सुनको मूल्य बढेर आज ९७ हजार ८ सय रुपैयाँमा पुग्यो

काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुन र चाँदीको को भाउ ८ सय रुपैयाँले बढेको छ । हिजो बुधबार तोलामा ९७ हजार रुपैयाँ रहेको सुनको मूल्य आज ९७ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

विश्वकप छनोटमा नेपालको लज्जास्पद हार, कुवेत ७-० ले विजयी

काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरण छनोटको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ। बिहीबार राति भएको खेलमा कुवेतसँग भएको समूह चरणको पहिलो खेलमा नेपालले ७-० को हार व्यहोरेको हो । नेपालविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको कुवेतले पहिलो हाफमा २ र दोस्रो हाफमा ५ गोल गरेको हो । ६ मिनेटमै कुवेतले अग्रता बनाएको थियो । १३औं मिनेटमा दोस्रो गोल खाई २-० ले पछि परेको नेपालले कुवेतका धेरै प्रहार विफल बनाए पनि खेलमा फर्कन सकेन । कुवेतले त्यसपछि ५०औं, ५९औं, ६७औं मिनेटमा गोल गर्यो । ९० मिनेटपछि थपिएको चौथो र ७औं मिनेटमा पनि नेपालले गोल खायो । नेपालले अर्को खेल मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । लामो तयारी गरी कुवेत गएको नेपालले पहिलो खेलमा नै निराशाजनक प्रदर्शन गर्यो । बलियो कुवेतलाई कम्तिमा बराबरीमा रोक्ने नेपालको लक्ष्य सफल हुन सकेन् । नेपाल र कुबेतबीच यसअघि ६ पटक भिडन्त भएको थियो। कुबेत पाँच खेलमा विजयी भएको छ। एक खेल बराबरीमा सकिएको छ। दुई टोलीबीच पछिल्लो पटक गत मार्चमा मैत्रीपूर्ण खेल भएको थियो। उक्त खेलमा नेपाल १–० गोलले पराजित भएको थियो। फिफा वरीयतामा पनि कुबेत केही बलियो छ। कुबेत १५६औं र नेपाल १६६औं स्थानमा छ।

७ वर्षमा यी ४ एयरलाइन्सको हालत विजय माल्याको किङफिशरजस्तै भयो

काठमाडौं, बैशाख ०४ । आर्थिक संकटसँग जुधिरहेको एयरलाइन्स जेट एयरवेजको सबै विमान सेवा अस्थायी रुपमा बन्द भएको छ । जेट एयरवेजको यस्तो अवस्था देखेर सबैलाई विजय माल्याको एयरलाइन्स किङफिशरको याद आइरहेको छ । सात वर्षअघि सन् २०१२ अक्टोबरमा ऋणमा डुबेको किङफिशरले पनि सबै विमान सेवा बन्द गरेको थियो । यस्तो अवस्थामा जेट एयरवेजको हालत पनि किङफिशरको जस्तै भएको बताइएको छ । यद्यपि किङफिशरबाहेक बितेको सात वर्षमा अन्य ४ वटा एयरलाइन्स कम्पनी पनि बन्द भइसकेका छन् । किङ्गफिशर भारतीय व्यापारी विजय माल्याको किङफिशरले सन् २०१२ मा आफ्नो कारोबार बन्द गरेको थियो । बन्द हुनुभन्दा झण्डै १० वर्षअघि सुरु भएको किङफिशर एयरलाइन्स लगातार कर्जा डुबिरहेको थियो । माल्यामाथि बैंकको ९ हजार करोड रुपैयाँ बक्यौता बाँकी छ । माल्या अहिले भागिरहेका छन् । जूम एयर घरेलु एयरलाइन्स जूम एयरको अस्तित्व सन् २०१३ मा देखिएको भए पनि यसले सन् २०१७ मा मात्रै पहिलो उडान भरेको थियो । जूम एयरले सुरुमा दिल्ली, कोलकत्ता, मुम्बई र हैदराबादजस्ता राजधानीमा सेवा दिने बताएको थियो । तर केही दिनमा नै नगर विमानन नियामक (डीजीसीए) ले जूम एयरलाई सुरक्षाको नियम उल्लंघन गरेको दोषी ठहर गरेको थियो । एयर कार्निभल सीएमसी समूहको एयरलाइन्स एयर कार्निभलले पहिलो उडान सन् २०१६ मा गरेको थियो । सुरुवाती महिनामा यो एयरलाइन्सले दक्षिण भारतमा आफ्नो सेवा विस्तार गरेको थियो । पछि कर्जामा डुबेपछि सन् २०१७ मा यो एयरलाइन्स पनि बन्द भयो । एयर कोस्टा क्षेत्रीय एयरलाइन्स कम्पनी एयर कोस्टाले दक्षिण भारतीय क्षेत्रमा आफ्नो सेवा विस्तार गरेको थियो । सन् २०१३ मा मात्रै आफ्नो सेवा विस्तार गरेको एयरलाइन्सले भारतीय कारोबार कम्पनी एलईपीएल समूहको नियन्त्रणमा थियो । वित्तीय संकट उत्पन्न भए पछि कम्पनी आफ्नो कारोबार मात्र समेट्न बाध्य भयो । एयर पेगसास बेंग्लोरको एयरलाइन्स एयर पेगसासले सन् २०१५ अप्रिलबाट हवाई सेवा सुरु गरेको थियो । तर सञ्चालनमा आएको एक वर्षमा नै यो एयरलाइन्स दौडबाट बाहिरियो । डेकोर एभिएशनको सब्डरी कम्पनीबाट सञ्चालनमा आएको यो एयरलाइन्स पछि कर्जामा डुब्यो ।  यो खबर उज्यालो अनलाइनबाट लिइएको हो ।

नेपालमैं अप्रेसनबाट कृतिम याेनी, पाेखराकी यी युवतीले पाइन् नयाँ जीवन !

काठमाडौंः महिनावारी आज होला, भोलि होला भन्दाभन्दै २६ वर्ष भइसकेकी थिइन् पोखराकी एक युवती । महिनावारी हुने उमेरको दोब्बर अर्थात् २६ वर्षसम्म पनि महिनावारी नभएपछि चिकित्सककहाँ सल्लाह लिन पुग्नु स्वाभाविक थियो । महिनावारी नभएर विवाह गर्न समेत अप्ठ्यारो भएपछि उनी चिकित्सकहाँ पुगिन् । पोखराकी ती युवती वसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा पुगेपछि चिकित्सकहरूले उनको योनी र पाठेघर नै नभएको पत्ता लगाएका थिए । त्यसपछि उनलाई चिकित्सकहरुले शल्यक्रिया गरी योनीमार्ग बनाइदिएका छन् तर पाठेघर नभएका कारण भविष्यमा उनको सन्तान भने हुनेछैन । इशान बाल तथा महिला अस्पतालका महिला तथा प्रसूति रोग विशेषज्ञ डा. आशा सिंहको नेतृत्वमा बालरोग विशेषज्ञ डा.आरपी चौधरी, डा. सुमनबिक्रम अधिकारी र एनेस्थेसिया चिकित्सक डा. छन्दबहादुर बुढाथोकीको टोलीले सातघण्टा लामो शल्यक्रियापछि ती युवतीको योनीद्वार बनाएको हो । उपचारमा संलग्न डा. सिंहले समान्यतया १२ वर्षदेखि महिनावारी हुने गरे पनि ती युवतीको २६ वर्षसम्म पनि महिनावारी नभएको जानकारी दिए । यो अत्यन्त जटिल शल्यक्रिया हो, उनले भने,“योनी नभएको महिलाको शरीरमा योनी बनाउनु ठूलो चुनौती थियो ।” पेशाले एयर होस्टेज ती युवतीको योनीको कृत्रिम रुपमा शल्यक्रिया गरी बनाइएको छ । डा. आरपी चौधरीले ती युवतीमा पिसाब फेर्ने मात्रै प्वाल रहेको भन्दै शल्यक्रियाका माध्यमबाट कृत्रिम योनी बनाइएको बताए । उनले यस्तो समस्या दुर्लभ मात्रै देखापर्ने बताए। युवतीले योनीको समस्याका बारेमा आफ्नो प्रेमीलाई समेत भनिसकेको र अबको केही महिनाभित्रै विवाह गर्ने तयारीमा रहेकी छन् । शल्यक्रिया गरी बनाइएको योनीले महिनावारी हुने र यौन सम्पर्क गर्न पनि सकिने डा. चौधरीले बताए । चौधरीले पाठेघर नभएका कारण सेरोगेसीको माध्यमबाट बच्चा पाउनसक्ने जानकारी दिए । अति नै दुर्लभ र जटिल शल्यक्रिया भएको दाबी गर्दै उनले ती युवतीको शारीरिक तथा जैविक बनौट र बाहिरी यौनाङ्ग महिलाको भए पनि क्रियाशील नभएको दुई गर्भाशय समेत रहेको जानकारी दिए । त्यस किसिमको दुर्लभ समस्या चारदेखि पाँच हजार जनामध्ये एक जनामा देखिने भए पनि क्रियाशील नभएको दुई गर्भाशय समेत रहेको अवस्था भने अति दुर्लभ रहेको चिकित्सकहरूको भनाइ छ । साधारणतया यस किसिमको समस्या किशोर अवस्थामा रजस्वला सुरु हुने बेलामा मात्रै पहिचान हुने गर्दछ । युवतीले महिला तथा प्रजनन् विशेषज्ञ कन्सल्ट्यान्ट डा.आशा सिंहसँग परामर्श लिएर शल्यक्रियाको लागि योजना बनाउनुभएको थियो । शल्यक्रिया अघि युवतीको अल्ट्रासोनोग्राफी, एमआरआई र हर्मोनल परीक्षण गरिएको थियो । युवतीको बाहिरी यौनाङ्ग र शारीरिक बनौट महिलाको भएता पनि समस्याको बारेमा परीक्षणपछि मात्र दुर्लभ र जटिल स्थिति रहेको पत्ता लागेको थियो । युवतीलाई यस शल्यक्रियाको जटिलताको बारेमा परामर्श तथा जानकारी गराई शल्यक्रियाको लागि तयार गरिएको थियो । शल्यक्रियामा आन्द्राको सानो भागलाई निकालेर यौनाङ्ग सोही भागबाट बनाई शल्यक्रिया गरिएको जानकारी दिइएको छ । क्रियाशील नभएको दुई गर्भाशय भने अनुमति लिएर शरीरबाट निकालिएको थियो । डा. सिंहले ती युवतीलाई शल्यक्रिया पछि सातौँ दिनमा घर फर्काइएको जानकारी दिँदै यस किसिमको जटिल शल्यक्रियामा लामो समयसम्म चिकित्सकसंँग ‘फलोअप’मा बस्नुपर्ने बताए । गोरखापत्र दैनिकमा सराेज ढुंगेलकाे रिपाेर्ट साभार गरिएकाे आवरण तस्वीर: यस्तै प्रकृतिकाे उपचारबाट नयाँ जीवन बाँचिरहेकी एक अमरकी युवती, डेलिमेलबाट

नुहाउन गएका २ बालकको डुबेर मृत्यु

कैलाली, असार २० । जिल्लाको गौरीगंगा नगरपालिका–११ शिवपुरमा मंगलबार साँझ खोलामा डुबेर २ जना बालकको मृत्यु भएको छ। स्थानीय कटैनी खोलामा साथीहरुको साथमा नुहाउन गएका शिवपुरका हर्क भुलका ८ वर्षका छोरा सचिन भुल र बाधुराम चौधरीका १२ वर्षका छोरा अमन चौधरीको डुबेर मृत्यु भएको हो। खोलामा बाढी आएको र पानीको सतह बढेको कारण पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मुत्यु भएको हो। मृतक बालकको शव पोस्टमार्टमको लागि धनगढी स्थित सेती अञ्चल अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

काव्या आचार्यको ‘बाहिर माया देखाएर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं, असार ८ । गायिका काव्या आचार्यको स्वरमा रहेको ‘बाहिर माया देखाएर’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । साइरा मगरको शब्द रहेको गीतमा संगीत भने मित्र केसीको छ । सनी सुनारले छायांकन गरेको भिडियोलार्इ एकान्त मगरले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा साइरा मगर, विवेक मगर र पन्था लामाले अभिनय गरेका छन् । व्हाइट पिगन मिडियाको अफिसियल यु ट्युब मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

नेपाली समाज युएईले बिश्वासनीयता गुमायो !

माधब प्रसाद गैरे/ नेपालीहरूलाई आईपरेको हरेक समस्याको सहयोग र विभिन्न तहबाट अप्ठ्यारोमा परेका श्रमिकको हितका लागि सन १९९२ मा स्थापित सामाजिक संस्था नेपाली समाज र हालमा युएई भरिएको नेतृत्वको दृष्टिकोणले यस संस्थालाई नेपाली समाज युएई भनिएको हो । यस समाजको बिगतका ईतिहास हेर्दा धेरै समस्याको समाधानमा उपयुक्त वातावरण बनाउदै दुवइमा नेपाली दुताबास स्थापना गर्न उल्लेख्य भुमिका खेलेको रहेको छ। यस समाज मात्र नभई यहाँ लगभग अन्य ७५-८० सामाजिक संस्था यहाँ कृयाशिल रहेका छन। अरवियन मुलुकमा बिना दर्तावाल कुनै संस्था चलाउनु अबैध ठानिन्छ यद्यपि यहाँ धेरै सामाजिक संस्थाहरु रहेका छन। सामाजिक संस्थाको कुरा गर्दा जिल्ला वडा संस्था तथा टोल टोलका पनि खुलेको यस परिपेक्ष्यमा हरेकले सामाजिक क्षेत्रमा नै काम गरेको देखिन्छन। यहाँ रहेको नेपाली समाज हुदाहुदै किन अरू समाज? आज सामान्यतया यस विषयमा कहि कुरा लेख्ने हिसाबले म उपस्थित भएको छु। तत्कालीन महासचिव मणि भुर्तेलको विशेष पहलमा जम्मा गरिएको रकम हालमा कहाँ छ ? के हुदैछ ? नेपालीको लागि हो, नेपाली समाज कुनै दुरदराजका ब्याक्तिका लागि होइन ।सबैलाई संयोजन गरि अगाडि बढ्नुपर्ने प्रभावकारी नदेखिएको प्रष्ट छ । पहिलो नेपाली समाज युएई र यस सामाजका बारेमा अगाडि कुरा गरि सकेको छु यद्यपि त्यति मात्र नेपाली समाजका लागि अलि कम हुने मलाई लागेको छ। समाजले सामाजिक क्षेत्रमा पहिला धेरै कामगरेको ईतिहास सुन्न पाए पनि मेरो दुवइको दस वर्षको वसाईमा उल्लेख्य काम गरेको केही भेटिदैन। नेपाली समाजले पुराना हामीले सुनेको हरेक काम निश्चल रूपमा निरंतरता दिएको भए आज सामाजिक संस्था भनी हरेक जिल्लाका खुल्ने कुनै अर्थ नरहेको यहाँका बुद्दिजिबी बर्ग बताउँछन् । माधब प्रसाद गैरे युएईमा हरेक वर्ष फेरिने नियम संगै बिगत वर्षदेखि दर्तावाल संस्था बाहेक अन्य भेटिएको खण्डमा फाइन हुने भए पनि यो पुरानो संस्था अहिले सम्म दर्ताका कुनै पहल गरेको छैन । यहाका हरेक संस्था मध्यको जेठो यहाका हरेक संस्थालाई नेतृत्व गर्दै अगाडि बढनु पर्ने तर यसमा पनि धेरै पछाडि रहेको छ। उदाहरण नेपाल सरकारले पठाएको कार्यबाहक राजदुत सागर फ्युयालको स्वागतार्थ NRNA तथा जनजातिको संयुक्त अायोजनामा गरिएको कार्यक्रममा अन्य ६० संस्थाले सहभागीता जनाउदा नेपाली समाजले सहभागी हुन चाहेन। कार्यक्रम स्थलमा अध्यक्ष चन्द्रप्रसाद सापकोटालाई उद्घोषकले पटकपटक नाम लिदै बोलाइरहेको अबस्थामा यहाँ कुनै प्रतिनिधि समेतको उपस्थिति नगराएको नेपाली समाज एक्लैले के गर्ने सपना देखेको ? अायोजकसंग यसबारे कुरा गर्दा छलफल भएको तर सहभागीता नजनाउने धारण रहेको तर उपस्थित नहुने कुरा नभएको जानकारी आएको थियो । बिगतको २०१५- २०१७ कार्यकाल नेपाली समाजको केही प्रभावकारी भएको भए पनि नेपाली समाजले बिगतमा गरेको विभिन्न कार्यक्रम अन्तर्गत बैकल्पिक कोष स्थापनार्थ संकलित रकम कहाँ कसरी कुन अबस्थामा रहेको छ र कस्ताकस्ता कतिले सहयोग पाएका छन अहिलेसम्म बाहिर जानकारी हुन अाएको छैन । तत्कालीन महासचिव मणि भुर्तेलको विशेष पहलमा जम्मा गरिएको रकम हालमा कहाँ छ ? के हुदैछ ? नेपालीको लागि हो, नेपाली समाज कुनै दुरदराजका ब्याक्तिका लागि होइन ।सबैलाई संयोजन गरि अगाडि बढ्नुपर्ने प्रभावकारी नदेखिएको प्रष्ट छ । किन? यहाँ स-साना समाजले गरेको सामाजिक क्षेत्रमा काम बारेमा जानकारी लिदै सबैलाई छाताको रूपदिन पर्ने नेपाली समाज कहाँ के गर्दै छ ? कसैलाई जानकारी रहेको छैन । नेपालीको संस्था मध्य हामी “नेपालीको एसोसिएयन” “नेपाल बिज्नेस काउन्सिल ” यहाका दर्तावाल संस्था हुन ।कार्यबाहक राजदुत स्वागतार्थ उक्त कार्यक्रममा यति ठूला र बैधानिक संस्थाले सहभागीता जनाउदा किन नेपाली समाज सहभागी नभएको ? नेपाली समाज एक्लैले न हिजो केही गरेको छ न त भोलि केही गर्न नै सक्दछ । यहाँका ब्यापारी १५-१७ जनाको समुहले जन्माएको फर्सी ग्रूप बरू छोटो समयमा खेल स्वास्थ क्षेत्रमा मात्रै होइन अन्य क्षेत्रमा समेत नेपालीको सहयोगमा तल्लिन रहेको छ। साप्ताहिक म्याच दैनिक २ घण्टा स्वास्थ्यसंग कार्यक्रम फुटबल भलिबल जस्ता कार्य गरेको छ सायद यो पनि नजर अन्दाज गर्नुपर्नेछ । स साना युवाको जमघटमा खुलेका संस्थाले अाफ्नो स्तर कहाँ पुर्‍याउन सफल भए यसका बारेमा बिचार पुर्‍याउनु पर्ने होइन र? नेपालीको एसोसिएयन भर्खरै दर्ता गरेर जनमानसको बिचमा आएको आज सुस्तामा पिडित नेपालीको लागि काम गरेको देखेरै पनि नेपाली समाजले केही बुझ्नुपर्छ । यहाँ कोहि बिरामी हुनु, मर्नु, आपतमा पर्नु स्वभाविक हो । धेरै मानिसहरु रहेको स्थानमा हुन्छ । यतिबेला कुनै समस्याको बारेमा गुनासो र सहयोगको लागि अपील नेपाली समाजलाई होइन कित गाउँ, जिल्ला समाज नभए गैर आवासीय नेपाली सँघलाई (NRNA) सम्झन्छन । किन ? नेपाली समाज पुरानो हुदाहुदै जनमानसमा किन बिश्वास गुमाउन पुग्यो ? अब सबैले सोच्ने बेला भएको छ । साथै पदासीन पदाधिकारीसँग यसको जवाफ लिने बेला भएको छ ।

कुन ठाउँमा पानीको स्रोत राम्रो हुन्छ ?

ज्यो. बलराम उपाध्याय खकुरेल मानिसलाई जीवनमा पिउन वा अन्य कुनै प्रयोजनका लागि पानीको निकै महत्व हुन्छ । या भनौँ पानीबिना मानिस बाँच्न पनि सक्दैन । त्यसकारण पानी पनि मानिसको जीवनमा निकै महत्वपूर्ण मानिन्छ । यही सत्यलाई वास्तुशास्त्रले पनि स्वीकारेको छ । घर वा आवासमा पानीको कसरी व्यवस्थापन गर्ने भन्ने कुरा वास्तुशास्त्रमा वर्णन गरिएको छ । नयाँ घडेरीमा बनाइने एक तले घर वा धेरै तले अपार्टमेन्ट होस् पानीको व्यवस्था त गर्नैपर्छ। यसका साथै विद्यालय, मन्त्रालय वा कुनै पनि मानवीय संरचनामा पानीको आवश्यकता पर्छ नै । यी हरेक संरचना निर्माण गर्नुअघि नै पानीको व्यवस्था कसरी गर्न सकिन्छ भनेर विचार गर्नुपर्छ । वास्तुशास्त्र अनुसार संरचना निर्माण गर्ने जमिनमा बोरिङ्ग, कुवा  वा अन्य श्रोतबाट पानी निस्कन्छ कि निस्कँदैन ? वा कति खनेपछि जमिनको पानी भेटिन्छ भनेर अध्ययन गर्नुपर्छ । अनि पानीको स्वाद कस्तो छ, कस्तो गन्ध आएको छ भन्ने कुरा पत्ता लगाएर पानीको सहज व्यवस्थापन कसरी गर्ने भन्ने कुरा वास्तुशास्त्रमा बताइएको छ । कुनै पनि संरचनाको पूर्व दक्षिण दिशा, दक्षिण पश्चिम दिशा र पश्चिम उत्तर दिशामा पानीको ट्याँकी, कुवा वा पानीको श्रोत राख्नुहुँदैन । पानी ट्यांकी वा पानीको श्रोतको लागि पूर्व उत्तर अर्थात् इशान दिशालाई उपयुक्त र सही दिशा मानिएको छ । यदी इशानमा पानीको लागि ठाउँ मिलाउन नसक्ने अवस्थामा उत्तर र पूर्व दिशालाई पनि पानीको श्रोतका लागि प्रयोग गर्न सकिन्छ । आग्नेय कोण र दक्षिण दिशामा कहिले पनि पानीको कुनै पनि श्रोत बनाउनु राम्रो मानिँदैन । पश्चिम दिशालाई जलका मालिक वरुणको स्थान मानिने भएकाले पानीको लागि पश्चिम दिशा पनि प्रयोग गर्न सकिन्छ । कुनै पनि संरचनाको बिचको भागलाई ब्रह्म स्थान मानिने भएकाले घर वा संरचनाको मध्य भागमा कुनै पनि कुरा राख्नु वा पानीको श्रोत बनाउनुलाई वास्तुशास्त्रमा निषेध गरिएको छ । मध्य भागमा कहिले पनि खाल्डो बनाउनु हुँदैन । बोरिङ्ग, कुवा इनार आदि पानीको श्रोतहरु निर्माण गर्नको लागि माघ, फागुन, मंसिर, जेठ, कार्तिक र वैशाख महिना राम्रो हुने कुरा वास्तु शास्त्रमा बताइएको छ । बृहत् संहिता ग्रन्थका अनुसार चन्द्रमासँग पानीको सम्बन्ध हुने भएकाले चन्द्रमाको अवस्था अनुसार द्वितीया, अष्टमी, पञ्चमी, एकादशी तथा चतुर्दशी तिथिमा कुवा, इनार आदि खन्नु अशुभ  मानिन्छ । यी बाहेकका दिन मा शुभ मुहुर्त हेरेर खन्नु राम्रो हुने शास्त्रीय मान्यता रहेको छ ।

ओली कामरेड, ‘धुव्रे हात्ती’ सरकार कि तपाईं ?

पछिल्ला केही दिन यताका एमालेका गतिविधि हेर्ने हो भने यति भन्न सकिन्छ कि, काठमाडौंभन्दा केही अग्लो स्थान बालकोटमा बसेर एमाले अध्यक्ष केपी ओलीले आफूले राजनीतिको सबै कुरा बुझेको महशुस गरिरहेका छन् । महशुस गरेको मात्र होइन, उनलाई लागेको छ, आफूले देखेको अन्तिम सत्य हो । यहीँ कारण उनी आफ्नो र पार्टीको अडानबाट दायाँ बाँया गर्दैनन् । आर.सी. अधिकारी ओलीकै पार्टीका नेता झलनाथ खनाल यसलाई ‘चट्टानी’ अडान मान्छन् । राष्ट्रिय महत्वको जतिसुकै संवेदनशील मुद्दा होस् वा जनताको पक्षमा आउने निर्णय नै किन नहोस्, एमाले अध्यक्ष ओलीको अडान यस्तो आउँछ कि, जसले उनको पार्टीको मात्र हित गर्छ र नौ महिनामा सत्ताच्यूत भएको ‘इगो’ देखिन्छ । जब माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको काँध चढेर ओली प्रधानमन्त्री भए, त्यसबेला एमालेजनहरुका लागि देशमा प्रचण्डभन्दा अरु कोही पनि राजनेता थिएनन् । ओलीकै नेतृत्वको सरकार हुँदा सत्तारुढ दलका नेताको हैसियतमा प्रचण्डले तराई–मधेशदेखि असन्तुष्ट समुदायका माग सम्बोधन गर्ने र संविधानको स्वीकार्यता बढाउने प्रयास निकै गरे । तर, सधै तराई–मधेश र सीमान्तकृत समुदायप्रति चरम अनुदार ओलीले संविधानको स्वीकार्यता बढाउने झिनो प्रगति गर्न सकेनन् । आन्दोलनका क्रममा तराई–मधेशका जनता वा राजनीतिक दलका कार्यकर्ता मारिदा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा ओलीले भन्थे, ‘दुई–चार वटा आप झरेका हुन् ।’ तराई–मधेशलाई हेर्ने ओलीको दृष्टिकोण यति खोटपूर्ण रह्यो कि, उनले तराई–मधेशको भूगोलमा बस्ने जनतालाई भारतको उत्तर प्रदेश र विहारका नागरिकसँग दाँजे । पछिल्लो पटक एमालेकै कारण सप्तरीमा तनाव भयो, जहाँ ६ जनाको ज्यान गयो । यसको मुख्य कारण पनि ओली नै थिए, किन भने त्यसदिन सप्तरीमा गएर ओली नबोलेका भए त्यो घटना हुँदैन्थ्यो भन्ने मिडिया र सुरक्षा निकायको रिपोर्ट बाहिर आइसकेको छ । प्रचण्डले अन्तिमसम्म प्रयास गर्दा पनि ओलीले आफ्नो नेतृत्वको सरकारमा तराई–मधेशको समस्या हल गर्ने र संविधानको स्वीकार्यता बढाउने रोडम्यापमा कुनै प्रति गरेनन् । बाध्य भएर प्रचण्डले ओलीसँगको दोस्ती टुटाए । अझ आलोपालो सत्ता साझेदारीको भद्र सहमतिलाई ओलीले सिधा–सिधा ढाटे । प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली पुरै अनिश्चुक देखिए । परिणाम, ओली–प्रचण्ड ‘दुष्मनी’ र प्रचण्ड–देउवा ‘दोस्ती’ को अबस्था आयो । प्रचण्ड–देउवा ‘दोस्ती’ देउवाका लागि ठूलै भोल्टेजको करेन्ट थियो । त्यतिबेला लागेको करेन्टले एमाले र ओली अहिले पनि घाइते छन् । सहजै बुझ्न सकिन्छ, एमालेले अहिले देखाईरहेको नौंटंकी यसैको परिणाम हो । ‘हाइभोल्टेज पोलिटिकल करेन्ट’बाट घाइते ओलीले प्रचण्डको नेतृत्वमा बनेको अहिलेको सरकारलाई असफल पार्ने एक सूत्रिय नारा बनाए । पूर्वाग्रहीपूर्ण रुपमा निरन्तर असहयोगको नीति लिए र लिईरहेका छन् । संविधान संशोधनका लागि सत्तारुढ काँग्रेस–माओवादी र प्रधानमन्त्री प्रचण्डको पहलमा एमालेको अवरोध मात्र गरिरहेको छ । मधेशबिना पनि चुनाव हुन्छ भनेर सीके राउत प्रवृतिलाई सहयोग पु¥याईरहेका ओलीले काठमाडौं र तराई–मधेशबीचको दूरी बढाउने रसायनका रुपमा काम गरेका छन् । ओलीलाई एउटा कुराको ज्ञान हुनुपर्ने हो, तराई–मधेशका माग सम्बोधन नगर्दा उनले प्रधानमन्त्री हुँदा के–के समस्या भोगेका थिए । प्रचण्ड–देउवा ‘दोस्ती’ देउवाका लागि ठूलै भोल्टेजको करेन्ट थियो । त्यतिबेला लागेको करेन्टले एमाले र ओली अहिले पनि घाइते छन् । सहजै बुझ्न सकिन्छ, एमालेले अहिले देखाईरहेको नौंटंकी यसैको परिणाम हो । ओलीले पनि थाहा पाउनुपर्ने हो, उनले नौ महिनामा किन चुनाव गराएनन् ? नयाँ संविधान आएपछि भारतले नाकाबन्दी ग¥यो । सिंगो देश र सबै जनताले त्यसको विरोध गरे । संयोगले ओली प्रधानमन्त्री थिए । यसकारण ओली ‘परिस्थितिजन्य राष्ट्रवादी’ हुन् । उनको डिएनएमा कति पनि राष्ट्रवादको मात्रा छ भन्नेमा सबै राजनीतिक व्यक्तिलाई शंका छ । ‘परिस्थितिजन्य राष्ट्रवादी’ को फेरो समातेर ओली अहिले रमारहेका छन् । उनी र उनको पार्टीले यो भुलेको छ कि, त्यो नाराले देश जोड्दैन । बरु तराई–मधेश र पहाडबीचको दूरी बढाउँछ । सीमान्तकृत समुदालाई अधिकार दिन हुन्न भन्ने एमालेको चरम दक्षिणपन्थी सोच छ । तै पनि ओली महाशय, एक्लै नाचेका छन् । अपेक्षा थियो कि, हालै वैंकक पुगेर उपचार गरेर आएपछि बस्तुगत धरातलमा आउनेछन् । तर, दूर्भाग्य ओली सुध्रिएनन् । ओलीको यो ‘परिस्थितिजन्य राष्ट्रवादी’ सोचलाई तराई–मधेशको आँखाले ‘बिखण्डनकारी राष्ट्रवाद’ का रुपमा हेरिरहेको छ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेपछि अपेक्षा गरिएको थियो कि, एमालेले अव जिम्मेवार राजनीतिक कदम चाल्नेछ । र, त्यसको जगमा देशले निकाश पाउनेछ । सरकार चुुनावी तयारीमा लाग्यो । मधेशी मोर्चालाई सहभागिता गराउने प्रयास ग¥यो । यसैको परिणाम थियो–मंसिर १४ गते आएको संसोधन प्रस्ताव । ओलीले यसलाई स्वीकारेनन् । हरसम्भव प्रयास गर्दा पनि एमालेको असहयोग रह्यो । अन्तत सरकार विपक्षीको सहमतिविना अगाडि बढेन । संसोधन प्रस्ताव फिर्ता भयो । सरकारले नयाँ प्रस्ताव बनायो । यो पनि एमाले र ओलीलाई मन परेन । संसद अवरुद्ध पार्यो । एमालेको नाटक सवैले देखे । तराई–मधेशका माग सम्बोधन र सबै असन्तुष्टलाई संविधानको स्वीकार्य गराउन कोशिस गरिरहेको सरकारलार्इ ओलीजी ‘धुव्रे हात्ती’ भन्छन् । सबै घटनाक्रम र एमालेको उपद्रोलाई नियाल्ने हो ‘धुव्रे हात्ती’ सरकार होइन् बरु कमरेड केपी हुन् भन्न कुनै कठिनाई छैन् । एमालेकै कारण फेरि बल्ल बल्ल चुनावी प्रक्रियामा आउँदै गरेका मधेशवादी दललाई बाहिर लैजाने काम हुन थालेको छ । मधेशी पार्टीले स्थगन गरेका आन्दोलनका कार्यक्रम ब्युताउँने धम्की दिएका छन् । बालुवाटार पुगेर प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । एमालेले रमाइलो मानेको छ । एमाले र ओलीले यो कुरामा ध्यान दिएका छैनन् कि, देशमा एमालेले चाहेर मात्र सवै हुँदैन् । प्रचण्ड र देउवा मधेशी दलविना चुनावमा जाने जोखिम मोलेनन् भने ओली के गर्छन ? एमालेसँग यसको उत्तर के छ ? एमाले अहिले सरकारबाहिर छ । उसलाई सत्तामा फर्कन निकै हतार छ । स्थानीय तह हुँदै केन्द्रको सत्तामा जाने एमालेको रोडम्याप छ । यसै पनि एमालेका लागि सत्ता अक्सिजन हो । लामोसमय एमाले सत्ताबाहिर बस्न सक्दैन । आफ्नो हितका लागि पनि चुनावी वातवरण बनाउनु एमालेका लागि लाभदायक छैन् । एमाले र ओली अहिले उल्टो बाटोमा देखिन्छन् । सले प्रश्न उठाउँछ, के एमाले साच्चिकै चुनावको पक्षमा छ ? कहिले बजेटको लफडा, कहिले दूई चरणको चुनावको विरोध गरेर एमालेले चुनावका लागि सकरात्मक भूमिका खेलेको छ भनेर कसरी विश्वास गर्ने ? ओली कमरेडलाई अरु धेरै चिन्ता छैन् । हरेक दिन नयाँ उखान उनको विशेषता नै भयो । हालै मात्र ओलीले संसदमा गएर रमाइलो भाषणा गरे । भाषणमा उनले अहिलेको सरकारलाई ‘धुव्रे हाती’ पनि भन्न भए । तराई–मधेशका माग सम्बोधन र सबै असन्तुष्टलाई संविधानको स्वीकार्य गराउन कोशिस गरिरहेको सरकारलार्इ ओलीजी ‘धुव्रे हात्ती’ भन्छन् । सबै घटनाक्रम र एमालेको उपद्रोलाई नियाल्ने हो ‘धुव्रे हात्ती’ सरकार होइन् बरु कमरेड केपी हुन् भन्न कुनै कठिनाई छैन् । लेखक माओवादी निटक विद्यार्थी संगठनका उपाध्यक्ष हुन् ।

ईन्टरनेशनल कर्पोरेट ब्याटमिन्टनको उपाधी बम र चन्दको जोडीलाई

लोकेश धामी, कैलाली अन्नपुर्ण ईन्टरनेशनल कर्पोरेट ब्याडमिन्टन पुरुष डबल्सको उपाधी कैलालीका राजेन्द्र बम र प्रकाश चन्दको जोडीले चुमेको छ । सोमबार विहान धनगढी रंगशालामा भएको फाईनलमा बम र चन्दको जोडीले कैलालीकै सुनिल श्रेष्ठ र दिलीप देउबाको जोडीलाई २१–१२ र २१–१० को सोझो सेटमा पराजित गर्दै क्षेत्रीय च्याम्पीयन बनेको हो । राजेन्द्र बम नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक हुन भने दिलिपसिह देउवा नेपाल प्रहरीका डिएसपी हुन । यस्तै पुरुष सिंगल्स तर्फ कैलालीका देवराज राना क्षेत्रीय च्याम्पीयन भएका छन । उनले कन्चनपुरका गोकुल जोरालाई २१–१८ र २१–१२ को सोझो सेटमा पराजित गरेका हुन । यता महिला सिंगल्समा कैलालीकी प्राथना देउबा क्षेत्रीय च्याम्पियन बनिन् । निक्कै नै प्रतिस्पर्धात्मक फाईनल खेलमा देउबाले कैलालीकै अम्बिका मल्ललाई हराईन् । पहिलो सेट २२–१९ ले जितेकी प्राथनाले दोस्रो सेट १९–२१ ले गुमाएकी थिईन् । तर तेस्रो सेटमा २२–२० को संघर्षपूर्ण जित निकाल्दै प्रार्थना क्षेत्रीय च्याम्पिएन बन्न सफल भईन् । प्रतियोगिताका सबै विजेता र उपविजेताले असारमा काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता जनाउने अवसर पाएका छन् । जहाँ १४ देशका खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताका विजयी खेलाडिहरुलाई प्रमुख अथिति तथा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, कैलालीका प्रहरी उपरिक्षक अर्जुन चन्द, शसस्त्र प्रहरी सीमा सुरक्षा बल धनगढीका एसपी गणेश संग्रौला, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेमबहादुर मल्ल लगायतले नगद पुरुस्कार, प्रमाणपत्र प्रदान गर्नुभएको थियो । अन्नपुर्ण पोष्टका कैलाली सम्बाददाता शिबराज भट्टको अध्यक्षतामा भएको समापन समारोहमा अन्नपुर्ण नेटवर्कका क्षेत्रीय संयोजक मनोज बस्नेतले, सहभागि खेलाडि, अथिति, खेल प्राविधिक, स्वयम सेवक र सहभागि सबैलाई धन्यबाद दिनुभएको थियो ।

माकुराले एक वर्षमा मान्छेले जति नै मासु खान्छ

चैत २ । हेर्दा सानो सानो देखिने माकुरा तर त्यसले एक वर्षमा मान्छेले खाने जति नै मासु खान्छ भनेको सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर माकुराले एक वर्षमा ४० करोडदेखि ८० करोड टनसम्म किरा फट्याङ्गा खाने गरेको एक अध्ययनले देखाएको छ । साइन्स अफ नेचरमा प्रकाशित समाचार अनुसार अनुसन्धानले माकुराले एक वर्षमा मानिसले खाने माछा मासु जति नै किरा फट्याङ्गा खाने गरेको पाइएको छ । मुख्य अनुसन्धानकर्ता डाक्टर मार्टि नेफरले गएको चार दशकमा संकलन गरेको तथ्यांकको आधारमा माकुराले खाने किरा फट्यांग्राको तौलका बारेमा प्रतिवेदन तयार पारेको बताएका छन् । उनका अनुसार संसारभर रहेको माकुराको तौल २ करोड ५० लाख टन रहेको छ भने यसले वर्षमा ४० देखि ८० करोड टन किरा फट्याङ्ग्रा खान्छन् । यो अनुसन्धानले खाना चक्रमा माकुराको भूमिकाको महत्वबारे जनचेतना जगाउन सहयोग पुग्ने उनको भनाई छ ।

नेपालको पहिलो विकेट गुम्यो, धमला क्याच आउट

काठमाडौं, फागुन २८ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेलमा नेपालको पहिलो विकेट पतन भएको छ । त्रिवि मैदान किर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले पाँच ओभरको खेल सकिँदा एक विकेट गुमाई २१ रन जोडेको छ । ओपनिङ व्याट्स्म्यान सुनिल धमला व्यक्तिगत तीन रन बनाइ क्याच आउट भए । ओपनिङ व्याटिङमा रहेका कप्तान ज्ञानेन्द्र मल्ल १७ रन बनाइ खेलिरहेका छन् ।

यस कारण भएन ठुला क्याम्पसमा स्ववियु चुनाव

काठमाडौं, फागुन १९ । बुधबार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका साना आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमहरुमा स्ववियु निर्वाचन सम्पन्न भयो । त्रिविका प्राय : सबै ठूला क्याम्पसमा भने तालाबन्दी छ । धेरैजसो तालाबन्दी २८ वर्ष कटेका र स्ववियु अध्यक्षका आकांक्षी रहेका विद्यार्थी नेताहरूको पहलमा भएको छ । त्रिविले स्ववियु नियममा २८ वर्ष माथिकाले उम्मेदवार हुन नपाउने व्यवस्था गरेपछि त्यसको विरोधमा सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्च अदालतले रिटको किनारा लगाएको छैन । त्यसैले अदालतबाट आफ्नो पक्षमा फैसला आउने आशामा नेताहरूले तालाबन्दी गराएका छन् । यस कारण भएन ठुला क्याम्पसमा स्ववियु चुनाव त्रिवि केन्द्रीय क्याम्पस किर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसमा आठ विद्यार्थी संगठनले गरेको तालाबन्दीका कारण बुधबार हुने भनिएको स्ववियु निर्वाचन हुन सकेन । एक साता यता मतदाता नामावलीको विषयलाई लिएर विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । जसकारण बुधबार चुनाव हुन सकेन । त्रिचन्द्र क्याम्पस काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा नेविसंघले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन । विद्यार्थीको माग छलफलबाट टुंग्याउने भनिए पनि क्याम्पस प्रशासनले त्यसमा चासो नदेखाएका कारण नेविसंघ लगायतका विद्यार्थी संगठनले तालाबन्दी गरेका थिए । महेन्द्ररत्न क्याम्पस ताहाचलस्थित महेन्द्ररत्न क्याम्पस ताहाचलमा नेविसंघ र अखिल क्रान्तिकारी विप्लबले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन । पाटन संयुक्त क्याम्पस ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा पनि तोकिएको मितिमा स्ववियु चुनाव हुन सकेन । वैद्य, विप्लब र नयाँ शक्तिनिकट विद्यार्थी संगठनले गरेको तालाबन्दीका कारण चुनावी प्रक्रिया अघि बढ्न नसकेपछि निर्वाचन समितिले चुनावी कार्यक्रम स्थगित गरेको थियो । नेपाल कमर्श क्याम्पस मिनभवन स्थित नेपाल कमर्श क्याम्पसमा विद्यार्थी संगठनहरु विभिन्न माग राख्दै आन्दोलनमा उत्रेका थिए । निर्वाचन समितिले उनिहरुका माग सम्बोधन गर्न प्रयास गरे पनि सहमति नजुटेपछि बुधबारको चुनाव हुन सकेन । पद्मकन्या क्याम्पस बागबजारस्थित पद्मकन्या क्याम्पसमा तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले गरेको तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन । सैद्धान्तिक परीक्षा दिए लगत्तै निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोध गर्दा उनीहरूले ताला लगाएका हुन् । विश्वभाषा क्याम्पस प्रदर्शनी मार्गस्थित विश्वभाषा क्याम्पसमा पनि तालाबन्दीका कारण स्ववियु चुनाव हुन सकेन । सो क्याम्पसमा वैद्य र विप्लव निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी खारेज गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेका थिए । रत्नराज्यलक्ष्मी क्याम्पस आरआर क्याम्पसमा पनि स्ववियु चुनाव हुन सकेन । नेविसंघ लगायतका केही संगठनले विभिन्न माग राख्दै सो क्याम्पसमा तालाबन्दी गरेका थिए । नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग स्थित नेपाल ल क्याम्पसमा विद्यार्थी संगठनले विभिन्न माग राख्दै क्याम्पस प्रशासनमा तालाबन्दी गरेपछि चुनाव समितिले गत आईतबार चुनाव स्थगित गरेको थियो । अस्कल क्याम्पस सोह्रखुट्टेस्थित अस्कल क्याम्पसमा भर्नाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएपछि स्ववियु चुनाव हुन नसकेको हो । सरस्वती बहुमुखी क्याम्पस सरस्वति बहुमुखी क्याम्पस सोह्रखुट्टेमा अनेरास्ववियुको तालाबन्दीका कारण बुधबार स्ववियु चुनाव हुन सकेन । सो क्याम्पसमा बिबिएममा अध्ययनरत विद्यार्थीले मतदान गर्न पाउनुपर्ने माग राख्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो । पशुपति बहुमुखी क्याम्पस चावहिल स्थित पशुपति बहुमुखी क्याम्पसमा नेविसंघ, वैद्य र विप्लब निकट अखिल क्रन्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले गरेको तालाबन्दीका कारण बुधबार स्ववियु चुनाव हुन सकेन । पब्लिक युथ क्याम्पस सैद्धान्तिक परीक्षा सकिएसँगै विद्यार्थीको स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थीहरुले गरेको तालाबन्दीका कारण बुधबार पब्लिक युथ क्याम्पसमा स्ववियु चुनाव हुन सकेन । ललितकला क्याम्पस अनेरास्ववियुले गरेको तालाबन्दीका कारण ललितकला क्याम्पसमा पनि स्ववियु चुनाव हुन सकेन । देशभरीका ठुला क्याम्पसमा चुनाव नहुने भएपछि ललितकलामा गर्नुको औचित्य नभएको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको थियो । बाल्मिकी क्याम्पस बाल्मिकी क्याम्पसमा विद्यार्थीले निर्वाचित व्यक्तिको पदावधी २ वर्ष नै हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रेपछि चुनाव स्थगित भएको हो । रत्नराज्य र शंकरदेवमा २३ फागुनमा धेरै मतदाता रहेका रत्नराज्य र शंकरदेव क्याम्पसमा २३ फागुनमा स्ववियु चुनाव हुने भएको छ । क्याम्पस प्रमुख डा. निर्मलाकुमारी सुवालले सूचना निकालेले चुनावबारे जानकारी गराएकी हुन् । पूवर्गठित निर्वाचन समितिले नै चुनाव गर्ने उनले जनाएकी छिन् । यसअघि १८ फागुनमा हुने भनिएको चुनाव तालाबन्दी तालाबन्दी, झडप र आगजनीका कारण स्थगित भएको थियो । विद्यार्थीले प्रशासनमा तालाबन्दी गरेका कारण क्याम्पसको लेटरप्याडमा विज्ञप्ती जारी गर्न नसकिएको बताइएको छ । नेविसंघ, अखिल क्रान्तिकारी विप्लव, अखिल क्रान्तिकारी बैद्य, संघीय समाजवादी फोरम, नयाँ शक्ति, अखिल (छैठौं) लगायतले क्याम्पसमा तालाबन्दी गरेका छन् । शंकरदेव क्याम्पसमा २३ फागुनमा स्ववियु चुनाव गर्ने सर्वपक्षीय सहमति भएको छ । क्याम्पस प्रमुख कृष्ण आचार्यका अनुसार सर्वपक्षीय सहमति भएर नया“ कार्यतालिकासमेत सार्वजनिक भएको छ । १८ फागुनमा उम्मेदवारी मनोनयन गर्ने, १९ फागुनमा दावी विरोध सहित अन्तिम नामावली प्रकासित गर्ने कार्यक्रम छ । केहि विद्यार्थी संगठनले सर्वपक्षिय छलफलमा नया“ मतदानको मितिमा सहमति गरेर बाहिर निस्केपछि त्यसको बिरोध गरेका छन् । यो खबर आजको नयाँ पत्रिकामा  छ ।

नयाँ शक्तिको खबरदारी : एमालेको आन्दोलन ‘पिसाबको न्यानो’ मात्रै

काठमाडौं, पौष १५ । नयाँ शक्ति नेपालले प्रतिगामी शक्तिलाई सहयोग गर्दा त्यसले क्षणिक स्वार्थ पुरा भएपनि कालान्तारमा ठूलो हानी गर्ने भन्दै प्रतिपक्षी एमालेलाई खबरदारी गरेको छ । पार्टीका संयोजक बाबुराम भट्टराईले एक विज्ञप्ती जारी गर्दै भट्टराईले संविधानमा छुट्न गएको विषयलाई समावेश गरेर अघि बढ्नु पर्नेमा केही राजनीतिक दलका नेता अझ पछि हट्न खोजिरहेकोमा चिन्ता व्यक्त गरेका छन् । “निराश भएर प्रतिगामी शक्तिलाई सहयोग गर्दा भोली सबैलाई ‘न्याउरी मारी पछुतो’ हुन्छ” भट्टराईले भनेका छन्, “हिजोका आफ्नै प्रतिबद्धताबाट पछि हट्ने दुस्साहस कसैले पनि नगरौं, यसले कसैको क्षणिक स्वार्थ त पुरा गर्ला तर त्यो कालन्तरमा पिसाबको न्यानो सिद्ध हुने छ” लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताउँदै भट्टराईले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर संविधान संशोधन मार्फत संविधानमा रहेको अपूर्णतालाई विगतका सहमति, सम्झौता र निर्मित आधारहरुका आधारमा तत्काल पूर्णता दिन आग्रह गरेका छन् । आर्थिक विकास र समृद्धिको यात्राका लागि स्थीर सरकार हुनु अत्यावश्यक रहेकोमा जोड दिँदै भट्टराईले छ । राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र विविधताको सहभागिताका लागि पूर्ण समानुपातिक संसद् नै संसदीय व्यवस्थाको उत्तम विकल्प रहेको जिकरि गरेका छन् । विज्ञप्तीमा भट्टराईले संविधानमा राज्य पुनस्संरचनाको एउटा मुख्य पाटो शासकीय स्वरुप पनि उही पुरानै असफल सिद्ध र अस्थीर राजनीतिको कारक संसदीय व्यवस्था नै कायम हुन पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । “आर्थिक विकास र समृद्धिको यात्राका लागि स्थीर सरकार हुनु अत्यावश्यक छ । राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासन प्रणाली र विविधताको सहभागिताका लागि पूर्ण समानुपातिक संसद् नै संसदीय व्यवस्थाको उत्तम विकल्प हो ।” उनको ठहर छ ।

मोबाइलमा नेटवर्क टिपाउन चार घण्टा हिंड्नुपर्ने

जाजरकोट,  मङ्सिर २२। यहाँको जुम्लाको सिमानासँग जोडिएको रोकायगाउँको पारामुल्साम र मुलसामका स्थानीयवासी फोन गर्न चारघन्टा हिँड्नुपर्ने बाध्यता रहेको छ । जिल्लाको अति विकट बस्ती मध्येमा पर्ने यी दुई गाउँका स्थानीयवासीले देशमा जुन व्यवस्था आएपनि आफूहरुलाई छुन नसकेको बताउने गरेका छन् । रोकायगाउँ–१ र २ पर्ने यी दुई गाउँका स्थानीयवासी चारघन्टा हिँडेर रम्सिल आएर फोन गर्ने गरेको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले बताए। आफूले फोन गर्न खोजेमा चारघन्टा हिँडेर फोन गर्ने, तर बाहिरबाट फोन आउने कुरा बन्द हुने गरेको उनले बताए । दिनभरि त्यहीँ बसिरहने कुरा भएन ? चार घन्टा हिँडेर पनि नायकवाडाको रतनकोटको स्काई टावरले बिहान र वेलुका काम गर्दैन, दिउँसो मात्र काम गर्ने भएकाले निकै तनाव हुुने गरेको स्थानीयवासी नीमबहादुर शाहीले बताए । जिल्लाको भगवती, दह, मोर्क लगायतका ठाउँमा टेलिफोनको निकै समस्या हुने गरेको छ । फोनको समस्याबारे सबैलाई जानकारी गराए पनि सुनुवाइ नभएको स्थानीयवासीको आरोप छ । रासस

प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सांसदहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। सोमबार अपराह्न १ बजेबाट सुरु भएको बैठकमा प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिन लागेका छन्। उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ। गत असार ३० गते चौथो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको सांसदसँग यो पहिलो प्रश्नोत्तर हो।