दूरसञ्चार बजार विस्तार हुँदै

काठमाडौं । अघिल्लो आर्थिक वर्ष २०७५/७६ भर करिब २७ लाख दूरसञ्चार प्रयोगकर्ता थप भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्ष साउनमा तीन करोड ८६ लाख ९९ हजार दूरसञ्चार प्रयोगकर्ता रहेकोमा यस वर्षको असारसम्म यस्तो सङ्ख्या चार करोड १३ लाख ९३ हजार पुगेको छ ।

यस बीचमा नेपाल टेलिकमको सेवा प्रयोग गर्नेको सङ्ख्या सबैभन्दा धेरै बढेको छ । तथ्याङ्क अनुसार टेलिकमको मात्रै २४ लाख ४५ हजार प्रयोगकर्ता थपिएका छन् ।
घिल्लो आवको सुरुवातमा दुई करोड दुई लाख ५० हजार ग्राहक रहेकोमा असारसम्म दुई करोड २६ लाख ९६ हजार पुगेको छ । मोबाइलबाहेक फिक्स्डतर्फ पनि सेवा उपलब्ध गराइरहेको टेलिकमले पछिल्लो समय आफ्नो सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ ।

त्यस्तै मोबाइल सेवा मात्र उपलब्ध गराइरहेको निजी क्षेत्रको सबैभन्दा ठूलो सेवा प्रदायक एनसेलका प्रयोगकर्ता भने एक वर्षमा केवल ६८ हजार छ सय मात्र थप भएका छन् । एनसेलका प्रयोगकर्ता एक करोड ६६ लाख ३७ हजार पुगेको छ । जुन गत वर्ष साउनमा एक करोड ६५ लाख ६८ हजार थियो ।
दूरसञ्चार बजारको पछिल्लो प्रतिस्पर्धी स्मार्ट टेलिकम एक वर्षको अन्तरमा एक लाख ८० हजार प्रयोगकर्ता थप गर्न सफल भएको छ । स्मार्टका हाल २० लाख ६० हजार प्रयोगकर्ता छन् ।

यी तीन बाहेक यूटीएल, नेपाल स्याटेलाइट टेलिकम र सीजी टेलिकमले पनि दूरसञ्चारको अनुमति लिए पनि यी कम्पनीका सक्रिय प्रयोगकर्ता छैनन् । पहुँचका हिसाबले अहिले जनसङ्ख्याभन्दा ४० प्रतिशतभन्दा बढीमा दूरसञ्चार सेवा पुगेको तथ्याङ्कमा देखिन्छ ।
त्यसमा पनि मोबाइल प्रयोगकर्ताको हिस्सा सबैभन्दा बढी छ । फिक्स्ड लाइन प्रयोगकर्ताको सङ्ख्या केवल २.७० प्रतिशतमात्र छ ।

फोरजीका ४० लाख ग्राहक
नेपालमा करिब तीन वर्ष अघिदेखि सुरु भएको फोरजीका प्रयोगकर्ता करिब ४० लाख पुगेका छन् । नेपाल टेलिकमले पहिलोपटक सुरु गरेको उक्त सेवाको प्रयोगकर्ता टेलिकम आफैँका भने कम छन् । हाल पोखरा र काठमाडौँ उपत्यकामा कम्पनीले फोरजी सेवा उपलब्ध गराइरहेकोमा प्रयोगकर्ताको सङ्ख्या आठ लाख मात्र पुगेको छ ।

टेलिकमले भन्दा छ महिनापछि फोरजी सेवा सुरु गरेको एनसेलका प्रयोगकर्ता भने करिब ४० लाख पुगेका छन् । स्मार्ट टेलिकमले पनि दुई लाख १३ हजार फोरजी प्रयोगकर्ता पुर्याएको छ । स्मार्टले पनि काठमाडौं उपत्यकासहित धुलिखेल र पोखरामा मात्र फोरजी सेवा उपलब्ध गराइरहेको छ ।

एनसेलले सन् २०२० भित्र देशका प्रमुख ४० सहरमा फोरजी सेवा विस्तार गर्ने योजना अन्तर्गत काम गरिरहेको छ । नेपाल टेलिकमले देशैभर एकैपटक फोरजी सेवा विस्तार गर्न अहिले पूर्वाधार निर्माणको काम गरिरहेको छ । दसैँअघि नै बीसवटा सहरमा फोरजी पुर्याउने र माघसम्म देशैभर पुर्याउने योजनामा टेलिकमले काम गरिरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणलाई बक्यौता तिर्नुपर्ने बाध्यतात्मक परिस्थितिबाट गुज्रिरहेको स्मार्ट टेलिकम भने लगानीकर्ता भित्र्याएपछि मात्र आफ्नो सेवा विस्तार गर्ने रणनीतिमा छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएके छ ।

श्रेया गजुरेलले जितिन् ‘मिस नेपाल नर्थ अमेरिका’को उपाधि

बोस्टन । मिस नेपाल नर्थ अमेरिका २०१९ श्रेया गजुरेलले जितेकी छन्। उनलाई पछ्याउँदै फर्स्ट रनर–अप आस्था पाण्डे र सेकेन्ड रनर–अप कृति केसी भएका छन्। प्रतियोगिताको फाइनल शनिबार अबेर न्युयोर्कमा भएको थियो। गजुरेल न्युयोर्क, पाण्डे भ्यानकुभर, क्यानडा, र केसी म्यासच्युसेट्सका हुन्। यसपटक एक क्यानडा र १५ अमेरिकाका गरी १६ प्रतिस्पर्धी फिनालेमा पुगेका छन्।  साथै मिस ट्यालेन्ट रेबेका श्रेष्ठ (न्युयोर्क), मिस कम्युनिटी आउटरिच गरिमा पौडेल (भर्जिनिया), मिस पपुलर राजश्री आचार्य (ओक्लहामा), फोटोजेनिक आस्मा थापा मगर (मिनेसोटा), मिस स्माइलस सविना पौडेल (आइडाहो), मिस वेस्ट ड्रेसमा ओशिन रायमाझी (क्यालिफोर्निया) आदिले जिते। यसपटक मिस नेपाल वर्ल्ड २०१८ कि शृंखला खतिवडा प्रमुख निर्णायक, र निर्णायकमा नामगेल लामा, अधिवक्ता बासु फुलारा, कलाकार एड्रिएन प्रधान, अबुबोकोर हनिप तथा राजु श्रेष्ठ थिए। एड्रीएन प्रधान ,सिने गुरुङ, राभ सिटौला, राम श्रेष्ठ, आदित्य लामा, राहुल राई तथा जय गुरुङले गीत९संगीतबाट मनोरञ्जन गराएका थिए। यो दोस्रो मिस नेपाल नर्थ अमेरिका थियो। गत वर्ष न्युयोर्ककी मोनिका घलेले यो उपाधि हासिल गरेकी थिइन्। उनले अन्तिम १९ प्रतिस्पर्धीलाई पराजित गर्दै उपाधि जितेकी थिइन्।

तिलिचोभन्दा अग्लो स्थानमा भेटियो अर्को ताल

काठमाडौं, साउन १० । पर्यटन प्रवद्र्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरुले गाउँपालिकाका विभिन्न ठाउँमा गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याप नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो । घलेले गाउँका बुढापाकासँग सोधे । गोठालाहरुले ताल छ भनेपपछि उक्त ठाउँमा जाने जुक्ति निकाले । पाका उमेरका गोठाला जान नसकेपछि २२ वर्षे भेडी गोठाला भैर गुरुङलाई लिएर २९ जनाको टोली त्यो ठाउँतिर लाग्यो । उनीहरु दुई दिनमा तालछेउ पुगे । त्रिकोण आकारमा रहेको ताल मनमोहक देखेपछि मनाङस्थित सशस्त्र प्रहरीको ३२ नम्बर गुल्म चोमेका इन्स्पेकटर बाबुराम लम्सालले ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) बाट उचाइ नापे । ५ हजार २ मिटर उचाइमा ताल देखेपछि प्रष्ट भयो, संसारकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल (४९१९ मिटर) भन्दा अग्लो स्थानमा रहेको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।

आगामी वैशाखदेखि सबै सडकमा ट्राफिक लाइट संचालनमा ल्याइने

काठमाडौं, चैत ११ । काठमाडौं उपत्यकामा यसअघि बन्द रहेका सबै स्थानका ट्राफिक लाइट २०७६ वैशाखदेखि सञ्चालनमा ल्याइने भएका छन् । सडक विभागका महानिर्देशक रविन्द्रनाथ श्रेष्ठले केही वर्षदेखि बन्द रहेका उपत्यकाका ट्राफिक लाइटलाई मर्मत गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । त्यसका लागि बोलपत्र आह्वान भई कम्पनी छनोट समेत भइसकेको जानकारी दिए । उपत्यकाभित्रका ट्राफिक लाइटको मर्मत सम्भारको काम सुरु भइसकेको जानकारी दिंदै भने, ‘वैशाखभित्र उपत्यकाका सबै स्थानका ट्राफिक लाइट सञ्चालनमा आउने छन् ।’ काठमाडौँ उपत्यकामा तत्काल नयाँ ट्राफिक लाइट थप्ने कुनै योजना नरहेको स्पष्ट पार्दै उनले यसअघि जडान गरिएका ट्राफिक लाइट मर्मत गरी पुनः सञ्चालनमा ल्याइने बताए । अहिले काठमाडौं जिल्लाको १५ स्थान र भक्तपुरको चार स्थानमा ट्राफिक लाइट बिग्रिएको ट्राफिक प्रहरीले जनाएको छ । यसअघि झण्डै १२ वर्षपछि २०७४ चैत १३ गते राजधानीको आठ ठाउँमा ‘स्मार्ट ट्राफिक लाइट’ को उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो । पूर्णरूपमा नेपाली प्रविधि र इञ्जिनियरको सहयोगमा सीसी क्यामेरासहित तयार पारिएको ट्राफिक लाइट अहिले काठमाडौंको नयाँबानेश्वर चोक, पुतलीसडकको पद्मोदय मोड र नारायण गोपाल चोकमा ‘इन्टरसेक्सन ट्राफिक लाइट्स’ (मुख्य चोकमा जडान गरिने ट्राफिक लाइट) सञ्चालनमा रहेका छन् । नारायणगोपाल चोकमा पहिलो पटक नयाँ ट्राफिक लाइट जडान गरिएको थियो । त्यसैगरी, नयाँ सडक, सुन्धारास्थित काठमाडौं महानगरपालिका कार्यालय अगाडि, पुतलीसडक कुमारी बैंक अगाडि, सोल्टिमोड र दरबारमार्गस्थित नारायणहिटी सङ्ग्रहालय अगाडि पैदल यात्रुका लागि सहज हुनेगरी ट्राफिक लाइट सञ्चालनमा रहेका छन् । उपत्यकाका चाबहिल, पुरानो बानेश्वर, मैतिदेवी, बबरमहल, त्रिपुरेश्वर, कृष्ण पाउरोटी, मित्रपार्क, एयरपोर्ट, ग्वार्को, सातदोबाटो, जावलाखेल, एकान्तकुना, लैनचौर हल्चोक, सोह्रखुट्टे, बल्खु, सामाखुसी चोक, महालक्ष्मी स्थान, टेकु, गैरीधारा लगायतका ३४ स्थानमा ट्राफिक लाइटको आवश्यकता रहेकोे ट्राफिक महाशाखा स्रोतले जनाएको छ । नेपालमा पहिलो पटक विक्रम सम्बत् २०२४ सालमा सुन्धारा, नयाँ सडक गेट, सिंहदरबार र राजदरबारको दक्षिणी गेटमा ट्राफिक लाइट जडान गरिएको थियो । तर ती लाइट विभिन्न कारणले लामो समयसम्म सञ्चालनमा आउन सकेन । त्यसपछि जापान सरकारको सहयोगमा २०५८ सालमा थापाथलीसहित राजधानीको केशरमहल, दरबारमार्ग, पुतलीसडक, सिंहदरबार, पद्मोदय मोड, गौशाला, कालीमाटी, थापाथली, माइतीघर, नयाँवानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी लगायत विभिन्न स्थानमा ट्राफिक लाइट जडान गरिएको थियो । जुन २०६३ सालदेखि बन्द भएका थिए । गोरखापत्रबाट

गायिका सिर्जु अधिकारी ‘ब्याण्ड बाजा’ गीतको भिडियो सार्वजनिक (भिडियोसहित)

नेपाली कलाकारिता क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल गायिका सिर्जु अधिकारीको बिल्कुलै नयाँ गीत सार्बजनिक भएको छ । सिर्जुले यसअघि पनि करिब सयभन्दा माथि गीतहरुमा आफ्नो कर्णप्रिय स्वर भरिसकेकी छिन् । उनले बिभिन्न गीतहरुमा आफ्नो स्वर भर्नुमात्र होइन, थुप्रै गीतहरुको म्युजिक भिडियोमा आफ्नो अभिनय समेत प्रस्तुत गरिसकेकी छिन् । भद्र स्वभावकी सिर्जु पछिल्लो समय देश तथा विदेशका स्टेज कार्यक्रममा व्यस्त छिन् । उनी युके, युरोप, जापान, ओमान, दुवैलगायत धेरै देशहरु पुगिसकेकी छिन् । नेपाली गीत संगीतको क्षेत्रलाई धनि बनाउनका लागि ति बिभिन्न देशहरुको कार्यक्रम बाट आयआर्जन भएको थोरै रकमलाई पनि यसै क्षेत्रमा खन्याउनु प्रशंसनीय कुरा हो । सृजुको भर्खरै बजारमा आएको गीत ‘ब्याण्ड बाजा’ बोलको रहेको छ । चिसो मौसममा न्यानोपनको महसुस गर्न सकिने यस गीतमा सिर्जु अधिकारीको नै सुमधुर स्वर सुन्न सकिन्छ । सिर्जु अधिकारी र रबिन्द्र प्रताप सेनसंगै करिब ३० जना कोरस कलाकारहरुको साथमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई निर्देशन शिब बिकले गरेका छन् । शिब बिककै कोरियोग्राफी रहेको भिडियोलाई छायंकन ज्ञानेन्द्र शर्मा र सम्पादन बिकाश ज्ञवालीले गरेका छन् । सिर्जु अधिकारीकै व्यक्तिगत युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको यस गीतलाई शब्द संगीत पनि सिर्जुले नै भरेकी छिन् । भिडियो हेर्न तल क्लिक गर्नुहोला–

दलित महिला मन्दिरकाे पुजारी !

दाङ, असार ७ । छुवाछुत अपराध मानिए पनि देशका अधिकांश ठाउँका मन्दिरभित्र दलितको प्रवेश प्रत्यक्ष-अप्रत्यक्ष रूपमा रोक लगाएको पाइन्छ । तर, दाङमा यस्तो मन्दिर छ जहाँ दलित महिला नै पुजारी छिन् । स्थानीयले मन्दिर निर्माण गरी दलित महिलालाई पुजारी राखेका छन् । ‘उपल्लो जात’का मानिस उनीबाटै आशीर्वाद लिन्छन् । घोराही उपमहानगरपालिका-१८ स्थित नागेश्वर महादेव मन्दिरमा स्थानीय पार्वती विश्वकर्मा पुजारी भएर काम गरिरहेकी छिन् । भारतमा जन्मिएकी पार्वती तीन वर्षअघि तीन छोरी र श्रीमान्का साथ नेपाल आएकी थिइन् । ४१ वर्षीया पार्वती नेपाल आएर स्थायी रूपमा बस्ने गरी जग्गा किनेकी थिइन् । उनी तीन वर्षदेखि मन्दिरमा पुजारी बनेकी छिन् । अहिले मन्दिरमा पूजा गर्न दिनहुँ सयौँको भिड लाग्छ । मंगलबार र बुधबार साँझ नागले दर्शन दिने विश्वासमा मन्दिरमा पुग्ने गरेका छन् । यो क्षेत्रमा क्षेत्री र ब्राह्मण समुदायको बसोवास रहेको छ । स्थानीय सुदीप गौतमका अनुसार सुरुमा कतिपयले पार्वतीलाई दलित भएकै कारण पुजारी स्विकार्न मानेका थिएनन् । तर, भगवान्प्रतिको उनको अगाध विश्वास र समर्पणलाई देखेर सबैले स्विकारेका छन् । गौतमले अहिले त्यस्तो कुनै पनि किसिमको भेदभाव नभएको बताए । नयाँ पत्रिकामा खबर छ ।

‘नायक’ प्रचण्डलाई ‘खलनायक’ बनाएर कसरी हुन्छ एकता ?

रामदीप आचार्य/ पार्टी एकताबारे कम्युनिष्टहरूको उद्देश्य मान्छेले मान्छेमाथि गरिने सबै प्रकारका विभेदको अन्त्य गर्नु नै कम्युनिष्टहरूको वास्तविक उद्देश्य हो । गौतम बुद्धदेखि रोबर्ट ओवेनसम्मले मान्छेका दुःखका बारेमा गहन सोच, विचार, खोज र अनुसन्धान गरे । आफ्ना निकटतम् साथी फ्रेडरिक एङ्गेल्सको सहयोगमा कार्ल माक्र्सले पहिलो पटक वैज्ञानिक खोज अनुसन्धानको तथ्यको आधारमा एउटा सिद्धान्तको आविष्कार गरे जसलाई साम्यवाद भनिन्छ । आजसम्म ज्ञात तथ्यका आधारमा हाम्रो ब्रह्माण्डमा भएका अरबौं तारा र ग्रहहरूमध्ये पृथ्वी मात्रै हो, जहाँ जीवको अस्त्वि रहेको छ । यो अनुपम ग्रहमा रहेका जीवमध्ये मान्छे नै त्यस्तो सर्वश्रेष्ठ प्राणी हो जसले हाम्रो उत्पत्ति र अन्त्यबारे, हाम्रो वरपरको संसारबारे सोच्ने र जान्ने हैसियत राख्दछ । यो एकपछि अर्को गुणात्मक विकासको चरणमा रहेको छ । यो अनौठो ग्रहमा अवस्थित सर्वश्रेष्ठ प्राणीले नितान्त आफ्नो बारेमा मात्रै सोच्ने हो या सिङ्गो मानव जातिको बारेमा सोच्ने हो, आजको मुख्य सवाल हो । जनयुद्ध समग्र युुद्ध हो र यसले सामान्ती समाजका पूरै जरै हल्लाई दिएको हो । पेरिस कम्युनजस्तो दमनद्वारा केही महिनामै नामेट पारिएको पनि होइन ।  आजभन्दा छब्बीस सय वर्ष पहिले बुद्धले दुःख छ, दुःखको कारण छ र दुःखको निवारण छ भन्ने सरल तथ्य सार्वजनिक गरे । कार्ल माक्र्सले ऐतिहासिक भौतिकवादको जगमा आदिम साम्यवाददेखि वैज्ञानिक साम्यवादसम्मका रूपरेखा प्रस्तुत गरे । मान्छेको सबैभन्दा ठूलो दुःख मान्छे नै हो भन्ने माक्र्सको संश्लेशण हो । प्रकृतिसँगको सङ्घर्षमा मान्छेले श्रेष्ठता हासिल गर्दै गइरहेको छ । यद्यपि आज पर्यावरणीय समस्या विकराल रूपमा पनि रहेको छ । जीवको अस्तित्व रहेको एक मात्रै ग्रहमा रहेको प्राकृतिक साधन स्रोतमाथि मुठ्ठीभर मान्छेहरूको हालीमुहाली चल्ने र अरबौं मान्छेहरू तन्नम पल्टिने जुन स्थिति छ, यसको अन्त्य हुनु पर्छ । माक्र्सवाद यही हो । मान्छेको सबैभन्दा ठूलो दुःख मान्छे हो भन्नुको तात्पर्य हो कि मान्छेको शोषण मान्छेले गर्छ अतिरिक्त मूल्यका रूपमा र अरू रूपमा । यो वर्गीय शोषण हो । अरू रूपका शोषण भनेको जातीय उत्पीडन, लैङ्गिक उत्पीडन, सांस्कृतिक उत्पीडन, राष्ट्रिय उत्पीडनहरू हो । माक्र्सवादले एक रूपको मात्रै शोषणको अन्त्यको कुरा उठाएको होइन बरु सबै रूपको शोषणको अन्त्यको अन्त्यको कुरा उठाएको हो । जनयुद्धले उत्पादन गरेका नेता कार्यकर्ता काम लाग्ने जनयुद्ध काम नलाग्ने हुनै सक्दैन । यो फेरि श्रम चल्ने सीप चल्ने तर पानी नचल्ने जस्तै हो । सयौं वर्षदेखि शासन सत्तामाथि हालीमुहाली गरेर बसेको वर्गको लागि जति अप्रिय लागे पनि नेपाली जनयुद्धले शोषणका सबै रूपहरूमाथि धावा बोलेर एउटा स्वर्णिम इतिहास निर्माण गरेको हो । जतिबेला पेरिसका मजदुरहरूले विद्रोहको झण्डा उठाएका थिए माक्र्सले परिस्थिति अनुकूल नभएकाले त्यस्तो मूर्खता नगर्न भने जब मजदुरहरूले विद्रोह गरि नै हाले तब माक्र्सले अरू सबै काम थाँती राखेर विद्रोहलाई सहयोग गर्न भने । पछि माक्र्सले पेरिसका कम्युनार्डहरूको वीरतालाई उच्च सम्मान गर्दै यो सामाजिक क्रान्तिको प्रभात ठहर्ने छ भने । भलै त्यो एकहत्तर दिन मात्रै टिकेको थियो । के विद्रोहको क्रममा पेरिसका मजदुरहरूले कुनै पनि गल्ती गरेका थिएनन् होला ? किन माक्र्सले पेरिस कम्युनको शिक्षा भनेर लेखे ? उद्देश्य सही छ र कर्म पनि सही छ भने एक दुईवटा समस्याको आधारमा नेपाली जनयुद्धको मूल्याङ्कन हुन सक्दैन । इतिहासप्रतिको सही दृष्टिकोणको सवाल भनेको भविष्यप्रतिको दृष्टिकोणको सवाल पनि हो । केही मान्छेहरूले कमा र फुलिस्टपको आधारमा कम्युनिष्टहरू फुट्छन् भनेजस्तो सस्तो सवाल होइन । जब उनी आन्दोलनसँग जोडिए, उनी असाधारण व्यक्ति बने । नेपाली समाजको आजको परिवर्तनलाई आत्मासात् गर्ने हो भने यो परिवर्तनका नायक हुन् प्रचण्ड । नायकलाई खलनायकको जस्तो व्यवहार गरेर एकता कसरी सम्भव होला र ? राजामहाराजाहरूले होइन जनताका छोराछोरीहरूले राष्ट्रिपतिदेखि शासन सत्ताका अङ्गमा निर्वाचित हुने गणतान्त्रिक प्रणाली, राज्यबाट सबैखाले धर्मलाई अलग गर्ने धर्म निरपेक्षता, जातीय उत्पीडनको अन्त्यको लागि समावेशी र समानुपातिक प्रतिनिधित्व आदि सवालहरू सामान्य सवाल होइनन् । एउटा तथाकथित उपल्लो जातिको मान्छेको लागि छुवाछूतको अन्त्य एउटा सामान्य सुधार हो भने स्वयम् दलितका लागि सयौं वर्षदेखिको उत्पीडनबाट मुक्तहुने क्रान्ति हो । भलै उत्पीडका वर्गीय रूपहरू बाँकी नै रहेका किन नहोऊन् । तसर्थ, नेपाली जनयुद्धलाई जनआन्दोलन, जनक्रान्ति, सुधार, परिवर्तन आदिआदि शब्दको खेलमा अल्झेर विश्लेषण गरिनु हँुदैन । जनयुद्ध समग्र युुद्ध हो र यसले सामान्ती समाजका पूरै जरै हल्लाई दिएको हो । पेरिस कम्युनजस्तो दमनद्वारा केही महिनामै नामेट पारिएको पनि होइन । अहिलेको सबै परिवर्तनको स्वामित्व लिने तर जनयुद्धको स्वामित्व नलिने कोही सही कम्युनिष्ट दृष्टिकोण होइन । हामी कम्युनिष्टहरू स्पार्टाकसदेखि यताका सबैखाले न्यायपूर्ण विद्रोहका पक्षपाति हौं । हामै्र धर्तीमा भएको विद्रोहको स्वामित्व किन नलिने ? नेपाली जनताको बीचमा यति ठूलो मात्रामा सेना गठन गरेर महिला, दलित, मधेसी, थारु, जनजाति, किसान, मजदुर अरू साराका सारा सामेल भएर गरेको विद्रोह नेपाली इतिहासको विरलै घटना हो । बरु यो कसरी सम्भव भएको थियो, त्योबाट सिक्न जरुरी छ । नेपाली जनयुद्ध आँधी हो, उथलपुथल हो, विद्रोह हो । यसलाई त्यसरी नै परिभाषित गरिनु पर्छ । साम्यवादको बाटोमा अगाडि बढ्ने सङ्कल्प बोकेको थियो, यसको उद्देश्य त्यही हो । जनयुद्धले उत्पादन गरेका नेता कार्यकर्ता काम लाग्ने जनयुद्ध काम नलाग्ने हुनै सक्दैन । यो फेरि श्रम चल्ने सीप चल्ने तर पानी नचल्ने जस्तै हो । नेतृत्वको सवाल कार्ल माक्र्सले इतिहासमा नेतृत्व आवश्यकता र आकस्मिकताको मेलका रूपमा पैदा हुन्छ भने । समकालीन नेपाली इतिहासले त्यस्तै नेताको रूपमा प्रचण्डलाई पैदा गरेको हो । प्रचण्ड सामान्य व्यक्ति हुन् । एउटा किसान परिवारमा जन्मेका, दैविक शक्तिबाट आएका होइनन् । जब उनी आन्दोलनसँग जोडिए, उनी असाधारण व्यक्ति बने । नेपाली समाजको आजको परिवर्तनलाई आत्मासात् गर्ने हो भने यो परिवर्तनका नायक हुन् प्रचण्ड । नायकलाई खलनायकको जस्तो व्यवहार गरेर एकता कसरी सम्भव होला र ? अन्त्यमा, आजको नेपाली कम्युनिष्टहरू खासगरी माओवादी केन्द्र र एमाले बीचको एकता जनताले अनुमोदन गरेको ऐतिहासिक एकता हो । यो आजको युगको माग र आवाज पनि हो । हामी सबैको साझा सङ्कल्प र प्रतिबद्धता पनि हो तर तिर्खा लाग्न बित्तिकै नालीकै पानी त कहाँ पिउन सकिन्छ र ? माओवादी र एमाले फरक फरक पृष्ठभूमि, स्कुलिङ र धाराबाट आएको दुनियाँ सामु जगजाहेर छ । सम्मानजनक एकता हुनै पर्छ । एउटा अर्कोमा विलिन होइन । समाजमा अन्यायका विरुद्ध विद्रोह गर्ने पार्टीमा अन्याय सहने कुरा कल्पना पनि गर्न सकिँदैन । तसर्थ, एकतामा एकले अर्काको संवेदनशीलतालाई गहिरो गरी आत्मासात् गरिनुपर्छ । अहिले झ्यापझुप गरिहालौं भोलि देखा जायेगा भन्ने अर्थमा पार्टी एकता गरिनु हँुदैन । त्यो दिगो हुनु पर्छ र औचित्यपूर्ण पनि । हामी दुई चार वर्षको लागि एकता गर्दै छैनौं शताब्दियौंका लागि गर्दैछौं । हाम्रो जग बलियो हुनै पर्छ । सबै लागौं जग बलियो बनाउन । घर त बलियो तेसै होला नि । भविष्य हाम्रै हो । लेखक माओवादी केन्द्रका युवा नेता हुन् । लेखकको नीजिविचार

कविताः ढल्को

बलराम तिमिल्सिना ‘विप्लव’ फूलजस्तै फक्रिएर खै त हाँसे ओठहरू जस्तापाता टल्काएर रमाए खै गोठहरू ! अनि पो त नयाँ वर्ष भनी मान गर्न मिल्छ धून धपाउँन सक्यो भने थोत्रा खोटहरू ! उही दुख उही दर्द उही सास्ती जिन्दगीमा झुपडीलाई हियाउँदै फूर्ती गर्छन् नोटहरू ! म कसरी हाँसौं साथी कसरी रमाऊँ खै सवै सवै विगतका पैंचो बोकी चोटहरू ! घर घर दाल भात डेलिभरी गर्छु भन्थे ऐले सोच्छु कठैबरा खेर गए भोटहरू ! भुट मकै साँध गुन्द्रुक सार मोही चिसो बर्गर र पिजासँग हाँस्न देऊ कोटहरू ! कहाँ आयो नयाँ वर्ष देख्दिनँ त कतै पनि भयो हल्ला बन्द गर असतीका बोटहरू !

पश्चिम रुकुम अप्डेट

काठमाडौं, मंसिर २२ । पश्चिम रुकुम अप्डेट प्रभाकर माओवादी 12746 गोपाल जि जंग शाह 5071 रातो कामी 5487 कृष्णा रोका 2525 गोपाल शर्मा 5883 खड्क डागी 2958

आश्वासन र भाषणले मात्र विकास सम्भव छैनः चन्द्र भण्डारी

प्रेम सुनार गुल्मी, कार्तिक २९ । काँग्रेस नेता एवं गुल्मी क्षेत्र नं. १ का प्रतिनिधी सभा उम्मेदवार चन्द्र भण्डारीले अब यहाँका जनतालाई आश्वासन र भाषणभन्दा पनि बिकास चाहिएको धारणा व्यक्त गरेका छन् । उनका प्रतिस्पर्धी एमाले नेता प्रदीप ज्ञवालीले बाम एकताले मात्र देशले निकास नपाउने उनको धारण छ । उनले माओवादी केन्द्रका नेता तथा अर्घाखाँचीका प्रतिनिधि सभा उम्मेदवार टोपबहादुर रायमाझीले आफूविरुद्ध त्यस्तो कुरा बोल्नै नसक्ने ठोकुवा गर्दै आज विभिन्न सञ्चारमाध्यममा उनीविरुद्ध आएको समाचारको टेलिफोन गरी खण्डन गरेका छन् । हिजो गुल्मी आएका नेता रायमाझीले सार्वजानिक कार्यक्रममा बोल्दै सालझण्डी फास्ट्याक चन्द्र भण्डारीले नभई गुल्मीमा ल्याउन एमाले नेता प्रदिप ज्ञवाली र माओवादी केन्द्रका नेता सुदर्शन वरालको दवावमा आफू मन्त्री हुँदा उक्त योजना पारेको बताएका थिए । उनले बोलेको उक्त भिडियो समेत जस्ताको त्यस्तै सामाजिक सञ्जालमा भाइरल भएको छ । नेता भण्डारीले भने– ‘उक्त कुरा स्वीकार गरेका छैनन् ।’ वामपन्थीहरुको विभिन्न आरोप र हल्लाका बाबजुद पनि नेपाली काँग्रेस गुल्मी क्षेत्र नं.१ को चुनावी अभियान दिन प्रतिदन उत्साहपुर्ण बन्दै गएको नेपाली काँग्रेस गुल्मी क्षेत्र नं.१ को प्रचारप्रसार समितिका संयोजक तथा पुर्वसांसद डा.कृष्णबहादुर छन्तेलले जानकारी दिए । गुल्मीको क्षेत्र नं.१ अन्तर्गतको प्रदेश ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार पृथबहादुर फौजदारले, नेपाली कांग्रेसले मुलुकमा भएका हरेक परिवर्तन र जनताका हरेक समस्याको समाधानका काम गरिरहेको बताउँदै, नेपालका हरेक परिवर्तनको नेतृत्व गर्ने काँग्रेसले नजितेसम्म संविधान कार्यान्वयन र मुलुकको समग्र बिकास सम्भव नहुने बताए । प्रदेश नम्बर २ का उम्मेदवार धनेन्द्र कार्की पनि जनताको उत्साहसँगै आफु पनि उत्साहित भएको बताए । नेपाली काँग्रेस गुल्मीका उपसभापति तथा युवा नेता बिष्णु वलालले, नेपाली काँग्रेसलाई नजिताएसम्म देशले निकास पाउन नसक्ने धारणा व्यक्त गरे । कार्यक्रममा पुर्वसांसद कृष्ण छन्तेल, चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्री, नेपाली काँग्रेसका युवा नेता महाधिवेशन प्रतिनिधि जगदीश भट्टराई, नेपाल बिद्यार्थी संघ गुल्मीका कार्यवाहक सभापति झविन्द्र पाण्डे नेपाली काँग्रेसलाई विजयी नबनाएरसम्म लोकतन्त्र संस्थागत हुन नसक्ने धारणा राखेका थिए । यस क्षेत्रको चुवानी अभियान दिन प्रतिदिन तात्दै गएको गुल्मी क्षेत्र १ का सभापति पारिश्वर ढकाल बताउँछन् । ढकाल भन्छन्, यो क्षेत्रमा अरुपार्टीको तुलनामा नेपाली काँग्रेसको चुनावी अभियान तिव्र बन्दै गएको छ, । क्षेत्र १ अन्तर्गतको चन्द्रकोटको तुराड्ड, शान्तिपुर, विसुखर्क, हरेवा, वलिवाड्ड, हर्राचौर, ग्वाघा आयोजित चुनावी सभामा बोल्दै, नेता ठुलो भएर मात्रै पुग्दैन, जनताका समस्या बुझ्न सक्ने खालको व्यक्तिलाई चुन्नुपर्ने वेला आएको बताए ।  

देवेन्द्र पौडेलले भने: ‘बाबुरामजी फर्किनुस, टुक्रा-टुक्रामा बसेर केही पाइन्न’

काठमाडौँ । आर्थिक सम्बृद्धिका लागि बैकल्पिक शक्ति भनेर ठूलो तामझापका साथ गठन भएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति चिराचिरा परेको छ । भट्टराईको नयाँ शक्तिले आर्थिक सम्बृद्धिको सपना पूरा गर्न नसक्ने निष्कर्षसहित धेरै नेताहरु मध्ये कतिपय पूरानै घर फर्किएका छन । कतिपय नयाँ भनिएका समूहमा सामेल भएका छन । केहि दिन अघि मात्रै भट्टराईका विश्वास पात्र भनेर चिनिएका नेता देवेन्द्र पौडेलसहितका नेताहरु शसर्त नेकपा माओबादी केन्द्रमा फर्किए । डेढ बर्षअघि तत्कालिन एकिकृत माओवादीलाई अनेकन आरोप लगाउँदै नयाँ शक्तिमा लागेका पौडेलको पुरानै घर फिर्तिपछि लिइएको अन्तरवार्ता  यहाँ प्रस्तुत गरिएको छ । तपाँई पुरानै घर फर्कनुको कारण के हो ? हामीले बदलिएको पछिल्लो परिस्थिति अनुरुप नयाँ हिसावले अगाडी बढ्नका निम्ति धुर्विकरण सहित केहि शर्त सहित माओवादी पार्टीसंग एकता गरेका हौँ । त्यो धुर्विकरण भनेको के ? शर्त भनेको के ? खासगरी संगठनातमक पुर्नसंरचना, पार्टीलाई विघटन गरेर नयाँ शिराबाट नेपाली बामपन्थी आन्दोलनलाई नेतृत्व गर्ने, बैचारीक बहसहरु चलाएर जाने र समाजवादी आन्दोलनलाई नयाँ शिराबाट अगाडी बढाउनको निम्ति हामीले बिषय उठान गर्ने प्रण सहित एकिकरण गरेका छौँ । भन्नलाई नयाँ तर गर्ने चिजविजहरु चाहीँ पुरानै हो भनेर बुझ्ने कि अब साँच्चै व्यवहारमा यसले मुर्ततता पाउँछ ? हैन साँच्चै व्यावहारमा चाँही उत्पीडित वर्र्ग, जाती, क्षेत्र, लिंग समुदायको हक हितका निम्ति एउटा बृहत केन्द्रको अवश्यक्ता छ । खासगरी पछिल्ला परिवर्तनकारी माओवादी धारा, जनआन्दोलनमा सहभागी भएका मधेसी आन्दोलनका धाराहरु, आदीवासी जनजाती, उत्पीडति वर्ग र समुदाय जसले परिवर्तनका निम्ति बढि मेहनत गरे ति शक्तिहरु एक ठाउँमा आउनुपर्छ भनेर हामीले यो अभियान थालेका हौँ । तपाँईहरुले नयाँ शक्ति भनेर पनि अभ्यास गर्नुभयो, त्यसले पार नलगाउने भयो भनेर तपाँईलाई किँन कहाँनेर लाग्यो ? स्वभाविक रुपमा वैकल्पिक शक्तिको आवश्यक्त अहिले पनि छ नेपालमा, खासगरी प्रतिगामी, यथास्थितिवादीहरुको प्रभावलाई नियन्त्रण गरेर जनताका अधिकार सहितका मुद्धाहरुलाई संवोधन गर्दै विकास र समृद्धिको वाटोमा अगाडी जानका निम्ति वैकल्पिक शक्ति नयाँ शक्तिको आवश्यक्त छ तर अब त्यसका निम्ति शक्ति आर्जनको बाटो सहित जानुपर्छ भनेर हामीले शक्ति आर्जनको बाटो लिनुपर्छ भनेर यो केश चाल्न बाध्य भएका हौँ । माओवादी केन्द्रको विघटन गर्ने प्रस्ताव र नयाँ शुर्वीकरणको निमार्ण भनेको वैकल्पिक शक्ति हो अब बन्ने ? अझै चाहीँ छरिएर रहेका कतिपय शक्ति केन्द्रहरुलाई एकै ठाउँमा ल्याएर मात्रै त्यो संभावना देखियो । अन्यथा हामीले जतिसुकै कुरा गरेपनि वैकल्पिक बहस त पाउन सकिने भयो तर शक्ति आर्जन गर्न नसक्ने भएको हुँदाखेरी खासगरी आन्दोलनमा भाग लिएका पक्षहरुलाई एकिकृत गरेर मात्रै त्यो कोर्श पुरा गर्न सक्छौँ भन्ने निश्कर्षमा पुगेका छौँ । व्यक्ति उही नेतृत्व उही हुने अवस्था आउने जस्तो देखिन्छ , तात्विक के फरक पार्छ त्यसले ? बिषय त हुन सक्छ के फरक हुन्छ भनेर । अब नयाँ भनेको कुनै पनि अलौकिक बस्तु कहीँ गएर टप्प टिपेर ल्याउने होईन । पुरानै व्यक्तिहरुबाट प्रयत्न गरेर बनाउने हो । नयाँ भन्ने वित्तिकै त्यस्तो अर्मुत कुरा हुन्न । भैरहेका पार्टीहरुलाई पनि योजना, कार्यक्रम र नीतिमा परिवर्तन गरेर नयाँपन दिन सक्ने संभावना रहन्छ । त्यो अभियानमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईको पनि साथ रहन्छ भन्ने तपाँईलाई विश्वास छ ? हैन उहाँहरुको साथ रहनुपर्छ । उहाँहरुलाई नै यो नेतृत्व गर्नुस भनेर हामीले भनेका हौँ । खासगरी एक्लै खाली बहसले मात्रै पुग्दैन । बाबुराज जी ले यो अभियानमा आफुलाई अगाडी बढाएर शक्ति आर्जन गर्दै फेरी देशको नेतृत्व गर्नेगरि अगाडी बढ्न सक्नुपर्छ । त्यो अनुरोध हामीले उहाँलाई गरेका छौँ, गछौँ । मोहन बैद्य, नेत्र विक्रम चन्द,……. उहाँहरु पनि आउनुपर्छ । टुक्राटुक्री बसेर हुँदैन । खाली यो माओवादी आन्दोलनको पुर्नगठन मात्रै होईन । परिवर्तनकारी शक्तिहरुलाई एकै ठाउँमा, एउटा केन्द्रमा नल्याईकन हामी अगाडी बढ्न सक्तैनौ । कतिपयले तपाँईहरुको अभियानलाई प्रदेश र संघको निर्वाचनका लागि हो की भनेर अनुमान गरेका छन् नी ! स्वभाविक रुपमा निर्वाचन भएको हुँदाखेरी निर्वाचनमा खासगरी यथास्थितिवादीहरु र प्रतिगामी शक्तिहरु हावी नहुन भन्नको निम्ति पनि अलग अलग बसेर सानो पार्टी बनाउनुभन्दा आधारभुत रुपमा एजेण्डा मिल्लेहरुकाबीचमा धुर्वीकृत हुँदै जानु चाहीँ सान्र्दभिक हुन्छ भनेर बुझ्दा सहि नै हुन्छ ।

गजलः तिम्रो यादमा भएपनि बाँचेको छु

केशव धौंलाकोटी जसो तसो यो जिन्दगी काट्दैछु तिम्रो यादमा भएपनि बाँचेको छु लाग्दैन कोही पनि आफ्नो आज जिन्दगीमा एक्लै यात्राहरू गर्ने छु चाहिँदैन तिम्रो झुठो माया मलाई स्वार्थी दुनियाँमा यक्लै बाच्नेछु निष्ठुरी तिम्रो याद धेरै आएको छ तिमीसित बिताएको पलहरू सम्झेको छु झुठो रहेछ तिमीले खाएको वाचा–कसम त्यही दिनको यादमा टोलाउँदै बसेको छु फेसबुकबाट साभार

दोलखामा मिले कांग्रेस र माओवादी केन्द्र, एमालेमुक्त जिल्ला बनाउने घोषणा

चरिकोट, वैशाख १८ । स्थानीय निकाय निर्वाचनका लागि उम्मेदवार दर्ताको अघिल्लो दिन दोलखामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गबठन्धन हुने निश्चित भएको छ । दुबै दलले जिल्लालाई एमाले मुक्त बनाउने घोषणा समेत गरेका छन् । दोलखाबाट हाम्रा संवाददाताले दिएको जानकारी अनुसार, दोलखाका नौ वटा तहमध्ये सबै पदमा दुबै दलबीच सहमति भएको हो । दुबै दलले साझा प्रतिबद्धतापत्रका समेत सार्वजनिक गरेका छन् । दुबै दलले जिल्लाका सबै स्थानीय तहमा सहमति कायम गरी आधा आधा भागबण्डा गरेका हुन । पार्टीको प्रभाव भएको आधारमा दुईमध्ये एक दलले मात्रै उम्मेदवार उठाउने सहमति भएको छ । दुबै पार्टीका नेताले एमालेले चर्का कुरा मात्रै गर्ने तर विकासका लागि सिन्को नभाँच्ने भएकोले एमालेलाई सबै तहमा हराउन समेत चुनावी तालमेल गरेको बताएका छन् । नेपाली कांग्रेस र एमालेको चुनावी एकताले एमालेभित्र भने ठूलो आशंका जन्मिएको छ । एमालेभित्र त्यसैपनि उम्मेदवार छनौटमा चरम विवाद देखिएको छ ।

कस्तो छ पत्रकार बनेकी सोनाक्षि सिन्हाको चलचित्र ‘नुर’ ?

अरुले हेर्दा पत्रकारको छवि बेग्लै देखिन्छ । निर्धक्कसँग लेख्न सक्ने, बोल्न सक्ने व्यक्तित्व । तर पत्रकारको आफ्नो जिन्दगी नि ? यसका बारेमा भने कमैले सोच्छन् । अझ पत्रकारले काम गर्ने मिडिया हाउसमा उसको अवस्थाबारे त्यहाँ काम गर्ने पत्रकारलाई मात्रै थाहा हुन्छ । यस्तै पत्रकार बनेकी छिन् चर्चित नायिका सोनाक्षी सिन्हा । सबा इम्तियाजको उपन्यास कराची, यु आर किलिङ मीमा आधारित चलचित्रकी ‘नुर’की नायिका हुन सोनाक्षी सिन्हा । सोनाक्षीले आफ्नो फिल्मी क्यारिअरमा धेरै थरिका भूमिका निर्वाह गरेकी छिन् । फोर्स २ को सशक्त एक्सनदेखि दबङ्गमा देखिएकी सोझी केटीसम्म । नूर चलचित्रमा भने उनी पत्रकार बनेकी छिन् । त्यसो त यो चलचित्रलाई पेज–३ चलचित्रको संस्करणका रुपमा पनि लिइएको छ । तर यो त्यतिमा मात्रै भने सीमित छैन । चलचित्रमा सोनाक्षीको मानसिक संघर्ष देख्न सकिन्छ । खोजी पत्रकार बन्न चाहन्छन् उनी । तर खोजी रिपोर्टहरुले चल्दैनन् आजभोलीका मिडिया । त्यसैले मिडिया कम्पनीको मालिक भनौं या उनको बोसले उनलाई सनी लियोनीको अन्तर्वाता लिन पठाउँछ । अर्कोतर्फ उनको केटा साथी पनि छैन । चलचित्रको कथाबस्तु राम्रो हुँदा हुँदै पनि स्क्रिप्ट त्यति जम्न सकेको छैन । जसको असर सोनाक्षीको अभिनयमा समेत परेको देखिन्छ । चलचित्रलाई रोचक बनाउन निकै कोशिस गर्न खोजिएको छ । कतिपय तथ्यहरु वास्तविकता भन्दा टाढा लाग्छन् । पत्रकारको जीवनमा त्यति जम्न सकेकी छैनन् सोनाक्षी । मानव अंगको बेचबिखन गर्ने समूहको बारेमा सोनाक्षीलाई जानकारी पाएपछि उनले यसमा खोजी रिपोर्ट बनाउन चाहन्छिन् तर उनको बोसले यसलाई त्यति ठूलो समाचार मान्दैन । अर्कोतर्फ नूरले केही गर्न खोज्दा उनकै साथीले यो कुरा बाहिर लिक गरिदिन्छन् । नूर झन निराश बन्छिन् । हताश नूरलाई उसको साथीले लण्डन लगेर जान्छ । तर चलचित्रको यो घुमाउरोपना वास्तविक लाग्दैन । यसले चलचित्र अनावश्यक लामो बनाइएको लाग्छ । लण्डनबाट फर्किएपछि नूर त्यही पुरानो मुद्दामा स्टोरी गर्छिन् । खोजि पत्रकारितामा श्रोत, सूत्र, तथ्य र सूचनाहरु बटुल्न निकै जोखिम र जटिल काम हो । यो एउटा सूत्रमा अघि बढ्ने गर्दछ । तर चलचित्रमा यो पक्षलाई अलि कमजोर पाराले प्रस्तुत गरिएको छ । स्क्रिप्टमा देखिएको कमजोरीका कारण उनले रिपोर्ट बनाइसकेपछि पनि त्यसले त्यति ठूलो चर्चा पाउँदैन । प्राविधिक दृष्टिले चलचित्र राम्रो छ । आर्ट डाइरेक्सन उत्तम छ । सोनाक्षी सिन्हाले मेहनत गरेको देखिन्छ । तर स्क्रिप्ट नै कमजोर भएपछि सोनाक्षीलाई जुन गम्भीरतामा देख्न सकिन्थ्यो त्यो देख्न सकिएको छैन । तैपनि चलचित्र हेर्न लायक छ । चलचित्रमा मुम्बईलाई नयाँ ढंगले छायांकन गरिएको छ । ब्याकग्राउण्ड संगीत पनि राम्रो छ ।

अचम्म, ५५ फिट लामो कपाल भएकी महिला, घुम्न जाँदा बोकिदिन्छन् श्रीमानले

कसैको कपाल घुँडासम्म पुग्यो भने आम्मै कति लामो कपाल भन्ने गरिन्छ । तर तस्वीरमा देखिएकी यी महिलाको कपाल भने पत्याइनसक्नु छ । यसले एकातिर चर्चा बटुलेको छ भने अर्कोतर्फ उनका लागि बोझ पनि । फ्लोरिडाकी आसा मन्डेलालाई भने यही कपाल बोझ भएको छ । नहोस् पनि कसरी ? उनको कपालको लम्बाइ नै ५५ फिट छ भने तौल २० किलो छ । उनलाई नुहाउनकै लागि ६ बोतल स्याम्पु लाग्छ । कपाल सुकाउनै तीन दिन लाग्छ । कपाल सारै लामो भएपछि उनले २५ वर्षदेखि कोर्न छोडेकी छिन् जसका कारण लट्टा परेका छन् । २० किलोको कपाल उनलाई गह्रौँ भारी बनेको छ । कपालकै तौलका कारण उनको काँध दुख्ने गरेको छ ।उनको कपाल सम्हालिदिने साथी नभई हुँदैन । किनकि, बाटोमा हिँड्दा एकजनाले कपाल बोकेर हिड्नुपर्छ । लामो कपालकै कारण धेरैले उनलाई विवाह गर्न अस्वीकार गरे । तर, केही महिनाअघि उनको एक हेयर ड्रेसरसँग हिमचिम बढ्यो र तत्कालै बिहे पनि गरिन् । अहिले भने उनलाई केही राहत भएको छ, किनकि बाहिर घुम्न जाँदा श्रीमान्ले उनको कपाल बोकिदिन्छन् । कपालको भारले टाउको र काँधमा असर पर्न सक्ने भन्दै चिकित्सकले उनलाई कपाल काट्न सल्लाह दिएका छन् । तर, मन्डेला भने कपाल काट्न चाहन्नन् । यही लामो कपालका कारण उनको गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता छ । यसबाहेक उनको पृथक् पहिचान नै आयआर्जनको मुख्य स्रोत बनेको छ । उनले हेयर प्रोडक्ट एन्ड एक्सेसरिजको विज्ञापनमा मोडलिङ गर्छिन् र लाखौँ डलर कमाउँछिन् ।

कछुवाको पेटभित्र ९ सय १५ सिक्का, कसरी पुग्यो सिक्का कछुवाको पेटमा ?

थाइल्याण्डको समुद्री किनारामा रहेको एउटा कछुवाको पेटभित्र नौसय १५ सिक्का भेटिएको छ । समुन्द्र किनारामा विरामी अवस्थामा रहेको उक्त कछुवालाई तत्काल उपचारका लागि पशु चिकित्सालय पु¥याउँदा त्यहाँ सिटी स्क्यानका क्रममा कछुवाको भुँडीभित्र त्यत्रोको मात्रामा पैसा फेला परेको हो । तत्काल त्यसलाई शल्यक्रिया गरियो र हेर्दा संख्या ९ सय १५ सिक्का फेला परेको हो । सिक्काको वजनकै कारण कछुवाको पेट फुुलिँदा सबै जिउ नै फुलिएको थियो । कछुवालाई पेट तथा फोक्सो समेतमा संक्रमण फैलिएको रहेछ । कछुवाको पेटमा माछा मार्ने हुक पनि फेला परेको चिकित्सकहरुले बताएका छन् । कछुवाको पेटमा यति ठूलोमात्रामा सिक्का कसरी पुुगे त भन्ने सवालमा अनौठो जवाफ छ । मानिसहरु आफ्नो मनको इच्छा पूरा होस् भनि पानीमा सिक्का फ्याँक्दारहेछन । कछुवाले भने आफ्नो आहारा सम्झी त्यही सिक्का खाएको रहेछ । एजेन्सी