पश्चिम रुकुम अप्डेट
काठमाडौं, मंसिर २२ ।
पश्चिम रुकुम अप्डेट
प्रभाकर माओवादी 12746
गोपाल जि जंग शाह 5071
रातो कामी 5487
कृष्णा रोका 2525
गोपाल शर्मा 5883
खड्क डागी 2958
जन प्रगतिशील मंचको अधिवेशन हूँदै, नारायणक
सुसान आचार्य /युएइ नेकपा माओवादी केन्द्र निकट बिदेश बिभाग संगठन नेपाली जन प्रगतिशील मन्च ओमनको पहिलो महाधिवेशन आउदो जुलाई ७ तारीख हुने भएको छ । ” अन्यायविरुद्ध एकताबद्ध हुने हाम्रो सङ्कल्प ,देश बिकासका लागि आर्थिक क्रान्ति आजको विकल्प “भन्ने मुल नारा सहित गर्न लागिएको महाधिवेशनमा प्रमुख अथितिका रूपमा नेपाल बाट माओवादी केन्द्रका बरिस्ठ उपाध्यक्ष तथा बिदेश बिभाग प्रमुख नारायण काजी श्रेष्ठ (प्रकाश )र अथितिका रूपमा जनबादी गायक नवीन खड्का को उपस्थिति रहने जानकारी महाधिवेशन प्रचार प्रसार समित सम्योजक तुला गिरि ले दियका छन। ओमन स्थित अल रिफ होटलमा आयोजना गरिएको उक्त कार्यक्रम मा विभिन्न सघ सङठनका प्रतिनिधि तथा नेपाली कुटनैतिक नियोगका ब्यक्ति हरुको समेत रहने जानकारी गिरिले दियका छन । महाधिवेशनले बिदेशी भुमि ओमनमा रहेर पनि गोलबन्द हुँदै पार्टी र क्रान्ति लाई बिसेस सहयोग पुर्याउने र नेपाली श्रमिक माथी हुने अनन्याय अत्याचार साथै अफ्ट्यारो स्थितिमामा सङठनले ठुलो भुमिका खेल्ने बताउदै छरियर रहेका सबैलाई सङठ्न ले जोडेर लैजाने गिरिले बतायका छन । झन्डै ५०० भन्दा बढी विभिन्न कमिटीका सदस्य तथा विभिन्न सङठनका प्रतिनिधि पत्रकार तथा समाजसेबिहरु को उपस्थिति रहने अनुमान गरियको उक्त कार्यक्रम सम्पन्न गरि तत्काल पार्टीको कमिटी समेत गठन गरिने छ ।
बन्दका कारण लोकसेवा आयोगको परीक्षा नसर्ने– आयोग
काठमाडौं, फागुन २७ । विप्लव माओवादीले फागुन २८ मा नेपाल बन्दको घोषणा गरेपनि लोकसेवा आयोगको पूर्व निर्धारित राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बाको परीक्षा भने नसर्ने भएको छ । आयोगका सूचना अधिकारी गिताकुमारी होमेगाइले जनाए अनुसार, आयोगको उक्त परीक्षा निर्धारित तालिका अनुसार नै सञ्चालन हुने छ । “अन्तिममा आएर यस्तो अवस्था देखियो तर हामीले लामो तयारी गरेर तालिका बनाएका हुन्छौं, आकस्मिकरुपमा सार्न सम्भव नै हुँदैन” उनले भनिन, “बढीजसो स्कूलमा केन्द्र छन्, विदाको दिन मिलाएका हुन्छौं, सार्ने कुरा सहज र सजिलो हुन्न, निर्धारित तालिका अनुसार नै परीक्षा हुन्छ” नायब सुब्बा को परीक्षाका लागि राजधानीमा मात्रै १ सय १४ वटा केन्द्र रहेका छन् । आयोगले देशभरी नै एउटै प्रश्नपत्र वितरण गर्ने भएकोले कुनै स्थानमा स्थगित गर्न र कतै सञ्चालन गर्न समेत नमिल्ने उनले बताइन । “लाहान केन्द्र भएकादेखि अन्य स्थानबाट बारम्बार फोन आइरहेको छ । तर हामीले अहिले परीक्षा सार्न नै सक्दैनौं । केन्द्र पाउन गारो छ, अन्य कार्यतालिका पनि व्यस्त छन् । परीक्षार्थीलाई गारो हुने हामीले बुझेपनि स्थगित गर्न सकिन्न” उनले बताइन ।
मेची महाकाली अभियान र एमालेको असलियत
अहिले एमालेको हास्यरसयुक्त सडक नाटकको दुःखद पटाछेप भएको छ । मेची महाकाली जागरण नाम दिएको यो सडक नाटक नेपाली राजनीतिका हास्य अभिनेता के.पी. ओली महोदयले गरेका थिए । तर यो नाटकको अन्त्य भने वियोगान्त रुपमा भएको छ । ‘किन रोइस मंगले आफ्नै ढंगले’ भन्ने नेपाली उखान के.पी. ओलीको हकमा धेरै पटक लागू भएको छ । उनी आफ्नै वुद्धिले गर्दा पक्राउ परेको भन्ने त उनका आफ्नै लामो समय सम्मका सहकर्मी राधाकृष्ण मैनालीले भर्खरै उजागर गरेका थिए । उनी आफ्नै मतीले नेपालका नम्बर वान भारतीय दलाल र लेण्डुप दोर्जे भनेर चिनिए । ओलीलाई लेण्डुपको उपाधि अरु कसैले होइन उनकै सहकर्मी केशवलाल श्रेष्ठ, बामदेव गौतम, घनश्याम भुषाल, रवीन्द्र अधिकारीले दिएका हुन । यसकै कारण एमाले पार्टीले फुट व्यहोर्नु प¥यो । अहिले उनी फेरी अत्यन्तै विवादास्पद अभिव्यक्ति दिँदै समाजमा साम्प्रदायिकता भड्काउँदै मेची महाकाली नामक सडक नाटक मञ्चन गर्दै हिँडेका छन् । यिनको यो नाटकको निहितार्थ जनमानसमा छर्लङ्गै भइसकेको छ र समयक्रममा यो कसको इसारामा किन गरिएको हो भन्ने अझै प्रष्ट हुँदै जाने छ । एमाले जस्तो चतुर राजनीतिक खेलाडीहरुको पार्टीले राजनीतिक लाभ हानीको गंभीर हिसाव किताव नगरी यो नाटक मञ्चन गरेको पक्कै थिएन । यो नाटक अर्थात मेची महाकाली अभियानका चारबटा प्रमुख उद्देश्य थिए । पहिलो उद्देश्य मधेशी मोर्चा र सरकारको त्यसमा पनि विशेष गरी माओवादी र मधेशी मोर्चाका बीचको दुरी बढाउने, सरकारलाई मधेशी मोर्चाले दिएको समर्थन फिर्ता गराउने र सत्तामा एमाले आरोहणको बाटो खोल्ने हो । यसमा एमाले पार्टी धेरै हदसम्म सफल पनि भएको छ । संसदीय परिपार्टीमा सरकार वनाउने र परिवर्तन गर्ने खेल सामान्य नै हो । जसले संसदीय अंकगणित पु¥याउन सक्छ उ सत्तामा आरोहण गर्दछ र नसक्नेले अवरोहण सहनु पर्छ । प्रमुख प्रतिपक्ष त प्रतिक्षारत सरकार गभन्र्मेन्ट इन वेटिङ्ग हो । तर यसका पनि नियम र पद्धतिहरु छन् । एमालेलाई ती नियम र पद्धतिसंग कुनै साइनो छैन । एमाले सत्ताका लागि जेपनि गर्न पछि पर्दैन भन्ने कुराको प्रमाण त प्रतिगमन आधा सच्चिएको ज्ञानेन्द्र सरकारमा उसको सहभागिता नै काफी छ । एमाले सत्ताका लागि जेपनि गर्न पछि पर्दैन भन्ने कुराको प्रमाण त प्रतिगमन आधा सच्चिएको ज्ञानेन्द्र सरकारमा उसको सहभागिता नै काफी छ । एमालेलाई जसरी पनि सत्ता चाहिएको छ र सत्तामा रहेर चुनाव गराउनु परेको छ । सत्तामा वसेर चुनाव गराउनुको मजा उहिल्यै बामदेवले चखाइसकेका हुन र त्यही एमालेले अझै विर्सेको छैन । एमाले नौटंकीको दोस्रो उद्देश्य भनेको आसन्न स्थानीय तहको निर्वाचन विथोल्नु हो । माओवादी नेतृत्वको सरकारले जनताले अनुभुति गर्ने गरी गरेका कामको कारण प्रतिपक्षमा रहेको एमाले तिल्मिलाएको छ । सधैभरी सरकारमा गएपछि अलोकप्रिय हुने नेपाली राजनीतिक दलहरुको इतिहासमा यो सरकार नै यस्तो रह्यो जसले कुरा भन्दा काम बढी गरेको छ । नेपाली जनताले कल्पनै नगरेको लोडसेडिङ्गको अन्त्य, भूकम्प पीडितको पुनस्र्थापना, मेलम्ची योजना द्रुत रुपमा अगाडि बढाउनु, विदेशमा काम गर्न जानेहरुको बीमा, भ्रष्टाचारको न्यूनताजस्ता कार्यले सरकार लोकप्रीय हुँदै जानु र प्रतिपक्षले बोल्ने सवालै नपाउनु एमालेको लागि कम्ती पीडाको बिषय रहेन । यस्तो अवस्थामा सत्ता बाहिर रहेर चुनावको सामना गर्नु कम्ति अरुचीकर बिषय होइन । एकातिर निर्वाचनको वातावरण निर्माण गर्न मधेशी दलहरुलाई सहमतिमा ल्याउने उद्देश्यले सरकारले अगाडि बढाएको संविधान संसोधन प्रस्तावलाई अगाडि बढन नदिने र अर्कोतिर निर्वाचन घोषण गर भनेर एकोहोरो अलापीरहने एमाले साच्चिकै निर्वाचनको घोषणापछि एक्कासी तिल्मिलायो । प्रजातन्त्रिक भनी टोपल्ने दलका लागि चुनावको घोषणा एउटा अवसर हो । यही चुनावको घोषणा एमालेका लागि ठूलो धर्म संकट भयो । आफैले मागेको चुनावको विरोध गर्न पनि नमिल्ने र चुनावमा भाग लिन पनि प्रत्युत्पादक हुने । यस्तो धर्मसंकटमा परको एमालेले निर्वाचन विथोल्ने अचुक अश्त्रको रुपमा मेची महाकाली अभियान भेट्टायो । यो एमालेको लागि मरुभूमीमा भेटिएको पानीको मुहान जस्तै भयो । उग्र मधेश विरोधी, संघीयता विरोधी र परिवर्तन विरोधी शक्तिको रुपमा चिनिएका खड्ग ओली नेतृत्वको एमाले पार्टीलाई संविधान संसोधन विधेयक संसदमा ल्याउनै नदिने हर्कतको लगत्तै दलवल सहित मधेश छिर्दा मधेशी जनताले र मधेश आधारित राजनीतिक दलहरुले फूलमालाले स्वगत गर्लान भन्ने त अवश्य नलाग्नु पर्ने हो । एउटा निषेधले अर्को निषेध जन्माउँछ भन्ने त कुनै वेलाको माक्र्सवादी एमाले नेतृत्वलाई पत्तै थिएन भनेर कसैले पत्याउँदैन । संविधान संशाेधन विधेयकलाई विदेशीको लागि ल्यइएको भनी प्रक्रियामा लैजानै नदिने हर्कत गरे लगत्तै तामझाम साथ मधेश झर्नु र मधेशवादी दललाई उत्तेजित पार्ने अभिव्यक्ति दिनु भनेको अरिंगालको गोलोमा ढुंगा हान्नु हो भन्ने कुरा लाटो गाँडोले पनि बुझ्ने कुरा हो । त्यसैले आसन्न निर्वाचन टार्न मधेश पसेर मधेशीहरुलाई उत्तेजित पारेर हिंसा भड्काउनु एमालेको अभिष्ट थियो र त्यो एक हदसम्म पूरा भएको छ । संविधान संशाेधन विधेयकलाई विदेशीको लागि ल्यइएको भनी प्रक्रियामा लैजानै नदिने हर्कत गरे लगत्तै तामझाम साथ मधेश झर्नु र मधेशवादी दललाई उत्तेजित पार्ने अभिव्यक्ति दिनु भनेको अरिंगालको गोलोमा ढुंगा हान्नु हो भन्ने कुरा लाटो गाँडोले पनि बुझ्ने कुरा हो । एमाले अभियानको तेस्रो र महत्वपूर्ण उद्देश्य थियो निर्माणाधिन चलचित्र रातो सूर्यको तामझामपूर्ण दृष्यको छायाँकन । के.पी. ओलीलाई नयाँ राष्ट्रबादका नायकका रुपमा स्थापित गर्न ओलीको जीवनीमा आधारित चलचित्रलाई तामझामपूर्ण दृष्यको आवश्यकता थियो । जो कोहीलाई पनि थाहा भएको कुरा हो चलचित्र सफल हुन धुम धडाका र मारपीट आवश्यक छ । यसलाई चलचित्रको भाषामा द्धन्द्ध भन्दछन् । मधेश विरोधी छवि वनाएर मधेश झरेपछि स्वभाविक रुपमा आउने प्रतिक्रिया र द्धन्द्धलाई चलचित्रमा समावेश गर्ने एमाले अभिलाशा पनि पूरा भएको छ । मधेशी जनता मर्दा दुइचार आँप झरेको भन्न लाज नमान्ने ओली महोदयलाई यो हताहतले घुँडाबाट आँसु झार्ने अवस्थामा पक्कै पु¥याएको छैन । यो कुरा घटनापछि पार्टीद्धारा जारी प्रेश विज्ञप्तीले पनि प्रष्ट पार्दछ । घटनाले एमालेको उचाइ अझै बढेको एमाले नेताहरुको निष्कर्ष रहेको वुझ्न सकिन्छ । मेची महाकाली महानाटकको चौथो उद्देश्य पहाडी क्षेत्रमा रहेको आफ्नो मताधार क्षेत्रलाई सुदृढ पार्नु । संविधान संशाेधन नेपालको नभई विदेशीको आवश्यकता हो भन्ने भ्रम छर्न तल्लिन एमाले नेतृत्वले आफ्नो मताधार क्षेत्रको रुपमा रहेको पहाडिया मनोविज्ञानलाई प्रभावित गर्न आफूलाई मधेश र भारत विरोधी शक्तिको रुपमा चित्रण गराउनु आवश्यक थियो । नेपाली जनतामा रहेको राष्ट्रवादी मनोभावनालाई दोहन गर्न मधेशी जनतालाई भारतीयको रुपमा चित्रण गर्ने, भारत र मधेशीसंग पौंठेजोरी खेल्न तम्सने शक्ति भनेकै एमाले हो भन्ने सन्देश दिने तथा पहाडको सम्पूर्ण शक्ति उतारेर मधेशीलाई संविधान संसोधन र संघीयता कार्यान्वयन नखोज भनेर धम्क्याउनु थियो । यसकालागि एमालेले जुनसुकै मूल्यमा यो राजनीतिक स्टन्ट गर्न आवश्यक ठानेको हो । संविधान संशाेधन नेपालको नभई विदेशीको आवश्यकता हो भन्ने भ्रम छर्न तल्लिन एमाले नेतृत्वले आफ्नो मताधार क्षेत्रको रुपमा रहेको पहाडिया मनोविज्ञानलाई प्रभावित गर्न आफूलाई मधेश र भारत विरोधी शक्तिको रुपमा चित्रण गराउनु आवश्यक थियो । जीन्दगीभर व्यभिचारमा लिप्त भएको व्यक्ति वृद्धावस्थामा ब्रम्हचारी वनी तपस्या गर्न वन पसे जस्तै भारतीय डिजाइनमा रअको भरणपोषणमा विस्तार भएको एमाले आज उग्र राष्ट्रवादी भएको छ र उसलाई राष्ट्रवादी देखिनु परको छ । जसमा जे छैन उसले त्यो देखाउन आवश्यक ठान्दछ । हिजो महाकाली सन्धि पछि खड्ग ओलीलाई लेण्डुप दोर्जे उपनाम अरु कसैले होइन वामदेव र केशवलालहरुले नै दिएका हुन । एमालेको भारतीय दलाली र भारतीय विस्तारवादको थिचोमिचो विरुद्ध आक्रोसित तत्कालिन मालेका युवाहरुले यस्तै अभियान छेडदा उरन्ठेउला ठेट्नाहरुले खुकुरी नचाउँदैमा राष्ट्रियता वलियो हुँदैन भन्ने अरु कोही नभएर ओली महोदय नै हुन । त्यस्तै महाकाली सन्धिको विरोध गर्ने नेपाली राष्ट्रभक्तहरुलाई भारत तिर फर्केर धारेहात लगाएर राष्ट्रवादी होइँदैन भनेर उपदेश दिने पनि यिनै ओली महोदय हुन । आज तिनै ओली कसको उक्साहटमा मधेशी जनतालाई भारतसंग जोडेर धारेहात लगाउँदै राष्ट्रवादी हुन खोज्दैछन् त्यो समयले वताउला । तर सत्य के हो भने एमाले भित्रकै राष्ट्रवादीहरुले भोली ओलीको यो नौटङ्कीको पर्दाफास गर्ने दिन अवश्य आउने छन् । एक माघले जाडो नगए जस्तै एमालेको नक्कली राष्ट्रवादको असलीयत एकदिन पर्दाफास हुने छ । परन्तु एमालेले रोपेको यो नस्लवादी बिषले देशलाई असजिलो मोडमा त लैजान्छ र असली राष्ट्रभक्तहरुले यसलाई चिर्न थप मेहनत गर्नुपर्छ । तर यो विष सवैभन्दा बढी एमालेकै लागि अभिषाप बन्ने छ ।
बाबुले रोग लुकाएका कारण पाँच बालबालिका जन्मँदै एचआइभी संक्रमित
रोल्पा, फागुन १९ । आर्थिक तथा भौगोलिक रुपमा पछाडि परेको रोल्पा १० वर्षे सशस्त्र युद्धका कारण विकासका क्षेत्रमा अझ धेरै पछि धकेलिएको छ । हातमुख जोड्नका लागि दैनकी गुजारा चलाउनका लागि यहाँका मानिसहरु छिमेकी मुलुक भारत जाने क्रम रोकिएको छैन । भारतका विभिन्न ठाउँहरुमा ज्याला मजदुरी गर्ने अनि घर फर्किएर रोग लुकाउने गर्नाले यहाँका पाँच नानीहरुमा जन्मदै एचआईभी एड्स सक्रमित भएका छन् । प्रवासी बाबु अनि घरधन्दामा सीमित आमाबाट जन्मेका ती निर्दोष पाँच बालबालिकाले अहिले दयनिय जीवन जिउँदै आएका छन् । समाजमा रोगबारे थाहा होला भन्ने डर, रोगले च्याप्दै गएपछि काम गर्न नसकिने अवस्था, निरन्तर औषधीको प्रयोग गर्न पर्याप्त रुपैयाँ नहुनु यस्तै–यस्तै पीडामा एचआइभी एड्स सङ्क्रमित बालबालिकाहरु बाँचिरहेको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिएकी छिन् । वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न मुलुकमा पुगेका युवा एचआइभी एड्स सङ्क्रमित भएर स्वदेश फर्किसकेपछि उनीहरुबाट जन्मेका बालबालिका एचआइभी एड्स सङ्क्रमित भएका अध्यक्ष विकले बताइन् । यसरी एचआइभी एड्स सङ्क्रमित हुने बालबालिकामा पूर्वि रोल्पाकी १४ वर्षीया बालिका आशमती कुसुम (नामपरिवर्तन) रहेकी छिन् । वैदेशिक रोजगारीका लागि भारतको चण्डीगढ पुगेका उनका बुबा एचआइभी एड्स सङ्क्रमित भएर करिब १५ वर्ष पहिले स्वदेश फर्किएका थिए । रोग लुकाएका कारण श्रीमतीलाई पनि एचआईडी एड्स सङ्क्रमित भइन् । सङ्क्रमित बाबुआमाबाट जन्मेको हुँदा उनी पनि जन्मँदै एड्स सङ्क्रमित भएर जन्मेकी हुन् । हाल आसमतीका बुबाआमा दुवैको मृत्यु भइसकेको छ । उनी हजुरबुबा र हजुरआमासँग घरमा बस्दै आएकी छिन् । स्थानीय गाउको स्कुलमा उनी कक्षा ३ मा पढ्छिन् । यस्तै उत्तर पूर्वि रोल्पामा पनि ८ र १२ वर्षका दुई दिदीबहिनी एड्स सङ्क्रमित भएर बाँचिरहेका छन् । उनीहरु पनि सङ्क्रमित बाबुआमाबाट जन्मेका हुँदा जन्मँदै एड्स सङ्क्रमित भएका थिए । रोजगारीका लागि भारतको बम्बै पुगेका उनीहरुका बुबाले घरमा आएका बेला श्रीमतीलाई आफू सङ्क्रमित भएको कुरा लुकाएपछि श्रीमती पनि एड्स सङ्क्रमित भएकी थिइन् । उनीहरुबाट जन्मेका दुई छोरी पनि एड्स सङ्क्रमित भएर बाँच्न बाध्य भएका छन् । गाउँकै विद्यालयमा ३ र ४ कक्षामा पढ्ने ती बालिकाहरु एड्स सङ्क्रमित हुँदा उनीहरुलाई जीवन चलाउन हम्मेहम्मे परेको छ । त्यस्तै दक्षिण रोल्पाकी रामप्यारी शीतल (नामपरिवर्तन) पनि एचआइभी एड्स सङ्क्रमित भएर जीवन जिउँदै आएकी छिन् । हाल उनी १८ वर्ष पुगिसकेकी छिन् भने उनले गत वर्ष एसएलसी परीक्षासमेत उत्तीर्ण गरिसकेकी छिन् । गाडी चलाउन उनका बुबा पनि १६÷१७ वर्षको उमेरदेखि रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुृगेका थिए । आफू एचआइभी एड्स सङ्क्रमित भएको कुरा श्रीमतीलाई जानकारी नदिँदा घरमा फर्केका बेला श्रीमतीको गर्भ रह्यो । सो गर्भबाट जन्मेको सन्तान जन्मँदै एड्स सङ्क्रमित भइन रामप्यारी । उत्तर पूर्वि रोल्पाका १७ वर्षीय अशेष राहत (नाम परिवर्तन) पनि एचआइभी एड्स सङ्क्रमित बाबुआमाबाट जन्मेका कारण सङ्क्रमित भएर बाँचिरहेका छन् । परिवारलाई सुखसँग राख्ने आश्वासन दिएर भारतको चण्डीगढ पुगेका उनका बुबा भारतमा ज्याला मजदुरी गर्थे । सङ्क्रमित भएर स्वदेश फर्किए तर आफू सङ्क्रमित भएको कुरा कसैलाई भनेनन् । अन्ततः श्रीमान् श्रीमती दुवैमा एचआइभी एड्सले आक्रमण ग¥यो । दुवैजना लगातार बिरामी पर्न थालेपछि चेकजाँचका क्रममा श्रीमान्/ श्रीमती र छोरामा समेत एचआइभी एड्स सङ्क्रमण देखियो । हाल परिवारका तीनैजनाले निरन्तर औषधि सेवन गरिरहेका छन् । त्यसैले हरेक क्षेत्रबाट पछाडि पारिएका यी पाँच निर्दोश बालबालिकाको उज्ज्वल भविष्यका लागि सरकारी तथा गैरसरकारी निकायको ध्यान जान सकेमात्र यी बालबालिकाले न्याय पाउनेछन् भन्ने कुरामा दुईमत नहोला । रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार रोल्पामा हालसम्म एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या ६० पुगिसकेको छ । समाजले एचआइभी एड्स सङ्क्रमितलाई नबुझेका कारण केही सङ्क्रमित जिल्ला छोडेर बाहिरिन बाध्य भएका छन् ।
धाइजनको सहिदमार्ग पुनः सूचारु हुने
झापा, फागुन १६ । निर्माणाधिन अवस्थामै अलपत्र परेको झापाको दुहागढी—६ धाइजनमोडदेखि दुहागढी—१ जोडिने सहिदमार्ग पुनः सूचारु हुने भएको छ । नव सृजनशील युवा समाजले स्थानीयबासी, निर्माण समिति र सम्बन्धित ठेकेदारसँग सोमबार आयोजना गरेको ‘समस्या र त्यसको सामाधान’ विषयक छलफल ठेकेदारले प्रतिबद्धता जाहेर गरेपछि उक्त मार्ग मंगलबारबाट सुचारु हुने भएको हो । सहिदमार्ग निर्माण निपरन्तर नहुँदा धुँलो र धुवाका कारण आफूहरुलाई समस्या परेको भन्दै स्थानीयबासीले चाडो निर्माण गरिदिन ठेकेदारलाई ध्यानाकर्षण गराका थिए । सोही क्रममा ठेकेदार ‘दीवा झापाली जेभी व्लिडर्स’ का प्रबन्ध निर्देशक शेरबहादुर थापाले काम सूचारु गर्दा स्थानीयको सहयोग भए मंगलबारबाटै कालोपत्रको काम सूचारु गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । २०७३÷०७४ मा सहिदमार्गको स्तरोन्नतिका लागि क्षेत्र नम्बर २ का सभाषदको सांसद विकास कोष र स्थानीय निकायको गरी ३ करोड १५ लाख निकासा भएपछि ०७३ साल बैसाखबाट उक्त बाटोको निर्माण सुरु गरिएको थियो । एक चरणको कामपछि ठेकेदारले बाटो निर्माणमा ससाना समस्या आएको भन्दै ठेकेदारले निर्माण रोकेको थिए । ५ किलोमिटर २ सय मिटर लम्बाई र ४० फुट चौडाई रहेको उक्त सहिदमार्गमा ‘डबल वेस सकेस डेसिङ’ को कालोपत्रे गरिने ठेकेदार थापाले भनाई छ । उनले मंगलबारदेखि बाटो खन्ने काम सुरु गर्ने र ३० डिग्री सेल्सियस मौसम भएपछि कालोपत्रे गरिने बताए । कार्यक्रममा रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सर्वसाधारणले ठेकेदारप्रति देखाएको सहानुभूतिलाई ठेकेदारले अनुशरण गर्दै चाडो भन्दा चाडो निर्माण सूचारु गर्न आग्रह गरेका थिए । प्रतिउत्तरमा कम्पनीका साइड इन्चार्ज मौसम थापाले बाटो निर्माण गर्दा सुरुदेखिको अवस्थाका विषयमा प्रष्ट पारेका थिए । कार्यक्रममा निर्माण समिति र स्थानीय नव सृजनशील युवा समाजले बाटो रेखदेख तथा अनुगमन गर्ने समेत निर्णय भएको छ । नव सृजनशील युवा समाजका अध्यक्ष बद्री महतले समयमै बाटो निर्माण नहुँदा धुलोका कारण स्थानीयवासी आक्रान्त बनेको ध्यानाकषर्ण गराउँदै निर्माणमा कुनै पनि समस्या आए स्थानीयको तर्फबाट ठेकदारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । त्यसैगरी अभिनारायण मैनाली, कृष्ण सुवेदी, गोपीराज मैनाली, सूर्य कडरिया, श्याम राजवंशीलगायतले समयमै बाटो निर्माण नहुँदा आफूहरु पीडित भएको भन्दै चाडो निर्माण गर्न ठेकदारलाई सुझाव दिएका थिए । बद्री महतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश उप्रेतीले गरेका थिए ।
ओलीको इगो जोगाउन देश बन्धकीमा राख्दै एमाले
सरकारले चुनावको घोषणा गरिसकेपछि व्यवस्थापिका संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमाथि एमालेले फेरी असहमति राख्दै सदन बहिस्कार गर्ने निर्णय गरेको छ । संविधानमा सबै समुदायको अधिकार सुनिश्चित नभएको अवस्थामा चुनावको घोषणाको अर्थ नभएपनि एमालेकै अडानका कारण सरकारले चुनावको घोषणा गरेको तथ्यबाट एमाले अनभिज्ञ भने पक्कै छैन । तर सरकारलाई असफल पार्न र खासगरी अध्यक्ष ओलीको इगोको रक्षा गर्न एमालेले अहिले प्रतिगामी भूमिका निर्वाह गर्न पुगेको छ । यो भूमिकाले लामो संघर्षपछि प्राप्त संविधानका उपलब्धि नै गुम्ने खतरा देशका सामु देखिएकाछन् । आफ्नो फाइदामा राजनीतिक तथ्य र तर्कलाई मोड्न खोज्ने प्रवृत्ति नेपालमा नौलो होइन । अझ अचम्मको कुरा त के छ भने पहिलो संविधान सभामा सभामुखको जिम्मेवार भूमिका निर्वाह गरेका पूर्व सभामुख तथा एमाले नेता सुभासचन्द्र नेम्वाङले संविधान संशोधनको कुनै अर्थ र औचित्य नभएको बताएका छन् । जबकि नेम्वाङलाई अहिलेको संविधान कुन पृष्ठभूमिमा, कुन प्रक्रियाले, के के कुरामा सम्झौता गरेर बनेको हो र यसमा ककसले किन आपत्ती जनाइरहेका छन् भन्ने कुरा राम्रोसँग थाहा छ । नेपालको वर्तमान संविधानले अन्तरिम संविधानका केही प्रगतिशील मान्यताहरुलाई समेत संस्थागत गर्न सकेको छैन । नेपालको अन्तरिम संविधान जनयुद्ध र जन आन्दोलनको बलमा प्राप्त भएको उपलब्धि थियो । त्यतिबेला यिनै नेम्वाङ लगायतले उक्त संविधानका प्रावधानहरु सही रहेको तर्क गरेकाथिए । अहिले तिनै प्रावधान र केही थप नयाँ प्रावधानलाई संविधानमा समेटेर यसलाई सबैले स्वीकार्ने बनाऔं भन्दा एमालेहरु कोरा तर्क दिन खोजिरहेका छन् । यो उनीहरुको इगो साध्ने नाटक मञ्चन बाहेक अरु केही होइन । नेपाली जनताले हिन्दू राजतन्त्रात्मक व्यवस्थाबाट मुक्ति खोजेकाथिए । त्यो उनीहरुले पाए, अब त्यसलाई संस्थागत गर्नुपर्छ या पर्दैन ?अहिलेको संविधान कार्यान्वयन हुन नसके मुलुक फेरी २०४७ सालको संविधानमा फर्किन्छ कि फर्किदैन ? संविधानको कार्यान्वयन नभए फेरी तिनै प्रतिगामी र पुनरुत्थानवादी तत्वहरु सक्रिय हुन्छन् कि हुँदैनन? जसकाबिरुद्ध नेपाली माटोमा यति बढी रगत बग्यो, जसका लागिआन्दोलनको आँधीबेहरी चल्यो, तिनै तत्वहरुलाई फेरी स्थापित गर्ने काम लोकतान्त्रिक हो या पश्चगामी? यसको जवाफदिने हिम्मत एमाले नेताहरुसँग छैन । एमाले नेताहरुले आफ्नाअध्यक्षको इगो पुरा गर्न, सरकारको लोकप्रियतामाथि हिलो छ्याप्न र सत्ताबाट बाहिरिनु परेको रिसीवि साँध्न अहिले संविधान नै कार्यान्वयन हुन नदिने प्रपञ्च रचिरहेका छन् । संविधान कार्यान्वयन भएन भने यसको सबैभन्दा ठूलो जिम्मेवारी एमालेले लिनुपर्छ । संसदीय लोकतन्त्रमा बहुमत र अल्पमतको व्यवस्था हुन्छ । एमालेले अहिलेको संशोधन प्रस्ताव स्वीकार नगर्ने हो भने त्यो कुरा सदनमा गएर सामना गर्ने हो या सडकमाअड्डी कसेर प्रक्रिया नै अवरोध गर्ने हो ? सडकबाटै सबै कुराको छिनोफानो हुने भए सदन किन चाहियो ? संसद किन चाहियो ?आफूलाई मन नपरेको कुरा हो भने त्यसका लागि व्यवस्थापिका संसदमा फरक मत राख्ने या नराख्ने ? यो एमालेको चरित्र गैर लोकतान्त्रिक छ र यसले देशलाई ठूलो खतरामा लग्न खोजिरहेको छ । सरकारले सदनमा प्रस्तुत गरेको संशोधन प्रस्तावमा सबैको सहमति हुन्छ भन्ने छैन । प्रधानमन्त्री प्रचण्डले समेत यो प्रस्ताव दर्ता गर्दा नै प्रक्रियामा जाऔं, कसैको असहमति छ भने छलफलमा राखौं, पास भए ठिकै छ, भएन भने पनियसले संसदीय प्रक्रियालाई बलियो पार्छ । त्यसपछि कसरी जाने भन्ने कुरा फेरी छलफल गरिएला भनेर बारम्बार भन्दै आएका थिए । यस विषयमा एमाले अध्यक्ष ओलीसँग समेत लामो छलफल भएको हो । तर एमालेले यो सामान्य संसदीय पद्धतीलाई समेत बन्धकी बनाउने काम गर्नु कदापी एमालेले अँगालेको सैद्धान्तिक चरित्रसँग मेल खाँदैन । बहुदलीय जनवादले दलहरुको जनवादको वकालत गर्छ । यसले फरक मतको सम्मानगर्छ, निषेध होइन । तर एमालेभित्र अहिले ओलीमतको मात्रै कदर भएको छ । बाहिर जे देखिएपनि एमालेभित्रै ओलीको स्वेच्छारिता र निरंकुश शैलीको बिरोध बारम्बार एमालेकै शीर्ष नेताहरुले गर्दै आएकाछन् । बिडम्बनाको कुरा, ओलीको यो स्वेच्छाचारिताले देश नै संकटमा पर्न गएको बेला, उपलब्धिहरु नै खतरामा पर्न थालेको बेला भने एमालेभित्र ओलीको चर्को आलोचना गर्ने नेताहरु नै ओलीको यो खतरनाक मूडी इगो साध्न लागि परेका छन् । यो एमाले भित्रको सैद्धान्तिक र वैचारिक दरिद्रता बाहेक अरु केही होइन । चश्मा फुकालेर हेरौं, सरकारले ठीक प्रस्ताव ल्याएको छ भन्ने कुरा नमान्ने हो भने नमानौं, तर संसदीय पद्दती र प्रक्रियाबाट त नभागौं । सरकारले देश नै बेच्न लाग्यो रे मानौं, तर यो कुरा छलफलमा जाने किन जाने ? व्यवस्थापिका संसद भनेका यिनै सडकमा उत्रिने जनताले भोट दिएर आफ्ना प्रतिनिधि पठाएको ठाउँ हो । त्यो ठाउँको गरिमालाई स्वीकार्ने कि नस्वीकार्ने । प्रस्ताव गलत छ भने त्यसलाई सदनमा फेस गर्ने किन गर्ने ? त्यो पनि प्रस्तावमाथि मतदान भएको अवस्थामा निर्णायक भोट सुरक्षित भएको पार्टीले त झन प्रस्ताव मन नपरे असफल पार्न सक्ने अवस्था हुँदाहुँदै यो चरित्र देखाउनुलाई के भन्ने ? एमालेले संसदीय प्रक्रियालाई बन्धकी बनाउने, संविधान संशोधनको प्रस्तावमा छलफल नै हुन नदिने र मधेसी मोर्चाले संशोधन प्रस्ताव अगाडि नबढे चुनाव नै हुन नदिने अड्डी कस्नुले देश गम्भीर संकटतर्फ गइरहेको देखिन्छ । यदि यी दुई अतिवादी प्रवृत्तिका कारण संविधान कार्यान्वय नहुन सकेन, चुनाव हुन सकेन, शान्ति प्रक्रियाले टुंगो पाएन भने यसले नेपालको भविष्य खतरनाक दिशातर्फ अघि बढ्ने कुरामा दुईमत हुन सक्दैन । यसका लागि जिम्मेवार ठूलो दलका हिसाबले एमालेले नेपाली जनतालाई जवाफ दिनुपर्ने छ । तस्वीर ः रोयटर्स
अर्चना पनेरुको रेट साढे चार करोड !
माघ २१ । नेपाली चलचित्र बजारमा अर्चना पनेरु कुनै नौलो नाम होइन । पोर्नस्टार बन्ने सपना बोकेर लामो समय भारत बसाईपछि पुनः आएपछि उनी एक्कासी चर्चामा आईन् । चर्चामा आएको एक बर्षभित्रै उनले दुर्इ वटा नेपाली फिल्ममा काम गर्ने मौका पनि पाइन् । केही म्युजिक भिडियोहरुमा पनि काम गरिन् । हाल उनको चर्चा नेपालमा मात्रै होइन, भारतमा पनि रहेछ भन्ने भारतीय एक मिडियाले उनको बारेमा समाचार लेखेपछि अझ बढी स्पष्ट भएको छ । चर्चित वलिउड अनलाइन दैनिक भास्कर डटकमले अर्चनाको बारेमा स्टोरी लेख्दै नेपाली सन्नि लियोनको नाम दिएको छ । तर हाँस्यास्पद कुरा के छ भने उक्त वेवसाइटले अर्चनाको बारेमा लेख्दै उनले एउट फिल्म खेलेवापत साढे चार करोड लिन्छिन् भन्ने अफाह हल्ला फिजाएको छ । जबकी नेपाली चलचित्र उद्योगमा सायदै चर्चित हस्तिहरुले पनि लिँदैनन् होला एउटा फिलिम खेलेवापत त्यति ठूलो रकम । राजु गिरीले ‘जिस्म’ बाट अर्चनालाई चलचित्रमा डेब्यु गराएका थिए । तर त्यसमा उनीहरुबीचको पारिश्रमिक भनेको डेढ दुई लाखकाे सहमति भएकाे थियो । कुनै पनि ठाउँको बारेमा राम्रोसँग अध्ययन नगरी समाचार बनाउने बलिउड अनलाइनहरुले यो पटक अर्चना पनेरूको काण्डमा फसेको देखिन्छ । यसरी नेपाली विषयको समाचारमा गम्भिरता नअपनाउने यस अनलाइन गलत जानकारी दिएकाे छ ।
न्युरो अस्पताल बाँसबारीमा झडप, दर्जनौ चिकित्सकसहित प्रहरीसमेत घाइते
काठमाडौ, माघ ९ । बाँसबारीस्थित न्युरो अस्पतालमा उपचारत एक विरामीको मृत्यु भएपछि त्यहाँ अहिले स्थिति तनावग्रस्त बनेको छ । सवारी दुर्घटनामा घाइते भएका युनिस नगरकोटीको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकको लापर्वाहीले विरामीको मृत्यु भएको भन्दै विरामीका आफन्तले अस्पताल परिसरमा तोडफोड गर्न थालेका हुन् । नगरकाेटीकाे मृत्यु हुनासाथ उनकाे अाफन्तजनले अन्धाधुन्ध परिसरमा अाक्रमण गरेका थिए । अस्पतालका सामान तथा चिकित्सकहरुमाथि नै अाक्रमण गरेपछि चिकित्सकहरुकाे भागाभाग भएकाे थियाे । अाक्रमणबाट दर्जनौ चिकित्सक तथा कर्मचारीहरु घाइते भएका छन् । स्थितिलाई नियन्त्रण गर्न खोज्दा महानगरिय प्रहरी परिषर महाराजगञ्जबाट गएको टोली र विरामीका आफन्तबीच पनि केही समय झडप भएको थियो । झडपमा केही प्रहरी समेत घाइते भएका छन् । अाक्रमणमा संलग्न २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
सूचना, सञ्चार तथा प्रविधलाई थप प्रभावकारी बनाइनेः दूरसञ्चार प्राधिकरण
धुलिखेल (काभ्रेपलाञ्चोक), पुस २९ । तीव्र गतिमा विकास भइरहेको मुलुकको सूचना, सञ्चार तथा प्रविधि (आइसिटी) लाई थप प्रभावकारी बनाउन लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपाल प्रविधि पत्रकार मञ्चको दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आइसिटीको क्षेत्रमा नेपाल धेरै अघि बढिसक्यो, आइसिटीको ट्रेन छुटिसक्यो यो लक्ष्यमा पुग्नेछ भने । अध्यक्ष झाले मुलुकका सबै क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विद्युतीय प्रशासनिक प्रणाली, शिक्षा, स्वास्थ्य, व्यापार आदिलाई ध्यानमा राखी काम अघि बढाइनाका साथै साइबर अपराध नियन्त्रणका लागि कार्ययोजना तयार भएको जानकारी दिए । अध्यक्ष झाले टेलिकम्युनिकेसन अपरेटरले फ्रिक्वेन्सी अनुमति लिएर काम नगरी ओगटेर बस्ने प्रविधि बढेको छ भन्दै फ्रिक्वेन्सी नीतिमा परिवर्तन गरी अर्को अपरेटर ल्याउन मोबाइल ब्रोडब्यान्ड ‘फोर जी’ का लागि ७०० र २,६०० मेगाहर्जको फ्रिक्वेन्सीमा लिलाम गरी सबैभन्दा बढी फ्रिक्वेन्सी तिर्नेलाई सञ्चालन अनुमति दिइने बताए । प्राधिकरणकै वरिष्ठ निर्देशक आनन्दराज खनालले नीतिगत सुधार गरी दूरसञ्चार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन लागिएको उल्लेख गरे । सूचना र दूरसञ्चार विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारको सहभागिता थियो । पत्रकार शिव गाउँले, प्राधिकरणका वरिष्ठ निर्देशक, प्रविधि क्षेत्रका विज्ञले प्रशिक्षण दिएका थिए । रासस (
जनयुद्धका उपलब्धि जोगाउन एक हुनुको बिकल्प छैन–प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, पुष १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प नभएको बताएका छन् । माओवादी केन्द्रका सांसद स्व. भक्तिप्रसाद पाण्डेको स्मृतिमा प्रकाशित पुस्तक ‘चाचा’ भक्तिप्रसाद पाण्डेको सङ्घर्ष यात्राको बिमोचन गर्दै प्रधानमन्त्रीले ऐतिहासिक उपलब्धि जोगाउन जनयुद्धकालीन शक्तिहरु एक हुनुको बिकल्प नभएको बताएका हुन् । पुस्तक बिमोचन गर्दै प्रधानमन्त्रीले भने– ‘जनयुद्धले गणतन्त्र त ल्यायो, नयाँ संविधान पनि आयो, संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता उपलब्धि पनि हासिल भए । तर, अहिले माओवादी शक्तिहरु केही कमजोर भएको देखेर यी उपलब्धिहरु उल्टाउन सकिन्छ कि भनेर कोशिस हुँदैछ । तसर्थ, जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन माओवादीका सबै धाराहरु एकतावद्ध हुनुको बिकल्प छैन ।’ कार्यक्रममा प्रधानमन्त्रीले सँग रहेका नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईप्रति इंगित गर्दै भने– ‘संविधान त बन्यो । तर, यसले मात्रै एउटा युगको प्रतिनिधित्व गर्दैनथ्यो । संविधान कार्यान्वयनको चुनौतिपूर्ण कार्यभार बाँकी नै थियो । हामी बहस गर्दै साझा निष्कर्षमा पुग्न सक्थ्यौं । तर, बाबुरामजी हतारिनुभयो । उनको बहिर्गमन अहिले पनि मलाई सामान्य लागेको छैन ।’ बिमोचन कार्यक्रममा प्रधानमन्त्रीले जतिसुकै कोशिस भएपछि २०४७ सालतिर फर्काउन नसकिने ठोकुवा गरे । प्रधानमन्त्रीले भने– ‘संविधान कार्यान्वयन नभए हाम्रो के जान्छ र ? २०४७ साल नै ठीक थियो भन्नेसम्मका छलफल चल्न थालेका छन् । तर, अब मुलूक २०४७ तिर जाँदैन, जाने २०७४ तिरै हो । तर, माओवादी आन्दोलन र नेतृत्व कमजोर भयो भने जनताको मनोभावनालाई अराजकतातिर लैजाने कोशिस हुन्छ । त्यसबाट मुलूकलाई बचाउन पनि हामी एकतावद्ध हुनैपर्छ ।’ कार्यक्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, भक्तिप्रसाद पाण्डेका पुत्र विश्वद्धीप पाण्डेले भक्तिप्रसाद पाण्डेको जीवन आदर्शपूर्ण जीवन भएकोमा जोड दिँदै नेपालको परिवर्तनको आन्दोलनमा उहाँले विशिष्ट भूमिका निर्वाह गरेको बताए ।
विद्युत् चोरी रोक्न सरकार आक्रमक
काठमाडौं, मंसीर २८ । विद्युतमा हुने गरेको चुहावट रोक्न सरकारले गम्भीर कदम चाल्ने निर्णय गरेको छ । सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा सिंहदरबारमा बसेको बैठकले विद्युत् चोरी र चुहावट रोक्न कठोर हुने निर्णय गरेको हो । प्रधानमन्त्रीसहित उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, मूख्य सचिव डा. सोमलाल सुवेदी, गृह सचिव, अर्थसचिव, उर्जा सचिव, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सुरक्षा निकायका प्रमूख एवं प्रतिनिधिहरुको उपस्थितिमा भएको बैठकमा विद्युत् चुहावट रोक्न कठोर कदम चाल्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्रीले विद्युत चोरी गर्नेहरुमाथि कठोर रुपमा प्रस्तुत हुन र कानुनको दायरामा ल्याउन निर्देशन दिए । प्रधानमन्त्रीले भने – ‘विद्युत् चुहावट र यसको चोरीले राज्यलाई अरबौंको भार पारेको छ । जनता अन्धकारमा बस्न बाध्य छन् । ठूलो मात्रामा विद्युत् चोरी गर्नेहरुमाथि अब कठोर कदम चाल्नुपर्छ, विद्युत् चोरीमा मिलेमतो गर्ने कर्मचारीलाई सामान्य रुपमा लिनु हुँदैन । त्यस्ता कर्मचारी र विद्युतको चारी गर्नेहरुलाई कार्वाही गर्न कानूनको समस्या छ भने भन्नुस्, सरकार कानून संशोधन र नयाँ व्यवस्थाका लागि तयार छ । तर, विद्युत् चोरी र चुहावट गम्भीरतापूर्वक रोकौं ।’ जलविद्युतको विकासले मात्रै आर्थिक समृद्धि सम्भव हुनेमा जोड दिँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘जलविद्युतको विकास राज्यको समृद्धिको सूचक हो । हामीले यसको महत्वलाई कहिल्यै पनि कम आँक्नु हुँदैन । तत्कालका लागि विद्युत चोरी, कमिसनको अन्त्य गर्न कदम चालौं । भविष्यमा विद्युतको विकासका लागि ठूला जलासययुक्त आयोजना अगाडि बढाउनेतिर सोचौं ।’ बैठकमा उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले मन्त्रालयले ३७ बूंदे प्रतिवद्धतासहित उर्जा संकट समाधानमा क्रियाशील भएको जानकारी दिए । मन्त्री शर्माले भने– ‘म मन्त्रीमा नियुक्त भएपछि उर्जा मन्त्रालयले ३७ बूंदे कार्ययोजना बनाएर अघि बढाएको छ । तत्कालका लागि विद्युत् चोरी रोक्ने र लोडसेडिङ अन्त्य गर्ने योजना कार्यान्वयन गर्दैछौं । तर, उर्जा संकटका लागि यति मात्रै पर्याप्त छैन, प्रशारण लाइन बिस्तार र ठूला जलासययुक्त आयोजनातिर गम्भीरतापूर्वक लागेर मात्र उर्जा संकट समाधान गर्न सकिन्छ । बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा २६ प्रतिशत विद्युत् चोरी हुने समस्या रहेको भन्दै प्राधिकरणले चोरीमाथि कठोर बन्दै लोडसेडिङ घटाउने र ठूला आयोजना समयमै सम्पन्न गर्नेतिर आफ्नो ध्यान केन्द्रित गरेको जानकारी गराए। बैठकमा प्रधानमन्त्रीले विद्युत् चोरी गर्नेहरुलाई निगरानीमा राखेर कार्वाही अगाडि बढाउन सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
रारा तालमा ढुङ्गा चढेर घुम्न पाइने !
काठमाडौँ, मङ्सिर १९ । ‘मनको माया हजुरको कहिले पाउने हो । हुम्ला, जुम्ला गढीमा कहिले जाने हो, डुङ्गा चढी रारा ताल कहिले घुम्ने हो ।’ कुन्ती मोक्तानले गाएको उक्त गीतको परिणाम ढिलै भएपनि आन्तरिक तथा बाह्य पर्यटकले अन्ततः तालमा डुङ्गा चढ्न पाउने भएका छन् । नेपाल सरकार कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घले मुगु जिल्लालाई ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ मा आबद्ध गरेपछि सर्वसाधारणलाई शुल्क लिएर रारा तालमा डुङ्गा चढ्न अनुमति दिइएको छ। जिल्लालाई पर्यटकीय गन्तव्य स्थानका रुपमा विकास गर्ने योजना अनुरुप पहिलोपटक सर्वसाधारणका लागि शुल्क लिएर डुङ्गा सञ्चालन गरिएको कार्यक्रम संयोजक दिलसुन्दर श्रेष्ठले बताएमका छन् । ओभीओपी कार्यक्रम मुगु जिल्लामा पाँच वर्षसम्म लागू हुन्छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र मुगुस्थित नेपाल उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समितिको कार्यालय र जिल्ला कृषि विकास कार्यालयको सहकार्यमा गत महिनादेखि तालमा डुङ्गा सञ्चालन गर्ने अनुमति प्रदान गरिएको हो । यसअघि तालमा शुल्क लिएर डुङ्गा चलाउन पाइँदैनथ्यो । अहिले तीनवटा डुङ्गा सञ्चालनमा आएका छन् । डुङ्गाबाट रारा ताल घुम्दा प्रतिडुङ्गा रु ७०० शुल्क तिर्नुपर्छ भने डुङ्गामा पाँचदेखि सात व्यक्ति बस्न सक्छन् । नेपाल सरकार कृषि विकास मन्त्रालय तथा नेउवा महासङ्घ÷कृषि उद्यम केन्द्रको सहकार्यमा आव २०६३÷६४ देखि सार्वजनिक निजी साझेदारी अवधारण अन्तर्गत एक गाउँ एक उत्पादन कार्यक्रम लागू भएको छ । हाल कर्णाली अञ्चलको मुगु जिल्ला सहित ३३ र ४३ नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । मुगु जिल्लालाई एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत पर्यटकीय जिल्लाका रुपमा विकास गर्ने उद्देश्य अनुरुप ताल्चा गाविसको कार्की वडा राराको मुर्मा, तिनाको झ्यारीमा होमस्टे सञ्चालनको अन्तिम तयारी भइरहेको छ । ओभिओपी कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन र बसोबासमा सुविधा दिने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याउन लागिएको कृषि उद्यम केन्द्रका संयोजक श्रेष्ठले बताएको छ। रारा ताल कर्णाली अञ्चलको मुगु जिल्लामा् अवस्थित छ । उक्त ताल नेपालको सबैभन्दा ठूलो हो । समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा छ । १०.८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको उक्त तालको लम्बाइ पाँच किलोमिटर र चौडाइ ३.२ किलोमिटर तथा गहिराइ १६७ मिटर छ । रारा राष्ट्रिय निकुञ्जमा कस्तुरी, रतुवा आदि वन्यजन्तु पाइन्छ । नेपालको राष्ट्रिय पक्षी डाँफे र अन्य चराचुरुङ्गी पनि पाइन्छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । राराताल आसपास क्षेत्रमा जेठदेखि असोज महिनामा विभिन्न फूलले ढाकिएको पाइन्छ । जसले रारा तालको दृश्यावलोकनलाई लोभ्याउँछ । राराको अर्को थप विशेषता विश्वको अन्यत्र नपाउने असला (हिमाली) माछा तालमा पाइन्छ । तालको पानीमा सैपाल हिमालको साथै सिस्ने र कन्जिरोवा हिमालको छायाँ देखिन्छ । सुर्खेत–जुम्ला मोटर बाटो खुलेपछि स्थल मार्गबाट रारा जान दुई दिन लाग्छ । हवाई मार्ग नेपालगन्जबाट ४५ मिनेटमा र तालचा विमानस्थलबाट दुई घन्टाको पैदल हिँडेर रारा ताल पुगिन्छ । अहिले दैनिक झन्डै एक सय आन्तरिक तथा बाह्रय पर्यटकले सो क्षेत्रको भ्रमण गर्ने गरेको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलबहादुर बुढाले बताएको छ । ओभिओपी कार्यक्रम लागू भएपश्चात् होमस्टे सञ्चालनमा गृहिणीको व्यस्तता, युवाले ट्रेकिङ, हाइकिङ तथा ओइटरको काम र स्थानीयस्तरमा पाइने खाद्यान्नको बिक्री वितरणबाट मुगुका किसानको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । कालीकोटको रातो मार्सीधान, जुम्ला, हुम्ला, डोल्पामा पाइने सिमी, आलु फापर र कोदो यहाँका किसानको मुख्य उत्पादन हो । सरकारले जुम्लादेखि रारासम्म जाने बाटोलाई कालोपत्रे गर्ने हो भन्ने पर्यटकको आगमनमा वृद्धि हुन्छ भने रोजगारीका लागि भारतको काला पहाडतर्फ जाने युवाको पलायन समेत रोकिन्छ, नेपाल उद्योग वाणिज्य महासङ्घ अञ्चल प्रतिनिधि नरवीर रावतले भनेका छन् ।
२३ जनाबाट करोड बढी ठगी गर्ने फरार पाेखरेल पक्राउ
काठमाडौं, मंसिर १६ । बैंकलाई नै ठगी गरी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करोडौं रकम ठगी गरी फरार रहेका नवलपरासी बर्दघाट नगरपालिका–६ बसाई सराई गरेका प्युठान तोर्वाङ–६ चिस्वाङका ३८ वर्षीय ईश्वरीप्रसाद पोख्रेललाई पक्राउ गरेको हो । उनलाई काठमाडौं महानगरपालिका कमलपोखरीबाट बिहिबार प्रहरीले पक्राउ गरेको जनाएको छ । २३ जनाबाट करोडबढी ठगी पोखरेलले सन्दीप दर्नाल, भिमबहादुर दर्जी, शान्ती राई समेत २३ जनालाई इजरायल पठाउने भन्दै १ करोड ५ लाख लिएका थिए । त्यस्तै, सुदीपराज पन्तलाई दक्षिण कोरिया पठाउने भन्दै ३ लाख लिएको, रोजन लामालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिने भनी २ लाख ५० हजार लिएर पोखरेल फरार रहेका थिए । उनी भारतको लखनउमा बस्दै आएको पीडितको जानकारीपछि महानगरीय अपराध महाशाखाको विशेष टोलीले खोजतलास गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गर्न सफल भएको हो । यस्ता छन् पोखलका कर्तुत २०६७ सालमा नबिल बैंक र किष्ट बैंकलाई ठगी गरेको मुद्दामा अदालतबाट २ वर्ष कैद र २ लाख २९ हजार रुपैयाँ जरीवाना फैसला भएको थियो । २०७२ सालमा बाँके जिल्ला अदालतबाट ठगी मुद्दा दर्ता भई पुर्पक्ष भइरहेको थियो । उनले धेरै व्यक्तिहरुलाई करोडौ ठगी गरे पश्चात अमेरिका जानको लागि प्रकृया गरिरहेको, विभिन्न बेरोजगार युवायुवतीलाई प्रलोभनमा पारी ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । हाल उनी भारत लखनउमा बस्दै मोटरपार्टस सप्लायर्स सम्बन्धी काममा संलग्न रहेको अनुसन्धानबाट खुलेको छ ।
६ वर्षदेखि यौन तालिम, ११ वर्षमा विवाह
यो संसारमा पनि विभिन्न अचम्मका कुराहरु सुन्नुपर्दछ । सामान्यतया ६–७ वर्षका बालबच्चाहरु भनेको पढ्ने, खेल्ने, रमाइलो गर्ने उमेरका मानिन्छन् । जसको शारीरिक तथा मानसिक पूर्णरुपमा विकास भइसकेको हुँदैन । यस्तो बेलामा आमाबुवाहरुले आफ्ना बालबच्चालाई पढ्न र खेल्नका लागि जोड दिएका हुन्छन् । तर, यहाँ पपुवा न्युगीनीको एक आदिवासी जनजाति समुदायमा ६–७ वर्षका बच्चाहरुलाई यौन शिक्षा र सम्बन्धका लागि शिक्षा र अनुमति दिइने गरिन्छ । ट्राबिएन्डर्स नामको यो समुदायमा ६ वर्षमा तालिम दिने र ११ वर्षको उमेर विवाह गरिदिने चलन रहेको छ । शारीरीक सम्बन्धका लागि बच्चाहरुलाई तालिम दिईने गरिएको छ भने जुन बच्चाहरुको बीचमा शारीरीक सम्बन्ध बनेको हुन्छ उनीहरुलाई नै विवाहको सहमति दिईन्छ । आपसी सहमतिमा बच्चाहरुले पार्टनर बदल्न पनि सक्छन् । यसरी सम्बन्ध बनेपछि उनीहरु धमाधम बच्चा जन्माउन थाल्दछन् १२ वर्षपछि नै । २० वर्षको उमेरमा उनीहरु ४–५ जना बच्चाको आमाबाबु बनिसकेका हुन्छन् । यसरी हुन्छ बिबाह विवाह हुनुपूर्व केटी केटाको घरमा गएर एकरात बस्छिन् । र बिहान आफ्नो घर फर्किनुपर्ने हुन्छ । तर त्यसअघि केटीकी आमाले दुवै जोडीका लागि खानेकुराहरु लिएर जान्छिन् र खुवाएपछि छोरी लिएर फिर्ता हुन्छिन् । विवाहपछि बच्चा जन्मियो भने केटीले बुबाको घर छाड्नै पर्ने हुन्छ । त्यो बेला केटीले चाहेमा अरु नै केटासगँ गएर बस्न सक्छिन् । त्यसैले यो समुदायलाई यस आईल्याण्डमा फ्रि लभ कम्युनिटि समेत भन्ने गरीन्छ । यो समुदायको संख्या करीब १२ हजार रहेको त्यहाँको सरकारले जनाएको छ । उनीहरुको भाषा पनि फरक रहेको छ ।
आर्थिक कूटनीति सरकारको प्राथमिकता : परराष्ट्रमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीति सरकारको प्राथमिकता रहेको बताएका छन् ।विदेशस्थित नेपाली राजदूत एवम् नियोग प्रमुखहरुलाई भर्चुअल माध्यमबाट बिहीबार सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले निर्यात विस्तार, पर्यटन प्रवर्द्धन तथा वैदेशिक रोजगारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न नेपाली राजदूतहरुलाई निर्देशन दिए । सरकारले आर्थिक कूटनीतिलाई समग्र कूटनीतिको प्राथमिकतामा राखेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले विदेशमा रहेका नेपाली श्रमिकहरुको पेशागत हकहित एवम् सुरक्षामा संवेदनशील भई काम गर्न विदेशस्थित नेपाली राजदूतको ध्यानाकर्षण गराए । वैदेशिक लगानी प्रतिबद्धता र प्राप्ति तथा वैदेशिक सहायता प्रतिवद्धता र प्राप्तिमा खाडल रहेको उल्लेख गर्दै उनले प्रतिबद्धता अनुसार लगानी र सहयोग प्राप्त गर्न विदेशस्थित कूटनीतिक नियोगहरु प्रभावकारी रुपमा परिचालित हुनुपर्ने बताए। सरकारले गत वैशाखमा गरेको तेस्रो लगानी सम्मेलनको स्मरण गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने —"सम्मेलनमा सहभागी लगानीकर्ताहरुसँग सम्पर्क बढाउने र नेपालमा भएका लगानीका सम्भावनाहरुलाई थप उजागर गर्न विदेशस्थित कूटनीतिक नियोगहरुले निरन्तर लाग्नुपर्ने हुन्छ।" मुलुकको आर्थिक–सामाजिक विकास गरी समृद्धि र विकास गर्ने सरकारको उद्देश्यअनुरुप पराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धको सञ्चालन भएको अवस्थाबारे पनि उनले स्पष्ट पारे। विदेशमा रहेका राजदूतावासका लागि सरकारले आफ्नो क्षमताअनुसार लगानी गरेको बताउँदै उनले भने, “नेपालका निर्यात योग्य वस्तुहरुको अन्तर्राष्ट्रिय बजार पहचान गर्न, सम्भाव्य लगानीकर्ताहरुलाई नेपालमा बढीभन्दा बढी लगानी गर्न अभिप्रेरित गर्दै नेपाललाई आकर्षक लगानी गन्तव्यका रुपमा स्थापित गर्न तथा प्राथमिक पर्यटन गन्तव्यका रुपमा विश्वमा नेपालको प्रचार र प्रवर्द्धन गर्ने कार्यमा सक्रिय रहन म यहाँहरुलाई आग्रह गर्दछु ।”