अब भोजपुर–काठमाडौं सातै दिन उडान

भोजपुर, पुष २० । भोजपुर –काठमाडौं उडान थप गरिएको छ । यात्रुको चाप बढेसँगै अब हप्तामा सातै दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिनुभयो । यसअघि हप्तामा छ दिनमात्र भोजपुर–काठमाडौं उडान हुँदै आएको थियो । नयाँ कार्यतालिकाअनुसार भोलिबाट उडान हुने कार्यालयले जनाएको छ ।

त्यस्तै करीब एक महीनाबाट बन्द रहेको भोजपुर–विराटनगर उडान पनि शनिबारदेखि नै शुरु हुने भएको छ । आइतबार र बिहीबार गरी हप्तामा दुई दिन उडान हुने नेपाल वायुसेवा निगम भोजपुर कार्यालयले जनाएको छ ।

भदौ १ तपाइँका लागि कस्तो ? हेर्नुस् राशिफल

वि.सं. २०७५ साल भदौ १ गते शुक्रबार। इश्वी सन् २०१८ अगस्ट १७ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि-सप्तमी, २९ः०६ बजेउप्रान्त अष्टमी। मेष- दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथीभाइबाट सहयोग मिल्नेछ। बृष- पुरुषार्थी कामले समाजमा स्थापित बनाउन सक्छ। स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। काम बन्नाले मनग्गे लाभ हुनेछ। मिथुन- भोग-विलासमा खर्च बढे पनि प्रयत्न गरेका काम सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। कर्कट- हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। सिंह- लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। कन्या- विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति तथा लेखनकलामा निखारता आउनेछ। ज्ञान तथा बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। तुला- आँटेको काम तत्काल बन्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। बृश्चिक- अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। तापनि सहयोग गर्नेहरू प्रशस्तै भेटिनेछन्। शुभचिन्तकहरू जुट्नाले अप्ठ्यारो ठानिएको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। धनु- सामान्य फाइदा भइरहे पनि ठूलो भागको आशा राख्दा सुनिश्चित आम्दानीसमेत रोकिन सक्छ। आजको लाभांश सुरक्षित नहुन सक्छ। सरसापटमा पनि खर्चनुपर्ला। आम्दानीका स्रोत सबल देखिए पनि श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। मकर- विशेष उपलब्धि प्राप्त हुनेछ भने भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ। रोकिएका काम दोहोर्याउन सकिनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम बन्नेछ। कुम्भ- आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। मीन- न्यून उपलब्धिमा चित्त बुझाउन नसकिएला। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। स्वास्थ्यका कारण लक्ष्यमा पुग्न समस्या पर्नेछ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। -नेपाली पात्रो

सभाखोला–हिले सडकखण्डको यस्तो छ दुर्गति

संखुवासभा । धुपुकी मालती भट्टराईलाई सभाखोलाबाट धनकुटाको हिलेसम्म यात्रा गर्न ५ घण्टा लाग्यो । पानी परेकाले सडक हिलाम्मे हुँदा ५२ किमि यात्रा सकस पूर्ण भयो । हिलोमा गाडीका चक्का चिप्लिएर धेरै ठाउँमा ठेल्नुपरेको उनले सुनाइन् । दुई दिनपछि उनी फर्किंदा हिलाम्मे सडक धुलाम्मे भइसकेको थियो । धनकुटा पुग्दा हिलैहिलो भएकी मालती फर्किंदा धूलोले पुरिइन् । जाँदा हिलोमा गाडी ठेल्दै गयौं, उनले भनिन्, ‘दुई दिनपछि फर्किंदा सडकको हिलो सुकेर धुलाम्मे भइसकेको रहेछ, एकपटक झुक्किएँ ।’ दुई दिनसम्म लागेको घामले हिलो सुकेर धुलाम्मे भएको रहेछ । धूलो सडकमा यात्रु गर्दा पनि हिलेबाट सभा आइपुग्न ५ घण्टा लागेको उनले बताइन् । खाँदबारीको सभाखोलाबाट धनकुटाको हिले यात्रा गर्ने यात्रुले सधैं यस्तै सकस पूर्ण यात्रा गर्नु परिरहेको छ । खाँदबारीबाट धनकुटाको हिलेसम्म यात्रा गर्ने यात्रु घामलाग्दा धुलाम्मे हुने र एकै छिन पानी पर्दा गाडी फस्ने सम्स्याबाट पीडित हुन्छन् । यो खण्डमा ३ फुट गहिरोसम्म धूलो हुन्छ । पानी परेका बेला हिलाम्मे भएपछि यातायातका साधन चिप्लिएर दुर्घटना हुने सम्भावना हुन्छ भने हिउँदमा पनि धूलोमा फोर ह्विल भएको गाडीसमेत भासिन्छ । ‘सडक धुलाम्मे भएका कारण यात्रुहरू गन्तव्यमा चाँडो पुग्न सक्दैनन्,’ खाँदबारीका लेखनाथ बुढाथोकीले भने, ‘जहाज पनि नियमित चल्दैन, यो बाटो भएर धरानसम्म पुग्दा धूलोका कारण बिरामी नै भइन्छ।’ सभाखोलाबाट धूलो खाँदै हिलेसम्म पुग्नु परेको उनले बताए । धेरै धूलो भएको स्थानमा पानी लगाउनुपर्ने यात्रुको सुझाव छ। पहाड काटेर सडक फाराकिलो बनाउने क्रममा निस्किएको धूलोलाई व्यवस्थित नगर्दा समस्या भएको हो। ‘सभाखोलाबाट केवासम्म २ फिट बढी धूलो छ, गाडी क्रस हुने बेलामा धूलोले बाटै देखिँदैन,’ उनले भने, ‘साँघुरो सडकका कारण पनि समस्या छ ।’ केवाबाट हिलेसम्मको सडकको स्तरोन्नतिका लागि काम भए पनि सुस्त छ । धुलाम्मे बाटोमा फोरह्वील नलगाए गाडी नगुड्ने समस्या पनि उस्तै छ । सभाखोला–हिले खण्डमा जिप चलाइरहेका चालक खड्ग विक भन्छन्, ‘यो सडकमा फोरह्वील नभए धूलोमा गाडी फस्छ निकाल्न सकिँदैन।’ धूलो कति फिट तलसम्म छ थाहा नहुँदा गाडी ढुंगामा ठोक्किएर बिग्रने गरेको उनले बताए । धनकुटाको लेगुवाबाट संखुवासभाको सभाखोलासम्म तुम्लिङटार सडक डिभिजन कार्यालयले सडकको स्तरोन्नति सुरु गरेको छ । गतवर्षको भदौ पहिलो साताबाट यो खण्डमा धमाधम काम भइरहेको भए पनि धूलो भने घटेको छैन । कामको ठेक्का पाएको रौताहा सन्तोषी जेभीले सडक चौडा पार्ने काम र भीरमा तारजालीको पर्खाल लगाइरहेको छ। ठेकेदार कम्पनीले २०७६ सम्ममा सडकको स्तरोन्नति गरिसक्नुपर्ने उल्लेख भएअनुसार काम भइरहेको जनाएको छ। कान्तिपुरबाट

अन्तत उत्तर कोरिया र दक्षिण कोरियाबीचको बार्ता रद्द

काठमाडौं, जेठ २ । उत्तर कोरिया र दक्षिण कोरियाबीच आज हुने भनिएको उच्चस्तरीय वार्ता उत्तर कोरियाले रद्द गरेको छ । उत्तर कोरियाली नेता किम जोन उनले अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैन्य अभ्यास जारी रहेको भन्दै त्यसप्रति असन्तुष्टी जनाउँदै वार्ता रद्द गरेको उत्तरकोरियाली सरकारी समाचार संस्था केसीएनएले जनाएको छ । यी दुई राष्ट्रबीच पनमुनजोममा आज उच्चस्तरीय वार्ता गरी विगतमा दक्षिण र उत्तर कोरियाका दुई नेताबीच भएको ऐतिहासिक वार्ताका क्रममा भएका सहमतिलाई कार्यान्वयन गर्ने योजना थियो । उत्तर कोरियाको यो निर्णयले आगामी जुन १२ मा अमेरिकासँग हुने भनिएको वार्ता पनि अन्यौलमा परेको छ । अमेरिका र दक्षिण कोरियाले गत शुक्रबार मात्रै बी ५२ बमबर्षक विमान र एफ १५ जेट विमानका साथमा एक सय लडाकु विमान तैनाथ गरेको थियो । उत्तर कोरियाको यो निर्णयप्रति दक्षिण कोरियाको कुनै प्रतिक्रिया आएको छैन ।

एकपटक मजाले हासौंः धुर्मुस स्वर सम्राट

धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो । यत्तिकैमा एकदिन एउटा किसानलाई गीत सुनायो । केही बेरपछि किसान सुक–सुक गर्दै रुन थाल्यो ‘। धुर्मुसः (मनमनै खुशी हुँदै) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमीमात्रै रहिछौ । किसानः म हजुरको गीत सुनेर रोएको होइन । धुर्मुसः अनि किन त…? किसानः पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो । आज मलाई मेरो गोरुको याद आयो अनि रोएको । एजेन्सीको सहयोगबाट

छाउगोठः जनावरभन्दा देवताकै डर

जाजरकोट । जुनीचाँदे–४ लुहादहकी गीता खड्का हरेक पटक महिनावारी हुँदा घरभन्दा पर बनाइएको छाउगोठमा बस्छिन् । छाउगोठमा एक्लै बस्नुपर्दा उनलाई निकै डर लाग्नेगर्छ तर त्यसभन्दा बढी डर उनलाई देवताको लाग्छ । देवताको डरकै कारण उनी महिनावारी हुँदा घरदेखि टाढा जंगलछेउमा रहेको छाउगोठमा बस्ने गरेकी छन् । “ममात्रै जानु परेको भए अप्ठेरो हुन्थ्यो, महिनावारी हुँदा यहाँका सबै महिला छाउगोठमै बस्छन्”, उनले भनिन्, “बज्यै, आमा, भाउजूले मानी आएको यो चलन हाम्रा लागि पनि नयाँ होइन, अब त नियमित जस्तै भइसक्यो ।” गीताले जस्तै जुनीचाँदेका महिला र युवतीले छाउपडी प्रथालाई संस्कारकै रुपमा स्वीकार्दै आएका छन् । “छुई हुँदा घरभित्रै बस्यो भने त देवता रिसाउँछन्, अनेक समस्या आइलाग्छन्”, गीताले छाउगोठ जानाको कारण बताइन्, “देवता लागे भने जिन्दगीभर दुःख पाइन्छ, त्योभन्दा बरु छाउगोठमा गएर बस्यो, एक हप्ता त हो ।” ‘देवता लाग्ने’ डरकै कारण यहाँका महिला छाउपडी बार्न बाध्य छन् । जुनीचाँदेकै पार्वती खड्का आदर्श माविमा कक्षा ११ मा पढ्छिन् । उच्च शिक्षा अध्ययनकै क्रममा रहेकी उनी पनि महिनावारी हुँदा छाउगोठमै पुग्छिन् । सरकारले छाउपडी प्रथा अन्त्य गर्न कानून बनाएको छ भन्नेबारे उनलाई थाहा नभएको होइन । पार्वतीलाई छाउपडी प्रथा गलत हो भन्ने थाहा छ । उनलाई पनि देवताको डरकै कारण गोठमा बस्नैपर्ने बाध्यता छ । पहिलेदेखि चलिआएको चलनलाई नकार्न निकै गाह्रो भएको उनको भनाइ छ । “महिनावारी हुँदा गोठमा गई नबसे लागो लाग्छ”, उनले भनिन् “देवता रिसाए हामीलाई अनर्थ हुन्छ, अनि जानुपरेन त गोठमा ?” कक्षा ९ मा अध्ययनरत गीता खड्का पनि पार्वतीकै जस्तो भ्रममा छिन् । उनलाई पनि गोठमा बस्दा हुने अन्य डरभन्दा देवता रिसाएर पु¥याउने क्षतिको डर बढी लाग्ने गर्छ । महिनावारीको समय र सुत्केरी हुँदा घरमा बसे देवताले नाश गर्छन् भन्ने गीताको बुझाइ छ । छाउपडीप्रथा गलत हो भनेर सुन्दै र पढ्दै आए पनि आफूलाई भने देवता रिसाउने डर नै बढी लाग्ने गरेको उनले बताइन् । गाउँका सबै महिला र युवती महिनावारी र सुत्केरी हँुदा छाउगोठमै बस्ने गरेकाले आफू पनि त्यहीँ बस्ने गरेको गीताको भनाइ छ । गीता र पार्वती मात्र होइन, छाउगोठ जिल्लाका विकट एवं दुर्गम गाउँपालिकाका रुपमा रहेको जुनीचाँदे– ४ लुहादहका सबै महिलाको बाध्यता बनेको छ । महिनावारी हँुदा सात र सुत्केरी हुँदा १० दिन गोठमा बस्नुपर्ने बाध्यताका कारण उक्त गाउँका महिलाले विभिन्न किसिमका समस्या झेल्नुपरेको स्थानीयवासी प्रेमबहादुर खड्काले बताए । पुरानो पुस्ताको जिद्दी र नयाँ पुस्ताले त्यसैलाई स्वीकार गरेका कारण गाउँबाट छाउपडी प्रथा हटाउन नसकिएको उनले बताए । विद्यालयमा छाउपडी प्रथाले निम्त्याउने समस्या र यो अन्धविश्वास हो भनेर जति पटक पढाए पनि विद्यार्थी नै सो भ्रमबाट मुक्त हुन नसकेको आदर्श माविकै शिक्षक नेपालीदास चौधरीले बताए । “म आदर्श माविमा आएको करीब १८ वर्ष पूरा भयो, यहाँका अधिकांश विद्यार्थीलाई बालविवाह र छाउपडीको बारेमा जतिसुकै शिक्षा दिए तापनि यो प्रथाको अन्त्य हुनै सकेको छैन”, शिक्षक चौधरीले भने । विगतदेखि हजुरआमा, आमाले गरेको चलन आफूहरुले नगर्दा घरबाटै छाउगोठमा बस्न दवाव आउने गरेको स्थानीयवासी महिला बताउँछन् । सुत्केरी अवस्थामा छाउगोठको बसाइले शिशु स्याहार गर्न कठिन हुने गरेको र त्यसभन्दा पहिले धेरै बालबालिकालगायत आमाको समेत ज्यान जाने गरेको स्थानीयवासी कविता खड्काले बताइन् । यसरी यहाँका किशोरी र महिला कुसंस्कारको शिकार बन्दै आएका छन् । छाउपडीमा बस्दा बिरामी परेर प्रत्येक महिना बाह्रभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको स्थानीय स्वास्थ्यकर्मी प्रदीप थापाले जानकारी दिए । छाउपडी प्रथाका कारण यहाँका किशोरीको पढाइमा बाधा परेको छ । छाउपडी प्रथाकै कारण लुहादहमा रहेको विद्यालयमा अध्ययनरत किशोरी विद्यालय आउन लजाउने गरेको र कतिपयले विद्यालय नै छाड्ने गरेको शिक्षक बताउँछन् । के गर्दैछ स्थानीय सरकार अन्धविश्वासका कारण छाउपडी प्रथाले विकराल रुप लिएपछि यसलाई हटाउनका लागि गाउँपालिका योजना बनाएर काम गर्ने तयारीमा छ । गाउँपालिका छाउपडी प्रथा हटाउनका लागि स्थानीय युवा र आमा समूहसँग छलफल गर्दै अगाडि बढेको छ । सरकारले नै छाउपडी प्रथाविरुद्धको ऐन बनाएर लागू गरेको छ । गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले सो प्रथा अन्त्यका लागि पहल भइरहेको बताए । युवापुस्ताले छाउ हटाउन खोजे पनि वृद्धवृद्धालाई बुझाउन नसकिएको केसीको भनाइ छ । उनले भने, “अब हामी विशेष कार्यक्रम बनाएर यो कुसंस्कारको विरुद्धमा अभियान सञ्चालन गर्छौं, गाउँपालिका बजेट कार्यान्वयन प्रक्रियामा छ । यो प्रथा अन्त्यका लागि गाउँपालिकाबाट बजेट पनि विनियोजित गरिएको छ।” सबै जनप्रतिनिधि आआफ्ना ठाउँमा सक्रिय भई छिट्टै अभियान चलाएर सो संस्कार बदल्ने कार्यमा गम्भीर हुने अध्यक्ष केसीले बताए । जिल्लाका सम्बन्धित निकायले सो प्रथा अन्त्य गर्नका लागि समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ । रासस

क्युबामा सत्ता हस्तान्तरण, डियाज बने नयाँ राष्ट्रपति, राउल क्यास्ट्रो अध्यक्ष मात्रै

क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोले औपचारिक रूपमा सत्ता हस्तान्तरण गरेपछि मिगेल डियाज-क्यानेल देशका नयन राष्ट्रपति भएका छन् । बिहिबार क्युबाको संसदले डियाजलाई देशको नयाँ नेताका रूपमा चयन गरेपछि ८६ वर्षीय राष्ट्रपति राउल क्यास्ट्रोको उत्तराधिकारी को हुने भन्ने विश्व समुदायको जिज्ञासा शान्त भएको हो । यसका साथै १९५९ यता पहिलो पल्ट क्युबाली सत्ताको केन्द्रमा क्यास्ट्रो परिवारका सदस्य छैनन् । निवर्तमान राष्ट्रपति राउल क्यास्ट्रो २०२१ सम्म पार्टी अध्यक्ष रहिराख्ने छन्। वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले सन् २००६ मा उनका दाजु तत्कालीन राष्ट्रपति बिमारी भएपछि सत्तामा आएका थिए ।   तर राउल क्यास्ट्रोले पदत्याग गरेपनि देशको प्रभावशाली व्यक्तिका रूपमा रहिरहने छन् । उनी २०२१ मा क्युबाली कम्युनिष्ट पार्टीको अधिवेशन हुँदासम्म पार्टी अध्यक्ष रहिरहने छन् । समाचारहरूमा जनाइए अनुसार बढ्दो आर्थिक असमानता र युवाहरूका अपेक्षा नयाँ राष्ट्रपतिका निम्ति चुनौतीको रूपमा रहिरहने छन् । क्युबाली क्रान्तिको पृष्ठभूमिबाट आएका पूर्व राष्ट्रपति फिडेल र निवर्तमान राष्ट्रपति राउल क्यास्ट्रोको तुलनामा क्रान्तिपछिको क्युबामा जन्मेका डियाजलाई उनका पूर्ववर्तीहरूको क्रान्तिकारी विगतसँग समेत तुलना गरिने ठानिएको छ । सन् २०१३ मा देशका उपराष्ट्रपति बनाइँदासम्म उनी खासै चर्चित नाम थिएनन् । तर त्यसपछि उनलाई राष्ट्रपति क्यास्ट्रोको दाहिने हात मानिन थालेको थियो । डियाजलाई गत पाँच वर्षदेखि राष्ट्रपति बन्न तयार पारिंदै थियो । पेसाले इलेक्ट्रिक इन्जिनियर डियाज फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री बनेको एक वर्षपछि अप्रिल १९६० मा जन्मिएका हुन् । युवा अवस्थादेखि नै युवा कम्युनिस्ट लिगसँग आबद्ध डियाज ३३ वर्षकै उमेरमा सो संगठनको द्वितीय सचिव बनिसकेका थिए । उनी वैचारिक रूपमा सशक्त मानिन्छन् ।

प्रदेश १ ले लत्यायो केन्द्रको निर्णय, सार्वजनिक बिदा थप तीन दिन दिने   

विराटनगर, चैत ३० । प्रदेश नं १ सरकारले प्रदेशमा तीन दिन थप सार्वजनिक बिदा दिने घोषणा गरेको छ । बिहिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आदिवासी जनजाति दिवस, जनैपूर्णिमा र छठ पर्वमा प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए । बैठकले गाउँसभा र नगरसभा सञ्चालन कार्यवधि सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण विधेयक पनि पारित गर्दै प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रदेशको राजपत्र प्रकाशित गर्ने निर्णय समेत गरेको छ । राजपत्रमा सरकारको अध्यादेश र ऐन, नियमावली र सूचना क्रमशः पहिलो, दोस्रो र तेस्रो भागमा प्रकाशित गर्ने निर्णय भएको उनले बताए ।

चरेश उत्पादन रोक्न के गर्नुपर्ला ?

नेपालको सबैभन्दा बढी लागूऔषध चरेश उत्पादन हुने जिल्लामध्ये बझाङको नाम पनि शिर्ष स्थानमा आउँछ । जिल्लाका अधिकांश क्षेत्रमा चरेश उत्पादन हुन्छ । सिजनमा यो क्षेत्रमा चरेश उत्पादन गरेर स्थानीयले त्यहिँकै व्यापारीसंग बिक्री गर्ने गर्दछन् । जिल्लाका अधिकांश क्षेत्रमा लागूऔषध चेरश दुई पटक उत्पादन हुन्छ । एक पटक श्रावण र अर्को पटक कार्तिक–मंसिरमा । जिल्लाका धेरै ठाउँका स्थानीय सिजनमा चरेश उत्पादन गरेर घर खर्च चलाउने गरेका छन् । चरेश बझाङका धेरै स्थानको आय स्रोत नै बन्न पुगेको छ । यहाँका अधिकांश स्थानीय सिजनमा उत्पादन गरेको चरेश बिक्री गरेर मनग्य आम्दानी गर्दछन् । धेरै जसो घर परिवारका पूरै सदस्य नै सिजनमा चरेश उत्पादन गर्न व्यस्त हुन्छन् । स–साना बालबालिका देखि वृद्धवद्धा पनि सिजनमा चरेश उत्पादन गरिरहेका दृष्य देखिन्छन् । चरेश बझाङका धेरै स्थानको आय स्रोत नै बन्न पुगेको छ । यहाँका अधिकांश स्थानीय सिजनमा उत्पादन गरेको चरेश बिक्री गरेर मनग्य आम्दानी गर्दछन् । अधिकांश अभिभावकले छोराछोरीलाई स्कूल नपठाएर चरेश उत्पादनमा लगाइ रहेका दृश्य सजिलै देख्न पाइन्छ । सिजनमा एउटा परिवारले कम्तीमा आधा किलो चरेश उत्पादन गर्दछ । बढी सदस्य भएका परिवारले सिजनमा पाँच किलोसम्म पनि चरेश उत्पादन गर्ने गर्दछन् । उत्पादित चरेश खरिदका लागि व्यवसायी गाउँमै पुग्छन् । तोला तथा किलोको हिसावले उनीहरुले स्थानीयसंग चरेश खरिद गर्ने गरेका छन् । चरेश खरिदका लागि विभिन्न जिल्लाबाट व्यवसायी त्यहाँ पुगेका हुन्छन् । सुरक्षा निकायको फितलो परिचालनका कारण सिजनमा व्यवसायीले हाँकाहाँकी किराना पसल तथा होटलमा चरेशको मोलमोलाइ गर्दछन् । एउटा गाउँबाट न्यूनतम आधा क्विन्टल चरेश उत्पादन हुन्छ । उत्पादित चरेश सम्बन्धीत ठाउँमा पुर्याउनका लागि व्यवसायीले त्यहिँकै स्थानीयलाई प्रयोग गर्ने गरेका छन् । गाउँमा उत्पादन भएको चरेश शहरसम्म पुर्याउनका लागि व्यवसायीले विभिन्न संजाल बनाएका हुन्छन् । अधिकांश चरेश उत्पादन हुने क्षेत्रका स्थानीयलाई चरेश प्रतिवन्धीत हो भन्नेसम्म जानकारी छैन । जसकारण निर्धक्का साथ स्थानीयले चरेश उत्पादन गरिरहेका हुन्छन् । चरेश उत्पादन गरेर बिक्री गर्नु स्थानीयको बाध्यता पनि छ । खेतीपाती गर्दा वर्ष दिनसम्म खान नपुगेपछि बाध्य भएर चरेश नै उत्पादन गर्नुपर्छ । अधिकांश परिवारको जिवीका सिजनमा उत्पादन गरिएको चरेशका कारण चलिरहेको छ । जिल्लाका विकास पूर्वाधारको पहुँचभन्दा टाढा रहेका क्षेत्रमा सबैभन्दा बढि चरेश उत्पादन हुन्छ । ति क्षेत्रका स्थानीयले स्वास्थ्य, शिक्षा, यातायात तथा विद्युत् पाइरहेका छैनन् । सेवा सुविधाबाट बञ्चित भएपछि स्थानीयसंग चरेशको विकल्पमा आय आर्जनको अन्य माध्यम नै छैन । जिल्लाका अधिकांश वस्तीको जीवन सिजनमा उत्पादन हुने चरेश तथा विभिन्न जडीबुटिले धानेको छ । यदि सरकारले चरेशको विकल्पमा अन्य आय आर्जनको व्यवस्था गरि दिन्थ्यो भने यस क्षेत्रमा सायद चरेश उत्पादन हुने थिएन होला । चरेश उत्पादन गरेर बिक्री गर्नु स्थानीयको बाध्यता पनि छ । खेतीपाती गर्दा वर्ष दिनसम्म खान नपुगेपछि बाध्य भएर चरेश नै उत्पादन गर्नुपर्छ । एउटा गाउँबाट न्यूनतम आधा क्विन्टल चरेश उत्पादन हुन्छ । उत्पादित चरेश सम्बन्धीत ठाउँमा पुर्याउनका लागि व्यवसायीले त्यहिँकै स्थानीयलाई प्रयोग गर्ने गरेका छन् । गाउँमा उत्पादन भएको चरेश शहरसम्म पु¥याउनका लागि व्यवसायीले विभिन्न संजाल बनाएका हुन्छन् । लागूऔषध चरेशका कारण धेरै युवा यसको लतमा फसेका छन् । स्वास्थ्यका लागि चरेश हानिकारक मानिन्छ । सजिलै पाइने तथा जहितहिँ उत्पादन हुने भएका कारण चरेशका कारण कयौं युवाको भविष्य उज्यालो छैन । चरेसका ग्राहकमा अधिकांश २० वर्षमुनिका युवा र किशोर–किशोरी रहेका छन् । यो तथ्यले पनि युवाहरुमा चरेशले ठूलो प्रभाव पारेको देखाउँछ । जिल्लामा कति क्षेत्रफलमा यसको खेती गरिन्छ भन्ने एकिन तथ्यांक छैन । तर, पनि जिल्लाभर २ हजार ५ सय हेक्टर बढी क्षेत्रफलमा खेती हुने गरेको कृषि विकास कार्यालयको आकलन छ । जिल्लाका सबैभन्दा बढि साबिकका लेकगाउँ, सैनपसेला, सुर्मा, दौलीचौर, काँडा, मेलबिसौना, दातोला, रिलु, कैलाश, गडराय, बाँझ, भामचौर, दहबगर, चैनपुर, रिठापाटा, सुनिकोट, स्याडी, देउलेक, कफलसेरी, देउलीकोटलगायत गाविसमा व्यावसायिक रूपमै गाँजा खेती गरिन्छ । सिजनमा स्थानीयले व्यापारीलाई १५ देखि २० हजार रुपैयाँ प्रतिकिलोका दरले चरेस बेच्ने गरेका छन् । जिल्लास्थित ठूला व्यापारीहरूले कञ्चनपुरको वनवासा, दोधारा चाँदनी तथा कैलालीका गौरीफन्टा, तिकुनिया, चन्दनचौकी र बैतडीको झुलाघाट नाकाबाट चरेस भारत तस्करी गर्छन् । बझाङ जिल्लामा सबैभन्दा ठूलो परिमाणमा २०६८ साल मंसिरमा चरेस बरामद गरिएको थियो । मंसिर ४ र ७ गते गरी दुई छुट्टाछुट्टै घटनामा प्रहरीले २ सय ५३ किलो चरेससहित १० जनालाई पक्राउ गरेको थियो । त्यसयता २०६९ सालमा करिब ६५ किलो चरेस बरामद गरेको देखिन्छ । यस्तै २०७० र २०७१ सालमा भने चरेस बरामद हुन सकेन । २०७२ सालमा ८० किलो, २०७३ सालमा ३५ ग्राम र २०७४ को भदौ सम्म करिब ४७ किलो चरेस मात्र बरामद गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख छ । हालको प्रदेश नम्बर सातमा चरेश काण्डमा पक्राउ परेका मध्ये आधीभन्दा बढि बझाङकै रहेका छन् । कैलालीको कुरा मात्रै कुरा गर्ने हो भने यहाँका विभिन्न स्थानबाट चरेश सहित पक्राउ परेका आधा जति बझाङका मानिस छन् । उनीहरुबाट ठूलो परिमाणमा चरेश बरामत भएको प्रहरीको तथ्यांक छ । कैलाली–कञ्चनपुरका विभिन्न चोर नाका हुँदै भारत निकासीका लागि चरेशका व्यापारी जिल्लामा धेरै छन् । पहाडबाट बसाइसरी आएर यहाँ स्थापीत भएका अधिकांश व्यक्तिको घरबाट हरेक वर्ष प्रहरीले ठूलो परिमाणमा चरेश बरामत गर्दछ । चरेश ओसारपसार गरे वाफत केही रकम दिन्छु भनेर सर्वसाधारणलाई व्यापारीले प्रयोग गर्ने गरेका छन् । जसले गर्दा धेरै सर्वसाधारण चरेशका कारण फस्ने गरेका छन् । गरिवी तथा अशिक्षाका कारण व्यापारीको कुरा सजिलै मान्दा धेरै स्थानीय जेलको हावा खान बाध्य भएका छन् । सात नम्बर प्रदेशमा जति पनि चेरशका घटना हुने गर्दछन् । त्यसमा प्रमुख व्यक्ति नभएर भरिया मात्रै भेटिन्छन् । प्रमुख व्यापारी अहिलेसम्म कमै प्रहरीको नियन्त्रणमा छन् । पहाडबाट तराइमा एक किलो वा त्यो भन्दा कम चरेश बढी आउने गर्दछ । यहाँका अधिकांश किराना पसलमा चुरोटमा हालेर खानलाई सजिलै पाइन्छ । यस क्षेत्रका अधिकांश युवाको सम्र्पक किराना पसलसंग भएको हुन्छ । किराना व्यवसायीबाट यहाँका युवाले सहजै खरिद गरेर प्रयोग गर्ने गरेका छन् । स्वयम् म नै सबैभन्दा बढि चरेश उत्पादन हुने क्षेत्रको व्यक्ति हुँ । मलाई पनि यहाँका धेरै युवाले चरेश ल्याइदिनु हैं भनेर आग्रह गर्दथे-गरिरहन्छन् ? स–सानो कागजको टुक्रामा प्याक गरेर यहाँका बजार क्षेत्रका व्यवसायीले युवालाई बेच्ने गरेका छन् । व्यवसायीले एउटा पिस दश तथा बिस रुपैयाँमा बिक्री गर्ने गर्दछन् । बजार क्षेत्रका विभिन्न झाडीहरुमा युवाको संख्या भेटिने गरेको छ । अधिकांश युवा झाडीमा गएर गफिनुको मुख्य कारण चुरोट पिउनलाई हो । धेरै युवाले खाली चुरोट नभएर गाँजा सहितको चुरोट पिउने गरेका छन् । विद्यालय देखि क्याम्पस पढ्ने उमेर समूहका विद्यार्थी गाँजाको तलतलमा फसेका छन् । धनगढीकै सन्दर्भमा यहाँका अधिकांश विद्यालय तथा क्याम्पस नजिक झाडीमा गएर धेरै विद्यार्थीले लुकीछुपी गाँजा सहितको चुरोट पिइरहेका दृश्य सजिलै देख्न सकिन्छ । अधिकांश युवा झाडीमा गएर गफिनुको मुख्य कारण चुरोट पिउनलाई हो । धेरै युवाले खाली चुरोट नभएर गाँजा सहितको चुरोट पिउने गरेका छन् । विद्यालय देखि क्याम्पस पढ्ने उमेर समूहका विद्यार्थी गाँजाको तलतलमा फसेका छन् । गाउँघरमा प्रहरी निगरानी नहुँदा चरेश किनबेच खुलेयाम हुने गर्दछ । प्रहरीको सक्रियता बढ्न सकेमा केही हतसम्म भए पनि चरेश उत्पादन रोकिने देखिन्छ । पहाडी क्षेत्रमा उत्पादन हुने चरेश तराइसम्म सजिलै आइपुग्छ । प्रहरीको फितलो चेकजाँचका कारण व्यवसायीले सहजै चरेश शहरमा पुर्याउने गर्दछन् । सीमानाकामा चेकजाँचमा कडाइ गर्ने भएकाले कहीलेकाही व्यवसायी पक्राउ पर्ने गर्दछन् । नेपालबाट भारतका विभिन्न स्थानमा पुर्याएर यस क्षेत्रका व्यापारीले चरेश त्यहि बिक्री गर्ने गर्दछन् । धेरै पटक भारतका विभिन्न क्षेत्रबाट पनि नेपालबाट गएको चरेश सहित व्यवसायी पक्राउ परेका छन् । गाँजा उत्पादनलाई रोक्नका लागि सरकारले ठोस कानून निर्माण गरेर कार्यान्वयनमा जोड दिनुपर्छ । साथै, गाँजा मात्रै उत्पादन हुने तथा अन्य आर्जन नहुने स्थानमा राज्यले आम्दानीको विकल्प खोजी दिनुपर्छ । यस्तै, प्रहरीको सक्रियताका बढाउनुका साथै सचेतनामुलक कार्यक्रममा जोड दिन सकेमा गाँजा उत्पादनमा कमी आउने देखिन्छ।

ताइवानमा शक्तिशाली भूकम्प, दुईको गयो ज्यान, सय बढी घाइते

काठमाडौं- ताइवानमा शक्तिशाली भूकम्प गए पछि कम्तिमा पनि दुई जनाको मृत्यु भएको छ भने सय भन्दा बढी घाइते भएका छन् । बीबीसीले जनाए अनुसार ताइवानको हुआलिन भन्ने सहरमा आएको ६ दशमलव ४ तीव्रताको भूकंपका कारण केही अग्ला भवनहरू क्षतिग्रस्त भएका छन् । ताइवानी मिडियाहरूमा भूकंप स्थानीय समयानुसार राति ११ बज्र ५० मिनेटमा गएको जनाइएको छ । सामाजिक सञ्जालहरूमा सडकहरू र अगला भवनहरू क्षतिग्रस्त भएको देखाइएको छ । प्राप्त समचारहरूमा एउटा होटल भत्किएको र त्यसभित्र केही मानिस फसेको जनाइएको छ ।तिनीहरूको उद्वार कार्य जारी रहेको जनाइएको छ । स्थानीयहरू भयभीत छन् र उनीहरू सडकमै रात बिताउन चाहिरहेका छन् । स्थानीय मिडियाहरूमा समाचार छ । रोयटर्स समाचार एजेंसीले अधिकारीहरूलाई उद्धृत गर्दै भानेको छ देशको उत्तरी तटीय क्षेत्रमा केही पुलहरू तत्काललाई प्रयोग गर्न नमिल्ने गरी क्षतिग्रस्त भयाएका छन् । सडकहरूमा चिरा परेका छन्, चट्टानहरू खसिरहेका छन् र ग्यास पाइपहरूमा चुहावटका खबर आइरहेका छन्- समचारहरूमा उल्लेख छ । राष्ट्रपति साइ इंग वेनले तत्काल विपद व्यावस्थापनका उपाय अपनाउन सम्बन्धित मंत्रालयहरूलाई आदेश दिइसकेका छन् । प्रभावित क्षेत्र राजधानी ताइपेईबाट करिब एक सय ६० किलोमिटरको दूरीमा रहेको छ । भूकम्पको लागि संवेदनशील मानिने ताइवानमा साना-तिना कंपनहरू गइराख्छन् । अर्थक्वेकट्ऱ्याक डट कमले पछिल्लो २४ घण्टामा सो क्षेत्र आसपास छ वटा साना कम्पन महसुस गरिएको जनाएको छ ।

कुन राशी कस्तो शपिङ गर्न चाहन्छन् त ? हेर्नुस् राशी अनुसार सपिङको रहस्य

अचेल सुपरमार्केट या अरु बजारमा गएर सपिङ गर्ने कुरा आम प्रचलन बनेको छ । सामान किन्न जाँदा मन मिल्ने साथी भयो भने राम्रोसँग किनमेल गर्न सकिन्छ । तर सँगै जाने साथी मिल्ने भएन भने र दुबैको रुचि फरक भयो भने यसले सपिङ गर्दा बोर मात्रै हुने सम्भावना बढी हुन्छ । राशीको कुरामा कतिपयले विश्वास गर्दैनन् । तर राशीफल र राशी अनुसार स्वभावमा विश्वास गर्नेहरुका लागि भने राशी अनुसार सपिङको बानी समेत फरक फरक हुने गर्दछ । आउनुस् तपाईको यो बानी मिल्छ कि मिल्दैन हेरौं है त   मेश राशीः मेश राशीका मानिसहरु शपिङ अनुभवी हुने गर्दछन् । यो राशीका मानिसहरु बार्गेनिङ गर्न पनि खप्पिस हुन्छन् । उनीहरुलाई नयाँ नयाँ ट्रेण्डस र फेशनको पनि राम्रो जानकारी हुने गर्दछ । फेमस र युनिक स्टोर्सका बारेमा यिनीहरुलाई थाहा हुन्छ । बृष राशी बृष राशीका महिलाहरु शपिङका लागि जति उत्साहित हुन्छन् यो राशीका पुरुष भने त्यत्तिकै शपिङ मन नपराउने हुन्छन् । यतिमात्र होइन डिस्काउण्ट र सेल जस्ता अफर पनि यो राशीका पुरुषलाई आकर्षित गर्न सक्दैनन् । कलर, प्याटर्न, स्टाइल, प्रिन्टलगायतका कुरामा यिनलाई खासै चासो हुँदैन । मिथुन राशीः यति तपाई निकै बढी बार्गेनिङ हुने खालको बजारमा सामान किन्न जाँदै हुनुहुन्छ भने मिथुन राशीको साथीलाई मज्जाले सँगमा लैजान सक्नुहुन्छ । कर्क राशीः कर्क राशीका मानिसहरु राम्रा शपिङ पार्टनर हुन सक्छन् । शपिङको बेला आफूसँग पैसा भए उनीहरु आफैले खर्च गरेर तपाईका लागि शपिङ गर्न सक्छन् । सिंह राशीः यदि तपाई पार्टी, घुमफिर या फनका लागि केही योजना बनाइरहनु भएको छ भने सिंह राशीको पार्टनर उत्तम किनमेल गर्ने साथी बन्न सक्छ । तर व्यक्तिगत शपिङका लागि भने यो राशीको मानिस सँगै नगएको राम्रो । यो राशीका मानिसको शपिङ छनौट खासै राम्रो हुँदैन । कन्या राशीः कन्या राशीका मानिसहरु पनि शपिङका लागि आफ्ना साथीहरुलाई लैजान मन पराउँछन् । यिनीहरु किनमेलका लागि कैयन अलग अलग स्थान जान पनि रुचाउँछन् । तुला राशीः तुला राशीका मानिसहरु शपिङका लागि खासै उत्साहित हुँदैनन् । तर यिनीहरुको स्टाइल र क्लासी बानी यिनीहरुलाई महंगो शपिङका लागि प्रेरित गर्दछ । यद्यपी यिनीहरुले किन्ने भने गर्दैनन् । शपिङ गर्दा यिनीहरु न त डिटेलमा जान चाहन्छन् न टाइम नै लगाउँछन् । कतिपयले भने पहिला नै सबै कुरा बुझेर मात्र शपिङ गर्ने गर्दछन् । वृश्चिक राशी वृश्चिक राशीका मानिसहरु राम्रो शपिङ साथी हुन सक्छन् । यिनीहरु फेशनमा त्यति रुचि राख्ने नभएपनि तपाईको किनमेलमा पुरै धैर्यता देखाउँछन् । तर यिनीहरुबाट किनमेलमा छनौट गर्न सहयोगको अपेक्षा भने गर्न सकिन्न । धनु राशी धनु राशीका महिलाहरु त्यति कुशल किनमेल गर्ने हुँदैनन् । उनीहरुलाई यसरी किनमेलमा जानु खासै रुचि पनि हुँदैन । तर केही महिलाहरु भने किनमेल गर्दा सामान्यतः आवश्यकता अनुसार औपचारिकतावश किन्ने भने गर्दछन् । धनु राशीका महिलाको प्रशंसा गरेर उनीहरुले भनेको समयमा शपिङका लागि तयार गर्न सकिन्छ । मकर राशि मकर राशिका महिलाहरु निकै धैर्यवान हुन्छन् । यिनीहरु त्यस्तो गम्भीर र शमिपङका लागि नै भनेर शपिङ गर्न भने चाहँदैनन् । तर आवश्यकता परेमा यिनीहरुबाट शपिङ भने गराउन सकिन्छ । त्यसैल मकरराशिका पुरुषलाई पहिला नै मैले यो यो किन्न खोजेको हो भनेर भनियो भने सहज हुन्छ । कुम्भ राशीः कुम्भ राशि भएका मानिसहरुको दिमाग सधैं कल्पनाशील हुन्छ । यसता मानिसको दिमागमा निकै राम्रा आइडिया हुने गर्दछन् । कहाँ के कुराको कसरी शपिङ गर्ने भन्ने कुराको विचार यो राशी भन्दा राम्रो अरुले विचार नगर्न पनि सक्छन् । अर्को कुरा साथीहरुका लागि शपिङमा सहयोग गर्न यो ाशी उत्तम हुन्छ । यिनीहरुलाई एउटा बेग्लै प्रकारको सेन्स हुन्छ । यिनीहरुले सामान हेरेर त्यसको मूल्यको अन्दाज लगाउने र बार्गेनिङ गर्न सक्छन् । त्यसैले यो राशीका मानिसलाई शपिङमा लैजानु राम्रो हुनसक्छ । मीन राशि मीन राशि का मानिसहरुनिकै संवेदनशील हुन्छन् । र, गिफ्ट दिनु यिनीहरुलाई राम्रो लाग्छ । त्यसैले गिफ्ट किन्ने कुरामा यो राशीलाई राम्रो आइडिया हुनसक्छ । साना र सुन्दर क्यूट कुरा किन्न यिनीहरु उपयुक्त साथी हुन्छन् । तर सपिङका बारेमा ठोस निर्णय भने यिनीहरुले लिन सक्दैनन् । त्यसैले शपिङको सल्लाह भने यिनीबाट लिन सकिँदैन ।  

कथाः नारा

‘कसले फेर्यो हाम्रो महान नारामा पिसाब ?’ क्याम्पसका दुई विद्यार्थी संगठन आगो भएका थिए । ‘कुन मण्डलेले फेर्यो नारामा पिसाब रु’ उनीहरूले केही दिन पिसाब फेर्ने व्यक्तिको खोजबिन पनि गरे, तर केही पत्ता नलागेपछि क्याम्पस प्रमुखसमक्ष विरोधपत्र प्रस्तुत गरे । समाधान निस्केन, पिसाब फेर्ने क्रम पनि रोकिएन । त्यसपछि दुवै संगठन अनिश्चितकालीन तालाबन्दी गर्ने निर्णयमा पुगे । ‘हाम्रो नारामा पिसाब फेर्ने व्यक्ति पत्ता लगाउन नसक्ने क्याम्पस प्रमुख राजीनामा दे !’ ‘विद्यार्थी हकहितको संरक्षण गर्न नसक्ने नालायक क्याम्पस प्रशासन मूर्दावाद !’ ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर !’ केही समयअघि अचानक सरकारले राजधानीमा भित्तेलेखनलाई कडाइका साथ बन्द गरिदिएको थियो । सत्तारुढ दलले विगतमा आफूले फोहोर पारेका भित्ता सफा गर्ने अभियान नै चलाएको थियो भने प्रमुख प्रतिपक्षी लगायतका दल र विद्यार्थी संगठनहरू त्यसको विरोधमा थिए । तर, सरकारले आफ्नो निर्णय कार्यान्वयन गराइछाड्यो । त्यसपछि प्रतिपक्षी दल र विद्यार्थी संगठनहरूको ध्यान शौचालयका भित्ताहरूमा पर्न गएको थियो । ती स्थानहरू भोट माग्न र विचार प्रवाहमा प्रयोग हुन थालेका थिए । सार्वजनिक र क्याम्पसका शौचालयहरूको भित्ता कब्जा गर्नुलाई विद्यार्थी संगठनहरू आफ्नो सफलता ठान्थे, विजय मान्थे । उनीहरू शौचालयको भित्तो कब्जाका लागि मूठभेडमा उत्रन पनि पछि पर्दैनथे । भित्ताले जन्माएको झ्डप साम्य पार्न थुप्रै पटक क्याम्पस प्रशासनले प्रहरी गुहार्नु परेको थियो । पढ्न चाहने विद्यार्थी साँढेको जुधाइमा निर्दोष बाच्छा हुन पुगेका थिए । शौचालय उसै पनि साँघुरो ठाउँ भएकाले एउटा संगठनले लेखेको नारा मेट्न अर्को संगठन उद्यत हुन्थ्यो । विशेषगरी, राजनीतिक दल र विद्यार्थी संगठनहरूको चुनावताका यस्तो अवस्था आइपथ्र्यो । भित्तेलेखन पुरुष शौचालयमा बढी र महिलाका शौचालयतर्फ यदाकदा मात्रै हुन्थ्यो । दुर्गन्ध भने दुवैतर्फ उत्तिकै थियो । पटके भित्ता कब्जा र झ्डपपछि त्यो क्याम्पसका बलिया दुई संगठनले आइन्दा मिलेर नारा लेख्ने समझ्दारी गरे भने कमजोर संगठनहरू आफ्ना नारा मेटिएको रमिता हेरिरहन बाध्य भए । तर, ती दुई संगठनका नारामा कसैले निरन्तर पिसाब फेर्न थालेपछि क्याम्पसमा फेरि रडाको शुरू भएको थियो । ‘हाम्रो महान वाणीमा पिसाब फेर्ने हिम्मत कसले ग¥यो रु’ दुवै संगठनको पारो चढिरहेको थियो । दुई संगठन समान समस्यामा परेकाले तिनीहरू ‘नारामा पिसाब फेर्ने मण्डलेको खोजी’ गर्न मिलेका थिए । दुई संगठनका माउ पार्टीका मध्यम तहका नेताहरू पनि यस विषयमा सँगै बसेर छलफल गर्न थालेका थिए । यसअघि राष्ट्रिय महŒवका कुनै पनि मुद्दालाई लिएर उनीहरू एकठाउँमा आउन सकेका थिएनन् । कचौरा आकारको राजधानी वर्षौंदेखि पानीको अभाव बेहोरिरहेको थियो । त्यो सरकारी क्याम्पसमा विद्यार्थीका निम्ति खानेपानी त थिएन भने शौचालयमा हाल्ने पानी कहाँ पाउनु १ यो समस्यालाई कुनै पनि विद्यार्थी संगठनले हडतालको विषय बनाएका थिएनन् । त्यसैले त्यो क्याम्पसको शौचालय अति दुर्गन्धित थियो । शौचालय र पुस्तकालयको झयाल आमनेसामने थिए । शौचालयको दुर्गन्धले पुस्तकालयमा पढ्ने विद्यार्थीलाई प्रभावित पाथ्र्यो । उनीहरू पुस्तकालयमा पनि रुमालले मुख छोपेर पढ्थे । तिनले क्याम्पस प्रशासनलाई कैयौं पटक शौचालयपट्टिको झयाल बन्द गरिदिन अनुरोध गरे, तर सुनुवाइ भएन । पुस्तकालयलाई नै अन्त सार्न तिनीहरूले गरेको अनुरोधमा कसैले चासो दिएन । परीक्षाका वेला भने कतिपय विद्यार्थी शौचालयमा लामो समयसम्म बस्थे । अति दुर्गन्धित भएका कारण शौचालयसम्म शिक्षक वा क्याम्पस प्रशासनका प्रतिनिधि जाँदैनथे । त्यहाँ बसेर चिट वा गाइड पल्टाउने वा प्रश्नका उत्तर कण्ठ पार्न सक्ने विद्यार्थीलाई कसैले डिस्टर्ब गर्दैनथ्यो । परीक्षा अगावै कुनाकाप्चामा गाइड लुकाएर राख्ने विद्यार्थीहरू शौचालय अझ् दुर्गन्धित होस् भनी कामना गर्थे । अध्ययनलाई नै सबथोक ठान्ने विद्यार्थीका लागि भने क्याम्पसको शौचालय जानु भनेको ठूलो सजाय काट्नुसरह हुन्थ्यो । आँखामा पीरो मुस्लो पसेजस्तो भएपछि उनीहरू आधा पिसाब फेरेर फर्कन्थे । एक पटक एक जना विद्यार्थी शौचालयमा बेहोशै भए । त्यसवेला विद्यार्थी संगठनहरूले तिनको उपचार क्याम्पसले गरिदिनुपर्ने मागसम्म राखेका थिए । अहिले तिनीहरू आफ्नो ‘महान नारामा पिसाब फेर्ने को हो ?’ भनेर चिन्तित थिए । यी दुई शक्तिशाली विद्यार्थी संगठनमध्ये कहिले यसले त कहिले त्यसले चुनाव जित्थ्यो । जसले जिते पनि मतान्तर झ्निो हुन्थ्यो । क्याम्पसमा अरू २० वटा विद्यार्थी संगठन भए पनि उनीहरू निरीह थिए । ठूला दुई संगठन आफूहरू विद्यार्थीहरूको विघ्नहर्ता भएको दाबी गर्थे । ती दुईको एउटा नारा पनि मिल्थ्यो– ‘उच्च शिक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था गर १’ विद्यार्थीहरू एउटालाई प्रजातान्त्रिक र अर्कोलाई प्रगतिशील संगठनका रूपमा चिन्थे । अर्थात्, तीमध्ये एउटा कम्युनिस्ट र अर्को कांगे्रस थियो । दुवै संगठनका पदाधिकारीको अधिकांश समय माउ पार्टीको कार्यालयमा बित्थ्यो । माउ पार्टीले जसलाई चाहन्थ्यो, विद्यार्थी चुनावमा उही उम्मेदवार हुन्थ्यो । जित–हारमा पनि माउ पार्टीको सहयोगमा भर पर्थ्यो । शौचालयको नारामा पिसाब फेरेको विषयले दुई पार्टी कार्यालयमा पनि गम्भीर बहसको शुरुआत गरायो । दुवै पार्टीले पिसाब फेर्नेमाथि कडा कारबाहीको माग गर्दै क्याम्पस प्रमुखलाई पत्र लेखे । शौचालय उत्तर फर्किएर पिसाब फेर्नुपर्ने किसिमले निर्मित थियो । प्रगतिशीलले आफ्नो नारा दक्षिणपट्टि लेखेको थियो भने प्रजातान्त्रिकले पश्चिम भित्तामा । तर, कसैले गलत दिशातिर फर्किएर निरन्तर दुवै संगठनको नारामा पिसाब फेर्ने दुष्कार्य गरिरहेको थियो । सब चकित थिए १ शुरूमा त दुई संगठनले एकले अर्कोमाथि दोष लगाएका थिए । तर, दुवैका नारामा पिसाब परेकोले एजेन्डा समान हुन पुगेको थियो । उनीहरूबीच पिसाब फेर्ने पत्ता लगाउन ऐक्यबद्धता भएको थियो । तर समस्या ज्यूँकात्यूँ रह्यो, नारामा पिसाब फेर्ने क्रम पनि रोकिएन । राता र नीला रङका इनामेलले लेखिएका नारा लगातार पिसाब पर्नाले पहेंलिन थालेका थिए । ‘कसले फेरिरहेको छ लगातार पिसाब उल्टो दिशाबाट नारालाई निशाना बनाएर १’ विद्यार्थी संगठनहरूको टाउकोदुखाइ बनेको छ । दुई हप्तामा पनि पिसाब फेर्ने ‘मण्डले’ अज्ञात छ । समस्या संसद्सम्म पुग्यो । दुवै विद्यार्थी संगठनका माउ पार्टीका सांसद्हरूले गृहमन्त्री र शिक्षामन्त्रीले जवाफ दिनुपर्ने अडान लिंदै संसदमा्मा अन्य विषयलाई प्रवेश गर्नै दिएनन् । क्याम्पसमा तालाबन्दी कायमै रह्यो । पढाइमा भविष्य देख्ने विद्यार्थीहरू हरेक दिन निराश बन्दै क्याम्पसबाट फर्कन्थे । आफ्नो मागमा अडिग विद्यार्थी नेताहरू पनि हरेक दिन क्याम्पस पुग्थे, शौचालयको भित्ता हेर्थे र नाराबाजीका साथ केही न केही तोडफोड गर्थे । नारा लेखिएको भित्तामा जहिल्यै आलो पिसाबको दाग देखिन्थ्यो । त्यसले मूर्दावाद लेखेको हो कि जिन्दावाद, नारालाई अस्पष्ट पार्दै लगेको थियो । शौचालयको दुर्गन्ध झ्नै बढ्दो थियो । नारामा पिसाब फेर्ने क्रम पनि रोकिएको थिएन । राजेन्द्र पराजुली   एजेन्सीको सहयोगबाट

राष्ट्रपतिले ‘सङ्स अफ स्वालोज’ नामक पुस्तकको विमोचन गरिन्

काठमाडौं, कार्तिक १८ । कविता जगतमा राम्रै ख्याति कमाएका एसपी कोइराला अंग्रेजी कविता संग्रह सहित आएका छन् । ‘सङस अफ स्वालोज’ नामक अंग्रेजी कविता संग्रह शुक्रबार राजधानीमा विमोचन भएको छ । हिजो शुक्रबार राष्ट्रपति विद्या भण्डारीले उक्त पुस्तकको विमोचन गरेकी थिइन् । संग्रहमा ३५ कविता संग्रहित छन् । नेपाली कविताहरूलाई अंग्रेजीमा महेश पौड्याल र रञ्जन खत्रीले अनुवाद गरेका हुन् । चिल्लो पानामा अरुणा हिंगमांगका रंगीन चित्रहरू सहितका कविताहरूले संग्रहलाई आकर्षक बनाएका छन् । कविता संग्रहको विमोचन कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाली भाषाको साहित्यलाई अंग्रेजीमा अनुवाद गरेमात्र विश्व समुदायसम्म पुग्ने धारणा राखे । यस्ता पुस्तकले मात्र नोबल पुरस्कारको सपना जन्माउने जोशीले बताए । राष्ट्रकवि माधव घिमिरेले एसपी कोइरालाका कवितामा प्रकृति र मानवीय सम्बन्धको अनुपम उदाहरण पाइने बताए । कोइरालाका कविता गद्य छन्दमा भए पनि गीतको स्वाद पाइने घिमिरेको टिप्पणी थियो । कार्यक्रममा कवि एसपी कोइरालाले कविता रचनाको पृष्ठभूमि बताए । गौथलीको चिरबिर चिरबिर आवाजलाई उमंगको प्रतीकको रूपमा लिएर कविता रचना गरेको कोइरालाको कथन थियो । कवि कोइरालाले कविता र चित्रकलाको सम्बन्धबारे पनि व्याख्या गरे । उनले कविता संग्रहमा चित्रकलाको उपस्थितिले काव्यको आवाज उँचो बनाउने टिप्पणी गरे । ‘कविता अभिव्यक्तिमा शान्त हुन्छ तर यो चेतनाले ओतप्रोत हुन्छ । चित्रकलाको भाषा मौन हुन्छ तर यसको शक्ति शब्दको भन्दा बढी हुन्छ’ संग्रहको भूमिकामा कोइरालाले लेखेका छन् । संग्रहमा समावेश चित्रहरूको प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा २५ गतेसम्म चल्नेछ । अरुणाको एकल प्रदर्शनीमा चित्रकार दुई दर्जनभन्दा बढी चित्रहरू राखिएका छन् । यो उनको चौथो एकल प्रदर्शनी हो । ब्राइट पेन्टिङमा प्रस्तुत गरिएका चित्रहरूमा मानवीय संवेदना, प्रकृतिसँगको सामीप्यता, उन्मुक्ततताको खोजी, प्रेमको प्रस्फुटन र सामाजिक सन्दर्भ भेटिन्छ । पूर्व अर्थमन्त्रीसमेत रहेका कोइरालाको कविता संग्रह क्रिएटिभ वुमन अर्गनाइजेसन नेपालले बजारमा ल्याएको हो ।

प्रजिअ नै छड्के अनुगमनमा

अछाम असोज ९ । अछाम प्रशासनले सार्वजनिक यातायातमा घटाइएको भाडादर कार्यान्वयन भए नभएको बारे छड्के अनुगमन कार्य सुरु गरेको छ । दशैं तिहारलाई मध्यनजर गर्दै यात्रुहरु ओहोरदोहोर गर्ने क्रम बढिरहेका बेला जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको भाडादर ब्यावसायिले कार्यान्वयन गरे नगरेको बारे छडके अनुगमन सुरु गरिएको हो । बजार अनुगमन कार्यलाई तीब्रताका साथ अगि बढाईरहेको प्रशासनले यातायातका साधनहरुको अनुगमन गरेको छ । सोमवार मंगलसेन, जयगढ, साँफेबगर सडक खण्डमा सञ्चालन हुने जीप तथा बसहरुले भाडादर कार्यान्वयन गरे नगरेको र नियमानुसार यातायात सञ्चालन गरे नगरेको बारे निगरानी गरिएको छ । प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको नेतृत्वमा गरिएको छड्के अनुगमनका क्रममा बाटोमा भेटीएका यातायातका साधनहरु जीप तथा बस सञ्चालक र त्यसमा सवार यात्रुहरुलाई सोधपुछ गरिएको र भाडादर कार्यान्वयन भए नभएको तथा नियमानुसार यातायात सञ्चालन भए नभएको बारे अनुगमन गरिएको छ । सो क्रममा केही यात्रुहरुले आफुहरु साँफे, जयगढ मंगलसेन खण्डमा पुरानै भाडा तिरिरहेको बताएका प्रजिअ चौधरीले जानकारी दिए । यस्तै यातायात सञ्चालक र सवारी चालकहरुलाई पनि साँफे मंगलसेनको एक सय ६० र साँफे जयगढ तथा जयगढ मंगलसेनको ८० रुपैयाँ निर्धारण गरिएकाले सो भाडादरमै यात्रुलाई सेवा दिन निर्देशन गरिएको उनको भनाई छ । सवारी साधनको सिट क्षमता भन्दा बढी यात्रु नबोक्न निर्देशन गरिएको र त्यसो नगरेको गुनासो आए ठाँउको ठाँउ कारबाही गरिने प्रशासनले जनाएको छ । यात्रुहरुलाई पनि सवारीचालक र सञ्चालकले निर्धारित भाडादर भन्दा बढि लिएमा र क्षमताभन्दा बढी यात्रु बोकेमा प्रहरीको १०० नम्वरमा फोन गरि जानकारी गराउन जिल्ला प्रशासन कार्यालय अछामले आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय अछामले तीनवटै सुरक्षा निकाय र यातायात ब्यावसायीको सहभागीतामा अछामका सबै क्षेत्रमा सञ्चालन हुने बस तथा जीपहरुको भाडादर २० देखि १०० रुपैयाँसम्म घटाएर नयाँ भाडादर निर्धारण गरिएको थियो ।

कति पढेका छन् हाम्रा नेता र मन्त्रीले ?

एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई नेताहरूको योग्यताबारे प्रश्न गरियो । देउवाले जंगिएर त्यसको जवाफ दिए । त्यो सन्दर्भ त्यतिवेला सामाजिक सञ्जालमा भाइरल नै भयो । यसरी नेता तथा मन्त्रीहरूको शैक्षिक योग्यता आमचासोको विषय हुने गरेको छ । डिग्री गरेका युवा देशमा रोजगारी नभएर खाडी जानुपरेका वेला नपढेको नेताले देश चलाउँदा देश पछि परेको टिप्पणीसमेत हुने गरेको छ । त्यहीमाथि अहिले इतिहासमै सबैभन्दा ठूलो मन्त्रिपरिषद् गठन भएको छ । यही सन्दर्भमा वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूको शैक्षिक योग्यता खोतलिएकाे छ । पिएचडी गरेका एक्ला मन्त्री – डा. गोपाल दहित ५४ सदस्यीय मन्त्रिपरिषद्मा एकजना मात्र पिएचडी गरेका मन्त्री छन् । भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले कानुन र संस्कृतिमा विद्यावारिधि (पिएचडी) गरेका छन् । साथै, उनले व्यवस्थापनमा स्नातकोत्तरसमेत गरेका छन् । वर्तमान मन्त्रिपरिषद्मा पिएचडी गर्ने उनी एक्ला मन्त्री हुन् । दहित नेपाल लोकतान्त्रिक फोरमबाट मन्त्री भएका हुन् । डबल डिग्री गरेका दुईजना मन्त्रिमण्डलमा दुईजनाले दोहोरो स्नातकोत्तर गरेका छन् । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राजनीतिशास्त्र र समाजशास्त्रमा एमए गरेका छन् । त्यस्तै वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले राजनीतिशास्त्र र अंग्रेजीमा एमए तथा कानुनमा स्नातक गरेका छन् । तस्विर: नयाँ पत्रिकाबाट प्रधानमन्त्री एमए पास प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक गरेका छन् । उनले त्रिभुवन विश्वविद्यालयबाटै एमए गरेका हुन् । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । रक्षामन्त्री भीमसेनदास प्रधानले रसायनशास्त्रमा एमएस्सी गरेका छन् । भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायरले गणित विषयमा एमए गरेका छन् । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले कानुनमा स्नातकोत्तर र वाणिज्यशास्त्रमा स्नातक गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले कानुनमा स्नातक पनि सकाएका छन् । खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले विज्ञान (गणित)मा स्नातकोत्तर गरेका छन् । तस्विर: नयाँ पत्रिकाबाट युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी अर्थशास्त्रका स्नातकोत्तर हुन् । भर्खरै राप्रपा (प्रजातान्त्रिक)को कोटाबाट उद्योगमन्त्री बनेका सुनीलबहादुर थापाले अमेरिकाबाट एमए गरेका छन् । उनले जनप्रशासन विषयको डिग्री हासिल गरेका हुन् । भौतिक योजना तथा यातायात राज्यमन्त्री सीता गुरुङ राजनीतिशास्त्रकी स्नातकोत्तर हुन् । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले राजनीतिशास्त्रमा एमए गरेका छन् । वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द वाणिज्यशास्त्रका स्नातकोत्तर हुन् । तस्विर: नयाँ पत्रिकाबाट अर्थ राज्यमन्त्री उदयशमशेर राणाले अमेरिकाबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा एमए गरेका छन् । उनी इतिहास विषयका स्नातक पनि हुन् । युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले व्यवस्थापनमा एमए गरेका छन् । त्यस्तै, उनले शिक्षाशास्त्रमा स्नातक पनि गरेका छन् । संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले विज्ञान (गणित) विषयमा एमए गरेका छन् । महिला बालबालिका तथा समाजकल्याण राज्यमन्त्री मोहम्मद जाकिर हुसेनले वाणिज्यशास्त्रमा एमए गरेका छन् । स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवले समाजशास्त्रमा एमए गरेका छन् । साथै, उनले कानुनमा समेत स्नातक गरेका छन् । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । बिए गरेका मन्त्रीहरु उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शिक्षाशास्त्रमा स्नातक गरेका छन् । उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले इतिहास विषयमा बिए पास गरेका छन् । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् । गृहमन्त्री जनार्दन शर्माले शिक्षा संकायमा स्नातक गरेका छन् । विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले राजनीतिशास्त्रमा स्नातक गरेका छन् । सहरी विकासमन्त्री प्रभु साह कानुनका स्नातक हुन् । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेत अर्थशास्त्रकी स्नातक हुन् । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापा राजनीतिशास्त्रका स्नातक हुन् । सिँचाइमन्त्री सञ्जयकुमार गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले व्यवस्थापन र भेटेरेनरी जेटिए दुवैमा स्नातक गरेका छन् । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले शिक्षाशास्त्रमा स्नातक गरेकी छिन् । वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले मानविकीमा बिएसम्म पढेका छन् । कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले मानविकी (अर्थशास्त्र र इतिहास)मा स्नातक गरेकी छिन् । खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकगद्दीले पनि मानविकीमा स्नातक गरेका छन् । श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले स्नातकसम्म अध्ययन गरेका छन् । भूसंरक्षण तथा व्यवस्थापन राज्यमन्त्री यशोदाकुमारी लामा राजनीतिशास्त्रकी स्नातक हुन् । ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठ व्यवस्थापन विषयका स्नातक हुन् । उद्योग राज्यमन्त्री रेसम लामाले व्यवस्थापन विषयमा स्नातक गरेका छन् । आइए पढेका मन्त्रीहरु आपूर्तिमन्त्री शिवकुमार मण्डलले मानविकी संकायमा आइए गरेका छन् । पशुपक्षी विकासमन्त्री सन्तकुमार थारूले पनि आइसम्म अध्यययन गरेका छन् । जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले आइसम्म पढेकी छिन् । सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले मानविकीमा आइएसम्म पढेका छन् । पशुपक्षी विकास राज्यमन्त्री गोमा कुँवरले अर्थशास्त्र विषयमा आइएसम्म पढेकी छिन् । एसएलसी मात्र गरेका श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले एसएलसीसम्म मात्र पढेका छन् । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले पनि एसएलसीभन्दा बढी पढेका छैनन् । कानुन, न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनले एसएलसीसम्म पढेका छन् । सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काले एसएलसीभन्दा बढी पढेकी छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुमित्रा थरुनीको शैक्षिक योग्यता पनि एसएलसीसम्म मात्र छ । आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको एसएलसीसम्मको मात्र शैक्षिक योग्यता छ । सामान्य प्रशासन राज्यमन्त्री ओङ्दी शेर्पा पनि एसएलसीवाला हुन् । अन्डर एसएलसीवाला/स्वअध्ययनवाला गोरखा क्षेत्र नं.–३ बाट माओवादी केन्द्रबाट निर्वाचित सांसद भएर हाल सामान्य प्रशासन राज्यमन्त्री भएका छमबहादुर गुरुङले १० कक्षासम्म मात्र अध्ययन गरेका छन् । कांग्रेसबाट सिँचाइ राज्यमन्त्री बनेका अमरसिंह पुनले आफूले हाइस्कुलसम्म पढेको बताए । रोल्पाका सांसदसमेत रहेका उनले समाजशास्त्र र राजनीतिशास्त्र स्वअध्ययन गरेको बताएका छन् ।   यी हुन् विदेश पढेका नेता शेरबहादुर देउवा : हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै विदेशमा अध्ययन गरेका नेता हुन् । ०४५/४६ सालमा अध्ययनका लागि उनी बेलायतको लन्डन गएका थिए । कांग्रेसका एक नेताका अनुसार उनी पार्टीको सिफारिसमा त्यहाँ गएका हुन् । लन्डन स्कुल्स् अफ इकोनोमिक्सको स्कलरसिप पाएका उनी अर्थशास्त्र पढ्न भनेर त्यहाँ पुगेका थिए । पोस्ट ग्य्राजुएट गर्न गएका उनी पढ्न नसकेर फर्किएको स्रोतको दाबी छ । विदेशी कलेजमा असफल भए पनि देउवाले नेपालको त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए तथा कानुनमा स्नातक भने गरेका छन् । डा. रामशरण महत : पटक–पटक अर्थमन्त्री भएका डा. रामशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य महत त्यसकारण अर्थशास्त्रका ज्ञाता मानिन्छन् । उनी पनि पार्टीले मिलाएको छात्रवृत्तिमा अमेरिका पढ्न गएका थिए । उनलाई गिरिजाप्रसाद कोइरालाले पढ्न पठाएका थिए । डा. प्रकाशशरण महत : पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनलाई प्रधानमन्त्री देउवाले स्कलरसिप मिलाएका थिए । महेश आचार्य : पूर्वअर्थमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले जर्मनीबाट अर्थशास्त्रमा एमए गरेका छन् । डा. मीनेन्द्र रिजाल : कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले अमेरिकामा पढेका हुन् । पार्टीले स्कलरसिप मिलाइदिएपछि त्यहाँ पुगेका उनले तथ्यांकशास्त्रमा पिएचडी गरे । रामबहादुर थापा : माओवादी केन्द्रका नेता रामबहादुर थापा रसिया पढ्न गएका थिए । इन्जिनियरिङ (बिई) पढ्न भनेर गएका उनी पढ्न नसकेर फर्किएको स्रोत बताउँछ । पशुपतिशमशेर राणा : राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा बेलायतको अक्सफोर्ड विश्वविद्यालयका ग्य्राजुएट हुन् । उनले त्यहाँ साइन्समा ग्य्राजुएसन गरेका थिए । उनले आइएस्सी पनि अक्सफोर्डबाटै गरेका हुन् । डा. प्रकाशचन्द्र लोहनी : राप्रपा (राष्ट्रवादी)का संयोजक डा. प्रकाशचन्द्र लोहनीले अमेरिकाको क्यालिफोर्नियाबाट अर्थशास्त्रमा पिएचडी गरेका हुन् । पूर्वअर्थमन्त्रीसमेत रहेका लोहनी विद्यार्थीकालमा निकै ट्यालेन्ट थिए । डा. आरजु राणा देउवा : प्रधानमन्त्रीपत्नी एवं सांसद आरजु राणा देउवाले अमेरिकामा पढेकी हुन् । उनले साइक्लोजीमा पिएचडी गरेकी छिन् । डा. नारायण खड्का : कांग्रेस नेता डा. नारायण खड्काले क्यानडाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन् । उनीसँग क्यानडाको पिआर पनि भएको बताइन्छ । क्यानडाको पिआर भएकै कारण उनलाई चीनले राजदूत हुनबाट रोकेको थियो । सन् १९८९ मा इटालियन–क्यानेडियन युवतीसँग विवाह गरेपछि पिआर पाएको स्रोतको दाबी छ । तर, अन्तर्वार्ताहरूमा भने डा. खड्काले भारतको पूर्णेबाट पिएचडी गरेको बताउने गरेका छन् । उनले युरोपका विभिन्न क्षेत्रमा गएर स्टडी गरेको पनि बताइन्छ । उनकी श्रीमतीले समेत फिजिक्समा पिएचडी गरेकी छिन् । भारतमा पढ्ने धेरै नेपालकै पहिलो कलेजका रूपमा वि.सं. १९७५ मा त्रि–चन्द्र कलेज स्थापना भएको थियो । त्यसभन्दाअघिको पुस्ताका सबै नेता भारतमा पढेका छन् । बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, डिल्लीरमण रेग्मी, डा. केशरजंग रायमाझीजस्ता नाम कहलिएका नेताले भारतमा अध्ययन गरेका हुन् । डा. बाबुराम भट्टराई, खुमबहादुर खड्कादेखि डा. शशांक र डा. शेखर कोइरालासम्म पनि भारतका विभिन्न स्थानमा पढेका नेतामा पर्छन् । त्यस्तै एमालेका सांसद राजन भट्टराईले पनि भारतमा पढेका हन् । कुनै समय भारतमा पढ्ने नेताहरू धेरै हुने गरेकोमा पछिल्ला वर्षमा छात्रवृत्तिमा चीनमा पढ्न जाने नेताहरू पनि बढ्दै गएका छन् । नेपालमा आफ्नो प्रभाव बढाउन दुवै छिमेकी देशले नेताहरूलाई छात्रवृत्तिमा पढाउने गर्दछन् । के भन्छन् कम पढेका मन्त्री ? अमरसिंह पुन, राज्यमन्त्री, सिँचाइ : म रोल्पाको विकट ठाउँमा (सदरमुकामदेखि २६–२७ कोस टाढा) जन्मिएको मान्छे हुँ । त्यतिवेला स्कुल जान चार–पाँच घन्टाको बाटो हिँड्नुपथ्र्यो । जसका कारण मैले स्कुल लेभलसम्म मात्र बल्लतल्ल पढेँ । त्यसो त त्यतिवेला हाम्रोतिर पढ्नैपर्छ भन्ने सामाजिक मान्यता पनि विकास भइसकेको थिएन । औपचारिक शिक्षा धेरै नलिए पनि मलाई मन्त्रालय चलाउन गाह्रो भएको छैन । मैले राजनीतिशास्त्र र समाजशास्त्रको स्वअध्ययन गरेको छु । मेरो विचारमा नेताले पढेको छ या छैन भन्दा पनि उसले जनताको पक्षमा काम गरेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हो । नेता पढेको होस् या नहोस्, तर ऊ विषयवस्तुको भने ज्ञाता हुनुपर्छ । उसले जनताको पक्षमा काम गर्नुपर्छ । कोही नेता विदेशमा पढेको, डिग्री हासिल गरेका होलान्, तर ऊ कर्णाली र मुस्ताङसँग परिचित हुन पाएको छैन भने त्यसको औचित्य हुँदैन । तसर्थ, नेता पढेकोभन्दा पनि नेपाली समाजलाई बुझेको हुनुपर्यो । पढाइ नै निर्णायक होइन नेताको डिग्री छ भने सुनमा सुगन्ध हुन्छ । तर, डिग्री नभएको नेता राम्रो हुँदैन भन्न सकिन्न । नपढेको नेता भए पनि राम्रा विज्ञहरूलाई प्रयोग गरेर राम्ररी देश चलाउन सक्छन् डा. सुरेन्द्र केसी : राजनीतिज्ञले औपचारिक शिक्षा उच्चस्तरको लिनैपर्छ भन्ने छैन । तर, उनीहरूका लागि शिक्षा गहना भने हो । गहना लगाएर मात्र सुन्दर देखिन्छ भन्ने पनि छैन । त्यो लगाउने तरिकामा भर पर्छ । नेताको डिग्री छ भने सुनमा सुगन्ध हुन्छ । तर, डिग्री नभएको नेता राम्रो हुँदैन भन्न सकिन्न । नपढेको नेता भए पनि राम्रा विज्ञहरूलाई प्रयोग गरेर राम्ररी देश चलाउन सक्छन् । तर, हाम्रोमा त्यस्तो कल्चर छैन । कतिपय नेताहरूको आफ्नो पनि पढाइ–लेखाइ हुँदैन । विज्ञहरूलाई पनि प्रयोग गर्दैनन् । यसले गर्दा काम बिग्रिराखेको हुन्छ । विदेशी नेताको कुरा गर्दा त्यहाँ विश्वस्तरका युनिभर्सिटीमा पढ्नुपर्छ भन्ने मान्यता छ । समाजवादी भनिएको चीनका नेता पनि फ्रान्स गएर पढेका छन् । तर, त्यो कति इफेक्टिभ भएको छ, भन्ने पनि खोजी हुनुपर्छ । धेरै देशमा बाहिर पढेका नेताले राम्ररी देश चलाएका उदाहरण पनि छन् । कतिपय अवस्थामा पढाइभन्दा क्षमता ठूलो कुरा हुन्छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालले एसएलसी मात्र गरेका थिए । तर, उनको क्षमतालाई हामीजस्ता पिएचडी गरेकाले माथ गर्न सक्दैनौँ । तसर्थ, निष्कर्षमा भन्दा, ‘पढाइ सुनमा सुगन्ध मात्रै हो, निर्णायक होइन ।’ -नयाँ पत्रिकाबाट

कञ्चनपुर अब लोडसेडिङ मुक्त जिल्ला

कञ्चनपुर, साउन १८ । कञ्चनपुरलाई पूर्ण लोडसेडिङ्ग मुक्त घोषणाको माग राख्दै आएको नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी) कञ्चनपुरको टोली र विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरका प्रमुख पुष्पराज पन्तबीच लोडसेडिङ्ग अन्त्य गर्ने सहमति भएको छ । सहमति भएपछि क्रान्तिकारीले आन्दोलनका थप कार्यक्रम रोकेको छ । क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बिरेन्द्र विष्टले आफुहरुले उठाएका मुद्दामा कार्यालय प्रमुख पन्त सहमत भएपछि थप आन्दोलनका कार्यक्रम स्थगत गरेको बताएका छन ।