३ करोडको अक्सिजन प्लान्ट बिग्रियो २ दिनमै
सुनसरी, चैत २५ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट खरिदमा अनियमितताको आंशका गरिएको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले अक्सिजन प्लान्ट खरिदमा कमिसनको चलखेल भएर कमसल र सेकेन्ड ह्यान्ड उपकरण जडान गरेको देखिएकाले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा छानबिन र कारबाहीका लागि उजुरी दिने तयारी गरेको जानकारी दिए ।
प्रतिष्ठानका अनुसार ३ करोड २४ लाख रुपैयाँ लगानी गरेर गत माघ २४ मा जडान गरिएको अक्सिजन प्लान्टले आधा मात्र उत्पादन गर्छ । जडान गरेको दुई दिनमै प्लान्टको एउटा जेनरेटर बिग्रिएको थियो । प्लान्टले उत्पादन गर्ने अक्सिजनको शुद्धता पनि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप छैन ।
प्रतिष्ठानमा अक्सिजन प्लान्ट जडान गर्न तत्कालीन उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासका पालामा २०७३ वैशाख २९ गते टेन्डर खोलिएको थियो । काठमाडौं बस्ने विज्ञान अर्यालको डाइग्नोकेन इन्टरनेसनल प्रालिले अक्सिजन प्लान्टको टेन्डर पारेका थिए । उनले २०७५ भदौ ८ सम्म प्लान्टको सामान झारेका थिएनन् । डाइग्नोकेन प्रालिलाई प्लान्टको शतप्रतिशत भुक्तानी भने दिइसकिएको थियो ।
दासपछि आएका उपकुलपति प्रा।डा। राजकुमार रौनियार र अस्पताल निर्देशक प्रा.डा. साहले प्रतिष्ठानमा नयाँ अक्सिजन प्लान्ट जडानका लागि अघिल्ला पदाधिकारीले शतप्रतिशत रकम दिइसकेको थाहा पाएपछि डाइग्नोकेन र भारतको युनिसी इन्डिया कम्पनीलाई अक्सिजन प्लान्टका उपकरण ल्याइदिन र जडान गर्न दर्जन पटक पत्राचार गरेका थिए । कालोसूचीमा राखेर कारबाही प्रक्रिया चलाउने चेतावनी दिएपछि एक वर्षअघि डाइग्नोकेनले सामान झारेर चउरमा छाडेको थियो ।
अक्सिजन प्लान्ट जडान गर्न डाइग्नोकेन नआएपछि युनिसी इन्डिया कम्पनीका इन्जिनियर नरेन्द्र पाल आएर दुई महिनासम्म बसी गत माघ २४ गते जडान पूरा गरेका थिए । प्लान्ट जडान गरेको दुई दिनमै बिग्रिएपछि इन्जिनियर पाल भागेका थिए ।
कमिसनका कारण मूल्यांकन समितिका मुख्य इन्जिनियर राहुल मिश्रले स्पेसिफिकेसनअनुसार अक्सिजन प्लान्ट भए नभएको विषयमा बेवास्ता गर्दा ३ करोड २४ लाख डुबेको हो । प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. साहले भने, ‘अघिल्लो पदाधिकारीले शतप्रतिशत भुक्तानी गरेर ल्याइएको अक्सिजन प्लान्टका नेपाली एजेन्ट विज्ञान अर्यालको डाइग्नोकेन र भारतीय एजेन्ट युनिसी इन्डियाका गुल्सन वर्मा दुवैले ठगेको देखियो । कमिसनको चक्करमा प्रतिष्ठानको सवा ३ करोड बालुवामा पानी खन्याए जस्तो भो ।’
प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. साहले १६ सय लिटर प्रतिमिनेट अक्सिजन उत्पादन गर्छ भनेर अघिल्ला पदाधिकारी र मूल्यांकन समितिका इन्जिनियरले भनेको आधारमा प्लान्ट झारिए पनि उत्पादन आधा पनि मुस्किलले गरिरहेको बताए । ‘भुक्तानी भइसकेकाले अंकुश लगाउने ठाउँसमेत छैन,’ उनले भने ।
अक्सिजन प्लान्टसम्बन्धी जानकार सिद्ध आरआर प्रालिले अक्सिजन प्लान्ट खरिद गर्न चारबुँदे सुझावसमेत दिएको थियो । आरआरले प्लान्टको मुख्य उपकरण जीओलाइटको वारेन्टी १५ वर्षको हुनुपर्ने, अक्सिजनको शुद्धता ९५ प्रतिशत हुनुपर्नेलगायत सुझाव दिएको थियो । तर मूल्यांकन समिति र प्रतिष्ठानका पदाधिकारीहरूले ती सुझावलाई बेवास्ता गरिएको थियो ।प्रतिष्ठानका बायो मेडिकल इन्जिनियर प्रदीपराज साहले भने, ‘सामान्यतया विश्वव्यापी स्ट्यान्डर्डअनुसार प्लान्टबाट ९२ देखि ९६ प्रतिशत शुद्ध अक्सिजन उत्पादन हुनुपर्छ तर युनिसी र डाइग्नोकेनले उपलब्ध गराएको प्लान्टले ८० प्रतिशतमात्र शुद्ध अक्सिजन उत्पादन गर्न सकेको छ ।’
युनिसी इन्डिया कम्पनी अक्सिजन प्लान्ट निर्माण गर्ने कम्पनी नभए पनि डेढ दशकदेखि प्रतिष्ठानको अक्सिजन प्लान्ट मर्मतसम्भार गर्ने नाममा वार्षिक १० लाख भारु असुल गर्दै आएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
परपुरुषसँग सम्बन्ध रहेको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या, हत्यापछि प्रेमिकालाई एसएमएस
बुटवल, माघ ६ । नवलपरासीमा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । जिल्लाको वर्दघाट नगरपालिका–२ का न सुनिल चौधरीले श्रीमतीको हत्या गरेका हुन् । उनकी श्रीमती २१ वर्षीया कमला चौधरीको शव शनिबार नवलपरासीको चिसापानी जंगलमा फेला परेको थियो । शव फेला परेलगत्तै प्रहरीले गरेको अनुसन्धानमा प्रेमिकालाई सूचना दिँदै कमलले आफ्नी श्रीमतीको हत्या गरेको रहस्य खुलेको हो । सुनिलले पनि आफूले श्रीमतीको हत्या गरेको स्वीकार गरिसकेको नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘अनुसन्धान पछि श्रीमतिको अर्कै पुरुषसँग प्रेम सम्बन्ध रहेको आशंकामा श्रीमान्ले हत्या गरेको स्वीकार गरेको छ । साथै श्रीमानको पनि अर्की महिलासँग प्रेमसम्बन्ध रहेको खुलेको छ ।’ उनका श्रीमान सुनिल विदेश श्रीमान भएकी अर्की एक महिलासँग प्रेम सम्वन्ध राख्दै आएका थिए । श्रीमतीको हत्या गरे पछि ती महिलालाई ‘मैले मेरी बुढी मारेँ’ भन्ने सूचना मोवाइलमा एसएमएसमा पठाएका थिए । त्यही एसएमएसको आधारमा ती महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएएको प्रहरी निरीक्षक सिंहले बताए । ‘चिसापानी जङ्गलदेखि तल खोल्सामा श्रीमतिको शव लुकाउन भन्दै फालिएको देखिन्छ’– सिंहले भने, ‘तल खोल्सामा नखसेर डिलमा शव अडिएपछि सेउलाले ढाकिएको पाइयो । कसैले बलात्कार गरेर फालेको भन्ने पार्न र आफू बच्न निजको पतिले उनका भित्री बस्त्र फुकालेर फाल्दै र घाँटी निमोठ्दै मारेको स्वीकार गरेका छन् ।’ बुहारीको शव लुकाउन ससुरालेसमेत भूमिका खेलेको पाइएपछि उनलाईसमेत नियन्त्रणमा लिई अनुसन्धान भई रहेको प्रहरी निरीक्षक सिंहले बताए । श्रीमान सुनिलसँग सम्बन्ध रहेको भनेकी ती महिलाले भने आफू र सुनिलबीच प्रेम सम्बन्ध नरहेको प्रहरीसामु बताएकी छिन् । यद्यपि, उनले आफूलाई ‘श्रीमतिको बानी–व्यवहार ठीक नभएको’ भन्ने गरेको ती महिलाको बयान छ ।
ब्लडमनि तिर्न नसक्दा साउदी जेलमा रहेका थानेश्वर जेल मुक्त,केहि दिनमा नेपाल पठाइने
साउदी, जेठ १४ । ब्लडमनि बापतको रकम तिर्न नसक्दा बिगत ४ बर्ष देखि साउदी अरबको जेलमा रहेका मध्यविन्दु नगरपालिका ८ नवलपरासीका थानेश्वर भुसाल सोमबार जेल मुक्त भएका छन् । उनलाई छुटाउनका लागि थालिएको रकम संकलन अभियानबाट माग गरिएको ब्लड मनि रकम पूरा गरि बुझाएपछी ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका भुसाललाई अदालतले रिहा गरेको प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले जानकारी दिएको छ। कसरी परे भुसाल जेल ? रोजगारीका लागि ५ बर्ष अघि साउदी पुगेका भुसाल साउदी स्थित एक कम्पनीमा कार्यरत थिए । कम्पनी मालीकले गाडी चलाउँदै गर लाईसेन्स् आउँदै गर्छ भनेपछि मालीकको कुरा काट्न नसकी थानेश्वर भुसाल बिना लाईसेन्स् गाडी चलाईरहे । अचानक एक दिन उनले चलाएको गाडीलाई पछाडीबाट अर्को गाडिले ठक्कर दियो।दुर्घटनामा उनको अगाडी र पछाडीको गाडीमा सवार साउदी नागरिक र भारतीय नागरिकको घट्ना स्थलमै मृत्यु भयो भने उनी आफै गम्भीर घाईते भए । साउदी अरबको ट्राफिक नियम अनुसार बिना लाईसेन्स् गाडि चलाउदा उनी फन्दामा परे । थानेश्वर भुसाल लामो समय देखि साउदीको जेलमा नरकीय जीवन बिताईरहेका थिए । साउदी सरकारको जेद्दा स्थित प्राइभेट राइट न्यायलयले भुसाल र भारतीय नागरिकलाई बराबर दोषी ठहर गर्दै मृतक साउदी नागरिकका परिवारलाई बल्ड मनी बापत १ लाख ५० हजार साउदी रियाल तिर्नुपर्ने फैसला सुनाएको थियो। २०६७ असोज ६ गते साउदी गएका भुसाल २०६९ साल जेठ २६ गते दुर्घटनामा परेका थिए। यसरी भुसाल जेल परेपछि परिवारले जीवन रक्षा गरिदिन सबैलाई अपिल गरेसँगै देश विदेशबाट थानेस्वर भुसाल बचाउ अभियान तीब्र रूपमा चलाउदै आवश्यक रकमको लागि आर्थिक सहयोग सङ्कलन सुरु गरिएको थियो । भुसाललाई बचाउन विभिन्न देशका एनआरएनएका शाखासहित विदेशमा रहेका नेपाली कामदारले सहयोग गरेका हुन् । साउदी अरेबियासहित कुवेत, युएई, अस्ट्रेलिया, मलेसिया, कोरिया लगायतका देशबाट पनि ब्लड मनी संकलन भएको थियो। यस्तै भुसाल बचाउ अभियानमा गैर आवसिय नेपाली संघ (एनआरएनए )ले १२ लाख ५० हजार नेपाली रुपैयाँ सहयोग गरेको थियोे। भुसाललाई जेलबाट छुटेपछि जेद्दास्थित महावाणिज्य दूतावासमा ल्याएको पिएनसिसीले जनाएको छ। उनलाई डिपोर्टेसन सेन्टरमा पठाएर नेपाल फर्काउने तयारी हुँदै गरेको जेद्दास्थित महावाणिज्य दूतावासले जानकारी दिएको छ।
यी घरेलु विधि अपनाउनुस् र लामखुट्टे भगानुस्
गर्मी र वर्षायाममात्रै होइन पछिल्ला वर्षमा जाडो याममा पनि लामखुट्टेको विगविगी झन बढेको छ । गर्मी याम शुरु भएसँगैं लामखुट्टेको प्रकोप शुरु भइसकेको छ । आधिकांश रोग लामखुट्टेको टोकाइबाट हुने चिकित्सकहरु बताउँछन् । यसै सन्दर्भमा कसरी धरेले विधिबाट लामखुट्टेबाट बच्ने त ? यसबारेमा यहाँ जानकारी गराउदै छौंः ल्वाङ र नरिवलको तेल ल्वाङको तेलको बासनाले लामखुट्टे भाग्दछ । त्यसैले नरिवलको तेलमा ल्वाङको तेल मिसाएर शरीरमा लगाउँनुस् । यति भएपछि लामखुट्टेले तपाईलाई टोक्दैन । ल्वाङ र नरिवलको तेलको मिश्रणले अचूक औषधिको काम गर्दछ । हजारीको फूलको बासना हजारीको फूलको बासनाले घरको रौनक नै अर्कौ बनाइ दिन्छ । हजारीको फूललाई घरमा लगाउनुस् । हजारी फूलको बासनाले घरबाट लामख्ट्टे भगाउनु ठूलो मद्दत गर्दछ । यसले तपाईको घर सुगन्धीत हुन्छ र लामखुट्टे पनि आृँदैनन् । कपूरको धुवाँ लामखुट्टेबाट बच्न कपूरको पनि प्रयोग गर्न सकिन्छ । कपूरको दाना बालेर कोठामा राखेमा लामखुट्टे आउँदैन वा कपूरको धुवाँको बासनाले लामखुट्टे भाग्दछन् । यो लामखुट्टे भगाउनु सबैभन्दा सस्तो र सजिलो तरिका हो । कागतीको रस घरमा लामखुट्टे भगाउन प्रयोग गरिने लिक्विडको रिफिलमा कागतीको रस हालेर प्रयोग गर्दा यो अझै प्रभावकारी हुन्छ । यस्तो मिश्रणले कोठामा भएका सबै लामखुट्टे मर्दछन् । यसको प्रयोग सातामा दुई पटकसम्म गरे राम्रो मानिन्छ । तपाईले चाहानु भयो भने नीलगिरीको तेलमा कागतीको रस मिसाएर हात–खुट्टामा लगाउन पनि सक्नुहुन्छ । नीमको प्रयोग नीमको पात बालेर घरमा धुवाँ बनाएर पनि लामखुट्टे भगाउन वा हटाउन सकिन्छ । सातामा एक पटक घरमा नीमको धुवाँ बनाउनुस् । जसले घरमा भएका सबै लामखुट्टे मर्दछन् । लामखुट्टेका साथै अन्य किराहरु पनि मछैन । तर घरमा कसैलाई श्वासप्रश्वास सम्बन्धी समस्या छ भने सवधानी अपनाउनु भने नभुल्नुस् ।
करीब एक कराेड ब्लडमनि बुझाएर स्वदेश फर्किदै लाेकेश
युएई । युएईमा ब्लडमनी सम्बन्धी मुद्दाका कारण ४ बर्षसम्म नेपाल फर्किन नपाएका झापाको लोकेश खतिवडा सजाय मुक्त भएका छन । बीमा कम्पनीले तिर्नुपर्ने ब्लडमनी अन्तर्गत ३ लाख २० हजार २०९ दिराम अर्थात झन्डै एक करोड रुपैयाँ तिरेपछि लोकेशको मुद्दा टुंगिएको नेपाली दूतावास युएईले जनाएको छ । सन् २०१७ को मार्चमा आबुधाबीको एक अदालतले गरेको फैसला अनुसार भारतीय परिवारलाई झण्डै एक करोड ब्लड मनी तिर्नुपर्ने थियो । उक्त रकम तिर्न नसक्दा लोकेश स्वदेश फर्किन पाएका थिएनन । डेसर्ट म्यान कार्गो क्लियरिङ एण्ड फरवार्डिङ कम्पनीमा कार्यरत रहेका लोकेश सन् २०१४ को जुन ८ मा अबुधाबी मुसाफाबाट साउदी सीमा बदिनाजायद क्षेत्रमा सामान लिएर जाने क्रममा उनले चलाएको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक भारतीय नागरिकको ज्यान गएपछि अदालतले ब्लड मनिको फैसला सुनाएको थियो । ब्लड मनि रकम बिमा कम्पनीले भुक्तानी गर्नुपर्ने भएपनि बिमा कम्पनीले लामो समयसम्म कुनै चासो नदेखाए पछि दुर्घटनामा आफै घाइते भएका लोकेश बिगत चार बर्षदेखि युएईमा कष्टकर जीवन बिताउदै आएका थिए । दुर्घटनामा घाइते भएका लोकेशको रोग बल्झिएको र मुद्दा अल्झिएको भन्दै केहि समय अघिबाट दुतावासका कार्यबाहक राजदुत सागरप्रसाद फुँयालको सक्रियतामा लोकेशको मुद्दा अगाडि बढेको थियो । दूतावासको पहलमा बिमा कम्पनीले तोकिएको ब्लड मनि बुझाए पछि लोकेश मुद्दा टुंगिएको छ । मुद्दा टुंगिएसँगै लोकेश अव स्वदेश फर्कन सक्ने नेपाली दूतावास युएईले जनाएकोछ ।
कहिले अन्त्य होला त लागुऔषध र आतंकवाद ?
काठमाडौँ । सार्क क्षेत्रको लागुऔषध र आतंकवाद नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक रहेको छ । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको एघारौँ सार्क सुरक्षाकर्मी बैठक तथा छैटौँ सार्क लागूऔषध तथा आतंकवाद अनुगमन डेक्सको बैठकमा गृहसचिव प्रेमकुमार राईले कुनै पनि एक देशले मात्र लागुऔषध र आतंकवाद समस्या समाधान गर्न नसक्ने बताउनुभयो । “स्थायित्व र विकासका लागि सबै सँगसँगै मिलेर अगाडि बढौँ,”– उहाँले भन्नुभयो । उहाँले लागुऔषध र आतंकवादसम्बन्धी बनेको ऐन कानूनलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । सार्कका महासचिव अमजद हुसेन बी सियालले सार्क क्षेत्रको सुरक्षाका लागि बैठकले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सामूहिक सुरक्षा चुनौतीलाई समाधान गर्न सामूहिक प्रयासको खाँचो रहेको औँल्याउनुभयो । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले सार्क क्षेत्रको शान्ति र सुरक्षाका लागि नेपाल प्रहरीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । शान्ति सुरक्षा र दिगो विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । हिजो र आज चलेको बैठकमा सार्क क्षेत्रको आतंकवाद, लागुऔषध र सुरक्षाबारे श्रीलंकाले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल हुने र निष्कर्ष निकाल्ने गृह मन्त्रालयका उपसचिव मुनका न्यौपानेले जानकारी दिनुभयो । बैठकमा नेपालबाट १२, भारत चार, श्रीलंका तीन, बंगलादेश दुई, मालल्भिस दुई, पाकिस्तान एक, र भुटानका एक प्रतिनिधिको सहभागिता रहेको छ । रासस
परीक्षार्थीहरुका लागि तयार पारेका वस्तुगत तथा विषयगत सम्बन्धित प्रश्नोत्तर
लोकसेवा परीक्षा तयारी गरिरहेका परीक्षार्थीहरुको लागि लोकसेवा आयोगद्वारा तयार पारिएका सम्भावित केही वस्तुगत र विषयगत प्रश्नोत्तरुहरु तयार गरेका छन् । अध्ययनमा अझै तीव्रता दिनका लागि लोकसेवाले विभिन्न किसिमका वस्तुगत र विषयगत प्रश्नोत्तरका सामाग्रीहरु यसरी तयार पारी परीक्षार्थीहरुका सामु ल्याएका छन् । हेर्नुहोस् केही प्रश्नोत्तरु– वस्तुगत प्रश्नोत्तर १. वि.सं. २०७४ पुसमा घोषणा गरिएको बालमैत्री वडा कुन हो ? – राकम कर्णाली (दैलेखको आठ गाबिस नपा–४) – बालमैत्री वडा घोषणासँगै राकम कर्णाली नेपालकै दोस्रो र दैलेख जिल्लाको पहिलो बालमैत्री वडा हुन सफल भएकोे । – स्थानीय तह सञ्चालन ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०४८ र नियमावली २०५१, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ सँगै बालमैत्री स्थानीय तह घोषणा कार्यविधि, २०७० मा व्यवस्था भए बमोजिमका विभिन्न ३९ वटा सूचक पूरा गरे बापत राकम कर्णालीलाई बालमैत्री वडा घोषणा गरिएको । २. साहित्यकार प्रेमा शाहको निधन कहिले भएको हो ? – वि.सं. २०७४ पुस ६ ३. मैथिली भाषाको राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा पहिचान, विस्तार, संरक्षण एवम् सम्बद्र्धन गर्ने उद्देश्यका साथ १५ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? – वि.सं. २०७४ पुस ७–८, सप्तरीको राजविराज ४. तिम्रो सोचले जीवनको उचाई निर्धारत गर्छ भन्ने विचारक को हुन् ? – इडविन लुइसकोल ५. नेपालमा वन्यजन्तुको डीएनए परीक्षणको सुरुवात कहाँ गरिएको छ ? – खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला – विधि विज्ञान प्रयोगशालामा मानवका डीएनए परीक्षणको सुरुवात यसअघि नै सुरु भइसकेको । – एउटै प्रयोगशालामा मानव तथा वन्यजन्तुको डीएनए परीक्षण गर्ने दक्षिण एसियामै यो पहिलो प्रयोगशाला भएको बताइएको । ६. महिला र पुरुषबीच समानता कायम गर्न सार्वजनिक साधनस्रोतको न्यायोचित विनियोजन गर्ने प्रकृतिको बजेटलाई के भनी चिनिन्छ ? – लैङ्गीक बजेट – नेपालमा आव २०६४–६५ देखि लैङ्गिकबजेट लागू गरिएको – महिला र पुरुाष्बीच समानता कायम गर्न सहयोग पुर्याउनु, बजेट कार्यक्रम र आयोजनाबाट महिलाको क्षमता अभिवृद्धि गर्नु, महिला र पुरुषका भिन्न–भिन्न आवश्यकतालाई भिन्न–भिन्न प्रकारले सम्बोधन गर्नु, आयोजना चक्रका सबै प्रक्रियामा महिलाको सक्रिय एवम् सार्थक सहभागिता गराउनु, लाभको बाँडफाँडमा महिलाको हिस्सा वृद्धि गर्नु, सार्वजनिक स्रोतसाधनको न्यायोचित वितरण गर्नु लैङ्गित बजेटको उद्देश्य रहेको । ७. वरिष्ठ सङ्गीतकार चन्द्रराज शर्माको निधन कहिले भएको हो ? – वि.सं. २०७४ पुस ६ (हामी नदीका दुई किनारा हाम्रो सङ्गम असम्भव छ, मनमा माया तनमा माया, मेरो माल मलाई फर्काइ दे बाबु, ए मेरी मुना नभन त्यसो जूनमा फुलेकी लगायतका गीतमा सङ्गीत भरेका शर्मा वि.सं. १९९६ फागुन २७ मा काठमाडौंको डिल्लीबजारमा जन्मेका ।) ८. नदीमा सुन चाल्ने र माछा मारेर जीविका चलाउँदै आएका सोनाहा जातिको मुख्य बसोबास कहाँ रहेको छ ? – बर्दिया, कैलाली र कञ्चनपुर (झण्डै १२ सय ४० को सङ्ख्यामा रहेको सोनाहा जाति सूचीकृत नहुँदा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित भएको) ९. जगदीश घिमिरे प्रतिष्ठानले जगदीश घिमिरे स्मृति पुरस्कार पहिलो पटक कसलाई प्रदान गर्ने निर्णय गर्यो ? – साहित्यकार मनु ब्राजाकी (पुरस्कार राशिः रु ५१ हजार) १०. सरकारले २०७४ पुस ५ मा सार्वजनिक बहुआयामिक गरिबी सूचकाङ्क (एमपीआई) अनुसार नेपालमा गरिबको सङ्ख्या कति रहेको उल्लेख छ ? – २८.६२ प्रतिशत – स्वास्थ्य, शिक्षा र जीवन स्तरसँग सम्बन्धित विभिन्न १० सूचकको अध्ययनको आधारमा सो प्रतिवेदन तयार पारिएको । – राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको बहुआयामिक गरिबीको क्षेत्रमा अनुसन्धान गरिरहेको संस्था अक्सफोर्ड पोभर्टी एन्ड ह्युमन डेभलपमेन्ट इनिसिएटिभ (ओपीएचआई) सहकार्यमा । – प्रतिवेदनले अघिल्ला सूचकाङ्कलाई पनि बहुआयामिकगरिबी सूचकाङ्कका आधारमा रुपान्तरित गर्दा नेपालको गरिबी अवस्थामा सुधार आएको देखाएको । प्रतिवेदन अनुसार सन् २००६ मा ०.३१३ अङ्कबाट घटेर २०११ म ०.१८६ हुँदै २०१४ मा ०.१२७ मा गरिबी सूचकाङ्क पुगेको उल्लेख । – प्रदेशअनुसार ६ नं. प्रदेशमा सबैभन्दा धेरै गरिब रहेको पाइएको । सो प्रदेशको एमपीआई सूचकाङ्क ०.२३० रहेको । त्यस्तै प्रदेश ६ पछि प्रदेश नम्बर दुई ०.२१७ एमपीआईसहित सबैभन्दा धेरै गरिबी रहेको प्रदेशको दोस्रो स्थानमा रहेको । – प्रदेश नम्बर सात ०.१४६, प्रदेश पाँच ०.१३३, प्रदेश एक ०.०८५, प्रदेश चार ०.०६१, प्रदेश नम्बर तीन ०.०५१ एमपीआईसहित क्रमशः पाँचौँदेखि पहिलो स्थानमा रहेका । – सूचकाङ्कले शून्यदेखि ९ वर्ष उमेर समूहका बालबालिका सबैभन्दा गरिब समूहमा परेको र तीमध्ये ४१.६ प्रतिशत बालबालिका बहुआयामिक गरिबीमा रहेको पुष्टि गरेको । – १३ औँ आवधिक योजनामा गरिबीको रेखामुनि रहको जनसङ्ख्या २१ प्रतिशत रहेको तर यस प्रतिवेदन अनुसार उक्त जनसङ्ख्या २१ प्रतिशत रहेको तर यस प्रतिवेदन अनुसार उक्त जनसङ्ख्यालाई १७ प्रतिशतमा झार्ने १४ औँ आवधिक योजनाको लक्ष्य पूरा गर्न कठिन देखिएको । विषयगत प्रश्नोत्तर १. नेपालको संविधानमा थप भएका मौलिक हक के–के हुन् ? उल्लेख गर्नुहोस् । नेपालको संविधान ९२०७२० को धारा १६ देखि धारा ४६ सम्म ३१ वटा मौलिक हकको व्यवस्था छ । नेपालको अन्तरिम संविधान, २०६३ मा २१ वटा मौलिक हकको व्यवस्था थियो । यसरी हेर्दा वर्तमान नेपालको संविधानमा १० वटा मौलिक हक थप भएका छन् तर संविधानमा सातवटा मात्र नयाँ मौलिक हक थप भएका छन् भने बाँकी तीनवटा मौलिक हक परिमार्जन गरेर थप भएका छन् । जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः पूर्णरुपमा थप भएका मौलिक हकः – सम्मानपूर्वक बाँच्न पाउने हक धारा १६ – अपराध पीडितको हक धारा २१ – खाद्य सम्बन्धी हक धारा ३६ – आवासको हक धारा ३७ – दलितको हक धारा ४० – ज्येष्ठ नागरिकको हक धारा ४१ – उपभोक्ताको हक धारा ४४ परिमार्जन गरेर थप भएका मौलिक हक – भाषा तथा संस्कृतिको हक धारा ३२ – स्वास्थ्य सम्बन्धी हक धारा ३५ – सामाजिक सुरक्षाको हक धारा ४३ २. वाणिज्य बैङ्क भनेको के हो ? वाणिज्य बैङ्कका उद्देश्य लेख्नुहोस् । सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्ने, भुक्तानी गर्ने, कर्जा प्रदान गर्ने, मौद्रिक नीति कार्यान्वयन गर्ने जस्ता कार्य गरी मुलुकको आर्थिक विकासमा सहयोग गर्ने बैङ्क भनिन्छ । यसको उद्देश्य मुनाफा आर्जन गर्नु हुन्छ । यो केन्द्रीय बैङ्कबाट अनुमति लिई स्थापना हुन्छ । वाणिज्य बैंकका उद्देश्य – निक्षेप स्वीकार गर्नु, – कर्जा प्रदान गर्नु, – मुनाफा आर्जन गर्नु, – मौद्रिक नीति कार्यान्वयन गर्नु, – आर्थिक विकासमा सहयोग गर्नु, – आधुनिक बैङ्किङ सेवा उपलव्ध गराउनु, ३. उपभोक्ता हित संरक्षण गर्न विक्रेताले के–कस्ता विषयमा ध्यान दिनुपर्दछ ? लेख्नुहोस् । एपभोक्त हित संरक्षण गर्न बिक्रेताले दोहायका विषयमा ध्यान दिनुपर्दछः – थोक वा खुद्रा बिक्रेताले अनिवार्य बिक्री बिल दिने, – उपभोग्य मिति उल्लेख नभएका वस्तु आयात नगर्ने, – उत्पादन वा आयात भएका वस्तुमा नेपाली वा अङ्ग्रेजी भाषामा स्पष्ट बुझिने लेबल राख्ने, – उपभोग्य मिति समाप्त भएका कैफियत देखिएका वस्तु थोक वा खुद्रा बिक्रेताबाट फिर्ता लिने वा नष्ट गर्ने व्यवस्था गर्ने, – उत्पादन मिति, उपभोग्य मिति, मूल्य, तौल आदिमा केरमेट नगर्ने, नगराउने । एजेन्सीको सहयोगबाट साभार
‘बोक्सी’ आरोपमा शिक्षिका पनि कुटिइन्, जोखाना हेर्ने जमातमा पत्रकार !
कैलाली, फागुन २८ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ५ स्थित देउकलियाकी छात्रा राधा चौधरीमाथि ७ घण्टा निर्घात कुटपिट हुँदा गाउँलेहरुले रमिता हेरे, ताली पड्काए । तर, यति लामो यातना दिइँदा राधाका बुबाआमा र परिवारजन कहाँ थिए ? राधामाथि कुटपिट भइरहेको भिडियो कसले खिच्यो ? जुन भिडियोकै कारण राधाले न्याय पाइन् र अपराधीमाथि कारवाहीका लागि दबाव सम्भव भयो । बोक्सीको आरोपमा राधामाथि भएको कुटपिटबारे खोजतलास गर्दै जाँदा घटनाका अनेकन पहेली बाहिर आउन थालेका छन् । राधामाथि कुटपिट भएकै दिन बोक्सीकै आरोपमा एक जना शिक्षिकामाथि समेत कुटपिट भएको तथ्य फेला परेको छ । झाँक्री रामबहादुरसँग जोखाना हेराउन एकजना पत्रकारसमेत आफ्नी आमालाई लिएर घटनास्थलमा पुगेको अर्को तथ्य खुलेको छ । जब पत्रकार नै जोखाना हेराउन पुगे कैलालीका बालकृष्ण चौधरी पेशाले इञ्जिनियर हुन् । उनी क्लासिटेकमा काम गर्छन् । उनी इञ्जिनियरका साथसाथै पत्रकार पनि हुन् । उनी थारु भाषाको अनलाइन चलाउँछन्- थारुनके डटकम । गत विहीबार इञ्जिनियर/पत्रकार चौधरीकाे घोडाघोडी रेडियोमा कार्यरत अर्का एकजना पत्रकार साथीसँग भेट भयो । ती पत्रकार आफ्नी बिरामी आमालाई उपचार गराउनका लागि देउकलियास्थित झाँक्री रामबहादुर चौधरीको घरमा जान लागेका रहेछन् । शिवरात्रीदेखि नै देउकलियामा रामबहादुर भोलेबाबाजीमा साक्षात शिव उत्रिएको सुनेपछि आफू आमालाई लिएर जोखाना हेराउन जान लागेको ती पत्रकार मित्रले बालकृष्णलाई बताए । र, उनलाई पनि भोलेबाबा हेर्न जान आग्रह गरे । बालकृष्णले रेडियो पत्रकार मित्रको आग्रहलाई टार्न सकेनन् र उनै आमाछोरासँग नगरपालिकाबाट ४/५ किलोमिटर टाढा पर्ने झाँक्री रामबहादुर चौधरीको घरतिर लागे । रिपोटिङका लागि नभई बिरामी आमाको उपचार गर्ने र भोलेबाबाको ‘दर्शन’ पनि गर्ने उद्देश्यले पत्रकारहरु रामबहादुरको घरमा पुग्दा त्यहाँ राधा चौधरीमाथि निर्घात कुटपिट भइरहेको थियो । ठूलो भिडले यो दृश्य हेरिरहेको थियो । त्यही दर्शकको भीडमा पत्रकार पनि मिसिए । राधामाथि कुटपिट भइरहँदा केही मानिसहरु आ-आफ्नो मोबाइलबाट भिडियो खिचिरहेका थिए । भिडियो खिच्नेलाई देखेपछि झाँक्री रामबहादुर चौधरी भन्थे- ‘म भोलेबाबा शिवजी हुँ, तिमीहरुले खिचेको भिडियो म मोबाइलभित्रै गायव बनाइदिन सक्छु ।’ पत्रकार साथी र उनकी आमासँग जानेक्रममा आफूहरु घटनास्थलमा करिब आधा घण्टाजति बसेर फर्केको बालकृष्ण चौधरीले अनलाइनखबरलाई बताए । त्यहाँ आफूले मोबाइलबाट खिचेको भिडियो बेलुका थारुनके डटकममा अपलोड गरेको उनले जानकारी दिए । आफूहरु त्यहाँ पुग्दा राधामाथि कुटपिट भइरहेको र आफूहरु फर्कंदा पनि त्यो जारी नै रहेको चौधरीले बताए । यस्तो बेलामा भिडियोमात्रै खिच्नुभयो ? कुटपिट गर्नुहुँदैन भनेर प्रतिवाद गर्नुभएन ? अनलाइनखबरको प्रश्नमा पत्रकार चौधरीले भने, त्यहाँ बोल्न सक्ने स्थिति नै थिएन, बोल्यो भने स्थानीयवासीले झम्टिने अवस्था थियो ।’ बोक्सीको आरोपमा शिक्षिका पनि पिटिइन् बोक्सीको आरोपमा पिटाइ खाने पीडित शिक्षिका हेमा चौधरी हुन् । उनी स्थानीय सप्तश्री बोर्डिङ स्कुलमा पढाउँछिन् आपराधिक घटनाको भिडियो खिचेर सार्वजनिक गराउने पत्रकार बालकृष्ण चौधरीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार राधा चौधरीमाथि कुटपिट भएकै दिन एकजना शिक्षिकालाई पनि बोक्सीको आरोपमा रामबहादुर र पार्वती चौधरीले कुटपिट गरेका छन् । झाँक्रीको पिटाइबाट ती शिक्षिकाको मुखमा चोट लागेको छ । बोक्सीको आरोपमा पिटाइ खाने पीडित शिक्षिका हेमा चौधरी हुन् । उनी स्थानीय सप्तश्री बोर्डिङ स्कुलमा पढाउँछिन् । हेमालाई पार्वती भन्ने कस्मती चौधरीले रामबहादुरको घरमा बोलाएकी थिइन् र तँ बोक्सी होस् भन्दै कुटेर पठाइएको थियो । स्थानीयवासी भएका नाताले हेमा र किस्मती चिनजानका दौंतरीजस्तै हुन् । गोबर सोहोर्दा घरमा एक्लै साँझ-बिहान गाउँका घरहशरुको धुरीबाट धुवाँ निस्कन्छ । तर, घोडाघोडी नगरपालिका वडा नं. ५ देउकलियाका जोखन चौधरीको फुसको घरमा भने यतिबेला सुनसान छ । परिवाजनको अस्पतालमै बास छ । चुल्होमा आगो नबलेको चार दिन भइसक्यो । मुलुकभरि अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेका दिन जोखन चौधरीकी जेठी छोरी १८ वर्षीया राधा चौधरी बिहान घरमा एक्लै थिइन् । उनले बिहान ७ बजेतिर घर आँगन बढारिन् । र, गोठभित्र सोहोर्न पसिन् । ठीक त्यहीबेला ५/६ जना महिलाको टोली हल्ला गर्दै गोठमा आयो र राधालाई तानेर लग्यो । उनीहरु कथित झाँक्री रामबहादुर चौधरीले पठाएका महिला थिए । उनीहरुले राधालाई समात्नेबित्तिकै तँ बोक्सी, रण्डी, अरुको रगत चुस्ने भन्दै घिसार्दै रामबहादुरको घरमा लगे, जहाँ उनलाई ७ घण्टासम्म यातना दिइयो । जतिखेर राधालाई महिलाहरुले घरबाट उठाए, उनको घरमा बुबाआमा थिएनन् । आमा बहिनीको उपचार गर्न अस्पताल गएकी थिइन्, बुबा काम विशेषले घर बाहिर निस्किएका थिए । पीडित राधाले त्यतिबेलाको परिस्थितिबारे जानकारी दिँदै भनिन्-‘मलाई घिसारेर ल्याउँदै गर्दा केही दिनदेखि बिरामी भएकी बहिनीलाई लिएर आमा अस्पताल जानुभएको थियो । बुबा विहानैदेखि घरायसी कामले बाहिर हुनुहुन्थ्यो । घरमा अभिभावक कोही पनि नभएकाले मलाई कब्जा गरेको उनीहरुले देखेनन् ।’ आमालाई पिटेर फर्काइयो, बुबालाई दर्शक बनाइयो अस्पतालबाट घर फर्केकी आमाले जतिबेला आफ्नी छोरीमाथि कुटपिट भइरहेको थाहा पाइन्, उनी विक्षिप्त हुँदै छोरीलाई भेट्न दौडिइन् । तर, गाउँलेहरुले उनलाई वीच बाटोबाटै लछार पछार गरेर फर्काए, छोरी भएको ठाउँमा पुग्नै दिएनन् । आमाको हविगतबारे राधा भन्छिन्- ‘मलाई कुटपिट भइरहेका बेला आमाले थाहा पाएपछि त्यहाँ आउन खोज्दा आमालाई समेत कुटपिट गरेर घर पठाइदिएछन् ।’ छोरीले पिटाइ खाइरहेका बेला राधाका पिता जोखन घटनास्थलसम्म पुगे । तर, उनलाई धम्क्याएर त्यहीँ ‘दर्शकदीर्घा’ मा राखियो । राधा भन्छिन्- ‘बुवाले पनि थाहा पाएर त्यहाँ आउँदा केही बोल्न नदिएर त्यहाँ बसाइयो । मलाई कुटपिट भइरहँदा बुवाआमा बचाउ भन्दा रामबहादुरको डरले बुवा पनि बोलन सक्नुभएन । छोरीको चिच्याहट सुनेर रुनुबाहेक बुबासँग पनि केही उपाय भएन । गाउँ भरिका सयौं मान्छे रामबहादुरकै पक्षमा थिए, बुवाले एक्लै के गर्न सक्नु ? किस्मती र रामबहादुरले पिट्दा, घिर्सादा गाउँभरिका मान्छेले खुशी हुँदै ताली बजाउँथे ।’ राधा पूर्वकमलरी, बुबा र दाजु भारत बस्छन् हाल कक्षा ११ मा पढिरहेकी पीडित राधा चौधरी पूर्वकमलरी हुन् । उनको परिवारमा आमाबुबा, दाजु, भाइ र बहिनीसमेत गरी ६ जना छन् । दाजु केही सुस्त जस्ता छन् । दाजु र बुबा रोजगारीको सिलसिलामा प्रायः भारततिर बस्छन् । घरमा जेठी छोरी राधा र उनका भाइबहिनी आमासँग बस्छन् । भाइ १०/११ वर्षका छन्, उनैले आफ्नी दिदी राधालाई ७ घण्टाको यातनापछि झाँक्रीको पञ्जाबाट उम्काएर घर ल्याउन सफल भएका थिए । बिरामी अवस्थामा नजिकैको मेडिकलमा उपचारका लगिएकी राधाकी बहिनी आफ्नी दिदीको पिटाइ सुनेर झन् बिरामीजस्ती बनेकी छिन् । उनलाई पनि धनगढी अस्पतालमै उपचारका लागि पुर्याइएको छ । परिवारका सदस्यले दिएको जानकारी अनुसार बालखैमा अर्काको घरमा बसेर काम गरेकी राधाको परिवार पूर्व कमलरी परिवार हो । जोखन चौधरी कमैया पृष्ठभूमिका व्यक्ति हुन् । उनकी श्रीमती फूलकेसरी चौधरीसँगको विवाहपछि जोखन परिवारको दुई विघा जमिन नदीले कटान गरिसकेपछि उनीहरु भूमिहीन भए । राधा लगायत छोराछोरीको हुर्काई दुःखपूर्ण भयो । राधाकी आमा फूलकेसरी भन्छिन्- ‘घरमा आर्थिक अवस्था कमजोर भएकाले छोरीलाई स्कुल पठाउन छाडेर मालिकको घरमा कमलहरी बस्न पठायौं । राधा ६ वर्षकी भएपछि दुई वर्षसम्म धनगढीको शिवनगरमा विष्ट थरको मालिकको घरमा कमलहरी बसिन् । एक वर्ष गाउँमै बज्जिर सिंहको घरमा कमलरी बसिन् । र, एक वर्ष आफ्नै मामा सुदिपको घरमा बसिन् ।’ अामा फूलकेसरीले थपिन्- ‘हाम्रो आफ्नो भन्ने कोही पनि छैन, एकदमै गरिब छौं, मजदुरी नगरी खाना लाउन पुग्दैन । जग्गाका नाममा १५ धुर छ । त्यसैमा छाप्रो बनाएर बसेका छौं । हामीलाई गरिब भनेर हेला गरिएको हो ।’ सरकारले ०५७ साल असार १३ गते तराईका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित कमलरीलाई मुक्त गर्ने निर्णय गरेको थियो । लगत्तै साउन २ गते उनीहरूको मुक्तिको घोषणा गरिएको थियो । घोषणासँगै राज्यले कमलरीहरूको उद्धार, पुनस्र्थापनासँगै शिक्षा, स्वास्थ्य, स्वरोजगारीको व्यवस्था गर्ने नीति तथा कार्यक्रम ल्याएपछि राधा पनि मालिकको घर छोडेर स्कुल भर्ना भइन् । कमलहरी प्रथा मुक्तिको घोषणा भएपछि उमेरले ठूली भइसकेकी राधा राष्ट्रिय सेकेन्डरी स्कुलमा एकैपटक कक्षा ४ मा भर्ना भइन् । र, अहिले १८ वर्षकी हुँदा राष्ट्रिय उच्च मावि सुख्खडमा प्लस टुमा अध्यनरत छिन् । को थिए ती ‘देवता’ जसले राधालाई बचाए ? राधामाथि ज्यादती हुँदा रमिते बनेका दर्शकलाई हेरेर पाठकहरुले घोडाघोडी नगरपालिकाको त्यो समाजलाई गाली गरिरहेका छन् । एउटी अवलामाथि भइरहेको मध्ययुगीन व्यवहार देखेर ताली पड्काउने रमिते समाजलाई मानिसहरुले थुक्नु अस्वाभाविक पनि होइन । तर, ‘कालोरातमा देखिएको चाँदीको घेरा’ का विषयमा भने कमैले ध्यान दिएका छन् । भगवान शिव र पावर्तीको पवित्र नामलाई नै बदनाम गरेर राक्षसी व्यवहार देखाइरहेका रामबहादुर र पार्वतीका सामु कसैले बोल्न सकिरहेका थिएनन् । यही वीचमा दिउँसो १ बजेतिर केही युवा त्यहाँ आइपुगे । उनीहरुले यस्तो अपराध गर्नेलाई कानुनी कारवाही हुन्छ भन्दै झाँक्री र पार्वतीसँग प्रतिवाद गरे । उनीहरुले रमिते भिडसँग डराएनन् । ती युवालाई झाँक्रीले त्रिशुल हानेर मारिदिन्छु भन्दै धम्की दिए । तै पनि उनीहरु पछि हटेनन्. । स्थानीयवासी पनि झाँक्रीकै पक्षमा लाग्दै युवाहरुको प्रतिकार गर्नतिर लागे । तैपनि युवाहरुले प्रतिवाद गरे । यसैक्रममा झाँक्रीको आँगनमा तनाव उत्पन्न भयो । र, यही मौकामा राधालाई उनको १२ वर्षीय भाइले साइकलमा हालेर घरतिर दौडाए । आखिर राधालाई त्यो नर्ककुण्डबाट त्राण दिने ‘देवता मन’ भएका ती साहासी युवा को थिए ? राधा भन्छिन्- ‘मैले उहाँहरुलाई चिनेकी छैन, पहिले पनि देखेजस्तो लागेन ।’ त्यसो त राधामाथि बोक्सीको आरोपमा निर्मम कुटपिट भइरहेको खबर धनगढीमा रहेकी उनकी सानीमा सन्ध्या चौधरीकहाँ पुग्यो । थारु चलचित्र क्षेत्रमा काम गर्ने सन्ध्यालाई अपरिचित व्यक्तिले फोन गरेर घटनाबारे जानकारी दिएको थियो । खबर पाएलगत्तै सन्ध्या मोटरसाइकलको पछाडि बसेर घटनास्थलमा आइपुगिन् । तर, उनी आइपुग्दा भर्खरै राधा रामबहादुरको आँगनमा भेटिइनन् । उनी भर्खरै घर पुगेकी थिइन् । र, उनै सन्ध्याले राधालाई अस्पतालसम्म पुर्याइन् । लगत्तै इलाका प्रहरी कार्यालयमा राधाका बुबालाई उजुरी हाल्न पठाइयो । सन्ध्याले भनिन्- ‘प्रहरीले राधाका बुबाबाहेक हामी कसैलाई भित्र जान दिएन । अन्ततः त्यहाँभित्र मेयर ममताप्रसाद चौधरीको रोहबरमा राधाका बुवालाई फस्याङ फुस्लुङ पारेर मिलापत्र पो गराइएछ ।’ इलाका प्रहरी कार्यालय सुख्खडमा नगरपालिकाका मेयर ममताप्रसाद चौधरीको रोहबरमा राधाका बुबा जोखन चौधरी र झाँक्री रामबहादुरलाई मिलापत्रपत्र गराइयो । मिलापत्रबारे राधालाई कुनै जानकारी थिएन । लगत्तै सन्ध्याले थारु पत्रकारलाई फोन गरिन् । थारु पत्रकारले विभिन्न संघ संस्था, मानव अधिकार आयोगसँग सम्पर्क गरे । मुद्दालाई अगाडि बढाउनेबारे दबाव सुरु भयो । र, पीडितलाई धनगढी बोलाइयो । पीडित परिवार धनगढी पुगुञ्जेल सामाजिक सञ्जालमा घटनाको भिडियो भाइरल भइसकेको थियो । त्यो भिडियो उनै पत्रकार वालकृष्ण चौधरीले आफ्नो मोबाइलमा सुरक्षित राखेका थिए । स्थानीय थारु पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालसँग बसेर छलफल गरेपछि मुद्दा अगाडि बढ्यो र मेयरको रोहबरमा छुटेका झाँक्रीलाई पुनः पक्राउ गर्न प्रहरी बाध्य भयो । मानव स्वरुपको दानव रुप ! झाँक्री रामबहादुर चौधरीले आफूलाई शिवरात्रीको दिनदेखि नै दैवी शक्ति आएको भन्दै पुरै गाउँकालाई भ्रमित पारेको थियो । आफूले जस्तो सुकैपनि रोगव्याध सञ्चो पारिदिने भनेर हल्ला फिँजाएपछि गाउँलेहरु दान, दक्षिणा भेटी बोकेर उपचार गराउने भन्दै बिहानदेखि साँझसम्म उसको घरमा लाइन लाग्थे । र, यो लाइनमा पत्रकारसमेत आफन्तलाई लिएर पुगे । घटना सार्वजनिक भएसँगै इलाका प्रहरी कार्यालय सुखडले भोलेबाबा भनिने रामबहादुरलाई पक्राउ गरेपछि पनि रामबहादुरलाई छुटाउन स्थानीयबासीको भिड इलाका प्रहरी कार्यालयमा पुगेको थियो । यी कथित भोलेबाबा भनिने रामबहादुर चौधरी कुनै समयमा साइकलमा भारतीय बजारबाट समान ल्याएर घरघर डुलेर बेच्ने काम गर्थे । अचेल उनले आफूमा दैवी शक्ति प्राप्त भएको भन्दै गाउँमै झारफुक गर्न थालेका थिए । प्रदेश संसदमा आवाज प्रदेश नं. ७ को संसद बैठकमा बोक्सी आरोपमा निर्घाट कुटिएकी किशोरीको पक्षमा आवाज उठेको छ । शनिबार बसेको संसद बैठकमा बोल्दै सांसदहरुले दोषीमाथि कडा कारबाही हुनुपर्ने र निर्दोष कशोरीलाई क्षतिपूर्तिसहित न्याय दिनुपर्ने माग गरेका थिए । बैठकको विशेष समयमा सांसद मालामति रानाथारु, पूर्णा जोशी र कुन्ती जोशीले दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने र पीडितलाई न्याय दिनुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । यसैबीच आइतबार ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अस्पतालमा पुगेर पीडित राधासँग भेट गरेका छन् । त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, उद्योग पर्यटन तथा वनमन्त्री माया भट्टसहित सांसदहरुको टोलीले पनि पीडित पक्षसँग भेटघाट गरेको छ । उनीहरुले पीडितलाई क्षतिपूर्तिसहित न्याय दिलाएरै छाड्ने प्रतिवद्धता जनाएका छन् ।
नासु तथा खरिदार सहयोगी बिभिन्न सामान्य ज्ञान प्रश्नहरु
लोकसेवा तयारी गरिरहेका परीक्षार्थीहरुका लागि नायब सुब्बा तथा खरिदार अन्तर्गत तयारी पारिएका सामान्य ज्ञानसम्बन्धी केही प्रश्नहरु यसप्रकार छन्– ० बेलायतको सर्वोच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ? (क) कुलमान सिंह थापा, (ख) कुलबहादुर थापा, (ग) कुलवीर थापा, (घ) कोही पनि होइन । ० हिमचितुवाको नामबाट परिचित नेपाली पर्वतारोही को हुन् ? (क) तेन्जिङ शेर्पा, (ख) आङरिता शेर्पा, (ग) आप्पा शेर्पा, (घ) दावा शेर्पा । ० नेपालमा २०३७ सालमा एतिहासिक जनमत सङ्ग्रह गरिएको थियो । त्यो दिन कुन दिन थियो ? (क) वैशाख २० गते, (ख) वैशाख ३० गते, (ग) जेठ १ गते, (घ) जेठ १० गते । ० नेपालमा १९६८ सालमा जनगणना गरिएको थयो । जनगणनाका लागि एउटा कार्यालयको स्थापना गरिएको थियो । सो कार्यालयको नाम के थियो ? (क) जनगणना अड्डा, (ख) सेन्सस कार्यालय, (ग) सेन्सस विभाग, (घ) सेन्सस गोश्वारा । ० नेपालका राजमार्गहरूमध्ये सबैभन्दा लामो राजमार्ग कुन हो ? (क) पृथ्वी राजमार्ग, (ख) सिद्धार्थ राजमार्ग, (ग) पूर्व–पश्चिम राजमार्ग, (घ) कोसी राजमार्ग । ० दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) को पछिल्लो सदस्य राष्ट्र कुन हो ? (क) जापान (ख) अफगानिस्तान (ग) पाकिस्तान (घ) हिन्दूस्तान । गाउँ खाने कथा १. आँखा जस्तो छ आँखा होइन, पङ्खा जस्तो छ पङ्खा होइन । २. आफू छ कागत, ठूलो छ तागत । ३. आफू छ काली, नाम भने राती । ४. आमा गइन् घाँसपात, बाबु गए गाउँ; ढोकामा बसे लट्टे जोगी आफू कता जाउँ ? ५. उड्छ चरा होइन, पुच्छर छ जनावर होइन । ६. एक अँधेरी साथी मेरी, गर्छिन् पिछा केही नटेरी । ७. ओखल भनुँ चिउरा कुट्दैन, मूल फुट्छ कुवा होइन । ८. गोलो चकटीमा बस्न नहुने, बस्न खोजे ज्यानै नहुने । ९. चारपाटे छ इँट होइन, कुरा गर्छ मान्छे होइन । १०. छुपुक्क छ्याइँ, हातखुट्टा छँदैछन् पुच्छर मेरो नाइँ । (स्रोतः नेपाली उखान र गाउँखाने कथा) नारायणहिटी दरवारमा कहिले गणतान्त्रिक नेपालको झन्डा औपचारीक रुपमा फहराईएको थियो ? वि.स. २०६५ असार १ वि.सं २०६६ वैशाख २६ मा कतिऔं बुद्धजयन्ती मनाइयो ? २५३३ औँ सन् २०१० मा दक्षिण अफ्रिकामा हुन गइरहेको विश्वकप फुडवल प्रतियोगीता कतिऔँ हो ? १९ औँ २०६५ को मदन पुरस्कार कसलाई प्रदान गरियो ? युवराज नयाँघरे २०६५ क मदन पुरस्कार कुन कृतिलाई प्राप्त गर्यो ? एकहातको ताली २०६५ को जगदम्वा पुरस्कार कसलाई प्रदान गरीयो ? रामसरण दर्नाल ११ औँ साफ कहाँ रकहिले भएको थियो ? ढाकामा २०६६ १० १५ मा ११ औँ साफ खेलमा कति खेल रहेका थिय र नेपालले कतिऔं मा भाग लिएको थियो ? खेल २८ र नेपालले २८ मा भाग लिएको थियो ११ औँ साफ खेलमा नेपालका जम्मा खेलाडी कति रहेका थिए ? – बाह्रौँ साफ खेलकुद प्रतियोगीता कहा हुदैछ् ? –भारतमा निजामति सेवा अस्पतालको वहिरंग सेवा कहिले सुरु भयो ? २०६६/२/१६ निजामति सेवा अस्पतालको आकस्मिक वार्ड र सल्यकृया सेवा कहिलेबाट सुरु भयो ? २०६६/१०/१९ २०६६ सालको शंकर लामिछाने पुरस्कार सेवा कसलाई प्रदान गरियो ? डा.तारानाथ शर्मा हाल नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति को हुनुहुन्छ ? बैरागी काईला नेपालमा औधोकि गणनाको सुरुवात कहिलेदेदि भयो ? वि.स. २०२२ नेपालमा सुशासन व्यवस्थापन नियमावलि–२०६५ कहिले सुरुवात भयो ? २०६५/९/१८ माधव नेपाल कहिले प्रधानमन्त्री नियूक्ति हुनुभयो ? वि.स.२०६६ जेष्ठ ११ श्रीलंकामा २५ वर्ष लामो गृहयुद्ध कहिले समाप्त भयो ? –सन् २००९ मई १७ २०६६ सालको वसुन्धरा श्री पुरस्कार कसलाई प्रधान गरियो ? –कृष्ण चन्दसिंह प्रधान २०६६ सालको युगकवि शिद्धिचरण पुरस्कार कसलाई प्रदान गरियो ? –राष्ट्रकवि माधव धिमिरेलाई विश्व स्वास्थ्य संगठनले स्वनइन फ्लुलाई के नामाकरण गरेको छ ? –इनफुलुञ्जा ए असंलग्न आन्दोलनको १५ शिखर सम्मेलन कहाँ भयो ? –इजिप्टको सार्म अलसेखमा २०६५ सालमा पत्रकारीता पुरस्कार कसलाई प्रदान गरियो ? –भैरव रिमाल २०६५ सालमा पारिजात संधर्षशील नारी पुरस्कार कसलाई प्रदान गरियो ? –कमला नहर्की २०६५ को प्रसासन पुर्नसंरचना आयोग कहिले गठन गरियो ? –२०६६/८/४ २०६५ साल भुमिसुधार आयोग कहिले गठन भयो ? –२०६५मंसिर २५ निजामति सेवा अस्पताल चिनिया सरकारद्वारा नेपाल सरकारलाई कहिले हस्तान्तरण गरियो ? –वि.सं. २०६५ कार्तिक ११ नेपालले सन् २००९ लाई कुन वर्षको रुपमा मनायो ? –प्रकृति संरक्षण वर्ष २०६५ सालको वीर गणेसमान सिंह वालप्रतिभा पुरस्कार कसलाई प्रदान गरियो ? – कमल नेपाली वि.स. २०६५ सालको राष्ट्रिय पत्रकारतिा पुरस्कार कसलाई प्रधान गरियो ? –पत्रकार भैरव रिमाल नेपालमा क्षेत्रिय प्रशासनको कार्यालयको स्थापना कहिले भयो ? –वि.सं. २०५७ माध ९ २००९ को शान्ति तर्फको नोवेल पुरस्कारका लागि नेपाल सरकारले कसको नाम सिपारीस गरेको छ ? –वरिण्ठ नेता गिरीजाप्रसाद कोइराला संविधान सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ कतिजना महिला निर्वाचित हुनु भएको छ ? –२९ जना उभिएरे निदाउन सक्ने जनावर कुन हो ? –घोडा उत्तम शान्ति पुरस्कार २०६५ कसलाई कुन आकृतिकालाई प्रदान ग्यो रु –भैरव वहादुर थापा “हिडदाहिडदै वनेका तस्वीर ” दान पुरस्कार २०६५ कसलाई प्रदान गरियो ?–सैली वस्नेत र मधुरजंग पाण्डे दान पासाङ ल्यामु शैक्षिक पुरस्कार कसलाई प्रदान गरियो ? –प्रतिक ढकाल सगरमाथा पुरस्कार २०६५ कसलाई प्रदान गरियो ? –पेम्वा शेर्पा सन् २०१४ को विश्वकप फुडवल कहाँ हुने भएको छ ? –व्राजिल अन्तराष्ट्रिय एकल महिला दिवस कुन दिन मनाईन्छ ? –जुन २२ २०६५ सालको एस।एल।सी। कति प्रतिसत विद्यार्थी उत्तिण गरेका थिए ? –४७.६९ राष्ट्रिय योजना आयोगको उपाध्यक्ष को हुनुहुन्छ रु – युवराज खतिवडा “समय र शव्द फिर्ता ल्याउन सकिदैन ” यो भनाई कसको हो ? –टायस फुलर निजामति सेवाको लोगो डिजाईनर को हुन ? –भीम वहादुर थापा पष्लन या तजभ मष्भबकभ भन्नाले कुन रोगलाई जनाउछ रु –रेविज नेपालको राष्ट्रिण्य खेलकुद एकेडेमी कहाँ वन्ने भएको छरु हेटैडाको गौरीटार रंगसालामा कर्णली राजमार्गको (सुर्खेत जुम्ला) को लम्वाई कति छ रु –२३२ किमी नेपालमा राष्टिय योजना आयोगकोे वैठक सर्वप्रथम राजधानि वाहिर कहिले रकहाँ वसेको थियो ? – जुम्लामा २०६४ तथ्याङ्क विभागको सर्वेशण अनुसार नेपालको साक्षरता दर कति छ ? –६३.२ सविधान सभाको संवैधानिक समितिका सभापति को हुनुहुन्छ ? –निलम्वर आचार्य २००८ को इन्दिरा गान्धी पुरस्कार कसलाई प्रधान गरीयो ? –उधोगपति विल गेटस ९अमेरीका ० नेपालका एक मात्र विना विभागिय मन्त्रीको नाम के हो ? –लक्षमलाल कर्ण राष्ट्रिय सुचना आयोगको अध्यक्षको नाम के हो रु – दूरसञ्चार क्षेत्रको नियमन र अनुगमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा हाल को रहनु भएको छ ?–ई.भेषराज कणेल प्रेश काउनशिल नेपालको अध्यक्षको नाम के हो ? –नारायण प्रसाद शर्मा कर्णली अञ्चलवाट साहित्य क्षेत्रको उच्च पद नेपाल प्रज्ञाप्रतिष्ठानको सदस्य पुग्ने एकमात्र व्यक्तित्व को हुनुहुन्छ रु –स्व।रत्नकार देवकोटा (जुम्ला) नेपाल सरकारका हालका मुख्य सचिवको नाम के हो ? –माधव प्रसाद धिमिरे हालै श्रीलंकामा भएको राष्ट्रपति निर्वाचनमा कस्ले विजय हासिल ग्यो रु –महिन्द्रा राजापाक्षे नेपालकोे आ।व। २०६६÷२०६७ को जम्मा वजेट कति छ रु –२ खर्व ८५ अर्व ९३ करोड हाल नेपालमा कति देशका शरणर्थी रहेका छन रु –१३ देशका तेक्वान्दो अन्र्तराष्टिय रेफ्री वन्ने नेपाली खेलाडी को हुन ? –दिपक विष्ठ श्रीर्लकाका पृथकतावादी विद्रोही तमिलको नयाँ नेताको नाम के हो ? –सेलभरसा पाथमानाथक २०५८ को जसंख्या अनुसार नेपालको जनसंख्या कति छ ? –२ करोड ३१ लाख ५१ हजार ४२३ २१ औ शताव्दीको सवैभन्दालामो सूर्य ग्रहण कहिले लागेको थियो ? –वि।स।२०६६ साउन ७ २०६५ को प्रकाश मानव अधिकार पुरस्कार कस्लाई प्रदान गरियो रु उत्तम सञ्जेल नेपाल पर्यटन वर्ष २०११ कसको लागी के अभियान सन्चालन गरीएको छ ? –पाहुनाहरुकोलागी स्वागत सत्कार ,नेपालीहहरुको संस्कार ग्ल्ःक्ष्त् को नेपाल स्थित कार्यलय प्रमुख पदमा को रहेको छ ? –करिना ल्यानग्रेन भक्तपरमा परम्परागत सांस्कृतिक नमुनाको घर वनाएर थुनेको पुरस्कार पाई चर्चित वनेको युवाको नाम के हो ? –रविन्द्र पुरी २००९ सम्म नेपालमा कती घडियाल गोहि रहेका छन ? –८१ ओटा राष्ट्रिय खेलकाकुद परिषदका वर्तमान सदस्य सचिव को हुनुहुन्छ ? –हरिवावु चौधरी अमेरीकाकालागी नेपाली राजदुतको नाम के हो ? –डा.शंखर शर्मा २००९ को मिस युनिभर्स को छानिइन ? –स्टेफानिया फर्नान्डेज केदारनाथको शिरोभाग रहेको स्थान नेपालको कुन ठाउमा पर्दछ ? –भक्तपुर सिपाडोल स्थित डोले स्वर महादेव मानव विकास प्रतिवेदन २००९ अनुसार नेपाल कतिऔ स्थानमा छ र ज्म्क्ष् कति छ ? –१४४ औ ज्म्क्ष् ०।५०९ गणतन्त्र नेपालका प्रथम राष्ट्रतिको जन्म कुन जिल्लामा भएको थियो ? –धनुषा ३० दिनसम्म निराहार रुपमा जमिन मुनि भूतपस्या गरि वसेकी मनोक्रान्ती माताको नाम के हो रु– योगीनी गंगा पौडेल उर्फ (डं) आईटिस्फ मापदण्डका २४ ओटा टेलिसवल एक हातमा साथ १४ः३ सेकेण्ड समय सम्म राख्न सफल भई गिनिज वुकमा नाम लेखापयने नेपाली को हुन ? –रोहीत सुन् २०१२ ग्रीष्म कालिन ओलम्पी खेल कहाँ हुदैछ रु –वेलाएतको लण्डनमा विश्वको कुल निर्यातमा नेपालको अंश कति छ ? –०.०१ ६ खड्गजात्रा कुन देशमा मनाईन्छ ? –दोलखा चौचन्द पर्व कुन समुदायका महिलाहरुले मनाउँद छन् ? –मैथली नेपालको कहिले विश्व व्यापारसंगठन को सदस्यता पायो ? –सन् २००४ भिम नेपाल २००९ को नाम के हो ? –जेनिसा मोक्तान २००९ को साहित्य तर्फको नोवेल पुरस्कार कसलाई प्रदान गरीयो ? –जर्मन लेखिका हर्टा म्युलर २००९ को शान्ति तर्फको पुरस्कार कसलाई प्रदान गरीयो ? –अमेरीकाका राष्ट्रपति वारका ओवामा एजेन्सीको सहयोगबाट
बाबुरामलार्इ अर्काे धक्का, केन्द्रिय सदस्य अधिकारी माओवादी केन्द्रमा प्रवेश
गोरखा, मंसिर ५ । नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय सदस्य रामप्रसाद अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गोरखा नगरपालिका -१० छेपेटारमा आयोजित चुनावी सभामा अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अजिरकोट गाउँ पालिका- ३ काफलडाडा स्थायी घर भएका अधिकारी नयाँ शक्ति पार्टी नेपाल निकटको शिक्षक सङ्गठनका केन्द्रिय नेता थिए । तत्कालीन नेकपा माओवादी केन्द्र निकटको शिक्षक सङ्गठनको केन्द्रिय उपाध्यक्ष रहेका अधिकारी डाक्टर बाबुराम भट्टराईले पार्टी फुटाएर नयाँ शक्ति पार्टी नेपाल गठन गरेपछि भट्टराई सङ्गै नयाँ शक्तिमा गएका थिए । नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराई अस्थिर र उधेश्य बिहिन व्यक्ति भएको अधिकारीले अाराेप लगाए । जनयुद्धका समयमा जेलनेल भोगेको स्मरण गर्दै अधिकारीले आफू सधै बामपंथी भएको र भइरहने प्रतिबद्धता व्यक्त गरे। व्यक्तिगत स्वार्थ हेर्ने, राष्ट्रको हित नहेर्ने भट्टराई को आचरण भएको बताउदै श्रेष्ठले गोरखाको विकास भट्टराई गरेको नभई तत्कालीन एकीकृत नेकपा माओवादी ले गरेको प्रष्ट पारे । ‘भट्टराई ले कम्युनिष्ट सिद्धान्त मात्र छाड्नु भएन काग्रेस सङ्ग आत्मसमर्पण गर्नु भो त्यसैले नया शक्ति छाडेका हौ’ अधिकारी ले भने : अब नयाँ शक्ति सकिदै छ । पार्टी प्रवेश गरेका अधिकारीलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले अबिरमाला लगाएर स्वागत गरे।
गौरीफन्टाका साहुजीले दिएको एक चड्कन !
एल.बुङ्ली अनुभूति गौरीफन्टा कैलालीको सिमावर्ती बजार हो । घरायसी सामाग्री खरिद गर्न अधिकांश नेपाली त्यहाँ जाने गर्दछन् । धनगढी बजारबाट झण्डै ४ कि.मि टाढामात्रै छ गौरीफन्टा । नेपाली ग्राहकले धानेको छ गौरीफन्टा बजार । नेपाली ग्राहकले धानेको भएपनि व्यवसायीले ग्राहकमाथि गर्ने व्यवहार चाहिँ राम्रो छैन । सुरुमा निकै मिठो शब्दले स्वागत गरे पनि अन्तिममा न्यू पारेर दुव्र्यवहार गर्न पनि खप्पिस छन्, गौरीफन्टाका व्यवसायी । हात नै समातेर सामान खरिद गर्न लगाउने, खरिद नगरेमा तथानाम गाली गर्ने गर्दछन् । त्यतिमात्रै होइन, दुर्व्यवहार नै गर्छन् । कतिपय व्यवसायी त हातपात नै गर्न पनि पछि हट्दैनन् । यस्ता दुव्र्यवहार दैनिक कयौं नेपाली ग्राहकले खेपिरहेका छन् । एकदिन स्वयं नै गौरीफन्टा गएको बेला अचम्मको दृष्य देख्न पाए । एकजना नेपाली ग्राहकलाई सामान खरिद गर्न व्यापारीले बिन्ती गर्दै पसलमा बोलाए । कुन सामान आवश्यक प¥यो भन्दै सोधे । ग्राहकले जवाफमा साइकल भन्यो । रकमको कुरा शुरु भयो । साहुजीले ५ हजार ६ सय भन्यो । ग्राहकले यति महंगो त हुन्न भन्यो । साहुजीले फेरि १ सय घटाउँदै ५५ सय रुपैयाँ दिनुहोस् त भन्यो । ग्राहकले फेरि मूल्य कटाउन आग्रह गर्यो । साहुजीले ल अन्तिम रेट ५४ सय नै भयो भन्यो । ग्राहकले पनि अन्तिम रेट ५३ सय दिन्छु भन्यो । साहुजीले पनि सहमति जनायो । बिहानको समय थियो । बजारमा त्यति चहलपहल थिएन । बरु बाँदरको हल्लाखल्ला बढी थियो । यहाँका बाँदरले व्यवसायीदेखि उपभोक्ता सबैलाई आजित बनाएका छन् । नेपाली ग्राहकले खल्तीबाट पैसा निकाल्यो । उसँग जम्मा ६ हजार नेपाली रुपैयाँ थियो । उसले सबै निकाल्यो । अनि खनखनी साहुजीको हातमा थमायो । साहुजीले पनि हातको औंलामा पानी लगाउँदै पैसा गन्यो । उसले पनि गनेर जम्मा ६ हजार पु¥यायो । व्यापारीले पसल छेउमा राखेको साइकल पार्किङबाट साइकल उठाउन भन्दै आफ्नै लवजमा उसले भन्यो– साइकल लेके आना भैया । ग्राहकले साइकल समात्यो । अनि साहुजीलाई भन्यो– दाई बाँकी पैसा पाउँ त ? साहुजीले जवाफमा कति बेलाको बाँकी पैसा ? ग्राहक अलि ठूलो स्वरमा बोल्छ– अरे… दाई के भन्नुहुन्छ ? अघिको नि ! मैले तपाईको हातमा ६ हजार दिएको बिर्सिनुभयो ? साहुजी प्रश्नको जवाफ फर्काउँदै भन्छ– अरे भैय्या मैले त ६ हजार नै भनेको हो त । ग्राहक निराश हुँदै भन्छ– दाई झूठ नबोल्नु न ? साहुजी चर्को स्वरमा बोल्छ बिहान–बिहान दिमाग नखाउँ न भैय्या । ग्राहक र साहुजीबीच चर्काचर्की सुरु हुन थाल्छ । ग्राहकः दाई बेइमानी नगर्नुहोस् न खुरुखुरु बाँकी रुपैयाँ पाउँ ? साहुजीः अरे भैय्या, कति चोटी भनुँ तिमीलाई ६ हजारमा नै कुरो फिक्स भएको होइन ? ग्राहकः दाई ५३ सयमा मात्रै फिक्स भएको हो । बाँकि सात सय रुपैयाँ बरु छिटो पाउँ । साहुजीः ए… भाई खुरुखुरु साइकल लग्छौं कि ? साइकल पनि भित्र राखिदिऔं । ग्राहकः तपार्इंले अति गर्नुभयो दाई । म प्रहरी कहाँ जान्छु । साहुजीः सुरुमा साइकल पार्किङमा अड्याउँछ, अनि जाउँजाउँ भन्दै चाखमा दुइ लात र गालमा एक चड्कन हिर्काउछ । ग्राहकः निराश हुँदै पसलबाट निस्किन्छ । ग्राहकः भारतीय प्रहरी कस्टम कहाँ जान्छ । कस्टमले गौरीफन्टामा रहेको प्रहरी पोष्टमा जान आग्रह गर्छ । ग्राहक जाँदैन । उसले हिन्दी भाषा बुझ्दछ । तर, बोल्न आउँदैन । भयो फसाद ! अनि ग्राहकले अब घर फर्किनुको विकल्प छैन भन्दै धनगढी आउने निधो गर्छ । आउँदा–आउँदै एउटा आइडिया फुर्छ– नेपाल प्रहरी कहाँ जाने अनि समस्या बताउने । ग्राहक सीमानामा रहेको त्रिनगर प्रहरी चौकी कहाँ जान्छ । तर, पहिले बोर्डर चेकिङमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समस्याको फेहरिस्त सुनाउँछ । ग्राहकले सम्पूर्ण समस्या बताउँछ । प्रहरीले भन्छ– हेर भाई तिमी चिन्ता नगर । अस्ति पनि त्यहाँका साहुजीहरुले नेपाली ग्राहकमाथि दुव्र्यवहार गरेका थिए । आज पनि गरे । तर, आज चाहिँ त्यस्तो गर्ने साहुजीले कारबाही भोग्छ । यति भन्दै एकजना प्रहरी र ग्राहक गौरीफन्टाको प्रहरी चौकीमा जान्छन् । चौकीमा पुगेपछि सबैकुरा त्यहाँ भएका चौकी प्रमुखलाई बताउँछन् । ग्राहकले हिन्दी भाषा नजान्ने भएका कारण नेपाली प्रहरीले उल्था गर्दै ग्राहकको समस्या सुनाउँछ । चौकी प्रमुख पनि भर्खरै सरुवा भएर आएकाले नेपाली भाषा त्यति राम्ररी बुझ्दैन्थ्यो । साहुजीका विरुद्ध निवेदन पनि एकजना नेपाली नागरिकले हिन्दीमा भन्दै ग्राहकले लेखेको थियो । यति गरेपछि ग्राहकसँगै केही जना भारतीय र एक जना नेपाल प्रहरी दुव्र्यवहार गर्ने व्यापारीको पसलमा गए । अनि दुव्र्यवहार गर्ने साहुजीलाई चौकीमा ल्याइयो । अनि चौकी प्रमुखले सोध्यो– किन दुर्व्यवहार गरेको ? उल्टा व्यापारीले भन्यो– कसले दुर्व्यवहार गरेको ? उसले ग्राहकलाई इङ्गित गर्दै अगाडि थप्यो– उनले नै सामान लैजाउँ भनेर लगेका हुन् । व्यापारीले झूठ बोलेको मबाहेक अरु केही प्रमाण थिएन । तर, उसको झूठ उसको चेहराबाट प्रष्ट देखिन्थ्यो । साहुजीले खल्तीबाट पैसा निकाल्दै ग्राहकको हातमा थमायो । आइन्दा ग्राहकसँग यस्तो व्यवहार नगर्ने सर्तमा बिना कागज साहुजीलाई पनि छोडियो । अनि ग्राहक पनि प्रहरीलाई धन्यवाद भन्दै धनगढी फिर्यो । यो त प्रतिनिधि घटनामात्रै हो । यस्ता घटना दिनहुँ भइरहेका छन् । तर, यसको नियन्त्रणका लागि न नेपालबाट पहल हुन सकेको छ, न त भारतबाट नै । नेपाली ग्राहक पनि मूर्ख नै हुन, पाँच–दश रुपैयाँ सस्तोका लागि भारतको बजारमा गएर सामान खरिद गर्छन् ।
गुल्मीकाे बीरवासमा १३ जना यात्रु बोकेको माइक्रो वस भिरबाट खस्याे
गुल्मी, कात्तिक १३ । गुल्मीको गुल्मीदरबार गाउँपालिका–४ बीरवास नजिक यात्रुबाहक माइक्रो वस दुर्घटना भएको छ । वुटवलबाट तम्घासकाका लागि छुटेको बा४ख ५५०१ नंम्बर माइक्रो भिरबाट तल खसेर दुर्घटना भएको तर त्यसबारेमा थप विवरण आउन बाँकी रहेको गुल्मी जिल्ला प्रहरी कार्यालयका असई शीबनारायण यावदले एभरेष्ट दैनिकलाई बताए । माइक्रोमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका बताइएको छ । उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
उम्मेदवारको भागवण्डा मिलाउन लोकतान्त्रिक गठबन्धनको बैठक बालुवाटारमा सुरु
काठमाडौं, कात्तिक ९ । मंसिर २१ गते हुने प्रदेश तथा प्रतिनिनि सभा निर्वाचनका लागि उम्मेदवारको भागवण्डा मिलाउन नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधामनन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा, राजपा अध्यक्ष महन्थ ठाकुर लगायत नेताहरु सहभागी छन् । मधेस केन्द्रित दलहरुले धेरै हिस्सा मागेपछि मंसिरको चुनावमा तालमेल अन्यौलमा परेको छ । मधेस केन्द्रित दलहरुलाई सम्मानित हैसियत दिएर चुनावी तालमेलमा सहमति गरिने कांग्रेसले बताउँदै आएको छ । लोकतान्त्रिक गठबन्धनमा सहमति भएपछि मात्र कांग्रेसले उम्मेदवार छनौट गर्ने जनाएको छ ।
गर्भावस्थामा यौनसम्पर्क राख्न मिल्छ ?
काठमाडौं, असोज १० । गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ कि हुँदैन भन्ने विषयमा धेरै दम्पती पिरोलिरहेका हुन्छन् । गर्भको शिशु वा महिलालाई केही नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वाभाविक पनि हो, तर यो प्रश्नको जवाफ भने सजिलै पाइँदैन, किनभने यस विषयमा कसैसँग झट्ट सोध्न सकिँदैन अनि नसोधी कसैले राम्रोसँग जानकारी पनि दिँदैनन् । चिकित्सा क्षेत्रमा लागेका व्यक्तिलाई पनि यौनसम्बन्धी कुरा गर्न असजिलो लाग्ने भएकाले यसमा खुलस्त तथा पर्याप्त मात्रामा नभनिएको स्थिति छ । त्यसैले उचित जानकारीबिना चासो र चिन्ता लिएर त्यसै बस्नुपर्ने बाध्यता छ । यौनसम्पर्कका बेला पाठेघरको मुखमा लिङ्गले धक्का पुर्याउँदा वा महिलाले चरमसुख प्राप्त गर्दा पाठेघर खुम्चने , गर्भावस्था शिशुलाई छोपेर राख्ने झिल्ली च्यातिएर संक्रमण हुन सक्ने तथा शरीरमा आएको परिवर्तनले यौनसम्पर्क नै गर्न अप्ठयारो हुने भएकाले यौनसम्पर्क राख्नु त्यति उचित नभएको तर्क पनि गरिन्छ । तपाईंले पनि यस्तै केही सुन्नुभएको हुनसक्छ, तर कतिपय चिकित्सक यसमा खासै वैज्ञानिक आधार नभएको मान्छन् । मुख्य कुरा के हो भने स्वस्थ गर्भावस्थामा यौनसम्पर्क राख्न कुनै बन्देज छैन र आफ्ना यौन क्रियाकलापलाई सुचारु रूपमा अघि बढाउन सकिन्छ । यस्तो सामान्य अवस्थामा महिला तथा गर्भमा रहेको शिशुमा नकारात्मक असर गर्दैन । एकपल्ट विचार गर्नुहोस् त, सामान्यतस् कतिपय दम्पतीलाई पहिलो केही महिनासम्म त गर्भवती भए–नभएको भन्ने कुरै थाहा हुँदैन तर उनीहरूले यौनसम्पर्कलाई निरन्तरता दिइरहेका हुन्छ र त्यसले खासै नकारात्मक असर पुर्याएको पनि पाइँदैन । गर्भावस्थामा यौनसम्पर्कलाई निरन्तरता दिन किन आवश्यक ? गर्भावस्थामा शारीरीक असजिलोपन, सुन्दरतामा कमी आएको वा आकर्षक कम भएको अनुभव तथा गर्भमा भएको शिशुलाई हानि पुग्छ कि भन्ने डर आदि भावनाले यौनसम्पर्कमै नकारात्मक प्रभाव पर्छ र कतिपय व्यक्तिले यौनसम्पर्कको पूरा आनन्द उठाउन सक्दैनन् । यदि गर्भ रहेका कारण नै यौनसम्पर्क नराखिँदा पतिपत्नी बीच दूरी बढ्ने क्रमको सुरुवात हुन वा त्यसको सम्भावना बढ्न सक्छ । त्यसैले यतिबेला दम्पतीबीचको सम्बन्ध सुमधुर राख्न असल सञ्चारको आवश्यकता पर्छ । अरू बेला जस्तै गर्भावस्थामा पनि यौन क्रियाकलाप शारीरिक सामीप्यताका लागि मात्र नभै भावनात्मक सामीप्यताको निरन्तरताका लागि पनि निकै सहयोगी हुन सक्छ । पुरुषलाई गर्भ, प्रसव, सुत्केरी वा शिशुको हेरचारजस्ता कुराबाट टाढै राखिन्छ । यौन क्रियाकलापमा दुवैको संलग्नताले गर्भावस्थामा महिलामा आउने शारीरिक तथा भावनात्मक परिवर्तनहरूको जानकारी हासिल गरी यसप्रति संवेदनशील भए महिलाको शरीर तथा भावना बुझ्ने अवसर प्राप्त हुन्छ । यौनसम्पर्ककै कुरा गर्दा पहिले परम्परागत एकैनासे रूपमा यौनसम्पर्क भैरहेको भए यो अवसरमा नयाँ तरिका वा आसनहरूका बारेमा अन्वेषण गर्न तथा सिक्न सकिन्छ अनि त्यसअनुरूप नै आफूलाई ढाल्न सके दम्पतीबीचको सम्बन्ध सुमधुर बनाउन, एक–अर्कामा नजिक हुन तथा बुझ्न मद्दत मिल्छ । यौनसम्पर्कबाट प्राप्त हुने चरमसुखका कारण पाठेघर तथा यौनाङ्ग क्षेत्रको मांसपेशीको कसरत हुने अर्को थरीको तर्क छ । गर्भावस्थामा महिलाको शरीरमा हार्मोनको मात्रामा उतार चढाव आउँछ । यसले गर्दा यौन चाहना मर्छ । यस किसिमको स्थिति असामान्य होइन तर कसै–कसैमा यौन रुचि बढेको पनि पाइन्छ । गर्भावस्थामा यौनांग वरिपरी रक्त बहाव बढी हुने भएकाले तथा पूर्ण नारीत्वको अनुभव गर्ने तथा आफ्नो शरीरप्रति बढी जानकारी तथा चासो राख्ने भएकाले अझ बढी यौन इच्छा हुने र त्यसैअनुरूप यौन आनन्द उठाइएका घटना पनि प्रशस्तै छन् । यौन क्रियाकलामा सलग्न हुन यति बेला पनि प्रयासरत हुनुपर्छ, यसका फाइदाका बारेमा त माथि नै भनिसकियो । के–कस्ता सावधानी अपनाउनुपर्ला अरू बेलाको भन्दा गर्भावस्थामा यौनसम्पर्क राख्दा यौनसम्पर्क राख्दाको आसनका सम्बन्धमा विशेष ख्याल राख्नुपर्छ । कुन आसन सबैभन्दा राम्रो हुन्छ भन्ने कुरा आफैंले प्रयोग गरेर पत्ता लगाउनु नै सबैभन्दा राम्रो उपाय हो । पुरुष माथि रहने अवस्थाको सट्टा छेउतिर वा महिला पुरुषमाथि बसेर वा पछाडिबाट गरिने सम्भोगका आसनहरू गर्भवती महिलाका लागि सजिला सावित हुनसक्छन्, तर कुनै पनि प्रयोगपछि आफ्नी श्रीमती वा यौन साथीसँग उसको अनुभवका सम्बन्धमा कुराकानी गर्नुपर्छ । लिंग प्रवेश नै नगराई यौनआनन्द प्राप्त गर्ने वैकल्पिक उपायहरूको अवलम्बन पनि आनन्ददायक सावित हुन सक्छ । यदि यौनसम्पर्कपश्चात् योनिरक्तश्राव, पेट दुखेमा वा गर्भ तुहिन सुरु भएको अन्य कुनै लक्षण देखिए वा योनिबाट पानी बगे यौनसम्पर्क राख्न तुरुन्त बन्द गर्नुपर्छ । यदि दम्पतीमध्ये कसैलाई यौनरोग भएको आशंका छ भने त्यसको उपचार तथा कन्डमको नियमित प्रयोग अत्यावश्यक हुन्छ । साप्ताहिकबाट
भोलिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा : डा.यादव
काठमाडौं, असोज १ । दुई नम्बर प्रदेशमा भोलि हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयुक्त डा.अयोधी प्रसाद यादवले बताएका छन् । आज राजधानीमा पत्रकार सम्मेलन गर्दैै भोलि हुने निर्वाचनको तयारीका बारेमा उनले जानकारी दिएका हुन् । तराईका ८ जिल्लाहरुमा भोलि विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउने उनले बताए । भोलि हुने निर्वाचनका लागि राष्ट्रका लागि योग्य व्यक्तिलाई छान्न डा.यादवले आमसर्वसाधारणसँग अपिल गरे । मतदान परिचयपत्र नभएकाले २०७० सालको मतदाता परिचयपत्र, नागरिकता, लालपुर्जा, सवारीसाधन चालक अनुमतिपत्र, सरकारी निकायबाट जारी गरिएका परिचयपत्र आदि देखाएर पनि मतदान गर्न सकिने उनले बताए ।
उडिरहेको जहाजमा जन्मियो बच्चा, जीवनभर निशुल्क उडन पाउने
एक भारतीय महिलाले जहाजमा यात्रा गरिरहेको समयमा आकासमै बच्चा जन्माएकी छिन्। अन्तर्राष्ट्रिय उडान भरिरहेको सो विमान करिब ३५ हजार फिटको उचाइमा रहेका बेला विमानमा नै उनले छोरा जन्माएकी हुन्। नाम नखुलाइएकी एक २० बर्षीया भारतीय महिलाले उनलाई चिकित्सकले दिएको समय भन्दा अगावै सो बच्चा जन्माएको बताइएको छ। साउदी अरेबियाको दामानबाट दक्षिण भारतीय राज्य केरलाको कोचीतर्फ गइरहेको जेट एयरवेजको बोइङ ७३७ विमानमा बच्चा जन्मिएको हो । जेट एयरवेजले प्रकाशन गरेको विज्ञप्तिमा उडानकै क्रममा बच्चा जन्मिएपछि विमानलाई मुम्बइमा अवतरण गराई ती आमा र बच्चालाई अस्पताल पु¥याइएको छ। बच्चा र आमाको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको छ । विमानमा बच्चा जन्मिने क्रममा विमानमा रहेका स्वास्थ्य कार्यकर्ता र विमानका कर्मचारीले सहयोग गरेका थिए । बोइङ्ग ७३७ उडानमा १६२ जना यात्रु सवार रहेका र मुम्बइमा सो विमान अवतरण गरिएको उक्त एयरवेजले जनाएको छ। ती महिला र नवजात शिशुलाई विमानस्थल नजिकैको अस्पतालमा लगिएको बताइएको छ । उक्त एयरवेजले पहिलो पटक आफ्नो एयरवेजमा यसरी आकासमै बच्चा जन्मिएको जनाएको छ। मुम्बइको होली स्पिरिट अस्पतालले एएफपी समाचार समितलाई बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको जानकारी दिएको छ। जेट एयरवेजले यसप्रकार विमानमा बच्चा जन्मिएको यो पहिलो पटक भएको र ती बच्चालाई उनको जीवनभरी एयरलाइन्सले निःशुल्क यात्रा गराउने बताएको छ। गत अगस्तमा पनि संयुक्त अरब इमिरेट्सको फिलिपिन्स गइरहेको विमानमा यसरी नै बच्चा जन्मिएको थियो । सो विमानलाई दक्षिणी भारतीय सहर हैदरावादमा आकस्मिक अवतरण गराई आमा र बच्चालाई नजिकैको अस्पताल पु¥याइएको थियो। रासस/एएफपी