहरुले कन्डम परिवार नियोजनको अस्थायी साधनमात्रै नभई अनिच्छित गर्भसमेत रोक्ने स्पष्ट पारे । त्यस्तै कन्डमको प्रयोगले असुरक्षित यौन सम्पर्कबाट हुने एचआईभी एड्स संक्रमण तथा यौन रोग हुनबाट समेत जोगाउने उनीहरुको जोड रहेको छ । एड्स हेल्थकेयर फाउन्डेसन (एएचएफ) नेपालले आयोजना गरेको उक्त कार्यक्रममा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सूधा देवकोटाले कन्डमको प्रयोग बढाउन देशव्यापी जनचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन् । उनले सरकारी निकाय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायबीच समन्वय र सहकार्यमा कन्डमको प्रयोग बढाउनुपर्नेमा जोड दिइन् । ‘कन्डम प्रयोगका बहुफाइदा छन्’, निर्देशक डा. देवकोटाले भनिन्, ‘तर नेपालमा यसको प्रयोग न्यून छ । त्यसैले सबै पक्षबीच सहकार्य र समन्वय गरेर कन्डमको प्रयोग बढाउनेबारे देशव्यापी जनचेतना फैलाउनुपर्छ ।’ त्यस्तै केन्द्रकै वरिष्ठ जनस्वास्थ्य प्रशासक मदनकुमार श्रेष्ठले जनचेतनाको अभावले नेपालमा अझै कन्डमको सही प्रयोग हुन नसकिरहेको बताए । केन्द्रले गरेको सर्भेअनुसार नेपालमा करिब ६५ प्रतिशतले मात्रैले कन्डमको प्रयोग गर्ने गरेका छन् । यो स्वास्थ्यका दृष्टिले कम रहेको उनको भनाइ थियो । ‘कन्डमको प्रयोग बढाउन सकिए, एचआईभी एड्सको संक्रमण र यौनरोग हुनबाट रोक्न सकिन्छ’, वरिष्ठ जनस्वास्थ्य प्रशासक श्रेष्ठले भने । उनका अनुसार केन्द्रले वर्सेनि करिब ६१ लाख कन्डम वितरण गर्दै आएको छ । जसअनुसार गत वर्ष ६० लाख ९८ हजार कन्डम वितरण गरिएको उनले जानकारी दिए । कार्यक्रममा एएचएफ नेपालका स्वास्थ्य सल्लाहकार डा. उन्नत श्रेष्ठले एचआईभी संक्रमण हुन नदिने कन्डम ९५ प्रतिशत सुरक्षित रहेको बताए । कन्डम ९८ प्रतिशत सुरक्षित र विश्वसनीय रहेको उनको भनाइ थियो । ‘धेरैलाई कन्डम प्रयोग गर्दा यौन सन्तुष्टि नहुने भ्रम रहेको छ’, डा. श्रेष्ठले भने, ‘तर आजभोलि कन्डम पनि धेरै प्रकारका पाइन्छन् । जुन लगाएको अनुभूतिसमेत हुँदैन ।’ उनले कन्डमकै कारण एचआईभी संक्रमणको नियन्त्रणमा उल्लेखनीय उपलब्धि भएको स्पष्ट पारे । त्यस्तै कन्डमले बिबाहित महिलाहरुमा अनिच्छित गर्भसमेत नियन्त्रण हुँदै आएको उनको भनाइ छ । कार्यक्रममा एएचएफ नेपालका राष्ट्रिय कार्यक्रम निर्देशक दीपक ढुंगेलले अन्तर्राष्ट्रिय कन्डम दिवसको अवसरमा संस्थाले देशभरका १५ वटा एआरटी सेन्टरमा विभिन्न कार्यक्रम गरिएको जानकारी दिए । ती केन्द्रमा निःशुल्क कन्डम वितरण, एचआईभी परीक्षण र सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको उनले सुनाए । उनका अनुसार नेपालमा सन् २०११ देखि एएचएफ नेपालले अन्तर्राष्ट्रिय कन्डम दिवस मनाउँदै आएको बताए । त्यस्तै राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाललका अध्यक्ष राजेश दिदियाले कन्डम दिवसको अवसरमा पारेर महासंघले ६१ जिल्लामा रहेका आफ्ना प्रतिनिधि संस्थाले विभिन्न गतिविधि गर्दै आएको जानकारी दिए । उनले महासंघले स्थानीय तहमा स्थानीय भाषामा कन्डमको प्रयोग गर्ने तरिका तथा यसको फाइदाबारे जनचेतना फैलाउँदै आएको बताए । प्रत्येक वर्षको फेब्रुअरी १३ मा अन्तर्राष्ट्रिय कन्डम दिवसमा विश्वभर मनाइँदै आएको छ । यस वर्षको दिवसको नारा ‘सेफर इज सेक्सी’ रहेको छ। अन्नपूर्ण पोष्टबाट

बजेट: कुन प्रदेशले कति ल्याए, के–के छन् प्राथमिकता ?

काठमाडौंः आगामी आर्थिक वर्ष २०७७/७८ का लागि सातवटै प्रदेश सरकारहरुले बजेट प्रस्तुत गरेका छन् । सबै प्रदेशले बजेटमा कृषि, स्वास्थ्य, भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ । यसका साथै गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेकको अनावश्यक भत्ता खारेज गरिएको छ भने बागमती प्रदेशमा मानव विकास सूचकांक न्यून भएका स्थानीय तहलाई प्राथमिकता दिइएको छ । कर्णाली प्रदेश सरकारले नयाँ गाडी नकिन्ने रोजगारीलाई प्राथमिकता दिने जनाएको छ भने सुदूरपश्चिम प्रदेशको प्राथमिकता पनि स्वास्थ्य कृषि र भौतिक पूर्वाधार परेको छ । प्रदेश नम्बर १ः पौने ४१ अर्बको बजेटमा कृषि प्राथमिकता प्रदेश १ सरकारले आगामी आर्थिक बर्षको लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । त्यसमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख रुपैयाँ र पुँजीगत तर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार विनियोजन गरेको छ । प्रदेशले वित्तिय व्यवस्थापन तर्फ ४ करोड बिनियोजन गरेको छ । प्रदेश १ ले सबैभन्दा बढी कृषिलाई प्राथमिकता दिएको छ । प्रदेशले निब्र्याजी कृषि उद्यम कर्जा पनि दिने व्यवस्था गरेको छ । मेरो कृषि मेरो पौरखको नारा अघि बढाउँदै कृषिमा आत्मनिर्भर बनाउँन व्यावसायकि कृषिका लागि १२ करोड विनियोजन गरेको छ । प्रदेशको १२ केन्द्रमा कृषि उपज बैंकको पनि व्यवस्था गरिने बजेटमा उल्लेख छ । प्रदेश एक सरकारले लसुन प्याज स्वदेशमै उपलब्ध गराउँन प्रोत्साहन रकमका लागि समेत बजेट विनियोजन गरिएको छ । एक स्थानीय तह एक फलफुल कार्यक्रमलाई अघि सारिएको छ । यस्तै, प्रदेश १ सरकारले कृषि क्षेत्रमा त३ अर्ब ८३ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । दिगोे विकासको लागि खाद्य तथा सुरक्षाको सुदृढीकरण गर्ने भन्दै प्रदेश सरकारले यो बजेट विनियोजन गरेको हो । प्रदेश २ को प्राथमिकतामा स्वास्थ्य र कृषि प्रदेश २ सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य र कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ । प्रदेश २ सरकराले आगामी आर्थिक वर्षको लागि ३३ अर्व ५६ करोड ९ लाख ९९ हजारको बजेट ल्याएको छ । प्रदेशसभा २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले कुल बजेटको चालुतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार र पूँजिगत तर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार रूपैयाँ बजेट विनियोजन गरेका छन् । प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रुपान्तरण गर्ने भएको छ । यसको लागि प्रदेश सरकारले ५५ करोड ५३ लाख रुपैयाँ विनियोजन गरेको छ । बजेटमा कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिने बजेट छुट्याएको छ । बेटी पढाउ बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिइएको छ । ३८ अर्व ७२ करोड ५६ लाख ६१ हजारको बजेट विनियोजन गरेको थियो । बागमती प्रदेशः मानव विकास सूचकांक न्यून भएका स्थानीय तहलाई प्राथमिकता वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारले कुल बजेटको चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात ५१.१२ प्रतिशत र पूँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात ४८.८८ प्रतिशत विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले मानव विकास सूचकाङ्क न्यून भएका स्थानीय तहलाई सबैभन्दा बढी प्राथमिकता दिइने बताएका छन् । उनले विकास आयोजना छनोट तथा कार्यक्रम कार्यान्वयनलाई न्यायपूर्ण बनाउँदै प्रादेशिक सन्तुलन कायम गर्नका लागि ती स्थानीय तहर्लाइ प्राथमिकतामा राखेको बताएका हुन् । प्रदेशका आयोजनाको पहिचान, छनोट र मूल्याङ्कन जस्ता क्रियाकलापलाई तथ्यपरक एवमं मापदण्डमा आधारित बनाउन प्रदेश आयोजना बैँक व्यवस्थापन सूचना प्रणाली तयार गरी सञ्चालनमा ल्याउन अध्ययन गर्ने व्यवस्था मिलाइएको पनि बताएका छन् । उनले कोरोना संक्रमण जोखिमका कारण प्रभावित राजस्व क्षेत्रको पुनरुत्थान हुने गरी करका दरमा समायोजन, छुट तथा सहुलियत प्रदान गर्ने, प्रदेशभित्र रहेका करयोग्य क्षेत्रलाई करको दायरामा ल्याई संरचना तथा दरलाई समयसापेक्ष बनाइने बजेटमा उल्लेख गरेका छन् । यस्तै सूचना प्रविधिको प्रयोग बढाई व्यावसायिक, दक्ष र सुदृढ राजस्व प्रशासनको सुनिश्चितता गर्ने पनि बताए । गैर कर राजस्वको दायरा विस्तार गर्दै दरलाई समसमायिक बनाइने, प्रदेश र स्थानीय तहको दोहोरो क्षेत्राधिकार रहेका राजस्व बाँडफाँटका सम्बन्धमा पुनरवलोकन गरिने, राजस्व संकलनमा प्रक्रियागत सरलीकरण र सूचना प्रविधिको प्रयोग बढाई राजस्व प्रशासनलाई सक्षम सुदृढ र व्यावसायिक बनाइनेलगायत विषय बजेट वक्तव्यमा उल्लेख छ । बागमती प्रदेश सरकराले चालु वर्षकोभन्दा चार अर्ब बढाएर बजेट ल्याएको छ । प्रदेशले चालु आवका लागि ४७ अर्ब ६० करोडको बजेट ल्याएको थियो । गण्डकी प्रदेशः स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेकको अनावश्यक भत्ता खर्च खारेज गण्डकी प्रदेश सरकारले ३४ अर्ब ८० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले सो बजेट प्रस्तुत गरेका हुन् । प्रदेशले कुल बजेटको चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट विनियोजन गरको छ । यस्तै, वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ । गण्डकी प्रदेश सरकारले ल्याएको बजेटमा स्वास्थ्य, कृषि, उद्योग, रोजगार, शिक्षामा जोड दिएको छ । आगामी वर्ष प्रशासनिक खर्चमा मितव्ययिता अपनाउने बताउँदै गण्डकी प्रदेशले अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्ता लगायतका सबै प्रकारका भत्ता साउन १ गतेदेखि खारेज गरेको छ । कोरोना रोगको रोकथाम, नियन्त्रण र उपचारमा संलग्न स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकलाई प्रदेश सरकारका तर्फबाट दिइदै आएको जोखिम वहन तथा प्रोत्साहन भत्तालाई निरन्तरता दिने आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले बताए । प्रदेश ५ सरकारको प्राथमिकता पनि स्वास्थ्य प्रदेश ५ सरकारले ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षका लागि सो बजेट विनियोजन गरेका हुन् । उनले चालू आवको तुलनामा ६ करोड रुपैयाँ घटाएर बजेट विनियोजन गरेका हुन् । कुल बजेटको चालू खर्चका लागि १२ अर्ब ५९ करोड २४ लाख रुपैयाँको बजेट रहेको छ भने पुँजीगत खर्चका लागि १८ अर्ब ६१ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । वित्तीय हस्तान्तरणका लागि ५ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश ५ ले वित्तीय व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छैन । बजेट स्रोतमा आन्तरिक स्रोत २ अर्ब ३ करोड ७५ लाख रुपैया मात्रै राखेको छ । आन्तरिक राजस्वबाट उठ्ने कर चालू वर्षको तुलनामा ५० प्रतिशत कम अनुमान गरिएको हो । प्रदेश ५ सरकारले अस्पतालको स्तरोन्नति तथा निर्माणमा ठूलो रकम विनियोजन गरेको छ। बजेटमा विभिन्न जिल्ला अस्पतालहरुको स्तरोन्नतिका लागि १५ करोड रुपैयाँ विनियोजन गरिएको छ। रुकुम पूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पाका जिल्ला अस्पताल र रुपन्देहीको भीम जिल्ला अस्पतालहरुलाई ५० शैय्याको अस्पतालको रुपमा स्तरोन्नती गर्न उक्त रकम विनियोजन गरिएको हो। त्यस्तै स्थानिय तहमा रहेको स्वास्थ्य चौकीहरुलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सक्ने गरि स्तरोन्नती गर्न ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै प्रदेश मातहतका भिम अस्पताल, रुकुम पूर्वको अस्पताल, बर्दिया जिल्ला अस्पताल र नवलपरासीको पृथ्वी चन्द्र अस्पतालमा नयाँ भवन निर्माण गर्न २३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो बजेट गत वर्षको भन्दा ६ करोड ४३ लाखले कमी हो । कर्णाली प्रदेश सरकारः नयाँ गाडी नकिन्ने रोजगारीलाई प्राथमिकता दिने कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन् । विनियोजित बजेटमध्ये पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार र चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार विनियोजन गरिएको छ। जसमा वित्तीय हस्तान्तरणतर्फ २ अब ९९ करोड ६५ लाख विनियोजन गरिएको छ । प्रदेश सरकारले रोजगारीतर्फ २ अर्ब ५७ करोड २६ लाख र अन्य कार्यक्रम तथा प्रशासनिक खर्चतर्फ ८ अर्ब ५१ करोड ९० लाख ३२ हजार बजेट विनियोजन गरेको मन्त्री ज्वालाले बताए । प्रदेशले आगामी आर्थिक वर्षका लागि ३० करोड ५ लाख ५३ हजार राजस्व उठाउने लक्ष्य लिएको छ । बजेट प्रस्तुत गर्दै मन्त्री ज्वालाले कोरोनाका कारण मृत्यु हुने नागरिकका परिवारलाई १ लाख राहत दिने घोषणा गरेका छन् । प्रदेश सरकारले विभिन्न कार्यक्रमहरुबाट धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने बजेटमा उल्लेख छ । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष सार्वजनिक खर्चमा मितव्ययिता ल्याउनको लागि एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन खरिद नगर्ने भएको छ। यस्तै प्रदेशले आगामी आर्थिक वर्षमा एम्बुलेन्सलगायत अत्यावश्यकबाहेक कनै पनि सवारीसाधन खरिद नगर्ने बताएका हुन्। स्रोतको संकुचनलाई मधयनजर गर्दै आगामी आर्थिक वर्षमा कार्यालय सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचर अत्यावश्यकबाहेकका गोष्ठी सेमिनार शीर्षकको बजेट विनियोजन नगरिएको बताएका हुन् । सुदूरपश्चिम प्रदेशको प्राथमिकता पनि स्वास्थ्य कृषि र भौतिक पूर्वाधार सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७/७८ को बजेटमा स्वास्थ्य, कृषि तथा भौतिक पूर्वाधारका योजनालाई प्राथमिकता दिने उल्लेख गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेटमा प्रस्तुत गर्दै सो कुरा उल्लेख गरिएको छ । कुल बजेटको चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७५ करोड ८४ लाख बजेट विजियोजन गरिएको छ । प्रदेश सरकारले सरकारले स्वास्थ्य क्षेत्रको सुदृढिकरण एवंम सेवा सुधारका लागि तीन अर्ब २६ करोड ६६ लाख बजेट विनीयोजन गरेको छ । कोरोना भाइरसबाट सिर्जित स्वास्थ्य चुनौतीलाई लक्षित गरेर संक्रमण नियन्त्रणका लागि अस्पतालको सुधार एवंमं सेवा विस्तारका लागि बजेट विनीयोजन गरिएको हो। यस्तै प्रदेशका नौ वटै जिल्लामा सडक आयोजना सञ्चालन गर्न ४ अर्ब ७२ करोड, सिचाई योजना निर्माणका लागि एक अर्ब ४१ करोड, खानेपानीका योजनाका लागि ९७ करोड, बैतडीको सुर्नया नदी र दार्चुलाको नौगाड नदीमा जलविद्युत आयोजना सञ्चालन तथा थप दुई वटा आयोजनाको सम्भाव्यता अध्ययनका लागि पाँच करोड रुपैयाँ विनीयोजन गरिएको बजेट वक्तव्यमा उल्लेख छ । गत बर्ष सुदूरपश्चिम प्रदेश सरकारले २८ अर्वको बजेट ल्याएको थियो ।

गाँजा सेवन र बिक्रीमा राख्यो भारतले रेकर्ड

काठमाडौंः मुम्बई, भारतको प्रख्यात शहर । ऐतिहासिक माया नगरीका रुपमा परिचित शहर । तर अहिले भने यो शहरले बदनामीको नयाँ रेकर्ड राखेको छ । भारतले विश्वका कतिपय राम्रा कीर्तिमान आफ्ना नाम गरेको छ । तर अहिले भने एउटा नचाहेको क्षेत्रमा उसले रेकर्ड राखेको हो । यो रेकर्ड हो लागु पदार्थ दुव्र्यसनको । संसारमा गाँजा सेवन गर्ने टप १० शहरमा मुम्बई परेको छ । यो शहरले संसारमा सबैभन्दा बढी गाँजा मात्रै सेवन गर्दैन बरु सस्तो गाँजा पाउने शहरमा समेत मुम्बईका नाम समाविष्ट भएको छ । जर्मनीको मार्केट रिसर्च संस्था एबिसिडीद्वारा वर्ष २०१८ का उपलब्ध तथ्यहरुका आधारमा संसारमा कहाँ कसरी गाँजाको प्रयोग भइरहेका छ भन्ने कुरा सार्वजनिक गरेको छ । यो सूचिमा भारतका अतिरिक्त अमेरिका, बेलायत र रुसका ठूला सहर समेत समावेश छन् । सबभन्दा बढी गाँजा खपत गर्ने शहर सबभन्दा कम गाँजा खपत गर्ने शहर सबैभन्दा महंगो गाँजा खपत गर्ने शहर          

चप्पल र स्याण्डिल लगाएर बाईक चलाए जरिवाना !

नयाँ दिल्ली : भारतमा लागू भएको नयाँ ट्राफिक नियमले ठूलो सनसनी मच्चाएको छ । देशमा नयाँ नियम लागू भएपछि नियम उल्लंघन गर्नेमाथि जरिवाना असुल हुन थालेको हो । यसैबीच, चप्पल र स्याण्डिल लगाएर बाईक चलाएमा समेत जरिवाना हुने डरले प्रयोगकर्ता आतंकित बनेका छन् । कानुनअनुसार स्कुटर या बाईक चलाउत्रदा चप्पल लगाएर चलाउन मिल्दैन । ट्राफिक विभागका अधिकारिका अनुसार यो नियम पुरानो भएपनि यसको कार्यान्वयन भने हुन सकेको थिएन । तर अहिले सबै नियममा कडाई हुन थालेपछि अब चप्पल लगाउँदा समेत कार्वाही हुने डर आम सर्वसाधारणमा परेको हो । नियमअनुसार चप्पल लगाएर गेयर भएको दुई पांग्रे सवारी साधन चलाउन पाईँदैन ।

ज्ञानु दाहालको पुण्यतिथिमा वृद्धाश्रममा भोजन र फलफूल वितरण (फोटो)

चितवन, चैत १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डकी दिवंगत जेठी छोरी ज्ञानु दाहालको पाँचौं स्मृति दिवस मनाइएको छ । सम्पन्न भएको छ । चितवन स्थित ‘ॐ सत्य साई वृद्धाश्रम’ मा वृद्धवृद्धालाई भोजन खुवाउँदै स्मृति दिवस मनाइएको हो । उक्त अवसरमा दिवंगत दाहालका श्रीमान् सागर केसीले वृद्धाश्रममा रहेका बुज्रुक व्यक्तित्वलाई भोजन अर्पण गरेका थिए । पाँच वर्षअघि क्यान्सर रोगबाट ज्ञानुको मृत्यु भएको थियो । गतवर्ष कीर्तिपुरमा रहेको एचआईभी संक्रमित बालबालिकाको संस्थामा सहयोग गर्दै दिवंगत दाहालको जन्मोत्सव मनाईएको थियो । दाहाल परिवारले छोरी ज्ञानु र छोरा प्रकाशको स्मृतिमा ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ को स्थापना गरी सामाजिक कार्य गर्दै आएको छ । केही तस्वीर–

प्रदेश सातमा गौरा पर्वको रौनक

कञ्चनपुर, भदौ १५ । प्रदेश नं ७ मा आजदेखि गौरा पर्व शुरु भएको छ । यस पर्वमा आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाइ टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्चअन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ ।   त्यस दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन् । विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुषसरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ ।   सप्तमीका दिन महिलाले दिनभरि बर्त बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायूको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलनसमेत यहाँको समाजमा रहेको स्थानीय पण्डित धर्मान्द जोशीले बताए ।   सात गाँठो पारिएको दुर्वासहितको कण्ठसूत्र (दुवधागो) पञ्चगव्य अभिषेक गरी गौराको खुटृामा राखिन्छ । अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीतिकथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शीरमा राखी नाँच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ ।   गौराको प्रसादका रूपमा बिरुडा आफन्तलाई प्रसादका रूपमा बाँडिने र भोलिपल्ट गौरा खेल्ने खेलाउनुका साथै देउडा गीत गाएर रमाइलो गर्ने गरिएको स्थानीय शिक्षक भरतबहादुर ऐरले बताए । गौरा पूजा गरी सकेपछि झाँकीसहित पञ्च वनस्पतिबाट बनाइएको गौराको प्रतिमालाई झाँकीसहित विसर्जन गरिने उनले जानकारी दिए । यो पर्व प्रदेश नं ७ सहित भारतको कुमाँउ र गढवाल क्षेत्रमा समेत विशेष महत्वका साथ मनाइने गरिन्छ । -रासस

विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुँदै

काठमाडौं । विश्व शिक्षक महासंघको १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । सम्मेलन आगामी असोज ६ र ७ गते काठमाडौंमा हुने भएको हो । नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा १५० बढी देशका शिक्षकहरु दुईसय बढी शिक्षक प्रतिनिधिहरुको सहभागिता रहने  जनाइएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर महासंघले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा गर्ने तय भएको जनाएको हो । महासंघकी अध्यक्ष मफुजा खानामले १९ औं अन्तर्राष्ट्रिय सम्मेलन नेपालले आयोजना गर्ने स्पष्ट पार्दै सम्मेलन सफल हुनेमा आफु विश्वस्त रहेको बताइन् । अध्यक्ष खानामले सम्मेलन समाजवादी शिक्षाको विकास, सार्वजनिक शिक्षाको गुणस्तर सुधार र समावेशी शिक्षाका पक्षमा महत्वपूर्ण रहने समेत जानकारी दिइन् । पत्रकार सम्मेलनमा महासंघका महासचिव अमिया कुमार मोहन्तीले विश्वभरका शिक्षकहरु नेपालमा आएर शैक्षिक बहस गर्नु नेपालका लागि अवसर भएको बताए । भर्खरै संघीयता प्रणालीमा शैक्षिक व्यवस्थापन शुरु गरेको नेपाललाई अन्य देशका राम्रा अभ्यासहरु सिक्ने र समाजवादी शिक्षा विकास गर्ने मौका मिल्ने समेत उनको भनाई थियो । नेपालको तर्फबाट महासंघमा आवद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारले विश्वमा नवउदारवादीहरुले शिक्षा, शिक्षक र ट्रेड युनियनमा हमला गर्दै निजीकरण स्थापित गर्न खोजिरहेको अवस्थामा विश्व शिक्षक महासंघले त्यस हमलाको संयुक्त रुपमा प्रतिरोध गर्ने निर्णय गरेको जानकारी दिए । सरकारले शिक्षकहरुसँग विभिन्न सहमति गर्ने तर सहमतिको मसी सुक्न नपाउँदै त्यसलाई तोड्ने गरेको तितो यथार्थ बीच महासंघको अन्तर्रा्ष्ट्रिय सम्मेलनले शिक्षामा भइरहेको पुजीवादी हमलाहरुको न्युनिकरणका सम्बन्धमा विशेष निर्णय गर्ने अधिकारीले स्पष्ट पारे । सम्मेलनमा सार्वजनिक विद्यालय सुधार, विश्वभरका शिक्षकहरु बीच एकता र भाइचारा सम्बन्ध निर्माण, समावेशी शिक्षा, शिक्षकहरुको अधिकार र कर्तव्यको बोध गराउनका साथै, विभिन्न देशका शैक्षिक सीप र ज्ञान बाड्ने काम हुने महासंघका सचिव डा. एमडी जहानगीरले जानकारी दिए । विश्व शिक्षक महासंघको १८ अन्तर्राष्ट्रिय सम्मेलन बंगलादेशमा भएको थियो । १९ औं सम्मेलनले चारवर्षका लागि नयाँ नेतृत्वसँगै आगामी कार्यायोजना तय गर्ने महासंघले जनाएको छ । महासंघमा रसिया, चीन, क्युवा, भियनताम, भारत, श्रीलंका, बंगलादेश, नेपाल, उत्तर कोरिया, भेनेजोयला, पेरु, रोमानिया, इटाली, फ्रान्स लगायतका १५० बढी देशका १ करोड बढी शिक्षकहरु आवद्ध रहेका जनाइएको छ । महासंघमा नेपालका एकीकृत अखिल नेपाल शिक्षक संगठन, माध्यमिक विद्यालय शिक्षक एसोसियशन नेपाल (हिस्टान), अखिन नेपाल शिक्षक संगठन र अखिल नेपाल शिक्षक संघ आवद्ध रहेका छन् । महासंघको टोली सम्मेलन तयारीका लागि एकहप्ता नेपाल बसेर आज फर्किएका छन् । यसबीच उनीहरुले बिहीवार शिक्षामन्त्री गिरिराजमणी पोखरेल र शुक्रवार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । महासंघमा विश्वभरका समाजवादी विचारका  शिक्षकहरु आवद्ध रहेका छन् । महासंघले समाजवादी शिक्षाको माग गर्दै आएको छ ।

भक्तपुरको बिस्केट जात्रामा मध्यरातमा भैरबको रथ अलपत्र, ढल्यो रथको गजुर

भक्तपुर, चैत २८ । भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको मध्यरातमा अलपत्र छाडिएपछि स्थानीयवासीले आफैँ तानेर वुधवार दिउँसो गःहिटी पुऱ्याएका छन् । जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पुऱ्याउनुपर्ने भए पनि राति ३ बजे रथ तान्ने जनशक्तिको अभाव भएकाले तौमढीमै छाडिएको थियो । स्थानीय तौमढी युवा क्लबका अध्यक्ष विजय धौभडेलका अनुसार विगतमा यसरी जनशक्ति अभाव भए पनि सुरक्षाकर्मीले रथ तानेर भए पनि गःहिटी पुऱ्याउने परम्परा थियो । यस वर्ष भने जात्रालाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीलाई रथ तान्न नदिएको र आज युवा क्लबको नेतृत्वमा तौमढीका स्थानीयवासीले रथ तानेर गःहिटी पुऱ्याएको धौभडेलको भनाइ छ । राति नै रथलाई गःहिटी पुऱ्याउनुपर्ने परम्परा भने यस वर्ष तोडिएको छ । यस वर्ष भने शुरुमै दुई दिन रथ तानिएको छ । रथ तान्ने क्रममा तीन तले प्यागोडा शैलीको रथको गजुर भाँचिएको छ भने रथको छानोसमेत बिग्रिएको छ । तार व्यवस्थापन नहुँदा रथ गःहिटी पुऱ्याएपछि गजुरमा तार बेरिएपछि गजुर भाँचिएको हो । रथको गजुर बनाउने र रथको मर्मत गर्ने कार्य आजैबाट शुरु हुने गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। उनी भन्छन्, “रथको गजुर भाँचिएको छ, रथको छानो पनि बिग्रिएको छ, रथको मर्मत आजैबाट गरेर ३० गतेसम्मलाई रथ तयार बनाउँछौ ।” आगामी ३० गते रथलाई तानेर भेलुखेलस्थित ल्यासिंखेल पुऱ्याएपछि इन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । वैशाख १ गते दिनभरि जात्रा चलाएर साँझ लिङ्गो ढाल्ने र वैशाख ५ गते अन्तिम दिन पुन: गःहिटीबाट भैरब र भद्रकालीको रथलाई तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ ।  

विश्वमा यस्ता अनौठा यौनकाण्ड पनि हुने गर्दछ

अदालतमा न्यायाधीशको चर्तिकला १० वर्षअघि एउटा अमेरिकी अदातलमा न्यायाधीशको टेबल पछाडि कृत्रिम महिला अंगसहित न्यायाधीशलाई आपत्तिजनक अवस्थामा फेला पारिएको समाचारले सनसनी मच्चाएको थियो । सन् २००६ मा ओक्लोहामा सहरको अदालतमा न्यायाधीश डोनाल्ड थम्पसन एउटा मुद्दाको सुनुवाइ चलिरहेका बेला उक्त कृत्रिम खेलौना प्रयोग गरिरहेको अवस्थामा मानिसहरूको नजरमा परेका थिए । उक्त कुरा सार्वजानिक हुनासाथ उनलाई जागिरबाट निकाली चार वर्षको जेल सजाय सुनाइएको थियो । सिसी क्यामेराअघि पबबाट घरजान निस्किएका इंग्ल्यान्डका २५ वर्षीया केभिन तथा उनकी १९ वर्षीया गर्लफ्रेन्ड राति प्रहरीले राखेको सिसी क्यामेराको अगाडि नै अभिसाररात पाइएपछि पक्राउ परेका थिए । उनीहरू सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप गरेको आरोपमा पक्राउ पर्नुभन्दा पनि उनीहरूको गतिविधिको सिसिटिभी फुटेज आफ्नो मोबाइलमा डाउनलोड गरेको आरोपमा प्रहरी कन्ट्रोल रुमका एक अधिकारी पक्राउ परेपछि उक्त घटनाको अझ बढी चर्चा भएको थियो । प्रहरीको भ्यानमै अडेसा लागेर नेदरल्यान्डको सडकमा पेट्रोलिङ भ्यान छोडेर दुई प्रहरी पसलमा दुनोट खाइरहेका थिए । त्यही बेला अर्को एउटा गाडी आएर भ्यानको नजिकै रोकियो । त्यसबाट एक जोडी बाहिर निस्किए र उनीहरूले प्रहरी भ्यानको बनौटलाई नै ओछ्यान बनाए । प्रहरीले आफ्नै अघि आएर त्यस्तो क्रियाकलाप गर्दा पनि केही गर्न सकेनन्, कारण त्यहाँको कानुनले प्रहरी अधिकारी ड्युटीमा रहेका बेला उनीहरूको गाडीमा कसैले त्यस्तो कार्य गरे पक्राउ गर्न अनुमति दिँदैन । दरबारको बगैंचामा सन् २००९ को एक दिन बेलायतको विनडसोर क्यासल बाहिर एक जोडी पक्राउ परे । उनीहरू पक्राउ पर्नुको कारण अनैतिक रूपमा सार्वजनिक स्थलमा यौनक्रियामा संलग्न हुनु भएको बताइयो । दरबारको बाहिरपट्टि रहेको घाँसे मैदानमा नग्न अवस्थामा फेला परेका ती जोडीले त्यहाँ जान नपाइने सूचनाको बेवास्ता गरेका थिए भने त्यतिबेला महारानी दरबारमै भएको बताइन्छ । बैंकमा मानिस कतिसम्म आवेगमा आउँछ भन्ने कुरा फ्रान्सको एउटा बैंकभित्र भएको काण्डले पनि देखाउँछ । बैंक भवनभित्रको एकान्तमा भेटिएका जोडीले आफूलाई सम्हाल्न सकेनन् । उक्त जोडीलाई सडकमा हिँडिरहेका मानिसले देखेर फोटो खिचे । त्यसरी फोटो खिचेको देखेपछि उक्त क्रियामा संलग्न महिला बेहोस भएकी थिइन् । ककपिटमा सन् १९१६ मा अमेरिकाको एउटा विमान दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाको दोषी पाइलटलाई ठहर्‍याइयो । जहाजको ककपिटमै यौनकार्य गर्ने हुँदा विमान दुर्घटना भएको अमेरिकाको नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले ठहर गरेको थियो । बोर्डले उक्त प्लेनको चालक महिला भएकी र उनको ध्यान उडानभन्दा पनि यौनसम्बन्धी कार्यमा मोडिएको हुँदा दुर्घटना भएको रिपोर्ट दिएको थियो । चर्चमै चर्च, मन्दिर, मस्जिदजस्ता स्थानलाई निकै पवित्र मानिन्छ । त्यहाँ जाने मानिसको मन पवित्र नभईदिँदा गर्नेलाई भन्दा देख्नेलाई लाज हुने नै भयो । यस्तै घटना इटालीको सेनसेनास्थित एउटा चर्चमा घटेको थियो । बिहान प्रार्थना भैरहेका बेला ‘आत्मआलोचना गर्ने स्थान’बाट फरक किसिमको आवाज आएपछि सबैको ध्यान त्यतै मोडियो । त्यो एक जोडी महिला र पुरुषको आवाज थियो । त्यस्तो आवाज सुनेका भक्तजनले उनीहरूलाई प्रहरीको जिम्मा लगाएका थिए । एटीएम बुथमा स्पेनको ओभेइडिओको उत्तरी सहरमा एक जोडीलाई बैंकको एटीएम बुथभित्र पूर्ण नग्न अवस्थामा समातिएको थियो । उनीहरू आपसमा यति मग्न थिए कि उनीहरूको शरीरमा मोजाबाहेक अन्य कुनै कपडा थिएन र बाहिर बाटोमा हिँडिरहेका मानिसहरू उनीहरूको तस्बिर खिचिरहेका थिए । एजेन्सी

चाडपर्वको मौका छोपी बढी भाडा असुल्नेलाई कडा कारबाही हुने

काठमाडौँ, असोज ८ । दशैँको अवसर छोपी सार्वजनिक यातायातमा टिकटमा कालाबजारी गर्ने, तोकिएभन्दा बढी भाडा लिने र राज्यले सहुलियत दिएकालाई सहुलियत नदिएमा कडा कारवाही हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले कुरा गर्दै दशैँ मान्न हिँडेका यात्रुसँग नराम्रो व्यवहार गर्ने यातायात व्यवसायी, सवारीका चालक र परिचालकलाई पनि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कानूनी कारवाहीको दायरमा ल्याइने बताए । “यातायात व्यवस्था विभागले यातायात व्यवसायी र सरोकार भएका सबै निकायसँग बैठक गरी दशैँका लागि गत भदौ २२ गतेदेखि सार्वजनिक यातायातको टिकट खुला गर्ने निर्णय गरे पनि व्यवसायीले विभिन्न माग राखी टिकट खोलेनन्, टिकट खोलाउन पनि मन्त्रालयले नै बैठक राखेर छलफल गराउनुपर्ने अवस्थाले यस क्षेत्रमा भएका बेथितिको संकेत गर्छ”, उनले भने । व्यवसाय गरेपछि राज्यले बनाएको नीतिनियममा रहेर इमान्दारपूर्वक काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री बलायरले यातायात क्षेत्रका अव्यवस्थालाई अब छुट नदिइने प्रतिबद्धता जनाए । दशैंमा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातले गल्ली गल्लीबाट जति मन लाग्यो, त्यतिमा टिकट बेचेको सूचना मन्त्रालयमा आएको छ । “सरकारले तोकेभन्दा बढी भाडा लिएर व्यवसायीले सरकारलाई चुनौती दिएका छन्, बढी भाडा लिँदा यात्रुलाई टिकटसमेत दिइएको छैन, पर्व मान्न घर पुग्नुपर्ने बाध्यताले यात्रु मनपरी भाडा तिर्न बाध्य भएको खबर आएको छ, यसो नगर्न मन्त्रालयले सम्बन्धित सबैलाई सचेत गराएको छ, अटेर गरेमा कडा कारबाही गर्न विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिइएको छ”, उनले भने । काठमाडौँ उपत्यकामा सडकको क्षमताभन्दा बढी सवारी साधन भित्रिइसकेकाले कसरी व्यवस्थापन गर्ने भन्नेमा मन्त्रालयले ठोस नीति निर्धारण गर्न गृहकार्य शुरु गरेको छ । उपत्यकामा बढ्ने सवारीलाई मन्त्रालयले अब प्रदेश राजधानी र स्थानीय तहमा केन्द्रित गर्ने गरी नियम बनाउने तयारी गरेको छ । उपत्यकामा दुई घण्टामा हिँडेर पुग्ने स्थानमा दुई घण्टा जाममै बस्नुपर्दा सार्वजनिक यातायात चढ्नु र नचढ्नुको अर्थ नहुने अवस्था छ । उपत्यकामा विलासिताका सवारी भित्रिँदा दूरदराजमा सवारी नै नपाउने स्थितिको अन्त्य गर्ने सोच मन्त्रालयले अघि सारेको छ । पूर्वाधार विकास र यातायातका क्षेत्रमा थोरै समयमा उपलब्धिपूर्ण काम गर्न ध्यान केन्द्रित गरेको मन्त्री बलायरले सुनाए । सार्वजनिक यातायातमा व्यवसायीको मात्र भर पर्नुपर्दा बेला बेलामा समस्या आउने गरेकाले सरकारले पनि यातायात चलाउने विषयमा मन्त्रालयमा बहस शुरु भएको छ । अब सरकारले उपत्यकामा विद्युतीय सवारी चलाउने गरी गृहकार्य गर्न थालेको छ । यस्ता बस १०० सीटभन्दा बढीका हुनेछन् । ठूला सार्वजनिक यातायात चुस्त बनाई धेरै संख्यामा भित्रने साना निजी सवारी आयातमा दुरुत्साहन गर्ने नीति पनि मन्त्रालयले अवलम्बन गर्ने भएको छ । सार्वजनिक यातायातलाई सहज बनाउन मेट्रो रेल चलाउने, जाम कम गर्न ‘फ्लाइ ओभर’ को निर्माण गर्ने र पहाडी क्षेत्रमा छिटो सहज रुपमा यातायात चलाउन सुरुङ मार्ग निर्माण गर्ने कामलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री बलायरले बताए । “मन्त्रालयअन्तर्गत रहने गरी ‘फ्लाई ओभर’ र सुरुङ महाशाखा वा विभाग कस्तो संस्थागत संरचना बनाउने भन्ने विषयमा गम्भीर रुपमा बहस शुरु भएको छ, सुरुङ र ‘फ्लाइ ओभर’ निर्माण नगरी अबको पूर्वाधार विकास हुन सक्दैन”, उनले भने । मन्त्रालयले अञ्चल यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्रको परीक्षा र प्रयोगात्मक परीक्षा दिने गरी व्यवस्था मिलाएको छ । अब स्मार्ट कार्ड सात वटै प्रदेशबाट छापिने व्यवस्था गर्न लागिएको मन्त्रालयले जनाएको छ । तीस लाख स्मार्ट कार्ड एकैपटक छाप्ने गरी छिटै सम्झौता गर्ने तयारी मन्त्रालयले गरेको छ । चालक अनुमतिपत्रको स्मार्ट कार्ड लिनका लागि अनलाइनबाट हुने काममा सर्बर डाउन हुने समस्या मन्त्रालयको निरन्तर अनुगमनपछि अन्त्य भएको छ । यसमा फेरि कुनै समस्या आए मन्त्रालयमै उजुरी गर्न सकिने मन्त्री बलायरले बताए ।

किँन घट्दैछ कतार जाने कामदारको संख्या !

काठमाडौं, असार २४  ।  कतारमा आधिकारिक रुपमा तीन लाख नेपाली श्रमिक रहेको बताइन्छ।  वैदेशिक रोजगारीका लागि नेपालीहरुको आकर्षक गन्तव्य रहेको कतारमा उत्पन्न पछिल्लो संकटसँगै त्यहाँ जाने कामदारहरुको संख्या गत एक महिनामा उल्लेख्य रुपमा घटेको वैदेशिक रोजगार विभागले जनाएको छ।गत एक महिनामा कतार जाने श्रमिकको संख्या झन्डै ४० प्रतिशतले घटेको अधिकारीहरुले जनाएका छन्। आन्तरिक संकटका कारण कतारबाट नयाँ रोजगारीका मागहरु समेत आउन छाडेको नेपाली अधिकारीहरु बताउँछन्। रोजगारीको अनिश्चितता वा द्वन्द्व बढ्न सक्ने आशंका जस्ता कारणले श्रम स्वीकृति लिइसकेका कामदारहरु समेत कतार जान हिचकिचाउन थालेको बताइएको छ। चिन्ता चार महिना लामो छुट्टी मनाउन आएका महोत्तरीका मोहम्मद अख्तर बिदा सकेपछि कतार जाने श्रम स्विकृती लिन ताहाचालस्थित वैदेशिक रोजगार विभागमा बिहीबार पुगेका थिए। तर गत महिनादेखि कतार र उसका छिमेकी देशहरुबीचको सम्बन्ध बिग्रिएको कारण आफ्नो जागिरमा असर पर्ने चिन्ताले उनी ढुक्क हुन सकेका छैनन्। उनी भन्छन्, “म एक लाख रुपैयाँ तिरेर जाँदैछु त्यो कम्पनीले मलाई फर्काइदियो भने म डुब्छु भन्ने चिन्ता लागेको छ।” म एक लाख रुपैयाँ तिरेर जाँदैछु त्यो कम्पनीले मलाई फर्काइदियो भने म डुब्छु भन्ने चिन्ता लागेको छ वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार कतारविरुद्ध साउदी अरेबिया र संयुक्त अरब एमिरेट्स लगायत अन्य छिमेकीले नाकाबन्दी लगाउनु अगाडी त्यहाँ एक महिनामा सरदर १० हजारको हाराहारीमा नेपाली कामदारहरु जाने गर्दथे। घट्दो तर पछिल्लो एक महिनामा त्यो संख्या झन्डै ६ हजारमा झरेको छ। वैदेशिक रोजगार विभागको कतार शाखाका अधिकृत हिमालय जिवी उपाध्यायका अनुसार कतार जान चाहने श्रमिकको सख्या दिन प्रतिदिन घटिरहेको छ। उनी भन्छन्, “कतारमा समस्या भएपछि कामदार पठाउने क्रम एकदम घटेको छ, पहिला दैनिक ५०० देखि ६०० को संख्यामा कामदारहरु कतार जाने गरेका थिए भने अहिले त्यो १५० को हाराहारीमा झरेको छ।” त्यहाँ द्वन्द्व चर्कने हो कि भन्ने त्रासका कारण नयाँ कामदारहरु आकर्षित हुन कम भएको र श्रम स्वीकृति लिइसकेकाहरु पनि पर्ख र हेरको स्थितिमा रहेको बताइन्छ। पहिला दैनिक ५०० देखि ६००को संख्यामा कामदारहरु कतार जाने गरेका थिए भने अहिले त्यो १५० को हाराहारीमा झरेको छ माग साथै कतारस्थित कम्पनीहरुले पनि पछिल्लो समय कामदार मगाउन कम गरेको वैदेशिक रोजगार व्यवसायीहरु बताउछन्। एकजना वैदेशिक रोजगार व्यवसायी भुवन श्रेष्ठ भन्छन्, “मानिसहरुलाई डर छ त्यही भएर सम्झाएर पठाउनुपर्छ। अर्को तर्फ कामदारको माग पनि कम हुन थालेको छ।” कतारमा हाल आधिकारिक रुपमा साढे ३ लाख नेपालीहरु रहेको र त्यो त्यहाँको जनसंख्याको १३ प्रतिशत रहेको बताइन्छ। यसरी त्यहाँ रोजगारीमा जानेको संख्या घटेमा नेपाल भित्रिने रेमिट्यान्स अर्थात विप्रेषणमा पनि प्रत्यक्ष असर पर्ने देखिन्छ। – याे समाचार बिबिसिबाट  लिर्इएकाे हाे ।