फेस एप्स प्रयोग नगर्न विज्ञको सुझाव

काठमाडौंँ, साउन ६ । कलाकारदेखि युवापुस्तामाझ ‘फेस एप्स’ नामक एप्स लोकप्रिय भइरहेको छ । उक्त एप्स प्रयोग गर्दै आफ्नो बुढेशकालको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्ने प्रवृत्ति व्यापक भएको छ ।

फेसबुकका अनुसार विश्वभर एकै दिनमा यो एप्स १० करोडभन्दा बढीले प्रयोग गरिरहेका छन् । यसको प्रभाव नेपालमा पनि परेको छ। कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, मनोज गजुरेललगायत थुप्रैले यो एप्समार्फत आफ्ना बुढ्यौली देखिने तस्बिर फेसबुकमा अपलोड गरेका छन् । भारतीय क्रिकेटर विराट कोहली, कलाकार अर्जुन कपुर लगायतले सामाजिक सञ्जालमा यस्ता तस्बिर सार्वजनिक गरेका छन् ।

यो एप्सले केही समयका लागि रमाइलो दिएपनि दीर्घकालमा असर गर्ने दाबी आईटी विशेषज्ञ सुरेन्द्रमान जोशीले गरे । उनले यो एप्स प्रयोगकर्ताको डाटा असुरक्षित हुने बताए । जोशीले भने, “सुरक्षा निकायमा बसेकाहरूले यो एप्स प्रयोग गर्दै नगर्नू भनेर कतिपय मुलुकका सरकारले नागरिकलाई सचेत गराइसकेका छन् ।”
यो एप्समार्फत प्रयोगकर्ताको मोबाइलमा भएको फोटोदेखि सबै डाटा लिन सकिने जानकारी उनले दिए । चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले फेस एप्समात्र नभएर जुनसुकै सामाजिक सञ्जालले हाम्रो डाटा लिने जानकारी दिए ।

कुनैपनि सामाजिक सञ्जालमा भविष्यमा के हुने, भाग्यमानी कति प्रतिशतजस्ता एप्सले हाम्रो डाटा लिएकै हुन्छन् । त्यसैले त्यस्ता एप्स नचलाउन उनको सुझाव छ । रघुवंशी भन्छन्, “फेस एप्सले प्रयोगकर्ताका सबै जानकारी आफ्नो डिभाइसमा राख्छ । यसमा फोनको पहिचान गर्ने डाटा, कुकिज, लग फाइल, स्थानलगायतका महŒवपूर्ण डाटा हुन्छन् । यसबाट तपाईंको चासोका विषय, दैनिक व्यवहार, इमेल ठेगाना क्रेडिट कार्ड र पासवर्ड चोरी पनि हुन सक्छन्।” “फेस एप्समा सङ्कलन गरिएको डाटा कम्पनीबाट हटाउन सकिँदैन”, उनले थपे, “वायरलेस ल्याबलाई तपाईंको नयाँ डाटा सङ्कलनबाट रोक्न एप्स प्रयोग गर्न छोड्नुपर्छ ।” विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सन् २०१७ मा पहिलोपटक रुसीहरूले ‘फेस एप्स’ सार्वजनिक गरेका थिए । ‘फेस एप्स’मा सुरक्षा चुनौती धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि जनाएका छन्।

यो एप्स सुचारु भएपछि प्रयोगकर्ताका सङ्गृहीत सामग्री र तस्वीरहरू बिना अनुमति नै स्टोर गर्न सक्ने क्षमता पनि यसमा रहेको र प्रयोगकर्ताको स्वीकृतिबिनै डाटाहरू अरूलाई बेच्न सक्ने खतरा रहेको बताइएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्ट्स (एआई) प्रविधिको माध्यमबाट युवा वा किशोर भएको तस्बिरलाई तत्काल बुढ्यौलीमा परिवर्तन गराइदिन सक्ने एप्स वायरलेस ल्याब नामक रसियन कम्पनीले ल्याएको हो । फेस एप्स सन् २०१७ फेब्रुअरी १४ भ्यालेन्टाइन डेको दिन गुगल स्टोरमा राखिएको थियो । त्यतिबेला ‘सेलिब्रेटी’हरूले प्रयोग नगरेका कारण चर्चा कमै थियो । तर, अहिले सेलिब्रेटीहरूले प्रयोग गरेपछि गुगलको प्ले स्टोर र आइफोनको एप्स स्टोरबाट डाउनलोड ह्वात्तै बढेको हो । गोरखापत्रदैनिकबाट

‘राष्ट्रपतिको अमेरिका भ्रमण बाह्य जगतमा नेपालको गरिमा बढाउन सफल’

शरच्चन्द्र भण्डारी, काठमाडौं । अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न अमेरिका भ्रमण फलदायी भएको छ । महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपतिबाट शुक्रबार सम्पन्न अमेरिकाको चार दिवसीय भ्रमण बाह्य जगत्मा देशको गरिमा बढाउन सफल रह्यो । दश वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य तथा त्यसपछि सफलतापूर्वक सम्पन्न शान्ति प्रक्रियालगायत नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा संविधानसभाद्वारा निर्मित संविधान जारी भएपछि नेपालमा मानव अधिकार, महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा भएका प्रगति तथा असल अभ्यास अन्तर्रा्ष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने सन्दर्भमा राष्ट्रपतिको यो भ्रमण उपलब्धिमूलक भएको मान्नुपर्छ । नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोग र सम्बन्ध थप सुदृढ र विस्तार गर्ने दिशामा पनि यो भ्रमण महत्वपूर्ण रह्यो । विश्वका अग्रणी महिला नेतृत्वसँगका भेटवार्ता तथा द्विपक्षीय सम्बन्धको विकास, महिला सशक्तीकरणका लागि अनुभव आदानप्रदान गर्ने र सहयोगका अन्य क्षेत्र विस्तार गर्ने अवसरका रुपमा समेत यो भ्रमणलाई फलदायी मान्न सकिन्छ । नेपालबाट राष्ट्राध्यक्षको तहमा सहभागिता भएको यो पहिलो परिघटनाले महिला तथा बालबालिकासम्बन्धी क्षेत्रमा पछिल्ला वर्षमा नेपालले गरेका महत्वपूर्ण उपलब्धिको राम्रो मूल्याङ्कन गर्दै नेपाललाई उच्चस्तरमा सहभागी हुन निमन्त्रणा प्राप्त हुनुलाई उपलब्धि ठान्नुपर्छ । भ्रमणका क्रममा भएका द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ताबाट नेपालको आर्थिक–सामाजिक विकासका विभिन्न क्षेत्रमा मद्दत पुग्ने अपेक्षा गर्न सकिन्छ । राष्ट्रपतिको भ्रमणबाट राष्ट्रसङ्घका उच्च अधिकारी, कूटनीतिक नियोगका पदाधिकारी, अमेरिकी सरकारका प्रतिनिधि, गैरआवासीय नेपाली, व्यापारिक समुदाय तथा नेपालका शुभचिन्तकसँगको भेटघाटले नेपालसँगको सम्बन्ध र परिचयलाई नवीकरण गर्ने सुअवसर प्राप्त भयो । न्यूयोर्क बसाईका क्रममा राष्ट्रपतिबाट भएका भेटवार्ताले दुईपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयका अतिरिक्त जलवायु परिवर्तन, दिगो विकास, लैङ्गिक समानता र विश्वस्तरका साझा समस्या समाधानमा महिलाको भूमिकाका बारेमा छलफल गर्ने अवसर प्रदान गर्नुका साथै नेपालको राष्ट्रिय सङ्कल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ का बारेमा बताउने अवसरमात्र प्राप्त भएन अपितु नेपालको आर्थिक विकास र समृद्धिका लागि प्राथमिकताका क्षेत्रबारे अवगत गराउन पनि सहज भयो । नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सहयोग र सम्बन्ध थप सुदृढ र विस्तार गर्ने दिशामा पनि यो भ्रमण महत्वपूर्ण रह्यो । विश्वका अग्रणी महिला नेतृत्वसँगका भेटवार्ता तथा द्विपक्षीय सम्बन्धको विकास, महिला सशक्तीकरणका लागि अनुभव आदानप्रदान गर्ने र सहयोगका अन्य क्षेत्र विस्तार गर्ने अवसरका रुपमा समेत यो भ्रमणलाई फलदायी मान्न सकिन्छ । नेपालबाट राष्ट्राध्यक्षको तहमा सहभागिता भएको यो पहिलो परिघटनाले महिला तथा बालबालिकासम्बन्धी क्षेत्रमा पछिल्ला वर्षमा नेपालले गरेका महत्वपूर्ण उपलब्धिको राम्रो मूल्याङ्कन गर्दै नेपाललाई उच्चस्तरमा सहभागी हुन निमन्त्रणा प्राप्त हुनुलाई उपलब्धि ठान्नुपर्छ । विश्वमा महिला राजनीतिक सहभागिताको क्षेत्रमा विगतमा हासिल गरिएको उपलब्धि गुम्दै गएको उल्लेख भएको परिप्रेक्षमा नेपालले महिला अधिकार, लैङ्गिक समानतालगायत मानवअधिकारका क्षेत्रमा गरेको उल्लेख्य उपलब्धि अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त भएबाट मुलुकका बारेमा सकारात्मक सन्देश प्रवाह भई देशको छवि बढाउन भ्रमणबाट टेवा पुगेको नकार्न सकिँदैन। लैङ्गिक समानता तथा न्यायका लागि आफूले गरेका राजनीतिक सङ्घर्षका बारेमा उल्लेख गर्दै नेपालको विकट गाउँबाट पहिलो महिला राष्ट्रपतिसम्मको यात्राका क्रममा आफूले भोगेका सामाजिक, राजनीतिक तथा व्यावहारिक चुनौतीको बारेमा स्पष्ट पार्नु, लैङ्गिक विभेद अप्राकृतिक भए पनि अपरिवर्तनीय नभएको अभिव्यक्ति दिएर समानता र लैङ्गिक विभेदको अन्त्यका लागि नेपालको दृढ प्रतिबद्धता प्रस्तुत हुनुले नेपालको गरिमा बढाएको छ । विश्वमा महिला राजनीतिक सहभागिताको क्षेत्रमा विगतमा हासिल गरिएको उपलब्धि गुम्दै गएको उल्लेख भएको परिप्रेक्षमा नेपालले महिला अधिकार, लैङ्गिक समानतालगायत मानवअधिकारका क्षेत्रमा गरेको उल्लेख्य उपलब्धि अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त भएबाट मुलुकका बारेमा सकारात्मक सन्देश प्रवाह भई देशको छवि बढाउन भ्रमणबाट टेवा पुगेको नकार्न सकिँदैन। लैङ्गिक समानताका लागि नेपालले गरेका प्रयास र त्यसबाट प्राप्त उपलब्धिका बारेमा प्रष्ट पार्नु तथा नेपालले सामना गर्नुपरेका चुनौतीका सन्दर्भमा महिला समानता तथा प्रतिनिधित्व बढाउन राजनीतिक संरचनागत परिवर्तनका लागि हस्तक्षेप गर्नुपर्ने धारणा व्यक्त गर्नुले नारी सशक्तीकरणको यात्रामा नेपाल इमानदारीका साथ अग्रसर भएको सन्देश अन्तर्राष्ट्रियस्तमा प्रवाह भएको छ । संवैधानिक, नीतिगत र कानूनी संरचनाको कारण छोटो समयमै महिला सहभागिता बढाउन सकिने नेपालको अनुभवले विश्वका अन्य देशका महिला नेत्रीलाई नेपाल उदाहरण बनेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरससँग भेट, नेपालले शान्तिसेनामार्फत विश्वशान्ति र स्थायित्वमा गरेको योगदान, दिगो विकास र विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसङ्घले हालै गरेका सुधारका काम तथा त्यसका प्राथमिकतामा छलफल, राष्ट्रसङ्घको सुधार, उच्च तहमा महिलाको समान सहभागिताको सुनिश्चितता जलवायु परिवर्तनका असर घटाउने तथा अनुकूलनका लागि अल्पविकसित राष्ट्रबाट अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धिमा नेपालको अभिमत राष्ट्रपतिबाट प्रस्तुत हुनु नेपालका निम्ति गौरवको विषय हो । रासस

नक्कली भनेर किनेको हिराको औंठीले बनायो करोडपति !

एजेन्सी । एउटी बेलायती महिलाको हिरा लागउाने औधी रुचि थियो । तर उनीसँग हिरा किन्न पर्याप्त पैसा थिएन । उनले हिरा लगाउने आफ्नो चाहनालाई मेट्नकै लागि भएपनि बजारमा गएर हिराजस्तै देखिने नक्कली औंंठी किनिन् । ३३ वर्षसम्म उनले लगातार त्यो औंंठी लगाइरहिन् । ३३ वर्षपछि उनले जब त्यो औंंठीको वास्तविकता थाहा पाइन्, त्यतिबेला उनी चकित भइन् । त्यो नक्कली हिराको औंंठीले उनलाई रातारात करोडपति बनाइदियो । ती महिलाले बताएअनुसार ३३ वर्षपहिले आफ्नो इच्छा पूरा गर्न उनले बजारबाट हिराजस्तै देखिने ‘नक्कली’ औंंठी किनेकी थिइन् । त्यतिबेला त्यसको मूल्य नेपाली १ हजार ३ सय ६० रुपैयाँ परेको उनले बताएकी छिन् । तर पछि उनले खै के सोचिन्, आफूले ३३ वर्षसम्म लगाएको औंठी बेच्ने निर्णय गरिन् । उनी त्यो औंठी बेच्नको लागि एक हिरा व्यापारी ठाउँ गइन् । व्यापारीले बेच्नुको कारण सोध्दा, उनले औंंठीमा लगाइएको हिरा नक्कली भएको र आफूले बेच्न खोजेको भनेपछि हिरा व्यापारी तीनछक परे । व्यापारीले यो सक्कली हिराको औंंठी हो भनेर हेरेर थाहा पाइहाले। उनले सम्झाउँदै ती महिलालाई यो नक्कली नभएर सक्कली हिराको औंठी भएको बताए । यो कुरा सुनेर ती महिलालाई विश्वास नै भएन ।

रबि लामिछानेका अन्धभक्त ‘कलियुग’ का नवदास हुन् !

समर्पण भट्टराई । ‘जीवनभर दलालहरुको दास भएर बाँच्ने कि उन्मुक्तिको संसारमा पनि ज्यूने ?’ अब छातीमा हात राखेर सोच्ने बेला भयो । समाजमा भएका हुने गरेका अन्याय अत्याचार शोषण दमन बलात्कार भ्रष्टाचार महङ्गी मानव बेचविखन ठगी लूटको विरुद्धमा आएका आवाजलाई म सम्मान गर्छु । विगत लामो समयदेखि नै यी समस्याको अन्त्यको निम्ति मुक्ति र मृत्युको सपथ खाएर मृत्यु पत्रमा यातनाका हरेक दस्तावेजमा समेत हस्ताक्षर गरेर निरन्तर संघर्ष गरिरहेको मान्छे हुँ म । कुनै हनुमानहरुले व्याख्या गरेको जस्तो अमुक मान्छे म हुँदै होइन । हो जनताको राज्य व्यवस्था प्राप्त गर्न सजिलो छैन । टेलिभिजनको पर्दाबाट बान्की मिलाएर भट्टायर पनि प्राप्त हुँदैन । यसकाे लागि निर्मम र कठिन संघर्ष गर्न आवश्यक पर्छ । मुख्य कुरा केहो भने देशमा हुने अन्याय अत्याचारको समाधान एउटा व्यक्तिले निहित स्वार्थको लागि अर्थात डलरको खेतीका लागि टेलिभिजनको पर्दामा बान्की मिलाएर भन्दैमा समाधान वा अन्त्य हुन सक्छ भन्नु कलियुगका अन्धभक्तहरुको दास मानसिकता मात्रै हुन् । त्यो असम्भव छ । यस्तो समस्याको समाधान राज्य व्यवस्था बाटै खोजिनु पर्छ । त्यसैले यस्को समाधान वा अन्त्य पनि राज्य व्यवस्था नै हो । यसो भनिरहदा के अहिले तत्कालीन राज्य व्यवस्थाबाट यो संभावना छ त ? अहँ सम्भव छैन । मुख्य कुरा केहो भने देशमा हुने अन्याय अत्याचारको समाधान एउटा व्यक्तिले निहित स्वार्थको लागि अर्थात डलरको खेतीका लागि टेलिभिजनको पर्दामा बान्की मिलाएर भन्दैमा समाधान वा अन्त्य हुन सक्छ भन्नु कलियुगका अन्धभक्तहरुको दास मानसिकता मात्रै हुन् । त्यो असम्भव छ । यो राज्य व्यवस्था भ्रष्ट, दलाल, हत्यारा, बलात्कारी, घुसखोरी, कमिसन खोरलगायत विदेशीहरुको इच्छा र चाहना मुताविक संचालन भएको छ । तसर्थ यी तमाम समस्याको समाधान वा अन्त्य फेरिएको जनताको राज्य व्यवस्थामा मात्रै सम्भव छ । जनताको राज्य व्यवस्था चाहिँ कसरी प्राप्त हुन्छ या गर्न सकिन्छ भन्ने प्रश्नको उत्तर खोज्न भने जायज हुन्छ । हो जनताको राज्य व्यवस्था प्राप्त गर्न सजिलो छैन । टेलिभिजनको पर्दाबाट बान्की मिलाएर भट्टायर पनि प्राप्त हुँदैन । यसकाे लागि निर्मम र कठिन संघर्ष गर्न आवश्यक पर्छ । किन भने नैतिकता इमान र निष्ठा बेचेर राज्य संचालन गर्नेहरुलाई टेलिभिजनको पर्दाबाट कराएको आदर्शले छुनेवाला छैन । उनको घैटोमा घाम लाग्ने वाला पनि छैन । खोक्रो आदर्श छाँटेर परिवर्तनका गित गाउँदैमा अन्धभक्तहरुको सुदिन कहिलै आउने छैन । जनताले आफ्नो राज्य ब्यबस्था सजिलै मागेर, शासकले दिएको कतै इतिहास पनि छैन । त्यसैले खोस्नुको बिकल्प नरहेको हो । जसरि दलालहरुले आफ्नु लूटको स्वर्ग बचाउन बन्दुकको प्रयोग गर्छन् र त्यसैगरि सत्ता खोस्नेहरुले पनि बन्दुक समाउन बाध्य हुन्छन । नैतिकता इमान र निष्ठा बेचेर राज्य संचालन गर्नेहरुलाई टेलिभिजनको पर्दाबाट कराएको आदर्शले छुनेवाला छैन । उनको घैटोमा घाम लाग्ने वाला पनि छैन । खोक्रो आदर्श छाँटेर परिवर्तनका गित गाउँदैमा अन्धभक्तहरुको सुदिन कहिलै आउने छैन । न्यायप्रेमी परिवर्तनकारी मुक्तिकामी युवाहरुले एउटा टेलिभिजनमा आदर्श छाँट्ने अमुक पात्रलाई भगवान् मान्दै, यो उर्वर र ऊर्जाशिल जीवनको समयलाई खर्चनु भनेको दास मानसिकताको पराकाष्ठा हो । त्यसैले दास मानसिकताबाट टाढा रहन सबैलाई अपिल गर्दछु । किसान, मजदुर, शिक्षक, विध्यार्थी, बुद्धिजीवी, श्रमजीवी, कलमजिवी, मजदुरहरु उत्पीडित वर्ग जाती क्षेत्र सबै न्यायको निम्ति एक पटक यो बेथिति बोकेको ब्यबस्था बदल्न एकजुट भएर संघर्षको मोर्चामा उभिउ । भ्रष्टदलाल कमिसनखोर बलात्कारि हत्याराहरुलाइ जनताको अदालतमा कठालो समाएर उचित सजाए दिनुपर्छ । न्यायप्रेमी परिवर्तनकारी मुक्तिकामी युवाहरुले एउटा टेलिभिजनमा आदर्श छाँट्ने अमुक पात्रलाई भगवान् मान्दै, यो उर्वर र ऊर्जाशिल जीवनको समयलाई खर्चनु भनेको दास मानसिकताको पराकाष्ठा हो । राष्ट्रघाती दलाल विदेशी एजेन्टलाई यो देशबाट लखेट्नुपर्छ । हाम्रो सिमाना झण्डा गाडेर काडेतार लगाउनु पर्छ । तपाईं हामी एकजुट भएर, यो महासागर र महान अभियानमा लागौ । यसरी मात्रै हाम्रो वास्तविक मुक्ती, न्याय स्वतन्त्रता सम्भव छ, बाँकी सबै भ्रम हुन् । सचेत युवाहरुले छातीमा हात राखेर सोच्ने बेला हो यो जीवन भर यसरी नै दलालहरुको दास हुने कि मुक्तिको यात्रामा बलिदान दिन तयार हुने ? यो युवाहरुको हातमा छ । (यी लेखका नीजि विचार हुन्)  रंगपाटीबाट साभार

एउटै टुना माछा ३४ करोड ७२ लाखमा बिक्री !

टोकियो, पुष २१ । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर .रु ३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो । “टुना किङ” को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गर्नुभएको थियो । यसअघि सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए । “यो सबैभन्दा उत्तम टुना हो । मैले आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,” जापानमा सुसी रेष्टुराँका मालिक कियोशीले गर्वसाथ समाचारदाताहरुलाई बताए । “पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,” उनले बताए । चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्दछ । एजेन्सी

२३ वर्षीय युवकले गरे ९१ वर्षीय वृद्धासँग विवाह, सुहागरातमा आइलाग्यो यस्तो आपत !

रियो दे जेनेरियो । कहिलेकाँही संसारमा निकै अनौठो लाग्ने समाचारहरु आउने गर्छन् । यसै सिलसिलामा २३ वर्षीय युवकले ९१ वर्षीया वृद्धासँग विवाह गरेको समाचारले प्राथमिकता पाएको छ । ब्राजिलका २३ वर्षीय युवा मौरिसियोले ९१ वर्षीय योलाण्डासँग विवाह गर्दा धेरैलाई अचम्म नलागेको हैन । तर विवाह पछि भने ठुलो आपत आइलाग्यो । ती युवक झन्डै जेल जाने अवस्थामा समेत पुगेका थिए । २३ वर्षीय उक्त युवक आफ्नो पढाइ पूरा गर्ने फिराकमा थिए तर उनीमाथि आर्थिक समस्या बढ्दो क्रममा रहेको थियो । यस्तोमा उनको पढाइको लागि आवश्यक खर्च जुटाइदिने शर्तमा वृद्ध महिलाले आफूसँग विवाहको प्रस्ताव राखेकी थिइन् । युवकले आफ्नो लागि निकै राम्रो उपाय रहेको भन्दै उक्त प्रस्ताव स्वीकार गरेका थिए । यस्तोमा महिलाले आफूलाई मिल्ने पेन्सन पनि आफ्नो शेषपछि भर्खरै पति बनेका युवकलाई दिने बताएकी थिइन् । यद्यपि उनीहरु हनिमुनको लागि गएको अवस्थामा बिछ्यौनामा नै महिलाको ज्यान गएको थियो । महिलाको निधन भएपछि युवक पेन्सनको दाबी गर्न पुगेका थिए तर अधिकारीहरुले युवकलाई महिलाको पेन्सन पाउनका लागि विवाह गरेको आरोप लगाएका थिए । युवक जेल जानेसक्ने अवस्था पनि आएको थियो तर उनी जेल जानबाट भने बचेका थिए ।

ब्लडमनि तिर्न नसक्दा साउदी जेलमा रहेका थानेश्वर  जेल मुक्त,केहि दिनमा नेपाल पठाइने 

साउदी, जेठ १४ । ब्लडमनि बापतको रकम तिर्न नसक्दा बिगत ४ बर्ष देखि साउदी अरबको जेलमा रहेका मध्यविन्दु नगरपालिका ८ नवलपरासीका थानेश्वर भुसाल सोमबार जेल मुक्त भएका छन् । उनलाई छुटाउनका लागि थालिएको रकम संकलन अभियानबाट माग गरिएको ब्लड मनि रकम पूरा गरि बुझाएपछी ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका भुसाललाई अदालतले रिहा गरेको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले जानकारी दिएको छ। कसरी परे भुसाल जेल ? रोजगारीका लागि ५ बर्ष अघि साउदी पुगेका भुसाल साउदी स्थित एक कम्पनीमा कार्यरत थिए । कम्पनी मालीकले गाडी चलाउँदै गर लाईसेन्स् आउँदै गर्छ भनेपछि मालीकको कुरा काट्न नसकी थानेश्वर भुसाल बिना लाईसेन्स् गाडी चलाईरहे । अचानक एक दिन उनले चलाएको गाडीलाई पछाडीबाट अर्को गाडिले ठक्कर दियो।दुर्घटनामा उनको अगाडी र पछाडीको गाडीमा सवार साउदी नागरिक र भारतीय नागरिकको घट्ना स्थलमै मृत्यु भयो भने उनी आफै गम्भीर घाईते भए । साउदी अरबको ट्राफिक नियम अनुसार बिना लाईसेन्स् गाडि चलाउदा उनी फन्दामा परे । थानेश्वर भुसाल लामो समय देखि साउदीको जेलमा नरकीय जीवन बिताईरहेका थिए । साउदी सरकारको जेद्दा स्थित प्राइभेट राइट न्यायलयले भुसाल र भारतीय नागरिकलाई बराबर दोषी ठहर गर्दै मृतक साउदी नागरिकका परिवारलाई बल्ड मनी बापत १ लाख ५० हजार साउदी रियाल तिर्नुपर्ने फैसला सुनाएको थियो। २०६७ असोज ६ गते साउदी गएका भुसाल २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए। यसरी भुसाल जेल परेपछि परिवारले जीवन रक्षा गरिदिन सबैलाई अपिल गरेसँगै देश विदेशबाट थानेस्वर भुसाल बचाउ अभियान तीब्र रूपमा चलाउदै आवश्यक रकमको लागि आर्थिक सहयोग सङ्कलन सुरु गरिएको थियो । भुसाललाई बचाउन विभिन्न देशका एनआरएनएका शाखासहित विदेशमा रहेका नेपाली कामदारले सहयोग गरेका हुन् । साउदी अरेबियासहित कुवेत, युएई, अस्ट्रेलिया, मलेसिया, कोरिया लगायतका देशबाट पनि ब्लड मनी संकलन भएको थियो। यस्तै भुसाल बचाउ अभियानमा गैर आवसिय नेपाली संघ (एनआरएनए )ले १२ लाख ५० हजार नेपाली रुपैयाँ सहयोग गरेको थियोे। भुसाललाई जेलबाट छुटेपछि जेद्दास्थित महावाणिज्य दूतावासमा ल्याएको पिएनसिसीले जनाएको छ। उनलाई डिपोर्टेसन सेन्टरमा पठाएर नेपाल फर्काउने तयारी हुँदै गरेको जेद्दास्थित महावाणिज्य दूतावासले जानकारी दिएको छ।

कांग्रेसले सोध्यो : ओली-मोदीको १२ बुँदेमा किन अटेन लिपुलेक ?

काठमाडौं, चैत २६ । विभिन्न विषयहरु समेटिएर प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मादीबीच १२ बुँदे समझदारी भएको छ । सो समझदारीमा नेपालको दार्चुलाको बिबादित क्षेत्र लिपुलेक अटाउन सकेन । वर्षौदेखि बिबादित क्षेत्रका रुपमा रहेको लिपुलेक मात्रै नभएर सिमा बिबादका सम्वन्धमा ओली-मोदीले जारी गरेको संयुक्त वक्तव्य मौन देखिन्छ । जल तथा रेल मार्ग सञ्चाल गर्ने, कृषिमा सहकार्य गर्ने, नेपालको समुद्रसम्म पहुँच सुनिश्चित गर्ने, भारतले नेपालमा सञ्चालन गरिरहेका योजनाहरुलाई गति दिने तथा दुई देशबीच उच्च स्तरीय भेटघाटलाई निरन्तरता दिनेलगायतका विषयहरूमा समझदारी कायम भएपनि सिमा बिबादका समाधानमा दुवै पक्ष मौन रहेको देखिन्छ । हल्ला गर्ने विषय बनाइयो स् बडू लिपुलेकको विषयलाई नेपालका राजनीतिक दलहरुले हल्लाको विषय बनाएको तर कुटनीतिक तहमा उठाउन नसकेको कांग्रेसका सांसद दिलेन्द्र प्रशाद बडूले आरोप लगाए । ‘सिमा बिबाद गम्भिर विषय हो तर जनतालाई सुनाउनका लागि मात्रै यी विषयहरु उठे, समाधान हुने गरी उठाउन सकिएन,’ बडूले भने,‘लिपुलेक, कोसी बाँधलगायतका बिबादित सिमा क्षेत्रका सम्बन्धमा कुटनीति तहबाटै समाधान हुनुपथ्र्यो, तर सरकारबाट पहल हुन सकेन ।’ उनले सिमा क्षेत्रको मात्रै नभइ दार्चुलामा बन्ने नेपाल–भारत जोड्ने पुलको बारेमासमेत मौन बस्नु दुःखद् भएको बताए । उनले भने,‘दार्चुलामा बन्ने घोषणा भई सकेको मोटरेबल पुलले त्रिदेशिय व्यापार र सम्बान्धलाई पनि सहयोग गर्छ तर प्रधानमन्त्रीको भारत भ्रमणमा कुरा नै उठेन ।’ सम्वोधन भएको छ : सरकार पक्ष सिमा क्षेत्रमा देखिएको बिबाद जटिल प्रकारको भएकाले प्रबुद्ध समूहको निर्णय अनुसार दुवै देशका सरकारले काम गर्ने भएकाले नसमेटिएको प्रदेश क्षेत्र नम्बर ‘क’ का सांसद गेल्बुसिह बोहरा बताउछन् । उनले लिपुलेक मात्रै नभइ भारतसँग जोडिएका सिमानाकामा उब्जिएका सबै प्रकारका बिबादको समाधान सरकारले खोज्ने बताए । दार्चुला प्रदेश क्षेत्र नम्बर ‘ख’ का सांसद मानबहादुर धामीले संयुक्त बक्तव्यको बुँदा नम्बर ६ मा भएको सिमा वारपार व्यापार, वस्तुहरुको आयात निर्यात तथा नागरिकहरुको आवागमनलाई विकासका लागि उपयोग गर्ने र बुँदा नम्बर ४ अनुसार नेपालको प्राथमिकताका आधारमा काम गर्ने प्रतिबद्धता भारतीय प्रधानमन्त्रीले दिएकोबाट समग्र बिवादहरुको समाधान हुने बताए । ‘छुट्टै रुपमा सिमा बिवाद समाधान गर्ने कुरा नआएको मात्रै हो, बुँदा नम्बर ६ र ४ ले नेपालको प्राथमिकतालाई मध्यनजर गर्ने भएकाले लिपुलेकसहितको सिमा बिवाद समाधानको कुरा पनि सम्बोधन भएको छ’ प्रदेश सांसद मानबहादुर धामीले भने । लिपुलेकसँग सिमा जोडिएको व्याँस गाउँपालिका वडा नम्बर २ राप्लाका अध्यक्ष धिरनसिंह बुढाथोकीले सिमा बिबाद चाँडोभन्दा चाँडो समाधान गर्न सरकारसँग माग गरे । उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सिमा बिबादका महत्वपूर्ण पक्षबारे छलफल नहुनु दुःखद् भएको ठहर गरे । अन्नपुर्ण पोस्ट्मा खबर छ।

महिनावारीमा धेरै पेट दुख्ने केटीको बच्चा हुँदैन ?

म १८ वर्षीया युवती हुँ । महिनावारी हुँदा मेरो पेट निकै दुख्छ । गाउँघरका जेठाबाठाहरू भन्नुहुन्छ, महिनावारीमा धेरै पेट दुख्ने केटीको शिशु हुँदैन । के यो सत्य हो ? मेरो पनि शिशु हुँदैन त ? यसको समाधान के होला ? पहिलो पटक महिनावारी भएपछि केही समयसम्म यो नियमित नहुन सक्छ । त्यसबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन्, जस्तो कि पेट फुलेजस्तो हुने चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने थकाइ लाग्ने, चिडचिडापन, प्यास लाग्ने, खानपिनसम्बन्धी रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निनेजस्ता कुरा हुन सक्छन् र यस्तो स्थितिलाई  Premenstrual Tension Syndrome भनिन्छ । महिनावारी हुँदा किन पेट दुख्छ ? प्राय: सबैजसो किशोरीले महिनावारी हुँदा धेरथोर पीडाको अनुभव गरेकै हुुन्छन् । आधाजसो महिलाले त बेस्सरी नै पेट दुखेको गुनासो गर्छन् । महिनावारीको यस्तो पेट दुखाइलाई dysmenorrhea भनिन्छ । यस्तो किसिमको पीडा तल्लोपेट, pelvic area कम्मर, ढाडको तल्लो भाग वा तिघ्रातिर समेत सर्न सक्छ । महिनावारीमा तल्लो पेट दुख्दा सामान्य दैनिक जीवन नै खलबलिन सक्छ । महिनावारी हुँदा रगत बाहिर पठाउन पाठेघरमा छिन–छिनमा संकुचन आउँछ र पीडा अनुभव हुन्छ । किशोरावस्थामा पाठेघरको मुख केही खुले पनि तुलनात्मक रूपमा सानै हुने भएकाले वयस्क अवस्थाको भन्दा बढी दुख्छ । समय बित्दै गएपछि वा शिशु जन्माइसकेपछि पाठेघरको मुख पर्याप्त मात्रामा ठूलो हुने भएकाले त्यति धेरै पीडा महसुस हुँदैन । महिनावारी हुँदा रगत निस्कने क्रममा पाठेघरको भित्री परत तुहिने क्रममा prostaglandin भनिने रसायन निस्कन्छ, जसले रक्तनसामा संकुचन ल्याउँछ र पाठेघरलाई आवश्यक रक्तप्रवाहमा कमी आई अक्सिजनको मात्रामा कमी आउँछ । यो प्रक्रियाले पनि पीडा दिन्छ । यी दुवै प्रक्रिया महिनावारी चक्रकै अन्तरङ्ग प्रक्रिया भएकाले यसलाई प्राकृतिक नै मानिन्छ । यस्तो स्थितिलाई Primary Dysmenorrhea भनिन्छ । तपार्इंले आफ्नो महिनावारी चक्रका बारेमा केही लेख्नुभएको छैन । स्वस्थ महिलामा यस्तै ३ देखि ५ दिनसम्म योनिबाट रगत आउने र २८–३० दिनको चक्रीय रूपमा अर्को महिनावारी हुन्छ भन्ने कुरा त तपाईंलाई थाहै होला । यस्तो चक्र केही चाँडोमा २१ दिनदेखि बढीमा ३५ दिन सम्म हुनुलाई सामान्य नै मानिन्छ । तपाईंले पनि अनुभव गर्नुभएकै होला, पहिलो पटक महिनावारी भएपछि केही समयसम्म यो नियमित नहुन सक्छ । त्यसबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन्, जस्तो कि पेट फुलेजस्तो हुने, चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन, प्यास लाग्ने, खानपिनसम्बन्धी रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निने जस्ता कुरा हुन सक्छन् र यस्तो स्थितिलाई Premenstrual Tension Syndrome भनिन्छ । किशोरावस्थामा तल्लो पेटको पीडा कम गर्न के गर्ने ? पीडा भैरहेका बेला आरामको आवश्यकता पर्छ, त्यसैले थप आराम गर्ने अर्थात् सुत्ने प्रयास नै गर्नुभए हुन्छ, तर पेट नदुखेका बेला भरसक अरूझैं दैनिक घरेलु कार्य वा अध्ययनमा व्यस्त रहनुपर्छ । व्यक्तिगत सरसफाइ तथा कब्जियत हुन नदिन विशेष ध्यान पुर्‍याउनुपर्छ । नुनको सेवन कम गर्दा शरीरमा जम्मा हुने पानी कम हुने भएकाले पनि केही सजिलो हुने कुरा बताइन्छ । पीडा कम गर्न तातो वस्तु जस्तै : hot water bottle वा बाक्लो कपडा तताएर सेक्न सकिन्छ । तातो पानीले नुहाउँदा पनि पीडा कम गर्न मद्दत मिल्छ । कुनै तातो पेय पिउन सकिन्छ वा वा पेटमा हल्का मालिस गर्दा पनि पीडा कम गर्न सकिन्छ । महिनावारी भएका बेला कसरत वा व्यायामले पनि पीडा कम गर्न सकिन्छ । औषधीको सेवन गरेर पनि यस्तो पीडा कम गर्न सकिन्छ । अति नै दुखेको स्थितिमा घरेलु उपाय वा सिटामोलजस्ता औषधीको सेवन पर्याप्त नहुन  सक्छ । त्यस्तो अवस्थामा चिकित्सकको सहयोग लिनु आवश्यक हुन्छ । आवश्यकता हेरी चिकित्सकले केही कडा किसिमका औषधी, पिसाब लगाउने औषधी वा हार्मोन भएका औषधी दिन सक्छन् । पाठेघरको मुखलाई ठूलो पारेर गरिने उपचार किशोरीहरूमा प्रयोग गरिंदैन । कतिपय महिलामा गर्भधारण गरेर सामान्य रुपमा (योनिमार्गबाट नै) सन्तान जन्माउँदा यो समस्या पूर्ण रुपमा समाधान भएको पाइएको छ । के शिशु जन्माउन सकिँदैन ? किशोरीहरूमा पेट दुख्ने प्रमुख कारण Primary Dysmenorhea हुन्छ । यस किसिमको स्थितिमा शिशु जन्माउन सक्ने अर्थात् भनौं प्रजनन क्षमतामा कुनै नकारात्मक असर पर्दैन । किशोरावस्थामा विरलै मात्र हुने भए पनि पाठेघर वा त्यसवरिपरिका अङ्गमा कुनै रोग वा विकार भएको अवस्थामा तल्लो पेट दुख्नुलाई Secondary Dysmenorrhea भनिन्छ । पाठेघरको टयुमर, पाठेघर तथा वरिपरिको अङ्गको सक्रमण एवं इन्डोमेट्रियोसिसजस्ता स्थिति पीडाका कारण हुन सक्छन् । यस्तो स्थितीमा भने प्रजनन क्षमतामा नकारात्मक असर पर्न सक्छ । त्यसैले तपाईंले उल्लेख गर्नुभएजस्तो जेठाबाठाहरूले भनेको कुरामा पूरै सत्यता नभए पनि केही हदसम्म सत्यता छ । समाधानका लागि तपाईंको पीडाको प्रमुख कारण निक्र्यौल गर्नुपर्छ । यसका लागि तपाईंले स्त्रीरोग विशेषज्ञको सहायता लिनुपर्ने हुन्छ । स्त्रीरोग विशेषज्ञको सल्लाहमा विभिन्न किसिमको परीक्षण गराउनुपर्ने हुन सक्छ । कुनै खराबी नभए अनावश्यक रूपमा चिन्ता लिनु पर्दैन । केही खराबी देखिएको स्थितिमा भने खराबीअनुसार उपचार गराउनुपर्ने हुन्छ । यसका लागि तपाईंलाई स्त्रीरोग विशेषज्ञले नै सहयोग गर्नुहुनेछ । साप्ताहिकबाट  

तस्बिरमा पासाङको फिल्मी जीवनी (कमाण्डरदेखि उपराष्ट्रपतिको दोश्रो कार्यकाल)

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ दोस्रो कार्यकालका लागि पुनः निर्विरोध निर्वाचित हुनुभएको छ । । शुक्रबार उपराष्ट्रपति पदमा पुनको मात्र उम्मेदवारी परेका कारण निर्विरोध निर्वाचित हुनुभएको हो। उपराष्ट्रपति पुनलाई निर्वाचन आयोगले आइतबार औपचारिक रुपमा पुनः उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भएको पत्र दिएको छ । पुनको उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल थिए भने जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ थिए । १० वर्षे माओवादी जनयुद्धमा सैनिक कमाण्डरको महत्वपूर्ण भूमिका निर्वाह गरेका पासाङको जीवन एउटै चलचित्र जस्तै लाग्छ । उपराष्ट्रपति पुनको जन्म २०२२ कात्तिक ७ गते राङ्सी–९, रोल्पामा आमा स्वर्गीय मनसरा पुन र बुबा रामसुर पुनको कोखबाट भएको हो । पुनका दुई छोरा जितेन्द्र पुन र दीपेश पुनसमेत बाल्यकालमा बुबासँगै जनयुद्धमा होमिएका थिए । तस्बिरमा हेर्नुहोस् पासाङको फिल्मी जीवनी -सबै तस्बिर उपराष्ट्रपतिको निजी सचिवालय

एकीकृत अखिल शिक्षक संगठनको जिल्ला व्यापी अभियान

बुर्तिवाङ, चैत ४ । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले संगठनमा रहेका शिक्षकलाई जागरुक र साङ्गठित गर्ने अभियानलाई जिल्लाभर तीब्रताका साथ अगाडि बढाएको छ। एकीकृत अखिल शिक्षक संगठन बागलुङ जिल्ला अध्यक्ष नगेन्द्र खरेलका अनुसार अभियान बागलुङ जिल्लाका सबै स्थानीय तहहरुमा संचालन भइरहेको छ । संगठनमा निष्क्रिय रुपमा रहिरहेका शिक्षकहरुलाई जागरुक बनाई पेशागत हित र बिकासमा लाग्ने बिश्वासका साथ नगरपालिका र गाउँपालिका स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रम गरिरहेको उनले बताए । खरेलका अनुसार जिल्लाका १० वटा स्थानीय तह मध्ये निसीखोला, तमानखोला र बडीगाड गाउपालिका तथा ढोरपाटन र गल्कोट नगरपालिकामा कार्यक्रम सम्पन्न भैसकेकोले अब बाकी ५ वटा स्थानीय तहमा लगत्तै कार्यक्रम गरिने जानकारी दिए । शिक्षकहरुलाई जागरुक बनाउन यस्ता खालको कार्यक्रमले पृष्ठपोषण प्रदान गर्ने भन्दै राज्यले दिएको सेवा सुविधालाई मध्यनजर गर्दै शिक्षण पेशा गरिरहेका शिक्षकहरुको पेशागत हक हितमा भईरहेका समस्या तथा गुनासोहरुलाई संकलन गरि शिक्षक महासंघमा पुर्यााई त्यसको निराकरणको बाटोमा जाने एकीकृत अखिल शिक्षक संगठनका सचिव वीरबहादुर चोखालले बताए । बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमहरु बागलुङ जिल्लाका १० वटा स्थानीय तहमा हुने भन्दै समाजवादी शिक्षा नीति, समाजवादी क्रान्तिको आधार, ट्रेड युनियन अधिकार, बामपंथी शिक्षक एकता र शैक्षिक बिकास, गाउँ तथा नगरपालिका भेटघाट को मुख्य नारासहित बिस्तारित बैठक जिल्ला भरी संचालन गर्ने बताएको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठन नगरपालिका तथा गाउँपालिकाको आयोजनामा जिल्ला समन्वय बागलुङको संयोजनमा गरिएको कार्यक्रममा शिक्षकका पेशागत हक हित तथा शिक्षण पेशामा कसरी गुणात्मक बिकास गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण गराईने संगठनका बरिष्ठ उपाध्यक्ष जित बहादुर थापाले बताए ।

कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चले साहित्यिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै

पोखरा,  पुस १२ । “रहन सहन वा भाषा भेष फरक भए तापनि यो देश । सबको प्यारो मंगल माली यसका जनता हामी नेपाली ।।” परापूर्वकालदेखि मिलेर बसेको नेपाली समाजमा पछिल्ला समयमा विभिन्न भाषाभाषी तथा जातजातिका नाममा विभाजनका रेखा कोरिन थालेको वास्तविकतामा कवि शिरोमणि लेखनाथ पौड्यालले रचना गर्नुभएको यो पंक्ति वर्तमानमा निकै सान्दर्भिक देखिन्छ । सामाजिक चेतनाका साथै नेपालीबीचको सद्भाव र एकतालाई मजबुत बनाउन प्रेरणा दिने असंख्य कविताका रचयिता कवि शिरोमणि लेखनाथ पौड्यालको १३४औँ जन्मजयन्ती मनाउनका लागि कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका साथै विभिन्न साहित्यिक संघसंस्था यतिखेर त्यसको तयारीमा लागेका छन् । प्रत्येक वर्षको पुस १५ गतेलाई कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका रुपमा मनाउने गरिएको छ । कवि शिरोमणिको जन्मस्थल अर्घौंं अर्चलेलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन भएसँगै सो समितिको पहलमा विगत पाँच वर्षयता कवि शिरोमणिको जन्मघरको संरक्षणका साथै संग्रहालय, तरुण तपसी पार्क निर्माणलगायतका कामलाई प्राथमिकताका साथ अघि बढाइसकिएको छ । समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ काम अघि बढाइएको छ। “अर्घौं अर्चले कवि शिरोमणिको जन्मस्थल भएर पनि केही वर्षअघिसम्म उहाँको जन्मजयन्तीसमेत अन्यत्र नै मनाउन थालिएसँगै यो स्थल नै कतै ओझेलमा पर्ने हो कि भन्ने चिन्ता थपिँदै गएको थियो”, उहाँले भन्नुभयो । उहाँका अनुसार जन्मस्थलको संरक्षणका साथै कवि कवयित्रीका साथै जो कोही साहित्यानुरागीलाई एकपटक पुग्नै पर्ने ठाउँका रुपमा यस ठाउँलाई विकास गर्ने लक्ष्यका साथ गुरुयोजना बनाएर अघि बढिएको छ । समितिको पहलमा कवि शिरोमणिको जन्म घरलाई पुरानै स्वरुपमा नै निर्माण गरिएको छ भने त्यहाँ उहाँको बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन र रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखी संग्रहालय निर्माण गर्न लागिएको छ । कवि शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायतका संरचना तथा पार्क निर्माणकार्य अघि बढेका छन् । पृथ्वी राजमार्गको अर्घाैं चोकस्थित कवि शिरोमणिको सालिकदेखि जन्मस्थल अर्घौं अर्चलेसम्म ठाउँ ठाउँमा उहाँले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएका कारण अर्घाैं चोकबाट छिरेपछि उहाँका कविता वाचन गर्दै जन्मघर पुग्ने व्यवस्था समितिले मिलाएको छ । लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मका स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा उहाँका मर्मस्पर्शी कविता पढ्न सकिन्छ । अर्घौं चोकदेखि कवि शिरोमणिको जन्मघरबीचको बाटोमा पर्ने लगभग पाँच रोपनी क्षेत्रफल समेटेर तरुणतपसी पार्क निर्माण गरिएको जानकारी दिँदै अध्यक्ष लामिछानेले उक्त पार्कमा तरुणतपसी बहुउद्देश्यीय भवन निर्माण गरिएको बताउनुभयो । समिति गठन भएयता पाँच वर्षको समयमा जन्मस्थलको संरक्षण एवं संग्रहालयको निर्माणका लागि राज्यस्तरबाट लगभग रु ७० लाख सहयोग प्राप्त भए पनि जनश्रमदान आदिसमेतका आधारमा लगभग रु दुई करोड ५० लाखभन्दा बढीको काम सम्पन्न भइसकेको लामिछानेले जानकारी दिनुभयो । सात तालको बगैँचा शहर अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकलाई एकपटक पुग्नै पर्ने स्थलका रुपमा कवि शिरोमणि संग्र्रहालयलाई विकास गर्दै साहित्यिक पर्यटनको महत्वपूर्ण आकर्षणका रुपमा अर्घौं अर्चलेलाई विकास गर्ने समितिको लक्ष्य रहेको समितिका सचिव मनोज पौडेलले जानकारी दिनुभयो । समितिले कवि शिरोमणिलाई पहिलोपटक कविता लेख्न प्रेरणा मिलेको दोपहरे पाखालाई कविकुञ्ज पार्क बनाउने योजना अघि सारेको छ । कवि शिरोमणिको जन्मस्थल अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी उनीहरू बस्ने सुविधा सम्पन्न होटल निर्माण गर्ने समितिको सोच रहेको सचिव पौडेलले जानकारी दिनुभयो । “अर्घौं अर्चले आउने जो कोही पर्यटक वा साहित्यानुरागी यहाँ बसेर साहित्य सिर्जना गर्न चाहन्छ भने यसलार्ई त्यस किसिमको वातावरण तयार गरिदिने हाम्रो सोच हो”, उहाँले थप्नुभयो । लेखनाथको जन्मस्थललाई नेपाली साहित्यको अध्ययन तथा अनुसन्धानस्थलका साथै साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ काम अघि बढिरहेको समितिका कोषाध्यक्ष रामप्रसाद तिमल्सिना बताउनुहुन्छ । “अनुसन्धाताका साथै देशका विभिन्न भागबाट पोखरा भ्रमणमा आउने पर्यटकलाई एकपटक पुग्नै पर्ने ठाउँका रुपमा अर्घौं अर्चलेको विकास गर्न लागिएको छ”, उहाँले भन्नुभयो ।

वाम गठबन्धन : लोकतन्त्रको भविष्य

मङ्सिर १६ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा नेकपा माओवादी केन्द्रबीच भएको वामपन्थी गठबन्धनले अहिले मुलुकभर सर्वाधिक चर्चाको विषय बनेको छ । विगतमा यी दुईवटै कम्युनिष्ट घटक एक अर्काको कट्टर विरोधीको रूपमा देखिएको थियो । माओवादी केन्द्रले आफूलाई असली कम्युनिष्टको रूपमा जनसामु प्रस्तुत हुँदै एमालेलाई नक्कली कम्युनिष्टको विल्ला भिराएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भाषामा भन्ने हो भने एमाले हिङ्ग टालेको कम्युनिष्ट हो र संशोधनवादी संसदीय व्यवस्थाको दलाल हो । यसमा कम्युनिष्टको गन्ध छैन सिर्फ नामधारी कम्युनिष्ट हो । नेकपा माओवादी केन्द्र दशवर्षे जनयुद्ध लडेर अन्त्यमा राज्यसित शान्ति सम्झौता गरी बहुदलीय संसदीय व्यवस्थालाई स्वीकार गरेको तथ्य सबैलाई थाहा भएकै हो । नेकपा माओवादीले यस व्यवस्थाको विरुद्ध हतियार उठाए तर सफल हुन सकेनन् बरु यसै बहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्थाले नै माओवादीलाई सत्तामा पुर्यायो । साथै एउटा प्रभावशील शक्तिको रूपमा मुलुकमा स्थापित हुन अवसर पायो । यसअघि २०४६ सालमै एमाले बहुदलीय संसदीय व्यवस्थाका लागि भएको जनआन्दोलनमा वाममोर्चाको रूपमा भाग लिइसकेको थियो । त्यस अघि उसको राजनीतिक दिशा स्पष्ट थिएन किनभने तत्कालीन मालेले २०३७ सालको जनमत सङ्ग्रहमा बहुदलीय व्यवस्थामा मतदान नगरेको कुरा कसैबाट लुकेको छैन । तत्कालीन माले पार्टीले २०२८ सालमा नकसलाइट आन्दोलनबाट प्रभावित भई झापामा हिंसात्मक आन्दोलन गरेका थिए जसमा वर्गशत्रु सफाया आन्दोलनअन्तर्गत निर्दोष धनी सम्पन्न जमिन्दारको हत्या गरेका थिए । माले अर्थात् पूर्व कोशी प्रान्तीय कमिटी नामधारी कम्युनिष्ट जो कि सीमावर्ती पश्चिम बङ्गालको नक्शलवाडी आन्दोलनबाट प्रभावित थिए उसले आफ्नो उद्देश्य पूरा गर्न नसकि पञ्चायती शासकको दमनमा परे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भाषामा भन्ने हो भने एमाले हिङ्ग टालेको कम्युनिष्ट हो र संशोधनवादी संसदीय व्यवस्थाको दलाल हो । यसमा कम्युनिष्टको गन्ध छैन सिर्फ नामधारी कम्युनिष्ट हो । नेकपा माओवादी केन्द्र दशवर्षे जनयुद्ध लडेर अन्त्यमा राज्यसित शान्ति सम्झौता गरी बहुदलीय संसदीय व्यवस्थालाई स्वीकार गरेको तथ्य सबैलाई थाहा भएकै हो । २०४६ सालसम्म आउँदा आउँदै विश्व कम्युनिष्ट आन्दोलनले धेरै फड्को मारिसक्नुका साथै मालेमा पनि धेरै परिवर्तन आइसकेको थियो । कम्युनिष्ट राष्ट्र रुसमा निरङ्कुश एकदलीय अधिनायकवादको पत्तन भइसकेको थियो । त्यहाँ उदार लोकतन्त्र र खुल्ला स्वतन्त्र समाजको हावा वेगवान रूपमा प्रवाहित भइसकेको थियो । त्यही परिवर्तनका कुरालाई अध्ययन मनन गरी माले माक्र्सवादी समूहसहित बनेको वाम मोर्चाले नेपाली काँग्रेसको नेतृत्वमा सञ्चालित २०४६ सालको जनआन्दोलनमा सामेल भए । मुलुकमा बहुदलीय प्रजातन्त्रको पुनस्र्थापना भयो । नेकपा मालेपछि २०४८ सालमा मनमोहन अधिकारीको नेतृत्वमा रहेको माक्र्सवादी समूहसित एकीकृत भई एकीकृत माक्सवादी–लेनिनवादी (एमाले) पार्टीको रूपमा स्थापित भयो । एमालेका प्रखर नेता मदन भण्डारीको जनताका बहुदलीय जनवादको नीति अख्तियार गरी बहुदलीय संसदीय व्यवस्थाको चुनाव लडेर पटकपटक सरकारको नेतृत्व गरिसकेको छ । यसरी एमाले २०४७ सालदेखि नै संसदीय अभ्यासमा लागि एउटा सशक्त विपक्षी दलको भूमिका पनि निभाइसकेको छ । नेपालका दुई प्रमुख कम्युनिष्ट पार्टी माओवादी केन्द्र र एमाले जस्ता प्रमुख दल संसदीय लोकतन्त्रका एकशक्तिको रूपमा स्थापित भइसकेको छ । यिनीहरू संसदीय लोकतन्त्रमा पटकपटक सत्ता भोग गरी सकेर नेतामा सर्वसाधारण जनताभन्दा आफू माथिल्लो दर्जाको हुँ भन्ने भावना सिर्जना भइसकेको पनि हो । विगतमा काँग्रेसलाई बुर्जुआ पार्टी भन्ने यी कम्युनिष्ट पार्टीका नेताहरू अहिले काँग्रेसभन्दा ठूलो बुर्जुआ र पूँजीपति रूपमा नेपाली समाजमा देखापरेका छन् । त्यसैले यिनीहरूले वाम गठबन्धन गरी मुलुकमा एकदलीय सर्वसत्तावाद लादनेछ भन्ने कुरा विश्वास योग्य छैन । फेरी अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति पनि सकारात्मक छैन । मुलुकले संविधान सभाबाट नयाँ संविधान पाइसकेको छ । साथै नेपाली जनता करिब तीन दशकदेखि निरन्तर रूपमा लोकतान्त्रिक अभ्यासमा छन् । नेपाली जनता अब कुनै किसिमको निरङ्कुशता र अधिनायकवाद सहने छैन । जसरी निरङ्कुश राजतन्त्रको विरुद्धमा नेपाली जनताले जनआन्दोलन गरी धरासायी बनाए त्यसरी नै कम्युनिष्ट अधिनायकवादलाई सखाप पार्नेछ । एमाले र माओवादीजस्ता नामधारी अर्थात् ट्रेडमार्क कम्युनिष्ट पार्टी हुन् । अब यिनीहरूमा कुनै कम्युनिष्ट तìव विद्यमान छैनन् । माक्र्सवाद, लेनिनवाद र माओवादको रामनामी खोल ओढेर सत्ताको सुख शयनमा लिप्त भइसकेका छन् । यसरी यिनीहरूको बीचमा भएको वाम गठबन्धनले चुनावमा अत्यधिक भोट ल्याएर बहुमतको सरकार बनाउने उद्देश्य रहेको छ । कथंकदाचित संसदीय चुनावमा बहुमत ल्याई सरकार गठन गरे भने बढीमा कार्यकारी राष्ट्रपतिको व्यवस्था ल्याउन सविधानमा संशोधन गराउन प्रयास गरिनेछ तर त्यो पनि प्रतिपक्ष काँग्रेस लगायतका दल र जनताको विरोधको बीच त्यो संशोधन हुन सम्भव छैन । यसरी वामन्थी सत्ता गठबन्धनले न अधिनायकवाद ल्याउन सक्छ न बहुदलीय लोकतन्त्रलाई मास्न सक्छ । फेरि नेपालका कम्युनिष्ट पार्टीमा कहिले पनि स्थायी एकता हुन सक्दैन् । विगतका ऐतिहासिक घटनाक्रमले यसलाई पुष्टि गरिएको छ । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना २००६ सालमा भारतको कलकत्तामा भयो जसको संस्थापक अध्यक्ष पुष्पलाल हुनुहुन्थ्यो । उहाँ सुरुमा २००३ साल देखि २००६ साल सम्म बनारसस्थित नेपाली राष्ट्रिय काँग्रेससित आबद्ध रही कार्यालय सचिवको रूपमा वी।पी। कोइरालाको सहयोगी हुनुहुन्थ्यो । पछि बङ्गालका माक्र्सवादी कम्युनिष्ट नेताहरूको सङ्गतमा कम्युनिष्ट हुनुभयो । यसरी पुष्पलालको राजनीतिक जन्म शिक्षा र दीक्षा काँग्रेसको सङ्गतबाट भएको थियो । जसरी निरङ्कुश राजतन्त्रको विरुद्धमा नेपाली जनताले जनआन्दोलन गरी धरासायी बनाए त्यसरी नै कम्युनिष्ट अधिनायकवादलाई सखाप पार्नेछ । एमाले र माओवादीजस्ता नामधारी अर्थात् ट्रेडमार्क कम्युनिष्ट पार्टी हुन् । अब यिनीहरूमा कुनै कम्युनिष्ट तìव विद्यमान छैनन् । माक्र्सवाद, लेनिनवाद र माओवादको रामनामी खोल ओढेर सत्ताको सुख शयनमा लिप्त भइसकेका छन् । यसरी यिनीहरूको बीचमा भएको वाम गठबन्धनले चुनावमा अत्यधिक भोट ल्याएर बहुमतको सरकार बनाउने उद्देश्य रहेको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापनाकालदेखि २०१५ सालसम्म एउटै पार्टी रहेको थियो। त्यही साल भएको प्रथम आम चुनावमा नेकपाले संसदमा मात्र चार स्थान ल्याउन सफल भएको थियो। २०१७ साल पुस १ गते राजा महेन्द्रबाट सैनिक बलमा ‘कू’ गरी समाप्त पारिएको संसदीय प्रजातन्त्रपछि यसका तत्कालीन महासचिव डा। केसरजङ्ग रायमाझी राजा महेन्द्रको कदमलाई समर्थन गरि कम्युनिष्ट पार्टी छाडि पञ्चायतमा गए । त्यसपछि दरभङ्गा प्लेनममा मनमोहन अधिकारी महासचिव चुनिए । नेपाल कम्युनिष्ट पार्टी दुई ध्रुवमा विभाजित भए । एउटा सोभियत रुस समर्थक भए भने अर्को चीन समर्थक भए । सोभियत समर्थकले माक्सवाद–लेनिनवादको विचारलाई माने भने चीन समर्थकले माक्र्सवाद–लेलिनवाद र माओवाद विचारलाई माने । त्यस पछि अन्य कम्युनिष्ट घटकको जन्म भयो जसको नेतृत्व मोहन विक्रम सिह, सिपी मैनाली, निर्मला लामाले गरे । २०१७ सालदेखि २०४६ सम्म आउँदा नेकपा धेरै चिरामा विभाजित भए । प्रवासमा बसेका नेपाली काँग्रेसका नेता वी।पी। कोइराला र नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पलालबीच निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध संयुक्त आन्दोलनको कुरा गर्दा कोइरालाले सधैं भन्नुहुन्थ्यो आधिकारिक कम्युनिष्ट पार्टी कुन हो रु कोसित मिल्ने नेपालभित्र दर्जनौँ कम्युनिष्ट पार्टी छन् । कोही दरबार र पञ्चायत समर्थक छन् त कोही नकशलाइट पन्थी झापाली विद्रोही छन् । यसरी वीपीको प्रश्नप्रति पुष्पलाल नाजावाफ हुनुहुन्थ्यो । फेरि कम्युनिष्टको द्वैध चरित्रले गर्दा वीपीले विश्वास गरेका थिएनन् । ने।क।पा।का अध्यक्ष पुष्पलाललाई माले, मसाले र मोहन विक्रमले गद्दार पुष्पलालको विल्ला भिराइ पञ्चायतलाई सघाएका थिए । यसरी २०४६ सालसम्म निरङ्कुश पञ्चायती व्यवस्थाले एकछत्र राज्य गरेका थिए । छयालीस सालमा भएको जनआन्दोलनमा बल्ल माक्र्सवादीले हामी पनि भाग लिन्छौँ भनी जनआन्दोलनको कमाण्डर नेकाँका सर्वमान्य नेता गणेशमान सिंह समक्ष गएर अनुरोध गर्दा उहाँले कुन कम्युनिष्ट पार्टीसित संयुक्त आन्दोलन गर्ने रु त्यसैले तपाईंहरू संयुक्त वाम मोर्चा बनाएर आउनुस् भनेपछि साहना प्रधानको नेतृत्वमा संयुक्त वाममोर्चा बनाई जनआन्दोलनमा सहभागी जसमा तत्कालीन माले हाल एमाले पनि थिए । यसरी नेपाली काँग्रेसले एमालेलाई बहुदलीय संसदीय लोकतन्त्रमा ल्याएको भन्नु अत्युक्ति नहोला तर एमाले लोकतान्त्रिक धारमा आए पनि एकदलीय सर्वसत्ताको संस्कारबाट पूर्णरूपमा मुक्त हुन सकेका छैन । उसका नेताहरूको बोलाइ र व्यवहारमा लोकतान्त्रिक संस्कारको अभाव देखिएको छ । माओवादीसितको गठबन्धन पछि त एमालेका नेताहरूको मनोबल बढेर गएको छ । यतिसम्म कि यसका अध्यक्ष के।पी। शर्मा ओलीको बोलीले लोकतन्त्रवादीलाई झस्काएको छ । हालै ओलीले झापाको एउटा आमसभामा संसदीय व्यवस्थाको पनि विकल्प हुन सक्छ भनेर एकदलीय अधिनायकवादको छनक दिई सक्नु भएको छ । यसले गर्दा लोकतन्त्रवादी नेपाली जनतामा संशय पैदा हुनु स्वाभाविकै हो । खासगरी नेपाली काँग्रेस जो निरङ्कुश राणातन्त्रदेखि निरङ्कुश राजतन्त्रसम्मलाई फालेर मुलुकमा पूर्ण लोकतान्त्रिक गणतन्त्रको स्थापनामा नेतृत्वदायी भूमिका निर्वाह गरिएको छ, त्यसलाई शङ्का लाग्नु त झन् स्वाभाविक छ । यसरी बहुदलीय संसदीय व्यवस्थालाई विगत करिब तीन दशकदेखि अङ्गालेर अहिले माओवादीसित गठबन्धन गर्ने बित्तिकै गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिनु लोकतन्त्र र नेपाली जनताप्रति बेइमानी र धोखा दिनु हो । हुनत एमाले र माओवादीको वामगठबन्धनले चुनाव जित्न जतिसुकै भाषण, नारा र राष्ट्रवादको कुरा गरे पनि नेपाली जनताले परास्त गर्नेछ । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । एकदलीय सर्वसत्तावाद वा अधिनायकवाद हुन सक्दैन । गोरखापत्रबाट साभार

‘मिसेस विउटी कुइन नेपाल २०१७’ आवेदन फारम खुल्ला

काठमाडौं, कार्तिक १८ । मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस, एसएलसी प्रिन्सेस्, मिस टिन कलेज कार्यक्रमको निरन्तरतासँगै सिजन मिडिया प्रा.लि.द्वारा आयोजित विवाहित महिलाहरुमा केन्दि«त ‘मिसेस ब्युटी कुर्इन नेपाल २०१७’ को आयोजना गर्ने भएको छ । उपत्यकालगायत मोफसलका शहरहरुमा बढी मात्रामा अविवाहित युवतीहरुलार्इ मात्र ध्यानमा राखेर कार्यक्रमहरु हुँदै आएकोमा विवाहित महिलाहरुको पनि सहभागितालार्इ ध्यानमा राखी सिजन मिडियाले यो पहिलो चोटी यस्तो कार्यक्रम आयोजना गर्न लागेको बताउँछन सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्त । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो। विगत आठ वर्षदेखि काठमाडौँमा रहेर विभिन्न सामाजिक सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो पहिलो चरणको संस्करणको लागि उपत्यकावाट र उपत्यका बाहिरबाट जम्मा ३० प्रतियोगी समावेश गराइने जानकारी दिए । साथै उक्त प्रतियोगीताको लागि फाराम पनि खुल्ला भइसकेको वन्तले यसै विज्ञप्तिमार्फत जानकारी गराएको छ । नेपाल अधिराज्यभर रहेका सम्पूर्ण विवाहित महिलाहरुलाई मध्यनजर राखी उनीहरुको व्यक्तित्व विकास साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुको साथै सही मार्ग निर्देशनको भूमिका खेल्न सकोस् भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको वन्तले बताए । पहिलो चरणको छनोटमा आगामी मंसिर महिनाको पहिलो हप्तामा हुनेछ । उक्त प्रक्रियाबाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा शारीरिक फिटनेश, जुम्वा, एरोविक्स, र्याफ्टिङ, सेल्फ मेकअप, फोटो सेसन व्यक्तित्व विकास सम्बन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल बाल आश्रम, वृद्धाश्रम आदि मिडिया भिजिट, कल्चरल भिजिट र हस्पिटालिटी सम्बन्धी जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विधामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नुहुने छ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानवअधिकारकर्मी, समाजसेवी तथा विशिष्ट व्यक्तिहरुसँग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संचालन गरिने छ । प्रतियोगिताका विजेताले ‘मिसेस विउटी कुइन नेपाल २०१७’ को उपाधी सहित रु १ लाख ८५ हजार वरावरको टिभिएस स्कुटर, मोवाइल फोन र ५ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु २५ हजार बराबरको विभिन्न उपहारहरु प्राप्त गर्ने छन ५ दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन यस बाहेक अन्य विभिन्न १३ विधामा पनि विजेता छनौट गरिनेछ ।

३१ वर्षीय मेयर उम्मेदवार रहबरकाे संकल्प: विकसित वीरगञ्ज

३१ वर्षीय युवा रहबर अन्सारी वीरगञ्ज महानगरपालिकाको मेयरमा उठेका छन् । हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरेका युवा अन्सारीले नेपालको मौलाउँदो भ्रष्ट राजनीतिलाई सङ्ल्याउन र जनताको दैनिकिलाई सहज बनाउन कै लागि आफ्नो उम्मेदवारी भनेका छन् । कुनै विवादमा नपरेका र वीरगन्जका युवा पुस्ताले रुचाइएका नेकपा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार अन्सारीसंग के छन, त्यस्ता योजना ? एभरेष्टदैनिकका लागि रघुनाथ बजगाँईँले लिएको अन्तरवार्ता विरगञ्जको चुनावी माहोलबाटै सुरु गरौँ न कस्तो छ अहिले ? दलहरु आफ्ना उम्मेदवार छान्दैछन् । केहीले घोषणा गरिसके । हामी संगठन पुर्नगठनसंगै जनतासामु गैरहेका छौँ । वडा-वडामा कमिटि बनाएर परिचालन गर्ने काम भैरहेको छ । नागरिकहरुमा पनि छुट्टै आभाषको सञ्चार भएको पाएको छु । दुई दशकपछिको स्थानीय चुनाव त्यसमा पनि अन्यत्र सकाएर अन्तिममा दुई नम्बर प्रदेशमा हुँदैछ । समग्रमा वातावरण उल्लासमय, चाखलाग्दो यस्तै छ । मैले संकल्प नै गरेको छु करले होइन रहरले जाउँजाउँ लाग्ने वीरगञ्ज बजार बनाउने छु भनेर । चुुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ खास तपाँईको एजेण्डा चाहीँ के हो ? सर्वप्रथम त नागरिकको दैनिक जीवनलाई कसरी सहज बनाउने भन्ने नै हो । ठूला सपना यसअघि नै देखाइसकिएको छ । पुरा भएका छैनन् । म के भनिरहेको छु भने गर्न सक्ने बाचा मात्रै गर्नुपर्छ । मेरो प्राथमिकतामा युवा छन् । कृषि छ । यहाँको अव्यवस्थित तरकारी बजारलाई व्यवस्थित बनाउनु छ । मैले संकल्प नै गरेको छु करले होइन रहरले जाउँजाउँ लाग्ने वीरगञ्ज बजार बनाउने छु भनेर । बहुतले पार्किङ भवन, झुत्रो होइन आधुनिक दमकल सेवा, कम्प्युटराइज्ड केन्द्रीय पुस्तकालय र भर्चुअल लाइब्रेरीका बिषयलाई प्रतिबद्धतापत्रमै उल्लेख गरेको छु । वाइफाइयुक्त स्मार्ट वीरगञ्ज बनाउने योजना छ । अन्तराष्ट्रिय स्तरको स्पोर्ट क्लब बनाउने छु । म निवाचित भएको खण्डमा घरघरमा बृद्ध भत्ता पुर्याउने छु । महानगरले वडालाई वितरण गर्छ र वडाले घरमै पुर्यार्इदिन्छ । अनलाइन प्रशासनिक सेवा उपलब्ध गराउने, उन्नत विऊ, खाद्य सहज उपलब्ध गराउने, निशुल्क एम्बुलेन्स सेवा, गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृती जस्ता एजेण्डा नै प्रमुखताका साथ उठाएको छु । यहाँका कृषकको जिवनस्तर उकास्नका लागि जे गर्नुपर्छ त्यहि गर्नेछु । बर्षमा दुईपटक खेत जोतिन्छ त्यसमा महानगरपालिकाको तर्फबाट एकपटक जोतिदिने र एक पटक किसानले जोत्नेछन् । म निर्वाचित भएको खण्डमा यो तत्काल कार्यान्वयनमा आउनेछ । फोहोरमैलाको उचित व्यवस्थापनको बिषय पनि छ । मेयर चलाउने भनेको व्यवस्थापन गर्ने हो, नीति नियम बनाउने र लागु गर्ने हो, मधेस उत्पीडनमा पर्यो भन्ने बिषय माओवादीले धेरै पहिले भनेको हो । उत्पीडन पहाडमा पनि छ ।   साधारण तर नागरिकको दैनिकिसंग जोडिने प्रकृतिका एजेण्डाहरु सुनाउनुभयो, भनेर मात्र हुँदैन नी आधार पनि चाहिएला ? नेपालमा युवालाई राजनीतिक हतियार बनाइयो तर विकासमा लगाइएन । यसलाई परिवर्तन गराउन जरुरी छ । मैलै युवापुस्ताको राम्रो साथ पनि पाईरहेको छु। यहाँका समस्यासँग परिचित छु । हंगेरीको बुडापेष्टस्थित सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नाकोत्तर गरेर आएको छु । त्यहाँ पढाईसंगै बाहिरि राजनीतिक सम्वन्ध विस्तार हुने मौका पनि मिल्यो । त्यसकारण म वीरगन्जको विकास गरेर बाहिरी दुनियाँसँग जोड्न सक्छु । मेयर चलाउने भनेको व्यवस्थापन गर्ने हो, नीति नियम बनाउने र लागु गर्ने हो, जुन मैले पढेर आएको छु । पछिल्लो समय पहाड र मधेसबीच दुरी बढाउन खोजीएको छ । मधेस उत्पीडनमा पर्यो भन्ने बिषय माओवादीले धेरै पहिले भनेको हो । उत्पीडन पहाडमा पनि छ । विरगञ्जमा यति मतान्तरले जित्छु भन्ने आंकलन पनि गर्नुभएको होला नी ? युवा पुस्ता र शिक्षित वर्गले मलाई बुझेका छन् भन्ने लागेको छ । म सबैलाई कन्भिन्स गराउँदै छु । ६० प्रतिशत मत खस्छ भन्ने मेरो आंकलन छ । अन्य दलहरुले आर्थिक चलखेल सुरु गरिसके । चुनावका दिनसम्म के-के हुन्छ । मैले एजेण्डा लिएर जनतामा जाउँ गलत काम नगरौँ भनेको छु । यो मेरो परिक्षण पनि हो तर जित्छु भन्ने विश्वास छ । त्यहीत विरगञ्जमा माओवादीको संगठन राम्रो छैन भन्छन, फेरी चुनावमा १ भोटले मात्रै भएपनि जित्नु पर्यो ! ६० प्रतिशत मत खस्ने आंकलन गर्दा जित्नलाई त्यसमध्य ५० प्रतिशत आउनैपर्छ । मेरो ठम्याई पनि यहि हो । जहाँसम्म संगठनको कुरा छ हामी लागिरहेका छौँ । जनताले अहिलेको परिवर्तनलाई बुझेका छन् । यहिँको रैथाने भएकाले व्यक्तिगतरुपमा पनि मलाई राम्रैसंग चिनेका छन् ।

अचम्म, ५५ फिट लामो कपाल भएकी महिला, घुम्न जाँदा बोकिदिन्छन् श्रीमानले

कसैको कपाल घुँडासम्म पुग्यो भने आम्मै कति लामो कपाल भन्ने गरिन्छ । तर तस्वीरमा देखिएकी यी महिलाको कपाल भने पत्याइनसक्नु छ । यसले एकातिर चर्चा बटुलेको छ भने अर्कोतर्फ उनका लागि बोझ पनि । फ्लोरिडाकी आसा मन्डेलालाई भने यही कपाल बोझ भएको छ । नहोस् पनि कसरी ? उनको कपालको लम्बाइ नै ५५ फिट छ भने तौल २० किलो छ । उनलाई नुहाउनकै लागि ६ बोतल स्याम्पु लाग्छ । कपाल सुकाउनै तीन दिन लाग्छ । कपाल सारै लामो भएपछि उनले २५ वर्षदेखि कोर्न छोडेकी छिन् जसका कारण लट्टा परेका छन् । २० किलोको कपाल उनलाई गह्रौँ भारी बनेको छ । कपालकै तौलका कारण उनको काँध दुख्ने गरेको छ ।उनको कपाल सम्हालिदिने साथी नभई हुँदैन । किनकि, बाटोमा हिँड्दा एकजनाले कपाल बोकेर हिड्नुपर्छ । लामो कपालकै कारण धेरैले उनलाई विवाह गर्न अस्वीकार गरे । तर, केही महिनाअघि उनको एक हेयर ड्रेसरसँग हिमचिम बढ्यो र तत्कालै बिहे पनि गरिन् । अहिले भने उनलाई केही राहत भएको छ, किनकि बाहिर घुम्न जाँदा श्रीमान्ले उनको कपाल बोकिदिन्छन् । कपालको भारले टाउको र काँधमा असर पर्न सक्ने भन्दै चिकित्सकले उनलाई कपाल काट्न सल्लाह दिएका छन् । तर, मन्डेला भने कपाल काट्न चाहन्नन् । यही लामो कपालका कारण उनको गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता छ । यसबाहेक उनको पृथक् पहिचान नै आयआर्जनको मुख्य स्रोत बनेको छ । उनले हेयर प्रोडक्ट एन्ड एक्सेसरिजको विज्ञापनमा मोडलिङ गर्छिन् र लाखौँ डलर कमाउँछिन् ।