एकैदिन २४४४ जनामा काेराेना संक्रमण

नेपालमा काेराेना संक्रमण भयावह हुुने संकेेत देखिएकाे छ । पछिल्लो २४ घन्टामा दुई हजार चार सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६ सय ४८ जनामा पिसिआर र चार हजार तीन ८५ जनामा एन्टिजेन गरी १५ हजार ३३ जनामा कोरोना परीक्षण गरिएको थियो। संक्रमणका कारण २४ घन्टामा थप एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

आज देखिएको तथ्यांक सोमबार देखिएको तथ्यांकभन्दा झन्डै दोब्बर हो। सोमबार एक हजार चार सय ४६ जनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै, पछिल्लो २४ घन्टामा तीन सय १३ जना संक्रमित निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या नौ हजार पाँच सय २२ जना रहेको छ।

बढ्यो सुनको मूल्य, तोलामा कति ?

काठमाडौं, जेठ २ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य एक सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुन प्रतितोला ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ६० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, बुधबार सोमबार तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बिहीबार पनि बजारमा चाँदीको मूल्य यथावतै रहेको छ । बुधबार चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२५ रुपैयाँमै कारोबार भइरहेको छ।

लोकसेवा अनुभवः स्कुल पढाउँदै परीक्षाको तयारी गरे

काठमाडौं । अर्घाखाँचीको पोखराथोकमा जन्मिएँ । हरिहर उच्च माविसम्म त्यही पढेँ । कक्षा १२ सम्म सधैँ प्रथम हुन्थेँ । कक्षा ६ पढ्दादेखि आफूभन्दा तल्लो कक्षाका विद्यार्थीलाई ट्युसन पढाउँथे । कक्षा ११–१२ पढ्दै गर्दा घरको आँगनमा विद्यार्थी पढ्न भरिभराउ हुन्थे । मसँगै पढ्ने विद्यार्थी पनि ट्युसन पढ्न आउँथे । अरूलाई पढाउँदा आत्मविश्वास बढ्थ्यो । पढाइमा निखार ल्यायो । प्राप्त पैसाले घरको कमजोर आर्थिक अवस्था सुधार गर्न सहयोग भयो । परिवार र नजिकको चिनजानमा लोकसेवाबाट जागिर कसैले नखाएकोले लोकसेवा बुझेकै थिइनँ । यसरी भएँ लोकसेवाप्रति आकर्षित स्नातक पढ्न भैरहवा बहुमुखी क्याम्पस भर्ना भएँ । भान्दाइकोमा बसेर अंग्रेजी र समाजशास्त्र पढ्दै थिएँ । दिउँसोको समय स्कुल पढाउँथेँ । भान्दाइ घनश्याम पौडेल उहाँका छोरा अशोक पौडेल र ज्वाइँ युवराज ज्ञवालीले लोकसेवा पढ्न प्रेरित गर्नुहुन्थ्यो । लोकसेवामा भनसुन होला वा निकाल्न सकिँदैन होला भन्ने लाग्थ्यो । उहाँहरूको कुराले लोकसेवाप्रति मलाई आकर्षित ग-यो । स्कुल पढाउँदै लोकसेवा तयारी स्नातकोत्तर अध्ययनका लागि काठमाडौं आएँ । त्रिवि कीर्तिपुरमा अंग्रेजी विषय पढ्न भर्ना भएँ । काठमाडौंमा बस्न, पढाइ खर्चका लागि काम गर्नुको विकल्प थिएन । त्रिविको पढाइ दिउँसो भएकाले काम गर्ने समय मिलेन । बीचमै छोडेर बिहानी कक्षा हुने रत्नराज्यलक्ष्मी क्याम्पसमा अंग्रेजी र रात्रि कक्षा हुने एमपिए जमलमा भर्ना भएँ । दिनमा स्कुलमा पढाउने काम पनि अघि बढाएँ । स्नातकोत्तर सकिएलगत्तै दैनिक फरक स्कुलमा १४ पिरियडसम्म पढाउँथेँ । शाखा अधिकृतको फाराम भरेँ । प्रारम्भिक चरण पास भएँ । दोस्रो चरणको लागि पिरियड नौ वटामा सीमित गरेँ । एक महिना बेलुका डेढ घन्टा लोकसेवा तयारी कक्षा लिएँ । त्यसले मलाई लोकसेवा अध्ययनमा निरन्तरता दिलायो, प्रतिस्पर्धी चिनायो, छलफल गर्ने साथी र अवसर मिल्यो । मेरो पढ्ने शैली पढाउने कोर्सका मिल्ने र सन्दर्भ जोडिने विषयवस्तुलाई लोकसेवाको कोर्सको सम्बन्धित शीर्षकसँग जोड्दै आन्तरिकीकरण गर्थें । जीवनमा भोगेका ज्ञान लोकसेवा पाठ्यक्रममा कहाँ मिल्न सक्छ, ध्यान दिन्थेँ । मिल्नेलाई उदाहरणका रूपमा लेख्दा प्रभावकारी हुँदो रहेछ । लोकसेवाका लागि विषयविज्ञका लेख र एमपिएसम्बन्धी किताबलाई मूल आधार बनाएँ । तेस्रो पत्र त स्कुलमा पढाएका ज्ञान, एमपिए पढ्दाको अनुभवका आधारमा मात्र पास गरेँ । सार्वजनिक बिदाहरूको पूर्णउपयोग गरेँ । तर जीवन जिउने आधारको रूपमा रहेको पढाउने पेसा भने लोकसेवा तयारीको लागि भनेर कहिल्यै छाडिनँ । जसले गर्दा मलाई लोकसेवा पासै गर्नुपर्ने तनाव भएन । नौवटासम्म पिरियड पढाउँदै गरेको तयारीले २०६९ सालमा खुलातर्फ तेस्रो स्थानमा शाखा अधिकृत बन्न सफल भएँ । उपसचिव पास हुँदा छुट्टै अनुभव छात्रवृत्तिमा जापान अध्ययन गर्दै थिएँ । उपसचिवको विज्ञापन भयो । अनलाइन फारम भरेँ । जापानको पढाइशैली एजेन्डागत छलफल, प्रस्तुतीकरण र अनुसन्धानमा केन्द्रित हुन्थ्यो । विभिन्न मुलुकका पाहुना प्रशिक्षकको प्रस्तुतीकरण हुन्थ्यो । फरक मुलुकका असल अभ्यासहरू साथै चुनौतीहरूको चिरफार हुन्थ्यो । उठेका प्रत्येक सवाललाई म हाम्रो सार्वजनिक प्रशासनसँग जोडेर मस्तिष्क मन्थन गर्थें । म प्रायः नेपालको सार्वजनिक प्रशासनसम्बन्धी सवालमा प्रस्तुति दिन्थेँ । मेरो प्रस्तुतिमा सहभागी र प्रोफेसरहरूले गर्ने टिप्पणी र सुझाबका आधारमा परिमार्जन र विश्वअनुभव जोडेर थप भरिलो बनाउथेँ । अन्य देशका सहभागीले सार्वजनिक प्रशासनका बारेमा दिने प्रस्तुतिलाई पनि नोट गर्थें । त्यस्तो अभ्यासले उपसचिव तयारीका लागि सहयोग पुग्यो । अध्ययनकै क्रममा जापानका केही मन्त्रालय, स्थानीय कार्यालयहरूको अवलोकन गरेको थिएँ । त्यहाँ मन छोएका विषयलाई उपसचिवको कोर्स र नेपालको परिवेशसँग जोडेर हेर्थें । हाम्रो पद्धतिलाई यो मोडालिटी फिट होला भन्ने कुरा आन्तरिकीकरण गर्थें । जापानमा सिकेको कुरा नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कोणबाट सोचिरहन्थेँ । जापानको अध्ययन र सिकाइलाई सकेसम्म ग्रहण गरेँ । नेपालमा सेवारत रहँदा पनि कार्यशैली र व्यवहारलाई सूक्ष्म विश्लेषण गर्थेंं । त्यसरी पढेको र सिकेको ज्ञानकै कारण उपसचिवको नतिजामा खुलातर्फ दोस्रो स्थानमै सिफारिस भएँ । तीन वर्षअघि शिक्षण पेसाको अनुभव जोडेर खुला प्रतिस्पर्धाबाट उपसचिवको लिखितमा उत्तीर्ण भए पनि अन्र्तवार्तामा सफल हुन सकेको थिइनँ । नयाँ पत्रिका दैनिकबाट

मलेसियामा मदिराको सेवन नगर्न स्वास्थ सेवा बिभागको अपिल ,विभिन्न ठाँउमा अनुगमन तीब्र

मलेशिया,असोज ५ ।मलेशियाको स्वास्थ्य सेवा बिभागले विभिन्न कम्पनीका मदिरामा अखाद्य पदार्थ तथा मेथनोल पाइएकाले तत्काल कुनैपनी कम्पनीको मदिराको सेवन नगर्न अपिल गरेको छ। गत सोमबार देखि मलेशियामा बिषक्त मदिराको सेवन बाट स्थानीय नागरिक सहित दर्जनौं आप्रवासी कामदारको ज्यान गएपछि बिभागले मदिराको सेवन नगर्न अपिल गरेको हो। यस्तै खाद्य गुण तथा सुरक्षा बिभाग र प्रहरीको टोलिले मलेशियाका विभिन्न शहरमा बिहीबार र शुक्रबार अनुगमन गरेको छ।अनुगमनका क्रममा विभिन्न स्टोरबाट छुट्टाछुट्टै कम्पनीका ६ सय ४७ वटा मदिराका बोतलमा अखाद्य पदार्थ पाइएपछी ती स्टोरहरुलाइ बन्द गरि कारबाही प्रक्रिया अगाडि बढाएको स्थानीय संचारमाध्यमले जनाएका छन। बिहीबार बिहान सम्म छुट्टाछुट्टै १४ वटा नयाँ घटनाका गुनासो आएसङ्गै स्वास्थ सेवा बिभाग र खाद्य गुण तथा सुरक्षा बिभागको टोलिले सयुक्त रूपमा अनुगमन सुरु गरेको हो ।अनुगमन कै क्रममा मदिरा बेचबिखन गर्न स्टोर हरुले खाद्य नियमको पालना नगरी अखाद्य मदिराको बिक्रीवितरण गरेको समेत भेटिएको छ। मलेशियामा सोमबार देखि बिषक्त मदिराको सेवन बाट सेलेङ्गरमा १६ क्वालालम्पुरमा ३ र पेराकमा २ गरि २१ जनाको मृत्यु भैसकेको पुस्टि भएको छ। href=”http://www.everestdainik.com/wp-content/uploads/2018/09/20180921_181947.jpg”> मलेशियाको खाद्य नियम १९८३को धारा १३९ अनुसार कुनैपनि कम्पनी वा स्टोरले जनताको स्वास्थ्यमा हानी पुर्याउने खाद्य पदार्थको उत्पादन तथा बिक्री बितरण गरेमा १ लाख रिंगेट जरिवाना सहित १० बर्ष कैद हुने ब्यबस्था गरेको छ।

यसकारण एसडी मुनी, नेपाल-भारतबीचमा अस्थिरता चाहन्छन् …

काठमाडौं, चैत २७ । दिल्लीमा आफूलाई नागरिक अभिनन्दनका लागि आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दा भनेका थिए कि यहाँका नेता र बुद्धिजीवीमा दुईवटा भ्रम रहेछन्ः एक कम्युनिष्ट सरकारका कारण लोकतन्त्र संकटमा पर्छ कि ? अनि नेपाल चीनतिर ढल्कन्छ कि ? प्रधानमन्त्री ओलीले भारतीयहरुमा रहेका यी दुबै भ्रम चिर्ने प्रयास गरेता पनि उनी नेपाल फर्केकै भोलिपल्ट भारतीय प्रोफेसर एसडी मुनीले नेपाललाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै एउटा लेख लेखेका छन् । त्यसो त केपी ओली भारत जाँदै गर्दा पनि एसडी मुनीले चीन नेपालको तराईसम्म नआओस् भन्दै आक्रामक लेख लेखेका थिए । प्रधानमन्त्री ओली दिल्लीबाट फर्केपछि मुनीले झनै आक्रामक रुपमा नेपाललाई चीनतर्फ नलाग्न धम्की दिएका छन् । भारतीय पत्रिका द क्विन्ट डटकम को विचार पेजमा एसडी मुनीको लेख छापिएको छ । सो लेखमा उनले पुरानै ‘बडेभाइ’ चरित्र प्रदर्शन गर्दै भनेका छन्- ‘ओलीलाई थाहा छ कि चिनियाँ कार्ड खाली देखाउने दाँत मात्रै हो, त्यसको आर्थिक प्रयोजन छैन । उनलाई थाहा छ कि भारतको सहयोगविना नेपाली जनतालाई गरेको विकासको वाचा पूरा गर्न सकिँदैन । भारतलाई धेरै चिढ्याइयो भने माओवादीसँगको गठबन्धनमा पनि समस्या आउने कुराको आँकलन उनले गरेका छन् ।’ सार्कका विषयलाई एसडीमुनीले सिधै पाकिस्तानको एजेण्डा भएको बताएका छन् । उनले लेखमा अगाडि भनेका छन्- ‘ओलीले भनेको हरेक कुरामा हो मा हो मिलाएको भारतले सानो स्वरमा एउटा महत्वपूर्ण सन्देश दिएको छ । नेपालले पाकिस्तान र चीनसँगको सम्बन्ध चाहिनेभन्दा बढी न्यानो बनाएमा दिल्लीलाई चित्त बुझ्ने छैन । भारत सार्कको विकल्पमा बिमिस्टेकलाई अघि सार्न चाहन्छ र नेपालले पाकिस्तानको सार्क एजेण्डा नबोकोस् भन्ने पनि चाहन्छ ।’ अब नेपालले चीनसँग निकटता बढायो भने भारतले आफ्ना उपायहरु अबलम्बन गर्ने भन्दै प्रोफेसर मुनीले धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । र, उनले नेपालमा चिनियाँ परियोजनाले उत्पादन गरेको बिजुली नकिन्ने समेत बताएका छन् । नेपालले चीनसँग निकटता बढाएमा भारतले मधेसको मामिला फेरि उठाउने भारतीय प्रोफेसर मुनीको भनाइ छ । आफूलाई नेपाल मामिलाका जानकार दाबी गर्ने प्रोफेसर मुनी अगाडि लेख्छन्- ‘चीनसित नेपाल चाहिनेभन्दा नजिक भयो भने भारतले आफ्नो उपायहरू प्रयोग गर्ने छ । जस्तै- चीनले बनाएको जलविद्युत परियोजनाबाट भारतले बिजुली किन्ने छैन र मधेसको मामिला भारतले अहिले प्राथमिकता नदिएको हो, पछि फेरि उठाउन सक्छ ।’ अब भारतसँग सम्बन्ध सुधार गरेका केपी ओलीलाई चीनले पनि सहजै नछाड्ने मुनीको दाबी छ । र, भारतले पनि आफ्ना स्वार्थहरुमा सम्झौता नगर्ने उनी बताउँछन् । आफ्नो लेखमा उनले भनेका छन्- ‘ओलीको भ्रमण र नेपाल-भारत सम्वाद कत्तिको सफल भयो भन्ने कुराको मापन दुवै पक्षले आफ्ना वाचाहरूको कत्तिको पालना गर्छन् भन्नेमा निर्भर रहनेछ । ओलीका लागि आफ्नाो दुई प्रमुख राजनैतिक हतियार, राष्ट्रियता र चिनियाँ कार्डको प्रयोग गरेर भारतबाट फाइदा लिन सजिलो हुने छैन । तर, नेपालमा राजनैतिक र सामरिक वृत्तमा ठूलो लगानी गरिसकेको चीनले ओलीलाई त्यसै छाड्ने छैन । भारतले पनि आˆना आधारभूत सुरक्षा चासोहरूमा सम्झौता गर्ने छैन ।’ तथापि केपी ओलीको भारत भ्रमणले दुई देशको सम्बन्ध सुधारमा सकारात्मक भूमिका खेलेको उनको दाबी छ । प्रोफेसर मुनीको लेखको सारसंक्षेप यस्तो छः ओलीको भारत भ्रमण हेर्दा धेरैजसो सङ्केतहरू सकारात्मक छन् । राजनाथ सिंह विमानस्थलमा लिन आए, राष्ट्रपति भवनमा बस्न पाए अनि सेनाको सलामी पनि पाए र मोदीसित लामो र खुलस्त वान अन वान वार्ता पनि गरे । १२ बुँदे संयुक्त वक्तव्यमा सम्बन्धलाई नयाँ उचाइमा लाने कुरा गरियो र रेल र जलमार्ग सम्बन्धि सम्झौताहरू पनि भए । भ्रमणको मुख्य उद्देश्य दुवै देशवीच विश्वासको वातावरण निर्माण गर्नु थियो, जुन नेपालमा संविधान जारी भएपछि बिग्रिन गएको थियो । भारतले समावेशिता र धर्म निरपेक्षताको मुद्दामा नेपाली नेताहरूले ठगेको ठानेको थियो । भारतले ओली र उनको दल नेकपा एमालेलाई आफ्नो एजेण्डा लागु हुन नदिने प्रमुख शक्तिका रुपमा हेरेको थियो त्यसैले उसले हरसम्भव प्रयास गरेर ओलीलाई आफू रिसाएको सन्देश दिइरहेको थियो । ओलीले दृढ निश्चयका साथ प्रतिक्रिया जनाए । उनले भारतविरोधी भनेर व्याख्या गर्न सकिने नेपाली राष्ट्रवाद उजागर गरे । भारतको स्वार्थमा काम गर्न तयार भएका दलहरूलाई हराए । त्यतिमात्र नभएर चिनियाँ कार्ड पनि भारतलाई देखाए । ओलीलाई यसो गर्न सजिलो यस कारण पनि भयो कि नेपालमा पहिलेदेखि नै भारत विरोधी भावना बढ्दो थियो । मोदी र ओलीले जे गरे, त्यो केही सोचविचार नगरेर हठातको निर्णयमा गरेका थिए । तर, कोठामा एउटा अदृश्य हात्ती पनि थियो- चीन । चीन भारतको कमजोरीको फाइदा उठाउन तयार थियो । तर, आर्थिक र सामरिकरूपले दक्षिण एसियामा प्रवेश गर्न लालायित थियो । उसको बेल्ट एण्ड रोडले दक्षिण एसियाली देशहरूलाई निकै आकषिर्त गरेको छ । तर, नेपाल र भारतकावीच रही आएको भूगोल, सभ्यता र सामाजिक सम्बन्धहरूका कारण दुई देशवीच रहेको असमझदारी धेरै समय टिक्न सकेन । ओलीले चुनाव जितेपछि भारत ड्यामेज कन्ट्रोलमा लाग्यो । मोदीले फोन गरेर ओलीलाई बधाइ दिए र सुष्मा स्वराजलाई पठाएर सबै कटूता त्याग्न आग्रह गरे । ओलीले पनि सकारात्मक सन्देश दिए र परम्पराअनुसार भारतलाई नै आˆनो विदेश भ्रमणको पहिलो गन्तव्यका रुपमा रोजे । काठमाडौंसम्मको रेल विस्तार परियोजनाको घोषणा गरेर भारतले चीनसँग आफूले नजित्ने प्रतिस्पर्धाको थालनी गरेको छ । चीनले सन् २०२२ सम्म काठमाडौमा रेल गुडाउने वाचा गरेको छ । तर, भारतको रेलको सर्भे २०१९ मा मात्रै सकिनेछ । ओली चाहन्थे कि भारतले पनि ५ वर्षमा रेल कुदाउने वाचा गरोस् । तर, भारत यसो गर्न सक्दैन । अबका आगामी दिनहरू हेरेर थाहा हुनेछ कि तीन देशवीचको सम्बन्धले कस्तो दिशा लिनेछ । -अनलाइनखबरबाट

चुटकिला : आइतेको तुजुक

******आइते****** ज्योतिष : तिम्रो जिन्दगी मा १२ जना महिला आउनेछन । आइते खुशी हुँदै ५०० रु दिदै : धन्यवाद गुरु ! क्या मज्जाको life रैछ मेरो त ! ज्योतिष : धेरै खुसी नहोउ एउटी बुढी अनि ११ जना छोरी हुनेछन ।

विष्णुकुमारकाे हङकङ जाने सपना चक्नाचुर भयाे

धरान, चैत्र ६ । केही साता धरानमा बसेर सोमबारको उडानमा हङकङ फर्किन हवाइ टिकट काटिसकेका थिए, धरान–१२ बस्ने विष्णुकुमार लिम्बूले । धरान र इटहरीको बीचमा पर्ने सेउती पुल नजिकै कार दुर्घटनामा परी मृत्यु भएपछि उनको सपना अधुरै रह्यो । बा १५ च २०६१ नम्बरको कार सेउती मोडमा ब्रेक फेल भएर दुर्घट्ना लिम्बूको मृत्यु भएको हो । सात महिने छोरा, श्रीमती दिलकुमारी लिम्बूसहित उनका साथी धरान–१५ बूढासुब्बा चोकस्थित ताप्लेजुङ्ग सान्थाक्रा ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.का सञ्चालक राजेन्द्र ल्वागुनसँग शनिबार झापाको माइधारमा पूजा गरेर धरान घर फर्किरहेको बेला कार दुर्घटनामा उनको मृत्यु भएको थियो । कारमा ल्वागुन र लिम्बूको परिवार चढेका थिए । ल्वागुन पनि व्यापारिक कारोबारका लागि लिम्बूसँगै हङकङ जाने तयारीमा थिए । कारमा सवारमध्ये ५ जना गम्भीर घाइते भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रहरी पोस्टका इन्चार्ज तिलक गिरीले बताए । गिरीका अनुसार ल्लागुनका श्रीमती सुशीला ल्वागुन र १० वर्षका छोरा निरज ल्वागुन, मृत विष्णुका श्रीमती दिलकुमारी लिम्बू र उनका र ७ महिने छोरा याङवुहाङ लिम्बू गम्भीर घाइते भएका छन् । उनीहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । उनीहरुको अवस्था चिन्ताजनक रहेको चिकित्सकले जनाएको छ । धरानतर्फ आउँदै गरेको कार बाँया पुलतिर मोड्न खोज्दा ब्रेक फेल भएको थाहा पाएपछि दाँयातर्फ मोडेर चारकोशे जंगलतिर ५० मिटरभित्र पुगेर रुखमा बजारिएको थियो । कार पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।

कक्षा १० को अन्तीम परीक्षा तालिका सार्वजनिक

काठमाँडौ, मंसिर २४ परीक्षा नियन्त्रण कार्यालय सानोठीमी भक्तपुरले यस वर्षको कक्षा १० को अन्तिम परीक्षाको तालिका सार्वजनिक गरेको छ । कार्यालयका अनुसार आगामी चैत्र ३ गते पहिलो दिन अंग्रजी, ४ गते नेपाली, ६ गते गणित, ७ गते विज्ञान, ८ गते सामाजिक शिक्षा, ९ गते स्वास्थ्य जनसंख्या तथा वातावरण, १० गते ऐच्छिक प्रथम र ११ गते ऐच्छिक द्वितिय विषयका लागि परीक्षा हुने छ । प्राविधिक धारका विद्यार्थीको परीक्षा भने १४ गते सकिनेछ । परीक्षामा ६ लाख भन्दा बढी विद्यार्थी सामेल हुने छन ।

संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताएका छन् । संसद् दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उनले कानुन निर्माण प्रक्रियामा सुधार तथा जनप्रतिनिधिको क्रियाशीलताले संसद् र संसदीय प्रक्रियामा देखिएका कमजोरीलाई सुधार गर्न सकिने बताएका छन् । संसद् अविच्छिन्न र जनप्रतिनिधिको जीवन्त अभ्यास गर्ने थलोका रूपमा रहेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधानले निर्दिष्ट गरेका सिद्धान्त र मान्यताको आधारमा देशको संसदीय व्यवस्थालाई बलियो बनाउने दायित्व सबैको भएको सन्देशमा बताएका छन् । संसद्प्रति जनताको आस्था र विश्वासलाई उचाइमा पुर्याउन सबैको योगदान उत्तिकै महत्त्वपूर्ण रहेको उनको अभिमत छ । मुलुकको संसदीय इतिहास अन्य देशको तुलनामा नयाँ नभएको जनाउँदै सभामुखले नेपालको राजनीतिक व्यवस्थामा निरन्तर विभिन्न धक्का र उतारचढावका कारण संसदीय प्रणालीले अविच्छिन्न अभ्यास गर्ने, समृद्ध हुने र सुदृढ बन्ने मौका नै नपाएको सन्देशमा उल्लेख गरेका छन् । संसद् दिवसले संसदीय लोकतन्त्रको प्रवर्द्धन गर्दै संसद्लाई जीवन्त र जनमुखी बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै सभामुख घिमिरेले यस अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । रासस

ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका अध्यक्ष धितालले लिए शपथ

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले  विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताललाई पद तथा गोपनियताको शपथ गराएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष समारोहमा मन्त्री बस्नेतले आयोगका अध्यक्ष धिताललाई पद तथा गोपनियताको शपथ गगराएका हुन्। सो अवसरमा अध्यक्ष धितालले आयोगका सदस्य डा मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई पद तथा गोपनियताको शपथ गराएका थिए। डा धिताल आयोगको सदस्यको भूमिका यसअघि नै निर्वाह गरिसकेका छन्। उनी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पूर्वकार्यकारी निर्देशक समेत थिए।  यही असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरुमा डा अधिकारी र शर्मालाई नियुक्त गरेको थियो। आयोगमा अध्यक्षसहित चारजना सदस्य रहने प्रावधान छ। यसअघि नै आयोगमा गौतम बंगोल सदस्यका रुपमा कार्यरत थिए।  सो अवसरमा ऊर्जामन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आयोगको भूमिका महत्वपूर्ण हुने भएकाले कानुन प्रदत्त भूमिका निर्वाह गर्न आग्रह गरे। उनले आयोगमा पदाधिकारी नहुँदा बङ्गलादेशसँग विद्युत् निर्यातका सम्बन्धमा आवश्यक निर्णय गर्न कठिनाई भएको बताए। आयोगको पूर्णतासँगै सो प्रक्रिया समेत अगाडि बढ्ने उनको भनाइ थियो। सरकारले ऊर्जा क्षेत्रको विकासका लागि १२ वर्षे कार्ययोजना तयार पारेको र त्यसलाई पूर्णरुपमा कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षको सार्थक सहयोग र तत्परता जरुरी रहेको मन्त्री बस्नेतको कथन छ।

गिरीबन्धु प्रकरण छानबिन गर्न समिति गठनको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले छानबिन समिति बनाउन माग गरेका छन् । साथै उनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी–इस्टेटको जग्गामा कांग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् ।  बिहीबार काठमाडौंमा आयोजित लैंगिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । गिरीबन्धु प्रकरणमा कांग्रेसले कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए फाइल खोल्न र छानबिन समिति बनाउन माग गरे । उनले ओलीले आवेगले प्रश्न उठाएको भन्दै त्यसलाई विवेकले जवाफ दिन कांग्रेसपछि नपर्ने बताए। 'हामीमा आवेग कतिसम्म छ भने, तपाईंहरूले सुन्नुभयो नि । भर्खरै केपी कमरेडले फेरि पनि भन्नुभयो की, गिरीबन्धु प्रकरणमा कांग्रेसले ९१ बिगाह जग्गा बेचेर कमिसन खायो । त्यो केपी कमरेडमा रहेको अधिकतम आवेगको कुरा हो । यद्यपि, म केपी कमरेडलाई श्रद्धा गर्दछु, मेरो जिल्लावासी नेता हो । मेरो जिल्लाको दुई नेतालाई तुलनात्मक रूपले बढी श्रद्धा गर्दछु,' शर्माले भने ।महामन्त्री शर्माले आफूले श्रद्धा गर्ने दुई नेतामा ओली र कांग्रेस नेता कृष्णप्रसाद सिटौला रहेको पनि बताए ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा सरकारका कामकारबाही नीति तथा कार्यक्रम निर्माण, बजेट लेखन, लगानी सम्मेलनका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ ।  बैठकमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले हालै गरेको चीन भ्रमणका विषयमा पनि छलफल हुने बताइएको छ ।

चट्याङ लागेर एक जनाको मृत्यु, ७ जना घाइते

धनगढी । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अरु ७ जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका ६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।  बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले चट्याङ लागेर मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएको जानकारी दिए । जिल्ला अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घाइते सबै जना खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । सिंहको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

विनोद चौधरीको गुनासो -'बाँसबारी जग्गामा राजनीतिकरण गरियो'

काठमाडौं ।सांसद तथा उद्यमी विनोद चौधरीले बाँसबारी जग्गाबारे राजनीतिकरण भएको गुनासो गरेका छन्।बिहीबार सरकारी वकिलको कार्यालयमा बयान दिएर बाहिरिने क्रममा सांसद चौधरीले आफू अनुसन्धानमा सघाउन मौखिक जानकारी गराएपछि आफू सोही अनुसार सरकारी वकिलको कार्यालयमा आएर सहयोग गरेको बताए । सांसद चौधरीले राज्यले आफू जत्तिको व्यक्तिमाथि समेत राजनीति गरिरहेको भन्दै नेपाल र विश्वभर रहेका नेपाली युवा, नेपालका उद्यमी, रोजगारदाता, करदाताहरुले आफ्नो मनमा कुन सन्देश लिएर लगानी गर्दछन् भन्नेकुराको हेक्का राज्यले राख्नुपर्ने बताए। उनले आफूले उद्यमी भएर काम गरेको ४५ वर्ष बितिसकेको भन्दै आफ्नो चरित्रको सर्टिफिकेट स्टन्ट गर्नेहरुलाई बुझाउन आवश्यक नरहेको बताए। सांसद चौधरीले राज्यले यस्ता गतिविधिबाट निजी क्षेत्र, उद्यमी, लगानी कर्तालाई विशुद्ध राख्न आवश्यक रहेको बताए। सांसद चौधरीले आफूलाई सरकारी वकीलको कार्यालयबाट मौखिक रुपमा उपस्थित हुन भनेपछि आफूले उपस्थिति जनाएको बताए। उनले आफू जिम्मेवार व्यक्ति, जिम्मेवार राजनीतिकर्मी भएको हैसियतले अनुसन्धानको लागि हयोग गर्न उपस्थित भएको बताए। सांसद चौधरीले ४२ वर्षअघिको बाँसबारीको कौडीको भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ पब्लिक/प्राइभेट पार्टनरसिपको एउटा उत्कृष्ट मोडलको रुपमा खडा गरिएको एउटा नविनतम सोचलाई राजनीतिकरण गर्नु दुःखद् रहेको बताए। १० रोपनी जग्गाको बारेमा कुनैपनि प्रकारको कुदृष्टि राख्छ भनेर सोच्नु नै एउटा विकृत मानसिकताको उपज रहेको जिकिर गरे । सांसद चौधरीले आफूले दलगत राजनीतिलाई छोडेर विकासको राजनीति गरेको बताए। सांसद चौधरीमाथि बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा निजीकरण गरेको आरोप लागेको छ ।

‘खजुरे ब्रो’ को छायाँकन सकियो

काठमाडौं । हर्क साम्पाङको पनि अभिनय रहेको चलचित्र ‘खजुरे ब्रो’ को छायाँकन सकिएको छ। एक महिना देखि धरानमा भई रहेको सुटिंग सकिएको छ। चलचित्रको सम्पूर्ण छायाँकन २५ दिनमा सकिएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले जानकारी दिए। चलचित्र ‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित व्यावसायिक चलचित्र भएको निर्माण पक्षले जनाएको छ । चलचित्रले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ । चलचित्रको छायाँकन तोकिएकै समयमा सहज वातावरणमा सम्पन्न भएको छ। छायाँकनको क्रममा स्थानीयले ठुलो सहयोग गरेको निर्माता नवीन मानन्धरले बताए। चलचित्रको छिट्टै पोस्ट प्रोडक्सनको काम अघि बढ्ने निर्माण टिमले जानकारी दिए। दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्देशक सुरज सुनुवारको निर्देशनमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन्। कमेडी जनराको चलचित्रको लेखक पनि निर्देशक सुनुवार नै हुन् । चलचित्रमा रेयर राई,महेश त्रिपाठी,नीति शाह,नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ। ‘खजुरे ब्रो’ नीति शाहको डेब्यु चलचित्र हो। चलचित्रमा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ। चलचित्रमा धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकाको काम गरेका छन् । चलचित्रमा मेयर हर्क साम्पाङको बिसेष भूमिका रहेको छ। चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाँकन गरेको चलचित्रमा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ। चलचित्रको सह निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन्। दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रा।लि।को रहेको छ। चलचित्र जेठ महिनामा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको छ।

परिर्वतका पक्षधरलाई जनुयद्ध दिवस मनाउन कसैले रोकेर रोकिदैन : प्रचण्ड (भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री एंव नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिर्वतका पक्षधरलाई जनुयद्ध मनाउन कसैले रोकेर नरोकिने बताएका छन् । वाइसिएल नेपाल उपभोक्ता हकहित संरक्षण विभागद्वारा आयोजित जनयुद्धका उपलब्धि’ शिर्षकमा भईरहेको डिजिटल वक्तृत्वकला प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । अहिले अदालतले शान्ति प्रक्रिया चल्दै गरेको टिआसी नटुंगिएको भनेर जनयुद्ध दिवसलाई नमनाउने तर्क गरेको भएपनि जनता र माओवादी सहित संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुलाई जनयुद्ध दिवस मनाउन कसैले रोक्न नसक्ने बताएका हुन् । प्रधानमन्त्रीले जनयुद्ध दिवसको अवसरमा शुभकाना दिंदै भनेका छन् -‘अहिले हामी फागुन १ गतेको (जनयुद्ध दिवस) को नजिक छौं । म प्रधानमन्त्री भएपछि जनयुद्धलाई एउटा राष्ट्रिय दिवस घोषणा गरेको थिए । तर अहिले अदालतले शान्ति प्रक्रिया चल्दै गरेको टिआसी नटुंगिएको भनेर जनयुद्ध दिवसलाई नमनाउने तर्क गरेको छ । तर जनतालाई र हामीलाई जनुयद्ध मनाउन कसैले रोकेर रोकिदैन । यो परिर्वतका पक्षधरले जनयुद्धलाई सम्मान गरेका छन् र गरिराखेकै छन् गरिरहन्छन् पनि र यो कसैले रोकेर रोकिदैन ‘ यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त शुभकामना जनयद्ध नेपालको इतिहासको एउटा महान् क्रान्तिकारी पहल कदमी हो । जनयुद्ध पूर्व देशमा निरकुंसताको मुख्यत सामन्ती निरकुंसताको राज थियो । प्रयेक जिल्ला र गाउँ गाउँ टोलटोलमा महिला दलित आदिवासी दलित र मधेसी मुस्लिम थारुहरु समुदायलाई लगायत सबै उत्पीडित वर्ग समुदायलाई कुनै पहिचन र अधिकार थिएन । सबैभन्दा ठुलो कुरा त्यो भन्दा अगाडि राष्ट्रको सार्वभौमसत्ता जनताको हातमा थिएन । त्यो एउटा व्यक्ति, एउटा सामन्ती प्रभुको हातमा केन्द्रीत थियो । र त्यो समान्तवादको पराकाष्ट्रको रुपमा थियो । जनयुद्धले यस्तो परिस्थिति तयार गर्यो, जहाँ सबै वर्ग तह तप्काका जनतामा एउटा नयाँ जागरण सहित उनीहरुको पहिचान हक अधिकार र आत्मसम्मानलाई स्थापित गर्न ठुलो योगदान गयो ।यो इतिहासिक योगदना गर्यो । मै सधै भन्ने गरेको छु आधुनिक नेपालको इतिहासमा जनयुद्ध एउटा महान् पहलकदमी थियो । त्यसमा जनताका सबै वर्ग तहतप्काले जुन विरता देखाए र वलिदानीको इतिहास कायम गरे जुन सयौं सयौं वर्षसम्म पनि नेपालको इतिहासमा अजर अमर रहने छ । यसरी राजनीतिक रुपले पनि, अधिकारको दृष्टिकोणले पनि, पहिचान र आत्मसम्मानका दृष्टिकोणले पनि यो युगिन परिर्वतन ल्याउने एउटा महान् पहल थियो जनयुद्ध । र त्यसमा हजारौं हजार जनताको वलिदान एउटा उदेश्यमुल ढंगले, एउटा नयाँ युग निर्माणको उदेश्यले, गणतन्त्रको निम्ति, समावेसिता र समानुपतिकता सहितको संघिय लोकतान्त्रिक राज्य निर्माणको निम्ति एउटा सचेत बलिदान थियो जनयुद्ध । त्यसमा कुनै एउटा समुदाय विशेष जाति सप्रदाय विशेषको मात्रै सहभागिता थिएन । त्यसमा त सिंगै नेपालका जाति सप्रदायको सहभागिता थियो ।जनयुद्धमा नेपालका सबै जाति क्षेत्र र समुदायका जनताले वदिानका कोटा चुक्ता गरेका थिए । यसरी आज हामी लोकतन्त्रको जुन अभ्यास गरिराखेका छौं । अभिव्यक्ति स्वतन्त्रताको अभ्यास जो अहिले देशमा भै राखेको छ यसमा जनयुद्धको भुमिका छ । यद्यपी कतिपय मानिसहरुले जनयुद्धद्धारा प्राप्त लोकतन्त्रको यो स्वतन्त्रतालाई दुरुपयोग गर्ने प्रयास जो गरिराखेका छन् ।तर फेरिपनि यसले नयाँ स्वतन्त्राको अभ्यास गर्ने नयाँ ठाउँमा देशलाई र नेपाली जनतालाई ल्याइपुर्याएको छ । यो कुरा साँचो हो कि पछिल्लो पटक १२ बुँदे समझदारी, शान्ति सम्झौता अन्य दलसँग पनि मिलेर भएकै हो । त्यसमा अरुको पनि अन्य दलहरुको पनि जन आन्दोलनको यो परिर्वतनमा भुमिका रहेको छ । तर के कुरा निर्विवाद रुपमा सत्य हो भने जनयुद्ध नै त्यो आधार हो, जसले संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव बनायो । जनयुद्ध नै त्यो आधार हो जसले संविधान सभाको निर्वाचनमार्फत नेपाली जनतालाई पहिलो पटक इतिहासमा सार्वभौमसत्ता सम्पन्न बनायो । यसअर्थले जनयुद्ध एउटा युग परिर्वतन गर्ने पहल हो । एकथरी मानिसहरु हिजो जनयुद्ध चल्दै गर्दा यसलाई बदनाम गर्ने, या यसलाई फौजी दमनद्धारा नै निस्तेज पार्ने दुस्साहस गरेका थिए । ती वर्ग र तप्काका मानिसहरुले अहिले यसविरुद्ध कुनै न कुनै रुपले नकारात्म भाष्य तयार पारेर बदनाम गर्ने कोशिस गरिराखेकै छन् । मेरो विचारमा त्यो हिजो पनि थियो, आज पनि छ र यो केही समय अझै रहन पनि सक्छ । त्यसकार क्रान्तिकारीहरुको या संघिय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुको जिम्मेवारी बन्न आउँछ कि , जनयुद्धको एेतिहासिकता र यसको महत्व, यसले ल्याएको युगिन परिर्वतनलाई स्थापित गर्न अगाडि बढौं । त्यो जनताको जिम्मेवारी पनि हो, क्रान्तिकारीहरुको जिम्मेवारी पनि हो , नयाँ पुस्तका युवाहरुको पनि जिम्मेवारी पनि हो । यथार्थमा भन्ने हो भने जनुयुद्धमा सबभन्दा धेरै युवाहरुकैे सहभागिता थियो । चाहे जनमुक्ति सेनाको रुपमा होस्, या मिलिसिायको रुपमा होस् ,अन्य थुप्रै रुपमा त्यसकोे निम्ति व्यवस्थापन गर्ने काममा युवाहरुकै सहभागिता थियो ।र वलिदानीको कोटा हेर्ने हो भने पनि युवाहरुले नै गरेका छन्् । त्यसले यसको महानतालाई यसको गहिराहिलाई राम्रोसँग उजागर गर्ने र जनतामाझ स्थापित गर्ने जिम्मेवारी पनि युवाहरुको दायीत्व भित्र रहन्छ । जाली, झेली, प्रतिक्रान्तिकारी, प्रतिक्रिायावादीहरु जसले इतिहासको यो तथ्यलाई बंग्याउने दुस्साहस गरेका छन् तीनिहरुलाई जनताको बीचमा राम्रोसँग एक्सपोज गर्ने आवश्यकता अहिले छ । अहिले हामी फागुन १ गतेको (जनयुद्ध दिवस) को नजिक छौं । म प्रधानमन्त्री भएपछि जनयुद्धलाई एउटा राष्ट्रिय दिवस घोषणा गरेको थिए । तर अहिले अदालतले शान्ति प्रक्रिया चल्दै गरेको टिआसी नटुंगिएको भनेर जनयुद्ध दिवसलाई नमनाउने तर्क गरेको छ । तर जनतालाई र हामीलाई जनुयद्ध मनाउन कसैले रोकेर रोकिदैन । यो परिर्वतका पक्षधरले जनयुद्धलाई सम्मान गरेका छन् र गरिराखेकै छन् गरिरहन्छन् पनि र यो कसैले रोकेर रोकिदैन । म आउँदै गरेको जनयुद्ध दिवसको अवसरमा जनयुद्धका सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्न चाहान्छु । सबै बेपत्ता योद्धाहरुप्रति सम्मान गर्न चाहान्छु । घाइते योद्धाहरुको शिर्घ स्वास्थ्य लाभको कामना गर्दछु । घाइतेहरुको उपचारमा हामीले सक्ने पहल गरेका छौं, गरिहन्छौं । यस अवसरमा जनयुद्धको क्रममा अन्य व्यवस्थापनमा सहयोग पुर्याउने जनयुद्धलाई परिर्वतनको मुख्य शक्ति बनाउनेमा योगदान पुर्याउने सबै तह तप्काका जनतालाई पनि म बधाई र धन्यवाद भन्न चाहान्छु । जनयुद्धले ल्याएको परिर्वतन जनताको लागि हो । सबै उत्पिडित वर्गको समुदायको लागि हो । त्यसकारण अहिले उत्पिडकहरुको पक्षमा समान्तहरुकै पक्षमा फेरि इतिहासको चक्कालाई पछि धकेल्न चाहाने केही सामन्तह तत्वहरुको दुस्साहलाई परास्त गर्न पनि हामीले जनुयुद्ध र जनआन्दोलनको ऐहिासिक कार्यलाई स्थापित गर्ने कुरा, संविधानसभाको निर्वाचन र नेपाली जनता इतिहासमै पहिचोटी व्यक्तिको दासताबाट मुक्त भएर सार्वभौमसत्ता सम्पन्न भएको ऐतहासिक योगदानलाई सम्मान गर्ने दिनका रुपमा जनुयद्ध दिवसलाई लिनुपर्छ । हामी सबै यसको निम्ति दृढतापूर्वक अगाडि बढ्नुपर्छ।