कञ्चनपुरमा आइतबार बढी अपराध !
भीमदत्तनगर । गत वर्ष साउनमा भएको १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणले चर्चा सर्वत्र पाए पनि कञ्चनपुर सुरक्षाका दृष्टिकोणले शान्तिपूर्ण जिल्लाका रुपमा चिनिन्छ । निर्मला प्रकरणले कञ्चनपुर अपराध बढी हुने जिल्लाको रुपमा बढी प्रचारबाजी गरिए पनि र भारतसित खुला सीमा जोडिए पनि यहाँ ठूला आपराधिक घटना भने भएका छैनन् । निर्मला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) देखि विभिन्न टोली सक्रियरुपमा परिचालन भएका छन् ।
पछिल्लो समय बस्ती र टोल/टोलमा प्रहरी साझेदारी कार्यक्रम लिएर जिल्लाभर खटिएको प्रहरी नागरिकसितको समन्वयमा आधारभूत सुरक्षा, लागुऔषध नियन्त्रणदेखि ट्राफिक नियमबारे सचेतना फैलाउन अग्रसर छ ।गत आर्थिक वर्षको अपराधको तथ्याङ्क हेर्दा जिल्लामा बढी अपराध ‘आइतबार’का दिन भएको देखिएको छ ।
गत आवभर आइतबार मात्रै १२२ आपराधिक घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बारकै आधारमा सोमबार १०४ अपराध यहाँ भएको देखिन्छ । त्यस्तै शुक्रबार ९२, बुधबार ८८, मङ्गलबार ८४, बिहीबार ७३ र शनिबार ५७ अपराध गत आवमा भएको प्रहरी तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी समयलाई आधार मान्दा कञ्चनपुरमा दिउँसो १२ बजेदेखि बेलुकी ६ बजेको बीचमा बढी त्यस्ता घटना गत वर्ष भएका थिए । उक्त कार्यालयले अपराधमा १६ देखि २५ वर्ष उमेर समूहका मानिस बढी सम्लग्न भएको देखिएको जानकारी दियो ।गत वर्ष ६३४ मुद्दा दर्ता भएकामा सो समूहका व्यक्ति ३१४ अपराधमा संलग्न रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।
“एकाध घटना चर्चामा आए पनि सुरक्षाका दृष्टिकोणले यो शान्त जिल्ला नै हो ।” उनले भने, “समाजको सुरक्षा र अपराध नियन्त्रणका लागि हाम्रो सक्रियाता दिनहूँ बढिरहेकै छ ।” प्रहरी नायब उपरीक्षक चन्दले प्रहरी साझेदारी कार्यक्रम जिल्लाभरि सञ्चालन भइरहेको जानकारी दिए ।
“टोल र विद्यालयस्तरसम्म समिति गठन भएर बस्तीसम्म पुग्दैछौँ ।” उनले भने, “समाजको सुरक्षाका निम्ति सबैले प्रहरीसित समन्वय र सहकार्यका निम्ति तयार हुनुपर्छ ।” गत आर्थिक वर्षमा सबैभन्दा बढी आत्महत्याबाट युवायुवतीले ज्यान गुमाएका थिए ।
“यहाँ १४५ जनाले गत वर्ष आत्महत्या गरे ।” उनले भने, “आत्महत्या गर्ने १६ देखि २५ बर्ष उमेर समूहका युवायुवती बढी थिए ।” गत वर्ष जबर्जस्ती करणीका ३४ र जबर्जस्ती करणी उद्योगमा २२ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए ।
तीमध्ये तीनबाहेक अरु मुद्दाका अभियुक्तलाई कारवाहीको दायरामा ल्याइएको थियो । त्यस्तै लागुऔषधका ४२, कर्तव्य ज्यानका छ र ज्यानमार्ने उद्योगका २२ मुद्दा प्रहरीमा दर्ता भएका थिए । झण्डै पाँचलाख जनसङ्ख्या रहेको यस जिल्लामा प्रहरीले आफ्नो उपस्थिति पनि बढाउँदै लगेको जनाएको छ ।
नक्कली भनेर किनेको हिराको औंठीले बनायो करोडपति !
एजेन्सी । एउटी बेलायती महिलाको हिरा लागउाने औधी रुचि थियो । तर उनीसँग हिरा किन्न पर्याप्त पैसा थिएन । उनले हिरा लगाउने आफ्नो चाहनालाई मेट्नकै लागि भएपनि बजारमा गएर हिराजस्तै देखिने नक्कली औंंठी किनिन् । ३३ वर्षसम्म उनले लगातार त्यो औंंठी लगाइरहिन् । ३३ वर्षपछि उनले जब त्यो औंंठीको वास्तविकता थाहा पाइन्, त्यतिबेला उनी चकित भइन् । त्यो नक्कली हिराको औंंठीले उनलाई रातारात करोडपति बनाइदियो । ती महिलाले बताएअनुसार ३३ वर्षपहिले आफ्नो इच्छा पूरा गर्न उनले बजारबाट हिराजस्तै देखिने ‘नक्कली’ औंंठी किनेकी थिइन् । त्यतिबेला त्यसको मूल्य नेपाली १ हजार ३ सय ६० रुपैयाँ परेको उनले बताएकी छिन् । तर पछि उनले खै के सोचिन्, आफूले ३३ वर्षसम्म लगाएको औंठी बेच्ने निर्णय गरिन् । उनी त्यो औंठी बेच्नको लागि एक हिरा व्यापारी ठाउँ गइन् । व्यापारीले बेच्नुको कारण सोध्दा, उनले औंंठीमा लगाइएको हिरा नक्कली भएको र आफूले बेच्न खोजेको भनेपछि हिरा व्यापारी तीनछक परे । व्यापारीले यो सक्कली हिराको औंंठी हो भनेर हेरेर थाहा पाइहाले। उनले सम्झाउँदै ती महिलालाई यो नक्कली नभएर सक्कली हिराको औंठी भएको बताए । यो कुरा सुनेर ती महिलालाई विश्वास नै भएन ।
एउटै टुना माछा ३४ करोड ७२ लाखमा बिक्री !
टोकियो, पुष २१ । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर .रु ३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ हो । यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ । अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो । नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो । “टुना किङ” को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गर्नुभएको थियो । यसअघि सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेका थिए । “यो सबैभन्दा उत्तम टुना हो । मैले आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,” जापानमा सुसी रेष्टुराँका मालिक कियोशीले गर्वसाथ समाचारदाताहरुलाई बताए । “पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,” उनले बताए । चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्दछ । एजेन्सी
एसियाको शक्ति: १८ औं एसियाली खेलकुद आजदेखि, यस्ताे छ नेपालकाे विगत
जकार्ता, भदाै २ । इनर्जी अफ एसिया अर्थात् एसियाको शक्ति भन्ने सन्देश बोकेर १८ औं एसियाली खेलकुद शनिबार इन्डोनेसियाको राजधानी सहर जकार्तामा सुरु हुँदै छ । एसियाका ४५ राष्ट्रका १० हजार हाराहारीमा भाग लिने खेलाडीको आतिथ्यताका लागि इन्डोनेसियाले भरपूर शक्ति परिचालन गरेको छ । इन्डोनेसियाका राष्ट्रपति जोको विदोदो शुक्रबार एसियाली खेलकुदको टर्च रिलेमा सहभागी हुदै। जकार्तामा उद्घाटन र समापन हुने यस एसियाडको अर्को आयोजक सहर पालेम्बाङ पनि हो । ४५ खेल समावेश एसियाडको १० खेल उक्त सहरमा हुनेछन् । सन् १९६२ मा एसियाडको चौथो संस्करण आयोजना गरेको जकार्ताले दोस्रोपल्ट एसियाको कुम्भ खेलमेला आयोजना गरेको हो । पछिल्लो समय दु्रतगतिमा आर्थिक विकास गरिरहेको इन्डोनेसियाले आफ्नो शक्ति खेलकुदमार्फत विश्वमाझ प्रदर्शन गर्दै छ । प्रतियोगिताका लागि झन्डै १५ हजार स्वयंसेवकलाई परिचालन गरेको छ । एसियाडभर ट्राफिक व्यवस्थापनलाई सहज पार्न ७० भन्दा बढी विद्यालयको पठनपाठन बन्द गरिएको छ । यसले गर्दा दैनिक ३० प्रतिशत ट्राफिकजामबाट मुक्ति मिल्ने अपेक्षा छ । सन् २०१६ को तथ्यांकअनुसार इन्डोनेसियाको जकार्ता विश्वकै आठौं ट्राफिक जाम हुने सहरका रूपमा चित्रित भएको थियो । जकार्ता विमानस्थलदेखि नै सहरका सडकका दायाँबायाँ रंगीचंगी बनाइएको छ । मुख्य स्थान, चोक, ठूला बसहरूमा एसियाली खेलकुदको प्रचार सामग्री बग्रेल्ती राखिएको छ भने ठूला होडिङ बोर्ड र डिप्से राखेर एसियाडबारे त्यत्तिकै प्रचारप्रसार गरिएको छ । खेलाडी तथा पदाधिकारीको स्वागतका लागि सयौं स्वयंसेवक परिचालन भएका छन् । जेराला बङ कार्नो (जेबीके) मुख्य स्टेडियममा शनिबार साँझ हुने उद्घाटनमा डेनी मलिक र इको सुप्रियान्तोको कोरियोग्राफमा चार हजार डान्सरले प्रस्तुति दिनेछन् भने चर्चित इन्डोनेसियन गायक अनगुनलगायत रैसा, तुलुस, इडो कोन्डोलोजित, फतिन, पुत्री अयुलगायतका संगीतकर्मीले कार्यक्रमलाई विशेष बनाउनेछन् । उद्घाटनका लागि १ सय २० मिटर लम्बाइ, ३० मिटर चौडाइ र २६ मिटर उचाइमा बनाइने स्टेजमा पहाडी आकृतिमा इन्डोनेसियाको कलासंस्कृति, बोटबिरुवा र फूलहरूले सजाएको झल्को दिइनेछ । हजारौं टापुको देश भनेर चिनिने इन्डोनेसियाको वास्तविक पहिचान झल्काइनेछ । इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले एसियाली खेलकुदको उद्घाटन गर्ने कार्यक्रम छ । मुख्य स्टेडियमसहित विभिन्न १२ इन्डोर रंगशालामा एसियाडका खेल हुनेछन् । एसियाडका लागि जेबीके रंगशाला पुनर्निर्माणलाई मात्रै झन्डै ४ करोड डलर खर्च गरेको जनाइएको छ । लोगो र मस्कट एसियाडको लोगोमा रहेको सन्देश हो ‘इनर्जी अफ एसिया’ । सन् १९६२ मा पनि जकार्ताले एसियाली खेलकुद आयोजना प्रयोग भएको मुख्य रंगशाला जेराला बङ कार्नो (जेबीके) हो । लोगोमा यही रंगशालाको एरियल–भ्यु राखिएको छ । यसमा रंगशालाका मुख्य ८ द्वार संकेत गरिएको छ र बीचमा रहेको छ सूर्य । सूर्य एसियाली खेलकुदको लोगो रहँदै आएको छ । आयोजकको दाबी छ, लोगोले ती पक्षको प्रतिनिधित्व गरिरहेको छ । एसियाली, इन्डोनेसिया र यहाँको खेलकुद अनि एसियाली देशबीचको मैत्री सम्बन्ध । त्यस्तै मस्कटमा इन्डोनेसियालाई विविधतालाई प्रकट गरिएको छ । यसपल्ट मस्कटमा तीन जनावर छन्, जुन आपंैmमा एसियाली खेलकुदका लागि नयाँ इतिहास हो । यसमध्ये इन्डोनेसियाको पूर्वको प्रतिनिधित्व गर्दै चरा ‘बिन–बिन’, पश्चिमको प्रतिनिधित्व गर्दै गैंडा ‘इका’ र मध्यक्षेत्रको प्रतिनिधित्व गर्दै मृग ‘अटुङ’ रहेका छन् । यी ३ जनावरले आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्दै त्यहाँको विशेषत: लुगा पनि लगाएका छन् । स्वर्णको भोक एसियाडमा नेपाल अहिलेसम्म स्वर्णका लागि तड्पिरहेको छ । ६७ वर्षे एसियाड इतिहासमा सहभागिता गौरवशाली भए पनि पदकलाई आधार मान्ने हो भने सन्तोष गर्ने ठाउँ छैन । नेपाली खेलाडीले कुल १५ संस्करण खेल्दासम्म एउटै स्वर्णपदक जित्न सकेका छैनन् । बैंकक एसियाड, १९९८ मा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले जितेको रजतपदक नै नेपालको गौरवशाली एसियाड पदक हो । एसियाडमा दुई पदक जित्ने नेपाली खेलाडीको कीर्तिमान भने दीपक विष्टको नाममा छ । एसियाडमा नेपालका लागि तेक्वान्दो नै सफल बनेको छ । पछिल्लो दुई संस्करणमा त नेपालले १–१ कांस्य पदकमै चित्त बुझाउनुपरेको छ । एसियाडमा अहिलेसम्म नेपालले कुल १ रजत र २२ कांस्यपदक जितेको छ । त्यसमा तेक्वान्दोको १ रजत र १३ कांस्य पर्दछन् । नेपाली खेलाडीले दक्षिण कोरियाको सोल एसियाड, १९८६ देखि पदक जित्न थालेका हुन् । यो संस्करणमा बक्सिङ र तेक्वान्दोका खेलाडीले ४–४ कांस्यपदक जितेका थिए । त्यसयता सबै एसियाडमा नेपालले पदक जितेको छ । के छ यसपालि ? इन्डोनेसिया पहिलोपल्ट आयोजक बन्दा नेपालले भाग लिएको थिएन । यसपल्ट एसियाडकै इतिहासमा सबैभन्दा धेरै खेल र खेलाडी लिएर नेपाल एसियाडका लागि जकार्ता आइपुगेको छ । नेपालले २९ खेलमा १ सय ८७ खेलाडीलाई उतार्दै छ । त्यसमा ५६ महिला खेलाडी छन् । विगतका संस्करणमा भन्दा यसपालि धेरै खेलका खेलाडीले वैदेशिक प्रशिक्षण पाएका छन् । त्यसले गर्दा पनि पछिल्ला संस्करणको तुलनामा राम्रो नतिजा ल्याउने दाबी गर्छन् नेपाली टोलीका सेभ द मिसन केशवकुमार विष्ट । उनले भने, ‘विगतमा भन्दा यसपल्ट राम्रो नतिजा ल्याउँछौं ।’ तर स्वर्णपदक जित्न भने कठिन हुने उनको निष्कर्ष थियो । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव समेत रहेका विष्टले तेक्वान्दो, कराँते, जुडो, उसु, बक्सिङसहित नयाँ खेलका रूपमा एसियाडमा प्रवेश पाएको पाराग्लाइडिङ र स्केटिङबाट पदक जित्ने सम्भावना रहेको बताए । उनले आफूलाई खेलाडीहरूले वैदेशिक भ्रमणमा गरेको प्रशिक्षण र नतिजाका साथै प्रशिक्षकले दिएको रिपोर्टका आधारमा पदक जित्ने दाबी गरिएको बताए । तेक्वान्दो टोली झन्डै साढे दुई महिना दक्षिण कोरियामा प्रशिक्षण गरेर सीधै जकार्ता आएको हो भने कराँतेले जापान, उसुले चीन, बक्सिङले थाइल्यान्ड र स्केटिङले हङकङमा प्रशिक्षण गरेका थिए । पाराग्लाइडिङले पनि पछिल्लो महिना चीनमा प्रि–विश्वकपमा प्राप्त गरेको पदक र नतिजाका आधारमा एसियाडमा पदकको आस गरेको हो । सेभ द मिसन विष्टले एसियाडको प्रदर्शन नेपालका लागि १३ औं साग खेलकुदलाई महत्त्वपूर्ण हुने भएकाले यसपालि त्यहीअनुसार खेलाडी सहभागिता गरिएको बताए । उनले वैदेशिक प्रशिक्षणसहित एसियाडकै लागि भनेर सरकारसँग ८ करोड माग गरिएको तर हाल ५ करोडमात्र निकासा भएको जानकारी गराए । उनका अनुसार ६ करोडभन्दा बढी खर्च भइसकेको र अन्य शीर्षकबाट खर्च गरिएको छ । दक्षिण कोरियाको चुनबुक युनिभर्सिटीमा प्रशिक्षण गरेर फर्केका तेक्वान्दो टोलीका प्रशिक्षकमध्ये एक र एसियाडका दोहोरो कांस्य विजेता दीपक विष्ट पछिल्लो समय खस्केको तेक्वान्दोका साख जोगाउन सबै खेलाडीले कडा मिहिनेत गरेको बताए । उनले भने, ‘हामीले दुई महिना कोरियामा कडा परिश्रम गरेका छौं । दुईवटा प्रतिस्पर्धात्मक प्रतियोगितामा पनि भाग लियौं । त्यसमा गरेको प्रदर्शनले गर्दा एसियाडमा राम्रो नतिजा आस गरेका छौं ।’ पछिल्लो दुई एसियाडमा तेक्वान्दो पदकविहीन भएको थियो । त्यस्तै कराँतेलाई पनि इन्चोन एसियाडको साख जोगाउनु छ । कराँतेले पनि छोटो समय भए पनि जापानमा प्रशिक्षण गरेर आएको छ । पछिल्लो एसियाडमा विमला तामाङले कातामा जितेको कांस्य नै इन्चोनबाट भित्र्याएको नेपालको एकमात्र पदक थियो । यसपालि कराँतेले बन्द प्रशिक्षण पोखरामा गरेको थियो । त्यसपछि १५ दिनका लागि जापानमा विशेष प्रशिक्षणको मौका पाएको थियो । साख जोगाउन सक्छ त कराँतेले ? प्रशिक्षक दीपक श्रेष्ठ भन्छन्, ‘हामीलाई साख जोगाउने चुनौती छ । त्यही भएर पनि हामीले प्राप्त अवसरमा कठिन प्रशिक्षण गरिरहेका छौं । पदक जितेर साख जोगाउनलाई भने अन्तर्राष्ट्रिय एक्सपोजर पुगेको छैन भन्ने ठानेका छौं । हामीले तयारीमात्र गर्यौं तर एक्सपोजर दिन नपाउँदा आफ्नो स्तरबारे थाहा नै पाउँदैनौं । अनि अरूले कस्तो गरिरहेको छ भन्ने पनि थाहा हुँदैन । दुवैको जाँच्नका लागि त अन्तर्राष्ट्रिय एक्सपोजर नै चाहिन्छ ।’ उद्घाटनको मार्चपासमा नेपालको झन्डा ओलम्पियन कमलबहादुर अधिकारीले बोक्ने भएका छन् । १० औं दक्षिण एसियाली खेलकुदका स्वर्ण र १२ औं सागका कांस्य विजेता कमलबहादुरले बेइजिङ ओलम्पिकमा सहभागिता जनाएका थिए । आफ्नो ६९ केजी तौल समूहका कीर्तिमानधारी तथा नेपालका बलिष्ठ व्यक्तिको उपाधि पाएका उनलाई ओलम्पियन र साग स्वर्णधारीको हैसियतमा १८ औं एसियाडको झन्डा बोक्न दिइएको विष्टले जानकारी गराए । मार्चपासमा नेपालबाट ८० प्रतिनिधिले मात्र सहभागिता जनाउनेछन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा टोली नेताका रूपमा रहनेछन् । नेपालको कुस्ती, ब्याडमिन्टन र कबड्डीको टोली शुक्रबार बिहान जकार्ता आइपुगेको छ । अन्य खेलका खेलाडी वैदेशिक प्रशिक्षणबाट सीधै जकार्ता आएका हुन् भने केही खेलाडी आफ्नो खेल तालिकाअनुसार आइपुग्नै बाँकी रहेको जनाइएको छ । जापान र चीन हाबी एसियाली खेलकुदको इतिहासमा जापान र चीन शक्तिशाली राष्ट्रमा दरिएका छन् । एसियाडको १८ औं संस्करण आइपुग्दा दुवै राष्ट्रले २–२ पल्ट एसियाको कुम्भखेल मेला आयोजना गरिसकेका छन् । जापानले १९५८ को टोकियो र १९९४ को हिरोसिमा एसियाड आयोजना गर्दा चीनले १९९० को बेइजिङ र २०१० ग्वाङझाउमा एसियाड सम्पन्न गर्यो । एसियाडमा जापानको सहभागिता सुरुआतदेखि नै रहे पनि चीन भने १९७४ को तेहरान एसियाडबाट एसियाली खेलकुदमा छिरेको हो । अहिलेसम्म यी दुई राष्ट्रमात्र पदकका हिसाबमा अब्बल स्थानमा रहेका छन् । पहिलोदेखि आठौं संस्करण (नयाँदिल्ली १९५१ देखि बैंकक १९७८) सम्म जापानले वर्चस्व जमाएको थियो भने त्यसपछि चीनलाई पछाडि पार्ने कुनै राष्ट्र निस्किएको छैन । जापानको उत्कृष्ट प्रदर्शन भनेको १९६६ को बैंकक एसियाड हो, जहाँ ७८ स्वर्ण, ५३ रजत र ३३ कांस्यपदक जितेको थियो । जापानमात्र एक्लो राष्ट्र हो, जसले हरेक संस्करणमा २० भन्दा बढी स्वर्णपदक जितेको छ । तर चीनले आफूले आयोजना गरेका दुवै संस्करणमा जापानलाई नराम्ररी पछाडि पारेको छ । सन् २०१० को ग्वाङझाउ एसियाली खेलकुदमा चीन १९९ स्वर्णसहित अगाडि थियो । १ हजार ५ सय ७७ पदकका लागि प्रतिस्पर्धा हुँदा चीनले थप ११९ रजत र ९८ कांस्यपदक जितेको थियो । जहाँ ४५ राष्ट्रका ९ हजार ७ सय ४ खेलाडीले ४२ वटा खेलमा सहभागिता जनाएका थिए । बेइजिङमा भने चीनले १८३ स्वर्ण जितेको थियो । पछिल्लो इन्चोन एसियाडमा चिनियाँ खेलाडीले १९९ स्वर्ण, १०९ रजत र ८५ कांस्यपदक जितेर चीनलाई पदक तालिकाको शीर्षस्थान राखेका थिए । जापान भने तेस्रो स्थानमा थियो । उसलाई दक्षिण कोरियाले पनि उछिन्यो । १ हजार ४ सय ५४ पदकका लागि प्रतिस्पर्धा हुँदा जापानको खातामा ४७ स्वर्ण, ७७ रजत र ७६ कांस्य थियो । पछिल्लोपल्ट ४५ राष्ट्रका ९ हजार ५ सय १ खेलाडीले ३६ खेलमा सहभागिता जनाएका थिए । एसियाली खेलकुद फन्को मार्दै सन् १९८२ मा फेरि जन्मस्थल भारतको नयाँदिल्ली फर्कियो, तब चिनियाँ शक्तिको उदय भएको हो । चीनले दिल्ली फर्किएको नवौं संस्करणमा प्रभावशाली जापानलाई पदक तालिकामा पछाडि पारेको थियो । ६१ स्वर्ण, ५१ रजत र ४१ कांस्यपदक जितेर चीन शीर्षस्थानमा रह्यो । २३ राष्ट्रका ३ हजार ४ सय ११ खेलाडी २३ खेलमा ६ सय १४ पदकका लागि भिडेका थिए । १८ औं संस्करणसम्म आइपुग्दा चीन १३५५ स्वर्णसहित कुल २९७६ पदकसाथ शीर्षस्थानमा छ । ५५७ स्वर्णसहित २८५८ पदकसहित जापान दोस्रो तथा तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले ६९७ स्वर्णसहित कुल २०४८ पदक जितेको छ । समग्र पदक तालिकाको टपटेनभित्र पर्ने चार राष्ट्र इरान, भारत, कजाकिस्तान र थाइल्यान्डले मात्र १ सयभन्दा बढी स्वर्णपदक जितेका छन् । यसपल्टको आयोजक इन्डोनेसियाले ९१ स्वर्णसहित आठौं स्थानमा छ । सबैभन्दा धेरै चारपल्ट आयोजक बनेको थाइल्यान्डले १२१ स्वर्णसहित कुल ५१२ पदक जितेर सातौं स्थान ओगेको छ । एसियाडको जन्मदाता भारतको खातामा १३९ स्वर्ण छ । नेपालको एसियाड पदक इतिहास (१ रजत, २२ कांस्य) १९८६, सोल, दक्षिण कोरिया बक्सिङबाट ४ कांस्य – स्व. दलबहादुर रानामगर, तुलबहादुर थापा, सुशील पोखरेल, मनोजबहादुर श्रेष्ठ तेक्वान्दोबाट ४ कांस्य – राजकुमार राई, विधान लामा, रामबहादुर घर्ती क्षेत्री, राजकुमार बुढाथोकी १९९०, बेइजिङ, चीन बक्सिङबाट १ कांस्य – चित्रबहादुर गुरुङ १९९४, हिरोसिमा, जापान तेक्वान्दोबाट १ कांस्य – मानबहादुर शाही कराँतेबाट १ कांस्य – सीता राई १९९८, बैंकक, थाइल्यान्ड तेक्वान्दोबाट १ रजत – सविता राजभण्डारी तेक्वान्दोबाट २ कांस्य – सपना मल्ल र किशोर श्रेष्ठ कराँतेबाट १ कांस्य – समरबहादुर गोले २००२, बुसान, दक्षिण कोरिया तेक्वान्दोबाट ३ कांस्य – दीपक विष्ट, रेनुका मगर र रितुजिमी राई २००६, दोहा, कतार तेक्वान्दोबाट ३ कांस्य – दीपक विष्ट, मनिता शाही र आयशा शाक्य २०१०, ग्वान्झाउ, चीन बक्सिङबाट १ कांस्य – दीपक महर्जन २०१४, इन्चोन, दक्षिण कोरिया कराँतेबाट १ कांस्य – विमला तामाङ, कान्तिपुरबा६
विश्वकप सकियो, क्रोएसियाली राष्ट्रपतिको चर्चा चुलियो !
काठमाडौं, साउन १ । विश्वकप फुटबलको २१औं संस्करण आइतबार साँझबाट सकिएको छ । २१औं संस्करणमा यसअघि सन् १९९८ को विश्वकप जितिसकेको फ्रान्सले पहिलो पटक फाइनल पुगेको क्रोएसियालाई ४-२ गोलअन्तरले हराउँदै उपाधी जितेको छ। अत्यन्तै रोमाञ्चक खेलअवधि जति रमाइलो र हेर्न लायक थियो, त्यति नै विश्वकप समापन समारोह पनि । समापन समारोहमा विश्वकप आयोजक राष्ट्रका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों र क्रोएसियाली राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकलगायतका अति उच्च व्यक्तित्वको सहभागिता रहेको थियो । निर्धारित समय सकिएलगत्तै जब रेफ्रीले सिठ्ठी फुके, मैदानबाहिर रहेका फ्रान्सेली फुटबलका खेलाडी, प्रशिक्षक र टिम सदस्य मैदानमा छिरेर जितको रमाइलो गर्न लागे । सबैलाई आश्चर्यचकित पार्दै पहिलो पटक विश्वकप फाइनलमा पुगेको क्रोएसियाका खेलाडी भने, कोही रुन थाले, कोही निरास भएर मैदानमै लडिरहेका थिए । फ्रान्सको सर्मथनमा रहेका दर्शकमा जति खुसीयाली थियो, क्रोएसियाको समर्थन गरिरहेका दर्शक त्यति नै निराश । पुरस्कार वितरण समारोह सुरु हुनेबित्तिकै पानी पर्न थालेको थियो । जति पुरस्कार वितरणको रौनकताले विश्वभरका दर्शकलाई तानिरहेको थियो, त्यत्ति नै, क्रोएसियाली राष्ट्रपति कोलिन्दाको प्रस्तुतिले विश्वभरका मानिसलाई नतमस्तक बनाइरहेको थियो । नागरिक दैनिकमा खबर छ ।
कास्कीको लुम्ले कृषि अनुसन्धान केन्द्रको अनुगमन गर्दै : राज्यमन्त्री चौधरी
पोखरा, असार २ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी कास्कीको लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्र अनुगमन निरीक्षन गर्नु भएको छ । शनिबार राज्यमन्त्री चौधरीले लुम्ले क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको निरीक्षण भ्रमण गर्नु भएको हो । लुम्लेमा विभिन्न प्रजातीको ग्लाडस फुल, किबि फल, भेडा, भैंसी, खरायो, कुखुरा, मकै, उच्च पहाडी क्षेत्रमा गर्न सक्ने धानको अनुसन्धान र तरकारीमा सिमि, विभिन्न प्रजातीको गोल्भेडा, बन्दा काउली आदिको अनुसन्धान भइरहेको छ । अनुगमन पश्चात् राज्यमन्त्री चौधरीले लुम्ले कृषि अनुसन्धान केन्द्रले अनुसन्धान गरेको बिऊहरु जनतामा पुर्याउने र यस्ले उत्पादनमा धेरै सहयोग पुरयाउने बिश्वास व्यक्त गर्नु भयो । नेपालको सबै भन्दा धेरै वर्षा हुने ठाउँ हो ।
कविताः ढल्को
बलराम तिमिल्सिना ‘विप्लव’ फूलजस्तै फक्रिएर खै त हाँसे ओठहरू जस्तापाता टल्काएर रमाए खै गोठहरू ! अनि पो त नयाँ वर्ष भनी मान गर्न मिल्छ धून धपाउँन सक्यो भने थोत्रा खोटहरू ! उही दुख उही दर्द उही सास्ती जिन्दगीमा झुपडीलाई हियाउँदै फूर्ती गर्छन् नोटहरू ! म कसरी हाँसौं साथी कसरी रमाऊँ खै सवै सवै विगतका पैंचो बोकी चोटहरू ! घर घर दाल भात डेलिभरी गर्छु भन्थे ऐले सोच्छु कठैबरा खेर गए भोटहरू ! भुट मकै साँध गुन्द्रुक सार मोही चिसो बर्गर र पिजासँग हाँस्न देऊ कोटहरू ! कहाँ आयो नयाँ वर्ष देख्दिनँ त कतै पनि भयो हल्ला बन्द गर असतीका बोटहरू !
समीक्षा– ‘हिचकी’ अर्थात् ‘बाडुली’, रानी मुखर्जीको नयाँ फिल्म
रानी मुखर्जी, बलिउडकी उत्तम कलाकार । उनका चलचित्रहरु हेर्दा बेग्लै आनन्द आउँछ दर्शकहरुलाई । अहिले यिनै रानी मुखर्जीको नयाँ चलचित्र निकै चर्चामा छ । चलचित्रको कथाबस्तु सामान्य छ । हिन्दीमा हिचकी अर्थात् बाडुली । भनिन्छ, कसैले सम्झिँदाखेरि बाडुली लाग्छ रे । विज्ञानले नमानेपनि हामीकहाँ बाडुली लागे आफूभन्दा टाढा भएका आफन्तलाई सम्झिने कोशीस गरिन्छ । हो, यही बाडुलीको वरिवरि घुमेको चलचित्र हो – “हिचकी” शिक्षक र विद्यार्थीको कथा । शिक्षक अर्थात् गुरुजी । कोही पढाउँन् मात्र, कोही राम्रोसँग बुझाउँछन् तर कोही शिक्षक भने हाम्रो जीवनकै प्रेरणा बन्छन् । यस्ता गुरुलाई हामी जीवनभरी बिर्सिन सक्दैनौं । यस्तै प्रेरणा दिने आफ्ना शिक्षक मिष्टर खानबाट प्रेरित नैना माथुरको कथाको कथा हो हिचकी । नैना माथुर अर्थात् चलचित्रमा रानी मुखर्जीको चरित्र । रानी मुखर्जी ‘टोरेन्ट सिन्ड्रोम’बाट पीडित छिन् । यसका कारण उनलाई बारम्बार बाडुली लागिरहन्छन् । यही बाडुली उनको समस्या बन्छ । १८ वटा स्कूलले उनलाई भर्ना लिन मान्दैनन् । तर जिद्दी नैना, उनी भने शिक्षण पेशामा आफ्नो भविष्य खोज्ने धूनमा हुन्छिन् । सबैतिरबाट अस्वीकृत नैनालाई अन्तमा एउटा स्कूलमा गरिब बच्चाहरुलाई पढाउने चुनौतीपूर्ण काम दिइन्छ । तर यो त्यति सहज काम भने हुन्न । नैनाको मजाक उडाउ खप्पिस हुन्छन् केटाकेटी । नैनाको कोशीस भने उनीहरुलाई मनाउने हुन्छ । चलचित्रमा यसपछि के हुन्छ त्यो हेरेर मात्र थाहा हुन्छ । तर चलचित्रले बाडुलीका कारण भोग्नुपर्ने समस्यालाई निकै सुन्दर ढंगले चित्रण गरेको छ । चलचित्रमा रानी अर्थात नैनाको चरित्र अमेरिकन मोटिभेसनल स्पीकर र टीचर ब्रेड कोहिनबाट प्रेरित छ । ब्रेड कोहिन पनि टोरेन्ट सिन्ड्रोमबाट पीडित थिए । तर एउटा सफल शिक्षक भइ छाडे । कोहिनले एउटा पुस्तक पनि लेखे । उक्त पुस्तकमा आधारित भएर २००८ मा ‘फ्रन्ट अफ त क्लास’ नामक चलचित्र पनि बन्यो हलिउडमा । रानी मुखर्जीको चलचित्र यसबाट प्रेरित देखिन्छ । बिहे अनि छोरी पाएकी रानी ४ वर्षपछि पर्दामा फर्किएकी हुन । यो चलचित्रले उनको पुनः प्रवेश झन सशक्त भएको टिप्पणीकारहरुले लेखेको पाइन्छ । चलचित्रमा रानीको उत्कृष्ट अभिनय छ । यसअघि यस्तै प्रकृतिको ब्ल्याक चलचित्रमा उनले दमदार अभिनय गरेकी थिइन । चलचित्रको निर्देशन सिद्धार्थ पी मल्होत्राले गरेका छन् ।
७ सय ३४ लाई एकै पटक सरकारी जागिर खाने अवसर
काठमाडौं, चैत १ । लोकसेवा आयोगले रोजगारीका लागि दरखास्त आह्वान गरेको छ । आयोगले विज्ञापन प्रकाशन गर्दै आन्तरिक प्रतियोगिता खुल्ला तथा समावेशी तर्फका प्रतियोगितात्मक परीक्षाका लागि विज्ञापन गरेको हो । आयोगले पुरानै अञ्चलस्तरीय ढाँचामा विज्ञापन गरेको हो । आयेगले ७ सय ३४ पदमा दरखास्त आह्वान गरेको हो । विज्ञापन अनुसार पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय धनकुटाका लागि ३९ पद, मेची अञ्चल कार्यालय इलामका लागि २३ जना, सगरमाथा अञ्चल कार्यालय दिक्तेलका लागि ११३, मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय नयाँ बानेश्वरका लागि ८८ जना, जनकपुर अञ्चल कार्यालय जलेश्वरका लागि ४९ जना कर्मचारी माग गरिएको छ । नारायणी अञ्चल कार्यालय हेटौडाका लागि ८५ जना, पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराका लागि ४८ जना, लुम्बिनी अञ्चल कार्यालय बुटवलका लागि ५० जना खरदार माग गरिएको छ । त्यस्तै धौलागिरी अञ्चल कार्यालय बागलुङका लागि ४५ जना, मध्य पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय सुर्खेतका लागि ५८ जना, राप्ती अञ्चल कार्यालय दाङका लागि ४१ जनाको पदमा आवेदन माग गरिएको छ । त्यस्तै कर्णाली अञ्चल कार्यालय जुम्लाका लागि ४२ जना तथा सूदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय दीपायल २६ जना र, महाकाली अञ्चल कार्यालय महेन्द्रनगर २७ जना गरि जम्मा ७ सय ३४ पदका लागि आवेदन माग गरिएको आयोगले जनाएको छ । विज्ञापन अनुसार चैत्र २० गतेसम्म आवेदन दर्ताको समय तोकिएको छ । दोव्वर दस्तुर तिरेर चैत्र २७ गतेसम्म फर्म भर्न सकिने आयोगले जनाएको छ । जसका लागि प्रत्येक विज्ञापनका लागि दरखास्त दस्तु तीनसय तोकिएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा सो सरह उत्तीर्ण भएकाले आवेदन दर्ता गर्न सक्नेछन् । तर एसएलसी ग्रेडिङ सिस्टमबाट प्रवेशिका परीक्षा दिएका व्यक्तिले २ जीपीए भन्दा कम अंक ल्याएको भएमा आवेदन फर्म भर्न नपाउने आयोगले जनाएको छ ।
क्यान्सरबाट कसरी उन्मुक्ति पाएँ, म संस्मरण लेख्दैछु : मनिषा काेइराला
काठमाडौं, फागुन २६ । क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ । क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल, क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा होम हस्पिस केयरको संयुक्त आयोजनामा शुक्रबारदेखि यहाँ शुरु भएको एशियाली क्यान्सर सम्मेलनका क्रममा नायिका कोइरालालाई संस्थाले सो पद प्रदान गरेको हो । आयोजक संस्थाका अध्यक्ष डा मदनकुमार पिया र सचिव प्रा श्यामकृष्ण जोशीले नायिका कोइरालालाई सो सम्मान प्रदान गर्दै पाँच वर्षअघि क्यान्सर भएर पनि हरेस नखाइ रोगबारे सर्वसाधारणलाई जनचेतना फैलाउन सक्रिय रहेकी तथा क्यान्सर रोगीको उपचारमा सहयोगसमेत गर्दै आएकी नायिका कोइरालाको उत्साहको प्रशंसा गर्दै मानार्थ अध्यक्ष पद प्रदान गरिएको बताउनुभयो । एशियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सरलाई समयमै निदान गरी उपचार गर्न जनचेतना फैलाउने, विशेषज्ञद्वारा उपचारको ज्ञान, सीप तथा प्रविधि आदानप्रदान गर्ने उद्देश्यसहित आयोजित सम्मेलनमा नेपाललगायत भारत, थाइल्याण्ड, मलेसिया, म्यान्मार, सिंगापुर र थाइल्याण्डका क्यान्सर विशेषज्ञको सहभागिता छ । तेस्रो नेशनल क्यान्सर हस्पिटल सम्मेलन २०१८’ मा विशेष गरी स्तन क्यान्सरको पछिल्लो अवस्थाबारे छलफलसमेत गरिनेछ । सो कार्यक्रमलाई नायिका कोइरालाले पाँच वर्षअघि चिकित्सकले आफूलाई क्यान्सर भएको भनेपछि आफू स्तब्ध भएको स्मरण गर्दै समयमै रोग पत्ता लागेकाले उपचार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ जीवनशैली र खानपिनका कारण क्यान्सर लाग्ने सम्भावना कम हुन्छ, समयमै क्यान्सर पत्ता लगाउनसके ८० देखि ९० प्रतिशत निको हुन्छ आगामी दिनमा क्यान्सर रोग लाग्नबाट जोगाउन सञ्चालन हुने जनचेतनामूलक कार्यक्रममा ‘म मेरो’ सक्रियाता हुन्छ ।” नायिका कोइरालाले आफूलाई क्यान्सर भएपछि बिताएका जटिल समयको स्मरण गर्दै पुस्तक लेख्न लागेको जानकारी दिनुभयो । सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा पियाले संस्थाले नेपालका गरिब तथा निमुखा क्यान्सर रोगीको उपचारमा मात्रै नभई क्यान्सर रोकथाम र उपचारको दुवै कार्य गर्दै आएको बताउनुभयो । क्यान्सर केयर नेपालका सचिव प्रा श्यामकृष्ण जोशीले संस्थाद्वारा सञ्चालित नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरलाई एकसय श्ययाको बनाउने लक्ष्य राखिएको, नेपाल सरकारले क्यान्सर रोगीका लागि उपलब्ध गराउँदै आएको रु एक लाखमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले थप राहत दिएर क्यान्सर रोगीको उपचार गर्दै आएको जानकारी दिनुभयो । त्यसअवसरमा क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागार्इं, डा रश्मी पुन गुरुङ, भारतकी डा कञ्चन कौर, क्यान्सर केयर नेपालका उपाध्यक्ष प्रभुराज वैद्यले क्यान्सर रोग लाग्न नदिन विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक भएकामा जोड दिनुभएको थियो । सो अवसरमा नायिका कोइरालाले नेपालको पहिलो क्यान्सर रोग विशेष डा तारा मानन्धर, डा मिलननाथ पाण्डे, रोटरी क्लब अफ यल, नवीना मल्ल, श्रीधर श्रेष्ठ, शाम्भवी आचार्य र किमाया गुरुङलाई सम्मान गर्नुभएको थियो ।
डा. केसी अाज पनि सर्वोच्चमा उपिस्थत, अवहेलना मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं, पुस २६ । अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. गोविन्द केसीलाई प्रहरीले विहानै सर्वोच्च अदालत पुर्याएको छ । स्वास्थ्यमा समस्या देखिएपछि डा. केसीलाई मंगलबार साँझ वीर अस्पताल भर्ना गरिएको थियो । उनको मुटुको धड्कन तीव्र हुनुका साथै मांशपेशी बाउँडिने समस्या देखिएको थियो । तर, अनसनमा रहेको भन्दै केसीले औषधि खान मानेनन् । बुधबार विहानै प्रहरी टोलीले डा. केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराएको छ । उनीविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ । डा. केसीसँग मंगलबार नै बयान भइसकेको छ । बयान भने न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले दिएको थियो ।
माओवादी केन्द्रका नेता भन्छन्- ‘एमालेभन्दा पहिले विप्लव र वैद्यसँग एकता हुनुपर्छ’
कर्णजीत बुढाथोकी ‘सुशिल’/ विश्वका घटनाक्रमलाई हेर्दा एक ध्रुवीय विश्वबाट बहुध्रुवीय विश्वमा रुपान्तरित हुँदै गएको प्रष्ट नै छ । साम्राज्यवादी नाइके अमेरिका आज दिनप्रतिदिन कमजोर बन्दै गइरहेको देखिन्छ । उत्तर कोरियाले अमेरिकालाई प्रत्यक्ष रुपमा टक्कर दिइरहेको छ भने चीन र रुसलगायत अन्य मुलुकहरुले पनि अप्रत्यक्ष रुपमा टक्कर दिइरहेका छन् । एकतिर भने अर्कोतिर डोनाल्ड ट्रम्पको अन्धराष्ट्रवादी नीतिकै कारण अन्तर्राष्ट्रिय जगतको अमेरिकाप्रतिको विकर्षण बढ्दो छ । विश्वमा कम्युनिस्ट आन्दोलनको अवस्था नाजुक भएपनि पुँजिवादी साम्राज्यवादी व्यवस्था दिनप्रतिदिन ओरालोतिर जानु कम्युनिस्ट आन्दोनलको लागि आधार खडा हुने संकेत हो । बढ्दो व्यवरोजगार, सैनिक क्षेत्रमा प्रतिउत्पादक लगानी, वित्तिय व्यस्थामा आएको संकट आदि यसका पतनका कारण हुन् । तसर्थ विश्वमै नयाँ प्रकारको क्रान्तिकारी आन्दोलनको केन्द्रिकरणको जरुरी बनेको छ । एकतापूर्व एकताका कारणबारे सकभर जनतासम्म त्यो नभए जिल्ला कमिटीसम्म दुबै पार्टीले बहस पुर्याउनु पर्छ । एकता प्रक्रियामा स्वमित्व भएन भने औपचारिकतामा मिल्ने र हतारमा गरिएको एकतामा तीब्र गुटबन्दी भइरहन्छ । जसको फाइदा काँग्रेस लगायतका शक्तिलाई हुने प्रष्टै छ । वैचारिक हिसाबले माओवाद/विचारधार र बहुदलिय जनवादको स्वच्छ बहस हुनु जरुरी छ । विश्व कम्युनिस्ट आन्दोलनमा चिली र निकारागुवाको अनुभवः सेना, प्रहरी र प्रशासन आफ्नो हातमा भएर पनि प्रतिपक्षमा बस्नु परेको निकारागुवा साण्डिनिस्ट (FSLN) को इतिहास हाम्रो सामु ताजै छ । १९७९ जुलाई १९ मा त्यहाँको लाल सैनिकहरुले तानाशाह समुजोको शासनलाई ढालेको थियो । त्यो क्रान्तिलाई ध्वस्त पार्न अमेरिकाले Low Intensity war मार्फत कोन्टा विद्रोही तयार पार्ने, हजारौं प्रकारका सुनियोजित सैनिक, आर्थिक, राजनीतिक, कुटनैतिक र मनोवैज्ञानिक क्षेत्रमा रुपमा शान्तिपूर्ण सारमा हिंसात्मक बाटो अपनायो । कर्णजीत बुढाथोकी किनभने अमेरिकाले प्रत्यक्ष रुपमा सैनिक हस्तक्षेप गरेर भियतनाममा असफल भइसकेको थियो । सन् १९९० मा ११ वर्षपछि प्रतिक्रान्ति गरेर छाडे । त्यसैगरी चिलीमा पुँजीवादी संसदीय राजनीतिबाट सत्तामा पुग्ने ख्रुश्चोभ विचार अनुसार अगाडी बढे । जसअनुसार १०५२ देखि राष्ट्रपति एलेन्द्रले चुनावमा भाग लिएर चौथो पटक १९७० मा राष्ट्रपति बन्न पुगे । सत्तामा पुग्ने वित्तिकै चिली कम्युनिस्ट पार्टीलाई समाप्त पार्न अमेरिकाले Trac- 1 र Trac -2 नीति अवलम्बन गर्यो । अन्तमा सैनिक विद्रोह गराई १९७३ सेप्टेम्बर ११ मा राष्ट्रपति एलेन्द्रलाई सैनिक विद्रोहद्वारा हत्या गरियो । यसरी हेर्दा चाहे शसस्त्र संघर्ष गरेर सत्तामा पुगेपनि चाहे चुनावी प्रक्रियामा पुगेपनि प्रतिक्रियवादी शक्तिहरुले यो वा त्यो ढंगबाट षड्यन्त्र गर्छ भन्ने कुरा इतिहास हाम्रो सामु ताजै छ । चिली र निकारागुवाको एउटै समस्या जनताको विश्वास लिन नसक्नु, प्रतिक्रियावादी शक्तिको आडमा क्रान्तिकारी सत्ता चलाउन खोज्नु, कम्युनिस्ट पार्टी क्रान्तिारी बन्न नसक्नु, नेता–कार्यकर्ताहरुमा विचलन आउनु, प्रतिक्रियावादी शक्तिहरुको विभिन्न प्रलोभनमा नेता–कार्यकर्ताहरु फस्नु मुल कारण हो । तसर्थ विश्वका यी अुनभवलाई अध्ययन गर्दै नेपालको सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न जरुरी छ । राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालहरुमा नेकपा एमालेको पनि भूमिका रहेको छ । एमालेभित्रको क्रान्तिकारी–राष्ट्रवादी तप्कालाई पनि संरक्षण गर्नुपर्ने भएको हुनाले एकता आवश्यक छ । त्यसैगरी नेपालका सबै कम्युनिस्ट शक्तिहरुसँगको ध्रुविकरणलाई पनि जोड्नुपर्छ । दश वर्षको जनयुद्धको युगान्तकारी उपलब्धीले देश गणतन्त्रमय भएको, संघीयताको व्यवहारिक अभिव्यक्ति देखिएको, समानुपातिक समावेशी कार्यान्वयन भएको र देश धर्मनिरपेक्ष भइसकेको छ । २०६४ सालमा संवधिान सभामा प्रत्यक्षतर्फ १२० प्रतिशतको हिसाबमा ५० र समानुपातिकतर्फ ३१ लाख पुग्नु यसको प्रष्ट प्रमाण हो । २०६५ पश्चात पार्टी मोटिनु पर्नेमा सुनिदै आयो । जसका कारण पार्टी विघटनको प्रक्रियामा अगाडि बढ्यो । २०७० सालमा राम्रो परिणाम आएन । २०७४ को स्थानीय चुनावसम्म आउदा माओवादी केन्द्रले धेरै ठाउँमा हार व्यहोर्नु पर्यो । त्यसैगरी २०७४ कै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा वाम गठबन्धनकै कारण प्रत्यक्षतर्फ उपलब्धी भएपनि समानुपातिक मतमा हेर्दा निकै घट्यो । ०६४ को भन्दा झण्डै १८ लाख मत गुम्न पुग्यो । यो माओवादी आन्दोलनको लागि ठूलो क्षति हो । यो क्षतिपूर्तिको लागि माओवादी मूल्य मान्यताको संस्थागत विकास गर्न जरुरी छ । एमालेले सिद्धान्तमा पार्टीको नाम राखेपनि व्यवहारमा कयौं दशक नेपाली काँग्रेसकै नेतृत्वमा सरकारमा रहँदा जनताको विश्वास लिन सकेन । जसको कारणकहिले पहिलो र कहिले दोस्रो त कहिले तेस्रो हुँदै आयो । हाल माओवादीसँगको सहकार्यको हिसावले पहिलो पार्टी बन्न पुग्यो । पार्टी संचालनको हिसाबले केही हदसम्म लोकतान्त्रिक प्रक्रिया अगाडि बढाएको देखिन्छ । एमालेभित्र केही क्रान्तिकारी र राष्ट्रवादी प्रवृतिलाई पनि संस्थागत गर्न जरुरी छ । एकता सम्बन्धी बुझाई एकता शब्द आफैमा राम्रो हो । एकता हुनु पार्टी र देशको लागि उपलब्धी हो । तर, एकताका आधारभूत सिद्धान्त छन् । जसको पालना गरिन भने एकता औपचारिकतामा मात्र सिमित हुने निश्चित । जग राम्रो भएमत्रै घर बलियो बन्छ भनेझैं पार्टी एकताको जग बलियो बनाउनु पर्छ । भोली आउने राजनीतिक भूकम्पलाई थेग्न सक्ने हुनुपर्छ । कम्युनिस्ट पार्टीहरुको एकता भन्ने वित्तिकै नेपालका कम्युनिस्ट पार्टीहरु भन्ने अर्थ बुझाउँछ । एमालेसँग एकता हुनु पूर्व वैद्य र विप्लवसँगको एकता नै पहिलो र बलियो आधार हो । माओवादीहरु घर परिवार, एमाले अंशियार र काँग्रेस, मधेसीलगायतका पार्टीहरु गाउँले जस्तै हुन् । घर परिवार मिल्दा अंशियारसँग बलियो एकता हुन्छ । अंशियारलाई नजिक र परिवारलाई टाढा बनाउदा घरभित्रको द्वन्द्वले न घर बलियो र अंशियार नै । एउटै पदमा एकै व्यक्ति दुई कार्यालयभन्दा बढी पार्टी र सत्तामा बस्न नपाउने नीति स्पष्ट गर्नुपर्छ । राष्ट्रियता जनतन्त्र, जनजीविका सम्बन्धि स्पष्ट खाका आउनुपर्छ । जनयुद्ध र शान्ति प्रक्रियाका उपलब्धीहरुलाई संस्थागत गर्नुपर्छ । एकतापूर्व एकताका कारणबारे सकभर जनतासम्म त्यो नभए जिल्ला कमिटीसम्म दुबै पार्टीले बहस पुर्याउनु पर्छ । एकता प्रक्रियामा स्वमित्व भएन भने औपचारिकतामा मिल्ने र हतारमा गरिएको एकतामा तीब्र गुटबन्दी भइरहन । जसको फाइदा काँग्रेस लगायतका शक्तिलाई हुने प्रष्टै छ । वैचारिक हिसाबले माओवाद/विचारधार र बहुदलिय जनवादको स्वच्छ बहस हुनु जरुरी छ । चुनावी मोर्चा र पार्टी एकता फरक विषय हुन् । चुनावी मोर्चाको लागि विचार र राजनीति पक्षभन्दा दुबैलाई फाइदा कसरी हुन्छ भन्ने विषयलाई मध्यनजर गरी मोर्चा बनाइन्छ । तर, पार्टी एकतामा विचार, राजनीति, कार्यदिशा, संगठन र संघर्षलाई केन्द्रबिन्दू बनाउनुपर्छ । वर्ग विरोधीसँग कसरी संघर्ष गर्ने र क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने कुराको स्पष्ट किटान हुनुपर्छ । अनिमात्र एकता उद्देश्यमूलक हुन्छ । विगतमा एकता प्रक्रियाका सवल र दुर्वल पक्ष सवल पक्षः २०४६ पूर्वको एकता विघटन, पुर्नगठनले केही सकारात्मक र केही नकारात्मक परिणाम ल्यायो । मूलतः एकता प्रक्रियाले कम्युनिस्ट आन्दोलनलाई संगठित र बलियो आधार बनायो । जसको अभिव्यक्ति पञ्चायत कालको अन्त्य र जनयुद्धको आधार बन्यो । २०४८ सालमा एकता केन्द्र गठन, २०४७ माले र माक्र्सवादी एकता भइ एमाले बन्यो । एकताले गर्दा एमाले काँगेससँग टक्कर गर्ने पुग्यो । माओवादी जनयद्ध गर्ने सक्षम पार्टी बन्यो । २०५६ एमालेको विघटन भयो । २०६६ मा माओवादी र जनमोर्चाबीच एकता भयो । त्यसपछि भएको विभाजन र फेरि २०७३ मा एमाओवादी र क्रान्तिकारी माओवादीबीच एकता भयो । यसले चुनावमा स्थानीय चुनाव र प्रतिनिधि–प्रदेश सभा चुनावमा केही हदसम्म राम्रो परिणाम ल्यायो । दुर्लभ पक्षः एकता भइसकेपछि वर्ग र जनताप्रति उत्तरदायी हुनुभन्दा बहुमत पक्षले लादेर लिने, आत्मसमर्पण गरेर आएको बुझ्ने । त्यसैगरी अल्पमत पक्षले पनि बहुमत पक्षको कदर गर्न नसक्ने, एकातिर रह्यो भने अर्कोतिर पार्टी संगठन बनाउने भन्दा एकता प्रक्रियामा सहभागी भएका मध्येलाई आ–आफ्नो गुटमा तान्ने, तल्लो पंक्तिलाई लाद्ने र माथिल्लो नेतृत्वलाई गुलामी गराउने, मूल नेतृत्वले पनि आधार वर्गप्रति उत्तरदायी नभई पैसा र पहुँचवालासँग सम्बन्ध बनाई चुनाव जित्ने रणनीति मात्रै बनाउने यसका दुर्वल पक्ष हुनु । दुवै पार्टी अलगअलग हुँदा जनअपेक्षा कम हुने र एकता भइसकेपछि जनअपेक्षा बढ्ने हुन्छ भने अर्कोतिर देशी–विदेशी विरोधी शक्तिहरु नयाँ ढंगले षड्यन्त्र गर्ने भएकोले एकाध व्यक्तिलाई फाइदा पुग्ने गरी भन्दा वर्ग र जनताप्रति उत्तरदायी हुने गरी एकता गर्नुपर्छ । चुनावी तालमेलको क्रममा भएको वाम गठबन्धनले माओवादी र एमालेलाई चुनावी रणनीति सम्बन्धमा दुर्दर्शिता अपनाएको देखिन्छ । कांग्रेसलगायत अन्य दक्षिणपन्थी शक्तिहरुलाई सदा पराजित गर्न क्रान्तिकारी सिद्धान्त र व्यवहारबिना असम्भव छ । एकपटकको विजय नै अन्तिम विजय होइन । विजयलाई संस्थागत गर्न नेता कार्यकर्ताको सम्पत्तिप्रतिको मोह, नातावाद, पक्षपात, गुटवाद, परिवारवादलाई अन्त्य गर्दै अगाडि बढ्नुपर्छ । नत्र नक्कली एकता मात्र बन्नेछ । चुनावी तालमेलको क्रममा भएको वाम गठबन्धनले माओवादी र एमालेलाई चुनावी रणनीति सम्बन्धमा दुर्दर्शिता अपनाएको देखिन्छ । कांग्रेसलगायत अन्य दक्षिणपन्थी शक्तिहरुलाई सदा पराजित गर्न क्रान्तिकारी सिद्धान्त र व्यवहारबिना असम्भव छ । एउटै पदमा एकै व्यक्ति दुई कार्यालयभन्दा बढी पार्टी र सत्तामा बस्न नपाउने नीति स्पष्ट गर्नुपर्छ । राष्ट्रियता जनतन्त्र, जनजीविका सम्बन्धि स्पष्ट खाका आउनुपर्छ । जनयुद्ध र शान्ति प्रक्रियाका उपलब्धीहरुलाई संस्थागत गर्नुपर्छ । उत्पीडित वर्ग, क्षेत्र जाति लिंग समुदायको हक, हितलाई केन्द्रविन्दु राख्दै सहअस्तित्वको आधारमा एकता गरी समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको आवश्यकता हो । पार्टी एकता सम्बन्धी बुझाई दुई प्रकारले देखिएको छ । एकथरी छिटै एकता गरिहाल्नु पर्छ, विचार सिद्धान्त, संगठन केही पनि होइन, यदि चाडो भएन भने बाह्य शक्तिले चलखेल गर्न सक्छ भन्ने बुझाई छ । अर्को तर्फबाट एकता भन्ने वित्तिकै आत्मसमर्पण र विलय हो भन्ने बुझाई छ । सही र क्रान्तिकारी दृष्टिकोण भनेको कार्यदिशामा एक रुपता, संगठनमा एक रुपता र रणनीति–कार्यनीतिमा एक रुपता हुनुपर्छ । जनयुद्ध, सहिद परिवार, घाइते, जनमुक्ति सेना, जनसत्ता सबै माओवादी पार्टीका साझा विषय हुन् । माओवादीहरुको नेतृत्वमा जीवनमरणको संघर्षले गणतन्त्र, राष्ट्रिय स्वाधिनता, जनजिवीका, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सहभागीता सम्भव भएको हो । तसर्थ सच्चा कम्युनिस्ट पार्टी निर्माण नै एकताको बलियो जग हो । त्यसैले पहिलो चरणमा सबै माओवादी घटकहरुबीच एकता प्रक्रियाको सुरुवात गर्नुपर्छ । त्यसैगरी राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालहरुमा नेकपा एमालेको पनि भूमिका रहेको छ । एमालेभित्रको क्रान्तिकारी–राष्ट्रवादी तप्कालाई पनि संरक्षण गर्नुपर्ने भएको हुनाले एकता आवश्यक छ । त्यसैगरी नेपालका सबै कम्युनिस्ट शक्तिहरुसँगको ध्रुविकरणलाई पनि जोड्नुपर्छ । मुल विषय कार्यदिशा भएको हुनाले क्रान्तिकारी कार्यदिशाबिना न त देशको विकास संभव छ, न त समृद्धि नै । तसर्थ, पार्टी एकता हुनुपूर्व कार्यदिशाको बारेमा व्यापक बहस गर्न जरुरी छ । हाम्रो सामु कम्युनिस्ट पार्टीहरुबीचमा भएको एकता र विघटनको इतिहास ताजै छ । कम्युनिस्ट आन्दोलनभित्रका क्रान्तिकारी शक्तिहरु एकै ठाउँ उभिएर समाजवादी क्रान्ति सम्पन्न गर्नु इतिहासक आवश्यकता हो । -र्इमानदारमिडियाबाट लेखकः नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य हुन् ।
स्वीटजरल्याण्डभन्दा बढी अवसर ६ नम्बर प्रदेशमा
२००७ सालमा नेपालमा आएको प्रजातन्त्रबारे एक वर्षसम्म कर्णालीवासी वेखबर रहे। राज्यबाट जनता कतिसम्म टाढा थिए भन्ने यो जिवन्त उदाहरण हो। संचारमा आएको अभुतपूर्व क्रान्तीले जनता र राज्यबीचको दुरीलाई हदैसम्म छोट्याइदियो। अब आउने पुस्ताले यस्ता खबर सुनिरहन पर्नेछैन। मुलुक २००७ अथवा २०४६ को जस्तो राजनीतिक, आर्थिक र सामाजिक धरातलमा छैन। ‘सूचना पुग्न एक वर्ष लाग्यो रे’, भनिएको ६७ वर्ष पछि यो मुलुकमा फेरिएको राजनीतिक धरातलमाथि उभिएर हेर्ने हो भने म, ६ नम्बर प्रदेशमा जति विकासमा लोभलाग्दा सम्भावना अन्य कुनै प्रदेशमा देख्दिनँ। नरेश भण्डारी विसं. २०६४ मा संघीयता सम्बन्धी अध्ययन गर्न हाम्रो एक टोली स्वीट्जरल्याण्ड पुगेका थियो। संघीयता सम्वन्धी अध्ययन गर्नेका लागि स्वीट्जरल्याण्ड जिवीत प्रयोगशाला हो। सानो अनी हिमाल र पहाडले घेरिएको भूपरिवेष्टित यो मुलुकको प्रायः सबै भूभाग र हावापानी हाम्रो नेपालको ६ नम्बर प्रदेशसँग मेल खान्छ। मैले विकासमा जति नमुना यो मुलुकबाट देखेर आएँ त्यो भन्दा बढी अवसर ६ नम्बर प्रदेशमा देखिरहेको छु। इतिहास सबै मुलुकको क्रुर हुन्छ। स्वीटजरल्यान्डको पनि बिपन्न इतिहास छ। हामीलाई स्वीस संघीयताको मोडल देखाउँदै हिँडेका डा. गुन्थरले अलिकति स्वीटजरल्याण्डको इतिहास बताएका थिए। ‘हाम्रो गन्ती १ सय ५० वर्षअघि गरिब देशमा रुपमा थियो। हामीलाई अन्य मुलुकले गरिब भने त्यसैलाई विश्वास गर्यौ।’ अहिले स्वीटजरल्याण्ड संसारकै नमूना राज्यका रुपमा चिनिन्छ। डा गुन्थरको सन्देश थियो –’संघीयताको मोडलमा ‘ब्रेक थ्रू’ गरेको नेपालमा अब सम्भावनाका ढोका खोलिएका छन्। अब के गरेर देखाउने जिम्मा प्रदेशको हो। यो चुनौती कम र अवसर ज्यादाको ‘मोडल’ हो।’ डा गुन्थरको यती भनाइ मात्र सम्झ्यो भने मलाई ऊर्जा मिल्छ। सामाजिक क्रान्ती, सञ्चार जगतमा भएको विकास र राजनीतिक क्रान्तिले हाम्रा अगाडि अवसरका प्रशस्त ढोका खोलिदिएको छ। अब राज्यलाई हामीले गाउँगाउँमा लैजाने अवसर पाएका छौं। हामीलाई आफ्नै राज्यले निधारमा दशकौंदेखि ‘गरिब र पिछडिएको’ भनेर टिका लगाइदियो। हामीले राज्यको त्यही उपमालाई ढुंगाको अक्षर ठान्यौं। ‘हामी भीत्रै सम्भावना छन्’ भन्ने कुराको खोजी हामी आफैंले कहिल्यै गर्न सकेनौं। त्यसैले हामीलाई कमजोर पार्यो। त्यसैले हामी पछि पर्यौं। अब हामी केन्द्रमाथि निर्भर रहने राज्यप्रणालीमा छैनौं। गणतन्त्रको संस्थागत र संघीयताको नयाँ मोडलले देश विकासमा नयाँ ढोका खोलेको छ। सामाजिक क्रान्ती, सञ्चार जगतमा भएको विकास र राजनीतिक क्रान्तिले हाम्रा अगाडि अवसरका प्रशस्त ढोका खोलिदिएको छ। अब राज्यलाई हामीले गाउँगाउँमा लैजाने अवसर पाएका छौं। जुन दिन राज्य समान रूपमा गाउँ पुग्न थाल्छ त्यही दिनबाटै विकासको बिजारोपण हुने हो। हामी अब त्यो चरणमा पुग्दैछौँ। प्रदेश विभाजनपछि हामीले प्रदेश विकासमा देखिने चुनौतीबारे चरणबद्ध बहश गर्यौं। ती बहशहरुले निकालेका सबैभन्दा ठूला चुनौती प्रदेश भित्रको सन्तुलित विकास, सामाजिक सुरक्षा, सुलभ स्वास्थ्य र सहज अनि गुणस्तरीय शिक्षा थिए। यी सबै समस्या अथवा चुनौती हाम्रो केन्द्रीय राज्य प्रणालीसँग जोडिएका थिए। रूकुम, जाजरकोट, मुगु, हुम्ला, जुम्ला डोल्पाबाट केन्द्र टाढा थियो। शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकताका लागिसमेत हामीले केन्द्रमाथि निर्भर हुनुपर्थो। यस्ता अति सामान्य कुरा स्थापित गर्नसमेत केन्द्रले भूमिका खेल्ने गरेको थियो। त्यसैले हामीले यी चुनौतीलाई अहिलेसम्म ‘बाघ’ देख्यौँ। प्रादेशिक राज्यको ’ब्रेक थ्रू’ पछि अब यी कुनै पनि चुनौतीलाई म समस्या ठान्दिनँ। प्रदेशलाई चिर्दै बगेको कर्णालीमा मात्र ३२ हजार मेघावाट ऊर्जा खेर गइरहेको छ। यो उर्जालाई ६ नम्वर प्रदेशका सबै गाउँहमा पुर्याउन सकियो भने अध्यारोलाई गाउँबाट बिदा मात्रै गर्ने छैन, औद्योगिकरण गर्न सहयोग पुग्नेछ। बचत उर्जा निर्यातले आर्थिक सम्बृद्धि हाँशिल हुने छ। हामीले २ दशकभित्र ६ नम्बर प्रदेशको मानचित्र बाहिरका मानिसलाई सम्बृद्धि हेर्न निम्तापत्र पठाउन सकिनेमा म कुनै कठिनाइ देख्दिनँ। लेनीनले भनेका छन्, ‘बिजुलीको उत्पादनबाट हाम्रो क्रान्तीलाई सिँचाई औधोगिक विकासमा जोड्यौ भने चाँडै सम्बृद्धसि हाँसिल गर्न सक्ने छौँ।’ प्रदेशलाई चिर्दै बगेको कर्णालीमा मात्र ३२ हजार मेघावाट ऊर्जा खेर गइरहेको छ। यो उर्जालाई ६ नम्वर प्रदेशका सबै गाउँहमा पुर्याउन सकियो भने अध्यारोलाई गाउँबाट बिदा मात्रै गर्ने छैन, औद्योगिकरण गर्न सहयोग पुग्नेछ। बचत उर्जा निर्यातले आर्थिक सम्बृद्धि हाँशिल हुने छ। ह्वाङओ नदिलाइ ‘बृहत एलो रिभर प्रोजेक्ट’ का रुपमा विकास गरेर मुलुकको आर्थिक उन्नतीसँग जोडन खोजेको उदाहरण हेर्न चाइना गए पुग्छ, टाढा जानु पर्दैन। यो सम्भावना मैले ६ नम्वर प्रदेशमा देखिरहेको छु। कर्णाली र भेरी नदिलाई ‘ग्रीन रिभर प्रोजेक्ट’ का रुपमा विकास गरियो भने हाम्रो प्रदेशको आर्थिक मेरूदण्ड बन्ने छ यो। सिँचाइ, खानेपानी र बिद्युत उत्पादनका लागि यी नदिलाई प्रयोजनमा ल्याइयो भने हामीले चाहेको आर्थिक सम्बृद्दिको लक्ष्य चाँडै हाँसिल गर्न सकिने छ। हाम्रो हिमाली भूभागमा ‘सुन उम्रन्छ, सुन फल्छ’। सुनभन्दा महंगो जडीबुटीलाई हामीले कैयौँ गुणा सस्तो मूल्यमा निर्यात गरिरहेका छौँ। सेतो सुन बनेर बगीरहेका नदीबाट उर्जा निकाल्ने हो। ६ नम्वर प्रदेशमै कलकारखानालाई स्थापना गर्ने हो। हिमाली भूभाग भित्र रहेको ‘सुन’लाई प्रशोधन गरेर निर्यात गर्ने हो। यसबाट सकल्पित आर्थिक क्रान्ति उन्नती एक दशकभित्रै सम्पन्न हुन्छ। प्रदेशलाई चिर्दै बगेको कर्णालीमा मात्र ३२ हजार मेघावाट ऊर्जा खेर गइरहेको छ। यो उर्जालाई ६ नम्वर प्रदेशका सबै गाउँहमा पुर्याउन सकियो भने अध्यारोलाई गाउँबाट बिदा मात्रै गर्ने छैन, औद्योगिकरण गर्न सहयोग पुग्नेछ। बचत उर्जा निर्यातले आर्थिक सम्बृद्धि हाँशिल हुने छ। प्रदेशलाई चिर्दै बगेको कर्णालीमा मात्र ३२ हजार मेघावाट ऊर्जा खेर गइरहेको छ। यो उर्जालाई ६ नम्वर प्रदेशका सबै गाउँहमा पुर्याउन सकियो भने अध्यारोलाई गाउँबाट बिदा मात्रै गर्ने छैन, औद्योगिकरण गर्न सहयोग पुग्नेछ। बचत उर्जा निर्यातले आर्थिक सम्बृद्धि हाँशिल हुने छ। विशाल जनसंख्या रहेका छिमेकी मुलुक भारत र चीनबाट केही प्रतिशत पर्यटक मात्र आकर्षित गर्न सकियो भने हामीले देखेको सम्बृद्दीको सपना टाढा छैन। आर्थिक सम्बृद्धिको बलियो सम्भावना बोकेको ६ नम्बर प्रदेशको विकासको मोडेल कस्तो बनाउने अब हाम्रो हातमा छ। हाम्रो प्रदेशलाई सधै प्रयोगशाला बनाइरहने छुट अब छैन। रचनाकारलाई दुःखको गीत लेख्न आमन्त्रीत गर्यौं भने त्यो गीतमा संगीत पनि दुःखकै बज्ने हो। अब हामीलाइ दुखका गीतहरुको रचना गर्ने र संगीत भर्ने छुट छैन। अब सबृद्धिको गीत बनाउने हो र संबृद्धिकै संगीत भर्ने हो। (भण्डारी जुम्ला प्रदेश (क) बाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित सांसद र नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष हुन । सेताेपाटीबाट साभार)
Why controversy on Film Padmavati, Story and reality behind protest
Set in 1303 AD medieval India, Padmavati is the story of honour, valour and obsession. Queen Padmavati is known for her exceptional beauty along with a strong sense of justice and is the wife of Maharawal Ratan Singh and pride of the Kingdom of Chittor, a prosperous kingdom in the north west of India. The legend of her beauty reaches the reigning sultan of Hindustan -Allaudin Khilji. The sultan who is a tyrant, is fixated with wanting anything that is of exceptional beauty for himself. He lays siege on the impregnable fortress of Chittorgarh. After a gruelling 6 months, he returns to Delhi empty handed. He becomes obsessed and now wants to capture Chittor and its Queen at any cost. He returns with a bigger army and raging fury. He attacks Chittor with brutal force and a bloody and fearsome battle takes place between the righteous Maharawal Ratan Singh defending his kingdom and the honour of his Queen and Sultan Allaudin Khilji. Khilji manages to breach the fortress but it goes in vain as the Queen chooses to make the ultimate sacrifice to protect her dignity. Faridabad: Members of Rajput community raise slogans and hold placards during the protest against upcoming Bollywood movie ‘Padmavati’ at Faridabad, in Haryana on Saturday. PTI Photo(PTI11_18_2017_000134B) The Reality behind objection The initial reviews for Sanjay Leela Bhansali’s much-awaited film Padmavati are out and as it appears nothing objectionable has been shown between Alauddin Khilji (Ranveer Singh) and Rani Padmavati (Deepika Padukone). A special screening of the movie was organised for the journalists on Friday evening and as per their reviews, all the allegations by the Karni Sena are false. According to the review given by CNN-News 18, there is nothing against Rajputs in the movie. In fact, every single frame in this movie is a cinematic tribute to the Rajputs and Rani Padmavati. Padmavati features some long monologues from Deepika Padukone and Shahid Kapoor where they talk about the Rajput pride. One major objection of Karni Sena was that there is a dream love sequence between Rani Padmavati and Alauddin Khilji in the movie which has turned out to be completely untrue. If the reports are to be believed, there is no romantic angle between the two characters and they don’t even share a single frame in the movie. Another objection raised was against the song ‘Ghoomar’. The fringe groups had objected to the song by asking how can a queen be shown dancing in front of the people. However, in this song, Rani Padmavati is only dancing in front of her husband and other people present at the spot include only women. Next objection was that the film glorifies Alauddin Khilji. Again, this is not true. On the contrary, Ranveer Singh is playing a negative character in the movie and has not been glorified. Also, there is nothing against the Rajputs and Hindus in the movie. Lastly, some people had claimed that there is a distortion of history in the film. However, the initial reports claim that the film is as close to the poem on which it is based, as it could be. Among those who watched the film were senior journalists Arnab Goswami and Rajat Sharma who have the same opinion about the movie. Arnab, while speaking at his prime-time show said that Padmavati is the greatest tribute to Rani Padmavati. He said that every scene of this film is a cinematic tribute to Rani Padmavati. He went on to add that when the movie will be released, Karni Sena will appear like idiots. On the other hand, Rajat Sharma said that not even a single scene of this movie is against the pride of Rajasthan or Rajputs. In his show, the senior journalist said that he can claim that after watching the movie, no one can say there is anything against the sentiments of Rajputs. ………………………………. Stars: Deepika Padukone, Shahid Kapoor, Ranveer Singh, Aditi Rao Hydari, Jim Sarbh, Sonu Sood, Padmavati Rao, Anupriya Goenka, Raza Murad Director: Sanjya Leela Bhansali Music: Sanjya Leela Bhansali Genre: Drama, Period, Romance
कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चले साहित्यिक पर्यटनको गन्तव्यका रुपमा विकास हुँदै
पोखरा, पुस १२ । “रहन सहन वा भाषा भेष फरक भए तापनि यो देश । सबको प्यारो मंगल माली यसका जनता हामी नेपाली ।।” परापूर्वकालदेखि मिलेर बसेको नेपाली समाजमा पछिल्ला समयमा विभिन्न भाषाभाषी तथा जातजातिका नाममा विभाजनका रेखा कोरिन थालेको वास्तविकतामा कवि शिरोमणि लेखनाथ पौड्यालले रचना गर्नुभएको यो पंक्ति वर्तमानमा निकै सान्दर्भिक देखिन्छ । सामाजिक चेतनाका साथै नेपालीबीचको सद्भाव र एकतालाई मजबुत बनाउन प्रेरणा दिने असंख्य कविताका रचयिता कवि शिरोमणि लेखनाथ पौड्यालको १३४औँ जन्मजयन्ती मनाउनका लागि कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समितिका साथै विभिन्न साहित्यिक संघसंस्था यतिखेर त्यसको तयारीमा लागेका छन् । प्रत्येक वर्षको पुस १५ गतेलाई कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका रुपमा मनाउने गरिएको छ । कवि शिरोमणिको जन्मस्थल अर्घौंं अर्चलेलाई साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ कवि शिरोमणि लेखनाथ जन्मस्थल विकास समिति गठन भएसँगै सो समितिको पहलमा विगत पाँच वर्षयता कवि शिरोमणिको जन्मघरको संरक्षणका साथै संग्रहालय, तरुण तपसी पार्क निर्माणलगायतका कामलाई प्राथमिकताका साथ अघि बढाइसकिएको छ । समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार कवि शिरोमणिको जन्मस्थल अर्घौं अर्चलेको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजनाका साथ काम अघि बढाइएको छ। “अर्घौं अर्चले कवि शिरोमणिको जन्मस्थल भएर पनि केही वर्षअघिसम्म उहाँको जन्मजयन्तीसमेत अन्यत्र नै मनाउन थालिएसँगै यो स्थल नै कतै ओझेलमा पर्ने हो कि भन्ने चिन्ता थपिँदै गएको थियो”, उहाँले भन्नुभयो । उहाँका अनुसार जन्मस्थलको संरक्षणका साथै कवि कवयित्रीका साथै जो कोही साहित्यानुरागीलाई एकपटक पुग्नै पर्ने ठाउँका रुपमा यस ठाउँलाई विकास गर्ने लक्ष्यका साथ गुरुयोजना बनाएर अघि बढिएको छ । समितिको पहलमा कवि शिरोमणिको जन्म घरलाई पुरानै स्वरुपमा नै निर्माण गरिएको छ भने त्यहाँ उहाँको बाल्यकालदेखि मृत्युसम्म प्रयोग भएका सामग्री र त्यस समयका रहनसहन र रीतिरिवाज झल्कने चलनचल्तीका सामग्री राखी संग्रहालय निर्माण गर्न लागिएको छ । कवि शिरोमणिको जन्मस्थलमा गएर कविता रच्ने वा अन्य साहित्य सिर्जना गर्नेका लागि जन्मघर वरपर प्रतीक्षालयलगायतका संरचना तथा पार्क निर्माणकार्य अघि बढेका छन् । पृथ्वी राजमार्गको अर्घाैं चोकस्थित कवि शिरोमणिको सालिकदेखि जन्मस्थल अर्घौं अर्चलेसम्म ठाउँ ठाउँमा उहाँले रचना गरेका उत्कृष्ट कविताका श्लोक मार्बलमा कुँदेर राखिएका कारण अर्घाैं चोकबाट छिरेपछि उहाँका कविता वाचन गर्दै जन्मघर पुग्ने व्यवस्था समितिले मिलाएको छ । लेखनाथ चोकदेखि कविको जन्मस्थलसम्मका स्यानी चौर, ठूली पोखरी, तरुणतपसी पार्क, बतासे, बूढाचौर, गैरापोखरीलगायतका मुख्य चोकमा उहाँका मर्मस्पर्शी कविता पढ्न सकिन्छ । अर्घौं चोकदेखि कवि शिरोमणिको जन्मघरबीचको बाटोमा पर्ने लगभग पाँच रोपनी क्षेत्रफल समेटेर तरुणतपसी पार्क निर्माण गरिएको जानकारी दिँदै अध्यक्ष लामिछानेले उक्त पार्कमा तरुणतपसी बहुउद्देश्यीय भवन निर्माण गरिएको बताउनुभयो । समिति गठन भएयता पाँच वर्षको समयमा जन्मस्थलको संरक्षण एवं संग्रहालयको निर्माणका लागि राज्यस्तरबाट लगभग रु ७० लाख सहयोग प्राप्त भए पनि जनश्रमदान आदिसमेतका आधारमा लगभग रु दुई करोड ५० लाखभन्दा बढीको काम सम्पन्न भइसकेको लामिछानेले जानकारी दिनुभयो । सात तालको बगैँचा शहर अवलोकन गर्न आउने स्वदेशी एवं विदेशी पर्यटकलाई एकपटक पुग्नै पर्ने स्थलका रुपमा कवि शिरोमणि संग्र्रहालयलाई विकास गर्दै साहित्यिक पर्यटनको महत्वपूर्ण आकर्षणका रुपमा अर्घौं अर्चलेलाई विकास गर्ने समितिको लक्ष्य रहेको समितिका सचिव मनोज पौडेलले जानकारी दिनुभयो । समितिले कवि शिरोमणिलाई पहिलोपटक कविता लेख्न प्रेरणा मिलेको दोपहरे पाखालाई कविकुञ्ज पार्क बनाउने योजना अघि सारेको छ । कवि शिरोमणिको जन्मस्थल अवलोकन गर्न आउने पर्यटकलाई लक्ष्य गरी उनीहरू बस्ने सुविधा सम्पन्न होटल निर्माण गर्ने समितिको सोच रहेको सचिव पौडेलले जानकारी दिनुभयो । “अर्घौं अर्चले आउने जो कोही पर्यटक वा साहित्यानुरागी यहाँ बसेर साहित्य सिर्जना गर्न चाहन्छ भने यसलार्ई त्यस किसिमको वातावरण तयार गरिदिने हाम्रो सोच हो”, उहाँले थप्नुभयो । लेखनाथको जन्मस्थललाई नेपाली साहित्यको अध्ययन तथा अनुसन्धानस्थलका साथै साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ काम अघि बढिरहेको समितिका कोषाध्यक्ष रामप्रसाद तिमल्सिना बताउनुहुन्छ । “अनुसन्धाताका साथै देशका विभिन्न भागबाट पोखरा भ्रमणमा आउने पर्यटकलाई एकपटक पुग्नै पर्ने ठाउँका रुपमा अर्घौं अर्चलेको विकास गर्न लागिएको छ”, उहाँले भन्नुभयो ।
के हो टेस्टट्युब बेबी ? कसरी जन्माइन्छ ?
काठमाडौं, पुस ४ । नेपालमा पहिलो पटक २०६० सालमा टेस्टट्युब बेबी जन्मिएको थियो । जुन प्रविधि स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालले भित्र्याएका थिए । त्यसपछि ओम हस्पिटलबाट मात्र एक हजारभन्दा बढी टेस्टट्युब बेबी जन्मिसकेका छन् । नेपालीमात्र नभएर विदेशीसमेत आएर ओममा टेस्टट्युब बेबी जन्माउँछन् । तर, अहिलेसम्म पनि नेपाली समाजमा यसबारे विभिन्न मिथक छन् । टेस्टट्युब बेबी जन्मने प्रक्रिया के हो त ? ‘टेस्टट्युब बेबी’ को बारेमा केही कुरा जान्न डा.भोला रिजालसँग गरिएका कुराकानी– को हो टेस्टट्युब बेबी ? नेपालमा टेस्टट्युब बेबी भनेर निकै प्रचलित छ । तर, यसको खास नामचाहिँ यो होइन । कतिपय मानिसलाई लागेको हुन्छ कि बच्चा पनि टेस्टट्युबबाटै निस्कन्छ । यो पनि पूर्ण असत्य हो । यसलाई अंग्रेजीमा इनभित्रो फर्टिलाइजेसन भनिन्छ । भिभो फर्टिलाइजेसन भनेको आमाको गर्भमा फर्टिलाइज गर्ने र भित्रो भनेको बाहिर गर्ने हो । बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर फर्टिलाइज गर्ने भएकाले यस्तो प्रक्रियालाई इनभित्रो फर्टिलाइजेसन भनिन्छ । तर, यस्तो फर्टिलाइज गर्दा बाबुको शुक्रकिट र आमाको डिम्ब भने मेल हुन जरुरी हुन्छ । खासमा आमाको डिम्ब र बाबुको शुक्रकिटलाई टेस्टट्युबमा निकालिने भएकाले यसको नाम नेपालीमा टेस्टट्युब बेबी भनिएको हो । यसरी जन्माइन्छ सबैभन्दा पहिले आमा र बाबुलाई इन्जेक्सन दिएर डिम्ब र शुक्रकिट निकालिन्छ । यसो गर्नुको कारण भनेको आमा र बाबुबाट बढीभन्दा बढी डिम्ब र शुक्रकिट निस्कियोस् भन्ने हो । त्यतिवेला बाबु र आमालाई अलिकति लट्याइन्छ पनि । त्यसपछि नलीबाट डिम्ब र शुक्रकिट टेस्टट्युबमा निकालिन्छ । डिम्ब र शुक्रकिटलाई टेस्टट्युबमा दुई मिनेटभन्दा बढी समय राखिँदैन । खासमा बजारमा पाइने आकारकै हुन्छ, यसमा प्रयोग गर्ने टेस्टट्युब तर प्रकृति भने अलि फरक हुन्छ । त्यसपछि डिम्ब र शुक्रकिटलाई इक्रिपेट पेट्रिडिस ९सिसाको विशेष भाँडो०मा राखिन्छ । पेट्रिडिसमा ३६ घन्टासम्म राख्दा डिम्ब र शुक्रकिट फर्टायल आर्थात् सेचन हुन्छ । पेट्रिडिसमा भ्रुण बन्नका लागि योग्य वातावरण हुन्छ अर्थात् बच्चाको भु्रण बन्छ । त्यसरी सेचन भइसकेको भ्रुणलाई पुनः आमाको गर्भाशयमा राखिन्छ, जसलाई एमरिओ ट्रान्सफर भनिन्छ । त्यसपछि अरू बच्चा जसरी जन्मिन्छन् त्यसरी नै टेस्टट्युब बेबी पनि जन्मन्छ । किन पर्यो आवश्यक ? जब बाबुको शुक्रकिट र आमाको डिम्बाशय मिल्न सक्दैन, त्यस्तो अवस्थामा टेस्टट्युब बेबीको आवश्यकता पर्छ । बाबुले शुक्रकिट खसाल्न नसकेको या शुक्रकिटलाई डिम्बसम्म पु¥याउने आमाको नसा वा कोष बीचमा बाधा उत्पन्न भएर होस्, यस्तो वेला जन्माउने हो टेस्टट्युब बेबी । नेपालमा २०६० सालदेखि टेस्टट्युब बेबीको प्रचलन सुरु भयो । जतिवेला विश्वमा जन्मेको टेस्टट्युब बेबी लिस ब्राउन २५ वर्षकी भइसकेकी थिइन् अर्थात् विश्वमा सुरु भएको २५ वर्षपछि मात्र यो प्रविधि नेपालमा भित्रियो । अरू कुनै पनि तरिकाबाट बच्चा भइरहेको छैन भने उनीहरूका लागि वरदान साबित हुन सक्छ, टेस्टट्युब बेबी । त्यसैले अब कोही पनि बच्चा भएन भनेर निराश हुनुपर्ने अवस्था छैन । नेपालमा जुलाई १० लाई निःसन्तान दिवसका रूपमा पनि मनाउँछौँ । कति लाग्छ खर्च ? अहिले नेपालमा धेरै हस्पिटलले टेस्टट्युब बेबी जन्माउन सुरु गरिसकेका छन् । तर, पहिलोपटक ओम हस्पिटलमा हामीले ओममणि तामाङलाई जन्म दियौँ । अहिले त नेपाल सरकारले समेत प्रसूति गृहमा यस्तो प्रविधिको सुरुवात गरिसकेको छ । विशेषगरी ओम हस्पिटलमा तीनदेखि साढे तीन लाख रुपैयाँमा हामीले टेस्टट्युब बेबी जन्माउने गरेका छौँ । कतिपय बच्चा अझ सस्तोमा पनि जन्माएका छौँ । विदेशीहरू आएर समेत हामीसँग सेवा लिइरहेको छ । यही प्रविधिलाई प्रयोग गरेर भारतमा टेस्टट्युब बेबी जन्माउँदा साढे पाँच लाख भारु खर्च लाग्छ । आमाको स्वास्थ्यमा असर पर्छ त ? टेस्टट्युब बेबी जन्माउनका लागि केही लिमिटेसनहरूचाहिँ पक्कै छन् । यसका लागि पनि बाबुसँग सक्षम शुक्रकिट र आमाबाट डिम्ब निस्कनुपर्यो । आमामा पाठेघर र बच्चा राख्न सक्ने क्षमता हुनुपर्यो । केही शारीरिक कारणबाट स्वास्थ्यमा असर पर्न सक्छ । तर, टेस्टट्युब बेबीकै कारणचाहिँ आमा र बच्चाको स्वास्थ्यमा कुनै प्रकारको असर पर्दैन । डा.भोला रिजाल