सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य नगर्न मन्त्रिपरिषद्को गृहलाई निर्देशन
काठमाडौं । मन्त्रिपरिषद बैठकले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र बनाउन नपर्ने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले बाढीपहिरोले गर्दा असहज परिस्थिति सिर्जना भएकोले तत्कालका लागि सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने गरी पहल लिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य भनेपछि विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयमा बृद्धबृद्धा सेवा लिन पुगेका थिए।
‘सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय भएकोमा मुलुक विभिन्न स्थानहरूमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचय पत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि पत्र आवश्यक नपर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ,’ उनले भनिन्।
सरकारले पहिलो चरणमा देशका २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचय पत्र अनिवार्य रूपमा बनाउनुपर्ने बताएको थियो। प्रशासन कार्यालयहरूमा भिड बढेपछि गृहले कर्मचारीसमेत थपेको थियो।
सही कामका लागि आदेश नकुर्न नेपाल प्रहरीलाई गृहमन्त्रीको अपिल
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काममा संलग्न जो कोहीलाई कारबाही गर्न आदेश नकुर्न नेपाल प्रहरीलाई अपिल गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई अपिल भन्दै सही काम गर्नका लागि कुनै आदेश कुर्न नपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘देशको कुनै पनि भागमा कुनैपनि व्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल (पार्टीवाला होइन, देशवाला)’
यस्ता छन् नवनियुक्त मन्त्रीहरूका पहिलो निर्णय
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले बुधबार पदबहाली परेका छन् । राष्ट्रपति निवासमा शपथ ग्रहण गरे लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनीहरुले पहिलो निर्णय गरेका हुन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा देखिएका समस्या र सडकसम्बन्धी पूर्वाधार निर्माणमा भएको ढिलाइबारे अध्ययन गर्न सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका छन् । १५ दिनभित्र सुुझावसहितको प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिइएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले नारायणकाजी श्रेष्ठले नेपाल र डोमेनिकन रिपब्लिकबीच द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने पहिलो निर्णय गरेका छन् । अर्थमन्त्री वर्षमान पुनले हरित जलवायु कोष (जिसिएफ)को ‘कन्ट्री प्रोग्राम’अन्तर्गत पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने, हरित जलवायु कोषमार्फत सञ्चालन हुने आयोजनालाई दिगो र पूर्वाधारयुक्त बनाउन सम्बन्धित विषयगत मन्त्रालय र दातृ निकायलाई मार्गनिर्देश गर्ने, जलवायु कोषहरूबाट प्राप्त हुने स्रोत (अनुदान तथा सहुलियतपूर्ण सहायता) लाई मिलाई गरी सरकारी तथा निजी क्षेत्रलाई समेत परिचालन गर्ने निर्णय गरेका छन् । ‘अर्थतन्त्रमा संकट नै होइन । चलायमान कम भएको हो, खास–खास क्षेत्रमा । चुनौती छन् । प्रधानमन्त्रीजीले मुख्य कामका रूपमा खासगरी आर्थिक समृद्धि, सुशासन, सामाजिक न्याय कायम गर्ने प्राथमिकता निर्धारण गर्नुभएको छ । नयाँ सहकार्यले त्यसैलाई नै आत्मसात् गरेको छ’, पुनले भने । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले मन्त्रालयको जनरल नेटवर्क एक्सेस फ्रेमवर्कको अधीनमा रहेर विस्तृत रूपमा जनरल नेटवर्क एसेससम्बन्धी निर्देशिका तयार गर्ने निर्णय गरेका छन् । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले क्षमता विकाससँग सम्बन्धित तालिमका लागि सेनाका अधिकृतलाई जर्मनी पठाउने पहिलो निर्णय गरेका छन् । सञ्चारमन्त्री रेखा शर्माले नेपालमा ब्यान्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे)को सम्भावना अध्ययनका लागि समिति गठन गर्ने निर्णय गरेकी छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सुर्खेतको कालिका माविका लागि ६ रोपनी वनको जग्गाको भोगाधिकार र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनका लागी राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरेका छन् । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरेकी छन् । मन्त्रालयले गत आवदेखि सञ्चालन गरेको यो परियोजनाको कार्यान्वयनबाट पहाडी तथा हिमाली क्षेत्रमा १० हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती विस्तार गर्ने योजना बनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले एकद्वार प्रणालीबाट श्रमिकको समस्या सुन्न प्रभावकारी कल सेन्टर स्थापना गर्ने । र, मलेसियासँगको श्रम सम्झौता नवीकरणका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हवाई नीति–२०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयअन्तर्गतका सातवटा महाशाखा र विभिन्न निकायमा रहेका कर्मचारीको दरबन्दी नबढ्ने गरी समायोजन गर्न सुझावसहितको अध्ययन गरी प्रतिवेदन तयार गर्ने पहिलो निर्णय गरेका छन् । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीहरूलाई खेल मैदानसँग जोडिरहन, मनोबल बढाउन र खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न, राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यावसायिक बनाउन तालिका क्यालेन्डरसहितको कार्ययोजना बनाई समन्वयात्मक रूपमा कार्यान्वयन गर्न खेलकुद विकास ऐन २०७७ को दफा ५१ बमोजिम राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिने निर्णय गरेका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली युवालाई नेपालमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न त्रिभुवन विश्वविद्यालयलगायत संघीय कानुनअन्तर्गत स्थापना तथा सञ्चालनमा रहेका मौजुदा तेह्रवटा विश्वविद्यालयमध्ये एघारवटा विश्वविद्यालयमा रहेको कुलपति तथा सहकुलपतिको व्यवस्थालाई समसामयिक रूपमा परिमार्जन गरी विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्याक्तित्वबाट हुने गरी कानुनी प्रवन्ध गर्न आवश्यक भएकाले मौजुदा विश्वविद्यालयसम्बन्धी ऐन तथा उच्च शिक्षासम्बन्धी कानुनमा सोही बमोजिमको सुधार गर्न आवश्यक व्यवस्थाका लागि प्रारम्भिक काम कारवाही अगाडि बढाउने निर्णय गरेकी छन् ।
आफ्नो राजनीतिक अभिभावक नभुल्न आदिवासी जनजातिलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति समुदायले आफ्नो वास्तविक राजनीतिक अभिभावक को हो भन्ने विषय भुल्न नहुने बताएका छन् । आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्रीले आदिवासी जनजातिलाई आफ्नो नेतृत्वबारे अन्यौल नहुन सुझाव दिए। आफ्नो राजनीतिक नेतृत्व चिन्न नसके प्राप्त अधिकार रक्षा गर्न कठिनाई हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “जुन राजनीतिक शक्ति र नेतृत्वले पहिचान र अधिकारको मुद्दा उठायो, त्यसका पक्षमा दृढथतापूर्वक सङ्घर्ष गर्यो, निकै ठूलो वैचारिक बहस र कानुनी लडाइँमा विजय हासिल गरेर ती अधिकारहरू संविधानमा लिपिवद्ध गर्यो, त्यो शक्ति र नेतृत्वलाई चिन्न सकिएन भने प्राप्त अधिकार रक्षामा प्रश्न खडा हुन्छ ।” इतिहासका अनुभवले क्रान्ति र परिवर्तनको नेतृत्व गर्ने शक्ति र नेतृत्वको रक्षा गर्न सकिएन र विचार, राजनीति र सङ्गठनमा उसको वरिपरि गोलबन्द सकिएन भने प्रतिक्रान्तिकारी शक्तिले टाउको उठाउने भएकाले त्यसतर्फ ध्यान दिन प्रधानमन्त्रीले आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले राजनीतिक रूपमा पहिचान र अधिकार नरूचाउने शक्तिहरूमा आवद्ध हुने तर अधिकारको माग परिवर्तनकारी शक्तिसँग गर्ने विरोधाभाषबाट माथि उठ्न सल्लाह दिए। समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरेको वर्तमान संविधान कसरी रक्षा गर्न सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “संविधानलाई थप सुदृढ गर्न सकिन्छ, यसको प्रगतिशील कार्यान्वयन गर्न सकिन्छ र थप अधिकारका निम्ति वैधानिक मोर्चाबाट पहल लिनुपर्छ ।” स–साना स्वार्थहरू त्यागेर बृहत्तर हितका पक्षमा संगठित हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले आदिवासी जनजातिहरूको बृहत एकता र सही नीति, विचार र नेतृत्व छनोट गर्नपछ भन्नुभयो । संसद् र नीति निर्माणको तहमा परिवर्तनकारी शक्ति कमजोर हुँदा परिवर्तनका मुद्दामाथि प्रतिगामी शक्तिहरूबाट बारम्बार हमला हुने भएकाले त्यसतर्फ सचेत रहन प्रधानमन्त्रीले आग्रह गरे।
६ सय आरोही चढे सगरमाथाको चुचुरोमा, उठ्यो ७६ करोड ५७ लाख रोयल्टी
काठमाडौं । संसारका विभिन्न मुलुकका ६ सय आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेसँगै यस वर्षको आरोहण सकिएको छ। सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति दिएको थियो । त्यसमध्ये शनिवारदेखि सगरमाथा आरोहण सकिएको छ भने अन्य हिमाल आरोहण अझै पूरा भएको छैन । हिमाल आरोहण गर्न अनुमति दिएवापत यो वर्ष ७६ करोड ५७ लाख रुपैयाँ रोयल्टी उठेको छ। पर्यटन विभागका अनुसार यो वसन्तयाममा सगरमाथासहित २८ हिमालबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो। सन् २०२२ मा ४७ हिमाल आरोहणबाट ५३ करोड ३५ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो। यस्तै, सन् २०२१ मा ४९ करोड रुपैयाँ संकलन भएको थियो । यस वर्ष हिमाल आरोहण गर्ने आरोहीको संख्या बढेसँगै रोयल्टी पनि धेरै उठेको विभागले जनाएको छ। यस वर्ष २८ हिमाल आरोहणका लागि ८० देशका ११ सय ७६ जनाले अनुमति लिएका थिए। यसमध्ये २ सय ७७ महिला र ८ सय ९९ पुरुष थिए। अघिल्ला दुई वर्ष को भिड १९का कारण हिमाल आरोहणमा जानेको संख्यामा कमी आएको थियो। सन् २०२२ देखि भने आरोहण गर्नेको संख्यामा वृद्धि भएको हो । सबैमा सगरमाथा अगाडि सरकारले २८ वटा हिमाल आरोहणका लागि अनुमति दिए पनि रोयल्टीदेखि आरोहण गर्ने संख्यालगायत सबैमा सगरमाथा अगाडि रहेको छ । यो वर्ष उठेको कुल रोयल्टीमध्ये सर्वोच्च शिखर सगरमाथाको मात्र ६६ करोड ६४ लाख रुपैयाँ छ। सगरमाथा आरोहणका लागि ६५ मुलुकका ४७ समूहका ४ सय ७८ जनाले अनुमति पाएका थिए। त्यसमध्ये ३ सय ७६ पुरुष र १ सय २ जना महिला थिए। विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीको संख्या हालसम्मकै उच्च हो । सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ। नेपालीले भने प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ तिरे पुग्छ । सगरमाथा आरोहणका लागि अनुमति लिनेहरु यो वर्ष ७० वर्षयताकै धेरै भएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले बताए। उनका अनुसार यो सिजनमा हालसम्मकै उच्च रोयल्टी संकलन भएको छ । विगतमा ६० करोडसम्म रोयल्टी जम्मा भएको थियो । यो कारोबार दैनिकमा आज प्रकासित समाचार हो ।
कोइलाखानी विवाद हिंसामा परिणत हुँदा १६ जनाको ज्यानगयो
एजेन्सी । पाकिस्तानको कोहट कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा १६ जनाको मृत्यु भएको छ । खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप हुँदा १६ जनाले ज्यान गुमाएको एआरवाई न्युजले जनाएको छ । पहाडी समुदायका दुई जातिबीचको विवाद हिंसामा परिणत हुँदा १४ जनाको घटनास्थलमा र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको कोहट प्रहरी कार्यालयका प्रवक्ताले बताएका छन् । बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद जारी छ । दुवै पक्षले आफ्नो अडान नछाडेपछि दुःखद घटना भएको प्रहरीले जनाएको छ । झडपबारे जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी घटनास्थल पुगेका तथा स्थितिलाई नियन्त्रणमा लिइएको एआरवाईको समाचारमा उल्लेख छ ।
राष्ट्र र जनताको समृद्धिका लागि सिर्जनशील सामग्री उत्पादन र प्रकाशनमा जोड दिनुपर्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रको उत्थान र जनताको समृद्धिका लागि पत्रकारिताको माध्यमबाट सिर्जनशीलरुपमा सामग्री उत्पादन र प्रकाशनमा अझै मेहनत गर्न सञ्चारकर्मीलाई आग्रह गरेकी छिन् । गोरखापत्र दैनिकको १२३ औं तथा गोरखापत्र संस्थानको ६१ औं वार्षिकउत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले पत्रकारिता मार्फत सरकार र आमजनताका बिचमा सम्बन्धको जोड्ने काम गर्नु पर्ने बताउँदै पत्रकारिताका आधारभूत मूल्य मान्यतालाई आत्मसात गर्दै समग्रमा राज्यलाई नीति नियमलाई जनताबिच लैजानुको साथै जनताका आवश्यकता राज्यसम्म पुर्याउने काममा यसले आफ्ना उत्पादनहरु केन्द्रित गर्नुपर्ने आवश्यकता औल्याइन । मन्त्री शर्माले भनिन्, गोरखापत्र र संस्थानका अन्य प्रकाशन भावी पुस्ताका बौद्धिक सम्पत्ति हुन् । तिनको संरक्षणका लागि संस्थानले पुराना प्रकाशनको विद्युतीय अभिलेखीकरण गर्न सुरु गरेकोमा खुशी लागेको छ । यसलाई आम्दानी वृद्धिको स्रोत बनाउनतिर ध्यान दिन आग्रह गर्दछु । अहिलेको प्रतिस्पर्धात्मक बजारमा आफूलाई अझ् खरो रुपमा उतार्न यो संस्थाले अझ् जिम्मेवार, व्यवसायिक तथा विश्वसनीय भएर आफूलाई प्रस्तुत गर्नुपर्छ । त्यसका लागि म फेरि पनि दोहोर्याएर भन्न चाहन्छु– आन्तरिक ब्यवस्थापन बलियो बनाउनुपर्छ । यसमा कार्यरत सबै जनशक्तिलाई संस्थानप्रति अपनत्व कायम गराएर एकताबद्धता बनाउँदै परिचालन गर्न सक्नुपर्छ । उनले सूचना तथा सञ्चार प्रविधिको विकासले यसलाई विधागत र प्रविधिगत आधारमा अझ फराकिलो दायरामा विस्तार गरेको बताइन । मन्त्री शर्माले भनिन, नेपालमा अखबारी पत्रकारिता आरम्भ गरेको यस पत्रिकाको इतिहास जति गौरवशाली छ, वर्तमान र भविष्यमा त्यो प्रतिष्ठा कायम राख्नु चुनौतीको विषय हो । बजारमा प्रतिष्पर्धी मात्र होइन, अगुवा पत्रिकाको रुपमा स्थापित गर्न आन्तरिक व्यवस्थापन सवल बनाउन जरुरी छ । आर्थिक र जनशक्ति व्यवस्थापन दुबै हिसाबले आन्तरिक व्यवस्थापन सवल बनाउन सके गोरखापत्र संस्थानको भविष्य उज्यालो हुने उनको भनाई छ । मन्त्री शर्माले संस्थानको पुनरसंरचना जरुरी रहेको भन्दै गोरखापत्र संस्थानको संरचना गत अवस्था र यसको व्यवस्थापकीय पक्षको गहिरो अध्ययन गरी भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, बजारको अवस्था र प्रतिफलको लेखाजोखा गर्नुपर्नेमा जोड दिइन । भूकम्पबाट क्षतिग्रस्त पुरानो मूल भवनको पुनरनिर्माण तथा लामो समयदेखि अल्झिएको बिनियावलीलाई चाँडो टुंगो लगाएर कर्मचारी वृत्ति विकासलाई सुनिश्चित गर्न मन्त्रालयबाट पनि पहल भइरहेको उनको भनाइ छ । मन्त्री शर्माले गोरखापत्र संस्थानमा कार्यरत संचारकर्मी तथा कर्मचारीहरुलाई विश्वासमा लिएर आन्तरिक समस्याका समाधानका लागि प्रभावकारी पहल गर्न व्यवस्थानलाई निर्देशन दिइन ।
शिल्पीमा नेपालको शिक्षा प्रणाली दर्शाउने नाटक ‘ज्ञानको चिहान’
काठमाडौं ।नेपालको शिक्षा प्रणाली दर्शाउने ‘ज्ञानको चिहान’ नामक नाटक गोठाले नाटक घरमा मञ्चन भैरहेको छ । जुन युवा विद्यार्थी अविभावक तथा शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबैले हेर्नुपने नाटक रहेको छ । पुस १३ देखी शिल्पीको गोठाले नाटकघर बत्तिसपुतलीमा मञ्चन सुरु भएको उक्त नाटक ‘ज्ञानको चिहान’ ले विभिन्न राजनीति दलका विद्यार्थी संगठन र क्षमता योग्यताका आधारमा भन्दा पनि राजनीतिक नियुक्ति र भागबण्डामा विश्व विद्यालयका पदाधिकारी तथा प्राध्यापक छनोट हुने चंगुलमा फसेको शिक्षा प्रणालीलाई दर्शाउने काशिस नाटकले गरेको छ । शिक्षामा व्यापारिकरण मौलाएको, विश्वविद्यालयका भवनहरू खण्डहर हुँदै गएको, विश्वविद्यालयकको गुणस्तर खस्किँदै गएको, वैज्ञानिक शिक्षा प्रणालीको विकासमा ध्यान नपुगेको जस्ता कुराहरु जोडदारसँग नाटकमा उठाइएको छ । विश्वविद्यालयमा विद्यार्थी संगठनको आवरणमा हुने गुण्डागर्दी, प्राध्यापकमाथिको अनावश्यक आरोप, सार्वजनिक शिक्षा सुधार गर्न चाहानेहरु एक्लै बनेको जस्ता विषयवस्तु कथाले जीवन्त रुपमा उठान गरेको छ । नाटकले राजनीति आफैमा खराब नहुने कुरालाई जोड दिएको देखिन्छ । विद्यार्थी राजनीतिका केही पात्र र प्रवृतिमा समस्या रहेको उल्लेख गर्दै नाटकले सचेत मान्छेहरु राजनीतिलाई सहि बाटोमा हिडाउन आफैं सक्रिय हुन प्रेरित समेत गरेको छ । साथै, विश्वविद्यालयमा ज्ञानको उत्पादन नभई सप्लाई हुने गरेको भन्ने भाष्य मार्फत नेपालको शैक्षिक प्रणाली माथि निकै तिखो प्रहार गरीएको छ नाटकमा । राष्ट्रिय इस्युहरुमा विश्व विद्यालय बोल्नुपर्ने र देशको मस्तिष्कको रुपमा विश्वविद्यालयले काम गर्नसक्नुपर्ने जस्ता विषयले आम विद्यार्थीको आफ्नै नाटक जस्तो बनेको छ ज्ञानको चिहान । विद्यार्थी संगठनहरूको भागवन्डामा होइन् विभिन्न खोज तथा अनुसन्धानमा केन्द्रित भएर देश निर्माणका लागि मुख्य भूमिका खेल्नुपर्ने नाटकले सन्देश दिन खोजेको छ । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको परिकल्पनामा र अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय शैक्षिक विभागको सहकार्यमा कलासी प्रोडक्सनले नाटक मञ्चन गरेको हो । संगीत सापकोटाले निर्देशन गरेको नाटक ‘ज्ञानको चिहान’लाई पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरेले लेखेका हुन् । नाटक पुस ३० गतेसम्म मञ्चन हुने प्रोडक्सन म्यानेजर सगुन पोख्रेलले जानकारी दिइन् ।
सुनको मूल्य बढेर आज ९७ हजार ८ सय रुपैयाँमा पुग्यो
काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुन र चाँदीको को भाउ ८ सय रुपैयाँले बढेको छ । हिजो बुधबार तोलामा ९७ हजार रुपैयाँ रहेको सुनको मूल्य आज ९७ हजार ८ सय रुपैयाँमा पुगेको छ । यस्तै आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
देशभरिकै उत्कृष्ट बन्यो भीमदत्त नगरपालिका, पायो एक लाख पुरस्कार
काठमाडौं । नगर विकास कोषले भीमदत्त नगरपालिकालाई देशभरमै उत्कृष्ट नगरपालिका छनोट गरेको छ। उत्कृष्ट छनोट भएको नगरपालिकालाई कोषले एक लाख रुपैयाँ नगद पुरुस्कार प्रदान गर्ने भएको छ। कोषको ३२औँ वार्षिकोत्सवका अवसरमा नगद पुरस्कारसहित सम्मान प्रदान गर्ने कार्यक्रम बनाइएको छ। नगर प्रमुख सुरेन्द्र विष्टले नगरवासीको साथ र सहयोगबाट पुरस्कार पाउने अवस्थासम्म पुगिएको बताए। रासस
यूएईमा पनि मनाइयो छैठौँ संविधान दिवस
यूएई : नेपाली दूतावास अबुधाबीले छैठौँ संविधान दिवसको उपलक्ष्यमा दूतावास परिसरमा झन्डोत्तलन गरेको छ । आइतबार एक कार्यक्रमका बीच दूतावासको मुख्य भवनको उच्च तथा अग्रभागमा यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्डोत्तलन गरेका हुन् । झन्डोत्तलन कार्यक्रममा उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर निर्मला थापा, द्वितीय सचिव भुवन ओझा लगायत दूतावासका अन्य कर्मचारी तथा नेपाली समुदाय र सिमित पत्रकारहरुको उपस्थिति रहेकोे थियो । झन्डोत्तलनपछि दूतावासको सभाकक्षमा संविधान दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको सञ्चालन गर्दै उपनियोग प्रमुख धितालले नेपालको हाल लागु संविधानले राजनीतिक स्वतन्त्रता र मौलिक अधिकारको पूर्ण ग्यारेन्टी गरेको र विश्वका गतिशील संविधानमा नेपालको संविधान रहेको बताइन् । संविधानको सम्मान र पालना गर्दै यसलाई रास्ट्रय दिवसको रूपमा पनि मनाउन थालिएको बताउँदै धितालले यही खुसीयालीमा राजदूतको आवासमा तीन दिनसम्म दिपावली गरिएको जानकारी दिइन् । संविधान दिवसको अवसरमा विश्वको अग्लो टावर यूएईको दुबईस्थित बुर्ज खलिफामा नेपाली झण्डा गत वर्षदेखि फहराउन दूतावासले पहल गरेको र दूतावासको पहललाई यूएई सरकारले पनि उच्च सम्मान गर्दै निस्शुल्क उक्त सुविधा प्रदान गरेकोले युएईमा क्रियाशील नेपालीहरूले गौरवको अनुभूति गरेको उनले बताइन् । उनले अबुधाबीस्थित एडनक भवनमा पनि लामो समयसम्म नेपाली झन्डा सेप्टेम्बर १९ को रातमा फहराएको र दुबै स्थानमा नेपाली दूतावासका प्रतिनिधिहरु उपस्थित भएर हजारौं नेपालीसँगै खुसीयाली साटासाट गरेको जानकारी दिइन् । कार्यक्रममा राजदुत ढकालले संविधान दिवसको उपलक्ष्यमा रास्ट्रपति विध्यादेवी भण्डारीले सार्वजनिक गरेको शुभकामना सन्देश वाचन गर्दै नेपालको हाल क्रियाशिल संविधानको लोकप्रियता, व्यापकता र विशेषताबारे प्रकाश पारेका थिए । राजदूत ढकालले यो संविधान विश्वका थोरै उत्कृष्ट संविधानहरुमा पर्ने दाबी गर्दै स्थिरता र राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्न सफल भएको बताए । कोरोनाको कहरका कारण नेपालको महत्त्वपूर्ण दिनलाई सानो आकारमा मनाउनु परेको वाध्यता दर्साउदै राजदूत ढकालले संविधान दिवसको उपलक्ष्यमा यूएईमा कार्यरत सबै नेपालीहरुलाई सुख, शान्ति तथा सुस्वास्थको शुभकामना व्यक्त गरे । सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाली समाज युएईका उपाध्यक्ष गणेश न्यौपानेले यो विषम परिस्थितिमा पनि दूतावासले नेपाली संविधानप्रति दर्साएको सम्मानका लागि दूतावास परिवार लाई धन्यवाद प्रकट गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघको तर्फबाट सहसचिव राम ढुंगेल र सदस्य रामकुमार परियारले पनि शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।
मौसमः अझै ३ दिन हावाहुरीसहित वर्षा जारी रहने
काठमाडौंः आगामी ३ दिन हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत आएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै रहेकाले ३ दिन वर्षाको सम्भावना रहेको हो । आइतबार अधिकांश भू–भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । यस्तो छ मौसम पूर्वानुमानः बैशाख २२ गते (सोमबार) दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका पूर्वी तथा मध्य भूभागका धेरै स्थानहरुमा र पश्चिमी भू-भागमा केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशको अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थानहरुमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। बैशाख २३ गते (मंगलबार) दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र पूर्वी भूभागका केहि स्थानहरुमा र मध्य भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
कलेजभित्रै कुटिए विद्यार्थी
काठमाडौंः सरकारले तोकेभन्दा बढी शुल्क उठाउने वीरगन्जको नेसनल मेडिकल कलेजमा आन्दोलित विद्यार्थी कलेजभित्रै कुटिएका छन् । शुल्क फिर्ताको माग गर्दै शुक्रबार साँझ केहीबेर कलेजअगाडि विरोध प्रदर्शन गर्ने क्रममा एमबिबिएस पहिलो वर्षका विद्यार्थी कुटिएका हुन् । केही विद्यार्थीलाई हातमा लिएर कलेज प्रशासनले योजनाबद्ध आक्रमण गरेको पीडित विद्यार्थीले बताएका छन् । केही सिनियर विद्यार्थीले बिहीबार पनि उनीहरूलाई मध्यरातसम्म होस्टेल छिर्न दिएका थिएनन्। एक महिनादेखि आन्दोलित नेसनलका विद्यार्थी पछिल्लो समय रिले अनसनमा छन् । सुरुमा सरकारी प्रशासन र बाउन्सर लगाएर आन्दोलन दबाउन लागेको कलेजले अहिले केही सिनियर विद्यार्थी प्रयोग गरेर दमन गर्न थालेको उनीहरूको गुनासो छ । ‘केही सिनियर विद्यार्थीले परीक्षाको मुखमा आन्दोलन नगर भन्दै हामीलाई केही दिनदेखि दबाब दिइरहेका छन् । परीक्षा त हाम्रो पनि छ, लाखौँ खर्चेर पढ्न आएका हामीलाई पनि आन्दोलन गर्ने रहर होइन । कलेजको अत्याचारविरुद्ध लड्न बाध्य भएका हौँ,’ विद्यार्थी धनबहादुर तामाङले भने, ‘न्यायको यो लडाइँमा सिनियरको साथको अपेक्षा राख्दा थप अन्याय भएको छ । केही व्यक्ति कलेज प्रशासनबाट योजनाबद्ध प्रयोग भएकोमा हामीलाई डर छ,’ उनले भने । उता, चितवन मेडिकल कलेजले जिल्ला प्रशासनको रोहवरमा गरेको सहमति कार्यान्वयन नगरेपछि विद्यार्थीले पुनः आन्दोलन गर्ने भएका छन् । बढी शुल्क समायोजन या फिर्ता गर्ने सहमति गरे पनि कलेजले कार्यान्वयन गरेको छैन । विद्यार्थीले शुल्क फिर्ताको दबाबका लागि आइतबार आन्दोलन गर्दै छन् । चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले आइतबार बृहत् र्याली आयोजनाको तयारी भइरहेको बताए । ‘सो र्यालीमा विद्यार्थीको न्यायका लागि टोलटोलका युवाले पनि साथ दिनेछन्’, भट्टले भने । चितवन मेडिकलले प्रतिविद्यार्थी २ लाखसम्म बढी शुल्क उठाएको विद्यार्थीको आरोप छ । युनिभर्सल मेडिकल कलेजका विद्यार्थी पनि एक हप्तादेखि रिले अनशनमा छन् । कलेजको एकेडेमिक कोठाहरूमा तालाबन्दीसमेत गरेका छन् । केही दिनदेखि कलेज प्रशासनले विद्यार्थीलाई वार्ताबाट समाधान निकाल्ने भन्दै आस देखाइरहेको छ । तर, दबाब कमजोर बनाउने रणनीति हुन सक्ने भन्दै विद्यार्थीले वार्तासँगै आन्दोलन पनि जारी राखेका छन् । ‘केही दिनदेखि कलेज प्रशासनसँग वार्तामा पनि बसिरहेका छौँ, उसले जायज माग भए सम्बोधन गर्ने भनेको छ,’ एक विद्यार्थीले भने, ‘छलछाम गरे झन् कडा आन्दोलन गर्छौँ ।’ विद्यार्थी र कलेज प्रशासनबीच शुक्रबार छलफलसमेत भएको छ । तर, टुंगोमा नपुगेको ती विद्यार्थीले बताए । ‘प्रशासनले ३–४ दिनभित्रै निकास निकाल्ने बताएको छ । उसले विश्वविद्यालयले लिन भनेका केही शीर्षक हामीलाई देखाएको छ । तर, त्यसमा हामीले सहमति जनाएका छैनौँ,’ उनले भने । विश्वविद्यालयले लिन भनेको भन्दै कलेजले देखाएको शीर्षकबारे त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटालाई भेटेर एकपटक छलफल गर्ने उनले बताए । नयाँ पत्रिका दैनिकबाट
आज – ०८ आश्विन २०७६ बुधवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अभिभावकले स–साना त्रुटि औंल्याउँदा मन खिन्न हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । मुद्दा मामिला आइलाग्नेछ । पढाइमा बाधा आउनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) होसियारीपूर्वक गरिएका कार्यबाट प्रर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विश्वासपात्रलाई वचन दिदा संयम अपनाउनुहोला । बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । मनोरञ्जनमा सहभागी भइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्नेछ । कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । श्रमअनुसार फाइदा कमै होला । कुम्भ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) क्षमता प्रदर्शन गर्ने क्रममा पदोन्नतिको ढोका खोलिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रस्ताव प्राप्त हुने सम्भावना छ । बृष वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट पनि उन्नति हुनेछ । राज्यबाट मान सम्मान पाइनेछ । वैदेशिक क्षेत्रमा गरिएका कार्यले फाइदा नै पुर्याउनेछ । कर्कट कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज पूजा पाठमा मन जानेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । कन्या कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनोरञ्जक क्रियाकलापमा सहभागी हुन पाइनेछ । मित्र जनबाट साथ सहयोग मिल्ने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । बृश्चिक वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । मकर मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । मीन मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । – ज्यो.प. नारायणप्रसाद दुलाल
४९ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)
काठमाडौंः शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले बुधबार दिउँसोसम्म ४९ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । हेर्नुस् ४९ जिल्लाको प्रा.वि तहको नतिजा– १ ओखलढुंगा जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २ खोटाङ जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३ सोलुखुम्ब जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४ उदयपुर जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५ संखुवासभा जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६ सिरहा जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ७ सप्तरी जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ८ तेह्रथुम जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ९ भोजपुर जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १० धनकुटा जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ११ सुनसरी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १२ मोरङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १३ झापा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १४ इलाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १५ पाँचथर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १६ ताप्लेजुङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १७ प्यूठान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १८ सुर्खेत जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २९ दैलेख जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २० सल्यान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २१ दाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २२ रोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २२ रुकुम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २४ मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २५ डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २६ बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २७ बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २८ हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २९ जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३० कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३१ जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३२ अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३३ डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३४ बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३५ बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३६ कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३७ कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३८ डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३९ दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४० बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४१ ललितपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४२ भक्तपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४३ काठमाडौं जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४४ मनाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४५ मुस्ताङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४६ बागलुङ जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् ४७ म्याग्दी जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् ४८ नुवाकोट जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् ४९ रसुवा जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।
विश्वकप छनोटमा नेपालको लज्जास्पद हार, कुवेत ७-० ले विजयी
काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरण छनोटको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ। बिहीबार राति भएको खेलमा कुवेतसँग भएको समूह चरणको पहिलो खेलमा नेपालले ७-० को हार व्यहोरेको हो । नेपालविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएको कुवेतले पहिलो हाफमा २ र दोस्रो हाफमा ५ गोल गरेको हो । ६ मिनेटमै कुवेतले अग्रता बनाएको थियो । १३औं मिनेटमा दोस्रो गोल खाई २-० ले पछि परेको नेपालले कुवेतका धेरै प्रहार विफल बनाए पनि खेलमा फर्कन सकेन । कुवेतले त्यसपछि ५०औं, ५९औं, ६७औं मिनेटमा गोल गर्यो । ९० मिनेटपछि थपिएको चौथो र ७औं मिनेटमा पनि नेपालले गोल खायो । नेपालले अर्को खेल मंगलबार चाइनिज ताइपेइसँग खेल्नेछ । लामो तयारी गरी कुवेत गएको नेपालले पहिलो खेलमा नै निराशाजनक प्रदर्शन गर्यो । बलियो कुवेतलाई कम्तिमा बराबरीमा रोक्ने नेपालको लक्ष्य सफल हुन सकेन् । नेपाल र कुबेतबीच यसअघि ६ पटक भिडन्त भएको थियो। कुबेत पाँच खेलमा विजयी भएको छ। एक खेल बराबरीमा सकिएको छ। दुई टोलीबीच पछिल्लो पटक गत मार्चमा मैत्रीपूर्ण खेल भएको थियो। उक्त खेलमा नेपाल १–० गोलले पराजित भएको थियो। फिफा वरीयतामा पनि कुबेत केही बलियो छ। कुबेत १५६औं र नेपाल १६६औं स्थानमा छ।