एनआरएनए आईसिसिको सदस्यमा भट्टको उम्मेदवारी
कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको मिति नजिकिदै गर्दा कतारबाट पनि उम्मेदवारी दिएका छन ।
आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा एनआरएनए आइसीसीको विश्व सम्मेलन तथा महाधिबेशन हुँदै गर्दा एनआरएनए आइसीसी सदस्यमा कतारबाट समाजसेवी रमेश भट्टले उम्मदेवारी दिएका छन् ।
भट्टले आफ्नो प्रतिवेदन जारी गर्दै ‘हामी मध्यपुर्व क्षेत्रमा छौ र सदैव हाम्रो ध्यान मुख्य गरी सुरक्षित आप्रवासन र मर्या्दित वैदेशिक रोजगारीको विषयमा रहने गरेको छ । यस विषयमा हालसम्मका प्रयासले उपलब्धिहरु प्राप्त भएपनि प्रयाप्त छैनन् ।
त्यसैले मैले आकांक्षा गरेको पदमा चयन भएमा एनसीसी, आइसीसी, दूतावास तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर सुरक्षित आप्रवासनका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधानको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने प्रमुख योजना रहेको’ बताए । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारमा आबद्ध हुँदै २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवारी तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको एनआरएनए आईसिसि टुरिजम प्रमोसन नेपालको उपसमितिको सदस्य, नेपाल ब्यबसायी संघ कतारको सहसचिब, बागलुङ सेवा समाज कतारको पुर्व अध्यक्ष, विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व गरेका अनुभव रहेको छ ।
एनआरएनए एनसिसि कतारको २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवार तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको रूपमा कार्य गरेका व्यवसायी तथा समाजसेवी भट्टले २०१९–०२१को लागि कार्यसमिति चयनमा आईसिसि पदमा दर्ता गर्दै एनआरएनए एनसिसि कतारका सबै पन्जिकृत सदस्यहरुसँग मतको लागि अनुरोध गरेका छन । राजधानीदैनिकबाट
विश्वकपले सिजीका टेलिभिजनहरुको बिक्री वितरणमा वृद्धि
काठमाडौं । वर्डकप पर्वको सुरुवातसँगै सिजीका विभिन्न टिभीहरुको बिक्री वितरण ह्वातै बढेको छ । सिजीका देशभर रहेका विभिन्न डिलरहरुको भनाई अनुरुप हाल सिजी टेलिभिजनहरुको बिक्री बढेको बताएका छन् । २० इन्चदेखि माथि विभिन्न साईजको टेलिभिजनहरु रहेको सिजीमा अहिले विश्वकपले गर्दा ग्राहकहरुको चासो बढेको बताएका छन्। यो टिभी रुचाउनुमा हालै राखिएको सिजीको स्किम र यसको आकर्षक एवं गुणस्तर युक्तप्रोडक हुनु रहेको छ । यही विश्वकपलाई मध्यनजर गरी सिजीले हालै आफ्नाग्राहकहरुलाई सिजीको टिभी खरिद गरे बापत ३० प्रतिशतसम्म नगद छुट, पक्का उपहारहरु र तिनै टिभी खरिद गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता भाग्यशाली विजेता १ जनालाई सिजीका आकर्षक १ थान अर्को टिभी प्रदान गरिने छ ।
कास्कीको लुम्ले कृषि अनुसन्धान केन्द्रको अनुगमन गर्दै : राज्यमन्त्री चौधरी
पोखरा, असार २ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी कास्कीको लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र अनुगमन निरीक्षन गर्नु भएको छ । शनिबार राज्यमन्त्री चौधरीले लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको निरीक्षण भ्रमण गर्नु भएको हो । लुम्लेमा विभिन्न प्रजातीको ग्लाडस फुल, किबि फल, भेडा, भैंसी, खरायो, कुखुरा, मकै, उच्च पहाडी क्षेत्रमा गर्न सक्ने धानको अनुसन्धान र तरकारीमा सिमि, विभिन्न प्रजातीको गोल्भेडा, बन्दा काउली आदिको अनुसन्धान भइरहेको छ । अनुगमन पश्चात् राज्यमन्त्री चौधरीले लुम्ले कृषि अनुसन्धान केन्द्रले अनुसन्धान गरेको बिऊहरु जनतामा पुर्याउने र यस्ले उत्पादनमा धेरै सहयोग पुरयाउने बिश्वास व्यक्त गर्नु भयो । नेपालको सबै भन्दा धेरै वर्षा हुने ठाउँ हो ।
रुनुहोस् मदन दाइ, पीडाको पोखरी सुक्ने गरी…
मदनकृष्ण दाइ रुनुभयो । यशोदा भाउजूको मृत्युमा उहाँ भक्कानो छोडेर रोएको तस्बिर सामाजिक सञ्जालमा निकै चर्चित भयो । उक्त तस्बिरमा विभिन्न खालका प्रतिक्रिया आए । धेरैले भने— हँसाउने मान्छे पनि रुँदा रहेछन् । हो, हँसाउने मानिसहरू नै रुन्छन् । किनभने उनीहरूलाई थाहा हुन्छ, हाँसो र आँसुको मूल्य । आँसुले पीडा कम गर्छ । मन हलुका हुन्छ । मरेर जानेप्रति प्रेमभाव बढ्छ । मनको भारी हलुका हुन्छ । आँसु विशेष परिस्थितिमा मात्र खस्छ । सानातिना घटनामा आँसु झर्दैन । त्यसैले मदन दाइको आँसुले त्यस्तै विशेष अर्थ राखेको छ । रुनु शारीरिक एवं मानसिक स्वास्थ्यका लागि लाभदायक छ । दमित भावनालाई फाल्न अत्यन्तै जरुरी छ । विभिन्न खालका मानसिक तनाव रिलिज नगर्दा मनसँगै शरीरमा पनि विकार जम्मा हुन पुग्छ । ती विकारले सिंगो शरीर र जीवनलाई नै सिकार बनाउँछ । त्यसैले रोदन बलिया मानिसहरूको सेल्फ मेडिकेसन हो । बलिया मानिस मात्र रुन सक्छन् । कमजोर मानिस त चाहेर पनि रुन सक्दैनन् । बालबालिकाहरूले के भन्लान्, दौंतरीले कसो भन्लान्, गाउँलेहरूले खिसी गर्ने हुन् कि समाजले ट्युरी गर्ने हो कि भनेर कमजोर मानिस रुन सक्दैनन् । बलिया मानिस मात्र खुलेर हाँस्न सक्छन्, सार्वजनिक रूपमा रुन सक्छन् । मदन दाइको आँसुको बहुआयामिक अर्थ छ । उहाँको आँसु पत्नीप्रेमको नदी हो । आगामी एक्लो जीवनको खहरे हो । विछोडको पोखरी हो । मृत्यु बोधको खोल्सो हो । मुटुमाथि ढुङ्गा राखी बाँच्नुपर्ने बाध्यताको महासागर हो । त्यसैले रुनुहोस् मदन दाइ, दिल खोलेर रुनुहोस् । विगतका सम्पूर्ण पीडा पोखेर खोला बनाइदिनुहोस् । आगतका त्रासहरू मेटाएर खोल्सामा बगाइदिनुहोस् । वर्तमानका दु:खहरू पोखेर रोदनको पोखरी सुख्खा बनाइदिनुहोस् । आँसुको मुहान सुकाएपछि मात्र सत्यबोधको उर्वर भूमि तयार हुन्छ । यो घडीमा म यशोदा भाउजूलाई पनि सम्झन चाहन्छु । यशोदा भाउजू, तपाईं भौतिक रूपमा हामीबीच रहनु भएन † प्रकृतिमा विलिन भएको तपाईंको भौतिक शरीरलाई हार्दिक श्रद्धाञ्जली । शोकसन्तप्त मदन दाइसहित सपरिवारमा समवेदना † अस्तित्वमा समाहित भाउजूको आत्माले शान्ति प्राप्त गरोस् । हाम्री गुरुपत्नी हुनुको नाताले मात्र होइन, एउटा उत्प्रेरक नारीका नाताले तपाईंलाई हामी कहिल्यै बिर्सने छैनौं । तपाईंको ऊर्जा स्वरूप चेतना जहाँ भए पनि आनन्दमा रहोस् । तपाईं मदनकृष्णकी राधा मात्र हुनुहुन्नथ्यो, आदर्श परिवारकी आमा पनि हुनुहुन्थ्यो । – तपाईंले अन्ध विश्वासले जकडिएको तत्कालीन नेपाली समाजमा पनि अन्तरजातीय वैवाहिक जीवनलाई सहज र सफल बनाउनुभयो । – तपाईं आफूले घर–परिवारको जिम्मा लिएर देशलाई मदनकृष्ण श्रेष्ठजस्ता महान् व्यक्ति दिनुभयो । – क्यान्सरजस्तो ज्यानमारा रोगसँग लामो समयसम्म लडेर यही रोगसँग जुधिरहेकाहरूलाई बाँच्न प्रयास गर्ने उत्प्रेरणा दिइरहनुभयो । अन्त्यमा, मदन दाइ, तपाईं आफैँ रोगसँग लडिरहनुभएको छ । त्यसमाथि पत्नीवियोगको पीडा थपिँदा तपाईं र तपाईंको परिवार कस्तो अवस्थाबाट गुज्रिरहेको छ, हामी अनुभव गर्न सक्छौं, तर मृत्यु जीवनको अन्त्य होइन, अर्को महाजीवनको सुरुवात हो ! यो तत्वलाई बोध गरेर आफूलाई बलियो बनाउनुहोला । हामी सधैं तपाईंको अभिभावकत्वको अपेक्षा गर्दछौं । तपाईंको सक्रियता, निरन्तरता एवं आत्मविश्वास नै यशोदा भाउजूको आत्मालाई शान्ति प्रदान गर्ने सही उपाय हो । सबैको मंगल होस्, सधैंको मंगल होस् । ॐ शान्ति ! शान्ति ! शान्ति ! साप्ताहिकबाट
व्यापारीको दबाबमा रोकियो बजार अनुगमन, के भन्छन् मन्त्री मातृका यादव ?
काठमाडौं, फागुन २६ । उद्योग र व्यवसायीको चर्को दबाब र लबिङमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले बजार अनुगमन कार्यक्रम तत्कालका लागि ‘स्थगित’ गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले अनुगमनकारी निकाय आपूर्ति विभागलाई तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिएका हुन् । आपूर्ति विभागले अराजक र छाडा बजारलाई अनुगमनका माध्यमबाट नियन्त्रण गर्ने प्रयास गरिरहेको अवस्थामा मन्त्री यादवले उपभोक्ता लुट्दै आएका उद्योगी र व्यवसायीको ‘अनुकुल’हुने गरी अनुगमन रोक्न निर्देशन दिएका हुन् । मन्त्री यादबले सचिब अनिल ठाकुरलाई पनि तत्कालका लागि अनुगमन स्थगन गर्न निर्देशन दिएका छन् । ‘मन्त्रीज्यूले विस्तृत जानकारी लिनुभयो, उहाँले अनुगमनको नाममा सस्तो लोकप्रियता कमाउने गरी प्रचारमुखी देखिएको विश्लेषण गर्नुभयो,’ सचिव ठाकुरले भने, ‘अनुगमन धेरै भए पनि दोषी भनिएका कसैमाथि कारबाही नभएको फेला परेपछि थप कार्ययोजनासहित अघि बढ्ने गरी तत्कालका लागि अनुगमन रोक्न निर्देशन दिनुभएको छ ।’ आपूर्तिमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै मन्त्री यादवलाई पछिल्लो समय उद्योगी र व्यवसायीको संगठित संघसंस्थाले भेटेरै बजार अनुगमन रोक्न दबाब दिँदै आएका छन् । आपूर्ति विभागले सरकारले तोकेको मुनाफा दरभन्दा बढी मूल्य असुल्ने निजी क्षेत्रका ठूला विद्यालय, पाँचतारे मानिने अस्पताल, चारपांग्रे सवारीसाधनको मुख्य बिक्री केन्द्र, ठूला जडीबुटी बिक्री केन्द्रलगायतमा अनुगमन तीव्र पारिरहँदा उद्योगी(व्यवसायीले अनुगमन रोक्न विभिन्न शक्तिकेन्द्र धाउँदै आएका छन् । मन्त्री यादवले भने दबाबको भरमा अनुगमन नरोकिने दाबी गरेका छन्। उद्योगी(व्यवसायी संगठित भएर भेटेरै बजार अनुगमन रोक्न आग्रह गरिरहेको अवस्थामा उनले बजार अनुगमन कुनै पनि सर्तमा नरोकिने दाबी गरेका हुन् । शुक्रबार यादवले भने, ‘तालुकदार मन्त्रालय भएकाले उद्योगी र व्यवसायी आ(आफ्नो गुनासा लिएर आउँछन् तर उनीहरूले गरेका सबै माग पूरा गर्नै पर्छ भन्ने छैन। मातृकालाई आफ्नो काम गर्नबाट कसैले रोक्न सक्दैन, रोकेको पनि छैन ।’ अन्नपूर्णपोष्ट दैनिकबाट
हेल्प मधेसीको अध्यक्षमा ठाकुरलाई चयन गर्दै पहिलो साधारण सभा सम्पन्न
काठमाडौं, फागुन २० । वैदेशिक रोजगारीको सिलसिला कतारमा कार्यरत मधेसी नेपालीहरुको साझा संस्था हेल्प मधेसीको पहिलो साधारण सभाले अध्यक्षमा पवन ठाकुरलाई चयन गर्दै सम्पन्न भएको छ । अन्य पदाधिकारीमा निम्नानुसार रहेका छन् उपाध्यक्ष स् विशश्वर यादब, रामेश्वर राय, सचिब सतिशकुमार यादव, सहसचिव सुरेन्द्र कुमार शाह, प्रदिप कुमार ठाकुर, राम अधीन यादब, रामकुमार यादव ,ललित धानुक मन्डल, कोषाध्यक्ष राम कल्याण महतो, सह कोषाध्यक्ष सरोज कुमार शाह, देबेन्द्र कुमार ठाकुर, गिरिधारी गुर्मेता, बिनोद शाह चयन भएका छन् । त्यस्तै सदस्यहरूमा रामसिंह शाफी, मोहम्मद सन्नाउल्लाह राईन, उपेन्द्र प्रसाद शाह, धर्मनाथ ठाकुर, राम दयाल यादब, राम सुबन यादब, जिबछ पासवान ,लाल बाबू यादब, सन्तोष शाह, शिबलोचन यादब, देब नारायण महतो, बिकाश शाह, अशोक कुमार शाह ,मनोज कुमार सिंह , सुनिलकुमार महतो, नगेन्द्र मन्डल , राकेश कुमार राय, सुरेश यादब चयन भएका छन् । २ मार्च सहानिया पार्क , हेल्प मधेसी कतार, पहिलो साधारण सभा अध्यक्षता सस्थापक सरयुग यादब, बिशेष अतिथि इन्जिनियर रामचन्द्र शाह, एनआरएनए सिसि कतारका सचिब युबराज शर्मा, तराई मधेस प्रबासी मंच अध्यक्ष हुसैन खान,नेपाल पत्रकार महासंघ कतार अध्यक्ष करिम बक्समिया, नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समिति सदस्य गणेश बन्जाडे, नेपाल इन्जिनियर एसोसियसन उपाध्यक्ष राकेश चौधरी, गैर आवासीय मधेसी संघ शम्भु साह,सिरहा समाज अयुब खान, श्री रामबाबू यादब, धानुक समाज सुरेश यादब लगायत मधेसका सम्पुर्ण संघसंस्था, हेल्प मधेसीका दाजुभाइ दिदी बहिनीको सहभागिता थियो। कतारमा यसरी प्रत्यक्ष नेपालीपनमा होली खेलेर एकअर्कामा भाईचाराको सम्बन्ध बढाएको यो पहिलो कार्यक्रम हो । बिशेष अतिथिको रामचन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘तराई मधेस नेपालको महत्वपूर्ण ठाउँ हो। जो सबै नेपालीको आत्मियता र पहिचान झल्कने बिबिधतामा रहेको छ।’ नेपालीहरुको होली र हेल्प मधेसीको पहिलो साधारण सभाको शुभकामना पनि उनले दिए । बिशेष अतिथी एनआरएनए सिसि कतारका सचिब युबराज शर्माले हेल्प मधेसी संस्थाले सबैजनालाई समेटेर होली पर्बको आयोजना गरेकोमा धन्यवाद दिए। होली पर्वले सबैको मित्रता अनि सहकार्य बढाउने भएकोले होली पर्व महत्वपूर्ण रहेको बताउदै पहिलो साधारण सभाको शुभकामना पनि दिए । त्यस्तै बिशेष अतिथी तराई मधेस प्रबासी मंचका अध्यक्ष हुसैन खानले तराई–मधेसको हकहितको लागि प्रबासबाट पनि आबाज उठाउनु पर्ने बताए । उनले होली र पहिलो साधारण सभाको शुभकामना पनि उनले दिए । त्यस्तै अर्का अतिथी नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बकस मियाले हेल्प मधेसी संस्थाले नौलो किसिमको आयोजना गरि नेपाली दाजुभाइ दिदिबहिनीबिच भाईचारा कायम गरेको बताए । हरेक सकारात्मक भूमिकामा नेपाल पत्रकार महासंघ कतार, हेल्प मधेसी सङ्ग हातेमालो गरि अगाडि बढ्ने उनले बताए । त्यसैगरी, वरिष्ठ सल्लाहकारमा दिलिपकुमार जयसवाल ,बिरेन्द्र शाह,रामजनम शर्मा, रामकुमार यादब, शिवकुमार महतो, रामनन्द गुप्ता, दिनेश शाह, अभय ठाकुर, बद्री यादब, मो मुहरम नदाफ रहेका छन् । कार्यक्रमको सहजीकरण मैथिली कवि बिन्देश्वर ठाकुरले गरेका थिए। कार्यक्रमको अन्त्यमा सभा अध्यक्षले उपस्थित सबैजनालाई हार्दिक धन्यवाद दिए।
झमकभन्दा दयनीय अवस्थाकी ‘पूरा’ को ‘नयाँ सोच’ विमोचन
काभ्रे, पुस २५ । साहित्यका क्षेत्रमा झमक घिमिरेको नाम निकै चर्चामा छ, शारीरिक रुपमा अशक्त भएर पनि साहित्यमा कलम चलाउने साहित्यकारका रुपमा। झमकले खुट्टाको औँलाको सहायतामा आफ्ना रचना लेख्ने गर्नुभएको छ । तर कुनै पनि यस्तो साहित्यकार नहोला जसले हात, खुट्टा केही नचल्दा पनि देब्रे हातको पौँजा (हत्केला) को पछाडीको भागको सहायताले ट्याबलेट् (मोबाइल) थिचेर आफ्ना रचना लेख्ने । त्यसरी आफ्नो साहित्य लेख्ने पहिलो साहित्यकारका रुपमा चिनिनुहुन्छ, समिता श्रेष्ठ ‘पूरा’ । उहाँको जन्म काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन बनेपा नगरपालिका–४, शेरामा २०४७ साल पुस २४ गते भएको थियो । “कुरा विसं २०६३ पुस २ गतेको हो । बहिनी कक्षा ९ मा पढ्दै थिइन्, उनी परीक्षा दिएर घर आएकी थिइन्, उनी भाउजुसँग घर नजिकैको पसलमा जाँदै गर्दा अचानक बाटोमै ढलिन्,” पूराकी फुपू निर्मला श्रेष्ठले भन्नुभयो, “ढल्ने बित्तिकै उनले दुवै हातको मुठ्ठी बाँधिन् र काम्न थालिन् ।” उनी ढल्ने बित्तिकै अस्पतालमा पु¥याएको तर चार महिना अस्पतालमा राख्दा पनि उनको अवस्था भने सामान्य नभएको उहाँले बताउनुभयो । पहिले ह्विलचियरमा बस्न सक्ने र बोल्न पनि सक्ने पूरा अहिले भने बोल्न पनि सक्नुहुन्न भने ओछ्यानमा मात्रै सीमित हुनुहुन्छ । उहाँलाई परिवारले समय बिताउन ट्याबलेट् दिएको छ । त्यसमार्फत उहाँले समाचार हेरेर विश्वका बारेमा जानकारी लिनुहुन्छ भने फेसबुकसमेत चलाउनुहुन्छ । ट्याब्लेट्को सहायताबाट ‘पूरा’ ले समसामयिक विषयमा विभिन्न कविता र कृतिसमेत लेख्नुभएको छ । उहाँको पहिलेदेखिको नै सपना थियो, आफ्नो कृति प्रकाशन गर्ने । समाजसेवी तथा शिक्षासेवीसमेत रहनुभएकी उहाँकी फूपू निर्मलालाई कृति प्रकाशन गरिदिन पूराले आग्रह गर्दै आउनुभएको थियो । केही समय भन्दाभन्दै आलटाल गरिरहँदा जति उपचार गरेपनि समिताको अवस्था गम्भीर हुँदै गएपछि शब्दयात्रा प्रकाशनलाई आग्रह गरेको र उनको कृति रचना गर्ने सपना पूरा भएको निर्मलाले बताउनुभयो । पूरा शौचालय जान, खाना खान र आफैँ सुत्न, उठ्नसमेत सक्नुहुन्न । उहाँको सेवाका लागि उहाँकी आमा सावित्री खटिनुहुन्छ । आफ्नो अवस्थाकै कारण पढाइसमेत पूरा गर्न नसक्नुभएको र बाहिरी दुनियाँबाट समेत अलग्गिनुभएको पुराको आत्मविश्वास भने बलियो छ । ‘पूरा’ उहाँ आफैँले राखेको साहित्यिक उपनाम हो । समिता श्रेष्ठ ‘पूरा’ को लघु उपन्यास ‘नयाँ सोच’ को विमोचनका लागि शब्दयात्रा प्रकाशनले सोमबार बनेपा–४ मा लेखिकाको जन्मोत्सवका अवसरमा पुस्तक सार्वजनिकीकरण कार्यक्रमको आयोजना गरेको थियो । विमोचन कार्यक्रममा बोल्नुहँुदै प्रकाशनका अध्यक्ष हरि मन्जुश्रीले मानिस शारीरिक रुपमा अशक्त भएपनि मानसिकरुपमा उसको इच्छाशक्ति प्रबल भए जस्तोसुकै काम पनि गर्न सक्ने बताउनुभयो । “परिवारको साथ भएन भने बलियो मान्छे पनि अशक्तजस्तै हुन्छ ।” मन्जुश्रीले भन्नुभयो । प्रत्येक काम पूरा गर्न परिवारको साथ र सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो । पूराले लेखेका अन्य कृति पनि प्रकाशन गर्न शब्दयात्रा प्रकाशन तयार रहेको उहाँले बताउनुभयो । पूराले लेखेको उपन्यास ४२ पेजको छ, जसलाई उहाँले २६ वटा भागमा विभाजन गर्नुभएको छ । उपन्यासमा उहाँले विदेशिएका युवालाई आफ्नै देशमा बसेर देशको विकास गर्न सुझाव दिनुभएको छ भने नेपाल कृषि प्रधान देश भएकाले कृषिमा आधुनिकीकरण ल्याउनसमेत आग्रह गर्नुभएको छ ।
कविता : नाजायज सन्तान
चिन्तित बाउले जनताको अस्पतालमा फोन गर्यो ‘डाक्टर साहेब मेरो सम्पूर्ण परिवार बिरामी भए जेठो छोरो ‘आन्दोलन’ लाई रुघा ‘प्रदर्शन’ लाई निमोनिया अनि ‘घेराउ’लाई क्यान्सर भएको छ सबैभन्दा सानो छोरो ‘बन्द’ हरेक तीन घण्टामा बान्ता गर्छ मेरो भतिजो ‘हडताल’ हार्ट अटैकले मर्दै छ डाक्टर साहब, प्लिज छिट्टै आउनुस् प्यारी छोरी ‘साम्प्रदायिकता’ मूर्च्छा परेकी छे उसलाई बचाउनुस् ।’ डाक्टरले भने, ‘आई एम सरी म सिद्धान्तवादी मान्छे हुँ मैले नाजायज सन्तानको उपचार गर्ने गरेको छैन ।’ हुल्लड मुरादाबाद मनोज न्यौपाने एजेन्सीको सहयोगबाट
माअाेवादी उम्मेदवार शिवपुजनको रिटमा सर्वोच्चले अाज फैसला सुनाउदै
काठमाडौं, मंसिर २० । निर्वाचन आयोगको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध सर्लाही ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतलले अाज फैसला सुनाउदै छ । न्यायाधीश दिपकराज जोशीको एक इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफल का लागि अाज दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश भएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिए । यादवले उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय बदरको माग गर्दै मंसिर १२ गते सर्वोच्चमा रिट दायर गरेका थिए। चुनावको मुखैमा राजपाबाट माओवादी केन्द्र प्रवेश गरी सर्लाही ४ बाट उम्मेदवार बनेका यादवमाथि कुटनीतिक राहदानी दुरुपयोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । आयोगले उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले गरेको उजुरीका आधारमा मंसिर ९ गते यादवको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
पहिले सामान्तबाद अन्त्य, अहिले समाजबाद निर्माणको लडाईमा छु: अपार
तुलसीपुर, कात्तिक २३ । बमगठबन्धनको तर्फबाट दाङ क्षेत्र नं.३ प्रदेश (क) का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता जगप्रसाद शर्मा ‘अपार’ले अबको आफनो लडाई समाजबादको आधारतयार पार्न भएको बताएका छन् । युद्धका घाईतेसमेत रहेका अपारले पहिले पञ्चायती ब्यबस्था, सामान्तबाद, राजतन्त्र अन्त्य गर्न ज्यानको बाजी राखेर लडेको भन्दै अब देशको सम्बृद्धि र बिकासका लागि चुनाबी लडाईमा होमिएको बताए । ५ वर्षभित्र यस क्षेत्रको बिकासका लागि संभव भएसम्मको प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्दै आफू त्यसका लागि लागि पर्ने बताए । बामगठबन्धनले तुलसीपुर उपमहानगरपालिका १३ ढकेनामा गरेकोे चुनाबी कोणसभालाई सम्बोधन गर्दै नेता अपारले स्थायी सरकार निर्माणको लागि बामगठबन्धनको बिकल्प नरहेको जिकिर गरे ।
प्रचण्डको छाताले मात्रै कति दिन चल्छ माओवादी ?
भीष्म थापा टीकापुरबाट धनगढी जाँदै गर्दा माओवादी केन्द्रका एकजना नेताको मोबाइलमा मिनेटपिच्छै फोन बजिरहेको थियो । सबै फोनको एउटै उत्तर दिइरहेका थिए ती नेताले( कोही भेटिए भने पठाइदिम्ला, तर कोही पनि जान मान्दैनन्, अध्यक्षले भ्याउनुहुन्न । यी फोनहरु प्रदेशको पहाडी जिल्लाका इञ् चार्ज र विभिन्न स्थानीय तहका उम्मेद्वारहरुका थिए । सबैको आकांक्षा एउटै थियो( कोही केन्द्रीय नेता आइदेओस् चुनावी सभामा । तर बिडम्बना, प्रदेश नं। ७ का पहाडी जिल्लामा लीलामणि पोख्रेल ५र ६ वटा चुनावी सभामा सहभागी भएबाहेक माओवादी केन्द्रबाट एकजना पनि नेता जान मानेनन् । पार्टी अध्यक्ष प्रचण्डले भने बाँके र बर्दियापछि दुई दिन कैलाली र कञ्चनपुरका १९ वटा कार्यक्रमलाई सम्बोधन गरे । कुनैबेला माओवादीको बलियो जीतको इतिहास बोकेका जिल्लाहरुमा एउटा पनि बृहतस्तरको या केन्द्रीय नेताहरुले सम्बोधन गरेको सभा भएन । काठमाडौं र ललितपुरमा मेयरको लज्जास्पद हार भयो । यो त्यही काठमाडौं हो, जहाँ माओवादी केन्द्रभित्र उत्तराधिकारीको दावी गर्ने र दोस्रो पुस्ताका भन्न रुचाउने दर्जनौं नेताहरु बस्ने गर्छन् । प्रचण्ड त्यतिबेला सरकारमा थिए, तर दोस्रो पुस्ताका एकजना नेताले पनि काठमाडौंमा आमसभाहरुको आयोजना गरेर पार्टी र सरकारको धारणा राख्ने काम गरेनन् । नारायणकाजीदेखि वर्षमान पुनसम्म सभामा देखिएनन् । न त दोस्रो र तेस्रो पुस्ताका अन्य नेताहरु नै चुनावी अभियानमा अहोरात्र लागेको देखियो । यदि त्यसरी सिँगो शक्ति परिचालित भएको भए सम्भवतः दुबै चरणको स्थानीय निर्वाचनको परिणाम अलि फरक हुनसक्थ्यो होला माओवादीका लागि । माओवादी केन्द्र नेताहरुको उल्लेख्य उपस्थिति भएको पार्टी हो । नयाँ संगठन भन्दा पनि युद्दकालदेखि नै नेता भएकाहरुको बाहुल्यता छ यो पार्टीमा । नेताहरुको चाप थेग्न नसकेर माओवादीले संसारमा नै कहीँ नभएको हजारौंको केन्द्रीय समिति समेत गठन गरेको छ । तर, पार्टीभित्र र जनवर्गीय संगठनमा नेता बन्न ठूलो होडबाजी चले पनि कार्यक्षेत्रमा खटिएर आम जनतामाझ पार्टीको एजेण्डा र विचार लैजाने सवालमा भने यो जम्बो नेताहरुको टिमले उल्लेखनीय केही गर्न सकेको छैन । जबकि सामाजिक सञ्जाल र पार्टी बैठकहरुमा हरेकले आफूलाई ठूलो, कतिपयले उत्तराधिकारी, दोस्रो पुस्ताको नेता भनेर दावी गर्दै आएका छन् । यसरी नेतृत्वको दाबी गर्नेहरुले प्रचण्डको सक्रियताबाट पाठ सिक्न भने खोज्दैनन् । प्रचण्डको आलोचना उनीहरुले सार्वजनिक गर्न रुचाउँछन् तर उनको मेहनत र सक्रियता अनुरुप आफूले समेत आफूलाई परिवर्तन गर्नुपर्छ भनेर सोच्दैनन् । यो माओवादी केन्द्रको अहिलेको तीतो यथार्थ हो । को–को पसे मधेस ? तेस्रो चरणको निर्वाचनको बेला मिडियामा प्रचण्डको सक्रियताका बारेमा मध्यरातसम्म चुनावी प्रचारमा भन्ने आशयका थुप्रै सामग्री प्रकाशित भए । प्रचण्ड फिल्डमै खटिए । १५ दिन उनी मधेसमै बसे । मधेसमा रहेका बेला प्रचण्डको दिनचर्या व्यस्त रह्यो । बिहान ५ बजे उठेर बसेको स्थान वरपर डुल्ने, आम मानिससँग दुखसुखका कुरा गर्ने, त्यसपछि गाउँबस्ती, टोल, नगरमा आयोजना भएका सभाहरुमा सहभागी हुने काम उनीबाट भयो । राति ११ बजेसम्म सुरक्षाको प्रवाह नगरी तराईका गाउँबस्तीका अत्यन्तै कठिन बाटोहरु छिचोल्दै प्रचण्डले जनतामाझ पार्टीका एजेण्डा लैजाने काम गरे । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने कतिपय गाउँमा समेत उनले १० बजे राति आमसभालाई सम्बोधन गरे । प्रचण्डको यो सक्रियता लोभलाग्दो अवश्य थियो । माओवादी आन्दोलनमा बादल अर्का चर्चित नेता हुन् । उनले दुईचार वटा जिल्लाका अभियानमा हिँडेको भए यसले उल्लेख्य परिवर्तन हुन्थ्यो होला । तर, उनी पनि डेग चलेनन् तर यही बेला दोस्रो पुस्ताको नेताको दावी गर्ने र प्रचण्डपछिका नेताहरुको सक्रियता भने देखिएन । नारायणकाजी श्रेष्ठ महोत्तरी पुगेर फर्किए, अन्य जिल्ला जाने जाँगर उनमा चलेन । पार्टीले शीर्ष सबै नेताहरुलाई जिल्लाहरुको समन्वय गर्ने जिम्मेवारी तोकेको थियो । तर, यस्तो बेलामा कोही जापान हानिए, कोही राजधानीमै बसे । बादल, देव गुरुङहरु कतै देखिएनन् मधेसमा । न त अग्नि सापकोटालगायतका नेताहरु नै मधेसमा देखिए । महरा चीन भ्रमणमा थिए, गृहमन्त्री एक दुईवटा सभामा सहभागी भए प्रचण्डसँगै । एक्ला प्रचण्डले ८ वटा जिल्लामा पुरै १५ दिन बिताए । दैनिक १८ घण्टा उनी खटिए । यही अपेक्षा पार्टीभित्रबाट नारायणकाजीबाट थियो । खासगरी आफूलाई प्रचण्डको उत्तराधिकारीको अघोषित दावी उनले गर्दै आएका छन् । अझ प्रदेश नं। २ मा उनीहरुको आधार समेत थियो । सर्लाही, सिरहा, महोत्तरी, धनुषालगायतका जिल्लामा नारायणकाजीले प्रचण्डसँग या जिल्ला पार्टीसँग समन्वय गरेर दुई चार दर्जन आमसभामा पार्टीका कुरा राखेको भए यसको फरक प्रभाव पथ्र्यो । तर, यसो भएन । माओवादी आन्दोलनमा बादल अर्का चर्चित नेता हुन् । उनले दुईचार वटा जिल्लाका अभियानमा हिँडेको भए यसले उल्लेख्य परिवर्तन हुन्थ्यो होला । तर, उनी पनि डेग चलेनन् । प्रचण्डको काँधमा मधेसको भार आइपुग्यो । ६३ वर्षको उमेरमा उनले जति सकिन्छ, एक्लै भ्याए । करिब दुई सय बढी कार्यक्रममा सहभागी भए । माओवादी इत्तरका मानिसहरु भन्ने गर्छन- प्रचण्ड भए माओवादी रहन्छ, माओवादी भन्नु नै प्रचण्ड भइसक्यो । ‘वान मेन इन अल’ । यसो भन्दा दोस्रो पुस्ताका नेताहरुलाई पक्कै पनि चोट पर्छ । माओवादीभित्र कुनै बेलाका जुझारु र पछिल्लो समयमा आलोचित लोकेन्द्र विष्टले त सार्वजनिक रुपमा नै यो आशयका टिप्पणीहरु गर्दै आएका छन् । नारायणकाजी समूहका र अन्य नेताहरुले समेत प्रचण्डको सक्रियताले मात्रै माओवादी जीवित रहेको छ भन्ने टिप्पणी पचाउँदैनन् । हिजो बाबुराम भट्टराईले यही विषयमा दशकसम्म प्रचण्डको आलोचना गरे । तर, यथार्थले के देखाउँछ ? खासगरी माओवादी पार्टी संकटमा परेको बेला र पुनर्निर्माणको शुरुआत भएका बेला बनेको माओवादी पार्टीको नेतृत्वको सरकार र स्थानीय निकायको निर्वाचनमा प्रचण्डको भूमिकाले के देखाउँछ ? कसैले प्रचण्डको जस्तो सक्रियता देखाउन सक्ने पार्टीभित्र हिम्मत गर्न सकेको छ ? पहिलो चरणको निर्वाचनको बेला केन्द्रीय नेताहरु नआएकै कारण चुनाव हारेको तीतो अनुभूति गर्ने दर्जनौं जिल्ला इञ्चार्जहरुको कुरा सुन्नुस् त ? कति खटिए दोश्रो पुस्ताका नेताहरु । कति जनतासम्म पार्टीका एजेण्डा लगे उनीहरुले । स्वतःस्फूर्तरुपमा त कुरै छोडौं, पार्टीले संस्थागत निर्णय गर्दा समेत त्यसलाई पालना गरेर संगठन परिचालनका लागि कति हिँडे पार्टीका नेताहरु । पहिलो र दोश्रो चरणमा रोल्पा र रुकुममा मात्रै दर्जन बढी शीर्ष नेताहरु ओइरिएको बेला ताप्लेजुङ, इलामदेखि बैतडी र बाजुराका जनता केन्द्रीय नेताको मुख हेर्न छटपटिएको यथार्थ होइन ? जनार्दन शर्मादेखि वर्षमान पुनसम्मले, नारायणकाजीदेखि गिरिराजमणि पोखरेलले आफ्नो गृहजिल्लामा मात्रै समय दिएको यथार्थ होइन ? अहिले तेस्रो चरणको निर्वाचनमा समेत आम माओवादी समर्थक र तल्लो तहका कार्यकर्ताहरुको एउटै प्रतिक्रिया देखिन्छ( कहाँ हराए अरु नेताहरु ? प्रचण्डजस्तै अरु नेताहरु पनि १८ घण्टा खटिन्थे भने दुई नम्बरमा पहिलो बन्न कसले रोक्न सक्थ्यो । तर, यो खटाइ देखिएन । त्यसैले प्रश्न स्वभाविक रुपमा शीर्ष, केन्द्रीय र दोश्रो पुस्ताको दावी गर्ने नेताहरुका लागि नेपालका ७७ जिल्ला समान होइनन् ? आफ्नो चुनावी क्षेत्रमा मात्रै सुरक्षित गर्न खोज्ने, आफ्ना समर्थकहरुको मात्रै झुण्डलाई परिचालन गर्ने प्रवृत्ति मौलाउन मलजल गरेका होइनन् ? बरु तेस्रो पुस्ताका नेताहरुले उल्लेख्यरुपमा प्रचण्डको स्पिरिटलाई समातेर परिचालन भएको यथार्थ होइन ? पूर्वी, मध्य र पश्चिमका जिल्लाहरुमा दोश्रो र तेश्रो पुस्ताका नेताहरु परिचालन भएको तथ्यांक हेर्दा के देखिन्छ ? आफूले सिन्को नभाँच्ने तर प्रचण्डको सक्रियतालाई नकारात्मक अर्थमा हेरेर फेरि आफू अब्बल र सक्षम भएको दावी गर्न नैतिकताले दिन्छ र ? पार्टी कसरी बन्छ भन्ने कुरा दोश्रो पुस्ताका नेताहरुलाई कसैले भनिराख्नु पर्दैन । इतिहासका जटिल कालखण्डमा पार्टी र संगठन निर्माण गरेको उनीहरुको अनुभव छ । पूर्व एकताकेन्द्र-मसालदेखि माओवादीको संगठन निर्माण गरेका नेताहरुलाई संगठन र जनतामाझ कसरी जाने भन्ने कुराको निकै गहन अनुभव छ । तर, अहिले आएर त्यो अनुभव चरम व्यक्तिवाद र आत्मसुरक्षावादमा किन रुपान्तरण भयो ? किन केन्द्रीय नेताहरु आफू र आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै ध्यान दिन पुगेका छन् । संगठन बलियो भयो भने मात्रै आफ्नो पनि भविष्य सुरक्षित हुन्छ भन्नेतर्फ उनीहरुको ध्यान किन पुग्दैन ? प्रचण्डले गरेर मात्रै कति दिन थेगिन्छ ? प्रचण्डको ज्यानले मात्रै कति गर्न सम्भव छ ? हरेक टोलटोल, गाउँ बस्ती, नगर र जिल्लामा एक्ला प्रचण्डले कसरी आफूलाई खटाउन सक्छ्न ? कार्यविभाजन गरेर सोही अनुरुपको जिम्मेवारी अरुले किन लिन सक्दैनन् ? अहिले तेश्रो चरणको निर्वाचनमा समेत आम माओवादी समर्थक र तल्लो तहका कार्यकर्ताहरुको एउटै प्रतिक्रिया देखिन्छ– कहाँ हराए अरु नेताहरु ? प्रचण्डजस्तै अरु नेताहरु पनि १८ घण्टा खटिन्थे भने दुई नम्बरमा पहिलो बन्न कसले रोक्न सक्थ्यो । तर, यो खटाई देखिएन । संगठनात्मक पद्दतीको अभाव, चेन अफ कमाण्ड नहुनु, जनता र पार्टीबीचको सम्बन्धको कडी टुट्नु जस्ता कतिपय कारणले माओवादी अहिले एजेण्डाका हिसाबले ठीक भएपनि संकटपूर्ण अवस्थामा पुगेको छ । माओवादीको संकटको मुख्य कारण आन्तरिक हो, बाहृय होइन । र, दोश्रो पुस्ताका नेताहरुको अहिले विकास भएको प्रवृत्तिका कारण अब यो संकट नेतृत्वको पर्ने निश्चित छ । आलोचनालाई सहजरुपमा ग्रहण गर्ने संस्कृति माओवादीमा छैन । आलोचनालाई सके निषेध गर्ने, नसके पलायनतातर्फ धकेल्ने या धकेलिने प्रवृत्ति माओवादीमा विकास भएको छ । आलोचनाको आलोकमा आफूलाई सुधार्ने र त्यसलाई व्यवहारले खण्डन गर्ने पद्दतीको विकास नभएसम्म दोश्रो पुस्ताको नेतृत्व सच्चिन गारो छ । तर, माओवादी पार्टीलाई पहिलो पार्टी बनाउने र पुरा हुन नसकेको क्रान्तिका कार्यभार पूरा गर्ने हो भने दोश्रो पुस्ताले आलोचनात्मक संस्कृतिको विकास गर्दै आफूलाई गतिशील पार्नु एकदमै जरुरी देखिन्छ । प्रचण्डको सक्रियताबाट पाठ सिक्दै सोही स्पिरिटमा संगठन निर्माणमा होमिने हो भने माओवादीको वर्ग आधार र एजेण्डाको ‘स्पेस’ पुरै बाँकी छ । यसतर्फ सबै माओवादीहरुले सोच्नु जरुरी छ । अनलाइनखबरबाट साभार
जनप्रतिनिधिलाई कसरी सपथ गराउने प्रश्न अनुत्तरित
काठमाडौं,जेठ १ । मुलुकका २ सय ८३ स्थानीय तहमा जनप्रतिनिधिका लागि आइतबार पहिलो चरणमा निर्वाचन सम्पन्न भएको छ । तर ती प्रतिनिधिलाई कसरी सपथ गराउने भन्ने आजसम्म अनुत्तरित छ । स्थानीय सरकारमा उनीहरुको आगमन हुँदै गर्दा स्थानीय तह शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भने कम्तीमा उनीहरु स्थानीय सरकारका प्रमुख, अध्यक्ष उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यमा सपथ गर्ने बेलासम्म नाउने भने निश्चित प्राय भएको कारोबारमा खबर छ ।
हत्या आरोपमा भाइ र छोरी पक्राउ
धनगढी, वैशाख १२ । कैलालीको घोडाघोडी नगरपालिका—९ गोदनी गाउँका ३६ वर्षीय सनी भनिने मानबहादुर सार्कीको हत्याको आरोपमा उनकै छोरी र सहोदर भाइलाई प्रहरीले आज पक्राउ गरेको छ । मानबहादुरकी १५ वर्षीया छोरी विमला र कालु भनिने भाइ पदमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार घटनास्थल पुगेको प्रहरी टोलीले गरेको खोज एवम् अनुसन्धानका क्रममा मानबहादुरको शव सडेगलेको अवस्थामा नजिकैको जनता सामुदायिक वन परिसरकोे खाल्डामा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले बताउनुभयो । हत्या घटना चैत २२ गते साँझ भए पनि घटना लुकाउन खोजिएको कारण ढिलो गरी सोमबार मात्र प्रहरीलाई खबर आएको बुढा मगरले बताउनुभयो । सो दिन साँझ मादक पदार्थ सेवन गरी घरमा पुगेका मानबहादुरले आफ्नै छोरी विमलालाई कुटपिट गर्न थालेपछि पदमले प्रतिकार गरेको र विमलाले प्रहार गरेको काठको भाटा टाउकामा लागेर निजको मृत्यु भएको बयान उनीहरुले प्रहरीसमक्ष दिएका छन् ।
दुई ट्रक एकअापसमा ठोक्किदाँ एकको मृत्यु, छ घाइते
चितवन, वैशाख १० । पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा अाइतबार बिहान दुई ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको वा२ख १९५२ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९१९० नंको ट्रक आज बिहान दुर्घटना भएको हो । घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ । मृतक पुरुष रहेका र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ट्रक ठोक्किएपछि राजमार्ग एकतर्फीमात्र सञ्चालनमा आएको छ ।
चमेना गृह र शौचालय सहितको बस सञ्चालनमा
डडेल्धुरा, चैत १० । चमेनागृह र शौचालय सहितको अत्याधुनिक सुविधा व्यवस्था भएको बस सञ्चालनमा आएको छ । उग्रतारा सार्वजनिक यातायात समितिले बिहिबारदेखि चलाउन थालेको डडेल्धुरा— काठमाडौँ बसमा वातावरण अनुकुलित आधुनिक सेवासहितको ‘एयर सस्पेन्सन’ एसी पनि रहेको छ । नयाँ प्रविधिसहित आरामदायी यात्राका लागि उग्रतारा यातायातले बिहीबारदेखि घटाल एयर सस्पेन्सन एसी बस सञ्चालनमा ल्याएको हो । करिब आठ सय किलोमिटर दुरी रहेको डडेल्धुरा–काठ्माडौँ रुटमा यस्तो सुविधासहितको बससेवा मुलुकमै पहिलो भएको उग्रतारा सार्वजनिक यातायात समितिका अध्यक्ष सन्तोष खड्काले बताए । आज एक कार्यक्रमका साथ ‘घटाल एयर’ सस्पेन्सन एसि बसको नेपाल यातायात राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, उग्रतारा यातायात समितिका अध्यक्ष खड्कालगायतका अतिथिले परेवा उडाइ बस सेवाको उद्घाटन गरेका छन् । बसको भाडा रु दुई हजार तोकिएको छ । डडेल्धुराबाट काठमाडौँ तथा काठमाडौँबाट डडेल्धुराका लागि दैनिक एक/एक वटा बस छुट्ने बताइएको छ । अहिले यस्ता किसिमका छवटा बस सञ्चालनमा ल्याइएको छ ।
पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग
काठमाडौँ, फागुन १२ । सडक विस्तार पीडित सङ्घर्ष समितिले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भइरहेको सडक विस्तारका क्रममा पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गर्दै माइतीघर मण्डलामा आज बिहान विरोध प्रदर्शन गरेका छन् । परापूर्वकालदेखि बस्दै आएका स्थानीयवासीलाई बिनासूचना घर भत्काउने कार्य भइरहेकाले समितिले विरोध प्रदर्शन गरेको हो । समितिका संयोजक सुमन सायमीले पछिल्लो पटक अदालतले पीडितलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराएर मात्र सडक विस्तारको कार्य अगाडि बडाउन सरकारलाई निर्देशन दिएको भए पनि काठमाडौँ उपत्यकाका विभिन्न २२ स्थानमा क्षतिपूर्ति उपलब्ध नगराईकन सडक विस्तार भइरहेकाले त्यसलाई रोक्न माग गरे । उहाँले गैरन्यायिक तरिकाले भइरहेको सडक विस्तारको विकल्प खोज्नुपर्ने बताउँदै सरकारले स्थानीय जनतालाई लालपुर्जा दिएर जनताको जग्गा अतिक्रमण गरिरहेकोमा चिन्ता व्यक्त गरे । त्रिपुरेश्वर, कालीमाटी, कलङ्की क्षेत्रमा अहिले डोजर आतङ्क भइरहेकाले स्थानीय जनतासँग समझदारीमा सडक विस्तार गर्नुपर्ने उनीहरुको माग छ ।