‘राष्ट्रपतिको अमेरिका भ्रमण बाह्य जगतमा नेपालको गरिमा बढाउन सफल’

शरच्चन्द्र भण्डारी, काठमाडौं । अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न अमेरिका भ्रमण फलदायी भएको छ । महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपतिबाट शुक्रबार सम्पन्न अमेरिकाको चार दिवसीय भ्रमण बाह्य जगत्मा देशको गरिमा बढाउन सफल रह्यो ।

दश वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य तथा त्यसपछि सफलतापूर्वक सम्पन्न शान्ति प्रक्रियालगायत नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा संविधानसभाद्वारा निर्मित संविधान जारी भएपछि नेपालमा मानव अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा भएका प्रगति तथा असल अभ्यास अन्तर्रा्ष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने सन्दर्भमा राष्ट्रपतिको यो भ्रमण उपलब्धिमूलक भएको मान्नुपर्छ ।

नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोग र सम्बन्ध थप सुदृढ र विस्तार गर्ने दिशामा पनि यो भ्रमण महत्वपूर्ण रह्यो । विश्वका अग्रणी महिला नेतृत्वसँगका भेटवार्ता तथा द्विपक्षीय सम्बन्धको विकास, महिला सशक्तीकरणका लागि अनुभव आदानप्रदान गर्ने र सहयोगका अन्य क्षेत्र विस्तार गर्ने अवसरका रुपमा समेत यो भ्रमणलाई फलदायी मान्न सकिन्छ ।

नेपालबाट राष्ट्राध्यक्षको तहमा सहभागिता भएको यो पहिलो परिघटनाले महिला तथा बालबालिकासम्बन्धी क्षेत्रमा पछिल्ला वर्षमा नेपालले गरेका महत्वपूर्ण उपलब्धिको राम्रो मूल्याङ्कन गर्दै नेपाललाई उच्चस्तरमा सहभागी हुन निमन्त्रणा प्राप्त हुनुलाई उपलब्धि ठान्नुपर्छ ।

भ्रमणका क्रममा भएका द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ताबाट नेपालको आर्थिक–सामाजिक विकासका विभिन्न क्षेत्रमा मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । राष्ट्रपतिको भ्रमणबाट राष्ट्रसङ्घका उच्च अधिकारी, कूटनीतिक नियोगका पदाधिकारी, अमेरिकी सरकारका प्रतिनिधि, गैरआवासीय नेपाली, व्यापारिक समुदाय तथा नेपालका शुभचिन्तकसँगको भेटघाटले नेपालसँगको सम्बन्ध र परिचयलाई नवीकरण गर्ने सुअवसर प्राप्त भयो ।

न्यूयोर्क बसाईका क्रममा राष्ट्रपतिबाट भएका भेटवार्ताले दुईपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयका अतिरिक्त जलवायु परिवर्तन, दिगो विकास, लैङ्गिक समानता र विश्वस्तरका साझा समस्या समाधानमा महिलाको भूमिकाका बारेमा छलफल गर्ने अवसर प्रदान गर्नुका साथै नेपालको राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ का बारेमा बताउने अवसरमात्र प्राप्त भएन अपितु नेपालको आर्थिक विकास र समृद्धिका लागि प्राथमिकताका क्षेत्रबारे अवगत गराउन पनि सहज भयो ।

नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोग र सम्बन्ध थप सुदृढ र विस्तार गर्ने दिशामा पनि यो भ्रमण महत्वपूर्ण रह्यो । विश्वका अग्रणी महिला नेतृत्वसँगका भेटवार्ता तथा द्विपक्षीय सम्बन्धको विकास, महिला सशक्तीकरणका लागि अनुभव आदानप्रदान गर्ने र सहयोगका अन्य क्षेत्र विस्तार गर्ने अवसरका रुपमा समेत यो भ्रमणलाई फलदायी मान्न सकिन्छ ।

नेपालबाट राष्ट्राध्यक्षको तहमा सहभागिता भएको यो पहिलो परिघटनाले महिला तथा बालबालिकासम्बन्धी क्षेत्रमा पछिल्ला वर्षमा नेपालले गरेका महत्वपूर्ण उपलब्धिको राम्रो मूल्याङ्कन गर्दै नेपाललाई उच्चस्तरमा सहभागी हुन निमन्त्रणा प्राप्त हुनुलाई उपलब्धि ठान्नुपर्छ ।

विश्वमा महिला राजनीतिक सहभागिताको क्षेत्रमा विगतमा हासिल गरिएको उपलब्धि गुम्दै गएको उल्लेख भएको परिप्रेक्षमा नेपालले महिला अधिकार, लैङ्गिक समानतालगायत मानवअधिकारका क्षेत्रमा गरेको उल्लेख्य उपलब्धि अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त भएबाट मुलुकका बारेमा सकारात्मक सन्देश प्रवाह भई देशको छवि बढाउन भ्रमणबाट टेवा पुगेको नकार्न सकिँदैन।

लैङ्गिक समानता तथा न्यायका लागि आफूले गरेका राजनीतिक सङ्घर्षका बारेमा उल्लेख गर्दै नेपालको विकट गाउँबाट पहिलो महिला राष्ट्रपतिसम्मको यात्राका क्रममा आफूले भोगेका सामाजिक, राजनीतिक तथा व्यावहारिक चुनौतीको बारेमा स्पष्ट पार्नु, लैङ्गिक विभेद अप्राकृतिक भए पनि अपरिवर्तनीय नभएको अभिव्यक्ति दिएर समानता र लैङ्गिक विभेदको अन्त्यका लागि नेपालको दृढ प्रतिबद्धता प्रस्तुत हुनुले नेपालको गरिमा बढाएको छ ।

विश्वमा महिला राजनीतिक सहभागिताको क्षेत्रमा विगतमा हासिल गरिएको उपलब्धि गुम्दै गएको उल्लेख भएको परिप्रेक्षमा नेपालले महिला अधिकार, लैङ्गिक समानतालगायत मानवअधिकारका क्षेत्रमा गरेको उल्लेख्य उपलब्धि अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त भएबाट मुलुकका बारेमा सकारात्मक सन्देश प्रवाह भई देशको छवि बढाउन भ्रमणबाट टेवा पुगेको नकार्न सकिँदैन।

लैङ्गिक समानताका लागि नेपालले गरेका प्रयास र त्यसबाट प्राप्त उपलब्धिका बारेमा प्रष्ट पार्नु तथा नेपालले सामना गर्नुपरेका चुनौतीका सन्दर्भमा महिला समानता तथा प्रतिनिधित्व बढाउन राजनीतिक संरचनागत परिवर्तनका लागि हस्तक्षेप गर्नुपर्ने धारणा व्यक्त गर्नुले नारी सशक्तीकरणको यात्रामा नेपाल इमानदारीका साथ अग्रसर भएको सन्देश अन्तर्राष्ट्रियस्तमा प्रवाह भएको छ । संवैधानिक, नीतिगत र कानूनी संरचनाको कारण छोटो समयमै महिला सहभागिता बढाउन सकिने नेपालको अनुभवले विश्वका अन्य देशका महिला नेत्रीलाई नेपाल उदाहरण बनेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरससँग भेट, नेपालले शान्तिसेनामार्फत विश्वशान्ति र स्थायित्वमा गरेको योगदान, दिगो विकास र विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घले हालै गरेका सुधारका काम तथा त्यसका प्राथमिकतामा छलफल, राष्ट्रसङ्घको सुधार, उच्च तहमा महिलाको समान सहभागिताको सुनिश्चितता जलवायु परिवर्तनका असर घटाउने तथा अनुकूलनका लागि अल्पविकसित राष्ट्रबाट अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धिमा नेपालको अभिमत राष्ट्रपतिबाट प्रस्तुत हुनु नेपालका निम्ति गौरवको विषय हो । रासस

प्रचण्डको माया चाहिन्छ, फेरि कार्यकर्ता भएर लाग्छु : सांसद छक्क बहादुर लामा

एउटै मात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिए विजयी बनेका छक्कबहादुर लामालाई बुधबार दिउँसो माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा भेटिए ।  हुम्लामा वाम गठबन्धनका उम्मेदवारविरुद्ध वागी उम्मेदवारी दिएकै कारण कारबाहीमा परेका उनी पेरिसडाँडामा माओवादी अध्यक्ष प्रचण्डलाई बधाई दिन पुगेका थिए । पेरिसडाँडामा भेटिएका क्रममा साेधिएका केही प्रश्नहरु तपाई त माओवादी केन्द्रबाट कारबाहीमा परेको मान्छे, पेरिसडाँडामा पो भेटियो त ? पेरिसडाँडामा म माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डलाई बधाई दिन आएको थिए । मैले उहाँलाई बधाई दिए र उहाँले पनि मलाई दिनुभयो । अध्यक्षले तपाईलाई केही भन्नुभएन ? उहाँलाई खादा लगाउनुपूर्व मैले सोधे, अध्यक्षज्यु मेरो हातको खादा चल्छ कि चल्दैन ? जवाफमा उहाँले मसक्क मस्केर भन्नुभयो ‘अब खादा मात्रै होइन, सबै चल्छ ।’ त्यतिबाहेक हामीबीच कुराकानी हुन पाएन । उहाँले एक दुई दिनमा भेट्ने वाचा गर्नुभएको छ । स्वतन्त्रबाट चुनाव जित्न गाह्रो हुन्छ भन्ने लागेको थिएन ? मैले उम्मेदवारी स्वतन्त्र रुपमा दिए पनि मसँग आन्तरिक रुपमा धेरैजना साथीहरु हुनुहुन्थ्यो । हुम्लाको निर्वाचनको सन्दर्भमा मःम जस्तै थिए म । बाहिर मैदा भित्र मासु, अर्थात बाहिर म मात्रै देखिने, भित्रभित्रै सबैजनाको साथ थियो । म तपाईको लोकप्रिय सञ्चारमाध्यममार्फत के भन्न चाहन्छु भने, म हुम्लाका वामपन्थी माओवादी र एमालेका साथीहरुको आन्तरिक र बाह्य समर्थनकै कारण जितेको हुँ । पार्टीले कारबाही गरेको मान्छेलाई पनि भोट दिँदो रहेछ है ? पार्टीले कारबाही गर्यो रे भन्ने सुनेको हुँ, औपचारिक रुपमा मलाई जानकारी छैन । रे को आधारमा मैले पार्टीले कारबाही गर्यो भनेर बुझेको छैन । हुम्लाका माओवादी कार्यकर्ताहरुको चाहना के छ ? हुम्ला जिल्ला पार्टीको बहुमत कार्यसमिति साथीहरु मेरो पक्षमा खुलेरै लाग्नुभएको छ । त्यहाँका सबै साथीहरुको अहिलेको चाहना भनेको केन्द्रीय तहका नेतासँग नजिकको सम्बन्धमा रहनुस्, भन्ने नै छ त्यसलाई मैले पनि सहज रुपमा लिएको छु । अहिले त स्वतन्त्रत्र सांसदको हैसियतमा हुनुहुन्छ, अब माओवादीकै सांसद् बन्ने हो ? जिल्ला कार्यकर्ताहरुको चाहना भनेकै माओवादीमै फर्केर माओवादी पार्टीकै सांसद बन्नुस्, भन्ने छ । त्यसकारण म उहाँहरुको चाहनालाई नकार्न सक्दिन । तर केही शर्त राखेर मात्रै म माओवादीमा फर्किन्छु । के शर्त हो, त्यस्तो ? अब मेरो एउटै चाहना भनेको पार्टीका श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डबाट मैले माया पाउनु पर्यो । उहाँको माया मैले राम्रोसँग पाएको खण्डमा म फेरी माओवादीको कार्यकर्ता भएर लाग्छु । -उज्यालाे अनलार्इनबाट

सोह्रश्राद्ध शुरू

काठमाडौं, भदौ २१ । वैदिक सनातन परम्पराअनुसार आजदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदाका दिन आज प्रतिपदा तिथि श्राद्ध गरी सोह्रश्राद्ध शुरु भएको हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म १६ दिनको पितृपक्षमा आफ्ना दिवङ्गत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा यो पर्व सोह्रश्राद्धको नामले परिचित छ । चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । वडादशैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्व बोध गराउनाका साथै पितृ ऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ । सोह्रश्राद्ध पितृ तृप्तिको निमित्त पुण्यतम् पर्व हो भनी शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । ‘सक्नेले यो पक्षका सोह्रै दिन नसक्नेले आश्विन कृष्ण पञ्चमीदेखि औँशीसम्म, यो पनि नसक्नेले दशमीदेखि औँशीसम्म, यति पनि नसक्नेले पिताको मृत तिथिमा सोह्रश्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ’– उनले भने । यी तिथिमा कारणबश रोकिए आश्विशुक्ल पञ्चमीसम्म, यसमा पनि रोकिए कात्तिक कृष्ण औँशी अथवा गाई तिहारे औँशी, यसमा पनि नहुने भएमा मङ्सिर सङ्क्रान्ति अघि नन्दा तिथि र शुक्रबार नपारी गर्नुपर्ने विधान रहेको अध्यक्ष गौतमले बताए । ‘वैकल्पिक रुपमा तोकिएका यी तिथिमा पनि श्राद्ध नगरे वायुका रुपमा घुमेका पितृले सुस्केरा हाली अक्षम्य दोष लगाएर श्राप दिने धर्मग्रन्थमा वर्णन गरिएको छ’– उनले भने । शास्त्रीय परम्पराअनुसार आफ्ना पितृका नाममा सोह्रश्राद्धभर पार्वण श्राद्ध, तीर्थ श्राद्ध तथा ब्रह्मकपाली श्राद्ध आदि गर्ने प्रचलन छ । सोह्रश्राद्धमै बितेकाको सम्झनामा भने ‘एक पार्वण’ श्राद्ध गरिन्छ । यस अवसरमा गोकर्णेश्वर उत्तरगया, बेत्रावती उत्तरगया, त्रिवेणीलगायत नदी किनारमा श्राद्ध गर्नेको भीड लाग्छ । (फाइल फोटो)

कञ्चनपुरमा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण

कञ्चनपुर, असार २३ । औलोको उच्च जोखिममा रहेको कञ्चनपुर जिल्लामा ७० हजार कीटनाशक झूल निःशुल्क वितरण गरिएको छ । औलोको उच्च जोखिममा रहेका जिल्लाका वेदकोट, कृष्णपुर, पुनर्वास नगरपालिका क्षेत्रका नागरिकलार्ई जिल्ला जनस्वास्थ्य कार्यालयले ग्लोबल फन्डको सहयोगमा ७० हजार कीटनाशक झूल वितरण गरेको हो । कार्यालयका औलो शाखा प्रमुख हेमराज जोशीका अनुसार गर्भवती महिला, अपाङ्ग र ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखी झूल वितरण गरिएको हो ।

‘पतनको बाटोमा राजपा, कसले दियो मधेसको ठेक्का ?

महेश यादव, सिरहा । चुनावको उत्साह बोकेर सिंहदरबारलाई गाउँमा पाउन आतुर जनताको सपनामाथि राष्ट्रिय जनता पार्टीले बञ्चरो प्रहार गरेपछि मधेसका जनता निराश भएका छन् । मधेसका लाखौं जनताको यो इच्छा र चाहनामाथि आफ्नो दलीय स्वार्थका कारण केही मधेसका मसिहा भन्न रुचाउने मठाधिसहरुले प्रहार गर्नु निन्दनीय र भत्र्सनायोग्य छ । मधेसको नाममा, मधेसी जनताका नाममा आफ्नो स्वार्थ पूर्ति गर्दै आएका यी मधेश पीडकहरुका कारण सिँगो देश निर्वाचनमा होमिएको बेला मधेसका जनता भने ठगिएका छन् । राष्ट्रिय जनता पार्टीका नेताहरुलाई आफूलाई मधेसको मसिहा भन्ने गर्छन् । उनीहरुले मधेसको अधिकारको कुरा गर्छन् । तर इतिहास साक्षी छ, यी मधेसका मठाधिसहरु हिजो सत्तामा पुग्दा कहाँ हराएका थिए मधेसका कुरा गर्दा ? राजेन्द्र महतो स्वास्थ्य मन्त्री हुँदा कुन चाहिँ मधेसीले उपचारका लागि सहयोग पायो ? मधेसका गरिब, दलित, सुकुम्बासी, भूमिहीन जनता रोग र शोकले छट्पटिदा स्वास्थ्य मन्त्रालयको कुर्सीबाट के चाहिँ निर्देशन दिए यी महतोलो ? त्यही प्रश्न महन्थ ठाकुरदेखि अरुसँग पनि छ । सत्ताको स्वाद चाख्दा मधेस याद नआउने तर अहिले आएर मधेसको नाममा आफ्नो इगो र स्वार्थ साँध्न खोज्ने ? मधेसी जनता उत्पीडित छन् । उनीहरुले राज्यसत्ताबाट न्याय पाएका छैनन् । विकास निर्माणदेखि अन्य हरेक क्षेत्रमा उनीहरुमाथि अन्याय भएको छ । तर यो अन्याय र शोषणलाई निरन्तरता दिन र बलियो बनाउन मधेसका यीनै मठाधिसहरुले सहयोग पुर्याएका छन् । राज्यसत्ताको जुठोपुरो चाट्दा सम्म मधेसको सम्झना नआउने र शक्तिमा नहुँदा मधेसलाई उपयोग गर्ने यिनीहरुको कुटिल चालका कारण आज मधेस निर्वाचनविहिन बनेको छ । जबकि मधेसभित्रका बहुमत जनताले चुनाव चाहेका थिए । मधेसको ठेक्का राजपाले कहाँबाट पायो ? कसले दियो उनीहरुलाई मधेशको भाग्यको फैसला गर्ने अधिकार ? के मधेस राजपाको बपौती हो । मधेसको अधिकारको पक्षमा लामो समय लड्दै आएको संघीय समाजवादी फोरमले चुनाव चाहेको छ । मधेसको एजेण्डालाई स्थापित गर्ने र मधेसका नेताहरु कांग्रेस र एमालेसँग सत्ताको जुठो पुरो खाइरहँदा टाउकोमा कफन बाँधेर मधेसी मुक्तिको कुरा गर्ने माओवादीले चुनाव चाहेको छ । अहिले आएर कांग्रेसले समेत मधेसको अधिकारको कुरा गरेको छ र उसले पनि चुनाव चाहेको छ । सबैले चुनाव चाहेका छन् । अनि राजपाको हठ ? के गर्न खोजेको राजपाले ? स्थानीय तहमा आफू कमजोर हुने भन्ने आँकलन गरेर मधेसकै भाग्यमा प्रहार गर्ने ? यो काम कदापी पनि मधेसका जनताले स्वीकार्ने छैनन् । स्थानीय निर्वाचन भएको भए मधेसका जनता नै शक्तिशाली हुन्छन् । मधेशका जनताले नै आफ्नो बजेट, आफैले योजना बनाएर आफ्नै पहलमा सञ्चालन गर्न सक्छन् । त्यहाँ दलित, महिलाहरुले अधिकार पाउँछन् । २ नं. प्रदेशका सबै तहमा सयौं दलित र महिलाहरु निर्वाचित हुने अवसर पाउँछन् । केन्द्र र स्थानीय तहको बजेट विकास निर्माणमा परिचालन गर्न पाउँछन् । उनीहरुले केन्द्रीय सत्ताको मुख ताक्नु पर्दैन । उनीहरुका कतिपय अधिकार यहीँ पुरा हुन्छन् । यो मात्रात्मक नै भएपनि ठूलो उपलब्धि हो र यसको आधारमा भोली बन्ने प्रदेशमा मधेसी जनता नै निर्णायकरुपमा आफ्नो मधेस सरकार सञ्चालन गर्न पाउँछन् । त्यसपछि केन्द्रको सरकारमा समेत उनीहरुको निर्णायक उपस्थिति यही स्थानीय तहको निर्वाचनले गर्छ । तर यो सबै कुरा अहिले बन्द भएको छ । केही स्वार्थी तत्वहरुले गर्दा मधेसका जनता आफ्ना सबै अधिकार पाउनबाट बञ्चित भएका छन् । राजपाको यो कदम आफ्नै पतनको बाटो हो । भोलीका दिनमा राजपालाई मधेसका जनताले साथ दिने सम्भावना करिब करिब समाप्त भएको छ । के का आधारमा भोट दिने ? के का आधारमा राजपाका एजेण्डामा हिँड्ने । स्थानीय तहको निर्वाचन भएन र आफ्नो सरकार मधेसका जनताले बनाउन सकेन भने त्यो संविधानमा संशोधन जे सुकै भएपनि के फरक पर्छ । पञ्चायतदेखि अहिलेका संविधानमा भएका कुरा के व्यवहारमा लागु भएका छन र ? यो संशोधन त सिंढी न हो यी मठाधिसहरुलाई सत्ताको गुलियो खान अवसर दिने । नत्र भने स्थानीय सत्ताबाट प्राप्त हुने अधिकार खोसेर के का लागि उनीहरुको लडाईं ? अझै समय छ मधेसका नेताहरुका अगाडि । मधेसका जनता सधैंभरी चश्मा लगाएर बस्न सक्दैनन् । उनीहरुले यी नेताहरुको वास्तविकता थाहा पाउन बेर लाग्दैन । त्यतिखेर अहिलेका राजपाका नेताहरुको नाम इतिहासमा खोज्नुपर्ने दिन नआउला भन्न सकिन्न । यहाँ व्यक्त विचार लेखकका निजि विचार हुन ।

कांग्रेसका वर्तमान पदाधीकारी तथा पुर्व–पदाधीकारीहरुको बैठक बस्दै

काठमाडौं , वैशाख १६ । नेपाली कांग्रेसका वर्तमान पदाधीकारी तथा पुर्व–पदाधीकारीहरुको बैठक बस्दैछ । पार्टी केन्द्रिय कार्यलय सानेपामा  बिहान ११ बजे  बस्ने बैठकले समसामयिक राजनितिक बिषय, संविधान संसोधन विधेयक, दुई चरणको स्थानीय निर्वाचन र बजेट बारे पार्टी नेतृत्वलाई सुझाव दिनेछ । सरकारको मुख्य घटक कांग्रेस मधेसी मोर्चालाई समेत सहभागी गराएर स्थानीय तहको निवाचन गर्दै सरकारको नेतृत्व लिने तयारीमा छ । त्यसका लागि संसदमा बिचाराधिन संविधान संसोधन विधेयक पास गर्नुपर्ने र प्रमुख प्रतिपक्षि एमालेलाई मनाउनुपर्ने हुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार सर्वदलिय बैठक आब्हान गरेर सर्वपक्षिय सहमतिका लागि प्रयास गरेपनि रिजल्ट आईसकेको छैन् ।

रामचन्द्रले भने, ‘मधेसी जनता चुनावको पक्षमा छन्, त्यसको अगुवाई गर्नुहोस्’

सुनसरी, चैत १७ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसी जनता निर्वाचनको पक्षमा रहेको भन्दै त्यसलाई अगुवाई गर्न मधेसी नेताहरुलाई आग्रह गरेका छन् । सुनसरी क्षेत्र नम्बर ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता पौडेलले संविधान संशोधन विद्येयक पास हुने बताउँदै निर्वाचनमा भाग लिन मधेसवादी दलका नेताहरुलाई आग्रह गरेका हुन् । नेता पौडेलले भने, ‘संविधानका उपलब्धिलाई संस्थागत गर्दै अघि नबढे पाएको उपलब्धि पनि गुम्नेछ त्यसैले जनताको चाहना अनुरुप चुनावको अगुवाई गर्नोस् ।’ मधेसका जनता निर्वाचनको पक्षमा रहेको जान्दाजान्दै पनि निर्वाचनमा उनीहरुको अगुवा हुनुको साटो निर्वाचनबाट भागेर लुक्न खोज्नु जनतालाई नै धोका दिनुभएको उनले बताए । संविधान संशोधन र सीमांकनका कुरा पास गराउने पक्षमा नेपाली कांग्रेस रहेको जनाउँदै जनताको हातमा अधिकार दिने निर्वाचनमा मधेसवादी सहभागी नहुनु भनेको यहाँका ठालुहरुको चालमात्र भएको आरोप लगाए । मधेसलाई बाहिर राखेर एमाले राष्ट्रवादी पार्टी बन्न नसक्ने धारणा राख्दै पौडेलले भने, ‘राष्ट्रियता भनेकै हिमाल, पहाड र तराईलाई जोड्नु हो ।’ नेपाली कांग्रेसले अबको १० वर्षमा मुलुकलाई समृद्ध राष्ट्रको हाराहारीमा पुर्‍याउने दावी गर्दै निर्वाचनमा नेपाली कांग्रेसलाई भोट दिन आग्रह गरे ।

आइसिसी अध्यक्ष मनोहरले दिए राजीनामा

दिल्ली, चैत २ । शशांक मनोहरले अन्तर्राष्ट्रिय क्रिकेट महासंघ ९आइसिसी० को अध्यक्ष पदबाट एक्कासी राजीनामा दिएका छन् । उनी ८ महिनाअघि मात्र आइसिसीको अध्यक्ष नियुक्त भएका थिए । भारतीय क्रिकेट बोर्डका पूर्व अध्यक्ष मनोहरले बुधबार आइसिसीलाई आफ्नो राजीनामा सुम्पिएका थिए । आइसिसीमा भारतको भूमिकालाई कमजोर बनाएको भन्दै पछिल्लो समय उनको ठूलो आलोचना भएको थियो। मनोहरलाई २०१६ मा स्वतन्त्र व्यक्तिको रुपमा कुनै बोर्डसँग सम्बन्धित नभई अध्यक्ष छानिएको थियो। उनको कार्यकाल २ वर्षको थियो । मनोहर माथि क्रिकेटको सुपरपावर मानिने भारत, इङ्ल्यान्ड र अस्ट्रेलियाको भूमिकालाई कमजोर पारेको र आर्थिक रुपमा बलियो मानिएको भारतलाई घाटामा पुर्याएको आरोप छ । उनले आइसिसीका सिईओ डेभिड रिचर्डसनलाई राजीनामा सुम्पिने क्रममा आफूले बिना कुनै भेदभाव काम गरेको बताएका छन् । उनले नीजि कारणले राजीनामा गरेको बताएका छन् र आफूलाई सबैबाट सहयोग भएकोमा धन्यबाद भनेका छन् । एजेन्सी

स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र प्रयोग गर्न माग

काठमाडौँ,  माघ २७ । सरकारले गर्न लागेको स्थानीय निर्वाचनमा स्वदेशमै बनेको नेपाली मतदान यन्त्र (भोटिङ मेसिन)लाई प्रयोग गर्न विज्ञले सुझाउनुभएको छ । राष्ट्रिय आविष्कार केन्द्रलगायत सङ्घसंस्थाले बुधबार आयोजना गरेको अन्तरक्रियामा स्वदेशमा वैज्ञानिक उत्पादन गरी विज्ञान तथा प्रविधिको विकास गर्नका लागि देशभित्र निर्माण गरिएका त्यस्ता मेसिनको उपयोग गर्नुपर्ने सुझाइएको छ । निर्वाचन आयोगले सो विषयमा ती यन्त्र विदेशी कम्पनीबाट ल्याउने तयारी गरेपछि वैज्ञानिकले सो माग गर्नुभएको हो राष्ट्रिय आविष्कार केन्द्रका अभियन्ता महावीर पुनले नेपाली वैज्ञानिकको क्षमतालाई राज्यले उचित मूल्याङ्कन गर्नुपर्नेमा जोड दिँदै स्वदेशी मेसिनको प्रयोग गर्दा ठूलो रकम विदेशीनबाट जोगिने विचार व्यक्त गर्नुभयो । उहाँले नेपाली मेसिन स्वदेशमा प्रयोग गरी प्रवद्र्धन गर्न सकेमा आगामी दिनमा ती वस्तुको विश्व बजारमा माग बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा इन्जिनियर डा नन्दविक्रम अधिकारीले नेपाली अनुसन्धानकर्ताले विश्वबजारमा प्रतिस्पर्धा गर्न लायक मतदान यन्त्रको निर्माण गरेकाले त्यसलाई उपयोग गरी नेपाली वैज्ञानिकलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली प्रविधि अनुसन्धानकर्ताद्वय राम रिमाल र लक्ष्मण रिमालले यसअघि आफूहरुको मेसिनमार्फत नेपालमा निर्वाचन सम्पन्न गराइसकेकाले चुनावमा हुने मतदान प्रक्रियालाई विश्वसनीय, पारदर्शी, किफायती, मतदातामैत्री र छिटोछरितो बनाउनका लागि ती मतदान यन्त्र प्रयोग गर्न आग्रह गर्नुभयो । सात वर्ष अगाडि रामलक्ष्मण (दाजुभाई)ले ती मतदान यन्त्र निर्माण गर्नुभएको थियो । रासस

लोकसेवा परीक्षामा सोधिने प्रश्नको उत्तर जानिराखौं

० नेपालमा पहिलो पर्वतिय खेलकुद महोत्सवको आयोजना कहिले गरिएको थियो ? – वि.सं २०६९ फागुन १८ देखि चैत्र १८ सम्म ० गायक फत्तेमान राज भण्डारीको निधन कहिले भएको थियो ? – वि.सं २०७० भदौ २५ गते ० एक गाउँ एक उत्पादन कार्यक्रमको शुरुवात कुन देशबाट भएको हो ? – जापान ० भारतका सम्राट अशोकले लडेको एकमात्र युद्ध कुन हो ? – कलिङको युद्ध ० इतिहासको बत्ती भनेर कुन देशलाई चिनिन्छ ? – ग्रिस ० नेपालका राष्ट्रिय विभूति अमरसिहं थापाको मृत्यु कुन ठाउँमा भएको थियो ? – गोसाईकुण्ड ० विश्व वन्यजन्तुकोषले नेपालका कसलाई बाघ संरक्षण सद्भावना दूत घोषणा गरेको छ ? – राजेश हमाल ० सरकारी कार्यालयमा १२ घण्टे सेवा कहिलेबाट सञ्चालन गर्न शुरु गरिएको हो ? – वि.सं २०७१ पुस १ गते ० नेपाल र चिन बीचको रसुवागढी नाका कहिलेबाट सञ्चालन गरिएको हो ? – वि.सं २०७१ मंसिर १५ गते ० नेपाल सरकारले मिति २०७१ मंसिर १६ गते ६१ थप नगरपालिका थपे सगैँ नगरपालिकाको कुल संख्या १९१ पुगेको छ भने कुल गाविस संख्या घटेर कतिमा झरेको छ ? – ३२७६

तल दिइएको चित्रमा सही उत्तर कति हुन्छ?

क) ४, ख) ३, ग) ५, घ) ८ . . . . . . . . . . . . . . . . . सही उत्तर घ) ८

हिजाेकाे मदिराले ह्याङ बनाएकाे छ ? ह्याङ हटाउन यसो गर्नुपर्छ

पुस २१ । साँझको रमझमलाई मदिराको चुस्कीले झनै उत्साहित बनाईदिएको हुन्छ । मदिरा पिउन सुरु गरेपछि साथीभाईसँगको त्यो रमाइलो क्षणमा कति थपिन्छ थाहा नै हुँदैन । ओभरडोज भएपछि भोलिपल्ट बल्ला पछुताउछन् मान्छेहरु । ओभरडोजले भोलिपल्टसम्म ह्याङओभर बनाउँछ । ह्याङओभरले नियमित काममा समेत प्रभावित पार्दछ । त्यसैले ह्याङओभर हटाउन निम्न उपायहरु अपनाउनु पर्छ । – ह्याङओभर भएको बेला शरीरमा पानीको मात्रा निकै कम हुन्छ । त्यसैले यस्तो बेलामा प्रशस्त मात्रामा पानी पिउनु पर्छ । सकभर नरिवलको पानी पिउनाले यसमा भएको चिनीको मात्रा कम र इलेक्ट्रोलाइट्सलगायत खनिज प्रशस्त हुनाले ह्याङ भएको शरीरलाई राहत दिन्छ । – ह्याङओभर भएको बेलामा अदुवाको टुक्रो लाभदायी हुन्छ । – ह्याङओभर भएको बेला शरीरमा ग्लुकोजको मात्रा कम हुने भएकाले आलस्य र कमजोरी हुन्छ । यस्तोमा एक ग्लास गोलभेँडाको जुस खानाले शरीरमा चिनीको मात्रा सन्तुलनमा आउँछ । यसले पेटलाई पनि शीतल गर्छ । – ह्याङओभरमा शरीरको पोटासियम कम भएको हुन्छ । पोटासियम कम हुँदा मांसपेशी कमजोर हुने, जीउ दुख्ने, रक्तचाप बढ्ने आदि हुन्छ । त्यसैले ह्याङओभर भएको बेलामा केरा खानुहोस् । यसमा पोटासियमको मात्रा उच्च हुन्छ । – कुरिलोमा अल्कोहल काट्ने तत्व हुन्छ । त्यसैले मदिरा खानुअघि र भोलिपल्ट पनि कुरिलोको तरकारी अथवा अचार खानु फाइदाजनक हुन्छ । – कफी अथवा चियाको लत भएकालाई ह्याङओभर भयो भने उनीहरूले हर्बल टी खानु राम्रो हुन्छ । यसले शरीरमा पानीको मात्रा घटाउँदैन । – अण्डा खानुपर्छ । अण्डामा हुने एमिनो एसिडले ह्याङओभरग्रस्त शरीरमा रहेका टक्सिनलाई कम गर्छ । अण्डामा प्रचुर मात्रामा पाइने भिटामिन बी पनि ह्याङओभर हटाउन उपयोगी हुन्छ ।

संसदका चार समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्न लागेको छ । अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।  अर्थ समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा आर्थिक २०८१/०८२ को बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया हुने कार्यसूची छ ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट हालसम्म भए तथा गरेका काम तथा आगामी कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साढे १२ बजे बस्दै छ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा अन्तर–धार्मिक सहिष्णुता सम्बन्धमा मुस्लिम आयोगले खेल्दै आएको भूमिका तथा नेपाल हज व्यवस्थापनबारे छलफल गर्ने कार्यसूची छ । 

एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित

सुर्खेत । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला)मा टिकाराम सोमै निर्वाचित भएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ ।  महिला (सचिव)मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।

मिटरब्याज पीडितलाई गाडीको व्यवस्था गरेर घर पठाइयो

काठमाडौं । सरकारसँग सहमति भएर पनि गाडिभाडा नभएर घर फर्किन नपाएका मिटरब्याज पीडितलाई गृह मन्त्रालयले गाडीको व्यवस्था गरेर घर पठाएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका प्रमोद न्यौपानेका अनुसार, सहमतिपछि पनि घर फर्किन नपाएको थाहा पाएपछि गाडीको व्यवस्था गरेर घर फर्काइएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले मन्त्रालयबाट प्राप्त निर्देशन अनुसार ट्राफिक प्रहरीसँग समन्वय गरेर पीडितलाई घर फर्काउन गाडीको व्यवस्था गरिएको जानकारी दिए। त्यसअनुसार ६ वटा गाडीमा पूर्व र पश्चिमका पीडितलाई बुधबार साँझ पठाइएको उनले बताए । मन्त्रालयले मिटरब्याज पीडितसँग सोमबार चार बुँदे सहमति गरेको थियो । योसँगै ४२ दिनपछि मिटरब्याज पीडितको आन्दोलन टुंगिएको थियो । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अनुसार, सहमति भएपछि पैसा भएका पीडितहरु फर्किएका थिए । तर, झण्डै दुई सय जनाजति पैसा नहुँदा घर जान पाएका थिएनन् । सरकारसँग भएको चार बुँदे सहमति अनुसार, पीडितको समस्याबारे जाँच गर्न नयाँ आयोग बन्दैछ । त्यसले तमसुकहरु खारेज गर्न समेत सिफारिस गर्ने सहमतिको बुँदामा उल्लेख छ ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक ३ बजे बस्ने

काठमाडौँ ।नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।  काँग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।  बैठक सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  उनका अनुसार बैठकमा गठबन्धन भत्किनुका कारणसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल तथा समिक्षा हुने कांग्रेसले जनाएको छ ।