यस्तो रहनेछ आजको मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशका पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहेको छ । यस्तै तराइ क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ ।
यस्तै, रातिको समयमा देशका केही भागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।
देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखले सबैमा अनुरोध गरेको छ ।
आज सूर्योदय बिहान ६ बजेर ४९ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर १३ मिनेटमा हुनेछ ।
आईसीसीले फुकुवा गर्याे क्यानकाे कन्ट्रोल फन्डिङ
नेपाल क्रिकेट संघ(क्यान) ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै आईसीसीले कन्ट्रोल फन्डिङ् फुकुवा गरेको जनाएको छ । आईसीसीले सोमबार क्यानलाई पत्र पठाउँदै नेपाल माथि लागेको कन्ट्रोल फन्डिङ् पूर्णरुपमा हटाइसकेको र अब उप्रान्त अन्य एक दिवसीय मान्यता प्राप्त एसोसिएट देशहरुले सरह नेपालले पनि आर्थिक अनुदान र र गतिविधि गर्न पाउने क्यानद्धारा जारी विज्ञप्तिमा भनिएको छ। क्यानका अध्यक्ष चतुरबहादुर चन्दद्धारा हस्ताक्षरित विज्ञप्ति अनुसार आर्थिक पारदर्शितामा उत्कृष्ट कार्यसम्पादन गरेको मूल्याङ्कनको आधारमा आईसीसीले फुकुवा गरेको हो।
भरतपुर महानगरको उपमेयरमा चित्रसेन अधिकारी निर्वाचित
काठमाडौं । भरतपुर महानगरपालिकाको उपमेयर पदमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजय हासिल गरेका हुन् । भरतपुरमा १ लाख २७ हजार ५६६ मत खसेको थियो । जसमा १ लाख १३ हजार ८७७ मत गणना सकिँदा सत्ता गठबन्धनका उम्मेदवार चित्रसेनले ४७ हजार २२८ मत पाएका छन् । उनले १९ हजार ५१४ को मतान्तर बनाएका छन् । अब भरतपुरमा १३ हजार ६८९ मत गन्न बाँकी हुँदा अधिकारीले १९ हजार बढी मतान्तर बनाइसकेकाले मतगणना सकिनुअघि नै विजयी भएका हुन् । यस्तै भरतपुरमा सत्ता गठबन्धनकै मेयर उम्मेदवार रेनु दाहाल पनि जित नजिक पुगेकी छन् ।
यस्ता छन्, स्थानीय चुनावमा माओवादीले जितेका ११६ पालिका
काठमाडौं । २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले दैलेखमा एउटा मात्रै वडा सदस्यमा मात्रै चित्त बुझायो। यसपटक उसले दैलेखमा दुई पालिका प्रमुख जितेको छ। भगवतीमाई गाउँपालिका र नौमुले गाउँपालिकामा अध्यक्ष जितेको छ। यी दुई पालिका जित्नु उसको लागि आफैंमा उपलब्धी हो। यी गाउँपालिकामा उसले नेकपा (एकीकृत समाजवादी)सँग गठबन्धन गरेर जितेको हो।पूर्वी पहाडी जिल्ला पाँचथरमा अघिल्लो पटक वडा अध्यक्षमै सिमित रहेको नेकपा माओवादी केन्द्रले यसपटक १ पालिका प्रमुख र ४ पालिका उपप्रमुख जितेको छ। त्यहाँ उसले नेपाली काग्रेससँग गठबन्धन गरेको हो।गोरखाका ११ पालिकामध्ये गत निर्वाचनमा माओवादीले २ मात्रै जितेको थियो। यस पटक एक्लैले ९ पालिका जितेको छ। धेरै ठाउँमा गठबन्धन गरेर जिते पनि माओवादीले यसपालि कतिपय पालिकामा एक्लैले कांग्रेस र एमाले सहितका गठबन्धनलाई हराएको छ। रूकुमको चौरजहारी नगरपालिकामा उसले कांग्रेस एमाले गठबन्धनलाई हराएको छ। कालिकोटको पचालझरना गाउँपालिकामा समेत उसले एमाले–कांग्रेस गठबन्धनलाई हराएको छ। रोल्पाको थवाङमा त माओवादीविरूद्ध कांग्रेस, एमाले र विप्लवको पार्टीले समेत मोर्चाबन्दी गरेका थिए। त्यहाँ समेत उसले जित हासिल गरेको छ।अहिलेसम्म आएको नतिजालाई आधार मान्ने हो भने २०७४ मा भन्दा माओवादी केन्द्रले आफूलाई धेरै सुधारेको छ। उसले विगतभन्दा धेरै ठाउँमा पालिका प्रमुख–अध्यक्ष जितेको छ। २०७४ को निर्वाचनमा माओवादी केन्द्रले १ सय ६ पालिकामा प्रमुख–अध्यक्ष र १ सय ११ पालिका उपप्रमुख जितेको थियो। यसपटक उसले यो संख्या कटाइसकेको छ। शनिवार विहान सम्मको मतपरिणाममा उसले १ सय १६ पालिकामा प्रमुख–अध्यक्ष जितिसकेको छ भने १ सय २१ पालिकामा उपप्रमुख–उपाध्यक्ष जितेको छ। भरतपुर महानगरसहित १२ पालिकामा उसले अग्रता लिएको छ। माओवादीले अग्रता लिएका सबै ठाउँमा जित्दा पनि माओवादी दोस्रो स्थानमा रहेको एमालेलाई पछि पार्ने अवस्था छैन। अर्थात् उसको प्रतिष्पर्धा आफैंसँग छ। आफैंसँगको प्रतिष्पर्धामा यसपालि माओवादीले आफैंलाई जितेको छ। क्र.सं. जिल्ला पालिका प्रमुख/अध्यक्ष उम्मेदवार प्राप्त मत १ ताप्लेजुंग फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बु २६६० २ ताप्लेजुंग मैवाखोला गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेम २६०९ ३ पाँचथर मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमर राज माखिम ६०६५ ४ भोजपुर आमचोक गाउँपालिका अध्यक्ष अशोक राई ३६८६ ५ भोजपुर रामप्रसाद राई गाउँपालिका अध्यक्ष थाम बहादुर राई ३०७७ ६ सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राई ४०४९ ७ खोटाङ्ग खोटेहाङ गाउँपालिका अध्यक्ष उदिम बहादुर राई ३७२८ ८ खोटाङ्ग जन्तेढुंगा गाउँपालिका अध्यक्ष अरुणा देवी राई २८८१ ९ ओखलढुंग चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्मा बास्तोला ३१९८ १० उदयपुर ताप्ली गाउँपालिका अध्यक्ष ढुङ्ग राज विश्वकर्मा १७८७ ११ उदयपुर रौतामाई गाउँपालिका अध्यक्ष विरेन्द्र कुमार मगर ४३०५ १२ उदयपुर लिम्चुङ्बुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राई २०५१ मधेश प्रदेश १३ सप्तरी खडक नगरपालिका प्रमुख जय प्रकाश चौधरी थारु ५८८२ १४ सर्लाही बागमती नगरपालिका प्रमुख भरत कुमार थापा ११३५७ १५ सर्लाही हरिवन नगरपालिका प्रमुख रमेश वुढाथोकी ७००२ १६ सर्लाही बलरा नगरपालिका प्रमुख रामा शंकर प्रसाद कुशवाहा ४६४३ १७ बारा जीतपुरसिमरा उपमहानगरपालिका प्रमुख राजन पौडेल १८७४३ १८ सर्लाही रामनगर गाउँपालिका अध्यक्ष राजा बाबु यादव ४०८१ १९ रौतहट दुर्गा भगवती गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंह ४२०४ बागमती प्रदेश २० सिन्धुली दुधौली नगरपालिका प्रमुख दिनेश अधिकारी १५८३८ २१ सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्ण प्रसाद सापकोटा ११०७२ २२ मकवानपुर थाहा नगरपालिका प्रमुख विष्णु वहादुर विष्ट ९७१९ २३ दोलखा गौरिशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की ४७५१ २४ दोलखा शैलुङ गाउँपालिका अध्यक्ष रिमल बाबु श्रेष्ठ ४९१८ २५ रामेछाप दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष मैन कु्मार मोक्तान ६२७० २६ रामेछाप सुनापती गाउँपालिका अध्यक्ष ठुलो कान्छा तमाङ ५३९८ २७ सिन्धुली मरिण गाउँपालिका अध्यक्ष विमर्स मुक्तान ५१९४ २८ सिन्धुली सुनकोशी गाउँपालिका अध्यक्ष दिपा वोहोरा-दाहाल ५३७६ २९ सिन्धुली हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्र ध्वज वाइवा ४७२९ ३० धादिङ्ग गजुरी गाउँपालिका अध्यक्ष गणेश लाल श्रेष्ठ ६३०८ ३१ धादिङ्ग बेनीघाट रोराङ्ग गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया ७६८० ३२ धादिङ्ग रुवी भ्याली गाउँपालिका अध्यक्ष राम सिंह तामाङ २७९२ ३३ नुवाकोट ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङ ४९०९ ३४ नुवाकोट दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकर बहादुर थापा ४४७३ ३५ नुवाकोट पञ्चकन्या गाउँपालिका अध्यक्ष तेज बहादुर तमाङ ४३५४ ३६ काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका अध्यक्ष ईन्द्र बहादुर थिङ ४४८५ ३७ काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाई ६२२८ ३८ काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका अध्यक्ष प्रेम वहादुर भुजेल ५७९२ ३९ काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका अध्यक्ष कान्छा लाल जिम्वा ४८९१ ४० सिन्धुपाल्चोक जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबो ५५०३ ४१ सिन्धुपाल्चोक बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ ४६६६ ४२ सिन्धुपाल्चोक लिसंखु पाखर गाउँपालिका अध्यक्ष राजु लामा (तामाङ) ३९२५ ४३ मकवानपुर बाग्मती गाउँपालिका अध्यक्ष सर्केश घलान ७३८४ गण्डकी प्रदेश ४४ गोरखा गोरखा नगरपालिका प्रमुख कृष्ण बहादुर राना ८९६४ ४५ गोरखा पालुङटार नगरपालिका प्रमुख विवस चिन्तन ६०७२ ४६ गोरखा अजिरकोट गाउँपालिका अध्यक्ष दीपक देवकोटा ३७८७ ४७ गोरखा गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना ६३२६ ४८ गोरखा चुम नुव्री गाउँपालिका अध्यक्ष निमा लामा १६२४ ४९ गोरखा धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ ३७७१ ५० गोरखा भिमसेनथापा गाउँपालिका अध्यक्ष लोक प्रसाद बन्जारा ५६५१ ५१ गोरखा शहिद लखन गाउँपालिका अध्यक्ष रमेश वाबु थापा मगर ५४७४ ५२ गोरखा बारपाक सुलीकोट गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट ५७१९ ५३ तनहुँ आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान ३९४० ५४ बागलुङ ताराखोला गाउँपालिका अध्यक्ष धन बहादुर वि.क २२८५ लुम्बिनी प्रदेश ५५ रोल्पा रोल्पा नगरपालिका प्रमुख सुरेन्द्र थापा (घर्ती) ७६०३ ५६ प्यूठान प्यूठान नगरपालिका प्रमुख विष्णु बहादुर योगी ९३२३ ५७ बर्दिया राजापुर नगरपालिका प्रमुख दिपेश थारु ९८०७ ५८ गुल्मी चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज खत्री क्षेत्री ५७०० ५९ गुल्मी धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल ६०८९ ६० गुल्मी मालिका गाउँपालिका अध्यक्ष देवीराम अर्याल ६१७६ ६१ गुल्मी रुरुक्षेत्र गाउँपालिका अध्यक्ष यदु ज्ञवाली ५८१७ ६२ पाल्पा रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्की ५७०४ ६३ रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनीराज घर्ति ३९१३ ६४ रुकुम पूर्व भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ ३९७५ ६५ रुकुम पूर्व सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी ३७७९ ६६ रोल्पा थवाङ गाउँपालिका अध्यक्ष ऋषि केशव बुढामगर २१२२ ६७ रोल्पा परिवर्तन गाउँपालिका अध्यक्ष सुक बहादुर बुढा मगर ३३११ ६८ रोल्पा माडी गाउँपालिका अध्यक्ष अमर सिंह घर्तीमगर ३८३० ६९ रोल्पा लुङग्री गाउँपालिका अध्यक्ष भरत कुमार थापा ४९६४ ७० रोल्पा सुनछहरी गाउँपालिका अध्यक्ष धन बहादुर पुनमगर ३४३९ ७१ रोल्पा सुनिल स्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढाथोकी ६०६२ ७२ प्यूठान झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री ५९२९ ७३ प्यूठान माण्डवी गाउँपालिका अध्यक्ष नम राज अधिकारी ३६७६ ७४ दाङ गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल ६९०९ ७५ दाङ बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुन मगर ५७४९ ७६ दाङ राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट ६८९८ ७७ बाँके खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बि.क. १०७९० ७८ बर्दिया बढैयाताल गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी ९३६७ ७९ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ता ४३८१ कर्णाली प्रदेश ८० सल्यान बनगाड कुपिण्डे नगरपालिका प्रमुख कर्ण बहादुर बुढाथोकी ७३७० ८१ कालिकोट रास्कोट नगरपालिका प्रमुख धर्म राज शाही ३०४७ ८२ जाजरकोट नलगाड नगरपालिका प्रमुख डम्मर बहादुर रावत ५५९९ ८३ रुकुम पश्चिम आठबिसकोट नगरपालिका प्रमुख रवि के.सी. ७३९९ ८४ रुकुम पश्चिम चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी ६८८२ ८५ सल्यान दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सी. ४४६४ ८६ डोल्पा जगदुल्ला गाउँपालिका अध्यक्ष नारा सिं रोकाया ७७० ८७ डोल्पा मुड्केचुला गाउँपालिका अध्यक्ष दत्त बहादुर शाही १४०४ ८८ मुगु खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाही ३५२० ८९ जुम्ला तिला गाउँपालिका अध्यक्ष मोति लाल रोकाया १९३६ ९० जुम्ला सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल १९४९ ९१ कालिकोट शुभ कालीका गाउँपालिका अध्यक्ष गोबिन्द्र प्रसाद आचार्य २४०९ ९२ कालिकोट पचालझरना गाउँपालिका अध्यक्ष देब राज शाहि २३६२ ९३ कालिकोट पलाता गाउँपालिका अध्यक्ष विष्णु बहादुर रोकाया २२९२ ९४ कालिकोट महावै गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह २२७४ ९५ हुम्ला ताँजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसी १८१० ९६ हुम्ला नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामा १४६६ ९७ हुम्ला सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी २८८२ ९८ दैलेख नौमुले गाउँपालिका अध्यक्ष छविराम सुवेदी ३२०० ९९ दैलेख भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश वहादुर थापा २८४६ १०० सुर्खेत चौकुने गाउँपालिका अध्यक्ष खड्क वि.क. ५४७६ १०१ रुकुम पश्चिम त्रिवेणी गाउँपालिका अध्यक्ष गणेश कुमार के.सी. ५१२९ १०२ रुकुम पश्चिम सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट ६०१९ सुदूरपश्चिम प्रदेश १०३ कैलाली गौरीगंगा नगरपालिका प्रमुख देवी दत्त कडेल १३७९५ १०४ बैतडी मेलौली नगरपालिका प्रमुख भीम बहादुर चन्द ३०१० १०५ कन्चनपुर बेलौरी नगरपालिका प्रमुख पोती लाल चौधरी ८७८७ १०६ अछाम मेल्लेख गाउँपालिका अध्यक्ष ज्वाला सिंह साउद ५१४४ १०७ बझाङ्ग छबिसपाथिभेरा गाउँपालिका अध्यक्ष बसन्त बहादुर चलाउने ३६८४ १०८ बझाङ्ग दुर्गाथली गाउँपालिका अध्यक्ष दिल बहादुर थापा २८२३ १०९ डोटी बोगटान फुड्सिल गाउँपालिका अध्यक्ष कमल बहादूर गडसीला २०५८ ११० कैलाली मोहन्याल गाउँपालिका अध्यक्ष देवी दत्त उपाध्याय ३१३४ १११ दार्चुला अपिहिमाल गाउँपालिका अध्यक्ष भक्त सिह ठेकरे (बोहरा) २३१२ ११२ दार्चुला नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामी ३७८३ ११३ दार्चुला मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामी ३६१६ ११४ दार्चुला लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी २९७६ ११५ डडेलधुरा अजयमेरु गाउँपालिका अध्यक्ष उमेश प्रसाद भट्ट २४६९ ११६ डडेलधुरा आलिताल गाउँपालिका अध्यक्ष शेर सिंह पार्की २३८९
राष्ट्रिय सभाको निर्वाचन शुरु, लुम्बिनी र सुदूरपश्चिमका मुख्यमन्त्रीले गरे मतदान
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शुरु भएको छ। लुम्बिनी प्रदेशको मतदान केन्द्र दाङमा मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले मतदान गरेसँगै निर्वाचनको मतदान प्रक्रिया शुरु भएको हो। त्यसैगरी सुदूरपश्चिम प्रदेशको मतदान केन्द्र धनगढीमा पनि मतदान शुरु भएको छ। त्यहाँ पनि मुख्यमन्त्री त्रिलोचन भट्टले मतदान गरेका छन्। प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा केहीबेर अघि मतदान शुरू भएको हो। राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन शुरु भएको छ। बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ। आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले निर्वाचन गर्न लागिएको हो। सदस्यको पदावधि समाप्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ। जसअनुसार प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी जम्मा १९ पदका लागि निर्वाचन हुन लागेको हो। निर्वाचन आयोगका अनुसार सातवटै प्रदेशका आठ मतदान स्थलमा १४ वटा मतदान केन्द्र तोकिएको छ। प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान स्थल तोकिएको छ। यसैगरी प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ। मधेश प्रदेशका लागि महेन्द्रनारायण निधी भवनमा, बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान हुँदैछ। लुम्बिनी प्रदेशको लागि दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल राखिएको छ। निर्वाचनमा प्रदेश सभा सदस्यहरु र स्थानीय तहका प्रमुख र उपप्रमुखहरुले भाग लिन पाउँछन्। सातै प्रदेशमा कूल मतदाता २०२५ कायम छन्। निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ। रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् भने हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्नेछन्। प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुखको मतभार १८ निर्धारण गरिएको छ। निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ९ दलका ४३ जना उम्मेदवार छन्।
काेलकाताविरुद्ध टस जितेर बलिङ गर्दै राजस्थान
काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलको १८औँ म्याच अन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध राजस्थान रोयल्सले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि मुम्बईमा सुरू हुँदैछ । राजस्थानले प्लेइङ-११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले श्रेयस गोपाल र मनन बोहराको स्थानमा जयदेव उनादकट र यशस्वी जैसवाललाई मौका दिएको छ । केकेआरले भने प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले कमलेश नगरकोटीको स्थानमा शिवम मावीलाई अवसर दिएको छ । जारी सिजनमा राजस्थान र केकेआरले चार म्याच खेल्दा एक/एक खेलमा मात्र जित हासिल गरेका छन् । राजस्थानको प्लेइङ-११ : जोस बटलर, यशस्वी जैसवाल, सञ्जु सामसन (कप्तान), डेविड मिलर, शिवम दुबे, रियान पराग, राहुल तेवटिया, क्रिस मोरिस, जयदेव उनादकट, चेतन सकरिया र मुस्तफिजुर रहमान । केकेआरको प्लेइङ-११ : नितीश राणा, शुभमन गिल, राहुल त्रिपाठी, इयोन मोर्गन (कप्तान), दिनेश कार्तिक, सुनील नारायण, आन्द्रे रसेल, प्याट कमिन्स, वरुण चक्रवर्ती, शिवम मावी र प्रसिद्ध कृष्णा ।
गायक निशान भट्टराईले गरे विवाह
काठमाडौं : नेपाल आइडल सिजन-२ का फस्ट रनरअप भएका गायक निशान भट्टराईले विवाह गरेका छन् । उनले आज धुलिखेल जिल्ला अदालतमा कानुनी विवाह गरेका हुन् । प्रेमिका ऋचा न्यौपानेसँग निशानले कानुनी विवाह गरेका हुन् । कानुनी विवाहपश्चात उनीहरूले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए । पछिल्लो समयमा गायक निशान नेपाली चलचित्रको सांगीतिक आकाशमा चम्किएका छन् । उनले स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पनि अहिले सर्वाधिक चर्चामा छ । निशान र ऋचा २ वर्षदेखि प्रेम सम्बन्धमा थिए । निशानको स्वरमा समावेश ‘लाउर जाने रेल’मा ऋचाले अभिनय गरेकी छिन् ।
पसल चोर्न आएका लुटेरा लखेटेपछि अष्ट्रेलियामा नेपाली युवतीको चर्चा
काठमाडौं : अष्ट्रेलियाको सिड्नीको अर्वनमा सोमबार साँझ १ नेपाली युवतीले पसल लुट्न आएको लुटेरालाई लखेटेको समाचारले यतिखेर चर्चा पाएको छ। रौटहट चन्द्रनिगाहपुरकी स्थायी वासिन्दा पवित्रा कार्की साँझ ७ बजेतिर पसलमा बसिरहँदा एक्कासी मुख छोपेर आएका एक लुटेराले क्यास काउन्टर अगाडि आएर पैसा माग्यो। एकछिन त उनी अक्क न बक्क परिन्। त्यत्तिकैमा लुटेराले सिधै पवित्रा बसेको स्थानमा आएर पैसाको काउन्टरमा हात हाल्न लाग्यो। उनले लुटेराको हात समातिन्, त्यत्तिकैमा हात हालाहाल हुँदा पवित्राले आफू छेउमा रहेको सानो तरकारी काट्ने चक्कु देखिन्। सोही चक्कु समातेपछि लुटेरा हच्कियो। उनले चक्कु लिएर लखेट्न थालिन्। लुटेरा कहाँ गयो, उनलाई पत्तो भएन। ‘अहिले सम्झँदा डर लागिरहेको छ, कसरी आँट आयो थाहै भएन,’ पवित्राले भनिन्। पसल बन्द गर्ने बेलामा आफूले दिदीलाई कुरेर बसेका बेला घटना घटेको उनले बताइन्। ‘पसलमा तरकारीको बक्स काट्न प्रयोग हुने चक्कु काउन्टर छेउमै रैछ, लुटेराले पैसामा हात हाल्न लागेपछि मलाई कसरी आँट आयो खोइ, चक्कु लिएर जाइलागेँ’ उनले भनिन्। सोमबारको यो घटनापछि स्थानीय प्रहरी आएर उनको व्यक्तिगत रिपोर्ट तथा सिसिटिभी फुटेज लगिसकेको छ। स्थानीय अष्ट्रेलियन टिभी च्यानलले समेत पवित्राको बहादुरीको गाथा प्रशारण गरिसकेका छन्।
नेपालमा कोरोना भाइरस जीन अध्ययन सुरू
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-९) को अनुवंश ‘जीन सिक्वेन्सिङ’ को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना सङक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो । परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा सङक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताउनुभयो । (कोभिड-१९) का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ । परिषद्ले यसका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ । यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासंग पनि सम्झौता गर्ने तयारी गरेको छ । जीनको अध्ययनका लागि काठमाडौ विश्वविद्यालयले उपकरण समेत खरिद गरेर ल्याइसकेको जनाइएको छ । परिषद्का बरिष्ठ अनुसन्धान अधिकृत डा। मेगनाथ धिमालले अध्ययनबाट कोरोना भाइरसको कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्ने बताए । जीन सिक्वेन्सिङका लागि अहिले प्रयोगशालाको परीक्षण, सङक्रमित व्यक्तिको संकलित नमूना संकलन गर्ने कार्य भइरहेको छ । ‘जीनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ ’ उनले भने, ‘भाइरस पत्ता लागेपछि (कोभिड-१९) विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ ।’ सवै देशले आफ्नो देशमा सङक्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जीन सिक्वेन्सी गरिरहेका छन् । परिषद्ले शुरुमा १५ जना सङक्रमितको जीनको अध्ययन गर्ने छ र यसपछि ५० देखि ६० जनाको गर्ने छ । उनका अनुसार फरक फरक देशबाट आएका मानिसको जीनको अध्ययन गरिने छ । ‘हामीले फरक फरक देशबाट आएका सङक्रमित व्यक्तिको जीन अध्ययन गर्ने छौं ’ उनले भने, ‘ जीन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जीन छ भन्ने पत्ता लगाउँछ ।’ अध्ययनबाट कोभिड १९ को संक्रमणले मानिसको रगतमा कुनकुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्ने छ । नेपालका संक्रमित रहेका मध्ये ९८ प्रतिशत कोभिड-१९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) नभएको पाइएको अवस्थामा अध्ययनले कुन प्रकारको जीनको कारणले यहाँका मानिसमा सङक्रमण रहेको र भाइरसको कुन चाहिँ जीन नेपालमा बढी रहेको भन्ने कुरा थाहा हुने छ । सङक्रमित व्यक्तिको स्बाब र रगतबाट जीन सिक्वेन्सिङ गरिने छ । जीन पत्ता लगाएपछि कोभिड-१९ को उपचारका लागि आवश्यक भ्याक्सिन र औषधि पत्ता लगाउन सकिने छ । चीन, अमेरिका, भारतलगायत देशले पनि कोभिड-१९ को जीनबारे अनुसन्धान सुरु गरिसकेका छन् । उनले जीनको अध्ययनपछि गुणस्तरिय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य संगठनको स्वीकृतमा विदेश रहेका प्रयोगशालामा समेत परीक्षण गरिने बताए । उनका अनुसार १० प्रतिशत नमूना विदेशी प्रयोगशालामा समेत पठाइने छ । रासस
सुनको मूल्य एकै दिन २२ सय रुपैयाँ बढ्यो
काठमाडौंः केही महिनादेखि अकाशिँदै आएको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावालको मूल्य सुन बुधबार ८० हजार ५०० रुपैयाँ पुगेको हो। यो अहिलेसम्म कै उच्च मूल्य हो। यसअघि फागुन १२ मा प्रतितोला ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। त्यो रेकर्डलाई पनि तोड्दै बुधबार सुनको मूल्य थप उकालो लागेको हो। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले नेपालमा पनि त्यसको असर देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८८० रुपैयाँमा कारोबार भइरहेको छ।
यसकारण हुँदैन तेस्रो विश्वयुद्ध
काठमाडौंः सन् २०१९ को बिदाइसँगै अमेरिका र इरान तनाव बढ्दै थियो। नयाँ वर्षको आरम्भकै तेस्रो दिन त्यो बढ्दो तनावले अर्कै रूप लियो। अमेरिकीलाई ठूलो सफलता हात पर्यो। अमेरिकाले इरानको सैन्य जनरल कासिम सुलेमानीलाई ड्रोन आक्रमण गरी हत्या गर्यो। इरानलाई सशक्त बनाइराख्ने ‘सैन्य आर्किटेक’ नै मानिएका सुलेमानीको हत्याले इराक विक्षिप्त भयो। सिया जनता सडकमा उत्रेर अमेरिकासँग बदलाको अस्त्र खोज्न थाले। अमेरिकाले गरेको त्यो हत्यालाई अन्य मुलुकले आतंककारी नेतृत्वको हत्याका रूपमा लिएनन्। झन् इरानी र इराकका सियाहरूले लिने कुरै भएन। उनको दाहसंस्कारमा देखिएको भीड र भीडमा च्यापिएर मरेका मानिसको संख्याले पनि सुलेमानीको हैसियत के थियो भन्ने स्पष्ट भइसकेको छ। त्यसको बदलामा सुलेमानीको अन्त्येष्टिलगत्तै इराकमा रहेका अमेरिकी आधार शिविरमा इरानले विभिन्न २२ क्षेप्यास्त्र हान्यो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एउटा मुलुकको सैन्य जनरललाई मार्न यो तहमा झर्छन् भन्ने धारणा तेहरानले बनाएको थिएन। त्यस्तै पेन्टागनले पनि यसरी इरानले आफ्नो आधार शिविरमा क्षेप्यास्त्र नै हान्छ भन्ने सोचेको थिएन। यी घटनापछि अमेरिका र इरान पछि हटेका छन्। जसले तत्कालका लागि युद्ध टरेको छ। सन् २०१५ मा इराकका लागि विशेष दूत रहेर नेपालीको उद्धारमा खटिएका अर्जुनकान्त मैनालीले अमेरिका र इरानबीच युद्ध हुने सम्भावना नदेखिएको बताए। दुवै मुलुकले आन्तरिक राजनीतिक खपतका लागि यो तहमा ओर्लेका हुन्। यसले दुवै मुुलुकको हित नगरे पनि नयाँ कोणबाट अमेरिका र इरान वार्ता हुने अवस्था भने सिर्जना गर्न सक्छ। सुलेमानीको हत्यापछि उब्जेको थियो– खाडी क्षेत्र तनावग्रस्त हुन्छ। तर अमेरिका र इरान शक्ति प्रदर्शनमा पछि हटे। सुलेमानीको हत्यापछि कतै तेस्रो विश्वयुद्ध त हुँदैन भन्ने अड्कलबाजी भएका थिए। हत्यालगत्तै इरानले अमेरिकासँग कठोर बदला लिने धम्की दियो। प्रत्युत्तरमा अमेरिकाले कुनै पनि आक्रमणको बदलामा इरानलाई ध्वस्त बनाइदिने चेतावनी दियो। न अमेरिकाले इरान ध्वस्त पार्छ न त इरानले अमेरिकी सेनालाई आक्रमण गरेर सोत्तर पार्न सक्छ। शिविरमा २२ क्षेप्यास्त्र झार्नुअघि पनि इरानले अमेरिकी शिविर रहेको इराकलाई खबर गर्नु नै यसको उदाहरण हो। मानवीय क्षति नहोस् भन्ने चाहना इरानको पनि थियो। इरानले इराकको एर्बिल र अल असदमा रहेका अमेरिकाका दुई शिविरमा क्षेप्यास्त्र हानेको थियो। अन्ततः त्यही क्षेप्यास्त्र सुलेमानीको बदलाको रूपझै बन्यो। अमेरिकाले इरानलाई थप सैन्य तनाव दिँदा खाडीमा एक्लिने सम्भावना देख्यो। किनकि सुलेमानीको हत्याअघि कुनै पनि खाडी साझेदारसँग अमेरिकाले सल्लाह गरेको थिएन। खाडीका साझेदार मुलुक इरानलाई देखाएर व्यापार बढाइरहेका छन् भने इरानले कुनै पनि बेला आफूहरूमाथि आक्रमण गर्नसक्छ भन्ने त्रासमा पनि हुन्छन्। यसको उदाहरण हो— साउदी अरेबियामा गत वर्ष इरानले तेल उत्पादन केन्द्रमा गरेको आक्रमण। यसपछि साउदी विस्तारै इरानसँग संयमित हुँदै आएको छ। यही अनेक सञ्जालले अमेरिका र इरान संयमतातर्फ उन्मुख देखिएका हुन्। यो संयमताले घातक युद्ध टरेको देखिन्छ। इरानले क्षेप्यास्त्र प्रहारपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आन्तरिक राजनीतिक दबाबमा परेर नाकाबन्दी कडाइ गरे पनि सैन्य आक्रमण नगर्ने सन्देश दिएका छन्। इरानी सर्वोच्च नेता आयातोल्लाह अलि खोमेनीले अमेरिकी दादागिरीमाथि हामीले जवाफ मात्र दिएको भन्दै यो थप्पडले नपुगे अर्को गालामा चट्काउने बताएका छन्। यस अलवा उनीहरू संयमित देखिएका छन्। त्यसैले त अमेरिका र इरान दुवैले थप सैन्य तनाव नगर्ने संकेत देखाए। ‘अमेरिका युद्धमा होमिएमा आफू तयार रहेको तर युद्ध आफूले नचाहेको म विश्व समुदायलाई स्पष्ट पार्न चाहन्छु’, इरानी नेताको धारणा इरानको सरकारी सञ्चारमाध्यमले बाहिर ल्याएको छ। उनको यो भनाइसँगै अमेरिकाले पनि युद्धमा अग्रसरता नदेखाउने भएको छ। अमेरिकाको दूतावास तेहरानमा छैन तर स्विजरल्यान्डको दूतावासले अमेरिकाको प्रतिनिधित्व गरिदिन्छ। त्यही दूतावासमार्फत दुवैले एकअर्कामा द्वन्द्व नचाहेको सन्देश दिइरहेका छन। खाडी सधैं आक्रान्त इरान मात्र होइन, सिरिया, यमन, लेबनान सबैतिर समस्या छन्। साउदी अरब, इजिप्ट, बहराइन क्षेत्र पनि आक्रान्त नभएका होइनन्। त्यहाँ पनि बेलाबेलामा अनेक किचलो निस्किरहेको हुन्छ। इरानसँगको सम्बन्धको कारण बहराइन, साउदी अरेबिया, यूएई र इजिप्टले कतारलाई नाकाबन्दी नै गरेको छ। तीन वर्ष हुनै लाग्दासमेत नाकबन्दी खुलेको छैन। यो अवस्था नै खाडीको आन्तरिक राजनीतिको एक रूप हो। अमेरिका चासो त्यसभित्र नभई मलका स्टेट र हिन्द प्रशान्त रणनीतिमा छ किनकि ऊ व्यापार बढाउनेतर्फ केन्द्रित देखिन्छ। अमेरिका आतंककारी समूहलाई नै सरकारले संरक्षण गर्ने क्षेत्रमा कसरी सैन्ययुद्ध गर्ने भन्ने सोचमा थियो। सर्वसाधारणलाई हत्या गर्ने गरी द्वन्द्व चर्काउने नीति अमेरिकाको पनि देखिँदैन तर खाडीको आन्तरिक राजनीतिले त्यो रूप लिन सक्ने आकलन अमेरिकाले पहिल्यै गरेको थियो। खाडी क्षेत्रका विषयमा रसिया, फ्रान्स र चीनले पनि बोल्न सकेको छैन। सामान्यबाहेक ठूलो ढाडस इरानले उनीहरूबाट पाउन सकेको छैन। हुन त इरान र अमेरिकाबीच मध्यस्थता गर्न आवश्यक पनि छैन। इरानलाई कतिसम्म लतारेर समाधान गर्ने भन्ने नीति अमेरिकाको हो। इरान आर्थिक जर्जरमा रहेकाले पनि अमेरिका वार्तामा बलियो हुने स्थिति छ। इरानले अमेरिका दुवैले एकअर्कालाई घुर्की लगाए पनि शान्ति दुवैलाई चाहिएको छ। आर्थिक रूपमा सबल बन्न इरानलाई अत्यधिक तेल बेच्नु छ। तेल बेच्न नपाएर उसले आन्तरिक रूपमा तेलको मूल्य बढाउनुपरेको छ। अर्कोतर्फ इरानमा भारतले चाभार पोर्ट बनाउन लागेको भए पनि सफल हुन सकेको छैन। जबकि पाकिस्तानको ग्वादर क्षेत्रमा चीनले पोर्ट बनाइसकेको छ। अमेरिकाले भारतलाई चाभार पोर्ट चिनियाँसँग मिलेर बनाउन सुझाएको छ। यसबाट अमेरिका र इरानबीच व्यापार हुने संकेत देछिन्छ। अमेरिकाको हिन्द प्रशान्त रणनीतिको केन्द्रमा भारत, जापान र अस्ट्रेलिया रहेकाले त्यस्तो संकेत त्यहाँ गरेको छ। भारतलाई अमेरिका स्वयंले सन् २०१८ मा तीन बिलियन यूएस डलरको तेल÷ग्यास बेचेको थियो। हिजो अमेरिकी राष्ट्रपति ट्रम्पले हामीलाई मध्यपूर्वको तेल र ग्यास अब चाहिँदैन भन्नुको कारण तेलका लागि अमेरिकाले खाडीमा उपस्थित भएको सन्देश नजाओस् भन्ने नै हो। चीनले पनि पछिल्लो समय इरानबाट तेल घटाउँदै गएको छ। अमेरिकी नाकाबन्दीलाई चीनले पनि साथ दिएमा इरानलाई असहजता हुनेछ। चीनले पनि इरानको तेल नचाहिन सक्ने भन्दै आएको छ। इरानको मुख्य स्रोत नै तेल हो, त्यो नकिनेपछि इरानको आर्थिक पाटो पनि ध्वस्त हुने नेता रुवानीले राम्ररी बुझेका छन्। चीनको तेलको मुख्य स्रोत पश्चिम एसिया नै हो, तर अहिले चीनलाई साउदी अरबले त्यस्तो तेल उपलब्ध गराएको छ। साउदी अरबबाट चीनतर्फ ७६ प्रतिशतले तेल बिक्री बढाएको उसकै तथ्यांकले देखाउँछ। भेनेजुयलाको तनाव र इरानको नाकाबन्दीले चीनले साउदीबाट तेल लगिरहेको हो। मुलुकभित्र इरानले तेलको मूल्य बढाएको छ। दुई सय प्रतिशतसम्म बढाउनुको कारण उनीहरूको आर्थिक अवस्था जर्जर छ भनेर देखाउने एक सूचक पनि हो। कुनै हिसाबमा पनि युद्ध गर्नुपर्ने मानसिकतामा इरान तयार हुँदैन तर अस्तित्वका लागि उसले लड्छ भन्नेमा अमेरिका जानकार छ। यस क्षेत्रमा रहेका सियालाई एक बनाएर नै इरान अघि बढ्न खोजेको देखिन्छ। इरानले पनि हरेक देशमा आफ्नो संयन्त्र तयार गरिरहेको छ। सभ्यता र संस्कृतिमा धनी मानिने इरान पाँच दशकदेखि लगातार उनीहरूसँग लडिरहेको छ। हिजबुल्ला भन्नेलाई इजरायको विरुद्धमा उपयोग गर्छ। लिबियामा ‘प्रोक्सी’ ग्रुप छ। सिरियामा बसरलाई सहयोग गर्छ। इराकमा पनि प्रोक्सी समूह राखेर इरान पश्चिम एसिया अर्थात् खाडी क्षेत्रमा नेतृत्व गरिरहेको छ। हुन त खाडी आफै राजनीति मिलिटिराइज छ। त्यसभित्र इरान पनि सहभागी छ। लडाइँ नगरूँ, मिलेर अघि बढौं भन्ने सुनिन्छ तर सुन्नीबहुल र सियाबाहुलबीचको फरक मतले खाडी क्षेत्र शान्त छैन। नेपालमा समेत इरानको तेल आउँथ्यो, त्यो रोकिएको छ। इरानले गल्फ अफ ओमान, स्टेट अफ हर्कुलसमा जहाज रोक्न खोज्ला तर पनि इरानले समुद्रबाट हुने व्यापारलाई ध्यान दिएर त्यो तहमा पुग्न सक्दैन। जुधेर जान्छु भनेमा आर्थिक अवस्था जर्जर रहेको इरान अघि बढ्न सहज छैन। मिलेर जाने सर्तमा सेफ ल्यान्डिङ गराउने पक्षमा इरान रहेकाले पनि अमेरिकाले त्यस क्षेत्रको लडाइँमा कति खर्चिने भन्दै युद्धबाट पछि हट्ने संकेत गरेको हो। अमेरिकासँग पनि ‘विनविन’ अवस्था भएमा समाहित हुने अन्यथा ट्रम्पले पेलेर जान पनि सक्ने अवस्था छ। राष्ट्रसंघको त्रास दुवैलाई अमेरिका–इरान तनावबारे राष्ट्रसंघ सुरक्षा परिषद्लाई दुवै मुलुकले आआफ्नो बचाउसहित पत्राचार गरेका छन्। उनीहरू दुवै अन्तर्राष्ट्रिय जगत्मा आफू खराब देखिन चाहँदैनन्। अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई थप खतराबाट जोगाउन र इरानका कारण बढ्न सक्ने तनाव रोक्नकै लागि अमेरिका वार्ताका पक्षमा रहेको जानकारी उसले सुरक्षा परिषद्लाई दिएको छ। अमेरिकी दूत केली क्राफ्टले उक्त धारणासहितको पत्राचार सुरक्षा परिषद्मा गरेकी थिइन्। सुलेमानीको हत्या राष्ट्रसंघको बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क पनि उनले प्रस्तुत गरेकी छन्। उक्त धारामा नै टेकेर इरानले पनि धारा अमेरिकी आधार शिविरमा आक्रमण गरेको खुलाएको छ। इरानले त्यो आक्रमणलाई उचित र आवश्यकसमेत दाबी गरेको छ। युद्ध नचाहेको धारणा राष्ट्रसंघमा राख्दै इरानका दूत माजिद तख्तले पत्राचार गरेका हुन्। इरानी सरकारी टेलिभिजनले खुलारूपमै आक्रमण गरेको भन्दै इराकस्थित अमेरिकी सैन्यअखडामा गरिएको क्षेप्यास्त्र आक्रमणको भिडिओ प्रसारणले पनि उनीहरू खुला तर संयमित रहेको संकेत गरेका हुन्। अमेरिका र इरान दुवैले खाडी क्षेत्रको शान्तिका लागि भन्दै पछि हटेको संकेत गरेका छन्। इरानलाई सभ्य र आणविकरहित बनाउन अमेरिका अग्रसर देखिन्छ। इरानको अबको लक्ष्य भनेको खाडीबाट अमेरिकी सबै सैन्य फिर्ता गराउने हो भन्नेसमेतको जानकारी गराएको छ। इराकको शिविरमा हानेको क्षेप्यास्त्रलाई आफ्नो रक्षार्थ चालेको कदम भनेको छ इरानले। ‘युद्ध घोषणा सहज छ, तर त्योभन्दा अप्ठेरो शान्ति कायम गर्न छ। शान्तिको पहल नै अहिलेको अवश्यकता हो’, पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले भने। इरान अमेरिकी सैन्य घेरामा अमेरिका खाडीको शान्तिका लागि भन्दै त्यस क्षेत्रमा पकड जमाएर बसेको छ। ६७ हजार सैनिक त्यहाँ तैनाथ छन्। ७ नेभी र ११ एअर बेस अमेरिकाको छ। पश्चिम एसियाली राष्ट्रमध्ये इरानलाई अमेरिकी सैन्यअखडाले पूरै घेरा हालेको छ। अफगानिस्तान, इराक, कुबेत, साउदी, बहराइन कतारमा ठूलो शिविर छ। कतारमा त त्यो क्षेत्रकै ठूलो ट्रुप अमेरिकाले राखेको छ। अरबियन गल्फ र गल्फ अफ ओमानमा दुवैमा बेस छ। अमेरिकाले इरानलाई घेरेर त्यस क्षेत्रको रेकी गरिरहेको छ। अमेरिकाले चाहँदा साँच्चै इरानलाई ध्वस्त पार्न सक्छ तर त्यो अमेरिकी चाहजस्तो देखिँदैन। पछिल्लो समय अमेरिका र इरानका बीचमा इराक पनि परेको छ। यद्यपि इराकमा इरानसमर्थकहरू पुनः हावी हुन थालेका छन्। इराकलाई केन्द्र बनाएर अमेरिकाले इरानमाथि धावा बोलिरहेको छ भने इरानले पनि अमेरिकाविरोधी समूहलाई प्रोक्सी बनाएर संघर्ष गरिरहेको छ। इराकमा इरान पक्षधर दलको परिचालन भइरहेको छ। उनै सुलेमानीले त्यहाँ भूमिका निर्वाह गरेका थिए। इरानलाई घेरामा राखेर अमेरिकाले आफ्नो प्रभाव जमाए पनि सुलेमानीले आफ्ना विरोधीलाई समेत एकगठ गर्दै अमेरिकाविरुद्ध अभियान बलियो बनाएकैले उनी शक्तिशाली बनेका थिए। इरानको सैन्य पनि कम छैन। अमेरिकाको रक्षा मन्त्रालयको एउटा प्रतिवेदनमा इरानको क्षेप्यास्त्र क्षमतालाई मध्यपूर्वकै सबैभन्दा ठूलो भनिएको छ। इरानमा पाँच लाख बढी सक्रिय सेना छ। इरानी सेनाका साढे तीन लाख र इस्लामिक रेभलुसनरी गार्ड्स कोर ९आईआरजीसी० का डेढ लाख बढी सेना रहेको विभिन्न अध्ययनले देखाएको छ। जलसेनामा पनि हजारौं थप गरिरहेको छ। सन् २०१५ मा अन्य देशसँग गरिएको पारमाणविक सम्झौताका कारण इरानले लामो दूरीको क्षेप्यास्त्रसम्बन्धी कार्यक्रम रोकेको भए पनि अध्ययनलाई कम गरेको छैन। पहिले पनि ट्रम्प पछि हटेका थिए अमेरिकाले इरानलाई तह लगाएर छाड्ने भने पनि अहिले फेरि पछि हटेको छ। ६ महिनाअघि इरानले आफ्नो जासुसी गरेको भन्दै अमेरिकी ड्रोनलाई खसालिदिएपछि दुई मुलुकबीच द्वन्द्व हुन थालेको थियो। त्यो केही समयमै यसै सेलाएको थियो। ड्रोन झर्नेबित्तिकै आक्रमण गर्ने निर्णय लिएका ट्रम्पले केही समयमै त्यसलाई पुनर्विचार गरेका थिए। उनले घोषणा गरेको केही मिनेटमै आक्रमण नगर्ने नीति अख्तियार गरेका थिए। ट्रम्पले सैन्यत्रासलाई नै हल्का हुने गरी यस्ता निर्णय सुनाउने र फर्कने गरेको देखिन्छ। अहिले पनि ट्रम्प पछि हटेकै हुन्। अमेरिकी सेनाले चाहँदा इरानलाई आफ्नो कब्जामा लिन नसक्ने होइन तर त्यसको हिसाबकिताब नगरी बोल्दा समस्या निम्तिने भय पनि उत्तिकै छ। यस्तो कार्यले कहिलेकाहीं अमेरिकी सेना अन्योलमा पर्ने गरेको छ। इरानले ड्रोनमात्र झारेको होइन, त्यही समयमा गल्फ अफ ओमानमा गरेको तेलको ट्यांकरमाथिको आगलागी र चार महिनापछि साउदी अरेबियाली तेलखानीमा भएको आक्रमण पनि चानचुने थिएन। सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावासलाई कब्जामा लिइएयता इरानले अमेरिकाविरुद्ध गरेको सबैभन्दा प्रत्यक्ष प्रकृतिको हमला हो। त्यतिबेला इरानमा नेपालको दूतावास पनि थियो। हुन त नेपाल र इरानबीच सन् १९६४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। ट्रम्पले चुनाव जितेकै बाहिर भएका सैनिक घर फिर्ता ल्याउने सर्तमै थियो। अफगानिस्तान युद्धमा हारेको अमेरिका त्यहाँबाट सैन्य लैजाने तयारीमा छ। अनि इरान न्युक्लियर पावर हो, जसको युरेनियम खानीले गर्दा उसले रासायनिक हतियार क्षेप्यास्त्र बनाउन सक्छ। खाडीमा जोखिक हटेकै त छैन इराक र लेबनानमा रहेका इरानसमर्थक लडाकुले पुनः अमेरिकीमाथि आक्रमण गरेमा या अमेरिकाले इरानमाथि अर्को आक्रमण गरेमा त्यो क्षेत्रमा युद्ध भड्किन सक्छ। त्यसैले युद्धको जोखिम भने पूरै हटिसकेको भन्न सकिन्न। तर जेलिएको विश्वमा ठूलो युद्ध नै हुन्छ भन्ने लाग्दैन। ‘जनरल सुलेमानीले आइसिस, अल नुसराह र अलकायदाविरुद्ध बहादुरीका साथ लडेका थिए। ‘आतंकवादविरुद्ध उनले नलडेको भए युरोपेली राजधानी अहिले ठूलो खतरामा हुन्थे। सुलेमानीको हत्याको बदलामा हामी यो क्षेत्रबाट सबै अमेरिकी सेनालाई खेद्नेछौं’, सुलेमानीको हत्यापछि रुहानीले भनेका थिए। क्षेत्रीय स्तरको तनाव भए पनि त्यहाँ रहेका नेपालीलाई कसरी स्वदेश फर्काउने रणनीतिमा नेपाल क्रियाशील हुनुपर्छ तर नेपालले यसबारेमा अध्ययन गरेको छैन। सन् २०१४ मा बगदादमा हमला हुँदा नेपालीलाई सुरक्षित गर्न विशेष दूत पठाउन परेको थियो। झन्डै तीन महिनासम्म विशेष दूतलाई सम्पर्क गर्न सहज भएको थिएन। सरकारसँग त्यसका लागि कुनै रकम थिएन। अर्थले बजेट पारित नगर्दा कुबेतस्थित दूतावासबाट पेस्की लिएर विशेष दूत अर्जुनकान्त मैनाली इराक पुगेका थिए। पश्चिम एसियाको समस्यालाई हामीले नियालिरहेका छौं। त्यहाँको शान्तिपूर्ण समाधान होस् भन्ने नेपालको चाहना रहेको धारणा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले व्यक्त गरे। उनका अनुसार त्यहाँ रहेका नेपालीको सुरक्षा र आवश्यक परे तत्काल उद्धारका लागि दूतावासहरूमार्फत सम्पर्क स्थापना भइरहेको उनले बताए। अन्नपूर्ण पोष्ट् दैनिकबाट
यसरी हुन्छ पुँजीवादमा शोषण, के हो त अतिरिक्त मूल्यको सिद्धान्त ?
अनुवादकः भेषराज भुसाल मालहरूमा मूल्य श्रमबाट बन्दछ । यसको स्तर मालहरूको उत्पादनमाथि खर्च भएको श्रमबाट निर्धारित हुने गर्दछ । श्रमको मात्रा श्रमकालबाट मापन गरिन्छ । कुनै मालको उत्पादनका निम्ति आवश्यक श्रमको समयजति धेरै हुन्छ श्रमको मात्रा त्यति नै धेरै हुन्छ र मूल्य पनि त्यति नै माथि हुन्छ । के यसको अर्थ यस्तो हुन्छ– कुनै व्यक्ति जति नै अल्छी र अकुशल हुन्छ, उसले बनाएको माल त्यति नै मूल्यवान् हुन्छ ? यो कुनै हालतमा होइन । कुनै मालको उत्पादनका निम्ति अलगअलग माल उत्पादकहरूलाई अलगअलग समयसम्म श्रमको आवश्यकता पर्दछ । यसका कारण स्पष्ट छन् । केही मानिस अरूभन्दा धेरै कुशल हुन्छन् र केही मानिसहरूले अरूभन्दा राम्रा औजार र उपकरणहरूको प्रयोग गर्दछन् । स्वाभाविक छ– धेरै कुशल र राम्रा औजारहरू प्रयोग गर्ने व्यक्तिहरूद्वारा लिइएको समय कम कुशल र भद्दा औजारहरूको प्रयोग गर्ने व्यक्तिहरूले लिएको समयभन्दा कम नै होला । त्यसो हो भने मालहरूको मूल्य निर्धारण गर्नका निम्ति कुन श्रमकालको उपयोग गर्नुपर्ला ? विभिन्न माल उत्पादनहरूद्वारा माल उत्पादनमा खर्च गरिएको श्रमकाललाई व्यक्तिगत श्रमकाल भन्ने गरिन्छ । उदाहरणका निम्ति केही सिकर्मीले एउटा कुर्सी बनाउन तीस घन्टा लगाउँछन्, केहीले पच्चीस घन्टा र अन्यले बीस घन्टा । यी सबै व्यक्तिगत श्रमकाल हुन् । मालहरूको मूल्य व्यक्तिगत श्रमकालबाट होइन, बरु सामाजिक रूपबाट आवश्यक श्रमबाट तय हुने गर्दछ । ‘सामाजिक रूपबाट आवश्यक श्रम उत्पादनको विद्यमान सामान्य स्थितिहरूमा त्यस समयको औसत कुशलताद्वारा कुनै उपयोग मूल्यको उत्पादनमा लागेको श्रमकाल हुने गर्दछ ।’ २ उत्पादनका सामान्य स्थितिहरूमा तथा औसत कुशलता वा गहनतासँग एउटा कुर्सी बनाउन लागेको समय २५ घन्टा छ भने त कुर्सी बनाउनका निम्ति सामाजिक रूपबाट आवश्यक श्रम २५ घन्टा हुन्छ । यो २५ घन्टाको श्रम कुर्सीको मूल्य निर्धारण गर्ने सामाजिक रूपबाट आवश्यक श्रम हो । श्रमद्वारा मूल्य निर्धारणको चर्चा गर्दा केवल व्यक्तिगत श्रम र सामाजिक रूपबाट आवश्यक श्रमका बीचमा मात्र होइन, साधारण श्रम र जटिल श्रमका बीचमा पनि अन्तर गर्नुपर्दछ । साधारण श्रम त्यो श्रम हो जुन कुनै सामान्य स्वस्थ व्यक्तिद्वारा बिनाकुनै विशेष प्रशिक्षण गर्न सकिन्छ । जटिल श्रम विशेष प्रशिक्षण प्राप्त कुशल मजदुरद्वारा गरिएको श्रम हो । त्यसकारण एउटा निश्चित समयावधिमा सामान्य श्रमद्वारा निर्मित मूल्य जटिल श्रमद्वारा निर्मित मूल्यभन्दा थोरै होला, जटिल श्रम कैयौँ साधारण श्रमहरूको योग हुने गर्दछ । जटिल र साधारण श्रमका बीचमा आपसी परिवर्तन विनिमयको प्रक्रियामा स्वतः भइरहन्छ । निजी श्रम र सामाजिक श्रमको अन्तरविरोध माल उत्पादनको आधारभूत अन्तरविरोध हामीले मालहरूको दोहोरो प्रकृति, माल उत्पादनमा श्रमको दोहोरो प्रकृति र मालको मूल्यको विश्लेषणमा गरेका छौँ । यस आधारभूत बुझाइबाट हामीले माल उत्पादनका अन्तरविरोधहरूलाई अझ विश्लेषण गर्न सक्छौँ । मालहरूलाई श्रम उत्पादनहरूको विनिमयका निम्ति प्रयोग गर्ने गरिन्छ । माल उत्पादक आफ्ना आवश्यकताहरूका लागि माल उत्पादन गर्दैनन् । उदाहरणका निम्ति कामीले फौरा यसकारण बनाउँदैन किनकि उसलाई त्यसको आवश्यकता छ । उसको उद्देश्य फौराहरू बेचेर तिनको मूल्य गर्ने हुन्छ ताकि त्यसको बदलामा आफ्ना आवश्यकताका चामल र कपडा प्राप्त गर्न सकोस् । माल उत्पादकहरूका निम्ति यो एकदम महत्वपूूर्ण हुने गर्दछ– उसको माल बिक्छ कि बिक्दैन । मालले उपयोग मूल्य र मूल्यका विपरीत बिन्दुहरूलाई जोड्छ । ती मालमा त एकीकृत हुन्छन्, साथै एक अर्काका विपरीत पनि हुन्छन् । त्यो माल बिक्यो भने त तिनका आन्तरिक अन्तरविरोध हल हुन पुग्छन् । जब एउटा फौरा त्यस्तो किसानको हातमा पुग्छ जसलाई त्यसको आवश्यकता हुन्छ, त्यो मूर्त श्रम अमूर्त श्रममा बदलिन पुग्छ र कामीलाई उसको फौराको मूल्य प्राप्त हुन्छ । फौराको उपयोग मूल्य र मूल्य पनि एक हुन पुग्छ । त्यो माल बेच्न सकिएन भने त उपयोग मूल्य र मूल्य तथा मूर्त श्रम र अमूर्त श्रमका अन्तरविरोध तुरुन्तै सतहमा आउँछन् । यद्यपि फौरामा उपयोग मूल्य त रहेकै हुन्छ । त्यो बिकेन भने त त्यसको मूल्य प्राप्त हुँदैन र त्यो फौरा फोहोरको थुप्रोभन्दा अरू केही हुँदैन । यस्तो स्थितिमा कामीको मूर्त श्रम जसमा निश्चितै शारीरिक–मानसिक श्रम खर्च भएको छ, अमूर्त श्रममा परिवर्तन हुन सक्दैन । अर्को शब्दमा उसको श्रम समाजद्वारा स्वीकृत हुँदैन र बेकारमा खेर जान्छ । यस्तो हालतमा कामीसँग अरू उत्पादन गर्नका निम्ति काँचो फलाम तथा कोइला किन्नका लागि कुनै साधन रहँदैन । ऊसँग आफ्नो आजीविकाका लागि इन्धन, चामल, तेल र नुन किन्नका लागि कुनै साधन रहँदैन । उपयोग मूल्य र मूल्य तथा मूर्त र अमूर्त श्रमका बीचको अनतरविरोध माल उत्पादकको उत्पादन र आजीविकालाई सीधै प्रभावित गर्दछ । माल उत्पादनमा यी अन्तरविरोध कसरी पैदा हुने गर्दछन् ? त्यसका स्रोत के हुन् ? निजी स्वामित्वअन्तर्गत माल उत्पादनको एउटा आधारभूत अन्तरविरोध हो । यो हो निजी र सामाजिक श्रमका बीचको अन्तरविरोध । माल यद्यपि विनिमयका निम्ति प्रयोग हुने श्रम उत्पादन हुने गर्दछन् र उत्पादनद्वारा निर्मित उपयोग मूल्य उसको आवश्यकताका निम्ति होइन बरु सामाजिक आवश्यकताहरूको पूर्तिका निम्ति हुने गर्दछ । त्यसकारण माल उत्पादकको श्रमको प्रकृति सामाजिक हुन्छ । यो समग्र सामाजिक श्रमको एक भाग हुने गर्दछ । परन्तु निजी स्वामित्वका स्थितिहरूको मातहत, के र कति उत्पादन गर्ने हो तथा त्यसबाट आय कति हुने हो यो उत्पादकको निजी श्रमको प्रकृति पनि हुने गर्दछ । निजी र सामाजिक श्रमका बीचको यो अन्तरविरोध निजी स्वामित्वमातहत माल उत्पादनका सम्पूर्ण अन्तरविरोधहरूको मुख्य स्रोत हो । जब निजी उत्पादकले बनाएका माल बजारमा बिक्री हुन्छन् तब यसबाट यो जानकारी मिल्छ– यसको निजी श्रम समाजद्वारा स्वीकार गरियो र त्यो सामाजिक श्रमको एक भाग बन्न पुग्छ । माललाई बिक्री गर्न सकिएन भने त माल उत्पादकको निजी श्रम समाजद्वारा स्वीकार गरिँदैन र त्यसलाई सामाजिक श्रममा बदल्न सकिँदैन । माल उत्पादकको मूर्त श्रमलाई अमूर्त श्रममा बदल्न सकिँदैन । त्यसकारण मालको मूल्य प्राप्त गर्न सकिँदैन । माक्र्सको मूल्यको श्रम सिद्धान्त अतिरिक्त मूल्यको सिद्धान्तको आधार हो । श्रमको दोहोरो प्रकृतिको विश्लेषणको माध्यमबाट माक्र्सले श्रम सिद्धान्तको रचना गर्नुभयो । यो सिद्धान्तले वैज्ञानिक ढङ्गबाट देखाउँछ– मूर्त श्रमले मालहरूको उपयोग मूल्यको निर्माण गर्दछ जब कि अमूर्त श्रमले मालहरूको मूल्य निर्धारण गर्दछ । श्रम नै मूल्यको एक मात्र स्रोत हो । माक्र्सको मूल्यको श्रम सिद्धान्त अतिरिक्त मूल्यको सिद्धान्तको आधार हो । माक्र्सवादी राजनीतिक अर्थशास्त्रको एउटा महत्वपूर्ण सङ्घटक अङ्ग हो । माक्र्सवादी सिद्धान्तको मार्ग्निर्देशन पाउनुभन्दा पहिले सर्वहाराले आफ्ना दुःखहरूको स्रोत बुझ्न पाएको थिएन र आफ्ना सङ्घर्षका लक्ष्यहरूको पहिचान थिएन । केहीलाई यस्तो गलत बुझाइ थियो– उनीहरूका दुःखहरूको कारण मेसिन हुन् । एकपल्ट मेसिनहरूलाई नष्ट गर्ने सङ्घर्षको एउटा तरिकाका रूपमा पनि अपनाउन पुगे । माक्र्सले सर्वहारा सङ्घर्षहरूको लामो अनुभवलाई संश्लेषण गर्नुभयो र पुँजीवादी शोषणको रहस्यलाई पर्दाफास गर्नका निम्ति अतिरिक्त मूल्यको सिद्धान्तको रचना गर्नुभयो । यसबाट सर्वहारा वर्गलाई आफ्नो ऐतिहासिक मिसनको र यस तथ्यको महसुस भयो– केवल हिंसात्मक क्रान्तिको माध्यमबाट र पुँजीवादको स्थानमा समाजवाद ल्याएर नै ऊ मुक्त हुन सक्छ । माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्त मूल्यको श्रम सिद्धान्तमा आधारित छ । मूल्यको श्रम सिद्धान्तबिना अतिरिक्त मूल्यको सिद्धान्त स्थापित हुन सक्दैनथ्यो । यद्यपि माक्र्सको मूल्यको श्रम सिद्धान्तले सर्वहारा क्रान्तिकारी सङ्घर्षहरूलाई मार्गदर्शन दिन्थ्यो । त्यसकारण बुर्जुवा अर्थशास्त्रीहरूले मूल्य र श्रमको सम्बन्धविच्छेद गर्न, माक्र्सको मूल्यको श्रम सिद्धान्तको विरोध गर्न र पुँजीवादी शोषणमाथि पर्दा हाल्न असफल प्रयासमा हरेक तरहका अवैज्ञानिक मूल्यका सिद्धान्तहरूलाई स्थापित गर्न भरपूर कोसिसहरू गरे । भुँडे अर्थशास्त्रीहरूका बीचमा एक समय मूल्यको उत्पादन लागत सिद्धान्त प्रचलित थियो । यस सिद्धान्तले मन्दथ्यो– मालको मूल्य त्यसको उत्पादनमा लागेको लागत (उत्पादनका साधनहरूको मूल्य र ज्याला) बाट तय हुने गर्दछ । कुनै मालको मूल्य वास्तवमा उत्पादन लागतबाट हुँदो हो त माल बिक्री भएपछि पुँजीपतिको उत्पादनका क्रममा खर्च भएको लागत नै फिर्ता मिल्थ्यो । यसप्रकारले बिचरा ऊ कसरी अमीर बन्न सक्थ्यो ? मजदुरको शोषण कसरी हुन्छ ? यसप्रकार ती भुँडे अर्थशास्त्रीले भन्दथे– मूल्य उत्पादन लागतबाट तय हुने गर्दछ । वास्तवमा मुनाफाको व्याख्या उच्चतम् पारिश्रमिक संशयका निम्ति पुरस्कार र जोखिमको बदला पुरस्कारका रूपमा गर्दथे । यो बुर्जुवा वर्गका पक्षधरका रूपमा उनीहरूको फोहोरी भूमिकालाई स्पष्ट गर्दछ । बुर्जुवा भुँडे अर्थशास्त्रीहरूका बीचमा एउटा समयमा मूल्यको उपयोगिता सिद्धान्त पनि प्रचलित थियो । त्यस सिद्धान्तअनुसार कुनै मालको मूल्य त्यसमा निहित उपयोगिताको परिमाणबाट तय हुने गर्दछ । त्यसो भए उपयोगिता के हो ? वास्तवमा यो कुनै मालको उपयोग मूल्य हुने गर्छ । हामीले पहिले नै भनिसकेका छौँ– विभिन्न मालहरूको अलगअलग उपयोग मूल्य हुने गर्दछ जसलाई आपसमा तुलना गर्न सकिँदैन । यो एकदमै बिनातुकको कुरा हो– कुनै मालको मूल्य उसको उपयोग मूल्यबाट तय हुने गर्दछ । मूल्यको उपयोगिता सिद्धान्त प्रतिपादन गर्नेहरूले बुद्धिमत्तापूर्ण ढङ्गबाट यस कुराको व्याख्या गर्न सकेनन्– मानव जीवनका निम्ति आवश्यक हावा र घामजस्ता वस्तुहरूमा मूल्य किन हुँदैन र तिनलाई मालका रूपमा बेच्न किन सकिँदैन । बुर्जुवा भुँडे अर्थशास्त्रीका बीचमा एउटा लोकप्रिय सिद्धान्त मूल्यको भाग र आपूर्तिको सिद्धान्त थियो । यस सिद्धान्तले यस कुरालाई नकार्दथ्यो– कुनै मालको कुनै वस्तुगत अन्तरनिहित मूल्य हुने गर्दछ । त्यसका अनुसार मालहरूको मूल्य बजारमा आपूर्ति एवम् मागको स्थितिबाट निर्धारित हुने गर्दछ । जब कुनै मालको आपूर्ति उसको मागभन्दा धेरै हुन्छ तब अन्य मालहरूका निम्ति त्यसको विनिमय मूल्य कम हुने गर्दछ र त्यसको मूल्य पनि कम हुने गर्दछ । जब कुनै मालको माग उसको आपूर्तिभन्दा धेरै हुन्छ तब अन्य मालहरूका निम्ति त्यसको विनिमय मूल्य धेरै हुन्छ र त्यसको मूल्य पनि धेरै हुन्छ । यो सिद्धान्त स्पष्टतः भ्रान्तिपूर्ण थियो । मूल्यको माग र आपूर्तिको सिद्धान्तका प्रतिपादकले यो बताउन सकेनन्– आपूर्ति र माग बराबर भएमा मालको मूल्य कसरी तय हुन्छ र यो पनि सम्झाउन सकेनन्, विभिन्न मालहरूका निम्ति माग र आपूर्तिका बदलिइरहने सम्बन्धहरूका बीचमा कुनै माल सदैव अन्य मालभन्दा धेरै महँगा किन हुने गर्दछन् । यद्यपि बुर्जुवा अर्थशास्त्रीहरूले मालको श्रम सिद्धान्तलाई खारेज गर्न हरसम्भव प्रयत्न गरे तर सत्यलाई कहिल्यै खारेज गर्न सकिँदैन । बुर्जुवा वर्गका विभिन्न छद्म वैज्ञानिक सिद्धान्तहरूका विरुद्ध आफ्नो सङ्घर्षमा मूल्यको माक्र्सवादी श्रम सिद्धान्त एक मात्र सत्य सिद्धान्त सिद्ध हुन पुग्यो । मुद्रा माल विनिमयको विकासको एउटा स्वाभाविक उपज हो । मुद्रा सार्वभौमिक समतुल्यको कार्य गर्ने एक विशेष माल हो । मुद्राको सम्बन्ध मालहरूसँग हुन्छ किनभने दैनिक जीवनमा मालहरूको मूल्य मुद्राका रूपमा अभिव्यक्त हुने गर्दछ । मालहरूलाई मुद्राबाट खरिद गरिन्छ । यद्यपि सुरुदेखि नै यस्तो थिएन । मुद्रा उत्पादन र विनिमयको विकासको उपज हो । माल विनिमयको सुरुआत मालहरूको सीधै आपसमा अदलाबदलीबाट सुरु भयो । प्रारम्भमा पशुपालक कबिला र कृषक कबिलाहरूले आफ्नो अतिरिक्त उत्पादहरूलाई आपसमा विनिमय गर्दथे । उदाहरणका निम्ति भेडाहरूसँग चामलको विनिमय गरिन्थ्यो । त्यस समयमा मालहरूको विनिमय समयसमयमा हुने गर्दथ्यो र यो मुख्यतः गोत्र कम्युनहरूका भित्र नै चल्थ्यो । विनिमयप्रक्रियामा एउटा मालको मूल्य कुनै अर्को मालका रूपमा अभिव्यक्त हुने गर्दथ्यो । उदाहरणका निम्ति दुईवटा भेडा एक बोरा चामलको बराबर हुन्थ्यो । भेडाको मूल्य स्वार्थमा नाप्न सकिँदैनथ्यो । जव भेडाहरूको चामलसँग विनिमय हुन्थ्यो तव भेडाको मूल्य चामलका रूपमा अभिव्यक्त हुने गर्दथ्यो । उपरोक्त समीकरणमा चामलजस्ता मालहरूको एक ‘समतुल्य’ को भूमिका हुन पुग्दथ्यो । तिनीहरू एउटा ऐनाजस्तै समान हुन्थे जसमा अर्का मालहरूको मूल्य प्रतिबिम्बित हुने गर्दथ्यो । उत्पादक शक्तिहरू र श्रमको सामाजिक विभाजनको विकाससँगसँगै माल विनिमय दिनप्रतिदिन विकसित हुँदै गयो । विनिमय गरिने मालहरूको परिमाण र विविधता दुवै बढे । विनिमयको प्रक्रियामा एउटा मालको कैयौँ अन्य मालहरूसँग हुन सक्थ्यो । साथै माल विकाससँगै मालहरूको सीधै अदलाबदलीबाट हुन जाने नोक्सान पनि अधिकाधिक देखिन थाल्यो । सीधै अदलाबदली तब मात्र सम्भव हुन सक्थ्यो जब दुवै पक्षलाई त्यसै वस्तुको आवश्यकता हुन्थ्यो जुन दोस्रो पक्षले दिइरहेको हुन्थ्यो । उदाहरणका निम्ति मान्नुस् भेडाको मालिकले अनाजसँग विनिमय गर्न चाहन्छ तर अनाजको मालिकलाई भेडाको बदला फौराको आवश्यकता होस् र फौराको मालिकले भेडा वा अनाजको बदला कपडा लिन चाहेको होस् । कपडाको मालिकलाई भेडाको आवश्यकता भएमा भेडा बेच्नेले यसरी पाउन सक्थ्यो– उसले पहिले भेडाको बदला कपडा लिने, फेरि कपडासँग फौरा र अन्त्यमा फौराको बदला अनाज । विनिमयको वाञ्छित उद्देश्य धेरै कठिनाइबाट पूरा हुन सक्थ्यो । कपडावालालाई भेडाको आवश्यकता हुँदैनथ्यो भने उसले तमाम दुःख उठाएर पनि आफ्नो आवश्यकताको वस्तु पाउन सक्दैनथ्यो । यसप्रकार माल उत्पादनको उत्तरोत्तर विकसित हुँदै जाँदा प्रत्यक्ष वस्तु विनिमय एकदम मुस्किल हुँदै गयो । माल विनिमयका क्रममा सुस्तसुस्त मानिसहरूको बुझाइमा आयो– उनीहरूले पहिले मालको विनिमय कुनै यस्तो मालबाट गरौँ जुन आमरूपमा मानिसहरूको आवश्यकता होस् (जस्तै भेडा) र फेरि त्यसको उपयोग आफ्नो आवश्यकताको माल लिनका निम्ति गरौँ तब विनिमयको वाछित उद्देश्य मात्र दुई सौदामा पूरा हुन सक्थ्यो । यसप्रकार माल विनिमयको लामो विकासमान प्रक्रियामा भेडाजस्तै माल अन्य मालहरूबाट अलग भए र तिनीहरूको एउटा यस्तो भूमिका बन्यो जुन अन्य मालहरूका निम्ति सम्भव थिएन । त्यस्तो अवस्थामा सबै मालहरूको मूल्य भेडाहरूका रूपमा अभिव्यक्त हुन्थ्यो र भेडाहरूले माल विनिमयमा ‘सार्वभौमिक समतुल्य’ को भूमिका निर्वाह गरे । माल विनिमयको विकासको लामो प्रक्रियामा अलगअलग राष्ट्रहरूले विनिमयका फरकफरक माध्यमहरूको प्रयोग गरे जस्तै भेडा, कौडीहरू, कपडा वा धातुहरू । अन्ततः उनीहरूले सुन, चाँदीजस्ता बहुमूल्य धातुहरूलाई मुद्राका रूपमा प्रयोग गर्ने निर्णय गरे किनकि बहुमूल्य धातुहरू परिमाण थोरै तर मूल्यमा अत्यन्त धेरै हुने गर्छन्, तिनलाई ल्याउन, लैजान र कैयौँ भाग लगाउन सजिलो हुने गर्दछ । साथै तिनीहरू नाशवान् हुँदैनन् । त्यसकारण विनिमयको माध्यमका निम्ति ती उपयुक्त हुन् । त्यसकारण सुन र चाँदीलाई मुद्राका रूपमा आमरूपमा स्वीकार गर्ने गरिन्छ । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने मुद्रा सुन र चाँदीको अन्तरनिहित गुण होइन । यो तिनीहरूलाई प्राप्त हुन्छ । सुन र चाँदी केही निश्चित ऐतिहासिक उत्पादन सम्बन्धहरूको अन्तर्गत मुद्रा बने । मुद्राको स्रोतबाट मुद्राको प्रकृति बुझ्न सकिन्छ । मुद्रा अन्य मालहरूबाट पृथक एउटा विशेष माल हो जसले विनिमयको माध्यमको कार्य गर्दछ ।
पेट सफा गर्ने जल चिकित्सा विधि
काठमाडौंः ग्यास्ट्रिक तथा कब्जियत नेपालीको पेवै जस्तो समस्या हो । तपाईं हामी मध्ये धेरैलाई ग्यास्ट्रिक तथा कब्जियतले सताएर आजित बनाएको हुनसक्छ । हामीले सन्तुलित तथा व्यवस्थित जीवनशैली अपनाउन नजान्दा तथा नसक्दा यस्तो समस्या भोगिरहनु परेको हुन्छ । तर यस्तो समस्याबाट बच्न नसकिने भने हैन । ग्यास्ट्रिक तथा कब्जियतको समस्याबाट बच्ने विविध उपाय छन् । जसमध्ये दुई विधि हुन्, ‘कुन्जल विधि’ र ‘एनिमा विधि’ । ग्यास्ट्रिक तथा कब्जियतको समस्याबाट बच्न घरायासीरुपमै पानीको सहायताले पेट सफा गर्न सकिने यी दुई विधि सहजरुपमा अपनाउन सकिन्छ । प्राकृतिक चिकित्सकीय भाषामा पानीको सहायताले पेट सफा गर्ने विधिलाई ‘जल चिकित्सा’ तथा ‘हाइड्रोथेरापी’जस्ता नामले चिनिन्छ । अब चर्चा गारौँ कुञ्जल विधिबारे । कुन्जल विधि पानीले पेट सफा गर्ने एक उपाय हो, ‘कुञ्जल विधि’ । यो विधि अपनाएर पेट सफा गर्न सकिन्छ । यस विधिलाई ‘भमिटिङ विधि’ पनि भनिन्छ । पेट सफा गर्ने ‘कुञ्जल विधि’ अपनाउँदा एक लिटर उम्लिएर सेलाउँदै गरेको मनतातो पानीमा एक चम्चा नुन राखेर राम्रोसँग घोल्नु पर्छ । पानी घोलिसकेपछि टुक्रुक्क बस्नु पर्छ । टुक्रुक्क बसिसकेपछि यसरी घोलिएको नुन–पानी पिउन थालेको पाँच मिनेटभित्रमा पिइसक्नुपर्छ । टुक्रुक्क बस्दा पेट थिचिने भएकाले सहजरुपमा तुरुन्तै शरीरमा पानी सोसिँन पाउँदैन । पिएको नुन–पानी अन्न नलि र आमासयसम्म मात्रै पुगोस् भन्ने उद्देश्यले पाँच मिनेटभित्र पानी पिउनु पर्छ । पानीमा नुन हाल्नुको कारण शरीरले पानी तुरुन्तै नसोसोस् भनेर हो । मनतातो पानीको आयतन बढ्ने भएकाले सहजरुपमा नुन घोलिन्छ । नुन घोलिएको मनतातो पानी शरीरले ढिलो सोस्छ । जसले भमिटिङ गराउन सहज भूमिका खेल्छ । अब पानी पिइसकेपछि हल्का उठेर घुँडामा एउटा हात राखेर हल्का निहुरिएर अर्को हातको चोर र माझि औँला मुख भित्र हाल्नु पर्छ । मुखभित्रको किल्किलेसम्म औँला पुर्याई चलाउनु पर्छ । यसरी औँलाले किलकिले चलाउँदा हामीले खाएको खाद्यपदार्थ र पानीसँग अमिलो, तितो तथा विकार तत्व बाहिर भमिटिङको रुपमा निस्कन्छ । यसरी औँला मुखमा हालेर किलकिले चलाउँदा भमिटिङ गर्न उत्प्रेरित गर्छ । दुईदेखि तीनपटक भमिटिङ गर्दा पिएको एक लिटर पानी भमिटिङको रुपमा शरीर बाहिर निस्कन्छ । १०÷१५ मिनेटमै यो प्रक्रिया गर्न सकिन्छ । पानीसँग अमिलो, तितो, पिरोलगायत पेटका अनावश्यक विकारतत्व शरीर बाहिर निस्किने भएकोले मुखै नमिठो हुन्छ । त्यसैले भमिटिङपश्चात राम्रोसँग मुख कुल्ला गरेर मात्रै खाद्यपदार्थ खान सकिन्छ । कुनै खाना बढी मात्रामा खाएको अवस्थामा तथा अपच भएको अवस्थामा समेत यसरी मुखमा औँला हालेर भमिटिङ गर्नाले पेटलाई आराम मिल्न सहयोग पुग्छ । खाना अपच भई पेटमा अम्लियपन बढेर ग्यास्ट्रिकको समस्या हुन पुग्छ । भमिट गरी पेटको अम्लियपन फालेपछि पेट हल्का तथा सफा हुन्छ । पेट सफा र स्वस्थ भएपछि खाना त रुच्छ नै व्यक्तिको शरीर नै मजबुत भई व्यक्तिको पाचन प्रणाली नै मजबुत हुन्छ । विशेषगरी बिहानको समयमा यसरी नुन–पानी पिई भमिटिङ गर्नु उचित हुन्छ । सामान्यतः १२ देखि ६२ वर्ष उमेर समूहका व्यक्तिले महिनामा दुई पटक यसरी नुन–पानी पिएर भमिटिङ गर्नु उपयुक्त हुन्छ । अब लागौँ ‘एनिमा विधि’तर्फ । एनिमा विधि पेट सफा गर्ने अर्को विधिलाई प्राकृतिक चिकित्सकीय भाषामा ‘एनिमा’ भनिन्छ । यो विधि अपनाएर पेट सफा गर्दा विभिन्न किसिमका भाँडाको प्रयोग गर्न सकिने भए पनि विशेषगरी आम्खोराजस्तो एक लिटर पानी अट्ने भाँडो प्रयोग गर्नु उपयुक्त हुन्छ । अम्खोराजस्तो भाँडोमा मनतातो पानी भरि एक चम्चा नुन हालेर घोल्नु पर्छ । भाँडोको तल्लो भागमा प्वाल हुन्छ । सो प्वालमा एक मिटर लामो प्लाष्टिकको पाइप जडान गरिएको हुन्छ । भाँडो भन्दा अर्कोपट्टि पाइपको टुप्पाको भागमा एक फिट लामो रबरको ‘क्याथेटर’ जडान गरिएको हुन्छ । क्याथेटरको टुप्पाको गरिपरि पानी निस्कने मसिना प्वाल हुन्छन् । प्वालबाट पानी बाहिर निस्कन्छ । जुन पाइप आकारको रबरको ‘क्याथेटर’ बिस्तारै करिब तीन इन्च गुद्द्वारमा घुसारिन्छ । आफूभन्दा अग्लो ठाउँमा भाँडो राखी उत्तानो परेर सुतेर रबरको पाइप गुद्द्वारमा छिराइन्छ । सुरुमा तालिम प्राप्त सहयोगीको सहयोग लिएर पाइप छिराएर पेट सफा गर्ने विधि अपनाउनु उचित हुन्छ । यसरी रबरको पाइप गुद्द्वारमा घुसारेपछि ‘एनिमा पट’मा रहेको नुन घोलिएको पानी पेटको ठूलो आन्द्रामा आफैँ सरर जान्छ । भाँडाको पानी आन्द्रामा गएर सकिएपछि रबरको क्याथेटरबाट पानी नफर्कनेगरी पाइप दोब्राएर गुद्द्वारबाट बाहिर निकालिन्छ । त्यसपछि करिब पाँच मिनेट उठेर टहलिनु पर्छ । यसरी टहलिएपछि स्वत्त दिसा आउँछ । दिसा अत्यन्तै दु्रत गतिले बाहिर निस्कने भएकाले यो विधि ट्वाइलेटमै बसेर गर्नुपर्छ । यसरी दिसा तथा पेटको ठूलो आन्द्रामा भएको विकार तत्व दिसाका रुपमा बाहिर निस्कँदा बल गरेर कन्नु भने हुन्न । कनेर दिसा गर्दा गुद्द्वारको मांशपेशीमा दबाब पर्न गइ घाउ हुने जोखिम हुन्छ । पायल्स, फिसर तथा फिस्टुला भएको अवस्थामा कनेर दिसा गर्दा रगत आउन सक्छ । दिसा सहजरुपमा बाहिर निस्कन दिनु पर्छ । सामान्यतः करिब तीन पटक दिसा गर्दा पेटमा भएको विकार तत्व दिसाका माध्यमबाट बाहिर निस्कन्छ । मलद्वारमा घाउ देखिएको अवस्थामा भने यसरी मलद्धारमा पाइप घुसार्दा घाउ हुन सक्ने भएकाले नघुसार्नु नै राम्रो । पायल्स, फिस्टुला तथा फिसर भएको अवस्थामा समेत गुद्द्वारमा पाइप घुसार्ने ‘एनिमा विधि’ अपनाएर यस्तो समस्याबाट बच्न सकिन्छ । उपचारात्मक विधिसमेत अपनाउन सकिन्छ । खाली पेटमा सफा खाली पेट भएको अवस्थामा पेट सफा गर्ने विधि अपनाउनु उपयुक्त हुने भएकाले विहानै यस्तो विधि अपनाउनु उचित हुन्छ । पेट सफा गर्ने यस्तो विधि अपनाउनु दुई घण्टा पूर्व खाद्यपदार्थ खानु हुन्न, भने पेट सफा गरेको दुई घण्टापछि खानु उपयुक्त हुन्छ । पेट सफा गर्ने यी दुवै विधि एकै दिनसमेत गर्न सकिन्छ । पेट सफा गर्ने यस्तो विधि अपनाइसकेपछि एक गिलास उमालेर सेलाएको मन तातो पानीमा आधा दानो कागती र एक चम्चा मह मिसाएर पिउनु उपयुक्त हुन्छ । पेट सफा गर्ने वित्तिकै एक्कासि कडा किसिमको खाद्यपदार्थ खाँदा पाचन पक्रियाले काम नगरी पुनः अनावश्यकरुपमा भमिटिङ तथा झाडापखाला हुने जोखिम हुन्छ । त्यसैले पेट सफा गरिसकेपछि हल्का किसिमका तरल पदार्थ पिउनु उपयुुक्त हुन्छ । गुद्द्वारमा पाइप हालेर पेट सफा गर्ने एनिमा विधि महिनामा दुईपटक गर्न सकिन्छ । यी अति नै सहजरुपमा पेट सफा गर्न सकिने घरेलु विधि हुन् । सुरुमा भने थेरापिस्ट तथा चिकित्सकको सहयोगमा यस्तो विधि अपनाउनु उचित हुन्छ । भमिटिङ गर्ने विधिले विशेषगरी ग्यास्ट्रिकको समस्या हुन दिँदैन भने मलद्वारबाट पाइप छिराएर पेट सफा गर्ने विधिले कब्जियत, पायल्स, फिसर तथा फिस्टुला हुनबाट बच्न सकिन्छ ।
प्रा.वि तहको नतिजाको तीव्र प्रतिक्षामा परीक्षार्थी, बीचमै स्थगन गरेको भन्दै आयोगको आलोचना
काठमाडौंः शिक्षक सेवा आयोगले खुल्लातर्फको प्राथमिक तहको नजिता सार्वजनिक गर्न ढिलाई गरेकोप्रति परीक्षार्थीले आक्रोस पोखेका छन् । उनीहरुले आयोगको आलोचनासमेत गरेका छन् । शिक्षक सेवा आयोगले प्राथमिक तहको नजिता भदौ १८ गतेदेखि सार्वजनिक गर्न थालेको थियो । २४ गतेसम्म २८ जिल्लाको नतिजा सार्वजनिक गरेको आयोगले त्यसपछि नतिजा सार्वजनिक गरेको छैन । सुरुमा नतिजा सार्वजनिक गरेको आयोगले बीचमै आएर स्थगत गरेपछि परीक्षार्थीले आक्रोस पोखेका हुन् । उनीहरुले छिटो नतिजा सार्वजनिक गर्न पनि माग गरेका छन् । आयोगले ४७ जिल्लाको नतिजा सार्वजनिक गर्न बाँकी छ । प्राविधिक समस्या आएका कारण नतिजा सार्वजनिक कार्य बीचमै रोकिएको भन्दै छिट्टै नतिजा सावर्जनिक कार्य पुनः सुचारु गरिने शिक्षक सेवा आयोगले जनाएको छ । तर, आयोगको यो भनाइप्रति धेरैले विश्वास गरेका छन् । सुरुमा नतिजा सार्वजनिक गरेर बीचमा प्राविधिक समस्या आएको भन्नु तर्क संगत नभएको बिरेन्द्र शाहले बताए । फेसबुकमा चक्र गुरुङले लेखेका छन्, ‘नतिजा सार्वजनिक गर्दा २०५२ सालको जस्तो टिपेक्स त लाग्दै होला, फेरि किन ढिलाई गरिरहेको ? कि त सरकारको लिस्ट पुगेको छैन ?’ आयोगले नतिजा सार्वजनिक गर्ने कार्यबीचमै स्थगित गर्नुको प्रष्ट कारण नखुलाएको भन्दै शितल झाले आयोगप्रति असन्तुष्टि जनाएकी छिन् । आफू नतिजाको व्यग्र प्रतिक्षामा रहेको भन्दै रश्मी अधिकारीले छिटो नतिजा सार्वजनिक गर्न आयोगलाई आग्रह गरेकी छिन् । यो पनि पढ्नुस्ः किन रोकियो प्रा.वि तहको नतिजा? यस्तो भन्छ आयोग
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, कुन क्षेत्रमा कति पास ? [नतिजासहित]
काठमाडौं, असार १५ अागामी वर्ष (सन् २०१९) का लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ मा लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । यो वर्ष कल सात हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए । यो वर्ष कारियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको थियो । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएका छन् । जसमा कृषिमा २ हजार ९६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना उत्तीर्ण भएका छन् । सन् २०१९को लागि भएको कोरियन भाषा परीक्षामा ७४ हजार ८ सय ६६ जना सहभागी भएका थिए । नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्
विश्वकप फुटबलः बेल्जियमको उत्कृष्ट शुरुवात, पानामाविरुद्ध ३ गोल
मस्को । विश्वकप फुटबल अन्तर्गत पहिलो खेलमा बेल्जियमले उत्कृष्ट शुरुवात गरेको छ । गयराती भएको खेलमा उसले पहिलो पटक सहभागीता जनाएको पानालाई ३-० गोलले हरायो । पानामाले खेलको पहिलो हाफमा गोल गर्न नदिए पनि दोश्रोहाफको दोश्रो मिनेटमै मेर्टेन्सले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाए । त्यसपछि पानामाले थप लय गुमाउँदा बेल्जियमका लुकाकु चम्किए । उनले ६९ औं मिनेटमा लुकाकुले क्रसबललाई उत्कृष्ट हेडमार्फत पोष्टमा प्रहार गरे । यस्तै ७५ मिनेटमा पाएको खुल्ला र सुन्दर अवसरलाई पनि खेर जान दिएनन्, गोलमा परिणत गरे । फिफा बरियतामा तेश्रो स्थानमा रहेको बेल्जियमले ५५ औं स्थानमा रहेको पानामाको पोस्टमा निरन्तर प्रहार गर्यो । समूह जी मा रहेका यी टोलीको खेल रुसको सोचीमा चलिरहेको छ । बेल्जियमको यो विश्वकपमा १३ औँ सहभागिता हो । उसले यसअघि सेमिफाइनलसम्मको यात्रा तय गरेको छ । सन् १९८६ को विश्वकपमा बेल्जियम चौथो भएको थियो । विश्वकपमा समूह चरणका पछिल्ला ९ खेलमा बेल्जियम अपराजित थियो । त्यसमा पनि पछिल्ला चार खेलमा त उसले जित निकालेको छ । उसले पछिल्ला सात विश्वकपमा ६ पटक कम्तिमा अन्तिम १६ मा स्थान बनाएको छ । सन् १९९८ मा भने उ समूह चरणबाटै बाहिरिएको थियो । पछिल्ला ९ विश्वकप मध्ये उसले आफ्नो पहिलो खेलमा एक पटक मात्रै हार बेहोरेको छ, सन् १९८६ मा मेक्सिकोसँग । विश्वकप छनौटको क्रममा अपराजित रहने युरोपका चार देशमध्ये बेल्जियम पनि एक हो । -एजेन्सी