यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस ७ गते) शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लाइसेन्सको लिखित र ट्रायल परीक्षा अनिश्चितकालका लागि स्थगित (सूचनासहित)

काठमाडौंः लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । यातायात व्यवस्था विभाग बागमती प्रदेशअन्तरगतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । सोमबार एक सूचना जारी गर्दै कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले सोमबारदेखि अर्थात् आजदेखि नै अनिश्चितकालका लागि चालक अनुमतीपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको जनाएको हो । लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने व्यहोरापत्र प्राप्त भएकाले आजैदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कार्यालबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ’ कार्यालद्धारा जारी सूचनामा भनिएको छ ।

मुस्ताङमा खिचिएको ‘के यो माया हो’ सार्वजनिक

काठमाडौंः मुस्ताङमा खिचिएको रोमान्टिक म्युजिक भिडियो ‘के यो माया हो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गोविन्द राई र अनु चौधरीको स्वर सुन्न सकिन्छ भने गीतमा चिरन्जिबी अधिकारीको शब्द तथा दिपक राज विश्वकर्माको एरेन्ज तथा संगीत रहेको छ । म्युजिक भिडियोमा श्रृष्टि खड्का र चिरन्जिबी अधिकारी फिचर्ड छन् । गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद कुमार भण्डारीको रहेको छ । भिडियोमा बुद्ध थापाको छायाँकन, सुरेश काफ्लेको ड्रोन, मनोज लामा र महि सिंहको मेकअप समाबेश रहेको छ ।

सुदूरपश्चिमका कमल सोव आइडलको उत्कृष्ट ११ मा, भोटको अपिल

काठमाडौंः नेपाल आइडल सिजन–३ मा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी कमल सोव उत्कृष्ट ११ मा पुगेका छन् । बिहीबार राति प्रसारित कार्यक्रमबाट उनी उत्कृष्ट ११ मा पुग्न सफल भएका हुन् । नेपाल आइडलको अडिसन धनगढी नभएपछि नेपालगञ्ज अडिसनबाट छनोट भएका सोव निर्णायहरूलाई प्रभावित गर्दै टप–१२ सम्म पुगेका थिए । भोटिङको आधारमा उनी उत्कृष्ट ११ पुगेका हुन् । अव उनको आइडल यात्रा दर्शकहरुको भोटले निर्धारण गर्ने छ । उत्कृष्ट १० का लागि उनले बिहीबार राति नै प्रस्तुति दिइसकेका छन् । उनले नेपाल आइलडकी प्रतिस्पर्धी रचना रिमालसँग ‘फुलपाती भाकेर मनकामना’ गीत गाएका थिए । कमलको गायनको जजहरूले निकै तारिफ गरेका थिए । उत्कृष्ट ११ पुग्न सफल कमलले उत्कृष्ट १० मा पुर्याउनका लागि भोट अपिल गरेका छन् । भोटिङकै आधारमा नेपाल आइडलको यात्रा निर्धारण हुने भएकाले भोट दिन उनले अपिल गरे । यस्तै, धनगढीमा ‘कमल सोव जिताउ अभियान’ समेत शुरू भएको छ । विजय कार्कीलगायतको अगुवाईमा सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी कमल सोवलाई जिताउन ‘कमल सोव जिताउ अभियान’ शुरू गरिएको हो । कसरी गर्ने भोट ? कमललाई शुक्रबार साँझ ८ः३० देखि सोमबार दिउँसो १२ बजेसम्म भोट गर्न सकिनेछ । कमलाई भोट गर्न मोवाईलको म्यासेज बक्समा गएर NI 01 लेखि 37000 मा पठाउनपर्ने छ । कमललाई भोटिङ गर्ने अन्य तरीका यसप्रकार रहेका छन्ः को हुन कमल ? ५ कक्षा सम्मको पढाई डोटीको बुडरमा गरेका शोव त्यसपछिको अध्ययनलाई अगाडि बढाउन धनगढी प्रवेश गरेका थिए । माध्यमिक शिक्षासम्मको पढाई सकेपछि सुदूरपश्चिमाञ्चल एकेडेमीमा भर्ना भएका शोवले स्थानीय स्तरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागीता जनाउँदै आएका थिए । संगीतकार कुलीप राईबाट संगीत सिक्ने मौका पाएका उनले धनगढीका विभिन्न व्याण्डहरुमा समेत जोडिने मौका पाएका थिए ।

राष्ट्रिय सभा निर्वाचनः कहाँ को निर्वाचित? (सूचीसहित)

काठमाडौंः  राष्ट्रिय सभाको निर्वाचन भएका १८ सिट मध्ये १६ वटामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विजयी भएको छ। प्रदेश– २ बाट २ सिटमा मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी नेपालले जित हात पारेको छ। प्रदेश– २ मा नेकपा र राजपाले तालमेल गरेका थिए। निर्वाचन भएका सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाले एकलौटी जित हात पारेको छ। प्रदेश-२ मा नेकपाले राजपासँगको तालमेलका कारण दुई सिट हात पार्न सफल भएको छ। राजपाले अन्य दलसँग चुनावी तालमेले गरेको भए नेकपाले त्यहाँ कुनैपनि सिट हात पार्न सक्ने थिएन। राष्ट्रिय सभा निर्वाचनका लागि ४५ उम्मेद्वार प्रतिष्पर्धामा थिए। प्रदेश १ बाट महिला तर्फ इन्दिरा देवी गौतम, दलित तर्फ गोपी बहादुर सार्की आछामी र अन्य तर्फ देबेन्द्र दाहाल विजयी भएका छन्। उनीहरु तीनै जना सत्तारुढ नेकपाका उम्मेद्वार हुन्। प्रदेश २ मा महिला तर्फ तुलसा कुमारी दाहाल र दलित तर्फ राधेश्याम पासवान विजयी भएका छन्। उनीहरु नेकपाका उम्मेद्वार हुन्। अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक तर्फ शेखर कुमार सिंह र अन्य तर्फ मृगेन्द्र कुमार सिंह यादव राजपाबाट विजयी भएका छन्। बागमती प्रदेशबाट महिला तर्फ गंगा कुमारी वेलवासे, अन्य तर्फ बेदुराम भुसााल विजयी भएका छन्। गण्डकी प्रदेशबाट महिला तर्फ भगवती न्यौपाने, अन्यतर्फ नारायण काजी श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता हुन्। प्रदेश ५ बाट महिलातर्फ बिमला घिमिरे, अपाङ्गता भएको व्यक्ति वा अल्पसंख्यक तर्फबाट जग प्रसाद शर्मा, अन्यबाट गोपाल भटृराईले जित हात पारेका छन्। सबै नेकपाका उम्मेद्वार हुन्। कर्णाली प्रदेशबाट महिला तर्फ सुमित्रा वि.सी. र अन्य तर्फ माया प्रसाद शर्मा विजयी भएका छन्। कर्णालीमा पनि जित्ने दुवै नेकपाका उम्मेद्वार हुन्। त्यसैगरि सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ शारदा देवी भटृ र अन्य तर्फ तारामान स्वांर विजयी भएकी छन्। निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभाका सांसदहरु तर्फबाट ९९. १५ र स्थानीय तहका प्रमुख र उपप्रमुखका तर्फबाट ९९.१९ प्रतिशत मतदान भएको थियो। राष्ट्रिय सभामा निर्वाचित भएपनि सांसदहरुको कार्यकाल फागुन २१ गतेबाट मात्र सुरु हुनेछ। फागुन २१ गते राष्ट्रिय सभाको १९ सिट रिक्त हुदैँछ। रिक्त हुने १ सिटमा भने प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्नेछिन्।  

जान्नुहोस्, कस्तो हुनुपर्छ जापान जाने कामदार?

काठमाडौं, चैत १२ । नेपाल र जापान सरकारबीच श्रमिक पठाउनेबारे ‘सहकार्यको समझदारी’मा हस्ताक्षर भएको छ। समझदारीमा जापानका राजदूत मासामिचि साइगो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्ति सचिव रामप्रसाद घिमिरेले हस्तारक्षर गरे। समझदारी अनुसार सन् २०१९ को अप्रिल १ देखि जापानले १४ वटा कार्यक्षेत्रहरु, कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत र सम्भार, खाद्य सेवा उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, विल्डिङ सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिक लिनेछ। १४ क्षेत्रमा श्रमिक लिने सहमति भए पनि नेपाली श्रमिकको माग कति हुने भन्ने विषय भने बाँकी नै छ। जापानमा ‘स्पेसिफाइड स्किल्ड वर्कर’ (एसएसडव्लु) अन्तर्गत पहिलो वर्ग र तेस्रो वर्ग का श्रमिकहरु लिने सहमतिमा उल्लेख छ। पहिलो वर्गका श्रमिकहरुका लागि सीप वा सम्वन्धित कार्य क्षेत्रमा अनुभव आवश्यक पर्ने र त्यस्ता श्रमिकहरु बढीमा पाँच वर्षसम्म जापानमा रहन सक्ने छन्। दोस्रो वर्गका श्रमिकहरुका लागि उच्च तहको सीप आवश्यक पर्ने र त्यस्ता श्रमिकहरुको कार्यअवधि थप गर्न सकिने प्रावधान छ। दोस्रो वर्गका श्रमिकहरुले परिवारका सदस्यलाई समेत जापान लैजान सक्ने छन्। समझदारी पत्र अनुसार जापानी कानून बमोजिम नेपाली श्रमिकहरुले रोजगारीका सेवा, सुविधा एमं शर्तहरुमा जापानी नागरिक सरह समान व्यवहार प्राप्त गर्ने छन्। नेपाली श्रमिकहरुले प्राप्त गर्ने पारिश्रमिक जापानी नागरिकले सोही कामको लागि प्राप्त गर्ने पारिश्रमिक सरह वा सो भन्दा बढी हुने जनाइएको छ। कामदारलाई सहायता योजना अन्तर्गत जापानमा दैनिक जीवनयापन सम्वन्धी अभिमुखीकरण, दैनिक रुपमा प्रयोग हुने भाषा सिक्नका लागि सहायताका अतिरिक्त श्रमिकको बसाइ र कार्यस्थलको अवस्था, स्वास्थ्य सेवा र काम परिवर्तनका सन्दर्भमा सल्लाह एवं गुनासो व्यवस्थापनका विषयहसमेत समेटिएको छ। श्रमिकले आफु गएको सम्वन्धित कार्यक्षेत्रमा रोजगार परिवर्तन गर्न पाउने सुविधा समेत राखिएको छ। यसको लागि सार्वजनिक रोजगार सेवा केन्द्रले सहयोग गर्ने व्यवस्था गरिएको छ। याे समाचार नागरिक दैनिकबाट लिइएकाे हाे ।

आगलागी पीडितलाई तामाङ समाज मलेसियाले गरे ६९ हजार आर्थिक सहयोग

मलेसिया, फागुन २४ । तामाङ समाज मलेसियाले २०७५ माघ महिना २६ गतेको दिन बिहान बर्षा भइइरहेको बेला चट्याङ लागेर घर जलेका आगलागी पीडित सर्लाही बर्दिवास नगरपालिका वडा नं. ११, चनौटे निवासी दिलबहादुर तामाङलाई आर्थिक सहयोग प्रदान गरेको छ । सन् २००५ सालमा मलेसियामा तामाङ समुदायको युवायुवतीहरुले हातेमालो गर्दै स्थापना गरेको तामाङ समाज मलेसिया नामक समाजिक संस्थाले २०१९ सम्म आईपुग्दा विभिन्न क्षेत्रका पीडित व्यक्तिहरुलाई बेलाबेला आर्थिक अभियानहरु चाली सहयोग गर्दै आईरहेको थियो र गर्दै पनि छन् । यो वर्षपनि तामाङ समाज केन्द्रिय समितिं, नेपाल् म्हार म्हेन्दो तामाङ कलाकार संघ,तामाङ समाज पेनाङ कमिटीले मिलेर संयुक्त रुपमा मिलेर आयोजना गरेको मञ्जुश्री संवत् २८५५औं ढ्वा ल्हो सोनाम ल्होछार संम्पन्न भए लगत्तै ल्होछार कार्यक्रमबाट आम्दानी भएको रकम चट्याङ पीडित आर्थिक अवस्था एकदमै नाजुक रहेको तामाङ समाज मलेसियाको केन्द्रिय सदस्य हाल मलेसियामै कार्यरत अजय तामाङको परिवारलाई बिहिवार रु. ६९,००० नेपाली रुपैयाँ हस्तान्तरण गरिएको तामाङ समाज मलेसियाको द्धितिय सचीव सबिन लोप्चन तामाङले बताए । तामाङ समाजलाई साथ दिदै नेपालमा सामाजिक काममा सक्रिय ईशारा लामाले उक्त सहयोग रकम सम्बन्धित ठाउँसम्म पुर्याइ बर्दिवास नगरपालिकाका उपमेयर सुशीला गौतम, सोही नगरपालिकाको वडा नं. ११ का जनप्रतिनिधि धनबहादुर लामा र स्थानीयहरुको सामुहिक उपस्थितिमा प्रतिनिधिहरुकै हातबाट पीडित परिवारलाई हस्तान्तरण गरिइएको हो । आर्थिक सहयोग रकम बुझ्दै खुशीसाथ तामाङ समाज मलेसिया परिवारलाई पीडित परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।

टर्कीमा महिलालाई आइसक्रिम खान प्रतिबन्ध !

अंकारा, टर्की । टर्कीको ऐतिहासिक शहर इस्तानबुलको एउटा नगरपालिकाले सभ्य महिलाले आइसक्रिम खान नहुने भन्ने नियम जारी गरेपछि विवाद सुरु भएको छ । नगरपालिकाले महिलाहरूलाई कसरी ‘सुसंस्कृत’ बन्ने भनेर केही नियमहरू जारी गरेको छ, जसमा उनीहरूले चाट्दै आइस्क्रीम खान नहुने बताइएको छ । नियममा भनिएको छ, “यस्तो गर्नु भद्दा लाग्दछ ।” उता सामाजिक संजाल प्रयोगकर्ताहरूले यस नियमलाई महिलाको स्वतन्त्रतामाथिको आक्रमण भन्दै आलोचना गरिरहेका छन् । दुई महिने पाठ्यक्रम तैयार इस्तान्बुल्को बागसिलर नगरपालिकाले महिलाहरूलाई ‘संस्कार’ सिकाउने दुई महिने पाठ्यक्रम समेत सार्वजनिक गरेको छ । यसमा युवतीहरूलाई सार्वजनिक स्थलहरूमा कस्तो व्यवहार गर्ने भन्नेबारे प्रवचनहरूको शृंखला राखिने बताइएको छ । नगरपालिकाका अनुसार इस्तान्बुलका सभ्य महिलाहरूलाई पारम्परिक लोकाचार आउनु पर्दछ । उनीहरूलाई विनम्र रहन, भान्साघरको काममा निपुण रहन जस्ता कामहरू समेत यस पाठ्यक्रममा सिकाइने बताइएको छ । साथै उक्त पाठ्यक्रममा महिलाहरूले पुरै मुख खोलेर कुरा गर्न नहुने भन्ने समेत सिकाइने बताइएको छ । सामाजिक संजालमा प्रश्न- आइसक्रिम चाट्न नहुने भए खाने तरिका के ? नगरपालिकाले प्रस्तावित गरेका नियमहरूबारे सामाजिक संजालमा बहस सुरु भएको छ । एउटा ग्रुप ‘लेडीज गाइडमा लेखिएको छ, “ठीक छ, महिलाहरूले आइसक्रिम चाट्नु हुँदैन । तर यसो गर्नु खराब कसरी भयो भन्नेबारे पनि केही भन्नु नि !” ग्रुपमा एक जनाले लेखेका छन्, “अचम्मको कुरा केही मानिस महिलाले आइसक्रिम खाएको देखेर पनि भयभीत छन् ।” ट्विटरमा एक जनाले लेखेका छन्, “आइसक्रिम चाट्नु हुन्न भने यसलाई खाने सही तरिका पनि त भन्नु पऱ्यो ।” एक अर्को प्रयोगकर्ताले लेखेका छन्, “त्यसो भए पुरै आइसक्रिम मुखभित्र कोच्ने या अरु कुनै तरिका छ ? भनिदिनु पऱ्यो ।” एक जना भन्छन्, आफू त आइसक्रिम चाटेरै खाने हो, कृपया यस विषयमा ज्ञान नदिनु होला ।” बस यात्रामा धेरै नबोल त्यस्तै नगरपालिकाले जारी गरेको अर्को नियम अनुसार महिलाहरूले चुइङ्गम चपाउनु र बस यात्राको क्रममा फोनमा लामो वार्तालाप गर्नुलाई समेत ‘असभ्य’ कामको श्रेणीमा राखेको छ । उनीहरूलाई फोहोर शब्द उच्चारण नगर्न भनिएको छ । त्यसका साथै महिलाहरूलाई पहिलो पटक कुनै पुरुषलाई भेट्दा उनको विवाह भए नभएको या बच्चा कति छन् जस्ता प्रश्न समेत सोध्न नहुने भनिएको छ । महिलाहरूलाई ‘सुसंस्कृत’ बन्ने तालिम दिन गणितकी प्राध्यापक आरजु अरदालाई आमन्त्रित गरिएको छ । अरदा भन्छिन्, “हाम्रो धर्म, परम्परा र संस्कृतिमा निरन्तर ह्रास आइरहेको छ । समाजबाट शिष्टाचार र विनम्रता कम हुँदै गइरहेको छ । आशा छ स्थितिमा परिवर्तन आउनेछ ।”

शव पठाएको दुई सातापछि रकम भुक्तानी

क्वालालम्पुर, पुस २७ । केही दिनअघि मलेसियामा निधन भएका एक युवकको शवलाई नेपाल पठाए वापतको रकम बिहीबार भुक्तानी गरिएको छ । ५ वर्षअघि रोजगारीको शिलशिलामा मलेसिया आएका रोल्पाको सुनिल स्मृति गाउँपालिका ८ अरेसका नरबहादुर पुनको शव नेपाल पठाए वापत लागेको रकम सम्बन्धित निकाएलाई बिहीबार भुक्तानी गरिएको हो । मलेसियामै कार्यरत नेपाली एवं बंगलादेशी मजदुरको आर्थिक सहयोगमा रकम संकलन भएको थियो । मृतक पुन नेपालबाट आएको कम्पनीमा सम्झौता बमोजिम तलब सुविधा नपाएपछि अवैधानिकरुपमा काम गर्दै आएका थिए । अवैधानिकरुपमै कार्यरत रहेका बेला गत डिसेम्बर २२ मा उनको अकस्मात निधन भएको थियो । मलेसियामा अवैधानिक मजदुरमाथि आइपर्ने समस्याप्रति रोजगारदाता कम्पनी जवाफदेही नहुने हुँदा समस्या उत्पन्न भएको थियो । मृतक पुनका आफन्त नजिकमा नहुँदा शव अलपत्र जस्तै रहने र स्थानीयले अन्यत्रै फालिदिने चेतावनी दिएपछि त्यस क्षेत्रमा कार्यरत नेपाली मजदुरहरुको सक्रियतामा शव नेपाल पठाउँदा लाग्ने खर्च बेहोर्ने प्रतिबद्धतापछि एकजना स्थानीय नागरिकको जिम्मेवारीमा शव नेपाल पठाइएको थियो । शव दुई साताअघि नै नेपाल पठाइएको भएपनि लागत रकम एक लाख ३ हजार ८ सय नेपाली रुपैयाँ बिहीबार मात्रै भुक्तानी गरिएको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज मलेसियाका सचीव अर्जुन घर्ती मगरले जानकारी दिए। आफ्नो गाँस कटाएरै भए पनि एउटा आपतमा परेको नेपाली परिवारलाई सहयोग गर्ने सम्पूर्ण नेपाली र बंगलादेशी मजदुरहरुलाई आर्थिक संकलन अभियानका संयोजक सन्दिप घर्तीमगर र समाजसेवी गंगा थापाले धन्यप्रति पनि आभार व्यक्त गरेका छन् ।

खस क्षत्री सेवा समाज कतारको वनभोज कार्यक्रम सम्पन्न

कतार,पुष १४।खस क्षेत्री सेवा समाज, कतारको नियमित बैठक तथा पारिवारिक भेटघाट कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष विश्व बन्धु थापाको अध्यक्षतामा सम्पन्न बैठकले संस्थाको सह-कोषाध्यक्षमा गोपाल कटुवाल, कार्यसमिति सदस्यमा शक्ति क्षत्री र महेन्द्र चालिसेलाई चयन गरेको छ । साथै बैठकले क्षत्री समाज नेपाल सङ्ग सम्बन्धन लिदै संस्थामा सदस्यता वृद्धि गर्न विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । कार्यक्रममा संस्थाका संरक्षक टेकबहादुर कार्की, हंसराज ढकाल, सल्लाहकारहरु दोर्ण बस्नेत, मिलन खत्री, तेज कटुवाल लगाएत कार्यसमितिका पदाधिकारी, सदस्य, आजिवन सदस्य तथा साधारण सदस्यहरुको सहभागिता रहेको थियो । सन् २०१०मा स्थापना भएको खस क्षत्री सेवा समाज कतारले प्रदेशमा रहेर पनि नेपाली संस्कृति र पहिचान लाई जोगाइ राख्न लागी रहेको भन्दै आपसी भातृत्व कायम राखी राख्न वनभोज कार्यक्रम आयोजना गरेको प्रवक्ता सन्तोष क्षत्रीले बताए ।

जापानले पनि नेपालबाट कामदार लैजाने, महिनामा कम्तीमा ३ लाख आम्दानी

काठमाडौं, पुष १० । जापानले पनि नेपालबाट कामदार लैजाने भएको छ । उसले नेपालसहित ९ देशबाट कामदार लैजाने निर्णय गरेको हो । यी देशबाट पहिलो ५ वर्षमा तीन लाख ४५ हजार कामदार लैजान लागिएको छ । जापान टाइम्सका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले कामदार ल्याउने देश छनोट गरेको हो। जापानले चीन, इण्डोनेसिया, मंगोलिया, म्यान्मार, नेपाल, थाइल्यान्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजान लागेको हो। यी देशबाट लैजाने कामदारलाई नर्सिङ, उत्पादन, होटल, कृषि, माछापालन, खाद्यान्न उत्पादन तथा सेवालगायत १४ वा औद्योगिक क्षेत्रमा रोजगार दिनेछ। जापानले अदक्ष कामदार (ब्लु–कलर) लाई पहिलोपटक श्रम भिसामा विदेशी कामदार लैजान लागेको हो। यसअघि नेपालबाट औद्योगिक प्रशिक्षार्थीका रुपमा कामदार लैजाने गर्थ्यो। जापानमा कामदारले महिनामा कम्तीमा ३ लाख नेपाली रुपैयाँ कमाउँछन्। नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको मापदण्डअनुसार श्रम सम्झौता गरेर मात्रै कामदार पठाउने संवाद जापानसँग गर्दै आएको छ। दुई देशबीच सम्झौतामा थप छलफल गर्न जनवरीको तेस्रो साता जापानको टोली नेपाल आउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। जापान खाडी र मलेसियापछिको अर्को महत्वपूर्ण गन्तव्य बन्ने सम्भावना छ।

मनिष वसिष्ठको सर्ट फिल्म ‘काल मेरो साथी’ चाँडै नै आउने तयारीमा

पछिल्लो समय फरक किसिमको गीत–संगीत रचना र त्यसको भिडियोलाई निर्माण गर्दै आइरहेका गीतकार मनिष वसिष्ठले सर्ट फिल्म ‘काल मेरो साथी’ लिएर आएका छन् । पछिल्लो समय पखेटा र मुखौटा जस्ता फरक शैलीको गीतपछि उनले यो सर्ट फिल्म लिएर आएका हुन् । यसमा रंगकर्मी जीवन भट्टराई र दिपेन्द्र शाहीको अभिनय रहेको छ । स्टोरी कन्सेप्टअनुसार नै यी दुई भिडियोमा प्रस्तुत भएका छन् । यसको लेखनमा मनिषलाई रंगकर्मी लक्ष्मी बर्देवाले साथ् दिएकी छिन । यसमा ब्याकग्राउण्ड स्कोर ऋदम कँडेलको रहेको छ भने यसलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् । यसलाई रुपेश खड्काले सम्पादन गरेका हुन् भने यसको निर्देशक निकेश खड्का हुन् । म्युजिक भिडियो निर्देशन हुदै फिल्म समेत निर्देशन गरिसकेका निकेशले यसलाई पृथकशैलीमा निर्माण गरेको बताएका छन् । यसमा कालसँगको भेटलाई देखिएको छ । असन्तुष्ट कविले जीवनको उतराद्धमा भएपनि काललाई भेटेर रचना गर्ने कविता र काल प्रतिको मानसिकतालाई भिडियोमा विम्बको रुपमा चित्रण गरिएको छ । निकेश सर्ट फिल्म मार्फत निकै आश्वादी छन् । निकेश खड्का स् पछिल्लो समय म्युजिक भिडियो भन्दा केहि फरक गर्ने प्रयास हो, यो सर्ट फिल्म । मैले धेरै भिडियोको निर्देशन गरे, तर यो टिमसँग काम गर्दा फरक नै हुँदै गयो । यही टिमसँग मैले मुखौटा, पखेटा लगायतका भिडियो तयार गरिसकेको छु, जुन मेरो अन्यभन्दा फरक छ । यो पनि त्यसैको निरन्तरता हो । हामीले परिस्थितिलाई सिम्बोलिकरुपमा देखाउने कोसिस गरेका छौं । भिडियोले एक किसिमको सोच सिर्जना गर्छ भन्नेमा आशावादी छु । मनिष वसिष्ठ यसलाई सुरुवातमा गीत मात्र बनाउने कि भन्ने सोचाइ नआएको होइन तर डेभलप हुदै गएपछि यसले सर्ट फिल्मको रुप लिएको हो । मेरो रचनामा तयार भएका अघिल्ला गीतहरु फरक नै छन्, जसलाई मैले युट्युब एमबी क्रिएसनमार्फत ल्याएको छु । दर्शकबाट आउने प्रतिक्रियाले हामीलाई अगाडि बढ्न अझै हौसला मिल्छ भने मार्गदर्शन पनि पाइन्छ । हेर्नुहोस् भिडियो-

हैट ! नेइमार…

यस विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिश्चियानो रोनाल्डो घर फर्किसकेपछि प्रतियोगिता सुरु हुनुअघि खुबै चर्चामा रहेका तीन सुपरस्टारहरूमध्ये नेइमारको टीम मात्र प्रतियोगिताको अगिल्लो खेल खेल्न रुसमा बसिराखेको छ। प्रतियोगिता सुरु हुनुभन्दा अगाडि विश्वकै सर्वाधिक महँगा फुटबलर नेइमार निकै चर्चित थिए।  तर लीग चरणमा स्फूर्तिका पर्याय मानिने नेइमार केहि सुस्त देखिए। नकआउट चरणमा पुग्दापुग्दा नेइमार लयमा फर्किए र उनले मेक्सिको विरुद्ध एक गोल गरे र अर्को गोल गर्न सघाए। नेमारको जीवनः स्टार्डम, सम्पत्ति र सेक्स रसिया विश्व : ब्राजिल र स्विट्जरल्यान्ड भिड्दै, आज जम्लान नेमार ? काे हुन् सुपरस्टार मेस्सीलाई घर फर्काउने १९ वर्षीय अम्बापे ? तर अहिले नेइमार यस जीतका साथसाथै एउटा अर्को कारणले पनि चर्चित रहेका छन्। ब्राजिलको दैनिक समाचारपत्र ‘ग्लोबो’ले लेखेको छ’ “नेइमारले ब्राजिललाई खुसी पारे तर सारा संसारलाई रुष्ट पारिदिए।” नेइमार, अर्थात यस्तो फुटबलर जसले एउटै खेलमा उत्कृष्ट फुटबल प्रतिभारा वाहियात नौटंकी सँगसँगै प्रस्तुत गरे। प्रसंशा पनि आलोचना पनि सँगसँगै सोमवार राउण्ड-सिक्सटीनमा मेक्सिको विरुद्ध खेल्ने क्रममा नेइमार साँच्चिकै नेइमार अवतारमा प्रकट भए। ब्राजिलको बेल्जियम विरुद्ध २-० को जीतमा उनको निर्णायक भूमिका रह्यो। नेइमार आलोचित हुनुका कारण यस्ता छन् मेक्सिकोमाथिको जितसँगै ब्राजिलले बनायो यस्ता रेकर्ड, नेइमारले पछि पारे मेसी र रोनाल्डोलाई तर उनी मैदानमा गोल गर्नु भन्दा अन्य कारणले पनि चर्चामा रहे। उनी खेल अवधिभरि कुनै न कुनै रूपमा दर्शकहरूको ध्यान आकर्षणका केन्द्र बनिरहे। उनी घरि कुनै खेलाडीसँग भिड्ने गर्थे भने कहिले गम्भीर चोट लागेको नाटक गरेर लड्थे। यसले बेलाबेला मैदानमा ठुलै दुर्घटना भएको जस्तै लाग्थ्यो। मैदानमा चटक उनका तटस्थ समर्थकहरूले उनको खेलको प्रसंशा त गर्दछन् साथै उनको यस बानीको आलोचना समेत हुने गर्दछ। ब्राजिल र मेक्सिकोबीचको खेलमा पनि खेल समाप्त हुनुभन्दा २० मिनेट पहिले नेइमारकै कारण केही मिनेट खेल रोक्नुपर्ने स्थिति आयो। भएको के थियो भने मेक्सिकन खेलाडी मिगुअल लायुनको गोडा नेइमारको गोलीगाँठामा पऱ्यो। नेइमार असह्य पीडा भएजस्तै जोरजोरले कराउन थाले। अाज नेइमारको अग्नि परीक्षा, उत्तीर्ण होलान् कि अनुत्तीर्ण ? नेइमारको बहिनी राफेला दाइकाे खुसीयाली मनाउँदा मनाउँदै घाइते ! यो देखेर मेक्सिकोका खेलाडी, रेफ्री र अन्य अधिकारीहरू तुरन्त त्यहाँ पुगे। एकछिन् मैदानमा विवाद नै होला जस्तो लाग्यो। म्याच सिद्धिएपछि लायुनसँग सम्बन्धित प्रश्नमा उनका म्यानेजर टाइटेले भने, “लायुनले नेइमारमाथि नराम्ररी टेकेका थिए, मैले आफैँ स्क्रीनमा देखेको।” त्यसमा नेइमारले गजबको प्रतिक्रिया दिए, “हेर्नुस् मलाई लाग्छ यो सब मलाई होच्याउन गरिएको थियो।” “मलाई प्रसंशा या आलोचनाको कुनै पर्वाह छैन, किन भने यस्ता कुराले तपाईंको प्रवृत्तिलाई नै प्रभावित गर्न सक्छन्। पछिल्ला दुई म्याचहरूमा मैले ‘प्रेस’सँग कुरा गरेन किनभने म कुरा गर्न चाहन्नथे।” नेइमार भन्छन्, “मैले खेल्नुपर्छ, आफ्नो टीमको लागि र साथीहरुका लागि।” कस्तो छ अरुको प्रतिक्रिया एस्टर भिल्लाका पूर्व स्ट्राइकर डियोन डब्लिन भन्छन्, “म नेइमारको यस नौटंकीप्रति लज्जित छु।” विश्वकप फुटबलः ३२ वर्षपछि बेल्जियम अन्तिम आठमा, जापानको सपना यसकारण ध्वस्त २०१० को विश्वकप जितका ‘नायक’ इनिएस्टाले संन्यास लिए ! उनी भन्छन्, “उनी संसारका महान खेलाडी हुन्, तर जब उनी मैदानमा यसरी गुल्टिन्छन् साँच्चै दुःख लाग्छ। अचम्मको कुरा तपाईं फुटबल खेल्नुस् न त्योभन्दा राम्रो गर्न सक्नुहुन्छ।” दोहोरो लोकप्रियता सकारात्मक होउन् या नकारात्मक तर नेइमारका बारेमा प्रतिक्रियाहरू भने थुप्रै आउने गर्दछन्। इन्स्टाग्राममा उनका १० करोड फलोअर छन्। उनले पछिल्लोपल्ट गरेको पोस्टमा १५ मिनेटभित्र १० लाख लाइक आएका थिए। ट्विटरमा उनको एउटा अर्को तस्बिर सेयर भैराखेको छ जसमा उनी स्विट्जरल्याण्ड विरुद्धको म्याचमा लडेका छन्। यो तस्बिर र यससँग सम्बन्धित भिडियो, मेमे र जिफहरू सामाजिक संजालमा भाइरल हुन बेर लागेन। एउटा पोस्टमा र फरक-फरक तरिकाले पीडाले कराइरहेका आठ तस्बिर राखिएका छन् र सँगै प्रश्न समेत गरिएको छ- तपाईंलाई कति दुःखिराखेको छ? कोस्टारिकासँगको म्याचमा समेत नेइमारसँग एउटा घट्ना घटेको थियो। उक्त म्याचमा रेफ्रीले तनाव कम गर्ने उद्देश्ले नेइमारको पाखुरामा हातले छोएका थिए, नेइमारले तुरन्त उनको हात हटाइदिए, र भने “मलाई नछोऊ!” विश्वकप फुटबलः पहिलो क्वाटरफाइनल खेल्ने टिम को-को ? शुक्रबार भिडन्त विश्वकप फुटबलः नकआउट चरणमै नपुगी घर फर्किने १५ टिम को-को ? जारी विश्वकप फुटबलमा कसको कीर्तिमान के ? हेर्नुहोस्, तथ्य/तथ्यांक

इदुल फित्र मनाइयो

कपिलबस्तु । विश्व शान्तिको कामना गर्दै नेपालका मुस्लिम धर्मावलम्बीले हर्षोल्लासकासाथ इदुल फित्र पर्व मनाएका छन् । “विश्वमा भइरहेको नरसंहर बन्द होस, सबैमा मानवता आओस्” भन्दै उनीहरुले आज बिहान ८ बजे इदको नामाज पढ्ेर एक आपसमा इद मुबारक (शुभकामना) आदनप्रदान गर्दै यो पर्व भव्यताकासाथ मनाइएको हो । सो अवसरमा मुस्लिम समुदायका अगुवाले इदको बिदा कटौती गरेर सरकार हाम्रो अधिकारप्रति उदासीन रहेको देखिन्छ भन्दै यो पर्वका अवसरमा दिदैं आएको बिदा कटौती गरिएकोप्रति असन्तृष्टि व्यक्त गरेका थिए । नेपालमा कूल जनसंख्याको चार प्रतिशतभन्दा बढी मुस्लिम समुदायको बसोबास छ । इदुल फित्रका अवसरमा इदगाहमा जम्मा भएर सामूहिक नामाज पढेर यो पर्व मनाइएको मौलाना मक्सुद खानले बताउनुभयो । मुस्लिम समुदायका महिला र पुरुष मस्जिद तथा इदगाहमा जम्मा भएर इद मिलनको खुशी साटासाट पनि गरेका छन् । एक महिनासम्म दिनभरि कठोर उपवास व्रत (रोजा) बसी पाँच पटक नमाज पाठ गरेर मनाउँदै आएका छन् । शुक्रबार साँझ चन्द्रमा (चाँद) देखेपछि रोजा समाप्तीको खुशियालीमा आज इद उल फित्र मनाएका छन् । यस अवसरमा मस्जिद तथा इदगाहमा महिला पुरुष बालबालिका सबै जम्मा भएर नवाज पाठ गरी बधाई, शुभकामना आदनप्रदान गरी एकापसमा गला मिलाएर खुशियालीसँग यो पर्व मनाएका हुन् । रासस

चेलीबेटी बेचबिखन र कोठी चलाउने तमाङलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं, वैशाख ६ । चेलीबेटी बेचबिखन काण्डमा नुवाकोट जिल्ला अदालतबाट ३७ वर्ष कैद सजाय ठहर भएका वडाध्यक्ष सुनबहादुर तामाङलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोतम भण्डारीको इजलासले नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष तामाङको स्थायी ठेगाना र बाबुको नाम फरक–फरक देखिएको भन्दै थुनामा नराख्न आदेश गरेको हो। नुवाकोटकै दुई महिला सुन्तली तामाङ र सानुमैया तामाङलाई बिक्री गरेको मुद्दामा जिल्ला अदालत नुवाकोटले २०६८ असोज ६ गते दोषी ठहर गर्दै उनलाई ६ वर्ष कैद सजाय गरेको थियो। सो मुद्दामा प्रहरीले तामाङलाई ६ वर्षपछि पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेपछि तामाङको हकमा उनका छोरा प्रदीप तामाङले गत २०७४ माघ १० गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण निवेदन दर्ता गराएका थिए। १० वर्षभन्दा कम सजाय हुने मुद्दाको हकमा पुनरावेदन नबसी धरौटी राखेर अदालतको अनुमतिमा मुद्दा लड्न पाउने व्यवस्था छ। अर्को मुद्दामा गाउँका करिब २ सय महिलालाई बेचेको, वेश्यालय चलाएको लगायत सबै अभियोगमा जिल्ला अदालत नुवाकोटले गत २०७४ चैत ९ गते सुनबहादुरलाई ३७ वर्ष कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको थियो। उनीसहितका तीन जनालाई यस्तो सजाय सुनाइएको थियो। तामाङलाई २०७४ पुस ७ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो। उनी विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिचन तथा ओसारपसार मुद्दा दर्ता भएको थियो। उक्त मुद्दामा फैसला सुनाउँदै सर्वोच्चले सुनबहादुरका बाबुको नाम र स्थायी ठेगाना फरक रहेको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो। उनी दोषी ठहर भएको मुद्दामा तामाङको स्थायी ठेगाना नुवाकोट घाङफेदी ४ र बाबुको नाम वीरबहादुर तमाङ छ। पुरानो मुद्दामा घाङफेदी ६ र बाबुको नाम आइतमान तामाङ रहेको भन्दै सर्वोच्चले थुनामुक्त गर्ने फैसला सुनाएको हो। सुनबहादुर अर्थात् पैसा र ‘पावर’ सुनबहादुर २०५१ सालदेखि नै मानव बेचबिखनमा संलग्न व्यक्ति हुन्। २०५१ सालमा झापा हुँदै केही युवतीलाई भारत लैजाने क्रममा उनी विरुद्ध मुद्दा दायर भएको थियो। तर, फरार रहँदै आएका उनले चेलीबेटी ओसारपसारको धन्दा जारी राखेका थिए। २०७१ सालमा पनि उनी विरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। त्यो मुद्दामा पनि उनी धरौटीमा छुटेका थिए। वेश्यालय चलाएर प्रशस्त पैसा कमाएका उनले त्यही पैसाको बलमा नेताहरुलाई समेत आफ्नो हातमा लिएका छन्। पैसाकै बलमा नेपाली कांग्रेसबाट उनले वडा अध्यक्षको टिकट पाई चुनाव जितेका थिए। गाउँमा आफू विरुद्ध बोल्नेहरुलाई उनले गाउँमै बस्न नदिने गरेको स्थानीयले बताएका छन्। नेपाल लाइभबाट

सर्वोच्च अदालतले भन्योः सवारी साधनबाट हुने प्रदुषण रोक

काठमाडौं । सवारी साधनबाट हुने प्रदुषण गम्भीर भएको जनाउँदै यसलाई नियन्त्रण गर्न भारतको सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चदले प्रदुषणले यो पुस्तालाई मात्रै नभई भावी पुस्तालाई पनि असर गर्ने भएकोले कदम चाल्न आदेश दिएको छ । सर्वोच्च अदालतको सोमवारको फैसलामा प्रदुषण नियन्त्रणका लागि आवश्यक पर्ने सबै कदम चाल्नु पर्ने औल्याएको छ । प्रदुषण नियन्त्रणका लागि उचित कदम नचालिए स्वास्थ्य सम्बन्धी सरकारी योजना विफल हुने आदेशमा जनाएको छ । न्यायाधीशद्वय मदन बी लोकुर र दीपक गुप्ताको संयुक्त इजलासले यस विषयलाई सामान्यरुपमा नलिन सरकारको ध्यानाकर्षण गरेको छ । (एजेन्सीहरु)