आज – ०९ कार्तिक २०७६ शनिवारको राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला । रचनात्मक काममा जुट्ने समय छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) श्रमको उचित मुल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजसेवामा मन लाग्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विद्या र बुद्धिको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक कार्य अघी बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तानपक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउने छ । कार्यमा अवरोध आउला ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । रमाइलो यात्रा रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) गरेका काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मनमा भय उत्पन्न हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । भूमि बाट लाभ रहला ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । चोटपटकको भयछ सचेत रहनुहोला । मनमा दुविधा उत्पन्न हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रोकिएको धन हात पर्ला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।
किशोरकिशोरीको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालले हानी गर्छः अध्ययन
काठमाडौं । सामाजिक सञ्जालले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा हानी पुर्याउने एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार सामाजिक सञ्जालले विज्ञले सोचेभन्दा पनि जटिल रुपमा किशोररकिशोरीहरूमा डिप्रेसनलगायतका मानिसक समस्या निम्त्याउने उल्लेख गरेको छ। १३ वर्षदेखि १६ वर्षसम्म उमेरसमूहका एक हजार बालबालिकाको अन्तवार्ता लिएर गरिएको सो अध्ययन द ल्यानसेट चाइल्ड एन्ड एडोलोसेन्ट हेल्थमा प्रकाशित छ। अध्ययनकर्ताहरूले सामाजिक सञ्जालले विशेषगरी किशोरीहरूमा शारीरिक व्यायाम र निद्रा घटाउने निष्कर्ष निकालेका छन्। सामाजिक सञ्जालले आफैँ हानी नगर्ने तर त्यसको अत्यधिक प्रयोगले भने दैनिक जीवनमा बाधा पुग्ने निष्कर्ष अध्ययनको छ। सामाजिक सञ्जालको प्रयोगले शारीरिक व्यायाम कम गराउने मात्र नभएर मानसिक स्वास्थ्यमा समेत असर गर्ने र निद्रा पनि खल्बल्याउने अध्ययनले उल्लेख गरेको छ। युएसएल ग्रेट अरमोन्ड स्ट्रिट इन्स्टिच्युट अफ चाइल्ड हेल्थका सहलेखक रुसेल भाइनर भन्छन्, ‘सामाजिक सञ्जालको धेरै प्रयोगले धेरैजसो किशोरकिशोरीहरुको ध्यान हानिकारक सामग्रीमा पुगिराखेको हुन्छ। त्यसमाथि साइबर बुलिङको धेरै नकरात्मक पाटोहरू पनि उनीहरुले अनुभव गरिरहेका हुन्छन्।’ युनिभर्सिटी अफ सरेमा क्लिनिकल साइकोलोजीका प्राध्यापक बब प्याटर्नका अनुसार मानसिक स्वास्थ्य र दैनिक जीवन सुधार गर्नका लागि सामाजिक सञ्जालको कम प्रयोग गर्नुपर्छ। सन् २०१३ देखि २०१५ मा किशोरकिशोरीमा गरिएको एक अध्ययनले फेसबुक, इन्स्टाग्राम, ह्वाट्स-एप, ट्वीटर र स्न्यापच्याट दिनमा पटकपटक खोल्ने गरेको उल्लेख गरेको थियो। अध्ययनमा दिनमा ३ पटकभन्दा बढी प्रयोग गरिएकालाई बढी प्रयोग गरेको भनिएको थियो। तर अध्ययनले उनीहरूले सामाजिक सञ्जालमा कति समय बिताउँछन् भनेर उल्लेख गरेको थिएन। सामाजिक सञ्जालको बढी प्रयोगले किशोरकिशोरीमा डिप्रेसनको लक्षण देखापर्ने अध्ययनकर्ताले बताएका छन्। सामाजिक सञ्जालका कारण धेरै तनाव झेल्नेमा किशोरीहरुको संख्या ६० प्रतिशत छ भने १२ प्रतिशत किशोरहरु सामाजिक सञ्जालको बढी प्रयोगको गर्ने तथ्याङ्ककमा देखाएको छ । स्वास्थ्य खबरपत्रिकाबाट साभार
पुरुषले नै बच्चा जन्माएपछि….
एजेन्सीः साधारणतया सबैलाई थाहा छ कि बच्चालाई एक महिलाले जन्म दिने गर्छिन । तर अष्ट्रेलियीमा एक अपत्यारिलो घटना भएको छ । जहाँ पुरुषले नै बच्चालाई जन्म दिएका छन् । लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेका २२ जना पुरुषहरुले अष्ट्रेलियामा बच्चालाई जन्म दिएका छन् । अष्ट्रेलिया सरकारले हालै जारी गरेको तथ्यांकअनुसार गत दश वर्षमा २२ पुरुषले बच्चा जन्माएका हुन् । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले सार्वजनिक गरेको जन्म दरसँग सम्बन्धित तथ्यांकमा महिलाबाट पुरुष बनेकाहरुले बच्चा जन्माएको उल्लेख छ । यसअघि यो विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको थिएन । यद्यपि एउटा घटनामा भने लिंग थाहा नभएको भनेर वर्गीकृत गरिएको थियो । लिंग परिवर्तन गरी पुरुष बनेकाहरुले बच्चा जन्माएपछि कतिपयले भने पुरुषत्वमाथिको चुनौतिको रुपमा टिप्पणी गरेका छन् ।
बौद्ध–जोरपाटी सडकखण्डमा धमाधम कालोपत्रे (तस्वीर)
काठमाडौं, जेठ २ । स्थानीयको आन्दोलनपछि बुधबारदेखि टुसाल–बौद्ध–जोरपाटी सडकखण्डमा धमाधम कालोपत्रे गरिँदै । तस्वीर- फेसबुकबाट साभार
बुहारीलाई फेसबुक चलाउन बन्देज, कारण यस्तो छ
लमजुङ, चैत १० । लमजुङको क्व्होलासोंथर गाउँपालिका १ कपुरगाउँकी कृपा विकलाई अरुले जस्तै सामाजिक सञ्जाल (फेसबुक) चलाउने रहर छ । फेसबुकमा के हुँदो रहेछ भन्ने उनलाई चासो पनि उत्तिकै छ । तर, परिवारबाटै फेसबुक चलाउन रोक लगाएको छ । परिवारको कुरा काट्न नसकेपछि उनले फेसबुक चलाएकी छैन । ‘सबैले फेसबुकको कुरा गर्छन् । चलाउँछन् । मलाई पनि चलाउन त मन छ नि । तर, के गर्नु परिवारको कुरा नमानौं पनि कसरी’ उनले भने, ‘इमो चलाउने गरेको छु । विदेशमा रहेको श्रीमानलाई यसैबाट भिडियो कल गर्छु । म्यासेज पठाउँछु ।’ १९ महिनाअघि कामको सिलसिलामा दुबईमा गएका श्रीमान फूलबहादुरको इच्छा अनुसार फेसबुक नचलाएको उनले बताइन् । ‘खोई किन हो । फेसबुक चलाउँछु भन्न खोज्दा कराउनु हुन्छ । किन चलाउनुपर्यो भन्छन्’ कक्षा ८ सम्म अध्ययन गर्नुभएका कृपाले भने, ‘आफ्नो श्रीमानले भनेको मान्नै पर्यो । फेसबुकमा देशभरका गतिविधि थाहा पाउँछन् भनिन्छ । मलाई पनि कुरा बुझ्न मन छ। म बुहारी भएकै कारण चलाउन पाउँदिन ।’ कपुरगाउँमा छोरीलाई फेसबुक चलाउन खुल्ला गरेपनि बुहारीले भने चलाउन पाएका छैनन् । फेसबुक चलाएर ज्ञानका कुरा सिक्ने र हेर्ने रहर बोकेका उक्त गाउँका बुहारीले आफ्नो इच्छा मनभित्रै लुकाएका छन् । गाउँकै आइतकुमारी विकले पनि फेसबुक चलाउनुहुन्न । गाउँमा रहेका अन्य दिदीबहिनीको फेसबुक हेरेर बस्ने गरेको उनले बताइन् । ‘७ कक्षा पढेको छु । मोबाइल चलाउन आउँछ । अक्षर चिनेको छु । फेसबुक पनि चलाउँकी जस्तो लाग्छ’ उनले भने, ‘श्रीमानले चलाउन दिनुहुन्न । फेसबुक कस्तो हुन्छ भनेर अरुको मोबाइलमा हेर्ने गरेको छु । चित्त बुझाएको छु ।’ एक वर्षअघि साउदी गएका श्रीमान धीरबहादुर विकले इमो चलाएपनि फेसबुक नचलाउ भन्ने गरेको उनले बताए । गाउँकै उमा विकको श्रीमान दिपेश साउदी गएको २ महिना भयो । श्रीमानसंग कुराकानीका लागि मोबाइल लिएका छन् । उनले पनि अरु बुहारीले जस्तै इमोमा कुराकानी गर्छन् । ‘यो गाउँका कुनैपनि बुहारीले फेसबुक चलाउँदैनन् । मैले मात्र के चलाउनु जस्तो छ । उनले भने, ‘फेसबुककै कारण कति महिला विग्रिएको सुनेका छौं । त्यसैले पनि हामीलाई चलाउन नदिनुभएको होला । बुढाले भनेको मान्नै प¥यो ।’ गाउँकी स्वास्थ्य स्वयंसेविका विष्णुमाया गुरुङका अनुसार कपुरगाउँका घरपिच्छे जस्तो युवा विदेश गएका छन् । कतिका श्रीमती बजार झरेका छन् । कति गाउँमै छन् । सबैको हात–हातमा मोबाइल भएपनि सामाजिक सञ्जाल (फेसबुक) कसैले चलाउन पाउँदैनन् । कतिलाई सासुससुरा त, कतिलाई श्रीमानले रोक्ने गरेको छ । उनले भने– ‘पढेलेखेका त चलाउँदैनन् । नपढेकाले कहाँबाट चलाउनु । फेसबुकले विकृति ल्यायो भनेर पनि होला श्रीमानहरुले चलाउन दिएका छैनन् ।’ बजार झरेका श्रीमतीहरु फेसबुकबाटै मायामा परी परिवारलाई विचल्ली पार्ने खबर आइरहेकाले श्रीमानले रोक लगाएको हुन सक्ने उनले बताइन् । गोरखापत्रबाट
यस्तो छ कब्जियतबाट छुटकारा पाउनको लागि सबैभन्दा राम्रो उपाय
कब्जियत भयो भनेर दिसा गर्नकै लागि औषधि प्रयोग गर्नुहुँदैन । त्यस्ता औषधिको कारण तत्कालै पेट दुख्ने समस्या निम्तिन्छ । त्यस्तै, औषधि सेवनपछि मात्र दिसा लाग्ने बानी पर्न थाल्छ । जसले कब्जियतको समस्या झन् बढाउने गर्छ । ० एलोप्याथिक औषधिको अत्यधिक प्रयोगले पनि कब्जियतको समस्या निम्तिन्छ । एन्टासिड, क्याल्सियम, स्लिपिङ ट्याब्लेड, ब्लडप्रेसर र मानसिक रोगका औषधिले कब्जियत हुने सम्भावना अत्यधिक हुन्छ । ० कब्जियत हटाउन सन्तुलित भोजन गर्न आवश्यक छ । मेवा, केरा, स्याउ, आँप, खरबुजाजस्ता फलफूल पर्याप्त खानुपर्छ । त्यस्तै किसमिस, बदाम आदिले पनि कब्जियतमा राहत मिल्छ । ० अलि बढी भात खाने हाम्रो प्रचलन हुन्छ । तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारी खानु राम्रो हो । गाँजर, मुला, गोलभेंडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ । त्यसैगरी, दही, मही, पानी प्रशस्त पिउने गर्नुपर्छ । नयाँपत्रिकाबाट
एपपल कम्पनीलाई एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी
विधिसम्बन्धी विशाल कम्पनी एप्पलले आफ्नो आम्दानी अपेक्षा गरेभन्दा कम हुने चेतावनी दिएलगत्तै उसको शेयरको कुल मूल्यमा ७५ अर्ब डलरको नोक्सानी भएको छ। वाल स्ट्रिटमा बिहीवार एप्पलको शेयर मूल्य १० प्रतिशतले खस्कियो। कारण के? एप्पलका प्रमुख कार्यकारी टिम कुकले कम्पनीको आम्दानी घट्नुका पछाडि चीनमा उसको बिक्रीमा आएको मन्दीलाई दोष लगाएका छन्। सन् २०१८ का अन्तिम तीन महिनामा एप्पलको आम्दानी ८४ अर्ब डलर मात्र हुने उनले बताए जबकि यसअघि सो आम्दानी ८९ अर्ब डलर हुने ठानिएको थियो। अन्य उपभोग्य सामग्रीका कम्पनीहरू जस्तै मोबाइल कम्पनी एप्पलका निम्ति पनि क्रिसमस जस्तो चाडबाडको मौसम फलदायी मानिन्छ। वर्षभर मध्ये सबभन्दा धेरै आम्दानी यही मौसममा हुने ठानिन्छ। तर यसपालि त्यस्तो हुन सकेन। एप्पलको आइफोन मोबाइलको बिक्रीमा गिरावट आउनुलाई कम्पनीको आम्दानी घट्नुको प्रमुख कारण ठानिएको छ। पहिले पहिले आइफोनको नयाँ संस्करण बजारमा आउने वितिक्कै मानिसहरू त्यसलाई किन्न निकै उत्सुक हुन्थे। कम्पनीको शोरुम बाहिर लामो लाइन लाग्ने गर्थ्यो। बीबीसीका प्रविधि सम्वाददाता डेव ली भन्छन्, “अचेल मोबाइल फोनका राम्रा गुणस्तरका कारण हामी नयाँ मोडल किनिहाल्न उत्सुक हुँदैनौँ। त्यसमाथि आइफोनका नयाँ संस्करणको मूल्यै नै एक हजार डलर पुगिसक्यो।” एप्पल अब चौथो ठूलो कम्पनी चीनमा एप्पलका सामग्री बिक्रीमा गिरावट आएको चेतावनी लगत्तै त्यसको असर अमेरिकी शेयर बजारमा परेको हो। प्रविधि कम्पनीहरूको शेयर सूचकाङ्क नाज्डाक ३ दशमलव १ प्रतिशतले गिर्यो। केही समय अगाडिसम्म एप्पल अमेरिकामा सार्वजनिक शेयर खरिदबिक्री हुनेमध्ये सबभन्दा ठूलो कम्पनी थियो। तर अब उसलाई अन्य तीन कम्पनीले उछिनिसके। अब एप्पल भन्दा अगाडि माइक्रोसफ्ट, एमेजन र गुगलको स्वामित्व भएको अल्फाबेट कम्पनी रहेका छन्। तर पछिल्लो समय एप्पललाई आफ्ना सामग्रीको बिक्रीमा कमी आउने अनुमान पहिलै थियो। त्यसैले उसले अन्य क्षेत्रमा पनि अगाडि बढ्ने प्रयास गरिरहेको छ। अचेल एप्पलले सेवा, स्वास्थ्य तथा फिटनेस क्षेत्रमा निकै प्रगति गरेको छ। एप्पलले सेवा क्षेत्रबाट उति नै कमाउँछ जति फेसबुकको कुल आम्दानी छ। त्यसैले डेव ली भन्छन्, “यसो भन्नु गलत हुनेछ कि एप्पल मुस्किलमा परेको छ।” -BBCNepali बाट
पूर्वाञ्चल विश्वविद्यालयको रजत महोत्सव पुस १९ मा
विराटनगर, पुस १६ । पूर्वाञ्चल विश्वविद्यालय, विराटनगरको २५औँ वार्षिकोत्सव एवं रजत महोत्सव–२०७५ यही पुस १९ गते हुने भएको छ । सो दिन विश्वविद्यालय स्थापना एवं सञ्चालनमा सहयोग पु¥याउने महानुभाव तथा विश्वविद्यालयमा दीर्घसेवा गरेका प्राध्यापक तथा कर्मचारीलाई सम्मान, रजत महोत्सव स्मारिकाको विमोचन, रजत महोत्सव स्तम्भ तथा माता सरस्वतीको मन्दिर उद्घाटन लगायत कार्यक्रम हुने तय भएको उपकुलपति प्रा डा घनश्यामलाल दासले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिए । सरकारले ८०५ बिघा वन क्षेत्रको जग्गा उपलब्ध गराएको विश्वविद्यालयमा गोठगाउँ परिसरको समग्र शैक्षिक एवं प्राज्ञिक विकासलाई लक्ष्य गरी एमबिबिएस शैक्षिक कार्यक्रमको सञ्चालनलाई प्रमुख प्राथमिकतामा राखिएको छ । आङ्गिक क्याम्पसको विकास गर्दै लैजाने लक्ष्य राखी नौ आङ्गिक क्याम्पसको विकास एवं सम्वद्र्धनमा विश्वविद्यालय अग्रसर छ । रजत महोत्सवका अवसरमा विश्वविद्यालयका छ सङ्काय अन्तर्गत ८० व्यावसायिक र प्राविधिक विषयका कार्यक्रम सञ्चालन भइरहेको छ । एक सय २१ सम्बन्धनप्राप्त सम्पूर्ण क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उपकुलपति दासले जानकारी दिए । रासस
निश्चल पीएसको सांगीतिक गजल संग्रह ‘पद्मिनी’ बजारमा
काठमाडौँ, कार्तिक १९ । हाल युएईमा रहेका गजलकार निश्चल पीएसद्वारा रचित गजलहरूको अडियो सिडी एल्बम ‘पद्मिनी’ सोमबार राजधानीको बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ । उक्त अडियो सिडीमा निश्चल पीएस रचित गजल संग्रह ‘सिसिफस जीवन’मा संग्रहित छ वटा गजलहरू राखिएका छन् । यस एल्बममा संग्रहित गजलहरूमा महेश खड्का, गैरे सुरेश, हरि लम्साल र तारा प्रकाश लिम्बूले संगीत दिएका छन् । त्यस्तै गजलहरू अन्जु पन्त. स्वरूपराज आचार्य, दीपक लिम्बू, ताराप्रकाश लिम्बू, नीरा रानाभाट र सुनिता थेगिमले स्वरबद्ध गरेका हुन् । ‘पद्मिनी’ गजल एल्बमभित्र- कहाँ कहाँ खोजे तिमीलाई, टुट्नु नाता टुटेपछि, जब तिम्रो साथ हुन्छ, तिम्रो मनको बगैंचामा, म रुँदिनँ भन्छु र हिजो आज कुन्नि किन बोलका गजलहरू समावेश गरिएका छन् । उक्त समारोहमा अन्जु पन्तको स्वरमा रहेको यसै एल्बमको गजल ‘कहाँ कहाँ खोजे तिमीलाई’को भिडियो समेत सार्वजनिक गरिएको थियो । उक्त ‘म्युजिक भिडियो’मा निकेश खड्काको निर्देशन रहेको छ । उक्त कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ गीतकार रमेश पौडेल, सङ्गीतकार शक्तिबल्लभ, पूर्व मिस नेपाल सुविन लिम्बू र प्रमुख अतिथिको रूपमा वरिष्ठ गीतकार एवं गजलकार प्राडा कृष्णहरि बरालले मतव्य दिएका थिए । कार्यक्रमको अध्यक्षता नेपाल गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले गरेका थिए भने गायिका नीरा रानाभाटले कार्यक्रम संचालन गरेकी थिइन् । उक्त सांगीतिक गजल संग्रहमा एली फोम्बो लिम्बूको लगानी रहेको र यसको बजार व्यवस्थापन पद्मिनी इन्टरटेनमेन्ट (प्रा) लिले गर्दैछ ।
उवासंघ अतरिया निर्वाचनमा चुलियाे असन्तुष्टी
अत्तरिया । उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा अत्तरियाका व्यवसायीहरूमा उम्ममेदवारहरु प्रति हनिराशा र आक्रोश बढेको छ । नेपाली काङ्ग्रेस समर्थक व्यापारीहरू र वामपन्थी व्यापारीहरू अलग अलग प्यानल बनाएर चुनावमा होमिएका छन् । विगत दश वर्षदेखि कांग्रेश समर्थक व्यापारीहरूको नेतृत्व रहेको संघमा नेतृत्व गरेका व्यक्तिहरूले नै उद्योग वाणिज्य संघलाइ बद्नाम गराउने काम गरेको व्यवसायीहरूको आरोप छ । कानुनले प्रतिबन्ध गरेको ढुकुटी खेलाउने कार्यमा समेत वर्तमान महासचिव तथा अहिलेका अध्यक्ष पदका उम्मेदवार अशोक देवकोटाको संग्लनता रहेको व्यवसायीहरूको आरोपसँगै व्यापारी र व्यवसायीहरुले नयाँ नेतृत्व छनाैटमा चनाखाे बन्न समेत अाग्रह गरेका छन । वर्तमान पदाधिकारी र केही उम्मेदवारहरुका गतिविधिले समग्र व्यवसायीकाे नै बदनाम गरेकाेले निर्वाचनलाई शुद्दिकरणकाे माैकाकाे रुपमा समेत लिन व्यवसायीहरुकाे अाग्रह छ । संघले प्रत्येक वर्ष आयोजना गर्ने महोत्सवमा समेत देवकोटाले आर्थिक गरेको केेेही व्यवसायीले बताए । केही उम्मेदवारहरुले सहकारी संस्थाको अध्यक्ष भएको बेला अत्तरियाका व्यापारीहरूको शेयर तथा जम्मा गरेकाे पैसा हिनामिना गरेको र सहकारी उक्त समय देखि नै बन्द रहेको एक व्यापारीे जानकारी दिए । अाम व्यापारीले कांग्रेस निकट उम्मेदवारमाथि प्रश्न उठाई रहँदा काँग्रेसभित्रबाट समेत कांग्रेसकै कार्यकर्ताले अहिले उम्मेदवार बनेकाहरूले विगतका पार्टीका चुनावहरूमा पार्टीलाई नै हराउन भूमिका खेलेको आरोप समेत लगाएका छन् ।
साइप्रसमा नेकपाको” प्रवासी नेपाली एकता मंच” गठन
साइप्रस,असोज २। नेकपाको प्रवासमा रहेका भातृ संगठनको एकता प्रक्रिया पनि तिब्र रूपमा अगाडि बढेको छ। साइप्रसमा नेकपाका कार्यकर्ताले आईतबार एक भेलाको आयोजना गरि साइप्रसको निकोसियामा रमिला राईको संयोजकत्वमा सचीव केशव ठकुरी सहित ३५ सदस्यीय नेपाल कम्युनिस्ट पार्टीको प्रवास सङ्गठन” प्रवासी नेपाली एकता मञ्च साइप्रस” गठन गरि पार्टी केन्द्रमा नाम सिफारिस गरेको छ। भेलाले नव गठित कमिटीलाई आयोजक कमिटीको रुप दिदै अबको छ महिनामा प्रवासी नेपाली एकता मन्चको अधिवेशन गर्ने उदेश्य सहित अन्य निर्णयहरु गरेको छ। यस्तै मञ्चला्ई कम्युनिस्ट एकताले दिएको प्रगतिशिल,जनवादी तथा देशभक्त नेपालीहरुको साझा संगठन बनाउने र ऐतिहासिक कालदेखि मुलुकमा रहदै आएको जातिय, भाषिक, धार्मिक, लैंगिक, क्षेत्रिय र वर्गिय विविधतालाई राष्ट्रिय सम्पदाको रुपमा स्विकार गर्दै विदेशमा रहेका नेपालीहरु विच साझा नेपाली पहिचानका आधारमा एकताको सुत्रमा समाहित गर्दै मुलुकको हितका पक्षमा क्रियासिल गराउने गरि संगठनमा सबैलाई समेट्दै अगाडि बढ्नु संगठनको मुख्य उद्देश रहेको सचिब केसब ठकुरिले बताएका छन। यस्तो छ नवगठित समितिको नामावली संयोजक रमिला राई ,सचीव केशब ठकुरि सदस्यहरुमा,माया लोप्चन तामाङ,दर्सन मगर,बिश्णु कुलुङ,संगीता गुरुङ, नबराज गौतम,सुनिला दोङ तामाङ,प्यारिता आङदेङ्बे, मुना क्षेत्री,सम्झना सेर्पा,सुस्मा बुढाथोकी,निस्चल लिम्बू,शोभा लिम्बू राई,सेरबहादुर राई,मनु लामा,कौसिला लिम्बू ,सबिता चौलागाईं निमि शेर्पा,मैना लामा,माया वाइबा,चारु दर्नान,नेहा राना मगर,सारा राना मगर,बिरेन भट्ट जस्मिन तामाङ, माया काप्ले,बिनोद साहा ठकुरि,लिला घले गुरुङ,शान्ति दोङ,आशा मल्ल,कालिका थापा मगर,रेनुका निरौला,पबि घिमेरे र अनिता लामा रहेका छन ।
नेपालीको मूलमन्त्र, समाजवादी गणतन्त्र
२१ औं शताब्दीमा सूचना प्रविधिको क्षेत्रमा तीव्र गतिमा अभुतपूर्व क्रान्ति भयो । कम्प्युटरको विकाससँगै विश्वले चामत्कारिक गतिमा एक पछि अर्को छलाङ्ग मारिरहेको छ । तीव्रता २१ औं शताब्तीको सबैभन्दा महत्वपूर्ण विशेषता हो । आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पनि विकास या विनास तीव्र गतिमा हुने गरेका छन् । नेपालको राजनीतिक स्थितिमा केही बर्षयता मात्रै असाधारण रुपले फेरबदल भएको छ । नेपाल साधन स्रोतले ज्यादै सम्पन्न छ तर संसारका गरिब देशहरुमध्येको एक हो । नेपालीहरु मिहिनेत, पौरख र बहादुरीताले विश्व किर्तिमानी छन् । तर गरिबीले छट्पटाईरहेका छन् । नेपाल इतिहासमा कहिल्यै उपनिवेश र पराधीन बनेन तर कहिल्यै स्वतन्त्र पनि हुन सकेन। नेपाली जनताले इतिहासदेखि ठूला–ठूला संघर्ष, कठोर साधना गरेर मुक्ति, परिवर्तन र विकासका सम्भावनाहरू अगाडि ल्याए तर वास्तविकताहरू अपहरित भए । पटक पटक ठूला–ठूला परिवर्तनहरू भए तर जनताको पक्षमा संस्थागत हुन सकेनन् । महान जनयुद्ध, संसदीय अभ्यास र शान्तिपूर्ण जनआन्दोलनले नेपालको इतिहासमा मात्रै नभएर विश्वकै ईतिहासमा एक नयाँ कायपलट गऱ्यो । यस नयाँ पृष्ठभूमिमा सारा नेपालीहरुको एउटै मुलमन्त्र बन्न गयो, त्यो हो नेपाली मोडेलको समाजवादी गणतन्त्र । यहाँ नपालीहरुको मूलमन्त्र नेपाली मोडेलको समाजवादी गणतन्त्र र यसको पृष्ठभूमिबारे सामान्य चर्चा गरौं । इतिहासमा खास खास मोडहरुमा कतिपय राष्ट्रहरुमा महान सम्भावनाहरु अगाडी आएको देखा पर्ने गर्छ । नेपाली समाजको अगाडि इतिहासमा देखा परेका त्यस्ता महान सम्भावनाहरू मध्ये तीनवटा सम्भावनाहरुको चर्चा गरौं । पहिलो सम्भावना: आजभन्दा २५० बर्ष अगाडि जतिखेर नेपाल बाईसे, चौबिसे राज्य हुँदै अनगिन्ती राज्यमा विभाजित थियो । साना–साना टुक्राटुक्री राज्यको भार जनतालाई असहाय रुपमा परेको थियो । किनकि राज्यको एकजना नागरिकले धेरै राज्यमा राजश्वकर तिर्नु पथ्र्यो । आवश्यकता राज्यको एकीकरणको थियो । त्यो आवश्यकताको नेतृत्व गर्न संयोगले राजा पृथ्वीनारायण शाह आइपुगे । पृथ्वीनारायण राजाका छोरा हुनुले अवसर पनि थियो । तर उनीसँग विशिष्ट क्षमता र प्रतिभा पनि थियो । उनैले नै राष्ट्रिय एकीकरण गरेर एकीकृत नेपालको जन्म दिए, तर पूंजीवादमा जाने बाटोलाई बन्ध्याकरण गरेर बलियो सामन्ती राज्य खडा गरे । पूंजीवादमा जाने बाटो बन्ध्याकरण नगरेको भए आज नेपाल विकसित राष्ट्रहरुकै दर्जामा पुग्ने थियो । यो राष्ट्रले एउटो ठूलो मौका र सम्भावना त्यही मोडमा गुमायो । परिणामत: २५० बर्ष भन्दा लामो समय सामन्तवादको नाईके राजतन्त्रले देशलाई कंगाल बनायो । जनताको जीवनस्तरलाई रसातलमा पुऱ्याइदियो । दोस्रो सम्भावना: इतिहासको अर्को कालखण्डमा अंग्रेजहरुले विश्वलाई नै आफ्नो उपनिवेश बनाउने अभियान चलाए । यही अभियानकै क्रममा भारतलाई निले र नेपाललाई आफ्नो बफादार कुत्ता जंगबहादुर मार्फत उपनिवेश बनाए । यसरी राणाहरुले १०४ बर्षसम्म देश र जनताबाट ब्रहमलुट मच्चाए । जहाँ जुन स्तरको दमन हुन्छ, त्यहाँ त्यही स्तरको प्रतिरोध र बिष्फोट हुने सार्वभौम नियम अनुसार जहानिँया राणा शाषणका विरुद्ध २००७ साल वरिपरि प्रतिरोध मात्र भएन्, राणा शाषण गर्ल्याम गुर्लुम ढल्यो । त्यो आन्दोलनको नेतृत्व काँग्रेस र कम्युनिष्टले गरे । राणा शाषणको अन्त्यसँगै २०१५ सालको आम चुनावमा काँग्रेसको २ तिहाई बहुमत र सरकारको नेतृत्व हुनुको नाताले देशलाई पूँजीवादी बाटोमा लैजाने स्वर्णिम कार्यभार काँग्रेसको काँधमा आयो । बिडम्वना काँग्रेस भित्रको गुटबन्दी र असक्षमता साथै राजा महेन्द्रको एम्बुसको कारण राष्ट्रले दोस्रो मौका तथा अवसर फेरि पनि नराम्रोसँग चुकायो । २०१७ सालदेखि पञ्चायतको बाटो हैन पूँजीवादी बाटोमा देश अगाडि बढेको भए आजसम्म देशको अवस्था अर्को ठाउँमा पुग्ने थियो । ३० बर्षीय पञ्चायती ब्यवस्थाले देशलाई खोक्रो मात्रै बनाएन, निरंकुश राजतन्त्रले बहुदल समेत ज्युँदै निल्यो । राणा शासनको अन्त्यसँगै आधा शताब्दी लामो समय पूँजीवादी बाटो अवरोध गरेर निरंकुश राजतन्त्रले जनतामा निरंकुशता मात्र थोपऱ्यो । यसरी राष्ट्रले दोस्रो सम्भावना र मौका पनि गुमायो । तेस्रो सम्भावना: नेपालको इतिहासमै धर्ती आकाश हल्लाउने माओवादीको नेतृत्वमा २०५२ सालमा महान जनयुद्ध भयो । जसले सीमान्तकृत वर्गदेखी आम जनसमुदायमा अभूतपूर्व चेतनाको जागरण मात्र ल्याएन अजर अमर ठानिएको सामन्तवादको नाइके निरंकुश राजतन्त्रको जरा काटिदियो । अर्को तिर एमालेले संसदीय अभ्यास र प्रयोगमा आफुलाई अब्बल सावित गर्दै संसदीय आन्दोलनलाई नयाँ उचाईमा उठाईदियो । यी दुवै बामशक्ति र काँग्रेसको संयुक्त मोर्चाद्वारा आयोजित २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनले राजतन्त्र फालिदियो । माओवादी र सात राजनीतिक शक्तिबीच विस्तृत शान्तिसम्झौता संविधान सभाको चुनाव, राजतन्त्रको अन्त्य, संघीय गणतन्त्रको घोषण गर्दै संविधान सभाबाट संविधान निर्माण प्रक्रिया अगाडि बढ्यो । संविधानसभाबाट संबविधान निर्माण र त्यसको कार्यान्वयनसँगै देशमा नयाँ युगको शुरुवात भयो । महान जनयुद्धको जगमा २०६२-०६३ को जनआन्दालनले सामन्ती निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, संविधान सभाको चुनावसँगै संविधान निर्माण र त्यसको कार्यान्वयन आदिले नेपालमा पूँजीवादी, जनवादी क्रान्तिले मूलभुत रुपमा पूर्णता प्राप्त गऱ्यो र देशमा समाजवादी क्रान्तिको ढोका खुल्यो । पूँजीवादी जनवादी क्रान्तिका कतिपय कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको महान कार्यभार पूरा गर्ने दायित्व अबका क्रान्तिकारीको काँधमा आइपुगेको छ । यो महान सम्भावना नेपाली राष्ट्रले प्राप्त गरेको तेस्रो सम्भावना र मौका हो । विगतमा यस्ता सम्भावनाहरु गुमेका छन र चुकेका छन् । विगतबाट गम्भीरतापूर्वक शिक्षा लिँदै यो सम्भावना तथा मौकालाई वास्तविकतामा बदल्ने संकल्प नै आजको जीवन मरणको संकल्प हो । २१ औं शताब्दीको पहिलो समाजवादी मुलुक नेपाललाई बनाउने नयाँ संकल्पका साथ दुई मुलधारका कम्युनिष्ट पार्टीहरुले एकता गरेर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण भएको छ । अब राष्ट्रका अगाडि देखा परेको यो मौका र सम्भावना वास्तविकतामा बद्लिने सुनिश्चित पनि भएको छ । रुस चीनलगायत संसारका कतिपय देशहरुमा समाजवाद स्थापना गर्दा अन्तराष्ट्रिय परिस्थिती अलि भिन्नै थियो । विश्वयुद्धले थलिएको साम्रज्यवाद, मजदुर आन्दोलन एवं राष्ट्रिय मुक्ति आन्दोलनको लहर स्थापित कम्युनिष्ट पार्टी र दूरदर्शी नेतृत्वका साथै कतिपय देशमा समाजवाद स्थापन हुँदा साथ दिने समाजवादी शिविर पनि थियो । आज नेपालमा त्यो स्थिति छैन्, बरु भिन्दै ढंगका आधार र तथ्यहरू विद्यमान रहेका छन् । कुनै विश्वयुद्धकै सम्भावना अहिले देखा पर्दैन बरु साम्रज्यवाद विरोधी मोर्चा बन्न सक्छ । जे होस यति बेला नेपालमा यस्ता केही वस्तुगत तथ्य र आधारहरु विकास भएका छन् । कम्युनिष्ट पार्टीको नेतृत्व भएकाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने मूलमन्त्रको अभिभारा पूरा गर्दै जाँदा नेपालमा समाजवाद स्थापनाको आधार पनि तयार हुँदै जाने छ । अब वास्तविक समाजवाद स्थापना गर्ने आधार र तथ्य एवं चुनौती बारे चर्चा गरौं । १) बहुसंख्यक जनता वामपन्थी हुनु: नेपालमा अधिकांश जनता वामपन्थी छन् । जो जनयुद्ध शान्तिपूर्ण आन्दोलन र संसदीय संघर्षबाट खारिएर बनेको वाम जनमत हो । चिली, ईन्डोनेसिया, निकारागुवालगायतका देशमा सोवियतसंघबाट प्रभावित भएर वाम जनमत बनेको थियो भने रुस, चीनमा समाजवाद स्थापनपछि विशाल वाम जनमत विकास भयो । तर नेपालमा लामो समयदेखि विभिन्न चरित्रका संघर्षबाट खारिएर विकास भएको विशाल वाम जनमत हो । यो वाम जनमतको आकांक्षा नेपालमा समाजवाद स्थापना गर्नु हो । २) शक्तिशाली पार्टी र स्थापित नेतृत्वको टिम हुनु: विश्वभरी कम्युनिष्ट पार्टीको पहिचान निरंकुश, एकदलिय र अधिनायकवादका रुपमा चित्रित गरिएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वलाई तानाशाहका रुपमा बदनाम गरिएको छ । तर नेपालको कम्युनिष्ट पार्टीको पहिचान लोकतान्त्रिक पार्टीका रुपमा भएको छ । आधा दर्जनबेसी राज्यको उच्च ओहदामा बसेका नेताहरुको टिम छ । हजारौं हण्डर ठक्कर खाएर आफूलाई अब्बल साबित गरिसकेका सयौं नेता र हजारौं कार्यकर्ताको विशालपंक्ति छ । विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा भएको बेला नेपालमा त्यसको ठिक विपरित अवस्थामा छ । पार्टीको जनतासँगको सम्बन्ध पानी र माछाजस्तो छ । पार्टी, सत्ता र सरकारमा छ । ३) स्थानीय तहदेखि केन्द्रसम्म वाम वर्चश्वको सरकार हुनु: देश पहिलो पटक संघीय प्रणालीमा गएको छ । सिंहदरबारको अधिकार गाउँसम्म पुगेको छ । संघीयता कार्यान्वयन र अधिकार सम्पन्न स्थानीय तह भएको बेला स्थानीय तहदेखी केन्द्रसम्म झण्डै झण्डै दुई तिहाई बहुमतको वाम सरकार छ । यो सरकारले न्यूनतम रुपमा आफ्नो ड्यूटी पूरा गर्न बित्तिकै समाजवाद निर्माणको पूर्वाधार खडा हुन्छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुन्छ । देशमा लामो समयदेखि कहिले राणा शासन, कहिले निरंकुश, राजतन्त्र र कहिले अस्थिरताको शिकार हुने विरासत अब सदाको निम्ति अन्त्य भएको छ । अब स्थिरता, सुशासन र समृद्धिको नयाँ युगको सुरुवात भएको छ । ४) समाजवादको बाधक दलाल नोकरशाही पुँजीवाद कमजोर हुनुः समान्तवादको अन्त्यसंगै अब नेपाली समाजको बाधक दलाल नोकरशाही पूँजीवाद हो । राणा, पञ्चायत र निरंकुश राजतन्त्रभन्दा दलाल, नोकरशाही, पूँजीवाद अहिले नै कमजोर छ । यसले गहिरोसंग आफ्ना जरा गाड्न पाएको छैन् र सुदृढ पनि छैन । नेपालमा राष्ट्रवादी भावना धेरै बलियो छ जसले दलाल पूँजीवादको हैन, आत्मनिर्भर तथा औद्योगिक पूँजीवादको विकास गर्न टेवा पुऱ्याउने छ । दलाल पूँजीवादहरुलाई राष्ट्रिय पूँजीवाद सम्पतिमा रुपान्तरण हुने अवसर पनि रहने भएकाले दलाल पूँजीपति वर्ग कम्जोर बन्दै जान्छ । ५) समाजवाद उन्मुख संविधान हुनु: संविधान सभाबाट निर्मित संविधानमा श्रमजीवी वर्गको हित अनुकुल ‘मौलिक हक’ सुनिश्चित गरिएको छ । आवश्यकता अनुसार संविधानको परिमार्जन र संशोधन गर्ने ढोका खुला गरिएको छ । संविधानको मूल प्रस्तावनामा समाजवाद-उन्मुख भनेर उल्लेख छ । संवैधानिक ढंगबाटै वास्तविक समाजवाद स्थापन गर्न सकिने बाटो पनि खुला गरिएको छ । बहुसंख्यक जनताको साथ र विश्वास लिएर संविधान संसोधन गर्न सकिने संवैधानिक प्रावधान सुनिश्चित गरिएको छ । ६) सम्राज्यवाद विरोधि संयुक्त मोर्चा: क्रान्ति र परिवर्तनको अन्तराष्ट्रिय प्रमुख बाधक साम्राज्यवाद हो । पूँजीवादको अन्तिम रुप साम्राज्यवाद रणनीतिक हिसावले कागजी बाघ हुँदाहुँदै तत्कालको निम्ति वास्तविक बाघ नै हो । तसर्थ सच्चा क्रान्तिकारीहरूको आपसी संयुक्त मोर्चाको साथसाथै साम्रज्यवाद विरोधी संयुक्त मोर्चा बन्ने आधार तयार भएका छन् । यतिबेला चीन, उत्तर कोरियालगायत दक्षिण अमेरीकि मुलुक समेतको शक्तिशाली मोर्चा बन्ने आधार प्रशस्त भएको छ । ७ ) नारा र गन्तब्यमा देश एकताबद्ध: अबको उद्देश्य र गन्तब्य समाजवादी गणतन्त्र कार्यक्रम र योजनाहरु नारामा व्यक्त हुन्छ । नारा जनवोली र जनजिब्रोबाट ब्यक्त हुन्छ । सबैका मन र मष्तिष्कमा बास गरेको नारा बलवान र शक्तिशाली हुन्छ । यतिबेला सबै नेपालीको साझा नारा बनेको छ ‘समृद्ध नेपाल र सुखी नेपाली’ । समृद्धि र सुख निश्चय पनि वर्ग पक्षधर हुन्छ । वर्गपक्षधर समृद्धि र सुखको उत्कर्ष भनेको समाजवादी गणतन्त्र नै हो । सबैको साझा र संयुक्त नारा अर्थात मुलमन्त्र भनेको समाजवादी गणतन्त्र नै हो । सामान्यतः कल्पनाबाट भावना, भावनाबाट विचार, विचारबाट भौतिक शक्तिको विकास हुन्छ । विचारको शक्तिले भौतिक शक्तिको रुप लिईसकेपछि त्यो शक्तिशाली बन्छ । उपरोक्त आधार र तथ्यहरुको विश्लेषणबाट नेपालमा समाजवाद स्थापना गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । तर समाजवाद स्थापना गर्न समाजवादको मोडेल अर्थात् समाजवादी क्रान्तिको कार्यदिशा र समाजवादी क्रान्तिको नेतृत्व गर्न लायकको कम्युनिष्ट पार्टीको आवश्यकता पर्दछ । यी दुबै कुरा कतै पनि बनिबनाउ वा रेडिमेड रुपमा फेला पर्दैनन् । न त कुनै विज्ञ वा प्राज्ञहरुको दिमागबाट फुत्त झर्छन्, न त कतै ठूला–ठूला किताबका ठेलीहरुमा नै फेला पर्छन् । यो त दृढ ईच्छाशक्ति र संकल्प भएका लाखौं करोडौ मान्छेहरुले सामूहिक रुपमा खोज, अध्ययन र अनुसन्धानको महाअभियानबाट नयाँ संष्लेषणमा पुग्ने महान कार्य हो । महान मार्क्सले सर्वाधिक बढी बेलायत, जर्मन र फ्रान्स पढ्नु भयो । मुख्यत: पूँजीवाद पढ्नु भयो । त्यही पूँजीवाद पढेर दूध निकाल्नु भयो , दही जमाउनु भयो, त्यही दही मथेर घ्यू निकाल्नु भयो । त्यही घ्यू वैज्ञानिक सिद्धान्त बन्यो । जो आज पर्यन्त आकाट्य छ, जड हैन गतिशील छ । २१ औं शताब्दीको युग सुहाउँदो , नेपाली विशेषता र मौलिकता अनुसारको समाजवादको मोडेल कस्तो हुनुपर्छ ? यो आजको सर्वाधिक महत्वपूर्ण वैचारिक कार्यभार हो । लक्ष्यप्रतिको दृढता र जनभावना प्रतिको लचकताले मात्र ठीक ठाउँमा पुग्न सकिन्छ । लक्ष्य प्राप्टीको दृढता भनेको जडता हैन न त जनभावनाप्रतिको लचकता भनेको वर्ग समन्वयता नै हो । विगतमा समाजवाद प्रयोगमा सिमा र कमीहरू रहे । सम्पूर्ण थोक राज्यको स्वामित्वको नाममा पार्टीको स्वामित्व र अझ एकाध ब्यक्तिको मात्रै स्वामित्वमा केन्द्रित भएर नेकरशाही प्रवृति हावी भयो । नजानिदो ढंगले राज्य नै निरंकुश र नोकरशााही हुन पुग्यो । कम्युनिष्टहरुलाई एकदलिय र अधिनायकवादीका रुपमा संसारभरि चित्रित गरियो । क्रान्ति, प्रतिक्रान्ति र असफल क्रान्तिबाट शिक्षा र पाठ सिकेर नयाँ मोडेलको समाजवादको विकास गर्न जरुरी छ । तीन खम्वे स्वामित्व रहेको नेपाली मोडेलको समाजवादको विकास नै आजको आवश्यकता हो । उत्पादनका प्रमुख साधन स्रोतहरुमा राज्यको स्वामित्व रहने, कतिपय साधन र स्रोतहरुमा समुदायको स्वामित्व रहने र कतियप साधन र स्रोतहरुमा ब्यक्तिको स्वामित्व रहने प्रणालीनै तीन खम्बे स्वामित्व प्रणाली हो । सामूहिक उत्पादन र सापेक्षित समान वितरण नै यसको मूल मर्म हो । सबैचिजमा व्यक्तिको स्वामित्व तर सामूहिक उत्पादन र असमान वितरणका कारण पूँजीवाद चिहानमा पुग्छ । त्यही चिहानबाट सचेत पहलको परिणाम समाजवादको स्थापना हुन्छ । नेपाली माडेलको समाजवाद विकास गरेर मात्र यहाँको समस्याको समाधान हुन्छ र संसारभरी नयाँ संदेश जान्छ । असल साध्य खराब साधनले पूरा गर्न सक्तैन । सुन्दर र महान साध्य प्राप्त गर्न सुन्दर र महान साधन नै चाहिन्छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि जनवाद,समाजवाद, साम्यवादमा मतभेद भएन तर जनवाद समाजवादमा पुग्ने बाटोको बारे लामो समय मतभेत भइरह्यो । यही कारण झण्डै आधा शताब्दी लामो समय त्यही क्रान्तिको बाटो कुन हो, भनेर दर्जनौ टुक्रामा कम्युनिष्टहरु फुटिरहे । आफुलाई सहि साबित गर्न र अस्तित्व रक्षा एवं विकास गर्न एकअर्कालाई संगीन आरोपहरु लगाईरहे । शसस्त्र संघर्षको बाटोबाट मात्र जनवादी क्रान्ति गर्न सकिन्छ भनेर तत्कालिन कोर्डिनेशन केन्द्रले झापामा हतियार उठायो । परिस्थिती तयार नहुँदै हतियार उठाउनु गलत भयो भनेर तत्कालीन केन्द्रीय न्जुक्लियसले झापा विद्रोहलाई उग्रवामपन्थी भटकाव भन्यो । कालान्तरमा त्यही कोके, शुरुमा मालेपछि एमालेका रुपमा विकास भयो भने त्यही केन्द्रीय न्युकलस, चौम, मशाल, एकताकेन्द्र हुँदै माओवादीमा विकास भयो । माओवादीले जनवादी क्रान्तिको निम्ति ०५२ सालदेखि महान जनयुद्धको थालनी गऱ्यो । एमालेले यो जनयुद्धलाई उग्रवामपन्थी भटकाव हुँदै आतंककारी देख्न पुग्यो भने माओवादीले संसदीय संघर्ष गरिरहेको एमालेलाई प्रतिक्रियावादमा पतनसम्म देख्न पुग्यो । यस्ता संगीन आरोप प्रत्यारोपका बावजुद एकआपसमा सहकार्य पनि भइरहेको थियो । परिणाम स्वरुपमा १२ बुँदे सम्झैता, विस्तृत शान्ति सम्झौता, संविधान सभाको चुनाव, संघीय गणतन्त्रको घोषणासम्म आइपुग्दा फरक स्थिती बनिरहेको थियो । पहिलो र मुख्य कुरा नेपालमा जनवादी क्रान्ति दस्ताबेजमा लेखे जसरी माओको नेतृत्वमा ची हैन नेपाली मौलिकतामा पूँजीवादी जनवादी क्रान्ति भयो भन्ने बुझाईमा एकरुपता देखियो । दोस्रो अब नेपाली क्रान्तिको बाटो भनेको शान्तिपूर्ण राजनीति र दलिय प्रतिस्पर्धा हो भन्ने निष्कर्ष समान ढंगको नै रहन गयो । तेस्रो अब नेपालमा गर्ने क्रान्ति भनेको जनवादी क्रान्ति नभएर समाजवादी क्रान्ति हो भन्ने निष्कर्षमा पनि समान बुझाई नै रह्यो । चौथो कुरा, तत्काल संविधानको कार्यान्वयन, अस्थिरताको अन्त्य, राष्ट्रको समृद्धि र जनताको जीवनस्तरमा परिवर्तन भन्ने निष्कर्षपनि एउटै रहन गयो । यसरी सारतत्व र अन्तरवस्तुका हिसाबले धेरै सैद्धान्तिक राजनैतिक बिषयहरु मिलिसकेपछि एकताको विकल्प पनि रहेन । माओवाद २१ औं शताबदीको जनवाद जनताको बहुदलीय जनवाद, इतिहासको मुल्यांकनलगायतका कतिपय विषयहरुमा आगामी एकताको महाधिवेशनमा छलफल गर्ने सहमति सहित दुई मुलधारका ठूला पार्टीहरुको गत जेठ ३ गते एकताको घोषणा भयो । जुन एकताले विश्वको ध्यान खिच्न सफल भएको छ । यी दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकताले एकातिर प्रचुर सम्भावनाहरुको ढोका खोलेको छ, अर्को तिर डरलाग्दा चुनौतीहरुलाई जन्मपनि दिएको छ । मुख्य कुरा एकताको रक्षा र विकास गर्ने चुनौती हो । मुल नेतृत्व टिममा प्रगाढ सम्बन्धको विकासमा र पार्टीभित्रका विभिन्न प्रवृतिहरु एक अर्काका बाधक हैन परिपुरकका रुपमा लिएर मात्र एकताको रक्षा र विकास गर्न सकिन्छ । लामो समय फरक धारा र स्कुलबाट अभ्यस्त भएर आएका पार्टीहरुको एकता पछि सामुहिक टिमस्प्रीट पैदा गर्न विधि र पद्धतिलाई संस्थागत गरेर मात्र सम्भव छ । नेपालको पूँजीवादी जनवादी क्रान्ति जनयुद्धकै जगमा भएको हो भन्ने एउटा पक्षले र संसदीय अभ्यास र आन्दोलनले उक्त परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको हो भन्ने अर्को पक्षले हृदयदेखि आत्मसात नगरी एकता सुदृढ हुन सक्दैन् । त्याग तपस्या बलिदानको जगमा खडा भएको नैतिक बल एवम् क्रान्ति र परिवर्तनका नारा ऐजेण्डाहरुलाई एउटा पक्षले आत्मसात गर्ने साथै लामो समय दलीय प्रतिस्पर्धा गर्दै आउँदा विकास भएको जनसम्बन्ध एवं विकास गरिएको विधि पद्धतिलाई अर्को पक्षले आत्मसात गरेर मात्र एकतालाई नयाँ उचाईमा उठाउन सकिन्छ । पुराना आग्रह पूर्वाग्रहबाट मुक्त भएर पुराना सोच मानसिकता र पार्टीहरु मिलेर नयाँ, सकारात्मक सोच र पार्टीको पुनर्गठनको मुल मर्मलाई आत्मसात गरेर मात्रै यो विशाल पार्टीको नेतृत्व गर्न सकिन्छ । निष्कर्षमा ज्वारभाटाका विरुद्ध जाने हिम्मत नगरी अबको भूमिका पूरा गर्न असम्भव छ । एकातिर पराजित भएको शक्ति आफुमाथि लागेको धुलो टकटकाउदै पराजयको कारण पत्ता लगाएर दशौं गुणा शक्तिशाली भएर आउछ भने अर्कोतिर जितेको शक्ति दम्भ, घमण्ड र अहंकारले फुलेको हुन्छ । अघि बढ्ने विनम्रता र सिक्नमा सिपालु नभएर यो चुनौतीको सामना गर्न सकिदैन् । एकातिर ज्ञान, अनुभव, पूँजी र प्रविधिको सिमा र कर्म छ भने अर्को तिर विद्युतिय गतिमा संघीयताको कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । एकातिर संविधान संसोधन गरेर कार्यकारी राष्ट्रपतीय प्रणालीमा लिनुछ, भने अर्को तिर राष्ट्र लाई एकतावद्ध गर्नु छ । एकातिर सीमित साधन स्रोत र पूँजीद्वारा रणनीतिक ढंगले भौतिक पूर्वाधार खडा गर्नु छ भने अर्को तिर आम जनताका असीमित अपेक्षाहरु पूरा गर्नुछ । यी कठिन तर अनिवार्य कार्यभारहरु हुन् । समाजवादप्रतिको अविचलित आस्था र संकल्प, जनता र पार्टीप्रतिको अदाम्य विश्वास, सकारात्मक र सृजनशील सोँच र भावनाले मात्र देश र जनतालाई एकताबद्ध गर्न सकिन्छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा एकताले मात्र समाजवादी गणतन्त्र स्थापन गर्न सकिन्छ । मान्छे समस्याको जड मात्र हैन् । समाधानको चाबी पनि हो । अब निराशा असंभव सम्भवमा, अभावहरु सम्पन्नतामा बदलिनेछन् । त्यागको भब्य जगमा सबैभन्दा क्रान्तिकारी नारा एजेण्डा र विशाल जनमतको समायोजन हुनेछ । समाजवादी गणतन्त्र स्थापन हुने छ । स्वर्णिम अक्षरले नयाँ इतिहास लेखिनेछ ।
सुनचाँदीको बजार मूल्य कति रहेको छ ?
काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । आइतबार नेपाली बजारमा सुनको मूल्य ५७ हजार ९ सय र चाँदीको ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकार दिएको छ ।
फेरि अाज पनि कतिले घट्यो सुनचाँदीको मूल्य ?
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य दुर्इ सय रुपैयाँले घटेको छ । बुधबार बजारमा सुनको मूल्य ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार घटेर सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बुधबार बजारमा चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भएकोमा बिहीबार भने चाँदीको मूल्य ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएका छन्।
धुवाँ–धुलोबाट बच्नका लागि कस्तो चस्मा उपयुक्त हुन्छ ?
चैतको हावाहुरीले राजधानीका सडक धुलाम्मे भएृका छन् । सडकमा हिंड्ने जो कोहिलाई यसले समस्या पारेको छ। धुलोबाट संबेदनशील अंग आँखालाई बचाउन चस्माको प्रयोग गर्नु अत्यावश्यक भएको छ। धुलो मात्रै नभई घामको विकीरणबाट पर्न सक्ने असरलाई समेत चस्माले न्यूनीकरण गर्दछ। आँखाको सुरक्षा मात्र नभई चस्माले सुन्दरता बढाउन पनि उत्तिकै भुमिका खेल्छ। गर्मी तथा धुवाँधुलोबाट आँखालाई जोगाउन कालो चस्माको प्रयोग उपयोगी मानिन्छ। सामान्यतया चस्माले आँखालाई धुलो, धुँवा, किटाणुबाट बचाउन मद्दत गर्छ। त्यसमा पनि कालो चस्माले आँखा बिगार्ने अल्ट्रा भाइलेट विकीरणबाट समेत सुरक्षा दिने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार चस्माको प्रयोग गर्दा आँखामा अल्ट्राभाइलेट रेको प्रभाव कम हुने र मोतिविन्दु तथा ढकनीको झिल्लीमा हुने क्यान्सर समेत घटाउन मद्दत पुग्दछ। बढि घाम हुने भएकै कारण तराईमा मोतिबिन्दु हुनकोे औसत उमेर ४० वर्ष र पहाडमा ५५ वर्ष। आँखा रोग विशेषज्ञ डा। अजितमान श्रेष्ठ जति गर्मी र घाम बढछ उति धेरै कालो चस्मा उपयोगी हुने र प्रयोग गर्नुपर्ने सुझाउँछन् । त्यस्तै हिउँ, पानीको सतह, घाम लागेको स्थान लगायत बढी चमक आउने स्थानमा चस्माको प्रयोगले हेर्न सहज बनाउनुका साथै अन्य जोखिमपूर्ण क्षेत्रमा काम गर्दा आँखालाई चोटपटक लाग्नबाट समेत जोगाउने गर्छ। नेपाली बजारमा फरक मूल्यका रेबन, पोलिस, भोउग, ओकले, गुसी जस्ता विश्व बजारका चर्चित ब्राण्डका चस्माहरु किन्न पाइन्छ। तर माथि उल्लेखित ब्राण्ड मध्ये नेपाली माझ रेबन बढी चर्चित छ। जसको ओर्जिनल चस्माको बजार मूल्य ५ हजार देखि २५ हजारसम्म पर्ने गर्दछ। अन्य ब्राण्डका चस्मा केही आधिकारीक पसलले मात्र सम्बन्धित कम्पनीबाट ल्याउने हुनाले तिनमा उपभोक्ता ठगिने सम्भावना न्युन रहन्छ। तर नेपालमा रेबन लेखेका चस्मा फुटपाथ देखि महँगा पसलहरुसम्म पाइने गर्छ। जसमा नक्कली र सक्कली छुट्याउन नसक्दा ग्राहक ठगिने गरेका छन्। दरबारमार्ग स्थित ‘अपसन्स’ पसल सञ्चालन गर्दै आएका अनुज शाक्यका अनुसार नेपाली बजारमा चीन तथा इटालीबाट चस्मा भित्रिने गर्छ। जसमा इटालीबाट आयात हुने चस्मा आधिकारिक ब्राण्डको विक्रेता मार्फत सोझै ल्याइएको हुन्छ। चीनबाट आयात हुने चस्मामा ब्राण्डेड नाम राखेर बनाइन्छ र ग्राहक झुक्याउन ‘मेड इन इटाली’ वा ‘मेड इन युएसए’ भनेर बेचिन्छ। उनले भने, ‘नेपालमा क्रेज बढे पनि ओर्जिनल चिन्न नसक्दा हाल ७० प्रतिशत मानिस चस्मा किन्ने क्रममा ठगिने गरेको पाएको छु, गुणस्तरमा भन्दा मूल्यमा ध्यान दिने तथा जस्तो पायो त्यस्तै पसलमा चस्मा किन्नाले अधिकाशं मानिस ठगिने गरेका छन्।’ विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वका ४० वर्ष भन्दा मुनिका ४० प्रतिशत तथा ४० वर्ष नाघेका सबै मानिसलाई चस्माको आवश्यकता पर्दछ। कसरी चिन्ने ओर्जिनल चस्मा ? व्यवसायीहरुका अनुसार चस्मा किन्नु भन्दाअघि त्यो प्लास्टिक वा पोलाराइज्ड युभी ग्लास के बाट बनेको भन्ने कुरामा चनाखो हुनुपर्र्छ। त्यस्तै किन्न लागेको चस्माको स्टिकर वा लोगो हेर्ने, ‘ग्लास स्टिकर’मा चस्मालाई परीक्षण गर्ने र ‘ब्राण्ड कन्सेप्ट’ तथा ‘जेन्यून’ ठाउँमा किन्ने गर्नुपर्दछ। चिकित्सक श्रेष्ठका अनुसार घाम बढी लागेको समयमा आँखाको नानीको आकार तथा व्यास सानो हून्छ। यस्तोमा कमसल चस्मा प्रयोग गर्दा आँखामा अँध्यारोपन बढ्न जान्छ र त्यसले नानी वरपरको व्यास ठूलो बनाउँछ। कमसल तथा नबुझी किनेका चस्मा लगाउँदा आँखाको नानी र पर्दासम्म बढी प्रकाश पुग्ने र त्यसले व्यास ठूलो बनाउने तथा सूर्यको किरणलाई फिल्टर गर्न नसक्ने हुन्छ। यसको कारण हानिकारक प्रकाश भित्र छिरेर आँखालाई झन् नराम्रो असर पुर्याउने गर्छ। कसरी छान्ने आफूलाई सुहाउने चस्मा ? चस्माले मानिसको व्यक्तित्वको पहिचानमा पनि महत्वपूर्ण भूमिका खेल्ने गर्छ। चस्माको बनोट र अनुहारको आकार अनुसार चस्मा छान्नु पर्छ। दृष्टी विशेषज्ञ किशोर सापकोटाका अनुसार व्यक्तिलाई कस्तो फ्रेम भएको चस्मा सुहाउँछ भन्ने कुरा अनुहारको बनोट, छालाको रङ तथा कपालको शैलीमा निर्भर हुने गर्छ। उनको भनाइमा चारपाटे वा गोलो अनुहार भएका व्यक्तिलाई ‘रेक्टेन्गुलर’ तथा लाम्चो अनुहार भएका व्यक्तिलाई बढी चौडा भएको चस्मा प्रयोग गर्दा सुहाउँछ। उनका अनुसार लाम्चो ९ओभल० आकारको अनुहार भएका व्यक्तिलाई भने प्राय सबै खाले फ्रेमको चस्मा सुहाउने गर्छ। त्यस्तै नाक लामो भएका व्यक्तिलाई लेन्सको बीचको भाग अलि छोटो तथा नाकको तल्लो भागमा अडिने खालको र छोटो नाक भएकाहरुलाई नाकको शिरानमै अडिने खालको चस्मा सुहाउने गर्छ। चस्माको माथिको भाग र प्रयोगकर्ताको आँखीभौं समानान्तर नभएमा चस्माले आखीँभौं नै ढाक्ने खालको हुनुपर्दछ। कपाल खौरिएको वा छोटो भएका व्यक्तिलाई मसिनो वा हलुका फ्रेम आकर्षक हुन्छ भने लामो कपाल भएकाहरुलाई मध्यम स्तरको फ्रेम र ठिक्क कपाल हुनेहरुलाई ठूलो र गाढा फ्रेमको चस्मा प्रयोग गर्दा सुहाउने उनी बताउँछन्। एजेन्सीको सहयोगबाट
गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते
कपिलवस्तु । यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् । काठमाडाैंबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हँुदा बसमा सवार १२ जना घाइते भएका हुन् । घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिनुभयो । बसमा समान्य क्षति हुनाका साथै घाइतेको अवस्था मध्यम रहेको र केही उपचारपछि घर फर्केेको प्रहरीले जनाएको छ । कसले बम प्रहार गरेको भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।