चुटकिला : आफ्नु आमा लाई नभन
छोरा : बुआ मैले केटि मन पराको छु ॥
बाउ : कल्लाई मनपराईस ॥
छोरा : रिता आंटि को छोरी लाई ॥
बाउ : ओ no no त्यो तेरो बहिनी पर्छ के ॥ तेरो आमा लाई नभन ल ॥
अर्को दिन
छोरा: बुआ आज मैले अर्को केटि लाई मन पराए ॥
बाउ : कल्लाइ ??
छोरा : टिना आंटी को छोरी लाई लाई ॥
बाउ: ओ no no त्यो पनी तेरो बहिनी पर्छ ॥ आफ्नु आमा लाई नभन ल ॥
छोरो लाई लास्टइ रिस उठेछ अनि आमा लाई भनिदिएछ
छोरा : आमा मैले जुन केटि लाई मन पराए नि बाउ ले उसको छोरी हो तेरो बहिनि पर्छ भन्छ ॥
आमा : मेरो छोरा त जल्लाई मन पराउछ तेहि संग बिहे गर ॥ उस्को टेनसन न ले त्यो तेरो बाउ हैना ॥
छोरा ठाउ को ठाउ बिहोस
राप्रपाले किन बोलायो आकस्मिक बैठक ?
काठमाडौं, पुस १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको समीक्षा गर्न यही पुस १९ गते केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक काठमाडौँमा बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धुम्रबाराहीमा आज बसेको केन्द्रीय पदाधिकारी तथा मन्त्रीहरुको संयुक्त बैठकले फागुनको दोस्रो साता केन्द्रीय परिषद् बैठक गर्ने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी र्दिए । देशभरबाट १४१ केन्द्रीय सदस्य सहभागी हुने उक्त बैठकले वैचारिक, सांगठनिक दृष्टिकोणमाथि छलफल गरी भावी कार्यनीति तय गर्ने जनाइएको छ । पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस पार्टीले विविध कार्यक्रम गरी मनाउने निर्णयसमेत गरेको छ । पुस १४ गते स्व राजा वीरेन्द्रको बहुआयामिक व्यक्तित्वबारे काठमाडौँमा एक गोष्ठी पनि गरिने भएको छ ।
कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चले साहित्यिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै
पोखरा, पुस १२ । “रहन सहन वा भाषा भेष फरक भए तापनि यो देश । सबको प्यारो मंगल माली यसका जनता हामी नेपाली ।।” परापूर्वकालदेखि मिलेर बसेको नेपाली समाजमा पछिल्ला समयमा विभिन्न भाषाभाषी तथा जातजातिका नाममा विभाजनका रेखा कोरिन थालेको वास्तविकतामा कवि शिरोमणि लेखनाथ पौड्यालले रचना गर्नुभएको यो पंक्ति वर्तमानमा निकै सान्दर्भिक देखिन्छ । सामाजिक चेतनाका साथै नेपालीबीचको सद्भाव र एकतालाई मजबुत बनाउन प्रेरणा दिने असंख्य कविताका रचयिता कवि शिरोमणि लेखनाथ पौड्यालको १३४औँ जन्मजयन्ती मनाउनका लागि कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका साथै विभिन्न साहित्यिक संघसंस्था यतिखेर त्यसको तयारीमा लागेका छन् । प्रत्येक वर्षको पुस १५ गतेलाई कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका रुपमा मनाउने गरिएको छ । कवि शिरोमणिको जन्मस्थल अर्घौंं अर्चलेलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन भएसँगै सो समितिको पहलमा विगत पाँच वर्षयता कवि शिरोमणिको जन्मघरको संरक्षणका साथै संग्रहालय, तरुण तपसी पार्क निर्माणलगायतका कामलाई प्राथमिकताका साथ अघि बढाइसकिएको छ । समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ काम अघि बढाइएको छ। “अर्घौं अर्चले कवि शिरोमणिको जन्मस्थल भएर पनि केही वर्षअघिसम्म उहाँको जन्मजयन्तीसमेत अन्यत्र नै मनाउन थालिएसँगै यो स्थल नै कतै ओझेलमा पर्ने हो कि भन्ने चिन्ता थपिँदै गएको थियो”, उहाँले भन्नुभयो । उहाँका अनुसार जन्मस्थलको संरक्षणका साथै कवि कवयित्रीका साथै जो कोही साहित्यानुरागीलाई एकपटक पुग्नै पर्ने ठाउँका रुपमा यस ठाउँलाई विकास गर्ने लक्ष्यका साथ गुरुयोजना बनाएर अघि बढिएको छ । समितिको पहलमा कवि शिरोमणिको जन्म घरलाई पुरानै स्वरुपमा नै निर्माण गरिएको छ भने त्यहाँ उहाँको बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन र रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखी संग्रहालय निर्माण गर्न लागिएको छ । कवि शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायतका संरचना तथा पार्क निर्माणकार्य अघि बढेका छन् । पृथ्वी राजमार्गको अर्घाैं चोकस्थित कवि शिरोमणिको सालिकदेखि जन्मस्थल अर्घौं अर्चलेसम्म ठाउँ ठाउँमा उहाँले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएका कारण अर्घाैं चोकबाट छिरेपछि उहाँका कविता वाचन गर्दै जन्मघर पुग्ने व्यवस्था समितिले मिलाएको छ । लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मका स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा उहाँका मर्मस्पर्शी कविता पढ्न सकिन्छ । अर्घौं चोकदेखि कवि शिरोमणिको जन्मघरबीचको बाटोमा पर्ने लगभग पाँच रोपनी क्षेत्रफल समेटेर तरुणतपसी पार्क निर्माण गरिएको जानकारी दिँदै अध्यक्ष लामिछानेले उक्त पार्कमा तरुणतपसी बहुउद्देश्यीय भवन निर्माण गरिएको बताउनुभयो । समिति गठन भएयता पाँच वर्षको समयमा जन्मस्थलको संरक्षण एवं संग्रहालयको निर्माणका लागि राज्यस्तरबाट लगभग रु ७० लाख सहयोग प्राप्त भए पनि जनश्रमदान आदिसमेतका आधारमा लगभग रु दुई करोड ५० लाखभन्दा बढीको काम सम्पन्न भइसकेको लामिछानेले जानकारी दिनुभयो । सात तालको बगैँचा शहर अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकलाई एकपटक पुग्नै पर्ने स्थलका रुपमा कवि शिरोमणि संग्र्रहालयलाई विकास गर्दै साहित्यिक पर्यटनको महत्वपूर्ण आकर्षणका रुपमा अर्घौं अर्चलेलाई विकास गर्ने समितिको लक्ष्य रहेको समितिका सचिव मनोज पौडेलले जानकारी दिनुभयो । समितिले कवि शिरोमणिलाई पहिलोपटक कविता लेख्न प्रेरणा मिलेको दोपहरे पाखालाई कविकुञ्ज पार्क बनाउने योजना अघि सारेको छ । कवि शिरोमणिको जन्मस्थल अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी उनीहरू बस्ने सुविधा सम्पन्न होटल निर्माण गर्ने समितिको सोच रहेको सचिव पौडेलले जानकारी दिनुभयो । “अर्घौं अर्चले आउने जो कोही पर्यटक वा साहित्यानुरागी यहाँ बसेर साहित्य सिर्जना गर्न चाहन्छ भने यसलार्ई त्यस किसिमको वातावरण तयार गरिदिने हाम्रो सोच हो”, उहाँले थप्नुभयो । लेखनाथको जन्मस्थललाई नेपाली साहित्यको अध्ययन तथा अनुसन्धानस्थलका साथै साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ काम अघि बढिरहेको समितिका कोषाध्यक्ष रामप्रसाद तिमल्सिना बताउनुहुन्छ । “अनुसन्धाताका साथै देशका विभिन्न भागबाट पोखरा भ्रमणमा आउने पर्यटकलाई एकपटक पुग्नै पर्ने ठाउँका रुपमा अर्घौं अर्चलेको विकास गर्न लागिएको छ”, उहाँले भन्नुभयो ।
नेपाली काँग्रेसद्वारा बागी उम्मेदवारको सदस्यता खारेज
लुम्बिनी, कात्तिक २२ । नेपाली काँग्रेस रुपन्देहीले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका उम्मेदवार विपरीत बागी उम्मेदवारी दिएका नेताको पार्टी सदस्यता खारेज गरेको जनाएको छ । नेपाली काँग्रेसले पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएको भन्दै एकजना प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा पाँचजना प्रदेश सभा सदस्यका उम्मेदवारसहित उनीहरुका प्रस्तावक र समर्थक गरी १८ जनाको पार्टी सदस्यता खारेज गरेको हो । पार्टीको विधानअनुसार रुपन्देही क्षेत्र नं १ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेल तथा उहाँका प्रस्तावक खुमलाल गौतम र समर्थक नीमबहादुर थापाको पार्टी सदस्यता खारेज गरेको नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए । त्यस्तै क्षेत्र नं ३ को १ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका जिल्ला सदस्य ओमकुमार श्रेष्ठ, उनका प्रस्तावक नारायणबहादुर कार्की र समर्थक राजेश जिसी, क्षेत्र नं ३ को २ बाट प्रदेश सभा सदस्यमा नेपाली काँग्रेस बिपी पार्टीबाट उम्मेदवारी दिएका डोलराज भुसाल तथा उनका प्रस्तावक सन्तकुमार यादव र समर्थक रामनारायण अहिरलाई पार्टीको साधारण सदस्यता नरहने गरी कारबाही गरेको सभापति रज्जाकले जानकारी दिए । त्यस्तैगरी रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका अमृतलाल भट्टराई र उहाँका प्रस्तावक शालिकराम पाण्डे तथा समर्थक दिनेशप्रसाद पाण्डे, क्षेत्र नं ४ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनीधि वीरेन्द्र कलवार उहाँका प्रस्तावक सीताराम पाल तथा समर्थक मनोजकुमार कलवार, क्षेत्र नं ५ को २ बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका महाधिवेशन प्रतिनिधि अमेरिका कोहार तथा उनका प्रस्तावक कलामुद्धिन मुसलमान र समर्थक दिनेशचन्द्र बर्मालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो । सभापति रज्जाकले पार्टीको नीति तथा हितविपरितका गतिविधि गर्नेलाई तत्काल कारबाही गरिने पनि बताए ।
कृषि र पर्यटनमा सहयोग गर्न चीन इच्छुक
चितवन, कात्तिक १४ । नेपालका लागि चीनका राजदूत यु हङले चितवनको कृषि, पर्यटनलगायत क्षेत्रमा सहयोग गर्न चीन इच्छुक रहेको बताएको छ । जिल्ला समन्वय समिति चितवनमा सोमबार आयोजित भेटघाट कार्यक्रममा चिनियाँ राजदूत यु हङले पर्यटकीय नगरी चितवनको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न इच्छा व्यक्त गर्दै चितवनमा आधुनिक कृषि प्रणाली आवश्यक रहेकाले कृषि क्षेत्रको विकासका लागि आवश्यक प्राविधिक सहयोग गरिने आश्वासन समेत दिए । उनले चीन सरकारको सहयोगमा बनेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्तरोन्नति र आधुनिकीकरणका लागि पनि सहयोग गरिने बताए । राजदूत युले चीनमा हुन लागेको चिनियाँ मेलामा सहभागी हुन जिल्ला समन्वय समिति प्रमुखलाई अनुरोध गरे । कार्यक्रममा जिससका प्रमुख कृष्णकुमार डल्लाकोटीले चितवनको भौगोलिक, आर्थिक, सामाजिक अवस्था र स्थानीय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले चितवनको विकास निर्माण र आवश्यक सहयोग गर्नुपर्ने क्षेत्रका बारेमा जानकारी दिएको थियो । गैँडा लैजानुअघि ‘बुमा’ मा राखेर निगरानी चितवन राष्ट्रिय निकुञ्जबाट दुर्लभ एकसिँगे गैंँडा लैजाने विषयमा चिनियाँ अधिकारीसँग छलफल भएको छ । तीन दिनअघि नेपाल आएको वन्यजन्तु विज्ञसहितको आठ जनाको चिनियाँ टोलीले निकुञ्ज घुमेर वस्तुस्थितिबारे जानकारी लिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए । “बीचमा कुनै बाधा उत्पन्न नभए तीन महिनाभित्र पुस माघसम्ममा गैँंडा लैजाने एक किसिमको सहमति भयो” खड्काले भने, “चुनाव, बाघगणना यही समयमा परेकाले १५–२० दिन तलमाथि होला ।” चितवनबाट लगिने चार वर्षभन्दा तलका उमेरका दुई जोडी गैंँडालाई चीनको चिमे लङ सफारी पार्क र सांघाई वाइल्ड अनिमल पार्कमा राखिने छ । अर्ना जसरी गैँंडा पनि म¥यो भने समस्या आउने भएकाले पहिलो चरणमा निकुञ्जको सौराहा क्षेत्रमा बुमा (एक प्रकारको खोर) मा राखिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिए । त्यसका लागि बुमा बनाउने प्रक्रिया थालिएको छ । सौराहा नजिकै जंगलमा ३० मि लम्बाइ र २० मि चौडाइको बुमा बनाइने छ । बुमाको चारैतर्फ तल्लो भागमा कँक्रिट पर्खाल लगाइने र माथिल्लो भागमा मेस जाली लगाइने कँडेलले जानकारी दिए । अरु बेलामा पनि वन्यजन्तुको उद्धारमा प्रयोग गर्न मिल्ने खालको बुमा बनाइने छ । दुई बुमामा दुई जोडी गैंँडा राखेर करिब एक महिना निगरानी गरिने र चिकित्सक टोलीले लैजान हुन्छ भनेर प्रमाणित गरेपछि पठाइने निकुञ्जले जनाएको छ । बानी पार्नका लागि करिब एक महिना बुमामा गैँडा राखिने निकुञ्जले जनाएको छ । त्यसपछि चिनियाँ र नेपाली पशु चिकित्सकको टोलीले निगरानी गर्नेछन् । लागेको सबै खर्च भने चीनले बेहोर्ने जनाइएको छ । आठ जनाको चिनियाँ टोलीमा साइटिष्टका प्रतिनिधिमा-एग्ओ सिपाओ, सांघाई वाइल्ड एनिमल पार्कका शु चुंङ जङ, चिमे लङ सफारी पार्कका डासिजी सिन्जवासहित रहेका छन् । चीनबाट आएको नेपाल सरकारले चीनलाई दुई जोडी गँैंडा पठाउने निर्णय अघिल्लो वर्ष नै गरिसकेको छ ।
अरुको मन राखिदिँदा राखिदिँदै पनि…..
कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै मनमा आएका खुसीका ज्वारभाटहरु थामिनसक्नुका हुन्छन् । कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै आफ्नो मनमा छाएका अपरिमित सन्तोस पत्यार्इनसक्नुका हुन्छन् । अरुको मन राखिदिँदा राखिदिँदै, आफूबाट आफ्नै समय चुहिएर गए पनि । अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै उठीबास हुनेसम्मका घटना घटे पनि । अरुको मन राखिदिँदा राखिदिँदै आफैँलाई बिर्सिए पनि । संसारमा सबैभन्दा कमलो कुरा पनि मानिसकै मन होला । र सबैभन्दा कडा पनि मानिसको मनै होला । धेरै सम्बन्धहरु मनसँग जोडिएको हुन्छ । धेरै सम्बन्ध मनबाट तोडिएको पनि हुन्छ । अक्सर मनैले चल्छ मान्छे यहाँ, र मनकै कारणले जल्छ पनि मान्छे यहाँ । घामजस्तै पारिलो पनि मनै हुन्छ, छुरीजस्तै धारिलो पनि मनै हुँदो रहेछ । मनसँगै हुन्छ विश्वास पनि, मनसँगै हुन्छ घात प्रतिघात पनि । आफ्ना इच्छाहरुलाई केही पर पन्छाएर, जब कसैको मन राखिन्छ, क्षणभरलाई त्यसले दिने शान्ति अभूतपूर्व हुन्छ । आफ्नो अनुकुलताको पर्वाह नगरी कसैको मनको पुकार जब सुनिन्छ, त्यसले कमसेकम पछुताउने मौका दिँदैन । चाहे जसको ओठमा फलोस्, खुसी आखिर खुसी नै हो । खुसी फूलजस्तै हो, कुन बोटमा फुल्योसँग होइन, कति फुल्यो, कस्तो फुल्योसँग सरोकार राख्छ । कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै मनमा आएका खुसीका ज्वारभाटहरु थामिनसक्नुका हुन्छन् । कहिलेकाँही अरुको मन राखिदिँदा राखिदिँदै आफ्नो मनमा छाएका अपरिमित सन्तोस पत्यार्इनसक्नुका हुन्छन् । अरुको मन राखिदिँदा राखिदिँदै, आफूबाट आफ्नै समय चुहिएर गए पनि । अरुको मन राखिदिँदा राखिदिँदै, आफ्नै उठीबास हुनेसम्मका घटना घटे पनि । अरुको मन राखिदिँदा राखिदिँदै आफैँलाई बिर्सिए पनि । कतिको मन नदुखोस् भनेर मन राखिदिएँ । पछि तिनैले मन दुखाए । कति मन दुखेकाहरुमा आफ्नै मनको सुनेर मन लगाएँ । दुखाइको अन्त्य भइसकेपछि त मान्छेका मन पनि ढुँगामा परिणत हुँदारहेछन् । सम्बन्ध जस्तोसुकै होस्, त्यो कुनै बिरुवाझैँ हो, त्यसलाई जोगाउनु पर्छ । हो, यहि ठान्ने हुँदा आफू भने मुर्झाएर सुकिँदोरहेछ । यहि एउटा सम्बन्ध जोगाउन खोज्दा आफू कतिपटक ढालिन्इछ, काटिइन्छ, चिरिइन्छ, गाढिइन्छ, बालिइन्छ । एउटा सम्बन्धको प्राण हजारौँ सुख, सुविधा, रहर र हाँसोहरुको मृत्युले चुकाइएको हुन्छ । छन् नि यो पनि आफ्नै मनबाट गुज्रेको अनुभव, कि अरुको मन राख्दा राख्दा, अरु रिसाउलान् कि भन्ने चिन्ता गर्दा गर्दा, आफ्नो त कतै ठाउँ नै पो नरहँदो रहेछ । अरुलाई समस्याको जँघार तराउँदा तराउँदा आफू भने भेलमै कतै हराइँदोरहेछ । अरुको मनको मल्हम बन्दा बन्दा आफ्नो जीवनको कदम अल्झेको अल्झ्यै हुँदोरहेछ । जसको चित्त बुझाउँदा बुझाउँदै आफैँ रिक्त भइएको हुन्छ, अक्सर उनैले चित्त दुखाउँछन् । मनसितको सम्बन्धमा अक्सर मन दुखाउनेहरु नै ज्यादा भेटिन्छन् । मन राखिदिनका लागि अरुलाई दुख्ला कि भन्दै डराइ डराइ बोलिन्छ । मनै राखिदिनका लागि समय नै नहुँदा नहुँदै पनि, आफ्नै कामलाई पर पन्छाएर अरुको काम गरिन्छ । अरुकै मन राखिदिनका लागि आफ्नो मनैले नमानेका कैयौँ काम पनि गरिन्छ। अरुलाई सुकिलो बनाइदिन आफू मैलिएको समेत पत्तो हुन्न । एउटा सम्बन्ध यसै नमरोस् भनेर, आफ्नो रहर त कति पो मारिएछ। आफूलाई परबाट देख्दा हरेकपटक हाँस्ने ओठ कहिल्यै बन्द नहोस् भनेर आफूलाई उसकै अनुकुलतामा ठाउँ कुठाउँ खोलिएछ। सधैँ मिलाउनलाई मतिर अघि बढ्ने हातहरु अनायास मैतिर सोझिएर धार नलागोस् भनेर आफैँलाई तौलेर प्रस्तुत गरेको छु । सम्बन्ध जस्तोसुकै होस्, त्यो कुनै बिरुवाझैँ हो, त्यसलाई जोगाउनु पर्छ । हो, यहि ठान्ने हुँदा आफू भने मुर्झाएर सुकिँदोरहेछ । यहि एउटा सम्बन्ध जोगाउन खोज्दा आफू कतिपटक ढालिन्इछ, काटिइन्छ, चिरिइन्छ, गाढिइन्छ, बालिइन्छ । एउटा सम्बन्धको प्राण हजारौँ सुख, सुविधा, रहर र हाँसोहरुको मृत्युले चुकाइएको हुन्छ । अरुको मन राखिदिनका लागि जे जति गरेँ, त्यतिको मिहिनेत र श्रम लगाएर आफ्नो मन राखेको भए, सायद म आफैँ पो केही बन्ने थिएँ । सायद आफूलाई खुसी तुल्याउन सक्थेँ कि १ तरपनि यहि मन मान्दैन । मन उही अरुकै चित्त बुझाएर पाइने आनन्दकै पछि कुनै एककोहोरो प्रेमी आफूले मन पराएकी केटीको पछाडी दगुरेझैँ दगुरिरहेछ । मसित मेरा सपनाहरु रिसाएका छन् । मसित मेरै समय क्रुद्ध छ । मसित मेरा खुसीले निहुँ खोजेका कति कति घटना छन् । कतिपटक त म आफैँले आफैँलाई माफ गर्न सकेको छैन । मलाई मेरो आफ्नै मनसँग गुनासो छ कि अरुको मन राखिदिँदा राखिदिँदै म आफैँ कहीँको रहिनँ ? कान्तिपुरबाट साभार
के हाे माअाेवाद ? काे हाे माअाेवादी र काे हाेईन माअाेवादी !
पुष्कर खड्का/ पुजिवादी अर्थ ब्यबस्था वाट समाजवादी अर्थ ब्यबस्थामा प्रवेश गरेपनि अधिरचनाका सबै क्षेत्रहरु जस्तै राजनैतिक , सांस्कृतिक र शैक्षिक क्षेत्रमा समाजवादीकरण गरिएन भने समाजवादको बिघटन अबस्वयंभावी नै हुन्छ । तसर्थ चीनमा समाजवादी अर्थ ब्यबस्था स्थापना भए पश्चात त्यही अनुरुपको अधिरचनाको आवस्यकताबोध हुनु स्वभाविक थियो । त्यसकारण त्यहाको पुरानो पुजिवादी राजनैतिक,साकृतिक र शैक्षिक प्रणालीलाई समाजवादीकरण गर्नु कमरेड माओत्सेतुङ्गको निम्ति पहिलो प्राथमिकताको बिषय बन्यो । तर परिस्थिति सहज थिएन । चीनका राष्ट्रिय पुजीपति र पार्टी कै मै हु भन्ने घगडान नेताहरु त्यसको बिपक्षमा थिए । उनीहरुलाई बिस्व प्रतिक्रियावादले त साथ दीइरहेकै थियो त्यसमाथि तात्कालीन सोभियत संशोधनवादी दलका नाईकेहरु खुर्स्चोभ र ब्रेझनेभहरुले खुलियाम सहयोग गरिरहेका थिय । यो अवस्थामा अधिरचनाका सबै क्षेत्रमा समाजवादीकरण गर्न सहज थिएन । तैपनि अघि बढ्नु नै थियो ,त्यसैले यो असहजता लाई चिर्दै चीनमा पूजीवादको पुनर्स्थापना रोक्न र सर्वहारावर्गको अधिनायकत्वलाई लाई मजबुत पार्दै समाजवादलाई अघि बढ़ायर सुदृध र समृद्ध चिन निर्माण गरि बिस्व-साम्यवादको ढोका खोल्नका निम्ति कमरेड माओत्सेतुङ्गले महान सर्वहारा सास्कृतिक क्रान्तिको घोषणा गर्नु भएको थियो । महान सर्वहारा सास्कृतिक क्रान्तिमा करोडौ नेता,कार्यकर्ता र अरबौ चिनिया जनता मात्र होईन सिंगो चिन जुरुक्क उठेको थियो । विचारधाराको क्षेत्रमा समाजवादमा पनि बुर्जुवाबर्ग र सर्वहारा वर्ग बीच चर्को संघर्ष चलिरहन्छ ! त्यसकारण समाजबाद नै सर्वहारा या बुर्जुवा कसले जित्छ तुङ्गि सकेको अवस्था होईन , ‘ निरन्तर क्रान्तिमा जोड देउ ‘ , ‘ वर्ग संघर्षलाई कहिल्यै नबिर्स ‘ भन्ने माओवादी मान्यताका बिरुद्ध पार्टी र सरकारको नेतृत्वमा रहेर चीनमा पुजिवाद र समाजवाद मध्य कसले जित्छ भन्नेकुरा तुंगी सकेकोछ ! समाजवादमा निरन्तर क्रान्ति र वर्गसंघर्षको आवस्यकता छैन । पुष्कर खड्का लिउ ,तेङ्ग गुटले संरक्षन गरेर राखेका र समाजवादमा पनि शोषण गर्न पाईन्छ नाफा कमाउन पाईन्छ भन्ने मानसिकता पालेका ठुल्ठुला पुजीपतिहरु त सर्वहारा सांस्कृतिक क्रान्तिको तारो बने नै । समाजवादमा पनि निजि सम्पति राख्न पाउनुपर्छ ,ब्याज लिन पाउनुपर्छ ,नोकर चाकर राख्न पाउनुपर्छ भन्ने मान्यता राख्ने पुजीपति बर्गका छद्म एजेन्ट तथा चिनिया संशोधनवादका नाईकेहरु लिउ स्याओ ची र तेङ्ग स्याओ पिङ्ग सहित उनीहरुका अन्धभक्तहरु कैयौलाई महान सर्वहारा सास्कृतिक क्रान्ति कै दौरानमा पार्टी र सरकारको सबै जिम्मेवारी बाट बर्खास्त गरियो । लिउ ,तेङ्ग गुटले संरक्षन गरेर राखेका र समाजवादमा पनि शोषण गर्न पाईन्छ नाफा कमाउन पाईन्छ भन्ने मानसिकता पालेका ठुल्ठुला पुजीपतिहरु त सर्वहारा सांस्कृतिक क्रान्तिको तारो बने नै । साथमा पुराना खराब सस्कृति ,सस्कार र बानि ब्यबहार वाट मुक्त नहुने , बद्लिएको परिस्थिति अनुरुप आफुलाई बदलेर समाजवादीकरण गर्न नसक्ने तर पार्टी र सरकारको उच्च ओहदामा बसिरहने अरु कैयौ बडे बडे नेताहरु पनि सो क्रान्तिका निशाना बने । सरल ढंगले भन्नुपर्दा कमरेड माओत्सेतुङ्गले बिस्व कम्युनिस्ट आन्दोलनमा दृघकालिन जनयुद्धको आवस्यकताबोध र त्यसको कार्यनीति र रणनीति निश्चित गर्नुभयो , वहाले नया जनवादी क्रान्ति र क्रान्ति भित्र निरन्तर क्रान्तिको सिद्दान्त प्रतिवादन गर्नुका साथै मार्क्शवादको तिन वटै संघटक अंगहरुको उच्चतम बिकाश गर्नु भयो । यसर्थमा सर्वहाराबर्गको मुक्तिको खातिर कमरेड माओत्सेतुङ्गले मार्क्शवाद-लेनिनवादमा गर्नु भएको बिकास र योगदानलाई नै बिस्व कम्युनिस्ट आन्दोलनमा माओबाद या माओ विचारधारा भनियो । जुन व्यक्ति समुह या संगठनले माओत्सेतुङ्गका बिचारहरु अर्थात माओबादलाई आफ्नो पथप्रदर्शक सिद्दान्त मानेर अघि बढ्छ त्यो व्यक्ति ,समुह र संगठन नै माओवादी हो । दिनभरी सर्वहारा,सुकुम्वासी र किशाण ,मजदुरको श्रमको शोषण गर्ने तर बिहान बेलुकी माओवादी बनेर हिड्ने त्यो पनि माओवादी होईन । आचरण,बानि ब्यबहार ,सस्कार, सस्कृति हिडाई,बसाई ,लवाई,खुवाई ,आचार,बिचार सबै मध्य युगिन बादशाहको जस्तो छ तर उसले आफुलाई माओवादी दावी गर्छ त्यो माओवादी होईन । माओवादलाई पथप्रदशक सिद्दान्त मान्दै तत्कालिन ने.क.पा.( माओवादी) को पहल र नेतृत्वमा भएको महान जनयुद्धको लोकप्रियता दोहन गर्दै हिजो-आज कैयौ व्यक्ति,समुह र संगठनहरु सडकमा माओवादी बनेर दौडीरहेकाछन । यथार्थमा ति मध्य सबै माओवादी होईनन । भित्र अध्यारो कोठामा दलाल,तस्कर भ्रस्टाचारी, र कमिशनखोर संग बसेर आम्दानीको भागबण्डा गर्ने तर बाहिर सडकमा निक्लेर आफुलाई माओवादी घोषणा गर्ने त्यो माओवादी होईन । दिनभरी सर्वहारा,सुकुम्वासी र किशाण ,मजदुरको श्रमको शोषण गर्ने तर बिहान बेलुकी माओवादी बनेर हिड्ने त्यो पनि माओवादी होईन ! आचरण,बानि ब्यबहार ,सस्कार, सस्कृति हिडाई,बसाई ,लवाई,खुवाई ,आचार,बिचार सबै मध्य युगिन बादशाहको जस्तोछ तर उसले आफुलाई माओवादी दावी गर्छ त्यो माओवादी होईन । जस्ले हिजो मिलेराबाद मुर्दावाद भन्यो उसैले आज मिलेराबाद नै आजको मार्क्शवाद हो भन्छ भने अब उ माओवादी रहेन ! जस्ले दिनभर माओवादी क्रान्तिको कुरा गर्छ त्यसैले रातभर प्रतिक्रियावादी ब्यबस्था अन्तर्गत कै सांसद, मन्त्रि र प्रधानमन्त्रीको सपना देख्छ भने त्यो पनि माओवादी होईन । जस्ले बोलीमा जनवाद ,समाजवाद र साम्यवाद स्थापनाको कुरा गर्छ तर ब्यबहारमा पुजिवाद्लाई मजबुत पार्ने काम गर्छ त्यो माओवादी होईन ! त्यस्तै जुन संगठनले व्यबहारमा वर्नस्ताईनवाद ,काउत्सकिवाद,खुर्स्चोभवाद र तेङ्गवाद लागु गर्छ तर दस्तावेजमा माओवाद लेख्छ त्यो संगठन माओवादी संगठन होईन ! जुन संगठन ब्रेझनेभ , गोर्वाचोभ र लिउ शाओ ची को बाटोमा हिड्छ तर त्यसले आफ्नो मार्गदर्शक सिद्दान्त माओवाद भन्छ त्यो माओवादी संगठन होईन ! जुन संगठन ब्यबहारमा संसदबादमा चुर्लुम्म डुबेको छ र उ कहिल्यै त्यहा बाट निक्लने सम्भावना छैन तर त्यसले भाषण ,प्रशिक्षणमा माओवादको कुरा गर्छ त्यो संगठन माओवादी होईन । एउटा माओवादीले आफु माओवादी भैरह्नको निम्ति एकपटक मात्र होईन पटक पटकको परिक्षामा आफुलाई पास गर्न सक्नु पर्दछ । महान जनयुद्धको क्रममा माओवादी परिक्षामा पास भएको मान्छे अहिलेको परिस्थितिमा पनि उ पास नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । बिगत ,बर्तमान र भबिस्य यी तिन वटै चिज आ-आफ्नो ठाउमा उत्तिकै महत्वपूर्ण छन ! आन्दोलनलाई बिगतमा कसले कति योगदान गर्यो ? त्यसलाई भुलेर व्यक्तिको मुल्यांकन गरियो भने त्याहा अन्याय हुन्छ ! भबिस्यको सम्भावनालाई उपेक्षा गरेर निस्कर्ष निकालियो भने त्यसले आन्दोलनलाई फाईदा होईन नोक्शानी पु-याउछ । तर मुख्यकुरा भनेको बर्तमान नै हो ! बर्तमानमा कस्ले कहा के गर्दैछ ? त्यसको आधारमा को के हो ? भन्ने कुरा ठिक ढंगले ठम्याउन सकिन्छ । भनिन्छ ‘एउटा माघले जाडो जादैन ‘ एउटा माओवादीले आफु माओवादी भैरह्नको निम्ति एकपटक मात्र होईन पटक पटकको परिक्षामा आफुलाई पास गर्न सक्नु पर्दछ ! महान जनयुद्धको क्रममा माओवादी परिक्षामा पास भएको मान्छे अहिलेको परिस्थितिमा पनि उ पास नै हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन ! अबस्य उ पास भए बर्तमानमा पनि माओवादी हुन्छ फेल भए माओवादी हुदैन । बिगतमा सो परिक्षामा फेल भएको मान्छे उ सधै फेल नै हुन्छ माओवादी बन्न कहिल्यै सक्दैन भन्ने पनि होईन बर्तमानमा पास भएर उ माओवादी बन्न सक्छ, उसलाई माओवादी बन्ने अधिकार छ । हिजो कुनै कारणबश माओवादी आन्दोलन भन्दा बाहिर रहेको मान्छे उ सधै माओवादी आन्दोलन बाट बाहिर नै रहन्छ भन्ने पनि होईन । हिजो भित्र रहेका आज बाहिर जान सक्छ बाहिरको भित्र आउन सक्छ ! हिजो जनयुद्धमा सहभागी नभएकाहरु माओवादी होईनन र उनीहरु कहिल्यै माओवादी हुन सक्दैनन् भन्ने मान्यता राख्नु गलत हो ! त्यस्तै हिजो जनयुद्धमा सहभागी भएकाहरु मात्र माओवादी हुन् र उनीहरु सधै माओवादी नै रहन्छ भन्ने शोच्नु पनि गलत हो ! हिजो माओवादी बिचारमा कन्भिस नभएको मान्छे आज सो बिचारमा कन्भिस भएर असल माओवादी बन्न सक्छ ,हिजो माओवादी बिचारमा सहमत मान्छे आज सो बिचारमा असहमत बनेर पलाएन हुनपनि सक्छ । माओवादी बन्नु भनेको विचारको कुरा हो , महान जनयुद्ध लड्नु भनेको बिचारका साथै प्राबिधिक र सांगठानिक कुरा पनि हो । जनयुद्ध लडेर या न लडेर जसले माओवादी दर्शन ,विचार ,सिद्दान्त र मुल्य मान्यतालाई आफ्नो जीवन दर्शन बनायो र बनाईरहेको छ त्यो माओवादी थियो र माओवादी हो । तर माओवादी बिचारलाई पथ प्रदर्शक सिद्दान्त मान्ने संगठन एक भन्दा बढी भएको अवस्थामा जुन संगठनले माओवादलाई मार्गदर्शक सिद्दान्त मान्दै जनयुद्धको सचेत पहल ग-यो त्यो संगठनको सदस्य जनयुद्धमा सहभागी भयो । जुन संगठनले माओबाद्लाई मार्गदर्शक सिद्दान्त त मान्यो तर जनयुद्धको सचेत पहल गरेन त्यो संगठनको सदस्य जनयुद्धमा सहभागी भएन फरक यत्ति हो । अन्त्यमा दोहो-याएर : दश बर्षे महान जनयुद्धको उच्च लोकप्रियताको दोहन गर्दै आफुलाई माओवादी दावी गर्ने राजनैतिक व्यापारीहरु नेपालमा कम छैनन् । महान जन युद्धमा जस्ले जुनस्तरको त्याग र बलिदान ग-यो उस्लाई त्यही स्तरमा सम्मान गरिनु पर्दछ यो निर्बिबाद सत्य हो । तर बिगतमा कसैले महान जनयुद्धमा गरेको त्याग र बलिदानकै आधारमा बर्तमानमा उसले जतिसुकै माओवादी मूल्य र मान्यता बिरोधि हर्कत गरेपनि , क्रान्ति प्रति जतिसुकै बिस्वासघात र गद्दारी गरे पनि फेरि उस्ले आफुलाई माओवादी नै हु भनि दावी गर्छ भने त्यो दावी निरर्थक हो उ माओवादी हुदै होईन । बरु उ हुनसक्छ पुर्व माओवादी ,खाओवादी , अवसरबादी ,पलायनबादी ,नव संशोधनबादी ,संसदबादी या नव प्रतिक्रियावादी ।
गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्छ ?
काठमाडौं, भदौ २४ । धेरै नवदम्पतीहरुलाई सधै सताइरहने एउटा प्रश्न हो गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ? यसले गर्भको शिशुलाई कुनै समस्या पर्छकी पर्दैन । त्यसले गर्भको शिशुलाई कुनै असर पुर्याउँछ ? गर्भावस्था भनेको एउटा विशेष अवस्था हो । यस्तो अवस्थामा यौनसम्पर्क गर्न नमिल्ने भन्ने हुँदैन। शाल पाठेघरको मुखमा रहेको अवस्था, रक्तश्राव हुने जटिलताहरू भएको अवस्था तथा जोखिममा रहेको गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्दैन । चिकित्सकका अनुसार यौन सम्पर्कले गर्भस्थ शिशुमा कुनै असर गर्दैन तर गर्भको अन्तिम समयमा अवधि नपुग्दै व्यथा सुरु हुन सक्छ । सामान्यतः गर्भको चौथो महिनादेखि सातौं महिनासम्म यौनसम्पर्क राख्दा खासै असर पर्दैन । यस्तो अवस्थामा यौनसम्पर्क राख्दा गर्भवती महिलाको इच्छा तथा आसनमा विशेष ध्यान पुर्याउनुपर्छ । तर पहिलेको जस्तै गरी महिला तल र पुरुष माथि भई यौनसम्पर्क गर्दा वा गर्भवती महिलाको पेट च्यापिने गरी यौनसम्पर्क गर्दा समस्या हन्छ । कतिपय महिलालाई गर्भवास्थामा बढी यौन इच्छा हुने हुन्छ । होसियारी पूर्व नियमित यौनसम्पर्क गर्दा महिलालाई प्रसुति सहज हुने पनि चिकित्सकहरु बताउँछन ।
‘जतिबेला पनि उत्तेजना, दैनिक हस्तमैथुन’- किन हुंछ यस्तो ?
– म १८ वर्षीय युवक हुँ। मेरो समस्या भनेको म जहिले पनि उत्तेजित अवस्थामा हुनु हो। मेरो मनमा खाली यौनसम्बन्धी कुरा मात्र आइरहन्छ। कुनै युवतीलाई देख्नासाथ उत्तेजित भैहाल्छु। त्यही भएर म सन्तुष्टिका लागि दैनिक हस्तमैथुन गर्छु। यसो गर्दा भविष्यमा कुनै असर त गर्दैन ? –३१६१४ किन जहिले पनि उत्तेजित ? हामी सबै यौनिक हुन्छौं। प्रकृतिले नै हामीलाई यौनेच्छा प्रदान गरेको हुन्छ र यो सबै स्वस्थ व्यक्तिमा हुन्छ। मानव जीवनका लागि भोक, निद्रा, प्यासजस्तै यौन पनि आवश्यक कुरा हो। मोटामोटी रूपमा हेर्दा यौनेच्छा अनि यौन उत्तेजनाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छ। एक त भ्लमयअचष्लभ कथकतझ (इन्डोक्राइन सिस्टम) अन्तर्गतका हार्मोन -रागरस) हरूले सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् जसमा टेस्टेस्टेरोनको विशेष भूमिका हुन्छ। त्यसैगरी अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले पनि महत्वपूर्ण भूमिका खेल्छ। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरूको विशेष भूमिका हुन्छ। हाम्रा पाँचै इन्दि्रय दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग यौन गहिरो रूपमा सम्बन्धित हुन्छ। स्पर्शः चर्म (छाला) नै बाह्य सम्पर्कमा आउने अङ्गको प्रमुख ज्ञानेन्दि्रय हो। अन्य कतिपय कार्यका लागि अहम् मूमिका खेल्ने जस्तै यौनकार्यमा पनि सायद यो सबैभन्दा महत्वपूर्ण छ। केही विशेष भागको छाला यौनको दृष्टिकोणले संवेदनशील हुन्छन्। गहिरिएर विचार गर्ने हो भने यौनसम्पर्क एक विशेष स्पर्श नै हो। दृष्टि : यौनका सन्दर्भमा स्पर्शपछि सायद सबैभन्दा ठूलो स्थान यसैको छ। पुरुष महिलाको तुलनामा बढी दृष्टिबाट यौन उत्तेजित हुन्छन् भन्ने कुरामा विश्वास गरिने भए पनि हाल आएर गरिएका अध्ययनहरूमा कुरा केही फरक देखिएको छ। त्यसैगरी व्यक्तिको यौन जीवनमा गन्ध -सुगन्ध वा व्यक्तिको शरीरको गन्ध), स्वाद अनि ध्वनिले पनि निकै महत्वपूर्ण भूमिका खेल्छ। तपाईंको हकमा यहि दृष्टि अर्थात् हेराइबाट सन्देश मस्तिष्कमा पुगेपछि उत्तेजित हुनुले नै पिरोलेको देखिन्छ। एक किसिमले भन्ने भन्ने हो भने यो स्वाभाविक हो, तर मुख्य कुरा भनेको यसरी आउने यौनभावना वा उत्तेजनालाई कसरी व्यवस्थापन गर्ने भन्ने हो। यौन उत्तेजनाको व्यवस्थापन हामी सबै यौनिक हुने र हामीलाई अनेक कुरा यौन उत्तेजक लाग्छन् र कतिपय परिस्थितिमा हामीमा मनभित्रको मात्र यौन उत्तेजना नभै बाहृय रूपमा लिङ्गको उत्तेजनाका रूपमा पनि देखापर्छ। विशेष गरेर यौन उत्तेजना तीव्र हुने किशोरावस्थामा यस्तो समस्याले पिरोल्छ। उमेर बढ्दै गएपछि यौनेच्छाको तीव्रतामा पनि केही कमी आउँछ भने अर्कातिर सामाजिक मूल्य-मान्यताअनुरूप के-कस्तो व्यवहार खुला रूपमा प्रदर्शित गर्न मिल्छ र के मिल्दैन भन्ने कुरा पनि व्यक्तिले सिक्दै जान्छ। कुनै पनि समाजमा यो सिक्नु आवश्यक मानिन्छ। अर्को भाषामा भन्दा हामी यसलाई यौन भावनाको व्यवस्थापन भन्छौं। सामाजिक मूल्य-मान्यताको परिधिभित्र रहेर यौनसम्पर्क राख्ने अनि यौनेच्छा परिपूर्ति गर्ने व्यवस्था समाजले मिलाएको हुन्छ। विवाह यस्तै एउटा व्यवस्था हो। विवाह नभएसम्म यसलाई व्यवस्थापन गर्नु आवश्यक हुन्छ। समष्टिमा यौनभावनाको व्यवस्थापन अपरिहार्य हुन्छ नै र यसलाई कसरी अघि बढाउने भन्ने कुरा आफैंमा भर पर्छ। सम्प्रदाय वा समुदायअनुरूप विभिन्न सामाजिक नियम बनाइएका हुन्छन्। यौन क्रियाकलापको मामिलामा पनि यही कुरा लागू हुन्छ। यौन क्रियाकलाप गर्न केही निश्चित स्थितिबाहेक अनुमति दिइएको देखिँदैन। विवाहभित्रको यौनसम्पर्कलाई प्रायः सबैजसो समुदाय वा धार्मिक सम्प्रदायले मान्यता दिएको देखिन्छ। यौन क्रियाकलापमा बन्देज वा खुलापन यौनसम्पर्कमा मात्र सीमित नभै अन्य यौन क्रियाकलापमा पनि बनाइएको पाइन्छ। हस्तमैथुन यसको उदाहरण हो। भविष्यमा कस्तो असर पर्ला ? अहिले विवाह गर्ने उमेर निकै पछिल्तिर धकेलिएको छ र आफ्नो यौनेच्छा शान्त पार्न हस्तमैथुनको सहारा लिनु स्वाभाविक कुरा नै हो। वैज्ञानिक रूपमा नै यो एक स्वाभाविक प्रक्रिया हो, सामान्य तथा यौन स्वास्थ्य मा यसको कुनै असर पर्दैन भन्ने कुरा प्रमाणित भै नै सकेको छ। यसको आफ्नै नकारात्मक असर नहुँदा-नहुँदै पनि समाज यसप्रतिको गलत धारणाले निकै समस्या निम्त्याएका छन्। यसप्रति कडा प्रतिबन्ध लागेको र गलत तरिकाले यसका नकारात्मक असरहरूका बारेमा चर्चा गरिँदा कुनै पनि व्यक्तिको मानसिकतामा असर पर्न सक्छ। तपाईं कस्तो यौन वातावरणमा हुर्किनुभयो लेख्नुभएको छैन। यदि तपाईं यौन संकृचित वातावरणमा हुर्किनुभएको हो र यस विषयमा समाजमा विद्यमान नकारात्मक धारणा र कडा रूपमा वर्जित गरिएको स्थितिमा हुर्किनुभएको हो र त्यसका बाबजुद मनमा एक प्रकारको द्वन्द्व भएको स्थितिमा पनि हस्तमैथुन गर्ने गर्नुभएको हो भने तपाईं एक किसिमले दोषीपनको सिकार हुन पुग्नुहुनेछ। तपाईंले शरीरले प्राकृतिक रूपमै मागेको भए पनि मनभित्र द्वन्द्वको स्थितिमा त्यसलाई निरन्तरता दिँदा स्वाभाविक रूपमा विभिन्न किसिमका मानसिक असर पर्न सक्छन्। कुरा जे भए पनि हस्तमैथुनलाई नै तपाईंको समस्याको सारा दोष थोपर्नु आवश्यक छैन। सामान्य परिस्थितिमा यसले यौन तनावलाई शान्त पार्न मद्दत नै गरेर सहयोग गर्छ। हस्तमैथुन गर्दा धनको अनावश्यक खर्च नहुने त छँदैछ, एचआईभी वा यौनरोग लाग्ने जोखिम पनि छैन। हस्तमैथुन गरेका कारण पछि महिलासँग यौनसम्पर्क राख्न वा त्यसबाट यौन सुख प्राप्त गर्न कुनै असजिलो पर्दैन। हस्तमैथुन गरेका कारण नपुंसकता हुने वा सन्तान जन्माउने कुरामा पनि असर पर्दैन। त्यसो हुँदो हो त सबैजसो पुरुष नै नपुंसक वा निःसन्तान हुन्थे होलान्, किनभने सबैजसोले जीवनमा कुनै कुनै बेला हस्तमैथुन गरेकै हुन्छन्। त्यसैले अनावश्यक रूपमा चिन्ता नलिनु नै उपयुक्त हुन्छ।
घट्यो हवाई भाडा, कहाँ जान कति लाग्छ ?
काठमाडौं, असार २० । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको छ । आन्तिरकतर्फको हवाई इन्धनको मूल्य लिटरको ४ रूपैयाँ घटेसँगै देशका विभिन्न भागमा जाने हवाई भाडामा कमी आएको छ। नयाँ भाडा दर बुधबार देखि कार्यान्वनयमा आउने भएको सिम्रिक एयरका मार्केटिङ म्यानेजर प्रज्वल थापाले जानकारी दिए । हवाई भाडामा लामो दुरीमा २ सय रुपैयाँ सम्म घटेको छ । विराटनगर जाने यात्रुले यसअघि ७ हजार २ सय तिर्नुपर्दथ्यो । तर अब भने ७ हजार १ सय ४ रुपैयाँ मात्रै तिरे हुने भएको छ । भद्रपुरमा ८ हजार ७ सय रुपैयाँ तिर्दै आएका यात्रुले अब ८ हजार ५ सय ७६ रुपैयाँ तिरे पुग्ने भएको छ । त्यसैगरी माउन्टेन फ्लाइटमा यसअघि ११हजार तिर्दै आएकोमा अब १० हजार ८ सय ६२ मात्रै तिरे हुने भएको छ ।
नमोबुद्ध नगरको विकासबारेमा छलफल
बनेपा, असार ११ । काभ्रेपलाञ्चोकमा निर्वाचित जनप्रतिनिधिले नगरपालिकालाई कसरी समृद्ध बनाउने भन्ने विषयमा राय सङ्कलन गरेका छन् । धुलिखेलमा शनिबार नमोबुद्ध नगरपालिकाले विज्ञ संवाद तथा अन्तक्र्रिया गर्दै चुनौतीको सामना गर्न सम्भावनाको खोजी गरेको छ । नयाँ नगरपालिकाका रुपमा रहेको नमोबुद्ध नगरपालिका स्रोत र साधनको हिसाबले पनि कमजोर मानिन्छ । नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्माले अवधारणा प्रस्तुत गर्दै थुप्रै चुनौतीका बीच केही सम्भावना पनि भएको उल्लेख गर्दै त्यसका लागि सबैको सहकार्य आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो – “खानेपानीको चरम सङ्कट रहेको नमोबुद्धको कानपुरमा दूध बेचेर खानेपानीको आवश्यकता पूरा गर्नुपर्ने बाध्यता छ ।” बसपार्क, ल्यान्डफिल साइडको अभाव, भौतिक पूर्वाधारको अभाव, पुरानो दाप्चा बजारको पुनरुत्थान नमोबुद्ध नगरपालिकाका समस्या भएको नगरप्रमुख शर्माले बताउनुभयो । पूर्व महान्यायाधिवक्ता डा युवराज सङ्ग्रौलाले सार्वभौम अधिकार प्रयोग गर्ने थलो स्थानीय तह भएको उल्लेख गर्दै स्थानीय तह संवैधानिक निकाय भएको जिकिर गर्नुभयो । उहाँले नगरलाई समृद्ध गराउन त्यहाँका नागरिकलाई सिटी कार्ड वितरण गर्न आग्रह गर्दै कार्डमार्फत नागरिकको विस्तृत विवरण राख्न सकिने बताउनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव गोपीनाथ मैनालीले विकासका लागि मानव संशाधन र प्राकृतिक स्रोत अपरिहार्य भएको उल्लेख गर्दै तेमालको फूलपातीदेखि पदमसम्म धार्मिक सर्किट निर्माण गर्न सुझाव दिनुभयो । उद्योग मन्त्रालयका सहसचिव गोपीकृष्ण खनालले खानेपानीको समस्या समाधान गर्न वर्षाको पानी सङ्कलन प्रभावकारी हुने उल्लेख गर्दै पुरानो दाप्चा बजार ऐतिहासिक सांस्कृतिक पर्यटकीय गन्तव्य हुन सक्ने बताउनुभयो ।
कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम- नरेन्द्र न्यौपाने, मेयरका उम्मेदवार
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष हुन नरेन्द्र न्यौपाने । विद्यार्थी राजनीतिको उचाईंमा पुगेका न्यौपाने स्थानीय तहको दोश्रो निर्वाचनमा भने कोहलपुर नगरपालिकाको मेयरका उम्मेदवार बनेका छन् । मध्यपश्चिमको कोहलपुर व्यापारिक दृष्टिले तीब्र गतिमा विकास भइरहेको नयाँ क्षेत्र हो । के छन् न्यौपानेका योजना र किन मेयर बन्न चाहे उनी ? यिनै विषयमा रहेर एभरेष्टदैनिकडटकमले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । विद्यार्थी राजनीतिको उचाईंमा पुगेको व्यक्ति मेयरको उम्मेदवार बन्ने सोच कसरी आयो ? सिंहदरबारको अधिकार गाउँमा पुग्ने ऐतिहासिक प्रक्रियामा मेरो योगदानले नगरको समृद्धिमा केही बल पुग्न सक्छ भन्ने सोचेर पार्टीको सुझावमा मैले उम्मेद्वारी दिने मनस्थिति बनाएको हो । आफ्नो नगर क्षेत्रको विकासका लागि नयाँ सोच, उर्जा र भिजन आवश्यक थियो । हामी युवा, देश समाजको अध्ययन गरेका र जनताको संघर्षमा लामो समय बिताएका व्यक्तिहरुले नै स्थानीय सत्तालाई हाँकेमा यसले नयाँ ढंगको नेपाल बन्न सक्छ भन्ने मान्यता बोकेर चुनावमा होमिए । कस्तो चलिरहेको छ चुनावी अभियान ? राम्रो छ । घरदैलो अभियान, कोणसभा, भेटघाट, प्रचार प्रसारका अन्य साधनहरु जोडतोडले चलेका छन् । जनतामाझ जाँदा उनीहरुको व्यवहार कस्तो पाउनुहुन्छ ? अहिलेसम्म सबैबाट माया पाइएको छ । पुरानै सोंच भन्दा नयाँ उर्जाशील युवा चुनावमा उठेको भन्ने चर्चा चौतर्फी छ । युवाहरुमाझ त बेग्लै उत्साह हुने नै भयो । पढेलेखेको, बुझेको युवा भएकोले नगरलाई साँच्चिकै रुपान्तरण गर्न सक्छ भन्ने विश्वास जनतामा रहेको पाए । बिरोधीहरु समेतले पनि राजनीतिक रुपमा माओवादीको विचारको आलोचना गरेपनि व्यक्तिगत रुपमा मेराविरुद्ध केही भन्न सक्ने अवस्था देखिएन । समग्रमा राम्रो छ । माओवादी पक्षधर र हिजो द्वन्द्वको प्रभावमा परेकाहरुको बाहुल्यता भएको क्षेत्र भएकोले कत्तिको असर परेको छ ? अन्य राजनीतिक दलका मित्रहरुले राजनीतिक एजेण्डा नपाएर माओवादीले हिजो युद्दकालमा लखेटेको, मान्छे मारेको जस्ता कुराहरु उठाएको पनि पाइयो । यो गैर राजनीतिक चरित्र हो वहाँहरुको । यही युद्दका कारण अहिले गणतन्त्रमा पुगेको, यत्तिका उपलब्धि हासिल भएको, सिंहदरबार गाउँमा पुगेको बिर्सिनु हुन्छ । वहाँहरु यत्रो वर्ष सत्ता बस्दा के गर्नु भयो भन्ने जवाफ वहाँहरु सँग छैन । युद्द के का लागि थियो ? त्यसक्रममा भएका गल्ती र कमजोरीमा आत्मालोचना गर्दै उपलब्धिको स्वामित्व माओवादीले लिएको कुरा वहाँहरुलाई पचेको छैन । अर्कोतर्फ यो सबै बुझने् ठूलो जनसमुदाय पनि छ । ६ नं. प्रदेशबाट समेत ठूलो संख्यामा कोहलपुर नगरपालिकामा बसाई सरेर आएका जनता छन् । उनीहरुले माया गर्छन् । नयाँ पुस्ता, बुद्धिजीवि, शिक्षक, व्यापारीले पनि हिजो युद्दकालमा जे भएपनि अहिले माओवादी नभई देश अग्रगमनतर्फ बढ्न सक्दैन भन्ने ठानेका छन् । संविधान निर्माणदेखि यहाँसम्म माओवादी नेतृत्वले नै ल्याइपुर्याएको बुझेका छन् । भनेपछि जित्नेमा ढुक्क हुनुहुन्छ ? ढुक्क नै भनौं । जनताले साँच्चिकै युवा खोजेका छन् । नयाँ सोच भएको उर्जावान मानिस खोजेका छन् । राजनीतिकरुपमा पार्टीले समग्र विकास गर्न खोजेको अवस्था र त्यही पार्टीको उर्जाशील उम्मेदवार म भएकोले जनताले जिताउँछन् । के छन् तपाईका चुनावी एजेण्डा ? मैले कोरा एजेण्डा, भत्ता राशन बाँड्ने सस्ता कार्यक्रम अघि सारेको छैन । अहिलेको समय भनेको समृद्धिको हो । पसीना चुहाएर पनि छाक टार्न नसक्ने अवस्थाको अन्त्य गर्ने हो । स्वदेशमा नै रोजगारीको विकास गर्ने हो । आफ्नो आफ्नो क्षेत्रमा आफैले आर्थिक उपार्जनका साधन विकास गरेर नगरकै राजस्व वृद्धि गर्ने अवस्था हो । त्यसैले दीर्घकाल र अल्पकालमा मैले नगरको विकासका लागि योजना बनाएको छु । त्यही अनुरुप अघि बढिन्छ । के हुन ती कार्यक्रमहरु ? अल्पकालमा मैले जनताको जनजीविकासँग जोडिएका कामहरुलाई प्राथमिकता दिने योजना बनाएको छु । नगरलाई व्यवस्थित बनाएर सफासुग्घर राख्ने, सामाजिक सुरक्षा, हिंसाविरुद्द अभियान, गरीब, दलित, सुकुम्बासीहरुलाई तत्काल सार्वजनिक सेवामा सहज पहुँचका लागि कार्यक्रम ल्याउने, नगरको दीर्घकालिन गुरुयोजना तयार गर्ने काम मैले गर्छु । दीर्घकालमा ५ वर्षको कार्ययोजना बनाएर मैले केही उल्लेख्य काम गर्न खोजेको छु । यसमा कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने छ । गुडुवा खोलालाई पर्यटन खोलका रुपमा विकास गरी डुंगा चल्ने बनाइने छ । नगर क्षेत्रमा व्यवस्थित बजार र बसोबास मिलाइने छ । कोहलपुर नगरपालिकाभित्र पर्ने दुबै राजगमार्गलाई चार लेनको बनाउने योजना छ । यसबाहेक भौतिक पूर्वाधारका अन्य कामहरु सबैसँग सल्लाह गरेर अघि बढाइने छ । औद्यौगिक क्षेत्र स्थापनाका लागि गुरुयोजना तयार गरिने छ । दीर्घकालमा ५ वर्षको कार्ययोजना बनाएर मैले केही उल्लेख्य काम गर्न खोजेको छु । यसमा कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बन्ने छ । गुडुवा खोलालाई पर्यटन खोलका रुपमा विकास गरी डुंगा चल्ने बनाइने छ । यसबाहेक शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न विशेष प्याकेज कार्यक्रम घोषणा हुने छन् । प्राविधिक शिक्षा डाक्टर इन्जिनियर पढ्न केही निश्चित विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिइने छ । उनीहरु पढाइ सकेर यहीँ आएर सेवा गर्ने छन् । नगर क्षेत्रका सबै स्कूलहरुको एउटै क्यालेण्डर, पुस्तक, यूनिफर्म हुने छ । सबैले गुणस्तरीय शिक्षा लिन पाउन भनेर अन्य आवश्यक कदमहरु चालिने छ । आम जनतालाई उपचारमा सहज पहुँचका लागि विशेष व्यवस्थ गरिने छ । नगर स्वास्थ्य कोषको स्थापना हुने छ । नीजि अस्पतालहरुलाई समेत गरीबमुखी बनाउन पहल गरिने छ । उद्योगका क्षेत्रमा औद्यौगिक क्षेत्रको स्थापना गरी कम्तीमा एक घर एक रोजगारको नारा सार्थक पार्ने योजना छ । सक्नुहुन्छ त यी काम गर्न ? सबैभन्दा ठूलो कुरा योजना र भिजनको हो । व्यवस्थित ढंगले नयाँ किसिमले काम गर्ने सपना बोके गर्न सकिन्छ । काम गर्ने सपना बोके आर्थिक पक्षले पनि बाधा पुर्याउँदैन । मैले गर्न नसकिने केही प्रतिबद्धता गरेको छैन । कोहलपुर निकै सम्भावना भएको क्षेत्र हो । त्यसैले हामी सबै जनताले आँट गर्यौं भने यसलाई एउटा मुख्य व्यापारिक हब बनाउन सक्छौं । अर्को कुरा, म एक्लैले यो गर्ने होइन, सोच र भिजन मेरो हुन्छ । तर विपक्षी दलदेखि सबै स्थानीय जनता, समाजसेवी, व्यापारी, बुद्धिजीविसँग निरन्तर सल्लाह गरेर म अघि बढ्छु ।
कस्तो छ पत्रकार बनेकी सोनाक्षि सिन्हाको चलचित्र ‘नुर’ ?
अरुले हेर्दा पत्रकारको छवि बेग्लै देखिन्छ । निर्धक्कसँग लेख्न सक्ने, बोल्न सक्ने व्यक्तित्व । तर पत्रकारको आफ्नो जिन्दगी नि ? यसका बारेमा भने कमैले सोच्छन् । अझ पत्रकारले काम गर्ने मिडिया हाउसमा उसको अवस्थाबारे त्यहाँ काम गर्ने पत्रकारलाई मात्रै थाहा हुन्छ । यस्तै पत्रकार बनेकी छिन् चर्चित नायिका सोनाक्षी सिन्हा । सबा इम्तियाजको उपन्यास कराची, यु आर किलिङ मीमा आधारित चलचित्रकी ‘नुर’की नायिका हुन सोनाक्षी सिन्हा । सोनाक्षीले आफ्नो फिल्मी क्यारिअरमा धेरै थरिका भूमिका निर्वाह गरेकी छिन् । फोर्स २ को सशक्त एक्सनदेखि दबङ्गमा देखिएकी सोझी केटीसम्म । नूर चलचित्रमा भने उनी पत्रकार बनेकी छिन् । त्यसो त यो चलचित्रलाई पेज–३ चलचित्रको संस्करणका रुपमा पनि लिइएको छ । तर यो त्यतिमा मात्रै भने सीमित छैन । चलचित्रमा सोनाक्षीको मानसिक संघर्ष देख्न सकिन्छ । खोजी पत्रकार बन्न चाहन्छन् उनी । तर खोजी रिपोर्टहरुले चल्दैनन् आजभोलीका मिडिया । त्यसैले मिडिया कम्पनीको मालिक भनौं या उनको बोसले उनलाई सनी लियोनीको अन्तर्वाता लिन पठाउँछ । अर्कोतर्फ उनको केटा साथी पनि छैन । चलचित्रको कथाबस्तु राम्रो हुँदा हुँदै पनि स्क्रिप्ट त्यति जम्न सकेको छैन । जसको असर सोनाक्षीको अभिनयमा समेत परेको देखिन्छ । चलचित्रलाई रोचक बनाउन निकै कोशिस गर्न खोजिएको छ । कतिपय तथ्यहरु वास्तविकता भन्दा टाढा लाग्छन् । पत्रकारको जीवनमा त्यति जम्न सकेकी छैनन् सोनाक्षी । मानव अंगको बेचबिखन गर्ने समूहको बारेमा सोनाक्षीलाई जानकारी पाएपछि उनले यसमा खोजी रिपोर्ट बनाउन चाहन्छिन् तर उनको बोसले यसलाई त्यति ठूलो समाचार मान्दैन । अर्कोतर्फ नूरले केही गर्न खोज्दा उनकै साथीले यो कुरा बाहिर लिक गरिदिन्छन् । नूर झन निराश बन्छिन् । हताश नूरलाई उसको साथीले लण्डन लगेर जान्छ । तर चलचित्रको यो घुमाउरोपना वास्तविक लाग्दैन । यसले चलचित्र अनावश्यक लामो बनाइएको लाग्छ । लण्डनबाट फर्किएपछि नूर त्यही पुरानो मुद्दामा स्टोरी गर्छिन् । खोजि पत्रकारितामा श्रोत, सूत्र, तथ्य र सूचनाहरु बटुल्न निकै जोखिम र जटिल काम हो । यो एउटा सूत्रमा अघि बढ्ने गर्दछ । तर चलचित्रमा यो पक्षलाई अलि कमजोर पाराले प्रस्तुत गरिएको छ । स्क्रिप्टमा देखिएको कमजोरीका कारण उनले रिपोर्ट बनाइसकेपछि पनि त्यसले त्यति ठूलो चर्चा पाउँदैन । प्राविधिक दृष्टिले चलचित्र राम्रो छ । आर्ट डाइरेक्सन उत्तम छ । सोनाक्षी सिन्हाले मेहनत गरेको देखिन्छ । तर स्क्रिप्ट नै कमजोर भएपछि सोनाक्षीलाई जुन गम्भीरतामा देख्न सकिन्थ्यो त्यो देख्न सकिएको छैन । तैपनि चलचित्र हेर्न लायक छ । चलचित्रमा मुम्बईलाई नयाँ ढंगले छायांकन गरिएको छ । ब्याकग्राउण्ड संगीत पनि राम्रो छ ।
एमाले अध्यक्ष ओलीलाई भारतीय नवनियुक्त राजदूतले भेटे
काठमाडौं, चैत १४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतीय नवनियुक्त राजदूत मञ्जिव सिंह पुरीले भेट गरेका छन् । शनिबारदेखि राजदूत पदभार ग्रहण गर्न नेपाल आएका राजदूतले सोमबार विहान एमाले अध्यक्ष ओलीसँग सिंहदरबारमा विशेष भेटवार्ता गरेका हुन् । राजदूत पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए। ओहोदाको प्रमाणपत्र बुझाएसँगै उनले राजनीतिक भेटघाट सुरु गरेका हुन्।
अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता हुने
काठमाडौँ, चैत ९ । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ । विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने भएको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी गराउनुभयो । सर्वसाधारणले अनलाइनमा रहेको फाराम भरेर सम्बन्धित नगरपालिकामा पठाएपछि प्रमाणपत्र मात्र लिन जानुपर्ने छ । उहाँले पहिलो चरणमा सबै नगरपालिकामा गरिसकेपछि दोस्रो चरणमा सबै गाउँपालिकामा विस्तार गरिने बताउनुभयो । “देशभरि नै सबै नगरपालिका र गाउँपालिकामा एकैसाथ अनलाइनमार्फत सेवा सुरु गर्ने योजनामा थियाँै”, उहाँले भन्नुभयो, “सबै गाउँपालिका इन्टरनेटको पहुँच नपुगेकाले पहिलो चरणमा नगरपालिकामा सेवा सुरु गर्न थालेका हाँै ।” यसैगरी विभागले पहिले दर्ता भएका व्यक्तिगत घटना तथा दुर्घटना पनि अनलाइनमा राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।
सेक्स ट्वाईले हजारौंको जासुसी गरेको आरोप, मुद्दा दर्ता
ओटावा, एजेन्सी । हजारौं जोडीहरुको यौन क्रियाकलापको जासुसी गरेको आरोपमा सेक्स ट्वाई कम्पनीविरुद्ध मुद्दा दर्ता भएको छ । क्यानाडाको ओटावामा रहेको स्टयाण्डर्ड इन्नोभेसन नाम गरेको यो कम्पनीमाथि मुद्दा चलेपछि उपभोक्ताहरुलाई क्षतिपूर्तिवापत ४० लाख क्यानेडियन डलर तिर्न कम्पनी सहमत भएको छ । तर अन्य सेक्स ट्वाई कम्पनीहरुले भने अहिले पनि जासुसी गरिरहेको हुनसक्ने भन्दै उपभोक्ताहरुले सबैलाई छानबीनभित्र ल्याउन माग गरेका छन् । कसरी गर्यो सेक्स ट्वाईले जासुसी ? स्ट्याण्डर्ड इन्नोभेसन कम्पनीले उत्पादन गरेको भी भाइब भाइभ्रेटरसँग जोडिएको एउटा एपका माध्यमबाट जासुसी गरिएको बताइन्छ । यो एपको माध्यमबाट कम्पनीले मानिसहरुको सेक्ससँग जोडिएका बानीहरुसँग सम्बन्धित डाटा प्राप्त गर्ने गर्दथ्यो । सेप्टेम्बर २०१६ मा ग्राहकहरुले व्यक्तिगत गोपनियता अधिकारको उल्लंघन गरेको आरोपमा मुद्दा दर्ता गरेका थिए । यसै हप्ता कम्पनीले गत वर्ष २६ सेप्टेम्बर अघि सेक्स ट्वाई किन्ने ग्राहकलाई क्षतिपूर्ति दिन सहमति जनाएको छ । भी कनेक्ट एपले उपभोक्ताहरुलाई मोबाईल फोनको माध्यमबाट भाइब्रेटरको तीब्रता नियन्त्रित गर्न सघाउँछ । ब्लूटुथबाट अर्को उपभोक्ताले पनि आफ्नो सेक्स ट्वाईलाई एक्टिभेट गर्न सक्छ ।