नेपालीको मूलमन्त्र, समाजवादी गणतन्त्र

२१ औं शताब्दीमा सूचना प्रविधिको क्षेत्रमा तीव्र गतिमा अभुतपूर्व क्रान्ति भयो । कम्प्युटरको विकाससँगै विश्वले चामत्कारिक गतिमा एक पछि अर्को छलाङ्ग मारिरहेको छ । तीव्रता २१ औं शताब्तीको सबैभन्दा महत्वपूर्ण विशेषता हो । आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पनि विकास या विनास तीव्र गतिमा हुने गरेका छन् । नेपालको राजनीतिक स्थितिमा केही बर्षयता मात्रै असाधारण रुपले फेरबदल भएको छ ।

नेपाल साधन स्रोतले ज्यादै सम्पन्न छ तर संसारका गरिब देशहरुमध्येको एक हो । नेपालीहरु मिहिनेत, पौरख र बहादुरीताले विश्व किर्तिमानी छन् । तर गरिबीले छट्पटाईरहेका छन् । नेपाल इतिहासमा कहिल्यै उपनिवेश र पराधीन बनेन तर कहिल्यै स्वतन्त्र पनि हुन सकेन। नेपाली जनताले इतिहासदेखि ठूला–ठूला संघर्ष, कठोर साधना गरेर मुक्ति, परिवर्तन र विकासका सम्भावनाहरू अगाडि ल्याए तर वास्तविकताहरू अपहरित भए । पटक पटक ठूला–ठूला परिवर्तनहरू भए तर जनताको पक्षमा संस्थागत हुन सकेनन् । महान जनयुद्ध, संसदीय अभ्यास र शान्तिपूर्ण जनआन्दोलनले नेपालको इतिहासमा मात्रै नभएर विश्वकै ईतिहासमा एक नयाँ कायपलट गऱ्यो । यस नयाँ पृष्ठभूमिमा सारा नेपालीहरुको एउटै मुलमन्त्र बन्न गयो, त्यो हो नेपाली मोडेलको समाजवादी गणतन्त्र । यहाँ नपालीहरुको मूलमन्त्र नेपाली मोडेलको समाजवादी गणतन्त्र र यसको पृष्ठभूमिबारे सामान्य चर्चा गरौं ।

इतिहासमा खास खास मोडहरुमा कतिपय राष्ट्रहरुमा महान सम्भावनाहरु अगाडी आएको देखा पर्ने गर्छ । नेपाली समाजको अगाडि इतिहासमा देखा परेका त्यस्ता महान सम्भावनाहरू मध्ये तीनवटा सम्भावनाहरुको चर्चा गरौं ।

पहिलो सम्भावना: आजभन्दा २५० बर्ष अगाडि जतिखेर नेपाल बाईसे, चौबिसे राज्य हुँदै अनगिन्ती राज्यमा विभाजित थियो । साना–साना टुक्राटुक्री राज्यको भार जनतालाई असहाय रुपमा परेको थियो । किनकि राज्यको एकजना नागरिकले धेरै राज्यमा राजश्वकर तिर्नु पथ्र्यो । आवश्यकता राज्यको एकीकरणको थियो । त्यो आवश्यकताको नेतृत्व गर्न संयोगले राजा पृथ्वीनारायण शाह आइपुगे । पृथ्वीनारायण राजाका छोरा हुनुले अवसर पनि थियो । तर उनीसँग विशिष्ट क्षमता र प्रतिभा पनि थियो । उनैले नै राष्ट्रिय एकीकरण गरेर एकीकृत नेपालको जन्म दिए, तर पूंजीवादमा जाने बाटोलाई बन्ध्याकरण गरेर बलियो सामन्ती राज्य खडा गरे । पूंजीवादमा जाने बाटो बन्ध्याकरण नगरेको भए आज नेपाल विकसित राष्ट्रहरुकै दर्जामा पुग्ने थियो । यो राष्ट्रले एउटो ठूलो मौका र सम्भावना त्यही मोडमा गुमायो । परिणामत: २५० बर्ष भन्दा लामो समय सामन्तवादको नाईके राजतन्त्रले देशलाई कंगाल बनायो । जनताको जीवनस्तरलाई रसातलमा पुऱ्याइदियो ।

दोस्रो सम्भावना: इतिहासको अर्को कालखण्डमा अंग्रेजहरुले विश्वलाई नै आफ्नो उपनिवेश बनाउने अभियान चलाए । यही अभियानकै क्रममा भारतलाई निले र नेपाललाई आफ्नो बफादार कुत्ता जंगबहादुर मार्फत उपनिवेश बनाए । यसरी राणाहरुले १०४ बर्षसम्म देश र जनताबाट ब्रहमलुट मच्चाए । जहाँ जुन स्तरको दमन हुन्छ, त्यहाँ त्यही स्तरको प्रतिरोध र बिष्फोट हुने सार्वभौम नियम अनुसार जहानिँया राणा शाषणका विरुद्ध २००७ साल वरिपरि प्रतिरोध मात्र भएन्, राणा शाषण गर्ल्याम गुर्लुम ढल्यो । त्यो आन्दोलनको नेतृत्व काँग्रेस र कम्युनिष्टले गरे ।

राणा शाषणको अन्त्यसँगै २०१५ सालको आम चुनावमा काँग्रेसको २ तिहाई बहुमत र सरकारको नेतृत्व हुनुको नाताले देशलाई पूँजीवादी बाटोमा लैजाने स्वर्णिम कार्यभार काँग्रेसको काँधमा आयो । बिडम्वना काँग्रेस भित्रको गुटबन्दी र असक्षमता साथै राजा महेन्द्रको एम्बुसको कारण राष्ट्रले दोस्रो मौका तथा अवसर फेरि पनि नराम्रोसँग चुकायो । २०१७ सालदेखि पञ्चायतको बाटो हैन पूँजीवादी बाटोमा देश अगाडि बढेको भए आजसम्म देशको अवस्था अर्को ठाउँमा पुग्ने थियो । ३० बर्षीय पञ्चायती ब्यवस्थाले देशलाई खोक्रो मात्रै बनाएन, निरंकुश राजतन्त्रले बहुदल समेत ज्युँदै निल्यो । राणा शासनको अन्त्यसँगै आधा शताब्दी लामो समय पूँजीवादी बाटो अवरोध गरेर निरंकुश राजतन्त्रले जनतामा निरंकुशता मात्र थोपऱ्यो  । यसरी राष्ट्रले दोस्रो सम्भावना र मौका पनि गुमायो ।

तेस्रो सम्भावना: नेपालको इतिहासमै धर्ती आकाश हल्लाउने माओवादीको नेतृत्वमा २०५२ सालमा महान जनयुद्ध भयो । जसले सीमान्तकृत वर्गदेखी आम जनसमुदायमा अभूतपूर्व चेतनाको जागरण मात्र ल्याएन अजर अमर ठानिएको सामन्तवादको नाइके निरंकुश राजतन्त्रको जरा काटिदियो । अर्को तिर एमालेले संसदीय अभ्यास र प्रयोगमा आफुलाई अब्बल सावित गर्दै संसदीय आन्दोलनलाई नयाँ उचाईमा उठाईदियो । यी दुवै बामशक्ति र काँग्रेसको संयुक्त मोर्चाद्वारा आयोजित २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनले राजतन्त्र फालिदियो । माओवादी र सात राजनीतिक शक्तिबीच विस्तृत शान्तिसम्झौता संविधान सभाको चुनाव, राजतन्त्रको अन्त्य, संघीय गणतन्त्रको घोषण गर्दै संविधान सभाबाट संविधान निर्माण प्रक्रिया अगाडि बढ्यो । संविधानसभाबाट संबविधान निर्माण र त्यसको कार्यान्वयनसँगै देशमा नयाँ युगको शुरुवात भयो ।

महान जनयुद्धको जगमा २०६२-०६३ को जनआन्दालनले सामन्ती निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, संविधान सभाको चुनावसँगै संविधान निर्माण र त्यसको कार्यान्वयन आदिले नेपालमा पूँजीवादी, जनवादी क्रान्तिले मूलभुत रुपमा पूर्णता प्राप्त गऱ्यो र देशमा समाजवादी क्रान्तिको ढोका खुल्यो । पूँजीवादी जनवादी क्रान्तिका कतिपय कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको महान कार्यभार पूरा गर्ने दायित्व अबका क्रान्तिकारीको काँधमा आइपुगेको छ । यो महान सम्भावना नेपाली राष्ट्रले प्राप्त गरेको तेस्रो सम्भावना र मौका हो । विगतमा यस्ता सम्भावनाहरु गुमेका छन र चुकेका छन् । विगतबाट गम्भीरतापूर्वक शिक्षा लिँदै यो सम्भावना तथा मौकालाई वास्तविकतामा बदल्ने संकल्प नै आजको जीवन मरणको संकल्प हो । २१ औं शताब्दीको पहिलो समाजवादी मुलुक नेपाललाई बनाउने नयाँ संकल्पका साथ दुई मुलधारका कम्युनिष्ट पार्टीहरुले एकता गरेर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण भएको छ । अब राष्ट्रका अगाडि देखा परेको यो मौका र सम्भावना वास्तविकतामा बद्लिने सुनिश्चित पनि भएको छ ।

रुस चीनलगायत संसारका कतिपय देशहरुमा समाजवाद स्थापना गर्दा अन्तराष्ट्रिय परिस्थिती अलि भिन्नै थियो । विश्वयुद्धले थलिएको साम्रज्यवाद, मजदुर आन्दोलन एवं राष्ट्रिय मुक्ति आन्दोलनको लहर स्थापित कम्युनिष्ट पार्टी र दूरदर्शी नेतृत्वका साथै कतिपय देशमा समाजवाद स्थापन हुँदा साथ दिने समाजवादी शिविर पनि थियो । आज नेपालमा त्यो स्थिति छैन्, बरु भिन्दै ढंगका आधार र तथ्यहरू विद्यमान रहेका छन् । कुनै विश्वयुद्धकै सम्भावना अहिले देखा पर्दैन बरु साम्रज्यवाद विरोधी मोर्चा बन्न सक्छ । जे होस यति बेला नेपालमा यस्ता केही वस्तुगत तथ्य र आधारहरु विकास भएका छन् । कम्युनिष्ट पार्टीको नेतृत्व भएकाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने मूलमन्त्रको अभिभारा पूरा गर्दै जाँदा नेपालमा समाजवाद स्थापनाको आधार पनि तयार हुँदै जाने छ ।

अब वास्तविक समाजवाद स्थापना गर्ने आधार र तथ्य एवं चुनौती बारे चर्चा गरौं ।

१) बहुसंख्यक जनता वामपन्थी हुनु: नेपालमा अधिकांश जनता वामपन्थी छन् । जो जनयुद्ध शान्तिपूर्ण आन्दोलन र संसदीय संघर्षबाट खारिएर बनेको वाम जनमत हो । चिली, ईन्डोनेसिया, निकारागुवालगायतका देशमा सोवियतसंघबाट प्रभावित भएर वाम जनमत बनेको थियो भने रुस, चीनमा समाजवाद स्थापनपछि विशाल वाम जनमत विकास भयो । तर नेपालमा लामो समयदेखि विभिन्न चरित्रका संघर्षबाट खारिएर विकास भएको विशाल वाम जनमत हो । यो वाम जनमतको आकांक्षा नेपालमा समाजवाद स्थापना गर्नु हो ।

२) शक्तिशाली पार्टी र स्थापित नेतृत्वको टिम हुनु: विश्वभरी कम्युनिष्ट पार्टीको पहिचान निरंकुश, एकदलिय र अधिनायकवादका रुपमा चित्रित गरिएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वलाई तानाशाहका रुपमा बदनाम गरिएको छ । तर नेपालको कम्युनिष्ट पार्टीको पहिचान लोकतान्त्रिक पार्टीका रुपमा भएको छ । आधा दर्जनबेसी राज्यको उच्च ओहदामा बसेका नेताहरुको टिम छ । हजारौं हण्डर ठक्कर खाएर आफूलाई अब्बल साबित गरिसकेका सयौं नेता र हजारौं कार्यकर्ताको विशालपंक्ति छ । विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा भएको बेला नेपालमा त्यसको ठिक विपरित अवस्थामा छ । पार्टीको जनतासँगको सम्बन्ध पानी र माछाजस्तो छ । पार्टी, सत्ता र सरकारमा छ ।

३) स्थानीय तहदेखि केन्द्रसम्म वाम वर्चश्वको सरकार हुनु: देश पहिलो पटक संघीय प्रणालीमा गएको छ । सिंहदरबारको अधिकार गाउँसम्म पुगेको छ । संघीयता कार्यान्वयन र अधिकार सम्पन्न स्थानीय तह भएको बेला स्थानीय तहदेखी केन्द्रसम्म झण्डै झण्डै दुई तिहाई बहुमतको वाम सरकार छ । यो सरकारले न्यूनतम रुपमा आफ्नो ड्यूटी पूरा गर्न बित्तिकै समाजवाद निर्माणको पूर्वाधार खडा हुन्छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुन्छ । देशमा लामो समयदेखि कहिले राणा शासन, कहिले निरंकुश, राजतन्त्र र कहिले अस्थिरताको शिकार हुने विरासत अब सदाको निम्ति अन्त्य भएको छ । अब स्थिरता, सुशासन र समृद्धिको नयाँ युगको सुरुवात भएको छ ।

४) समाजवादको बाधक दलाल नोकरशाही पुँजीवाद कमजोर हुनुः समान्तवादको अन्त्यसंगै अब नेपाली समाजको बाधक दलाल नोकरशाही पूँजीवाद हो । राणा, पञ्चायत र निरंकुश राजतन्त्रभन्दा दलाल, नोकरशाही, पूँजीवाद अहिले नै कमजोर छ । यसले गहिरोसंग आफ्ना जरा गाड्न पाएको छैन् र सुदृढ पनि छैन । नेपालमा राष्ट्रवादी भावना धेरै बलियो छ जसले दलाल पूँजीवादको हैन, आत्मनिर्भर तथा औद्योगिक पूँजीवादको विकास गर्न टेवा पुऱ्याउने छ । दलाल पूँजीवादहरुलाई राष्ट्रिय पूँजीवाद सम्पतिमा रुपान्तरण हुने अवसर पनि रहने भएकाले दलाल पूँजीपति वर्ग कम्जोर बन्दै जान्छ ।

५) समाजवाद उन्मुख संविधान हुनु: संविधान सभाबाट निर्मित संविधानमा श्रमजीवी वर्गको हित अनुकुल ‘मौलिक हक’ सुनिश्चित गरिएको छ । आवश्यकता अनुसार संविधानको परिमार्जन र संशोधन गर्ने ढोका खुला गरिएको छ । संविधानको मूल प्रस्तावनामा समाजवाद-उन्मुख भनेर उल्लेख छ । संवैधानिक ढंगबाटै वास्तविक समाजवाद स्थापन गर्न सकिने बाटो पनि खुला गरिएको छ । बहुसंख्यक जनताको साथ र विश्वास लिएर संविधान संसोधन गर्न सकिने संवैधानिक प्रावधान सुनिश्चित गरिएको छ ।

६) सम्राज्यवाद विरोधि संयुक्त मोर्चा: क्रान्ति र परिवर्तनको अन्तराष्ट्रिय प्रमुख बाधक साम्राज्यवाद हो । पूँजीवादको अन्तिम रुप साम्राज्यवाद रणनीतिक हिसावले कागजी बाघ हुँदाहुँदै तत्कालको निम्ति वास्तविक बाघ नै हो । तसर्थ सच्चा क्रान्तिकारीहरूको आपसी संयुक्त मोर्चाको साथसाथै साम्रज्यवाद विरोधी संयुक्त मोर्चा बन्ने आधार तयार भएका छन् । यतिबेला चीन, उत्तर कोरियालगायत दक्षिण अमेरीकि मुलुक समेतको शक्तिशाली मोर्चा बन्ने आधार प्रशस्त भएको छ ।

७ ) नारा र गन्तब्यमा देश एकताबद्ध: अबको उद्देश्य र गन्तब्य समाजवादी गणतन्त्र कार्यक्रम र योजनाहरु नारामा व्यक्त हुन्छ । नारा जनवोली र जनजिब्रोबाट ब्यक्त हुन्छ । सबैका मन र मष्तिष्कमा बास गरेको नारा बलवान र शक्तिशाली हुन्छ । यतिबेला सबै नेपालीको साझा नारा बनेको छ ‘समृद्ध नेपाल र सुखी नेपाली’ । समृद्धि र सुख निश्चय पनि वर्ग पक्षधर हुन्छ । वर्गपक्षधर समृद्धि र सुखको उत्कर्ष भनेको समाजवादी गणतन्त्र नै हो । सबैको साझा र संयुक्त नारा अर्थात मुलमन्त्र भनेको समाजवादी गणतन्त्र नै हो । सामान्यतः कल्पनाबाट भावना, भावनाबाट विचार, विचारबाट भौतिक शक्तिको विकास हुन्छ । विचारको शक्तिले भौतिक शक्तिको रुप लिईसकेपछि त्यो शक्तिशाली बन्छ । उपरोक्त आधार र तथ्यहरुको विश्लेषणबाट नेपालमा समाजवाद स्थापना गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

तर समाजवाद स्थापना गर्न समाजवादको मोडेल अर्थात् समाजवादी क्रान्तिको कार्यदिशा र समाजवादी क्रान्तिको नेतृत्व गर्न लायकको कम्युनिष्ट पार्टीको आवश्यकता पर्दछ । यी दुबै कुरा कतै पनि बनिबनाउ वा रेडिमेड रुपमा फेला पर्दैनन् । न त कुनै विज्ञ वा प्राज्ञहरुको दिमागबाट फुत्त झर्छन्, न त कतै ठूला–ठूला किताबका ठेलीहरुमा नै फेला पर्छन् । यो त दृढ ईच्छाशक्ति र संकल्प भएका लाखौं करोडौ मान्छेहरुले सामूहिक रुपमा खोज, अध्ययन र अनुसन्धानको महाअभियानबाट नयाँ संष्लेषणमा पुग्ने महान कार्य हो । महान मार्क्सले सर्वाधिक बढी बेलायत, जर्मन र फ्रान्स पढ्नु भयो । मुख्यत: पूँजीवाद पढ्नु भयो । त्यही पूँजीवाद पढेर दूध  निकाल्नु भयो , दही जमाउनु भयो, त्यही दही मथेर घ्यू निकाल्नु भयो । त्यही घ्यू वैज्ञानिक सिद्धान्त बन्यो । जो आज पर्यन्त आकाट्य छ, जड हैन गतिशील छ ।

२१ औं शताब्दीको युग सुहाउँदो , नेपाली विशेषता र मौलिकता अनुसारको समाजवादको मोडेल कस्तो हुनुपर्छ ? यो आजको सर्वाधिक महत्वपूर्ण वैचारिक कार्यभार हो । लक्ष्यप्रतिको दृढता र जनभावना प्रतिको लचकताले मात्र ठीक ठाउँमा पुग्न सकिन्छ । लक्ष्य प्राप्टीको दृढता भनेको जडता हैन न त जनभावनाप्रतिको लचकता भनेको वर्ग समन्वयता नै हो । विगतमा समाजवाद प्रयोगमा सिमा र कमीहरू रहे । सम्पूर्ण थोक राज्यको स्वामित्वको नाममा पार्टीको स्वामित्व र अझ एकाध ब्यक्तिको मात्रै स्वामित्वमा केन्द्रित भएर नेकरशाही प्रवृति हावी भयो । नजानिदो ढंगले राज्य नै निरंकुश र नोकरशााही हुन पुग्यो ।

कम्युनिष्टहरुलाई एकदलिय र अधिनायकवादीका रुपमा संसारभरि चित्रित गरियो । क्रान्ति, प्रतिक्रान्ति र असफल क्रान्तिबाट शिक्षा र पाठ सिकेर नयाँ मोडेलको समाजवादको विकास गर्न जरुरी छ । तीन खम्वे स्वामित्व रहेको नेपाली मोडेलको समाजवादको विकास नै आजको आवश्यकता हो । उत्पादनका प्रमुख साधन स्रोतहरुमा राज्यको स्वामित्व रहने, कतिपय साधन र स्रोतहरुमा समुदायको स्वामित्व रहने र कतियप साधन र स्रोतहरुमा ब्यक्तिको स्वामित्व रहने प्रणालीनै तीन खम्बे स्वामित्व प्रणाली हो ।

सामूहिक उत्पादन र सापेक्षित समान वितरण नै यसको मूल मर्म हो । सबैचिजमा व्यक्तिको स्वामित्व तर सामूहिक उत्पादन र असमान वितरणका कारण पूँजीवाद चिहानमा पुग्छ । त्यही चिहानबाट सचेत पहलको परिणाम समाजवादको स्थापना हुन्छ । नेपाली माडेलको समाजवाद विकास गरेर मात्र यहाँको समस्याको समाधान हुन्छ र संसारभरी नयाँ संदेश जान्छ ।

असल साध्य खराब साधनले पूरा गर्न सक्तैन । सुन्दर र महान साध्य प्राप्त गर्न सुन्दर र महान साधन नै चाहिन्छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि जनवाद,समाजवाद, साम्यवादमा मतभेद भएन तर जनवाद समाजवादमा पुग्ने बाटोको बारे लामो समय मतभेत भइरह्यो । यही कारण झण्डै आधा शताब्दी लामो समय त्यही क्रान्तिको बाटो कुन हो, भनेर दर्जनौ टुक्रामा कम्युनिष्टहरु फुटिरहे । आफुलाई सहि साबित गर्न र अस्तित्व रक्षा एवं विकास गर्न एकअर्कालाई संगीन आरोपहरु लगाईरहे । शसस्त्र संघर्षको बाटोबाट मात्र जनवादी क्रान्ति गर्न सकिन्छ भनेर तत्कालिन कोर्डिनेशन केन्द्रले झापामा हतियार उठायो । परिस्थिती तयार नहुँदै हतियार उठाउनु गलत भयो भनेर तत्कालीन केन्द्रीय न्जुक्लियसले झापा विद्रोहलाई उग्रवामपन्थी भटकाव भन्यो ।

कालान्तरमा त्यही कोके, शुरुमा मालेपछि एमालेका रुपमा विकास भयो भने त्यही केन्द्रीय न्युकलस, चौम, मशाल, एकताकेन्द्र हुँदै माओवादीमा विकास भयो । माओवादीले जनवादी क्रान्तिको निम्ति ०५२ सालदेखि महान जनयुद्धको थालनी गऱ्यो । एमालेले यो जनयुद्धलाई उग्रवामपन्थी भटकाव हुँदै आतंककारी देख्न पुग्यो भने माओवादीले संसदीय संघर्ष गरिरहेको एमालेलाई प्रतिक्रियावादमा पतनसम्म देख्न पुग्यो । यस्ता संगीन आरोप प्रत्यारोपका बावजुद एकआपसमा सहकार्य पनि भइरहेको थियो । परिणाम स्वरुपमा १२ बुँदे सम्झैता, विस्तृत शान्ति सम्झौता, संविधान सभाको चुनाव, संघीय गणतन्त्रको घोषणासम्म आइपुग्दा फरक स्थिती बनिरहेको थियो ।

पहिलो र मुख्य कुरा नेपालमा जनवादी क्रान्ति दस्ताबेजमा लेखे जसरी माओको नेतृत्वमा ची हैन नेपाली मौलिकतामा पूँजीवादी जनवादी क्रान्ति भयो भन्ने बुझाईमा एकरुपता देखियो । दोस्रो अब नेपाली क्रान्तिको बाटो

भनेको शान्तिपूर्ण राजनीति र दलिय प्रतिस्पर्धा हो भन्ने निष्कर्ष समान ढंगको नै रहन गयो । तेस्रो अब नेपालमा गर्ने क्रान्ति भनेको जनवादी क्रान्ति नभएर समाजवादी क्रान्ति हो भन्ने निष्कर्षमा पनि समान बुझाई नै रह्यो । चौथो कुरा, तत्काल संविधानको कार्यान्वयन, अस्थिरताको अन्त्य, राष्ट्रको समृद्धि र जनताको जीवनस्तरमा परिवर्तन भन्ने निष्कर्षपनि एउटै रहन गयो । यसरी सारतत्व र अन्तरवस्तुका हिसाबले धेरै सैद्धान्तिक राजनैतिक बिषयहरु मिलिसकेपछि एकताको विकल्प पनि रहेन । माओवाद २१ औं शताबदीको जनवाद जनताको बहुदलीय जनवाद, इतिहासको मुल्यांकनलगायतका कतिपय विषयहरुमा आगामी एकताको महाधिवेशनमा छलफल गर्ने सहमति सहित दुई मुलधारका ठूला पार्टीहरुको गत जेठ ३ गते एकताको घोषणा भयो । जुन एकताले विश्वको ध्यान खिच्न सफल भएको छ ।

यी दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकताले एकातिर प्रचुर सम्भावनाहरुको ढोका खोलेको छ, अर्को तिर डरलाग्दा चुनौतीहरुलाई जन्मपनि दिएको छ । मुख्य कुरा एकताको रक्षा र विकास गर्ने चुनौती हो । मुल नेतृत्व टिममा प्रगाढ सम्बन्धको विकासमा र पार्टीभित्रका विभिन्न प्रवृतिहरु एक अर्काका बाधक हैन परिपुरकका रुपमा लिएर मात्र एकताको रक्षा र विकास गर्न सकिन्छ । लामो समय फरक धारा र स्कुलबाट अभ्यस्त भएर आएका पार्टीहरुको एकता पछि सामुहिक टिमस्प्रीट पैदा गर्न विधि र पद्धतिलाई संस्थागत गरेर मात्र सम्भव छ ।

नेपालको पूँजीवादी जनवादी क्रान्ति जनयुद्धकै जगमा भएको हो भन्ने एउटा पक्षले र संसदीय अभ्यास र आन्दोलनले उक्त परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको हो भन्ने अर्को पक्षले हृदयदेखि आत्मसात नगरी एकता सुदृढ हुन सक्दैन् । त्याग तपस्या बलिदानको जगमा खडा भएको नैतिक बल एवम् क्रान्ति र परिवर्तनका नारा ऐजेण्डाहरुलाई एउटा पक्षले आत्मसात गर्ने साथै लामो समय दलीय प्रतिस्पर्धा गर्दै आउँदा विकास भएको जनसम्बन्ध एवं विकास गरिएको विधि पद्धतिलाई अर्को पक्षले आत्मसात गरेर मात्र एकतालाई नयाँ उचाईमा उठाउन सकिन्छ । पुराना आग्रह पूर्वाग्रहबाट मुक्त भएर पुराना सोच मानसिकता र पार्टीहरु मिलेर नयाँ, सकारात्मक सोच र पार्टीको पुनर्गठनको मुल मर्मलाई आत्मसात गरेर मात्रै यो विशाल पार्टीको नेतृत्व गर्न सकिन्छ ।

निष्कर्षमा ज्वारभाटाका विरुद्ध जाने हिम्मत नगरी अबको भूमिका पूरा गर्न असम्भव छ । एकातिर पराजित भएको शक्ति आफुमाथि लागेको धुलो टकटकाउदै पराजयको कारण पत्ता लगाएर दशौं गुणा शक्तिशाली भएर आउछ भने अर्कोतिर जितेको शक्ति दम्भ, घमण्ड र अहंकारले फुलेको हुन्छ । अघि बढ्ने विनम्रता र सिक्नमा सिपालु नभएर यो चुनौतीको सामना गर्न सकिदैन् । एकातिर ज्ञान, अनुभव, पूँजी र प्रविधिको सिमा र कर्म छ भने अर्को तिर विद्युतिय गतिमा संघीयताको कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।

एकातिर संविधान संसोधन गरेर कार्यकारी राष्ट्रपतीय प्रणालीमा लिनुछ, भने अर्को तिर राष्ट्र लाई एकतावद्ध गर्नु छ । एकातिर सीमित साधन स्रोत र पूँजीद्वारा रणनीतिक ढंगले भौतिक पूर्वाधार खडा गर्नु छ भने अर्को तिर आम जनताका असीमित अपेक्षाहरु पूरा गर्नुछ । यी कठिन तर अनिवार्य कार्यभारहरु हुन् ।

समाजवादप्रतिको अविचलित आस्था र संकल्प, जनता र पार्टीप्रतिको अदाम्य विश्वास, सकारात्मक र सृजनशील सोँच र भावनाले मात्र देश र जनतालाई एकताबद्ध गर्न सकिन्छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा एकताले मात्र समाजवादी गणतन्त्र स्थापन गर्न सकिन्छ । मान्छे समस्याको जड मात्र हैन् । समाधानको चाबी पनि हो । अब निराशा असंभव सम्भवमा, अभावहरु सम्पन्नतामा बदलिनेछन् । त्यागको भब्य जगमा सबैभन्दा क्रान्तिकारी नारा एजेण्डा र विशाल जनमतको समायोजन हुनेछ । समाजवादी गणतन्त्र स्थापन हुने छ । स्वर्णिम अक्षरले नयाँ इतिहास लेखिनेछ ।

चिसोबाट बच्न यी तरिकाहरु अपनाअौं

बिहान मर्निङ नगरौ‌ं चिकित्सकहरुका अनुसार चिसो मौषममा विहान मर्निङ वाक गर्नु हानिकारक हुन्छ । सूर्योदय हुन अघि मौषम ओसिलो हुन्छ । उक्त समयमा फुलका पराग कणहरु हावाको ओसिलो पनाका कारण जमेर बसेका हुन्छन तीनै कणले हाम्रो छालालाई हानी पर्याउछन । त्यसकारण सूर्योदय पछि मात्र मर्निङ वाक गरौं । बालबालिकालाई चिसोबाट यसरी बचाऔं चिसोबाट सबैभन्दा बढी बालबालिकाहरु प्रभावित हुन्छन । चिसोका कारण धेरै बालबालिकाहरुको ज्यान गएको समाचारहरु हामीले थाहा पाउदै आएका छौ । त्यसकारण सूर्योदय हुनु अघि बालबिलकाहरुलाई घरबाहिर निस्कन नदिऔ । घाम लागिसकेपछि मात्र उनीहरुलाई बाहिर निस्कन दिनु उपयुक्त हुन्छ । चिसोको मौषममा दिउसो पनि बालबालिकाहरुलाई न्यानो लुगा, टोपी, पन्जा, मुखमा मास्क र जिरो पावरवाला चश्मा लगाएर मात्र सार्वजनिक स्थानमा जानु दिऔ । बालबालिकाहरुलाई तातो पानी खान दिऔं । खानेकुरामा ध्यान दिऔं भुजिया नमकीन मिठाई विभिन्न पेय पदार्थहरुमा धेरै मात्रामा चिनी, बोसोजन्य पदार्थ र सोडियम जस्ता मानव शरीरलाई नोक्सान पुर्याउने पदार्थ हुन्छन । यी पदार्थको सेवनले रोगसंग लडने क्षमतामा ह्रास ल्याउछ । त्यसकारण यस्ता चिजहरुबाट यसरी बचौ ।आफ्नै बारीमा फलेका फलफुल र तरकारी खाऔं । दिनमा ३ र ४ पटक काजु बदाम जस्ता पोसिला ड्राईफ्रुट खाने बानी बसालौ । दैनिक ३ देखि ४ लिटरसम्म पानी पिऔं । यदी यति धेरै पानी पिउन कठिनाई भइरहेको छ भने दुध, दही,लस्सी, नरिवलको पानि, कागतीपानी पनि पिउन सक्नु हुन्छ । सकिन्छ भने अमला र अम्बा दैनिक खाने गरौ । प्रोटिनयुक्त खाध्यपदार्थ नियमित खाऔं । दैनिक आधा घण्टा अनिवार्य शारीरिक व्यायम गरौं ।

राजनेता प्रचण्डको चितवने छनक

विनोदखण्ड तिमिल्सेना/ शिक्षक, कर्मचारी, मजदुर, जागिरे चाहिएको विज्ञापन यथेष्ट देख्न पाईन्छ । अघिपछि मात्र हैन चुनावको समयमा समेत राजनितीक कार्यकर्ता चाहिएको, नेता चाहिएको र राजनेता चाहियो भनेर विज्ञापन भएको देखिएको छैन । यो विज्ञापन गर्ने विषय पनि हैन । अपबाद र विकृतिलाई बडार्ने हो भने राजनितीक कार्य स्वयंसेवाको काम हो र यो पेशा, ब्यवसाय वा उद्योग पनि हैन र हुनु हुँदैन । यसैले नेता चाहिएको विज्ञापन हुँदैन । राजनितीक कार्यकर्तानै नेता हुने हुन् र स्वयं सेवाको माध्यमबाट समाज अगाडि बढाउने सामाजिक कार्यकर्ता हुन । हुनुपर्छ । कुन पार्टीको कुन कार्यकर्ताले वास्तवमानै समाजसेवा गरेको छ छुट्याउने काम आम जनसमुहको हो । र, जनताले निर्वाचनमा आफ्नो जनमत मार्फत असल समाजसेविको चयन गर्छन । यि कार्यकर्तानै कालान्तरमा राजनीतिक नेतामा विकसित हुन्छन । जनमत प्राप्त पार्टी प्रतिनिधी नै जनप्रतिनिधी, मन्त्रि, प्रधानमन्त्रि, उपराष्ट्रपति, राष्ट्रपति समेत हुन्छन । राज्य संचालनको वागडोर सम्हाल्छन । देश गभर्न गर्छन । तर समग्रतामानै राज्यको अविभावकत्व ग्रहण गर्न सक्ने, पार्टी भन्दा माथी उठेको,  नेताहरुको पनि नेता/अविभावक बन्न सक्ने वृहद/दिर्घकालिन सोच भएको अनि विचार, दृष्टिकोण, उद्येश्य, योजना र कार्यक्रम -Thouhts, Vission, Mission, Objective, Plan & Program_सहित देशलाई एकताबद्ध बनाई हाक्न सक्ने राजनेताको आवश्यकता अहिले खड्किएको सर्वत्र चर्चा छ । नेपाल लिडरहरुको भिडमा लिडरसिप क्राइसिसमा छ भन्नेहरुको पनि कमि छैन । के नेपालमा राजनेताको खडेरी परेकै हो त ? उनको विगत हेर्दा उनी संघर्षशिल–बस्तुपरक, आवेग पुर्ण–विबेकसहितको, योद्धा–वार्ता सहितको, वार्ताकार–विकल्प सहितको क्षमता प्रदर्शन गरि एकता–संघर्ष–रुपान्तरणको मान्यतालाई ब्यवाहरतः प्रयोग गरी छलाङ्गमय बिकासमा प्रतिवद्ध रहेका नेताहुन भन्ने पुष्टि हुन्छ । राजनेतामा के कस्तो दर्शन, विचार, सोंच, दृष्टिकोण, योजना, प्रतिभा र व्यवाहारिकता हुनु पर्छ भन्नेवारेमा जनमत पनि पृथक रहेको छ । सामान्यतया राजनिती बर्गिय हुन्छ । श्रमजीवि जनताको दृष्टिमा हेर्ने हो भने श्रमप्रति सम्मान भएको, ब्यक्तिगत लाभ हानी लाई होईन सामाजको÷राष्ट्रको हितलाई सर्वोपरि ठान्ने, राष्ट्र राष्ट्रियता प्रति प्रतिवद्ध, जन्मभुमि को रक्षामा क्रियाशिल, प्रगतिशिल सोंच, बैज्ञानिक वस्तुवादी चिन्तन, भयमुक्त, पारदर्शि, सदाचारी र न्यायपुर्ण समाज निर्माणसहित समाजबादी ब्यवस्थाको आधार तयारीमा प्रतिबद्ध नेता नै राजनेता हो भन्न सकिन्छ । राष्ट्रको नेता हुनु पनि राजनेता हुनुका लागि चाहिने पुर्वाधार हो । यस पृष्ठभुमिमा नेपालमा राजनेताको आवश्यकता साँच्चिकै खड्किएको छ । विगतमा वि.पि. कोईराला, पुष्पलाल श्रेष्ठ, मदन भण्डारीहरुले राजनेता उन्मुख राष्ट्रनेताको परिचय बनाएका थिए । वर्तमानमा पनि राजनेता उन्मुख राष्ट्रनेताको परिचय बनाउन पुष्पकमल दाहाल प्रचण्ड सफल भएका छन । द्धन्तोत्तर नेपालको दिशालाई रुपान्तर गरि शान्तिपुर्ण संक्रमणका माध्यमबाट समाजको रुपान्तरण गरि जनमत मार्फत परिवर्तन संस्थागत गर्न अग्रसर वर्तमान परिवेशको सर्जकको हकदारहरु मध्य प्रचण्डको नाम अग्रपङितमा आउँछ । नेपालमा नोवेल शान्ति पुरस्कारको हकदारका रुपमा चर्चामा रहेका प्रचण्डलाई दक्षिण अफ्रिकाका नेल्सन मण्डेला, भारतका गान्धि, चिनका माआत्सेतुङ्ग, रुसका लेनिनको हैसियतको राजनेताको दर्जा दिनु अतिसयोक्ति हुने भएपनि समकालिन नेपालको राजनितीज्ञहरुमा प्रचण्डनै सबैभन्दा ओझिला राष्ट्रनेता हुन । शान्ति सम्झौताको एक हस्ताक्षर कर्ताको हैसियतले पनि उनले शान्ति पुरस्कार पाउनु जायज र न्यायोचित हुन्छ । त्यतिमात्रै हैन नेपालको शान्ति वार्ता र शान्ति प्रकृयाले विश्व समुदायलाई दक्षिण अफ्रिकाको राजनितीक परिवर्तनकै हाराहारीमा रहेर शिक्षा दिएको छ । शान्ति प्रकृयामा उनले देखाएको परिपक्वता र खासगरि गिरिजा प्रसाद कोईरालाको मृत्यु पछिको लिडरसिप क्राइसिसमा उनले नै अन्तराष्ट्रिय समुदायसँग डिल गरिरहेका छन । राजतन्त्रको अन्तगरि संविधानसभा मार्फत जनमतको बलमा राजनीतिक परिवर्तन गर्न सकिन्छ भन्ने तथ्य संसारले मोडलका रुपमा ग्रहण गर्ने अवसर प्राप्त भएको छ । यसको श्रेय प्रचण्डलाई जान्छ नै । यसरी विश्वको राजनीतिक परिघटनाका आँखाले हेर्दा नेपालको परिवर्तन चानचुने हैन । हो राजनीतिक परिवर्तन मात्र भएको छ र आर्थिक परिवर्तन र जनजीवनमा अनुभुति हुनेगरि परिवर्तनको स्वाद जनजनमा पुग्न सकेको छैन । यो अर्कैै छलफलको पाटो हो । जे सुकै भएपनि नेपालको शान्ति प्रकृयाको सफलता संसारकै राजनीतिक परिवर्तनको अनुकरणिय नेपाली मोडल हो भन्नेमा आम मानिसहरु सहमत छन । बरु नेपालमा नै यो तथ्यलाई आमरुपमा स्विकार्न आनाकानी होला तर विश्वसमुदायले यसको खुलेरै प्रशंसा गरेको छ । यस पृष्ठभुमिमा प्रचण्ड नेपालको राजनेतामा रुपान्तरित हुँदै गरेका राष्ट्र नेता हुन । उनिमा राजनेतामा हुनुपर्ने गुणहरुको प्रशस्त छनकहरु पाउन सकिन्छ । यस लाई यि केहि तथ्यहरुका आधारमा हेर्नु पर्छ । राजनितीक परिवर्तनको जग :  नेपालमा २०६२/०६३ मा राजनीतिक परिवर्तन भएर राजतन्त्रको अन्त भयो । स्विकार गरेपनि नगरेपनि संघिय गणतन्त्रको प्राप्तिको यात्राको जग जनयुद्धनै हो । जनयुद्धको नेतृत्व गरि नेपालमा जनगणतन्त्र निर्माण प्रकृयाको नेतृत्व गरेकाले प्रचण्डलाई गणतन्त्र नेपालको निर्माणकर्ताहरु मध्य प्रमुख मानिन्छ ।  शान्ति सम्झौता : प्रचण्ड शान्ति सम्झौताको हस्ताक्षरकर्ता भै शान्ति प्रकृयाको नेतृत्व गरेका नेता हुन । शान्ति प्रकृयालाई सार्थक निष्कर्षमा पुराउन उनले ठुलो योगदान गरे । जनयुद्धकालका मुख्य साथीहरु मोहन बैद्य किरण, राम बहादुर थापा बादल, पम्फा भुषाल, देव गुरुङ्ग, मात्रृका यादव, नेत्र बिक्रम चन्द जस्ता हस्तिहरुको बिरोधका बाबजुद उनले शान्ति प्रकृयाको मुख्य भाग सेना समायोजन र हतियार ब्यवस्थापनमा उच्च मनोवलसाथ आफ्नो प्रतिबद्धताको कार्यान्वयन गरे । पार्टी फुटको स्पष्ट चित्र देख्दा देख्दै पनि शान्ति प्रकृया निष्कर्षमा पुग्छ भने बरु पार्टी फुटलाई पनि सहन गर्ने साहस स्विकार गरे । वास्तवमा प्रचण्ड शान्ति प्रकृयाको तार्किक निष्कर्षमा पुर्याउन योगदान दिएका मुख्य नेता हुन । उनले राजनितीक परिपक्वताको परिचय बनाएका छन । जनयुद्धको समयमा त्याग र बलिदानको किर्तिमान बनाएका जनसेनाहरुलाई अपमान सहेरै भएपनि शान्ति प्रकृयामा सहयोग गर्न मनाए ।  पुर्वाग्रह मुक्त  : पुर्वाग्रह मुक्तभै सबै राजनीतिक पार्टीहरु र शक्तिहरुसँग सहकार्य गर्न सक्ने गतिशील नेतृत्वदायी क्षमता प्रचण्डले प्रशस्तै देखाएका छन । लक्ष्य प्राप्तिका लागि जो सँग पनि सहकार्य गर्न सक्ने क्षमता उनिसँग छ । अकल्पनिय निर्णय क्षमता उनि राख्दछन । जनयुद्धको पहलकदमी पुर्व कम्युनिष्ट घटकहरुसँगको एकता, राजालाई स्वतः राजगद्धी छोडन लगाउन सकिन्छ कि भनि कम्वोडियाको राजा नरोद्धम सिंहानुक को मोडालिटिका लागि जनयुद्धको समयमानै राजासँग वार्ताको प्रयत्न, दिल्लीमा १२ बुँदे समझदारीमा ७ राजनितीक पार्टीहरुसँगको हस्ताक्षर, संविधानसभाको म्याण्डेटलाई पुर्ण पालना गर्ने गरि जनमतलाई स्विकार गर्ने प्रतिवद्धता, पहिलो संविधान सभाको विघटन पछि दोश्रो संविधानसभाको निर्माणका लागि प्रधानन्यायाधिशलाई समेत स्विकार गर्नु, प्रतिपक्षमा रहेको अवस्थामा पनि दोश्रो संविधानसभाबाट संविधान जारी गर्न पहल लिनु आदि उनका पुर्वाग्रहमुक्त ब्यवाहारिक क्षमताका चिन्ह्हरु ह्ुन । कतिपय सवालमा गल्ति पनि भएको देखिएको छ यद्धपि उनिमा पुर्वाग्रही सोंचको न्युनताको पुष्टि चाहीँ प्रशस्त गर्न सकिन्छ ।  बन्दुक र वार्ता, आवेग र चेतना, चुनौती र सम्भावना विचका अन्तर सम्बन्धहरु राम्रोसँग केलाएर कदम चाल्ने नेताको परिचय बनाएका छन प्रचण्डले । कम्युनिष्ट केन्द्र : नेपालमा कम्युनिष्ट पार्टी गठन भएको ६८ बर्ष भैसकेको छ । लक्ष्य एउटै भएपनि स्वार्थ, आपसी ईगो, बैमनस्यता र घुसपैठ लगायतका कारणले दशौं कम्युनिष्ट नामका पार्टीहरु छन । सानो देश धेरै पार्टी एकातिर त अर्को तिर १ सिट हुने पार्टीलाई पनि मन्त्रि बनाउनु पर्नेपरिस्थितिको अन्त गरि स्थिरता दिन आवश्यक छ । २००७ देखि अहिलेसम्म पनि एउटै सरकारले चारबर्ष पुरा समय पार गरेको छैन । चरम अस्थिरताको शिकार भएको छ देश । स्थिरता, दिगो बिकास, समृद्धि र समाजबादी समाजको निर्माण आजको नेपालको जनअभिमत हो । समाजबादी अर्थब्यबस्थाको बिकास गर्न आवश्यक पर्ने समाजवादी क्रान्तिको लक्ष्य, योजना पुरा गर्न बामगठबन्धन निर्माण र कम्युनिष्ट केन्द्र बनाउने पहलकर्ता पनि भएकाले प्रचण्ड समकालिन राजनीतिमा स्थिरता ल्याउन सक्ने ताकत राख्दछन । स्थिर सरकारका लागि उनलाई हौसला प्रदान गर्नु समाजको पनि दायित्व हो । अन्तराष्ट्रिय छवि : शान्ति प्रकृयामा उनले देखाएको परिपक्वता र खासगरि गिरिजा प्रसाद कोईरालाको मृत्यु पछिको लिडरसिप क्राइसिसमा उनले नै अन्तराष्ट्रिय समुदायसँग डिल गरिरहेका छन । अनमिन, युएन, यियु, चिन, भारत जस्ता नेपालमा कुटनीतिक महत्वका अन्तराष्ट्रिय समुदायमा प्रचण्डले नेपाली राष्ट्रनेताको पहिचान बनाइसकेका छन । हरेक जसो राष्ट्रिय तथा अन्तराष्ट्रिय मिसन र मञ्चहरुमा उनको उपस्थिती अपेक्षित हुने गरेको छ । यस खालको सर्बस्विकार्य नेपाली नेताको पहिचान बनाईसक्न नेपालले पनि ठुलो लगानी गरेको छ । हजारौं शहीदहरुको रगत र बलिदान, वेपत्ता योद्धाहरुको त्याग, लाखौंको जेलनेल, अरबौंको भौतिक क्षतिको सामना गरेर मात्र प्रचण्डमा अनुभवि लिडरसिपको विकास र छवि बनेको हो । लोकतान्त्रिक समावेशिता : प्रचण्डले “हिमाल पहाड तराई कोहि छैनन पराई” भन्ने मान्यता स्थापित गर्दै लोकतान्त्रिक समावेशिताको वकालत  गरेका छन । तराईका नेताहरुले उक्साहटमा नाकाबन्दि जस्तो जटिलता थोपर्ने कामलाई ओतप्रोत गर्दा पनि तराई प्रति पुर्वाग्रह राख्न नहुने भन्ने उनको मान्यता समावेशिताको द्योतक हो । उत्पिडित लिङ्ग, क्षेत्र, जाती, धर्म, भाषाको पक्षमा उभिएर उनले संविधानमा नै आरक्षणको ब्यवस्था र अनिवार्य समावेशिताको प्रवन्ध मिलाउन योगदान दिएका छन । पहल गरेका छन ।ड संविधानको घोषणा : गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता सहितको लोकतन्त्र, मौलिक अधिकार सहित समाजबाद उन्मुख आधारको संविधान निर्माण भै नेपाल संघिय लोकतान्त्रिक गणतन्त्र भएको छ । संविधान घोषणाका क्रममा आन्तरिक तथा बाह्य दबाबहरुलाई लत्याउदै नेपालको सर्वोपरि हितमा आफुलाई उभ्याएका हुन । वास्तवमा अहिले नेपालको संबैधानिक ब्यवस्था प्रचण्डबाट प्रस्तावित एजेण्डाहरुबाट नै नीरुपण भएको छ । मुलुक अगाडि बढिरहेको छ । हजारौं शहीदहरुको रगत र बलिदान, वेपत्ता योद्धाहरुको त्याग, लाखौंको जेलनेल, अरबौंको भौतिक क्षतिको सामना गरेर मात्र प्रचण्डमा अनुभवि लिडरसिपको विकास र छवि बनेको हो । विचार र नेतृत्व : सोचाई एकको काम अर्केको भयो भने आशातित कार्यान्वयन संभव हुन्न । “जसको नीति उसको नेतृत्व” बनाउन सकेमा अहिले देशले बोकेका एजेण्डा कार्यान्वयनमा सहज हुने भएकाले पनि प्रचण्डको बिकास राष्ट्रनेताका रुपमा मात्र सिमित नभै राजनेताकै रुपमा हुन आवश्यक छ । आम नेपालीको कामना के हो भने उनी आफ्नो पार्टीको मात्र नभई समग्र पार्टीहरुको समेत नेतृत्व गर्न र राष्ट्रिय भावनात्मक एकता बनाउन सक्षम भएमात्र राजनेताको खडेरीलाई समाप्त गर्न सक्षम हुनेछन ।ड् बहुआयामिक नेतृत्व : प्रचण्ड निरन्तरतामा निरन्तरित हुने खालका नेता होईनन भन्ने देखिन्छ । उनको विगत हेर्दा उनी संघर्षशिल–बस्तुपरक, आवेग पुर्ण–विबेकसहितको, योद्धा–वार्ता सहितको, वार्ताकार–विकल्प सहितको क्षमता प्रदर्शन गरि एकता–संघर्ष–रुपान्तरणको मान्यतालाई ब्यवाहरतः प्रयोग गरी छलाङ्गमय बिकासमा प्रतिवद्ध रहेका नेताहुन भन्ने पुष्टि हुन्छ । बन्दुक र वार्ता, आवेग र चेतना, चुनौती र सम्भावना विचका अन्तर सम्बन्धहरु राम्रोसँग केलाएर कदम चाल्ने नेताको परिचय बनाएका छन प्रचण्डले । उल्लेखित सकारात्मक क्षमता बोकेको र जनताको ठुलो लगानीमा स्थापीत र बिकसित प्रचण्ड साँच्चिकै राजनेता बन्न सकुन र देशमा रहेको राजनेताको आवश्यकताको परीपुरण गर्न सकुन हाम्रो कामना । तर यो अपेक्षा पुरा गर्न र उनि राजनेता बन्न कतिपयले प्रचण्ड “युज एण्ड थ्रो” मा माहिर छन भनि लगाउने गरेको आरोपलाई असत्य सावित गर्न उनि सफल हुनै पर्दछ । धन्यवाद ।

प्रहरी अस्पतालमा अब सर्वसाधारणको पनि उपचार

काठमाडौं, कात्तिक २६ । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा व्याख्या गरिएकाले प्रहरीले पनि नागरिकका लागि प्रहरी अस्पताल खुला गरेको स्पष्ट गरे । उनले भने, ‘सर्वसाधारणका शान्तिसुरक्षा कायम गर्नुका साथै नागरिकको स्वास्थ्य पनि हाम्रो जिम्मेवारी हो, यसले जनतासँगको सम्बन्ध अझ बढी मजबुत विश्वासिलो हुनेछ, अस्पतालबाट गरिने हेरचाह र व्यवहार यसको पृष्टि गर्नेछ ।’ नागरिकलाई सेवा दिन थालेपछि सेवा पाउँदै आएका नेपाल प्रहरीका बहालवाला कर्मचारी, शहीद परिवार, पूर्वप्रहरी र उनीहरुका आफन्त तथा आश्रित परिवारले पाउँदै आएको सेवामा कुनै असर पर्न नदिन अस्पतालले ध्यान दिने उनले बताए । अस्पतालका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक डा दिनेशचन्द्र पोखरेलले अपराह्न १ देखि ३ बजेसम्म बहिरङ्ग सेवा सर्वसाधारणका लागि दिइने बताउँदै अन्य सरकारी अस्पतालले दिँदै आएको शुल्ककै वरपर रहेर प्रयोगशाला, शल्यक्रियालगायत सबै सेवा प्रदान गरिने जानकारी दिए । अस्पतालमा जनशक्ति तथा भौतिक स्रोतसाधन थप गरेर सर्वसाधारणलाई पनि सेवा दिन लागिएको बताउँदै निर्देशक पोखरेलले भने, ‘हामीले अत्याधुनिक ल्याब स्थापना गरिसकेका छौं, अस्पतालको शैया थप्ने प्रक्रिया पनि अघि बढिसकेको छ ।’ अस्पतालमा उपचारका लागि जाने सर्वसाधारण बिरामीले रु ५० को टिकट काट्नुपर्छ । औषधि तथा भर्ना हुने बिरामीका लागि खानाका शुल्क विषयमा पनि प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग छलफल गरी चाँडै टु्ंगो लगाइने बताइएको छ । तत्कालका लागि आकस्मिक बिरामीका लागि आठ श्यया, महिला पु्रुषका लागि १०÷१० श्यया र शल्यक्रियापछि राख्नका लागि चार शैया छुट्याइएको छ । पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले सैनिक र प्रहरी अस्पताल सर्वसाधारणका खुला गर्नुपर्ने प्रयास अघि बढाएका थिए । सोहीअनुरुप विसं २०७४ जेठ ४ गते मन्त्रिपरिषद्को बैठकले प्रहरी अस्पताल सर्वसाधारण नागरिकका लागि खुला गर्ने निर्णय गरेको थियो । यसअघि अस्पतालले बहालवाला, अवकाशप्राप्त प्रहरी, उनका परिवार र शहीद परिवारलाई मात्र सेवा दिँदै आएको थियो । उक्त अस्पतालमा दैनिक पाँच सयदेखि हजार बिरामीले बहिरङ्ग विभागमा उपचार गराउँदै आएका छन् । अब १५० बिरामीले भर्ना भएर उपचार सेवा लिनेछन् । सैनिक अस्पताल यसअघि नै नागरिकका लागि खुला गरिसकिएको छ । अस्पतालमा सबै प्रकार रोगको उपचार हुँदै आएको छ । अस्पतालले भविष्यमा क्षेत्रीय प्रहरी अस्पतालमा पनि सर्वसाधारणका लागि उपचार सेवा दिने विषयमा छलफल गरिरहेको जनाइएको छ । ९रासस०

पुरुषहरुले यौनसम्पर्क गर्नुअघि यी कुरामा ध्यान दिनुहोस्

आफ्नो यौनपार्टनरसंग यौन सम्बन्ध बनाउनुभन्दा पहिला पुरुषहरुले यी कुरामा ध्यान दिनुहोस्, जस्ले भरपुर आनन्दको साथै यौनसम्पर्कको समयावधि पनि लम्ब्याउन सकिन्छ । शान्त तथा सकारात्मक रहनुहोस्– पुरुषहरुमा शीघ्रपतन उतिने समस्याको विषय बन्ने गरेको छ जति मानसिक समस्या हुने गर्दछ । यस्लाई आफ्नो कमजोरीका रुपमा नलिऊ र आफूलाई दोष दिन बन्द गरौं । आफैले आफैलाई गर्ने अविश्वास, शंकाका कारण सेक्समा आत्मविश्वास तथा आत्मसम्मान खस्कन नदिऊ । बरु सकारात्मक सोचौं, आफूमा आवश्यक परिवर्तन ल्याउन तपाई सक्षम हुनसक्नुहुन्छ । आफैसंग अभ्यास आफैसं यौन अभ्यास गर्नुलाई सामान्य बोलीचालीको भाषामा हस्तमैथुन भनिन्छ । यो तरिका पूर्णतया स्वस्थवद्र्धक तथा स्वभाविक प्रक्रिया भएको विज्ञहरु बताउँछन् । तपाईले आफ्नो यौनक्षमता बढाउनका लागि हस्तमैथुन नियमित गर्दा फाइदा हुनेछ । यस्ले शिघ्रपतनबाट बच्न पनि मद्दत पुर्याउने छ । यतिसम्म की हस्तमैथुनले तपाईलाई तनाव तथा थकानबाट पनि मुक्ति दिलाउन सहयोग गर्दछ । यो अभ्यासले आफ्नो शरीर र यस्को इस्टामिनाका बरेमा तपाई स्वंमलाई परिचित गराइदिन्छ । यसबाट तपाई यौनसम्पर्कका बेला गति कति बेला बढाउने वा घटाउने भन्नेमा पनि थाहा पाउन सक्नुहुन्छ । सम्भव भएसम्म नियमित यौनसाथी खोजौं पुरुषहरुमा कोही नयाँ महिलाको साथमा पहिलो पटकमा नै विशेषरुपमा उत्तेजित हुने प्रवृत्ति हावी हुने विशेषज्ञहरु बताउँछन् । खासगरी यस्ती महिलासँग की जोसंग शारीरिक आकर्षण पहिलाबाट नै थियो र यौनसम्पर्क भएको थिएन । मात्र एउटा मात्र साथीसँग वा श्रीमतीसँग मात्र दिगो यौनसम्बन्ध राख्नु नै शारीरिक तथा मानसकि हिसाबले उत्तम मानिन्छ किनभने तपाई यौनसम्पर्कका बेला जति पुरानो यौनपार्टनर भयो उति खुल्न सक्नुहुन्छ र आत्मविश्वास पनि उच्च रहेको हुन्छ । कण्डमको प्रयोग गर्नुहोस् धेरै पुरुषहरुको एउटै गुनाँसो रहेको हुन्छ की कण्डमको प्रयोगले सोचेजति यौनान्द प्राप्त हुदैंन। तर तपाई विस्तारामा अधिक समय यौनपार्टनरसँग बिताउन चाहानुहुन्छ भने यसको प्रयोग गर्नेपर्छ जस्को कारण तपाई निर्धक्कसंग यौनसम्पर्क गर्न सक्नुहुन्छ भने गर्भ बस्ने तथा यौन रोग लाग्ने जोखिमबाट मुक्त हुन सक्नुहुन्छ । मदिरा तथा धु्रमपान कम गरौं यस्ता पदार्थको सेवनले पुरुषहरुमा शिघ्र स्खलनको समस्या बढ्ने हुँदा सकेसम्म नखाएको राम्रो यदि खाने बानी भएमा कम गर्दै लैजानुहोस् । एजेन्सी

कविता : प्रेम र सम्भोग

जसरी दिन र रातको सम्बन्ध छ त्यस्तो सम्बन्ध, जहाँ दिनको उपस्थितिमा रात बिलिन हुन्छ र रात आउँदै गर्दा दिन ढल्दै जान्छ। कस्तो अटुट सम्बन्ध अनवरत सम्बन्ध ! जुन एकपछि अर्को निश्चित छ । जसरी जन्म र मृत्युको सम्बन्ध त्यस्तो सम्बन्ध, जब कोहि जन्मिन्छ, जन्म- मृत्युसँगै जोडिएर आएको छ। हो त्यसरी नै, प्रेम र सम्भोग त्यस्तै-उस्तै होलान् । जहाँ बिहानी जस्तै हरेक आशाहरू लिएर आउछन् र जन्मजस्तै जहाँ सुनौला भोलिहरूका टुसा जागृत हुन्छन् र सम्भोग रात जस्तै जुन एकदम नितान्त हुन्छ सुनसान हुन्छ । तर अन्तरालमा खलबली मचाइरहेको हुन्छ र मृत्यु जस्तै जुन निश्चित छ । तर भरोसीत छैन निश्चित छैन् । तर अमान्य छैन् । जब प्रेमसँग सम्भोग जोडिएको हुन्छ तब प्रेम दिनजस्तै विलिन भएर जानेछ र मृत्यु पछिको अस्तित्वहिन जन्म झै निरीह हुनेछ र सायद त्यहि समय नै भावनात्मक प्रेमको भ्रुणहत्या भएको हुनेछ । हाल: टेक्सास, अमेरिका

घरको छतबाट हारगुहार, कोहलपूर क्षेत्रमा बाढीको त्रास

बाँके । लगातारको वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ । गए राति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् । यस्तै कोहलपुर नगरपालिकाका पनि केही गाउँ डुबानमा परेका छन् । अहिले राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ । घरभित्र पानी पसेपछि मानिसहरु घरको छत तथा अग्लो स्थानमा बसेर हारगुहार गरिरहेका छन् । स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा गए रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको निमित्त प्रजिअ कृष्ण खड्काले बताए । उनका अनुसार जिल्लाका बाढी प्रभावितलाई उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सुर्खेतमा रहेको हेलिकप्टर अहिले नेपालगञ्ज ल्याएर बाँकेको बैजापुरका नागरिकलाई उद्धार गर्न लागिएको छ । बाढीले बैजापुर, फत्तेपुर र होलियामा सबैभन्दा बढी प्रभावित बनाएको छ । त्यहाँका नागरिकलाई सुरक्षित स्थानतर्फ लग्ने प्रयास भइरहेको छ । यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुश्मामा मुख्य राजमार्गमा तीन रुख ढलेका छन् । अहिले ती रुख हटाउने काम भइरहेको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए । राप्ती नदीको तह बढेर अहिले ८।५८ मि पुगेर उच्च जोखिममा छ । राप्ती नदीको सतह पाँच मि सामान्य मानिन्छ । रासस File photo

दोलखा भिमेश्वरमा पहिरो खस्दा ४ वेपत्ता

दोलखाको भीमेश्वर नगरपालिका—९ लाँकुरीडाँडास्थित डाडाँगाउँमा गएराती पहिरो खस्दा चारजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डाडाँगाउस्थित कुतकुतेका  मंगले थामीकी श्रीमती शान्ती, छोरीहरु १२ बर्षिया सन्तोषी, १० बर्षिया रोशनी  र सोही स्थानकी ७९ बर्षकी लाटी थामी रहेको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मी राजेन्द्र मानन्धरले जनाएका छन् । लगातारको वर्षाले वडा— ९ का विभिन्न स्थानमा दोलखा जिल्ला जोड्ने लामोसाँघु जिरी सडक अवरुद्ध भएको छ ।  पहिरोले पतले वन क्षेत्रसमेत बगाएको छ । विभिन्न स्थानको पहिरोले एकदर्जन बढी घरका वासिन्दाहरुले बसाई छाडेर सरेका छन् । भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले राती नै सुरक्षार्मीलाई परिचालन गर्न प्रहरी र सम्बन्धित सबैलाई जानकारी गराएको बताउनुभयो । कान्तिपुर दैनिकबाट

पूर्वका एमाले किल्लाहरुमा गगनको प्रवेश

रूद्रप्रसाद भट्टराई अघिल्लो सरकारको पालामा अधिक चर्चामा रहेका थिए दुइ मन्त्रीद्वय । उर्जामन्त्री जनार्दन शर्मा र स्वास्थ्यमन्त्री गगन कुमार थापा । स्थानीय तहको पहिलो चरणको चुनावमा देश दौडाहामा निस्कन पाएनन् यी नेताहरू । तर, अहिले गगन कुमार थापा नयाँ सरकार बनेसँगै स्वतन्त्र छन् जसको लगानी पूर्वी क्षेत्रले राम्रै पाएको छ । कस्सिएर लागेका छन उनी गाउँ, नगर सबै ठाउँमा जनतासँग मन र मुटु साटिरहेका छन् । हरेक सञ्चार माध्ययम् र सामाजिक सञ्जाल भाइरल भएको छ । उनको बोली सुन्न र हात हल्लाउँदै मायाँ साटासाट् गर्न ठूलो जमात उनी केन्द्रीत भएको छ । यहि भिडलाई धेरै दिनदेखि नियाल्ने हो भने सबैको मनमा एउटै प्रश्न सिर्जना गरिदिएको छ — चुनावी परिणाम उथलपूथल हुन सक्छ ! भनेर । पूर्वका एमालेका गौँडा मानिएका स्थानहरूमा नसोचेको समुहहरूको नवप्रवेश एउटा दरिलो उदाहरण हो उथलपूथलको । गगनको भाषण हावादारी नहुनु, अघिल्लो सरकारको बेलामा उनले गरेको कार्यलाई जनतामा जस्ताको तस्तै लैजानु मतको तौल वृद्धिको अर्को प्रमाण भएको छ । उनको संवेदनशील निर्णयले देशका गरिबले आफ्नो स्वास्थ्यमा पाएको अकल्पनिय कार्यले जनताको मतमा तलमाथि पार्ने आधारहरू खडा गरिदिएको छ । उनका सहयोगी मात्र होइन, विपक्षिहरूपनि खुलेर प्रशंशामा उत्रिनु, सामाजिक सुरक्षाको ढुकुटीमा वृद्धि गरि समग्र वृद्ध, असहाय, एकल महिला र बेरोजगार यूवाको व्यवस्थापनको वास्तविक तस्वीरलाई उजागर गरे त्यो मत बढ्नुको अर्को आंकलन गर्न सकिन्छ । प्रायः नेताहरू नपुगेका ग्रामीण क्षेत्रहरूमा गगन पुगेका छन् । घरदैलोमा सारिक भएका छन् । स्वास्थ्य जस्तो महत्वपूर्ण पक्षलाई केन्द्रमा राखेर सचेत गराएका छन् । उनले कांगे्रसलाई मत मागेका छैनन्, मात्र भनेका छन् कांग्रेसले देशको ढिकुटी बनाउन जानेको छ । ढिकुटी बनाउनेले मात्र खर्च गर्न जान्ने हुनाले उसलाई १० वर्ष सरकार चलाउने स्थानमा पुर्याउन आग्रह गरेका छन् । यो अर्को नमूना हो जहाँ आफ्नो पार्टीलाई प्रत्यक्ष मत मागीएको छैन, सबैलाई मत मागिएको छ । उनले सभाहरूमा भन्दै हिँडेका छन् — भोट जोसुकैलाई दिए हुन्छ तर सबैलाई समेट्ने पार्टी नेपालमा एउटै हो भनेका छन, त्यो हो कांग्रेस । दोश्रो चरणको निर्वाचन सर्नुले र गगन जस्ता यूवा नेताहरूको देश दौडाहामा वृद्धि छाउनुले नेपाली कांग्रेस दोश्रो रहेका स्थानहरूमा हलचल हुने देखिन्छ । कांग्रेसमा पछिल्लो समय देखिएको यूवा नेताको चलायमानले पूरानो कांग्रेस र उसको अवस्थामा परिवर्तन देखिने आंकलनपनि गर्न थालिएको छ । स्थानीय निकायमा देखिएको बागीका समस्याहरूले यसपटक स्थान नपाउनु, समयमै सम्बोधन हुनु, सहकार्यलाई जोड दिनु, समयमै जनप्रतिनिधिको टुँगो लगाउनु जस्ता विविध पक्षमा देखिएको सहजताले दोश्रो चुनावमा कांग्रसले सिटसँख्या बढाउने निश्चित देखिन्छ । सात दशक देखि प्रजातन्त्रको स्थापना र पुनस्र्थापनाको क्रममा धेरैपटक जितेर हारेको कांग्रेसले यसपटक जुट्दै जित्छौँ भन्ने रणनीति अंगिकार गर्नुले समग्रता झल्काउँछ । राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई भूसतहमा लैजादैँ संघीय लोकतान्त्रिक गणतन्त्र एवम् संसदीय व्यवस्थाको माध्यमबाट आर्थिक—सामाजिक परिवर्तन गरी न्यायपूर्ण र गतिशिल समाजको निर्माणमा गरेको लगानीलाई उजागर गर्नुले जनताको थप आशा कांग्रेसमा पर्न गएको छ । काम गरेर पनि स्थलमा प्रदर्शन गर्न नसकेको कांग्रेसले यूवा नेता गगन मार्फत अब स्पष्ट पार्दै गएको छ । ऐतिहासिक संविधान निर्माण पछिको कार्यान्वयन चरणमा कांगे्रसले परिवर्तित सन्दर्भमा यूवामा बढेको परिवर्तनको चाहना, सीमान्तकृत समुहको पहिचानको चाहना, समावेशीकरण र सशक्तिकरणको आकांक्षा, लोककल्याण र सामाजिक न्यायको सन्दर्भमा आएको चेतना, सांस्कृतिक, जातिय र लैंगिक नवचेतनाको साथै विकासको भोकलाई समेत सम्बोधन गर्नको लागि कांग्रेसलाई मत दिनुपर्ने तर्क पार्टी भित्र मात्र नभएर सबैको लागि समय सान्दर्भिक नै देखिन्छ । यसपटक कांग्रेसमा खुलेको चेत जुन सिद्धान्तमा रमाउँथ्यो, त्यसलाई गगनले पूर्वी तराइदेखि हिमाल सम्मका क्षेत्रमा पोखिदिएका छन् । सँधैभरी नियतीले निर्माण, उत्थान र गौरवको मार्गमा अग्रसर हुन आब्हान गरेपनि आन्तरिक तथा बाह्य कारणले गर्न नसकिरहेको अवस्थामा आगामी दिनमा परिवर्तन अवश्य हुने आधारहरू बनेको विश्वास गर्न सकिन्छ । देश सबैको साझा हो । हामी सबैको सामुहिक आशा नेपालको उज्जवल भविश्य हो । भन्ने बी.पी. कोइरालाको यहि शिक्षाको कारण स्वार्थ, संकीर्णता त्याग्न लगाउँदै गगनले नियतीको बाणीलाई सुनाउँदैछन् पूर्वी जिल्लाहरूमा, जुन आगामी दिनको लागि बहुमतको ढुकुटी हुने पक्का छ ।  

अब कुनै समस्या छैन, घरदैलोमै अाएर वृद्धभत्ता दिइने

चौतारा, जेठ २१ । बैँकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बैँकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेको परिस्थितिलाई ध्यानमा राखी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङले वृद्ध वृद्धाको सुविधाको लागि घरघरमै गएर वितरण गरिने बताउनुभयो । केही जिल्लाका केही भष्ट गाविस सचिवले सामाजिक सुरक्षाभत्ता किर्ते गरी हिनामिना गरेका थिए । मृत्यु भएर एक दशक वितिसकेका कतिपय वृद्धवृद्धाको लगत कट्टा नगरी उनीहरुका नाउँमा निकासा भएको भत्ता खाने गरेको रहस्य खुलेपछि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैँक खाता खोलेर भत्ता वितरण गर्न तत्कालीन सबै जिविसलाई पत्राचार गरेको थियो । सोही निर्देशनको पालना गर्दै आव २०६९-७० देखि तत्कालीन चौतारा गाविसका वृद्धवृद्धाका लागि कृषि विकास बैंक चौताराबाट भत्ता वितरण गरिँदैआएको थियो । तत्कालीन गाविसलाई अन्य चार गाविसमा गाभेर चौतारा नगरपालिका कायम गरिएकामा हाल १० गाविस मिलाएर चौतारा साँगाचोकगढी नगरपालिका कायम गरिएको छ । नगरपालिका कायम गरिए पनि पहाडी क्षेत्रमा भौगोलिक कठिनाइले गर्दा सदरमुकामस्थित बैकमा खाता खोलेर भत्ता पाउन ज्यादै सास्ती खेप्नुपरेको पीडित वृद्धवृद्धाले दुःखेसो गर्न थालेका छन् । सुरुमा खाता खोल्न बोकिएर जानुपर्ने र भत्ता बुझ्न पनि पटक पटक बोकिएरै जानुपर्ने हुँदा उनीहरुका लागि त्यस्तो भत्ता निल्नु न ओकल्नु जस्तै भएको हो । “पहिले त सचिवले घरमै आएर भत्ता दिन्थे”, चौतारा साँगाचोकगढी नगरपालिका– ७ निवासी ८६ वर्षीया लीलामाया केसीले भन्नुभयो, “आफू हिँड्नै सक्तिन, बोकिएर जान पनि मान्छे कोही पाइँदैन । भत्ता पाएर पनि लिन जान नसकेपछि त्यस्तो भत्ता के काम लाग्यो र ?” आव ०७४-७५ को बजेट बक्तव्यमा पनि बैँकमार्फत भत्ता कारोबार गरिने उल्लेख छ । वृद्धवृद्धाको सुविधाका लागि जहाँजस्तो उल्लेख भए पनि आगामी आवदेखि घर घरमै गएर भत्ता वितरण गरिने नगर प्रमुख तामाङले दृढता व्यक्त गर्नुभयो । जनप्रतिनिधि निर्वाचित भएर आइसकेको हुँदा बडाध्यक्ष र सदस्यको सक्रियतामा भत्ता हिनामिना नहुने उहाँको विश्वास छ ।

निर्वाचनका दिन दुई हजार सवारीसाधन ट्राफिक नियन्त्रणमा

काठमाडौँ, वैशाख ३१ । स्थानीय तह निर्वाचनको मतदानको दिन सवारी साधन चलाउन नपाइने नियम मिचेर चलाइएका एक हजार नौ सय ५९ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । निर्वाचन आयोगले अत्यावश्यक, सवारी अनुमति लिएका र सुरक्षाकर्मीका सवारी साधनबाहेक अन्यलाई आज बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म सवारी साधन चलाउन निधेष गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार प्रहरी निरीक्षक मधुसूदन सिलवालले अपराह्न १ बजेसम्ममा एक हजार आठ सय ३४ मोटरसाइकल, ७६ कार, २८ ट्रक, ८ माइक्रोबस र छ बस नियन्त्रणमा लिइएको जानकारी दिए । आयोगले आचारसंहिता विपरीत सवारी साधान चलाइएको पाइएमा रु २५ हजारसम्म जरिवाना लिन सक्ने व्यवस्था गरेको छ । निषेधित क्षेत्रमा सवारी साधन चलाएमा भने ट्राफिक प्रहरीले रु पाँच सयदेखि एक हजार पाँच सयसम्म जरिवाना लिन सक्ने व्यवस्था छ ।

नेकपा माअोवादी केन्द्रका मेयर-उपमेयर तथा अध्यक्ष-उपाध्यक्षहरुका उम्मेदवारका नामावाली

काठमाडौं, वैशाख २० । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रदेश नं.३ को ८ वटा जिल्लाभित्रका म.न.पा., उपमनपा, नपा, गापा क्रमशः मेयर उपमेयर अध्यक्ष–उपाध्यक्षका उम्मेदवारहरुको विवरण– सिन्धुली कमलामाई नगरपालिकाका मेयर सावित्री देवी पाण्डे उपमेयर सावित्रा श्रेष्ठ सिन्धुली दुधौली नगरपालिका मेयर दिनेश अधिकारी दनुवार उपमेयर ईन्दीरा काफ्ले सिन्धुली कोखाजोर गापा अध्यक्ष ज्वालाप्रसाद न्यौपाने, उपाध्यक्ष सुष्पा भुजेल सिन्धुली ग्याङखेल गापा अध्यक्ष शंकरमान ग्घालाङ, उपाध्यक्ष कान्छीमाया ग्घालाङ सिन्धुली तिनपाटन गापा अध्यक्ष धनबहादुर पुलामी, उपाध्यक्ष जानुका तिमल्सिना सिन्धुली फिकल गापा अध्यक्ष खड्ग रजन मगर, उपाध्यक्ष वैद्य माओवादीबाट लोकेन्द्र काफ्ले सिन्धुली मरिन गापा अध्यक्ष पानिराज बंजन, उपाध्यक्ष संगिता माझी सिन्धुली सुनकोसी अध्यक्ष दिपा बोहरा दाहाल, उपाध्यक्ष दिर्घ घिसिङ सिन्धुली हरिहरगडी गापा अध्यक्ष काईसींह लामा, उपाध्यक्ष अनिता राई चितवन भरतपुर मनपा मेयर रेणु दाहाल, उपमेयर सुरेन्द्र गुरुङ चितवन रत्ननगर नपा मेयर पुर्णबहादुर आपागाई, उपमेयर संगिता भट्टराई उप्रेती चितवन खैरेनी नपा मेयर एकराज डल्लाकोटी, उपमेयर रेवती उप्रेती चितवन राप्ती नपा मेयर रामचन्द्र पाठक, उपमेयर कल्पना लामा चितवन माडी नपा मेयर ठाकुरप्रसाद ढकाल, उपमेयर सरिता महतो चितवन ईछ छ्रा कामना गापा अध्यक्ष प्रताप गुरुङ, उपाध्यक्ष सावित्री सिलवाल नुवाकोट बिदुर नपा मेयर लीलानाथ न्यौपाने, उपमेयर सुभद्रा नेपाल नुवाकोट बेलकोटगडी नपा मेयर जगतबहादुर गरुङ, उपमेयर कबीता ढुङ्गाना नुवाकोट ककनी गापा अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता लामा नुवाकोट मेघाङ्ग गापा अध्यक्ष रामेश्वर खड्का, उपाध्यक्ष चिजामायाँ तामाङ नुवाकोट शिबपुरी गापा अध्यक्ष मीनबहादुर तामाङ, उपाध्यक्ष सुशिला थापा नुवाकोट किस्पाङ गापा अध्यक्ष अर्जुनप्रसाद न्यौपाने, उपाध्यक्ष सानुमाया तामाङ नुवाकोट तार्केश्वर गापा अध्यक्ष राजेन्द्र न्यौपाने, उपाध्यक्ष कमल कुमारी तामाङ नुवाकोट सुर्यगडी गापा अध्यक्ष पुष्प लामिछाने, उपाध्यक्ष कोपीला गुरुङ नुवाकोट दुप्चेश्वरी गापा अध्यक्ष लालबहादुर तामाङ, उपाध्यक्ष सीता थापा नुवाकोट तादी गापा अध्यक्ष मानसिंह तामाङ, उपाध्यक्ष गमला श्रेष्ठ नुवाकोट लिखु गापा अध्यक्ष धर्म अधिकारी, उपाध्यक्ष रेखा भण्डारी नुवाकोट पन्चकन्या गापा अध्यक्ष रमेश तामाङ, उपाध्यक्ष प्रकृति रिजाल धादिङ निलकण्ठ नपा मेयर सोभा डंगोल, उपमेयर मनराज भण्डारी धादिङ धुनीबेसी नपा मेयर दिपक लामिछाने, उपमेयर सावित्री आचार्य धादिङ रुबीभ्याली गापा अध्यक्ष रामसिंह तामाङ, उपाध्यक्ष अमृता गुरुङ धादिङ खनायावास गापा अध्यक्ष सेतेमान तामाङ, उपाध्यक्ष कृष्णा मोक्तान धादिङ गंंगा जमुना गापा अध्यक्ष नवराज, अधिकारी उपाध्यक्ष खीना मगर धादिङ त्रिपुरासुन्दरी गापा अध्यक्ष दलबहादुर बुर्लाकोटी, उपाध्यक्ष सुमित्रा भण्डारी धादिङ नेत्रावती गापा अध्यक्ष ठाकुर गुरुङ, उपाध्यक्ष उर्मीला तामाङ धादिङ सिध्दलेक गापा अध्यक्ष पुष्प थपलिया, उपाध्यक्ष संझना पण्डित धादिङ गल्छी गापा अध्यक्ष बिक्रम तामाङ, उपाध्यक्ष सरिता मगर धादिङ ज्वालामुखी गापा अध्यक्ष, लक्ष्मी थापामगर,  उपाध्यक्ष विष्णु श्रेष्ठ धादिङ बेनीघाट बोराङ्ग गापा अध्यक्ष पित्त बा.डल्लाकोटी, उपाध्यक्ष संगीता कडेल धादिङ गजुरी गापा अध्यक्ष गणेशलाल श्रेष्ठ, उपाध्यक्ष चेलीमाया तामाङ धादिङ थाँक्रे गापा अध्यक्ष यन्त्रबहादुर थापा, उपाध्यक्ष मकवानपुर हेटौंडा उमनपा मेयरकुमारी मोक्तान, उपमेयर बलराम लामा मकवानपुर थाहा नपा मेयर लवसेर विष्ट, उपमेयर सकुन्तला गोपाली मकवानपुर बागमती गापा अध्यक्ष सर्केस घ्लान मधु, उपाध्यक्ष बच्चु खड्का गोले मकवानपुर बकैया गापा अध्यक्ष भक्तबहादुर खत्री, उपाध्यक्ष लक्ष्मी पाख्रीन मकवानपुर गडी गापा अध्यक्ष भिम पाख्रीन, उपाध्यक्ष राधिका तिमलसीना मकवानपुर मनोहरी गापा अध्यक्ष रामहरी सुबेदी, उपाध्यक्ष चन्द्रकला खनाल मकवानपुर राक्सीराङ गापा अध्यक्ष युसाई प्रजा, उपाध्यक्ष पुर्णीमा दोङ मकवानपुर कैलाश गापा अध्यक्ष नरेन्द्र रिजाल, उपाध्यक्ष बिन्दामायाँ तितुङ मकवानपुर ईन्द्रसरोवर गापा अध्यक्ष बिक्रमसिंह मोक्तान, उपाध्यक्ष चनुमाया भोलाङ रामेछाप मन्थली नपा मेयर तारानारायण श्रेष्ठ, उपमेयर रमादेबी घिमिरे रामेछाप रामेछाप नपा मेयर शिशिर खड्गी, उपमेयर ईन्दिरा बखरेल रामेछाप उमाकुण्ड गापा अध्यक्ष मदन कालीकोटे, उपाध्यक्ष लक्ष्मी तामाङ रामेछाप गोकुलगंगा गापा अध्यक्ष प्रेमकुमार कार्की, उपाध्यक्ष रमा कार्की रामेछाप खाँडादेबी गापा अध्यक्ष शिवकुमार कार्की, उपाध्यक्ष सुकमायाँ माझी रामेछाप लिखु गापा अध्यक्ष धुर्बकुमार कार्की, उपाध्यक्ष बन्धना श्रेष्ठ रामेछाप दोरम्बा गापा अध्यक्ष कमानसिंह मोक्तान उपाध्यक्ष कृषीला तामाङ रामेछाप सुनपती गापा अध्यक्ष धावा लामा, उपाध्यक्ष गीता बिष्ट रसुवा उत्तरगया गापा अध्यक्ष मेगनाथ घिमीरे, उपाध्यक्ष रेनुमायाँ गुरुङ्ग रसुवा नौकुण्ड गापा अध्यक्ष फुलमायाँ वाईबा, उपाध्यक्ष केशबप्रसाद पौडेल रसुवा कालिका गापा अध्यक्ष उध्दव रिजाल, उपाध्यक्ष शिला मगर रसुवा गोसांईकुण्ड गापा अध्यक्ष उपाध्यक्ष फुर्बा तामाङ्ग रसुवा पावर्तीकुण्ड गापा अध्यक्ष फुर्पु तेनजेन तामाङ, उपाध्यक्ष तारा तामाङ दोलखा नेकपा (माओवादी केन्द्र र नेपाली काग्रेस तालमेल दोलखा गौरीशंकर गाउपालिका अध्यक्ष निमा लामा (माओवादी केन्द्र) उपाध्यक्ष कमलबिक्रम खड्का नेपाली काङ्ग्रेस दोलखा बिगु गाउपालिका अध्यक्ष युधिश्ठिर खड्का नेपाली काङ्ग्रेस उपाध्यक्ष संजिब ओलि (माओवादी केन्द्र) दोलखा कालिन्चोक गाउपालिका अध्यक्ष कुलबहादुर खड्का (माओवादी केन्द्र) उपाध्यक्ष गोपिलाल थामी नेपाली काङ्ग्रेस दोलखा बैत्यश्वर गाउपालिका अध्यक्ष छवि लामा (नेपाली काङ्ग्रेस), उपाध्यक्ष रबिचन्द्र आचार्य (माओवादी केन्द्र) दोलखा तामाकोशी गाउपालिका अध्यक्ष साबित्रा केसी साबित्रा केसी रामचन्द्र पोखरेल नेकपा (माओवादी केन्द्र) दोलखा मेलुङ गाउपालिका अध्यक्ष सीता तामाङ, उपाध्यक्ष कृष्णबहादुर कार्की दोलखा शैलुङ गाउपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ उपाध्यक्ष देबकुमारी शाही दोलखा भिमेश्वर नगरपालिका मेयर मोहन थापा, उपमेयर कमला कार्की दोलखा जिरी नगरपालिका मेयर गेल्बु शेर्पा, उपमेयर चित्रमाया दाहाल

छान्यो माओवादी केन्द्रले ललितपुरका नगर र गाउँपालिकाको उम्मेदवार

काठमाडौँ, वैशाख १६ । आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले जिल्लाको महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाको उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हरि दाहालले जानकारी दिएका छन् । उनका अनुसार बाँकी रहेका एक महानगर र १ नगरपालिकाको टुंगो भोलीसम्म लगाइसक्ने जानकारी दिएका छन । नेकपा (माओवादी केन्द्र) ललितपुर स्थानीय तह निर्वाचन २०७४ का लागी उम्मेदवारहरुको विवरण- महालक्ष्मी नगरपालिका मेयर: शिव प्रसाद कट्टेल उपमेयर:  लक्ष्मी सिंह महर्जन वडा नं. १ अभिसेक केसी वडा नं. २ सुरेश महर्जन वडा नं. ३ सुमन केसी वडा नं. ४. कृष्ण बहादुर थापा वडा नं. ५. सरथ राना मगर वडा नं. ६. महेन्द्र श्रेष्ठ वडा नं. ७. अर्जुन थापा वडा नं. ८. कान्छा श्रेष्ठ वडा नं. ९. मोहन तण्डुकार वडा नं. १०. बलराम लामा बागमती गाउँपालिका अध्यक्ष : राजु आले मगर उपाध्यक्ष: कमला थापा मगर वडा नं. १ ज्ञानबहादुर लामा वडा नं. २ रिना चन्द्र भोलान वडा नं. ३ दीपक घिमिरे वडा नं. ४. जुवार लाल लामा वडा नं. ५. ओम प्रसाद तिमल्सिना वडा नं. ६. रामशरण घिमिरे वडा नं. ७. कृष्ण बहादुर बल महाँकाल गाउँपालिका अध्यक्ष: बुद्ध बहादुर नंगी उपाध्यक्ष:  बिमला आचार्य वडा नं. १ खुम प्रसाद गौतम वडा नं. २ संजय तामाङ वडा नं. ३ राजेन्द्र न्यासुर वडा नं. ४. माधव दुलाल वडा नं. ५. तुलसी बजगाई वडा नं. ६. माधव बन्जरा कोन्जोसोम गाउँपालिका अध्यक्ष: गोपीलाल सिंस्ताङ उपाध्यक्ष: मिन्मा लामा वडा नं. १ सन्तलाल तामाङ वडा नं. २ ध्रुव घिमिरे वडा नं. ३ उद्धव घिमिरे वडा नं. ४. कपिल लामा वडा नं. ५. सुबिन्द्र बल

नयाँ शक्ति फुट्ने पक्का, २६ गते डाकियो भेला- पढ्नुस विशेष अन्तर्वार्ता

काठमाडौं, फागुन २१ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गर्नुभएको नयाच्ँ शक्ति नेपालभित्रको विवादले चरम रुप लिएको छ । पार्टी संयोजक भट्टराईले देशमा अराजकता र ध्वंशको राजनीतिक गर्न खोजेको भन्दै देशैभरीका नेता तथा कार्यकर्ताले विद्रोहको तयारी गरेका छन् । स्थानीय निकायको चुनावका लागि कार्यकर्तामाझ छलफल चलिरहेको बेला बाबुराम भट्टराईले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग चुनावको बिरोध गर्दै वक्तव्य जारी गरेपछि पछिल्लो विवाद चर्किएको हो । विद्रोही समूहको नेतृत्व भने निर्मल भट्टराईले गरेका छन् । भट्टराईले यसअघि पार्टी संयोजकको पदमा समेत उम्मेदवारी दिएका थिए । भट्टराईले बाबुराम भट्टराईले ‘आफू सिसाको घरमा बसेर अरुलाई अन्धधुन्ध ढुगां प्रहार गरेको’ आरोप लगाउँदै विज्ञप्ती जारी गरेपछि नयाँ शक्तिभित्रको अन्तरविरोध शत्रुतापूर्ण अवस्थामा पुगेको स्पष्ट भएको छ । एभरेष्टदैनिकले शुक्रबार नयाँ शक्तिमा विद्रोह भन्ने शीर्षकमा समाचार ब्रेकिङ गरेको थियो । पार्टीभित्रको विवाद के हो त ? भन्ने विषयमा हामीले विद्रोही समूहका नेता निर्मल भट्टराईसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । वैकल्पिक राजनीतिक शक्तिको निर्माण भनेर नयाँ शक्ति गठन गर्नुभयो, एकाएक यो विवाद किन ? यो विवाद व्यक्तिगत भन्दा पनि वैचारिक हो । नयाँ शक्तिको गठन एउटा वैचारिक मान्यताका आधारमा स्थापना भएको थियो । नेपालमा राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्तिका लागि अघि बढ्नुपर्छ भन्ने मुख्य एजेण्डा र विचारका आधारमा संगठनको गठन भयो । विचारमा नयाँ, संगठनात्मक कार्यशैलीमा नयाँ, कार्यक्रममा नयाँ भन्ने आधारमा हामी उत्साहित भएर नयाँ शक्तिको अभियानमा लाग्यौं । तर समयक्रमसँगै पार्टीभित्र कार्यशैलीदेखि विचारमा विचलन देखा पर्यो । विधान मिचियो, राजनीतिक विचारधारामा आफुखुशी निर्णय हुन थाले । र, विवादले बिस्तारै आकार लिन थाल्यो । अहिले एकाएक पार्टी नै छोड्ने अवस्थामा कसरी पुग्नु भयो त ? पार्टी नै छोड्ने भनेका छैनौं । तर मरता क्या नहीं करता भन्ने उखान छ नि, हामीले उठाएका कुराहरु सुनिएनन, नेतृत्वले सच्याउन चाहेन भने पार्टीबाट विद्रोह गर्नुको विकल्प छैन । डा. भट्टराईसँग विवाद चाहिँ के हो खासमा ? विवाद राजनीतिक कार्यदिशा या विचारसँग जोडिएको छ । हामीले अहिले स्थानीय चुनावको घोषणा भएको अवस्थामा त्यसको तयारीमा जुटौं भनेर भन्यौं । डा. भट्टराई र मेरोबीचमा पनि एक घण्टा कुरा भयो । वहाँ पनि यसमा सहमत हुनुहुन्थ्यो । वहाँले ‘तपाईलाई चुनावको पनि अनुभव छ, एउटा विशेष जिम्मेवारी लिएर अघि बढ्नुपर्छ’ भनेर सल्लाह पनि गर्नुभयो । तर त्यसको २४ घण्टा नबित्दै उपेन्द्र यादवसँग मिलेर चुनावको बिरोधमा विज्ञप्ती जारी गर्नुभयो । हिजोसम्म चुनावको कुरा, उपेन्द्र यादव दिल्लीबाट फर्किने बित्तिकै बिरोध ? हामी अचम्ममा पर्यौं । यसले साथीहरुमा आघात पर्यो । फेरी आन्दोलन, फेरी ध्वंशको कुरा । हामी त आर्थिक समृद्धि र निर्माणका लागि पो नयाँ शक्ति गठन गरेका थियौं । फेरी जनआन्दोलनको कुरा, फेरी राजनीतिक आन्दोलनको कुरा । हामीले यसबारेमा असहमति राख्यौं । तर हाम्रो कुराको सुनुवाई नभएपछि हामीले बाध्य भएर समानान्तर ढंगले जान खोजेका हौं । तपाईहरु नौ जनाले त विज्ञप्ती नै निकाल्नु भएको थियो, त्यसको सुनवाई भएन ? उहाँले नै सहीछाप गरेको संविधान बमोजिम हुनलागेको स्थानीय तहको निर्वाचन स्थगित गराउने आग्रह बोकेको विज्ञप्तिमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवँंग सही गरेपछि पार्टीको पक्षमा चुनावी माहौल बनाउन तल्लीन कार्यकर्तामा गम्भीर आघात पुग्यो । सो आघातमा तत्काल मल्हमपट्टी लगाउन हामी नौ अभियन्ताले सो निर्णय अविलम्व सच्याउन सार्वजनिक अपील गरेका हौं । बिडम्बना के भयो भने, हामीले नेतृत्वले त्यो कुरा सच्याउला सोचेका थियौं । तर बाबुरामले यसबारेमा सार्वजनिकरुपमा माफी माग्नुभएन । न त त्यो विज्ञप्ती नै फिर्ता लिइयो । झन् उल्टो पार्टीभित्र निषेध र दमन चरम चुलीमा पुगेको छ । पार्टीका साथीहरुलाई स्पष्टिकरण सोध्ने, कारवाही गर्ने काम भएको छ । समस्या यो विज्ञप्तीबाट शुरु भएको हो कि त्यसअघि पनि अन्तरविरोध थियो ? संगठनात्मक कार्यशैलीमा निरंकुश शैली बाबुरामजीले यसअघि नै देखाएका हुन । पार्टीले लोकतन्त्रलाई मुख्य आदर्श मानेको छ । लोकतन्त्रमा फरक मतको सम्मान हुन्छ । हिजो बाबुरामजीले त्यही कुरा भएन भनेर माओवादी छोडे । तर आज वहाँले आफै स्वेच्छाचारी निर्णग गर्नुभएको छ । मैले संयोजकमा उम्मेदवारी दिएपछि मलाई समर्थन गर्ने कैयन साथीहरुमाथि अन्याय गरियो । डोटीको जिल्ला शाखा भंग गर्नेदेखि रामेछाप, स्याङजालगायतका जिल्लामा साथीहरुलाई तनाव दिने काम भयो । मसँग निकट रहेर नयाँ शक्ति निर्माणमा अहोरात्र लागेका स्थानीय समिति र कार्यकर्ताहरुलाई देशव्यापी रुपमा दमन र निषेधको श्रृंखला चलाईयो । पार्टीका संयोजक डा. बाबुराम भट्टराईबाट पार्टीभित्र आफ्ना प्रतिस्पर्धी र आन्तरिक प्रतिस्पर्धालाई स्वागत गर्ने अपेक्षा विपरीत यति धेरै असहिष्णु बन्नुभयो सबै साथीहरुलाई दमन गर्ने श्रृंखला रोकिएन ।’ यो कुन चाहिँ लोकतन्त्रमा हुन्छ । पार्टीभित्र राम्रा हैन, हाम्राको बोलबाला बढी भयो । डा. भट्टराईलाई जे ठीक लाग्छ, त्यही पार्टीको कुरा हुने अवस्था भयो । तर पनि संगठनात्मक कार्यशैली सुधार्न सकिन्छ भनेर हामीले अन्तपार्टीं संघर्ष गरिरहेका थियौं । राजनीतिकरुपमा समेत विचलन देखिएपछि बाध्य भएर पार्टीमा विद्रोहको वातावरण सिर्जना भएको हो । को- को हुनुहुन्छ तपाईहरुसँग ? अहिले देशभरीका साथीहरुसँग छलफल भएको छ । अधिकांश साथीहरु पार्टीको यो शैलीबाट पीडित छन् । अन्तरिम परिषदका एक सय भन्दा बढी साथीहरु हामीसँग छन् । हामीले जिल्ला जिल्लामा छलफल चलाएका छौं । यही २६ गते राजधानीमा ठूलो भेला आयोजना गर्ने तयारी छ । पदाधिकारीभित्र पनि हामीलाई समर्थन गर्ने छन् । जनवर्गीय संगठनमा हामीलाई समर्थन छ । भनेपछि नयाँ शक्ति फुट्ने नै भयो ? मरता क्या नहीँ करता भन्ने अवस्था हो । नेतृत्वले हाम्रो कुरा सुन्दै नसुन्ने अवस्था भयो भने हामी २६ गतेको भेलाको निर्देशन अनुसार अगाडि बढ्छौं ।

बीबीएस र बीएस्सी चौथो वर्षको परीक्षा चैत २० गतेदेखि (सुचना सहित)

काठमाडौं, फागुन २० । वार्षिक परीक्षा प्रणाली अनुसार व्यवस्थापन संकायको चार वर्षे स्नातक तह बीबीएस चौथो वर्ष र विज्ञान संकायको स्नातक तह बिएस्सीको चौथो वर्षको परीक्षा चैत २० बाट सुरू हुने भएको छ। त्रिभुवन विश्वविद्यालयले शुक्रबार परीक्षा कार्यतालिका सार्वजनिक गरेको परीक्षा तालिकामा कानुन संकायको एलएलएम प्रथम वर्षको परीक्षा पनि चैत २० गतेबाटै हुने भनेको छ।

बस्न्यात कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं, फागुन १५ । नेपाली क्रिकेट प्रशिक्षक राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अन्नपूर्णपोष्ट लेख्छ कोरीयाले बस्नेतलाई आफ्नो पुरुष र महिला दुबै टोली हेर्ने गरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यससँगै बस्न्यात बिदेशी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने (टीम गेममा) पहिलो नेपाली प्रशिक्षक बनेका छन् । अन्य खेलमा भने यस अघि टेवल टेनिसका सुरेन्द्र सुवालले भुटानको राष्ट्रिय टोली सम्हालेका थिए । सुरेन्द्रको नेतृत्वमा भुटानले अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलेको थियो । प्रशिक्षक बस्न्यातले कोरीयाको मुख्य प्रशिक्षकका लागि आफुले हस्ताक्षर गरीसकेको जानकारी दिए । ‘केही समय अघि प्रशिक्षकका लागि आबेदन मागिएको थियो। त्यसमा मैले पनि प्रयास गरेको थिए’, प्रशिक्षक बस्न्यातले भने– ‘त्यसमा छनोट भएपछि मैले सम्झौता समेत गरीसकेको छु।’ बस्न्यातका अनुसार कोरियाले उनलाई आगामी एक बर्षका लागि मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको हो। अर्को बर्ष अगस्ट र सेप्टेम्बरमा इन्डोनेशीयामा हुने एसियाली खेलकुदको तयारीमा रहेको कोरियाले आफ्नो क्रिकेट टोलीका लागि बस्न्यातलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो। दक्षिण कोरियाले आफ्नो टोलीका लागि बस्न्यातसहित दुई अष्ट्रेलियन प्रशिक्षक पनि नियुक्त गरेको छ। अष्ट्रेलियन प्रशिक्षकबारे जानकारी नगराईएपनि उनिहरुले मुख्य प्रशिक्षक बस्न्यातकै नेतृत्वमा रहेर काम गर्ने बुझीएको छ । विदेशी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने पहिलो नेपाली प्रशिक्षक बनेका बस्न्यातले आफुलाई खुसी लागेको प्रतिकृया दिए। यद्यपि उनले यसलाई आफुले चुनौतीका रुपमा लिएको पनि बताए। ‘खुसी लागेको छ । मेरा लागि यो ठूलो अवसर हो। तर, त्यो भन्दा पनि ठूलो मेरा लागि यो चुनौती हो’, बस्न्यातले भने, ‘यो अवसरमा मैले आफुलाई प्रमाणित गर्न सकिन भने मलाई मात्रै हैन, अन्य नेपाली प्रशिक्षकलाई समेत आगामी अवसर बन्द हुने छन्। त्यसैले यो अवसरमा मैले आफुलाई प्रमाणीत गर्नुपर्ने छ ।’ पुर्व खेलाडी समेत रहेका बस्न्यात पछिल्लो झन्डै ६ बर्ष यता प्रशिक्षणमा ब्यस्त रहदै आईरहेका छन्। सन् २०१४ मा नेपालले एसियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ प्रिमियर लिगको उपाधि जित्दा नेपाली टोलीको प्रशिक्षक रहेका बस्न्यातले पछिल्लो समय नेपाली राष्ट्रिय महिला टोलीको जिम्मेवारी समेत सम्हालेका थिए । बस्न्यात प्रशिक्षक बन्नु अघि नेपाली क्रिकेट टोलीका उत्कृष्ट खेलाडी थिए ।