जन्मान्तर कति हुनु अामा र शिशुको लागि फाइदा हुन्छ ?
आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भाधारण गर्नु उचित हुने एउटा नयाँ अनुसन्धानले जनाएको छ।
ती अनुसन्धानकर्ताहरूका अनुसार हाल विश्व स्वास्थ्य संगठनले भन्ने गरेको जस्तो त्यसको निम्ति १८ महिनासम्म कुर्न भने जरूरी छैन ।
गर्भधारणमा उचित अन्तर नराखे त्यसले समय अगावै शिशुको जन्म हुने, साना आकारका शिशु जन्मने र मातृ तथा शिशु मृत्युदर बढाउने खतरा निम्त्याउन सक्छ ।
नयाँ अनुसन्धानका निष्कर्षले बढी उमेरका महिलाहरूलाई खुशी दिने अनुसन्धानकर्ताहरूले ठानेका छन्।
ब्रिटिश कोलम्बिया विश्वविद्यालय तथा हार्भाड टिएच चान स्कूल अफ पब्लिक हेल्थद्वारा क्यानाडामा डेढ लाख सुत्केरीहरूमा गरिएको अनुसन्धानको निष्कर्ष जामा इन्टरनल मेडिसिनमा प्रकाशन गरिएको छ।
सो निष्कर्ष अनुसार सुत्केरी हुनु र अर्को गर्भधारण गर्नुका बीच १२ देखि १८ महिनाको अन्तर राख्नु उत्तम हुन्छ।
जबकि विश्व स्वास्थ संगठनको विद्यमान निर्देशिकाले त्यस्तो अन्तर कम्तीमा १८ महिनादेखि २४ महिना हुनुपर्ने भन्छ। बीबीसीबाट
अाज बजारमा कति छ सुनचाँदीको भाउ ?
काठमाडौं । साताको सोमबार सुनको मूल्य यथावत नै रहेको छ । आज छापावाला सुन प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ५९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने सोमबार पनि सुन प्रतितोला ५९ हजार रुपैयाँमै कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी, आइतबार चाँदी प्रतितोला ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आज पनि चाँदी प्रतितोला मूल्य ७७५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।
समीक्षा– ‘हिचकी’ अर्थात् ‘बाडुली’, रानी मुखर्जीको नयाँ फिल्म
रानी मुखर्जी, बलिउडकी उत्तम कलाकार । उनका चलचित्रहरु हेर्दा बेग्लै आनन्द आउँछ दर्शकहरुलाई । अहिले यिनै रानी मुखर्जीको नयाँ चलचित्र निकै चर्चामा छ । चलचित्रको कथाबस्तु सामान्य छ । हिन्दीमा हिचकी अर्थात् बाडुली । भनिन्छ, कसैले सम्झिँदाखेरि बाडुली लाग्छ रे । विज्ञानले नमानेपनि हामीकहाँ बाडुली लागे आफूभन्दा टाढा भएका आफन्तलाई सम्झिने कोशीस गरिन्छ । हो, यही बाडुलीको वरिवरि घुमेको चलचित्र हो – “हिचकी” शिक्षक र विद्यार्थीको कथा । शिक्षक अर्थात् गुरुजी । कोही पढाउँन् मात्र, कोही राम्रोसँग बुझाउँछन् तर कोही शिक्षक भने हाम्रो जीवनकै प्रेरणा बन्छन् । यस्ता गुरुलाई हामी जीवनभरी बिर्सिन सक्दैनौं । यस्तै प्रेरणा दिने आफ्ना शिक्षक मिष्टर खानबाट प्रेरित नैना माथुरको कथाको कथा हो हिचकी । नैना माथुर अर्थात् चलचित्रमा रानी मुखर्जीको चरित्र । रानी मुखर्जी ‘टोरेन्ट सिन्ड्रोम’बाट पीडित छिन् । यसका कारण उनलाई बारम्बार बाडुली लागिरहन्छन् । यही बाडुली उनको समस्या बन्छ । १८ वटा स्कूलले उनलाई भर्ना लिन मान्दैनन् । तर जिद्दी नैना, उनी भने शिक्षण पेशामा आफ्नो भविष्य खोज्ने धूनमा हुन्छिन् । सबैतिरबाट अस्वीकृत नैनालाई अन्तमा एउटा स्कूलमा गरिब बच्चाहरुलाई पढाउने चुनौतीपूर्ण काम दिइन्छ । तर यो त्यति सहज काम भने हुन्न । नैनाको मजाक उडाउ खप्पिस हुन्छन् केटाकेटी । नैनाको कोशीस भने उनीहरुलाई मनाउने हुन्छ । चलचित्रमा यसपछि के हुन्छ त्यो हेरेर मात्र थाहा हुन्छ । तर चलचित्रले बाडुलीका कारण भोग्नुपर्ने समस्यालाई निकै सुन्दर ढंगले चित्रण गरेको छ । चलचित्रमा रानी अर्थात नैनाको चरित्र अमेरिकन मोटिभेसनल स्पीकर र टीचर ब्रेड कोहिनबाट प्रेरित छ । ब्रेड कोहिन पनि टोरेन्ट सिन्ड्रोमबाट पीडित थिए । तर एउटा सफल शिक्षक भइ छाडे । कोहिनले एउटा पुस्तक पनि लेखे । उक्त पुस्तकमा आधारित भएर २००८ मा ‘फ्रन्ट अफ त क्लास’ नामक चलचित्र पनि बन्यो हलिउडमा । रानी मुखर्जीको चलचित्र यसबाट प्रेरित देखिन्छ । बिहे अनि छोरी पाएकी रानी ४ वर्षपछि पर्दामा फर्किएकी हुन । यो चलचित्रले उनको पुनः प्रवेश झन सशक्त भएको टिप्पणीकारहरुले लेखेको पाइन्छ । चलचित्रमा रानीको उत्कृष्ट अभिनय छ । यसअघि यस्तै प्रकृतिको ब्ल्याक चलचित्रमा उनले दमदार अभिनय गरेकी थिइन । चलचित्रको निर्देशन सिद्धार्थ पी मल्होत्राले गरेका छन् ।
पुवाखोलमा नयाँ प्रबिधिबाट निर्माणाधिन पुल अन्तिम चरणमा
इलाम, फागुन २९ । मेची राजमार्ग अन्तर्गत इलाम पुवाखोलामा निर्माणाधिन पुल अन्तिम चरमा पुगेको छ । फुटपाथ सहित दुई लाइन गाडी कुद्न सक्ने पुलको काम ९८ प्रतिशत पुरा भएको हो । इलाम सडक डिभिजन कार्यालय इलाम मार्फत निर्माणाधिन यस पुल पूर्वी क्षेत्रकै नयाँ प्रविधिबाट तयार गरिएको हो । मेची राजमार्गले पुर्वी पहाडी जिल्लाहरुलाई तराइ जोड्न पुलको काम गरिरहेको छ । यस सडकले दैनिक उपभोग्य वस्तु घरघरमा लैजान र उत्पादित वस्तु सहज रुपमा वजारसम्म लैजान मद्धत गरेको छ । यस राजमार्गमा पर्ने धेरै स्थानहरुमा पुराना पुल जिर्ण भएका छन् । यहाँ समेत भएको पुल पुरानो भएका कारण नयाँ पुल निर्माण गरिएको डिभिजन सडक कार्यालय इलामका इञ्जिनियर ध्रुबकुमार झाले जानकारी दिए । निर्माणाधिन पुल (प्रिस्टे«स कन्क्रिट) प्रविधिबाट निर्माण भएको जनाइएको छ । यस प्रविधिबाट निर्माण गरिएको पुल नेपालमा कमै रहेको इन्जिनियर झाले वताए । ‘अव सवबेस र पेन्टिङको मात्र काम बाँकी छ,’ झा ले भने । उक्त पुल निर्माणका लागि ४ करोड १३ लाख ९० हजार दुई सय ९५ रुपैयाँ को लागतमा २०७१ असार २७ गते ठेक्का सम्झौता भएको थियो । एलिट कन्ट्रसनले काम गरिरहेको छ । ठेक्का सम्झौता लिएको ३ बर्षमा सक्नुपर्ने भएपनि नयाँ प्रबिधि भएकाले सामाग्रिको अभावका कारण निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जानकारी दिएको छ । उक्त पुलको लम्वाई ४१ मिटर छ भने चौडाइ ११ मिटर रहेको छ । यस प्रबिधिबाट निर्माण भएको पुलको आयु लामो हुने प्राविधिकहरुको छ । सडकसँगै यस सडक डिभिजन कार्यालय इलामले राष्ट्रिय र क्षेत्रिय राजमार्ग गरि ३९१ किलोमिटर सडक निर्माण, पुननिर्माण र मर्मत गर्ने जिम्मा पाएको छ । राष्ट्रिय राजमार्ग अन्तर्गत मेची राजमार्ग झापा र इलामको सिमा रोङ गाउँपालिका स्थित (च्यान डाँडा) जोरकलशबाट पाँचथर हुँदै ताप्लेजुङको सुकेटारसम्म २२१ किलो मिटर हेर्ने जिम्मा समेत पाएको डिभिजन प्रमुख खड्गलाल श्रेष्ठले वताए ।
क्यान्सरबाट कसरी उन्मुक्ति पाएँ, म संस्मरण लेख्दैछु : मनिषा काेइराला
काठमाडौं, फागुन २६ । क्यान्सर केयर नेपालले नायिका मनिषा कोइरालालाई क्यान्सर रोगका बिरामीको उपचारमा सहयोग एवं यसबारे चेतनामूलक कार्यक्रम सञ्चालनमा योगदान दिएबापत संस्थाको मानार्थ अध्यक्ष पद प्रदान गरेको छ । क्यान्सर केयर नेपाल, नेशनल हस्पिटल, क्यान्सर रिसर्च सेन्टर जाउलाखेल तथा होम हस्पिस केयरको संयुक्त आयोजनामा शुक्रबारदेखि यहाँ शुरु भएको एशियाली क्यान्सर सम्मेलनका क्रममा नायिका कोइरालालाई संस्थाले सो पद प्रदान गरेको हो । आयोजक संस्थाका अध्यक्ष डा मदनकुमार पिया र सचिव प्रा श्यामकृष्ण जोशीले नायिका कोइरालालाई सो सम्मान प्रदान गर्दै पाँच वर्षअघि क्यान्सर भएर पनि हरेस नखाइ रोगबारे सर्वसाधारणलाई जनचेतना फैलाउन सक्रिय रहेकी तथा क्यान्सर रोगीको उपचारमा सहयोगसमेत गर्दै आएकी नायिका कोइरालाको उत्साहको प्रशंसा गर्दै मानार्थ अध्यक्ष पद प्रदान गरिएको बताउनुभयो । एशियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सरलाई समयमै निदान गरी उपचार गर्न जनचेतना फैलाउने, विशेषज्ञद्वारा उपचारको ज्ञान, सीप तथा प्रविधि आदानप्रदान गर्ने उद्देश्यसहित आयोजित सम्मेलनमा नेपाललगायत भारत, थाइल्याण्ड, मलेसिया, म्यान्मार, सिंगापुर र थाइल्याण्डका क्यान्सर विशेषज्ञको सहभागिता छ । तेस्रो नेशनल क्यान्सर हस्पिटल सम्मेलन २०१८’ मा विशेष गरी स्तन क्यान्सरको पछिल्लो अवस्थाबारे छलफलसमेत गरिनेछ । सो कार्यक्रमलाई नायिका कोइरालाले पाँच वर्षअघि चिकित्सकले आफूलाई क्यान्सर भएको भनेपछि आफू स्तब्ध भएको स्मरण गर्दै समयमै रोग पत्ता लागेकाले उपचार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वस्थ जीवनशैली र खानपिनका कारण क्यान्सर लाग्ने सम्भावना कम हुन्छ, समयमै क्यान्सर पत्ता लगाउनसके ८० देखि ९० प्रतिशत निको हुन्छ आगामी दिनमा क्यान्सर रोग लाग्नबाट जोगाउन सञ्चालन हुने जनचेतनामूलक कार्यक्रममा ‘म मेरो’ सक्रियाता हुन्छ ।” नायिका कोइरालाले आफूलाई क्यान्सर भएपछि बिताएका जटिल समयको स्मरण गर्दै पुस्तक लेख्न लागेको जानकारी दिनुभयो । सेन्टरका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा पियाले संस्थाले नेपालका गरिब तथा निमुखा क्यान्सर रोगीको उपचारमा मात्रै नभई क्यान्सर रोकथाम र उपचारको दुवै कार्य गर्दै आएको बताउनुभयो । क्यान्सर केयर नेपालका सचिव प्रा श्यामकृष्ण जोशीले संस्थाद्वारा सञ्चालित नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरलाई एकसय श्ययाको बनाउने लक्ष्य राखिएको, नेपाल सरकारले क्यान्सर रोगीका लागि उपलब्ध गराउँदै आएको रु एक लाखमा नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले थप राहत दिएर क्यान्सर रोगीको उपचार गर्दै आएको जानकारी दिनुभयो । त्यसअवसरमा क्यान्सर रोग विशेषज्ञ डा सन्ध्या चापागार्इं, डा रश्मी पुन गुरुङ, भारतकी डा कञ्चन कौर, क्यान्सर केयर नेपालका उपाध्यक्ष प्रभुराज वैद्यले क्यान्सर रोग लाग्न नदिन विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक भएकामा जोड दिनुभएको थियो । सो अवसरमा नायिका कोइरालाले नेपालको पहिलो क्यान्सर रोग विशेष डा तारा मानन्धर, डा मिलननाथ पाण्डे, रोटरी क्लब अफ यल, नवीना मल्ल, श्रीधर श्रेष्ठ, शाम्भवी आचार्य र किमाया गुरुङलाई सम्मान गर्नुभएको थियो ।
माओवादी केन्द्रका नेता भन्छन्- ‘एमालेभन्दा पहिले विप्लव र वैद्यसँग एकता हुनुपर्छ’
कर्णजीत बुढाथोकी ‘सुशिल’/ विश्वका घटनाक्रमलाई हेर्दा एक ध्रुवीय विश्वबाट बहुध्रुवीय विश्वमा रुपान्तरित हुँदै गएको प्रष्ट नै छ । साम्राज्यवादी नाइके अमेरिका आज दिनप्रतिदिन कमजोर बन्दै गइरहेको देखिन्छ । उत्तर कोरियाले अमेरिकालाई प्रत्यक्ष रुपमा टक्कर दिइरहेको छ भने चीन र रुसलगायत अन्य मुलुकहरुले पनि अप्रत्यक्ष रुपमा टक्कर दिइरहेका छन् । एकतिर भने अर्कोतिर डोनाल्ड ट्रम्पको अन्धराष्ट्रवादी नीतिकै कारण अन्तर्राष्ट्रिय जगतको अमेरिकाप्रतिको विकर्षण बढ्दो छ । विश्वमा कम्युनिस्ट आन्दोलनको अवस्था नाजुक भएपनि पुँजिवादी साम्राज्यवादी व्यवस्था दिनप्रतिदिन ओरालोतिर जानु कम्युनिस्ट आन्दोनलको लागि आधार खडा हुने संकेत हो । बढ्दो व्यवरोजगार, सैनिक क्षेत्रमा प्रतिउत्पादक लगानी, वित्तिय व्यस्थामा आएको संकट आदि यसका पतनका कारण हुन् । तसर्थ विश्वमै नयाँ प्रकारको क्रान्तिकारी आन्दोलनको केन्द्रिकरणको जरुरी बनेको छ । एकतापूर्व एकताका कारणबारे सकभर जनतासम्म त्यो नभए जिल्ला कमिटीसम्म दुबै पार्टीले बहस पुर्याउनु पर्छ । एकता प्रक्रियामा स्वमित्व भएन भने औपचारिकतामा मिल्ने र हतारमा गरिएको एकतामा तीब्र गुटबन्दी भइरहन्छ । जसको फाइदा काँग्रेस लगायतका शक्तिलाई हुने प्रष्टै छ । वैचारिक हिसाबले माओवाद/विचारधार र बहुदलिय जनवादको स्वच्छ बहस हुनु जरुरी छ । विश्व कम्युनिस्ट आन्दोलनमा चिली र निकारागुवाको अनुभवः सेना, प्रहरी र प्रशासन आफ्नो हातमा भएर पनि प्रतिपक्षमा बस्नु परेको निकारागुवा साण्डिनिस्ट (FSLN) को इतिहास हाम्रो सामु ताजै छ । १९७९ जुलाई १९ मा त्यहाँको लाल सैनिकहरुले तानाशाह समुजोको शासनलाई ढालेको थियो । त्यो क्रान्तिलाई ध्वस्त पार्न अमेरिकाले Low Intensity war मार्फत कोन्टा विद्रोही तयार पार्ने, हजारौं प्रकारका सुनियोजित सैनिक, आर्थिक, राजनीतिक, कुटनैतिक र मनोवैज्ञानिक क्षेत्रमा रुपमा शान्तिपूर्ण सारमा हिंसात्मक बाटो अपनायो । कर्णजीत बुढाथोकी किनभने अमेरिकाले प्रत्यक्ष रुपमा सैनिक हस्तक्षेप गरेर भियतनाममा असफल भइसकेको थियो । सन् १९९० मा ११ वर्षपछि प्रतिक्रान्ति गरेर छाडे । त्यसैगरी चिलीमा पुँजीवादी संसदीय राजनीतिबाट सत्तामा पुग्ने ख्रुश्चोभ विचार अनुसार अगाडी बढे । जसअनुसार १०५२ देखि राष्ट्रपति एलेन्द्रले चुनावमा भाग लिएर चौथो पटक १९७० मा राष्ट्रपति बन्न पुगे । सत्तामा पुग्ने वित्तिकै चिली कम्युनिस्ट पार्टीलाई समाप्त पार्न अमेरिकाले Trac- 1 र Trac -2 नीति अवलम्बन गर्यो । अन्तमा सैनिक विद्रोह गराई १९७३ सेप्टेम्बर ११ मा राष्ट्रपति एलेन्द्रलाई सैनिक विद्रोहद्वारा हत्या गरियो । यसरी हेर्दा चाहे शसस्त्र संघर्ष गरेर सत्तामा पुगेपनि चाहे चुनावी प्रक्रियामा पुगेपनि प्रतिक्रियवादी शक्तिहरुले यो वा त्यो ढंगबाट षड्यन्त्र गर्छ भन्ने कुरा इतिहास हाम्रो सामु ताजै छ । चिली र निकारागुवाको एउटै समस्या जनताको विश्वास लिन नसक्नु, प्रतिक्रियावादी शक्तिको आडमा क्रान्तिकारी सत्ता चलाउन खोज्नु, कम्युनिस्ट पार्टी क्रान्तिारी बन्न नसक्नु, नेता–कार्यकर्ताहरुमा विचलन आउनु, प्रतिक्रियावादी शक्तिहरुको विभिन्न प्रलोभनमा नेता–कार्यकर्ताहरु फस्नु मुल कारण हो । तसर्थ विश्वका यी अुनभवलाई अध्ययन गर्दै नेपालको सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्न जरुरी छ । राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालहरुमा नेकपा एमालेको पनि भूमिका रहेको छ । एमालेभित्रको क्रान्तिकारी–राष्ट्रवादी तप्कालाई पनि संरक्षण गर्नुपर्ने भएको हुनाले एकता आवश्यक छ । त्यसैगरी नेपालका सबै कम्युनिस्ट शक्तिहरुसँगको ध्रुविकरणलाई पनि जोड्नुपर्छ । दश वर्षको जनयुद्धको युगान्तकारी उपलब्धीले देश गणतन्त्रमय भएको, संघीयताको व्यवहारिक अभिव्यक्ति देखिएको, समानुपातिक समावेशी कार्यान्वयन भएको र देश धर्मनिरपेक्ष भइसकेको छ । २०६४ सालमा संवधिान सभामा प्रत्यक्षतर्फ १२० प्रतिशतको हिसाबमा ५० र समानुपातिकतर्फ ३१ लाख पुग्नु यसको प्रष्ट प्रमाण हो । २०६५ पश्चात पार्टी मोटिनु पर्नेमा सुनिदै आयो । जसका कारण पार्टी विघटनको प्रक्रियामा अगाडि बढ्यो । २०७० सालमा राम्रो परिणाम आएन । २०७४ को स्थानीय चुनावसम्म आउदा माओवादी केन्द्रले धेरै ठाउँमा हार व्यहोर्नु पर्यो । त्यसैगरी २०७४ कै प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा वाम गठबन्धनकै कारण प्रत्यक्षतर्फ उपलब्धी भएपनि समानुपातिक मतमा हेर्दा निकै घट्यो । ०६४ को भन्दा झण्डै १८ लाख मत गुम्न पुग्यो । यो माओवादी आन्दोलनको लागि ठूलो क्षति हो । यो क्षतिपूर्तिको लागि माओवादी मूल्य मान्यताको संस्थागत विकास गर्न जरुरी छ । एमालेले सिद्धान्तमा पार्टीको नाम राखेपनि व्यवहारमा कयौं दशक नेपाली काँग्रेसकै नेतृत्वमा सरकारमा रहँदा जनताको विश्वास लिन सकेन । जसको कारणकहिले पहिलो र कहिले दोस्रो त कहिले तेस्रो हुँदै आयो । हाल माओवादीसँगको सहकार्यको हिसावले पहिलो पार्टी बन्न पुग्यो । पार्टी संचालनको हिसाबले केही हदसम्म लोकतान्त्रिक प्रक्रिया अगाडि बढाएको देखिन्छ । एमालेभित्र केही क्रान्तिकारी र राष्ट्रवादी प्रवृतिलाई पनि संस्थागत गर्न जरुरी छ । एकता सम्बन्धी बुझाई एकता शब्द आफैमा राम्रो हो । एकता हुनु पार्टी र देशको लागि उपलब्धी हो । तर, एकताका आधारभूत सिद्धान्त छन् । जसको पालना गरिन भने एकता औपचारिकतामा मात्र सिमित हुने निश्चित । जग राम्रो भएमत्रै घर बलियो बन्छ भनेझैं पार्टी एकताको जग बलियो बनाउनु पर्छ । भोली आउने राजनीतिक भूकम्पलाई थेग्न सक्ने हुनुपर्छ । कम्युनिस्ट पार्टीहरुको एकता भन्ने वित्तिकै नेपालका कम्युनिस्ट पार्टीहरु भन्ने अर्थ बुझाउँछ । एमालेसँग एकता हुनु पूर्व वैद्य र विप्लवसँगको एकता नै पहिलो र बलियो आधार हो । माओवादीहरु घर परिवार, एमाले अंशियार र काँग्रेस, मधेसीलगायतका पार्टीहरु गाउँले जस्तै हुन् । घर परिवार मिल्दा अंशियारसँग बलियो एकता हुन्छ । अंशियारलाई नजिक र परिवारलाई टाढा बनाउदा घरभित्रको द्वन्द्वले न घर बलियो र अंशियार नै । एउटै पदमा एकै व्यक्ति दुई कार्यालयभन्दा बढी पार्टी र सत्तामा बस्न नपाउने नीति स्पष्ट गर्नुपर्छ । राष्ट्रियता जनतन्त्र, जनजीविका सम्बन्धि स्पष्ट खाका आउनुपर्छ । जनयुद्ध र शान्ति प्रक्रियाका उपलब्धीहरुलाई संस्थागत गर्नुपर्छ । एकतापूर्व एकताका कारणबारे सकभर जनतासम्म त्यो नभए जिल्ला कमिटीसम्म दुबै पार्टीले बहस पुर्याउनु पर्छ । एकता प्रक्रियामा स्वमित्व भएन भने औपचारिकतामा मिल्ने र हतारमा गरिएको एकतामा तीब्र गुटबन्दी भइरहन । जसको फाइदा काँग्रेस लगायतका शक्तिलाई हुने प्रष्टै छ । वैचारिक हिसाबले माओवाद/विचारधार र बहुदलिय जनवादको स्वच्छ बहस हुनु जरुरी छ । चुनावी मोर्चा र पार्टी एकता फरक विषय हुन् । चुनावी मोर्चाको लागि विचार र राजनीति पक्षभन्दा दुबैलाई फाइदा कसरी हुन्छ भन्ने विषयलाई मध्यनजर गरी मोर्चा बनाइन्छ । तर, पार्टी एकतामा विचार, राजनीति, कार्यदिशा, संगठन र संघर्षलाई केन्द्रबिन्दू बनाउनुपर्छ । वर्ग विरोधीसँग कसरी संघर्ष गर्ने र क्रान्ति कसरी सम्पन्न गर्ने भन्ने कुराको स्पष्ट किटान हुनुपर्छ । अनिमात्र एकता उद्देश्यमूलक हुन्छ । विगतमा एकता प्रक्रियाका सवल र दुर्वल पक्ष सवल पक्षः २०४६ पूर्वको एकता विघटन, पुर्नगठनले केही सकारात्मक र केही नकारात्मक परिणाम ल्यायो । मूलतः एकता प्रक्रियाले कम्युनिस्ट आन्दोलनलाई संगठित र बलियो आधार बनायो । जसको अभिव्यक्ति पञ्चायत कालको अन्त्य र जनयुद्धको आधार बन्यो । २०४८ सालमा एकता केन्द्र गठन, २०४७ माले र माक्र्सवादी एकता भइ एमाले बन्यो । एकताले गर्दा एमाले काँगेससँग टक्कर गर्ने पुग्यो । माओवादी जनयद्ध गर्ने सक्षम पार्टी बन्यो । २०५६ एमालेको विघटन भयो । २०६६ मा माओवादी र जनमोर्चाबीच एकता भयो । त्यसपछि भएको विभाजन र फेरि २०७३ मा एमाओवादी र क्रान्तिकारी माओवादीबीच एकता भयो । यसले चुनावमा स्थानीय चुनाव र प्रतिनिधि–प्रदेश सभा चुनावमा केही हदसम्म राम्रो परिणाम ल्यायो । दुर्लभ पक्षः एकता भइसकेपछि वर्ग र जनताप्रति उत्तरदायी हुनुभन्दा बहुमत पक्षले लादेर लिने, आत्मसमर्पण गरेर आएको बुझ्ने । त्यसैगरी अल्पमत पक्षले पनि बहुमत पक्षको कदर गर्न नसक्ने, एकातिर रह्यो भने अर्कोतिर पार्टी संगठन बनाउने भन्दा एकता प्रक्रियामा सहभागी भएका मध्येलाई आ–आफ्नो गुटमा तान्ने, तल्लो पंक्तिलाई लाद्ने र माथिल्लो नेतृत्वलाई गुलामी गराउने, मूल नेतृत्वले पनि आधार वर्गप्रति उत्तरदायी नभई पैसा र पहुँचवालासँग सम्बन्ध बनाई चुनाव जित्ने रणनीति मात्रै बनाउने यसका दुर्वल पक्ष हुनु । दुवै पार्टी अलगअलग हुँदा जनअपेक्षा कम हुने र एकता भइसकेपछि जनअपेक्षा बढ्ने हुन्छ भने अर्कोतिर देशी–विदेशी विरोधी शक्तिहरु नयाँ ढंगले षड्यन्त्र गर्ने भएकोले एकाध व्यक्तिलाई फाइदा पुग्ने गरी भन्दा वर्ग र जनताप्रति उत्तरदायी हुने गरी एकता गर्नुपर्छ । चुनावी तालमेलको क्रममा भएको वाम गठबन्धनले माओवादी र एमालेलाई चुनावी रणनीति सम्बन्धमा दुर्दर्शिता अपनाएको देखिन्छ । कांग्रेसलगायत अन्य दक्षिणपन्थी शक्तिहरुलाई सदा पराजित गर्न क्रान्तिकारी सिद्धान्त र व्यवहारबिना असम्भव छ । एकपटकको विजय नै अन्तिम विजय होइन । विजयलाई संस्थागत गर्न नेता कार्यकर्ताको सम्पत्तिप्रतिको मोह, नातावाद, पक्षपात, गुटवाद, परिवारवादलाई अन्त्य गर्दै अगाडि बढ्नुपर्छ । नत्र नक्कली एकता मात्र बन्नेछ । चुनावी तालमेलको क्रममा भएको वाम गठबन्धनले माओवादी र एमालेलाई चुनावी रणनीति सम्बन्धमा दुर्दर्शिता अपनाएको देखिन्छ । कांग्रेसलगायत अन्य दक्षिणपन्थी शक्तिहरुलाई सदा पराजित गर्न क्रान्तिकारी सिद्धान्त र व्यवहारबिना असम्भव छ । एउटै पदमा एकै व्यक्ति दुई कार्यालयभन्दा बढी पार्टी र सत्तामा बस्न नपाउने नीति स्पष्ट गर्नुपर्छ । राष्ट्रियता जनतन्त्र, जनजीविका सम्बन्धि स्पष्ट खाका आउनुपर्छ । जनयुद्ध र शान्ति प्रक्रियाका उपलब्धीहरुलाई संस्थागत गर्नुपर्छ । उत्पीडित वर्ग, क्षेत्र जाति लिंग समुदायको हक, हितलाई केन्द्रविन्दु राख्दै सहअस्तित्वको आधारमा एकता गरी समाजवादी क्रान्ति सम्पन्न गर्नु अहिलेको आवश्यकता हो । पार्टी एकता सम्बन्धी बुझाई दुई प्रकारले देखिएको छ । एकथरी छिटै एकता गरिहाल्नु पर्छ, विचार सिद्धान्त, संगठन केही पनि होइन, यदि चाडो भएन भने बाह्य शक्तिले चलखेल गर्न सक्छ भन्ने बुझाई छ । अर्को तर्फबाट एकता भन्ने वित्तिकै आत्मसमर्पण र विलय हो भन्ने बुझाई छ । सही र क्रान्तिकारी दृष्टिकोण भनेको कार्यदिशामा एक रुपता, संगठनमा एक रुपता र रणनीति–कार्यनीतिमा एक रुपता हुनुपर्छ । जनयुद्ध, सहिद परिवार, घाइते, जनमुक्ति सेना, जनसत्ता सबै माओवादी पार्टीका साझा विषय हुन् । माओवादीहरुको नेतृत्वमा जीवनमरणको संघर्षले गणतन्त्र, राष्ट्रिय स्वाधिनता, जनजिवीका, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशी सहभागीता सम्भव भएको हो । तसर्थ सच्चा कम्युनिस्ट पार्टी निर्माण नै एकताको बलियो जग हो । त्यसैले पहिलो चरणमा सबै माओवादी घटकहरुबीच एकता प्रक्रियाको सुरुवात गर्नुपर्छ । त्यसैगरी राष्ट्रियता, जनतन्त्र र जनजिविकाका सवालहरुमा नेकपा एमालेको पनि भूमिका रहेको छ । एमालेभित्रको क्रान्तिकारी–राष्ट्रवादी तप्कालाई पनि संरक्षण गर्नुपर्ने भएको हुनाले एकता आवश्यक छ । त्यसैगरी नेपालका सबै कम्युनिस्ट शक्तिहरुसँगको ध्रुविकरणलाई पनि जोड्नुपर्छ । मुल विषय कार्यदिशा भएको हुनाले क्रान्तिकारी कार्यदिशाबिना न त देशको विकास संभव छ, न त समृद्धि नै । तसर्थ, पार्टी एकता हुनुपूर्व कार्यदिशाको बारेमा व्यापक बहस गर्न जरुरी छ । हाम्रो सामु कम्युनिस्ट पार्टीहरुबीचमा भएको एकता र विघटनको इतिहास ताजै छ । कम्युनिस्ट आन्दोलनभित्रका क्रान्तिकारी शक्तिहरु एकै ठाउँ उभिएर समाजवादी क्रान्ति सम्पन्न गर्नु इतिहासक आवश्यकता हो । -र्इमानदारमिडियाबाट लेखकः नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य हुन् ।
के हो टेस्टट्युब बेबी ? कसरी जन्माइन्छ ?
काठमाडौं, पुस ४ । नेपालमा पहिलो पटक २०६० सालमा टेस्टट्युब बेबी जन्मिएको थियो । जुन प्रविधि स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालले भित्र्याएका थिए । त्यसपछि ओम हस्पिटलबाट मात्र एक हजारभन्दा बढी टेस्टट्युब बेबी जन्मिसकेका छन् । नेपालीमात्र नभएर विदेशीसमेत आएर ओममा टेस्टट्युब बेबी जन्माउँछन् । तर, अहिलेसम्म पनि नेपाली समाजमा यसबारे विभिन्न मिथक छन् । टेस्टट्युब बेबी जन्मने प्रक्रिया के हो त ? ‘टेस्टट्युब बेबी’ को बारेमा केही कुरा जान्न डा.भोला रिजालसँग गरिएका कुराकानी– को हो टेस्टट्युब बेबी ? नेपालमा टेस्टट्युब बेबी भनेर निकै प्रचलित छ । तर, यसको खास नामचाहिँ यो होइन । कतिपय मानिसलाई लागेको हुन्छ कि बच्चा पनि टेस्टट्युबबाटै निस्कन्छ । यो पनि पूर्ण असत्य हो । यसलाई अंग्रेजीमा इनभित्रो फर्टिलाइजेसन भनिन्छ । भिभो फर्टिलाइजेसन भनेको आमाको गर्भमा फर्टिलाइज गर्ने र भित्रो भनेको बाहिर गर्ने हो । बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर फर्टिलाइज गर्ने भएकाले यस्तो प्रक्रियालाई इनभित्रो फर्टिलाइजेसन भनिन्छ । तर, यस्तो फर्टिलाइज गर्दा बाबुको शुक्रकिट र आमाको डिम्ब भने मेल हुन जरुरी हुन्छ । खासमा आमाको डिम्ब र बाबुको शुक्रकिटलाई टेस्टट्युबमा निकालिने भएकाले यसको नाम नेपालीमा टेस्टट्युब बेबी भनिएको हो । यसरी जन्माइन्छ सबैभन्दा पहिले आमा र बाबुलाई इन्जेक्सन दिएर डिम्ब र शुक्रकिट निकालिन्छ । यसो गर्नुको कारण भनेको आमा र बाबुबाट बढीभन्दा बढी डिम्ब र शुक्रकिट निस्कियोस् भन्ने हो । त्यतिवेला बाबु र आमालाई अलिकति लट्याइन्छ पनि । त्यसपछि नलीबाट डिम्ब र शुक्रकिट टेस्टट्युबमा निकालिन्छ । डिम्ब र शुक्रकिटलाई टेस्टट्युबमा दुई मिनेटभन्दा बढी समय राखिँदैन । खासमा बजारमा पाइने आकारकै हुन्छ, यसमा प्रयोग गर्ने टेस्टट्युब तर प्रकृति भने अलि फरक हुन्छ । त्यसपछि डिम्ब र शुक्रकिटलाई इक्रिपेट पेट्रिडिस ९सिसाको विशेष भाँडो०मा राखिन्छ । पेट्रिडिसमा ३६ घन्टासम्म राख्दा डिम्ब र शुक्रकिट फर्टायल आर्थात् सेचन हुन्छ । पेट्रिडिसमा भ्रुण बन्नका लागि योग्य वातावरण हुन्छ अर्थात् बच्चाको भु्रण बन्छ । त्यसरी सेचन भइसकेको भ्रुणलाई पुनः आमाको गर्भाशयमा राखिन्छ, जसलाई एमरिओ ट्रान्सफर भनिन्छ । त्यसपछि अरू बच्चा जसरी जन्मिन्छन् त्यसरी नै टेस्टट्युब बेबी पनि जन्मन्छ । किन पर्यो आवश्यक ? जब बाबुको शुक्रकिट र आमाको डिम्बाशय मिल्न सक्दैन, त्यस्तो अवस्थामा टेस्टट्युब बेबीको आवश्यकता पर्छ । बाबुले शुक्रकिट खसाल्न नसकेको या शुक्रकिटलाई डिम्बसम्म पु¥याउने आमाको नसा वा कोष बीचमा बाधा उत्पन्न भएर होस्, यस्तो वेला जन्माउने हो टेस्टट्युब बेबी । नेपालमा २०६० सालदेखि टेस्टट्युब बेबीको प्रचलन सुरु भयो । जतिवेला विश्वमा जन्मेको टेस्टट्युब बेबी लिस ब्राउन २५ वर्षकी भइसकेकी थिइन् अर्थात् विश्वमा सुरु भएको २५ वर्षपछि मात्र यो प्रविधि नेपालमा भित्रियो । अरू कुनै पनि तरिकाबाट बच्चा भइरहेको छैन भने उनीहरूका लागि वरदान साबित हुन सक्छ, टेस्टट्युब बेबी । त्यसैले अब कोही पनि बच्चा भएन भनेर निराश हुनुपर्ने अवस्था छैन । नेपालमा जुलाई १० लाई निःसन्तान दिवसका रूपमा पनि मनाउँछौँ । कति लाग्छ खर्च ? अहिले नेपालमा धेरै हस्पिटलले टेस्टट्युब बेबी जन्माउन सुरु गरिसकेका छन् । तर, पहिलोपटक ओम हस्पिटलमा हामीले ओममणि तामाङलाई जन्म दियौँ । अहिले त नेपाल सरकारले समेत प्रसूति गृहमा यस्तो प्रविधिको सुरुवात गरिसकेको छ । विशेषगरी ओम हस्पिटलमा तीनदेखि साढे तीन लाख रुपैयाँमा हामीले टेस्टट्युब बेबी जन्माउने गरेका छौँ । कतिपय बच्चा अझ सस्तोमा पनि जन्माएका छौँ । विदेशीहरू आएर समेत हामीसँग सेवा लिइरहेको छ । यही प्रविधिलाई प्रयोग गरेर भारतमा टेस्टट्युब बेबी जन्माउँदा साढे पाँच लाख भारु खर्च लाग्छ । आमाको स्वास्थ्यमा असर पर्छ त ? टेस्टट्युब बेबी जन्माउनका लागि केही लिमिटेसनहरूचाहिँ पक्कै छन् । यसका लागि पनि बाबुसँग सक्षम शुक्रकिट र आमाबाट डिम्ब निस्कनुपर्यो । आमामा पाठेघर र बच्चा राख्न सक्ने क्षमता हुनुपर्यो । केही शारीरिक कारणबाट स्वास्थ्यमा असर पर्न सक्छ । तर, टेस्टट्युब बेबीकै कारणचाहिँ आमा र बच्चाको स्वास्थ्यमा कुनै प्रकारको असर पर्दैन । डा.भोला रिजाल
कार्यालयमा काम गर्दागर्दै यसरी व्यायाम गर्नुहोस्
अफिसमा घन्टौं काम गर्दा शरीरका विभिन्न अंगहरूमा पीडा हुन्छ । यसलाई लामो समय बेवास्ता गर्दा गम्भीर रोग पनि लाग्न सक्छ । अफिसमा कम्प्युटरमा काम गर्दागर्दा कहिलेकाहीँ कुर्सीबाट उठ्न पनि भ्याइँदैन । कार्यालयमा कुर्सीमा बसेर लगातार आठ घन्टा काम गर्दा गर्दन, काँध र कम्मर दुख्ने समस्या आउँछ । आराम गर्नुपर्छ भन्यो भने अफिसमा काम गर्नेहरू काम गर्नु कि आराम भनी ओठेजवाफ फर्काउँछन् । तर स्वस्थ रहनु छ भने आराम अनि १० मिनेट जतिको व्यायाम गर्नैपर्छ । आफ्नो शरीरका लागि दिनको दश मिनेट समय पनि नदिने त तपाईंले ? रोग लगाएर खर्च बढाउनुभन्दा त व्यायाम गरेर रोग नै लाग्न नदिने स्थिति ल्याउनु राम्रो हुन्छ । सही बसार्इ अफिसको कुर्सीमा बस्ने तरिका नै सबै समस्याको जरो हो । काम गर्दा काँध र कम्मर झुकाउने गरी बस्दा काँध, गर्दन र मेरुदण्डको हाडका समस्या आउन थाल्छ । त्यसैले बीच–बीचमा उठ्ने र बस्दा पनि शरीर सिधा राख्ने बानी बसाल्नुस्। अनुहार र आँखा आँखाको नानीलाई दायाँबायाँ, तलमाथि अनि गोलो गरी घुमाउनुस् । अनि दश सेकेन्डसम्म छतमा हेरिरहनुस् । त्यसपछि भुइँमा हेर्नुस् अनि अलि परको भित्तोमा हेर्नुस् । त्यसपछि आधी मिनेटका लागि आँखा बन्द गर्नुस् । अब हत्केला घोटेर तताउनुस् र आँखामाथि १० सेकेन्डसम्म राख्नुस् । हत्केलालाई आँखा र अनुहारमा दल्नुस् । यसो गर्दा थाकेका आँखा र सुस्त भएको अनुहार ताजा हुन्छ । मुख र कान मुख फुलाएर हावा भर्नुस् अनि हावालाई केही सेकेन्डसम्म दायाँबायाँ घुमाउनुस् । त्यसपछि पाँचचोटि मुख खोल्ने र बन्द गर्ने गर्नुस् । दुवै कानलाई माथि र तल तीनचोटि तान्नुस् । हातका दुई औंलाहरूलाई कैंची जस्तो बनाएर कानमा घोट्नुस् । यसो गर्दा तपाईंको आलस्य पनि भाग्छ । गर्दन कुर्सीमा बसीबसी आफ्नो गर्दनलाई १५ सेकेन्डसम्म माथि अनि अर्को १५ सेकेन्डसम्म तल पार्नुस् । त्यसपछि गर्दनलाई दाहिनेतर्फ घुमाएर बिस्तारै देब्रेतर्फ घुमाउनुस् । यो प्रक्रिया दोहो–याइरहनुस् । यसो गर्दा गर्दन अररो हुन पाउँदैन । कम्मर दाहिने गोडालाई देब्रे गोडामा क्रस गरेर बस्नुस् र कम्मरलाई विपरीत दिशामा घुमाउनुस् । त्यसैगरी देब्रे गोडालाई दाहिने गोडामा क्रस गर्नुस् । कम्मरलाई पछिल्तिर पनि झुकाउनुस् । यसो गर्दा कम्मर अररो हुन पाउँदैन । व्यायाम गर्नु र अफिसमा फिट बस्नु अत्यन्तै महत्त्वपूर्ण छ । तर कुनै पनि व्यायाम बिस्तारै गर्नुपर्छ । हतारहतारमा व्यायाम नगर्नुस् । व्यायामले नै थाकिने स्थिति आउन नदिनुस् । तपाईं चुस्त शरीर चाहनुहुन्छ भने अफिस पुग्नुअघि यसो बिहानीपखको हावा खानुस् । भारी खाना खाएर व्यायाम पटक्कै नगर्नुस् । पानी र ग्रीन टी पिइरहनुस् । सीटमाथि घरिघरि उठ्नुस् । यी ससाना व्यायामले तपाईं केही दिनमै हलुका र ऊर्जावान अनुभव गर्न सक्नुहुन्छ ।
देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु धान्न अव सक्दैन : रायमाझी
अर्घाखाँची, कात्तिक १७ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता टोपबहादुर रायमाझीले देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु अब धान्न नसक्ने भएकोले दुई पार्टी पद्धती राम्रो हुने बताएका छन । त्यसैकारणले अहिले वाम एकता शुरु भएको बताए । बिहीबार प्रतिनिधी सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुले जिल्लालाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । रिपोर्टस क्लब नेपाल अर्घाखाँचीले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उम्मेदवारहरुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । बाम गठबन्धनका उम्मेदवार टोपबहादुर रायमाझी माओवादी केन्द्रका नेता तथा बाम गठबन्धनका तर्फबाट अर्घाखाँचीबाट उम्मेदवारी मनोनयन गरेका टोपबहादुर रायमाझीले राजनीतिक क्रान्ति सम्पन्न भई आर्थिक समृद्धीको लागी आफनो उम्मेद्धवारी दर्ता भएको बताएका छन् । जिल्लालाई नमुना जिल्ला बनाउनको लागि मैले उम्मेदवारी दिएको हुँ उनले भने, ‘निर्वाचनमा जनताको मन जित्ने कुरा ठूलो हो, हामी देशको मूल कानुन बनाएर स्थानीय तहको निर्वाचन गरि केन्द्र र प्रदेशको निर्वाचनमा जाँदै छौ । यो संविधान कार्यान्वयनको चरण हो । अब देशले खुद्रा पसल जस्तो धेरै पार्टीहरु धान्न नसक्ने भएकोले दुई पार्टी पद्धती राम्रो हुन्छ । ’ नेपाली कांग्रेसका उम्मेदवार डा. रामबहादुर बिसी नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार डा। रामबहादुर बिसीले अर्घाखाँचीका जनताको स्वास्थ्य क्षेत्रको विकास गर्नका लागि आफू लागि पर्ने बताए । जिल्लाको विकास गर्नका लागि आफूले उम्मेदवारी दिएको उनले बताए । उनले पनि जिल्लालाई नमुना जिल्ला बनाउने अभियानमा लाग्ने आश्वासन दिए । केही साथीहरु गणितीय हिसाबले अगाडि भए पनि जनताले यस पटक फरक व्यक्ति खोजेकोले मैले जिल्ने निश्चित छ उनले भने । राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर बिसी राष्ट्रिय जनमोर्चाका उम्मेदवार शेरबहादुर बि।सीले देशलाई बैदेशिक हस्तक्षेपबाट बचाई राख्न र संघियताको खारेजीकालागी आफूले उम्मेदवारी दिएको बताएका छन् । ‘संविधान संशोधन गर्ने र देशलाई टुक्राउन खोज्नेसंग हाम्रो चुनावी तालमेल हुँदैन’ उनले भने । ‘बाम गठबन्धनसंग चुनावी तालमेलबारे छलफल भैरहेको छ, कुरा मिलेमा आफूले उम्मेद्धवारी फिर्ता गर्नसक्ने सम्भावना छ’ उनले भने । नयाँ शक्तिका छन्द पन्थी नयाँ शक्ति नेपालका प्रतिनिधी सभाका उम्मेदवार छन्द पन्थीले आर्थिक सम्बृद्धिका लागि नयाँ बिकल्पको रुपमा नयाँ शक्तिले देश भरबाट विजयी हासिल गर्ने बताए । विवेकशील साझा पार्टीका बिष्णुप्रसाद मिश्र विवेकशील साझा पार्टीका बिष्णुप्रसाद मिश्रले नयाँ सोचका साथ आफूहरु अर्घाखाँचीको चुनावी मैदानमा उत्रिएको बताए । उनले आफ्नो पार्टी अन्य पार्टीभन्दा फरक तरिकाबाट अगाडि बढ्ने भएकाले यस पटक आफूले जित्ने दाबी गरे ।
प्रचण्डको छाताले मात्रै कति दिन चल्छ माओवादी ?
भीष्म थापा टीकापुरबाट धनगढी जाँदै गर्दा माओवादी केन्द्रका एकजना नेताको मोबाइलमा मिनेटपिच्छै फोन बजिरहेको थियो । सबै फोनको एउटै उत्तर दिइरहेका थिए ती नेताले( कोही भेटिए भने पठाइदिम्ला, तर कोही पनि जान मान्दैनन्, अध्यक्षले भ्याउनुहुन्न । यी फोनहरु प्रदेशको पहाडी जिल्लाका इञ् चार्ज र विभिन्न स्थानीय तहका उम्मेद्वारहरुका थिए । सबैको आकांक्षा एउटै थियो( कोही केन्द्रीय नेता आइदेओस् चुनावी सभामा । तर बिडम्बना, प्रदेश नं। ७ का पहाडी जिल्लामा लीलामणि पोख्रेल ५र ६ वटा चुनावी सभामा सहभागी भएबाहेक माओवादी केन्द्रबाट एकजना पनि नेता जान मानेनन् । पार्टी अध्यक्ष प्रचण्डले भने बाँके र बर्दियापछि दुई दिन कैलाली र कञ्चनपुरका १९ वटा कार्यक्रमलाई सम्बोधन गरे । कुनैबेला माओवादीको बलियो जीतको इतिहास बोकेका जिल्लाहरुमा एउटा पनि बृहतस्तरको या केन्द्रीय नेताहरुले सम्बोधन गरेको सभा भएन । काठमाडौं र ललितपुरमा मेयरको लज्जास्पद हार भयो । यो त्यही काठमाडौं हो, जहाँ माओवादी केन्द्रभित्र उत्तराधिकारीको दावी गर्ने र दोस्रो पुस्ताका भन्न रुचाउने दर्जनौं नेताहरु बस्ने गर्छन् । प्रचण्ड त्यतिबेला सरकारमा थिए, तर दोस्रो पुस्ताका एकजना नेताले पनि काठमाडौंमा आमसभाहरुको आयोजना गरेर पार्टी र सरकारको धारणा राख्ने काम गरेनन् । नारायणकाजीदेखि वर्षमान पुनसम्म सभामा देखिएनन् । न त दोस्रो र तेस्रो पुस्ताका अन्य नेताहरु नै चुनावी अभियानमा अहोरात्र लागेको देखियो । यदि त्यसरी सिँगो शक्ति परिचालित भएको भए सम्भवतः दुबै चरणको स्थानीय निर्वाचनको परिणाम अलि फरक हुनसक्थ्यो होला माओवादीका लागि । माओवादी केन्द्र नेताहरुको उल्लेख्य उपस्थिति भएको पार्टी हो । नयाँ संगठन भन्दा पनि युद्दकालदेखि नै नेता भएकाहरुको बाहुल्यता छ यो पार्टीमा । नेताहरुको चाप थेग्न नसकेर माओवादीले संसारमा नै कहीँ नभएको हजारौंको केन्द्रीय समिति समेत गठन गरेको छ । तर, पार्टीभित्र र जनवर्गीय संगठनमा नेता बन्न ठूलो होडबाजी चले पनि कार्यक्षेत्रमा खटिएर आम जनतामाझ पार्टीको एजेण्डा र विचार लैजाने सवालमा भने यो जम्बो नेताहरुको टिमले उल्लेखनीय केही गर्न सकेको छैन । जबकि सामाजिक सञ्जाल र पार्टी बैठकहरुमा हरेकले आफूलाई ठूलो, कतिपयले उत्तराधिकारी, दोस्रो पुस्ताको नेता भनेर दावी गर्दै आएका छन् । यसरी नेतृत्वको दाबी गर्नेहरुले प्रचण्डको सक्रियताबाट पाठ सिक्न भने खोज्दैनन् । प्रचण्डको आलोचना उनीहरुले सार्वजनिक गर्न रुचाउँछन् तर उनको मेहनत र सक्रियता अनुरुप आफूले समेत आफूलाई परिवर्तन गर्नुपर्छ भनेर सोच्दैनन् । यो माओवादी केन्द्रको अहिलेको तीतो यथार्थ हो । को–को पसे मधेस ? तेस्रो चरणको निर्वाचनको बेला मिडियामा प्रचण्डको सक्रियताका बारेमा मध्यरातसम्म चुनावी प्रचारमा भन्ने आशयका थुप्रै सामग्री प्रकाशित भए । प्रचण्ड फिल्डमै खटिए । १५ दिन उनी मधेसमै बसे । मधेसमा रहेका बेला प्रचण्डको दिनचर्या व्यस्त रह्यो । बिहान ५ बजे उठेर बसेको स्थान वरपर डुल्ने, आम मानिससँग दुखसुखका कुरा गर्ने, त्यसपछि गाउँबस्ती, टोल, नगरमा आयोजना भएका सभाहरुमा सहभागी हुने काम उनीबाट भयो । राति ११ बजेसम्म सुरक्षाको प्रवाह नगरी तराईका गाउँबस्तीका अत्यन्तै कठिन बाटोहरु छिचोल्दै प्रचण्डले जनतामाझ पार्टीका एजेण्डा लैजाने काम गरे । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने कतिपय गाउँमा समेत उनले १० बजे राति आमसभालाई सम्बोधन गरे । प्रचण्डको यो सक्रियता लोभलाग्दो अवश्य थियो । माओवादी आन्दोलनमा बादल अर्का चर्चित नेता हुन् । उनले दुईचार वटा जिल्लाका अभियानमा हिँडेको भए यसले उल्लेख्य परिवर्तन हुन्थ्यो होला । तर, उनी पनि डेग चलेनन् तर यही बेला दोस्रो पुस्ताको नेताको दावी गर्ने र प्रचण्डपछिका नेताहरुको सक्रियता भने देखिएन । नारायणकाजी श्रेष्ठ महोत्तरी पुगेर फर्किए, अन्य जिल्ला जाने जाँगर उनमा चलेन । पार्टीले शीर्ष सबै नेताहरुलाई जिल्लाहरुको समन्वय गर्ने जिम्मेवारी तोकेको थियो । तर, यस्तो बेलामा कोही जापान हानिए, कोही राजधानीमै बसे । बादल, देव गुरुङहरु कतै देखिएनन् मधेसमा । न त अग्नि सापकोटालगायतका नेताहरु नै मधेसमा देखिए । महरा चीन भ्रमणमा थिए, गृहमन्त्री एक दुईवटा सभामा सहभागी भए प्रचण्डसँगै । एक्ला प्रचण्डले ८ वटा जिल्लामा पुरै १५ दिन बिताए । दैनिक १८ घण्टा उनी खटिए । यही अपेक्षा पार्टीभित्रबाट नारायणकाजीबाट थियो । खासगरी आफूलाई प्रचण्डको उत्तराधिकारीको अघोषित दावी उनले गर्दै आएका छन् । अझ प्रदेश नं। २ मा उनीहरुको आधार समेत थियो । सर्लाही, सिरहा, महोत्तरी, धनुषालगायतका जिल्लामा नारायणकाजीले प्रचण्डसँग या जिल्ला पार्टीसँग समन्वय गरेर दुई चार दर्जन आमसभामा पार्टीका कुरा राखेको भए यसको फरक प्रभाव पथ्र्यो । तर, यसो भएन । माओवादी आन्दोलनमा बादल अर्का चर्चित नेता हुन् । उनले दुईचार वटा जिल्लाका अभियानमा हिँडेको भए यसले उल्लेख्य परिवर्तन हुन्थ्यो होला । तर, उनी पनि डेग चलेनन् । प्रचण्डको काँधमा मधेसको भार आइपुग्यो । ६३ वर्षको उमेरमा उनले जति सकिन्छ, एक्लै भ्याए । करिब दुई सय बढी कार्यक्रममा सहभागी भए । माओवादी इत्तरका मानिसहरु भन्ने गर्छन- प्रचण्ड भए माओवादी रहन्छ, माओवादी भन्नु नै प्रचण्ड भइसक्यो । ‘वान मेन इन अल’ । यसो भन्दा दोस्रो पुस्ताका नेताहरुलाई पक्कै पनि चोट पर्छ । माओवादीभित्र कुनै बेलाका जुझारु र पछिल्लो समयमा आलोचित लोकेन्द्र विष्टले त सार्वजनिक रुपमा नै यो आशयका टिप्पणीहरु गर्दै आएका छन् । नारायणकाजी समूहका र अन्य नेताहरुले समेत प्रचण्डको सक्रियताले मात्रै माओवादी जीवित रहेको छ भन्ने टिप्पणी पचाउँदैनन् । हिजो बाबुराम भट्टराईले यही विषयमा दशकसम्म प्रचण्डको आलोचना गरे । तर, यथार्थले के देखाउँछ ? खासगरी माओवादी पार्टी संकटमा परेको बेला र पुनर्निर्माणको शुरुआत भएका बेला बनेको माओवादी पार्टीको नेतृत्वको सरकार र स्थानीय निकायको निर्वाचनमा प्रचण्डको भूमिकाले के देखाउँछ ? कसैले प्रचण्डको जस्तो सक्रियता देखाउन सक्ने पार्टीभित्र हिम्मत गर्न सकेको छ ? पहिलो चरणको निर्वाचनको बेला केन्द्रीय नेताहरु नआएकै कारण चुनाव हारेको तीतो अनुभूति गर्ने दर्जनौं जिल्ला इञ्चार्जहरुको कुरा सुन्नुस् त ? कति खटिए दोश्रो पुस्ताका नेताहरु । कति जनतासम्म पार्टीका एजेण्डा लगे उनीहरुले । स्वतःस्फूर्तरुपमा त कुरै छोडौं, पार्टीले संस्थागत निर्णय गर्दा समेत त्यसलाई पालना गरेर संगठन परिचालनका लागि कति हिँडे पार्टीका नेताहरु । पहिलो र दोश्रो चरणमा रोल्पा र रुकुममा मात्रै दर्जन बढी शीर्ष नेताहरु ओइरिएको बेला ताप्लेजुङ, इलामदेखि बैतडी र बाजुराका जनता केन्द्रीय नेताको मुख हेर्न छटपटिएको यथार्थ होइन ? जनार्दन शर्मादेखि वर्षमान पुनसम्मले, नारायणकाजीदेखि गिरिराजमणि पोखरेलले आफ्नो गृहजिल्लामा मात्रै समय दिएको यथार्थ होइन ? अहिले तेस्रो चरणको निर्वाचनमा समेत आम माओवादी समर्थक र तल्लो तहका कार्यकर्ताहरुको एउटै प्रतिक्रिया देखिन्छ( कहाँ हराए अरु नेताहरु ? प्रचण्डजस्तै अरु नेताहरु पनि १८ घण्टा खटिन्थे भने दुई नम्बरमा पहिलो बन्न कसले रोक्न सक्थ्यो । तर, यो खटाइ देखिएन । त्यसैले प्रश्न स्वभाविक रुपमा शीर्ष, केन्द्रीय र दोश्रो पुस्ताको दावी गर्ने नेताहरुका लागि नेपालका ७७ जिल्ला समान होइनन् ? आफ्नो चुनावी क्षेत्रमा मात्रै सुरक्षित गर्न खोज्ने, आफ्ना समर्थकहरुको मात्रै झुण्डलाई परिचालन गर्ने प्रवृत्ति मौलाउन मलजल गरेका होइनन् ? बरु तेस्रो पुस्ताका नेताहरुले उल्लेख्यरुपमा प्रचण्डको स्पिरिटलाई समातेर परिचालन भएको यथार्थ होइन ? पूर्वी, मध्य र पश्चिमका जिल्लाहरुमा दोश्रो र तेश्रो पुस्ताका नेताहरु परिचालन भएको तथ्यांक हेर्दा के देखिन्छ ? आफूले सिन्को नभाँच्ने तर प्रचण्डको सक्रियतालाई नकारात्मक अर्थमा हेरेर फेरि आफू अब्बल र सक्षम भएको दावी गर्न नैतिकताले दिन्छ र ? पार्टी कसरी बन्छ भन्ने कुरा दोश्रो पुस्ताका नेताहरुलाई कसैले भनिराख्नु पर्दैन । इतिहासका जटिल कालखण्डमा पार्टी र संगठन निर्माण गरेको उनीहरुको अनुभव छ । पूर्व एकताकेन्द्र-मसालदेखि माओवादीको संगठन निर्माण गरेका नेताहरुलाई संगठन र जनतामाझ कसरी जाने भन्ने कुराको निकै गहन अनुभव छ । तर, अहिले आएर त्यो अनुभव चरम व्यक्तिवाद र आत्मसुरक्षावादमा किन रुपान्तरण भयो ? किन केन्द्रीय नेताहरु आफू र आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै ध्यान दिन पुगेका छन् । संगठन बलियो भयो भने मात्रै आफ्नो पनि भविष्य सुरक्षित हुन्छ भन्नेतर्फ उनीहरुको ध्यान किन पुग्दैन ? प्रचण्डले गरेर मात्रै कति दिन थेगिन्छ ? प्रचण्डको ज्यानले मात्रै कति गर्न सम्भव छ ? हरेक टोलटोल, गाउँ बस्ती, नगर र जिल्लामा एक्ला प्रचण्डले कसरी आफूलाई खटाउन सक्छ्न ? कार्यविभाजन गरेर सोही अनुरुपको जिम्मेवारी अरुले किन लिन सक्दैनन् ? अहिले तेश्रो चरणको निर्वाचनमा समेत आम माओवादी समर्थक र तल्लो तहका कार्यकर्ताहरुको एउटै प्रतिक्रिया देखिन्छ– कहाँ हराए अरु नेताहरु ? प्रचण्डजस्तै अरु नेताहरु पनि १८ घण्टा खटिन्थे भने दुई नम्बरमा पहिलो बन्न कसले रोक्न सक्थ्यो । तर, यो खटाई देखिएन । संगठनात्मक पद्दतीको अभाव, चेन अफ कमाण्ड नहुनु, जनता र पार्टीबीचको सम्बन्धको कडी टुट्नु जस्ता कतिपय कारणले माओवादी अहिले एजेण्डाका हिसाबले ठीक भएपनि संकटपूर्ण अवस्थामा पुगेको छ । माओवादीको संकटको मुख्य कारण आन्तरिक हो, बाहृय होइन । र, दोश्रो पुस्ताका नेताहरुको अहिले विकास भएको प्रवृत्तिका कारण अब यो संकट नेतृत्वको पर्ने निश्चित छ । आलोचनालाई सहजरुपमा ग्रहण गर्ने संस्कृति माओवादीमा छैन । आलोचनालाई सके निषेध गर्ने, नसके पलायनतातर्फ धकेल्ने या धकेलिने प्रवृत्ति माओवादीमा विकास भएको छ । आलोचनाको आलोकमा आफूलाई सुधार्ने र त्यसलाई व्यवहारले खण्डन गर्ने पद्दतीको विकास नभएसम्म दोश्रो पुस्ताको नेतृत्व सच्चिन गारो छ । तर, माओवादी पार्टीलाई पहिलो पार्टी बनाउने र पुरा हुन नसकेको क्रान्तिका कार्यभार पूरा गर्ने हो भने दोश्रो पुस्ताले आलोचनात्मक संस्कृतिको विकास गर्दै आफूलाई गतिशील पार्नु एकदमै जरुरी देखिन्छ । प्रचण्डको सक्रियताबाट पाठ सिक्दै सोही स्पिरिटमा संगठन निर्माणमा होमिने हो भने माओवादीको वर्ग आधार र एजेण्डाको ‘स्पेस’ पुरै बाँकी छ । यसतर्फ सबै माओवादीहरुले सोच्नु जरुरी छ । अनलाइनखबरबाट साभार
७ नं. मा माओवादीको पुरानै लहर फर्कियो– लेखराज भट्ट
पहिलो संविधानसभामा अधिकांश निर्वाचन क्षेत्रमा सफलता प्राप्त गरेपनि दोश्रो निर्वाचनमा भने माओवादीले सुदूरपश्चिमका नौ वटा जिल्लामा नराम्ररी पराजय भोग्यो । यो सँगै पार्टीको आन्तरिक संगठन समेत कमजोर भयो । पार्टी विभाजनले यसमा झन पीडा थप्यो । माओवादी केन्द्रभित्र समेत अन्तरविरोधको चर्चा सार्वजनिक भयो । तर स्थानीय चरणको निर्वाचनसम्म आइपुग्दा भने माओवादीले आफूलाई पुनर्जीवित गर्न सफल भएको दावी गर्छन् प्रदेश इन्चार्ज लेखराज भट्ट । प्रदेश नं. ७ मा के छ चुनावी माहौल, कस्तो छ संगठनप्रतिको आकर्षण, यिनै विषयमा एभरेष्टदैनिकडटकमका लागि गोकर्ण भट्टले लिएको अन्तर्वार्ता: कस्तो भइरहेको छ चुनावको प्रचार ? सात नम्बर प्रदेशमा जनतामा निकै उत्साह छाएको छ । निकै लामो समयपछि चुनाव भइरहेकोले जनतामा बेग्लै उर्जा देखिन्छ । यसले हामीलाई समेत जिम्मेवारी थपेको छ । जनताका माझ गइरहेका छौं । वडा वडामा साथीहरु घरदैलो, सभालगायतका कार्यक्रम गरिरहेका छन् । केन्द्रदेखि प्रदेश र स्थानीय तहका सबै साथीहरु रातदिन हिँडेका छन् । सुदूरपश्चिममा संगठन छिन्नभिन्न भएको अवस्था थियो, कसरी सम्हाल्नुभयो ? विगतमा त्यो देखिएको हो । खासगरी पार्टीमा फूट, जनतामाझ जाने कार्यक्रमको अभाव, केन्द्रबाट समेत विशेष पहल नहुनु जस्ता कतिपय समस्याले समर्थक जनता र कार्यकर्ता निष्क्रिय अवस्थामा थिए । तर पार्टी एकतासँगै हामीले सबै जिल्लाका स्थानीय तहमा संगठन निर्माण गर्यौं । हामी सबै नेताहरु यसका लागि सक्रियरुपमा लाग्यौं । जसले गर्दा अन्य दलहरुभन्दा अगाडि नै हामीले नगर, गाउँ र वडामा संगठन निर्माण गरिसकेका थियौं । यसले पुराना साथीहरुले नवीकरण गर्ने र नयाँलाई प्रवेश गराउन सफल भयौं । यो लगत्तै निर्वाचनको मिति तोकिएकोले नयाँ संगठनलाई पुरै निर्वाचनमा होमेका छौं । अहिले हामी पुरानै अवस्थामा फर्केका छौं । जनतामाझ जाँदा उनीहरुको प्रतिक्रिया चाहिँ के पाउनु हुन्छ ? जनताले हामीलाई माया गर्छन् । हिजो युद्दकालका कुराहरु पनि केहीले नझिक्ने होइनन् । वर्गयुक्त समाजमा हामीलाई सबैले मन पराउँछन् नै भन्ने होइन । तर अहिले चारैतिर हाम्रो विचार या सिद्दान्त मन परे नपरेपनि ‘जे गर्छ माओवादीले नै गर्ने रहेछ’ भन्ने परेको छ । त्यसैले जनताले ‘यसपटक चाहिँ यिनीहरुलाई नै मौका दिएर हेरौं’ भन्ने परेको छ । अर्कोतर्फ माओवादी र जनताबीचको सम्बन्धमा समेत गुणात्मक परिवर्तन भएको छ । हिजो हामी युद्दमा छँदा र अहिलेको अवस्था फरक छ । त्यसले गर्दा पनि जनतासँगको सम्बन्ध त्यही स्तरमा विकास गरेका छौं । गाउँका विकास निर्माणदेखि अन्य अन्याय, अत्याचारका सबै घटनामा हाम्रै साथीहरु निरन्तर सक्रिय छन् । दोश्रो संविधानसभामा पराजित भएपछि पनि सबै साथीहरु स्थानीयस्तरमा नै जनताका लागि संघर्षरत् छन् । त्यसले गर्दा राजनीतिक चरित्र र इमान्दारिता माओवादीमा छ भन्ने परेको छ जनतामा । हाम्रा कमजोरीहरु पनि जानि जान भएका छैनन् । हाम्रो उद्देश्य र नियत पवित्र छ भन्ने कुरा बुझाउन सफल भएका छौं । पार्टीभित्रको उत्साह कस्तो छ, अन्तरविरोधका कुरा पनि सुनिन्छन् ? त्यस्तो केही छैन । बिरोधी साथीहरु निहित फाइदाका लागि पार्टीभित्र विवादका कुरा सार्वजनिक गर्छन् । जबकि हामीभित्र त्यस्तो केही देखिन्न । त्यसैपनि राज्यबाट उत्पीडित र शोषित क्षेत्र हो ७ नं. प्रदेश । हामीले धेरै तहमा लडाई लड्नु परिरहेको छ । यसलाई बुझेर पनि हामी एकताबद्ध छौं । बीचमा बाबुरामजीहरु जानुभयो, तर त्यसको केही पनि असर हाम्रो प्रदेशमा परेन । यसले पनि हामीबीच विवाद छैन र नेतृत्वले अघि सारेको विचारमुनि सबै एकढिक्का भएर लागेका छौं भन्ने प्रष्ट हुन्छ । कतिपय कार्यशैली र संगठनात्मक पद्धतीका विषयमा सामान्य विवाद हुनु जीवित पार्टीमा स्वभाविक हुन्छ । नयाँ शक्तिमा गएकाहरु त सबै फर्काउनु भएछ ? सबै साथीहरु फर्के । त्यतिखेर पार्टीले कुनै कार्यक्रम जनतामाझ लैजान नसक्दा निराश भएका साथीहरु नयाँ शक्तिमा गएका थिए । तर नयाँ शक्तिको गठन हुँदा जुन भ्रम छरिएको थियो, त्यसको वास्तविकता बिस्तारै बुझे साथीहरुले । अनि एकपछि अर्को गर्दै करिब करिब सबै साथीहरु फर्किनुभएको छ । नयाँ शक्तिमात्रै होइन, एमालेभित्रका पनि चिन्तनशील साथीहरु आउनुभएको छ । अहिले हामी राम्रो अवस्थामा छौं । कति स्थानमा जित्ने देख्नुभएको छ ? अहिले नै यति भन्न राम्रो नहोला । तर पहाड र तराईका जिल्लामा देखिएको उत्साहले हामी पनि उत्साहित भएका छौं । कतिपय ठाउँमा स्थानीयस्तरमा तालमेल पनि गरेका छन् साथीहरुले । तराई र पहाडका उल्लेख्य स्थानीय तहमा हाम्रो विजय हुन्छ । हामी पुरानै अवस्थामा फर्किन्छौं । तपाईहरुको प्रतिष्पर्धि नेपाली कांग्रेस र एमालेको कस्तो छ अवस्था ? संगठनात्मकरुपमा उनीहरु निकै पुरानो पार्टी हुन । तर एजेण्डाका हिसाबले उनीहरुले मत माग्ने आधार छैन । उनीहरुसँग नयाँ सोच, भिजन, विचार र एजेण्डा छैनन् । देशको समृद्धि, प्रदेशको समृद्धि र स्थानीय तहको समग्र विकासका लागि माओवादी मात्रै सक्षम छ, माओवादीले मात्रै अप्ठ्यारा अवस्था चिरेर जानसक्छ भन्ने कुरा जनतामा स्थापित भएको छ । अर्कोतर्फ उनीहरु पदका लागि लुछाचुँडी गरेको अवस्था छ । हाम्रा लागि एजेण्डा प्रधान छ, उनीहरुका लागि पद । यो कुरा पनि जनताले बुझेका छन् । उनीहरुकै कार्यकर्ता पनि के का लागि यिनीहरुलाई भोट दिने ? उही पुरानो चिन्तन कायमै रहे भन्न थालेका छन् । राज्यले नै विभेद गरेको क्षेत्र, कसरी गर्नुहुन्छ विकास ? हाम्रो लडाई दुई तहमा हुन्छ । एकातिर राज्यले नै यो क्षेत्रलाई हेपेको छ, पछाडि पारेको छ । अर्कोतर्फ यहीँभित्र पनि बिभिन्न तहमा विभेद छ, असमानता छ । त्यसैले हामीले आफूभित्रका असमानता र विभेदको अन्त्य गर्दै आत्मनिर्भर र समृद्ध बन्ने बाटो समात्नुपर्छ । सँगसँगै राज्यसँग समेत हाम्रो समानता र अधिकारका लागि लडाई लड्नुपर्छ । यो देशमा थुप्रै पार्टीका सरकार बने । तर इतिहासमा पहिलोपटक प्रचण्ड नेतृत्वको सरकारको पालामा देशैभरीका स्थानीय तहमा समानुपातिक ढंगल बजेट वितरण भएको छ । जस्तो पुर्चौंडी नगरपालिकाको बजेट झापाको कुनै नगरपालिका बराबर छ । यो ठूलो उपलब्धि हो । यसले माओवादीले मात्रै यो क्षेत्रलाई न्याय गर्न सक्छ भन्ने पुष्टि हुन्छ । जनताले बिस्तारै यो कुरा बुझ्ने मैले विश्वास लिएको छु ।
छान्यो माओवादी केन्द्रले ललितपुरका नगर र गाउँपालिकाको उम्मेदवार
काठमाडौँ, वैशाख १६ । आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले जिल्लाको महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाको उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हरि दाहालले जानकारी दिएका छन् । उनका अनुसार बाँकी रहेका एक महानगर र १ नगरपालिकाको टुंगो भोलीसम्म लगाइसक्ने जानकारी दिएका छन । नेकपा (माओवादी केन्द्र) ललितपुर स्थानीय तह निर्वाचन २०७४ का लागी उम्मेदवारहरुको विवरण- महालक्ष्मी नगरपालिका मेयर: शिव प्रसाद कट्टेल उपमेयर: लक्ष्मी सिंह महर्जन वडा नं. १ अभिसेक केसी वडा नं. २ सुरेश महर्जन वडा नं. ३ सुमन केसी वडा नं. ४. कृष्ण बहादुर थापा वडा नं. ५. सरथ राना मगर वडा नं. ६. महेन्द्र श्रेष्ठ वडा नं. ७. अर्जुन थापा वडा नं. ८. कान्छा श्रेष्ठ वडा नं. ९. मोहन तण्डुकार वडा नं. १०. बलराम लामा बागमती गाउँपालिका अध्यक्ष : राजु आले मगर उपाध्यक्ष: कमला थापा मगर वडा नं. १ ज्ञानबहादुर लामा वडा नं. २ रिना चन्द्र भोलान वडा नं. ३ दीपक घिमिरे वडा नं. ४. जुवार लाल लामा वडा नं. ५. ओम प्रसाद तिमल्सिना वडा नं. ६. रामशरण घिमिरे वडा नं. ७. कृष्ण बहादुर बल महाँकाल गाउँपालिका अध्यक्ष: बुद्ध बहादुर नंगी उपाध्यक्ष: बिमला आचार्य वडा नं. १ खुम प्रसाद गौतम वडा नं. २ संजय तामाङ वडा नं. ३ राजेन्द्र न्यासुर वडा नं. ४. माधव दुलाल वडा नं. ५. तुलसी बजगाई वडा नं. ६. माधव बन्जरा कोन्जोसोम गाउँपालिका अध्यक्ष: गोपीलाल सिंस्ताङ उपाध्यक्ष: मिन्मा लामा वडा नं. १ सन्तलाल तामाङ वडा नं. २ ध्रुव घिमिरे वडा नं. ३ उद्धव घिमिरे वडा नं. ४. कपिल लामा वडा नं. ५. सुबिन्द्र बल
सामाजिक सञ्जालमा आफ्नो मृत्युको खबर भाइरल बनेपछि
काठमाडौं, फागुन १२ । हाम्रा लागि कतिपय सूचनाको स्रोत अब सामाजिक सञ्जाल पनि हुन थालेको छ। झन् माइक्रोब्लगिङ साइट ट्विटरबाट त निकै धेरै सूचना आइरहेका हुन्छन्। तर, यस्ता सूचना पत्याउनै गाह्रो पनि पर्न सक्छ किनकि, सामाजिक सञ्जालमा आउने सूचनाको कुनै आधिकारिकता नभएका घटना थुप्रै छन्। यस्तै, एउटा घटनाका रूपमा लिन सकिन्छ, जीवित अभिनेता–अभिनेत्रीको सामाजिक सञ्जालमा मृत्युको हल्ला चल्नु। आइतबार राति पनि त्यस्तै भयो। ट्विटरमा बलिउड अभिनेत्री फरिदा जलालको मृत्यु भएको अफवाह ट्रेन्ड भयो। आफ्नो मृत्युको खबर सामाजिक सञ्जालमा ट्रेन्ड भएपछि फरिदाले एक पत्रिकालाई अन्तर्वार्तामा भनिन्, ‘पहिला त मलाई यो रमाइलो मात्र हो भन्ने लागेको थियो र म चुपचाप बसेँ। तर, केही बेरमै मेरो मोबाइल लगातार बज्न थाल्यो। र, म आफू जिउँदै छु भन्नुुपर्ने भयो।’ यो अफवाह कसरी फैलियो भन्नेबारे फरिदालाई थाहा छैन। तर, हल्ला निकै चल्न थालेपछि फरिदा ट्विटर एकाउन्ट खोल्न बाध्य भइन् र पहिलो ट्विट लेखिन्– म यहाँ म जीवित छु भन्ने प्रमाणित गर्न आएको हुँ, मेरो मृत्यु भयो भन्ने अफवाह मात्र हो, गलत समाचार फैलाउनबाट रोक्नुस्।तर, जीवित हुँदा नै मृत्युको हल्ला चलेको यो पहिलोपटक होइन। यसअघि बलिउड अभिनेता अमिताभ बच्चनको पनि मृत्यु भएको झुटो खबर फैलियो। त्यतिवेला उनले एउटा फिल्ममा गरेको मृत्युको अभिनयलाई उनको मृत्यु भएको प्रमाण भन्दै फैलाइएको थियो। पहिले सामाजिक सञ्जाल ह्वाट्सएपमा र त्यसपछि ट्विटरमा व्यापक हल्ला भएपछि अमिताभ बच्चन स्वयंले त्यसको खण्डन गरे। त्यस्तै, र्याप गायक हनी सिंहको मृत्युको हल्ला पनि यसअघि चलेको थियो। उनको मृत्यु एक्सिडेन्टका कारण भएको भनिएको थियो। तर, ट्विटरमै हनी सिंहले लेखे, ‘यो सब अफवाह हो, जुन मलाई मन नपराउनेहरूले फैलाएका हुन्।’ त्यसो त यसअघि बलिउड स्टार दिलीपकुमार, लता मंगेसकर, आशा पारेख, माधुरी दीक्षितलगायतको पनि मृत्युको हल्ला चलिसकेको थियो। यस्तो हल्लाको ट्रेन्ड बलिउडमा मात्र होइन, हलिउडमा पनि निकै हुन्छ। जोनी डेप, अर्नाल्ड तथा लेडी गागाका मृत्युका यस्ता अफवाह यसअघि कैयौँपटक फैलिएका थिए। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
इतिहास उलट्याउने कोशिसमा राप्रपा, राजतन्त्र र हिन्दू राज्यका पक्षमा निर्णय गर्ने
काठमाडौं, ३ फागुन । तीन महिनाअघि एकीकरण भएको पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले पुनः संसद्द्वारा नियन्त्रित राजसंस्थाको विषयलाई आफ्नो वैचारिक आधारस्तम्भ बनाउने भएको छ । आजको नयाँ पत्रिकामा खबर छ– ६–९ फागुनसम्म काठमाडौंमा हुने एकता महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक कार्यपत्रलाई कार्यसम्पादन समितिले अन्तिम रूप दिँदै संसद्को नियन्त्रणमा हुने राजसंस्थालाई नै पार्टीको नीति बनाएको हो । राप्रपाले राष्ट्रियता, सनातन राजासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति, सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारस्तम्भका रूपमा अगाडि सारेको छ । अध्यक्ष कमल थापाले आइतबार वरिष्ठ ३८ नेता सम्मिलित कार्यसम्पादन समितिको बैठकमा राजनीतिक कार्यपत्रमा यी विषयलाई प्रस्तुत गरेपछि थोरै परिमार्जनसहित राप्रपाले यस्तो नीति लिने भएको हो । ‘राष्ट्रिय एकता संवद्र्धन गर्ने लक्ष्यका लागि राष्ट्रियता सकारात्मक रूपमा जोडिएको संस्थाको उपयोग गर्नु जरुरी रहन्छ । राजसंस्था नेपालमा शान्ति, स्थायित्व र विकासका लागि आवश्यक छ । विगतका घटनाक्रम र देशको वर्तमान अवस्थाले यस पक्षलाई पुष्टि गरको छ,’ अध्यक्षले प्रस्तुत गरेको कार्यपत्रबारे उल्लेख गर्दै प्रवक्ता राजाराम श्रेष्ठले भने, ‘सार्वभौमसत्ता जनतामा निहित रहने, निर्वाचित गतिविधिमार्फत जनताले नै शासन गर्ने र संसद्को परिधिभित्र रहेको राष्ट्रियता र सांस्कृतिक एकताको प्रतीकको रूपमा राजसंस्था रहेनछ ।’ महाधिवेशनले पारित गरेपछि राजसंस्था पार्टीको ‘आधारस्तम्भ’ अध्यक्षले पेस गरेको ‘संवैधानिक राजसंस्था’ भन्नेमा ‘संविधानद्वारा नियन्त्रित राजसंस्था’जस्ता शब्दावलीमा मात्र परिमार्जन भएको राप्रपाका नेता दिलनाथ गिरीले जानकारी दिए । अध्यक्षको प्रतिवेदनलाई कार्यसम्पादन समितिले पारित गरेपछि अब महाधिवेशनमा पार्टीको राजनीतिक प्रतिवेदनका रूपमा यसलाई प्रस्तुत गरिन्छ । थापाले आइतबार दुई घन्टा लगाएर २२ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए । महाधिवेशनले पनि पारित गरेपछि राजसंस्थाको विषयलाई राप्रपाले फेरि आफ्नो आधारस्तम्भ बनाउनेछ । अध्यक्षले आइतबार कार्यपत्र प्रस्तुत गर्दै धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता हचुवाको भरमा थोपरिएको आरोप लगाएका थिए । कार्यपत्रमा यी विषयलाई यसअघि ‘आलोचनात्मक समर्थन’ गरिएको उल्लेख थियो । गणतन्त्रमा प्रवेश गरेकोमा ‘सचेत’ कार्यपत्रमा ६३ वर्षपछि संविधानसभाबाट संविधान जारी भएपछि नेपाल संवैधानिक रूपमा गणतन्त्रमा प्रवेश गरेकोप्रति सचेत रहेको राप्रपाले जनाएको छ । उसले राजसंस्था परिवर्तनका पक्षधरलाई समेत चित्तबुझ्ने विषय भएको दाबी गरेको छ । यसको अर्थ गणतन्त्र उपयुक्त थिएन भन्ने अर्थको रूपमा आफूहरूले प्रस्ट्याएको राप्रपा नेता गिरीले दाबी गरे । सबैलाई चित्त बुझाउन जनमतसंग्रह राप्रपाले गणतन्त्र राष्ट्रिय यथार्थता बनिसकेको अवस्थामा राजसंस्थाबारे आवश्यक परे जनमतसंग्रह गर्नुपर्ने विकल्प पनि उपयुक्त हुने जनाएको छ । ‘गणतन्त्र अहिले राष्ट्रिय यथार्थता पनि बनिसकेको अवस्था छ । कतिपय अवस्थामा विरोध पनि छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्यसैले सबैलाई चित्त बुझाउने बनाउन जनमतसंग्रह पनि गर्न सकिन्छ भन्ने राप्रपाले निर्णय गरेको छ ।’ वैकल्पिक शक्तिमा राप्रपा ठूला दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रको गतिविधिले देशलाई समृद्ध र अखण्ड बनाउने घोषणामा बल नपु¥याएको दुई दशकको अनुभवले देखाएको भन्दै थापाले अब यस्ता कमजोरी हुन नदिन राप्रपा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माणका लागि लाग्ने जनाएका छन् । एकीकरणअघि फरक मुद्दा एकीकरणअघिको पशुपतिशमशेर राणासहितको राप्रपाले धर्मसापेक्ष हुनुपर्ने गरी संघीयता र गणतन्त्र स्विकारेको थियो । तत्कालीन कमल थापा नेतृत्वको राप्रपा नेपालले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रलाई स्विकारेको थिएन । यद्यपि संघीयतासहितको संविधानलाई भने राप्रपा नेपालले फरकमतसहित स्विकारेको थियो । फेरि महाधिवेशनको मुखमा आएर सिंगो राप्रपाले राजतन्त्रको पक्षमा उभिने निर्णय गरेको हो । सनातन हिन्दूराष्ट्र नेपाल एकीकरण भएपछि भने राप्रपामा सनातन हिन्दूराष्ट्र नेपाल बनाउने विषयमा मतान्तर नभई विषय पारित भएको राप्रपाका नेता गिरीले जानकारी दिए । पार्टी एक हुँदा संघीयता र गणतन्त्रको विषयमा महाधिवेशनबाट धारणा बनाउने निर्णय गरेको राप्रपाले सनातन हिन्दूराष्ट्र नेपाल बनाउनुपर्ने निर्णय गरेको छ । ९४ प्रतिशत जनता हिन्दुत्वमा विश्वास गर्ने भएको दाबी गर्दै राप्रपाले जनतालाई नसोधी, महत्व नदिई विदेशीको इसारामा धर्मनिरपेक्षता लादिएकाले स्विकार्न नसकिने विषयलाई फेरि अगाडि सारेको हो । संघीयतामा विकल्प, पाँच विकास क्षेत्रको संरचना थापाले कार्यपत्रमा संघीयतामा जाने हो भने पाँच विकास क्षेत्रको अवधारणामा जान सकिने विषय उल्लेख गरेका छन् । यसअघि हिमाल, पहाड र तराई मिश्रित पाँच विकास क्षेत्रकै अभ्यासलाई प्रदेश बनाउँदा कतै पनि असन्तुष्टि नआउने विकल्प भएको राप्रपको निष्कर्ष छ । ‘लामो समयदेखि प्रतीक्षारत संविधानसभाबाट संविधान बनेपछि यसमा सबै पक्ष सन्तुष्ट हुन सकेनन् । यसको कार्यान्वयनका पनि दलबीच सहमति नभइरहेको अवस्था छ । प्रमुख दलहरूको मार्गचित्र असफल भएको भन्ने ठहर राप्रपाको छ,’ गिरीले भने, ‘अब असफलताबाट शिक्षा लिएर समृद्धि राष्ट्रका लागि कमजोरी नहोस् भन्दै विकल्पमा जानुपर्छ । यसका लागि पाँच विकास क्षेत्रको पहिलेको अभ्यासलाई संघीय संरचना ९प्रदेश० मा ढाल्न सकिन्छ ।’ आर्थिक प्रतिवेदन : प्रजातन्त्र र गणतन्त्रमा परनिर्भर राप्रपा बैठकमा राष्ट्रिय अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले आर्थिक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि छलफल गर्दै राप्रपाका नेताहरूले प्रजातन्त्र र गणतन्त्रमा आर्थिक विकास झन् सुस्ताएको उल्लेख गरेका थिए । ‘विगतको शासनका प्रणालीको तुलनामा अहिले आर्थिक कार्यक्रम, औद्योगिक विकास, खाद्यान्न उत्पादनमा हामी परनिर्भर हुन पुग्यौँ । युवालाई विदेशतिर पठायौँ,’ गिरीले भने, ‘अहिले २० अर्बको खाद्यान्न किन्ने देशका रूपमा दरियौँ । अब यसरी हुँदैन । नेपाली जनतालाई समृद्ध बनाउन आर्थिक औद्योगीकरणसहितको आर्थिक क्रान्ति गर्दै अवसरको ढोका खोल्नुपर्ने राप्रपाको आर्थिक नीति छ ।’ विगतको आर्थिक भनेर पञ्चायतकालीन र राजाकालीन विषय भएको लोहनीको कार्यपत्रको निचोड छ । आर्थिक कार्यपत्र ७ पृष्ठको थियो । राप्रपाका सहायक प्रवक्ता मोहन श्रेष्ठले कार्यसम्पादन समितिको मंगलबार बस्ने बैठकले विधान संशोधन समितिको मस्यौदामाथि छलफल गरेर टुंगो लगाउने जानकारी दिए ।
महिनावारी सुकेपछि महिलाहरूमा देखिने समस्या र समाधानका उपायहरु
फागुन २ । उमेरको हिसावले नेपालमा औषमा महिलाहरु ४७ वर्ष भएपछि महिनावारी सुक्छ । अण्डाशयबाट डिम्ब रित्तिने क्रममा सुरुमा महिलाको महिनावारी अनियमित हुन्छ र बिस्तारै सुकेर जान्छ । महिनावारी सुकेपछि महिलाहरुमा निम्नि किसिमका समस्याहरु देखिन सक्छन् – हर्मोनको कमीले महिनावारी सुक्नुबाहेक योनि सुक्खा हुने, चिलाउने र पोल्ने समस्या हुनुका साथै यौन इच्छा कमी हुन्छ । – एस्ट्रोजिन हर्मोनले शरीरका तन्तुलाई तन्काउन मद्दत गर्छ । जसले गर्दा पाठेघर तथा पिसाबथैली अड्काइराख्ने तन्तुहरू पनि कमजोर हुन्छन् । जसले गर्दा पिसाबथैली र पाठेघर तल खस्ने सम्भावना बढी हुन्छ । – हाँस्दा, खोक्दा, हाच्छिउँ गर्दा तथा सामान उचाल्दा पिसाब झर्ने, पिसाब रोक्न नसकिने, राति धेरैपटक पिसाब फेर्न उठ्नुपर्ने, पटक–पटक पिसाब थैलीमा संक्रमण भइराख्ने हुन सक्छ । कसै–कसैमा पिसाब रोकिने समस्या पनि हुन सक्छ । – एस्ट्रोजिन हर्मोनको कमीले महिलामा मुटुको समस्या देखिने, बिर्सने समस्या हुने तथा छाला सुक्खा हुने पनि हुन्छ । समाधानका उपाय – शयनकक्षमा पंखाको प्रयोग गर्ने । चिसो पानीले नुहाउने । पातलो लुगा लगाउने । – खाली नबसी केही न केही काममा व्यस्त भइरहने । – योग तथा व्यायाम गर्ने । तौल बढी भएका महिलाले तौल घटाउने । – धूम्रपान तथा मद्यपान छाड्ने । – खानामा मसलाको प्रयोग सकेसम्म कम गर्ने । – खानेकुरामा भटमास, तोफु, गेडागुडी, सागपात तथा फल र दूधको मात्रा बढाउने । – यति गर्दा पनि ठीक नभएमा चिकित्सकको परामर्श लिनुपर्छ । एजेन्सीकाे सहयाेगमा
श्रेष्ठले छोडे नयाँ शक्ति, विप्लव माओवादीका पूर्वी कमाण्ड इन्चार्ज पनि फर्के माओवादी केन्द्र
दोलखा, माघ १५ । नयाँ शक्ति नेपालका नेता तथा पूर्व सभासदले नयाँ शक्ति परित्याग गरेको घोषणा गरेका छन् । शनिवार एक कार्यक्रमबीच हेमवहादुर श्रेष्ठले नयाँ शक्ति नेपाल परित्याग गरी माओवादी केन्द्रमा फर्किएको घोषणा गरेका हुन् । उनी एक वर्ष अघि डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल प्रवेश गरेका थिए । उनी तत्कालिन नेकपा माओवादी दोलखाका सँस्थापक हुन् । नयाँ शक्ति पार्टी परित्याग गर्दै उनले भने– ‘बाबुरामले भनेको जस्तो समृद्धि माओवादीले पनि चाहेको छ, हामीले पनि चाहेका छौं,’ हाम्रो वर्गको उत्थान र समृद्धिका लागि मेरै वर्ग र मेरै सह योद्धाको साथमा उभिनुपर्छ भन्ने निर्णय गरेर फर्किए ।’ उनले जनयुद्धका बेला १० वर्ष सम्म जेल सजाएँ भोगेका थिए । यसैगरी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका युवा संगठनका पूर्वी कमाण्ड इन्चार्ज राम ढुँगेल पनि माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका छन् । उनी दुवैलाई माओवादी केन्द्र दोलखाका नेताहरु गंगा कार्की (विश्व) शंकर लामा लगायतका नेताले माओवादी केन्द्र प्रवेश गराए । पार्टी प्रवेश कार्यक्रममा जिल्लाका मञ्चमा बसेका अन्य नेताहरु खुशी देखिन्थे । उनीहरुले दुवै नेतालाई अविर र खादाले स्वागत पनि गरे । स्थानीय पत्रकार लक्ष्मण खड्काको सहयोगमा