चुट्किलाः डाक्टरले शेरेको पिसाव जचाउँन पर्छ भनेपछि…

शेरे र गोरे हस्पिटलमा रुदै बसेको देखेर अचम्म मान्दै

कालेले सोधेछः ओए,गोरे किन रोको यार त?

गोरेः हेर न रगत जचाउन पर्छ भनेर हस्पिटलमा त मेरो औला नै काटी दियो यार ।।

कालेः अनि शेरे त किन रोइराख्या नी ।

शेरेः मेरो त पिसान नै जचाउनु पर्छ रे यार। ।उ हु उ हु ।।।

प्रतिनिधिसभाबाट बजेट पारित गर्ने तयारी

काठमाडौँ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८१ आज पास गर्ने तयारी गरिएको छ।बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ।  त्यसअघि विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ। खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।  बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची समेत रहेको संसद् सचिवालयले जानकारी दिएको छ।   

आज देशकका केही भू-भागमा बदली र हिमपात हुने

काठमाडौं । देशका केही भू–भागमा आज बदली र हिमपात हुनेछ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेका कारण वर्षाको भने सम्भावना छैन । उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रधानमन्त्रीको निर्देशन-‘प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंगाउनुस्’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया छिटोभन्दा छिटो टुंगाउन निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा सरोकारवाला पक्षहरुको छलफल गराएर प्रधानमन्त्रीले उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले प्रहरी समायोजनको प्रक्रिया टुंगाउन बोलाएको बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सङ्घीय मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव डा। बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुंवर, गृह मन्त्रालयका अधिकारीहरू उपस्थित रहेका थिए । प्रहरी समायोजनबारे बुधबार बिहान बालुवाटारमा सरोकारवाला पक्षहसँग प्रधानमन्त्रीको छलफल बैठकमा प्रधानमन्त्रीले सङ्घीय कानुन नबन्दा र प्रहरी समायोजनको प्रक्रिया नटुंगिँदा प्रदेशहरूलाई काम गर्न अप्ठ्यारो परेको भन्दै यसमा गम्भीर हुन निर्देशन दिए । बैठकमा प्रधानमन्त्रीले भने, ‘‘सङ्घीयता कार्यान्वयन जुन रफ्तारका साथ हुनुपर्ने हो, त्यसो हुन सकेको छैन। त्यसको प्रत्यक्ष प्रभाव प्रदेशहरूलाई परिरहेको छ। यसले एकातर्फ प्रदेशका मुख्यमन्त्री र प्रदेश सरकारका काम प्रभावित भएका छन्, अर्कोतर्फ यसैलाई बहाना बनाएर सङ्घीयता विरोधीहरूले सङ्घीयता र प्रदेश सरकारमाथि हमला गरिरहेका छन्। त्यसैले ऐनअनुसार समायोजनको काम १५ दिनभित्र टुंगाउनुस्। प्रधानमन्त्रीले प्रहरी नेपाल (प्रदेश प्रहरी कार्यसञ्चालन र समन्वय) ऐन २०७६ जारी भएको लामो समय बित्दासमेत समायोजन अघि नबढेको भन्दै १५ दिनभित्र समायोजनको प्रक्रिया टुंगाउन निर्देशन दिएका छन् ।

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ ९ईयू० का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रहनुभएका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरेका हुन्। उनले ईयूलाई नेपालमा आर्थिक सहायता बढाउन आग्रह गरे। सन् २०१३ देखि इयुले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसले नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । इयुले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्विकार गरेको थियो । २०७९ फागुनमा इयुले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो । तर, गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि इयुको टोली नेपाल अनुगमनमा आएको थिएन । यस वर्ष गत साउन र भदौमा इयुको हवाई सुरक्षा कमिटिले नेपाली वायू सेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको छ । अघिल्लो वर्ष नोभेम्बरमा इयूले प्रकाशित गरेको प्रतिवेदनमा नेपाली वायु सेवा कम्पनी हवाई सुरक्षा चासो मै थियो । हरेक ६ महिनामा हवाई सुरक्षा चासो सम्बन्धी प्रतिवेदन अध्यावधिक गर्ने इयूको हवाई सुरक्षा कमिटीले अहिले नेपालको स्थलगत अनुगमन गरेको अवस्थामा मन्त्री महतले हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन कमिसनको टोली सँग आग्रह गरेका हुन् । सो भेटमा जुत्ता उर्पियालिनेनले नेपालमा रहेको दूतावासबाट काम गर्ने र हवाई सुरक्षाका विषयमा छलफल गर्ने बताए ।

जलवायु परिवर्तनमा भइरहेको सहयोग ऋणमा होइन अनुदानमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनका कारण उच्च जोखिममा रहेको र जलवायु परिवर्तनमा भइरहेको लगानी बढी ऋणमा केन्द्रित भएको विषयप्रति असहमति प्रकट गरेका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले अनुकूलन, उत्थानशीलता र हानि तथा नोक्सानी अवधारणा प्रवर्धनमा प्रदान गरिने सहयोग वित्त अनुदान र जलवायु न्यायको रूपमा आउनुपर्ने सुनिश्चितताको पैरवी गर्ने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण नेपाली जनताले बहुपक्षीय चुनौतीहरूको सामना गर्नुपर्ने देखिएको जानकारी दिए। ‘‘नेपाल क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण उच्च जोखिममा छ । परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण नेपाली जनताले बहुपक्षीय चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘खासगरी गरिब, महिला, आदिवासी तथा अन्य सीमान्तकृत वर्ग जलवायुजन्य जोखिमबाट बढी प्रभावित छ । जलवायु परिवर्तनको समस्याका साथै बढ्दो वातावरण प्रदूषण र जैविक विविधतामा ह्रास हुनु अर्को ठुलो चिन्ताको विषय बनेको छ । यिनै चुनौतीहरूलाई ध्यानमा राखी मेरो नेतृत्वको सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको यहाँहरूलाई अवगतै छ । यही नीतिअनुरूप राष्ट्रिय परिषद्को बैठकमा समसामयिक र अति महत्त्वका विषयमा आजको बैठक सञ्चालन भएको छ ।’’ साथै, प्रधानमन्त्रीले यही २० सेप्टेम्बर २०२३ का दिन संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुन लागेको जलवायु महत्त्वाकाङ्क्षी शिखर सम्मेलनमा सहभागी हुने कुराको जानकारी पनि दिए। प्रधानमन्त्रीले ‘‘यही २० सेप्टेम्बर २०२३ का दिन संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुन लागेको जलवायु महत्त्वाकाङ्क्षी शिखर सम्मेलनमा मेरो नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलको सहभागिता हुनेछ । यो सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले गरेका उल्लेखनीय कामको प्रस्तुति र न्यायोचित एवम् समावेशी नवीकरणीय ऊर्जा र जलवायु–उत्थानशील विश्वव्यापी अर्थतन्त्रलाई गति दिन विश्वव्यापी इच्छाशक्तिको सुनिश्चितता गर्न महत्त्वपूर्ण राजनीतिक कोसेढुङ्गा साबित हुनेमा म आशावादी छु ।’’ भने । सम्मेलनमा नेपालले उठाउनुपर्ने विषयहरूमा आजको परिषद् बैठकमा उठेका विषय र सुझावलाई मध्यनजर गरी समग्र राष्ट्र र जोखिममा रहेका जनताको हितमा केन्द्रित गर्न प्रधानमन्त्री निर्देशित गरेका छन् । उनले गरिब, महिला र विपन्न वर्गमा जलवायु परिवर्तनले परिरहेका असरलाई सम्बोधन गर्न थप सहयोगको प्रतिबद्धता र जलवायु न्यायको प्रश्नलाई सम्बोधन गर्न आवश्यक जानकारी दिए । प्रधानमन्त्री प्रचण्डको सम्बोधनको पूर्णपाठ वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को दोस्रो बैठकको अध्यक्षता गर्न पाउँदा मलाई खुसी लागेको छ । यस परिषद् बैठकमा उपस्थित मा। उपप्रधानमन्त्री, मा। मन्त्रीहरू, मा। मुख्यमन्त्रीहरू, राष्ट्रिय योजना आयोगका मा। सदस्य, प्राध्यापक, विज्ञ लगायत सबैलाई हार्दिक स्वागत गर्दछु । नेपाल क्षेत्रीय तथा विश्वव्यापी जलवायु परिवर्तनको कारण उच्च जोखिममा छ । परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आउने व्यापक फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण नेपाली जनताले बहुपक्षीय चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ । खासगरी गरिब, महिला, आदिवासी तथा अन्य सीमान्तकृत वर्ग जलवायुजन्य जोखिमबाट बढी प्रभावित छ । जलवायु परिवर्तनको समस्याका साथै बढ्दो वातावरण प्रदूषण र जैविक विविधतामा ह्रास हुनु अर्को ठुलो चिन्ताको विषय बनेको छ । यिनै चुनौतीहरूलाई ध्यानमा राखी मेरो नेतृत्वको सरकारले जलवायु परिवर्तन तथा वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको यहाँहरूलाई अवगतै छ । यही नीतिअनुरूप राष्ट्रिय परिषद्को बैठकमा समसामयिक र अति महत्त्वका विषयमा आजको बैठक सञ्चालन भएको छ । यही २० सेप्टेम्बर २०२३ का दिन संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुन लागेको जलवायु महत्त्वाकाङ्क्षी शिखर सम्मेलनमा मेरो नेतृत्वमा नेपाली प्रतिनिधि मण्डलको सहभागिता हुनेछ । यो सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनमा सरकार, निजी क्षेत्र, नागरिक समाज र स्थानीय सरोकारवालाहरूले गरेका उल्लेखनीय कामको प्रस्तुति र न्यायोचित एवम् समावेशी नवीकरणीय ऊर्जा र जलवायु–उत्थानशील विश्वव्यापी अर्थतन्त्रलाई गति दिन विश्वव्यापी इच्छाशक्तिको सुनिश्चितता गर्न महत्त्वपूर्ण राजनीतिक कोसेढुङ्गा साबित हुनेमा म आशावादी छु । उक्त शिखर सम्मेलनमा विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरूलाई आफ्नो प्रतिबद्धताको जिम्मेवारी पालनाका लागि नेपालले पैरवी गर्नेछ । अनुकूलनका लागि दोब्बर घोषणा गरिएको वित्तको प्रवाह अनुदानस्वरूप प्रदान गर्ने सहमतिको शीघ्र र पूर्ण कार्यान्वयन हाम्रो जोडदार माग हुनेछ । यस्तै नेपालले जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत कठिनाइ, कोषको बाँडफाँडमा देखिएको असमानता र अन्य कठिनाइका बारेमा सम्बन्धित निकायहरूसँग छलफल गरिनेछ । विशेष गरी अहिले जलवायु परिवर्तनमा भइरहेको लगानी बढी ऋणमा केन्द्रित भएको विषयप्रति असहमति प्रकट गर्दै हामीले अनुकूलन, उत्थानशीलता र हानि तथा नोक्सानी अवधारणा प्रवर्धनमा प्रदान गरिने सहयोग वित्त अनुदान र जलवायु न्यायको रूपमा आउनुपर्ने सुनिश्चितताको पैरवी गर्नेछौँ । यही नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म संयुक्त अरब इमिरेट्सको दुबइमा जलवायु परिवर्तन सम्बन्धी बैठक हुँदैछ । यस सम्मेलनमा नेपालले उठाउनुपर्ने विषयहरूमा आजको परिषद्को बैठकमा उठेका विषय र सुझावलाई मध्यनजर गरी समग्र राष्ट्र र जोखिममा रहेका जनताको हितमा केन्द्रित गर्न निर्देशित गर्दछु । गरिब, महिला र विपन्न वर्गमा जलवायु परिवर्तनले परिरहेका असरलाई सम्बोधन गर्न थप सहयोगको प्रतिबद्धता र जलवायु न्यायको प्रश्नलाई सम्बोधन गर्न आवश्यक छ । यस विषयमा कोपमा थप राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको छलफल जरुरी छ । अनुकूलन वित्तको सहयोगबाट राष्ट्रिय र स्थानीय तहको अनुकूलन र स्थानीय समुदायको लाभमा परिचालन सुनिश्चित गर्न स्थानीय अनुकूलन योजना कार्यान्वयन र स्थानीय स्तरमा ८० प्रतिशत जलवायु वित्त प्रवाहमा हासिल गरेको सफलतालाई विश्वसामु प्रस्तुत गरी स्थानीय तहको अनुकूलनका लागि निश्चित वित्तको व्यवस्था सम्बन्धी हामीले पैरवी गर्नुपर्नेछ । पर्वतीय राष्ट्रहरूको समस्याको पहिचान र सम्बोधनमा विश्वको ध्यानाकर्षण गर्ने ठोस पहल आवश्यक छ । नेपालले उस्तै समस्या भएका पर्वतीय मुलुकहरूको समस्याहरूलाई रणनीतिक रूपमा उठान गरी पर्वतीय मुलुकहरूसँग सहकार्यको रणनीति बनाउन पनि आवश्यक छ । पर्वतीय क्षेत्रलाई लक्षित गरेर विशेष योजना र कार्यक्रम तय गर्न र यसका लागि निजी क्षेत्रसहित सबैखाले लगानी आकर्षित गर्नुपर्ने हुनाले यसतर्फ कोप २८ मा विभिन्न सरकारवालासँग छलफल र सहकार्य गर्न आग्रह गर्दछु । परिषद्को संरचनामा जलवायु परिवर्तनबाट उच्च जोखिममा रहेका विषयगत क्षेत्रका सङ्घीय मन्त्रीहरू र प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहनु र आवश्यकताअनुसार आमन्त्रित सदस्यहरू अध्यक्षले बोलाउनसक्ने व्यवस्था भएकाले जलवायु परिवर्तन कार्य गर्न तीनै तहका सरकारहरूबिच आवश्यक समन्वय, सहकार्य तथा सहयोगका लागि परिषद्को भूमिका महत्त्वपूर्ण हुनेछ । अन्त्यमा जलवायु परिवर्तनबाट सिर्जित समस्या र चुनौतीहरूलाई उपयुक्त नीति, कार्यक्रम बजेट व्यवस्था गरी प्रभावकारी कार्यान्वयनमार्फत समाधान गर्न सम्बन्धित सबै तह र निकायहरूलाई निर्देशित गर्दै परिषद्को बैठक सही समापन भएको जानकारी गराउँछु, धन्यवाद ।

आज थप १० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज सोमबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ६८ जनामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको हो । सोमबार १६ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यहीँ वर्ष पूरा होला तिङ्कर जोड्ने घोरेटो बाटो ?

काठमाडौँ । महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ। व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो। सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको पहुँच पु¥याउन घोरेटो बाटो निर्माण सुरु गरिएको थियो। गत आवमा ठेक्का भएको सो घोरेटोको निर्माण चालू आवमा सुरु भएको स्थानीय पूर्वाधार विभागका प्रवक्ता शङ्करप्रसाद पण्डितले बताउनुभयो। यही आवमा सकाउनुपर्नेमा अन्यत्र काम भइरहे पनि केही खण्डमा कठीन चट्टानका कारण समस्या रहेको छ। झण्डै एक किमी खण्डमा कडा चट्टान नै चट्टान रहेको छ। उहाँले भन्नुभयो, “त्यो खण्डबाहेक अरुतिर निर्माण सकिनेछ।” यसको निर्माण सम्पन्न हुँदा व्यास गाउँपालिकाको छाङ्गरु, तिङ्कर, दुम्लिङ, कल्जु, माललगायतका स्थानका बासिन्दालाई सुविधा पुग्ने उहाँले बताउनुभयो। स्थानीयवासीलाई जिल्ला सदरमुकामसम्म पुग्न भारतीय भूमि पुग्नुपर्ने बाध्यता हट्ने बताइएको छ। खासगरी सङ्घीय सरकारले राष्ट्रिय महत्वका सडक निर्माण गर्ने भए पनि सडक र घोरेटो बाटो दुवै नहुँदा स्थानीयवासीको जनजीवन कठीन भएकाले यसको निर्माण सङ्घीय बजेटबाट नै भइरहेको हो। अहिले घोरेटो निर्माण भइरहेको ठाउँ महाकाली किनारमा भिरमा रहेको प्रवक्ता पण्डितले बताउनुभयो। यसको लम्बाइ झण्डै २६ किमी रहने बताइएको छ। छब्बिस किमीमध्ये पनि कतिपय खण्डमा विगतदेखि नै राम्रो अवस्थामा भइरहेकाले अहिले थप काम गर्न नपर्ने प्रवक्ता पण्डितले बताउनुभयो। त्यसमा बीच बीचमा काम गर्नुपर्नेमा काम भइरहेको छ। महाकाली राजमार्ग निर्माण पनि घोरेटोको नजिकै रेखाङ्कन हुनसक्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “घोरेटोभन्दा ठ्याक्कै नजिकै वा केही तलमाथि पर्नसक्छ।” झण्डै डेढदेखि दुई मिटरसम्म लम्बाइ हुने गरी घोरेटो बाटो निर्माण अघि बढाइएको विभागले जनाएको छ। कठिन भूगोलका कारण विस्तार हुन नसकेको ठाउँबाहेक त्यो चौडाइ कायम हुने विभागले जनाएको छ। घोरेटो नियमित सञ्चालनका लागि दुई पुल पनि निर्माण हुँदैछ। ठाउँ ठाउँमा पर्खाल हुनेछन् भने कतै कतै कटिङ गरेर विस्तार गरिने प्रवक्ता पण्डितले बताउनुभयो। कडा चट्टान भएका ठाउँमा भने एक मिटर मात्रै चौडाइ हुनसक्ने उहाँको भनाइ छ। नेपाल–भारत सीमा हुँदै चीनको सीमामा पर्ने लिपुलेकसम्म पुग्ने सो घोरेटो बाटोको बजेट जम्मा रु चार करोड छ। खासगरी दार्चुलाका दुर्गम क्षेत्रका नागरिक यसबाट लाभन्वित हुने अपेक्षा गरिएको छ। दुहुँ र व्यास गरी दुवै पालिकाका केही खण्डमा सडक बनेको भए पनि दुर्गम क्षेत्रमा सडकको पहुँच छैन। उहाँले भन्नुभयो, “सडक बन्न बाँकी दुर्गम क्षेत्रमा घोरेटोले पनि जीवन केही सजिलो बनाउन सक्छ।” गत आवमा भारतीय सरकारले लिपुलेकसम्म सडक निर्माण सम्पन्न गरेको थियो। नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नक्सा प्रकाशन गरेको दुई वर्ष बित्यो। अहिले पनि लिपुलेक सडक सञ्जालसँग जोडिएको छैन। सरकारले गत वर्ष नै विशेष महत्व दिएर घोरेटो बाटो निर्माण सुरु गरेको थियो। महाकाली राजमार्गको निर्माण सुरु भए पनि सम्पन्न हुन केही वर्ष लाग्ने हुँदा त्यसको विकल्पका रुपमा घोरेटो बाटोको निर्माण गरिएको हो। गत आवमा नै अर्थ मन्त्रालयले विशेष महत्वका साथ यो बाटोका लागि रकम छुट्याएको थियो। व्यास–२ दुम्लिङदेखि छाङ्गरुसम्मको घोरेटो निर्माणका लागि पुष्पाञ्जली रिठगडे निर्माण सेवा दार्चुलासँग ठेक्का सम्झौता गरिएको थियो। दार्चुला–टिङ्कर सडकको निर्माणमा ढिलाइ भइरहेकाले पनि घोरेटो बाटो चाँडो सम्पन्न गर्नुपर्ने स्थानीयवासी बताउँदै आएका छन्। गत कात्तिकमा प्रतिनिधि सभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्का नेतृत्वको टोली स्थलगत अवलोकनका लागि पुगेको थियो। समितिले त्यस क्षेत्रमा बाटोको पहुँच नपुग्दा स्थानीयवासीलाई कठीनाइ भएको जनाएको छ।

बालरोग विशेषज्ञ डा. अधिकारीको निधन

काठमाडौं : वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर निलम अधिकारीको निधन भएको छ । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर लोचन कार्कीका अनुसार अधिकारीको आइतबार राति निधन भभएको हो । अधिकारी एक वर्षदेखि स्तन क्यान्सरको उपचार गराइरहेकी थिइन् । पछिल्लो समय उनको क्यान्सर फैलिदै गएको थियो । डा. अधिकारीको निधनप्रति नेपाल चिकित्सक संघले दुःख व्यक्त गरेको छ ।

विवाह बन्धनमा बाँधिइन् आँचल शर्मा (तस्बिरसहित)

काठमाडौंः नायिका आँचल शर्मा आज विवाह बन्धनमा बाँधिएकी छिन् । प्रेम सम्बन्धमा रहेको केही समयपछि आँचलले प्रेमी उदिप श्रेष्ठसँग विवाह गरेकी हुन् । आज पारिवारिक माहोलबीच आँचल र सुदिपको विवाह बुढानिलकण्ठ स्थित पार्क भिलेजमा सम्पन्न भएको हो । विवाहमा आँचलले चलचित्र क्षेत्रका निकट साथीलाई मात्र निम्त्याएकी थिइन् । शनिवार उनले भव्य रिसेप्सन पार्टी आयोजना गर्दै छिन् । आँचल शर्माका श्रीमान् पेसाले मेडिकल डाक्टर हुन् । आँचलले करिब ६ महिना अघि मात्र आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेकी थिइन् ।

भर्जिनियाका गभर्नरद्वारा नेपाली मूलका तिवारीलाई सल्लाहकार समितिमा मनोनित

विजय थापा, डिसीः अमेरिकाको भर्जिनिया राज्यका गभर्नर राल्फ नोर्थमले प्रिन्स विलियम काउन्टीमा बस्दै आएका नेपाली मूलका जीवन तिवारीलाई भर्जिनिया एसियन सल्लाहकार समितिमा मनोनित गरेका छन् । उनलाई गभर्नरले प्रिन्स विलियमको नेपाली–अमेरिकन समुदायको नेतृत्वबाट भर्जिनिया एसियन सल्लाहकार समितिमा मनोनित गरेका हुन् । तिवारी नेपाली अमेरिकी फोरम फर पोलिटिकल एम्पावरमेन्ट (एनएएफपीई) का अध्यक्ष, घर खरिद बिक्रिका अभिकर्ता ,प्राइम इस्टेट इंकका संचालक तथा सीईओ (प्रमुख कार्यकारी अधिकारी) पनि हुन् । गभर्नर र एसियाली अमेरिकी समुदाय बीच आर्थिक, व्यावसायिक, सांस्कृतिक, शैक्षिक र सरकारी सम्बन्धमा गभर्नरलाई सल्लाह दिने गरि उनलाई नियुक्त गरिएको हो । मनोनित भए पछि ‘राष्ट्रमण्डलको सेवा गर्न पाउनु सम्मानको कुरा हो र यो विशेषाधिकार हो, विशेष गरी राष्ट्रमण्डलको एशियाली अमेरिकी समुदाय’ तिवारीले भने, ‘हामी अगाडि बढ्न जारी राख्नेछौं र हामी यो सुनिश्चित गर्नेछौं कि भर्जिनियाको राष्ट्रमण्डलको सरकारी प्रक्रियामा समावेशीकरणको भावना जगाउन सरकारलाई उत्तम सल्लाह दिइन्छ।’ भिएएबीको मुख्य उद्देश्य गभर्नरलाई राष्ट्रमंडल र एशियाली राष्ट्रहरू बीचको आर्थिक र सांस्कृतिक सम्बन्ध सुधार गर्ने तरिकाहरूबारे सल्लाह दिनु हो । भर्जिनिया एशियाली सल्लाहकार बोर्ड (भिएएबी) भर्जिनियामा एसियाली अमेरिकी र प्रशान्त टापु समुदायको योगदानको महत्त्व बुझ्न र एएपिआई क्षेत्रको समस्या सामना गर्न गभर्नरलाई सल्लाह दिन र एएपिआई समुदायको हितका लागि वकालत गर्नको लागि गठन गरिएको हो । भर्जिनियामा एएपिआईहरू देशका सबै भागबाट जन्म लिएका अमेरिकी नागरिकहरू र विश्वभरीबाट आएका विदेशी नागरिकहरू हुन् । भर्जिनियाको एएपीआई समुदायले संस्कृति र भाषाहरूको विविधता, अद्वितीय आवश्यकता र कौशल, असंख्य योगदान र राष्ट्रमण्डलको लागि असीम सम्भावना प्रस्तुत गर्दछ । भिएएबीको उद्धेश्य भनेको आफ्नो राज्यलाई समृद्ध पार्ने यी भर्जिनियावासीहरूको सेवा गर्नु हो र सरकारी अधिकारीहरू, स्थानीय समुदायहरू र सबै घटकहरूलाई सकारात्मक परिवर्तनहरूमा भाग लिन आह्वान गर्नु हो जुन भर्जिनियामा बसोबास गर्नु साझ राम्रो बनाउनु हो । भिएएबीले बार्षिक रुपमा यसका खोज र सिफारिशहरु राज्यपालको लागी रिपोर्ट (प्रतिबेदन) पेश गर्दछ । तिवारी उत्तर अमेरिका कै सबै भन्दा जेष्ठ गैर मुनाफा सामाजिक संस्था अमेरिका नेपाल सोसाइटीका पूर्व अध्यक्ष हुन् । उनी सामुदायिक सेवाका क्रियाकलापमा सक्रिय रुपमा संलग्न छन् । उनि घर खरिद बिक्रिका अभिकर्ता तथा भर्जिनिया एसोसिएसन् अफ रियल्टर तथा स्थानीय तथा राष्ट्रिय स्तरको व्यापार संघका सदस्य पनि रहेका छन् । सन् २००४ मा अमेरिका आएका तिवारी सन् २००५ देखि भर्जिनियामा बसोबास गर्छन् । हाल उनी आफ्नी पत्नी हिमाली तिवारी, ९ बर्षका छोरा आदर्श तथा ७ बर्षकी छोरी अर्बिना तिवारीसँग बसोबास गर्छन् ।

गायक रोकायाको ‘बाजा बर्‍यात’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः ‘बझाङ सुर्मा ताल’बोलको देउडा गीतको लोकप्रियतासँगै नवगायक सन्तोष रोकायाले अर्को नयाँ गीत बजारमा ल्याएका छन् । उनले नयाँ कोसेलीका रुपमा ‘बाजा बर्यात’ बोलको देउडा गीत बजारमा ल्याएका हुन् । गायक रोकायालाई यो गीतमा अहिलेकी चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । गीतको भिडियोमा चर्चित गायक एवं माेडल चक्र बम र नग्मा श्रेष्ठले अभिनय गरेका छन् । रोकायाको ‘बाजा बर्यात’मा चक्र बमको संगीत र कमल सुरागको एरेन्ज रहेको छ । रोकायाको ‘बाजा बर्यात’मा चक्र बमको संगीत र कमल सुरागको एरेन्ज रहेको छ । यस्तै यो गीतमा गायक बम र रोहित देउवाको लिरिक्स रहेको छ । ‘बाजा बर्यात’को भिडियोलाई मिलन विश्वकर्माले सम्पादन र विक्रम चौहानले निर्देशन गरेका हुन् । ७ घण्टा अघि युट्यबमा सार्वजनिक भएको रोकायाको याे गीतलाई दर्शकले राम्रो रुचाएका छन् । यो समाचार तयार पार्दासम्म उनको उक्त गीतलाई २७ हजार बढीले हेरिसकेका छन् । र, दर्शकस्रोताले राम्रो प्रतिक्रिया पनि दिइरहेका छन् ।

माहान चाड विजया दशमीको शुभ साहितहरू

काठमाडौं । हिन्दुहरुको माहान चाड विजया दशमी आगामी असोज २१ मंगलबारका दिन बिहान ०८ बजेर ४५ मिनेटमा नवदुर्गा पूजा विर्सजन गरी माता दुर्गाभवानीको प्रसाद टिका, र जमरा ग्रहणगर्ने उत्तम साईत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । यसपालीको नेपालीहरूको महानचाड बडादशैँ अन्तर्गत् विजया दशमी आगामी असोज २१ मंगलबारका दिन बिहान ०८ बजेर ४५ मिनेटमा नवदुर्गा पूजा विर्सजन गरी माता दुर्गाभवानीको प्रसाद टिका, र जमरा ग्रहणगर्ने उत्तम साईत बिहान १० बजेर ३५ मिनेटमा रहेको छ । यसपालिको टिकाको शुभ साहित लाभ योगमा रहेको हुनाले दुर्गाभवानीले आफ्नो भक्तहरूको मनोकामना पूर्ण गरिदिनुहुने र लाभ फल प्रदान गर्नुहुने विश्वास रहेकोछ । यसदिन पूर्व फर्किएर दुर्गाभवानीको प्रसाद आफ्नो मान्यजनका हातबाट टिका र जमरा ग्रहणगर्नाले शुख, शान्ति, ऐश्वर्य, यश, कृति, लाभ, विजय, आयु, सुस्वास्थ्य तथा मनोकामना पूर्णहुने शास्त्रोक्त कथन रहेकोछ । शास्त्रीय मान्यता अनुसार यो पनि भनिएको छ कि, सर्व साधारण मानिसलाई टीका र प्रसाद ग्रहण गर्न साइत चाहिँदैन अतस् विजयादशमीको दिन देश, काल र परिस्थिति अनुसार जतिबेला पनि माता दुर्गाभवानीको प्रसाद टिका र जमरा ग्रहणगर्न सकिनेछ । त्यसअघि असोज १२ गते आइतबार घटस्थापनाको शुभ साईत बिहान १० बजेर ३५ मिनेटमा रहेकोछ । यो शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरी नवरात्र भरी माता दुर्गाजीको भिन्न-भिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ, घटस्थापनाको दिन शुभ साईत बिहानै भएपनि श्रद्धा एवं भक्तिले दिनभरिनै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिनेछ । घटस्थापनाको दोस्रो दिन १३ गते सोमबार बिहान सरकारी कार्यालय, सुरक्षा निकाय, कुटनीतिक नियोगहरुमा बिहान १० बजेर २५ मिनेटमा पश्चिम फर्केर राष्ट्रिय झण्डा आदि फेर्नु शुभ रहेको छ । १८ गते शनिबारका दिन बिहान ८ बजेर ५२ मिनेटमा फूलपाती भित्र्याउने उत्तम साईत रहेको छ भने त्यस्तै १९ गते आइतबार महाअष्टमी र कालरात्री हो भने २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ । त्यस्तै २६ गते आइतबार कोजाग्रत पूर्णिमा दिन दिनभरिनै जुनसुकै बेलापनि जमरा सेलाउन सकिनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

भूकम्प आउँछ भनेर भ्रम फैलाउने ज्योतिषी अर्जुन क्षेत्री रिहा

काठमाडौं, जेठ ३१ । नेपालमा फेरि महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाएको आरोपमा पक्राउ परेका ‘ज्योतिषी’ भनेर प्रचार गर्ने अर्जुन थापा क्षत्री रिहा भएका छन् । शुक्रबार क्षत्रीलाई जिल्ला अदालत काडमाडौँले तारेखमा रिहा गर्न आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । क्षत्रीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा भ्रम सिर्जना (अफवाह) फैलाएको अभियोगमा गत जेठ २१ गते गौशालाबाट पक्राउ गरेको थियो । उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

हेर्नुस्, स्वास्थ्यका लागि रङ कति हानिकारक?

काठमाडौं, चैत ६ । बुधबार नेपालको पहाडी क्षेत्रमा एकअर्कामा रङ दलेर खुसियालीपूर्वक होली पर्व मनाइँदै छ। तराई क्षेत्रमा भने पहाडी क्षेत्रमा मनाइएको भोलि मनाउनु प्रचलन छ। फाल्गुण शुक्ल पूर्णिमाका दिन पर्ने होली पर्वलाई सद्भाव र खुसियालीको पर्व रुपमा पनि मानिन्छ। होलीमा मानिसहरूले एकअर्कामाथि विभिन्न प्रकारका रङहरू दलेर रंगिन बन्छन्। मीठा खाने कुराहरू पनि खाइन्छ। रङ लगाएर एकअर्कामा अत्मीयता साटासाट गरिन्छ। जसले गर्दा जुनसुकै उमेर समूहका मानिसहरु पनि होलीमा रंग लगाएर रमाउने गर्छ। तर खुसी र उमंगका लागि लगाइने रंगहरुले हाम्रो स्वास्थ्यलाई गर्ने असरबारे धेरैलाई थाहा नहुन सक्छ। यस पर्वमा पछिल्लो समय शरीरलाई असर पार्ने घातक रसायन मिसिएका रङहरूको प्रयोग बढ्दै गएको छ। हामीले रगाइने रंगमा हुने विभिन्न किसिमका केमिकलहरुले हाम्रो छालालाई मात्र हैन भित्री अंगहरुलाई समेत गम्भीर असर गर्ने गर्छ। खराब रंगले कस्तो असर गर्छ? विभिन्न थरीका रङहरू प्रयोग गरेर मनाइने रङहरूको पर्व होलीमा रातो, नीलो, कालो, हरियोलगायतका रङले शरीरमा तत्कालै वा दीर्घकालमा असरहरू पर्ने गर्छ। हामीले प्रयोग गर्ने रङहरू बनाउँदा ९० प्रतिशत घुलनशील तत्त्व प्रयोग गरिएको हुन्छ। यस्तै, सुख्खा रङ बनाउन सिसा, मर्करी, पेट्रोलियम उत्पादनजस्ता स्वास्थ्यका लागि हानिकारक तत्त्व प्रयोग गरिएको हुन्छ। यसरी रसायनहरूको मिसावटबाट बनाइने रङहरूमा एस्वेस्टस र सिलिकाजस्ता तत्त्व पनि हुन्छन्। यी तत्त्वले आँखा र छालामा संक्रमण गर्नुका साथै दम, खोकीजस्ता रोगलाई जन्म दिन्छ। एलर्जी, छाला सुन्निने, फोकाफोकी आउने, श्वासको समस्या, दम बढ्ने, मिर्गौला खराब हुने, आँखा पोल्ने र पाक्ने जस्ता लक्षण लेड अक्साइड नामक रसायनको प्रयोगबाट हुन्छ। यस्तै, हरियो रङमा कपर सल्फेट, नीलोतुथो भन्ने रसायन मिसाइएको हुन्छ। यो रसायनले आँखा तथा छालामा असर गर्छ। यसले गर्दा छाला चिलाउने, सुन्निने, पोल्ने, आँखाको सेतो भाग तथा ढकनी सुनिने, आँखामा घाउ आउनेजस्ता समस्या आउन सक्छन्। यो रङ निलेमा बान्ता हुने, छाती पोल्ने, टाउको दुख्ने, पखाला लाग्ने जस्ता समस्या देखिनुका साथै पेट, रगत, मस्तिष्क, कलेजोलगायत अंगहरूलाई पनि हानी पुर्‍याउँछ। बैजनी रंङमा क्रोमियम ब्रोमाइड भन्ने रसायन प्रयोग गरिन्छ। यो तत्त्व श्वास र फोक्सोका लागि हानिकारक छ। यो रङको बढी प्रयोग गर्दा श्वास बढ्ने, दम, खोकी लाग्ने, एलर्जी हुनेजस्ता लक्षण देखिन सक्छन्। चाँदीजस्तो चम्कने सेतो रङमा आल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको विषाक्तताले क्यान्सरसमेत हुन सक्छ। बैजनी रंङमा क्रोमियम ब्रोमाइड भन्ने रसायन प्रयोग गरिन्छ। यो तत्त्व श्वास र फोक्सोका लागि हानिकारक छ। यो रङको बढी प्रयोग गर्दा श्वास बढ्ने, दम, खोकी लाग्ने, एलर्जी हुनेजस्ता लक्षण देखिन सक्छन्। चाँदीजस्तो चम्कने सेतो रङमा आल्मुनियम ब्रोमाइड मिसाइएको हुन्छ। यसको विषाक्तताले क्यान्सरसमेत हुन सक्छ। आँखा, छाला र श्वास प्रणालीमा प्रत्यक्ष हानी पुर्‍याउने तत्त्वले फोक्सोमा असर, दम, खोकी, छाला चिलाउने, पोल्ने, सुन्निने, आँखा पोल्ने, पाक्ने, पानी बग्ने, टाउको दुख्ने, बान्ता हुनेजस्ता समस्या निम्त्याउँछ। यस्तै, नीलो रङमा प्रसियन ब्लु नामक रसायन मिसाइन्छ। यसले छालाको एलर्जी, डर्मटाटिक्सजस्ता समस्या ल्याउन सक्छ। यसलाई निलेमा पेट दुख्ने, पाचन गडबड हुने र कब्जियतको समस्या देखिन सक्छ। रातो रङमा धेरै मर्करी सल्फेट तत्त्व मिसाइएको हुन्छ, जुन श्वास प्रश्वासद्वारा शरीरभित्र प्रवेश गरेमा छाती पोल्ने, दुख्ने, भारी हुने, खोकी लाग्ने, श्वास लिन कठिनाइ हुने, दम बढ्नेजस्ता समस्या देखा पर्छन्। यो तत्त्व आँखामा पर्न गए नानी जलेर अन्धोपन पनि हुन सक्छ। आँखा पाक्ने, पोल्ने, दुख्ने समस्या पनि आउन सक्छ। यो तत्त्व मिसाइएको रङ खाएमा पेट दुख्ने, वाकवाक आउने, बान्ता हुने, पखाला चल्ने र आन्द्रा गल्ने समस्या देखा पर्छन्। रातो रङमा हुने सल्फेट तत्त्व शरीरमा धेरै नै प्रवेश गरेमा रक्तनलीहरूमा असर पुर्‍याई प्यारालाइसिससम्म हुने खतरा रहन्छ। पछिल्लो समय होली खेल्न प्रयोग गरिने चाँदीजस्तो देखिने रङमा क्यान्सर लाग्ने घातक तत्त्व हुने भएकाले यस्तो रङ छालाका लागि धेरै नै हानिकारक हुन्छ। बजारमा पाइने रङहरू बनाउन प्रयोग गरिने विभिन्न खालका रसायनहरूले हाम्रो शरीरमा तत्कालीन र दीर्घकालीन असरहरू पुर्‍याउँछ। यसका साथै रङ लगाउनु अगाडि बाक्लो गरी भ्यास्लिन तथा मोइस्चराइजर क्रिम लगाउनुपर्छ। यसले छाला चिल्लो हुने भएकाले रङले छालामा त्यति असर गर्न पाउँदैनन्। साथै शरीरमा रङ सकेसम्म लामो समयसम्म राख्नु हुँदैन। रङ लगाएको दश पन्ध्र मिनेटपछि पखाल्नुपर्छ। चिल्लोयुक्त साबुन वा फेसवासले रङ पखाल्ने गर्नुपर्छ। रसायनयुक्त रङहरूले कपालमा असर गर्ने हुँदा होली खेल्नु अगाडि कपालमा धेरै तेल लगाउनु राम्रो हुन्छ। यसले रङ पखाल्न सजिलो हुनुका साथै चिल्लोकै कारण रङमा भएका घातक रसायनले कपालमा असर गर्दैन। रङ लगाउँदा छाला चिलाउने, रातो हुने, फोका उठ्ने जस्ता समस्या देखिएमा चिकित्सकलाई देखाउनुपर्छ। सकेसम्म होलीमा रंग लगाउनुअघि शरीरमा राम्रोसँग मोस्चाइजर लगाउनाले रंगमा हुने केमिकलहरुले हाम्रो शरीरका कम असर गर्छ। यो सामग्री थाहखबरबाट साभार गरिएको हो ।

लोकसेवामा कसरी लेख्ने ? (टिप्स)

काठमाडौं, माघ ६ । लोकसेवा आयोगप्रति धेरैको रुचि छ । आयोगमा नाम निकाल्नका लागि कयौं व्यक्तिहरु कडा मिहिनेत गरिरहेका हुन्छन् । तर, जति मिहिनेत गर्दा पनि कतिपय व्यक्तिको नाम निस्कनै मुस्कील भइरहेको छ । यस पछाडीको कारण परीक्षा लेख्न नजान्ने तरिकाले पनि हुनसक्छ । त्यसकारण आज तपाइँलाई लोकसेवा परीक्षामा कसरी लेख्ने भन्नेबारेमा जानकारी गराउँदै छौं । हेर्नुस् तलका टिप्स– –आत्तिएर पढ्यो भने परीक्षामा झनै असफल भइन सक्छ । धेरै पढाइले झनै असफल हुन सक्छ । त्यसैले हरेक कुरालाई सावधानिक रूपमा अध्ययन गलोकसेवामा कसरी लेख्ने रु यो भने तीन–चार महिनाको तयारीमा लोकसेवा परीक्षा उत्तीर्ण गर्न सकिन्छ । –दोस्रो र तेस्रो पेपरको तयारी गर्ने विद्यार्थीले ५० देखि ६० वटा विषयवस्तुलाई यो विधिमा अध्ययन गर्नुपर्छ । –धेरैमा गुगलमा खोजेर एउटै विषयमा ४÷५ दिन लगाएर पढ्ने बानी देखिन्छ, त्यस्तो गर्नुहुँदैन । चाहिने कुरा मात्र पढ्नुस् । –हरेक विषय स्पष्ट रूपमा पढ्नुपर्छ, खारेर पढ्नुपर्छ, थोरै पढ्नुपर्छ तर आवश्यक मात्र पढ्नुपर्छ । सरकारी तथ्यांकमा असाध्यै ध्यान दिएर पढ्नुपर्छ ।