बाबुरामलार्इ अर्काे धक्का, केन्द्रिय सदस्य अधिकारी माओवादी केन्द्रमा प्रवेश

गोरखा, मंसिर ५ । नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

गोरखा नगरपालिका -१० छेपेटारमा आयोजित चुनावी सभामा अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अजिरकोट गाउँ पालिका- ३ काफलडाडा स्थायी घर भएका अधिकारी नयाँ शक्ति पार्टी नेपाल निकटको शिक्षक सङ्गठनका केन्द्रिय नेता थिए ।

तत्कालीन नेकपा माओवादी केन्द्र निकटको शिक्षक सङ्गठनको केन्द्रिय उपाध्यक्ष रहेका अधिकारी डाक्टर बाबुराम भट्टराईले पार्टी फुटाएर नयाँ शक्ति पार्टी नेपाल गठन गरेपछि भट्टराई सङ्गै नयाँ शक्तिमा गएका थिए ।

नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई अस्थिर र उधेश्य बिहिन व्यक्ति भएको अधिकारीले अाराेप लगाए ।  जनयुद्धका समयमा जेलनेल भोगेको स्मरण गर्दै अधिकारीले आफू सधै बामपंथी भएको र भइरहने प्रतिबद्धता व्यक्त गरे।

व्यक्तिगत स्वार्थ हेर्ने, राष्ट्रको हित नहेर्ने भट्टराई को आचरण भएको बताउदै श्रेष्ठले गोरखाको विकास भट्टराई गरेको नभई तत्कालीन एकीकृत नेकपा माओवादी ले गरेको प्रष्ट पारे ।

‘भट्टराई ले कम्युनिष्ट सिद्धान्त मात्र छाड्नु भएन काग्रेस सङ्ग आत्मसमर्पण गर्नु भो त्यसैले नया शक्ति छाडेका हौ’ अधिकारी ले भने : अब नयाँ शक्ति सकिदै छ । पार्टी प्रवेश गरेका अधिकारीलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले अबिरमाला लगाएर स्वागत गरे।

कृषि र पर्यटनमा सहयोग गर्न चीन इच्छुक

चितवन, कात्तिक १४ । नेपालका लागि चीनका राजदूत यु हङले चितवनको कृषि, पर्यटनलगायत क्षेत्रमा सहयोग गर्न चीन इच्छुक रहेको बताएको छ । जिल्ला समन्वय समिति चितवनमा सोमबार आयोजित भेटघाट कार्यक्रममा चिनियाँ राजदूत यु हङले पर्यटकीय नगरी चितवनको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न इच्छा व्यक्त गर्दै चितवनमा आधुनिक कृषि प्रणाली आवश्यक रहेकाले कृषि क्षेत्रको विकासका लागि आवश्यक प्राविधिक सहयोग गरिने आश्वासन समेत दिए । उनले चीन सरकारको सहयोगमा बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र आधुनिकीकरणका लागि पनि सहयोग गरिने बताए । राजदूत युले चीनमा हुन लागेको चिनियाँ मेलामा सहभागी हुन जिल्ला समन्वय समिति प्रमुखलाई अनुरोध गरे । कार्यक्रममा जिससका प्रमुख कृष्णकुमार डल्लाकोटीले चितवनको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले चितवनको विकास निर्माण र आवश्यक सहयोग गर्नुपर्ने क्षेत्रका बारेमा जानकारी दिएको थियो । गैँडा लैजानुअघि ‘बुमा’ मा राखेर निगरानी चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिँगे गैंँडा लैजाने विषयमा चिनियाँ अधिकारीसँग छलफल भएको छ । तीन दिनअघि नेपाल आएको वन्यजन्तु विज्ञसहितको आठ जनाको चिनियाँ टोलीले निकुञ्ज घुमेर वस्तुस्थितिबारे जानकारी लिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । “बीचमा कुनै बाधा उत्पन्न नभए तीन महिनाभित्र पुस माघसम्ममा गैँंडा लैजाने एक किसिमको सहमति भयो” खड्काले भने, “चुनाव, बाघगणना यही समयमा परेकाले १५–२० दिन तलमाथि होला ।” चितवनबाट लगिने चार वर्षभन्दा तलका उमेरका दुई जोडी गैंँडालाई चीनको चिमे लङ सफारी पार्क र सांघाई वाइल्ड अनिमल पार्कमा राखिने छ । अर्ना जसरी गैँंडा पनि म¥यो भने समस्या आउने भएकाले पहिलो चरणमा निकुञ्जको सौराहा क्षेत्रमा बुमा (एक प्रकारको खोर) मा राखिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । त्यसका लागि बुमा बनाउने प्रक्रिया थालिएको छ । सौराहा नजिकै जंगलमा ३० मि लम्बाइ र २० मि चौडाइको बुमा बनाइने छ । बुमाको चारैतर्फ तल्लो भागमा कँक्रिट पर्खाल लगाइने र माथिल्लो भागमा मेस जाली लगाइने कँडेलले जानकारी दिए । अरु बेलामा पनि वन्यजन्तुको उद्धारमा प्रयोग गर्न मिल्ने खालको बुमा बनाइने छ । दुई बुमामा दुई जोडी गैंँडा राखेर करिब एक महिना निगरानी गरिने र चिकित्सक टोलीले लैजान हुन्छ भनेर प्रमाणित गरेपछि पठाइने निकुञ्जले जनाएको छ । बानी पार्नका लागि करिब एक महिना बुमामा गैँडा राखिने निकुञ्जले जनाएको छ । त्यसपछि चिनियाँ र नेपाली पशु चिकित्सकको टोलीले निगरानी गर्नेछन् । लागेको सबै खर्च भने चीनले बेहोर्ने जनाइएको छ । आठ जनाको चिनियाँ टोलीमा साइटिष्टका प्रतिनिधिमा-एग्ओ सिपाओ, सांघाई वाइल्ड एनिमल पार्कका शु चुंङ जङ, चिमे लङ सफारी पार्कका डासिजी सिन्जवासहित रहेका छन् । चीनबाट आएको नेपाल सरकारले चीनलाई दुई जोडी गँैंडा पठाउने निर्णय अघिल्लो वर्ष नै गरिसकेको छ ।

अरुको मन राखिदिँदा राखिदिँदै पनि…..

कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै मनमा आएका खुसीका ज्वारभाटहरु थामिनसक्नुका हुन्छन् । कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै आफ्नो मनमा छाएका अपरिमित सन्तोस पत्यार्इनसक्नुका हुन्छन् । अरुको मन राखिदिँदा राखिदिँदै, आफूबाट आफ्नै समय चुहिएर गए पनि । अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै उठीबास हुनेसम्मका घटना घटे पनि । अरुको मन राखिदिँदा राखिदिँदै आफैँलाई बिर्सिए पनि । संसारमा सबैभन्दा कमलो कुरा पनि मानिसकै मन होला । र सबैभन्दा कडा पनि मानिसको मनै होला । धेरै सम्बन्धहरु मनसँग जोडिएको हुन्छ । धेरै सम्बन्ध मनबाट तोडिएको पनि हुन्छ । अक्सर मनैले चल्छ मान्छे यहाँ, र मनकै कारणले जल्छ पनि मान्छे यहाँ । घामजस्तै पारिलो पनि मनै हुन्छ, छुरीजस्तै धारिलो पनि मनै हुँदो रहेछ । मनसँगै हुन्छ विश्वास पनि, मनसँगै हुन्छ घात प्रतिघात पनि । आफ्ना इच्छाहरुलाई केही पर पन्छाएर, जब कसैको मन राखिन्छ, क्षणभरलाई त्यसले दिने शान्ति अभूतपूर्व हुन्छ । आफ्नो अनुकुलताको पर्वाह नगरी कसैको मनको पुकार जब सुनिन्छ, त्यसले कमसेकम पछुताउने मौका दिँदैन । चाहे जसको ओठमा फलोस्, खुसी आखिर खुसी नै हो । खुसी फूलजस्तै हो, कुन बोटमा फुल्योसँग होइन, कति फुल्यो, कस्तो फुल्योसँग सरोकार राख्छ । कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै मनमा आएका खुसीका ज्वारभाटहरु थामिनसक्नुका हुन्छन् । कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै आफ्नो मनमा छाएका अपरिमित सन्तोस पत्यार्इनसक्नुका हुन्छन् । अरुको मन राखिदिँदा राखिदिँदै, आफूबाट आफ्नै समय चुहिएर गए पनि । अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै उठीबास हुनेसम्मका घटना घटे पनि । अरुको मन राखिदिँदा राखिदिँदै आफैँलाई बिर्सिए पनि । कतिको मन नदुखोस् भनेर मन राखिदिएँ । पछि तिनैले मन दुखाए । कति मन दुखेकाहरुमा आफ्नै मनको सुनेर मन लगाएँ । दुखाइको अन्त्य भइसकेपछि त मान्छेका मन पनि ढुँगामा परिणत हुँदारहेछन् । सम्बन्ध जस्तोसुकै होस्, त्यो कुनै बिरुवाझैँ हो, त्यसलाई जोगाउनु पर्छ । हो, यहि ठान्ने हुँदा आफू भने मुर्झाएर सुकिँदोरहेछ । यहि एउटा सम्बन्ध जोगाउन खोज्दा आफू कतिपटक ढालिन्इछ, काटिइन्छ, चिरिइन्छ, गाढिइन्छ, बालिइन्छ । एउटा सम्बन्धको प्राण हजारौँ सुख, सुविधा, रहर र हाँसोहरुको मृत्युले चुकाइएको हुन्छ । छन् नि यो पनि आफ्नै मनबाट गुज्रेको अनुभव, कि अरुको मन राख्दा राख्दा, अरु रिसाउलान् कि भन्ने चिन्ता गर्दा गर्दा, आफ्नो त कतै ठाउँ नै पो नरहँदो रहेछ । अरुलाई समस्याको जँघार तराउँदा तराउँदा आफू भने भेलमै कतै हराइँदोरहेछ । अरुको मनको मल्हम बन्दा बन्दा आफ्नो जीवनको कदम अल्झेको अल्झ्यै हुँदोरहेछ । जसको चित्त बुझाउँदा बुझाउँदै आफैँ रिक्त भइएको हुन्छ, अक्सर उनैले चित्त दुखाउँछन् । मनसितको सम्बन्धमा अक्सर मन दुखाउनेहरु नै ज्यादा भेटिन्छन् । मन राखिदिनका लागि अरुलाई दुख्ला कि भन्दै डराइ डराइ बोलिन्छ । मनै राखिदिनका लागि समय नै नहुँदा नहुँदै पनि, आफ्नै कामलाई पर पन्छाएर अरुको काम गरिन्छ । अरुकै मन राखिदिनका लागि आफ्नो मनैले नमानेका कैयौँ काम पनि गरिन्छ। अरुलाई सुकिलो बनाइदिन आफू मैलिएको समेत पत्तो हुन्न । एउटा सम्बन्ध यसै नमरोस् भनेर, आफ्नो रहर त कति पो मारिएछ। आफूलाई परबाट देख्दा हरेकपटक हाँस्ने ओठ कहिल्यै बन्द नहोस् भनेर आफूलाई उसकै अनुकुलतामा ठाउँ कुठाउँ खोलिएछ। सधैँ मिलाउनलाई मतिर अघि बढ्ने हातहरु अनायास मैतिर सोझिएर धार नलागोस् भनेर आफैँलाई तौलेर प्रस्तुत गरेको छु । सम्बन्ध जस्तोसुकै होस्, त्यो कुनै बिरुवाझैँ हो, त्यसलाई जोगाउनु पर्छ । हो, यहि ठान्ने हुँदा आफू भने मुर्झाएर सुकिँदोरहेछ । यहि एउटा सम्बन्ध जोगाउन खोज्दा आफू कतिपटक ढालिन्इछ, काटिइन्छ, चिरिइन्छ, गाढिइन्छ, बालिइन्छ । एउटा सम्बन्धको प्राण हजारौँ सुख, सुविधा, रहर र हाँसोहरुको मृत्युले चुकाइएको हुन्छ । अरुको मन राखिदिनका लागि जे जति गरेँ, त्यतिको मिहिनेत र श्रम लगाएर आफ्नो मन राखेको भए, सायद म आफैँ पो केही बन्ने थिएँ । सायद आफूलाई खुसी तुल्याउन सक्थेँ कि १ तरपनि यहि मन मान्दैन । मन उही अरुकै चित्त बुझाएर पाइने आनन्दकै पछि कुनै एककोहोरो प्रेमी आफूले मन पराएकी केटीको पछाडी दगुरेझैँ दगुरिरहेछ । मसित मेरा सपनाहरु रिसाएका छन् । मसित मेरै समय क्रुद्ध छ । मसित मेरा खुसीले निहुँ खोजेका कति कति घटना छन् । कतिपटक त म आफैँले आफैँलाई माफ गर्न सकेको छैन । मलाई मेरो आफ्नै मनसँग गुनासो छ कि अरुको मन राखिदिँदा राखिदिँदै म आफैँ कहीँको रहिनँ ? कान्तिपुरबाट साभार

भारतमा पशु मेला: एउटा राँगाका मूल्य ४० करोड, फोटोफिचर

काठमाडौं, कात्तिक ११ । हरियाणाको झञ्जरमा चलिरहेको पशु मेलामा ल्याइएका मुर्रा नश्लका राँगाभैसीको चर्चा विश्वभर फैलिएको छ । गएको तीन दिनदेखि चलिरहेको मेलामा ल्याइएका राँगालगायतका अन्य पशुको मूल्यले विश्वका मंहगा लक्जरियस् गाडीभन्दा बढी छ । एउटै राँगाको मूल्य २० देखि २५ करोड भारतीय रुपैयाँ सुन्दै अचम्म लाग्ने । तर पशुका मालिकहरु त्यत्रो मूल्य पाउँदा पनि आफ्ना राँगा घोडा बेच्न तयार छैनन । मेलामा पानीपतबाट ल्याइएको शंहशाह (राँगाको नाम), कुरुक्षेत्रबाट ल्याइएको सम्राट र कैथलवाट ल्याइएको सुल्तानलाई हेर्न मानिसहरुको ठूलो भीड लागेको बताइएको छ ।साथै ती पशुसँग सेल्फी लिनेहरुबीच तछाडमछाड चलेको बताइएको छ ।   सम्राटः मुर्रा नस्लको यो राँगाको उचाई ५ फिट ७ इञ्च छ । यसलाई ग्राहकले २५ करोड भारतीय रुपैया दिदा पनि कुरुक्षेत्रको सुनारियाका कर्मवीरले यसलाई बेच्न चाहिरहेका छैनन । ब्लैक गोल्ड शहंशाहः यसका मालिक नरेन्द्रले २५ करोड भारतीय रुपैयाँ पाउँदा पनि बेचिरहेका छन । शहंशाह दैनिक १० लीटर दूध र आधा किलो घ्यू खान्छ । सुल्तानः यसको मूल्य २१ करोड छ । भास्कर डटकमबाट

यी हुन ७४ वर्षीय बडी बिल्डर जेनिस, अचम्म छ छ यिनको प्रेमकथा

क्यानबरा, उमेरले मानिसका शौखलाइ छेक्दैन । ७४ वर्षीय जेनिस लोराइनले यसको पुष्टि गरेकी छिन् । अष्ट्रेलियाको क्याबरामा आफ्ना प्रेमीसँग बस्दै आएकी यी मोडेल अहिले पनि नियमितरुपमा जिम जाने गर्छिन । त्यति मात्रै कहाँ हो र ? यो उमेरमा यिनको लक्ष्य छ थाइल्याण्डमा आयोजना हुन गइरहेको प्रतियोगितामा भाग लिने । जेनिसले ५५ वर्षको उमेरमा बडि बिल्डिङ शुरु गरेकी थिइन । त्यसअघि भने उनी स्कूलमा साइकोलोजिष्ट काउन्सिलरकारुपमा कार्यरत थिइन । सन् १९९९ मा सिडीमा उनले पहिलोपटक प्रतियोगितामा भाग लिइन । यसका लाग उनले १५ महिनाको तामिल लिएकी थिइन । अहिले ७४ वर्ष पुगिन जेनिस । तर हरेक दिन ३ घण्टा जिममा पसीना बगाउँछिन उनी । अनौठो प्रेम कथा जेनिसको पचास वर्षीय ब्वाइफ्रेण्ड छन् । विगत २६ वर्षैदेखि उनीहरु सँगै छन् । दुबैको भेट एउटा नाइट क्लबमा भएको थियो त्यतिखेर डेभिड २४ वर्षका थिए भने जेनिस ४८ की । जेनिस आफ्नो सफलताको रहस्य डेभिडलाई दिन्छिन् । आफ्नो कामलाई सर्पो ट भेटेकै कारण आफू सफल भएको उनी बताउँछन् । “डेभिडले मलाई हरेक क्षणमा प्रोत्साहन दिए । हरेक पाइलामा सहयोग गर्यो । यो नै मेरो सफलताको कथा हो ।” दोब्बर उमेरकी महिलासँग प्रेम सम्बन्धमा रहेपनि उमेरले कहिल्यै कुनै प्रभाव नपारेको दुबै बताउँछन् ।

अब कुनै समस्या छैन, घरदैलोमै अाएर वृद्धभत्ता दिइने

चौतारा, जेठ २१ । बैँकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बैँकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेको परिस्थितिलाई ध्यानमा राखी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङले वृद्ध वृद्धाको सुविधाको लागि घरघरमै गएर वितरण गरिने बताउनुभयो । केही जिल्लाका केही भष्ट गाविस सचिवले सामाजिक सुरक्षाभत्ता किर्ते गरी हिनामिना गरेका थिए । मृत्यु भएर एक दशक वितिसकेका कतिपय वृद्धवृद्धाको लगत कट्टा नगरी उनीहरुका नाउँमा निकासा भएको भत्ता खाने गरेको रहस्य खुलेपछि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैँक खाता खोलेर भत्ता वितरण गर्न तत्कालीन सबै जिविसलाई पत्राचार गरेको थियो । सोही निर्देशनको पालना गर्दै आव २०६९-७० देखि तत्कालीन चौतारा गाविसका वृद्धवृद्धाका लागि कृषि विकास बैंक चौताराबाट भत्ता वितरण गरिँदैआएको थियो । तत्कालीन गाविसलाई अन्य चार गाविसमा गाभेर चौतारा नगरपालिका कायम गरिएकामा हाल १० गाविस मिलाएर चौतारा साँगाचोकगढी नगरपालिका कायम गरिएको छ । नगरपालिका कायम गरिए पनि पहाडी क्षेत्रमा भौगोलिक कठिनाइले गर्दा सदरमुकामस्थित बैकमा खाता खोलेर भत्ता पाउन ज्यादै सास्ती खेप्नुपरेको पीडित वृद्धवृद्धाले दुःखेसो गर्न थालेका छन् । सुरुमा खाता खोल्न बोकिएर जानुपर्ने र भत्ता बुझ्न पनि पटक पटक बोकिएरै जानुपर्ने हुँदा उनीहरुका लागि त्यस्तो भत्ता निल्नु न ओकल्नु जस्तै भएको हो । “पहिले त सचिवले घरमै आएर भत्ता दिन्थे”, चौतारा साँगाचोकगढी नगरपालिका– ७ निवासी ८६ वर्षीया लीलामाया केसीले भन्नुभयो, “आफू हिँड्नै सक्तिन, बोकिएर जान पनि मान्छे कोही पाइँदैन । भत्ता पाएर पनि लिन जान नसकेपछि त्यस्तो भत्ता के काम लाग्यो र ?” आव ०७४-७५ को बजेट बक्तव्यमा पनि बैँकमार्फत भत्ता कारोबार गरिने उल्लेख छ । वृद्धवृद्धाको सुविधाका लागि जहाँजस्तो उल्लेख भए पनि आगामी आवदेखि घर घरमै गएर भत्ता वितरण गरिने नगर प्रमुख तामाङले दृढता व्यक्त गर्नुभयो । जनप्रतिनिधि निर्वाचित भएर आइसकेको हुँदा बडाध्यक्ष र सदस्यको सक्रियतामा भत्ता हिनामिना नहुने उहाँको विश्वास छ ।

कस्तो छ पत्रकार बनेकी सोनाक्षि सिन्हाको चलचित्र ‘नुर’ ?

अरुले हेर्दा पत्रकारको छवि बेग्लै देखिन्छ । निर्धक्कसँग लेख्न सक्ने, बोल्न सक्ने व्यक्तित्व । तर पत्रकारको आफ्नो जिन्दगी नि ? यसका बारेमा भने कमैले सोच्छन् । अझ पत्रकारले काम गर्ने मिडिया हाउसमा उसको अवस्थाबारे त्यहाँ काम गर्ने पत्रकारलाई मात्रै थाहा हुन्छ । यस्तै पत्रकार बनेकी छिन् चर्चित नायिका सोनाक्षी सिन्हा । सबा इम्तियाजको उपन्यास कराची, यु आर किलिङ मीमा आधारित चलचित्रकी ‘नुर’की नायिका हुन सोनाक्षी सिन्हा । सोनाक्षीले आफ्नो फिल्मी क्यारिअरमा धेरै थरिका भूमिका निर्वाह गरेकी छिन् । फोर्स २ को सशक्त एक्सनदेखि दबङ्गमा देखिएकी सोझी केटीसम्म । नूर चलचित्रमा भने उनी पत्रकार बनेकी छिन् । त्यसो त यो चलचित्रलाई पेज–३ चलचित्रको संस्करणका रुपमा पनि लिइएको छ । तर यो त्यतिमा मात्रै भने सीमित छैन । चलचित्रमा सोनाक्षीको मानसिक संघर्ष देख्न सकिन्छ । खोजी पत्रकार बन्न चाहन्छन् उनी । तर खोजी रिपोर्टहरुले चल्दैनन् आजभोलीका मिडिया । त्यसैले मिडिया कम्पनीको मालिक भनौं या उनको बोसले उनलाई सनी लियोनीको अन्तर्वाता लिन पठाउँछ । अर्कोतर्फ उनको केटा साथी पनि छैन । चलचित्रको कथाबस्तु राम्रो हुँदा हुँदै पनि स्क्रिप्ट त्यति जम्न सकेको छैन । जसको असर सोनाक्षीको अभिनयमा समेत परेको देखिन्छ । चलचित्रलाई रोचक बनाउन निकै कोशिस गर्न खोजिएको छ । कतिपय तथ्यहरु वास्तविकता भन्दा टाढा लाग्छन् । पत्रकारको जीवनमा त्यति जम्न सकेकी छैनन् सोनाक्षी । मानव अंगको बेचबिखन गर्ने समूहको बारेमा सोनाक्षीलाई जानकारी पाएपछि उनले यसमा खोजी रिपोर्ट बनाउन चाहन्छिन् तर उनको बोसले यसलाई त्यति ठूलो समाचार मान्दैन । अर्कोतर्फ नूरले केही गर्न खोज्दा उनकै साथीले यो कुरा बाहिर लिक गरिदिन्छन् । नूर झन निराश बन्छिन् । हताश नूरलाई उसको साथीले लण्डन लगेर जान्छ । तर चलचित्रको यो घुमाउरोपना वास्तविक लाग्दैन । यसले चलचित्र अनावश्यक लामो बनाइएको लाग्छ । लण्डनबाट फर्किएपछि नूर त्यही पुरानो मुद्दामा स्टोरी गर्छिन् । खोजि पत्रकारितामा श्रोत, सूत्र, तथ्य र सूचनाहरु बटुल्न निकै जोखिम र जटिल काम हो । यो एउटा सूत्रमा अघि बढ्ने गर्दछ । तर चलचित्रमा यो पक्षलाई अलि कमजोर पाराले प्रस्तुत गरिएको छ । स्क्रिप्टमा देखिएको कमजोरीका कारण उनले रिपोर्ट बनाइसकेपछि पनि त्यसले त्यति ठूलो चर्चा पाउँदैन । प्राविधिक दृष्टिले चलचित्र राम्रो छ । आर्ट डाइरेक्सन उत्तम छ । सोनाक्षी सिन्हाले मेहनत गरेको देखिन्छ । तर स्क्रिप्ट नै कमजोर भएपछि सोनाक्षीलाई जुन गम्भीरतामा देख्न सकिन्थ्यो त्यो देख्न सकिएको छैन । तैपनि चलचित्र हेर्न लायक छ । चलचित्रमा मुम्बईलाई नयाँ ढंगले छायांकन गरिएको छ । ब्याकग्राउण्ड संगीत पनि राम्रो छ ।

मुख्यमन्त्री आदित्यनाथः माओवादीका कट्टर बिरोधी, राजतन्त्रका प्रबल समर्थक

काठमाडौं, भारतीय चलचित्र उद्योगमा अमिताभ बच्चनको उदय भयो– एकजना क्रोधित युवाको रुपमा । अमिताभका शुरुका चलचित्रहरुमा उनलाई यही “एंग्री म्यान’को भूमिका देख्न सकिन्छ । उनी सुपरहिट भए किनभने उनले त्यतिखेरका युवाहरुको सेन्टिमेन्ट आफ्नो ‘रोल’ अनुसार कुशलतापूर्वक निर्वाह गरेका थिए। अमिताभ “एंग्री म्यान’को भूमिकामा देखिँदै गरेको बेला कुनै बेला नेपालको भूभाग रहेको भारतको गढवालको पौडी जिल्लामा एकजना बालकको जन्म भएको थियो । अजयसिंह विष्ट नाम गरेका ती बालक, २५ वर्ष नपुग्दै अमिताभको जस्तै “एंग्री म्यान’को भूमिकामा देखा परे । बाटो भने फरक थियो– अमिताभ कलाको संसारमा थिए, यी युवा गेरुवा बस्त्र लगाएर धार्मिक हुलदंगाको संसारबाट चर्चित भए । बिबिसीले उल्लेख गरे अनुसार, दुई दशक अघि गोरखपुरको मुख्य बजार गोलघरमा गोरखनाथ मन्दिरबाट सञ्चालित इन्टर कलेजमा पढ्ने केही छात्रहरुले पसलेसँग झगडा गरे । पसलेले पेस्तोल निकाले । यसको बिरोधमा एकजना युवा योगीको नेतृत्वमा सिंगो बजारमा उग्र प्रदर्शन गरियो । प्रहरीका एसपीको निवास समेत बाँकी रहेनन् युवाहले । सन् १९९४ को फेब्रुअरीमा नाथ सम्प्रदायको सबैभन्दा ठूलो मठ गोरखनाथ मन्दिरका उत्तराधिकारीका रुपमा देखिएका योगी आदित्यनाथ नै ती युवा थिए । यहीँबाट उनको परिचय देखिया “एंग्री युथ योगी म्यान’का रुपमा । त्यसपछि उनी पछि फर्केनन् । गोरखनाथ मन्दिरको राजनीतिक बिरासत छँदै थियो, आफ्नै बलबुतामा पनि उनले हिन्दु सेनाको कमाण्ड सम्हाले । यो हिन्दु बाहिनी उनको भाषामा हिन्दु सास्कृतिक संगठन भएपनि यो हिन्दु सेना नै थियो । नक्सलवादको कट्टर बिरोध कतिपयले यो हिन्दु बाहिनीको गठन गोरखपुरलगायतका क्षेत्रमा माओवादीहरुको प्रभाव रोक्न खोलिएको संगठनका रुपमा गरिएको बताउँछन् । त्यसैपनि योगी आदित्यनाथले कैयनपल्ट नक्सलवादीहरुको चर्को आलोचना गरेका छन् । यो हिन्दु बाहिनीलाई ग्राम रक्षा दलको नाम दिएर हिन्दु बिरोधी, राष्ट्र बिरोधी र माओवादी गतिविधिहरुलाई नियन्त्रित गर्ने योगी स्वयम्ले बताएका छन् । गुरु महन्त आबैद्य नाथ : यिनले नै योगी आदित्यनाथलाई गोरखनाथ मन्दिर र आफ्नो उत्तराधिकारी घोषित गरेका थिए । यो बाहिनीले गोरखपुर, देवरिया, महाराजगञ्ज, कुशीनगर, सिद्धार्थनगरदेखि मऊ आजमगढसम्म आफ्ना गतिविधि सक्रिय पारेको छ । कैयन् साम्प्रदायिक दंगामा यो बाहिनीको नाम जोडिएको छ । माओवादीहरुको हिट लिष्टमा समेत यो बाहिनी देखिएको छ । तर आदित्यनाथको कुशलता नै भनौं आफूमाथिका कैयन् आरोप प्रत्यारोपलाई बेवास्ता गर्दै उनी ४५ वर्षमैं मुख्यमन्त्रीसम्म पुगेका छन् । राजतन्त्रका समर्थक नेपाल र आदित्यनाथको सम्बन्ध नयाँ होइन, बिबिसीका अनुसार, गोरखनाथ मन्दिरको सम्पत्ति नेपालमा समेत रहेको छ । यतिमात्रै नभएर आदित्यनाथले विगतमा माओवादी आन्दोलन र त्यसपछि पनि कट्टर हिन्दुवादीहरुलाई सहयोग र समर्थन गर्दै आएका छन् । “सूर्य प्रणाम नगर्नेहरुलाइ समुन्द्रमा डुबाएर मार्नुपर्छ” जस्ता कट्टर अभिव्यक्ति दिने आदित्यनाथका लागि नेपालमा राजतन्त्रको अवसान ठूलो दुखद कुरा थियो । लगत्तै उनले नेपालको राजतन्त्रका पक्षमा खुलेरै आफ्नो मत राखे । नेपाल हिन्दू राजतन्त्रात्मक देश हुनुपर्ने उनको मत रहँदै आएको छ । उनले हिन्दु राष्ट्र नेपाल पुस्तक पनि लेखेका छन् । नेपालमा गम्भीर असर आम योगीको जस्तो मुहारमा सौम्यता देखिन्न आदित्यनाथको । त्यहाँ एउटा कठोरता झल्किन्छ । यो कठोरतालाई कतिपयले हिन्दू कट्टरतावाद झल्केको बताउँछन् । योगीको जीवन केलाएर हेर्ने हो भने उनी घोर मुस्लिम बिरोधी हुन, कट्टर हिन्दुवादी हुन । चरम साम्प्रदायिक हुन । हिन्दु धर्मका को सहिष्णु पक्षलाई उनले मान्दैनन् । योगीकै सानिध्यमा कुनै बेला रहेका कान्तिपुर दैनिकका पत्रकार डी आर पन्त लेख्छन्– गुरु आदित्यनाथ उत्तरप्रदेसका मुख्यमन्त्री भए , द्दण्द्धछ , द्दण्द्धट तिर उनको सानिध्यमा बस्ने मौका पायेको हु , उनको सोच र बिचार उनका गुरु महन्त आबैद्य नाथ जस्तो थिएन , नेपालको सिमा जोडिएको ठुलो प्रदेस्मा गुरुको आगमन धेरै राम्रो होला भन्न सकिदैन , उपेन्द्र यादब तप्काका नेताहरू गुरु कै मोहर हुन । यी समीकरणहरु हेर्दा नेपालको राजनीतिमा अबको पाँच या दश वर्षपछि नेपाली आदित्यनाथहरुको बलियो उपस्थिति नहोला भन्न सकिन्न । योगीको आगमनले नेपालमा कट्टर हिन्दुवादीहरुमा उत्साह छाएको छ । खासगरी विगतमा माओवादीबाट पीडित र माओवादीकै कारण धर्मनिरपेक्षता र राजतन्त्र समाप्त भएको ठान्ने ठूलो जमातलाई योगी मुख्यमन्त्री हुँदा थप बल मिल्न सक्छ । अहिलेसम्म नेपालमा शिव सेना, राष्ट्रिय स्वयम् सेवक संघ लगायतका संगठन जन्मेपनि त्यसबाट आन्दोलनकै स्वरुपमा गतिविधि भएका छैनन् । तर भारतमा भारतीय जनता पार्टीजस्तै नेपालमा राप्रपाले यी सबै एजेण्डाहरु बोकेको छ । योगी मुख्यमन्त्र हुन यसअर्थमा राप्रपाका लागि सुखद कुरा हो । यसबाट उसलाई चुनावमा ठूलो फाइदा हुन सक्छ । उत्तर प्रदेश भारतीय राजनीतिमा निर्णायक भूमिका राख्छ । नेपालको ठूलो सीमाना जोडिएको र उत्तराञ्चलमा समेत भारतीय जनता पार्टीकै सरकार बनेको अवस्थामा नेपालमाथि केन्द्र सरकारको दबदबा समेत थप बढ्न सक्छ । गैर राजनीतिक व्यक्तिका रुपमा योगी आदित्यनाथका पछाडि रामदेव छन । नेपालको बारेमा रामदेवको आफ्नै योजना छ । यी समीकरणहरु हेर्दा नेपालको राजनीतिमा अबको पाँच या दश वर्षपछि नेपाली आदित्यनाथहरुको बलियो उपस्थिति नहोला भन्न सकिन्न ।

‘ध्रुवे हात्ति’ जस्तै मात्तिइरहेका ओली

राष्ट्रवादको दम्भी भारी बोकेर मधेश पस्छु भनिरहेका ओली र उनलाई मधेशमा पाइलो हाल्न दिन्न भन्ने मधेसी मोर्चाको पछिल्ला अभिव्यक्तिबाट मानिसहरुले ठुलै अनिष्टको खतरा देखेका थिए । नभन्दै सप्तरीमा सोमबार साँझ ४ निहत्था मानिसहरु मारिए । मोर्चाका नेताहरुले सार्वजनिक रुपमा के भनेका थिए भने–सप्तरी र मधेस हाम्रो कन्ट्रोलमा छैन, एमालेले सतर्कता अपनाओस् र सरकारले गम्भिरतापूर्वक लिओस् । सरकारले केही पूर्व सतर्कताका उपाएहरु अबलम्बन गरेपनि एमालेको ‘मेची–काली’ अभियानका नाममा शक्ति प्रदर्शनलाई रोक्न सक्ने सामथ्र्य राख्दैनथ्यो । ओली रेस्लर झै भित्रिए मेचीबाट मधेसतिर। नाटक नै सहि हामीले टिभीमा हेरिने रेस्लर खेलाडीले विपक्षी खेलाडीमाथि जित हासिल गरेपछि रिङभित्रको रेफ्रि नै भकुर्छ । उस्तै परे रिङ बाहिर निस्किएर विपक्षी खेलाडीको कोच र दर्शकलाई पनि गोदगाद पार्छ । ठिक त्यस्तै ओली राष्ट्रवादको पेटिगन्जी लगाएर रेस्लरजस्तै मधेस छिरेपछि बिच्किएको मधेस फेरी बिच्कियो । बिच्किएको मधेस पसेको एमालेले आफु उत्तेजित नहुँदा पनि मधेसीहरु उत्तेजित हुन सक्छन् भन्ने कुरा जानेर पनि बुझ पचाएको प्रष्टै देखिन्थ्यो ।पूर्व मेचीबाट शुरु भएको एमाले अभियानका वक्ताहरु मधेस र मधेसीको आक्रोशप्रति आगोमा घिउ झै थपिरहेकै थिए । ओली पुरानै शैलीमा जंगबहादुर झै जंगिए । उदार भनिएका नेम्वाङ र इमान्दार ठानिने लालबाबुहरुको अभिव्यक्ति ओलीको बोलीमा लोली झै मधेस चिढ्याउन पर्याप्त थियो । ओली र मधेसको साइनो सामान्य छैन । ओली मधेस र मधेसीलाई ‘विहारी’, ‘राष्टघाति’ र ‘देशद्रोही’ मात्रै देख्दैनथे । आन्दोलनका क्रममा मारिने मधेसीलाई कहिले ‘दुईचार आँप झरेको’ रुपमा खुलम खुल्ला खिल्ली उडाउँथे त कहिले उनले गरेको आन्दोलनलाई खिसिट्युरी गर्दै ‘माखेसाङ्लो’ को रुपमा ब्याख्या गर्थे । काठमाडौंलाई आफ्नो अधिकारको उत्पिडकका रुपमा बुझ्ने मधेसले यसो भन्ने ओलीलाई राम्रो ठान्ने कुरै थिएन । उनीहरु ओलीलाई मधेसको माटो टेक्न दिने पक्षमा थिएनन् जसरी ओलीले संसदमा मधेसका मुद्दाहरुमाथि छलफल समेत गर्न दिएनन् । ओलीपथमा सोलोडोलो हिडिरहेको एमालेलाई के लाग्छ भने–यो देशमा एमाले बाहेक अरु राष्ट्रदोह्री हुन् । अग्लो ढिकुरोमा उभिएर ओलीले चलाउने छुच्चो मुख माक्र्सवाद–लेनिनवाद हो । ओछ्यानमा घोप्टिएर ओलीले सोचेका कुरा यो देशको सपना हो । एमालेजन आजकाल तर्क के गरिरहेका छन् भने, लोकतन्त्रमा सभा सम्मेलन र राजनीतिक कार्यक्रम गर्न किन नपाइने ? हामी पनि सहमत छौ–पाउनुपर्छ र पाइन्छ । मधेसीको अर्को तर्क पनि हामीले सुन्नैपर्छ, छलफलका लागी बनाइएको सर्वोच्व जनवादको थलो संसदमा मधेशको मुद्दामा छलफल गर्न किन नदिएको ? यो उत्तर एमालेले दिनुपर्छ । संसदमा टेबल भएको मधेसी मुद्दासँग सम्बन्धित संविधान संशोधनको विषयलाई संसद अवरुद्द गरेर निषेधको राजनीति थाल्ने एमाले हो । एमाले र मधेसी मोर्चाका यि प्रश्नहरुको निष्कर्षले के भन्छ भने–जसरी एमालले संशोधनलाई अल्पमतमा पारेर हराउन लोकतान्त्रिक बाटो रोजेन त्यसैगरी मोर्चाले पनि मधेसमा एमालेलाई सभा सम्मेलन गर्न पाउने अधिकारमाथि निषेध गर्यो । अब दोषी र निषेधको सुरुवात कसले गर्यो याँहा भनिरहनु जरुरत छैन । ओलीको उग्राइ, ओलीको गफ, ओलीको दम्भ, ओलीको घमण्ड, ओलीको अनुदरता र ओलीको इगोलाई केही सभ्रान्तहरुले राष्ट्रवादसँग जोडे । ओली अहिले त्यही राष्ट्रवादी ‘ध्रुवे’ हात्ति भएका छन् । ओली ध्रुवे जस्तै मात्तिइरहेका छन् । आजकाल एमाले राष्ट्रवादको ‘मैन जलप’ मा मैमत्त छ । ओलीपथमा सोलोडोलो हिडिरहेको एमालेलाई के लाग्छ भने–यो देशमा एमाले बाहेक अरु राष्ट्रदोह्री हुन् । अग्लो ढिकुरोमा उभिएर ओलीले चलाउने छुच्चो मुख माक्र्सवाद–लेनिनवाद हो । ओछ्यानमा घोप्टिएर ओलीले सोचेका कुरा यो देशको सपना हो । ओलीले पाइला टेकेपछि धर्तिको माटो पवित्र हुन्छ । ओलीले धाप मारेपछि ‘चरी’ र ‘परशुराम’ हरु ‘चे’ हुन्छन् । ओलीलाई लाग्छ–एमाले हात्ति हो, अरु भुषुना हुन् । कांग्रेस, ओलीको निगाहामा छ । माओवादी ओलीको दयामा टिक्छ । अरुअरु जो ओली नभए हुँदैनथे । यो हावा, यो पानी, यो मौसम यो ओलीको चमत्कार हो । ओली थिएनन् भने–मानिसहरुले सास फेर्न सक्दैनथे । अँ सत्य हो, तिमी ओलीजनले नभनेका र मानिसहरुले देखेका केही कुरा ओलीका बारेमा सत्य हुन् । ओली अनुदार छन् । लहडी र दम्भी छन् । यहि भएर उनले मधेसीलाई बिहारी भने । उनको मुख यति चोथाले छ–सुन्नेहरुले उनलाई कहिल्यै निको मान्दैनन् । उनी गुटवादी हुन् । पार्टी जिवनमा जसरी उनले गुटकै आधारमा आफुलाई स्थापित गराए उसैगरी नेपाली समाजलाई पनि गुटमा बदलिरहेका छन् । उनलाई मधेसीहरु, जनजातिहरु, उत्पिडितहरु, आदीवासीहरुको समानताको कुरै सुन्न नसक्ने रोग लागेको छ । उनी मानसिक र स्वास्थ्य दुबै हिसाबले रोगी छन् ।  बालुवाटारमा सरकारी ढुकुटीबाट महिनाको २८ लाखसम्मको खाजा खाए तर कर्णालीका भोकाहरु देखेनन् । ओलीकै पालामा मधेस अशान्त थियो, झण्डै सयको हाराहारीमा मानिसहरु मारिए । यिनले ति मारिएकाहरुलाई ‘आँप झरेको’ भनेर सिंहदरबारमा उग्राए । यो पछिल्लो समय उनले केही कुरा स्विकार गरेका छन् । उनलाई परिवर्तन मन पर्दैन। संविधानसभाबाट नयाँ संविधान उनको चासो होइन । संघियता काक्रो चिरेजस्तो हो, अधिकारको विकेन्द्रिकरण होइन । सिंहदरबार र बानेश्वरको संसद भवन दुखी र झुत्रेहरुको होइन । यि भवनहरु खुशी र टाठाबाठा मानिसहरु बस्ने ठाउँ हो । याहाँ एनजिओ र आइएनजिओका मानिसहरु मात्रै बस्न योग्य छन् । यिनले नाकाबन्दी विरुद्द सिंहदरबारमा बसेर दक्षीणसँग पौठेज्वरो खोजे । त्यहीदिनबाट राष्ट्रवादी बनेका ओलीले करिबकरिब ९ महिना गफै दिएर बिताए । यिनले पानी जहाज किन्ने कुरा गरे, तर घरमा जोडिएको धारोमा पानि नआएको कुरा गरेनन् । यिनले हावाबाट बिजुली निकाल्ने कुरा गरे तर लोडसेडिङ् अन्त्यको या बिजुली चोरहरुको कुरा गरेनन् । यिनले घरघरमा ग्याँस पाइपको कुरा गरे, तर सरकारी अस्पतालको आइसियुमा अक्सिजन सकिएको देखेनन् । ओलीले बालुवाटारमा सरकारी ढुकुटीबाट महिनाको २८ लाखसम्मको खाजा खाए तर कर्णालीका भोकाहरु देखेनन् । ओलीकै पालामा मधेस अशान्त थियो, झण्डै सयको हाराहारीमा मानिसहरु मारिए । यिनले ति मारिएकाहरुलाई ‘आँप झरेको’ भनेर सिंहदरबारमा उग्राए । ओलीको उग्राइ, ओलीको गफ, ओलीको दम्भ, ओलीको घमण्ड, ओलीको अनुदरता र ओलीको इगोलाई केही सभ्रान्तहरुले राष्ट्रवादसँग जोडे । ओली अहिले त्यही राष्ट्रवादी ‘ध्रुवे’ हात्ति भएका छन् । ओली ध्रुवे जस्तै मात्तिइरहेका छन् । ओलीले अब भन्नुपर्छ –मधेसका कुरा सुन्नुपर्छ की पर्दैन ? मधेसी नेपाली हुन् कि होइनन् ? मधेशको भुगोल नेपालको हो कि भारतको ? मधेशलाई नजिक्याउने कि अलग्याउने ? सिके र मधेसी मोर्चाको प्रवृति एउटै हो कि अलग ? संविधान कार्यान्वयनमा एमालेका भुमिका हुन्छ कि हुँदैन ? मधेसमा चुनाव कसरी गर्ने ? चुनावमा आफुले मात्रै जित्ने कि देशलाई अघि बढाउने ? अभियानको नाममा रगतको खोलो बगाउने कि जनतालाई कुरा बुझाउने ? ओलीजनले जानुन– इतिहासको कठघराबाट कोही भाग्न सक्दैन ! खबरडबलीबाट

८० वर्षीय वृद्धले गरे १० वर्षीया अपांग बालिकाको बलात्कार

उदयपुर, फागुन २१ । उमेरले नेटो काटिसकेका एक वृद्धले १० वर्षीया बालिकाको बलात्कार गरेका छन् । बालिका बलात्कार गरेको आरोपमा उदयपुरका ८० वर्षीय ती वृद्धलाइ प्रहरीले शनिबार पक्राउ गरेकाे छ । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक आशाराम चौधरीले दिएको जानकारी अनुसार बेल्टारबसाहा नगरपालिकाका ८० वर्षीय दिलबहादुर राईले स्थानीय १० वर्षीया एक अपांग बालिकालाई बलात्कार गरेका हुन् । आरोपित वृद्ध राई हाल इलाका प्रहरी कार्यालय बेल्टार प्रहरीको नियन्त्रणमा छन् । पीडित बालिकालाई भने बीपी स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको छ ।

बस्न्यात कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं, फागुन १५ । नेपाली क्रिकेट प्रशिक्षक राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अन्नपूर्णपोष्ट लेख्छ कोरीयाले बस्नेतलाई आफ्नो पुरुष र महिला दुबै टोली हेर्ने गरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यससँगै बस्न्यात बिदेशी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने (टीम गेममा) पहिलो नेपाली प्रशिक्षक बनेका छन् । अन्य खेलमा भने यस अघि टेवल टेनिसका सुरेन्द्र सुवालले भुटानको राष्ट्रिय टोली सम्हालेका थिए । सुरेन्द्रको नेतृत्वमा भुटानले अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलेको थियो । प्रशिक्षक बस्न्यातले कोरीयाको मुख्य प्रशिक्षकका लागि आफुले हस्ताक्षर गरीसकेको जानकारी दिए । ‘केही समय अघि प्रशिक्षकका लागि आबेदन मागिएको थियो। त्यसमा मैले पनि प्रयास गरेको थिए’, प्रशिक्षक बस्न्यातले भने– ‘त्यसमा छनोट भएपछि मैले सम्झौता समेत गरीसकेको छु।’ बस्न्यातका अनुसार कोरियाले उनलाई आगामी एक बर्षका लागि मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको हो। अर्को बर्ष अगस्ट र सेप्टेम्बरमा इन्डोनेशीयामा हुने एसियाली खेलकुदको तयारीमा रहेको कोरियाले आफ्नो क्रिकेट टोलीका लागि बस्न्यातलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। दक्षिण कोरियाले आफ्नो टोलीका लागि बस्न्यातसहित दुई अष्ट्रेलियन प्रशिक्षक पनि नियुक्त गरेको छ। अष्ट्रेलियन प्रशिक्षकबारे जानकारी नगराईएपनि उनिहरुले मुख्य प्रशिक्षक बस्न्यातकै नेतृत्वमा रहेर काम गर्ने बुझीएको छ । विदेशी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने पहिलो नेपाली प्रशिक्षक बनेका बस्न्यातले आफुलाई खुसी लागेको प्रतिकृया दिए। यद्यपि उनले यसलाई आफुले चुनौतीका रुपमा लिएको पनि बताए। ‘खुसी लागेको छ । मेरा लागि यो ठूलो अवसर हो। तर, त्यो भन्दा पनि ठूलो मेरा लागि यो चुनौती हो’, बस्न्यातले भने, ‘यो अवसरमा मैले आफुलाई प्रमाणित गर्न सकिन भने मलाई मात्रै हैन, अन्य नेपाली प्रशिक्षकलाई समेत आगामी अवसर बन्द हुने छन्। त्यसैले यो अवसरमा मैले आफुलाई प्रमाणीत गर्नुपर्ने छ ।’ पुर्व खेलाडी समेत रहेका बस्न्यात पछिल्लो झन्डै ६ बर्ष यता प्रशिक्षणमा ब्यस्त रहदै आईरहेका छन्। सन् २०१४ मा नेपालले एसियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ प्रिमियर लिगको उपाधि जित्दा नेपाली टोलीको प्रशिक्षक रहेका बस्न्यातले पछिल्लो समय नेपाली राष्ट्रिय महिला टोलीको जिम्मेवारी समेत सम्हालेका थिए । बस्न्यात प्रशिक्षक बन्नु अघि नेपाली क्रिकेट टोलीका उत्कृष्ट खेलाडी थिए ।

सामाजिक सञ्जालमा आफ्नो मृत्युको खबर भाइरल बनेपछि

काठमाडौं, फागुन १२ । हाम्रा लागि कतिपय सूचनाको स्रोत अब सामाजिक सञ्जाल पनि हुन थालेको छ। झन् माइक्रोब्लगिङ साइट ट्विटरबाट त निकै धेरै सूचना आइरहेका हुन्छन्। तर, यस्ता सूचना पत्याउनै गाह्रो पनि पर्न सक्छ किनकि, सामाजिक सञ्जालमा आउने सूचनाको कुनै आधिकारिकता नभएका घटना थुप्रै छन्। यस्तै, एउटा घटनाका रूपमा लिन सकिन्छ, जीवित अभिनेता–अभिनेत्रीको सामाजिक सञ्जालमा मृत्युको हल्ला चल्नु। आइतबार राति पनि त्यस्तै भयो। ट्विटरमा बलिउड अभिनेत्री फरिदा जलालको मृत्यु भएको अफवाह ट्रेन्ड भयो। आफ्नो मृत्युको खबर सामाजिक सञ्जालमा ट्रेन्ड भएपछि फरिदाले एक पत्रिकालाई अन्तर्वार्तामा भनिन्, ‘पहिला त मलाई यो रमाइलो मात्र हो भन्ने लागेको थियो र म चुपचाप बसेँ। तर, केही बेरमै मेरो मोबाइल लगातार बज्न थाल्यो। र, म आफू जिउँदै छु भन्नुुपर्ने भयो।’ यो अफवाह कसरी फैलियो भन्नेबारे फरिदालाई थाहा छैन। तर, हल्ला निकै चल्न थालेपछि फरिदा ट्विटर एकाउन्ट खोल्न बाध्य भइन् र पहिलो ट्विट लेखिन्– म यहाँ म जीवित छु भन्ने प्रमाणित गर्न आएको हुँ, मेरो मृत्यु भयो भन्ने अफवाह मात्र हो, गलत समाचार फैलाउनबाट रोक्नुस्।तर, जीवित हुँदा नै मृत्युको हल्ला चलेको यो पहिलोपटक होइन। यसअघि बलिउड अभिनेता अमिताभ बच्चनको पनि मृत्यु भएको झुटो खबर फैलियो। त्यतिवेला उनले एउटा फिल्ममा गरेको मृत्युको अभिनयलाई उनको मृत्यु भएको प्रमाण भन्दै फैलाइएको थियो। पहिले सामाजिक सञ्जाल ह्वाट्सएपमा र त्यसपछि ट्विटरमा व्यापक हल्ला भएपछि अमिताभ बच्चन स्वयंले त्यसको खण्डन गरे। त्यस्तै, र्या‍प गायक हनी सिंहको मृत्युको हल्ला पनि यसअघि चलेको थियो। उनको मृत्यु एक्सिडेन्टका कारण भएको भनिएको थियो। तर, ट्विटरमै हनी सिंहले लेखे, ‘यो सब अफवाह हो, जुन मलाई मन नपराउनेहरूले फैलाएका हुन्।’ त्यसो त यसअघि बलिउड स्टार दिलीपकुमार, लता मंगेसकर, आशा पारेख, माधुरी दीक्षितलगायतको पनि मृत्युको हल्ला चलिसकेको थियो। यस्तो हल्लाको ट्रेन्ड बलिउडमा मात्र होइन, हलिउडमा पनि निकै हुन्छ। जोनी डेप, अर्नाल्ड तथा लेडी गागाका मृत्युका यस्ता अफवाह यसअघि कैयौँपटक फैलिएका थिए। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

राणा शासनदेखि अहिलेसम्म १२४ सहिद (सूची): ०४६ को आन्दोलनमा सहिद घोषणा गरिएन

काठमाडौं, माघ १६ ।  राणा शासनको विरोध गर्दा १९९७ मा फासी दिएका चारसहित अहिलेसम्म देशमा एक सय २४ जना सहिद भएको गृह मन्त्रालयको तथ्यांक छ । १०–१६ माघ १९९७ मा राणा शासकले गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएका थिए । ती चार विभूतिको स्मरण गर्दै १६ माघमा सहिद दिवस मनाउने गरिएको छ । गृह मन्त्रालयका अनुसार १९९७ मा चार, ०६२-६३ को जनआन्दोलनमा मारिएका २५ जनासहित अन्य गरी ६८ जनालाई सहिद घोषणा गरिएको छ । त्यस्तै, तराई मधेस, थरुहट आन्दोलनका क्रममा मारिएका ४१ सर्वसाधारण र ११ सुरक्षाकर्मीसहित ५२ जनालाई पनि सहिद घोषणा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ । गृह मन्त्रालयसँगै छैन सहिदको मापदण्ड गृह मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी भविश्वर पाण्डेले विभिन्न समयमा गरी हालसम्म घोषित सहिदको संख्या एक सय २४ जना नै रहेको बताए । सहिद घोषणा प्रस्ताव गर्ने प्रमुख निकाय भनेकै गृह मन्त्रालय हो । गृहकै प्रस्तावमा सरकारले विभिन्न समयमा मारिएका व्यक्तिलाई सहिद घोषणा गर्ने गरेको छ । तर, मन्त्रालयसँग कुन र कस्तो घटनामा मारिएका व्यक्तिलाई सहिद घोषणा गर्ने भन्ने मापदण्ड छैन । सूचना अधिकारी पाण्डेले मन्त्रालयसँग सहिद घोषणासम्बन्धी विशेष खालको मापदण्ड नभएको बताए । मन्त्रालयका अधिकारीहरूका अनुसार सरकारले स्पष्ट मापदण्डका आधारमा भन्दा पनि पछिल्ला समयमा अध्ययन अनुसन्धानविनै सहिद घोषणा गर्ने गरेको छ । ०४६ को आन्दोलनमा मारिएकाको अत्तोपत्तो छैन गृह मन्त्रालयका अनुसार ०४६ को जनआन्दोलनमा मारिएकाबारे कुनै अत्तोपत्तो छैन । सो आन्दोलनमा मारिएका तथा २००७ देखिकै विभिन्न घटनामा मारिएका व्यक्तिको सूची बनाएर सबैलाई सहिद घोषणा गर्ने गृहकार्य त्यसवेलाको सरकारले गरेको थियो । तर, त्यो गृहकार्य त्यत्तिकै सेलाएकाले ०४६ मा मारिएका व्यक्तिलाई सहिद घोषणा गरिएन । मन्त्रालयका सूचना अधिकारी भविश्वर पाण्डेले ०४६ मा मारिएका व्यक्तिहरूबारे कुनै जानकारी नभएको र सूचीसमेत नभएको बताए । त्यसवेला मारिएका व्यक्तिको सूची प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमै थन्किकएको थियो । कुन वेला कति सहिद ? ०६-६३ को जनआन्दोलनपछि सहिद घोषणा गरिएका व्यक्तिको सूची घोषणा मिति २१ जेठ ०६३ १. देवीलाल पौडेल, स्याङ्जा, जनआन्दोलन सहिद २. उमेशचन्द्र थापा, प्युठान, जनआन्दोलन सहिद ३. होरीलाल राना चौधरी, कैलाली ४ दर्शनलाल यादव, सुनसरी, जनआन्दोलन सहिद ५. भीमसेन दाहाल, काभ्रे ६. तुलसी क्षेत्री, चितवन ७. शिवहरि कुँवर, काभ्रे ८. विष्णुप्रसाद पाण्डे, नवलपरासी ९. हीरालाल गौतम, बारा १०. सेतु विक, बाँके ११. राजन गिरी, झापा १२. सुरज विश्वास, झापा १३. यमलाल लामिछाने, बर्दिया १४. वासुदेव घिमिरे, मकवानपुर १५. सगुन ताम्राकार, काभ्रे १६. प्रद्युम्न खड्का, काठमाडौ १७. दीपक कामी, सोलुखुम्बु १८. मोहम्मद जहागिर वैरगनिया, भारत १९. गोविन्दनाथ शर्मा, पर्वत २०. चन्द्र बयलकोटी, नुवाकोट २१. अनिल लामा २२. प्रा. हरिराज अधिकारी, दाङ, १२ भदौ ०६३ २३. लालबहादुर विष्ट, डोटी २४. चक्रराज जोशी, डोटी २५. ताहिर अन्सारी, रौतहट २६. नवराज विष्ट, उदयपुर, निजामती कर्मचारी सहिद, ७ जेठ ०६४ २७. पूर्णसिंह प्रधान, निजामती कर्मचारी सहिद, १८ असार ०६४ २८. राजकुमार जोेशी, कर्मचारी सहिद, ३ भदौ ०६४ २९. रामबाबुप्रसाद शर्मा, बारा, निजामती कर्मचारी सहिद, २८ कात्तिक ०६४ ३०. प्रभुनारायण यादव, सप्तरी स्थानीय निकाय कर्मचारी सहिद, २८ कात्तिक ०६४ ३१. रामवृक्ष यादव, रौतहट निजामती कर्मचारी सहिद, २० मंसिर ०६४ ३२. मनोहरकुमार श्रेष्ठ, वीरगन्ज कर्मचारी सहिद, २६ पुस ०६४ ३३. अरुणकुमार श्रेष्ठ, सिरहा शिक्षक सहिद, २७ माघ ०६४ ३४. नागेन्द्रप्रसाद यादव, महोत्तरी शिक्षक सहिद, २७ माघ ०६४ ३५. राजकुमार कामत, मोरङ, तराई मधेस आन्दोलन सहिद, २१ फागुन ०६४ ३६. तलु हेमराम, मोरङ, २१ फागुन ०६४ ३७. निर्मल राजवंशी, मोरङ, २१ फागुन ०६४ ३८. सदानन्द यादव, मोरङ, २१ फागुन ०६४ ३९. दिनदयाल मण्डल, मोरङ, २१ फागुन ०६४ ४०. हरि मेहता, सुनसरी ४१. श्यामसुन्दर मेहता, सुनसरी ४२. रामएकवाल राय, सर्लाही ४३. आशिष अलि मिकरानी, सर्लाही ४४. रामनारायण साह, सर्लाही ४५. सञ्जयकुमार राय यादव, सर्लाही ४६. दिनेश राय यादव, सर्लाही ४७. महावीर साह, पर्सा ४८. दीपेन्द्र साह, पर्सा ४९. वीरबल मुखिया, पर्सा ५०. रमेशकुमार महतो, सिरहा ५१. वचेन यादव, सिरहा ५२. मोहम्मद अनिश, सिरहा ५३. प्रमोद सदा, सिरहा ५४. विजयकुमार सहनी, सिरहा ५५. शेख अब्दुल अनसनी, सिरहा ५६. मजिद मोहम्मद ५७. राजेशकुमार ठाकुर, धनुषा ५८. शिवशंकर यादव, धनुषा ५९. परवेज आलम, मोरङ धार्मिक सहिद, २० चैत ०६४ ६०. फिरोज खान, मोरङ, धार्मिक सहिद, २० चैत ०६४ ६१. कर्णबहादुर विक, सर्लाही, निजामती कर्मचारी सहिद, ९ जेठ ०६५ ६२. सुरेशकुमार यादव, रौतहट, निजामती कर्मचारी सहिद, १९ असोज ०६५ ६३. जितेन्द्रप्रसाद साह, स्थानीय निकाय कर्मचारी, सहिद २९ असोज ०६५ ६४. मोहनप्रसाद मैनाली, पर्सा निजामती कर्मचारी सहिद, २९ असोज ०६५ ६५. नारायण खड्का, वीरगन्ज संस्थान कर्मचारी सहिद, ८ कात्तिक ०६५ ६६. श्रवणकुमार श्रेष्ठ, धनुषा, संस्थान कर्मचारी सहिद, ८ कात्तिक ०६५ ६७. मुकुन्दप्रसाद खनाल, शिक्षक सहिद, ८ कात्तिक ०६५ ६८. मोहम्मद हसरत अली, सप्तरी, निजामती कर्मचारी सहिद, ९ कात्तिक ०६५ २१ भदौ ०७३ मा सहिद घोषणा भएकाहरू १. द्र्रौपदीदेवी चौधरी, मोरङ २. शिवु माझी, मोरङ ३. महादेव ऋषिदेव, मोरङ ४. राजेन्द्र राउत, सप्तरी ५. रामकृष्ण राउत, सप्तरी ६. वीरेन्द्र राम, सप्तरी ७. नागेश्वरप्रसाद यादव, सप्तरी ८. दिलीप साह, सप्तरी ९. राजकिशोर ठाकुर, रौतहट १०. मोहम्मद मैरुदिन, रौतहट ११. शेख तवर रेज, रौतहट १२. दिलीपकुमार चौरसिया, पर्सा १३. धर्मराज सिंह, पर्सा १४. शत्रुघ्न राउत कुर्मी, पर्सा १५. सोहन गुप्ता, बारा १६. दिननाथ साह, बारा १७. जयप्रकाश साह तेली, बारा १८. हिफाजत मिया अन्सारी, बारा १९. अमित कापर, महोत्तरी २०. रोहन चौधरी, महोत्तरी २१. राम विके यादव, महोत्तरी २२. रामशिलादेवी मण्डल, महोत्तरी २३. गणेश चौधरी, महोत्तरी २४. वीरेन्द्र बिच्छा, महोत्तरी २५. सञ्जय चौधरी, धनुषा २६. निकु यादव, धनुषा २७. दिलीप यादव, धनुषा २८. दुर्गेश यादव, रुपन्देही २९. विनोद लाकौल, रुपन्देही ३०. रञ्जना सिंह, रुपन्देही ३१. राजकुमार बराई, रुपन्देही ३२. नन्दनी पाण्डे, रुपन्देही ३३. कुन्दनकुमार पटेल, रुपन्देही ३४. सोमती मुराउ, रूपन्देही ३५. यमबहादुर बिसी, सुर्खेत ३६. टीकाराम गौतम, सुर्खेत ३७. गोपालसिंह रजवार, सुर्खेत ३८. हरिबहादुर कुँवर, जुम्ला ३९. टेकबहादुर सावत, कैलाली ४०. करण सिंह, बाँके ४१. राजाराम झा, महोत्तरी सोही आन्दोलनका क्रममा सहिद घोषणा गरिएका सुरक्षाकर्मीहरू १. लक्ष्मण न्यौपाने, प्रहरी वरिष्ठ उपरीक्षक, नेपाल प्रहरी २. बलराम विष्ट, प्रहरी निरीक्षक, नेपाल प्रहरी ३. केशव बोहरा, प्रहरी निरीक्षक ४. श्याम खड्का, प्रहरी हवल्दार ५. जनक नेगी, प्रहरी हवल्दार ६. देवबहादुर पाण्डे, प्रहरी हवल्दार ७. लोकेन्द्र चन्द, प्रहरी जवान ८. थमनबहादुर विक, सशस्त्र प्रहरी सहायक निरीक्षक ९. ललित राउत, सशस्त्र प्रहरी हवल्दार १०. काशीराम कामी, सशस्त्र प्रहरी हवल्दार ११. रामबिहारी थारू, सशस्त्र प्रहरी हवल्दार  यो  खबर आजको नयाँ पत्रिकामा छ ।

६ देशका नागरिकलाई अमेरिका जान प्रतिबन्ध, ट्रम्पको चर्को आलोचना

वाशिंगटन, अमेरिकाले आतंकवाद नियंत्रणको नाममा ६ देशका नागरिकलाई भिसा नदिने घोषणा गरेको छ । सीरियाका प्रवासीहरूलाई अमेरिकाप्रवेशमा नियंत्रण गर्ने सम्बन्धी घोषणामा डोनल्ड ट्रंपलेइराक़, सीरिया, ईरान, लीबिया, सोमालिया, सूडान र यमन  समेत छ मुस्लिम देशका नागरिकलाई तीन महीने को रोक लगाएका हुन । ‘कट्टरपंथी इस्लामी आतंकवादिहरू” लाई अमरीका आउनबाट रोक्न व्यापक एक्ज़ीक्यूटिव आदेशमा राष्ट्रपतिले हस्ताक्षर गरेपछि यसको चर्को आलोचना भएको छ । यो आदेश अंतर्गत दस्तख़त आगामी ४ महीनासम्म शरणार्थि आऊन रोक लागेको छ । यसैगरि ट्रम्पले अमेरिका आऊने आप्रवासिहरूलाई कडा जाँच गर्ने आदेशमा समेत हस्ताक्षर गरेका छन । अमरीकी रक्षा विभाग पेंटागन मा जनरल जेम्स मैटिसलाई रक्षा मंत्री बनाए पछिको शपथ समारोह लगत्तै राष्ट्रपति ट्रंपले यसको घोषणा गरे ।  

सुनको भाउ बढ्यो, तोलामा साढे त्रिपन्न हजारमा कारोबार

काठमाडौं, पुस २१ । बिहिबार पनि सुनचाँदीको भाउ बढेको छ । तोलामा तीन सय रुपैयाँले बढेर सुन मूल्य ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ । महासंघका अनुसार अहिले दैनिक सुनको माग ३० किलोभन्दा धेरै छ । माघ महिनामा लगन पर्ने भएकाले सुनको गरगहनाको माग बढेको हो । बिहीबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

वानेश्वरमा युथफोर्सले सरकारी गाडी जलायो, अवस्था तनावपूर्ण

काठमाडौं, पुस १५ । एमाले निकट युथ फोर्सले सरकारी गाडी जलाएको छ । शुक्रबार दिउँसो बानेश्वरको अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा गाडीमा युथफोर्सले आगजनी गरेको हो । दिउँसो पार्किङमा राखिएको बागमती सभ्यता एकीकृत विकास समितिको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । अर्को गाडीमा तोडफोड गरेका छन । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ । गाडी रोकेर तोडफोड भएको हो । प्रहरीका अनुसार गाडीमा आगो लगाएर भागेकाको खोजी भैरहेको प्रहरीले जनाएको छ । अहिले बानेश्वर क्षेत्रमा तनावपूर्ण अबस्था रहेको त्यहाँ रहेका हाम्रा सहकर्मीले बताएका छन् ।