नीति तथा कार्यक्रम अघि संसद भवनमा रिहर्सल

काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम संसदमा पेस गर्दैछ। आज दिउँसो ३ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्ने कार्यसूची रहेको छ।

null

नीति तथा कार्यक्रम प्रस्तुतीका लागि राष्ट्रपति पौडेल संसद भवन नयाँबानेश्वर जाने भएपछि सवारी पूर्वको तयारीलाई तिव्रता दिइएको छ।सोहि सन्र्दभमा नीति तथा कार्यक्रम पस्तुत गर्नुअघि संसद भवनमा रिहर्सल गरिएको हो।

null
 

मिटरब्याजपीडित र सरकारबीच वार्ता हुँदै

काठमाडौं । मिटरब्याजपीडित र सरकारबीच वार्ता हुँदै छ । आज वार्तामा बस्नेगरी आइतबार दुईपक्षबीचको छलफल टुंगिएको थियो ।  सरकार र पीडितबीच बिहान ११ बजेदेखि वार्ता हुनेछ । आजको वार्तामा पीडितका मागसँग सम्बन्धित निकायका प्रतिनिधिहरूलाई पनि सहभागी गराउने सहमति भएको छ । आइतबार गृह मन्त्रालयमा भएको वार्तामा पीडित पक्षले आफ्ना माग राखेका थिए । सरकारले नेपाल सरकारका सहसचिव रुद्र पण्डितको नेतृत्वमा सरकारी वार्ता टोलीको गठन गरेको छ ।  यसैबीच, पीडितहरूले सडक आन्दोलनलाई निरन्तरता दिने भएका छन् । आइतबार पीडित पक्षले संघर्ष समितिको तर्फबाट अवधेश कुश्वाहाको संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा आदित्य राम, मोहन महत्तो, शिव शंकर महत्तो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा, राजाराम यादव र अंकित खनाल सदस्य छन् ।

प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक जारी छ । बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

अरूको खुट्टा तान्ने काममा व्यस्त भएर मुलुक बन्दैन  : मन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मानिसको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने उल्लेख गरे ।सरकारमा बसेका मन्त्रीहरूको सोचले मात्र देश परिवर्तन गर्न सम्भव नहुने बताए । राष्ट्रको सोचलाई उत्पादन, उद्योग र श्रममुखी दिशामा लैजान आवश्यक रहेकामा उनले जोड दिए । “हामीले निर्यात गर्न नसकौँला, तर आयात मात्रै प्रतिस्थापन गर्‍यौँ भने पनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ । त्यसतर्फ हामी सबैले सोच्नुपर्छ,” उनले भने । मुलुक २५ मन्त्री र पाँच÷सात राजनीतिक दलले मात्र बनाएर नबन्ने उनले बताए । “मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । यो पाँच÷सातवटा पार्टीले मात्रै बनाएर बन्ने होइन,” उनले भने, “तीन करोड नेपालीका ६ करोड हातहरू संयमित रूपमा क्रियाशील हुनुपर्छ ।” मन्त्री राईले सबैको सोच एउटै दिशामा अघि बढे देश विकास हुन समय नलाग्ने बताए ।

पूर्व–पश्चिम रेलमार्गको भरतपुर रुट कस्तो हुने ?, मेयर रेनु दाहालले दिइन् २ विकल्प

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको वडा नम्बर ८, ७, ४ र १६ बाट जाने भनिएको पूर्व–पश्चिम रेलमार्गको प्रस्तावित मार्गको विकल्पमा जानुपर्ने तर्क गरेकी छन् । भरतपुर महानगरपालिकामा शनिबार नेपाल सरकारका भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालसहित सरोकारवालासँगको छलफलमा प्रमुख दाहालले वडा नम्बर ११ र १२ बाट नवलपुर वा राप्ती करिडोर हुँदै गोलाघाटबाट नवलपुर उपयुक्त विकल्प हुन सक्ने उल्लेख गरिन् । मन्त्री ज्वालालाई प्रमुख दाहालले रेलमार्गको कार्य स्थानीयसँगको सहयोग र सहकार्यबाट टुङ्गोमा पुराउनुपर्ने धारणा राखिन् । ‘रेल मार्गका लागि विकल्पहिन कुरा गर्न मिल्दैन, उनले भनिन्,‘अहिलेको मार्गबाट धेरै क्षति पुग्छ भने हामीले नै अर्को विकल्प दिन सक्नुपर्छ । हामी रेलवे लाईन पनि चाहियो, भरतपुरमा रेलवे लाईन नहुँदा भरतपुर विकासबाट पछि पर्ने छ ।’ प्रमुख दाहालले अहिलेको विषयलाई पुनअवलोकन हुनुप¥यो भनि छिटोभन्दा छिटो स्थानीयको माग सम्बोधन गराउने उद्देश्यले सरोकारवालाबीच छलफल कार्यक्रम राखिएको प्रष्ट पारिन् । केही दिनअघि प्रस्तावित मार्गमा रेल विभागको सर्भे गर्ने काम सुरु भएसँगै स्थानीयहरु आन्दोलित भई महानगरपालिकालाई ज्ञापनपत्र बुझाएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले अहिलेका लागि प्रस्तावित रेल मार्गको कार्य स्थगित भएको बताए । केही दिनमा रेल विभागको महानिर्देशकसहित प्राविधिक टोलीले विकल्प दिएका रुटको बारेमा अध्ययन गर्ने मन्त्री ज्वालाले जानकारी दिए । छलफलका क्रममा चितवनका राजनैतिक दलका प्रमुखहरुले बिना कुनै छलफल रेलमार्गको कार्य अगाडि बढाउन नहुने मत व्यक्त गरेका थिए । कार्यक्रममा बोल्ने अधिकाशं वक्ताहरुले जनतालाई सुकुम्बासी बनाउने गरी निर्माण हुने आयोजनामा कुनै पनि सहमत हुन नसक्ने उल्लेख गरे ।

सत्ता गठबन्धनद्वारा गण्डकीमा उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि गण्डकी प्रदेशबाट सत्ता गठबन्धनले उम्मेदवारी दर्ता गरेको छ। गठबन्धनबाट गण्डकीमा अन्यतर्फ गोरखाका किरणबाबु श्रेष्ठ, अपाङ्गता अल्पसंख्यकबाट पदमबहादुर परियार र महिलामा मनरूपा शर्माले उम्मेदवारी दिएका छन्। गठबन्धनबाट उम्मेदवारी दिएका श्रेष्ठ र परियार नेपाली काँग्रेसका उम्मेदवार हुन्। शर्मा माओवादी केन्द्रका उम्मेदवार हुन्।श्रेष्ठका प्रस्तावक गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र समर्थकमा प्रदेशमन्त्री सुशिला सिम्खडा छन्। यस्तै, परियारका प्रस्तावकमा कल्पना तिवारी र समर्थकमा कुसुम बुढा पुन छन्। महिला उम्मेदवार शर्माका प्रस्तावकमा हरिबहादुर चुमान र समर्थकमा विन्दुकुमार थापा रहेको काँग्रेस गण्डकीका प्रचार विभाग प्रमुख रमेश पौडेलले जानकारी दिए। यसअघि एमाले र राप्रपाले उम्मेदवारी दर्ता गरिसकेका छन्। एमालेले अन्यमा स्याङ्जाका चक्रबहादुर पराजुली, अपाङ्गता अल्पसंख्यकबाट मुस्ताङका हेमन्त शेरचन र महिलाबाट गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दिएका हुन्। यस्तै, राप्रपाका रोमबहादुर भण्डारी र गौमाया श्रेष्ठले पनि राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। राष्ट्रिय सभा निर्वाचन माघ ११ गते हुँदैछ। निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख, प्रदेश र संघीय सांसदले मतदान गर्न पाउनेछन्।

राष्ट्रिय सभाका उम्मेदवार छनोटमा महामन्त्री थापाकाे दुईबुँदे असहमतिमा के छ ?

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आईतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा १८ को प्रयोजनका लागि माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३२ (९) बमोजिम उम्मेदवारको नाम पारित गरेको हो । कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला (अन्य), मधेस प्रदेशमा आनन्दप्रसाद ढुङ्गाना (अन्य), बागमती प्रदेशमा जीतजङ्ग बस्नेत (अन्य), विष्णुदेवी पुडासैनी (महिला), गण्डकी प्रदेशमा किरणबाबु श्रेष्ठ (अन्य), पदमबहादुर परियार (अपाङ्गता अल्पसङ्ख्यक) लाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यसैगरी लुम्बिनी प्रदेशमा विष्णुकुमारी सापकोटा (महिला), कर्णाली प्रदेशमा कृष्णबहादुर रोकाया (अन्य), सुदूरपश्चिम प्रदेशमा बलदेव बोहरा (अन्य) र नारायणदत्त भट्ट (अपाङ्गता–अल्पसङ्ख्यक)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।उक्त निणयप्रति महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् । ४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापाले दुई बुँदे लिखित असहमति जनाएका हुन् । यस्तो छ थापाको फरक मत १.हाम्रो संविधानले राष्ट्रिय सभामा खास गरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ । यसै गरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२(१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभा को उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायत को मापदण्ड तय गरेको थियो। संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन। २. यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखीकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढङ्गले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एक पट्क खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ । अतः आजको निर्णय प्रति मेरो लिखित असहमति रहेको छ। मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण सङ्ग्लग्नता रहने नै छ। गगनकुमार थापा महामन्त्री २०८० पौष २२

सेनाले माग्यो रिक्त पदपूर्तिका लागि दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले रिक्त पदमा आवेदन माग गरेको हो । प्राड, प्राविधिक र विविध सेवातर्फका अधिकृत पदहरूको लागि दरखास्त माग गरिएको छ । योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने सेनाले जनाएको छ । पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने जनाइएको छ ।

नेपालको हवाई क्षेत्रलाई ईयूको सुरक्षा चासोको सूचीबाट हटाउन अर्थमन्त्री महतको आग्रह

मोरक्को । अर्थमन्त्री डा. प्रकाशशरण महतले युरोपेली सङ्घ ९ईयू० का कमिस्नर जुत्ता उर्पियालिनेनलाई भेटेर नेपालको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आग्रह गरेका छन् । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को वार्षिक बैठकमा भाग लिनेक्रममा मोरक्कोको मारकेसमा रहनुभएका अर्थमन्त्री महतले साइड लाइन वार्तामा युरोपियन कमिस्नरसँग यस्तो आग्रह गरेका हुन्। उनले ईयूलाई नेपालमा आर्थिक सहायता बढाउन आग्रह गरे। सन् २०१३ देखि इयुले नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको छ । जसले नेपाली वायुसेवा कम्पनीले युरोपको आकासमा उडान गर्न पाउँदैनन् । इयुले २०७९ असारमा नेपालका वायुसेवा कम्पनीको अनुगमन गर्दा हवाई सुरक्षा चासोबाट हटाउन अस्विकार गरेको थियो । २०७९ फागुनमा इयुले हवाई सुरक्षाको अवस्थाका विषयमा स्थलगत अनुगमन गर्ने योजना सार्वजनिक गरेको थियो । तर, गत माघमा पोखरा विमानस्थलमा भएको दुर्घटनापछि इयुको टोली नेपाल अनुगमनमा आएको थिएन । यस वर्ष गत साउन र भदौमा इयुको हवाई सुरक्षा कमिटिले नेपाली वायू सेवा कम्पनी र हवाई सुरक्षाको विषयमा स्थलगत अध्ययन गरेको छ । अघिल्लो वर्ष नोभेम्बरमा इयूले प्रकाशित गरेको प्रतिवेदनमा नेपाली वायु सेवा कम्पनी हवाई सुरक्षा चासो मै थियो । हरेक ६ महिनामा हवाई सुरक्षा चासो सम्बन्धी प्रतिवेदन अध्यावधिक गर्ने इयूको हवाई सुरक्षा कमिटीले अहिले नेपालको स्थलगत अनुगमन गरेको अवस्थामा मन्त्री महतले हवाई सुरक्षा चासोबाट हटाउन युरोपियन कमिसनको टोली सँग आग्रह गरेका हुन् । सो भेटमा जुत्ता उर्पियालिनेनले नेपालमा रहेको दूतावासबाट काम गर्ने र हवाई सुरक्षाका विषयमा छलफल गर्ने बताए ।

वास्तु दिवस एवं विश्वकर्मा पूजा

काठमाडौं। प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ । आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रविद् प्रा तोयराज नेपाल बताए । प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ । ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै रचना गरेको विश्वास गरिने वास्तुशास्त्री शिव पोखरेल बताए। यही सम्झनामा नेपालका कालीगढहरुले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन् । यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ । यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनमा समेत पूजा आराधना गरिन्छ । वास्तुका शास्त्रका पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविद्हरुले वास्तु दिवसका रुपमा मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तु विद्याको पुनर्जागरण सुरु भएको छ । चार उपवेदमध्येको एक स्थापत्यवेदमा वास्तु शास्त्रकै विषय उल्लेख गरिएको छ । लुप्तप्राय ? भएको स्थापत्य वेदमा आधारित सहर एवं आवास निर्माण गर्नेको सङ्ख्या पनि बढ्न थालेको छ । यसैले गर्दा पनि अहिले वास्तु विद्याको महत्व बढेको छ । रासस

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने, संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २१५ को ९१० बमोजिम जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको रहेको संसद् सचिवालयले जनाएको छ ।

माघ्या सकराटी, माघे संक्रान्ती, मिनाम सारल्हेसबारे केही कुरा

रबिन मगर बहुजाति, भाषा, धर्म र संस्कृतिले संमृद्ध देश नेपालको एक प्रमुख जाति हो – आदिवासी  मगर । बि. स. २०६८ को जगणना अनुसार जनसंख्याको आधारमा मगर तेस्रो ठुलो समुदाय हो भने सम्पूर्ण आदिवासी जनजातीहरु मध्ये अत्यधिक जनसंख्याले प्रथम स्थानमा रहेको छ । मगरहरु स्वभावैले सरल, सोझा र सहिष्णु हुन्छन् । वर्तमान परिवेशमा मगरहरुले वर्षैभरि सबै चाडपर्व उत्तिकै उल्लास र हर्षले मनाउने गरेता पनि माघेसंक्रान्ति मगरहरुको प्रमुख सांस्कृतिक चाड हो । देशैभरी  पैmलिएर रहेका आदिवासी मगरहरुले ठाउँ, परिवेश अनुसार यस पर्वलाई थोरै फरक–फरक तरिकाले मनाउने गरेको भेटिन्छ । यस लेखमा मगरहरुले मनाउने यहि पर्व सारल्हेस अर्थात माघे संक्रान्तिको बारेमा चर्चा गर्ने कोशिस गरिएको छ । सारल्हेस                      ले‍खक: रविन मगर आदिवासी मंगोलियन समुदायको सबै भाषाहरुमा ‘ल्हेस-ल्हो  को अर्थ वर्ष भन्ने हुन्छ । त्यसैगरी मगर मातृभाषामा सारल्हेसको अर्थ नयाँ वर्ष हो । विश्वमा प्रचलित केहि मितिहरु कुनै व्यक्ति विशेषसँग संबन्धित छन् । तर नेपालका मगर, गुरुङ, तामाङ, शेर्पा लगायतका समुदायको नयाँ वर्ष मौसमसँग संबन्धित छन् । माघ महिना शुरु भएपछि घाम अलिक न्यानो हुन थाल्दछ, हिउँ पग्लन्छ, पात झरेर नाङ्गो बनेका डालीहरुमा मुना पलाउने संभावना बढ्दछ । उराठलाग्दो कष्टकर हिउँद सकिएको र अर्को मौसम शुरुवात भएको आभाषमा हाम्रा पुर्खाहरुले हर्षित भएर खुशियाली मनाउन थाले । दिन महिना हुँदै वर्खा अनि हिउँद सकिएपछि फेरी अर्को वर्ष शुरु हुन सुरसार गर्दा पुर्खाहरुले यसलाई नयाँ वर्ष भनेर मनाउन थाले । त्यसैले माघे संक्रान्तिलाई मगरहरु ‘सारल्हेस’ भनी मनाउछन् । यस चाडमै बिहेबारी भएको वर्षमा छोरीचेलीले माईतीलाई खुवाउने चलन छ । यस समयमा माईती र मावलीलाई पुग्ने कोशेली ल्याउनु पर्दछ । माईतीले पनि चेलीलाई घाटा नपर्नेगरी निकह्रा(दक्षिणा) दिई बिदा गरिन्छ । यसै चाडमा गाउँघरमा नयाँ बाली लिने–दिने या बालीहरु थैली(बन्दकी) तथा कुट(ठेक्का)मा दिएको भए यस समयमा मात्र फिर्ता तथा घटबढ गर्न पाइने चलन रहेको छ । थैली फिर्ता गर्दा धनी थोरै कोशेली लिएर बारी कमाउनेकोमा जाने र थैली या कुट घटबढ  गर्नुपर्दा कमाउनेवाला बारी धनीकोमा थोरै कोशेली लिएर जानुपर्छ । तारो हान्ने हाम्रा पुर्खाहरुले बाँच्नका लागि जंगली जनावरको शिकार गर्ने गर्दथे । बाँस या निगालोबाट बनेको धनुषमा तिखो काँडतिर राखेर प्रहार गरिने यो एउटा महत्वपूर्ण जिवनकला नै थियो । जसलाई तारो हान्ने भनिन्छ । यस चाडको अर्को विशेषता तारो हान्ने खेल पनि हो । यस खेलमा निश्चित ठाउँमा निसाना जसले राम्रो लगाउँछ उ नै बिजयी हुन्छ अनि फुलपाती लगाएर   सम्मान गर्ने गरिन्छ । यस्तै खेलहरुले गर्दा बिभिन्न ठाउँहरुमा मेलाहरु लाग्दछन् । पिण्ड दिने मगरहरु परम्परागत रुपमा विशेष देवी–देवता पुज्दैनन् । आदिकालदेखि यहि  आदिभुमिमा हिमालको चिसो सिरेटो–आँधिबेहरीसँग जुध्दै, उच्छ्याटलाग्दो उकाली–ओराली गर्दै जमिन खोस्रिएर आफ्नो अस्थित्व कायम गर्न सफल मगरहरु यिनै हिमाल, पहाड, पानीका स्रोत र बोट बिरुवाहरु नै अथाह शक्तिका स्रोत हुन् भनेर पुजा गर्दछन् । त्यसैगरी  यस धर्तिमा आफुलाई जन्माउन,े जिवन जिउने कला सिकाउने आफ्ना पुर्खाहरुलाई मगरहरु अधिक पुज्दछन् तरुल लगायत मिठो परिकार खानेः मगरहरुले माघे संक्रान्ति भन्दा पहिले नै बिशेष गरेर बन तरुल लगायत अन्य तरुल, मासको दाल जोहो गरि राख्छन् । तरुलहरु संक्रान्तिको अघिल्लो रात नै उसिनेर तयार पार्छन् । मासको दाललाई कुटेर त्यसमा अदुवा, जिरा, नुन जस्ता मसला मिसाएर बारा पकाईन्छ । मगरहरु आफ्नो यस मौलिक परिकारलाई ‘देवली’ बारा भन्दछन् जुन निकै शुभ मानिन्छ । त्यसपछी बिहानै नुहाई धुवाई गरेर सफासुग्घर गर्छन् । घरको मुलिले पितृ तथा कुलको थानमा काँचो बन तरुल चढाएपछी घरको सबै सदस्यले काँचो बन तरुलको टिका लगाउँछन् र त्यसपछी बन तरुलकै एउटा टुक्रा पोलेर डढाएर बनाएको अंगारको टिका लगाएपछी काँचो बन तरुल खानुपर्छ त्यसपछी मात्र अन्य खानेकुरा खाईन्छ । घरमा साना बच्चाहरुले मुख जुठो गर्छन् की भनेर सावधानी अपनाउँदै उनीहरुलाई उठ्ने बित्तिकै टिका लगाई दिएर काँचो बन तरुल एक टुक्रा खुवाईन्छ । त्यसपछी सबै जना भेला भएर उसिनेको बन तरुल लगायत अन्य तरुलहरु, तरुलकै अचार या अन्य मिठो लाग्ने खानेकुरा खाने चलन रहेको छ । बन तरुल खन्न नभ्याएको या नपाएको ठाउँमा किनेर अझै त्यो पनि सम्भव नभएको ठाउँमा टिका लगाउनकै लागी भए पनि एक टुक्रा बन तरुल ल्याएर भए पनि बिधी पुरा गरिन्छ । बाराही पुजा गर्ने मगरहरु बराहीलाई आफ्नो इष्ट देवता मान्दछन् । यहाँ बाराही भनेको हिन्दु ग्रन्थहरुमा अथ्र्याइए जस्तो बँदेल या राक्षस भन्ने बुज्नु हुँदैन । यस पर्वमा बाराही पनि पुजा गर्ने चलन रहेको छ । बाराही मन्दिरहरुमा भिन्दा–भिन्दै बर्ष पारेर ३ पटक पूजा गरेमा चिताएको पुग्छ भन्ने जनबिश्वास पनि रहेको छ । संक्रातिको दिनमा चेलिबेटि, पाहुना हुने हुनाले यो पूजा पर्व अगाडि या पछाडि गर्ने गरिन्छ । बिशेष गरेर कुनै बिपत्ती तथा केही भएको बेलाको भाकल भएमा, घरको कोही सदस्यको मृत्य भएपछी उसको सम्झनामा पनि बराही पुजा गरिन्छ । नाचगानः यस चाडको दिन मानिसहरु दिनभरी खानपिन, भेटघाट गरिसकेपछी बेलुका भएपछी बिशेषगरी युवतीहरु होम्पई र युवा तथा बुढापाकाहरु पैंसारु नाच्ने गर्दछन् । कोही दोहोरीमा मस्त हुन्छन् । यस्तो दुई–तिन दिन सम्म चलिरहन्छ । यसै समयमा घाटु र कौह्रा उठाउने (धुर्ने) पनि गर्दछन् । यसरी घाटु र कौह्रा उठाउँदा भोज गर्ने चलन पनि छ । घाटु र कौह्रा उठान गरिसकेपछी बैठान पनि गर्नुपर्छ । यो कोहीले यसैबेला बैठान गर्छन् भने कोहीले साउने संक्रान्तिमा बैठान गर्दछन् । जनश्रुति परापूर्व कालमा हाम्रा पुर्खाहरु जंगलमा बस्दथे । जंगलको खानेकुरा सकिएपछि बाँच्नलाई कठिन पर्दथ्यो । अरुबेला जे जस्तो खाएर बाँचे पनि जब हिउँद लाग्दथ्यो, सबै उजाड हुनाले खानको लागि धौ–धौ पर्दथ्यो । धेरै जना भोकले मर्थे । बाँच्ने र बचाउने कोशिष गरे पनि ज्यादै कठिन थियो । अरु बेला जे पनि खाएर बाँच्थे । तरुल त्यस बेलाको जता पनि पाइने एक मात्र फल थियो । त्यतीखेर काँचै खान्थे । हिउँद लागे पछी अनाज संकलनको लागी बनमा तरुल खन्न जान्थे । धेरै दिनको संकलन पछी अलिक छिप्पेको तरुल छानी खाल्डो खनेर वरीपरी चिसो नलाग्ने, गर्मीले पनि नभेट्ने गरी पुरेर राख्ने र कलिलो जती तत्काल खाने गर्दथे । बन तरुल फागुन सम्म नै पाईने भएकोले यसलाई अति महत्वपर्ण खाद्य बस्तु मानेर यसको टिका लगाउन थालियो । अलिक पछी देवताले आगो दिएर गएपछी पोलेर खान थालियो । यसै मान्यता अनुरुप देवताको नाममा पोलेर खाने र टिका लगाउने गरियो । अझै पछाडी चेलीबेटी तथा दाजुभाईलाई यसै चाडमा बोलाउने अनी रमाइलो गर्ने चलन आयो । यस्तो भेटघाट निकै दिन सम्म चल्दथ्यो । पछी तरुल सकिने बेला अब तरुल सकियो । मरिने हो कि बाँचिने भनेर भेटभाट गरी राखौं भनेर चैते दशैंमा भेटघाट गर्न थालियो । जब जेठ तिर गिठ्ठा भ्याकुर पलाउन थाल्यो अनी बाँच्ने आशा पलाउन थाल्यो र रमाउन थाल्यौं । अनी जब साउने सक्राती आउँछ हामी अब सुरक्षित भयौं भनेर खुसीले साउने सक्रान्ति मनाउन थाल्यौं । त्यसैले यो सारल्हेस अर्थात माघे संक्रान्ति आदीकाल देखी नै मनाउदै आएको प्रमुख चाड हो भन्ने बुढापाकाहरुको भनाई छ । निश्कर्ष  यो चाड मगर, थारु, नेवार, लिम्बु, कुमाल, छन्त्याल, दनुवार लगायत अन्य जाती तथा समुदायले पनि आ–आफ्नै तरिकाले भव्य रुपमा मनाउछन् । हिन्दु धर्मावलम्बीहरुले पनि सुर्य धनु राशीबाट मकर राशीमा प्रबेश गरेको हुनाले मकर संक्रान्तिको रुपमा यस चाडलाई मान्दछन् । नेपाली जनजिब्रोमा यस पर्वलाई माघे संक्रान्ति भनेर किन र कसरी रहन गयो होला ? आदिकालदेखि नै उच्च पहाडि र पहाडि भेगमा बसोबास गर्ने अनि धेरै जनसंख्या भएको जाती–मगर । मगर जाति इतिहासमा शासक र राज्यसंचालनको मुख्य तहमा रहेको कुरा इतिहासलाई जति बङ्ग्याउन खोजे पनि प्रष्ट छ । त्यसैले मगर सभ्यता, भाषा अनि सौन्दर्य सम्बृद्ध छ । मगर मातृभाषामा ‘मह्राङ’ को अर्थ रमाईलो अनि उल्लास र ‘याक’ को अर्थ दिन भन्ने हुन्छ । मह्राङ याक भन्ने शब्द बाट नै अपभ्रंस भई माघे संक्रान्ति भएको हुनसक्छ भन्ने मत पनि पछिल्लो पटक विश्वविद्यालय तहका शोेधार्थिहरुले राखेका छन् । किनकी अहिले पनि पश्चिमाञ्चल क्षेत्रका मगरहरु यस पर्वलाई माघ्या सक्राटि भन्दछन् । त्यसो त राज्यले वि.सं. २०६५ मा यस चाडलाई थारुहरुको महान पर्व भनि घोषणा गरिसकेको छ । देशभित्रकै प्रमुख जाति मगरको पर्व पहिचान र स्तरीकरण गराउनमा मगरहरु चुकेकै हुन् । आदिवासी मगर र थारुका संस्कार र परम्परा अध्ययन गर्दा धेरै समानताहरु भेटिन्छन् । गाउँघरमा एउटा भनाई पनि छ –‘पहाडमा सारु (मगरको एक थर), मधेशमा थारु’ । यस भनाईमा रहेको सत्यता यो पनि हुनसक्छ कि थारु र मगरहरुको अझ घनिष्ट सम्बन्ध छ । यसबारे अझ खोज अनुसन्धान हुन जरुरी छ । भनिन्छ, सत्य झटपट देखिदैन । त्यसैगरी हामीले खुट्याउन नसकेको तथ्य मगरहरुको प्रमुख चाड सारल्हेस÷माघ्या सक्राति अर्थात माघे संक्रान्ति हो । यस विषयमा मगर समुदाय नै पहिला सचेत हुनु जरुरी देखिन्छ । मगरहरुले आफुलाई मगर हो भनेर गर्व गर्ने कारण आफुहरुको भाषा, भेषभूषा अनि मौलिक परम्पराहरु हुन् भन्ने ठान्छन् भने आफ्ना यि जातिय र सांस्कृतिक निधिहरुलाई पनि जोगाउनतिर लाग्नु पर्दछ । होँचो कद, गोलो अनुहारमा नेप्टो नाक हुँदैमा मगर कहलिने कुरामा ढुक्क हुन सकिदैन, समुदायको विकास, संमृद्धि  र संचारमा जोड दिनु जरुरी छ । यसका लागि लैबरी(नाचगान) मात्र होईन, लाईब्रेरीमा अधिक  जानु आवस्यक छ ।   पाख्रिबास – ५, धनकुटा निवासी लेखक हाल दोहा कतारमा नेपाल मगर संघका वर्तमान सल्लाहकार हुनुहुन्छ ।   

पढ्नुस अध्यक्ष प्रचण्डकाे राजनीतिक तथा संगठनात्मक प्रस्ताव

प्रतिगमन विरुद्धको आन्दोलनमा प्राप्त भएको ठूलो सफलता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अनपेक्षित एवं अप्राकतिक विघटन र वाम–लोकतान्त्रिक शक्तिहरुको संयुक्त सरकार गठन भएको नयाँ परिस्थितीमा हाम्रो महान तथा गौरवशाली पार्टीको केन्द्रीय समितिको यो बैठक आयोजना गरिएको छ। यो बैठक, महान जनयुद्ध, ऐतिहासिक जनआन्दोलन एवम् मधेश आन्दोलन लगायतका परिवर्तनका लागि भएका आन्दोलनमा साहदत प्राप्त गर्नु हुने महान सहिदहरुप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। घाइते, अपाङ्गता भएका र वेपत्ता योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछ। विश्व महामारीको रुप लिएको कोरोना भाइरसका कारण हाम्रो देश र विश्वमा ठूलो मानवीय क्षति भएको छ। संक्रमणका कारण जीवन गुमाउन पुगेकाहरु प्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। प्रतिगमन विरुद्धको आन्दोलनमा सहभागी नागरिक समाज, बुद्धिजीवि, कानुन व्यवसायी, पत्रकार र आम जनसमुदायमा हार्दिक बधाई सहित धन्यवाद ज्ञापन गर्दछ। संविधानको मूल मर्म र भावना अनसार गरेको सही र सहासिक फैसलाका लागि केन्द्रीय समितिको यो बैठक सर्वोच्च अदालतप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ। १ नेपाली जनताको दशकौं लामो बलिदानीपूर्ण संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र धर्म निरपेक्षता समानपातिक समावेशी लोकतन्त्र र सामाजिक न्याय सहितको संविधानवाद उन्मत संविधानमाथि तत्कालिन प्रधानमन्त्री के.पी. ओलीबाट बारम्बार आक्रमण गरियो। राष्टपति जस्तो संविधानको संरक्षण गर्नपर्ने सम्मानित संस्थाको नेतृत्वले प्रधानमन्त्रीका असंवैधानिक. अलोकतान्त्रिक निरङकश कदमलाई आँखा चिम्लिएर समर्थन गर्ने काम भयो। संविधानको संरक्षकबाट नै असंवैधानिक कार्यहरुमा पटक पटक लालमोहर लगाउनु र तत्कालिन प्रधानमन्त्रीबाट जनताको बलिदानीपर्ण संघर्षका उपलब्धीहरुलाई समाप्त पार्न लागिपरेपछि यो परिवर्तनको मुख्य नेतृत्वकर्ता हुनुका नाताले यसको रक्षा गर्न हाम्रो प्रमख दायित्व बन्न गयो। तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अत्यधिक बहमत ओलीको प्रतिगमनको विरुद्धमा सडक संघर्षमा ओर्लियो। वाम लोकतान्त्रिक शक्तिहरुको संयक्त मोर्चा र संयक्त आन्दोलन बनाउने हाम्रो प्रयासले पहिलो पटक त्यति सफलता प्राप्त गर्न सकेन। तथापी प्रतिगमनकारी ओली गुट बाहेक सिङ्गो देश आन्दोलित भयो। लाखौं जनसमुदाय सडकमा उर्लियो। लेखक, कलाकार, साहित्यकार, पत्रकार, कानून व्यावसायी, पेशाकर्मी एवम् नागरिक आन्दोलन समेत वौद्धिक समुदायको प्रतिरोध र चौतर्फी घेराबन्दीमा केपी गुट पर्न गयो। यही आन्दोलनको जग र नेपालको संविधानको व्यवस्था अनुसार सम्मानित सर्वोच्च अदालतबाट पहिलो पटक प्रतिनिधि सभाको पनःस्थापना गरियो। प्रतिनिधिसभा पुनः स्थापना भए पश्चात नैतिक रुपमा आफ्नो कमजोरी स्वीकार गर्दै राजीनामा दिनुको सट्टा केपी ओली गुट आफ्नो दक्षिणपन्थी, संकीर्ण, व्यक्तिवादी, गुटवादी र फुटपरस्त गतिविधिमा मात्र लागेन अपितु जनताको सर्वोच्च संस्था प्रतिनिधि सभा विघटन गरेर निरकुशता र प्रतिगमनको अझ नाङ्गो रुप प्रदर्शन गर्यो। प्रतिनिधि सभाका १४९ जना माननीय सदस्यहरुले नेपालको संविधानको धारा ७६५ शेरबहादर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा राष्ट्रपतिकै आव्हान अनसार विधिसंगत ढंगले हस्ताक्षर बुझाइयो। राष्ट्रपतिबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नुको सट्टा सरल विधिको खिल्ली उडने गरी मध्यरातमा प्रतिनिधि सभा विघटन गर्नु प्रतिगमनकै दोस्रो श्रृखला थियो। त्यस विरुद्ध पार्टीले बाम लोकतान्त्रिक शक्तिको संयुक्त मोर्चा निर्माण गरी अगाडि बढ्ने नीति लियो। नीति सही रहेको तथ्य घटनाक्रमले प्रमाणित गरिसकेको छ। वर्तमान वाम लोकतान्त्रिक गठबन्धन सरकार यसैको पछिल्लो कडी हो। यस सरकारलाई विगतमा भएको सरकारहरुको हेरफेरका सामान्य घटनाको रुपमा बुझन् गल्ति हुनेछ। नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त संविधानको रक्षा गर्ने, लोकतन्त्रलाई संस्थागत गर्ने, संघीयताको पूर्ण कार्यन्वयन गर्ने, प्रतिगमनलाई पूर्णरुपले परास्त ने शान्ति प्रक्रियाको बाँकी कामहरु सम्पन्न गर्ने, राष्ट्रिय स्वाधिनताको रक्षा गर्दै देशलाई संवैधानिक एबम लोकतान्त्रिक बाटोमा हिँडाउने गम्भीर जिम्मेवारी परिवर्तनकारी शक्तिहरुको काँधमा रहेको छ। साथै जनतालाई कोभिड महामारीबाट मुक्त गर्नु यो गठबन्धनको प्रमुख कार्यभार रहेको छ। कोभिडका कारण थला परेको अर्थतन्त्रलाई पुनरुद्धार गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउनु यो गठबन्धनको अर्को महत्वपूर्ण कार्यभार रहेको छ। २. क. पुष्पलालको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले ७२ वर्ष पार गरिसकेकोछ। यो कालखण्डमा नेपालको कम्युनिष्ट आन्दोलनले विभिन्न आरोह अवरोहहरुको सामना गरेको छ। स्थापना कालमा मूल रुपमा सहि नीति लिएको नेपाल कम्युनिष्ट पार्टी दोस्रो महाधिवेशनपछि गलत नीति र नेतृत्वका कारण कमजोर हुन पुग्यो। पार्टीमा विकास भएको दक्षिणपन्थी चिन्तनका कारण कम्युनिष्ट आन्दोलनले एकातिर आफनो क्रान्तिकारी चरित्र गमाउन पग्यो भने अर्को तर्फ कम्यनिष्ट आन्दोलनमा विभाजनको विजारोपण पनि भयो। २०१९ सालमा भएको तेस्रो महाअधिवेशनमा पनि नीति र नेतृत्वमा तालमेल देखिएन। यस महाधिवेशन पश्चात ने.क.पा.मा अन्त्यहीन टुटफूटको श्रृंखला प्रारम्भ भयो। तेस्रो महाधिवेशन पछि दक्षिणपन्थी विसर्जनवादका विरुद्ध पुष्पलालको संघर्ष आफैमा महत्वपूर्ण रहेको छ। यसरी नै, तीसको दशक वरीपरी तत्कालिन चौथो माहाधिवेशन, संगठन र शक्तिको हिसाबले ठूलो समूहको रुपमा रहेको थियो। २०२८ सालमा शुरु भएको झापा आन्दोलन र त्यसमा व्यक्त भएको क्रान्तिकारी स्पिरीटको जगमा हुँदै मालेको अर्को धार विकास भएर आयो। माले धार २०४८ सालसम्म आइपुग्दा शान्तिपूर्ण सुधारको संसदीय बाटोको वामपन्थी दलको रुपमा स्थापित भयो। २०४७ मा एकता केन्द्रको निर्माण गरी २०५२ फाल्गुन १ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयुद्धको ऐतिहासिक पहलकदमी एवम् जनयुद्ध र जनआन्दोलनको समायोजन मार्फत शान्ति वार्ता, गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक समावेसीता एवम् सामाजिक न्यायको विशेषता सहितको संविधान निर्माण गरी नेपाली मौलिकता र विशेषता सहितको जनवादी क्रन्तिलाई आधारभूत रुपले परा गर्ने नेतृत्वकारी शक्तिको रुपमा ने.क.पा. (माओवादी), एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी), र २०७३ मा ने.क.पा. (माओवादी केन्द्र) को क्रान्तिकारी धारा बन्न पुग्यो। शान्ति प्रक्रिया संगसंगै कम्युनिष्ट घटकहरुबीच एकता गर्ने र बलियो कम्युनिष्ट केन्द्र निर्माण गर्ने नीति हाम्रो पार्टीले लिंदै आयो। समाजवादी क्रान्तिको रणनीति अन्तर्गत सामन्तवादका अवशेष एवंदलाल नोकरशाही पूजीवादका विरुद्ध संघर्ष गर्दै राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको जग बसाउने र राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्ने जस्ता मूतभूत वैचारिक राजनीतिक समानताको जगमा तीसको दशकदेखि फरक–फरक धारामा हिडिरहेका पार्टी बीच एकता गर्दा देशमा एउटै बलियो कम्युनिष्ट केन्द्र बन्ने र समाजवादको आधार निर्माण गर्न सहज हुने निश्कर्ष सहित हाम्रो पार्टीले एमालेसंग चुनावी तालमेल नदै पार्टी एकताको प्रस्ताव राख्या। आम निर्वाचनमा अभूतपूर्व जनसमर्थन सहित हाम्रो प्रस्ताव जनसमदायबाट अनुमोदित पनि भयो। २०७५ साल जेठ ३ गते नेकपा (माओवादी केन्द्र) र एमाले बीच एकता भई नेपाल कम्युनिष्ट पार्टा(नेकपा) को निर्माण भयो। यसले नेपाली जनता र कम्युनिष्ट कान्तिकारी, वामपन्थी, प्रगतिशील, देशभक्त जनसमदायमा निकै सकारात्मक सन्देश र उर्जा प्रवाह गयो। तर, पार्टीका तत्कालिन अका अध्यक्ष के.पी. ओलीको पार्टी एकताको उद्देश्य भन्ने आफ प्रधानमन्त्रीको कुर्सीमा पुग्ने र निरंकुश बन्ने मात्र रहेको कुरा स्पष्ट हुँदै गयो। उनले पार्टी एकताको सैद्धान्तिक, राजनैतिक र वैधानिकताको मूल मर्म माथि नै निरन्तर प्रहार गर्ने काम गरे। पार्टीलाई पूरै दक्षिणपन्थी कित्तामा उभ्याउने, सरकारलाई आफूनिकट व्यक्ति पोस्ने र दलाल नोकरशाही पूँजीवादलाई, हर्काउने साधनको रुपमा दुरुपयोग गर्ने, प्राप्त राजनीतिक उपलब्धी संघीयता, गणतन्त्र र संविधान माथि नै आक्रमण गर्ने काम गरे। ओली प्रवृत्तिका रुपमा विकास भएको यो घोर दक्षिणपन्थी र राष्ट्रिय आत्मसमर्पणवादी विचलनका विरुद्ध तत्कालिन नेकपाको अत्याधिक बहुमत सदस्यहरु खडा हुने स्थिति बन्यो। यो परिस्थितिमा ओलीले आत्मालोचित भएर सुघने प्रयास गर्नुको सट्टा झन् निरङकुश र तानाशाही बन्न पुगे। प्रतिनिधि सभाको दई–दई पटक विघटन गरी जनमतको अपमान गर्न पुगे। तत्कालिन माओवादी केन्द्र र एमाले बीच भएको एकता वस्तुतः सहि हुँदाहुँदै पनि केपी ओली र उनको गुटमा देखा परेको अंहकार, दम्भ, पदलोलुपता, राष्ट्रिय आत्मसमर्पणवाद र दक्षिणपन्थी अवसरवादका कारण नेकपा विघटन हुन पुग्यो। हाम्रो पार्टी कमजोर हुँदा उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङग र साँस्कृतिक रुपले उत्पीडनमा परेका जनताका अधिकार कटौती हुदै जाने र देशलाई प्रतिगमनकि. लैजान चाहने शक्तिलाई फाइदा हुनेरहेछ भन्ने तथ्य आम जनसमुदायले समेत बुझ्ने गरी स्पष्ट हुदै गयो। आज पनि विभाजित सबै इमान्दार कम्युनिष्टहरुलाई एकतावद्ध गर्दै फेरि क्रान्तिकारी कम्युनिस्टहरुको एउटै केन्द्र निर्माण गर्ने सवाल ऐतिहासिक जिम्मेवारी बनिरहेकै छ। अहिलेको सन्दर्भमा अझ स्पष्ट र मजबुत वैचारिक धरातलमा नेपालको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्ने दायित्वलाई हाम्रो पार्टीले दृढतापूर्वक आत्मसाथ गर्दछ। ३) विश्वमा साम्राज्यवाद एवं उत्पीडित राष्ट्र र जनताका बीच, साम्राज्यवादी देशहरु बीच, स्वयंम , साम्राज्यवादी देशहरु भित्र पूँजीपति र मजदूरहरुका बीचका आधारभूत अन्तरबिरोधहरु झन तिब्र बन्न गएका छन्। पूँजीवादमा आएको संकटलाई व्यवस्थापन गर्न आफै भित्र गरेका कथित सुधार र नवउदारवाद वारे स्वयं पूँजीवादीहरुमा नै विश्वास र भरोसा टुट्दै गएको छ। साम्राज्यवादी शाक्तिहरु बीचको अन्तरविरोधका कारण पूंजीवादको संकट गहिरिंदो रुपमा अभिव्यक्त भइरहेको छ। उन्नाइसौं र बिसौं शताब्दीमा भन्दा एक्काइसौं शताब्दीमा पूँजीवादले धनी र गरिबका बीचको खाडल झन् बढाइरहेको तथ्य स्वय पूँजीवादी अर्थशास्त्रीहरुले बताइरहेका छन्। सूचना प्रविधिमा भएको विकास, नयाँ नयाँ प्रविधिको प्रयोग, उत्पादनमा भएको विशिष्टीकरण र अन्तरनिर्भताले पूँजीवादको मूल चरित्र उही रहेतापनि केही महत्वपूर्ण हेरफेर भने निश्चित रुपमा भएका छन्। छिमेकी देश चीन र भारतको तीब्र आर्थिक विकास र विश्व शक्तिको केन्द्र पश्चिमबाट पूर्वतर्फ सर्दै गर्दा नयाँ शीतयुद्धको मुख्य भूमि दक्षिण तथा दक्षिण पूर्वी एसिया हुने संभावना स्पष्ट देखिन्छ। यसै सन्दर्भमा विश्व महाशक्ति राष्ट्रहरु बीच प्रकट भइरहेका अन्तरबिरोधका नयाँ रुपहरु, वित्तिय पूँजीको भूमण्डलीकरण, विज्ञान प्रविधिको तीव्र बिकास आदि सबैले नै विश्वक्रन्ति र विश्व समाजवादी व्यवस्थाका लागी भौतिक आधार तयार भइरहेको तथ्यमा स्पष्ट रहनु पर्दछ। यति हुदाहुदै पनि एक्काइसौं शताब्दीमा सामान्यतः दोस्रो विश्वयुद्ध पछि एवम् विशेषतः शीतयदको की उत्पीडनका रुपहरुको अन्तरलाई गहिरो अध्ययन गर्न पाई सामज्यवादी युद्ध र प्रतिद्वन्द्रिताको भमण्डलीकरणको प्रभाव, विज्ञान क्रन्तिको युग रिट एवम् विशेषतः शीतयुद्धको अन्त्य पछि देखापरेको साम्राज्यवादीलाई गहिरो अध्ययन गर्नु पर्दछ। यसमा मुख्यतः विश्वको निधि विभाजन र पनः विभाजनका नामत्त चल्न गरेको अन्तर सामज्यवादी, को परिवर्तन, निजीकरण र उदारीकरण,वित्तिय पूजीको भूमण्डलीकरणको उत्पादन प्रणालीमा भएको विशिष्टिकरणले साम्राज्यवाद र सर्वहारा कति पात्रोको विश्लेषण आधारभूत रुपमा सही भएतापनि सो सम्बन्धी राती गर्न आवश्यक छ भन्ने कुरामा कम्युनिष्ट क्रन्तिकारीहरुको ध्यान जान आवश्यक छ। यस सम्बन्धी रणनीतिमा प्रविधीको विकास र उत्पादन प्रणालीमा भएको विजिलि सम्बन्धी लेनिन र माओको विश्लेषण आधारभुत सम्बर्धन र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, उत्पादन सम्बन्धमा बाँकी उत्पादन प्रणालीका अवशेषहरुलाई अन्त्य गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र जोकरशाही पंजीवादका विरुद्ध संघर्ष गर्दै आम जनताको जीवनस्तर सुधार गर्न सामाजिक आधारित राष्ट्रिय पूँजीको निमार्ण गर्ने र उत्पादक शक्तिको बिकास गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थत निर्माण गर्ने सवाल आज राष्ट्रिय आत्मसम्मानसँग समेत जोडिएको छ। पूँजीवाद भित्रको संकर, विश्व शक्ति केन्द्रको बदलावका कारण पैदा हुने घर्षणको प्रभाव नेपालमा पनि पर्ने निश्चित छ। अन्तराष्ट्रिय परिस्थितिको उपरोक्त आयाम र माथि चर्चा गरिएको घरेलु परिस्थितिलाई ध्यानमा राखी हाम्रो पार्टीको आगामी कार्यभार तय गर्नु उपयुक्त हुनेछ। संविधानसभाबाट बनेको संविधान तत्कालिन शक्ति सन्तुलनका कारण हाम्रो पार्टीले चाहेजस्तो नभएतापनि आधारभूत र मूलरुपमा हाम्रो पार्टीको नै त्यसमा मुख्य स्वामित्व रहेको छ। संविधानमा भएका शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सरक्षा र सम्प्रभूता एवम् आवासको हकलाई पूर्ण कार्यान्वयन गर्ने सवाल समाजवाद तर्फको आधारभूत कदम हुनेछ। देशको औद्योगिकरण गर्ने, राष्ट्रिय पूँजीको निर्माण गर्ने, राष्ट्रिय आयको वर्गीय जातीय, क्षेत्रीय, लैङ्गिक र साँस्कृतिक रुपमा पछि परेका जनतालाई प्रथामिकतामा राखेर वितरण गर्ने काम समाजवाद निर्माणका प्रारम्भिक काम हुनेछन्। सहकारी अभियान, सामूहिक उत्पादनको अभियान र उत्पादन, विनिमय र वितरण तीनवटै क्षेत्रमा राज्यको उपस्थिति सहित समाजवादको आर्थिक आधार निर्माण गर्नुपर्दछ। तीन तहका सरकार र मिश्रित निर्वाचन प्रणाली अपनाएको हाम्रो राजनीतिक प्रणालीमा कुनै पनि राजनैतिक दल पूर्ण सत्तापक्ष वा पूर्ण बिपक्ष हुदैन। यस्तो अवस्थामा केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले आफ्नो क्षेत्रभित्र समाजवाद उन्मुख अर्थराजनीतिक कार्यक्रम बनाएर लाग गर्ने नीति लिनुपदर्छ। उत्पादकत्व वृद्धि, सामूहिक, सहकारी र राजकीय स्वामित्वको उत्पादनका इकाइहरुको निर्माण गर्ने कुरालाई पार्टी नीतिको रुपमा लिई कार्यान्यनमा लैजान आवश्यक छ। यसमा पार्टीका सबै तहका नेता, कार्यकर्ताहरु कुनै न कुनै उत्पादका इकाइमा सम्लग्न हुनु अनिवार्य गर्न पर्दछ। बजेट मार्फत वितरण हुने राष्ट्रिय आयलाई आधारभूत रुपमा पछाडि पारिएका जनतामा पुर्‍याउने करालाई जोड दिने नीति लिन आवश्यक छ। उत्पादन कार्य र व्यापक जनपरिचालनलाई समायोजन गरी योजनाबद्ध अभियान सञ्चालन गरेर मात्र समाजवादको आधार निर्माण गर्न सकिन्छ। दक्षिणपन्थी संशोधनवाद र जडसुत्रीय संशोधनवादसँग संघर्ष एवम् मालेमावादको रक्षा, प्रयोग र विकास गर्दै अगाडि बढ्ने हाम्रो पार्टीको स्पष्ट वैचारिक मान्यता रहँदै आएको छ। अहिलेको सन्दर्भमा मालेमावादको रक्षा, प्रयोग र विकास नगरी समाजवादी क्रन्तिको विकास गर्न सकिदैन भन्ने विषयलाई आत्मसात गर्न आवश्यक छ। पार्टी कुन कुरामा स्पष्ट रहनपर्दछ भने मालेमाको पथ पदर्शनमा ’समाजवादी क्रान्तिको रणनीति अन्तर्गत सामन्तवादका अवशेषका विरुद्ध संघर्ष गर्ने.. अन्तरिक राष्ट्रिय एकतालाई सुदृढ गर्दै दलाल नोकरशाही पूंजीवाद र वैदेशिक दबाब हस्तक्षेपका विरुद्ध संघर्ष मार्फत राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने तथा सामाजिक न्याय सहित राष्ट्रिय पूजीको विकास गरी समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको निर्माणका लागि सार्वजनिक, नीजि र सहकारीका लानवटै क्षेत्रबाट योजनाबद्ध पहल आवश्यक छ। यिनै मूलभूत नीति अन्तर्गत उत्पादन र जनपरिचालन अभियान सञ्चालन गर्नुपर्दछ। पार्टीको राष्ट्रिय सम्मेलनसम्म पुग्दा व्यापक बहसद्वारा “एक्काइसौ शताब्दीको वैज्ञानिक समाजवाद“ को आर्थिक, राजनैतिक र सांस्कृतिक स्वरुपको नयाँ संश्लेषण गर्न जरुरी छ। सिंगो पार्टी पङ्तीले यसमा सक्रिय सहभागिता र रचनात्मक योगदान गर्न अति आवश्यक छ। आज हाम्रो पार्टीका अगाडि नयाँ वैचारिक, राजनैतिक संश्लेषण मार्फत नेपाली क्रान्तिलाई नयाँ उचाईमा उठाउने मात्र होइन विश्व क्रान्तिलाई योगदान गर्ने नयाँ अवसर र चुनौति दुबै रहेको छ। ४) राजनीतिक पार्टी समाजमा रहेका वर्गहरुको प्रतिनिधित्व गर्ने संस्था हुन। हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) देशका सबै उत्पीडित जनसमुदायको प्रतिनिधित्व गर्ने पार्टी हो। हाम्रो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिकता समावेशिता स्थापना गर्न सबै भन्दा बढी बलिदान गरेको पार्टी हो। हाम्रो पार्टीको विस्तार राजनीतिक अपील एवम् राजनीतिक अभियान र पहलकदमी. मार्फत हुदै आएको छ। माओवादी आन्दोलन संस्थागत गर्ने वेलामा भएको विभाजन र फूट, एकता, अनि फेरि फूटका कारण हाम्रो पार्टीको संगठनात्मक संरचनाको स्थिर स्वरुप निर्माण गर्न केही चुनौतिहरु देखा परेका छन्। राजनीतिक हिसाबले सर्वहारा उत्पीडित वर्ग र जनसमुदायको अग्रास्ता र समाजवाद निर्माणको मख्य शक्तिका रुपमा हाम्रो पार्टीलाई विकास गर्न पर्दछ। पार्टीलाई संगठनात्मक रुपले जनआधारित विशाल कार्यकर्ता पंक्ति सहितको शक्तिका रुपमा विकास गर्नपर्दछ। पार्टी निर्माण र संञ्चालनको मुख्य आधार लेनिनवादी संगठनात्मक सिद्धान्त नै हो। तथापी, युवा, प्रौढ र ज्येष्ठ उमेर समूहको समुचित सन्तुलन एवम् सर्वहारा श्रमजीवी वर्ग र उत्पीडित समुदायका बीचबाट लाखौं कार्यकर्ता भर्ती गर्नु आजको आवश्यकता हो। समाजवाद निर्माणका लागि “नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौं“ भन्ने मूल ध्येयका साथ पार्टी निर्माणमा जुट्न आवश्यक छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक विरासत दक्षिणपन्थीहरुले बोक्न सक्दैनन। मूलतः आफ्नै शक्तिमा भरपर्दै क्रन्तिकारी पार्टी निर्माण गर्ने र विचार मिल्ने वामपन्थी शक्तिहरुसँग सहकार्य, मोर्चावन्दी र धुवीकरण गर्दै नेकपाको विरासत र स्वामित्व समेत हाम्रो पार्टीले लिनु पर्दछ। ५) के. पी. ओलीको प्रतिगमनका बिरुद्ध संघर्षकै क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको छ। संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान माथि प्रहार गर्दै प्रतिगमन गर्ने ओली प्रवृत्तिलाई गठबन्धनले पराजित गरेको छ। यसलाई नरुचाउने शक्तिहरु गठबन्धनलाई कमजोर पार्ने र भत्काउन लागिपरेका छन्। अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणाली, संविधान र राष्ट्रियताको रक्षा गर्दै देशमा आर्थिक समृद्धि, स्थायीत्व र सुशासन कायम गर्न निर्माण गरिएको गठबन्धनलाई यही रुपमा बुझने र आगामी निर्वाचनसम्म कम्तिमा कायम राख्ने पार्टीको नीति हनेछ। अहिले गठबन्धनकै संयुक्त सरकार बनेको छ। गठबन्धन सरकारले आफ्नो साझा नीर कार्यक्रम समेत सार्बजनिक गरिसकेको छ। उक्त नीति तथा कार्यक्रमलाई सफल कार्यान्वयन कोभिड नियन्त्रण, अर्थतन्त्रको पुनरुद्धार, जनताको जीवनस्तरमा सुधार गरी मुलुकमा सु–शासन व गर्न यस गठबन्धन र सरकारको प्रथामिकता हो। सरकारलाई सफल बनाउन पार्टी आफ्नो ठानी लागी पर्नेछ। एमसीसी लिपलेक. कालापानी र लिम्पियाधराको प्रश्नलाई पार्टीको घोषित नीति अनसार कुटनैतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिने छ। ६) मालेमावादको रक्षा, प्रयोग र विकास गर्दै समाजबाद निर्माणको दिशामा बढ्न सक्ने पार्टी निर्माण गर्न हाम्रो अहिलेको आवश्यकता हो। विधी र प्रणाली व्यवस्थित नबनाइकन पार्टीले आफ्नो लक्ष्य प्राप्त गर्न सक्दैन। परिमार्जित विधानले उक्त आवश्यकतालाई संबोधन गर्ने नै छ। आम जनसमुदायलाई पार्टीको उद्देश्य र कार्यक्रम मार्फत प्रशिक्षित र संगठित गर्ने कार्यलाई योजनाबद्ध रुपमा बढाउन आवश्यक छ। आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने र संघीय एवम् प्रादेशिक निर्वाचन मार्फत देशको नेतृत्वदायी शक्तिको रुपमा स्थापित गर्ने गरी संगठनात्मक कार्य अगाडि बढाउन पर्दछ। नयाँ सन्दर्भमा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र विभिन्न तहको नेतृत्व निर्माणका लागी राष्ट्रिय सम्मेलनको आयोजना गरिनेछ। यसका लागि निम्न अनुसारको कार्यसम्पन्न गर्न आवश्यक छ। १. भाद्र मसान्तसम्म पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण अभियान सञ्चालन गर्ने। २. असोज १० गते सेल र टोल भेला सम्मेलन सम्पन्न गर्ने। ३. असोज २० गते वडा सम्मेलन सम्पन्न गर्ने ४. असोज ३० गते गाउँ पालिका र नगर पालिका सम्मेलन गर्ने। फिनसरोकार ड्ड कात्तिक ३० गते जिल्ला सम्मेलन सम्पन्न गर्ने। ५. मंसिर १५ गते प्रदेश सम्मेलन सम्पन्न गर्ने। ६. पौष ११, १२, १३ गते राष्ट्रिय सम्मेलन आयोजना गर्ने। ७. बदलिएको परिस्थितिमा जनवर्गीय संगठन, जातीय/क्षेत्रीय मोर्चा, पेशागत संगठन, सामुदायीक संगठन, सम्पर्क मञ्च, प्रवासका संगठन, प्रतिष्ठान र पार्टीका विभागहरुको जिम्मेवारी र भूमिकामा फेरबदल आएको छ। आजको सन्दर्भमा निम्न अनुसारको भूमिका हुनेछ। क) जनवर्गीय संगठनको कामः पार्टीको समाजवादी क्रान्तिको रणनीतिलाई जनताको बीचमा प्रचार गर्ने, संगठनात्मक संजाल निर्माण गर्ने र सर्वहारा वर्गको पृष्ठमोर्चाको रुपमा जनवर्गीय संगठनको निर्माण र व्यापक विस्तार गरिनेछ। यसका लागी। असोज मसान्तसम्ममा व्यापक संगठन विस्तार र सदस्यता वितरण सहित जनवर्गीय संगठनका सम्मेलन, भेला र बैठकहरु सम्पन्न गरिसक्ने। बाँकी रहन गएका सम्मेलन र भेलाहरु पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने। जबसका अलग बैठकको आयोजना गरी ठोस कार्यक्रम निर्माण गरिने छ। जातीय/क्षेत्रीय मोचाको कामः जातीय/क्षेत्रिय मोर्चाहरु पंजीवादी जनवादी क्रन्तिका साधनहरु हुन। सामन्तवादका अवशेष र दलाल नोकरशाही पूँजीवादका विरुद्ध संघर्ष गर्दै स्थापित अधिकारहरुका कार्यन्वयन, सुदृढीकरण एवम् समाजवादका लागि पष्ठभागीय शक्तिका रुपमा जनसमुदायलाई प्रशिक्षित गर्ने, परिचालन गर्ने र पार्टीलाई व्यापक जनसमदायसँग जोडने माध्यमको भूमीकामा जातीय / क्षेत्रिय मोर्चाहरु हुनेछन्। १. असोज मसान्तसम्ममा जातीय/क्षेत्रीय संगठनका सम्मेलन, भेला र बैठकहरु सम्पन्न गरिसक्ने। २. बाँकी रहन गएका सम्मेलन र भेलाहरु पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने। ३. पेशागत संगठनको कामः तीन तहका सरकारहरुलाई पेशागत एवम् विशेषज्ञताको आधारमा सहयोग गर्ने, जनताको सेवा गर्ने, भ्रष्टाचार नियन्त्रण एवम सशासन कायम गर्ने अभियानमा पाटीको। सहयोगीको रुपमा पेशागत संगठनको भूमिका रहनेछ। १.असोज मसान्तसम्ममा पेशागत संगठनका सम्मेलन, भेला र बैठकहरु सम्पन्न गरिसक्ने। २. बाँकी रहन गएका सम्मेलन र भेलाहरु पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने ३. सामुदायिक संगठनको कामः खुकुलो संगठनात्मक अनसाशनमा रही ब्यापक जनसमुदायको बीचमा जनचेतनाका काम, सामाजिक काम र पार्टीको क्रन्तिकारी जनचेतनाका काम विचारको आधारमा व्यापक जनसमुदायलाई गोलबन्द गर्ने काम सामुदायिक संगठनको हुनेछ। ४. असोज मसान्तसम्ममा सामुदायीक संगठनको सम्मेलन, भेला र बैठकहरु सम्पन्न गरिसक्ने। बाँकी रहन गएका सम्मेलन र भेलाहरु पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने। ५. सम्पर्क मञ्चको कामः काठमाडौंमा रहेका सम्पर्क मञ्चहरुलाई गठन/पुनःगठन गरी प्रभावकारी रुपमा परिचालन गरिनेछ। प्रादेशिक राजधानी र अन्य ठूला शहरहरुमा आवश्यकता अनुसार सम्पर्क मञ्चको निर्माण गरिनेछ। ६. असोज मसान्तसम्ममा सम्पर्क मञ्चको सम्मेलन, भेला र बैठकहरु सम्पन्न गरिसक्ने। बाँकी रहन गएका सम्मेलन र भेलाहरु पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने। ७. अन्तराष्ट्रिय विभाग र प्रवासको कामः अन्तराष्ट्रिय जगतमा पार्टीको विचार नीतिलाई पुर्‍याउनु पार्टीले लिएका नीतिका पक्षमा अन्तराष्ट्रिय समर्थन जुटाउनु प्रवासमा रहेर क्रियाशील रहेका नेपाली जनसमदायलाई संगठित गर्नु अन्तराष्ट्रिय विभाग र प्रवास कमिटीको प्रमुख काम हुनेछ। भारत लगायत विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुलाई पार्टी संगठन र मञ्च मार्फत पार्टी विचार एवम् राजनीतिको आधारमा संगठित गरिनेछ। असोज मसान्तसम्ममाप्रवासी संगठनहरुको सम्मेलन, भेला र बैठकहरु सम्पन्न गरिसक्ने। ९.बाँकी रहन गएका सम्मेलन र भेलाहरु पार्टीको राष्ट्रिय सम्मेलन पछि लैजाने। छ) प्रतिष्ठानहरुको कामः सहिद, बेपत्ता, घाइते अपाङ्ग र नेताहरुको नाममा स्थापित स्थापित र क्रियाशील प्रतिष्ठानहरुलाई समन्वयात्मक रुपमा परिचालन गरिनेछ। विभागीय कामः तीन तहका सरकार र पार्टीलाई विशेषज्ञताको आधारमा नीतिगत सरसहयोग पष्ठपोषण गर्ने विभागीय समितिहरुको काम हुनेछ। आवश्यकता र औचित्यको आधारमा विभागहरुको गठन/ पनागठन गरिनेछ। सरकारको नीति निर्माण र प्रभावकारी सेवा प्रवाहमा सहयोग पानेगरी विभागको पुनःगठन, बैठकहरुको आयोजना र प्रभावकारी परिचालन गरिनेछ। संसदीय मोर्चाको कामः संघीय संसद, प्रदेश सभा र स्थानीय तहका कामहरुलाई समन्वय गर्दै जनपक्षिय नीति निर्माणमा प्रभावकारी र योजनाबद्ध रुपमा परिचालन गरिनेछ। १०. सरकारको कामः संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कामलाई जनताको भावना अनुसार थप प्रभावकारी र व्यवस्थित बनाइनेछ। संघीय सरकारको साझा नीति तथा कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यन्वयन गरिनेछ। संयुक्त सरकारमा पार्टीले आफ्नो स्वतन्त्र पहिचान र भूमिका स्थापित गर्ने सवाललाई बिशेष महत्व दिनुपर्नेछ। ११. केन्द्रीय निकायको काम : पार्टीका केन्द्रीय आयोग, राष्ट्रिय परिषद, ज्येष्ठ कम्युनिष्ट मञ्चलाई पूर्णता दिई क्रियाशील बनाइनेछ। विभाग र निकायहरुको कामलाई ब्यवस्थीत बनाइनेछ। केन्द्रीय निकायहरुलाई केन्द्रिय समितिको सहयोगी निकायको रुपमा परिचालन गरिनेछ। केन्द्रीय आयोग, विभाग र निकायहरुलाई गतिशिल बनाइनेछ। प्रिय, कमरेडहरु इतिहासमा युगिन कार्यभार पूरा गरेर आएको हाम्रो महान तथा गौरवशाली पार्टीका अगाडि देश र जनताको समृद्धिको सपना र समाजवाद निर्माणको ऐतिहासिक कार्यभार आइपगेको छ। आफैलाई रुपान्तरण गर्दै पुनसंगठित र एकताबद्ध हुदै दृढतापूर्वक समाजवाद निर्माण गर्ने दिशामा अघि बढौं। हजारौ चुनौतिका वाबजुद जनताको जीत सुनिश्चित छ। क्रान्तिकारी अभिवादन सहित ! ३० श्रावण, २०७८

राष्ट्रिय ट्रमा सेन्टर कोभिड–१९ डेडिकेटेड अस्पताल

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टर कोभिड– १९ डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको छ । सरकारको निर्णयानुसार कोभिड–१९ सङ्क्रमितको उपचारका लागि सेन्टर डेडिकेटेड अस्पतालका रुपमा सञ्चालन भएको हो । सेन्टरका निर्देशक डा सन्तोष पौडेलले सङ्क्रमितको उपचारका लागि अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गरिएको बताए । यसअघि गत वर्ष पनि सङ्क्रमणको महामारी चलेका बेला सेन्टरले कोभिड–१९ का बिरामीलाई मात्र उपचार गरेको थियो । अहिले ५० शय्यामा सङ्क्रमितको उपचार गरिएको सेन्टर बुधबारसम्ममा पूर्ण रुपमा सञ्चालन हुनेछ । उनले सेन्टरमा रहेका घाइते र बिरामीलाई अन्यन्त्र सारेर पूर्ण रुपमा कोभिड–१९ अस्पताल बनाइने जानकारी दिए । सेन्टरमा १० सघन उपचार कक्ष र २०० शय्या छन् । उनले थप आइसियु र भेन्टिलेटर थपेर अस्पताललाई व्यवस्थित बनाइने बताए । अहिले सेन्टरमा ७० सङ्क्रमितको उपचार भइरहेको छ ।

एमसिसीः ५० देशमा ८१ परियोजना, ५२ बन्द, ९ मात्रै कार्यान्वयनमा

काठमाडौं । सरकारले संसदबाट पारित गर्न निकै जोडबल गरेको एमसिसीका ९ वटा परियोजना मात्रै विश्वमा कार्यान्वयनको चरणमा छन् । अमेरिकाको इण्डो–प्यासिफिक स्टारटेजी (हिन्द–प्रशान्त रणनीति) लाई सघाउन अघि सारिएको मिलेनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गत सम्पन्न भएका, हस्ताक्षर भएका र हाल विकासको चरणमा रहेका ८१ वटा परियोजना छन् । कर्पोरेसनको वेभसाइटमा उल्लेख भए अनुसार, अफ्रिकी मुलुकका कैयन देशमा चलेका परियोजना सम्पन्न भएर बन्द भएका छन् भने केही नयाँ देशमा परियोजना निर्माणको गृहकार्य चलेको छ । अफ्रिकाको बुर्किना फासो, नेपाल र सेनेगलमा यी सम्झौता हस्ताक्षर भएका छन् । तर लागु भने हुन सकेका छैनन् । म्याडगास्कर र मालीमा भने यी परियोजना रद्द गरिएका छन् । श्रीलंकामा भने परियोजनालाई निरन्तरता दिने निर्णय खारेज गरिएको छ । अमेरिकी कंग्रेसले सन् २००४ मा एमसिसी परियोजनालाई अघि बढाउने निर्णय गरेको थियो । एमसीसीले कडा मापदण्ड पुरा गर्ने विकासोन्मुख मुलुकहरूलाई समयसीमित अनुदान सहायता प्रदान गर्दछ । संयुक्त राज्य अमेरिका र नेपालबिच २०७४ भदौमा दक्षिण एसियामै पहिलो पटक जलविद्युत क्षेत्रमा उक्त परियोजना लागु गर्न नेपाल कम्प्याक्ट सहमतिमा हस्ताक्षर भएको थियो । एमसीसीको सञ्चालक समितिमा अमेरिकी विदेशमन्त्री अध्यक्ष हुन्छन् । अमेरिकी अर्थमन्त्री, युएसएआईडीका प्रशासक, अमेरिकी व्यापार प्रतिनिधि, एमसीसीका प्रमुख कार्यकारी र निजी क्षेत्रबाट चारजना यसमा सदस्य रहन्छन् । अमेरिकाले एमसीसीअन्तर्गत उपलब्ध गराउने वैदेशिक सहायता रकम सम्बन्धित मुलुकले खर्च गर्न नसकेमा एमसीसीमै फिर्ता हुने प्रावधान छ । एमसिसीलाई शुरुका दिनमा विशुद्ध विकासका लागि सहायता भनिएपनि पछिल्लो चरणमा भने यसको रणनीति अमेरिकी सैन्य रणनीतिलाई सघाउने भन्दै आलोचना समेत बढेको छ । अमेरिकाले इण्डो प्यासिफि स्ट्राटेजी अघि सार्दै चीनलाई आर्थिक, राजनीतिक र सामारिक ढंगले घेराबन्दी गर्ने नीति लिएपछि त्यसलाई सघाउ पर्याउन एमसिसी परियोजनामा जोड दिइएको कतिपयले टिप्पणी गरेका छन् । अमेरिकाको हिन्द–प्रशान्त रणनीति पत्रमा चीनको प्रभुत्व रोक्ने मुख्य उद्देश्य राखिएको छ । यसका लागि भारतलाई रणनीतिक साझेदारका रुपमा यो रणनीति पत्रले चित्रण गरेको छ । नेपालमा नेपाली कांग्रेस र नेकपा एमालभित्र प्रधानमन्त्री ओली पक्षले एमसिसीलाई सदनबाट पारित गर्नुपर्नेमा जोड दिँदै आएका छन् । माओवादी केन्द्रलगायत अन्य दलले भने नेपालको हितमा हुनेगरी संशोधन गरेर मात्र एमसिसि पारित गर्नुपर्ने अनौपचारिक धारणा राखेका छन् । विश्वका कुन कुन देशमा छ त एमसिसी ? Country Program Name Lifecycle Status Program Amount Signing Date   Albania Europe, Asia and the Pacific Albania Threshold Program Closed $13,900,000 April 4, 2006 Albania Threshold Program, Stage II Closed $15,731,000 September 29, 2008 Armenia Europe, Asia and the Pacific Armenia Compact Closed $235,650,000 March 27, 2006 Benin Africa Benin Compact Closed $307,298,040 February 22, 2006 Benin Power Compact Implementation $375,000,000 September 9, 2015 Burkina Faso Africa Burkina Faso Compact Closed $480,943,569 July 14, 2008 Burkina Faso Compact II Signed $450,000,000 August 13, 2020 Burkina Faso Threshold Program Closed $12,900,000 July 23, 2005 Cabo Verde Africa Cabo Verde Compact Closed $110,078,488 July 5, 2005 Cabo Verde Compact II Closed $66,230,000 February 10, 2012 Côte d’Ivoire Africa Côte d’Ivoire Compact Implementation $524,740,000 November 7, 2017 El Salvador Latin America El Salvador Compact Closed $460,940,000 November 29, 2006 El Salvador Investment Compact Closure $277,000,000 September 30, 2014 Ethiopia Africa Ethiopia Proposed Threshold Program Development Georgia Europe, Asia and the Pacific Georgia Compact Closed $395,300,000 September 12, 2005 Georgia Compact II Closed $140,000,000 July 26, 2013 Ghana Africa Ghana Compact Closed $547,009,000 August 1, 2006 Ghana Power Compact Implementation $308,200,000 August 6, 2014 Guatemala Latin America Guatemala Threshold Program Implementation $28,000,000 April 8, 2015 Guyana Latin America Guyana Threshold Program Closed $6,711,000 August 24, 2007 Honduras Latin America Honduras Compact Closed $205,000,000 June 14, 2005 Honduras Threshold Program Closed $15,650,000 August 28, 2013 Indonesia Europe, Asia and the Pacific Indonesia Compact Closed $600,000,000 November 19, 2011 Indonesia Proposed Compact Development Indonesia Threshold Program Closed $55,000,000 October 26, 2006 Jordan Europe, Asia and the Pacific Jordan Compact Closed $275,100,000 October 25, 2010 Jordan Threshold Program Closed $25,000,000 October 17, 2006 Kenya Africa Kenya Proposed Threshold Program Development Kenya Threshold Program Closed $12,700,000 March 23, 2007 Kiribati Europe, Asia and the Pacific Kiribati Proposed Threshold Program Development Kosovo Europe, Asia and the Pacific Kosovo Proposed Compact Development Kosovo Threshold Program Implementation $49,000,000 September 12, 2017 Kyrgyz Republic Europe, Asia and the Pacific Kyrgyz Republic Threshold Program Closed $15,994,000 March 14, 2008 Lesotho Africa Lesotho Compact Closed $362,551,000 July 23, 2007 Lesotho Proposed Compact Development Liberia Africa Liberia Compact Closure $256,726,000 October 2, 2015 Liberia Threshold Program Closed $15,073,050 July 7, 2010 Madagascar Africa Madagascar Compact Terminated $109,773,000 April 18, 2005 Malawi Africa Malawi Compact Closed $350,700,000 April 7, 2011 Malawi Proposed Compact Development Malawi Threshold Program Closed $20,920,000 September 24, 2005 Mali Africa Mali Compact Terminated $460,811,164 November 13, 2006 Moldova Europe, Asia and the Pacific Moldova Compact Closed $262,000,000 January 22, 2010 Moldova Threshold Program Closed $24,700,000 December 16, 2006 Mongolia Europe, Asia and the Pacific Mongolia Compact Closed $284,911,363 October 22, 2007 Mongolia Water Compact Implementation $350,000,000 July 27, 2018 Morocco Africa Morocco Compact Closed $697,500,000 August 31, 2007 Morocco Employability and Land Compact Implementation $450,000,000 November 30, 2015 Mozambique Africa Mozambique Compact Closed $506,924,053 July 13, 2007 Mozambique Proposed Compact Development Namibia Africa Namibia Compact Closed $304,477,816 July 28, 2008 Nepal Europe, Asia and the Pacific Nepal Compact Signed $500,000,000 September 14, 2017 Nicaragua Latin America Nicaragua Compact Closed $113,500,000 July 15, 2005 Niger Africa Niger Compact Implementation $437,024,000 July 29, 2016 Niger Threshold Program Closed $16,898,160 March 18, 2008 Paraguay Latin America Paraguay Threshold Program Closed $34,645,092 Paraguay Threshold Program, Stage II Closed $30,300,000 April 14, 2009 Peru Latin America Peru Threshold Program Closed $35,585,000 June 10, 2008 Philippines Europe, Asia and the Pacific Philippines Compact Closed $433,910,000 September 23, 2010 Philippines Threshold Program Closed $20,685,000 July 27, 2006 Rwanda Africa Rwanda Threshold Program Closed $24,730,000 September 24, 2008 São Tomé and Principe Africa São Tomé and Prí­ncipe Threshold Program Closed $7,362,426 November 9, 2007 Senegal Africa Senegal Compact Closed $540,000,000 September 16, 2009 Senegal Power Compact Signed $550,000,000 December 10, 2018 Sierra Leone Africa Sierra Leone Proposed Compact Development Sierra Leone Threshold Program Closure $44,400,000 November 17, 2015 Solomon Islands Europe, Asia and the Pacific Solomon Islands Proposed Threshold Program Development Sri Lanka Europe, Asia and the Pacific Sri Lanka Compact Discontinued Tanzania Africa Tanzania Compact Closed $698,136,000 February 17, 2008 Tanzania Proposed Compact Suspended Tanzania Threshold Program Closed $11,200,000 Gambia Africa The Gambia Proposed Threshold Program Development Timor-Leste Europe, Asia and the Pacific Timor-Leste Proposed Compact Development Timor-Leste Threshold Program Closed $10,496,000 September 23, 2010 Togo Africa Togo Threshold Program Implementation $35,000,000 February 14, 2019 Tunisia Africa Tunisia Proposed Compact Development Uganda Africa Uganda Threshold Program Closed $10,446,180 March 29, 2007 Ukraine Europe, Asia and the Pacific Ukraine Threshold Program Closed $44,970,000 December 4, 2006 Vanuatu Europe, Asia and the Pacific Vanuatu Compact Closed $65,690,000 March 2, 2006 Zambia Africa Zambia Compact Closed $354,757,640 May 10, 2012 Zambia Threshold Program Closed $22,735,000 May 23, 2006    

मलाई अन्याय भएमा जनताको अदालत जान्छुँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि अन्याय भएमा सर्वोच्च अदालत नगई जनताको अदालत जाने बताएका छन् । नेपाली जनताको न्याय नै सही न्याय भएको उनले चर्चा गरे । पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार विर्तामोडको झापामा उदघाटन गर्दै ओलीले भने, ‘अरु मानिस मुद्दा हाल्न अदालत धाइरहेका छन्, तर म मुद्दा हाल्न अदालत जान्न, जनतामाझ जान्छुँ ।’ सरकारको उद्देश्य नै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भएकाले गलत बाटोमा नहिड्ने प्रधानमन्त्री ओलीले प्रष्ट पारे । देशमा उद्योग कलकारखानाको स्थापना गरी युवाका लागि स्वदेशमै रोजगारीको व्यवस्था सरकारले गरिरहेको उनले बताए । ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दाबी गरे ।