मुख्यमन्त्री आदित्यनाथः माओवादीका कट्टर बिरोधी, राजतन्त्रका प्रबल समर्थक

काठमाडौं, भारतीय चलचित्र उद्योगमा अमिताभ बच्चनको उदय भयो– एकजना क्रोधित युवाको रुपमा । अमिताभका शुरुका चलचित्रहरुमा उनलाई यही “एंग्री म्यान’को भूमिका देख्न सकिन्छ । उनी सुपरहिट भए किनभने उनले त्यतिखेरका युवाहरुको सेन्टिमेन्ट आफ्नो ‘रोल’ अनुसार कुशलतापूर्वक निर्वाह गरेका थिए।

अमिताभ “एंग्री म्यान’को भूमिकामा देखिँदै गरेको बेला कुनै बेला नेपालको भूभाग रहेको भारतको गढवालको पौडी जिल्लामा एकजना बालकको जन्म भएको थियो । अजयसिंह विष्ट नाम गरेका ती बालक, २५ वर्ष नपुग्दै अमिताभको जस्तै “एंग्री म्यान’को भूमिकामा देखा परे । बाटो भने फरक थियो– अमिताभ कलाको संसारमा थिए, यी युवा गेरुवा बस्त्र लगाएर धार्मिक हुलदंगाको संसारबाट चर्चित भए ।

बिबिसीले उल्लेख गरे अनुसार, दुई दशक अघि गोरखपुरको मुख्य बजार गोलघरमा गोरखनाथ मन्दिरबाट सञ्चालित इन्टर कलेजमा पढ्ने केही छात्रहरुले पसलेसँग झगडा गरे । पसलेले पेस्तोल निकाले । यसको बिरोधमा एकजना युवा योगीको नेतृत्वमा सिंगो बजारमा उग्र प्रदर्शन गरियो । प्रहरीका एसपीको निवास समेत बाँकी रहेनन् युवाहले ।

सन् १९९४ को फेब्रुअरीमा नाथ सम्प्रदायको सबैभन्दा ठूलो मठ गोरखनाथ मन्दिरका उत्तराधिकारीका रुपमा देखिएका योगी आदित्यनाथ नै ती युवा थिए । यहीँबाट उनको परिचय देखिया “एंग्री युथ योगी म्यान’का रुपमा । त्यसपछि उनी पछि फर्केनन् । गोरखनाथ मन्दिरको राजनीतिक बिरासत छँदै थियो, आफ्नै बलबुतामा पनि उनले हिन्दु सेनाको कमाण्ड सम्हाले । यो हिन्दु बाहिनी उनको भाषामा हिन्दु सास्कृतिक संगठन भएपनि यो हिन्दु सेना नै थियो ।

नक्सलवादको कट्टर बिरोध

कतिपयले यो हिन्दु बाहिनीको गठन गोरखपुरलगायतका क्षेत्रमा माओवादीहरुको प्रभाव रोक्न खोलिएको संगठनका रुपमा गरिएको बताउँछन् । त्यसैपनि योगी आदित्यनाथले कैयनपल्ट नक्सलवादीहरुको चर्को आलोचना गरेका छन् । यो हिन्दु बाहिनीलाई ग्राम रक्षा दलको नाम दिएर हिन्दु बिरोधी, राष्ट्र बिरोधी र माओवादी गतिविधिहरुलाई नियन्त्रित गर्ने योगी स्वयम्ले बताएका छन् ।

गुरु महन्त आबैद्य नाथ : यिनले नै योगी आदित्यनाथलाई गोरखनाथ मन्दिर र आफ्नो उत्तराधिकारी घोषित गरेका थिए ।

यो बाहिनीले गोरखपुर, देवरिया, महाराजगञ्ज, कुशीनगर, सिद्धार्थनगरदेखि मऊ आजमगढसम्म आफ्ना गतिविधि सक्रिय पारेको छ । कैयन् साम्प्रदायिक दंगामा यो बाहिनीको नाम जोडिएको छ । माओवादीहरुको हिट लिष्टमा समेत यो बाहिनी देखिएको छ ।

तर आदित्यनाथको कुशलता नै भनौं आफूमाथिका कैयन् आरोप प्रत्यारोपलाई बेवास्ता गर्दै उनी ४५ वर्षमैं मुख्यमन्त्रीसम्म पुगेका छन् ।

राजतन्त्रका समर्थक

नेपाल र आदित्यनाथको सम्बन्ध नयाँ होइन, बिबिसीका अनुसार, गोरखनाथ मन्दिरको सम्पत्ति नेपालमा समेत रहेको छ । यतिमात्रै नभएर आदित्यनाथले विगतमा माओवादी आन्दोलन र त्यसपछि पनि कट्टर हिन्दुवादीहरुलाई सहयोग र समर्थन गर्दै आएका छन् । “सूर्य प्रणाम नगर्नेहरुलाइ समुन्द्रमा डुबाएर मार्नुपर्छ” जस्ता कट्टर अभिव्यक्ति दिने आदित्यनाथका लागि नेपालमा राजतन्त्रको अवसान ठूलो दुखद कुरा थियो । लगत्तै उनले नेपालको राजतन्त्रका पक्षमा खुलेरै आफ्नो मत राखे । नेपाल हिन्दू राजतन्त्रात्मक देश हुनुपर्ने उनको मत रहँदै आएको छ । उनले हिन्दु राष्ट्र नेपाल पुस्तक पनि लेखेका छन् ।

नेपालमा गम्भीर असर

आम योगीको जस्तो मुहारमा सौम्यता देखिन्न आदित्यनाथको । त्यहाँ एउटा कठोरता झल्किन्छ । यो कठोरतालाई कतिपयले हिन्दू कट्टरतावाद झल्केको बताउँछन् । योगीको जीवन केलाएर हेर्ने हो भने उनी घोर मुस्लिम बिरोधी हुन, कट्टर हिन्दुवादी हुन । चरम साम्प्रदायिक हुन । हिन्दु धर्मका को सहिष्णु पक्षलाई उनले मान्दैनन् । योगीकै सानिध्यमा कुनै बेला रहेका कान्तिपुर दैनिकका पत्रकार डी आर पन्त लेख्छन्– गुरु आदित्यनाथ उत्तरप्रदेसका मुख्यमन्त्री भए , द्दण्द्धछ , द्दण्द्धट तिर उनको सानिध्यमा बस्ने मौका पायेको हु , उनको सोच र बिचार उनका गुरु महन्त आबैद्य नाथ जस्तो थिएन , नेपालको सिमा जोडिएको ठुलो प्रदेस्मा गुरुको आगमन धेरै राम्रो होला भन्न सकिदैन , उपेन्द्र यादब तप्काका नेताहरू गुरु कै मोहर हुन ।

यी समीकरणहरु हेर्दा नेपालको राजनीतिमा अबको पाँच या दश वर्षपछि नेपाली आदित्यनाथहरुको बलियो उपस्थिति नहोला भन्न सकिन्न ।

योगीको आगमनले नेपालमा कट्टर हिन्दुवादीहरुमा उत्साह छाएको छ । खासगरी विगतमा माओवादीबाट पीडित र माओवादीकै कारण धर्मनिरपेक्षता र राजतन्त्र समाप्त भएको ठान्ने ठूलो जमातलाई योगी मुख्यमन्त्री हुँदा थप बल मिल्न सक्छ । अहिलेसम्म नेपालमा शिव सेना, राष्ट्रिय स्वयम् सेवक संघ लगायतका संगठन जन्मेपनि त्यसबाट आन्दोलनकै स्वरुपमा गतिविधि भएका छैनन् । तर भारतमा भारतीय जनता पार्टीजस्तै नेपालमा राप्रपाले यी सबै एजेण्डाहरु बोकेको छ । योगी मुख्यमन्त्र हुन यसअर्थमा राप्रपाका लागि सुखद कुरा हो । यसबाट उसलाई चुनावमा ठूलो फाइदा हुन सक्छ ।

उत्तर प्रदेश भारतीय राजनीतिमा निर्णायक भूमिका राख्छ । नेपालको ठूलो सीमाना जोडिएको र उत्तराञ्चलमा समेत भारतीय जनता पार्टीकै सरकार बनेको अवस्थामा नेपालमाथि केन्द्र सरकारको दबदबा समेत थप बढ्न सक्छ । गैर राजनीतिक व्यक्तिका रुपमा योगी आदित्यनाथका पछाडि रामदेव छन । नेपालको बारेमा रामदेवको आफ्नै योजना छ । यी समीकरणहरु हेर्दा नेपालको राजनीतिमा अबको पाँच या दश वर्षपछि नेपाली आदित्यनाथहरुको बलियो उपस्थिति नहोला भन्न सकिन्न ।

सशस्त्र महानिरिक्षक दुर्जकुमार राईको घोषण– अवकाशपछि घर फर्केर दुई चार हल गोरु पाल्छु

खोटाङ, २५ माघ । “भोजपुर जिल्लाको नागीमा जन्मिएर चखेवा भञ्ज्याङमा हुर्के । त्यही ठाउँमा गाईभैँसी, भेडा गोठाला गरेँ । अहिले सशस्त्र प्रहरीको उच्च पदमा पुगेको छु ।” सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङको उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले भन्नुभयो – “सोह्र वर्षसम्म जुत्तै नलगाएको मान्छे हुँ म । मेरो पालामा जुत्तै पाइँदैनथ्यो । मेरो खुट्टा पनि ठूलो थियो । जुत्ता पनि अट्दैनथ्यो । अहिले पनि १६ नम्बरको जुत्ता लाउँछु । यो पनि विदेशबाट ल्याइएको ।” गुल्म उद्घाटनका लागि हेलिकप्टरमार्फत सोमबार खोटाङ आउनुभएका महानिरीक्षक राईले विगत सम्झँदै भन्नुभयो – “जुत्ता बनाइ माग्न उसबेला गाउँमा बल्लबल्ल एकजना सार्की मामालाई नमस्कार गरेँ । उहाँले उत्तिसको काठ हालेर जुत्ता बनाइ दिनुभयो । गाईको नसुकेको छाला परेछ । के लाउन सकिँदो रहेछ र !” महानिरीक्षक राईले हाँस्दै भन्नुभयो – “एक दिन लगाएको खुट्टामा घाउ नै घाउ भएछ । त्यो देखेपछि बुबाले सुङ्गुरको बोसो बेस्सरी दल भन्नुभयो । बोसो दलेर घाममा सुकाएर स्कुल गएँ बेलुका आउँदा त कुकुरले खाइदिएछ । त्यो देखेर बाँकी रहेको अर्को पनि खा भनेर त्यही कुकुरलाई दिएँ ।” गाउँमा जन्मिएर हरेस नखाई अघि बढेको चर्चा गर्दै उहाँले भन्नुभयोे, “जुत्तै नलगाई भलिबल खेलेँ । भलिबल खेल्दा हामीलाई सिकाउने जापानिज गुरु छक्क परेका थिए । गुरुलाई एक दिन भोजपुरमा पु¥याउँदा कसैको खुट्टामा पनि जुत्ता नदेखेपछि उनी छक्क परेका थिए । जुत्ताको सोलजत्तिकै कडा त हाम्रो खुट्टाको पाइताला हुन्थ्यो । यो हँस्यौली पनि हो सत्य पनि हो ।” गुल्मका जवानलाई महानिरीक्षक राईले सुझाव दिनुभयो – “मैले भन्न खोजेको जवान भाइहरुलाई हो । म निवृत्त हुन लागेको छु । मैले यसरी देश र जनताका लागि गरेँ । ढिँडो खाएर हिँडे । दुःख गरेको भन्नुहोला । हाँस्नु होला । हाँस्ने होइन । हाम्रो आइजिपी सा’वले यत्रो दुःख गरेर यत्रो हुनु भएछ हामी पनि सक्छौँ भन्ने अठोट लिनुस् ।” उहाँले थप्नुभयो – “हाम्रो सा’व त ढिँडो खाँदो रहेछ भनेर हाँस्ने होइन । ढिँडो खाएकै मान्छे बलियो हुन्छ । स्वस्थ हुन्छ । आफू स्वस्थ भएमात्रै देश र जनताको सेवा गर्न सकिन्छ ।” महानिरीक्षक राईले काम छैन भनेर डाँडामा बसेर जाडो भयो भन्दै कुक्रुक्क भएर नबस्न जवानहरुलाई निर्देशन दिनुभयो । “खाली समयमा पढ्ने हो । अहिले असईको भर्ना खुलेको छ । सबैले आवेदन दिनुस् । एकपल्ट फेल भएर के हुन्छ ? अर्को चोटी पक्कै पास हुन्छ । प्रहरीमा शिक्षा पनि उत्तिकै आवश्यक छ ।” सेवाबाट अवकाश भएपछि जन्मथलो फर्कने सोचाई बनाउनुभएका उहाँले भन्नुभयो, “ जागिर सकिएपछि घर फर्कन्छु र दुई चार हल गोरु पाल्छु, नसके भेडा गोठाला गर्छु ।” कार्यक्रममा गुल्म स्थापनाका लागि निःशुल्क जग्गा दिने २५ जना स्थानीय दातालाई प्रहरी महानिरीक्षक राईले सम्मानपत्र प्रदान गर्नुभयो । दिक्तेल नगरपालिका–११ का स्थानीयवासीले ४३ रोपनी जग्गा गुल्मलाई निःशुल्क उपलब्ध गराएका थिए भने ३० रोपनी जग्गा मुआब्जा दिएर गुल्मका नाममा ल्याइएको थियो । करिब ७४ रोपनी क्षेत्रफल जमिनमा रहेको गुल्म मझुवागढीमा छ । विसं २०६६ स्थापना भएको गुल्मको भवन सोमबार औपचारिक उद्घाटन गरिएको हो ।

सीमान्तकृत वर्गको प्रतिबिम्ब पुस्तक ‘ऐना’

हामी साहित्यलाई समाजको ऐना मान्छौं । ऐनाले जसरी कुनै वस्तुको यर्थाथ रुपलाई प्रस्तुत गर्दछ साहित्यले पनि त्यही धर्मलाई अवलम्बन गर्दछ । ऐना आफैमा एक निर्जीव वस्तु हो । यसले कुनै पनि वस्तुलाई प्रतिबिम्बित गदर्छ र सजीवता प्रदान गर्छ । रामलाल जोशीकृत ऐना पनि सुदूरपश्चिमको सामाजिक,आर्थिक,सांस्कृतिक ऐना हो ।  यसले सुदूरपश्चिमको रहनसहन, चालचलन,भाषा,संस्कृति र दिनचर्चालाई कथाका माध्यमबाट प्रस्तुत गरेको छ । कुनैपनि समाजको बारेमा जान्नु छ भने साहित्यको अध्ययन नै समाज थाहा पाउने मुख्य आधार बन्दछ । तसर्थ साहित्य आफैमा एक लेखकको व्यक्तिगत भोगाइ नभएर समाजको भोगाइ हो भन्ने जर्ज लुकासको मान्यतालाई पनि हामीले बिर्सनु हुँदैन । कुनै पनि साहित्यिक कृति जन्मनुका पछाडि विविध प्रकारका सामाजिक परिघटनाले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् । त्यसैले समाजको सामूहिक भोगाइकै कच्चा पदार्थलाई लिएर जोशीले प्रशोधन गरी एक दस्तावेज बनाएका छन् । यही दस्ताबेज रूपी ऐनामा सुदुरपश्चिमको अनुहारलाई हरेक पाठकले हेर्न पाएका छन् । अठारवटा कथाहरूले संरक्षित “ऐना” कथाकार रामलाल जोशीको पहिलो कथा सङ्ग्रह हो । यसअघि हत्केलामा आकाश–२०५७ गजल सङ्ग्रह प्रकाशित गरे पनि चर्चामा नआएका जोशी ऐनाको प्रकाशनसँगै चर्चाको शिखरमा आए । जोशी चर्चामा आउनुका पछाडि मदन पुरस्कारका लागि ऐना पुस्तक छानिनुले पनि महत्त्वपूर्ण भूमिका खेल्यो । त्यसो त ऐनाले सुदूर पश्चिमको पूरै भाग नदेखाएको भनी पाठकले गुनासो नगरेका होइनन् । पाठकले उनको साइबर सेक्स कथा पढ्दै गर्दा सोपोकल्सको ‘इडिपस रेक्स’ लाई सम्झिन पुग्छन् । सोपोकल्सको कथामा राजारानीले थप दुर्घटनाबाट बच्न आफ्नै बच्चा त्यागेका र त्यही त्यागिएको बच्चासँग रानीको बिहे भएको जुन प्रसङ्ग छ यस्तो संस्कृति नेपालमा पनि भित्रिएको प्रसङ्गलाई साइबर सेक्स कथामा जोशीले प्रस्तुत गरेका छन् । सैपाल, खप्तड, दोदोधरा आदि जस्ता कुरालाई जोशीले किन देखेनन् ? सुदूर पश्चिममा सुख, हाँसो, खुशी भन्ने चाहिँ छैनन् र ? यस्ता प्रश्नहरू पनि नजन्मिएका भने होइनन् । तर, ऐना पढिसकेपछि सुख, खुसी, हाँसो भन्ने कुरा आफैं आउने कुरा हुन् तिनीहरूलाई देखाउन कुनै बल प्रयो गर्नु पर्दैन भन्ने ज्ञान ऐना पढेपछि हुन्छ । पश्चिमा संस्कृतिले नेपाली समाजलाई कुन प्रकारको बाटोमा लैजादैछ भन्ने बुझेका जोशीले एेनाभित्र   लाई पनि देखाउन बाँकी राखेका छैनन् । भौगोलिक विकटताले गर्दा राजधानी र सरकारदेखि पर रहेर कष्टकर जीवन भोगिरहेका सुुदूरपश्चिमको सामाजिक दुःख, बेरोजगारी,अशिक्षाका बारेमा कथाकार यसरी बोल्छन्ः “तिमी चाइँ पढ्छौ त ? गिट्टी फोर्दैनौ ?” ”अह…ह…कस्तो कुरा गर्नु , भे‘को ?” गिट्टी नफोरेर खान पाईन्छ । तपाइँले गिट्टी नफोरे पछि तपाइँलाई चाइँ खान दिन्छन् तपाइँका बाले ?” ( खटियाको काख, पृष्ठ १८०) पाठकले जुन कुरा सोचेर कथा पढ्न सुरु गर्छन् तर कथाको गति तिरबितर भएको स्थिति पैदा भएको छ । ‘कालीको गीत’, ‘एउटा भोकको अन्त्य’ र ‘मध्यान्तर’ जस्ता कथाहरूले पाठकलाई घुमाउरो पारामा सामाजिक संस्कृतिको सन्देश दिन सकेका छन् । सङ्ग्रहका कथाहरूले सबाल्टर्न वर्गको प्रतिनिधित्व गराएको देखिन्छ । सुदूरपश्चिमका सवाल्टर्न वर्गको मात्र ऐना नभएर यो सिङ्गो देशका समाजमा उपेक्षित व्यक्तिहरूको विषयवस्तुलाई देखाउँने ऐना भएको छ । गायत्री चक्रवर्ती स्पिभाककै धारणालाई अनुशरण गर्दै लेखकले सवाल्टर्नको कथा आफूले बोलिदिने प्रयास गरेका छन् । सवाल्टर्न वर्गले भोग्नु परेको सामाजिक व्यवहारलाई मुख्य कथानक बनाएको ऐनाभित्र युवा वर्गले वर्तमान सन्दर्भमा सामाजिक संस्कृतिलाई कुन कोणबाट हेर्छन् भन्ने कुरालाई पनि जोशीले जोड दिएका छन् । ‘पापीघाट’, ‘सेतीको सुस्केरा’, ‘कालीको गीत’, ‘एउटा भोकको अन्त्य’, ‘श्रीमान् वीरबहादुर’ लगायतका कथाहरूले सीमान्तकृत वर्गको विषयवस्तुलाई स्थान दिएको छन् । कथाभित्र प्रतिनिधित्व गराइएका पात्रहरूको जीवनीलाई पढ्दै गर्दा आम पाठकहरूमा करुणभाव जगाउने क्षमता कथाकार यसरी राख्छनः आफ्नो भन्नु केही थिएन…खाने गास छैन । लाउने टालो छैन । बस्ने घर छैन । खेती गर्ने जग्गा छैन । सुकुम्बासी भएको छु । सरकारलाई मेरो यो कुरा सुनाई दिनुहोला । (सेतीको सुस्केरा, पृष्ठ ९६) कथाकार जोशी पाश्चात्य साहित्यबाट पनि प्रभावित देखिन्छन् । पाठकले उनको साइबर सेक्स कथा पढ्दै गर्दा सोपोकल्सको ‘इडिपस रेक्स’ लाई सम्झिन पुग्छन् । सोपोकल्सको कथामा राजारानीले थप दुर्घटनाबाट बच्न आफ्नै बच्चा त्यागेका र त्यही त्यागिएको बच्चासँग रानीको बिहे भएको जुन प्रसङ्ग छ यस्तो संस्कृति नेपालमा पनि भित्रिएको प्रसङ्गलाई साइबर सेक्स कथामा जोशीले प्रस्तुत गरेका छन् । सामाजिक यथार्थ, वस्तुपरक चित्रण, पात्रहरूको आन्तरिक चित्रण गर्ने जोशीको ‘ऐना’ ले स्थानीय विषयवस्तुलाई केन्द्रबिन्दु बनाएको छ । जोशीका अन्य कथाहरू फरक फरक संस्कृतिले सजिएका छन् । उनका सम्पूर्ण कथाहरूले सुदूरपश्चिमको समाजलाई प्रतिनिधित्व गर्दछन् । तर साहित्य र कलाले समाजका राम्रा र नराम्रा दुबै पक्षलाई समेटन पर्छ भन्ने सिद्घान्तबाट जोशी अलि पर देखिएका छन् । समग्रमा जोशीका कथाहरू पूर्णकदको फोटो नभएर अर्धकदको मात्रै जस्तो लाग्छ । उनका कथामा पाइने सीमा भनेकै कथाहरू अस्वाभाविक प्रवाहमा बग्नु हो । पाठकले जुन कुरा सोचेर कथा पढ्न सुरु गर्छन् तर कथाको गति तिरबितर भएको स्थिति पैदा भएको छ । ‘कालीको गीत’, ‘एउटा भोकको अन्त्य’ र ‘मध्यान्तर’ जस्ता कथाहरूले पाठकलाई घुमाउरो पारामा सामाजिक संस्कृतिको सन्देश दिन सकेका छन् । समग्रमा जोशीले ऐनामा उठाएको विषयवस्तु गम्भीर भएकै कारण कथा सङ्ग्रह उत्कृष्ट रहेको छ । प्रस्तुति शैली जीवन्त छ । समाजशास्त्र, संस्कृति, सबाल्टर्न, भाषा आदि पक्षहरूलाई समेट्न सक्नु जोशीको कौशलता हो । सामाजिक यथार्थ, वस्तुपरक चित्रण, पात्रहरूको आन्तरिक चित्रण गर्ने जोशीको ‘ऐना’ ले स्थानीय विषयवस्तुलाई केन्द्रबिन्दु बनाएको छ । ऐना कथा सङ्ग्रह समाजमा उपेक्षित व्यक्तिहरू र सीमान्त वर्गले भोगेको यथार्थ छाया हो । उनीहरूकैै बोली, भाषा,संस्कृतिलाई प्रस्तुत गरिएको ऐना समसामयिक कथा साहित्य बजारमा आएको सफल र पठनीय कृति हो । रामलाल जोशी विधाः कथा प्रकाशकः बुक हिल पब्लिकेशन पृष्ठः २५७ मूल्यः ३३३

ओली कहिल्यै राष्ट्रवादी होइनन्, उनका लागि राष्ट्रवाद राजनीतिक खेल मात्र- मैनाली

राजा ज्ञानेन्द्रको पहिलो ‘कू’ (१८ असोज ०५९) हुनुमा राजनीतिक दलहरुलाई दोष लगाएपछि नेकपा एमाले स्थायी समितिबाट निकालिए, राधाकृष्ण मैनाली । त्यसपछि शाही सरकारमा मन्त्री हुँदै गणतन्त्र स्थापनापछि माओवादीमा प्रवेश गरे । पछि माओवादी पनि छाडे र एमाले प्रवेश गरे । स्थायी समितिमा पुनःस्थापना नगरिए पार्टीमा नफर्किने भनिरहेका मैनालीलाई अध्यक्ष केपी शर्मा ओलीले दुई वर्षअघि केन्द्रीय सदस्यका रुपमा पार्टी प्रवेश गराएका थिए । तिनै मैनालीसँगको संवाद : दुई वर्ष वितिसक्यो एमालेका अध्यक्ष केपी शर्मा ओलीले तपाईँलाईअझै स्थायी समिति सदस्य बनाएनन् है, अप्ठेरो लागेको छैन ? अध्यक्ष भइसकेपछि केपी ओली आफैँ मेरो घरमा आए । कर गरे, ‘ पार्टीको नेता तिमी, मेरै नेता पनि तिमी । तिमी बाहिर, मचाहिँ एमालेको अध्यक्ष भएर बस्दा त्यति राम्रो सन्देश जान्न ।’ त्यस दिन म केही बोलिनँ । केही दिनपछि आफ्नै घरमा बोलाए । त्यही कुरा दोहोर्‍याए । मैले त अलिक पछि निर्णय गर्छु भनेको हो । उनी कराए, ‘पछि के निर्णय गर्छौ ? अहिले केन्द्रीय समितिमा आऊ, पछि स्थायी समितिमा ल्याइहाल्छु नि ?’ उनको ‘बडिल्याङ्ग्वेज’ हेर्दा मलाई लाग्यो, पछि स्थायी समितिमा कसो नलैजालान् त तर, दुई वर्ष बितिसक्यो, लैजाँदैनन् । बीचमा एक–दुईपटक सम्झाएँ पनि । मेरै बारेमा बिहान–बेलुकी कुराकानी गर्न जाऊँ, त्यो पनि भएन । त्यसैले मैले अलिक असहज महसुस गरेको छु । ओलीजीसँगभेटघाटका बेला केही कुरा भएको छैन ? देखावटी कुरामा साह्रै सिपालु मान्छे हुन् उनी । आफूलाई बाहिर राम्रो देखाउन गर्नुपर्ने व्यवहारमा कुनै कञ्जुस्याइँ गर्दैनन् । मलाई पनि त्यसै गर्छन्, देख्नासाथ बोलाएर छेउमै राख्छन्, मीठो गफ गर्छन् । तर, दिलदेखि नै जिम्मेवारी दिने कुरामा चाहिँ त्यस्तो देखिएनन् । माधव नेपालले रोकेका त हैनन् ? हो कि त भनेर माधवसँग पनि कुरा गरेँ । उनले ‘हिजो पार्टीबाट हटाएको जिम्मेवारी लिने तर स्थायी समितिमा ल्याउन मैले रोकेको होइन’ भने । उनले यतिसम्मै भने कि ‘यदि ओलीले प्रस्ताव ल्याए र मैले रोकेँ भने, मेरो मुखमा थुकिदिए हुन्छ ।’ माधवजीका तर्फबाट स्थायी समितिमा मलाई लैजान रोकावट हुन्न भनेर ओलीसँग भनेको पनि हुँ । तैपनि, भएको छैन । कहिले राजाकहाँ, कहिले माओवादीमा गएको मान्छेलाई किन स्थायी समितिमा ल्याउने भनेर पनि त हुन सक्छ, होइन ? राजनीतिमा कहिले सही काम गरिन्छ, कहिले गलत । सबैको हुन्छ यस्तो । मैले के सही गरेँ, के गलत गरेँ भन्ने कुरा हजारचोटि भनिसकेँ हुँला । म एमाले खोज्दै गएको होइन । एमाले मलाई खोज्दै आएको हो । यदि राजा र माओवादीकहाँ गएको भनेर जिम्मेवारी नदिएका हुन् भने मलाई एमालेमा नबोलाएको भए हुन्थ्यो । त्यति वरिष्ठ नेता, किन पछि परियो भनेर सोच्नुभएको छ ? मनमा जे लागे पनि बाहिर ‘रिजर्व’ बस्ने, भित्रभित्रै चाहिँ टिम बनाएर दाउपेच खेल्ने कुरा रहेछ राजनीति । तर, मैले बुझेको राजनीति भनेको लागेको कुरा भन्ने हो, जानेको कुरा गरिहाल्ने हो । यस्तो स्वभावको मान्छेलाई राजनीति गर्न सजिलो हुँदो रहेनछ । सबैले झुक्याउँदा मात्र रहेछन्, छक्याउँदा मात्र रहेछन् । किन होला त ? अरूले राम्रो भनून् कि नराम्रो, लागेको कुरा भन्ने बानीका कारण धेरै मित्र मसँग चिढिए । नाफानोक्सान हेरेर बोल्ने बानीको विकास गर्न सकिनँ मैले । त्यस्तो हिसाबकिताब गर्ने मित्रहरू माथि पुगे । तपाईं दाजु–भाइ (सीपी मैनाली) बीचको फुटले गर्दा पनि हो कि ? एकले अर्कोलाई तानेर हामी नेता भएका होइनौँ । आ–आफ्नो सोचाइ र पृष्ठभूमिका साथ हामी राजनीतिमा अघि बढेका हौँ । त्यसैले दाजुभाइ फुटेकैले यस्तो भइयो भन्ने लाग्दैन । सीपीसँग किन तपाईंको कहिल्यै मतो मिल्दैन ? उनको र मेरो स्वभाव नै फरक छ । उनी राजनीतिमा हिसाबकिताव गर्न जान्दछन्, कमर्सियल स्वभावका छन् । मलाई त्यस्तो हिसाबकिताब गर्न आउँदैन । ओलीचाहिँ कत्तिको हिसाबकिताब गर्नुहुन्छ ? भन्न त उनलाई कतिपयले राजनेता पनि भनेका छन् । तर, मेरो दृष्टिमा उनी राजनीतिक नेता होइनन्, राजनीतिक खेलाडी हुन् । नाफा–नोक्सान हेर्छन् । कताबाट किक हान्दा गोल गर्न सकिन्छ, उनको ध्याउन्न यसैमा छ । अहिले ओलीको राष्ट्रवादको यत्रो चर्चा भएको छ, तपाईँ चै किन नी असन्तुष्ट ? कस्तो अप्ठ्यारो प्रश्न ! नबोलौँ, मनमा लाग्या कुरा पर्‍यो । भनौँ, पार्टीका अध्यक्षका बारेमा बोल्नुपर्ने भो ! राजनीतिक खेलाडीका रूपमा उनले राष्ट्रवादका कुरा गरिरहेका छन् । नत्र, महाकाली सन्धिमा पानीको बाँडफाँटमा नेपाल ठगिँदा उनको राष्ट्रवाद कहाँ गएको थियो ? त्यो सन्धिताका उनले राष्ट्रवादलाई कसरी बुझेका थिए ? अहिले कसरी बुझिरहेका छन् ? त्यसैले ओलीका लागि राष्ट्रवाद राजनीतिक खेल हो, आस्था वा आदर्शको विषय होइन । उसो भए, तपाईँले चिनेका ओली र अहिलेका ओली बदलिएका हुन् ? पहिले त यस्ता खेलाडी होइनन् उनी । दासढुंगा काण्डपछाडि र महाकाली सन्धिको आसपासदेखि हो, उनी खेलाडी बन्न थालेको । त्यसयता उनी कहिले राष्ट्रवाद बिर्सन्छन्, कहिले राष्ट्रवादी बनिदिन्छन् । के बोल्दा फाइदा हुन्छ, त्यही गर्दै छन् । अहिलेको राजनीतिक घटनाक्रम कसरी नियाल्दै हुनुहुन्छ ? राजनीतिले राष्ट्रलाई माथि उठाउनुपर्ने हो । तर, कांग्रेस, एमाले, माओवादी तीनै पार्टीको राजनीतिले राष्ट्रलाई संकटमा पारेको छ । हिजो पो दरबार हाउगुजी थियो । भित्र जतिसुकै खोक्रो भए पनि त्यही हाउगुजीले राष्ट्र टिकेको थियो । अहिले ‘पार्टीहरू अजङ्गका छन्’ भन्ने त्यस्तै हाउगुजी हुनुपर्ने तर छैन । पार्टीहरू कस्ता छन् भने बाहिर हेर्दा सुन्निएका, भित्रचाहिँ अन्तर्संघर्षले धोद्रिएका । सबै नेता पखालिएका । कुनै नेताको प्रशंसामा कसैले बोल्दैन । बोले पनि जनताले पत्याउँदैनन् । पार्टी र नेताहरू यो स्थितिमा पुग्नु भनेको देशमा संकट सिर्जना भइसकेको छ भन्ने संकेत हो । कतिपयले त एमाले लगायतका दलको कारण राजतन्त्र फर्केला भन्छन, त्यस्तो संभावना देख्नुहुन्न ? जादुगरी खेल नै चल्यो भने अर्कै कुरा । नत्र राजतन्त्र फर्किन सम्भव छैन । जतिसुकै जे भने पनि राजतन्त्र भनेको परम्परागत खालको व्यक्तिवादी संस्था हो । यदि राजा ज्ञानेन्द्र ‘पपुलर’ थिए भने राजतन्त्र हट्दै हट्दैन थियो । अहिले ज्ञानेन्द्र मात्र होइन, पूर्वराजपरिवारका अरू सदस्य पनि पपुलर छैनन् । त्यसैले राजतन्त्र फर्केलाजस्तो मलाई लाग्दैन । तपाईँको थुप्रै कुटनीतिक निकायका पूर्व कर्मचारीसँग पनि भेट हुन्छ होला के भन्छन उनीहरु ? हालै मात्र अवकाश पाएका सेनाका केही जनरलसँग मेरो भेटघाट भयो । उनीहरू पनि राजनीतिक अवस्थाबाट निराश देखिए । ओजनदार व्यक्तित्व राष्ट्रपतिको जिम्मेवारीमा आउन नसकेकामा पनि गुनासो रहेछ उनीहरूको । राजनीतिक आरोह–अवरोह नबेहोरेकाहरू राष्ट्रपति भएका छन् । ३०/३५ वर्षको अनुभव भएका सेनाका अधिकृतहरूले विश्वास र भर गर्न सक्ने मान्छे परमाधिपति पाउन सकेको छैन । साँच्चै भन्नु त राजतन्त्रको अन्त्य भएर गणतन्त्र ल्याएको दिन तपाईँले कस्तो महसुस भएको थियो ? त्यस्तो पनि होइन । म त खुसी नै थिएँ राजतन्त्र जाँदा । राजाहरूमा एउटा आदर्श होला भन्ने लाग्थ्यो । नजिकबाट हेर्दा त्यस्तो होइन रहेछ । राजाहरू पनि नेताजस्तै आफ्नै मात्र स्वार्थ हेर्ने प्राणी रहेछन् । त्यस्तो संस्था गयो, नेताहरू पनि अब फिर्छन् होला जस्तो लागेको थियो । तर, हाम्रो दुर्भाग्य १ संविधान संशोधनमा एमालेले हलो अड्काइरहने, मधेसी नेता संशोधनसहित चुनावमा जाने भन्ने हठले नेपाली राजनीतिलाई कहाँ लैजाला ? तीन ठूला दल मिले भने ठीकै ठाउँमा जान्छ । मधेसीसमेत मिले भने त झन् राम्रो हुन्छ । तर, उनीहरू किन मिल्दैनन् भने उनीहरूको साँचो उनीहरूको हातमा छैन । हुन त तीन ठूला दलको साँचो पनि उनीहरूको हातमा छैन । अर्कैको साँचो आफ्नो खल्तीमा लुकाएर हिँडिरहेका छन् उनीहरू । जे होस्, तीन ठूला दल मिले भने कम्तीमा संविधानचाहिँ कार्यान्वयन हुन्छ । तर, संविधान कार्यान्वयन नहुँदा पनि म खुसी नै हुन्छु । किनभने, संविधान कार्यान्वयन नहुँदा कम्तीमा संघीयता र धर्मनिरपेक्षताको क्यान्सरबाट मुलुकले मुक्ति पाउँछ । राजनीति त्यही दिशातिर गइरहेको छ । संविधान कार्यान्वयन नगर्ने भए राजतन्त्र फर्काउनु पर्ला ? कति ठाउँ चहारी हिँड्नु मैले यो उमेरमा १ त्यसैले विचार जोसँग मिले पनि बस्नचाहिँ एमालेमै बस्छु । नातागोता सबै एमालेमा छन्, हात मिलाउने साथीहरू पनि यहीँ छन् । म जहाँ पुगे पनि एक्लै जाने हो । अरूहरू मसँग जाँदैनन् । तर, एमालेमा बसिया’छ, केही काम गर्नु पनि पर्‍या’छैन । रमिता हेर्‍या’छु, बस्या’छु । यसभन्दा आनन्द अरू केमा हुन्छ ? अनि, समकक्षी राजनीतिक साथीहरूबीच कत्तिको चियापान हुन्छ ? उनीहरू बोलाउँदैनन् । नबोलाएपछि आफूले पनि किन बोलाउने भन्ने लाग्छ । मित्रहरूले के बुझेका छन् भने कुरा चियाको होइन, ‘पावर’को हो । मसँग ‘पावर’ हुँदो हो त उनीहरू चिया खाने निहुँमा आइरहेका हुन्थे । ‘हिजो राजाको सरकारमा गएको’ भनेर अहिले खिसी गर्ने साथीहरू राजाको मन्त्री छँदा मकहाँ धाउँथे । अहिलेको एमाले पोलिटब्युरोका आधाभन्दा बढी सदस्य आउँथे मकहाँ । मीठा कुरा गर्थे, काम पट्याएर जान्थे । स्थिति कस्तो छ भने उनीहरू मलाई भेट्न आउँथे भन्दा कसैले पनि पत्याउँदैन । यस्तो अवस्था छ, अहिले मेरो ।  हामीले यो सामग्री नेपाल साप्ताहिकबाट साभार गरेका हौं । सम्पादक

‘आमा छोरी एकैसाथ सुत्केरी हुन्छन्’

रोल्पा, पुस २८ । अझै पनि कतिपय दम्पतीहरु परिवार नियोजनका साधन प्रयोग गर्न हिच्किच्याउँछन् । यस्ता दम्पतीको घर सन्तानले भरिएको पाइन्छ भने कतिपय अवस्थामा आमाछोरी सँगसँगै सुत्केरी हुने गरेका पनि छन् । लिबाङ नगरपालिका–५ देउरालीकी ४१ वर्षीया गौसरी वली र उनका श्रीमान् ४८ वर्षीय खटकलाल वलीले छोराको आशमा १२ सन्तानको जन्म दिइसके । तीन सन्तानको सानैमा मृत्यु भएको भएपनि वली दम्पतीका ९ सन्तान छोरीहरु जीवितै छन् । कमजोर आर्थिक अवस्था रहेका वली दम्पतीले अझैपनि परिवार नियोजनका साधनहरु प्रयोग गर्न नमानेको महिला स्वास्थ्य स्वयंसेविका सुनिता महराले जानकारी दिइन् । उनका अनुसार वली दम्पतीका जेठी छोरीको करिव ४ वर्ष पहिले विवाह भइसकेको छ । हाल उनीहरुबाट छोरा जन्मिसकेको छ । तर पनि वली दम्पतीबाट सन्तान जन्मने प्रकृया रोकिएको छैन । “आमाछोरी सँगसँगै सुत्केरी हुन्छन्,” वली परिवारका छिमेकीले भन्छन् । वली दम्पतीले छोराको आशमा परिवार नियोजनका साधनहरु प्रयोग नगरेको महिला स्वास्थ्य स्वयंसेविका महराले जानकारी दिइन् । त्यसैगरी, लिबाङ–१ रोल्पाका ४० वर्षीया कली रोका र उहाँका श्रीमान् ४५ वर्षीय गने रोकाले परिवार नियोजनका साधन प्रयोग नगर्दा नौ सन्तानको जन्म दिइसकेकी छिन् । तीमध्ये तीन सन्तानको मृत्यु भएको भएपनि हाल रोका दम्पतीका छ सन्तान जीवितै छन् । उनीहरुको पनि जेठी छोरीको विवाह भएर दुई सन्तान (नातिनातिनी) जन्मिसकेका छन् । यता, रोका दम्पतीको सन्तान जन्माउने प्रकृया रोकिएको छैन । गतः मङ्सिर महिनामा कली पुनः सुत्केरी भएकी छिन् । यसरी कली लगातार सुत्केरी हुन थालेपछि महिला स्वास्थ्य स्वयंसेविकाले उनीहरुको घरमै पुगी परिवार नियोजनका साधन प्रयोग गर्न सल्लाह दिँदै आएका छन् । कलीले तीनमहिने सुइ डिपो लगाइन् तर सुइले असर गरेको भन्दै साधन प्रयोग गर्न छोडेपछि कलीको पछिल्लो गर्भ रह्यो र छोरी जन्मियो । महिला स्वास्थ्य स्वयंसेविकाका अनुसार रोका दम्पतीलाई पटकपटक घरमै पुगी परिवार नियोजनका साधनको प्रयोग गर्न सल्लाह दिँदै आएको भएपनि उनीहरुले त्यसमा विश्वास गरेका छैनन् । करिव २० वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी कलीले परिवार नियोजनका साधन प्रयोग नगर्दा दुई–दुई वर्षको अन्तरालमा बच्चा जन्माउदै आएका छन् । लिबाङ–४ रोल्पाकी ३९ वर्षीया विष्णु रावत र उहाँका ४० वर्षीय श्रीमान् हर्कबहादुर रावतका पनि ४ भाइ छोरा र ३ बहिनी छोरी गरी ७ जना सन्तानले घर भरिएको छ । जेठी छोरीको दुई वर्ष पहिले विवाह भइसकेको भएपनि रावत दम्पतीले परिवार नियोजनका साधन प्रयोग नगर्दा उनीहरुको पनि बच्चा जन्मने प्रकृया रोकिएको छैन । जेठी छोरीको विवाह भएको करिव एक वर्षपछि विष्णुले कान्छी छोरीको जन्म दिएको महिला स्वास्थ्य स्वयंसेविका अनिता रावतले जानकारी दिइन् । उनका अनुसार हुर्किसकेका सन्तानले बाबुआमालाई अब बच्चा नजन्माउन सल्लाह दिँदै आएका छन् । तर पनि रावत दम्पतीमा साधन प्रयोग नगर्दा बिरामी परिने डर रहेको छ । ज्याला मजदूरी गरेर परिवार पाल्दैआएका रावतका श्रीमान् हर्कबहादुरमा साधनको प्रयोगबाट स्वास्थ्य कमजोर पो भइहाल्ला कि भन्ने चिन्ता छ । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको वार्षिक प्रतिवेदन अनुसार २०७०/७१ मा ४७ प्रतिशत, २०७१/७२ मा ३९ प्रतिशत र २०७२/७३ मा ३७ प्रतिशत दम्पतीले मात्र परिवार नियोजनका साधनहरुको प्रयोग गर्दै आएका छन् । यसरी तीन वर्षको तथ्याङ्क हेर्दा साधन प्रयोगकर्ताहरुको सङ्ख्यामा वृद्धि हुँदै जानुको साटो घट्दै गएको देखिन्छ । यस जिल्लामा सन् २०१७ सम्ममा परिवार नियोजनको प्रयोगदर ६० पुर्याउने सरकारको लक्ष्य रहेपनि हाल सम्म यो सङ्ख्या आधी मात्रै पुगेको छ । यस विषयमा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका स्वास्थ्यकर्मी कुलबहादुर डाँगी वैदेशिक रोजगारीमा श्रीमान्हरु जाने भएकाले परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको सङ्ख्यामा कमी आएको हुन सक्ने बताउछन् । डाँगीका अनुसार मदिरा सेवन र छोरा जन्माउने लालसा सङ्ख्या कमी हुनुका अन्य कारण हुन् ।

भारतीय वायुसेवा बलको विमान दुर्घटना, तीनको मृत्यु

नयाँ दिल्ली, मङ्सिर १६ । पूर्वी भारतमा बुधबार वायुसेवा बलको एक विमान दुर्घटनाग्रस्त भएको छ । वायुसेवा बलको यस हेलिकोप्टर दुर्घटनामा कम्तीमा तीन सैनिक अधिकारीहरुको मृत्यु भएको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीले जानकारी दिनुभएको छ । यद्यपि यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । रासस

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशका केही स्थानमा भारी वर्षा भइरहेको छ । काठमाडौंलगायत केही स्थानमा गएरातिदेखि नै वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ।कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ ।  कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र  कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।साथै मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ। दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका केही स्थानहरूमा र  बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।  रातीː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ ।  बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू साथै बाँकी प्रदेशका  केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको  पनि सम्भावना रहेको छ | 

२७ किलो गाँजासहित ७ जना पक्राउ

काठमाडौं । करिब २७ किलो गाँजा सहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ सरस्वती चोकबाट अवैध लागूऔषध गाँजा २३ किलोसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलास गाउँपालिका १० नामटार घर भई हेटौंडा उपमहानगरपालिका १९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ वर्षीया सर्मिला भोलन रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३ ००३ प ७७७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  यस्तै, कास्कीको पोखरा महानगरपालिका १२ संगमटोल बस्ने २६ वर्षीय दिपेश नेपाली र स्याङजा घर भई पोखरा महानगरपालिका ९ नागढुङ्गा बस्ने २० वर्षीय सागर नेपालीलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले दिपेशको घरमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।  यसैगरी,    रूपन्देहीको बुटवल उपमहानगरपालिका १३ बदेलपोखरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्रामसहित पाल्पा रिब्दिकोट गाउँपालिका ५ बस्ने मोहन रेग्मी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ६१८४ नम्बरको पिकअप जिपलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी जिपमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

बङ्गलादेशसँग विद्युत् व्यापारको नजिक पुगेका छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालबाट बङ्गलादेशमा ४० मेगावाटसम्म विद्युत् निर्यात गर्न त्रिदेशीय विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री ‘प्रचण्ड’ले प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै भारतसँग मात्रै नभएर बङ्गलादेशसँग पनि हामी विद्युत् व्यापारको नजिक पुगेको बताए। “चीनतिर पनि विद्युत् व्यापारको ढोका खुल्दै छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यो पनि सानो उपलब्धि होइन। तर, यो सम्भावना हासिल गर्न हामीले विद्युत् पूर्वाधारमा निकै धेरै काम गर्नुछ।” जलवायु न्याय र समानताको अवधारणामा नेपालले अब आफूलाई विश्वमञ्चको केन्द्रमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्तराष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमण र दुबईमा सम्पन्न ‘कोप-२८’ मा नेपालको प्रस्तुतिबाट नेपालले नयाँ सन्देश प्रवाह गरेको बताए।  “हामीले सन्देश दियौँ, अब जलवायु सङ्कटबाट प्रभावित पर्वतीय मुलुकहरूको आवाजलाई नेपालले नेतृत्व गर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “सरकारका उपलब्धिहरूको सूची सानो छैन तर देशका आवश्यकता र सम्भावना हासिल गर्न यत्ति उपलब्धि पर्याप्त थिएनन्।”

मुगुमा सामूहिक हत्या गरिएका चारै जनाको शव सदरमुकाम गमगढीमा

मुगु । जिल्ला प्रहरी कार्यालय मुगुले मृतावस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ । छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार मृतावस्थामा फेला परेका थिए ।मृतास्थामा फेला पर्नेमा छायानाथ रारा– ६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनले चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको र आज शव परीक्षण हुने बताए । अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट उनी चारैजनाको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रहरीले अनुमान लगाएको छ । छायाँनाथ रारा–६ का वडाध्यक्ष खेमबहादुर रावलका अनुसार श्रीदेवीका श्रीमान् दीपक घर आइसकेपछि शव उठाइएको हो । शनिबार बिहान कोहलपुरबाट कुकुरसहितको अनुसन्धान टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ भने प्रदेश प्रहरी कार्यालयको अनुसन्धान विशेष टोली पनि अनुसन्धानमा सक्रिय छ । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । प्रारम्भिक अनुसन्धानअनुसार मृतक श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन् । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ । छिमेकीहरूले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए । १० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरूले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले गत शुक्रबार बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेको जनाइएको छ ।

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज  २०७९ को एसईईको परीक्षाफल सार्वजनिक गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिए । बोर्डले २०७२ सालको लेटर ग्रेडिङ निर्देशिका अनुसार नै नतिजा सार्वजनिक गरेको हो । एसईईको परीक्षा गत चैत १७ गतेदेखि २९ गतेसम्म सञ्चालन भएको थियो । देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता थियो । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको www.neb.gov.np, नेपाल टेलिकमको www.see.ntc.net.np, www.khaltif\.com, www.neemaacademy.com,  www.ekantipur.com, www.theconncetplus.com, www.see.edusanjal.com, www.admissionnepal.com, www.seenicasiabank.com, www.neemaaacademy.com, www.mypay.com.np, www.nepaleducatipnportal.com, www.ayoresult.com, www.results.matraeducation.com, www.tuteeline.com बाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।

इन्डियन प्रिमियर लिग : लखनउले मुम्बइलाई ५ रनले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्समाथि रोमान्चक जित दर्ता गरेको छ । घरेलु मैदान ऐकना स्टेडियममा लखनउले पाँच रनको रोमान्चक जित दर्ता गरेको हो । लखनउले जितका लागि दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन मात्र बनायो । मुम्बईका ओपनर तथा विकेटकिपर ईशान किशन ३९ बलमा ८ चौका र १ छक्कासहित ५९ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीको हार टार्न सकेनन् । मुम्बईलाई ओपनरद्वय रोहित शर्मा र ईशानले पहिलो विकेटका लागि ५८ बलमा ९० रनको साझेदोरी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए । कप्तान शर्मा २५ बलमा १ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए । मुम्बईलाई अन्तिम ओभरमा जितको लागि ११ रन चाहिँएको थियो । युवा तीव्र गतिका बलर मोहसिन खानले क्यामरन ग्रीन र टिम डेविडलाई मात्रै पाँच रन दिएपछि लखनउले रोमान्चक जित हात पारेको हो । डेविड १९ बलमा १ चौका र ३ छक्कासहित ३२ रनमा अविजित रहे । नेहाल वधेराले २० बलमा २ चौकाको सहयोगमा १६ रन बनाए । लखनउका लागि रवि विश्रोई र यश ठाकुरले समान २र२ तथा मोहसिन खानले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ७७ रन बनायो । लखनउका लागि मार्कस स्टोईनिसले ४७ बलमा ४ चौका र ८ छक्काको सहयोगमा अविजित ८९ रनको अर्धशतकीय ईनिङ्स खेले । ३५ रनमा ३ विकेट गुमाएर राम्रो सुरुआत गर्न नसकेको लखनउका लागि चौथो विकेटका लागि स्टोईनिस तथा कप्तान कुर्नाल पान्ड्याले ८२ रनको महत्वपुर्ण साझेदारी गरे । कप्तान पान्ड्याले ४२ बलमा १ चौका र १ छक्काको सहयोगमा ४९ रनमा रिटायर्ट हर्ट आउट भए । ओपनर क्विटन डि ककले १५ बलमा १६ रन बनाए । मुम्बईका लागि जेसन बेहरेनड्रर्फले २ तथा पीयुष चावलाले १ विकेट लिए । जितसँगै तेह्र खेलमा सात जित र पाँच हारका १५ अंक सहित १० टोली सहभागी लिगमा लखनउ तेस्रो स्थानमा उक्लिएको छ । यस खेलमा जित हात पारेको लखनउको प्लेअफ प्रवेशको सम्भावनालाई बलियो भएको छ । मुम्बई तेह्र खेलमा सात जित र छ हारका साथ मुम्बई अंक तालिकाको चौथो स्थानमा झरेको छ । हारका बाबजुत पनि मुम्बईको प्लेअफ सम्भावना बलियो नै रहेको छ ।

फ्रान्समा १८ देखि २५ वर्षका युवालाई निःशुल्क कन्डम दिने घोषणा

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले नयाँ वर्षको सुरुवातदेखि नै औषधीका पसलमा १८ देखि २५ वर्षका युवालाई निःशुल्क कन्डम दिइने घोषणा गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार म्याक्रोनले पत्रकार सम्मेलनमा भने, ‘जनवरी १ देखि १८ देखि २५ वर्ष उमेर समूहका सबै युवाहरूले फार्मेसी पसलहरूमा निःशुल्क कन्डम पाउन सक्नेछन् ।’ यौनजन्य रोग फैलिन नदिन र अनिच्छित गर्भधारण हुन नदिन यो कदम चालिएको सरकारको भनाइ छ ।डाक्टर वा मिडवाइफको प्रिस्क्रिप्शनमा कण्डम खरिद गर्दा लाग्ने खर्च फिर्ता पाउने व्यवस्था देशमा पहिले नै छ । Condoms to be free for young people in France, Macron says https://t.co/RvpuGac2aO pic.twitter.com/wRA6h5P38u — Reuters (@Reuters) December 8, 2022 यसै वर्ष फ्रान्स सरकारले १८ देखि २५ वर्ष उमेरका सबै महिलालाई निःशुल्क गर्भनिरोधक सुविधा लागू गरेको थियो ।फ्रान्सका स्वास्थ्य अधिकारीहरूले सन् २०२० र २०२१ मा देशमा यौनजन्य रोगहरू फैलिने दर ३० प्रतिशत रहेको अनुमान गरेका छन् ।

प्रचण्डसँग राजदुतहरुले भने – नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुसी छौं

काठमाडौं । नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक रिचर्ड होवर्ड सहित अमेरिका, वेलायत, अस्ट्रेलिया, जर्मन, स्विस तथा युरोपेली युनियनका राजदुतहरुको संयुक्त प्रतिनिधिमण्डलले माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डसँग भेटवार्ता गरेका छन् । आज (२०७९ भाद्र ४ गते) बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्तामा राजदुतहरुले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्दै गरेकोमा खुसी व्यक्त गरेका थिए । भेटमा राजदुतहरुको प्रतिनिधिमण्डले नेपालको शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउन सकारात्मक सहयोग र सद्भाव रहने बताए । नेपालको शान्ति प्रक्रिया नेपालीले नै नेतृत्व गरेको र यो मौलिक प्रकृतिको रहेको भन्दै उनीहरुले नेपालको यो शान्ति प्रक्रिया विश्वलाई पाठ भएको बताए । भेटको क्रममा उनीहरुले गम्भीर मानव अधिकार उलंघनको घटना र पीडितहरुको पुनरावेदनको अधिकारकाबारे चासो समेत राखेका थिए । अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय समुदायको सकारात्मक योगदानको चर्चा गर्दै शान्ति प्रक्रिया टुंगोमा पुग्दै गर्दा राजदुतहरुले देखाएको सामुहिक सुभेच्छा र चासोका लागि आभार व्यक्त गरे । विस्तृत शान्ति सम्झौता र संक्रमणकालिन न्यायका संवेदनसिलताप्रति राजनीतिक तहमा गम्भीर छलफल भएको, सर्वोच्च अदालतको आदेश, पीडितको आवाज र अन्तर्राष्ट्रिय चासोलाई ध्यान दिएर यो प्रक्रियालाई टुंगोमा पुर्याउन सफल हुने अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरे ।

२४ घण्टामा थप १५५८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा थप १ हजार ३५१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ४६ हजार ५६६ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ । हालसम्म देशभर ४० लाख ७७ हजार २५६ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा २३६ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या २५ हजार ४९७ रहेको छ ।

मोहनबिक्रम सिंह कोरोना संक्रमित, निवासमैं होम आइसोलेसनमा

काठमाडौं । नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहमा कोरोना देखिएको छ । ज्वरो आएपछि पीसीआर परीक्षण गरेपछि गत वैशाख २६ गते सिंहमा कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित भएपछि ८६ वर्षीय सिंह निवासमै होम आइसोलेसनमा रहेका छन् । नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीका अनुसार दुई दिनअघि अक्सिजनको मात्रा घटेको देखिएपनि अहिले पनि अवस्था सुधारोन्मुख रहेको छ । राजनीतिक तथा सामाजिक क्षेत्रबाट वैचारिक तथा लेखनका क्षेत्रमा सक्रिय सिंहको स्वास्थ्यलाभको कामना गरिएको छ ।