अध्यक्ष प्रचण्डद्वारा ‘साझा प्रकाशन बचाउने’ प्रतिबद्धता
काठमाडौं, फागुन २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले साझा प्रकाशनका समस्या हल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
साझा प्रकाशनमा आयोजित माओवादी केन्द्रका नेता तथा लेखक दिनानाथ शर्माद्वारा लिखित ‘बाह्रखरिको बोटमुनि’ निबन्ध संग्रहको विमोचन कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष प्रचण्डले साझा प्रकाशनले झेल्नुपरेका समस्या हल गर्न सरकार र पार्टीका तर्फबाट आवश्यक पहल गर्ने बताउनुभएको हो ।
साझा बचाउने कुरा नेपाली भाषा साहित्यको रक्षा, नेपाल राष्ट्रको एकता, नेपाली मनोविज्ञान र भावनाको कदरसँग सम्बन्धित छ भन्ने बुझाई रहेको बताउनुहुँदै अध्यक्ष प्रचण्डले विगतका दिनमा साझालाई जोगाउन सहयोग गरेको समेत स्मरण गर्नुभयो ।
‘मेरो यही बुझाईका कारण यो अभियानमा लाग्नुहुने सबैप्रति श्रद्धा र ऐक्यबद्धता रहँदै आएको छ,’ अध्यक्षले भन्नुभयो, ‘विगतमा राजनीतिज्ञ र प्रधानमन्त्रीको हैसियतले सहयोग गरेकै है, तर त्यो पर्याप्त भएको छैन ।’
आफ्नो इच्छा हुँदाहुँदै पनि साहित्यमा सक्रिय हुन नपाएको भन्नुहुँदै अध्यक्ष प्रचण्डले आफू प्राकृतिकरुपले नै अलि बढी संवेदनशील रहेको बताउनुभयो । ‘म कविता पढ्दा पनि बोलेर पढ्न सक्दिनँ, भावुक भइहाल्छु । उपन्यास र निबन्ध पढ्दा पनि भावुक हुन्छ,’ अध्यक्षले भन्नुभयो, ‘राजनीति र घटनाक्रमको चपेटामा मैले चाहेजस्तो समय दिन र ध्यान दिन सकेको छैन । अहिले म जे चाहन्थे, दीनानाथ जीले त्यो अभिव्यक्त गर्नुभएको छ ।’
‘सबै जनता र संघसंस्थाको आशा र आंकांक्षा छ, पारदर्शी, गुणात्मक, परिवर्तन संस्थागत हुने गरी र परिणाममुखी काम होस्,’ उहाँले भन्नुभयो, ‘साझाको रक्षा गर्न र नयाँ उपस्थिति अनुसार अगाडि बढाउन नयाँ सरकार दृढ हुन्छ भन्ने विश्वास छ । साझाका समस्या समाधान गर्न सरकारले गम्भीर रुपले पहल गर्नेछ ।’
नेपाल राष्ट्रलाई एकतावद्ध गर्ने तथा समृद्धि र सुशासनको जनताको आकांक्षा पूरा गर्न पार्टी एकता प्रक्रिया चलिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार पार्टी एकता सबैको चाहनाको अभिव्यक्ति हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र आफूप्रति लक्षित गर्दै प्रचण्डले एक जना १४ वर्ष जेल बसेर, एक जना १४ वर्ष वनवास बसेर अनेक उतारचढाव भोगेर अब एक हुने ठाउँमा पुगेका बताउनुभयो ।
‘राष्ट्र बलियो बनोस् भन्ने जनताको चेतना र चाहना हुँदैनथ्यो भने यो सम्भव थिएन,’ उहाँले भन्नुभयो, ‘अन्ततः इतिहासको निर्माता जनता नै हुन् भन्ने प्रमाणित भएको छ । अब समय फेरिएको छ, श्रमद्वारा सिर्जना गर्ने जनता नै इतिहासका निर्माता हुन् ।’
साझा प्रकाशनको कार्यालय पुल्चोकमा कार्यक्रम भएको हो । औपचारिक कार्यक्रम सुरु हुनुअघि अध्यक्ष प्रचण्डले प्रकाशनको नवनिर्मित भवन र छापाखानाको अवलोकन गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार लगायतको उपस्थिति रहेको थियो ।
जनता बैंकको शेयर कसरी खरिद गर्न सकिन्छ त ?
काठमाडौं, कार्तिक १२ । जनता बैंक नेपाल लिमिटेडले ८५ हजार एक कित्ता साधारण सेयर लिलामीमा राख्ने भएको छ । बैंकले प्रचलित कानुनविपरीत गुरुप्रसाद न्यौपानेले किनेको शेयर जफत गरी लिलामीमार्फत बिक्री गर्न लागेको हो । सर्वसाधारणले खरिद गर्न पाउने उक्त शेयरमा यही कार्तिक १५ गतेदेखि २१ गतेसम्म आवेदन दिन पाइनेछ । यसका लागि बैंकले काठमाण्डौं क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकको लिलामी सेयरमा आवेदन गर्न चाहनेले काठमाण्डौं प्लाजामा रहेको काठमाडौ क्यापिटलको कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ । बैंकिङखबरबाट साधार
गजलः तिम्रो यादमा भएपनि बाँचेको छु
केशव धौंलाकोटी जसो तसो यो जिन्दगी काट्दैछु तिम्रो यादमा भएपनि बाँचेको छु लाग्दैन कोही पनि आफ्नो आज जिन्दगीमा एक्लै यात्राहरू गर्ने छु चाहिँदैन तिम्रो झुठो माया मलाई स्वार्थी दुनियाँमा यक्लै बाच्नेछु निष्ठुरी तिम्रो याद धेरै आएको छ तिमीसित बिताएको पलहरू सम्झेको छु झुठो रहेछ तिमीले खाएको वाचा–कसम त्यही दिनको यादमा टोलाउँदै बसेको छु फेसबुकबाट साभार
बिराटनगरको काँचुली फेर्ने सपना साँचेकी नमिता
जीवनको सैँतीसौं वसन्तमा पाइला चाल्दै गरेकी उनको समाज रुपान्तरणको यात्रा उत्कर्षमा छ । जीवनका उकाली ओरालीहरुमा साम्यवादको अनन्त सपना देख्न छोडिनन् उनले । बाल मनोविज्ञानमा कम्युनिष्ट पार्टीप्रति परेको गहन प्रभाव उनको जीवनको आदर्श नै रह्यो । परिस्थिति फेरियो, जीवनमा उन्नति र अवनतिका श्रृङ्खला चलि नै रहे, मोर्चा र जिम्मेवारी फेरियो । तर, स्वतन्त्रताको दुनियाँ चुम्ने उनको आस्था र आकाङ्क्षा फेरिएन । तिनै साम्यवादी आदर्शकी अभियान्ता नमिता न्यौपाने (पोखरेल) अहिले माओवादी केन्द्रको तर्फबाट बिराटनगर महानगरमा उपमेयरको दौडमा छिन् । मनहरि तिमिल्सिना नेपाली किसान परिवारको जीवनभन्दा पृथक थिएन उनको बाल्यकाल । २०३७ असार २ गते पिता कर्णाखर र माता देवकुमारीको कोखबाट कान्छी सुपुत्रीका रुपमा जन्मिएकी नमिताको बाल्यकाल सङ्घर्षमै बित्यो । ६ दाजुभाइ र ३ दिदीबहिनी, जीवन धान्ने चुनौति नै प्रमूख थियो न्यौपाने परिवारको । तर, चुनौतिले उनलाई गलाएन । बरु, एकलब्य भएर सार्थक जिन्दगीको खोजी गर्न सिकायो । नमिता भन्छिन्, ‘बुवा किसान, आर्थिक अवस्था असाध्यै कमजोर, अनि ठूलो परिवार । म केराबारीको मछिन्द्रा उमाविमा पढ्थे, ६ कक्षामा शूल्क तिर्न नसकेर परीक्षा रोकिएको घटना अहिले पनि स्मरण हुन्छ ।’ यो सानो उदाहरण मात्रै हो, जसले नमिताको बाल जीवनका दर्दहरुको दृष्टान्त बोल्छ । एमालेले ‘साम्यवादको प्राण’ त्यागिसकेको निष्कर्षमा पुगिन् उनी । अनि, २०६३ साल अर्थात् परिवर्तनको वर्ष उनी मानव मुक्तिको सपनासहित माओवादी आन्दोलनको अभियान्ता बनिन् । गरीबीले उनको प्रतिभालाई रोकेन, गाउँकै मछिन्द्रा उमाविबाट एसएलसी र १०+२ गरिन् । नमिताका बुवा कम्युनिष्ट आन्दोलनका कार्यकर्ता थिए । कम्युनिष्टहरु न्याय र समानताका पक्षपाती भएको छाप उनीमा सानैदेखि पर्यो । कम्युनिष्ट आन्दोलनले उनलाई चुम्बकझैं तान्यो, अनि अखिलमा संगठित भइन् । महेन्द्र बहुमूखी क्याम्पस धरानबाट स्नातक गरेकी उनले बिराटनगरकै डिग्री कलेजबाट स्नातकोत्तर र कानूनमा एलएलबी समेत गरेकी छिन् । ००००००० २०४९ सालमा संगठित भएकी नमिता अखिलको दुई कार्यकाल केन्द्रीय सदस्य बनिन् । शिक्षा र राजनीति उनको जीवनमा समानान्तर अघि बढिरहे । २०६२/०६३ को जनआन्दोलनमा विद्यार्थी मोर्चामा थिइन् उनी । बिराटनगरको मोर्चाकी कमाण्डर नमिता शासनहरुको दृष्टिबाट लुक्न सकिनन्, आन्दोलनकै क्रममा जेल परिन् । तानाशाही प्रवृत्तिले घुडा टेक्यो, अनि राजनीतिको मोर्चामा फर्किइन् उनी । नमिताको जीवनले अहङ्कार चिन्दैन, झुपडी भूल्दैन, जहाँ अन्याय र विभेदको भ्रूण छ, त्यहाँ उनको भावना जोडिन्छ । जस्तोसुकै विरोधीलाई पनि विश्वासमा लिनसक्ने उनको खुवी नै सफलताको कुञ्जी हो । उनी चाहन्थिन्, ‘साम्यवादको मार्गमा काँडेतार नलागोस्, नेताहरु परिर्वतनको ढोका बन्द नगरुन्, मृत्यु वा मुक्तिको सपथ फेर्न नपरोस्, लाखौं झुपडीहरुको पीडामा सारथि बन्न सकियोस् ।’ तर, उनको आकाङ्क्षामाथि त्यतिबेला बज्रपात पर्यो, जतिबेला एमालेकै नेताहरु गणतन्त्र विरोधी गीत गाउन थाले । ‘राजतन्त्रको गीत’ नमिताका लागि कर्णप्रिय छँदै थिएन । बरु, मुक्ति वा मृत्युको सपथ नै उनलाई सार्थक लाग्यो । एमालेले ‘साम्यवादको प्राण’ त्यागिसकेको निष्कर्षमा पुगिन् उनी । अनि, २०६३ साल अर्थात् परिवर्तनको वर्ष उनी मानव मुक्तिको सपनासहित माओवादी आन्दोलनको अभियान्ता बनिन् । ००००००० माओवादी आन्दोलन नै उनका लागि तन र मनको एकत्व थियो । परिर्वतनका लागि गरेको दुख र पसिनाको मूल्य भेटिएको अनुभूति भयो उनलाई । अनि, अखिल (क्रान्तिकारी) कै केन्द्रीय जिम्मेवारीमा बसेर नौजवानहरुलाई साम्यवादी शिक्षा दिन थालिन् । शान्ति प्रक्रियाका सबै जिम्मेवारीमा उनले आफूलाई अब्बल सावित् गरिन् । २०६८ मा विद्यार्थी राजनीतिबाट पार्टीको मोर्चा सम्हालेकी उनी हाल ने.क.पा. (माओवादी केन्द्र) बिराटनगर महानगरकी संयोजक र पार्टी केन्द्रीय सदस्य पनि हुन् । औपचारिक विश्वविद्यालयबाट उनले जति सिकेकी छिन्, त्यसभन्दा बढ्दा जीवन भोगाइका तीता मीठा अनुभवले सिकाएको छ । नमिताको जीवनले अहङ्कार चिन्दैन, झुपडी भूल्दैन, जहाँ अन्याय र विभेदको भ्रूण छ, त्यहाँ उनको भावना जोडिन्छ । जस्तोसुकै विरोधीलाई पनि विश्वासमा लिनसक्ने उनको खुवी नै सफलताको कुञ्जी हो । उनको बहिर्मूखी प्रतिभाको विरोधी पनि तारिफ गर्छन् । उनका दृष्टिमा ‘राजनीतिक कार्यकर्ता एक्का लगाएको घोडा’ होइन, उसले समाजको बहुआयमिक स्वरुप, चिन्तन, प्रवृत्ति र विशेषताहरुलाई संयोजन गर्न सक्नुपर्छ । फरक विचार, प्रवृत्ति र गुणलाई पनि सँगै लिएर हिड्नसक्ने गुणले नै नमिताको पहिचान दिन्छ । नमिता भन्छिन्, ‘मेरो विजय बिराटनगर महानगरका लागि स्मरणीय हुनेछ । बिराटनगरको विकासमा काँचुली फेर्न मेरो सपनाको सार्थकता पनि यहीँनेर छ । महानगरको मुहार फेर्ने, विकास, समृद्धि, रोजगारी र प्रणाली स्थापित गर्ने मेरो कोशिस हुन्छ । ००००००० बिराटनगर अर्थात् नेपालको औद्योगिक नगरी, यसको आफ्नै ऐतिहासिकता र पहिचान छ । जब लोकतान्त्रिक आन्दोलनको प्रसङ्ग आउँछ, बिराटनगर जुट मिलबाट सुरु भएको लोकतान्त्रिक आन्दोलन बिस्मृतिमा राख्नै सकिँदैन । यस्तो महानगरबाट नमिता उपमेयरको दौडमा छिन् । यो दौडको अन्तिम छिनोफानोका लागि असार १४ कुनैपर्छ । तर, नमिताका बलिया प्रतिस्पर्धीहरु देखिँदैनन् । नेपाली कांग्रेसले इन्दु कार्की र एमाले–गच्छदार गठबन्धनले सूचि चौधरीलाई उपमेयरको दौडमा उभ्याएको छ । माओवादी–फोरम गठबन्धनबाट उपमेयरको प्रतिस्पर्धामा रहेकी नमिता गुरुत्व, जनमत, राजनीतिक दृष्टि, विकासको आकाङ्क्षा र लोकप्रियताका दृष्टिले मतदाताको पहिलो रोजाईकी उम्मेदवार हुन् । मिश्रित बसोबास रहेको बिराटनगरमा दोस्रो संविधान सभामा पहिलो स्थानमा रहेको कांग्रेस आन्तरिक झमेलाको जाँतोले थिचिएको छ । प्रतिस्पर्धी सङ्घीय समाजवादी फोरम र माओवादीबीचको तालमेलले उमेश यादव र नमिता न्यौपाने (पोखरेल) को जीतलाई सुरक्षित गरिदिएको छ । पछिल्लोसमय मधेश विरोधी अभिव्यक्ति र गतिविधिका कारण विवादको केन्द्रमा रहेको एमाले पनि तालमेलसहित चुनावी प्रतिस्पर्धामा छ । तर, बलियो जनाधार भएको गच्छदार समूहले उपमेयरमै चित्त बुझाउनु परेकाले लोकतान्त्रिकका कार्यकर्ताको असन्तुष्टिलाई सम्बोधन गर्ने बलियो सुत्र भेटिँदैन । अधिकार माग्न बिहार जाउ भन्ने एमाले भोट माग्न मधेश कसरी छिर्छ ? त्यो भने हेर्न बाँकी नै छ । ००००००० देशकै औद्योगिक नगरी र राजनीतिक जागरणको केन्द्रबाट उम्मेदवारी दिनुभएको छ, जितेपछि के गर्नुहुन्छ ? नमिता भन्छिन्, ‘मेरो विजय बिराटनगर महानगरका लागि स्मरणीय हुनेछ । बिराटनगरको विकासमा काँचुली फेर्न मेरो सपनाको सार्थकता पनि यहीँनेर छ । महानगरको मुहार फेर्ने, विकास, समृद्धि, रोजगारी र प्रणाली स्थापित गर्ने मेरो कोशिस हुन्छ । संविधानले उपप्रमूखलाई दिएको अधिकारलाई महानगरको विकास र जनताको सेवामा उपयोग गर्नेछु ।’ उनी थप्छिन्, ‘जनयुद्ध र जनआन्दोलनले महिला जागरणको क्षेत्रमा स्वर्णीम् युग नै स्थापित गर्यो । तर, आर्थिक क्षेत्रमा रुपान्तरण र आत्मनिर्भरताको कार्यभार पुरा भएको छैन । महानगरका साधन स्रोतलाई जनसहभागितामा परिचालन गरी विकास र समृद्धिको नेतृत्व गर्छु । न्याय सम्पादनमा प्राकृतिक न्यायका सिद्धान्तहरुको उपयोग गर्छु, बिराटनगरलाई प्राकृतिक न्यायको केन्द्रीय शहरका रुपमा स्थापित गर्छु ।’ संविधानले उपमेयरलाई शक्तिशाली अधिकार र जिम्मेवारी तोकेको छ । प्रमूखको अनुपस्थितिमा काम गर्ने परम्परा तोड्दै संविधानले उपप्रमूखहरुलाई न्यायिक समितिको प्रमूख, बजेट प्रस्तुत गर्ने अधिकार, स्थानीय सामाजिक संस्थाहरुको अनुगमन र नियन्त्रणजस्ता शक्तिशाली अधिकार दिएको छ । हाम्रो संविधानले भन्छ, ‘निर्वाचित उपमेयरहरु स्थानीय तहका न्यायाधीश हुन् ।’ संविधान अनुसार स्थानीय न्यायिक समितिका स्वतः प्रमूख हुन्छन् निर्वाचित उपप्रमूख । फौजदारीबाहेक देवानी प्रकृतिका मुद्दा निरुपण गर्ने अधिकार तिनै उपमेयरहरुको हातमा हुन्छ । कानूनमा एलएलबी गरेकी नमिता त्यसका लागि सबैभन्दा सक्षम र योग्य पात्र हुन् । उनका सामू उपमेयरका अरु उम्मेदवार फिक्का र गुरुत्वहिन लाग्छन् । उपमेयरहरु न्यायाधीश मात्रै होइनन्, मेयरको अनुपस्थितिमा कार्यवाहक मेयर पनि हुन् । चलनचल्तीको भाषामा भन्दा उपमेयरहरु मेयरका दाहिने हात । भविष्यमा तपाई महानगरको न्यायाधीश, कसरी गर्नुहुन्छ न्याय सम्पादन ? नमिता भन्छिन्, ‘स्थानीय न्यायिक समितिका लागि मेरो दावी सबैभन्दा शक्तिशाली छ । हाम्रो न्याय प्रणाली कागजमूखी छ, कागजमा जसको प्रमाण पुग्छ, उसैले न्याय पाउने स्थितिको अन्त्य गर्नु मेरो पहिलो दायित्व हुन्छ । कागजी प्रमाणका अतिरिक्त आम नागरिकको सहभागिता सुनिश्चितता गरी कागजी प्रमाणहरुको सत्यता जाँच्ने विधिको विकास गर्छु, समाजमा स्थापित प्राकृतिक न्यायका सिद्धान्तहरुलाई न्याय सम्पादनको आधारका रुपमा लिन्छु । विज्ञहरुको नियमित राय, छिटो न्याय सम्पादन र समयमै फैसला गर्न नसकिए पीडितले क्षतिपूर्ति पाउने व्यवस्था गर्छु ।’ ००००००० उपमेयरहरु न्यायाधीश मात्रै होइनन्, मेयरको अनुपस्थितिमा कार्यवाहक मेयर पनि हुन् । चलनचल्तीको भाषामा भन्दा उपमेयरहरु मेयरका दाहिने हात । बिराटनगर महानगरको विकास कसरी गर्नुहुन्छ ? चुनाव जितेर के गर्नुहुन्छ ? उनी भन्छिन्, ‘मसँग विकासको प्रष्ट मार्गचित्र छ । हामीसँग महानगरको २० वर्षे गुरुयोजना छ । स्थानीय साधन स्रोत के छ ? त्यसको लेखाजोखा गरिएको छ । करको दर र दायरा कसरी निर्धारण गर्ने ? महानगरको विकासमा जनताको सहभागिता र लगानी कसरी जुटाउने ? त्यसको ठोस खाका हामीसँग छ । वार्षिक र नियमित आम्दानीको स्रोत निर्धारण गरिनेछ, स्थानीय जनताको शेयरबाट प्राप्त पूँजीको परिचालन गरिनेछ । यसकै आधारमा हामी भौतिक पूर्वाधार, रोजगारी सिर्जना, जनताको जीवनस्तर अभिवृद्धिको काम गर्छौं ।’ नमिता थप्छिन्, ‘बिराटनगर जुट मिल पुन सञ्चालन गर्छाैं, बालमैत्री शहर र मौलिक स्मार्ट सिटी हाम्रो लक्ष्य हो । पर्यटकीय आकर्षणका लागि चीडियाखाना, भ्यू टावर, होमस्टे लगायतका पूर्वाधार निर्माणको काम व्यवस्थित गर्छाैं । बहुसांस्कृतिक संग्रहालय, महानगरका नदीहरुमा बोटिङ व्यवस्थापन, अत्याधुनिक विज्ञान प्रयोगशालाको निर्माण, आधुनिक शिक्षा र शैक्षिक पूर्वाधारको विकास, महिला, दलित, अल्पसंख्यकहरुको सशक्तिकरण, सीपमूलक तालिम र आयआर्जनका कार्यक्रम, भ्रष्टाचारशून्य महानगर निर्माण र जनमैत्री सेवा प्रवाह, शान्ति सुरक्षा र सभ्य संस्कृति, चिनी, कपडा र कागज कारखानाको सञ्चालन, महानगरीय चक्रपथको निर्माण, प्रविधिमैत्री शहर, हरित शहर निर्माण, सुकुम्बासी र भूमिहिनहरुको व्यवस्थापन र सामाजिक सुरक्षा, कृषिको यान्त्रिकीकरण, व्यवसायीकरण र बजारीकरण, सामाजिक सुरक्षाको प्रत्याभूति र भत्ताको व्यवस्था, प्रतिव्यक्ति आय र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तनका कार्यक्रमहरु नै मेरा प्राथमिकता हुन् ।’ नमिता थप्छिन्, ‘विकास र समृद्धिका लागि हाम्रो राजनीतिक संस्कार फेरिनुपर्छ । राजनीतिक सङ्घर्ष र झमेलाबाट माथि उठेर राजनीतिक सहकार्य, विकास र समृद्धिका लागि एकतावद्ध हुनुपर्छ, राम्रो गर्नेलाई खुला दिलले सहयोग र सहकार्य गर्ने संस्कारको विकास हुनैपर्छ । अरुलाई नराम्रो देखाएर आफू राम्रो कहलिने संस्कार बदल्नैपर्छ ।’ तिनै महानगरको काँचुली फेर्ने स्वप्नद्रष्टा, मृदुभाषी, दृढ संकल्प, ईच्छाशक्ति, बौद्धिकता र सहकार्यको संस्कृतिकी धनी नमिता न्यौपाने (पोखरेल) माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवारका रुपमा मैदानमा छिन् । भन्छिन्, ‘समृद्धिको मेरो संकल्प व्यवहारमा उतार्नुछ, पार्टीभन्दा माथि उठेर जनताको सेवा गर्नुछ । आजका मतदाता हामीभन्दा पनि उन्नत चेतनाका हुनुहुन्छ । मेरो पुरै विश्वास छ, गोलाकार भित्रको हसिया–हथौडामा अत्याधिक मत पर्नेछ र मेरो विजय हुनेछ ।’ आशा गरौं, ‘महानगरको काँचुली फेर्न उनको सपनाले सार्थकता पाउनेछ ।’ ०००००००
‘एकपक्षीय समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गर्न खोजियो ।’ : रेणु दाहाल
चितवन, जेठ १५ । भतरपुर महानगरपालिकाकी माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले ‘एकपक्षीय समाचार सम्प्रेषण गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएकाे अाराेप लगाएकी छन् । उनले भनिन ‘करिब ४ हजारले अगाडि रहेका ज्ञवालीको अग्रतालाई ५ सयमा झारेको र १९ र २० नम्बर वडाको मतगणना सकिँदा जित्ने पक्का भएपछि एमालेले मध्यरातमा षड्यन्त्र गर्याे ’ ‘मैले लिड गर्ने अवस्था आएको थियो, आफू हार्ने भएपछि एमालेले षड्यन्त्रपूर्वक मतपत्र च्यात्ने काम गरे’, रेणुले मतपत्र च्यात्ने दुई एमाले कार्यकर्तालाई प्रहरीले पक्राउ गरे पनि सञ्चार माध्यममा नल्याई गुपचुप राखिएको दाबी गरिन् । ‘हाम्रा मात्रै मान्छे समातिए भनेर प्रचार गरिएको छ, तर एमालेका दुई जना समातिएको कतै आउँदैन ।’
एमाले शिर्षस्थानको अग्रतामा, माओवादी तेस्रो स्थानमा
काठमाडौं, जेठ १ । हिजो वैशाख ३१ सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना भएको छ । मतगणना गर्ने क्रममा अहिलेसम्मको गणनामा पहिलो स्थानमा नेकपा एमाले, दोस्रो स्थानमा नेपाली काँग्रेस र तेस्रो स्थानमा नेकपा माओवादीले अग्रता लिन सफल भएको छ । काठमाडौंमा चाहिँ अहिले ११ बजेदेखि मतगणना सुरु गर्ने भएको छ ।
मानिसको आँखा किन फर्फराउने गर्छ ? जानिराखौँ यी कुरा
काठमाडौंँ, वैशाख २० । मानिसको आँखा फर्फराउनुलाई हाम्रो समाजमा शुभ तथा अशुभ संकेतको रूपमा मान्ने गरिन्छ । दैनिक जीवनमा आइपर्ने घटना हुनुलाई पनि कतिपय समयमा आँखा फर्फराउनुसँग जोडिने गरिन्छ । विशेषगरी, महिलाको दायाँ आँखा फर्फराउँदा अशुभ र बायाँ आँखा फर्फरायो भने शुभ हुन्छ भन्ने जनविश्वास गरिन्छ । त्यस्तै, पुरुषको भने दायाँ आँखा फर्फरायो भने शुभ र बायाँ आँखा फर्फरायो भने अशुभ समाचार आउँछ भन्ने धारणा रहेको पाइन्छ । तर, मेडिकल साइन्सले यस्तो विश्वासलाई मान्दैन । आँखा फर्फराउने भनेको आँखाकै कारणले गर्दा हुने हो । यो एक किसिमको रोग पनि हो । सोही कारण आँखा फर्फराउँदैमा डराउनु आवश्यक छैन । आँखा फर्फराउने कारण र उपचारका उपायबारे आँखारोग विशेषज्ञ डा. इन्द्रप्रसाद ढुंगेल यसो भन्छन्ः कुनै पनि व्यक्तिको आँखा फर्फराउनुमा प्रमुख कारण मानसिक तनाव हो । मानसिक तनाव धेरै हुने मानिसमा आँखा फर्फराउने समस्या निम्तिन्छ । आँखामा एलर्जी हुने, रातो हुने, सुन्निने या आँसु बढी आउने मानिसको आँखा पनि फर्फराउँछ । आँखामा कुनै किसिमले हुने दुखाइको कारण पनि आँखा फर्फराउने गर्छ । आँखालाई बढी दबाब हुने गरी काम गर्दा पनि यस्तो समस्या निम्तिने गर्छ । आँखाकै ढकनीमा परेला टाँसिएको खण्डमा पनि आँखा फर्फराउने समस्या देखिन सक्छ । आँखाभित्र परेला घुसेको छ भने पनि आँखा फर्फराउन सक्छ । आँखा सुक्खा हुँदा, आँखामा विभिन्न इन्फेक्सन हुँदा पनि आँखा फर्फराउँछ । आँखा फर्फराएको कुनै शुभ वा अशुभ समाचार हुनेभन्दा पनि यो रोग भएकाले यसको उपचार सम्भव हुन्छ । आँखा लगातार लामो समयसम्म फर्फरायो भने यसका लागि एउटा इन्जेक्सन हुन्छ । इन्जेक्सन लगायो भने आँखा फर्फराउने समस्याबाट छुटकारा पाउन सकिन्छ ।
बिराटनगर उपमहागरमा माओवादीको उम्मेदवार तय
विराटनगर, बैशाख ९ । नेकपा माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिकाको मेयर र उपमेयरसहित वडाको उम्मेदवार टुंगो लगाएको छ । स्थानीय तहको निर्वाचनका लागि केन्द्रले विराटनगर उपमहानगरापलिकाको मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई उम्मेदवार बनाएको हो । यादव माओवादी केन्द्र विराटनगरका इन्चार्ज हुन् भने उपमेयरका उम्मेदवार न्यौपाने संयोजक हुन् । माओवादी केन्द्रले ४, १०, १४ र १५ वडा वाहेका अन्य वडाका उम्मेदवारको नाम समेत सार्वजनिक गरेको छ । बिराटनगर उपमहानगरमा १९ वडा छ । चार वडाका उम्मेदवार टुंगो लागिनसकेको निर्वाचन परिचालन संमितिले जनाएकाे छ । तीन नम्वर वडामा सबै उम्मेदवार महिला माओवादीले विराटनगरको ३ नम्वर वडामा वडाध्यक्षसहित सवै उम्मेदवार महिला अघि सारेको छ । शुशीलादेवी भट्टराई वडाध्यक्ष, महिला वडा सदस्यमा कल्पना पोख्रेल र दलित महिलामा लक्ष्मीदेवी विक उम्मेदवार छिन् दुई सदस्यमा अप्सरा निरौला र हिरा घिमिरे छिन् । अप्सार निरौला स्थानीय सचारकर्मीसमेत हुन ।
रणबिरले गौरीलाई लेखेको पत्र स्टाग्रामार्फत सार्वजनिक
चैत १६ । बलिउड किङखान शाहरुखपत्नी तथा हाल इन्टेरियर डिजाइनरको रुपमा परिचित गौरी खानलाई बलिउड स्टार रणबीर कपुरले लेखेको पत्र स्टाग्राममार्फत सार्वजनिक गरिदिएकी छिन् । चलचित्र निर्मातासमेत रहेकी गौरीले डिजाइनिङलाई व्यवसायिक रुपमा अगाडी बढाएकी छिन् । स्तै हालै उनलाई अभिनेता रणबिर कपूरको बान्द्रा, पाली हिलमा रहेको घरको इन्टेरियर डिजाइनिङको जिम्मा लिएकी थिइन् । घरको तयारी सक्किएको र रणबिर त्यो घरमा आगामी अक्टोबरबाट सर्दैछन् । घरको आन्तरिक डिजाइनका लागि रणबिरले गौरीप्रती कृज्ञता व्यक्त गर्दै पत्र लेखेका थिए । गौरीले भने रणबिरले पठाएको पत्रलाई इन्स्टग्राममा पोस्ट गरेकी छिन् ।
गैरआवासीय नेपालीले आर्जन गरेको पुँजी नेपालका लागि हो : परराष्ट्रमन्त्री महत
काठमाडौं, चैत ६ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली आर्जन गरेको पुँजी नेपालको विकास र समृद्धिका लागि भएको बताएका छन् । मलेसियाको राजधानी क्लालालम्पुरमा आयोजित गैरआवासीय सङ्घ नेपालको एसिया प्रशान्त क्षेत्रको पाँचौँ बैठकलाई आइतबार सम्बोधन गर्दै मन्त्री डा महत सो कुरा बताएका हुन् । मन्त्री महतले भने, “गैरआवासीय नेपालीले विश्वका विभिन्न देशमा रहेर आर्जन गरेको सीप, प्रविधि र पुँजी नेपालको विकास र समृद्धिका लागि ठूलो सम्पत्ति हो ।” मन्त्री डा महतले विगतमा राजनीतिक अस्थिरता, द्वन्द्व एवम् अन्य कारणले लाखौँ नेपाली बिदेसिन बाध्य हुनु परेको स्मरण गर्दै उनीहरुले अन्य देशमा गएर आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई अब नेपालको उन्नति र समृद्धिमा लगाउने बेला आएको बताए । उनले विश्वमा रहेका सबै गैरआवासीय नेपालीलाई सम्बोधन गर्दै नेपालीले संसारका कुनै पनि देशमा पुगेर आर्जन गरेका विशिष्ट पहिचानका लागि आफ्नो मातृभूमिको योगदान कति छ भनेर मनन गर्नुपर्ने र अब जन्मभूमिको उन्नतिका लागि केही गर्नुपर्छ भनेर लाग्नुपर्ने बताए । नेपालमा अर्को महिना स्थानीय निर्वाचन हुन लागेको र यसमार्फत संविधानको कार्यान्वयनका साथै नागरिकको स्थानीय सरकारका रुपमा रहेका स्थानीय संरचनामा जनप्रतिनिधिको चयनसँगै देशको विकासको जग गाउँबाट सुरु हुन लागेको उनले बताए । नयाँ संविधानको कार्यान्वयनसँगै नेपाल पुनःसंरचित रुपमा स्थिरता र विकासको मार्गमा अघि बढ्न लागेको र विभिन्न क्षेत्रमा लगानीको राम्रो अवसर रहेकाले संसारका सबै गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न पनि उनले आग्रह गरे । मन्त्री महत आइतबार साँझ स्वदेश फर्किंदैछन् ।
‘स्मार्टफोन’ प्रयोग गर्नेलाई ‘स्मार्ट ज्याकेट’
काठमाडौं, चैत २ । तपाइँ स्मार्टफोन प्रयोग गर्नुहुन्छ भने अब स्मार्ट ज्याकेट पनि लगाउन पाउनुहुने छ । संसारकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगल र लिभाइज कम्पनी मिलेर अत्याधुनिक सुविधासम्पन्न ‘कनेक्टेड स्मार्ट ज्याकेट’ बनाउँदैछन् । यसै वर्षको अन्त्यसम्म गुगलले ‘ज्याक्कुयार्ड प्रोजेक्ट’ मार्फत् स्मार्टफोनमा उपलब्ध सुविधासहित स्मार्ट ज्याकेट बजारमा ल्याउन लागेको हो । कनेक्टेड स्मार्ट ज्याकेट एक प्रकारको आर्टिफिसियल इन्टेलिजेन्स इलेक्ट्रोनिक्स प्रविधिमा आधारित रहेको गुगलले उल्लेख गरेको छ । ‘कन्डक्टिभ फाइबर’ प्रयोग गरिएको धागोबाट बनाइएको कपडाबाट ज्याकेट सिलाइएको छ । ज्याकेटलाई ब्लुटुथमार्फत् स्मार्टफोनसँग कनेक्ट गर्न सकिन्छ । आफ्नो गोजीबाट मोबाइल नझिकिकन सजिलै कुराकानी गर्न सकिने उक्त ज्याकेटमा सेन्सरसहितको टचस्क्रिन प्रयोग गरएको छ । धुनसमेत मिल्ने स्मार्ट ज्याकेट फोनमात्र नभइ अरु प्रविधिहरुसँग पनि जोड्न सकिने गुगलले उल्लेख गरेको छ । गुगल ज्याक्कुयार्ड प्रोजेक्टकाअनुसार ज्याकेटमार्फत् अनलाइन बस्न मिल्ने, भिडियो तथा फोटो खिच्न मिल्ने, विभिन्न एप्लिकेसन चलाउनसमेत मिल्ने सुविधाहरु राखिएको छ । गुगलले यस स्मार्ट ज्याकेटको प्रतिज्याकेट मूल्य ३५० अमेरिकी डलर तोकेको छ ।
‘ध्रुवे हात्ति’ जस्तै मात्तिइरहेका ओली
राष्ट्रवादको दम्भी भारी बोकेर मधेश पस्छु भनिरहेका ओली र उनलाई मधेशमा पाइलो हाल्न दिन्न भन्ने मधेसी मोर्चाको पछिल्ला अभिव्यक्तिबाट मानिसहरुले ठुलै अनिष्टको खतरा देखेका थिए । नभन्दै सप्तरीमा सोमबार साँझ ४ निहत्था मानिसहरु मारिए । मोर्चाका नेताहरुले सार्वजनिक रुपमा के भनेका थिए भने–सप्तरी र मधेस हाम्रो कन्ट्रोलमा छैन, एमालेले सतर्कता अपनाओस् र सरकारले गम्भिरतापूर्वक लिओस् । सरकारले केही पूर्व सतर्कताका उपाएहरु अबलम्बन गरेपनि एमालेको ‘मेची–काली’ अभियानका नाममा शक्ति प्रदर्शनलाई रोक्न सक्ने सामथ्र्य राख्दैनथ्यो । ओली रेस्लर झै भित्रिए मेचीबाट मधेसतिर। नाटक नै सहि हामीले टिभीमा हेरिने रेस्लर खेलाडीले विपक्षी खेलाडीमाथि जित हासिल गरेपछि रिङभित्रको रेफ्रि नै भकुर्छ । उस्तै परे रिङ बाहिर निस्किएर विपक्षी खेलाडीको कोच र दर्शकलाई पनि गोदगाद पार्छ । ठिक त्यस्तै ओली राष्ट्रवादको पेटिगन्जी लगाएर रेस्लरजस्तै मधेस छिरेपछि बिच्किएको मधेस फेरी बिच्कियो । बिच्किएको मधेस पसेको एमालेले आफु उत्तेजित नहुँदा पनि मधेसीहरु उत्तेजित हुन सक्छन् भन्ने कुरा जानेर पनि बुझ पचाएको प्रष्टै देखिन्थ्यो ।पूर्व मेचीबाट शुरु भएको एमाले अभियानका वक्ताहरु मधेस र मधेसीको आक्रोशप्रति आगोमा घिउ झै थपिरहेकै थिए । ओली पुरानै शैलीमा जंगबहादुर झै जंगिए । उदार भनिएका नेम्वाङ र इमान्दार ठानिने लालबाबुहरुको अभिव्यक्ति ओलीको बोलीमा लोली झै मधेस चिढ्याउन पर्याप्त थियो । ओली र मधेसको साइनो सामान्य छैन । ओली मधेस र मधेसीलाई ‘विहारी’, ‘राष्टघाति’ र ‘देशद्रोही’ मात्रै देख्दैनथे । आन्दोलनका क्रममा मारिने मधेसीलाई कहिले ‘दुईचार आँप झरेको’ रुपमा खुलम खुल्ला खिल्ली उडाउँथे त कहिले उनले गरेको आन्दोलनलाई खिसिट्युरी गर्दै ‘माखेसाङ्लो’ को रुपमा ब्याख्या गर्थे । काठमाडौंलाई आफ्नो अधिकारको उत्पिडकका रुपमा बुझ्ने मधेसले यसो भन्ने ओलीलाई राम्रो ठान्ने कुरै थिएन । उनीहरु ओलीलाई मधेसको माटो टेक्न दिने पक्षमा थिएनन् जसरी ओलीले संसदमा मधेसका मुद्दाहरुमाथि छलफल समेत गर्न दिएनन् । ओलीपथमा सोलोडोलो हिडिरहेको एमालेलाई के लाग्छ भने–यो देशमा एमाले बाहेक अरु राष्ट्रदोह्री हुन् । अग्लो ढिकुरोमा उभिएर ओलीले चलाउने छुच्चो मुख माक्र्सवाद–लेनिनवाद हो । ओछ्यानमा घोप्टिएर ओलीले सोचेका कुरा यो देशको सपना हो । एमालेजन आजकाल तर्क के गरिरहेका छन् भने, लोकतन्त्रमा सभा सम्मेलन र राजनीतिक कार्यक्रम गर्न किन नपाइने ? हामी पनि सहमत छौ–पाउनुपर्छ र पाइन्छ । मधेसीको अर्को तर्क पनि हामीले सुन्नैपर्छ, छलफलका लागी बनाइएको सर्वोच्व जनवादको थलो संसदमा मधेशको मुद्दामा छलफल गर्न किन नदिएको ? यो उत्तर एमालेले दिनुपर्छ । संसदमा टेबल भएको मधेसी मुद्दासँग सम्बन्धित संविधान संशोधनको विषयलाई संसद अवरुद्द गरेर निषेधको राजनीति थाल्ने एमाले हो । एमाले र मधेसी मोर्चाका यि प्रश्नहरुको निष्कर्षले के भन्छ भने–जसरी एमालले संशोधनलाई अल्पमतमा पारेर हराउन लोकतान्त्रिक बाटो रोजेन त्यसैगरी मोर्चाले पनि मधेसमा एमालेलाई सभा सम्मेलन गर्न पाउने अधिकारमाथि निषेध गर्यो । अब दोषी र निषेधको सुरुवात कसले गर्यो याँहा भनिरहनु जरुरत छैन । ओलीको उग्राइ, ओलीको गफ, ओलीको दम्भ, ओलीको घमण्ड, ओलीको अनुदरता र ओलीको इगोलाई केही सभ्रान्तहरुले राष्ट्रवादसँग जोडे । ओली अहिले त्यही राष्ट्रवादी ‘ध्रुवे’ हात्ति भएका छन् । ओली ध्रुवे जस्तै मात्तिइरहेका छन् । आजकाल एमाले राष्ट्रवादको ‘मैन जलप’ मा मैमत्त छ । ओलीपथमा सोलोडोलो हिडिरहेको एमालेलाई के लाग्छ भने–यो देशमा एमाले बाहेक अरु राष्ट्रदोह्री हुन् । अग्लो ढिकुरोमा उभिएर ओलीले चलाउने छुच्चो मुख माक्र्सवाद–लेनिनवाद हो । ओछ्यानमा घोप्टिएर ओलीले सोचेका कुरा यो देशको सपना हो । ओलीले पाइला टेकेपछि धर्तिको माटो पवित्र हुन्छ । ओलीले धाप मारेपछि ‘चरी’ र ‘परशुराम’ हरु ‘चे’ हुन्छन् । ओलीलाई लाग्छ–एमाले हात्ति हो, अरु भुषुना हुन् । कांग्रेस, ओलीको निगाहामा छ । माओवादी ओलीको दयामा टिक्छ । अरुअरु जो ओली नभए हुँदैनथे । यो हावा, यो पानी, यो मौसम यो ओलीको चमत्कार हो । ओली थिएनन् भने–मानिसहरुले सास फेर्न सक्दैनथे । अँ सत्य हो, तिमी ओलीजनले नभनेका र मानिसहरुले देखेका केही कुरा ओलीका बारेमा सत्य हुन् । ओली अनुदार छन् । लहडी र दम्भी छन् । यहि भएर उनले मधेसीलाई बिहारी भने । उनको मुख यति चोथाले छ–सुन्नेहरुले उनलाई कहिल्यै निको मान्दैनन् । उनी गुटवादी हुन् । पार्टी जिवनमा जसरी उनले गुटकै आधारमा आफुलाई स्थापित गराए उसैगरी नेपाली समाजलाई पनि गुटमा बदलिरहेका छन् । उनलाई मधेसीहरु, जनजातिहरु, उत्पिडितहरु, आदीवासीहरुको समानताको कुरै सुन्न नसक्ने रोग लागेको छ । उनी मानसिक र स्वास्थ्य दुबै हिसाबले रोगी छन् । बालुवाटारमा सरकारी ढुकुटीबाट महिनाको २८ लाखसम्मको खाजा खाए तर कर्णालीका भोकाहरु देखेनन् । ओलीकै पालामा मधेस अशान्त थियो, झण्डै सयको हाराहारीमा मानिसहरु मारिए । यिनले ति मारिएकाहरुलाई ‘आँप झरेको’ भनेर सिंहदरबारमा उग्राए । यो पछिल्लो समय उनले केही कुरा स्विकार गरेका छन् । उनलाई परिवर्तन मन पर्दैन। संविधानसभाबाट नयाँ संविधान उनको चासो होइन । संघियता काक्रो चिरेजस्तो हो, अधिकारको विकेन्द्रिकरण होइन । सिंहदरबार र बानेश्वरको संसद भवन दुखी र झुत्रेहरुको होइन । यि भवनहरु खुशी र टाठाबाठा मानिसहरु बस्ने ठाउँ हो । याहाँ एनजिओ र आइएनजिओका मानिसहरु मात्रै बस्न योग्य छन् । यिनले नाकाबन्दी विरुद्द सिंहदरबारमा बसेर दक्षीणसँग पौठेज्वरो खोजे । त्यहीदिनबाट राष्ट्रवादी बनेका ओलीले करिबकरिब ९ महिना गफै दिएर बिताए । यिनले पानी जहाज किन्ने कुरा गरे, तर घरमा जोडिएको धारोमा पानि नआएको कुरा गरेनन् । यिनले हावाबाट बिजुली निकाल्ने कुरा गरे तर लोडसेडिङ् अन्त्यको या बिजुली चोरहरुको कुरा गरेनन् । यिनले घरघरमा ग्याँस पाइपको कुरा गरे, तर सरकारी अस्पतालको आइसियुमा अक्सिजन सकिएको देखेनन् । ओलीले बालुवाटारमा सरकारी ढुकुटीबाट महिनाको २८ लाखसम्मको खाजा खाए तर कर्णालीका भोकाहरु देखेनन् । ओलीकै पालामा मधेस अशान्त थियो, झण्डै सयको हाराहारीमा मानिसहरु मारिए । यिनले ति मारिएकाहरुलाई ‘आँप झरेको’ भनेर सिंहदरबारमा उग्राए । ओलीको उग्राइ, ओलीको गफ, ओलीको दम्भ, ओलीको घमण्ड, ओलीको अनुदरता र ओलीको इगोलाई केही सभ्रान्तहरुले राष्ट्रवादसँग जोडे । ओली अहिले त्यही राष्ट्रवादी ‘ध्रुवे’ हात्ति भएका छन् । ओली ध्रुवे जस्तै मात्तिइरहेका छन् । ओलीले अब भन्नुपर्छ –मधेसका कुरा सुन्नुपर्छ की पर्दैन ? मधेसी नेपाली हुन् कि होइनन् ? मधेशको भुगोल नेपालको हो कि भारतको ? मधेशलाई नजिक्याउने कि अलग्याउने ? सिके र मधेसी मोर्चाको प्रवृति एउटै हो कि अलग ? संविधान कार्यान्वयनमा एमालेका भुमिका हुन्छ कि हुँदैन ? मधेसमा चुनाव कसरी गर्ने ? चुनावमा आफुले मात्रै जित्ने कि देशलाई अघि बढाउने ? अभियानको नाममा रगतको खोलो बगाउने कि जनतालाई कुरा बुझाउने ? ओलीजनले जानुन– इतिहासको कठघराबाट कोही भाग्न सक्दैन ! खबरडबलीबाट
जेलभित्रैबाट चार विषयमा डिग्री
काठमाडौ, फागुन २१ । ‘१५ वर्ष जेल । पाँच लाख जरिबाना’, २३ बर्से ठिटोले यो सजाय सुनेपछि के सोच्ला ? ‘सक भएँ । तर मेरा लागि यो सामना गर्नुको विकल्प थिएन । माथिल्लो अदालतले न्याय दिन्छ भन्ने आशा बाँकी नै थियो’ टोलाइरहेका लक्ष्मण थापाले भने । २०६७ सालमा काठमाडौं जिल्ला अदालतले लागूपदार्थ बेचबिखनको अभियोगमा फैसला गर्दा थापाले पुर्पक्षमै लगभग साढे चार वर्ष कारागार जीवन बिताइसकेका थिए । लागूपदार्थ बेचबिखनको आरोपमा बानेश्वरबाट पक्राउ परेका लक्ष्मणको उमेर त्यतिबेला १९ वर्ष मात्रै थियो । त्यसयता उनले जेलबाहिरको संसार देखेका छैनन् । बानेश्वरका लक्ष्मण हुनेखाने परिवारका एक्ला छोरा हुन् । ‘मेरो तनाव एकातिर थियो, बाबुआमाको अर्कातिर । एक्लो छोरो जेल पर्दा उहाँहरूलाई कस्तो लाग्यो होला, म अनुमान गर्न सक्थें । गाउँसमाजले के भन्छ होला, म सोच्न सक्थेुं, नक्खु कारागारमा रहेका उनले भने, ‘बुबाआमा निकै चिन्तित हुनुहुन्थ्यो । जे भयोभयो भनेर सम्झाउनुहुन्थ्यो । यस्तो स्थितिमा पढ्नुपर्छ भनेर घरबाट दबाब आयो । बाबुआमाले किन त्यसो गरे, उनले निकै पछि मात्र बुझे । उनी अहिले पढाइका ‘एडिक्ट बनेका छन् । जेलभित्र पढन्ते भनेर चिनिन्छन् उनी । जेलबाटै स्नातकदेखिको पढाइ अगाडि बढाएका लक्ष्मणले राजनीतिशास्त्र, इतिहास, ग्रामीण विकास र समाजशास्त्रमा स्नातकोत्तर गरिसकेका छन् । समाजशास्त्रमा शोधपत्र लेख्न बाँकी छ । यी सबै विषय उनले प्रथम श्रेणीमा नियमित पास गरेका हुन् । समाजशास्त्रमा शोधपत्रको अंकबाहेक उनले ५९ प्रतिशतभन्दा बढी अंक ल्याएका छन् । अहिले कल्चरमा स्नातकोत्तर दोस्रो वर्षको परीक्षा दिने तयारी गर्दैछन् । पहिलो वर्षमा ५९ प्रतिशत अंक ल्याए । मेजर इङ्लिस र पपुलेसनमा पनि स्नातकोत्तर भर्ना भइसकेका छन् उनी । ‘जेल आउनेबित्तिकै राजनीतिशास्त्र र इतिहासमा स्नातकमा भर्ना भएँ । त्यसपछि क्रमशः दुवै विषयमा स्नातकोत्तर गरें । त्यसपछि ग्रामीण विकास र समाजशास्त्रमा’, उनले भने । समाजशास्त्रमा थेसिस लेख्नैपर्ने भएकाले बाँकीमा भने उनले थेसिसको ‘अपसनल’ खोजे । पेपर नै दिए । उनलाई लाग्छ, जेल आएपछि पढ्न सिकें, पढाइभन्दा माथि धेरै कुरा बुझें । बानेश्वरमा जन्मेका लक्ष्मणले एसएलसीसम्म ६ वर्ष छात्रावास बसे । सुरुमा एलएलसीमा फेल भए । पछि दोस्रो श्रेणीमा पास भए । प्लस टुका लागि भीएस निकेतनमा भर्ना भए । यसबीचमा उनी कुलतमा फसे । चुरोट, गाँजासहितका लागूपदार्थसमेत सेवन गर्न थाले । यही कारण उनलाई परिवारले रिह्याबमा समेत राख्यो । उनी बीबीएका लागि भीएस निकेतनमै भर्ना भए । एक दिन कलेजकै साथीसाथीबीच कुटाकुट भयो । हतियारको पनि प्रयोग भयो । घटनालाई लिएर तीनकुने चौकीमा मुद्दा पर्यो । आफू पक्राउ पर्ने देखेपछि उनले अध्ययनका लागि लन्डन जाने तयारी गरे । अन्तर्वार्ताका लागि १० दिन बाँकी रहँदा प्रहरीले उनलाई पक्राउ गर्यो । लक्ष्मणलाई मीनभवनस्थित नापी विभागबाट एक सय तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको दाबी प्रहरीको थियो । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
कान्ति अस्पतालमा ७४ जनाका लागि जागिरको अवसर
काठमाडौं, फागुन १५ । कान्ति बाल अस्पतालले ठूलो संख्यामा मानव श्रोतको माग गरेको छ । अस्पतालले एक विज्ञापन प्रकाशित गर्दै ३० नर्स र २५ मेडिकल अधिकृत सहित ७६ जनाको आवेदन माग गरेको छ । करार सेवा पदपूर्ति गरिनेमा कन्सल्टेन्ट पेड्रियाट्रिसियन ४, पेड्रियाट्रिक सर्जन १, एनेस्थियोलोजिस्ट २, नर्सिङ अधिकृत ३, बायोमेडिकल इञ्निीयर १, बायोमेडिकल टेक्निसियन २, सह लेखापाल र रिसेप्सेनिष्ट ४ र ल्याब टेक्निसियन ४ जना आवश्यक परेका हुन् । इच्छुकले फागुन २९ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ ।
दाङमा मोटरसाइकल जुध्यो, एक जनाको मृत्यु चार घाइते
दाङ, माघ २१ । दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा दाङमा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा. १ प ६७४४ नम्बरको मोटरसाइकल र घोराहीतर्फ आउँदै गरेको रा. ३ प ४८०१ नम्बरको मोटरसाइकल नारायणपुरमा गएराति ठोक्किदा त्रिपुर नगरपालिका- ६ हापुर रमनाका १८ वर्षे मनोज सुनारको ज्यान गएको प्रहरीले जनाएको छ । उनीसँगै सवार दुईजना हापुरकै १८ वर्षे कमल बुढाथोकी र १९ वर्षे जुनकुमार बुढा मगर गम्भीर घाइते भएका छन् । त्यस्तै तुलसीपुरतर्फ जाँदै गरेको मोटर साइकलमा सवार कोइलाबास–१ का ४३ वर्षे रमेशकुमार गुरुङ र उहाँकी छोरी नाता पर्ने १२ वर्षे सुस्मिता गुरुङ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचार भइरहेको छ ।
“प्रचण्डजी, किसानका लागि महान काम गरेकोमा धन्यवाद”– महासंघ
काठमाडौं, माघ ११ । किसान आयोग गठन गर्ने निर्णय गरेकोमा किसान संगठनहरुले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई लिखित पत्र पठाउँदै अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले नेपाली किसानहरुले लामो समयदेखि माग गर्दै आएको विषय सम्बोधन गरेकोमा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएका हुन । संगठनका अध्यक्ष चित्र बहादुर श्रेष्ठद्वारा हस्ताक्षरित पत्रमा “किसानहरुलाई न्यायको प्रत्याभूति दिलाउने उद्देश्यका साथ नेपाल सरकार, मन्त्रीपरिषद्ले राष्ट्रिय किसान आयोग गठन गर्ने निर्णय गरेकोमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पच्रण्ड’ ज्यु र मन्त्रीपरिषद्लाई धन्यवाद दिन चाहन्छौं” भनिएको छ । २००७ सालेखि निरन्तर रुपमा लोकतन्त्र प्राप्तिको संघर्षमा होमिँदै आएको किसान वर्गले विभिन्न आन्दोलन, सशस्त्र सघंर्ष तथा विद्रोह, जनयद्धु र जनआन्दालेनमा सकयृ रुपमा सहभागी हुँदै आएपनि किसानहरुको पशो सम्मानित र मर्यािदत नभएको अवस्थामा यो आयोगको गठनले किसान अधिकारका पक्षमा उल्लेख्य भूमिका खेल्ने पत्रमा उल्लेख छ । पत्रमा अगाडि भनिएको छ– पच्रण्ड सरकारको यो महान् निणयर्लाई नेपालका सबै श्रमजीवी तथा उत्पीडित किसानहरुले आफ्ना लागि महान जनयद्धु, जनआन्दालेन र गणतन्त्रको उपहारको रुपमा लिएका छन् र उच्च सम्मानकासाथ हार्दिक स्वागत गरेका छन् । हामी ती सबै किसानहरुको तर्फबाट प्रधानमन्त्री क. प्रचण्डलाई हार्दिक धन्यवाद तथा कृतज्ञता प्रकट गर्न चाहन्छौँ । पढ्नुस पत्रको पूर्ण पाठ तलको लिंकमा Kisan to PM – Kisan Aayog