माओवादीले घोषणा गर्यो माडीको विशेष बिकास प्याकेज
नयाँ माडीको निर्माण को बाम सपना
नेकपा माअाेवादी केन्द्रका अध्यक्षले चितवन माडीका लागि ४८ बुँदे विशेष बिकास प्याकेज घोषणा गरेका छन् ।
- माडी उपत्यकाभित्र भित्री र बाहिरी गरी दुईवटा चक्रपथ निर्माण गरिने छ, जसअन्तरगत सेरुवाबाट गोद्धक, बसन्तपुरबाट सोमेश्वर, कीर्तनपुरबाट हरिनगर, गोपालनगर र गौरीनगर (माछापोखरी) र खरकट्टाबाट बैकुण्ठ तालसम्मको करीब २५ किलोमिटर बाटो तत्काल पिच गरिनेछ ।
- मौजुदा दुईवटै कृषि सडकहरु दुबै कृषि सडकहरु ‘क’ (सेरुवा-शिखारीपुर-अम्वाबास-सिम्रहनी-शितलपुर-खैरहनी-बेलुवा-लक्ष्मीबास हुँदै देवेन्द्रपुर-कान्तिपुर-गणेशकुञ्ज हुँदै बगहीँ) र ‘ख’ (गर्दी-भैरवपुर-बैराठ-इनारबरुवा-हरिनगर-गोपालनगर-घाँघर-शिवद्वार हुँदै कृष्णनगर हुँदै बगहीँ)को स्तर उन्नती गरी कालोपत्रे गरिनेछ ।
- माडीभित्रका अन्य भित्री सडकहरुको स्तरोन्नती गरिनेछ ।
- चितवन राष्ट्रिय निकुञ्ज भित्रको राप्ती पुलदेखि रेवा पुलसम्म बाटो चौडा गरी स्तरीय ग्राभेलिङ (पिच) गरिने छ ।
- राष्ट्रिय महत्वको बिषय बनाई चितवन राष्ट्रिय निकुञ्जमा हवाई ब्रिज (आकाशे पुल)को निर्माण पहल गरिने छ ।
- हुलाकी सडकको स्तरोन्नती गरी मगुई, बाँदरमुडे, रिमाल खोला, चन्द्रे खोला, जीवनपुर खोला, खरकट्टा खोला, वैकुण्ठ खोला, टम्टा खोला, घाँघर खोला, बगई खोला आदि खोलाहरुमा पक्की पुल निर्माणको प्रक्रिया सुरुवात गरिने छ ।
- माडीका सम्पूर्ण ठाडा खोलाहरुमा तटबन्धन गरिने छ ।
- बहुउद्देश्यीय रीउ परियोजना निर्माण गरी बगहीँदेखि पाँचपाण्डवसम्म नदी एवं बन्यजन्तुको बस्तीप्रवेश नियन्त्रणका लागि ड्याम निर्माण गरी चार लेनको वाइपास रोड बनाइने छ ।
- स्वीकृत मगोइ सिंचाई परियोजना निर्माण कार्य अन्तरगत दुई बर्षभित्र नहर बनाई सञ्चालनमा ल्याइनेछ र रीउ एवं परुई सिंचाई परियोजना सुरुवात गरिनेछ ।
- बाल्मीकि आश्रम, पाँचपाण्डव (गोद्धक), सोमेश्वर गढी र बैकुण्ठे क्षेत्रलाई देशकै मुख्य धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ ।
- एक वर्षभित्रमा माडीका हरेक घरमा बिजुली पु-याइनेछ । विजुली नपुगेका बस्तीमा बैकल्पीक उर्जाको व्यवस्था गरी उज्यालो माडीको घोषणा गरिने छ ।
- आगामी दुई बर्षभित्र डिप बोरिङ गरी हरेक घरमा स्वस्थ सफा र शुद्घ पिउने पानी पु-याइने छ ।
- तत्काल माडी क्याम्पसको स्तरोन्नती गरी स्नातकोत्तर (मास्टर्स) तहका साथै विज्ञान र प्राविधिक शिक्षा सञ्चालन गरिने छ ।
- माडीका सबै मा.वि. मा ९-१२ मा प्राविधिक शिक्षा पठनपाठन गराइनेछ । सबै आधारभुत विद्यालयलाई अनिवार्य अङ्ग्रेजी र गुणस्तरीय शिक्षा एवं प्राथमिक तहमा अत्याधुनिक बालमैत्री (मन्टेश्वरी) कक्षा सञ्चालन गरिने छ ।
- दराई, बोट, चेपाङ, तामाङ, दलित र परिचयपत्रका आधारमा विपन्न र सुकुम्वासी समुदायका वालबालिकाहरुलाई उच्च शिक्षा निःशुल्क व्यवस्था गरिनुका साथै समग्र विकासको प्याकेज कार्यक्रम सञ्चालन गरिने छ ।
- दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय निर्माण गरी सञ्चालनमा ल्याइने छ ।
- २४सै घण्टा डक्टरको उपस्थितिमा माइनर अप्रेसन समेत गर्न मिल्नेगरी बसन्तपुरमा ५१ सैयाको हस्पिटल निर्माण गरी नौवटै वडाहरुमा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गरिने छ ।
- दाँत, आखा र प्रसुती सेवाका निम्ति छुट्टै उपचार केन्द्रहरु निर्माण गरिने छ । सुविधा सम्पन्न ५ थान एम्वुलेन्स सहित एक ब्लड बैंकको व्यवस्था गरिने छ ।
- परिचय पत्रका आधारमा विपन्न वर्गका जनताको सवै खाले उपचार निःशुल्क गरिने छ ।
- वर्गका आधारमा मालपोतको व्यवस्था गरिने छ ।
- बाँदरझुला, कुसुमखोला, पौहारी, छरछरे, कान्तिपुर, मजुवा, ढिकुरबारी, बनकट्टा आदि ठाउँका जनताको वास्तविकता अध्ययन गरी सुकुम्वासी र बाढीपीडितहरुलाई उचित बसोबासको व्यवस्था मिलाई लालपुर्जा वितरण गरिने छ ।
- सिमरा र अमेलिया गाउँलाई रीउ नदी वारी व्यवस्थित एवं नमुना गाउँ बनाई सारिने छ ।
- पाँचपाँण्डव द्रौपतीनगर सितलपुर छरछरे ढुकुरबारी मझुवा स्याउलीवास घोसरी लक्ष्मीनिवास लगायतका वस्ती साथै अन्य क्षेत्रका ऐलानी पर्ती जमिनमा बसोवास गर्नेलाई लालपुर्जा वितरण गरिने छ ।
- मोही आन्दोलनवाट स्थापित मोही अधिकारको संरक्षण गरिने छ । मोही किसानलाई लालपुर्जाको व्वस्था गरिने छ ।
- आदिवासी (थारु) जातीको संङ्ग्रहालय निर्माण गरिने छ । थारु जातीको भाषा, साहित्य र सँस्कृतिको जगेर्नाका गर्नका लागि विशेष कार्यक्रम ल्याइने छ ।
- अपाङ्गहरुको पहिचान गरी ह्वील चेयर लगायतका साधन वितरण गरी जीवनयापन भत्ता दिइने छ । आगामी विकास निर्माणका पुर्वाधारहरुलाई अपाङ्ग मैत्री बनाइने छ ।
- बसन्तपुरमा अन्तराष्ट्रिय स्तरको खेलकुद स्टुडियम निर्माण गर्ने तथा बरुवा, बगहीँ, कल्याणपुर र बनकट्टामा उच्च स्तरीय खेल मैदान निर्माण गरिने छ ।
- नौ वटै वार्डमा कवर्ड हलको निर्माण गरिने छ ।
- माडीको छरछरेमा अत्याधुनिक एवं सुविधासम्पन्न बृद्धाश्रम बनाइने छ ।
- ठोरी केरुङ अन्तरदेशिय लोकमार्गलाई माडीबाट लैजाने व्यवस्था गरिने छ ।
- ठोरी नाकालाई स्तरोन्ती गर्न स्थानिय तहहरुका बिच समन्वय गरी अन्र्तदेशीय आर्थिक कारोवारको ट्रान्जिट पोइन्टको रुपमा स्थापना गरिने छ ।
- आयमुलक र शीपमुलक कार्यक्रम तथा घरेलु र साना उद्योगहरुलाई अगाडि बढाइने छ ।
- राष्ट्रिय निकुञ्जबाट हुने जंगली जनावरको बस्तीप्रवेश रोकथामका लागि विद्युतीय तारवार गरी भए गरेका क्षतीप्रति दुई हप्ताभित्र सतप्रतिशत क्षतीपुर्तिको व्यवस्था गरिने छ ।
- बन्यजन्तु आक्रमणबाट जीउज्यान क्षती हुँदा न्यूनतम् दश लाख क्षतीपुर्तीको व्यवस्था गरिनेछ ।
- राष्ट्रिय निकुञ्जका ऐनहरुले जनमैत्री हुनेगरी शंसोधन गर्न पहल गरिनेछ ।
- जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका असरहरुलाई कम गर्न अनुकूलन कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
- दिवाकर बाटिका, एकता स्तम्भ, छरछरे मितेरी पार्क र सहिद स्मृति पार्कको निर्माण कार्य पुरा गरिने छ ।
- एक वडा एक विशेष कृषि उत्पादन इकाई स्थापनाको नीति अनुरुप प्राङ्गारिक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरि कृषकहरुको आयस्तर विकास गरिनेछ ।
- मत्स्य, फलफुल, पशुपालन, तरकारी खेतीलाई पकेट क्षेत्रका रुपमा विकास गरी अनुदानको व्यवस्था गरी किसानहरुलाई व्यवसायप्रति उत्साहित गरिने छ
- नदीकिनारका बगर क्षेत्रमा एकल एवं कृषि सहकारीहरुमार्फत बगर खेती कार्यक्रम सञ्चालन गरिनेछ ।
- खेतीयोग्य जमीनहरुमा डिप बोरिङ्, थोपा सिंचाई लगायतका सिंचाइको व्यवस्था मिलाइनेछ ।
- रेवा नदी किनारमा पाण्डवनगर, अमिलिया, धोवाहा, सिमरा र बगहीँलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने छ ।
- राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावरको अवलोकनका लागि भ्युटावरहरु निर्माण गरिनेछ भने भ्युटावरको वरपर ‘वाल्ड लाइफ क्याम्प’ मोडलका होमस्टे र होटल सञ्चालन गरिनेछ ।
- माडीका ठाडा खोलाहरु जमिनभन्दा माथि उठ्दैछन् । त्यसलाई हल गर्न माडी नगरपालिकाको मातहतमा रहनेगरी स्थानीय जनताको समेत सेयरमा ठूला क्रसर उद्योग सञ्चालन गरिनेछ ।
- सहकारीमार्फत चिरानी (स-मिल) उद्योग सञ्चालन गरिनेछ ।
- फोहोरमैला व्यवस्थापन गर्न आधुनिक डम्पिङ्ग साइडको निर्माण गरिनेछ ।
- सहिद तथा योद्धाहरुको स्मृतिमा पार्क, हरेक वार्डमा पिकनिक स्पट र बाल उद्यानको निर्माण गरिनेछ ।
- माडीलाई नगर विकासको मापदण्ड अन्तरगत सुन्दर र समृद्ध माडी बनाइने छ ।
- बृद्धभत्ता लगायत अन्य सामाजिक सुरक्षा भत्ताहरु थप गरी वितरणको व्यवस्था सहज र सर्वसुलभ बनाइने छ ।
कांग्रेसका उम्मेदवारसहित ५४ जना माओवादीमा प्रवेश
बर्दिया, असार ११ । बाँसगढी नगरपालिका वडा नं १ का नेपाली कांग्रेसबाट वडा सदस्यका उम्मेद्वार माओवादीमा प्रवेश गरेका छन् । शनिवार कांग्रेसबाट वडा सदस्यका उम्मेदवार खिम बहादुर भण्डारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । प्रचार सभाको अवसरमा प्रवेश गर्दै कांग्रेसबाट कुनै कामको आशा नगर्न उनले अपिल गरे । कार्यक्रममा ५४ जना कांग्रेस एमालेबाट माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
एमालेको चुनावी सभा
पोखरा, वैशाख २५ । नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिका विभिन्न वडामा आइतबार चुनावी सभा सम्पन्न भएको छ । एमालेले पोखराको वडा नं.२५, वडा नं.१९, वडा नं.१६ र वडा नं.१ मा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । उम्मेदवारहरु वडा पुग्दा स्थानिय बासिन्दाले फुलमाला र अविर लगाएर भव्य स्वागत गदै एमालेलाई मतदान गर्ने बताएका थिए । पोखरा २५ को हेमजामा आयोजित चुनावी सभामा बोल्दै एमालेबाट पोखरा लेखनाथ महानगरपालिकाका उपमेयरका उम्मेदवार मानबहादुर जिसीले एमालेले सार्वजनीक गरेको घोषणापत्रलाई पूर्णरुपमा कार्यान्वयन गदै जनताको सेवक भएर काम गर्ने प्रतिवद्धता ब्यक्त गरे । ‘नेकपा एमालेका उम्मेदवारले जिते जनताको सेवक भएर काम गर्ने छौ, तर अरुले जिते शासक बन्नेछन्, त्यसैले जनताको सेवामा समर्पित हुने उम्मेदवार छान्न आग्रह गर्दछु ।’ उनले पोखरालाई सुविधा सम्पन्न, प्रविधि र सेवाग्राहीमैत्री महानगर बनाउने बताए । पोखराका बासिन्दालाई स्वच्छ पिउनेपानी,सवै सडकलाई ब्यवस्थित र कालोपत्रे गदै विकासको गति दिने बताए । उपमेयरका उम्मेदवार मञ्जु गुरुङले पोखराको समग्र विकासको गुरुयोजना निर्माण गरेर चुनावी घोषणापत्रलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले पोखरालाई महिला हिंसामुक्त शहर, बालमैत्री शहर निर्माण गदै बेरोजगार युवायूवतीलाई स्वरोजगार बनाउने बताइन् । ‘म आमा, छोरी र दिदी भएका कारण महिला हिंसा, बालमैत्री र बाहिनीहरुलाई स्वरोजगार बनाउन सिपमुलक कार्यक्रम संचालन गर्ने छु ।’ कार्यक्रममा अखण्ड पार्टी छाडेर एमाले फर्किएकी पुष्पा केसी भण्डारीले देशको स्वाभिमानका रक्षाका लागी एमालेनै उपयूक्त पार्टी भएको बताइन् । जातीय राजनीतिका विरुद्ध स्थापना भएको पार्टीलाई पद र ब्यक्तिको स्वाथका लागी प्रयोग गरेका कारण छाडेर एमालेमा फर्किएको उनले बताइन् । त्यस्तै एमालेले पोखरा १६ लामाचौरमा पनि आम सभा सम्पन्न गर्यो । आम सभामा मेयरका उम्मेदवार मानबहादुर जिसीले सिंहदरबारको अधिकार वडा र गाँउगाँउमा आएको बताउदै अव जनतालाई घरबाटै सेवा प्रहाव गर्ने ब्यवस्था मिलाइने बताए । उपमेयरका उम्मेदवार मञ्जु गुरुङले जनताको पक्षमा काम गर्ने बताइन् । त्यस्तै पोखराको वडा नम्वर १ मा पनि एमालेले सभा गरेको छ । सभालाई सम्वोधन गदै एमाले नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले एमालेले जितमात्रै पोखराको मुहार फेरिने बताए । नेपाली काँग्रेस र माओबादी केन्द्रले देशलाई जातीयताका नाममा बिखण्डन गर्ने तर्फ केन्द्रीत भएकाले देशको विकास र समृद्धिका लागी एमालेको विकल्प नभएको बताए । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले आफनो उम्मेदवारले गरेको प्रतिबद्धतालाई निवाचनपछि कार्यान्वयन गर्ने जिम्मा आफनो र पार्टीको भएको बताउदै पार्टी र जनता विरुद्ध काम गर्नेहरुलाई तत्काल पार्टीबाट निष्कासन गर्ने चेतावनी दिए । सबै सभामा एमाले नेताहरु एमाले स्थायी कमिटि सदस्य सोमनाथ अधिकारी (प्यासी), सांसदद्धय रविन्द्र अधिकारी सीता , सल्लाहाकार परिषद्का उपाध्यक्ष खगराज अधिकारी, प्रदेश नम्वर चारका सचिव जगत विश्वकर्मा, सदस्य श्रीनाथ बराललगायते एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए । सभामा कलाकार प्रजापती पराजुली, श्रीराम अधिकारी, तारापती सुवेदी लगायतले गीत मार्फत एमालेर्लाइ मतदान गर्न आग्रह गरेका थिए । सोही अवसरमा विभिन्न पार्टीी परित्याग गरि एमालेमा प्रवेश गर्नेहरुर्लाइ माला र अविर लगाएर नेताहरुले पार्टी प्रवेश गराएका थिए ।
अंग्रेजलाई त हरायौं, कमलामाईलाई सुन्दर नगर बनाउन गा¥हो छैन
ऐतिहासिकरुपमा सिन्धुलीगढीको चर्चा नसुन्ने कमै होलान् । यही गढीको इतिहास बोकेको सिन्धुलीको सदरमुकाम रहेको कमलामाई नगरपालिकामा चुनावी माहौल निकै तातेको छ । र, सोही अनुरुप उम्मेदवारहरुको लर्को पनि थपिँदैछ । उम्मेदवारका कतिपय आकांक्षीबीच नेकपा माओवादी केन्द्रबाट भने रामबहादुर थापाको चर्चा बाक्लो छ । लामो समयदेखि राजनीति र सामाजिक क्षेत्रमा सक्रिय थापा कमलामाई नगरपालिकालाई नमूना नगर बनाउने सपना देख्नुहुन्छ । कसरी हुन्छ त यो सपना पुरा ? थापासँग एभरेष्टदैनिकडटकमले लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ । मेयर पदका लागि उम्मेदवारी दिने सोच कसरी आयो ? यतिखेर नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने दायित्व हामी सबै सामु रहेको छ । यी उपलब्धिी संस्थागत गर्न सकिए भने मात्रै हामी आफ्नो क्षेत्रको समेत विकास गर्न सक्छौं । त्यसैले गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, बिभिन्न पिछडिएको वर्गको साथै जनताको हक अधिकारलाई संस्थागत गर्न र सोही अनुरुप स्थानीय जनताका अपेक्षा पुरा गर्न सक्ने नेतृत्व आवश्यक भएकोले मैले उम्मेदवारी दिन खोजेको हुँ । अर्कोतर्फ आम नगरवासीले समेत अग्रगामी सोच राख्ने, नगरको भलो सोच्ने, केही नयाँ र दीर्घकालिनरुपमा समृद्धीको बाटोमा लैजान खोज्ने नेतृत्वको चाहना राखेका छन् । त्यसका लागि पनि मैले उम्मेदवारी दिएको हुँ । पार्टीमा मेयरका लागि अरु पनि आकांक्षी देखिन्छन्, तपाईलाई नै किन टिकट दिने त ? पार्टीले एउटा महान उद्देश्य बोकेर सशस्त्र संघर्षदेखि आर्थिक समृद्धिको नेतृत्व गरिरहेको छ । पार्टीका सर्वोच्च नेता कमरेड प्रचण्डको ठूलो त्याग र कुशलतापूर्ण नेतृत्वलाई सम्मान गर्दै म लामो समयदेखि पार्टीको मिशनमा सहभागी छु । यही आधारमा अहिले माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजनक समितिको जिम्मेवारी निर्वाह गरिरहेको छु । २०४९ सालको स्थानीय निर्वाचनमा मझुवा गाविसको अध्यक्षको जिम्मेवारी र २०५४ को निर्वाचनमा यसै कमलामाई नगरपालिकाको क्षेत्रबाट जिल्ला विकास समितिको सदस्य भएर मैले आफूले सकेसम्म पार्टीको नीति पालना गर्दै जिम्मेवारी पुरा गरे । यसैगरी सामाजिक क्षेत्रमा समेत म सक्रिय रहँदै आएको छु । गणेश मावि मझुवा, सिन्धुली विद्याश्रम मावि दोभानटार, गौमती उच्च मावि माडी बजार, कमला उच्च मावि ढुंग्रेवास र सिन्धुली बहुमुखी क्याम्पय लगायतका शैक्षिक संस्थाहरुमा लामो समयसम्म बिभिन्न जिम्मेवारीमा काम गरेँ । जनतालाई केन्द्रमा राखेर उनीहरुका ससाना गुनासा सुन्ने, आवश्यक पहल गर्ने, विकास निर्माणलगायतका कार्यमा सक्रियता, आम जनतामाझ मेरो लोकप्रियता र इमान्दारिता जस्ता पक्ष पार्टीले मूल्यांकन गर्ने मेरो विश्वास हो । हाम्रो नगरलाई समृद्ध बनाउन, आम जनताका समस्याहरु हल गर्न, भ्रष्टाचार, अनियमितता अन्त्य गर्न, विकास निर्माणको अभियान सञ्चालन गर्न मसँग रोडम्याप छ, पार्टीले दिने निर्देशन छ, यस आधारमा जनता र पार्टीले मलाई विश्वास गर्छन भन्ने लागेको छ । कमलामाईको विकासका लागि तपाईको रोडम्याप के छ त ? कमलामाई नगरपालिका एउटा विशिष्ट इतिहास बोकेको क्षेत्र हो । बेलायती साम्राज्यवादका सेनाहरुको पराजय देखि इतिहासका कैयन् कालखण्डमा यो क्षेत्रले स्वतन्त्रता र समृद्धिका पक्षमा ठूलो योगदान दिएको छ । यो भुगोल र यहाँका बासिन्दा जस्तो सुकै समस्यालाई समेत सामूहिक संघर्षबाट पार गरेर समृद्धितर्फ जानसक्छन् । त्यसैले भूगोलका आधारमा आर्थिक सम्भावना पहिल्याउने र सोही अनुरुप सामाजिक सेवाको विकास गर्नुपर्ने मेरो रोडम्याप हो । यसका लागि नगरपालिकाको भूमिका महत्वपूर्ण रहेको छ । हाम्रो भौगोलिक अवस्थिति जटिल भएपनि यसले यथेष्ट सम्भावना बोकेको छ । हामीले महाभारत पर्वतको संरक्षण गरि उक्त क्षेत्रका बस्तीहरुलाई व्यवस्थित गरी कृषि क्रान्ति गर्नुपर्छ । यसक्षेत्रको भूसंरक्षण आवश्यक छ । अनावश्यकरुपमा बालुवा खनन हुने कुरा रोकिनु पर्दछ । नगरपालिकाले नै किसानलाई आवश्यकता अनुसार दाल चामलको व्यवस्था गर्नुपर्छ । माथि डाँडापाखामा सोही अनुसारको खेती गरी भुक्षय रोक्ने, र सोही अनुसारको कृषि खेती गरिनु जरुरी छ । यसबाटस्वच्छ पिउने पानी सिंचाईको लागि आवश्यक पर्ने पानीको साथै मझौला खाले विद्युत गृह निर्माण गर्न मद्दत पुग्नेछ । भूक्षय रोकिएमा माढी फाँट बजार बस्तहरुमा तटबन्द गर्नुपर्ने र सधै बस्तीहरु जोखिम पर्ने समस्याको अन्त्य हुनेछ । साथसाथै ऐतिहासिक सिन्धुली गढीको सौन्दर्यतामा वृद्धि भई पर्यटन व्यवसाय फस्टाउनेछ । यसबाट नगरपालिकाले प्रशस्त फाइदा पाउनेछ । फलफूल र बोट विरुवाहरु हुर्किसकेपछि यस भेगका बासिन्दाको परम्परागत खेती गर्दा लाग्ने श्रमको बचत हुनेछ । त्यो समय अन्य क्षेत्रमा लगाउन सकिनेछ । वनस्पतिजन्य खेतीबाट उत्पादित वस्तुलाईलाई नगरपालिकाले नै खरिद विव्रmको व्यवस्था मिलाउनु पर्छ । उक्त खेती गर्दा किसानलाई नोक्सानी परे नपाले क्षतिपूर्ति दिनेछ । वातावरण जोगायबापत पाउने रोयल्टी सम्बन्धित निकायबाट लिई किसानलाई वितरण गरिनेछ । वन जंगलबका बिचका ससाना वस्तीलाई समधर भूमिमा जहाँ पहिरो र डढेलोको जोखिम हुँदैन र विकास निर्माण गर्न सहज हुन्छ त्यस ठाउँको अध्ययन गरी उनीहरुको मन्जुरीमा बस्ती व्यवस्थापन गरिनेछ । जसबाट विकासका पूर्वाधार निर्माण गर्न सहज हुनेछ । समथर र उर्वर भूमिलाई आधुनिक खेती गर्ने व्यवस्था मिलाउनु पर्छ । जमिनको बाझो राख्ने कार्यलाई निरुत्साहित गर्नुपर्छ । कमला नदि र मरिण ठाकुरको जलाधार क्षेत्रका मुहानहरुमा रहेका वस्तीहरुलाई आवश्यक मुअब्जा दिई त्यस क्षेत्रमा बोट विरुवा लगाउन अभिप्रेरित गरिनेछ । भूमिको स्वामित्व सम्बन्धित व्यक्तिको नै हुनेछ । सिन्धुलीमाढी, भिमान लगायत नपाक्षेत्रभित्र रहेका व्यापारिक केन्द्र र बजार वस्तीहरुलाई व्यवस्थित गरी बाटो पानी ढल बिजुलीको प्रबन्ध मिलाइनेछ । जनताले पाउने सेवा सुविधालाई तिव्र गतिमा प्रवाह गरिनेछ । निर्वाचित जनप्रतिनिधिहरुले दिनको न्यूनतम दुई घण्टा सार्वजनिक काममा खट्नु पर्नेछ । विस्तारै यो प्रकृयामा नगरवासीलाई सामेल हुन अपिल गरिनेछ । यसबाबट श्रमप्रति सम्मान गर्न र चोक चोक र चिया पसलमा बसी अनावश्यक गफ गरी समय बिताउने प्रवृत्तिलाई क्रमैसँग निरुत्साहित गरी नगर निर्माणमा नगरवासीको योगदानलाई प्रोत्साहन गरिनेछ । नगर प्रमुखको स्प्रीड अनुसार नगरको गति अघि बढाउने हुँदा प्रमुखले दिनको चार घण्टा सार्वजनिक निर्माणमा श्रमदान दिईनेछ । सबै नगरवासीका हातले नै नगरको भविष्य कोरी देशकै उत्कृष्ट नगरपालिका बनाइनेछ । नगरपालिका भित्र रहेका शैक्षिक संस्थाहरुको क्षमता वृद्धि गरी जुनसुकै विद्यालयमा पढ्ने इच्छा विद्यार्थीले गरे पनि सोको व्यवस्थापन नगरपालिकाले मिलाउनेछ । सरकारी विद्यालयमा पढ्ने विद्यार्थीको पुस्तक, कापी कलम, पोशाक र विहानको खानाको व्यवस्था नगरपालिकाले मिलाउने छ । विस्तारै विद्यार्थीको बसोबास समेत मिलाउनेछ । प्राविधिक शिक्षामा जोड दिइनेछ । स्वस्थ जीवन यापन गर्न पाउनु सबै नगरवासीको अधिकार भएको हुँदा अस्पताल र स्वास्थ्य केन्द्रको क्षमता वृद्धि गरिनेछ । निशुल्क रुपमा स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ । ऐतिहासिक सिन्धुली गढी, धार्मिक स्थल शिद्धबाबा, कालीमाई, कमलामाई लगायतका स्थानहरुको उचित सम्बर्धन, संरक्षण र प्रचार प्रसार गरी पर्यटकहरु भित्र्याइनेछ । सिन्धुलीगढी र गोल्न्जोर पर्वतलाई जोड्न महाभारत डाँडामा पद मार्ग निर्माण गरिनेछ । पर्यटक भित्र्याउन यो पैदल मार्गले ठूलो भूमिका निर्वाह गर्नेछ । अन्य गाउँपालिकासँग समन्वय गरि यो पैदल मार्ग हरिहरपुर गढी, दुम्जा र फिक्कलसम्म विस्तार गर्न नगरपालिकाले पहल गर्नेछ । यसको मुख्य केन्द्र सिन्धुलीगढी हुनेछ । नगरभित्रका जष्ठ नागरिक, अपाङ्गता भएका नागरिक र बालबालिकाको लागि आश्रम खोलीनेछ । ती नागरिकको जिम्मा नगरपालिकाको हुनेछ । नगरबासीहरुको बृहत सर्वपक्षिय भेला गरी त्यसबाट प्राप्त रायसुझावको आधारमा नगरपालिकाको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ । अहिले भोग्नुपरेको समस्याहरु के के छन् ? यो नगरपालिकाभित्र साविक जलकन्या गाविस, भद्रकाली गाविस, डाडीगुराँसे गाविस, कमलामाई नगरपालिका, रानीचुरी गाविस र रानीबास गाविस रहेकाले गर्दा महाभारत पर्वत, चुरेक्षेत्र समेत यसै नगरपालिकाभित्र पर्दछन् । यस क्षेत्रबाट बग्ने बाढी पहिरोको कारण यो नगरपालिका अति नै जोखिममा छ । सर्वप्रथम यो समस्या हल गर्नु नगरपालिकाको पहिलो जिम्मेवारी हुनेछ । जसको लागि अबलम्बन गर्नु पर्ने उपायहरु सवाल नं. ३ को जवाफमा दिइएसकेको छु । यसको साथै गरिबी, शिक्षा, स्वास्थ, सरसफाई, बेरोजगारी पनि यो नगरको मुख्य समस्याहरु हुन । अरु दलहरुले पनि जित्ने दावी गरेका छन्, तपाईको मुख्य प्रतिस्पर्धी को ? गत दोस्रो संविधान सभाको निर्वाचनमा हाम्रो पार्टी विरुद्ध कांग्रेस र एमालेले मोर्चाबन्दी गरेका थिए । अहिले पनि त्यसै गर्छकि भन्ने मात्र डर हो । अन्यथा यो नगरपालिका क्षेत्र विगतदेपखि नै हाम्रो पार्टीको आधार क्षेत्र नै हो । त्यसैले कोही कसैसँग डराउनु पर्ने अवस्था छैन । नगरवासीले तपाईलाई किन जिताउने ? यो निर्वाचन भनेको विगतमा भएका गाविस, नगरपालिका र जिविसको जस्तो अधिकार विहिन जनप्रतिनिधिहरुको चुनाव नभई सिंहदरवार भित्र राखिएको अधिकार खोसेर तपाई हाम्रै घर दैलोमा ल्याउने प्रक्रिया हो । यो अधिकार तपाई हामीले नै चुनेको प्रतिनिधिहरुद्वारा तपाई हामीलाई नै उपलब्ध गराउने निर्वाचन भएको हुँदा सबै नगरवासी आमा बुबा दिदी बहिनी तथा दाजुभाइहरुले असाध्यै गम्भिरतापूर्वक लिनुहुनेछ भन्ने आशा लिएको छु । चुनाव जिताउने भनेको सम्मानित नगरवासीको हातको कुरा हो । यहाँका जनसमुदाय विगतदेखि नै बामपन्थी विचारले ओतप्रोत भएको हुनुुहुन्छ । यसर्थ हाम्रो पार्टी माओवादी केन्द्र साच्चिकै कम्युनिष्टहरुको केन्द्र भएको हुँदा यसका उम्मेदवारहरुलाई विजयी गराउनु हुनेछ । उम्मेदवार जो भएपनि यसले खासै महत्व राख्दैन । तैपनी मतदाताहरुले चिने जानेकै व्यक्ति भए मतदाता पनि यसै नगरपालिका क्षेत्रको जिविस सदस्य समेत भई काम गरीसकेको हुँदा मेरो बारेमा राम्रा नराम्रा सबै कुरा नगरबासीहरुलाई अवगत नै छ । मलाई विश्वास छ कि म प्रति झण्डै ८० प्रतिशत मतादाताहरुको सहानुभुति हुन्छ । तसर्थ उम्मेदवारी दिए भने मैले हार्छु भन्ने लाग्दैन मलाई । जित सुनिश्चित छ ।
धावक हरिबहादुर रोकायालाई एडिडासको सहयोग
काठमाडौं, चैत १८ । विश्व किर्तीमानधारी अल्ट्रा धावक हरिबहादुर रोकायालाई नेपालका लागि एडिडासको आधिकारिक बिक्रेता रुट्स फेसन प्रालिले सहयोग गर्ने भएको छ । जुम्लामा स्पोर्ट्स क्लव संचालन गर्दै आएका रोकाया अहिले अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना गर्ने अभियानमा छन् । उनको अभियानलाई सहयोग गर्न रुट्स फेसन प्रालिले वार्षिक दुई लाख रुपैयाँ बराबरको खेल पोशाक, जुत्ता तथा अन्य सामग्रि उपलब्ध गराउनेछ । यसका साथै एडिडासले हरेक वर्ष गर्दै आएको ‘रिफ्रेस योर गिएर’ अर्थात जुत्ता एक्सचेन्ज कार्यक्रमबाट संकलन हुने पुराना जुत्ताहरु पनि रोकायाको क्लवलाई दिनेछ । रोकायाले जुम्लामा संचालन गरेको एकेडेमीमा अहिले ३२ जनाले खेलकुद तालिम लिईरहेका छन् । आर्थिक अवस्था बिपन्न भएका कर्णालीका बालबालिकालाई खेलकुदमा लाग्न प्रेरित गर्ने उद्देश्यले रोकायालाई सहयोग गर्न लागेको एडिडासले जनाएको छ । एडिडासले यसअघि पनि यस्तै अभियान संचालन गरेर कर्णाली ग्रामिण बिकास तथा सामाजिक विकास पार्क, माईती नेपाल र न्यानो संसारलाई सहयोग गरिसकेको छ ।
भारतमा देह व्यापार गर्ने नेपाली चेली पक्राउ
चैत १५ । भारतको राजस्थानमा नेपाली युवतीलाई देह व्यापारको आरोपमा पक्राउ गरिएको छ । प्रहरीले छापामार्दा उनलाई आपत्तिजनक अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । नेपालको अर्घाखाँची जिल्ला घर भएकी ती युवतीलाई राजस्थानको सीकरस्थित एउटा होटलमा आपत्तिजनक अवस्थामा पक्राउ गरिएकाे भारतीय संचारमाध्यमले जनाएका छन् । ती युवतीले एक घण्टाका लागि दुईदेखि तीन हजार रुपैयाँ लिने गरेको प्रहरीको दाबी छ । प्रहरीले सोमबार राति गरेको कारवाहीमा अन्य तीन जना पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा होटल मालिक र दलाल रहेको बताइएको छ । कल सेन्टर खोलेर ‘हाइ प्रोफाइल’ व्यक्तिका लागि देहव्यापार गर्दै आएको सूचनाका आधारमा प्रहरीले कारवाही गरेको बताइएको छ । कारवाहीका क्रममा प्रहरीकै एक सदस्यलाई नक्कली ग्राहक बनाएर होटलमा पठाइएको थियो । ती युवती विवाहित रहेको र उनको पति दिल्लीस्थित एक होटलमा काम गर्दै आएको प्रहरीको दाबी छ । प्रहरीका अनुसार पक्राउ परेकी युवतीले पतिलाई समेत आफ्नो पेशाका बारेमा राम्रो जानकारी रहेको बताएकी छन् । एजेन्सी
बाख्राको बर्किम्लाबाट किसानहरु यसरी करोडपति बन्छन्
बाँदर रुखमा चढेको त देखिएकै हो । तर, के तपाईंले बाख्रा पनि बाँदरझैँ रुखमा चढेको देखेका छौं ? देख्ने कुरै भएन । किनकि हामीकहाँका बाख्रा त्यसरी रुख चढ्न सक्दैनन् । तर अफ्रिकी देश मोरक्कोमा पाइने एउटा विशेष जातको बाख्रा भने बाँदरझैँ रुखमा चढ्ने गर्दछ । रुखमा चढ्न बाहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फलेका फलहरु खान्छन् । रुखमा चढ्ने बाख्रा भनिसकेपछि विशेष नहुने कुरै भएन । अझ विशेष त यो जातको बाख्राको मल अर्थात् बर्किम्ला पो हुन्छ । यो जातको बाख्राको बर्किम्ला बेचेरै किसानहरुले करोडौँ कमाउने गर्दछन् भन्ने सुन्दा छक्क पर्नुहोला । बाख्राको बर्किम्ला बेचेर करोडौँ कमाउने भनेपछि कतै बाख्राले सुनकै बर्किम्ला पो आची गर्दोरहेछ कि भन्नुहोला । होइन, यसले मल नै आची गर्ने हो तर त्यो मल भने विशेष हुन्छ । दक्षिण पश्चिमी मोरक्को तथा अल्जेरियाका केही क्षेत्रमा आर्गन भन्ने वनस्पती पाइन्छ । उक्त वनस्पतीको फल उक्त बाख्राले निकै मीठो मानेर खान्छ । फल खाइसकेपछि त्यसको गुदो त बाख्राले पचाउँछ तर बिज भने पच्दैन र बर्किम्ला सँगै बाहिर आउँछ । किसानहरुले बाख्रो बर्किम्ला जम्मा गर्छन् र त्यसबाट फलका बिज छुुट्टाउँछन् । बर्किम्लामा पाइने फलका बिजबाट तेल निकालिन्छ । आर्गनको तेल कस्मेटिक उद्योगमा निकै महंगोमा बिक्दछ र एक लिटर तेलको १ लाख रुपैयाँ भन्दा बढि मूल्य पर्दछ ।
सपना नराम्रो देख्नु भयो ? यस्तो हुन सक्छ कारण !
मानिसहरू सपना देख्छन्, कहिले राम्रो र कहिले नराम्रो अर्थात् डरलाग्दो । डरलाग्दो सपना देखेपछि मानिस पसिना–पसिना भएर ब्युँझन्छन् पनि । तर, त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्. । कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ । गत महिना अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर मानसिक समस्या देखिने बताएका थिए । ६८०० बालबालिकाबीच गरिएको उक्त अध्ययनको प्रतिवेदन ‘स्लीप’ नामक जर्नलमा प्रकाशित गरिएको थियो । अध्ययनमा दुईदेखि सात वर्षका बच्चाले हप्तामा दुई या तीनपटकसम्म नराम्रा सपना देख्ने गरेको पाइएको थियो । ती बालबालिकाले किशोर उमेर पुग्दासम्म कुनै आवाज सुनेजस्तो भ्रम सिर्जना हुने समस्या देखापर्ने अनुसन्धानकर्ताले बताएका छन् । बारम्बारको नराम्रा सपनाले बालबालिका भावनात्मक चोट (दुव्र्यवहार, बदमासीलगायत) को सामना गर्नुपर्ने हुनसक्ने अनुसन्धानकर्ताको भनाई छ । उनीहरुका अनुसार नराम्रा सपनाले मानिसभित्र रहेका शारीरिक समस्याको संकेत गर्छ । मानिसले निद्राको र्यापिड आइ मुभमेन्ट (रेम) को चरणमा मात्र सपना देख्छन्, रेम हरेक रात चार या पाँच चरणमा हुन्छ । यसका साथै थुप्रै मेडिकल समस्याका कारण निद्रा विथोलिन्छ, ‘यसको अर्थ हुन्छ, तपाई रेमको अवधिमा ब्युँझनुहुन्छ र त्यस्ता सपना सम्झनुहुन्छ ।’ क्याम्ब्रिजको पापवर्थ हस्पिटालका निद्रा अनुसन्धानकर्ता एवम् कार्डियोलोजिस्ट डा.निकोलस ओस्क्रोफ्टले भने । यस्तै, अनिद्राको समस्या भएका मानिसले पनि नराम्रा सपना देख्छन्, यस्तो अवस्थामा केही क्षणका लागि श्वासप्रश्वासमा पनि समस्या आउन सक्छ । नियमित नराम्रा सपना मुटुको समस्यासंग पनि गाँसिएको हुन्छ । अन्य मानिसभन्दा नराम्रा सपना देख्ने मानिसमा मुटुको चाल अनियमित हुने समस्या तीन गुणा बढी हुन्छ भने छाति दुख्ने समस्या सात गुणा बढी हुन्छ । मुटुको समस्या आउँदा फोक्सोमा पानी जम्ने सम्भावना हुन्छ, जसले गर्दा श्वासप्रश्वासमा समस्या आउछ । गहिरो निद्रामा परेका बेला अरू सबै मांशपेशीले काम नगरेपनि फोक्सोमा पानी जम्दा श्वासप्रश्वासमा भाग लिने मांशपेशीलाई भने असर पार्न सक्छ । यहीकारण मानिस गहिरो निद्राबाट ब्युँझन सक्छ । र मानिसले खराब सपना सम्झन्छ । यसका साथै मिर्गौलामा संक्रमण, रुघाखोकीजस्ता संक्रमण भएका मानिसले पनि नराम्रा सपना देख्ने अनुसन्धानकर्ताको भनाई छ । यस्तै, अति खराब सपना देख्नु पार्किन्सन रोगको प्रारम्भिक संकेत भएको न्युरोलोजिष्ट डा. रोबर्ट ब्रेनरको भनाई छ । माइग्रेनले पनि नराम्रा सपना देखाउछ । धेरैजसो महिलाले रजस्वला वरपरको समयमा अनेक थरि सपना देख्नछन् । swasthyakhabar.com बाट
नेपाली कला संस्कृतिकाे अध्ययनका लागि जापानी विद्यार्थी नेपालमा
काठमाडौं, फागुन १४ । नेपालको कला संस्कृतिको अध्ययनका लागि जापानी विद्यार्थीहरु नेपालमा आईपुगेका छन् । नेपाली कलासंस्कृतिको अध्ययनसँगै जापानी कला, संस्कृतिबारे नेपाली समुदायलाई जानकारी गराउने उद्देश्यले जापानका विभिन्न विश्वविद्यालयमा अध्ययनरत् १० जना विद्यार्थीहरुको एउटा टोलि नेपाल भ्रमणमा आएका हुन् । करिब दुई साता नेपाल बसाइको क्रममा उनीहरुले नेपालका ग्रामीण क्षेत्रमा पुगेर त्यहाँको कला, संस्कृति र रहनसहनको अध्ययन गर्ने र आफ्नो देशको संस्कृतिबारे स्थानीय वासिन्दासँग अन्तरक्रिया बताइएको छ । एसिएसन एसोसिएसन फर एजुकेसन एन्ड कल्चर एक्सचेन्ज नामक संस्थाको पहलमा भएको यो कार्यक्रममा सहभागी जापानी विद्यार्थीहरुले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि सीपमूलक तालिमसमेत दिने बताइएको छ । विगत पाँच वर्षयता यो कार्यक्रमअन्तर्गत् जापानी विद्यार्थी तथा जापानका विश्वविद्यालयमा अध्ययनरत् अन्य देशका विद्यार्थीहरु नेपाल आउन थालेको संस्थाका नेपाल प्रमुख क्षितिज भट्टराईले जानकारी दिए ।
चितुवाको आक्रमणबाट चार जना घाइते
मोरङ, फागुन ५ । मोरङ राजघाटमा आज चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन्। घाइते हुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टंकलाल धिमाल र ५० वर्षीय खुसीलाल धिमाल तथा सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेका कर्मचारी ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय वीरबहादुर कटवाल रहेका छन् । राजघाट–१ अठियाबारीस्थित नगेन्द्र लिम्बूको सिसौघारीमा लुकेर बसेको चितुवाले एक्कासी आक्रमणगर्दा उनीहरु घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । हलो जोतेर डोरी लिन जाँदा चितुवाले आफूलाई एक्कासी आक्रमण गरेको घाइते टंकलालले बताए । टंकलाललाई चितुवाले टोकेको खबर पाएपछि घटनास्थल पुगेका खुसीलाललाई पनि चितुवाले आक्रमण गरेका थिए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। चितुवालाई नियन्त्रणमा लिन सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेबाट घटनास्थलमा पुगेका कर्मचारीद्वय न्यौपाने र कटवाललाईसमेत चितुवाले आक्रमण गरेर समान्य घाइते बनाएको प्रहरीले जनाएको छ । अहिले चितुवालाई मानववस्तीमा पस्न नदिनका लागि सुरक्षाकर्मीको टोलीले सुरक्षाघेरा बनाएका छन् भने विशेषज्ञसहितको वनरक्षक टोलीले उक्त चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरी निरीक्षक थापाले बताए ।
राष्ट्रिय शिक्षा परिषदमा सात सदस्य नियुक्त, कुन विश्वविद्यालयमा कसले पाए जिम्मेवारी !
काठमाडौं, फागुन ५ । शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा परिषद्मा सात जनालाई मनोनीत गरेको छ । शिक्षा ऐनमा भएको व्यवस्था अनुसार मन्त्रालयले विभिन्न निकायबाट सात सदस्य मनोनीत गरी परिषद्लाई पूर्णता दिएको हो । संशोधित शिक्षा ऐनमा शिक्षा मन्त्रीको अध्यक्षतामा २३ सदस्यीय राष्ट्रिय शिक्षा परिषद्को गठन गर्ने व्यवस्था छ । परिषद्मा कृषि वन विश्वविद्यालय चितवनका उपकुलपति आइपी ढकाल, सुदुर पश्चिम विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठ र पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवि शर्मा मनोनीत हुनु भएको छ । त्यसैगरी परिषद्मा सामुदायिक विद्यालय सञ्चालक समितिको अध्यक्षबाट टेकबहादुर थापा र निर्मला सुवेदी मनोनीत हुनु भएको छ भने नीजि विद्यालयको तर्फबाट एन प्याव्सनका उपाध्यक्ष डा. कुस्मिला आचार्य र प्याव्सनका उपाध्यक्ष विजय संवाहाम्फे मनोनीत भएका हुन् । तीन बर्षे कार्यकाल तोकिएको यो समितिले शिक्षा सम्बन्धि नीति निर्धारण गर्न सरकारलाई सल्लाह तथा सुझाब दिने बताइएको छ ।
बुधबार सुनको मूल्यमा कमी
काठमाडौं, फागुन ४ । बुधबार पनि सुनको मूल्यमा सामान्य कमी आयो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले सस्तिएर तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य मंगलबार पनि तोलामा १ सय रुपैयाँले नै घटेर तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य भने यसदिन पनि तोलाको ८ सय २० रुपैयाँमै स्थीर रह्यो । अन्तर्राष्ट्रिय बजारमा बुधबार साँझसम्म सुन प्रतिऔन्स १२ सय २७ डलर हाराहारीमा कारोबार भएको थियो ।
अमेरिकादेखि युरोपेली मुलुकसम्म यसरी फैलदैँछ दक्षिणपन्थको हावा
सन २०११ को ग्रिष्मयाममा एक ३२ वर्षे नर्बेली नागरिक आन्द्रेस बेभेरिकले आठ जनाको ज्यान लिने गरी राजधानी ओस्लोको एक सरकारी भवनमा बम बिष्फोटन गराउँदै त्यसको केही घण्टाको अन्तरालमा स्वचालित हतियारको मद्धतले नर्बेको उटोया द्विपमा रहेको श्रमिक युवा लिगको शिविरमा एक १४ वर्षे नाबालक सहित ६९ जनाको हत्या गर्न पुगे भने त्यस नरसंहारमा कैयौँलाई घाइते पनि बनाए । कुनै प्रतिकारबिना सुरक्षाकर्मीसमक्ष त्यस लगतै आत्मसमर्पण गर्न पुगेका बेभेरिकले उदारवादी “नर्बेली श्रमिक पार्टीले बाह्य मुलुक विशेषगरी मुस्लिम राष्ट्रहरुबाट आएका आप्रवासी मजदुरहरु र शरणार्थिहरुकाकारण हाम्रो मुलुक नर्बे र हामी सम्पूर्ण महान नर्बेली नागरिकहरुलाई निरिह बनाउँदै लगेको हुनाले यसको मुल्य सो दलले चुकाउँनु पर्ने“ बताए । यो घटना एउटा सामान्य हत्याकाण्ड मात्र थिएन; बरु वशुधैव कुटुम्बकमलाई आत्मसात गरी समग्र युरोपेली राष्ट्रहरु युरोपेली महासंघमा सम्मिलित भै राष्ट्र–राज्य अन्त्य गर्दै धर्ती नै एउटा मानव शासित राज्य हो भन्ने मानवतावादी सोच विरोधी विद्रोह एवं संकुचित एकल जातियतावादी, प्रतिगामी र पुनरुत्थानवादी भावनाको उद्वेग थियो । भुमण्डलिकरणले गर्दा संसारका कैयौँ विकसित मुलुकहरुले बाह्य राष्ट्रका नागरिकहरुलाई पनि खुकुलो अध्यागमनको प्रकृयाबाट आफ्ना मुलुकभित्र आवागमन, वसोबास, नोकरी एवं व्यवसाय गर्न समेत छुट दिदैआएका थिए । यो सब उनिहरुले अपनाउँदै आएका उदारवादी लोकतन्त्र, खुलाबजार–उपभोक्तामुखी अर्थतन्त्र र अन्तरसाँस्कृतिक साथै बहुसाँस्कृतिक सामाजिक सम्बन्धनले गर्दा सम्भव हुनगएको हो । चरम दक्षिणपन्थी सरकारहरुका अतिराष्ट्रवादी दम्भद्वारा श्रृजित प्रथम र द्वितिय विश्वयुद्घको जिजिविषापछि दुनियाँँभरमा वामपन्थी लोकतान्त्रिक दलहरुले केही विकसित र मनग्य बिकासशिल मुलुकहरुमा सरकार निर्माण र जनमुखी कार्यक्रमहरुका माध्यमद्वारा आआफ्ना विशिष्टतामा वामपन्थी विचार, बिकास निर्माणका नीति तथा परीयोजना कार्यन्वयन गर्दै जनस्तरलाई केही हदसम्म माथि उकास्ने काम गरे । सन १९५० तिर युरोपेली एकिकरण परीयोजनाका प्रमुख निर्माणकर्ता मानिने फ्रान्सेली विदेशमन्त्री रबर्ट शुमन, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल, एकिकृत युरोपेली संसद र त्यसको संघिय बनावटका जनक मानिने इटालियन वामपन्थी राजनीतिज्ञ आल्तिएरो स्पेनेल्ली लगायत समग्र युरोपलाई एउटा शान्तिपूर्ण, लोकतान्त्रिक, विधिद्वारा शासित, आधारभूत मानविय मूल्य अनी मानवअधिकारका गुणले भरिपूर्ण महासंघको रुपमा देख्न चाहने प्रमुख युरोपेली मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुखहरुद्वारा सारमा एक सामाजिक लोकतान्त्रिक युरोपेली सोभियत निर्माण भएको थियो जसमा समानता, स्वाधिनता, लोकतन्त्र र आधारभूत मानवअधिकारको प्रत्याभूती जस्ता उत्कृष्ट मानविय मुल्य र आदर्शलाई संगालिएका थिए । त्यस अन्तर्गत सामाजिक सुरक्षा, घरेलु शान्ति, लैंङ्गिक समानता, सामाजिक न्याय आदिकालागी जनस्तरबाट हारगुहार आएमा संघभित्रका सदस्य राष्ट्रहरुका कुनै पनि आन्तरिक राष्ट्रिय वा क्षेत्रिय सिमानाले रोकछेक गर्न नसक्ने बिषय समेत समाहित गरिएको थियो । त्यसको अलावा, उक्त संघको संविधान मै आधारभूत रोजगार, विज्ञान प्राविधिको बिकास, क्षेत्रिय ऐक्यबद्घता, एकिकृत आर्थिक बिकास र समृद्घिका मुद्दाहरु पनि प्रमुखताका साथ उल्लेख गरिएको थियो । सन १९९३ सम्म आइपुग्दा समग्र समाजवादी विश्वको नाईके मानिएको सोभियत संघको बिघटन भै शीतयुद्घको अन्त्य भएर पूंजीवादी साम्राज्यवादी अर्थ व्यवस्था र नव उदारवादले एक्कासी जरा फैलाउँन थालेका थिए । उपभोक्तावादी ब्यक्तिगत सोच र बजारवादी सामाजिक मनोदशाले एउटा अतिआत्मकेन्द्रित ब्यक्तिवादी समाज को उदय गराईदियो । साथै भरखरै जराजिर्ण भएर ढलेको जातिय रुसी सामाजिक फांसिवादी साम्रज्यवाद पछि मैँ मरीमुच्चे म्या म्या बुरुक्क गर्दै साँढे पल्टिन थालेको साइंदुवा अमेरिकी साम्रज्यवादले पनि उदारवादी समाजलाई अपनाइरहेको र अधिकाँश एसिया, अफ्रिका, ल्याटिन अमेरिका लगायत अरु क्षेत्रहरु ब्यक्तिगत स्वतन्त्रता र सामाजिक न्यायका लगभग दुश्मन जस्तै भएका कारण त्यस मुलुकहरुका बहुसंख्यक शिक्षित युवायुवतीहरुको अन्तिम गन्तब्य युरोप र अमेरिका बन्न पुग्यो । यसरी जोपनि अमेरिका र युरोप गएर बसोबास र पेशा गर्नकालागी लालायित हुनथाले पछि विभिन्न देश र समाज जहाँ जातिय, धार्मिक र साम्प्रदायिक रुपमा कुण्ठित थिए, विशेषत मुस्लिम बाहुल्यता भएका समाजका युवायुवती पनि खुला र स्वतन्त्र समाजका मानविय आयामहरुबाट आकर्षित हुन पुगे र ति पनि त्यतै जान थाले । एक्काइसौँ शताब्दीमा दक्षिणपन्थी अतिवादको पुनरुत्थान थोरै बिगतका घटनाक्रमलाई नजिर मान्ने हो भने विसौँ शताब्दी अती दक्षिणपन्थी रंगमञ्चको एउटा गजबको प्रयोगशाला थियो भन्न सकिन्छ । त्यसैका दसीहरु एक्काइसौँ शताब्दिमा समेत देखिन पुगे । सन २००१ को सेप्टेम्बर ११ का दिन विश्व पूँजिवादी साम्राज्यवादको सदरमुकाम भनेर चिनिएको अमेरिकाको न्युयोर्क शहरस्थित गगनचुम्बी जुम्ल्याहा भवनमाथि आतंककारी हमला भएपछि आतंकवादबिरोधी युद्धमा अमेरिकाले नेतृत्व लिँदै पश्चिम युरोप, अमेरिका र अस्ट्रेलिया लगायत दुई दर्जन भन्दाबढी पूँजीवादी मुलुकहरुलाई मतियार बनाउँदै आएको छ । त्यस लगतै अमेरिकाले अफ्गानिस्तान र ईराकमा सैन्य हमलागरी सरकार परिवर्तन गराएर ति मुलुकहरुमा आफ्ना कठपुतली सरकार बनायो । त्यसगरी, अमेरिका आँफैंद्वारा सिर्जित आतंकवाद विरुद्दको विश्वब्यापी ऐक्यबद्दता जुटाउनकालागी आफ्न पिछलग्गु राष्ट्रहरुलाई युद्ध र प्रतिरक्षामा दैनीक २ अरब डलर भन्दा बढी हुने खर्च गराउँन लगाउने, एवं वित्तिय संस्थाहरुले अत्याधिक वित्तबिकासकालागी ऋणको प्रचुररुपमा प्रवाह गरेकाकारण घरजग्गा जस्ता अनुत्पादक क्षेत्रमा लगानी बढाउँदै शेयर बजारमा कृतिम उछाल पैदा हुनगई प्रतिफल स्वरुप प्रवाहित ऋण ऋणीहरुबाट असुल उपर गर्न गराउँन लगभग असम्भव हुनगयो । अतः अमेरिकि अर्थप्रणालीबाट शुरु भै युरोप हुँदै बाँकी विश्वका अन्य ठुला अर्थतन्त्रलाई पनि संकटग्रस्त बनाइदियो । यस्तो विश्वब्यापी मुद्रास्फिती र ऋणात्मक आर्थिक उन्नतीबाट आफु उक्सिन मध्यपूर्वका मध्यमवर्गिय मुलुकहरुमा सुनियोजित तवरले कथित अत्तर क्रान्तिको सामाजिक उपद्रव सिर्जना गराउँदै अमेरिकाले डलरलाई थप मजमुत बनाउने कोशीस र्गयो । खासमा अमेरिकाले लोकतन्त्र, धर्म्निरपेक्ष, विश्वब्यापी मानव अधिकार, लैङ्गिक समानता समावेशिता आदिको खोल ओढेर आफुलाई नटेर्ने स्वायत्त राष्ट्रहरुका पेट्रोलियम पदार्थ लगायतका खनिजश्रोतहरु अनी तेलको विश्वब्यापी बजारलाई आफ्नो चङ्गुलबाट उम्किन नदिन साउदी अरेविया, बहराइन, संयुक्त अरब एमिरेट्स लगायत केही आफ्ना कठपुतलि अतीअमानविय मध्य युगिन कबिलाई तानाशाही राज्यव्यबस्थाहरुलाई बचाउँदै अमेरिकि नेत्रित्वमा मरणासन्न पश्चिमेलि पूँजिवादी साम्राज्यवादीमुलुकहरुले सन २०११ को आसपास देखी ट्युनिसिया, इजिप्ट, लिबिया लगायत अन्यत्र राज्य विप्लव गराउँदै गए । यस्ले करोडौँ अरबेली युवाहरुलाई अस्तव्यस्त बनाइदियो । ति या त आत्महत्या गर्थे या देशै छोडेर पलायन हुन्थे किनकी यि कथित आन्दोलनहरु जनताको स्तरबाट उठेकै थिएनन नत ति स्वतस्फुर्त भनिएका सँघर्षहरुले कुनै दीर्घकालिन राजनैतिक सामाजिक नेत्रित्व, सोच, आदर्श या मुल्यको नै स्थापना गर्न सके । यो त फगत अमेरिकि र युरोपेली अर्थतन्त्र सुधार्ने अलोकप्रिय दंगाहरु थिए भनी साबित भैसकेका छन । सन १९५४ र सन २००० का बीचका दशकहरुमा दक्षिणपन्थी अतिवादद्वारा गरिएका हिँसात्मक गतिविधिहेर्दा समग्र गतिविधिको ३१.२% र हताहतको अनुपात ५१. ६% ले बृद्दीभैरहेको स्थिती छ। सन २००० देखी यताको त यस्ता हिँसाहरु अगणित छन । सन १९९० देखी २०१२ सम्म दक्षिणपन्थी अतिवादी गतिविधिका कारण ६७० भन्दाबढी नै हताहत भएका छन भने ३ हजारको हाराहारीमा सख्त घाइते हुनपुगेका छन । यि घटनाहरु वामपन्थी क्रान्तिकारी आन्दोलनहरु एवं अश्वेत लडाकुहरुका आतंकवादद्वारा सिर्जित घटनाहरु भन्दा निकै बढी रहेका छन । यो शताब्दीको शुरुवात देखी हाल सम्म समग्र युरोपेली राष्ट्रहरुका राजनैतिक परीदृश्यहरु अवलोकन गर्दा अतीराष्ट्रवादी तथा चरम दक्षिणपन्थी राजनैतिक सँगठनहरुले आमनिर्वाचनहरुमा आश्चर्यजनक ढंङ्गले उल्लेख्य जनमत हाँसिल गर्न सकेका छन । यस परीप्रेक्षमा टर्की र रसियालाई छोडि बाँकी अन्य मुलुकहरुका संसदहरुमा राष्ट्रवाद र अती दक्षिणपन्थ कै बाहुल्यता बढ्दै गएको पाईन्छ । उदाहरणकालागी, फ्रान्समा नेशनल फ्रन्ट, स्विडेनमा स्विडेन डेमोक्र्याट्स, ग्रीसमा गोल्डेन डः न, त्यस्तैगरी पोल्याण्डमा ल एण्ड जस्टिस पार्टी, नेदरल्याण्डसमा पार्टी फर फ्रीडम र डेनमार्कमा डेनिश पिपल्स पार्टी चरम दक्षिणपन्थी दलहरुका रुपमा अग्रणी स्थानमा रहेका छन । अन्य युरोपेली मुलुक भन्दा फरक र समावेशी राष्ट्रिय राजनैतिक चरित्र भएको नेत्रित्वदायी युरोपेली राष्ट्र जर्मनीमा पनि आप्रवाशी एवं युद्ध शरणार्थीहरु लाई आफ्नो मुलुकमा स्वागत गर्ने त्यहाँको सरकार अनी सरकार प्रमुख एंगेला मर्केलका विरुद्ध नेशनल डेमोक्र्या्टिक पार्टी अफ जर्मनी र द थर्ड वे जस्ता दलहरुले विविध सामाजिक सञ्जालहरु मार्फत विरोध प्रदर्शन आयोजना गराउने,आप्रवासी मजदुर तथा शरणार्थिहरु हत्या, बलात्कार, आगजनी, बालबच्चा अपहरण लगायत विभिन्न अपराधीक कृयाकलापमा संलग्न भएको कपोलकल्पित र दिग्भ्रामक समाचार प्रसारण गर्नुका साथै चरम जातीवाद र अन्धराष्ट्रवादलाइ बढावा दिदै आएको पाइएको छ । विश्वब्यापी आतंकवाद विरोधी युद्धहरु मुख्यगरी मुस्लिम राष्ट्रहरुमा केन्द्रित हुनु र ति युद्धग्रस्त मुलुकका आमनागरिक शरणार्थिका रुपमा खुला र समतामुलक राज्यव्यवस्था भएका पश्चिमेलि मुलुकहरुतिरै आउनेक्रम बढ्दैजानाले गैह्रकानुनी आप्रवासी मजदुरहरुको संख्या अभूतपूर्वरुपले बढ्दैगयो । साथै, हिंसात्मक स्वरूपका प्रति–आप्रवासी तथा युरोपेली महासंघको अस्तित्व नस्विकार्ने तत्वहरुको अनपेक्षित बिकास हुनु नै यि चरमपन्थी दलहरुले आर्जन गर्दै गरेको बढ्दो जनाधारको प्रमुख कारणहरु हुन । सन २०१५ को हिउँद तिर भएका हृदयविदारक पेरिस आतंकवादी हमलाहरुले गर्दा त्यस लगतै हुनगएको फ्रान्सेली स्थानिय निर्वाचनहरुमा फ्रान्सेली दक्षिणपन्थी दल नेशनल फ्रन्टले हालसम्म कै अत्याधिक ३०% मत हाँसिल गर्न सफल भयो । यो क्रम अन्त पनि देख्न सकिन्छ जस्तै सन २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलामा संलग्न सबै आतंकवादीहरु मुस्लिम भएको खुलेपछि अमेरिकि महादेशिय स्तरमै ईस्लाम विरोधी घृणाजन्य अपराध र दक्षिणपन्थी आतंकवाद सरदर १,६००% ले बढोत्तरी भएको पुष्टि हुँदैआएको छ । यो सिलसिला सन २००५ मा भएको लन्डन आतंककारी बम हमलापछि बेलायतमा झण्डै ६% ले बृद्घि भएको पाइएको अध्ययनहरुले देखाएका छन । यो स्थिती आउनुमा अमेरिकाद्वारा जारी मुस्लिम देशहरुमा भएका राज्यविप्लबलाई सघाउँदै एक किसिमको अतिवादलाई नै मलजल गर्नु पनि प्रमुख देखिन्छ । उसले तात्कालिन सोभियत संघलाई पराजित गराउन अल कायदा र हिजबुल मुजहिद्दिनका लडाकाहरुलाई बन्दोवस्ती र तालिमको तर्जुमा गर्दिनु, अमेरिकी प्रभूत्वलाई अस्विकार गर्ने सिरियाली सरकार या त्यस्ता अरु सरकारहरुका विरुद्द सबैखाले आतंकवादी गुट र मोर्चाहरुलाई सि आई ए द्वारा टर्की र अन्य तटस्थ मुलुकहरुमा अवैद्दरुपले तालिम र हातहतियार खरखजाना उपलब्ध गराउनु आदि प्रतिनिधि हर्कतहरु प्रत्युत्पादक बनेर आँफैँ तिर आइलाग्ने क्रम शुरुभएको हो । अहिले ति लगभग सबै आतंककारी समुहहरुसँग अमेरिकी हातहतियारहरु नै छन जुन अन्य पश्चिमेलि मुलुकका साथै अमेरिकी ब्यापारीहरुद्वारा नै तस्करी गरी बिक्री बितरण भएको पाइएको छ । अर्को नजरले हेर्दा दक्षिणपन्थी राजनीतिक सोचले दैनिक जीवनमा पनि प्रत्यक्ष प्रभाव पारेको देखिन्छ जसले एक ब्यक्तिलाई जाती, वर्ण र सम्प्रदायका आधारमा अरुप्रतिको धारणा बनाउन सिकाउँछ र अन्धजातीवादी प्रबृतीलाई जगाउँन मद्धत गर्दछ । विस्तारै मूलधारका सापेक्षितरुपले धर्मनिरपेक्ष र समावेशी राजनैतिक सिद्दान्त बोकेका पार्टिहरुमा पनि दैनिक वादविवाद र अन्तर्कृयामा प्रयोग हुने पदावलीहरु पनि अतिवादी या अन्धधर्म र अन्धजातीवादी हुनपुग्छ । सन्दर्भः अमेरिका हालै सम्पन्न अमेरिकि राष्ट्रपतिय निर्वाचनमा अमेरिकि साम्राज्यवादी देशभक्त तथा ब्यापरिक पृष्ठभूमी बोकेका रिपब्लिकन पार्टिका मनोनित उम्मेद्वार डोनाल्ड ट्रम्पको विजयले समकालिन विश्वव्यबस्थामा एक नौलो आयाम थपिदिएको छ । आफुलाई एक विशिष्ट कोटिको देशभक्त अमेरिकिका रुपमा दर्शाउन खोज्ने ट्रम्प उनको एक महिने कार्यावधि भित्रै दुनियाँँले वास्तवमा एक अन्धराष्ट्रवादी, चरम दक्षिणपन्थी साम्राज्यावादी पूँजिवादी ब्यक्तिका रुपमा चिनिसकेको कुरा उनले पूर्वबर्ती ओबामा सरकारद्वारा बिनियोजित अन्तरराष्ट्रिय मूल्य राख्ने कार्यक्रमका बिरुद्ध हठात उठाएका कदमबाट सुष्पष्ट भईसकेको छ । किनकी यिनी राष्ट्रपती भएपछिका कदमहरु युरोपका विभिन्न मुलुकमा पाइने चरमदक्षिणपन्थी सोच र व्यबहारसंग मिल्दाजुल्दा देखिन्छन । अझ घोरिएर विचारै गर्ने हो भने यिनी त नव फासिवादका नयाँँ अमेरिकि सँस्करण जस्ता लाग्छन । त्यसो त जातीवाद, गोराजातिय अभिजात्यवाद र आप्रवासी विरोधी घृणा अमेरिका कै रैथाने सामाजिक राजनैतिक प्रबृती हो जुन ट्रम्पको उदयपछि कहिले मेक्सिकोसितको सिमानामा अग्लोपर्खाल लगाइदिने या ट्रान्स्प्यासिफिक पार्टनरशिपको खारेजी लगायतका हर्कतबाट व्यबहारत पुष्टि हुँदैँ आएको छ । ब्रेइत्बर्ट न्युज का प्रमुख कार्यकारी स्टिभ बेननलाई ह्वाइट हाउसका प्रमुख रणनीतिकारका रुपमा नियुक्त गरेपछी त ट्रम्प बारे थप अरु बताउन नपर्ने नै भयो किनकी बेननको संस्था ब्रेइत्बर्ट न्युज एक अल्ट–राईट भनेर चिनिएको दक्षिणपन्थी अतीवादी सञ्चारकेन्द्र हो । फेरी अल्ट–राईट भन्ने पदावली सन २०१० ताका श्वेतराष्ट्रवादी ब्यक्ती रिचार्ड स्पेन्सरले बिकास गरेका हुन जस्लाई वैकल्पिक या अल्टर्नेटिभ दक्षिणपन्थ भनेर पनि चिनिन्छ । यसले सबैखाले प्रगतिवादी सोच, कल्याणकारी राज्य व्यबस्था, समावेशी समतामुलक समाज, लोकहित र जनमुखी सामाजिक राजनैतिक कार्यक्रमहरुलाई निषेध गर्दछ । यो एक प्रकारको फासिवाद नै हो जस्ले द्वितिय विश्वयुद्ध ताका जर्मन नाजी शासकहरुले अन्धराष्ट्रवाद तथा असहिष्णु जर्मन अभिजात्यवादका पक्षमा दुनियाँँका तमाम यहूदीहरुका विरुद्ध कार्यहरु हिँस्रक अपनाउँदै आएका थिए । चरमदक्षिणपन्थले स्वतन्त्र अमेरिकि सञ्चार क्षेत्रलाई राष्ट्रपती ट्रम्पको माध्यमबाट तहसनहस पारीदैछ भन्ने कुरा हाल अमेरिकी सञ्चार जगतमा ब्याप्त भएको छ । सो कुरा द डिप स्टेटः द फल अव द कन्स्टिच्युशन एण्ड द राइज अव अ श्याडो नामक पुस्तकका रचयिता एवं वर्तमान विश्वलाई फरकधारबाट नियाल्ने माइक लफग्रेनले आफ्नो एक आलेखमा उल्लेख गरेका छन । हुनत डोनाल्ड ट्रम्पले हाल त्यस्तो बिघ्न उपद्रब केही पनि गरिहालेका त छैनन तर पनि उनले छनोट गरेका ह्वाइट हाउसका नवनियुक्त पदाधिकारीहरुका पृष्ठभूमी औँल्याउँदा यिनले अबको आउँदो चार वर्षमा के के मात्रै नगर्लान भन्ने धेरै कुरा प्रष्ट भै सकेका छन । स्वदेश मै अलोकप्रिय भैसकेको ट्रम्प सरकारका वाणिज्य मन्त्री एक अर्का अरबपती विल्बर रोस्स हुन जसले आफ्नै कारोबार गतिलोसित गर्न नसक्दा आर्थिक सँकट झेल्नु परीरहेको हुनाले बैंकिङ क्षेत्रमा जस्लाई मिस्टर ब्याङ्क्रप्सी पनि भनेर चिनिन्छ । यिनका अर्थमन्त्री पनि त्यस्तै अतिवादी सोचका धनकुबेर नै छन जसकालागी वित्त नै सबैको चित्त बुझाउने वस्तु हो भने ट्रम्पको सरकारमा महान्यायाधिबक्ताका रुपमा नियुक्ती पाउने ब्यक्ती हुन अमेरिकि सेनेटका सेनेटेर जेफ सेसन्स जो नागरिक अधिकार तथा आमजनताको सार्वभौम मतदानको अधिकार बारेका विधेयकहरुका तिखा अलोचक हुन । उनी समलिङ्गीका आधारभूत अधिकार लगायत अन्य महत्वपूर्ण जनाधिकारलाई सम्बोधन गर्ने ऐनहरुका विरोधी हुन । बेत्सी डीभोस यस्ती अरबपती महिला हुन जो भर्खरै अमेरिकाकी शिक्षा मन्त्री नियुक्त भएकी छन जस्ले विशेषत अमेरिकि यहूदिहरुले चाहेका अतिधार्मिक शिक्षानीतिलाई सदा प्रश्रय दिनेछिन । यसैगरी सबै वर्ग र समुदायका हितकालागी आरोग्य कार्यक्रम भनेर पूर्वराष्ट्रपती बाराक ओबामाद्वारा निर्मित र बिनियोजित ओबामाकेयर नामक राष्ट्रिय स्वास्थ्य कार्यक्रमका घोरविरोधी टी पार्टी कँग्रेसम्यान भनेर चिनिने टम प्राइस स्वास्थ्यमन्त्रिकारुपमा नियुक्त भएका छन । बेलैमाथि गतिलो नीतिगत निर्णय लिना नसकेर अमेरिकि जनतालाई खानि तथा भूगर्ब सम्बन्धी धेरै विवाद र संकट झेल्न बाध्य पार्ने एसियाली मूलकी राजनीतिज्ञ एलिन चाओ यातायात मन्त्री भएकी छन । त्यस्तै राष्ट्रिय सुरक्षा सल्लहाकारमा माइकल फ्लिन अँटाएका छन । सबैभन्दा महत्वपूर्ण मानिएको अमेरिकि विदेशमन्त्रिमा व्यापार र वाणिज्यका क्षेत्रमा मध्यपूर्व, विशेषगरी रसिया, युरोप लगायत संसारका सबै महत्वपूर्ण मुलुक र व्यापारिक अखडाका परिचित रेक्स टिलरसन छानिएका छन । धेरै जसो सैन्य पृष्ठभूमिका ब्यक्तिहरु राष्ट्रपती कार्यालयमा समाहित भएका हुनाले पनि ट्रम्प सरकारका सदस्यहरु हेर्दा यस्तो लाग्छ कि यिनी कुनै युद्ध को तयारी गर्दै छन । यस्तो बढ्दो विश्वब्यापी ध्रुविकरण र अती दक्षिणपन्थी ढाँचाका अमेरिकि र युरोपका कतिपय सरकारहरुका प्रारम्भिक कृयाकलाप साथइ तिनले उठाएका राजनैतिक मुद्दाहरुका सारस्वरुपलाई मध्यनजर गर्दा निकट भविष्यमा नै दुनियाँँले निकै ठुलो अर्को मानविय संकट झेल्नु पर्नेछ भन्ने संकेत मिल्छ ।
पादरीहरुले नै गर्नथाले बालयौन शोषण
माघ २४ । अष्ट्रेलियामा धर्मका पुजारी पादरीहरुले नै बालयौन शोषण गर्ने गरेको खुलासा भएको छ । सन् १९५० देखि २०१० यसबारे अध्ययन गरिएको र यो दोस्रो पटक गरिएको अध्ययनअनुसार अष्ट्रेलियाका झण्डै ४० प्रतिशत चर्चहरुमा बाल यौनशोषण हुने गरेको छ । बाल यौनशोषणसँग जोडिएका मामिला हेर्ने रायल कमिशनमा १९८० देखि २०१५ सम्ममा झण्डै ४५ सय मानिसहरुले यौनशोषणको मुद्धा दायर गरिका थिए । यस रायल कमिशन अष्ट्रेलियाको धार्मिक तथा गैरधार्मिक स्थानहरुमा हुने गरेको यौन शोषणको बारेमा जाँच तथा अनुसन्धान गर्नेसंस्थाको सबैभन्दा उच्च स्थानमा रहेको छ । यस संस्थामै आवद्ध सिड्नीमा गेल फरनेस वलिकका अनुसार यौन शोषणका पीडितहरु धेरैले न्याय पाएका छैनन् । गेलका अनुसार बच्चालाई उपेक्षा गरियो, उनीहरुलाई सजाय पनि दिइयो, आपको जाँच भएन, पादरी तथा धार्मिक गुरुहरु सजिलै उम्किन सफल भए । ती चर्चाहरुका बारेमा पादरीहरुको केही थाहा हुन सकेन । गेलले भने, ‘१९८० देखि २०१५ सम्ममा अष्ट्रेलियाका १००० कै कैथोलिक इंस्टीट्यूशनमा ४००० बच्चाहरु यौन पीडित भए ।’ बलात्कृत ती वालिकाहरुको औषत आयु १०.५ वर्ष रह्यो । त्यही बालकहरुका लागि ११.६ वर्ष रह्यो । तर उनीहरुका विषयमा उजुरी फैसला हुन भने ३३ वर्ष लाग्यो । जब अष्ट्रेलियामा रॉयल कमीशनको २०१३ सालमा स्थापना भयाे, स्कुल, स्पोर्ट्स क्लब तथा धार्मिक संस्थाहरुमा हुने यौन उत्पीडनका बारेमा जाँच तथा अनुसन्धान थालेकाे छ ।
राप्रपा महाधिवेशनका लागि कमल थापाले लिए चन्दा
काठमाडौं, माघ २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को राष्ट्रिय एकता अधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाले आफैँले चन्दा लिएको सार्वजनिक गरेका छन् । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमा श्रेया केसीले दिएको पचार हजार नौ सय उनान्सय रुपैयाँ चन्दा लिएको तस्वीर राखेका हुन् । उनले लेखेका छन्–‘स्वस्फूर्त रुपमा राप्रपा महाधिवेशनकोलागि ५०९९९ आर्थिक सहयोग प्रदान गर्नु हुने बहिनी श्रेया केसीप्रति हार्दिक आभार’ यसैगरी थापाले माघ १७ गते पार्टीका युवा नेता सिद्धार्थ थापाले सहयोग गरेको दुई लाख रुपैयाँ लिएको सार्वजनिक गरेका छन् । राप्रपाको महाधिवेशन फागुन ६ देखि ९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने निर्णय भइसकेको छ। महाधिवेशनकै लागि राप्रपा अध्यक्ष कमल थापाको संयोजकत्वमा पाँच सय एक सदस्यीय ‘राप्रपा एकता महाधिवेशन मूल आयोजक समिति’ गठन गरिएको थियो । यस पटक दुवै पार्टीभित्रको सन्तुलन मिलाउन करिब चार हजार प्रतिनिधि छनोट गर्ने तयारी भएको छ। गत मङ्सिर ६ गते पार्टी एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको जनाएको छ । २४०निर्वाचन क्षेत्र, ७५ जिल्लाबाट अनिवार्य महिला २, दलित १, अल्पसंख्यक १ , मुस्लिम १, आदिवासी जनजाति प्रतिनिधि हुनैपर्ने व्यबस्था गरेको पार्टीले जनाएको छ । चन्दा लिएको बारेमा कुनै पार्टीले यसरी सार्वजनिक गर्ने गरेका छैनन् । तर राप्रपा अध्यक्ष थापाले अार्थिक सहयोग दिने व्यक्तिको नाम र तस्वीर सार्वजनिक गरेका छन् ।
प्रणय दिवसमा रु ५० लाखको गुलाब भारतबाट आयात गरिने
काठमाडौं, माघ २२ । पे्रमको प्रतीक मानिने रातो गुलाब यस वर्षको लागि भारतबाट रु ५० लाख बराबरको आयात गरिने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि हरेक वर्ष भारतबाट फूल आयात हुँदै आएको छ । ल्याइएका फूलमध्ये ४० प्रतिशत काठमाडौँ उपत्यकामा र अन्य बाँकी देशका मुख्य सहरमा खपत हुने गरेको नेपाल फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय नेपालमा पुष्पखेती गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि हुँदै गए पनि आत्मनिर्भर बन्न सकेको अवस्था छैन । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरे पनि अझै खपत हुने फूलको करिब १८ प्रतिशत अन्य मुुलुकबाट ल्याउनुपर्ने बाध्यता छ । “बजारमा मूल्य नियन्त्रणका लागि पनि भारतबाट फूल ल्याउन आवश्यक छ” श्रेष्ठले भन्नुभयो, “थोरै अभाव भए मात्रै पनि बजारमा बिचौलियाले फूलको मूल्य उच्च दरमा बढाउँछन् र उपभोक्ता बढी मूल्य तिर्न बाध्य हुन्छन् ।” गुलाब भारतबाट आयात गर्दा प्रतिस्टिक रु ३० देखि ३५ सम्म पर्ने भएकाले नाफा र विभिन्न किसिमबाट हुने नोक्सानी पूर्ति लागतका आधारमा उपभोक्ताले रु ४० देखि १०० भन्दा बढी मूल्यमा किन्नुपर्ने अवस्था नआउने एसोसिएसनले जनाएको छ । हरेक वर्ष फेब्रुअरी १४ माका प्रणय दिवस(भ्यालेन्टाइन डे) मनाइँदै आएको छ । दुई लाख स्टिक रातो गुलाब यस वर्षको प्रेम दिवसका लागि दुई लाख स्टिक गुलाब खपत हुने अनुमान गरिएको छ । खपत हुने गुलाबमध्ये एक लाख स्वदेशी उत्पादन हुनेछ भने बाँकी एक लाख भारतबाट ल्याइने छ । गत वर्ष पनि सोही अनुपातमा गुलाबको कारोबार भएको थियो । हरेक वर्ष रु एक करोड गुलाबको आर्थिक कारोबार हुने गरेको छ । काठमाडौँ उपत्यका र चितवनमा विशेषगरी रातो गुलाबको व्यावसायिक रुपमा खेती हुँदै आएको छ । नेपालमा वार्षिक रुपमा रु डेढ अर्बको फूलको आर्थिक कारोबार हुने गरेको छ । तिहारमा मात्र रु सात करोडको फूलको कारोबार हँुदै आएको छ । त्यसैगरी करिब रु पाँच करोडको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । मुख्यगरी कात्तिकदेखि फागुनसम्ममा फूलको बढी खपत हुने गरेको एसोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिना बताउनुहुन्छ । प्रणय दिवसमा रातो गुलाब र तिहारमा सयपत्री फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको छ । अस्टे«लिया र मलेसियामा तिहारमा मखमली फूल निर्यातसमेत हुने गरेको छ । पुष्प व्यवसायबाट नेपालमा ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् । नेपालमा लगभग एक हजार ४७ हेक्टर क्षेत्रफलमा छ सय प्रजातिका फूल उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा चार सय प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदो छ । फूलको मागमा आएको वृद्धिसँगै काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा लगभग छ सय ७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ । रासस