माओवादी केन्द्रको स्थायी कमिटी बैठक ३ बजेलाई सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकको समय परिर्वतन भएको छ । 

आज दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको माओवादी केन्द्रको बैठक दिउँसो ३ बजेका लागि सारिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा विधान अधिवेसनका निष्कर्षलाई पूर्णता दिएर विधान ल्याउने, समसामयीक राजनीतिक लगायतकाविषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

माओवादी केन्द्रले  विशेष रूपान्तरण अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नखटिएकाहरूलाई कारबाहीका साथै सम्मानित र कारबाहीमा परेका तीन तीनजनाको नाम सार्वजनिक गरिने बताइएको छ सो विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

देशभरीका कारागारमा योग शिविर चलाइने

काठमाडौं। मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत देशभरीका कारागारमा योगशिविर संचालन हुने भएको छ। उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व प्रहरी महानिरीक्षक एवम् विपश्यना साधक कुबेरसिंह राना सहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर संचालन गर्ने निर्णय गरेको हो। एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ। केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन्। नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर संचालन हुनेछ। र, व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०/७० जनाले योग्याभ्यास गर्नेछन्। पटकपटक शिविर संचालन गरी सबैलाई योगाभ्यास गराइने छ। यसअघि नक्खु, भिमफेदी, परासी र बिराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भैसकेको छ।

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले आफूले केही दिनअघि गरेको चीन भ्रमण र त्यहाँ भएका कुराकानीबारे प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट पठाइएको पत्र प्रतिनिधिसभामा पेस

काठमाडौं । नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिबाट पठाइएको पत्र प्रतिनिधिसभामा पेस गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेका सुनाएका हुन् । पत्रमा ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नेपालको नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनः गहन छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएकाले’ फिर्ता पठाइएको उल्लेख छ ।

सांसद साहमाथि सिके राउतका कार्यक्रर्ताको भेषमा एमालेले आक्रमण गरेको खुलासा , कडा कारबाही गर्न माग

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले आफ्ना पार्टीका नेता नेता प्रमोद साहमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । आज बिहान सर्लाही, ईश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका छन् । जसपाले आज एक विज्ञप्ति जारी गरी एमालेका कार्यकर्ताहरूले पार्टीका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको आरोप लगाएको छ । एमाले कार्यक्रर्ताले सांघातिक आक्रमण गरेर जनमत पार्टीका कार्यक्रर्ताले आक्रमन गरेको भन्दै प्रचार गरेको बताईएको छ । आक्रमणबाट सांसद साहको टाउकोमा गम्भिर चोट लागेको छ । पार्टी कामको सिलसिलामा गृह जिल्ला पुगेका साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण गरी घटना गराएको र त्यसबाट साहलाई लगायत अन्य नेता तथा कार्यकर्ता घाइते भएको जसपाले दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘एमालेले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं एमाले हुनेछ ।’ घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न जसपाले माग गरेको छ । साथै उनीहरूको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ । यस्तो छ प्रेस विज्ञप्ति  

ट्रान्सपरेन्सी इन्टरनेशनलको खुलासाः एकवर्षमा नेपालमा भ्रष्टाचार बढ्यो, सबैभन्दा धेरै सरकारी तहमा

काठमाडौं । नेपालमा धेरै भ्रष्टाचार बढेको ट्रान्सपेरेन्सी इन्टरनेशनलको रिपोर्टले देखाएको छ । एशियका १७ देशमा जनस्तरमा गरिएको सवेक्षणले आम जनताले भ्रष्टाचार बढेको बताएका हुन । राजनीतिक तहमा भ्रष्टाचार बढेको जनताको भनाई छ । ट्रान्सपरेन्सी इन्टरनेसनलको ग्लोबल करप्सन ब्यारोमिटर एसिया प्रतिवेदनमा ५८ प्रतिशत नेपालीले एक वर्षमा भ्रष्टाचार झन् बढेको बताएका हुन । १७ वटा देशका २० हजार जनतामा अनलाईन प्रविविधको प्रयोगबाट यो अनुसन्धान गरिएको थियो । एसियाली मुलुकमध्ये सबैभन्दा बढी जनताले भ्रष्टाचार बढेको विश्वास गर्ने देश नेपाल नै रहेकोले उल्लेख गरेको छ । १८ प्रतिशत जनताले मात्रै भ्रष्टाचार घटेको मान्ने गरेको पनि प्रतिवेदनले जनाएको छ । कुन निकायका व्यक्ति सबैभन्दा बढी भ्रष्टाचारी छन् भन्ने प्रश्नमा भने ५० प्रतिशतले प्रधानमन्त्री कार्यालयको नाम लिएका छन् । प्रधानमन्त्री नै भ्रष्ट भएको ठहर गर्ने यो संख्यापछि सांसद र सरकारी कर्मचारी भ्रष्ट छन् भन्नेमा ४३ प्रतिशतको मत देखिन्छ । नेपालका ८४ प्रतिशत जनताले भ्रष्टाचार ठूलो समस्या रहेको सोच्ने गरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, १२ प्रतिशत जनताले एक वर्षमा सार्वजनिक सेवा लिँदा कुनै न कुनै रूपमा घुस खुवाउनुपरेको पनि उल्लेख गरेका छन् । त्यस्तै, २९ प्रतिशत जनताले एक वर्षमा सार्वजनिक सेवा लिँदा भनसुन गर्नुपरेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । १३ प्रतिशत जनतालाई भोट दिनका लागि घुस खुवाइएको पनि प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, सात प्रतिशतले सार्वजनिक सेवा लिँदा यौन दुव्र्यवहार भएको वा त्यस्तै व्यवहार भएको व्यक्ति चिनेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । सात प्रतिशत उत्तरदाताले सार्वजनिक विद्यालयमा समेत घुस दिनुपरेको बताए । राष्ट्रपति तथा प्रधानमन्त्री भ्रष्टाचारी रहेको विश्वास गर्ने नेपाली जनता ५० प्रतिशत रहेको पनि प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, ४३ प्रतिशत नेपालीले सांसद र सरकारी अधिकारीहरू भ्रष्ट रहेको सोच्ने गर्छन् । स्थानीय तहका अधिकारीहरू भ्रष्ट रहेको सोच्ने नेपालीको संख्या ४० प्रतिशत रहेको तथा २८ प्रतिशतले प्रहरी संरचनामा समेत भ्रष्टाचार भएका अध्ययनले देखाएको छ । प्रतिवेदनमा ६२ प्रतिशत नेपालीले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले राम्रो काम गरिरहेको विश्वास गर्ने पनि प्रतिवेदनले उल्लेख गरेको छ । त्यस्तै, ३७ प्रतिशतले भने भ्रष्टाचार नियन्त्रणसम्बन्धी सरकारी पहल खराब रहेको विश्वास गर्ने गरेका छन् । ६८ प्रतिशत जनता भ्रष्टाचारविरुद्ध लड्न सामान्य मानिसले उल्लेख्य काम गर्न सक्ने उल्लेख गरेका छन् ।  

कलेजभित्रै कुटिए विद्यार्थी

काठमाडौंः सरकारले तोकेभन्दा बढी शुल्क उठाउने वीरगन्जको नेसनल मेडिकल कलेजमा आन्दोलित विद्यार्थी कलेजभित्रै कुटिएका छन् । शुल्क फिर्ताको माग गर्दै शुक्रबार साँझ केहीबेर कलेजअगाडि विरोध प्रदर्शन गर्ने क्रममा एमबिबिएस पहिलो वर्षका विद्यार्थी कुटिएका हुन् । केही विद्यार्थीलाई हातमा लिएर कलेज प्रशासनले योजनाबद्ध आक्रमण गरेको पीडित विद्यार्थीले बताएका छन् । केही सिनियर विद्यार्थीले बिहीबार पनि उनीहरूलाई मध्यरातसम्म होस्टेल छिर्न दिएका थिएनन्। एक महिनादेखि आन्दोलित नेसनलका विद्यार्थी पछिल्लो समय रिले अनसनमा छन् । सुरुमा सरकारी प्रशासन र बाउन्सर लगाएर आन्दोलन दबाउन लागेको कलेजले अहिले केही सिनियर विद्यार्थी प्रयोग गरेर दमन गर्न थालेको उनीहरूको गुनासो छ । ‘केही सिनियर विद्यार्थीले परीक्षाको मुखमा आन्दोलन नगर भन्दै हामीलाई केही दिनदेखि दबाब दिइरहेका छन् । परीक्षा त हाम्रो पनि छ, लाखौँ खर्चेर पढ्न आएका हामीलाई पनि आन्दोलन गर्ने रहर होइन । कलेजको अत्याचारविरुद्ध लड्न बाध्य भएका हौँ,’ विद्यार्थी धनबहादुर तामाङले भने, ‘न्यायको यो लडाइँमा सिनियरको साथको अपेक्षा राख्दा थप अन्याय भएको छ । केही व्यक्ति कलेज प्रशासनबाट योजनाबद्ध प्रयोग भएकोमा हामीलाई डर छ,’ उनले भने । उता, चितवन मेडिकल कलेजले जिल्ला प्रशासनको रोहवरमा गरेको सहमति कार्यान्वयन नगरेपछि विद्यार्थीले पुनः आन्दोलन गर्ने भएका छन् । बढी शुल्क समायोजन या फिर्ता गर्ने सहमति गरे पनि कलेजले कार्यान्वयन गरेको छैन । विद्यार्थीले शुल्क फिर्ताको दबाबका लागि आइतबार आन्दोलन गर्दै छन् । चिकित्सा शिक्षा संघर्ष समितिका प्रवक्ता नरेश भट्टले आइतबार बृहत् र्‍याली आयोजनाको तयारी भइरहेको बताए । ‘सो र्‍यालीमा विद्यार्थीको न्यायका लागि टोलटोलका युवाले पनि साथ दिनेछन्’, भट्टले भने । चितवन मेडिकलले प्रतिविद्यार्थी २ लाखसम्म बढी शुल्क उठाएको विद्यार्थीको आरोप छ । युनिभर्सल मेडिकल कलेजका विद्यार्थी पनि एक हप्तादेखि रिले अनशनमा छन् । कलेजको एकेडेमिक कोठाहरूमा तालाबन्दीसमेत गरेका छन् । केही दिनदेखि कलेज प्रशासनले विद्यार्थीलाई वार्ताबाट समाधान निकाल्ने भन्दै आस देखाइरहेको छ । तर, दबाब कमजोर बनाउने रणनीति हुन सक्ने भन्दै विद्यार्थीले वार्तासँगै आन्दोलन पनि जारी राखेका छन् । ‘केही दिनदेखि कलेज प्रशासनसँग वार्तामा पनि बसिरहेका छौँ, उसले जायज माग भए सम्बोधन गर्ने भनेको छ,’ एक विद्यार्थीले भने, ‘छलछाम गरे झन् कडा आन्दोलन गर्छौँ ।’ विद्यार्थी र कलेज प्रशासनबीच शुक्रबार छलफलसमेत भएको छ । तर, टुंगोमा नपुगेको ती विद्यार्थीले बताए । ‘प्रशासनले ३–४ दिनभित्रै निकास निकाल्ने बताएको छ । उसले विश्वविद्यालयले लिन भनेका केही शीर्षक हामीलाई देखाएको छ । तर, त्यसमा हामीले सहमति जनाएका छैनौँ,’ उनले भने । विश्वविद्यालयले लिन भनेको भन्दै कलेजले देखाएको शीर्षकबारे त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटालाई भेटेर एकपटक छलफल गर्ने उनले बताए । नयाँ पत्रिका दैनिकबाट

चितवनमा गायक प्रताप दासले प्रस्तुति दिने

चितवन– नेपाल आइडल सिजन १ का सेकेन्ड रनरअफ प्रताप दासले चितवनको भरतपुरमा प्रस्तुति देखाउने भएका छन् । भरतपुर–१०, पुरानो मेडिकल कलेज अगाडि रहेको स्नूक्स क्याफे एण्ड पबमा गायक प्रताप दासले प्रस्तुति देखाउने भएका हुन् । गायक दासले कार्तिक १ गते शुक्रबार स्नूक्स क्याफे एण्ड पबमा विभिन्न प्रस्तुति दिएर धमाका मच्चाउने छन् । चितवनमा पछिल्लो समय धमाधम खुलेका पब तथा सांगीतिक रेष्टुरेण्टमा चर्चित कलाकारहरुले धमाका मच्चाउन थालेका छन् ।

हेर्नुस्, ३६ जिल्लाको प्रा.वि तहको नतिजा (सूचीसहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले आइतबार दिउँसोसम्म ३६ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । हेर्नुस् ३६ जिल्लाको प्रा.वि तहको नतिजा– संखुवासभा जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सिरहा जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सप्तरी जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् तेह्रथुम जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् भोजपुर जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् धनकुटा जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुनसरी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मोरङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् झापा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् इलाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पाँचथर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ताप्लेजुङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् प्यूठान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सुर्खेत जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दैलेख जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् सल्यान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् रुकुम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

हेर्नुस् यि हुन् कम्प्युटर चलाउने हरेकले जान्नै पर्ने किबोर्डका सटकर्ट …..

काठमाडौं, साउन ११ । विन्डोज अपरेटिंग सिस्टममा किबोर्डको सटकर्ट प्रयोग गरेर सजिलैसंग थुप्रै कामहरु गर्न सकिन्छ | यसले काम गर्ने गतिलाई बढाउँछ भने समयको पनि बचत हुन्छ |हरेक विन्डोज प्रयोगकर्ताले जान्नै पर्ने केहि विन्डोज सटकर्टहरुको सूची तल दिईएको छ | कतिपय सटकर्टहरु विन्डोजको पुरानो संस्करणमा चल्दैनन् |विन्डोज बटनसँगको सटकर्टहरु …. Windows Key ले किबोर्डमा Alt को देब्रे पट्टि हुने बटनलाई चिनाउछ । यस बटनले विन्डोजमा स्टार्ट मेनु पनि खोल्ने गर्छ । Windows Key + E : विन्डोजको फाइल एक्सप्लोरर खोल्न Windows Key + D: सिधै विन्डोजको डेस्कटपमा जान Windows Key + L: कम्प्युटर/ ल्यापटपलाई तु लक् गर्न Windows Key + . : इमोजी मेनु खोल्न Windows Key + Space: किबोर्डले टाइप गर्ने भाषा परिवर्तन गर्न ( दुईवटा किबोर्ड इन्स्टल गरिएको खण्डमा ) Windows Key + S: सर्च गर्न Windows Key + 1,2,3… : टास्कबारमा पिन भएको एपहरुलाई खोल्न Windows Key + Shift + S : नयाँ स्निपटुलबाट स्क्रिनसट लिन Windows Key + PrtSrc : स्क्रिनसट लिन Windows Key + P : डिस्प्लेलाई प्रोजेक्टर अथवा अर्को मोनिटरमा देखाउन Windows Key + M : हाल खुलिरहेको विन्डोलाई मिनिमाइज गर्न Ctrl, Alt र Shift बटनसँगको सटकर्टहरु Ctrl + C: टेक्स्टलाई कपी गर्न Ctrl + V: टेक्स्टलाई पेस्ट गर्न Ctrl + A : स्क्रिनमा देखाएको सबै फाइल / टेक्स्टहरुलाई एकै पटकमा सेलेक्ट गर्न Ctrl + Z: लेखि सकेको कुरालाई हटाउन Ctrl + Y: हटाएको कुरालाई पुन: फिर्ता ल्याउन Ctrl + Shift + Esc : टास्क म्यानेजर खोल्न Alt + Left arrow : पछाडी आउन Alt + Right arrow : अगाडि जान Alt + Enter : जानकारी देखाउन Alt + Spacebar: अप्सन मेनु खोल्न Alt + F4 : खुलिरहेको विन्डो बन्द गर्न एकमात्र बटन थिचेर हुने सटकर्टहरु F1 : सहयोग मेनु खोल्न F2: फाइलको नाम परिवर्तन गर्न F3: फाइल एक्सप्लोरारमा फाइललाई सर्च गर्न F5: रिफ्रेश गर्न F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन Delete / Del: केहि कुरा डिलिट गर्न Backspace : अगाडिको ट्याब वा लोकेसनमा जान / लेखेको टेक्स्ट मेट्न इन्टरनेट ब्राउजर भित्र आवश्यक पर्ने सटकर्टहरु F5: ट्याब रिलोड गर्न Ctrl + F: मन लागेको शब्द सर्च गर्न Ctrl + W : हाल खुलीरहेको ट्याबलाई बन्द गर्न Ctrl + U : बन्द भइसकेको ट्याबलाई पुन: खोल्न F11: भिडियो , वेबपेजलाई फुल स्क्रिन बनाउन Ctrl + Shift + T : बन्द गरेको ट्याबलाई पुन: खोल्न यो जानकारी अरुलाइ पनि काम लाग्छ जस्तो लाग्छ भने शेयर गरेर सबैलाइ जानकारी दिनुहोला ।

‘स्वास्थ्यमा सबै जनताको सहज पहुँच हुनुपर्छ’

काठमाडौं, जेठ ३ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच पुर्‍याउन ध्यान दिनुपर्ने बताएका छन् । नेपाल कुष्ठरोग निवारण संघको स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँचले मात्र संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन हुने बताए । कुष्ठ प्रभावितको पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले २०२६ जेठ २२ गते सङ्घको स्थापना भएको थियो । उपराष्ट्रपति पुनले गुणस्तरीय उपचार नपाएर जनताले अकालमा मृत्युवरण गर्न नपरोस् भन्नेतर्फ सरकारलाई सचेत बन्न आग्रह गर्दै अझै पनि ग्रामीण क्षेत्रका जनताले स्वास्थ्य सेवा नपाइरहेको अवस्था रहेको बताए । उनले भने, ‘कुष्ठरोग औषधिले पूर्णतया निको हुने रोग हो भन्ने कुरालाई गाउँ तहसम्म पुर्‍याउन आवश्यक छ । जनचेतनाले मात्र कुष्ठरोग प्रभावितलाई हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्छ ।’ कुष्ठरोग निवारणको घोषणा गरिए पनि अझै देशका विभिन्न भू–भागमा कुष्ठ प्रभावित रोगी भएको चर्चा गर्दै उपराष्ट्रपति पुनले सबै कुष्ठ प्रभावितलाई सहज उपचार तथा पुनर्स्थापनाको पहुँचमा ल्याउन जोड दिए । सो अवसरमा उपराष्ट्रपति पुनले सङ्घद्वारा सञ्चालित खोकना आरोग्य आश्रममा ६५ वर्षदेखि रहेका कुष्ठ प्रभावित लेखी तामाङ, मनमती देवकोटा र कान्छा आलेबुढालाई सम्मान गरेका थिए । उपराष्ट्रपति पुनले सङ्घका पूर्वअध्यक्षद्वय डा. गौरीशङ्करलाल दास र लक्ष्मीदास मानन्धर, उपाध्यक्ष डा. खगेन्द्र श्रेष्ठ, पोखरा, धनगढी तथा नेपालगञ्ज शाखाका पूर्वअध्यक्ष क्रमशः डा. कुमारशम्शेर राणा, दीव्यप्रसाद पन्त, डा. जी राज शाक्य तथा मारवाडी सेवा समितिका अध्यक्ष श्रवणकुमार अग्रवाललाई पनि सम्मान गरेका थिए । सङ्घले दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा कुष्ठ प्रभावितको लालनपालन गर्नाका साथै धरान, पोखरा, नेपालगञ्ज र धनगढी शाखा स्थापना गरी सचेतना र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सङ्घले हालसम्म १८० घर निर्माण गरी २५८ कुष्ठ प्रभावितलाई सामाजिक पुनर्स्थापना गराएको छ । यसैगरी सङ्घले काठमाडौँको मण्डिखाटारमा स्थापित छात्ररछात्रावासमा कुष्ठ प्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ । गत आवमा तीन हजार २०० कुष्ठरोगी पहिचान भई उपचारमा आएका थिए । कुष्ठरोगीको निःशुल्क उपचार हुने गर्दछ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुष्ठरोगका कारण ३१ हजार अपाङ्गसमेत हुन पुगेका थिए । सङ्घका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले कुष्ठरोग पहिलेजस्तो दूराग्रह, भयग्रस्त र जीवन नै सकिने अवस्थामा नरहेको चर्चा गर्दै कुष्ठरोग निको भइसकेकालाई समुदायमा पुनर्स्थापना गराउन सबैले सहयोग गर्नुपर्छ भने । कुष्ठ प्रभावित प्रीमा घर्ती मगरले आफ्ना हजुरबुबा, बुबा कुष्ठरोगी भएकै कारण रोल्पामा ओढारमा बस्नु परेको पीडा सुनाउँदै अझै पनि समाजले कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । प्रति दश लाख जनसङ्ख्यामा एक जनाभन्दा कम भएमा निवारण भन्ने गरिन्छ । रासस

विप्लवको पार्टीले प्रयोग गर्दै आएको घर डोजर लगाएर भत्काइयो

रूपन्देही, चैत १६ । सरकार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाप्रति कठोर बन्दै गएको छ। बुटवलमा शुक्रबार उक्त पार्टीले प्रयोग गर्दै आएको ‘रातो घर’ प्रहरीले भत्काएको छ। बुटवल पाल्पारोडस्थित तत्कालीन वाणिज्य बैंक कार्यालय रहेको घर सशस्त्र द्वन्द्वकै बेला माओवादीले कब्जामा लिएको थियो। त्यसयता माओवादीको कब्जामा रहेको ‘रातो घर’ पछिल्लो समय विप्लव नेकपाले पार्टी कार्यालयको रूपमा प्रयोग गर्दै आएको थियो। केही दिनअघि प्रहरी र वाणिज्य बैंकका कर्मचारीले नेकपाको झन्डा, ब्यानर, कागजपत्र र कार्यालयमा रहेका फर्निचर नियन्त्रणमा लिई ताला लगाएका थिए। शुक्रबार भने प्रहरी तैनाथ गरेर भवन नै भत्काएको छ। विगत १३ वर्षदेखि पार्टी कार्यालयका रूपमा प्रयोग गर्दै आएको भवन भत्काइएपछि आक्रोशित नेकपा (विप्लव) ले चेतावनीसहितको विज्ञप्ति जारी गरेको छ। शुक्रबार जारी विज्ञप्तिमा सो स्थानमा कुनै नयाँ संरचना नबनाउन चेतावनी दिइएको छ। पार्टी जिल्ला इन्चार्ज शरद ओली र जिल्ला सेक्रेटेरी अमर आरसिद्वारा हस्ताक्षरित विज्ञप्तिमा कार्यालय भत्काएर सरकारले पार्टीलाई उद्देलित बनाएको र आफ्नै खुट्टामा बन्चरो हानेको भन्दै यसको परिणाम गम्भीर हुने उल्लेख छ। हाम्रो पार्टीको झन्डा, ब्यानर, साईन बोर्ड सहित नाराहरू मेटाएर पार्टीका फर्निचर तथा कार्यालय प्रयोजनार्थ राखिएका सामग्रीहरू समेत कब्जा गरि अपमानित ढङ्गले बिना सुचना पार्टी कार्यालयमा डोजर लगाई गरिएको तोडफोडले हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ। विप्लव समूहले राजनीतिक स्वतन्त्रताविरोधी हर्कतविरुद्व सम्पूर्ण मानव अधिकारवादी, नागरिक समाज, पत्रकार, न्यायप्रेमी जनसमुदायलाई प्रतिरोध गर्न अपील पनि गरेको छ। प्रहरीले भने वाणिज्य कार्यालयले आफ्नो जग्गामा नयाँ भवन बनाउनका लागि भत्काएको जनाएको छ।  यो समाचार नागरिक दैनिकबाट लिइएको हो ।

शिक्षा सेवाका उप–सचिवको समायोजन एक महिना ढिलो हुने

काठमाडौं, चैत ७ । शिक्षा सेवाका उप–सचिवको समायोजन एक महिना ढिलो हुने भएको छ । जिल्ला स्तरमा रहने शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख पनि समायोजनामा परेको तर ती कर्मचारीहरु तत्काल सरुवा भएर जाँदा एसईईको परीक्षा प्रभावित हुने भएकाले उप–सचिवको समायोजन एक महिना ढिलो हुने भएको हो । संघ, प्रदेश र स्थानीय तहमा समायोजना भएको शिक्षा सेवाका उप–सचिवले चैत २१ गतेसम्म पुरानै ठाउँमा काम गर्नुपर्ने छ । फागुन २१ गतेको निर्णय अनुसार समायोजना भएका उप–सचिवलाई सम्बन्धित कार्य स्थलमा पठाइ सकिएको भएपनि तत्काल माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा परेकोले पुरानै ठाउँमा काम गर्न शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले निर्देशन दिएको छ । मन्त्री स्तरीय निर्णय अनुसार अनुसार एसईई परीक्षा सम्पन्न हुने अन्तिम मिति चैत २१ गतेपछि मात्र नयाँ कार्यालयमा जान उप–सचिवलाई निर्देशन दिइएको छ । समन्वय इकाइका प्रमुख एसईई परीक्षा सञ्चालनको लागि जिल्लामा रहने परीक्षा सञ्चालन समन्वय ईकाइको सदस्यसचिव हुने व्यवस्था छ । एसईई परीक्षा चैत १० गतेदेखि सञ्चालन हुँदैछ ।

फ्रान्समा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजको गठन

फ्रान्स,माघ २६।विश्वव्यापी रुपमा आफ्नो शाखाहरु बिस्तार गर्दै अगाडि बढेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास)ले अब फ्रान्समा पनि आफ्नो शाखा विस्तार गरेको छ। यश अघि प्रविण सापकोटाको अध्यक्षतामा गठन भएको१८ सदस्यीय फ्रान्स तदर्थ समितिलाई गत बिहिवार संस्थाको युरोप क्षेत्रीय समिति अन्तर्गत रहेर कार्य गर्ने गरि ग्लोबल समितिले अनुमोदन गरेको हो। नव गठिन समाजका पदाधिकारीहरुमा अध्यक्ष प्रविन सापकोटा,उपाध्यक्ष जगत बहादुर खड्का,महासचिब महेन्द्र अधिकारी र कोषाध्यक्षमा डुल्छेन लामा तामांग (सुरेश)रहेका छन्। यस्तै सदस्यहरुमा घनश्याम पौडेल,किरण केसी,गीता खनाल थापा,आभास आचार्य,भूबन आले सुमन राई मिली कोइराला,रिया गुरुङ (भानु),शर्मिला गुरुङ, सालु श्रेष्ठ,प्रतिमा खनाल,अन्जेश चुडाल,भिम राई र बिपुल छेत्री रहेका छन्। नेपाली कला, साहित्य र संस्कृतिको उत्थान एवं कलाकार र साहित्यकारहरुको हितको लागि समितिले उल्लेख्य कार्य गर्ने बताउदै नव गठित इनास फ्रान्सका पदाधिकारी हरुलाइ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज, ग्लोबल समितिका प्रबक्ता डा. रामकृष्ण निरौलाले सुभकामना व्यक्त गरेका छन्।

रक्सी खाएपछि किन हुन्छ ह्याङओभर, कसरी पाउने छुटकारा ?

नयाँ वर्ष आइसकेको छ। पार्टीहरू अझै चल्दैछन्। रक्सीका गिलासहरू एक अर्कासँग ठोक्किँदैछन्। कुनै आफन्तसँग त कुनै साथीहरूसँग। अलिकति धेरै नै पिइँदैछ। तर नतिजा, रातिको पार्टी सकिएपछि टाउको भारी हुन थाल्छ, बान्ता र रिँगटा लाग्न थाल्छ। थकाइ अनुभव हुन्छ। मानिसहरू यसलाई धेरै पिएपछि भएको ‘ह्याङ्गओभर’ हो भन्छन्। हिलसा माछाको अचार खानु, अण्डा खानु वा ओएस्टर खानु, ह्याङ्गओभर हट्छ भन्छन्। अधिक रक्सी पिएपछि प्राय: मानिसहरू ह्याङ्गओभर भएको बताउँछन्। फेरि जो साथीले अघिल्लो दिन धेरै पिउन बल गरेको थियो उसैले भोलिपल्ट ह्याङ्गओभर हटाउने उपायहरू पनि बताइरहेको हुन्छ। तर कुन उपायले तपाईँलाई ताजा बनाउला? त्यस्तो कुनै उपाय छ कि छैन? ह्याङ्गओभरबाट कसरी छुट्कारा पाउने भन्ने समस्या आजको होइन। मिश्रमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो। अर्थात् उसबेला पनि मानिसहरू रक्सी धेरै पिएपछि त्यसले निम्तिने समस्याबाट हैरान थिए र त्यसको समाधान खोजिरहेका थिए। त्यो भोजपत्रमा जुन उपायहरू सुझाइएको थियो, त्यो आजको दिनमा व्यवहारमा लागु गर्न कठिन छ। तर आज पनि ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू बताइन्छ। जस्तै क्यानरी भनिने चराको भुटेको मासु खानु, काँचो अण्डा खानु, गोलभेँडाको रस पिउनु, सस वा त्यस्तै चिज मिलाएर तयार पारिएको ओइस्टर खानु – आदि। रमाइलो कुरा के छ भने यीमध्ये कुनै पनि उपायले धेरै रक्सी पिएर तपाईँले भोगिरहनु भएको ह्याङ्गओभर समस्याको समाधान गर्ने निश्चित छैन। निश्चित समयपछि यो समस्या आफै हराउँछ। त्यसअर्थमा समयसँगै ह्याङ्गओभर हटेर जान्छ। यसको मुख्य कारण के हो भने आजको दिनसम्म ह्याङ्गओभर किन हुन्छ भन्ने स्पष्ट थाहा भइसकेको छैन। किन हुन्छ त ह्याङ्गओभर विज्ञानले के भन्छ भने जब अधिक रक्सी पिएर हामीलाई ह्याङ्गओभर भएको अनुभव हुन्छ या भनौँ जब टाउको भारी भएर दुख्न थाल्छ, रिंगटा लाग्छ तबसम्म हाम्रो शरीरमा रक्सीको अंश बाँकी नै हुँदैन। त्यसो भए ह्याङ्गओभर किन हुन्छ? रक्सी इथानोलबाट बन्छ। यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले टुक्रा टुक्रा पारेर अन्य विभिन्न रसायनमा परिणत गरिदिन्छ। यीमध्यै सबैभन्दा महत्त्वपूर्ण एसिटेल्डिहाइड हो। यसलाई थप टुक्रा गरेर इन्जाइमले अर्को रसायन एसिटेटमा परिणत गरिदिन्छ। यही एसिटेट रसायन फ्याट्टि एसिड र पानीमा परिणत हुन्छ। केही वैज्ञानिकहरू ह्याङ्गओभर यही एसिटेल्डिहाइडका कारण भएको विश्वास गर्छन्। तर केही अध्ययनहरूले यो रसायनको ह्याङ्गओभरसँग प्रस्ट सम्बन्ध नहुने देखाएको छ। केही जानकारहरू भने रक्सीमा मिसाइने अरु नै रसायनका कारण ह्याङ्गओभर हुने बताउँछन्। तिनलाई कन्जेनर्स भनिन्छ। ह्विस्की बनाउँदा अन्य धेरै किसिमका तत्वपनि निस्किन्छन्। धेरै पिएपछि मात्र मानिसहरूले तिनको उपस्थिति अनुभव गर्छन्। कडा रङ्गका रक्सीमा यसको मात्रा बढी हुन्छ। त्यसैले बर्बन पिउँदा उत्तिकै भोड्का पिएभन्दा बढी ह्याङ्गओभरको अनुभूति हुन्छ। तर यसको असर व्यक्तिपिच्छे फरक फरक हुन्छ। साथै पिउनुको असर वा ह्याङ्गओभर पनि पिउने मानिसको उमेर र पिएको मात्रा अनुसार भिन्न हुन्छ। थकाइलागेको अनुभव किन हुन्छ वास्तवमा कुनै एक कारणले ह्याङ्गओभर हुँदैन। यसका विविध कारणहरू हुन्छन्। रक्सी पिउँदा हाम्रो शरीरमा हर्मोनको सन्तुलन खलबलिन्छ। यसबेला मानिसहरू अरुबेलाभन्दा धेरै पिसाब गर्न थाल्छन्। यसले उनीहरूको शरीरमा पानीको मात्रा कम हुन पुग्छ। टाउको भारी हुनु वा दुख्नु योसँग पनि सम्बन्धित छ। रक्सी सेवनले निद्रामा पनि असर गर्छ। प्राय: मानिसहरू राति अबेरसम्म रक्सी पिउँछन्। जसको परिणाम स्वरूप उनीहरू पर्याप्त सुत्न पाउँदैनन्। यसैकारण पनि उनीहरू थकान अनुभव गर्छन्। नेदरल्याण्ड्सको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटर भन्छन्,”धेरै रक्सी सेवन गरेपछि हाम्रो शरीर त्यससँग लड्न थाल्छ ताकि त्यसले हाम्रो शरीरमा धेरै खराबी नगरोस्। त्यसै कारण पनि मानिसहरू धेरै पिएपछि अल्मलिएको जस्तो देखिन्छन्।” इन्टरनेटमा ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू लेखिएका भेटिन्छन्। कसैले केरा खाए राहत हुन्छ भन्छन्। किनकि रक्सी पिउनाले शरीरमा भएको पोटासियम नष्ट हुन्छ र केरा खाए त्यसमा भएको पोटासियमले शरीरमा त्यसको कमी पूरा हुन्छ। तर पोटासियमको कमी एक रात रक्सी खाँदैमा हुँदैन, जुन केरा खाएर तुरुन्तै पूर्ति होस्। कोही मानिसहरू ह्याङ्गओभर हटाउन बिहान चिल्लोयुक्त नास्ता खानु पर्ने सुझाउँछन्। कोही भने पिउनु पहिल्यै पेटभरि खानु पर्ने बताउँछन्। केही मानिसहरू अण्डा खाने सल्लाह दिन्छन्। अण्डामा हुने एमिनो एसिड भनिने रसायन एसिटेल्डिहाइड टुक्र्याउन प्रयोग हुन्छ। त्यसैले अण्डा खाएर राहत मिल्छ भनिन्छ। तर त्यस्तो तत्व त अन्य खानामा पनि पाइन्छ। अहिलेको लागि भने रक्सी धेरै पिएर हुने समस्याबाट छुट्कारा पाउने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु, धेरै पानी पिउनु र एक चक्की एस्पिरिन लिनु हो। रक्सी पिउनुपूर्व राम्रोसँग खानेकुरा खानु र रक्सी पनि विस्तारै विस्तारै पिए ह्याङ्गओभर कम हुन्छ। र, सबभन्दा राम्रो उपाय त धेरै रक्सी नपिउनु नै हो।

लोकसेवा टिप्स : लोकसेवा तयारी गर्दा अपनाउनुपर्ने चरणहरू

लोकसेवा परीक्षाको लागि तयारी गरिरहेका परीक्षार्थीहरुका लागि अति महत्वपूर्ण जानकारी दिन गइरहेका छौं । जस–जसले लोकसेवामा नाम निकाल्न कडाभन्दा कडा परिश्रम गरिरहेका छन्, उनीहरुका लागि तलको निम्न टिप्सअनुसार पढ्न सकेमा पक्कै लोकसेवा परीक्षा उत्तीर्ण गर्न सकिने छ । यस्ता छन् यी लोकसेवा टिप्स- १. आफूले परीक्षा दिन चाहेको पदको कोर्स अफ स्टडी र पुराना प्रश्नको संगालो (ओल्ड इज गोल्ड) जम्मा गरी अध्ययन गर्ने । आधारभूत ज्ञान हासिल गर्ने, २. म्यानेजमेन्टको ज्ञान भएका, नभएका सबैले म्यानेजम्यान्टसम्बन्धी आधारभूत जानकारी र ज्ञान हासिल गर्ने, ३. प्रत्येक शीर्षकबारे छोटोछोटो तर महŒवपूर्ण तथ्यहरू खोज्ने र संग्रह गर्ने, ४. प्रत्येक शीर्षकको अर्थ बुझ्ने र सम्झने, ५. तयारी गर्दा प्रत्येक शीर्षकलाई निम्न चारवटा फरमेटमा पढ्ने – भनेको केहो ? अर्थ प्रस्ट बुझ्ने (शब्दकोश र गुगल प्रयोग गर्न सकिन्छ ) – के व्यवस्था छ, स्पष्ट हुने (लेगल र अर्गनाइजेनस अवस्था स्पष्ट हुने) – के अवस्था छ ? (तथ्यांकीय अवस्थ खोज्ने, आर्थिक सर्वेक्षण प्रगति विवरणसमेत) – अब के गर्नुपर्ला ? निष्कर्ष र आगामी बाटो पत्ता लगाउने (योजना र प्रतिवेदनका आधारमा) ६. ब्रोड टपिक्स (इस्यु) का बारेमा निम्न धारणा बनाउने – सरकार र शासकीय सुधारबारे स्पष्ट हुने – विकासको अवधारणबाट स्पष्ट हुने ७. टपिक्सवाइज जार्गन र आकर्षक शब्दहरू संग्रह गरी सम्झने र परीक्षामा प्रयोग गर्ने, ८. लेख्ने बानी निरन्तर गर्ने, अक्षरलाई माया गर्ने र राम्रो बनाउने, ९. प्रश्नलाई टुक्राएर पढ्ने बानी बसाउने, १०. प्रत्येक प्रश्नमा मेन वर्ड पत्ता लगाई त्यसमा नै केन्द्रित भई लेख्दै जाने । उत्तर लेख्दै गर्दा पटक पटक प्रश्न पनि पढ्दै जाने, ११. परीक्षामा बस्दा प्रत्येक प्रश्नको समय पहिला नै छुट्याएर सोही लिमिटमै सक्ने, १२. प्रत्येक टपिक्स आफैंमा युनिक हुने भएकाले त्यसको फर्म छुट्टै र स्पेसिफिक्स हुन्छ, त्यसको अर्थ र गहिराइ बुझ्ने तथा मनन गर्ने र लेख्दै जाने, १३. सकेसम्म उत्तर लेख्दा सिर्जनात्मक पक्षलाई ध्यान दिने, १४. परीक्षामा आफूलाई मन परेको गेम खेलिरहेको छु् भन्ने ठानेर तनावरहित किसिमले उत्तर लेख्ने । एजेन्सीको सहयोगबाट