ठुलो लिंगकै कारण सेक्स गर्न सक्दैनन यी युवक

एजेन्सी । केही व्यक्तिहरु आफ्नो लिंगको साइज ठुलो भएकै कारण भाग्यमानी ठान्छन् । तर, केन्याका एक व्यक्तिलाई यही कुरा अभिशाप भएको छ । २० वर्षीय सोरेन्स ओइटी ओपिया नाम गरेका युवक लिंग ठुलो भएकै कारण सेक्स गर्नबाट बञ्चित भएका छन् । यी युवकको लिंग सामान्य लिंगभन्दा १० गुणा ठुलो रहेको छ ।

१० वर्षको उमेरमा उनको मेडिकल अप्रेशन भएको थियो । तर, केही समय पश्चात समस्या झन् बल्झिन पुग्यो । उनको लिंग झनै ठुलो भएर बढ्न थाल्यो । उनको लिंगमात्रै ठुलो भएन, उनको लिंगको स्वरुप नै बिग्रियो ।

यसै कारण उनले अब सेक्स गर्न असमर्थ भएका छन् । बिहे गरेर धेरै बच्चाहरु जन्माउने उनको सपना पुरा नहुने भएको छ ।

ठुलो लिंगकै कारण  उनी काम गर्न पनि सक्दैनन् । लिंगकै कारण उनले स्कुल छोडेका थिए । उनलाई स्कुलमा अन्य विद्यार्थीहरुले गिज्याउन थालेपछि उनले स्कुल छोड्न बाध्य भएका थिए । उनको परिवारले उपचारका लागि फण्ड कलेक्सन गर्ने काम थालेको छ ।  अफ्रिकामा उनको जस्तो समस्या अरुको छैन । एउटा अपत्यारिलो घटना भएका कारण उनको लागि फण्ड उठ्ने कुरामा परिवार विश्वस्त रहेको बताएका छन् ।

बुबाआमाको मृत्युपश्चात उनी अहिले हजुरआमासँग बस्दै आएका छन् ।

राजधानीका यी क्याम्पसहरुमा रोकियो मनोनयन दर्ता

काठमाडौं, फागुन १६ । १८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावका लागि राजधानीक विभिन्न क्याम्पसमा मनोनयन दर्ता रोकिएको छ । राजधानी यी क्याम्पसहरुमा मनोनयन प्रक्रिया विवादका कारण रोकिएको छ । त्रिवि केन्द्रीय क्याम्पस त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुरमा मतदाता नामावलीको विषयलाई लिएर आठ विद्यार्थी संगठनले गरेको तालाबन्दीको कारण उम्मेदवारी मनोनयन दर्ता हुन सकेन । निर्वाचन समितिले सहमतिका लागि गरेको प्रयास असफल भएको त्रिवि केन्द्रीय क्याम्पसका निर्वाचन आयुक्त लालुप्रसाद पौडेलले बताए । विश्वभाषा क्याम्पस प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसमा पनि मनोनयन दर्ता हुन सकेको छैन । वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मतदाता नामावलीमा फर्जी विद्यार्थी भएको भन्दै तालाबन्दी गरेका कारण निर्वाचन प्रक्रिया अघि बढ्न नसकेको हो । चुनावी प्रक्रिया अघि बढाउन आइतबार नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त विज्ञप्ति निकालेका छन् । नेपाल कमर्स क्याम्पस नेपाल कमर्स क्याम्पस मीनभवनमा मधेसी विद्यार्थी फोरम नेपाल ९लोकतान्त्रिक०ले फर्जी विद्यार्थीको विरोधमा एक सातायता गरेको तालाबन्दीका कारण निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन । रत्नराज्यलक्ष्मी क्याम्पस शनिबार भएको नेविसंघ र अनेरास्ववियुको झडपका कारण निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । सैद्धान्तिक परीक्षा सकिएलगत्तै स्ववियुमा निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेका थिए । पद्मकन्या क्याम्पस बागबजारस्थित पद्मकन्या क्याम्पसमा तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले शनिबारदेखि गरेको तालाबन्दीका कारण उम्मेदवारी मनोनयन दर्ता हुन सकेन । सैद्धान्तिक परीक्षा सकिएलगत्तै स्ववियुमा निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिवि नियमको विरोधमा विद्यार्थीले तालाबन्दी गरेका हुन् । तर, सोमबार कुनै पनि हालतमा मनोनयन दर्ता प्रक्रिया अघि बढाउने निर्वाचन समितिले जनाएको छ । शंकरदेव क्याम्पस शंकरदेव क्याम्पसमा पनि तालाबन्दीका कारण आइतबार मनोनयन दर्ता हुन सकेन । माओवादी केन्द्र, वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले फर्जी विद्यार्थी भर्ना गरेको र आचारसंहिता उल्लंघन गरेको विरोधमा ताला लगाएका हुन् । ताला खुलाउनका लागि निर्वाचन कमिटीले सोमबार बिहान सर्वपक्षीय बैठक बोलाएको छ । सो बैठकबाट ताला खुलाउने सहमति भयो भने भोलि नै मनोनयन दर्ता प्रक्रिया सुचारु गरिने क्याम्पस प्रमुख कृष्ण आचार्यले बताए । अस्कल क्याम्पस अस्कल क्याम्पसमा भर्नाको विषयलाई लिएर विद्यार्थीहरू आन्दोलित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्न सकेको छैन । विद्यार्थी संगठनलाई सहमतिमा ल्याउनका लागि अथक प्रयास गर्दा पनि सहमतिमा ल्याउन नसकेपछि निर्वाचन प्रक्रिया अघि बढाउन नसकिएको निर्वाचन आयुक्त गंगा श्रेष्ठले बताइन् । त्रिचन्द्रमा ताला खुल्यो एक सातादेखि त्रिचन्द्र क्याम्पसमा लगाएको ताला खुलेको छ । ताला खुलेसँगै चुनावी प्रक्रिया अगाडि बढेको छ । सैद्धान्तिक परीक्षा सकिएसँगै निर्वाचित व्यक्ति स्वतः पदमुक्त हुने त्रिविको नियमको विरोधमा विद्यार्थी आन्दोलित थिए । सो विषयमा त्रिविले सिनेटमा छलफल गरी विवाद टुंग्याउने सहमतिपश्चात् ताला खुलेको हो । आइतबार त्रिचन्द्रमा संगठन दर्ता गरिएको छ । ल क्याम्पसमा तोडफोड प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को चुनाव नगर्ने निर्वाचन समितिको निर्णयपछि तोडफोड भएको छ । चुनावको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको र सो माग पूरा गर्न नसक्ने अवस्था आएपछि चुनाव नगर्ने निर्णय गरेको समितिले जनाएको छ । विद्यार्थीेले अवरोध सिर्जना गरेपछि कार्यतालिकाअनुसार निर्वाचन कार्यक्रम अघि बढाउन नसकिने समितिले क्याम्पस प्रशासनलाई लिखित रूपमा जानकारी गराएको छ । क्याम्पसले सूचना निकालेर घोषित सबै चुनावी कार्यक्रम स्थगित गरिएको जनाएको छ । क्याम्पसले सूचना जारी गरेलगत्तै अनेरास्ववियुले निर्वाचन कार्यालय तोडफोड गरेको छ । वाल्मीकि क्याम्पसमा आगजनी स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको चुनावी कार्यक्रम अघि बढेसँगै क्याम्पसहरूमा आगजनी हुने क्रम पनि बढेको छ । वाल्मीकि क्याम्पसमा आफ्नो उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गर्दै अनेरास्ववियुले आइतबार आगजनी गरेको छ । तालाबन्दी हुनुभन्दा पहिला आफ्नोतर्फबाट उम्मेदवारी मनोनयन दर्ता भएको र अरू संगठनको उम्मेदवारी नपरेकाले निर्विरोध घोषणा गर्न माग गरेको अनेरास्ववियुले जनाएको छ । नेविसंघले भने विगतमा जस्तै यस वर्ष पनि चुनाव जित्ने निश्चित भएपछि अनेरास्ववियु आगजनीमा उत्रिएको आरोप लगाएको छ । निवर्तमान स्ववियु सभापति रमेश रिजालले कसैले माग गर्दैमा निर्विरोध घोषणा हुन नसक्ने बताए । त्रिविको कार्यतालिकाअनुुसार १४ फागुनमा उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम थियो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

ढोरेली सेवा समाजद्धारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं, फागुन ९ । ढोरेली सेवा समाज काठमाडौंले जन–आन्दोलनका शहिद कृष्णप्रसाद पौडेलको स्मृति दिवसको अवसरमा राष्ट्रिय मृगौला केन्द्र बनस्थली काठमाडौंमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको प्रमुख अतिथी नेपाल सरकारका सचिव विष्णु प्रसाद लम्साल, विषेस अतिथी तोयानाथ दवाडी र अतिथीहरुमा संस्थाका पदाधीकारी रहेको उत्त कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष युवाराज थापाले गरेका थिए ।  कार्यक्रममा  वक्ताहरुले शहिदले परिवर्तनका लागी दिएको वलिदान संविधानको सफल कार्यन्वयन गरी राष्ट्रको संमृद्धिबाट मात्र सार्थक हुने तथा समाजले रक्तदान जिवनदान जस्तो उत्कृष्ट मानविय सेवा गरी शहिदको उच्च सम्मान गरेको बताए। कार्यकम्रको सह–आयोजक रहेको राष्ट्रिय मृगौला उपचार केन्द्रले निशुल्क मृगौला परीक्षणको लागी महत्पुर्ण सहयोगी भुमिका खेलेका थिए । कार्यक्रममा ९५ जना व्यक्त्तिहरुले निशुल्क आफ्नो मृगौला परीक्षण गराए भने ६२ जनाले रक्तदान गरेका छन् । साथै रक्तदातालाई समाजले प्रशंसा–पत्र द्धारा सम्मान गरेको थियो । शहिद कृष्ण प्रसाद पौडेल तत्कालीन अवस्थामा विभिन्न सामाजिक कार्यमा सक्रिय हुन्थ्यो त्यसै समय तत्कालीन राज्य पक्ष प्रहरीले कार्यक्रम स्थलबाट तितरबितर पार्ने क्रममा २०४६–११–५ गते निर्रगात कुटेको ३ दिनपछी उपचारको क्रममा २०४६–११–८ मा निधन भएको थियो । उहाका एक छोरा र श्रीमती छन् । ढोरेली सेवा समाज (तत्कालीन चौबिसे ढोर राज्य हाल तनहुका तीन गाविस ढोरर्फिदी, राईपुर र फिर्रफिरे बाट स्थाई वा अस्थाई रुपमा काठमाडौं आई बसोवास गर्नेहरुको संस्था) हो ।

घट्यो सुनको भाउ

काठमाडौं, फागुन ८ । सुनको भाउ आइतबार घटेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन आइतबार तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन तोलाको ५५ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ भने आइतबार स्थिर छ । चाँदी आइतबार पनि तोलाको ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अक्षयकोष स्थापना रेडक्रसमा

इटहरी, पुस ६ । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले आफ्ना पूर्वज एवम् रेडक्रस इटहरी उप–शाखाका दिवङ्गत सभापतिको सम्झनामा दुई लाख सात हजार राशिको अक्षयकोष स्थापनाको घोषणा गरेको छ । नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाका पूर्व सभापति नारायणबहादुर श्रेष्ठ, कृष्णप्रसाद पौडेल र तीर्थराज गौतमले रेडक्रसमा रहेर समाजको अग्रगामी परिवर्तन एवम् सेवामा महत्वपूर्ण योगदान दिए वापत उनीहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै सो अक्षयकोष स्थापना गरेको सभापति विमल पौडेलले जानकारी दिए । रेडक्रसलगायत अन्य सामाजिक संघसंस्था तथा निकायमा रहेर समाज सेवामा महत्वपूर्ण कार्य गर्नेलाई हरेक वर्ष उक्त कोषको ब्याजबाट प्राप्त हुने रकमले एक जनालाई सम्मान गर्ने उपशाखाले निर्णय गरेको पनि सभापति पौडेलले जानकारी दिए ।

प्रिति जिन्टाको भाई नितिनले गरे आत्महत्या

एजेन्सी । बलिउड अभिनेत्री प्रिति जिन्टाको मामाको छोराले आत्महत्या गरेका छन् । नितिन चौहानले आफैलाई गोली हानेर आत्महत्या गरेको प्रहरीले पुष्टि गरेको छ । भारतको सिमलामा बस्ने नितिन हिमुडाको उपाध्यक्ष यसवंत छाजटाका भान्जा हुन् । न्यु सिम्लाको सेक्टरमा नितिनले आफैलाई गोली मारेर हत्या गरेका थिए । घरको छेउमा पार्किङमा युवकले आफ्नो गाडीको पछाडीको सिटमा गोली हानेका थिए । मृतकको पहिचान ३६ वर्षीय नितिन चौहानको रुपमा भएको छ । नितिनले आत्महत्या गर्नुअगाडी सुसाइड नोट पनि लेखेका थिए । जसमा आफ्नो मृत्युको जिम्मेवार आफ्नी श्रीमती र उनको परिवार भएको लेखेका छन् । उनले नोटमा श्रीमती र उनका परिवारले सधैं मानसिक तनाव दिने र झुठो मुद्धा दर्ता गरेको लेखेका छन् । उनको श्रीमतीसंग ३ वर्षदेखि राम्रो सम्बन्ध छैन । उनीहरुको ५ वर्षको बच्चा छ जो आमासंगै बस्छन् । नितिनले आफ्नो छोरासंग पनि भेट्न नदिने गरेको र अदालतमा झुटो मुद्धा सहन नसकेर आत्महत्या गरेको स्पस्ट लेखेको प्रहरीले बताएको छ ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ। मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा आ.व. २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहनेछ ।

बजेटमाथि छलफल गर्न प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। बिहान ११ बजे बस्ने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि छलफल जारी रहनेछ। बैठकमा बजेटबारेको छलफलसँगै २०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सदस्य सूर्यमान गुरूङको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ। उनी पूर्व श्रम तथा रोजगार र स्थानीय विकासमन्त्री पनि हुन्। त्यसैगरी, २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ।  यसैगरी २०५८ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ। 

कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत पहुँच पुगेको बताएका छन्। मंगलबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै उहाँले यस्तो बताएका हुन्।  ‘‘जलविद्युत उत्पादनको जडित क्षमता दुई हजार ९४० मेगावट पुगेको छ । कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युत पहुँच पुगेको छ’’, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपतिले भने।  

सम्पर्कविहिन १६ प्रहरीबारे आयो यस्तो सूचना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्क विहीन भएका १६ जना प्रहरीलाई एक साताभित्र सम्पर्कमा आउन सूचित गरेको छ।  सोमबार सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले आफूखुसी गैरहाजिर रहेका प्रहरी नायव निरीक्षक, हवल्दार, जवानदेखि कार्यालय सहयोगीसम्म १६ जनालाई सम्पर्कमा आउन भएको हो।  सूचनामा आफूखुसी गैर हाजिरीमा रहनुको स्पष्ट र सन्तोषजनक स्पष्टीकरणसहित प्रहरी प्रधान कार्यालयमा हाजिर हुन भनिएको छ। अन्यथा सेवाबाट हटाएर कारवाही गरिने चेतावनी समेत प्रहरी प्रधान कार्यालयले दिएको छ। 

सही कामका लागि आदेश नकुर्न नेपाल प्रहरीलाई गृहमन्त्रीको अपिल

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काममा संलग्न जो कोहीलाई कारबाही गर्न आदेश नकुर्न नेपाल प्रहरीलाई अपिल गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई अपिल भन्दै सही काम गर्नका लागि कुनै आदेश कुर्न नपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘देशको कुनै पनि भागमा कुनैपनि व्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल (पार्टीवाला होइन, देशवाला)’

नेकपा एस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दैछ ।  बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत र राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा छलफल हुने भएको छ ।

लोकप्रियतावादलाई प्रश्रय दिंदा जनतामा झनै निराशा बढ्छ : उपमहासचिव पुन

काठमाडौं । पूर्व मन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुन अनन्तले जनतालाई चमत्कार चाहिएको तर, त्यसो हुन नसक्दा निराशा बढेको समेत बताएका छन् । शनिबार भक्तपुरमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पुनले सो कुरा बताएका हुन् । जनताले कुनै हिरो वा हिरोइन आएर देश सम्पन्न बनाउने सपना देख्दा लोकप्रियतावादले प्रश्रय पाएको र यसले जनतामा झनै निराशा बढाउने उनले बताए ।“नेपाली जनता सधैं सत्ताको बिपक्षी जस्ता बनेका छन् । यसको फाइदा हल्लाखोरहरुले उढाइरहेका छन् ।” उनले भने । सूचना प्रविधिको बिकासले गर्दा जनताले बिकसित देश हेरेर नेपालमा त्यस्तै हुनुपर्ने सोच राख्नु जायज भयपनि रातारात त्यस्तै परिवर्तन खोज्नु जायज नभएको उनको भनाइ छ । “पन्चायतको र बहुदलको समय भन्दा तुलनात्मक रुपले गणतन्त्रको १५ वर्षमा धेरै उपलब्धि भएपनि केही नभए जस्तो अफवाह फैलाइएको छ ।” उनले भने । तथ्य र प्रमाणमा बहस नगरी भ्रम र अफवाह फैलाइएको उनले बताएका हुन् । मेरिटको वकालत गरेर आधारभूत वर्गलाई अवसर दिने समानुपातिक समावेशीको बिरोध गर्नेहरु पश्चगामी भएका तर लोकप्रिय बन्ने होडमा नेताकार्यकर्ताले प्रतिरोध नगरेका उनले दुख ब्यक्त गरे । “आधारभूत जनताको हकहितलाई सुनिश्चित गरेर सबै तहका जनतालाई विकासमा सहभागि गराउनु पर्छ । ” उनले भने । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको कार्य अगाडि बढाएको मन नपरेका तत्वले बालुवाटार जग्गा प्रकरण, भुटानी शरणार्थी, सुनकाण्ड र एनसेल कर छली र मिटरब्याज विरुद्धको सरकारको अभियानलाई उल्टो व्याख्या गरेर सुशासनको आन्दोलन कमजोर पार्न खोजेका जिकिर गरे । “सिङ्गो पार्टी र जनता माफियाकरणका विरुद्धमा एकजूट भएर सरकारलाई साथ दिनुपर्दछ ।” उनले भने । उनले सरकार केही ठूला भ्रष्टाचारका फाइल खोल्ने तयारीमा रहेको खुलासा समेत गरेका छन् । उक्त अवसरमा नेता पुनले कार्यकर्तालाई आलोचनात्मक चेत सहित सरकारलाई सहयोग र खबरदारी गर्न प्रोत्साहित गर्दै सरकारमा नरहेका प्रदेश र स्थानीय सरकारमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गरि जनताको पक्षमा उभिन स्थानीय पार्टी र कर्याकर्तालाई अपिल पनि गरेका छन् ।

स्याङ्जामा एउटै गाउँबाट साढे दुई करोडको बीउ आलु बिक्री

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–११ जिमुहाँस्थित जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडले दुई करोड ६० लाखको बीउ आलु निर्यात गरेको छ । दुई सय ८४ जना कृषकले भण्डारण गरेको चार सय टन आलुको बीउ निर्यात गरेको जिमुहाँ शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष रुमलाल कँडेलले जानकारी दिए । गत वर्ष खाने आलुसहित बीउ आलु सात सय टन निर्यात भएको थियो । यहाँ उत्पादित आलुको बीउ स्याङ्जासहित, पाल्पा, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी, कास्की, लमजुङ, गोरखा, रुपन्देही, अर्घाखाँची, तनहुँलगायत जिल्लाका कृषि ज्ञान केन्द्रले खरिद गरेका छन् । आलुको गुणस्तर राम्रो भएकाले जातअनुसार ६५ देखि ७० टनसम्म सजिलै बिक्री भएको संस्थाका अध्यक्ष कँडेलले बताए । आलु उत्पादक किसान भेला भएर बर्सेनी खाने र बीउ आलुको मूल्य निर्धारण भएपछि मात्र बजारमा पठाउने गरिएको छ । अध्यक्ष कंडेलका अनुसार यो वर्ष सहकारीले १२ लाख ८३ हजार आम्दानी गरेको छ ।

६ सय आरोही चढे सगरमाथाको चुचुरोमा, उठ्यो ७६ करोड ५७ लाख रोयल्टी

काठमाडौं । संसारका विभिन्न मुलुकका ६ सय आरोहीले विश्वको सर्वोच्च शिखर सगरमाथा चढेसँगै यस वर्षको आरोहण सकिएको छ। सरकारले यो वर्षको वसन्तयामका लागि २८ वटा हिमाल आरोहण गर्न अनुमति दिएको थियो । त्यसमध्ये शनिवारदेखि सगरमाथा आरोहण सकिएको छ भने अन्य हिमाल आरोहण अझै पूरा भएको छैन । हिमाल आरोहण गर्न अनुमति दिएवापत यो वर्ष ७६ करोड ५७ लाख रुपैयाँ रोयल्टी उठेको छ। पर्यटन विभागका अनुसार यो वसन्तयाममा सगरमाथासहित २८ हिमालबाट ७६ करोड ५७ लाख ५८ हजार रुपैयाँ रोयल्टी संकलन भएको हो। सन् २०२२ मा ४७ हिमाल आरोहणबाट ५३ करोड ३५ लाख रुपैयाँ रोयल्टी संकलन भएको थियो। यस्तै, सन् २०२१ मा ४९ करोड रुपैयाँ संकलन भएको थियो । यस वर्ष हिमाल आरोहण गर्ने आरोहीको संख्या बढेसँगै रोयल्टी पनि धेरै उठेको विभागले जनाएको छ। यस वर्ष २८ हिमाल आरोहणका लागि ८० देशका ११ सय ७६ जनाले अनुमति लिएका थिए। यसमध्ये २ सय ७७ महिला र ८ सय ९९ पुरुष थिए। अघिल्ला दुई वर्ष को भिड १९का कारण हिमाल आरोहणमा जानेको संख्यामा कमी आएको थियो। सन् २०२२ देखि भने आरोहण गर्नेको संख्यामा वृद्धि भएको हो । सबैमा सगरमाथा अगाडि सरकारले २८ वटा हिमाल आरोहणका लागि अनुमति दिए पनि रोयल्टीदेखि आरोहण गर्ने संख्यालगायत सबैमा सगरमाथा अगाडि रहेको छ । यो वर्ष उठेको कुल रोयल्टीमध्ये सर्वोच्च शिखर सगरमाथाको मात्र ६६ करोड ६४ लाख रुपैयाँ छ। सगरमाथा आरोहणका लागि ६५ मुलुकका ४७ समूहका ४ सय ७८ जनाले अनुमति पाएका थिए। त्यसमध्ये ३ सय ७६ पुरुष र १ सय २ जना महिला थिए। विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीको संख्या हालसम्मकै उच्च हो । सगरमाथा आरोहण अनुमति लिन विदेशी नागरिकले प्रतिव्यक्ति ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्ने व्यवस्था छ। नेपालीले भने प्रतिव्यक्ति ७५ हजार नेपाली रुपैयाँ तिरे पुग्छ । सगरमाथा आरोहणका लागि अनुमति लिनेहरु यो वर्ष ७० वर्षयताकै धेरै भएको पर्यटन विभागका निर्देशक युवराज खतिवडाले बताए। उनका अनुसार यो सिजनमा हालसम्मकै उच्च रोयल्टी संकलन भएको छ । विगतमा ६० करोडसम्म रोयल्टी जम्मा भएको थियो । यो कारोबार दैनिकमा आज प्रकासित समाचार हो ।

कोइलाखानी विवाद हिंसामा परिणत हुँदा १६ जनाको ज्यानगयो

एजेन्सी । पाकिस्तानको कोहट कोइलाखानी विवादले हिंसात्मक रूप लिँदा १६ जनाको मृत्यु भएको छ । खानीको सीमाङ्कनका बारेमा आदिवासी जनजाति समूहबीच झडप हुँदा १६ जनाले ज्यान गुमाएको एआरवाई न्युजले जनाएको छ । पहाडी समुदायका दुई जातिबीचको विवाद हिंसामा परिणत हुँदा १४ जनाको घटनास्थलमा र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको कोहट प्रहरी कार्यालयका प्रवक्ताले बताएका छन् । बुलन्दरी पहाडको सीमाङ्कनलाई लिएर सुनिखेल र अखोरवाल जातिबीच लामो समयदेखि विवाद जारी छ । दुवै पक्षले आफ्नो अडान नछाडेपछि दुःखद घटना भएको प्रहरीले जनाएको छ । झडपबारे जानकारी पाउने बित्तिकै सुरक्षाकर्मी घटनास्थल पुगेका तथा स्थितिलाई नियन्त्रणमा लिइएको एआरवाईको समाचारमा उल्लेख छ ।