रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो ।

आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,”

मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।

०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ ।

स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

राष्ट्रिय योजना आयोगले पायो पूर्णता

काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगका नवनियुक्त सदस्य अनिता शाह ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुङ्गानाले आज आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार आयोजित शपथ समारोहमा आयोगका सदस्य तथा सदस्य सचिव केवल प्रसाद भण्डारीको उपस्थिति थियो । महिला सदस्यको रूपमा ढुङ्गानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । ढुङ्गाना सामाजिक एवं राजनीतिक क्षेत्रमा सक्रिय महिला नेत्री हुन् । यूनडिपीमा समेत काम गरेको अनुभव भएका ढुङ्गानाले विभिन्न सहकारी तथा लघुवित्त संस्थाको नेतृत्वसमेत सम्हालिसकेकी छिन् । २०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रूपमा डा. श्रेष्ठले पदबहाली गरेका थिए । यसअघि आयोगको सदस्यहरूमा डा. रामकुमार फुयाँल, डा. जयकान्त राउत, डा. प्रभु बुढाथोकी, डा. आरपी विच्छा र डा. रमेश पौडेल नियुक्त भएका थिए । नवनियुक्त सदस्य ढुंगानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानून, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाएकी छिन् । यसअघि नियुक्त भएका सदस्यहरुमध्ये डा. फुयाँललाई उद्योग, वाणिज्य तथा आपूर्ति, पर्यटन, श्रम तथा रोजगार, तथ्यांक साथै सुदूरपश्चिम प्रदेशको जिम्मेवारी दिइएको थियो भने डा.राउतलाई कृषि, भूमि, सहकारी र खानेपानीको जिम्मा दिइएको छ । यसैगरी डा. बुढाथोकीलाई ऊर्जा, वन, सार्वजनिक निजी साझेदारी साथै बागमती प्रदेश, डा. विच्छालाई स्वास्थ्य तथा जनसंख्या, संघीय मामिला तथा सामान्य प्रशासन साथै कोशी प्रदेशको जिम्मेवारी दिइएको छ भने डा. पौडेललाई शिक्षा, सहरी विकास, युवा तथा खेलकुद साथै बागमती प्रदेशको जिम्मेवारी दिइएको छ । उपाध्यक्ष श्रेष्ठको जिम्मामा समष्टिगत आर्थिक क्षेत्र, अर्थ, रक्षा, परराष्ट्र, गृह, भौतिक पूर्वाधार, वैदेशिक सहायता साथै सबै प्रदेशहरुको समन्वय रहेको छ ।

न्युजिल्याण्डमा एक होस्टेलमा आगलागी ६ जनाको मृत्यु

एजेन्सी । न्युजिल्याण्डमा एक होस्टेलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ। वेलिंग्टनको चार तले भवनमा मध्यराति १२ः३० बजे भएको आगलागिमा परेका केही मानिसको उद्धार गरिएको छ भने कैयौँ बेपत्ता भएका छन्। आगो २० वटा आपतकालीन दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो। प्रहरी अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिपकिन्सले घटनाप्रति दुख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। प्रहरीले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ।

नेपाललाई हराउँदै भारतले जित्यो यू–१७ साफको उपाधि

काठमाडौं । भारतले साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोको रेस कोर्स ग्राउण्डमा भएको खेलको १८ औं मिनेटमा बोबी सिंहले गोल मार्फत भारतले अग्रता लिएको थियो । खेलको ३० औं मिनेटमा कोरोउ सिंहले गोल गर्दै भारतको अग्रता दोब्बर पार्यो । खेलको ३९ औं मिनेटमा नेपाल १० खेलाडीमा समेटियो । भारतका ड्यानीलाई फउल गरेपछि कप्तान प्रशान्त लक्समले रातो कार्ड पाए । खेलको ६२औं मिनेटमा भारतका थङ्गालाइसुनले गोल गर्दै भारतलाई ३–० गोलको अग्रता दिलाए । खेलको इन्जुरी समयमा अमनले गोल गर्दै भारतलाई ४–० गोलको जितसँगै उपाधि दिलाए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जा प्रदेशकै उत्कृष्ट

स्याङ्जा : जिल्ला प्रहरी कार्यालय उत्कृष्ट जिल्ला प्रहरी कार्यालय छनौट भएको छ । गण्डकी प्रदेश भरिका ११ जिल्ला प्रहरी कार्यालय मध्ये स्याङ्जा उत्कृष्ट छनौट भएको हो । वार्षिक कार्ययोजना अन्तर्गत कार्यालयले शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा कार्यालय व्यवस्थापन लगायतका क्षेत्रमा गरेका कार्यहरुको मूल्याङ्कनका आधारमा उत्कृष्ट छनौट गरिएको गण्डकी प्रदेश प्रहरीका प्रवक्ता प्रहरी वरिष्ट उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । छनौट सम्बन्धी मूल्याङ्कन कार्यविधि-२०७७’ अनुसार उत्कृष्ट छनौट गरिएको प्रवक्ता एवं प्रहरी वरिष्ट उपरीक्षक पोखरेलले बताए । यस्तैगरी जिल्ला प्रहरी कार्यालय कास्की द्वितीय, जिल्ला प्रहरी कार्यालय तनहुँ तृतीय भएका छन् ।

‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा पारस खड्का

काठमाडौंः नेपालका पूर्वकप्तान पारस खड्का ‘आईसीसी एशोसिएट प्लेयर अफ दि डिकेट’ अवार्डको मनोनयनमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार सार्वजनिक गरेको मनोनयनमा पारस पर्न सफल भएका हुन् । मनोनयनमा पारससहित स्कटल्याण्डका काइल कोएट्जर, कोलम म्याकल्याण्ड र रिची बेरिङटन, पपुवा न्यूगिनीका असद भाला र नेदरल्याण्ड्सका पिटर बोेरन परेका छन् । सन् २००२ मा यू–१५ टोलीबाट क्रिकेट खेल्न थालेका पारसले सन् २००९ मा नेपालको कप्तानी सम्हालेका थिए । २०७६ असोज २८ मा कप्तानी छाडेका उनले हाल पनि राष्ट्रिय टिमबाट खल्दै आएका छन् । पारसले आफ्नो १० वर्षे कप्तानीकालमा नेपाललाई पहिलो पटक टी–२० विश्वकप खेलाउनुका साथै एकदिवसीय मान्यता दिलाएका थिए । ३३ वर्षीय पारसले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र एक अर्धसतक तथा टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक सतक र तीन अर्धसतक बनाएका छन् । भोटका आधारमा उनले अवार्ड जित्नेछन् । खड्कालाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् ।

नवनिर्वाचित सांसद ज्वारचनले लिइन् शपथ

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले शपथ लिएका हुन् । नेपाली कांग्रेसकातर्फबाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधनपछि उक्त सदस्य पद रिक्त थियो । नेकाको समानुपातिकतर्फको बन्द सूचीको क्रमसङ्ख्या ५९ र आदिवासी जनजाति समावेशी समूहको प्राथमिकता क्रम ६ मा रहेकी ज्वारचनलाई निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेको हो । गुल्मीको सत्यवती गाउँपालिका-६ स्थायी घर भएकी सांसद ज्वारचनको परिवारसँग मुलुकमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष र योगदान पुर्‍याएको पृष्ठभूमि जोडिएको छ । २००२ मा जन्मिएर २०३६ बाट राजनीतिमा सक्रिय ज्वारचन जिविस गुल्मीको निर्वाचित उपसभापति पनि भइन् । यसअघि उनी विसं २०७० मा भएको दोस्रो संविधानसभा सदस्य रहेकी थिइन् । दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनले ९ महिना उद्योग तथा वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्हेकी थिइन् । समारोहमा सभामुख सापकोटाले उनलाई सङ्घीय सांसदको लोगो प्रदान गरेका छन् । ‘राष्ट्रियताको पक्षमा खरो उत्रिन्छु’ शपथपछि उनले राष्ट्र, राष्ट्रियता र जनताको हितमा सदनमा खरोरुपमा आवाज उठाउने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘हामी सबै नेपालीको प्रयासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो नक्सामा समावेश भएको छ, मुलुकको सार्वभौम र स्वाधीनता जोगाउने सवालमा हामी सबै एकढिक्का हुनुपर्छ ।’

म्याग्दीमा फैलियो डेंगुः १ साताभित्रै ५ जनामा संक्रमण

म्याग्दीः हिमाली जिल्ला म्याग्दीमा डेंगु रोग नियन्त्रण गर्न खोजी र नष्ट अभियान सञ्चालन गरिएको छ । बेनी नगरपालिकामा १ हप्ताको अवधिमा ५ जनामा डेंगु पोजेटिभ भेटिएसँगै डेंगु रोग सार्ने लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियानलाई तीव्रता दिइएको हो । एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेंगु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसहित टोलटोलमा जनचेतनामूलक कार्यक्रमसमेत सुरू गरिएको छ । एक हप्तामै नगरपालिकाभित्र पाँच डेंगुका संक्रमित भेटिएपछि बेनीबजारमा सवारी साधन मर्मत गर्ने ग्यारेजबाट टायर नष्ट गर्ने, वडास्तरीय कार्ययोजना बनाउन जनप्रतिपनिधिको अगुवाइमा टोल सुधार समितिसहितको भेला गरिएको बेनपा–७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्ने रणनीति बनाएर टोलटोलमा अभियान सुरू गरेको छ भने वडा नं ८ ले कार्ययोजना बनाएर सचेतनामूलक अभियानलाई तीव्रता दिएको वडाध्यक्ष रामकृष्ण बराइलीले बताए । सरोकारवालाका लागि अभिमुखीकरणका साथै डेंगु नियन्त्रणका लागि रणनीति तयार पारिएको उनकोे भनाइ छ । नगरभित्रका १० वटै वडामा कार्ययोजना, टोलटोलमा अभियानसँगै लामखुट्टेका बासस्थान हुने पानी जम्ने टायर, खाल्डाखुल्डी, झाडी पहिचान गरेर हटाउने जनाइएको छ । बजार क्षेत्रमा टोललाई सक्रिय बनाएर डेंगुको जोखिमस्थलको पहिचान गरी नष्ट गरिने र ग्रामीण क्षेत्रमा समेत सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिने नगरप्रमुख हरिकुमार श्रेष्ठको भनाइ छ । बजार क्षेत्रमा नेपाल प्रहरी र नेपाली सेनाको सहयोगसमेत लिने जनाइएको छ । नगरपालिकाभित्रका वडामा स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल र नगरपालिका स्वास्थ्य शाखा संयोजक लीला गौतमले सहजीकरण गरेका छन् । डेंगु एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउनुपर्छ । डेंगुबाट जोगिन वनजङ्गलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनेलगायतका सतर्कता आवश्यक रहेको बेनी अस्पतालका चिकित्सकको भनाइ छ ।

कोरोना भाइरसबाट विश्वभर ७३ नेपालीको मृत्यु, पाँच हजार संक्रमित

काठमाडौंः विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११ र साउथ बेष्टमा ती गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो । यस्तै संयुक्त अरब इमिरेट्स् (युएइ) मा पाँच तथा आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्ड्समा एएक जनाको संक्रमणका कारण ज्यान गएको समितिका संयोजक डा. सञ्जीव सापकोटाले जानकारी दिए । डा .सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये एक हजार ५७० जना संक्रमणमुक्त भएको जनाइएको छ । उनका अनुसार मध्यपूर्वका केही देशमा कोरोना भाइरस संक्रमणका कारण प्रभावित हुनेको संख्या झनै बढिरहेको देखिएको छ । ती देशले दुई हजार तीन सय नेपाली श्रमिकमा कोरोना संक्रमण भएको तथ्यांक सार्वजनिक गरेका छन् । विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सकको समूहले तयार पारेको सो आँकडा नुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित छन् । स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार तीन सय, अमेरिकामा एक हजार पाँच सय, बेलायतमा एक हजार, बहराइनमा १२६, युएईमा एक सय, कुवेतमा ७८, नेपालमा ५९, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १०, बेल्जियम र जापानमा ६–६, स्वीडरल्याण्ड र क्यानडामा पाँचपाँच, जर्मनीमा चार, साइप्रस, मलेसिया र न्युजिल्याण्डमा तीनतीन, माल्दिभ्स, माल्टा र हङ्गकङ्गमा दुईदुई तथा म्यानमा र फ्रान्समा एकएक गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको एनआरएन, कोडिभ– १९, उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । एनआरएले कोरोना भाइरसको महामारीबाट प्रभावितको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको एनआरएका महासचिव डा. हेमराज शर्माले बताए । उनका अनुसार विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ । यसैबीच एनआरएनएका अध्यक्ष तथा एनआरएन, कोभिड– १९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले अध्यक्ष पन्तले सबै गैरआवासीय नेपालीलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्दै विभिन्न देशका सरकारी निकायले जारी गरेका स्वास्थ्य नियमलाई कडाइका साथ पालना गर्न आह्वान गरेका छन् । स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत करीब ३५ नेपाली चिकित्सक, नेपाली कूटनीतिक नियोग, एनआरएनका शाखा तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतबार विदेशमा रहेका नेपालीको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ । रासस

जापानमा नेपाली युवकको मृत्यु

काठमाडौंः जापानको राजधानी टोकियोमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ घर भएर हाल जापानमा रहेका अनुप धामी रहेका छन् । उनी आफ्नै कोठमा मृत फेला परेका जापानमै रहेका भक्त जोशीले बताए । धामीको शव परिक्षण भइसकेको तर रिपोर्ट नआएकाले मृत्युको कारण नखुलेको जोशीले जानकारी दिए ।

पूर्वमिस नेपाल खतिवडा पनि ‘द लिडर’को निर्णायक

काठमाडौंः टेलिभिजन प्रस्तोता रवि लामिछानेले सञ्चालन गर्ने रियालिटी शो ‘द लिडर’को निर्णायकमा पूर्वमिस नेपाल शृंखला खतिवडा पनि सामेल हुने भएकी छन् । यसअघि नै उक्त रियालिटी शोको निर्णायकमा बाबुराम भट्टराई, सुशीला कार्की, रवीन्द्र मिश्र, प्रदीप गिरी, प्रदीप नेपाल रहेका छन् । यस्तै अडिसन जजको रुपमा पूर्व डिआइजी रमेश खरेल र शृंखला खतिवडा पनि रहने भएका छन् । चितवनबाट पहिलो अडिसन सुरु हुने उक्त रियालिटी शोको विजेताले अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँबाट पुरस्कार प्राप्त गर्ने छन् ।

डोल्पामा २ लाख खर्चेर तुइनबाट तारियो सरकारी गाडी

डोल्पाः डोल्पामा पहिलो पटक तुइन तारेर सरकारी जीप भित्र्याइएको छ । कर्णाली प्रदेश भौतिक पूर्वाधार कार्यालय डोल्पाले ‘कर्णाली प्रदेश ०२, ००१ झ’ नम्बरको सरकारी बोलेरो जीप  भित्र्याइएको हो । कार्यालयले २७ लाखमा खरिद गरेर उक्त गाडी डोल्पा ल्याएको हो । भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाका प्रमुख योगेन्द्र धरालाका अनुसार सुर्खेतबाट तल्लु, खदाङ, त्रिपुराकोटको भेरी नदीमा तुइनमा तारेर जिप ल्याइएको हो । जाजरकोट र रुकुमको तल्लुमा ५० हजार, डोल्पाको खदाङमा ४० हजार र त्रिपुराकोट बगरमा ६० हजार गरेर झण्डै दुई लाख बराबर रकम खर्च गरेर कार्यालयको गाडी डोल्पा ल्याएको धरालाले बताए । डोल्पामा सडक जोडिएपछि जिल्लामा स्थापना भएको भौतिक पूर्वाधार कार्यालयले आफ्नै गाडी ल्याएको हो । उक्त गाडी जिल्लामा पुगेसँगै अन्य सरकारी कार्यालयले समेत गाडी ल्याउने तयारी थालेका छन् । यद्यपि, डोल्पाका सरकारी कार्यालयले खरिद गरेका गाडी मोटरसाइकल भने जिल्ला नपुर्‍याएर अहिले पनि नेपालगञ्ज, सुर्खेतलगायतका सहरमा चलिरहेको पाइन्छ । अघिल्लो मंसिरमा औपचारिक रूपमा डोल्पामा सडक जोडिएको घोषणा गरेको सरकारले बीचबीचमा पुल नहालिदिँदा यात्रुले सास्ती भोग्नु परेको छ ।

यसरी हुन्छ पुँजीवादमा शोषण, के हो त अतिरिक्त मूल्यको सिद्धान्त ?

अनुवादकः भेषराज भुसाल मालहरूमा मूल्य श्रमबाट बन्दछ । यसको स्तर मालहरूको उत्पादनमाथि खर्च भएको श्रमबाट निर्धारित हुने गर्दछ । श्रमको मात्रा श्रमकालबाट मापन गरिन्छ । कुनै मालको उत्पादनका निम्ति आवश्यक श्रमको समयजति धेरै हुन्छ श्रमको मात्रा त्यति नै धेरै हुन्छ र मूल्य पनि त्यति नै माथि हुन्छ । के यसको अर्थ यस्तो हुन्छ– कुनै व्यक्ति जति नै अल्छी र अकुशल हुन्छ, उसले बनाएको माल त्यति नै मूल्यवान् हुन्छ ? यो कुनै हालतमा होइन । कुनै मालको उत्पादनका निम्ति अलगअलग माल उत्पादकहरूलाई अलगअलग समयसम्म श्रमको आवश्यकता पर्दछ । यसका कारण स्पष्ट छन् । केही मानिस अरूभन्दा धेरै कुशल हुन्छन् र केही मानिसहरूले अरूभन्दा राम्रा औजार र उपकरणहरूको प्रयोग गर्दछन् । स्वाभाविक छ– धेरै कुशल र राम्रा औजारहरू प्रयोग गर्ने व्यक्तिहरूद्वारा लिइएको समय कम कुशल र भद्दा औजारहरूको प्रयोग गर्ने व्यक्तिहरूले लिएको समयभन्दा कम नै होला । त्यसो हो भने मालहरूको मूल्य निर्धारण गर्नका निम्ति कुन श्रमकालको उपयोग गर्नुपर्ला ? विभिन्न माल उत्पादनहरूद्वारा माल उत्पादनमा खर्च गरिएको श्रमकाललाई व्यक्तिगत श्रमकाल भन्ने गरिन्छ । उदाहरणका निम्ति केही सिकर्मीले एउटा कुर्सी बनाउन तीस घन्टा लगाउँछन्, केहीले पच्चीस घन्टा र अन्यले बीस घन्टा । यी सबै व्यक्तिगत श्रमकाल हुन् । मालहरूको मूल्य व्यक्तिगत श्रमकालबाट होइन, बरु सामाजिक रूपबाट आवश्यक श्रमबाट तय हुने गर्दछ । ‘सामाजिक रूपबाट आवश्यक श्रम उत्पादनको विद्यमान सामान्य स्थितिहरूमा त्यस समयको औसत कुशलताद्वारा कुनै उपयोग मूल्यको उत्पादनमा लागेको श्रमकाल हुने गर्दछ ।’ २ उत्पादनका सामान्य स्थितिहरूमा तथा औसत कुशलता वा गहनतासँग एउटा कुर्सी बनाउन लागेको समय २५ घन्टा छ भने त कुर्सी बनाउनका निम्ति सामाजिक रूपबाट आवश्यक श्रम २५ घन्टा हुन्छ । यो २५ घन्टाको श्रम कुर्सीको मूल्य निर्धारण गर्ने सामाजिक रूपबाट आवश्यक श्रम हो । श्रमद्वारा मूल्य निर्धारणको चर्चा गर्दा केवल व्यक्तिगत श्रम र सामाजिक रूपबाट आवश्यक श्रमका बीचमा मात्र होइन, साधारण श्रम र जटिल श्रमका बीचमा पनि अन्तर गर्नुपर्दछ । साधारण श्रम त्यो श्रम हो जुन कुनै सामान्य स्वस्थ व्यक्तिद्वारा बिनाकुनै विशेष प्रशिक्षण गर्न सकिन्छ । जटिल श्रम विशेष प्रशिक्षण प्राप्त कुशल मजदुरद्वारा गरिएको श्रम हो । त्यसकारण एउटा निश्चित समयावधिमा सामान्य श्रमद्वारा निर्मित मूल्य जटिल श्रमद्वारा निर्मित मूल्यभन्दा थोरै होला, जटिल श्रम कैयौँ साधारण श्रमहरूको योग हुने गर्दछ । जटिल र साधारण श्रमका बीचमा आपसी परिवर्तन विनिमयको प्रक्रियामा स्वतः भइरहन्छ । निजी श्रम र सामाजिक श्रमको अन्तरविरोध माल उत्पादनको आधारभूत अन्तरविरोध हामीले मालहरूको दोहोरो प्रकृति, माल उत्पादनमा श्रमको दोहोरो प्रकृति र मालको मूल्यको विश्लेषणमा गरेका छौँ । यस आधारभूत बुझाइबाट हामीले माल उत्पादनका अन्तरविरोधहरूलाई अझ विश्लेषण गर्न सक्छौँ । मालहरूलाई श्रम उत्पादनहरूको विनिमयका निम्ति प्रयोग गर्ने गरिन्छ । माल उत्पादक आफ्ना आवश्यकताहरूका लागि माल उत्पादन गर्दैनन् । उदाहरणका निम्ति कामीले फौरा यसकारण बनाउँदैन किनकि उसलाई त्यसको आवश्यकता छ । उसको उद्देश्य फौराहरू बेचेर तिनको मूल्य गर्ने हुन्छ ताकि त्यसको बदलामा आफ्ना आवश्यकताका चामल र कपडा प्राप्त गर्न सकोस् । माल उत्पादकहरूका निम्ति यो एकदम महत्वपूूर्ण हुने गर्दछ– उसको माल बिक्छ कि बिक्दैन । मालले उपयोग मूल्य र मूल्यका विपरीत बिन्दुहरूलाई जोड्छ । ती मालमा त एकीकृत हुन्छन्, साथै एक अर्काका विपरीत पनि हुन्छन् । त्यो माल बिक्यो भने त तिनका आन्तरिक अन्तरविरोध हल हुन पुग्छन् । जब एउटा फौरा त्यस्तो किसानको हातमा पुग्छ जसलाई त्यसको आवश्यकता हुन्छ, त्यो मूर्त श्रम अमूर्त श्रममा बदलिन पुग्छ र कामीलाई उसको फौराको मूल्य प्राप्त हुन्छ । फौराको उपयोग मूल्य र मूल्य पनि एक हुन पुग्छ । त्यो माल बेच्न सकिएन भने त उपयोग मूल्य र मूल्य तथा मूर्त श्रम र अमूर्त श्रमका अन्तरविरोध तुरुन्तै सतहमा आउँछन् । यद्यपि फौरामा उपयोग मूल्य त रहेकै हुन्छ । त्यो बिकेन भने त त्यसको मूल्य प्राप्त हुँदैन र त्यो फौरा फोहोरको थुप्रोभन्दा अरू केही हुँदैन । यस्तो स्थितिमा कामीको मूर्त श्रम जसमा निश्चितै शारीरिक–मानसिक श्रम खर्च भएको छ, अमूर्त श्रममा परिवर्तन हुन सक्दैन । अर्को शब्दमा उसको श्रम समाजद्वारा स्वीकृत हुँदैन र बेकारमा खेर जान्छ । यस्तो हालतमा कामीसँग अरू उत्पादन गर्नका निम्ति काँचो फलाम तथा कोइला किन्नका लागि कुनै साधन रहँदैन । ऊसँग आफ्नो आजीविकाका लागि इन्धन, चामल, तेल र नुन किन्नका लागि कुनै साधन रहँदैन । उपयोग मूल्य र मूल्य तथा मूर्त र अमूर्त श्रमका बीचको अनतरविरोध माल उत्पादकको उत्पादन र आजीविकालाई सीधै प्रभावित गर्दछ । माल उत्पादनमा यी अन्तरविरोध कसरी पैदा हुने गर्दछन् ? त्यसका स्रोत के हुन् ? निजी स्वामित्वअन्तर्गत माल उत्पादनको एउटा आधारभूत अन्तरविरोध हो । यो हो निजी र सामाजिक श्रमका बीचको अन्तरविरोध । माल यद्यपि विनिमयका निम्ति प्रयोग हुने श्रम उत्पादन हुने गर्दछन् र उत्पादनद्वारा निर्मित उपयोग मूल्य उसको आवश्यकताका निम्ति होइन बरु सामाजिक आवश्यकताहरूको पूर्तिका निम्ति हुने गर्दछ । त्यसकारण माल उत्पादकको श्रमको प्रकृति सामाजिक हुन्छ । यो समग्र सामाजिक श्रमको एक भाग हुने गर्दछ । परन्तु निजी स्वामित्वका स्थितिहरूको मातहत, के र कति उत्पादन गर्ने हो तथा त्यसबाट आय कति हुने हो यो उत्पादकको निजी श्रमको प्रकृति पनि हुने गर्दछ । निजी र सामाजिक श्रमका बीचको यो अन्तरविरोध निजी स्वामित्वमातहत माल उत्पादनका सम्पूर्ण अन्तरविरोधहरूको मुख्य स्रोत हो । जब निजी उत्पादकले बनाएका माल बजारमा बिक्री हुन्छन् तब यसबाट यो जानकारी मिल्छ– यसको निजी श्रम समाजद्वारा स्वीकार गरियो र त्यो सामाजिक श्रमको एक भाग बन्न पुग्छ । माललाई बिक्री गर्न सकिएन भने त माल उत्पादकको निजी श्रम समाजद्वारा स्वीकार गरिँदैन र त्यसलाई सामाजिक श्रममा बदल्न सकिँदैन । माल उत्पादकको मूर्त श्रमलाई अमूर्त श्रममा बदल्न सकिँदैन । त्यसकारण मालको मूल्य प्राप्त गर्न सकिँदैन । माक्र्सको मूल्यको श्रम सिद्धान्त अतिरिक्त मूल्यको सिद्धान्तको आधार हो । श्रमको दोहोरो प्रकृतिको विश्लेषणको माध्यमबाट माक्र्सले श्रम सिद्धान्तको रचना गर्नुभयो । यो सिद्धान्तले वैज्ञानिक ढङ्गबाट देखाउँछ– मूर्त श्रमले मालहरूको उपयोग मूल्यको निर्माण गर्दछ जब कि अमूर्त श्रमले मालहरूको मूल्य निर्धारण गर्दछ । श्रम नै मूल्यको एक मात्र स्रोत हो । माक्र्सको मूल्यको श्रम सिद्धान्त अतिरिक्त मूल्यको सिद्धान्तको आधार हो । माक्र्सवादी राजनीतिक अर्थशास्त्रको एउटा महत्वपूर्ण सङ्घटक अङ्ग हो । माक्र्सवादी सिद्धान्तको मार्ग्निर्देशन पाउनुभन्दा पहिले सर्वहाराले आफ्ना दुःखहरूको स्रोत बुझ्न पाएको थिएन र आफ्ना सङ्घर्षका लक्ष्यहरूको पहिचान थिएन । केहीलाई यस्तो गलत बुझाइ थियो– उनीहरूका दुःखहरूको कारण मेसिन हुन् । एकपल्ट मेसिनहरूलाई नष्ट गर्ने सङ्घर्षको एउटा तरिकाका रूपमा पनि अपनाउन पुगे । माक्र्सले सर्वहारा सङ्घर्षहरूको लामो अनुभवलाई संश्लेषण गर्नुभयो र पुँजीवादी शोषणको रहस्यलाई पर्दाफास गर्नका निम्ति अतिरिक्त मूल्यको सिद्धान्तको रचना गर्नुभयो । यसबाट सर्वहारा वर्गलाई आफ्नो ऐतिहासिक मिसनको र यस तथ्यको महसुस भयो– केवल हिंसात्मक क्रान्तिको माध्यमबाट र पुँजीवादको स्थानमा समाजवाद ल्याएर नै ऊ मुक्त हुन सक्छ । माक्र्सको अतिरिक्त मूल्यको सिद्धान्त मूल्यको श्रम सिद्धान्तमा आधारित छ । मूल्यको श्रम सिद्धान्तबिना अतिरिक्त मूल्यको सिद्धान्त स्थापित हुन सक्दैनथ्यो । यद्यपि माक्र्सको मूल्यको श्रम सिद्धान्तले सर्वहारा क्रान्तिकारी सङ्घर्षहरूलाई मार्गदर्शन दिन्थ्यो । त्यसकारण बुर्जुवा अर्थशास्त्रीहरूले मूल्य र श्रमको सम्बन्धविच्छेद गर्न, माक्र्सको मूल्यको श्रम सिद्धान्तको विरोध गर्न र पुँजीवादी शोषणमाथि पर्दा हाल्न असफल प्रयासमा हरेक तरहका अवैज्ञानिक मूल्यका सिद्धान्तहरूलाई स्थापित गर्न भरपूर कोसिसहरू गरे । भुँडे अर्थशास्त्रीहरूका बीचमा एक समय मूल्यको उत्पादन लागत सिद्धान्त प्रचलित थियो । यस सिद्धान्तले मन्दथ्यो– मालको मूल्य त्यसको उत्पादनमा लागेको लागत (उत्पादनका साधनहरूको मूल्य र ज्याला) बाट तय हुने गर्दछ । कुनै मालको मूल्य वास्तवमा उत्पादन लागतबाट हुँदो हो त माल बिक्री भएपछि पुँजीपतिको उत्पादनका क्रममा खर्च भएको लागत नै फिर्ता मिल्थ्यो । यसप्रकारले बिचरा ऊ कसरी अमीर बन्न सक्थ्यो ? मजदुरको शोषण कसरी हुन्छ ? यसप्रकार ती भुँडे अर्थशास्त्रीले भन्दथे– मूल्य उत्पादन लागतबाट तय हुने गर्दछ । वास्तवमा मुनाफाको व्याख्या उच्चतम् पारिश्रमिक संशयका निम्ति पुरस्कार र जोखिमको बदला पुरस्कारका रूपमा गर्दथे । यो बुर्जुवा वर्गका पक्षधरका रूपमा उनीहरूको फोहोरी भूमिकालाई स्पष्ट गर्दछ । बुर्जुवा भुँडे अर्थशास्त्रीहरूका बीचमा एउटा समयमा मूल्यको उपयोगिता सिद्धान्त पनि प्रचलित थियो । त्यस सिद्धान्तअनुसार कुनै मालको मूल्य त्यसमा निहित उपयोगिताको परिमाणबाट तय हुने गर्दछ । त्यसो भए उपयोगिता के हो ? वास्तवमा यो कुनै मालको उपयोग मूल्य हुने गर्छ । हामीले पहिले नै भनिसकेका छौँ– विभिन्न मालहरूको अलगअलग उपयोग मूल्य हुने गर्दछ जसलाई आपसमा तुलना गर्न सकिँदैन । यो एकदमै बिनातुकको कुरा हो– कुनै मालको मूल्य उसको उपयोग मूल्यबाट तय हुने गर्दछ । मूल्यको उपयोगिता सिद्धान्त प्रतिपादन गर्नेहरूले बुद्धिमत्तापूर्ण ढङ्गबाट यस कुराको व्याख्या गर्न सकेनन्– मानव जीवनका निम्ति आवश्यक हावा र घामजस्ता वस्तुहरूमा मूल्य किन हुँदैन र तिनलाई मालका रूपमा बेच्न किन सकिँदैन । बुर्जुवा भुँडे अर्थशास्त्रीका बीचमा एउटा लोकप्रिय सिद्धान्त मूल्यको भाग र आपूर्तिको सिद्धान्त थियो । यस सिद्धान्तले यस कुरालाई नकार्दथ्यो– कुनै मालको कुनै वस्तुगत अन्तरनिहित मूल्य हुने गर्दछ । त्यसका अनुसार मालहरूको मूल्य बजारमा आपूर्ति एवम् मागको स्थितिबाट निर्धारित हुने गर्दछ । जब कुनै मालको आपूर्ति उसको मागभन्दा धेरै हुन्छ तब अन्य मालहरूका निम्ति त्यसको विनिमय मूल्य कम हुने गर्दछ र त्यसको मूल्य पनि कम हुने गर्दछ । जब कुनै मालको माग उसको आपूर्तिभन्दा धेरै हुन्छ तब अन्य मालहरूका निम्ति त्यसको विनिमय मूल्य धेरै हुन्छ र त्यसको मूल्य पनि धेरै हुन्छ । यो सिद्धान्त स्पष्टतः भ्रान्तिपूर्ण थियो । मूल्यको माग र आपूर्तिको सिद्धान्तका प्रतिपादकले यो बताउन सकेनन्– आपूर्ति र माग बराबर भएमा मालको मूल्य कसरी तय हुन्छ र यो पनि सम्झाउन सकेनन्, विभिन्न मालहरूका निम्ति माग र आपूर्तिका बदलिइरहने सम्बन्धहरूका बीचमा कुनै माल सदैव अन्य मालभन्दा धेरै महँगा किन हुने गर्दछन् । यद्यपि बुर्जुवा अर्थशास्त्रीहरूले मालको श्रम सिद्धान्तलाई खारेज गर्न हरसम्भव प्रयत्न गरे तर सत्यलाई कहिल्यै खारेज गर्न सकिँदैन । बुर्जुवा वर्गका विभिन्न छद्म वैज्ञानिक सिद्धान्तहरूका विरुद्ध आफ्नो सङ्घर्षमा मूल्यको माक्र्सवादी श्रम सिद्धान्त एक मात्र सत्य सिद्धान्त सिद्ध हुन पुग्यो । मुद्रा माल विनिमयको विकासको एउटा स्वाभाविक उपज हो । मुद्रा सार्वभौमिक समतुल्यको कार्य गर्ने एक विशेष माल हो । मुद्राको सम्बन्ध मालहरूसँग हुन्छ किनभने दैनिक जीवनमा मालहरूको मूल्य मुद्राका रूपमा अभिव्यक्त हुने गर्दछ । मालहरूलाई मुद्राबाट खरिद गरिन्छ । यद्यपि सुरुदेखि नै यस्तो थिएन । मुद्रा उत्पादन र विनिमयको विकासको उपज हो । माल विनिमयको सुरुआत मालहरूको सीधै आपसमा अदलाबदलीबाट सुरु भयो । प्रारम्भमा पशुपालक कबिला र कृषक कबिलाहरूले आफ्नो अतिरिक्त उत्पादहरूलाई आपसमा विनिमय गर्दथे । उदाहरणका निम्ति भेडाहरूसँग चामलको विनिमय गरिन्थ्यो । त्यस समयमा मालहरूको विनिमय समयसमयमा हुने गर्दथ्यो र यो मुख्यतः गोत्र कम्युनहरूका भित्र नै चल्थ्यो । विनिमयप्रक्रियामा एउटा मालको मूल्य कुनै अर्को मालका रूपमा अभिव्यक्त हुने गर्दथ्यो । उदाहरणका निम्ति दुईवटा भेडा एक बोरा चामलको बराबर हुन्थ्यो । भेडाको मूल्य स्वार्थमा नाप्न सकिँदैनथ्यो । जव भेडाहरूको चामलसँग विनिमय हुन्थ्यो तव भेडाको मूल्य चामलका रूपमा अभिव्यक्त हुने गर्दथ्यो । उपरोक्त समीकरणमा चामलजस्ता मालहरूको एक ‘समतुल्य’ को भूमिका हुन पुग्दथ्यो । तिनीहरू एउटा ऐनाजस्तै समान हुन्थे जसमा अर्का मालहरूको मूल्य प्रतिबिम्बित हुने गर्दथ्यो । उत्पादक शक्तिहरू र श्रमको सामाजिक विभाजनको विकाससँगसँगै माल विनिमय दिनप्रतिदिन विकसित हुँदै गयो । विनिमय गरिने मालहरूको परिमाण र विविधता दुवै बढे । विनिमयको प्रक्रियामा एउटा मालको कैयौँ अन्य मालहरूसँग हुन सक्थ्यो । साथै माल विकाससँगै मालहरूको सीधै अदलाबदलीबाट हुन जाने नोक्सान पनि अधिकाधिक देखिन थाल्यो । सीधै अदलाबदली तब मात्र सम्भव हुन सक्थ्यो जब दुवै पक्षलाई त्यसै वस्तुको आवश्यकता हुन्थ्यो जुन दोस्रो पक्षले दिइरहेको हुन्थ्यो । उदाहरणका निम्ति मान्नुस् भेडाको मालिकले अनाजसँग विनिमय गर्न चाहन्छ तर अनाजको मालिकलाई भेडाको बदला फौराको आवश्यकता होस् र फौराको मालिकले भेडा वा अनाजको बदला कपडा लिन चाहेको होस् । कपडाको मालिकलाई भेडाको आवश्यकता भएमा भेडा बेच्नेले यसरी पाउन सक्थ्यो– उसले पहिले भेडाको बदला कपडा लिने, फेरि कपडासँग फौरा र अन्त्यमा फौराको बदला अनाज । विनिमयको वाञ्छित उद्देश्य धेरै कठिनाइबाट पूरा हुन सक्थ्यो । कपडावालालाई भेडाको आवश्यकता हुँदैनथ्यो भने उसले तमाम दुःख उठाएर पनि आफ्नो आवश्यकताको वस्तु पाउन सक्दैनथ्यो । यसप्रकार माल उत्पादनको उत्तरोत्तर विकसित हुँदै जाँदा प्रत्यक्ष वस्तु विनिमय एकदम मुस्किल हुँदै गयो । माल विनिमयका क्रममा सुस्तसुस्त मानिसहरूको बुझाइमा आयो– उनीहरूले पहिले मालको विनिमय कुनै यस्तो मालबाट गरौँ जुन आमरूपमा मानिसहरूको आवश्यकता होस् (जस्तै भेडा) र फेरि त्यसको उपयोग आफ्नो आवश्यकताको माल लिनका निम्ति गरौँ तब विनिमयको वाछित उद्देश्य मात्र दुई सौदामा पूरा हुन सक्थ्यो । यसप्रकार माल विनिमयको लामो विकासमान प्रक्रियामा भेडाजस्तै माल अन्य मालहरूबाट अलग भए र तिनीहरूको एउटा यस्तो भूमिका बन्यो जुन अन्य मालहरूका निम्ति सम्भव थिएन । त्यस्तो अवस्थामा सबै मालहरूको मूल्य भेडाहरूका रूपमा अभिव्यक्त हुन्थ्यो र भेडाहरूले माल विनिमयमा ‘सार्वभौमिक समतुल्य’ को भूमिका निर्वाह गरे । माल विनिमयको विकासको लामो प्रक्रियामा अलगअलग राष्ट्रहरूले विनिमयका फरकफरक माध्यमहरूको प्रयोग गरे जस्तै भेडा, कौडीहरू, कपडा वा धातुहरू । अन्ततः उनीहरूले सुन, चाँदीजस्ता बहुमूल्य धातुहरूलाई मुद्राका रूपमा प्रयोग गर्ने निर्णय गरे किनकि बहुमूल्य धातुहरू परिमाण थोरै तर मूल्यमा अत्यन्त धेरै हुने गर्छन्, तिनलाई ल्याउन, लैजान र कैयौँ भाग लगाउन सजिलो हुने गर्दछ । साथै तिनीहरू नाशवान् हुँदैनन् । त्यसकारण विनिमयको माध्यमका निम्ति ती उपयुक्त हुन् । त्यसकारण सुन र चाँदीलाई मुद्राका रूपमा आमरूपमा स्वीकार गर्ने गरिन्छ । यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने मुद्रा सुन र चाँदीको अन्तरनिहित गुण होइन । यो तिनीहरूलाई प्राप्त हुन्छ । सुन र चाँदी केही निश्चित ऐतिहासिक उत्पादन सम्बन्धहरूको अन्तर्गत मुद्रा बने । मुद्राको स्रोतबाट मुद्राको प्रकृति बुझ्न सकिन्छ । मुद्रा अन्य मालहरूबाट पृथक एउटा विशेष माल हो जसले विनिमयको माध्यमको कार्य गर्दछ ।

प्रा.वि तहको ६८ जिल्लाको नतिजा सार्वजनिक (नामसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले मंगलबार दिउँसोसम्म ६८  जिल्लाको नतिजा सार्वजनिक गरेको छ । हेर्नुस् ६८ जिल्लाको प्रा.वि तहको नतिजा– १ ओखलढुंगा जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २ खोटाङ जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३ सोलुखुम्ब जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४ उदयपुर जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५ संखुवासभा जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६ सिरहा जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ७ सप्तरी जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ८ तेह्रथुम जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ९ भोजपुर जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १० धनकुटा जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ११ सुनसरी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १२ मोरङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १३ झापा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १४ इलाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १५ पाँचथर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १६ ताप्लेजुङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १७ प्यूठान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १८ सुर्खेत जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २९ दैलेख जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २० सल्यान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २१ दाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २२ रोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २२ रुकुम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २४ मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २५ डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २६ बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २७ बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २८ हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २९  जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३० कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३१ जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३२ अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३३ डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३४ बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३५ बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३६ कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३७ कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३८ डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३९ दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४० बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४१ ललितपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४२ भक्तपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४३ काठमाडौं जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४४ मनाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४५ मुस्ताङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४६ बागलुङ जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् ४७ म्याग्दी जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् ४८ नुवाकोट जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् ४९ रसुवा जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् ५० सिन्धुपाल्चोकको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५१ तनहुँको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५२ गोरखाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५३ सर्लाहीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५४ धनुषा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५५ काभ्रेपलाञ्चोक जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५६ कास्की जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५७ पर्वत जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५८ लमजुङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५९ धादिङको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६० सिन्धुलीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६१ महोत्तरीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६२ रामेछाप को प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६३ दोलखाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६४ रौतहटको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६५ बाराको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६६ चितवनको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६७ पर्सा को प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६८ मकवानपुर को प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदार घर फर्काइए

काठमाडौं। रोजगारदाता कम्पनीका कारण युनाइटेड अरब इमिरेट्स( यूएई) को आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदारलाई घर फर्काइएको छ । नेपाली दूतावास, त्यहाँका रोजगारदाता कम्पनी र स्थानीय अदालतको पहलमा कामदारलाई घर फर्काइएको हो । आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेन्ट सर्भिसेस (एलएलसी)मा कार्यरत २ सय ५० जना नेपाली कामदार समस्यामा थिए । समस्यामा परेका ती कामदारमध्ये १ सय २० लाई स्वदेश फर्काइएको हो । बाँकी कामदार फिर्ता पठाउन प्रक्रिया थालिएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ । नेपाली दूतावासका श्रम सहचारी मोतीराम भुसालले पहिलो चरणमा पुरुष कामदारलाई घर फर्काइएको छ र दोस्रो चरणअन्तर्गत महिला कामदारलाई फर्काउने प्रक्रिया थालिएको जानकारी दिए । करार अवधि पूरा भएपछि कम्पनीले भिसा नवीकरण नगरेको र ६ महिनादेखिको तलबसमेत नदिएपछि कामदार समस्यामा परेका हुन् । सो कम्पनीमा नेपालीसहित अन्य देशका गरी ६ सयभन्दा धेरै कामदार समस्यामा छन् । गत आइतबारदेखि नेपाली कामदारलाई घर फर्काउन थालिएको हो । समस्यामा परेपछि कामदारहरूले तीन महिनाअघि दूतावासलाई जानकारी गराएका थिए । ६९ जनाले लिखित निवेदन दिएर समस्या समाधान गर्न आग्रह गरेका थिए । तर, सुरुवातमा दूतावासले समस्याबारे चासो नदिएपछि पीडित थप समस्यामा परे । आबुधाबीमा अलपत्र परेका कामदारको विषयमा पीडितको दबाबपछि दूतावासले यो विषयलाई चासो दिएको थियो । दूतावासमा ६९ जनाको निवेदन परेको भए पनि अन्य क्षेत्रमा रहेका पीडितहरू सम्पर्कमा आउन थालेका थिए । अहिलेसम्म २ सय ५० भन्दा बढी पीडित कामदार सम्पर्कमा आएको दूतावासले जनाएको छ । नेपाली कामदारको समस्या समाधानका लागि दूतावासले श्रम काउन्सुलर भेषबहादुर कार्की, श्रम सहचारी मोतीराम भुसाल र जनसम्पर्क अधिकृत इरफान आलमलाई जिम्मेवारी दिएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ

संसारको ‘सबैभन्दा ठूलो’ उभयचर पत्ता लाग्यो, हेर्नुस् यस्तो छ

काठमाडौंः भर्खरै छुट्टै प्रजाति भएको पत्ता लागेको एउटा जीव संसारकै सबैभन्दा विशाल उभयचर भएको हुन सक्ने आधार फेला परेको छ । सङ्ग्रहालयमा राखिएका नमुनाहरूबाट सङ्कलित डीएनएको अध्ययनपछि साउथ चाइना जाइअन्ट स्यालम्यान्डर नामक उक्त जीव जल तथा थल दुवै ठाउँमा बस्ने ठूलो प्राणी हुन सक्ने देखिएको हो । झन्डै दुई मिटर लामो हुने उक्त जीवलाई प्राकृतिक वासस्थानमा अतिसङ्कटापन्न मानिन्छ । वैज्ञानिकहरूले उक्त जीवलाई लोप हुन नदिन परिष्कृत प्रयास गरिनुपर्ने बताएका छन् । चीनमा मासुका लागि ती भीमकाय छेपारालाई मारिने भएकाले तिनको सङ्ख्या ह्वात्तै घटेको छ । पहिला भीमकाय स्यालम्यान्डरको एउटा मात्र प्रजाति भएको भन्ठानिन्थ्यो । तर जीवित तथा मृत नमुनाको सङ्कलन गरेपछि चीनका विभिन्न स्थानमा तीनवटा प्रजाति भएको पत्ता लाग्यो । तीमध्ये साउथ चाइना जाइअन्ट स्यालम्यान्डर सबैभन्दा ठूलो छ। अनुसन्धानकर्ताहरूले यो अहिले जीवित उभयचरमध्ये सबैभन्दा ठूलो प्रजाति हुन सक्ने बताएका छन् । जूअलजिकल सोसाइटी लन्डनका प्राध्यापक स्याम्यूअल टर्भेका अनुसार प्राकृतिक वासस्थानमा ती जीवको सङ्ख्या अत्यासलाग्दो गरी घटेको छ । ती जीवको प्रजातिगत विविधताबारे यो नयाँ ज्ञानले तिनको संरक्षणमा सहयोग पुग्छ भन्ने आशा भएको उनले बताए । ‘तर जीवित भीमकाय स्यालम्यान्डरको सङ्ख्या जोगाउन आकस्मिक उपाय चाहिन्छ ।’ यो अनुसन्धानकर्तामा सहभागी भएकी उक्त सङ्ग्रहालयकी मेलिसा मारले ती प्रजातिको आनुवंशिक शुद्धता कायम हुने हुनेगरी संरक्षणका उपायहरू अवलम्बन गर्नुपर्ने बताइन् । ‘चाइनिज जाइअन्ट स्यालम्यान्डरलाई जोगाउन तत्काल हस्तक्षेप गर्नुपर्ने बेला भएको बेला यी तथ्यहरू पत्ता लागेका छन्,’ उनले भनिन् । चाइनिज जाइअन्ट स्यालम्यान्डर के हो? कुनैबेला चाइनिज जाइअन्ट स्यालम्यान्डर मध्य र पूर्वी एशिया तथा दक्षिणी चीनमा पाइन्थ्यो । केही दशकयता सो जीवको दोहन गर्ने क्रम बढेको छ । त्यसको मासुको विलासी खाद्य बजारमा ठूलो माग छ । मासुको माग पूरा गर्न छेपारोजस्तै देखिने उक्त जीव व्यावसायिक रूपमा पाल्न थालिएको छ । त्यसो गर्दा सरुवा रोग तथा अवैध सिकारका कारण जङ्गली स्यालम्यान्डर पनि खतरामा पर्छन्। अनुसन्धानमा के पत्ता लाग्यो ? वैज्ञानिकहरूले सङ्ग्रहालयमा भएका नमुनाको आनुवंशिक इतिहासको अध्ययन गरे । निकै प्राचीन मानिएको उक्त जीवलाई ‘जीवित जीवावशेष’ मानिन्छ । लन्डनस्थित चिडियाखानमा राखिएको चाइनिज जाइअन्ट स्यालम्यान्डर एउटा अस्वाभाविक जीव भएकाले सन् १९२० को दशकमा पहिलोचोटि त्यो छुट्टै प्रजाति भएको मत व्यक्त गरिएको थियो । अनुसन्धान टोलीले सङ्ग्रहालयमा राखिएको सोही जीवको संरक्षित शरीरको अध्ययन गरेर नयाँ प्रजातिका स्वभावको वर्णन गरेका हुन् । यो अनुसन्धान इकलजी एन्ड एभल्यूशन जर्नलमा प्रकाशित भएको छ । (बीबीसी)