पहिले १३४ नम्बरमा निस्किएको नाम अहिले पहिलो नम्बरमा

काठमाडौं । मास्टर अफ ल (एलएलएम)को प्रवेश परीक्षा दिएका करिब साढे तीन सय विद्यार्थीको नतिजा एक हप्तामै उल्टिएको छ । त्रिभुवन विश्वविद्यालय कानुन संकायको डिन कार्यालयले भर्नाको तयारी गरिरहेका विद्यार्थीको नतिजा उल्ट्याएको हो । डिन कार्यालयले १८ साउनमा सार्वजनिक गरेको पहिलो नतिजामा ५९.८३ प्रतिशत ल्याएर १३४ नम्बरमा रहेकी प्रकृति मल्लको नाम २६ साउनको दोस्रो नतिजामा ८४.८३ प्रतिशतसहित १ नम्बरमा निस्किएको छ । पहिले १ नम्बरमा नाम निकालेका गिरिराज अर्याल भने अहिले तेस्रो नम्बरमा पुगेका छन् ।

पहिलो नतिजामा ४६।३३ प्रतिशत प्राप्त गरी
२९१ नम्बरमा रहेका विद्यार्थीको अहिले ८२.३३ प्रतिशतसहित २ नम्बरमा नाम निस्किएको छ । पहिलो सूचीमा ७७ प्रतिशत ल्याई ९ नम्बरमा नाम निकालेका सुरज सेजुवाल अहिले ७८ प्रतिशतसहित ८ नम्बरमा आएका छन् ।

पहिलेको सूचीमा २९८ नम्बरमा रहेका सुवास भण्डारीको नाम दोस्रो सूचीमा २२ नम्बरमा छ । पहिले ६७ नम्बरमा रहेकी यमुना सिंखडा अहिले ५८ नम्बरमा छिन् । त्यस्तै, पहिले ७७ नम्बरमा रहेकी प्रवीणा कटुवालको नाम पछिल्लो सूचीमा ६७ नम्बरमा छ । ११० नम्बरमा रहेकी सुजना कोइरालाको नाम अहिले १०२ नम्बरमा निस्किएको छ । त्यस्तै पहिले ११२ नम्बरमा रहेका सबिन तामाङ अहिले १०७ मा तानिएका छन् ।

नतिजा नै उल्टिँदा कतिपय विद्यार्थी भर्ना अभियानबाटै बाहिरिएका छन् । पहिलो सूचीमा ९७ नम्बरमा नाम निकालेकी श्वेता रानाभाट दोस्रो सूचीमा १८२ नम्बरमा धकेलिएकी छिन् । त्रिविको आंगिक नेपाल ल क्याम्पसमा ८५ जना र सम्बन्धनप्राप्त नेसनल कलेजमा ५० जनाले मात्र भर्ना पाउँछन् । मंगलबार नेपाल ल क्याम्पस पुगेकी रानाभाटले भर्ना तयारीमा लागिरहेका वेला नतिजा उल्ट्याउँदा अवसरबाटै वञ्चित भएको बताइन् ।

अर्का विद्यार्थी सोहन श्रेष्ठको पनि उस्तै अवस्था छ । पहिलो सूचीमा ३८ नम्बरमा नाम निकालेका श्रेष्ठको नाम दोस्रो सूचीमा २९७ नम्बरमा पुगेको छ । पहिले १ नम्बरमा नाम निकालेर अहिले तेस्रो नम्बरमा धकेलिएका गिरिराज अर्यालले डिन कार्यालयबाट ठूलो धोका भएको भन्दै गुनासो गरे । एलएलएम प्रवेश परीक्षामा कोटाभित्रै नाम निस्किएपछि भर्ना अभियानमा लागेका विद्यार्थी निराशसँगै आक्रोशित पनि भएका छन् ।

डिन कार्यालयले भने पहिले सार्वजनिक सूचीमा चित्त नबुझेको भन्दै केही विद्यार्थीले उजुरी दिएपछि कम्प्युटरमा हेर्दा नतिजा नै फरक भेटिएको र त्यसैअनुसार दोस्रोपटक सूची सार्वजनिक गरेको दाबी गरेको छ । तर, विद्यार्थीले भने कम्प्युटरमा त्रुटि रहेको बहाना देखाएर अनियमितता भएको आरोप लगाएका छन् ।

डिन कार्यालयमा ताला अख्तियारमा उजुरी
नतिजा उल्टिएपछि आक्रोशित विद्यार्थीले कानुन संकायको डिन कार्यालय र परीक्षा शाखामा ताला लगाएका छन् । प्रवेश परीक्षामा अनियमितता भएको र पारदर्शी नभएको भन्दै ताला लगाएका हुन् । अनेरास्ववियुका क्याम्पस कमिटी सहसचिव निश्चल वाग्लेले प्राविधिक त्रुटिभन्दा पनि धेरै फेरबदल भएकाले अनियमितताको आशंका भएको बताए ।

‘मैले पनि एलएलएमको प्रवेश परीक्षा दिएको थिएँ, पहिले १६औँ नम्बरमा नाम थियो, पछि १८औँमा पुगेछ,’ उनले भने, ‘प्रवेश परीक्षा दिएका केही साथीले अख्तियारमा समेत उजुरी गर्नुभएको छ, अदालत पनि जाने तयारी छ ।’

केही विद्यार्थीको दुईपटकको नतिजा–अन्तर निकै तलमाथि परेकाले अस्वाभाविक देखिएको उनले बताए । यस विषयमा अनेरास्ववियु र क्रान्तिरकारी मिलेर अब के गर्ने भन्ने विषयमा निर्णय लिने बताए ।

कापीमा एउटा, कम्प्युटरमा अर्कै नम्बर इन्ट्री भएको रहेछः विनयसिंह सिजापती
डिन, कानुन संकाय, त्रिवि
प्रवेश परीक्षाको नतिजामा चित्त नबुझे पाँच दिनभित्र उजुरी दिन सक्ने व्यवस्था छ । नतिजा आएपछि केही विद्यार्थीले चित्त नबुझेको भन्दै उजुरी दिनुभयो । त्यसपछि कापी र कम्प्युटरमा क्रस चेक गर्दा नतिजा फरक देखियो । केही विद्यार्थीको तलमाथि हुँदा धेरैको नतिजा फेरबदल भयो । जसले उजुरी गरेका थिए, उनीहरूको जाँच गर्दा फरक नतिजा आयो । उजुरी नगर्नेले पनि न्याय पाउनुपर्छ भनेर सबैको हेरेर दोस्रो सूची निकालेका हौँ । यस विषयमा छानबिन गर्न त्रिवि केन्द्रले पनि छनबिन कमिटी गठन गरेको छ । छानबिनपछि थप यथार्थ आउँछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

टर्कीमा महिलालाई आइसक्रिम खान प्रतिबन्ध !

अंकारा, टर्की । टर्कीको ऐतिहासिक शहर इस्तानबुलको एउटा नगरपालिकाले सभ्य महिलाले आइसक्रिम खान नहुने भन्ने नियम जारी गरेपछि विवाद सुरु भएको छ । नगरपालिकाले महिलाहरूलाई कसरी ‘सुसंस्कृत’ बन्ने भनेर केही नियमहरू जारी गरेको छ, जसमा उनीहरूले चाट्दै आइस्क्रीम खान नहुने बताइएको छ । नियममा भनिएको छ, “यस्तो गर्नु भद्दा लाग्दछ ।” उता सामाजिक संजाल प्रयोगकर्ताहरूले यस नियमलाई महिलाको स्वतन्त्रतामाथिको आक्रमण भन्दै आलोचना गरिरहेका छन् । दुई महिने पाठ्यक्रम तैयार इस्तान्बुल्को बागसिलर नगरपालिकाले महिलाहरूलाई ‘संस्कार’ सिकाउने दुई महिने पाठ्यक्रम समेत सार्वजनिक गरेको छ । यसमा युवतीहरूलाई सार्वजनिक स्थलहरूमा कस्तो व्यवहार गर्ने भन्नेबारे प्रवचनहरूको शृंखला राखिने बताइएको छ । नगरपालिकाका अनुसार इस्तान्बुलका सभ्य महिलाहरूलाई पारम्परिक लोकाचार आउनु पर्दछ । उनीहरूलाई विनम्र रहन, भान्साघरको काममा निपुण रहन जस्ता कामहरू समेत यस पाठ्यक्रममा सिकाइने बताइएको छ । साथै उक्त पाठ्यक्रममा महिलाहरूले पुरै मुख खोलेर कुरा गर्न नहुने भन्ने समेत सिकाइने बताइएको छ । सामाजिक संजालमा प्रश्न- आइसक्रिम चाट्न नहुने भए खाने तरिका के ? नगरपालिकाले प्रस्तावित गरेका नियमहरूबारे सामाजिक संजालमा बहस सुरु भएको छ । एउटा ग्रुप ‘लेडीज गाइडमा लेखिएको छ, “ठीक छ, महिलाहरूले आइसक्रिम चाट्नु हुँदैन । तर यसो गर्नु खराब कसरी भयो भन्नेबारे पनि केही भन्नु नि !” ग्रुपमा एक जनाले लेखेका छन्, “अचम्मको कुरा केही मानिस महिलाले आइसक्रिम खाएको देखेर पनि भयभीत छन् ।” ट्विटरमा एक जनाले लेखेका छन्, “आइसक्रिम चाट्नु हुन्न भने यसलाई खाने सही तरिका पनि त भन्नु पऱ्यो ।” एक अर्को प्रयोगकर्ताले लेखेका छन्, “त्यसो भए पुरै आइसक्रिम मुखभित्र कोच्ने या अरु कुनै तरिका छ ? भनिदिनु पऱ्यो ।” एक जना भन्छन्, आफू त आइसक्रिम चाटेरै खाने हो, कृपया यस विषयमा ज्ञान नदिनु होला ।” बस यात्रामा धेरै नबोल त्यस्तै नगरपालिकाले जारी गरेको अर्को नियम अनुसार महिलाहरूले चुइङ्गम चपाउनु र बस यात्राको क्रममा फोनमा लामो वार्तालाप गर्नुलाई समेत ‘असभ्य’ कामको श्रेणीमा राखेको छ । उनीहरूलाई फोहोर शब्द उच्चारण नगर्न भनिएको छ । त्यसका साथै महिलाहरूलाई पहिलो पटक कुनै पुरुषलाई भेट्दा उनको विवाह भए नभएको या बच्चा कति छन् जस्ता प्रश्न समेत सोध्न नहुने भनिएको छ । महिलाहरूलाई ‘सुसंस्कृत’ बन्ने तालिम दिन गणितकी प्राध्यापक आरजु अरदालाई आमन्त्रित गरिएको छ । अरदा भन्छिन्, “हाम्रो धर्म, परम्परा र संस्कृतिमा निरन्तर ह्रास आइरहेको छ । समाजबाट शिष्टाचार र विनम्रता कम हुँदै गइरहेको छ । आशा छ स्थितिमा परिवर्तन आउनेछ ।”

लोकसेवाले माग्यो १९३ नासु

काठमाडौं, पुस २५ । लोकसेवा आयोगले देशभरबाट राजपत्रअनंकित प्रथम श्रेणीका लागि नायब सुब्बाको दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगले बुधबार विज्ञापन निकाल्दै काठमाडौं जिल्लाका लागि ९९ जनाका लागि दरखास्त आह्वान गरेको छ । आयोगले काठमाडौंका लागि न्याय सेवा, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसदका लागि सुब्बाको दरखास्त आह्वान गरेको हो । त्यसैगरी आयोगले धनकुटाका लागि खुला महिला आदिवासी, मधेसी दलित र अपांग गरी २३ जना सुब्बा माग गरेको छ भने महोत्तरीका लागि ३० पदका लागि दरखास्त आह्वान गरेको छ । त्यस्तै आयोगको कार्यालय पोखराबाट ८ जना माग गरिएको भने बुटवलबाट १६ जना माग गरिएको छ । आयोगको कार्यालय सुर्खेतले सात जना माग गर्दा दिपायलबाट १० जना माग गरिएको छ । विज्ञापन दस्तुर ४०० तोकिएको छ भने समावेशी पदका लागि थप २०० दस्तुर कायम गरिएको छ । दरखास्तको अन्तिम म्याद माघ १५ सम्म कायम गरिएको छ भने दोब्बर दस्तुर बुझाएर माघ २२ सम्म फाराम भर्न सकिने आयोगले जनाएको छ । हेर्नुहोस् विज्ञापन  

नेपाल आइडल रवि ओड ‘जापान टुर’ का लागि राजधानी फर्किदै

काठमाडौं, पुष १५ । दोस्रो नेपाल आइडल रवि ओड जापान भ्रमणका लागि आइतबार काठमाडौं आउँदैछन् । मातृ शोकको पीडामै रहेका उनी विदेश भ्रमणको पूर्वयोजना अनुसार जापानमा हुने कन्सर्टका लागि रवि आइतबार साँझ काठमाडौं आउन लागेका हुन् । जापान टुरमा नेपाल आइडलका विजेता रवि लगायत पहिलो रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक पनि जानेछन् । दश दिने जापान टुरका लागि रवि, बिक्रम र सुमित भोलि जापान प्रस्थान गर्ने नेपाल आइडल आयोजकले जनाएको छ । नेपाल आइडल जितेपछि रविलाई सुदूरपश्चिम प्रदेश सरकारको सम्मान तथा बधाई दिन धनगढी बोलाएपछि रवि पुस ९ गते धनगढी गएका थिए ।

खुसी र स्वास्थ्य जीवनको लागि प्रकृतिसँग कसरी एकाकार हुने ?

तपाईं/हाम्रो स्थुल शरीरको निर्माण कसरी भएको छ ? एकपटक ध्यानमग्न भएर सोचौं त । योग विज्ञानले शरीरलाई पाँच तत्वले मिलेर बनेको हुन्छ भन्छ । आकाश, वायु, अग्नी, जल, पृथ्वी । शरीरको रचनालाई बुझ्ने हो भने यसको अद्भूत शक्ति र महत्वलाई पनि हामी अन्दाज गर्न सक्छौं । तर, आफ्नै शरीरका सम्पूर्ण शक्ति र प्रक्रियाबारे हामी अनभिज्ञ छौं । दुःखलाग्दो त के भने शरीरका यी गुण, विशेषता, शक्तिबारे बेखबर रहेरै हामी देहत्याग गर्छौं । अर्थात आफैसँग भएको, आफ्नै शरीरको प्रक्रिया र सामथ्र्यबारे जान्न नपाउँदै हामी भौतिक संसार त्यग्न पुग्छौं । स्मार्टफोन र जीवन भनिन्छ नि, एउटा स्मार्टफोनमा अनेक फंसन हुन्छ । तर, त्यसमध्ये अति आशिंक फंसनबारे हामी जानकारी राख्छौं । कल गर्न, भिडियो/फोटो खिच्न, केही एप्स चलाउन भन्दा अरु केही गर्दैनौं । अर्थात जति मूल्य चुकाएर हामीले स्मार्टफोन खरिद गर्छौं, त्यस अनुरुप स्मार्टफोनको उपयोग गर्दैनौं । किनभने त्यसको सम्पूर्ण उपयोगिताबारे हेक्का नै राखिदैन । ठीक यसैगरी शरीरको रचना र विज्ञान, यसको शक्ति र सौन्दर्य हामी खोज्दैनौ, जान्दैनौ । आफ्नै शरीरसँग के-कस्ता शक्ति छन्, के-कस्ता प्रणाली छन् भन्ने कुरामा थाहा पाउँदैनौ । जबकी हाम्रा पूर्खाहरुले शरीरको महत्व र शक्ति कति छ भन्ने कुरा प्रयोगबाट नै प्रमाणित गरिसकेका थिए । योग-विज्ञान त्यसैको नतिजा हुन् । योग-विज्ञानले शरीरको संरचना र आयमबारे प्रष्ट पारेको छ । यसलाई बुझियो भने शरीर कति अनमोल छ भन्ने कुरा प्रष्ट हुन्छ । शरीरः माटोको रचना शरीर अद्भूत छ । यो प्रकृतिको सुन्दर रचना हो । र, यो माटोबाट प्रस्फुटित एक उन्नत रुप हो । जसरी कुनै सुन्दर बुट्यान, मगमगाउने फूल, रसिलो फल माटोबाट उब्जिएका हुन् । त्यसैगरी शरीर पनि माटोकै रचना हुन् । माटोमा उब्जिएको शरीर माटोमा नै बिलय भएर जान्छ । यो कुरालाई हामीले बोध गर्‍यौं भने यो पवित्र शरीरभित्र अहंकार, दम्भ, लोभ, रिस जस्ता विकारहरु पालेर राख्ने छैनौं । तर, शरीरको रचनाबारे बेखबर भएकाले हामी यी विकारहरु भण्डारण गरेर शरीरलाई अपवित्र तुल्याउँछौं । दुषित तुल्याउँछौं । जसरी वायुमण्डल दुषित भएपछि त्यसले अनेक समस्या निम्त्याउँछ, त्यसैगरी शरीरभित्रका दुषित भावनाले पनि शरीरलाई रोगी एवं जीर्ण बनाउँछ । आधुनिक जीवनशैलीमा जे-जति रोग फैलिएका छन्, त्यसमा धेरैजसो त हाम्रो शरीरभित्रै उब्जिएका छन् । किस्ताबन्दीमा आत्महत्या शरीरभित्र अथाह शक्ति छ । अद्भूत सौन्दर्य छ । तर, हामी शरीरभित्र कहिल्यै प्रवेश गर्दैनौं । बाहिरी सुखभोगको चक्करमा आफ्नो शरीरलाई बेवास्ता गर्छौं । चाहिने-नचाहिने खान्छौं । अप्राकृतिक जीवनशैलीमा रमाउँछौं । यसरी आफ्नै शरीरलाई हेला गर्छौं । अपमान गर्छौं । यसको नतिजा के हुन्छ ? शरीरमा अनेक रोग, कष्ट, पीडा थपिन्छ । गौतम बुद्धलेभ नेका छन्, ‘रोगी शरीर लिएर बाँच्नु भनेको जीवन होइन, केवल पीडाको एक स्थिती हो ।’ योग-विज्ञानले रोगी शरीर लिएर बाच्नुलाई ‘किस्तावन्दीमा आत्महत्या गर्नु’ भनेका छन् । यसर्थ रोगी भएर वा पीडादायक अवस्थामा जीवन गुजार्नु आफैमा एक सजाय हो । यातना हो । यातनाका लागि हिरासतमै पुग्नुपर्छ भन्ने छैन । आफ्नै घरको आरमदायक सयनमा पनि हामी यातनापूर्ण जीवन विताइरहेका हुन्छौं । अतः यस्तो पीडा, यातनाबाट उन्मुक्त भएर उल्लासमय, उर्जामय, सुखमय जीवन विताउनका लागि हामीले प्रकृतिसँग एकाकार हुनुपर्छ । माटोसँग एकाकार हुनुपर्छ । हामी जति धेरै प्रकृतिबाट विमुख हुन्छौं, उत्तिनै पीडा झेल्नुपर्ने हुन्छ । प्रकृतिसँग हातेमालोः जीवन सुखी र निरोगी माटोमा खेल्नुहोस्, बनजंगलमा विचरण गर्नुहोस्, प्रकृतिले दिएको फल, अन्न सेवन गर्नुहोस् । प्रकृतिले हाम्रो शरीरलाई सन्तुलित र स्वस्थ्य राख्न उपयुक्त समयमा विभिन्न फल, अन्न आदि उब्जाउँछ । तर, हामी प्रकृति विरुद्ध जान्छौं । प्रकृतिले पुस-माघमा उब्जाउने फललाई हामी चैत्र-वैशाखमा फलाउने यत्न गर्छौं । प्रकृतिले काँचो खान दिएको खानेकुरालाई तारेर, पकाएर, भुटेर खाने चेष्टा गर्छौं । बनजंगल फाडनी गर्छौं र घरमा प्लाष्टिकको कृतिम फूल सजाउँर्छौं । यसरी प्रकृतिबाट विमुख भइरहँदा हामी रोगको दलदलमा फस्दै जान्छौं । एजेन्सीको सहयोगबाट

अमितले आज सबैलाई मनपर्ने गीत गाउने, भोट गर्न अपिल

काठमाडौं, मंसिर २० । जारी नेपाल आइडल सिजन २ मा आज ‘उत्कृष्ट ४’ मा पुग्नका लागि फुटवल अडिसनबाट भाग लिएका अमित बरालले दमदार प्रस्तुति दिने भएका छन् । उनले आज ‘उडाउँछु आकाशमा कहिले, बादल सरी’ बोलको लोकप्रिय गीत गाउने भएका हुन् । हालसम्म स्रोतादर्शकको मन जित्दै यो स्थानसम्म पुगेका उनले आज पनि उत्कृष्ट प्रस्तुति दिने जमर्को गरेका छन् । अमितले पनि सामाजिक सञ्जाल फेसबुक तथा पेजबाट सबैलाई भाट गर्न आग्रह गरेका छन् । उनी बाहेक अब नेपाल आइडलमा रवि ओड, सुमित पाठक, अस्मिता अधिकारी र बिक्रम बराल छन् । आजको प्रस्तुति ‘टप फोर’ मा पुग्नका लागि हो । कम भोटका आधारमा भोलि (शुक्रबार) एक प्रतिस्पर्धी आइडलबाट बाहिरिने छन् ।

दार्जिलिङपछि काठमाडौंमा ‘लभ स्टेशन’

नेपाली चलचित्र ‘लिलीविली’ बाट लोकप्रियता हासिल गरेका जोडी प्रदीप खडका र जसिता गुरुङ अभिनित अर्को चलचित्र लभ स्टेशनको यतlबेला काठमाडौंमा छायाँकन भईरहेको छ । यो चलचित्रको दुईवटा गीत बाहेकको बाँकी छायाँकन तिहारअघि नै काठमाडौंमा सकिँदै छ । दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिकमा ६० प्रतिसत छायाँकन सकेर दशैंलगत्तै निर्माण टोली नेपालको इलामको पशुपतिनगर आएको थियो । एक साताको इलाम बसाईमा पशुपतिनगर, फिक्कल, इलाम, कन्याम र श्रीअन्तुमा २० प्रतिशत छायाँकन सकेर चलचित्र ‘लभ स्टेशन’को युनिट २ दिनअघि काठमाडौं आएको हो । काठमाडौंको बाँकी १० प्रतिसत छायाँकन यतिबेला भईरहेको छ । तिहारसम्ममा काठमाडौंको छायाँकन सम्पन्न गर्ने यसका निर्माता गोविन्द शाहीले बताएका छन् । चलचित्रको १२ असोजबाट दार्जिलिङदेखि छायाँकन सुरु गरिएको थियो । ‘हामीले लक्ष्मीपुजासम्म करिब ९० प्रतिसत छायाँकन सक्दै छौं । अब तिहारपछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिच्दै चलचित्रको छायाँकन सम्पन्न गर्नेछौं ।’ निर्माता शाहीले भने, ‘हामीले तोकेको निर्धारित ४५ दिनभित्रै चलचित्रको सम्पूर्ण छायाँकन सम्पन्न हुँदैछ । लभ स्टेशनलाई अब यो बर्षको अन्तिमसम्ममा हामी देश व्यापी सिनेमा हलमा रिलिज गर्ने छौं ।’ यो चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरिरहेका छन् । उनका अनुसार चलचित्र ‘लभ स्टेशन’ सांगीतिक प्रेमकथामा आधारित पारिवारिक सिनेमा हो । जसमा प्रदीप, जसिताले अहिलेसम्मकै राम्रो काम यसमा गरेको पनि निर्देशक घिमिरेको भनाई छ । चलचित्रभित्र ‘लभ स्टेन’ शेष ठाउँको नाम हुने निर्देशक घिमिरेले प्रस्ट्याएका छन् । यस्तै अभिनेता प्रदीपले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतको सिनेमा भन्दा लभ स्टेशन केही पृथक बन्ने बताएका छन् । अहिलेसम्मको काम प्रशंसनीय भएको यी अभिनेताको भनाई छ । यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, विनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवि डंगोल, दिनेश काफ्ले, कालु राना सहितको अभिनय छ । ‘लभ स्टेशन’लाई काफिया फिल्मसको व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन् ।

चिलिमे जलविद्युत कम्पनीको खुला तथा आन्तरिक परीक्षा तालिका सार्वजनिक

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले खुला तथा अान्तरिक प्रतियोगितात्मक अन्तर्गत रिक्त रहेका विभिन्न पदहरुमा २०७४ मंसिर ११ गते उम्मेदवारहरुको अावेदनका लागि  गोरखापत्रमा सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको लागि आवेदन भर्ने सबै उम्मेदवारहरुको लागि लिखित परीक्षा निम्न मिति, समय र स्थानमा हुने भएको जानकारी प्रकाशित गरेको छ । उक्त परीक्षाको दिन सबै उम्मेदवारहरुले अाफ्नो प्रवेश पत्र साथमा लिई सहभागी हुनका लागि आजको गोरखापत्रमा यो सूचना प्रकाशित गरिएको छ । बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्–  

चुट्किलाः छोराले सयमा पञ्चानब्बे ल्याउँदा….

एकादेशमा एकजना व्यापारीको छोराले बि.ए. पास गर्दा सयमा पन्चानब्बे प्रतिशत ल्याएको खुशियालीमा आफ्नो बुबालाई मिठाई दिँदै भन्यो । बुबा मैले परिक्षामा सयमा पन्चानब्बे प्रतिशत ल्याए । बुबाले भन्नुभयो– ‘हामीले सयको मालबाट एक सय पचाससम्म ल्याउँछौ तर तैंले सयमा पनि पॉच घटाईस् । नालायक कहीँको । हा हा हा हा हा……

चुटकिला : आफ्नु आमा लाई नभन

छोरा : बुआ मैले केटि मन पराको छु ॥ बाउ : कल्लाई मनपराईस ॥ छोरा : रिता आंटि को छोरी लाई ॥ बाउ : ओ no no त्यो तेरो बहिनी पर्छ के ॥ तेरो आमा लाई नभन ल ॥ अर्को दिन छोरा: बुआ आज मैले अर्को केटि लाई मन पराए ॥ बाउ : कल्लाइ ?? छोरा : टिना आंटी को छोरी लाई लाई ॥ बाउ: ओ no no त्यो पनी तेरो बहिनी पर्छ ॥ आफ्नु आमा लाई नभन ल ॥ छोरो लाई लास्टइ रिस उठेछ अनि आमा लाई भनिदिएछ छोरा : आमा मैले जुन केटि लाई मन पराए नि बाउ ले उसको छोरी हो तेरो बहिनि पर्छ भन्छ ॥ आमा : मेरो छोरा त जल्लाई मन पराउछ तेहि संग बिहे गर ॥ उस्को टेनसन न ले त्यो तेरो बाउ हैना ॥ छोरा ठाउ को ठाउ बिहोस

लोकसेवा तयारीका लागि नमूना प्रश्नोत्तर

लोकसेवा अायोगद्वारा सञ्चालित खरिदार पदको लागि तयारी गरिरहेका उम्मेदवारहरुको लागि लोकसेवा सहयोगीबाट ल्याइएको यो सानो नमुना प्रश्नोत्तर- ० नेपालको पहिलो साहित्यिक पत्रिका– सुधासागर हो । ० नेपालबाट हालसम्म म्यागासेसे पुरस्कार पाउने– ४ जना क्रमशः महेशचन्द्र रेग्मी, भारदत्त कोईराला, डा. सन्दुक रुईत र महाबीर पुन हुन् । ० भारतिय राष्ट्रिय फुटबल टिमका पूर्वकप्तानहरु श्याम थापा र भाईचुङ् भुटिया साथै हालका कप्तान सुशील क्षेत्री सबै नेपाली भाषी भारतीय हुन्। ० सर्वप्रथम साहित्यमा पिएचडि गर्ने महिला डा. बानिरा गिरी हुन्। ० नेपालको पहिलो धार्मिक शहिद स्व.पं.नारायणप्रसाद पोखरेल हुन्। ० “THE POLITICAL RELATION BETWEEN NEPAL AND INDIA” नामक पुस्तकका लेखक भारतीय नागरिक शिवशकंर मेनन हुन् । ० नेपाली भाषाले नेपाल बाहेक भारत र भुटानमा पनि राष्ट्र भाषाको मान्यता पाएको छ। ० नेपाल UNO मा शान्ति सेना पठाउने ७ औँ ठुलो राष्ट्र हो। ० राजामामा कुसुण्डा, कुसुण्डा भाषा बोल्ने एकमात्र व्यक्ति हुन् । ० महेन्द्र राजमार्गले नछुने एकमात्र तराईको जिल्ला पर्सा हो भने छुने एकमात्र पहाडको जिल्ला अर्घाखाँची र मकवानपुर हुन। ० शेर्पा जातिको धर्मग्रन्थलाई फोग्यु भनिन्छ। ० बिश्वको सर्वोच्च स्थानमा रहेको झरना डोल्पा जिल्लामा रहेको शुलिगाड झरना हो यो ३६१३ मिटरको उचाईमा रहेको छ भने १६७ मिटर लामो छ। ० विश्वको सर्वाधिक उचाइमा रहेको बस्ती डोल्पा जिल्लाको छार्का भोट र तराप गाउँ हो। ० नेपालमा घद्द प्रकारका गुराँसहरु पाईन्छन्। ० सेतो गुराँसलाई चिमाली भनिन्छ। ० सुर्यको किरणबाट उपचार गरिने बिधिलाई हेलियो थेरापी भनिन्छ । स्रोतः Anomal psc helper

लोकसेवा परीक्षाका लागि सहयोगी : हावापानी परिवर्तनका बारेमा जान्नैपर्ने कुराहरु

हावापानी परिवर्तनका कारण नेपालको कृषि, जलविद्युत आदी क्षेत्रमा प्रभाव पर्नसक्ने चिन्ताहरु सार्वजनिक भएका छन् । नेपालको वातावरण मन्त्रालयका एक अधिकारीले अनुकुलनको लागि बनाइएका राष्ट्रिय तथा स्थानीय कार्ययोजना लागू गर्न रकम अपुग भइरहेका थिए। अक्सफामको प्रतिवेदन अनुसार सन् २००९ र २०१२ बीच नेपाललाई झन्डै ५४ करोड अमेरिकी डलर विदेशी सहयोग हावापानी परिवर्तनका प्रभावहरुसंग जुध्न भनी प्राप्त भएको थियो। करिब ६० देशका ४०० भन्दा बढी प्रतिनिधि सहभागी रहेका हावापानी परिवर्तन सम्बन्धि एक बैठक काठमाडौंमा भइरहँदा अन्तर्राष्ट्रिय संस्था अक्सफामले एक प्रतिवेदनमार्फत हावापानी परिवर्तन सम्बन्धी वैदेशिक सहयोग अन्यत्रै परिचालन गर्ने गरेको पाइएको खुलासा गरेको हो । तर त्यस्को झन्डै ५४ प्रतिशत रकम सो कामका लागि नभइ शिक्षा, भुकम्प निरोधक प्रविधि तथा सडक र पुल निर्माणको लागि खर्च भएको सो प्रतिवेदनमा उल्लेख छ। ‘बेवास्ता’ ती आयोजना कार्यान्वयन गरिदा हावापानी परिवर्तनका प्रभावहरुमाथि ध्यान नदिइएको प्रतिवेदनले भनेको छ। हावापानी परिवर्तनका प्रभावहरुसित अभ्यस्त हुन अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको राष्ट्रिय अनुकुलन कार्ययोजना नापाले जनस्वास्थ्य, जलस्रोत र उर्जालाई प्राथमिकताका क्षेत्रहरु भनी ‌औंल्याएको थियो। तर, अक्सफामको प्रतिवेदनले ती क्षेत्रहरुमा पैसा पटक्कै नगएको जनाएको छ। सो प्रतिवेदनले हावपानी परिवर्तनसम्वन्धी आयोजनाहरु अघि सार्दा नेपाल सरकारको भन्दा पनि दातृ निकायको भनाइ चल्ने उल्लेख गरिएको छ। असरहरु यसै साता सार्वजनिक गरिएको अर्को प्रतिवेदनले आउँदा केहि दशकमा नेपालको कृषि, जलविद्युत आदी क्षेत्रमा प्रभाव पर्नसक्ने र त्यस्ले देशको कुल ग्राहस्थ उत्पादनमै असर गर्न सक्ने औंल्याएको थियो। नेपालमा चार वर्षअघि राष्ट्रिय अनुकुलन कार्ययोजना बनेको थियो र लगत्तै स्थानीय अनुकुलन कार्ययोजना पनि बनाइयो। तीनको कार्यान्वयनको निम्ति खासगरि अमेरिका र युरोपेली देशहरुले आर्थिक सहयोग गरिरहेका छन्। एजेन्सीको सहयोगबाट

टिप्पणीः माओवादीको बटमलाइन– समाजवादी कार्यदिशा र दुबै अध्यक्ष कार्यकारी भूमिकामा

गोकर्ण भट्ट । काठमाडौं, नेकपा (एमाले) र माओवादी केन्द्रबीच बहुप्रतिक्षित एकता संयोजन समितिको बैठक आज बस्दैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बैंककबाट फर्केपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग दुई चरणको वार्ता भएको थियो । उक्त वार्ता र दुबै दलको आन्तरिक छलफलपछि आज संयोजन समितिको बैठक बस्न थालेको हो । सरकार गठन अघि नै एकता गर्नुपर्ने दबाबमा रहेका दुबै दलमा नेतृत्व र कार्यदिशाको विषयमा अझै मतैक्यता रहेको छैन् । माओवादीमा एकमत माओवादी केन्द्रभित्र भने एकताको विषयलाई कुनै विवाद देखिँदैन । सैद्धान्तिकरुपमा एमालेसँग एकता गर्न नहुने भन्दै केही नेता र कार्यकर्ताले असन्तुष्टि जनाएर पार्टीबाट सम्बन्ध तोडेबाहेक सिँगो पार्टीभित्र एकताको पद्धती, प्रक्रिया, सिद्धान्त, कार्यविधि, नेतृत्व लगायतका विषयमा समान धारणा देखिन्छ । माओवादीले बिभिन्न चरणमा कार्यालय, स्थायी समिति र अन्य विस्तारित बैठकमार्फत वर्तमान राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिमा पुरानै कार्यदिशा समातेर जान नसकिने र विचारको संश्लेषणसहित नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने कुरा सार्वजनिक गरेको छ । यसको अर्थ नयाँ जनवादी क्रान्ति या एक्काइसौं शताब्दीको जनवादलाई या बहुदलीय जनवादलाई मात्रै टेकेर अगाडि बढ्न नसकिने निष्कर्शमा माओवादी पुगेको स्पष्ट देखिन्छ । बहुदलीय जनवादको निर्माण हुने बेलाको बस्तुगत अवस्था, उत्पादक शक्ति र उत्पादनसम्बन्धमा देखिएको परिवर्तन, पूँजिवादी जनवादी क्रान्तिका कैयन उपलब्धि पुरा भएको अवस्थामा नयाँ ढंगले नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने विचार कतिपय नेताहरुले अघि सारेका छन् । त्यसैले पार्टी एकताको प्रक्रियामा एमालेले अँगाल्दै आएको बहुदलीय जनवाद र माओवादीले भन्दै आएको नयाँ जनवादका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तिको कार्यदिशाबारे छलफल गरेर प्राप्त उपलब्धिहरुको जगमा समाजवादी क्रान्तिको कार्यदिशा अपनाउनुपर्नेमा माओवादी नेताहरु एकमत देखिन्छन् । यो समाजवादी क्रान्तिको कार्यदिशा के हुने, कस्ते हुने ? यसका कार्यनीतिक चरण के कस्ता रहने, सत्ता, व्यवस्थालाई कसरी उपयोग गर्ने जस्ता विषयमा छलफल चलाएर कार्यदिशा निर्माण गर्नुपर्ने माओवादी नेताहरु बताउँछन् । अर्कोतर्फ नेतृत्वको हकमा समेत माओवादीमा मतान्तर देखिन्न । माओवादीले पार्टी एकतापछि दुबै नेता कार्यकारी भूमिकामा रहने र सरकार र पार्टीको नेतृत्वमा दुबै नेतालाई भूमिका दिनुपर्ने अडान राख्दै आएको छ । एमालेभित्र चरम विवाद तर, माओवादी जस्तो एमालेभित्र भने पार्टी एकताको प्रक्रिया र कार्यदिशाका विषयमा एकमत हुन सकेको छैन । एमालेभित्र अध्यक्ष ओली समर्थित केही नेताहरुले बहुदलीय जनवादलाई नै पार्टीको आगामी समाजवादी क्रान्तिको कार्यदिशा बनाउनुपर्ने अडान अघि सारेका छन् । उनीहरुका अनुसार, बहुदलीय जनवादको औचित्य नसकिएको र खुला संसदीय प्रतिष्पर्धाबाट नै समाजवादमा पुग्न सकिन्छ । यसका लागि नयाँ कार्यदिशा आवश्यक नभएको उनीहरुको ठम्याई छ । तर एमालेभित्रै अर्कोथरिले भने बहुदलीय जनवादको कार्यदिशाले अबको राजनीतिक गोरेटो छिचोल्न नसकिने भएकोले यसलाई समेत परिमार्जन र संश्लेषण गर्नुपर्ने बताएका छन् । बहुदलीय जनवादको निर्माण हुने बेलाको बस्तुगत अवस्था, उत्पादक शक्ति र उत्पादनसम्बन्धमा देखिएको परिवर्तन, पूँजिवादी जनवादी क्रान्तिका कैयन उपलब्धि पुरा भएको अवस्थामा नयाँ ढंगले नयाँ कार्यदिशा निर्माण गर्नुपर्ने विचार कतिपय नेताहरुले अघि सारेका छन् । एमाले नेतृत्वले बहुदलीय जनवाद नै बटम लाईन भएको र पार्टी अध्यक्ष पनि आपैmले भन्ने कुरा झिकेपनि यो झनै प्रत्युपादक हुने छ । खासगरी नेता माधव नेपाल, वामदेव गौतम समर्थित अन्य नेता, कार्यकर्ता तथा विचारकहरु यो बिन्दूमा भने माओवादी केन्द्रसँग सामिप्यता राख्न पुगेका छन् । उनीहरुले पनि माओवादीले भनेजस्तै नयाँ शिराबाट कम्युनिष्ट आन्दोलन र विचारको संश्लेषण गरि कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् । यसो भएको खण्डमा बहुदलीय जनवाद र माओवादीको नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै समाजवादी क्रान्तितर्फ अघि बढने कार्यदिशाबीच छलफल चलाएर नयाँ कार्यदिशा बनाउन सकिने उनीहरुको तर्क छ । नेतृत्वको हकमा समेत एमालेभित्र ठूलो विवाद देखिन्छ । एकथरिले पार्टी नेतृत्व र सरकारको नेतृत्व एमालेले नै लिनुपर्ने तर्क अघि सारेका छन् । तर एउटा ठूलो पंक्तिले भने पार्टी नेतृत्व प्रचण्ड र सरकार ओलीले चलाउनुपर्ने कुरा सार्वजनिक रुपमा नै व्यक्त गरेका छन् । एमालेको विवाद मुख्य समस्याः आज बस्ने संयोजन समितिका अगाडि समेत मुख्यरुपमा यिनै विषयमा सहमति जुटाउने चुनौती रहेको छ । एमालेभित्र एकमत हुन नसक्दा र उनीहरु नै आपसमा फरक मतसहित प्रस्तुत हुने अवस्थाले अहिले एकता प्रक्रियामा समेत ढिलाई हुन गएको देखिन्छ । त्यसैले संयोजन समितिमा माओवादीले अघि सार्ने न्यूनतम बटमलाईनमा एमालेका ओली इतरका नेता कार्यकर्ताको सहमति भएको अवस्थामा एमाले नेतृत्वले के कस्तो भूमिका निर्वाह गर्छ भन्ने कुराले एकता प्रक्रिया कति चाँडो हुन्छ भन्ने कुरा निर्भर हुने छ । तर सत्य के हो भने, एकता प्रक्रियाबाट पछाडि फर्किने अवसर र बाटो दुबै पार्टीलाई छैन । एमाले नेतृत्वले बहुदलीय जनवाद नै बटम लाईन भएको र पार्टी अध्यक्ष पनि आपैmले भन्ने कुरा झिकेपनि यो झनै प्रत्युपादक हुने छ । एकताको हुटहुटी जागेको बेला आजको संयोजन समितिले कम्तीमा यो न्यूनतम आधारमा सहमति जुटाउन सके यसले भावी बन्ने सरकार र अन्य कतिपय विषयमा समेत निर्णायक भूमिका खेल्ने देखिन्छ ।

यी खानेकुरा बिर्सेर दोस्रो पटक नतताउनुहोस्

विशेषज्ञहरुको भनाई अनुसार केही खानालाई दोस्रो पटक तताएर खाँदा क्यान्सरजस्तो घातक रोग लाग्न सक्छ ।त्यसैलेएकैपटक खान सक्ने गरी मात्र खाना बनाउन उपयुक्त हुन्छ । चियाः चियामा टोनिक एसिड हुन्छ । दोस्रो पटक तताएर पिउँदो एसिडको मात्रा बढ्छ जसले कलेजोमा समस्या आउन सक्छ । भातः भातलाई दोस्रो पटक तताउँदा यसमा हुने ब्याक्टेरियाको संख्या दुई गुणा बढ्ने गर्दछ जसका कारण झाडा( पखला लाग्नसक्छ । खाने तेलः तेललाई दोस्रो पटक तताउँदा तेलमा टक्सिन पैदा हुन्छ, जसले क्यान्सरको सम्भावना बढ्ने हुन्छ । आलुः आलुको परिकारलाई दोस्रो पटक तताएर खाँदा ब्याक्टेरियाको संख्या बढ्छ जसले फुड प्वाइजनिङ हुनसक्छ । चिकेन,अण्डा,च्याउः यी तिन चिजमा प्रोटिनको मात्रा बढी हुन्छ । यीनि परिकारलाई दोस्रोपटक तताउँदा प्रोटिनको संरचनामा परिवर्तन आउँछ,जसले पाचन प्रणालीमा समस्या आउंछ । एजेन्सीको सहयोगबाट

काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?

काठमाडौं, मङ्सिर २० । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. १ का मुख्य अधिकृत रमेशराज पोखरेलका अनुसार काठमाडौंमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेको मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘दशवटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि आज बेलुकासम्म सकिन्छ ।’ पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पुर्याउने काम भइरहको छ । सुरक्षित रुपमा मतपत्र लान सक्नेलाई मंगलबारदेखि नै मतपत्र दिइएको छ भने सुरक्षित रुपमा लान नसक्ने स्थानमा आयोगले आजसम्म पुर्याउने तयारी छ । दश निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एकरएक निर्वाचन अधिकृतसहित पाँच हजार ८४८ कर्मचारी खटिएका छन् । त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी रहेका छन । काठमाडौंका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् । काठमाडौंमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १७१, प्रदेश सभा ९क०मा १०७ र प्रदेशसभा (ख) मा ११५ रहेका छन् । दश निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या छ लाख ३० हजार ४६० छन् । आयोगको मतदानस्थलको सुरक्षाका लागि मोबाइल टोलीसमेत तयार गरिसकेको छ । आयोगले निर्वाचनलाई शान्तिपूर्ण, विश्वासिलो तरिकाले गर्न चाहेको छ भने मत बदर हुन नदिनका लागि बुझेर मात्र उपयुक्त स्थानमा मतदान गर्न आग्रह गरेको छ । मतगणनास्थलमा सिसी टीभी र जालीको प्रयोग मतगणना स्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी निर्वाचन आयोगले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सिसी टिभी क्यामेरा र तारजाली राख्ने तयारी गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हर्ने मिल्ने गरी जाली राख्ने तयारी भएको छ ।’ स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका चितवनमा देखिएको समस्या पुनः नदोहोरियोस् भनेर आयोगले मतगणनामा सिसी टिभी क्यामेरा र जालीको प्रयोग गर्न लागेको जनाएको छ । सुरक्षाका दृष्टिकोणले प्रतिनिधि र मतगणनामा खटिएका कर्मचारी एकै ठाउँमा राख्न नहुने सुझाव आएपछि तार जालीको प्रयोग गर्ने तयारी भएको हो । मुख्य निर्वाचन अधिकृत पोखरेलले थपे, ‘मतगणनामा अन्तर्राष्ट्रिय पर्यवेक्षक पनि आउँछन्, मतगणना स्थलमा जाली लगाउँदा कस्तो सन्देश जाला भन्ने पनि छ, कस्तो जाली राख्ने भन्ने विषमया सोच्दैछौँ ।’ आयोगले प्रतिनिधि र कर्मचारीसँगै नहुने गरी बीचमा राख्ने तर दुवैले राम्ररी देखिने गरी राख्ने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘आयोगले मतगणनामा पहिलो पटक सिसी टिभी र जाली प्रयोग गर्न लागेको हो, एउटा मतपत्र तहमाथि पर्यो भने राम्रो हुँदैन, मतपत्रको सुरक्षा सतर्कताका लागि आवश्यक पर्यो ।’ दश निर्वाचन क्षेत्रको कहाँ-कहाँ हुन्छ मतगणना काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं। १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं। ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं. ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं. ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं। ६ को जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।

थरिथरिका फेसबुक साथी

लोकेश धामी अनुभूति फेसबुकमा मेरा विभिन्न किसिमका साथी छन् । कोही सकारात्मक सोच भएका छन्, कोही सधै नकरात्मक दृष्टिकोण राख्ने । यी अलावा कोही नेताको भक्तिगान गाउने छन् त कोही केही गर्नुपर्छ भन्ने सोच भएका । यस्ता व्यवहारका साथी पत्तो लगाउन फेसबुक निकै सजिलो माध्यम बनेको छ । मेरो फेसबुकमा सधैं नकरात्मक टिप्पणी गर्ने साथी औधी छन् । उनीहरु जहिले पनि निराशा तथा गाली गर्नमा मात्रै व्यस्त भएका देखिन्छन् । अझै भनुँ उनीहरुले यति काम गर्नका लागि मात्रै फेसबुक खोलेका हुन् । एकथरि साथी अरुलाई गिज्याउन तथा काम प्रभावित गर्नमा व्यस्त छन् । उनीहरु फेसबुक स्टाटसदेखि मेसेस गरेर दिक्क बनाइरहेका छन् । मानौं उनीहरुको दैनिकी नै यसैमा वितिरहेको छ । फेसबुक खोल्ने वित्तिकै अनेक आशयका स्टाटस देख्न पाइन्छ । अचेल फेसबुकका कारण गोप्य कुरा जान्न धेरै पर्खिनु पर्दैन । फेसबुक प्रयोगकर्ताबाट चाहिने जति गोप्यता हो त्यो भन्दा अधिक सामग्री चुहिएको हुन्छ । तर, स्वयः प्रयोगकर्ता भने यो बारे अनभिज्ञ जस्तै छन् । यतिमात्रै होइन अहिले फेसबुकका कारण प्रयोगकर्ताको सोच र बानी व्यवहार सजिलै थाहा पाउन सकिने भएको छ । यति हुँदाहुँदै पनि अधिकांशलाई फेसबुक किन चलाउने र यसका कारण कस्तो असर-प्रभाव परिरहेको छ भन्ने चेत नै छैन । अहिले सामाजिक संजाल फेसबुक सशक्त सन्देश प्रवाह गर्ने माध्यम बनेको छ । तर, कहीँकहीँ यसको दूरुपयोग पनि भइरहेको छ । फेसबुकका कारण कतिका घर भाँडिएका छन् । भने, कत्तिको ज्यान लिने-दिने कार्य भइरहेको छ । फेसबुक कसैलाई निकै दिर्घकालिन रोग भएको छ । यो सबै यसको सही सदूपयोग हुन नसकेर हो । कहिलेकाही फेसबुककै दूरुपयोगका कारण अपहरणमा परेका घटना पनि सुन्न पाइन्छन् । यतिमात्रै होइन फेसबुककै कारण विभिन्न लालच देखाएर मानव बेचविखनका घटना पनि बढिरहेका छन् । सामाजिक संजालमा नराम्रो सामग्री पोष्ट गरेमा छिट्टै भाइरल हुन्छ । तर, सकारात्मक कुरा पोष्ट गर्यो भने त्यो निकै कमजोर सावित हुन्छ । सामाजिक संजाल प्रयोगकर्ताको मन नै बढी जसो गलत दिशामा उन्मुख भइरहेको छ । मानौं फेसबुक मार्फत कुनै सहयोगको याचना माग्नुहोस् कमै प्रतिक्रिया आउँछ । तर, कुनै प्रयोग नै नहुने सामग्री पोष्ट गर्नुहोस् त्यो निमेष भरमै भाइरल हुन्छ । आखिर किन त यस्तो ? जफाव स्पष्ट छ– सोच गलत कार्यमा मात्र बढी गइरहेको छ । सकारात्मक र सहि काम अनुमोदन गरौं भन्ने भावनाको खडेरी परिरहेको छ । नकारात्मकताले हिंसा निम्त्याउँछ, गलत कार्यमा अगाडी बढ्न प्रोत्साहन गर्न मद्दत पुर्याउँछ । फेसबुकको सकरात्मक पक्ष पनि छन् । तर, ती नकारात्मक भन्दा गौण छन् । फेसबुकको सही सदूपयोग गर्ने हो भने यसबाट अनेकौं फाइदा लिन सकिन्छ । कुनै जानकारी पाउन धेरै कुर्नुपर्ने सूचना क्षणभरमै पाउँन सकिन्छ । जस्तो कि, थोरै लागतमा सजिलै कुराकानी आदानप्रदान गर्न पाइन्छ । तर फाइदा भन्दा बेफाइदा बढिरहेका छन् । जस्तो कि, फेसबुकको दूरुपयोगका कारणले विभिन्न हिंसा बढ्दै गएका छन् । जे पनि पोष्ट गर्न पाइने भए पछि फेसबुक पिडितको संख्या झनै बढ्दो छ । जथाभावी सामग्री पोष्ट गर्दा कयौं व्यक्तिको चरित्र हत्या भएको छ । तर, यसको नियन्त्रणका लागि दरिलो कानून बन्न सकेको छैन । अहिले सबैको पहिलो आवश्यकता फेसबुक नै बन्न पुगेको छ । दुई–तीन कक्षा पढ्ने साना नानीले पनि फेसबुक अकाउन्ट खोलेको देखिन्छ । उनीहरु पनि फेसबुकमै रमेका देखिन्छन। सिर्जनात्मक काममा बढी समय दिनुपर्ने बेला अधिकांश व्यक्ति फेसबुकमै रमेका दृष्य देखिन्छन् । यात्रा, चियानास्ता गर्दा, साथीसंग गफिदा, शिक्षकले पढाइ रहँदा, अब हुँदाहुँदा शौच तथा दिसा गर्न शौचालय बस्दा पनि फेसबुक नै चलाएका दृश्य प्रशस्तै देख्न सकिन्छ । धेरैलाई फेसबुकले गहिरो लत बसालेको छ । अहिले धेरै जसो व्यक्तिलाई एक घण्टा पनि फेसबुक लगआउट गरेर बस्न साह्रै गाह्रो हुन्छ । एक घण्टाको समयमा आफूले पोष्ट गरेको सामग्रीमा कति लाइक तथा कमेन्ट आयो भनेर मनमा निकै खुल्दुली मच्चीन्छ । आजभोली फेसबुक साथी, परिवार, इष्टमित्र तथा प्रियजनभन्दा प्यारो भएको छ । फेसबुक चलाउन पाए भइग्यो, अरु केही नचाहिने ! अस्पताल, होटल, क्याम्पस वाइफाइ विना संचालन गर्न गाह्रो भएको छ । अरु कुरा लेखाजोखा भन्दा पनि पहिले वाइफाइ जडान छकि छैन भन्दै सोधपुछ हुन्छ । एक हाफ नास्ता खान अहिले कम्तीमा आधी घन्टा लाग्ने गरेको छ । किनभने फेसबुक चलाउँदै नास्ता खानु पर्यो नि ! कुनै ठाउँ जानुपर्यो भने त्यो भन्दा पहिले यता जादैछु भनेर ठेगाना सार्वजनिक गरिन्छ । जसले गर्दा विभिन्न रिस साध्ने व्यक्तिको फेला सजिलै परिन्छ । यसले गर्दा, विभिन्न घटना हुने सम्भावना बढी हुन्छ । प्रायः हामी फेसबुकमा सत्य बोल्छौं । म यता छु, यस्तो गर्दैछु, यो खाने छु लगायतका कुरा पहिले नै सबैलाई जानकारी गराउँछौं । यसले गर्दा, विभिन्न खतरा मोल्नु परेको अवस्था पनि धेरै व्यक्तिलाई आएको हुनु पर्छ । हुने कार्यबारे अगाडी नै खुलासा गरेपछि विभिन्न अवरोध सिर्जना हुने गर्दछन् । त्यस कारण यस्ता कुरामा सबै फेबसुक प्रयोगकर्ता सर्तक हुन जरुरी देखिन्छ । फेसबुकमा बनेका आधा साथीसंग भेट भएको छैन । उनीहरुमध्ये अधिकांशसंग हेलो हाइसम्म पनि भएको छैन । तर, उनीहरु साथी नै भनेर फ्रेण्ड लिष्ट मै छन् । यीमध्ये कोही अन्धाधुन्ध बनेका साथी पनि हुन् । परिचित सबै साथीसंग पनि त्यति धेरै कुराकानी हुँदैन । कुराकानी हुने सीमित साथी छन् । उनीहरुसँग पनि त्यति गहिरो कुराकानी हुन्न । त्यही हाइ हेलो मात्रै हुन्छ । मसँग जोडिएका साथीहरुले पोष्ट गरेका सामग्री नजिकबाट हेरि रहेको हुन्छ । मूल्यांकन गर्दा लाग्छ कसैले पोष्ट गरेका सामग्री महत्वपूर्ण छन् भने कसैका बिना काममा। त्यसैले फेसबुकको सहि सदूपयोग गर्न सकेमा धेरै फाइदा छ । तर, चलाउन नजान्नेको भने सार्वजनिक बेइज्जत भएको देखिन्छ ।