प्रचण्ड बा ! हामी हजारौं छोराछोरी तपाइँसँगै छौँ

उमेश बन्जाडे

हुनत पिडाले कति पोलेको छ र कति गालेको छ , त्यो स्वयं चोटभोग्ने व्यक्तिलाई नै थाहा हुन्छ। अरु सवैले त महसुस गर्ने र सान्त्वनाका भावहरु थमाउँदै चोट लागेका व्यक्तिको पीडा र व्यथालाई शक्तिमा परिणत गर्न ढाडस दिने हो ।

तर यतिबेला एउटा यस्तो अकल्पनीय बज्रपात आइपर्यो कि ुजसले स्वदेश तथा विदेशमा रहेका अधिकांश सचेत नेपाली हरुलाई निस्शव्द एवं स्तब्ध बनायो। ‘देश परिवर्तनका ठुलाठुला जंघारहरु तर्दै, बमबारुदको मुस्लो र भयङ्कर मेसिनगनहरुका गोलि, छर्राहरु छल्दै, देश परिवर्तनको विगुल बोकेर रणमैदान बाट यो अवस्था सम्म आएका एक साहाशी र कटिबद्ध योद्धालाई समयले हामिमाझ बाट चुँडेर लग्यो।

अर्थात ‘साकार दाहाल कमरेड प्रकाशु लाई भौतिक रुपमा हामिले कहिल्यै देख्न नपाउने भयौं । स्वयं म पनि कमरेड प्रकाशको विगत सम्झिन्छु, वर्तमान गम्छु र भविस्य कल्पिन्छु र झल्यास्स ! सम्झन्छु आमा सीता दाहाल बुवा प्रचण्डलाई।

प्रचण्ड बा ! १ तपाइँले अझै लाखौं जिउँदा छोराछोरीहरुको सपनाहरु साकार पार्न अभिभाकत्वको भुमिका निर्वाह गर्नुपर्ने छ। मनको फेरो समाएर यतिखेर यौटा अर्कोकुरा पनि मेरो मनमा खुवै चक्कर काट्दैछ, ‘हामी हाँस्दाहाँस्दै रुनुपर्छ र रुदा रुँदै हाँस्न सक्नुपर्छू युद्धयात्रामा सहयात्रीहरु ढल्दा तपाइँले हामिलाई भन्नुहुन्थ्यो ।

सायद तपाइँले पनि यो वाक्यांशलाई सम्झिनुहुनेछ र मेरा हज्जारौं छोराहरु अझै मेरो वरिपरिछन भन्ने महसुस गर्नुहुनेछ भन्ने, तपाइँको एक आह्वानमा जहाँ भन्नुहुन्छ त्यहीँ पट्किन सक्ने आम छोराछोरी हरुको अपेक्षा हो यो।

युद्धमा कहिँकतै मोर्चाहरु हारेर थुप्रै सहयोद्दाहरु गुमाएर हामी फर्किएर हामी निराश बन्दा, ‘कमरेडहरु हामिले शोकलाई शक्तिमा परिणत गर्नुपर्छू भन्दै नैरश्यता छाएका हाम्रा मस्तिष्कमा प्रचण्ड उर्जा भरिदेने तपाइँले आज आफुलाई हज्जारौं छोराछोरीको विचमा एक्लो महसुस गर्न पाउनुहुने छैन।

हुनत थुप्रै जान्नेमान्नेहरुले प्रचन्ड सामान्य व्यक्ति होईनन, उनित एउटा बेग्लै धातुले बनेका प्राणीहुन भन्थे विभिन्न परिघटनाहरुले त्यो देखाएको पनि थियो, झन हिजो नर्भिक, पेरिसडांडा हुँदै आर्यघाट सम्मपुग्दा तस्वीर र भिडियोहरु मार्फत छर्लङ्गै देखियो पनि। सामान्यतया सामाजिक रहनसहन अनुरुप आफुलाई दागबत्ती दिने छोराको चितामा आफैले आगो सल्काउनु पर्दा तपाइँलाई सामान्य भारिले थिचेको थिएन।

दिनभरी तन परदेशमै भएपनी मन तपाइँकै अघिपछि दौडिरहेको थियो।बेलुकी ड्युटी बाट फर्किएर मोबाईलमा भिड्यो हेर्दैथिए। आर्यघाटमा उपस्थित आफन्त एवं शुभेच्छुक प्रती हजुरले उनै छोरालाई दागबत्ती दिएका हातहरु उठाएर श्रद्धा दर्शाउदा सम्हाल्निछु भन्दाभन्दै म पनि ढोकाको चुक्कुल लगाएर डाको छोडेरै रोएँछु।

तर के गर्नु रोएर वा भक्कानिएर मात्र हामिले आगामी यात्रामा आउने ब्यावधानहरु पन्छ्याउन सक्दैनौं । अझ हजुरबाट देशले थुप्रै परिवर्तनका आकाङ्क्षाहरु राखेको छ,। अझै धेरै वर्ष देशले तपाइँको साथ खोजेको छ ।

समृद्धि र समुन्नत नेपाल निर्माणकालागि लाखौं निमुखा जनहरुले तपाइँकै हात रोजेका छन् , त्यसैले त प्रचण्ड बा।।१ तपाइँमा एकरती नैरश्यता नछावस, हजुरका हज्जारौं छोराछोरिहरु हरेकपल तपाइँसँगै छन् !

लमही दाङ, हालस् क्वालालम्पुर मलेसिया

टोपबहादुर र प्रदिपले गरेका काम मैले गरेको भन्दै भण्डारीले भोट मागेपछि…

गुल्मी, कात्तिक १८ । नेकपा एमालेका सचिव एवम् गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभातर्फ वाम गठबन्धनका उम्मेदवार प्रदिप ज्ञवालीले कांग्रेस नेता तथा क्षेत्र १ कै उम्मेदवार चन्द्र भण्डारीले अरुले गरेको कामलाई आफूले गरेको भनि झुटो प्रचार गरेको बताएका छन । माओवादी नेता टोपबहादुर रायमाझी, पुर्व मूख्यसचिव लीलामणि पौडेल र आफ्नो पहलमा ल्याएको सालझण्डी पटौती फास्ट्रयाक परियोेजना आफुले ल्याएको भनी भण्डारीले मतदातामा भ्रम सृजना गरेको आरोप लगाएका छन । नेता ज्ञवालीले भने, ‘म उहाँ जस्तो धेरै तल झरेर सस्तो प्रचार गर्न चाहन्न तर सालझण्डीबाट खोलिएको फास्ट्रयाक उहाँ सभासद हुनु अघि नै खोलिएको हो । ’ यस सम्वन्धमा तत्कालिन मुख्य सचिव लिलामणी पौड्यालसंग सम्पर्क राख्दा उनले पनि उक्त सडकको सर्वे गर्न टोपबहादुर रायमाझी, प्रदिपकुमार ज्ञवाली र आफु आएको बताएका छन् । चन्द्र भण्डारीले भने आफ्नो भिजन मै उक्त योजना आएको दावी गर्दै आएका छन् । एमाले नेता ज्ञवालीले आफ्नो भन्दा अझ बढि भुमिका टोपबहादुर रायमाझीको भएको र गुल्मीका सवै दलका नेताहरुको पहलमा उक्त योजना आएको र सवैको श्रेय जाने बताउँ छन् । शुक्रबार तम्घासमा पत्रकारहरु सम्मेलन गरेर भण्डारीले जिल्लामा विकास निर्माणको थुप्रै कार्य गरेको दावी गरेको थिए । भण्डारीले यति धेरै विकास निर्माणका काम गरेको मान्छे यहाँ चुनाब जित्ने कुरा मात्रै नभएर बेलायतमा भए प्रधानमन्त्री पो हुनु पर्ने मान्छे भएको बताएका थिए । उनको उक्त अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ । नेता ज्ञवालीले भने–‘हिजो मैले एउटा न्युज हेरेको थिएँ, चन्द्र भण्डारीजी बेलायतको प्रधानमन्त्री बन्ने दावी गर्नु हुँदो रहेछ अव उहाँलाई नेपालमा भोट माग्दै हिड्न पो किन प¥यो र ? बरु म उहाँलाई वेलायतको प्रधानमन्त्री बन्न शुभकामना दिन्छु ।’

ट्राफिक जामले सताएपछि पौडी खेलेर अफिस जान्छन् यी युवा

काठमाडौं, कोटेश्वर या कलंकी चोकको ट्राफिकमा घण्टौं टाउको दुखाउनु पर्छ तपाई हामीलाई । यता समयमैं अफिस पुग्ने पर्ने चिन्ता, उता गाडी फिटिक्कै अघि बढ्दैन । ट्राफिक जामको यो समस्या नेपालमा मात्रै भने होइन । विश्वका कैयन् शहरहरुमा जामकै कारण सास्ती खेप्नुपर्छ धेरैलाई । तर कतिपयले भने अचम्मका विकल्प समेत खोजेका हुन्छन् । यस्तै रोचक विकल्प खोजेका छन् जर्मनीका यी युवाले । बिबिसीमा प्रकाशित एक समाचार अनुसार, जर्मनीको म्यूनिख शहरका बेन्जामिन डेभिड नाम गरेका व्यक्तिले ट्राफक जामको समस्याबाट मुक्ति पाउने नयाँ उपाय खोजे । सधै ढिलो अफिस पुग्दा हाकिमको गाली खाँदा खाँदा हैरान भएपछि उनले सडकको बाटो छोडेर नदीको बाटो समाते । अब उनी यही नदीमा पौडी खेलेर अफिस पुग्ने गर्छन् । कष्ट त हुन्छ तर हाकिमको गाली भन्दा पौडी खेल्न सजिलो हुने ठान्छन् उनी । बिहान कोठामा कपडा, ल्यापटप र जुता एउटा वाटरप्रुफ झोलामा राख्छन् उनी । शहरको बीच भएर बग्ने इशार नदीमा तैरिन्छन् । करिब द्द किलोमिटर पौडी खेलेपछि उनी अफिस पुग्ने गर्छन् । कार्यालयका केही कर्मचारी उनीमाथि हाँसो नगर्ने होइनन् तर बेन्जामिन भने यसले केही फरक नपर्ने बताउँछन् । मुख्य कुरा सही समयमा अफिस पुग्नु हो, जाममा बस्नुभन्दा पौडी खेलेर आउनु वेश ।

‘तिमीहरु नेपालीलाई यही मारेर बालुवामा फ्याँकिदिन्छु भन्ने कपिलबाट मुक्त भए १० नेपाली युवाहरु

सुनौलो सपना बोकेर वैदेशिक रोजगारका लागि एक वर्ष अघि साउदी अरब पुगेका १० जना नेपालीहरु आज यमराज जस्तो मालिकबाटज्यान जोगाएर स्वदेश फर्कन सफल भएका छन् । लक्की एचआर मेनपावर कम्पनीबाट गत सालको जुलाईमा साउदी अरबको सलमान हसन अल मार्थु कम्पनीमा पठाइएका ती युवाहरुयमराज जस्ता कपिल ९मालिक०को पञ्जाबाट ज्यान जोगाउनु नै ठुलो कुरा सम्झेर आज विहान ९ बजे साउदी अरबबाट एयर अरबिया जहाजमार्फत नेपाल फर्केका हुन । आज राती ८।३० बजे नेपाली भूमिमा अवतरण गर्ने छन् । उनीहरुलाई नेपाली साझा मंच र साथी अभियानकोसक्रियता र समन्वयमा नेपाली राजदुतावासका स्थानीय कर्मचारी हरि घिमिरेले आउटपास र एक्जिट भिसा मंगलबार दिलाएपछि रमेनपावर कम्पनीले टिकट उपलब्ध गराएपछि उनीहरु नेपाल फर्कन पाएका हुन् । ती युवाहरुका अनुसार साउदी अरबको कतिफक्षेत्र अन्तर्गतको अवमियामा राखिएका उनीहरुलाई पुगेकै दिनदेखि दुई दिनमा एक छाकमात्रै खाना दिने र बोलेमा कुटपिट गर्ने र पेस्तोल देखाएर ूतिमीहरु नेपालीलाई यही मारेर बालुवामा फ्याँकिदिन्छु१ू भनि कपिलले बारम्बारधम्की दिने गरेका थिए । तीन जना कपिल रहेको र उनीहरुको घरमा काम लगाउने साथै कुटपिट गरिरहने गर्दथे । त्यस्तो उत्पीडन सहननसकेर उनीहरु आफूले पाउनु पर्ने ७ महिनाको तलब माया मारेर फर्केका हुन । गत विहिबार १ बजे राती कपिलले उनीहरुलाई राखेको अवमियाको मजरामा आई मेनपावरलाई किन खबर गरिस्, काम गर्न जान्छेस् किजान्नस् भनि सोध्दा खाना र तलब नदिएसम्म जानौ भनेपछि कुटपिट गरेर “तेरो नेपाल जाने बाटो यही हो, जता जान्छेस् जा । फर्केर आईस्भनेर मारेर फालिदिन्छु” भनेर पेस्तोल देखाएर केहीलाई अज्ञात स्थलमा पुराई छाडेर अलपत्र पारिएको थियो । त्यसपश्चात् उनीहरु शुक्रबारविहान अन्य व्यक्तिको साहारा र मंचका साथीहरुको सल्लाहमा दम्मामको सिको गार्डेन पुगेका थिए । मंचका साउदी संयोजक कृष्ण पुरीलेउनीहरुलाई खान बस्नका लागि मेनपावरका कापरीसंग समन्वय गरेर त्यहाँ व्यवस्था गरेका थिए । तलब माग्यो कि कुट्ने र मार्ने धम्की एक वर्ष अघिदेखि चरम शोषण र उत्पीडन गरेर बँधुवा मजदुर बनाएका उनीहरुलाई कुटपिट गरेर लखेटेको त्यस कम्पनीले उल्टो कम्पनीछाडेर भागेको आरोप ९हुरुप० लगाई भगौडा करार गरिदिएका कारण उनीहरुले पाउनु पर्ने पारिश्रमिकका लागि न्याय खोज्न पनि सकेनन् । स्थानीय कर्मचारी घिमिरेका अनुसार उनीहरुले पारिश्रमिक पाउन मुद्दा लड्नु पर्ने र सोको फैसला हुन ७–८ महिना लाग्ने गर्दछ । “हाम्रा नेपालीहरुले बेर्खची भएर त्यतिका समय पर्खन सक्दैनन् बरु रित्तो हात फर्किनु ठिक हुन्छ” घिमिरे भन्छन् । “तलब माग्यो कि कुटेर ढुटो पारी हाल्थ्यो अनि मारेर फालिदिन्छु भन्थ्यो” उनीहरुले आँखाभरी आँशु पारे भने “घरमा भने काम नै छैन,कपिलले तलब दिएको छैन भनेर ढाँट्थ्यौ । हामीले हाम्रो अवस्था भन्दा घरमा चिन्ता होला भनेर पनि ढाँट्यौ ।” त्यहाँ पुराइएका उनीहरुलेअन्य कम्पनीमा काम गर्न पाउदा मात्रै अघाउञ्जेल खाना खान र आरामले सुत्न पाउँथे तर तलब भने पाउदैनथे । एक वर्षसम्म मानसकि–शाररिक यातना र आर्थिक शोषण उत्पीडन झेलेर फर्केका पीडितहरु भन्छन् “नोभेम्वरसम्ममा त्योपनि सम्झौताविपरितको काम गराएर उसैले तोकेको कम तलब पनि बल्लतल्ल तीन महिनाको दियो । डिसेम्बरदेखि भने एक हलाला दिएन, उल्टो कुटेरमारेर फ्याँकी दिने धम्कीले त्रसित भएर ज्यान बचाउने उपाय मात्रै सोच्यौ । कपिलको व्यवहार र तलब नपाएका सम्बन्धमा आएकैमहिनादेखि मेनपावर कम्पनीका प्रकाश अधिकारी र ऋषी शर्मालाई पटकपटक जानकारी गराएका हौ । नेपाल प्रहरीको हटलाईनमा पनिपटक पटक उजुरी गरेका हौ । “हुन्छ, हुन्छ, गर्छौ गर्छौ” भन्दै हामीलाई त्यस नर्कमा बस्न बाध्य तुल्याइयो, हाम्रो उद्धार भएन । जबहामीलाई सप्लाई गरेर काम गर्न अर्को कम्पनीमा दुई महिना अघि पठाइएको थियो, त्यसबेला त्यहाँका साथीहरु मार्फत नेपाली साझा मंचमाहाम्रो सम्पर्क भयो, त्योपनि जुनको अन्तिम समयमा । हाम्रो कम्पनीसंगको सम्झौता समाप्त भएर हामीलाई जुन २७ मा हाम्रै कम्पनीमाफर्काइदै थियो । साझा मंचका दाइहरुले हाम्रो समस्याका सम्बन्धमा भिडियो बनाएर मिडियामा प्रशारण गर्नु भएपछि मात्रै हामीलाईमेनपावरले सोधी खोजी गरेर उद्धार गरेको हो ।” “हामी जाँदा लिएको ऋण पनि तिर्न सकेका छैनौ । हामीसंग ७०–८० हजार रुपैयाँ लिएर राम्रो कम्पनी भनेर पठायो तर कुकुरले नपाउनेदुःख पायौ । हामीलाई फसाउनेलाई कारवाही र हामीले क्षतिपूर्ति पाउनु पर्छ” उनीहरुले एउटै स्वरमा माग गरेका छन् । सकुशल फर्काउनु नै ठूलो कुरो साउदी अरबको द्वन्द्व र हिंसाग्रस्त क्षेत्रका रुपमा परिचत अवमियामा सरकारी कर्मचारी समेत जाँदैनन् । त्यहाँ दिउँशै बारुदको गन्ध आउनुअनि बम र बन्दुक पड्केको आवाज आउनु सामान्य मानिन्छ । पीडितहरुका अनुसार उनीहरुको कपिल समेत खुँखार सरदार भएको रपटकपटक दोहोरो भिडन्तमा परेर थुप्रै पटक घाईते भएका रहेछन् । त्यहाँका घरहरु सबै गोली र बमले प्वाल परेका र भत्केका छन् । त्यहाँसाउदी सरकारले सैनिकहरुको घेरामा मात्रै आफ्नो परियोजनाहरु संचालन गरिरहेको छ । त्यहाँ कार्यरत परियोजनाका कामदारहरुलाईउद्धार गर्न पनि सैन्य भिड़न्त हुने गरेका सामाचारहरुमा उल्लेख छ । कामदारहरुको उद्धार गर्ने क्रममै गत मेमा भएको सैन्य कारवाहीमाएक पाकिस्तानी सहित २ जनाको मृत्यु र १० जनाबढी घाईते भएका थिए । त्यस्तो क्षेत्र र कपिलको पञ्जाबाट मुक्त भएर आउनु अनि त्यहाँको मजराबाट ती पीडित नेपालीहरुलाई सकुशल फर्काउनु सक्नु नै ठूलो कुरोभएको छ । त्यहाँ फसेका अन्य नेपालीहरुको समेत खोजी गरेर उद्धार गर्नुपर्ने आवश्यकता रहेको मंचका अध्यक्ष महेश श्रेष्ठ बताउछन् । श्रेष्ठले मंचकोसाथी अभियान अन्तर्गत पीडितहरुको सकुशल उद्धार हुनुमा वैदेशिक रोजगार विभाग, नेपाली राजदुतावास, मेनपावर, पीडित परिवार रसंचारकर्मिहरुको सहयोग समन्वयले मात्रै सम्भव भएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेका छन् । नेपाली साझा मंच राष्ट्रिय समन्वय समिति साउदी अरबको सम्पर्कमा गत जुन २६ मा पुगेका उनीहरुको उद्धारका लागि मंचले नेपालीराजदुतावासमा लिखित अनुरोध गर्नुका साथै नेपालबाट राष्ट्रिय मानव अधिकार आयोग, वैदेशिक रोजगार विभाग र कन्सुलर सेवा विभागमापनि अनुरोध गरेको थियो । मंचले साथी अभियान अन्तर्गत संयोजक शारदा भुषाल झाको नेतृत्वमा पीडितहरुको परिवारलाई काठमाडौंबोलाई वैदेशिक रोजगार विभागमा थप उजुरी समेत दर्ता गराइएको थियो । विभागले गत सोमबार मेनपावरका संचालक ऋषी शर्मा रपीडितका परिवारका बीचमा पीडितहरुलाई यथाशिघ्र उद्धार गरेर नेपाल ल्याउने लिखित सहमति गराएको थियो । यसैबीच मंचले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरुप्रति भइरहेको चरम शोषणका विषयमा मानव अधिकार कर्मि र आयोगकोध्यानाकर्षण गराउन प्रयास गरेको मंचका नेपाल महासचिव ङामुक हाङ बताउछन् । ती पीडितहरुप्रति अमानवीय व्यवहार भएकासम्बन्धमा मंचले मानव अधिकार आयोगको ध्यानाकर्षण गराउन खोजेको भएपनि आयोगले वैदेशिक रोजगारप्रति नै हालसम्म कुनै चासोव्यक्त गरेको छैन । साथी अभियानकी सदस्य निता कार्की भन्छिन “यो कुरा मिडियामा हामीले नल्याएको भए अझै उनीहरुको अवस्था थप दयनीय हुने थियो ।हामीले ठूलो आँट गरेर उनीहरुको भिडियो सार्वजनिक गरेका थियौ । उनीहरुको यति चाडो उद्धार हुनुमा मिडिया र हाम्रो साथीअभियानकी संयोजक शारदा दिदीको महत्वपूर्ण योगदान छ । उहाँहरु सकुशल आउनु पाउनु भएकोमा हामीलाई धेरै खुसी लागेको छ,उहाँहरुको परिवारहरु पनि खुसी छन् ।” “पीडित १० जना नेपालीहरुलाई सूचना प्राप्त भएको १५ दिनभित्रमा सकुशल उद्धार गर्न सफल हुनु महत्वपूर्ण कुरा हो । साथी अभियानमाजोडिनु भएका मिडिया कर्मिहरुको यस सफलतामा महत्वपूर्ण सहयोग छ, साथै वैदेशिक रोजगार विभागका सरहरुलाई पनि धेरैधेरैधन्यवाद”संयोजक झाले भनिन् । पीडित हुनेहरूमा जनकबहादुर खत्री जाजरकोट, बमबहादुर बस्नेत दैलेख,मानसिंह कामी बाँके, मानबहादुर कामी दैलेख, लेखबहादुरविश्वकर्मा दाङ, गोविन्द ताम्राकार मोरङ, जितबहादुर जोगी तेह्रथुम, रुद्र माझी मोरङ, पूर्णबहादुर तामाङ संखुवासभा र नविन विष्ट रुकुमरहेका छन् । उनीहरु सकुशल नेपाल फर्कन पाएकोमा खुसी हुँदै सबैलाई धन्यवाद ज्ञापन गरेको नेपाली साझा मंच साउदी अरबकासंयोजक कृष्ण पुरीले जानकारी दिए । उनीहरुलाई विमानस्थलमै विहानको चिया नास्ता मंचले गराएको थियो । उनीहरुलाई विदाई गर्न संयोजक पुरी, सदस्यहरु अकल प्रधान, ईन्ताज अन्सारी लगायतको टोली उनीहरुलाई विदाई गर्न आज दम्मामएयरपोर्ट पुगेको थियो ।

दोहाको खबर: रिदम कला केन्द्र कतारको विविध साँस्कृतिक कार्यक्रमको तयारी तीव्र

दोहा । “हाम्रो कला र संस्कृतिको जर्गेना गरौँ आफ्नो प्रतिभालाई अगाडि बढाऊ” भन्ने मुल नाराका साथ कतारमा स्थापित सांगितिक संस्था रिदम कला केन्द्र दोहा कतारले नेपाली नयाँवर्ष २०७४ को ‘नेपाली चलचित्र नमस्ते नेपाल” प्रदर्शन तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको कार्यक्रम संयोजक दिल भट्टराई र गजेन्द्र मल्ले जानकारी दिएका छन् । संस्थाले हिजो अप्रिल २१ तारिख शुक्रबारका दिन दोहाको मुन्ताजा पार्कमा बसेको भेलासँगै आगामी २८ अप्रिल शुक्रबारका दिन कतारको गल्फ होराईजन होटलमा हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संयोजक मल्लले बताए । साथै उक्त कार्यक्रमलाई विभिन्न सामाजिक संघसंस्थाले पनि सहयोग-सहकार्य गर्ने भएको छ । “हामीलाई थप उत्साह बढेको छ सबैको साथ र सहयोग पनि आउने भएकोले हामीलाई थप आशा जागेको बताउँदै कार्यक्रम भन्ने छुट्टै मनोरञ्जन रहेको र नमस्ते नेपाल चलचित्र सम्पूर्ण छायाङ्कन यूरोपमा गरिएको पहिलो चलचित्रलाई भव्य र सव्य पार्नका लागि नेपालदेखि वरिष्ठ नृत्य निर्देशक तथा चलचित्र निर्देशक राजु शाह र चर्चित हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) कतार आउने खबरले पनि दर्शकहरुले टिकट धमाधम लिइरहेका छन्” हामी कार्यक्रम सफल हुन्छ भन्ने ढुक्क रहेको संयोजक भट्ट र मल्लले बताएका छन् । नेपालदेखि निर्देशक राजु शाह र चर्चित हाँस्यकलाकार गोपाल ढकाल (छन्दे)ले पनि कतारमा रहेका दर्शको माग र कार्यक्रम भव्य र सव्य हुने खबरले खुसी तुल्याएको बताएका छन । कलाकार (छन्दे)ले युटुब मार्फत “गल्ती हुन्छ काम गरे हतारमा , दर्शक भेट्न आउदै छौँ कतारमा” बोलको छोटो गीतको शब्दबाट दर्शकलाई आफु कतार आउने र दर्शकहरुलाई आफ्नो पनि प्रस्तुति पस्कने जनाएका छन् । उनले कुराकानीकै क्रममा हामीले पहिला युके युरोपमा सो देखाई सकेको “नमस्ते नेपाल चलचित्र” कतारमा रहेका नेपाली दर्शकहरुको यति धेरै माग रहेछ हामी त्यही भएर प्यारा नेपाली दर्शकहरुसँगै बसेर आगामी २८ अप्रिलका दिन कतारमा चलचित्र प्रर्दशन तथा साँस्कृतिक कार्यक्रम सफल पार्नै दुवैजना कलाकार तथा निर्देशक २६ अप्रिलमा नै कतार आउन लागेको बताएका छन् । चलचित्र प्रदर्शन पश्चात हुने उक्त सांस्कृतिक कार्यक्रममा नेपाल देखी कतारको सांगितिक लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लोकदोहोरी गायिका देविका केसी गुरुङ्गको पनि बेजोड प्रस्तुति रहने छ भने लोकदोहोरी क्षेत्रमा हालमा छुट्टै पहिचान बनाउन सफल रहेका लोकदोहोरी कलाकार रित कुमार श्रेष्ठले पनि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने छन् साथै स्थानिय कलाकारहरु, लोकगायक युवराज छन्त्याल, आधुनिक तथा पप गायक नवराज क्षेत्री, राम के लामा, दामोदार न्यौपाने, विनिता केसी, राम बान्तावा राईलगायत दर्जनौ स्थानिय कलाकार साथमा रिदम कला केन्द्रको आफ्नै विविध नृत्य पनि रहने संयोजक मल्ल र भट्टराईले जानकारी दिएका छन् । विगतका दिनमा पनि नेपाल तथा स्थानीय कलाकारहरुलाई समेटेर विभिन्न सांगितिक कार्यक्रम गर्न सफल सांगितिक संस्थाले गत साल आफैले आयोजना गरेको एकल नृत्य प्रतियोगिता कार्यक्रममा नेपालबाट चर्चित नृत्य निर्देशक प्रकाश भट्ट चर्चित लोक दोहोरी क्षेत्रकी मोडल पार्वती राईलाई समेत कतार निम्त्याएर आफ्नो कार्यक्रम सफल पारिसकेकोको संस्थाले आगामी २८ अप्रिल शुक्रबार कतारको गल्फ होराईजन होटलको सभा हलमा बिहान ११ बजेदेखि संचालन हुने उक्त कार्यक्रमको डिनरको पनि व्यवस्था सहित टिकट शुल्क भने करिब १०० रहेको आयोजकले जानकारी गराएको छ ।

ओली उवाचः आखिर के गर्न खोज्या हो यो प्रचण्डले ?

राती ११ बजेतिर होला, बालकोटको एउटा कोठामा मधुरो बत्ती छायो । कोल्टे परेर सुतेका केपी ओलीले समय हेर्न सिरानी छेउको मोबाइलको डिस्प्ले अन गरेका थिए । आज ओलीको मन अशान्त छ । खै किन किन मनमा औडाहा छाएको छ । त्यसो त उनी छिटै सुत्ने मान्छे हुन । साँझ सादा रोटी तरकारी दूध खाएर सुत्ने बानी । औषधी खायो अनि सुत्यो । झापादेखि कञ्चनपुर जाँदाको थकान होला, एकमनले ओलीले सोचे । तर उनको तन होइन मन अशान्त हो । सोच्दै जाँदा निन्द्रा झ्यालबाट बाहिर बिलायो कतै । आफ्नो जीवन सम्झे ओलीले । ढक्क छाती फुलेर आयो उनको । कता कता उनलाई आफैप्रति गर्व लाग्यो । “मैले जस्तो कसले झेल्या होला र ?” उनको मनमा भाव झल्कियो । तर लगत्तै मनमा वितृष्णा छायो । उनका आँखामा चाउरी पर्यो, निधारमा मुजा पर्यो । उनले आँखा चिम्लिए । आँखा खोले । फेरी चिम्लिए, फेरी खोले । कता कता चिटचिट पसीना आएजस्तो भयो । ओठमा शब्द आएर रोकिए– हैन, यो प्रचण्डेले के गर्न खोज्या हो ? कति खतरनाक मान्छे हो यो, जे गर्दा पनि नगल्ने ? ओलीको मनोवाद जारी थियो । तत्कालै अर्को मनले प्रतिवाद गर्यो । तपाई पनि त कम्ती खतरनाक होइन, खुट्टा पनि कति तान्न सक्या हो ? – मेरो सरकार ढालेपछि खुट्टा तानिँदैन त ? – सरकार पाउँदा सबै आफ्नै सोचेर हुन्छ त, आफ्नो … के मा टिकेको छ हेर्नुपर्दैन ? – अलि अलि घुर्की पो हो कि लाग्या थियो, सरकार नै ढाल्छन् भन्ने के थाहा त नि ? – जे मा पनि आफ्नै अड्डी कसेर हुन्छ त ? यो एमाले पार्टी होइन नि – अब के गरम त, मान्छे लाष्टै खतरनाक रैछ । कतिखेर के गर्ने हो थाहा नै नहुने । ओलीको मनको मनोवादले उनी झनै छटपटिए । यो गर्यो केही हुँदैन, त्यो गर्यो केही हुँदैन । काम पनि नगरेको छैन । “मैले भाषण मात्रै गरे, यसले गरेर देखायो ।” मनले भन्यो, “तर मेरो सहयोगी पनि भएनन् नि त्यसको जस्तो, मिडियाले पनि सहयोग गरेन” तत्कालै अर्को मनले प्रतिवाद गर्यो । मैले के सम्म गरिनँ प्रचण्डलाई बदनाम गर्न, भारतीयहरुले बनाएको दलाल सरकार भनेँ, चीनसँगका सम्झौता कार्यान्वयन हुँदैन भने । संविधान संशोधन गर्नै नदिने भनेर अड्डी कसे । कोही अरु भएको भए राजीनामा दिइसक्थ्यो । तर जब्बर रैछ प्रचण्डे । झुक्दै झुक्दैन । अघि बढ्या बढ्यै । मेरो भुकाई व्यर्थै गयो । ओली उठे, सिरानी नजिकै राखिएको अम्खोराबाट पानी घुट्क्याए । अलि छाती पोलेको राम्रो भयाे । कहिल्यै तात्दैन बा यो प्रचण्डे त । यता हामीसँग पनि कुरा गरेकै छ, उता गाउँ गाउँ पनि पुगेकै छ । बत्ती नजाने बनाइसक्यो, देशबाहिर त्यसकै चर्चा, गाउँघरमा त्यसकै चर्चा । विदेशका नेपाली केही भए प्रचण्डसँगै गुहार माग्ने, यता मधेसी मोर्चा उसकै कुरा सुन्ने, भारतले उसकै भनेको मान्ने, यो घोषण, त्यो घोषणा… चुनाव पनि गर्ने भयो, संशोधनका लागि पनि लागेकै छ । अब मेलम्चीको पानी आएपछि झन के हुने होला ? ओली खाटमा बस्न सकेनन् । झ्याल खोलेर बाहिर हेरे– बालकोटबाट देखिने भूगोलमा बत्ती टिमटिम गरिरहेका थिए । “लोडसेडिङ मुक्त….” उनको मन झन विचलित बन्यो । बत्ती बालेर टिभी खोले । “प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति शीसँग भेट हुने पक्का भएको छ….” समाचारको रिपमा शब्द घुमिरहेको पढे ओलीले । ओलीका अगाडि अँध्यारो छायो । अब चीन जाने भयो, त्यहाँ पनि हिरो बनेरै आउँछ यो । चीन किन जान लाग्यो हो यो ? ओलीको दिमागले निकै सोच्न खोज्यो, तर केही जवाफ आएन । रन्थनिएका ओलीले टिभी बन्द गरे, बत्ती बन्द गरे, सिरकले मुख ढाके । तर दिमागबाट प्रचण्ड जान सकेनन् । जुँगा हल्लाउँदै मन्द मन्द हाँसिरहेका प्रचण्ड । मानौं जिस्क्याइरहेका छन् ओलीलाई । ओलीको मनबाट फेरी निस्कियो– आखिर के गर्न खोजेको हो प्रचण्डले ?

अनेकोट घटना सम्झँदै भावुक भए बादल

काठमडौं, चैत ५ । नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य रामबहादुर थापा बादलले पार्टी सहिदले देखाएको बाटोमा हिँड्ने बताएका छन् । १८औं सांस्कृतिक प्रतिरोध दिवसका अवसरमा जनसांस्कृतिक महासंघले शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको सिर्जना र संवाद कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बादल अनेकोट घटना सम्झँदै निकै भावुक बनेका थिए । संवोधनका क्रममा बादलले सहिदलाई स्थापित गर्नका लागि केही गर्न नसकेको भन्दै उनले अब योजना बनाएर अघि बढ्नुपर्ने बताए । बादलले आज सहिदको सपना पूरा गर्ने संकल्पको दिन भएको भन्दै सहिदले देखाएको सपना र प्रतिरोधको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् । समाजमा विद्यमान जातीय, लैङ्गिक र क्षेत्रीय उत्पीडन आफूहरुलाई मान्य नहुने पनि बादलले बताए । काभ्रेको अनेकोटमा सहिद स्मारक बनाउने प्रक्रिया अघि बढाउन उनको प्रस्ताव छ । २०५५ साल चैत ५ गते काभ्रेको अनेकोटमा तत्कालीन राज्य पक्षले ७ जना कलाकारको हत्या गरेको थियो । सोही दिन मारिएका कलाकारहरुको सम्झनामा माओवादीले बर्सेनि सांस्कृतिक प्रतिरोध दिवस मनाउने गरेको छ। कार्यक्रममा १५ जना श्रष्टाले सहिदप्रति समर्पित कविता वाचन गरेका थिए।

कान्ति अस्पतालमा ७४ जनाका लागि जागिरको अवसर

काठमाडौं, फागुन १५ । कान्ति बाल अस्पतालले ठूलो संख्यामा मानव श्रोतको माग गरेको छ । अस्पतालले एक विज्ञापन प्रकाशित गर्दै ३० नर्स र २५ मेडिकल अधिकृत सहित ७६ जनाको आवेदन माग गरेको छ । करार सेवा पदपूर्ति गरिनेमा कन्सल्टेन्ट पेड्रियाट्रिसियन ४, पेड्रियाट्रिक सर्जन १, एनेस्थियोलोजिस्ट २, नर्सिङ अधिकृत ३, बायोमेडिकल इञ्निीयर १, बायोमेडिकल टेक्निसियन २, सह लेखापाल र रिसेप्सेनिष्ट ४ र ल्याब टेक्निसियन ४ जना आवश्यक परेका हुन् । इच्छुकले फागुन २९ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ ।

राजेश हमालसँगै छमछमी नाचे नुवाकोटवासी

माघ २१ । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बट्टारमा सञ्चालन भइरहेको चौथो नुवाकोट महोत्सवमा उपस्थित भएका महानायक राजेश हमाललाई देखेर नुवाकोटवासी मख्ख परेका छन् । महोत्सवमा आजको मुख्य आकर्षण बनेको महानायक हमाल, हाँस्यकलाकार मनोज गजुरेल र चर्चित लोक गायिका सुनिता दुलाललगायतको उपस्थितिलेउ दर्शकहरुलाई खुसी बनाएको थियो । महानायक हमालले स्टेजमा उभिएर यसअघि नुवाकोट आउँदाको संस्मरण गरेका थिए भने उनले आफूलाई चलचित्रको दुनियाँमा दर्शकले यति माया गरिरहेकोप्रति आभार प्रकट गरेका थिए । दर्शक भने उनलाई देखेर दंग थिए । झण्डै तीन घण्टा महोत्सव स्थलमा रहेका महानायक हमाललाई छुन तथा उनीसँग फोटो खिच्नका लागि महोत्सवमा मानिसहरु तछाड मछाड गर्दै थिए । हमाललाई फोटो खिच्नेहरुको भिडबाट निकाल्नका लागि आयोजक पक्षलाई हम्मेहम्मे परेको थियो । त्यस्तै गायिक सुनिता दुलालले गीत खाएर दर्शकलाई नचाएकी थिइन् । दुलालको गीतमा महानायक स्टेजमा नाच्न थालेपछि स्टेजमुनि दर्शकहरु नाचेर माहोल नै रंगीन बनाएका थिए । त्यस्तै चर्चित हाँस्य कलाकार मनोज गजुरेलले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । समसामयिक विषयमा व्यङ्ग्य गर्दै उनले राष्ट्रियताको पक्षमा आफ्नो प्रस्तुती राखे । विभिन्न कलाकार, नेता तथा सामाजिक व्यक्तिहरुको आबाजलाई क्यारिकेचर गरेका गजुरेलले झण्डै ४५ मिनेट प्रस्तुती दिएका थिए । प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतको क्यारिकेचर गरेका गजुरेलले विदेशी नेताहरुको पनि क्यारिकेचर गरे । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका पूर्व राष्ट्रपति बाराम ओमाबा, चीनका राष्ट्रपति सी जिङपिङ लगायतको स्वर नक्कल गरेका थिए । समसामयिक विषयका कटाक्ष गरेका गजुरेलले राष्ट्रप्रति गर्व गर्न र विदेशीको भीख नमाग्न जनताले नेतालाई खबरदारी गर्न पर्ने समेत बताए । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बट्टार बजारमा भइरहेको चौथो नुवाकोट महोत्सवको आठौं दिनमा अमृता लुङ्गेली मगर, भिमसेन खतिवडाको लोक गीत तथा दोहोरी गीत सरिता प्रजापतीको आधुनिक गीतले पनि दर्शक उचालिएका थिए ।

चिकित्सकले अब निजी क्लिनिकमा काम गर्न नपाउने

चितवन, पुस २२। अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुन थालेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले अब निजी अस्पतालमा काम गर्न नपाउने भएका छन् । अस्तव्यस्त अस्पताललाई सुधार्ने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयको यो व्यवस्था अघि सारेको हो । अस्पताल सञ्चालक समितिले छिट्टै निर्णय गरेर यो व्यवस्था लागू गर्ने सञ्चालक समितिका अध्यक्ष डा प्रकाश न्यौपानेले बताए । मन्त्रिपरिषद्ले हिजो मात्रै रिक्त छ जना सदस्य मनोनयन गरेपछि क्यान्सर अस्पतालको सञ्चालक समितिले पूर्णता पाएको छ । क्यान्सर अस्पतालका चिकित्सकले निजी अस्पतालमा काम गर्दा अस्पतालको सेवा खस्किएको आरोप लाग्ने गरेको छ । यसअघि अस्पतालको अनुमति लिएर काम गर्न पाउने व्यवस्था गरिएको थियो । मानवीय जनशक्तिको कारण सेवा प्रभावित भएको भन्दै अनुमति लिएकाको पनि तुरुन्त खारेज गर्न मन्त्रालयले निर्देशन दिएको छ । निजी क्लिनिकमा जान रोक लगाएसँगै अस्पतालको विस्तारित सेवा (इएचएस) लागू गर्ने तयारी भएको छ । क्यान्सर अस्पतालको २०५५ सालमा बनेको नियमावलीले निजी क्लिनिकमा काम गर्न बन्देज लगाएको भए पनि २०६१ सालमा सञ्चालक समितिले समितिको स्वीकृति लिएर निजी क्लिनिकमा काम गर्नसक्ने निर्णय गरेको थियो । मन्त्रालयको निर्देशनको पालना गर्दै निजी क्लिनिकमा काम गर्न दिएको अनुमति खारेज गरेर यो व्यवस्थाको अन्त्य गर्ने अध्यक्ष न्यौपानेले बताए । कार्यालय समयभन्दा बाहेक स्वीकृति लिएर अन्य अस्पतालमा सेवा दिन जाने चिकित्सकले अस्पतालले दिने गरेको प्रोत्साहन भत्ता आधा मात्रै कटौती हुन्छ । एकजना वरिष्ठ चिकित्सकले १९÷२० हजार रूपैयाँसम्म प्रोत्साहन भत्ता पाउँछन् । बाहिर गएर काम गर्दा त्योभन्दा कयौँ गुणा बढी कमाइ हुने भएपछि आधा प्रोत्साहन भत्ता छोडेर निजी क्लिनिकमा काम गर्न थालेका हुन । अस्पतालको नाम देखाएर बिरामी निजी क्लिनिकमा तान्ने गरेको आरोपसमेत क्यान्सर अस्पतालका चिकित्सकमाथि लाग्ने गरेको छ ।

आयल निगमको बेथिती रोक्न “कुलमान”को खाँचो

सागर न्यौपाने/ काठमाडाै, पुस १४ ।  गत वर्ष आजैको दिन, चर्काे लोडसेडिङका कारण भएको व्याकअप पनि सकिएर समाचार पोष्ट गर्न अनामनगरका तीनवटा साइबर कुदेको थिएँ । अफिसको एउटा ब्याट्री कतिखेर सकिने हो भन्ने चिन्ता हुन्थ्यो । आज बिहान बिजुली आउने जाने हुँदा गत वर्षको पीडा सम्झिएँ । अनि सोचें– एक्छिन बिजुली जाँदा पनि अहिले समस्या हुन्छ, विगतका वर्ष १८, १९ घण्टा कसरी झेलियो होला ? सुखद कुरा, यो वर्ष त्यो सास्ती झेल्नुपरेन । मेरो अफिसमा राखिएका व्याकअप व्याट्री प्रयोग गर्न परेको छैन् । मैले यो सुखद अनुभूति गर्नसक्ने अवस्थाका लागि नयाँ विद्युत कम्पनीले गत वर्ष भन्दा बढी विद्युत उत्पादन गरेको भने होइन । सरकारले भारतबाट आयात गरेको भन्दा बढी विजुली खरिद गरेको जस्तो पनि लाग्दैन । र, पनि काठमाडौं लोडसेडिङ मुक्त भएको छ । उही बिजुली, उही तार, उही संरचना, झन माग बढी नै भयो होला जनसंख्या बढेर । तर पनि लोडसेडिङ भएन । व्यवस्थापन गरे हामीले सहजै आफ्ना संकट पार गर्न सक्ने रहेछौं भन्ने कुराको यो प्रमाण हो । बिजुलीको प्रसंगले दिमागमा एउटा प्रश्न खेलिरहेछ– साँच्चि, आयल निगममा पनि यस्तै कुशल व्यवस्थापन गरिएको भए नि ? विगतको नाकाबन्दी र अहिलेको चर्को मूल्यको सास्ती भोग्नुपथ्र्यो र हामीले ? पाँच महिना अघि प्रचण्ड नेतृत्वको सरकारमा उर्जामन्त्री बनेका जनार्दन शर्माले एक महिनापछि भदौ २९ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरे । शुरुमा विद्युत महसुल नबुझाउनेहरुको लाइन काटियो र तिहारदेखि काठमाडौंमा लोडसेडिङको अन्त्य भयो । एउटा अन्तर्वार्ताको क्रममा मन्त्री शर्माले भनेका थिए– “यो सबै इमान्दारिताको नतिजा हो । चुहावट नियन्त्रण, फजुल विद्युत बचत र कुशल व्यवस्थापनको इमान्दारिता । इच्छाशक्ति र योजना लिएर इमान्दार भएर काम गर्यो भने सबै सम्भव छ ।” त्यसो भए सेवा प्रदान गर्ने सवालमा विद्युत प्राधिकरणको जस्तै चरित्र बोकेको आयल निगममा यही इमान्दारिता नभएको हो त ? आयल निगमभित्रको अराजकता निगमले भर्खरै इन्धनको मूल्य बढायो–साढे चार रुपैयाँको दरले । आयल निगमले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर भारतीय आयल निगमले मूल्य बढाएपछि हामीले पनि बढायौं भन्ने काँचो तर्क दियो । तर, प्रश्न उठ्छ– त्यसो हो भने विगतमा अन्तराष्ट्रिय बजारमा आयल निगमको मूल्य पचास प्रतिशतले गिरावट आउँदा नेपालमा किन सोही अनुसार मूल्य समायोजन गरिएन त ? जम्मा दुई प्रतिशतले कच्चा तेलको मूल्य बढ्दा कसरी साढे चार रुपैयाँ बढाउन मिल्छ ? यसको जवाफ दिने इमान्दारिता आयल निगम नेतृत्वले कहिल्यै देखाएन । यही प्रश्नबाट हिजो प्राधिकरणको नेतृत्व उम्किन खोज्थ्यो । बरु आयल निगमको यो छलढाँटले निगमभित्र रहेको चुहावट, तस्करी र अव्यवस्थामाथि नै प्रश्न उठाउँछ । विजुलीका लागि भारतकै भर पर्नुपरेजस्तै नेपालले धेरै कारणले भारतसँग  तेलका लागि निर्भर हुनुपरेको छ ।  तर, त्यही भारतबाट ल्याउने विजुली उही मात्रामा ल्याएपनि र स्वदेशको उत्पादन समेत यथास्थितिमा रहेको अवस्थामा लोडसेडिङ अन्त्य हुनसक्छ भने आयल निगमले चुहावट, तस्करीको कुशल व्यवस्थापन गर्ने हो भने तेल उपभोक्ताहरुलाई न्याय दिन सक्दैन त ? आयल निगमकै कर्मचारी अहिले बेचेको भाउमा अझै सस्तो बेच्न सकिने र नाफामा जान सकिने बताइरहेको बेला किन आयल निगम यसो गर्न चाहन्न ? आयल निगममा व्यापक मात्रामा चुहावट रहेको छ, इन्धनको कालो बजारीमा निगमकै कर्मचारीको हात रहेको सूचनाहरु बाहिर आइसकेका छन् । के त्यसको नियन्त्रण गर्नका लागि कुलमान बन्ने हिम्मत आयल निगमका वर्तमान कार्यकारी प्रमुखले राख्छन ? कुलमान प्राधिकरणका ११ तहका कर्मचारी हुन् । उनलाई चिलिमे हाइड्रोको प्रबन्ध निर्देशक रहेको बेलामा एमालेकी उर्जामन्त्री राधा ज्ञवालीले हटाइन । उनै कुलमानले प्राधिकरणको प्रमुख भएपछि देशभर लोडसेडिङ हटाउन खेलेको भूमिका आयल निगमका प्रमुखले कहिले सिक्ने ? नाफामा आयल निगम, घाटामा उपभोक्ता अहिले आयल निगम नाफामा छ । महिनामा ३२ करोडभन्दा बढी नाफा कमाउने आयल निगमले बोनस बाँड्ने तयारी समेत थियो । सरकारले लगानी गरेको ३७ अर्व रुपैयाँ ऋण तिरिसकेर नाफामा गएको आयल निगमले किन पुस ३ गते भारी मात्रामा इन्धन मूल्य भारी मात्रामा बढायो ? त्यसो त आयल निगमले मूल्य बढाएकोमा संसदीय समितिले आपत्ति जनाउँदै तत्काल घटाउन निर्देशन दिएपनि निगमले टेरेको छैन । निगमले बढाएको मूल्यबृद्धि आयल निगमकै कार्यविधि विपरीत रहेको पाइएको छ । निगमले तयार पारेको ‘स्वचालित मूल्य प्रणालीसम्बन्धी कायविधि २०७१’मा प्रतिलिटर २ प्रतिशतभन्दा मूल्य घटबढ गर्न पाइँदैन । यसआधारणमा पेट्रोलमा १ रुपैयाँ ९४ पैसा र डिजेल र मटितेलमा प्रतिलिटर १ रुपैयाँ ४६ पैसाभन्दा बढी बढाउन पाइँदैन । तर, निगमले पेट्रोल र डिजेल, मट्टितेलमा प्रतिलिटर साढे ४ रुपैयाँ बढाएको छ । आयल निगम यतिबेला नाफामा छ, त्यस आधारमा पनि इन्धनमा मूल्य बढाउन भन्दा निगमभित्र रहेको अस्तव्यस्तता नियन्त्रण गर्न के कुलमान नै चाहिने हो ? नत्र अन्तराष्ट्रिय बजारमा कच्चा तेलको (प्रशोधन गरेको होइन, नेपालले इण्डियन आयल कर्पाेरेशनसँग प्रशोधित तेल खरिद गर्ने हो कच्चाा तेल होइन) जम्मा दुई प्रतिशत बढ्दा यहाँ नियमवाली मिचेर साढे चार रुपैयाँ किन बढाइयो ? २०७१ असोज १३ देखि पेट्रोल, डिजेल मटितेल र हवाई इन्धनमा स्वचालित मूल्य लागू भएपछि निगम नाफामा छ । यही नाफामा गएको निगमले ह्वात्तै भाउ बढाएपछि निगममा कुलमानको खोजिरहेका छन् आम सर्वसाधारण । पारदर्शिता र इमान्दारिताको खाँचो आयल निगमका डिपो प्रमुखहरुले भारतमा लगेर तेल बेच्ने गरेको सूचना सार्वजनिक हुने गरेको छ । भारतीय पम्पमा तेल बेच्नुलाई स्टक ट्रान्सफर भनिन्छ, डिपो प्रमुखले ट्याङ्क घुमाइदिँदा ६ देखि ७ रुपैयाँ नाफा हुने भएकाले निगमकै कर्मचारीको मिलेमातोमा सेटिङ मिलाएर तेल भारतकै पम्पमा बेच्ने गरिएको निगम स्रोतले जानकारी दियो । यो सेटिङमा आयल निगमका उच्च कर्मचारीहरुको मिलेमतो हुने कुरा लुकेको होइन । विगतको नाकाबन्दीको बेला त यो खुलेआमरुपमा नै देखियो । आयल निगम बोर्डले कार्यकारी प्रमुखलाई हटाउन आपूर्ति मन्त्रालयमा सिफारिस गर्दा समेत उनीमाथि कार्वाही भएन । मन्त्रीदेखि राजनीतिक दलका नेताहरु उनको प्रभावमा परे । हिजो लोकमानविरुद्ध दलहरु डराएजस्तै कतै कार्यकारी प्रमुखको आर्थिक प्रभावले आयल निगमको बेथिती अन्त्य गर्न नखोजिएको त होइन ? प्रश्न उठाउने ठाउँ प्रशस्तै छन् । कुलमानको खाँचो सरकारले जनताप्रति उत्तरदायी हुने हो भने प्राधिकरणको अनुभवबाट सिकेर आयल निगमको संरचना र त्यसभित्रको सुशासनको विषयमा गम्भीरतापूर्वक सोच्नु जरुरी छ । खड्काहरु लामो समयदेखि निगमको नेतृत्वमा छन् । तर नेपाली जनताले विगत नाकाबन्दीमा र अहिले न्याय पाएका छैनन् । अहिले पनि यो वा त्यो बहाना दिएर तेलको चुहावट, तस्करी र आर्थिक चलखेल तीब्र छ । यसलाई रोक्नका लागि आयल निगममा पनि अर्को कुलमानको आवश्यकता छ ।

“छलफलबाट भाग्ने, सडकमा चाहि रास्ट्रियत्ताको कुरा गर्ने?”- परराष्ट्रमन्त्री महत

काठमाडौँ, २० मङ्सिर । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले विपक्षी दलले कूटनीतिकस्तरमा टेबलमा कुरा नगरी सडकमा राष्ट्रियताको कुरा चर्काएर राजनीतिक मुद्दालाई अतिरञ्जीत गरेको आरोप लगाउनुभएको छ । रिपोटर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कर कार्यक्रममा उहाँले भन्नुभयो – सरकार र सत्तापक्षले अघि सारेका संविधान संशोधनको प्रस्तावलाई विपक्षी दलले अतिरञ्जीत रुपमा चर्काएको छ । मन्त्री डा. महतले “पहिले यही सीमाङ्कनको प्रस्तावमा नेकपा (एमाले)ले हस्ताक्षर गर्ने अनि अहिले बेठिक भन्ने ?” भन्दै संविधान संशोधनको प्रस्तावलाई मधेस केन्द्रित र प्रमुख प्रतिपक्षी दल सबैले आत्मसात् गरेर निर्वाचनको बाटोमा अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । संविधान कार्यान्वयन गर्न र यसलाई सबैका लागि ग्रहण योग्य बनाउन संशोधनको प्रस्ताव ल्याएको बताउँदै उहाँले कतिपय असन्तुष्टिका बाबजुद निकासका लागि जोखिम मोलेर भए पनि सरकारले संविधान संशोधनको यो प्रस्ताव ल्याएको छ भन्नुभयो । मन्त्री डा. महतले सङ्घीयताका सन्दर्भमा विविध मत आएको बताउँदै “ती सबै मतलाई समेट्न चुनौती छ, कतिपय आफ्नै असन्तुष्टिलाई समेत थाती राखेर प्रस्ताव ल्याएका हौँ भन्नुभयो ।” केही दल तत्कालीक लाभका लागि अतिरञ्जीत गरेर संशोधनका विरुद्धमा लागेकोमा दुःख व्यक्त गर्दै उहाँले भन्नुभयो, “आन्दोलनरत मधेस केन्द्रित दललाई सहमतिमा ल्याई निर्वाचन गर्न संशोधनको यो प्रस्ताव ल्याइएको हो ।” फरक प्रसङ्गमा मन्त्री डा. महतले बदलिँदो नयाँ परिवेशमा परराष्ट्र नीति परिमार्जन गर्न विज्ञ सम्मिलित टोली बनाई पुनःविचार गर्न तयारीमा आफू रहेको जानकारी गराउनुभयो । रासस

विश्व म्याराथनका कीर्तिमानी खेलाडी किप्टमको सडक दुर्घटनामा मृत्यु

न्युयोर्क । विश्व म्याराथन रेकर्ड होल्डर केल्भिन किप्टमको सडक दुर्घटनामा मृत्यु भएको छ । २४ वर्षीय केल्भिन किप्टम र उनका प्रशिक्षक गेर्भाइस हकिजिमानाको कार दुर्घटनामा मृत्यु भएको हो । कार दुर्घटनामा केल्भिन किप्टम र प्रशिक्षक गेर्भाइस हाकिजिमानाको मृत्युको खबरले खेलकुद जगतमा शोकको लहर ल्याएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । किष्टमले गत वर्ष लण्डनमा भएको विश्व म्याराथन २ घण्टा २५ मिनेटमा पूरा गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका थिए । किप्टम र उनका प्रशिक्षक गेर्भाइस टोयोटा कारमा कतै जाँदै थिए। त्यतिबेला केल्भिनले किप्टमको कार चलाइरहेका थिए। जहाँ अचानक उनले कारको नियन्त्रण गुमाए र कार सिधै सडकबाट झरेर रुखमा ठोक्किन पुगेको थियो । किप्टम र गेर्भाइस बाहेक त्यस समयमा कारमा सवार महिला यात्रु शेरोन कोसगेई भने गम्भीर घाइते भएकी छिन् । उनको उपचार भइरहेको छ । शिकागोमा भएको विश्व म्याराथनमा केल्भिन किप्टमले नयाँ विश्व किर्तिमान बनाएका थिए । उनले २ घण्टा २५ म्याराथन पूरा गरेर सो विश्व कीर्तिमान बनाएका हुन् ।

प्रधानमन्त्री कप : क्रिकेट आज तीन खेल हुने

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् । कोसी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ । अर्को खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा वाग्मती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ः१५ बजे सुरु हुनेछ । तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९ बजे सुरु हुनेछ । हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपीएफ क्लब अंक तालिकाको शीर्ष स्थानमा छ । एपीएफले आफ्ना दुवै खेल जितेर चार अंक जोडेको छ । त्रिभुवन आर्मी क्लब अंक तालिकाको दोस्रो स्थानमा, सुदूरपश्चिम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौं, मधेस प्रदेस छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा छन् । दुईदुईवटा खेल खेलेका गण्डकी, वाग्मती र कोसी प्रदेश हालसम्म जितविहीन छन् । रासस

पाँचौँ कार्यकालका लागि हसिनाको जित, चुनाव बहिष्कार गर्ने नेता जेलमा

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पाँचौँ कार्यकालका निम्ति चुनाव जित हासिल गरेकी छिन् । बंगलादेशमा आइतबार आमनिर्वाचन भएको थियो । सोमबार बिहान निर्वाचन आयोगले हसिनाको सत्तारूढ दल अवामी लिग पार्टी विजयी भएको जनाएको छ । हसिना सन् १९९६ मा पहिलोपटक प्रधानमन्त्री बनेकी थिइन् । उनी २००९ मा दोस्रोपटक प्रधानमन्त्री बनिन् । त्यसयता उनी निरन्तर सत्तामा छिन् । बंगलादेशमा करिब १२ करोड मतदाता छन् । आमनिर्वाचनमा लगभग ४० प्रतिशतले मात्र मतदान गरेको बताइएको छ । विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)ले सो चुनाव बहिष्कार गरेको थियो । हसिनाले विपक्षी पार्टीलाई ‘आतंकवादी संगठन’ भनेकी छन् । बीएनपीका सहसचिव रुहुल कबीर रिजवीले अवामी लिग प्रतिपक्षविहीन भएर एकतर्फी चुनावमा गएको बताएका छन् । बंगलादेशको चुनाव बहिष्कार गर्ने विपक्षी पार्टीका कैयौँ नेताहरू जेलमा छन् । हसिनाको सरकारले मानवअधिकार हनन र विपक्षी दलमाथि आक्रमण गरेको आरोप छ । प्रतिद्वन्द्वीबिना नै चुनाव गरेको हसिनाको सत्तारूढ पार्टीले एकदलीय व्यवस्था भन्नबाट जोगिन केही निर्वाचन क्षेत्रमा उमेदवार नउठाएको बताइएको छ । ७६ वर्षीया हसिनाले भने यो निर्वाचनलाई ‘लोकतान्त्रिक प्रक्रिया’ भनेकी छन् । कुल ३०० मध्ये उनको पार्टीले २२० सिट जितेको छ । अरू दलसँगको साझेदारीमा उनको सरकार अझै बलियो बन्ने आकलन गरिएको छ ।दी गार्जियनबाट ।

सामाजिक सञ्जाल चलाउन दर्ता गर्नुपर्ने प्रस्ताव

काठमाडौं । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ । दर्ताबाहेकका अन्य कसुरमा पाँच लाख रुपियाँसम्म जरिबाना र सामाजिक सञ्जाल व्यवस्थापन परिषद्, केन्द्रलगायतका प्रशासनिक निकाय पनि विधेयकले प्रस्ताव गरेको छ । मतियारलाई कसुरदारको आधा सजाय हुने व्यवस्था प्रस्तावित छ । यस्तै वैयक्तिक गोपनीयताको हकमा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने र एक पटकभन्दा बढी कसुर गरेमा जरिबाना दोब्बर हुने पनि विधेयकमा प्रस्तावित छ । कसुरका मुद्दाको सुरु क्षेत्राधिकार जिल्ला अदालत र उच्च अदालतमा सूचना प्रविधि इजलासले पुनरावेदन सुन्ने पनि विधेयकमा प्रस्तावित छ । सामाजिक सञ्जालको दुरुपयोगबाट पीडित व्यक्तिको गुनासो सुनुवाइका लागि पाँच सरकारी निकायलाई तोकिएको छ । सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल प्रहरीलाई गुनासो व्यवस्थापन गर्ने निकाय तोक्ने प्रस्ताव गरिएको छ । सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहनेले सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रमा दर्ता गर्नुपर्ने व्यवस्था प्रस्तावित छ । व्यक्ति, कम्पनी र संस्थाले प्लेटफर्म दर्ता गर्न सक्ने छन् । प्लेटफर्मको प्रकृति अनुसार विभिन्न १६ प्रकारका कागजात अनिवार्य गर्ने प्रस्ताव विधेयकमा छ । दर्ता नवीकरण र खारेजीको व्यवस्था पनि विधेयकमा प्रस्तावित छ । खारेजीपछि पुनः दर्ता र सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभर सञ्चालन रोक लगाउन सक्ने अधिकार पनि सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रलाई दिने प्रस्ताव गरिएको छ । सामाजिक सञ्जाल सञ्चालकले प्लेटफर्ममा प्रकाशन प्रसारण भइसकेका सामग्री हटाउनुपर्ने प्रावधान पनि विधेयकमा समेटिएको छ । सामाजिक सञ्जाल व्यवस्थापनको केन्द्र र सम्बद्ध निकायले हटाउन निर्देशन दिएका सामग्री हटाउनुपर्ने छ । यस्ता सामग्री नहटाए मन्त्रालयले पटकैपिच्छे १० लाख रुपियाँका दरले जरिबाना गर्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा उल्लेख छ । प्रस्तावित विधेयकले सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि पालना गर्नुपर्ने सर्त पनि उल्लेख गरेको छ । मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताविपरीतका कार्य सामाजिक सञ्जालमा प्रकाशन प्रसारण गर्न नहुने सर्त तोकिएको छ । यस्तै घृणाजन्य अभिव्यक्ति दिन नहुने, गाली बेइज्जती र हेट स्पिच हुने कार्य गर्न नहुने पनि सर्त राखिएको छ । मिथ्या सूचना, दुष्प्रचार प्रकाशन प्रसारणमा रोक लगाइएको छ । कानुनले निषेध गरेका विज्ञापन र कारोबार गर्न नहुने पनि सर्त तोकिएको छ । साइबर बुलिङ र अनलाइन बुलिङ गर्न नहुने, फेक आइडी, पेज तथा ग्रुप निर्माण गर्न नहुने, सामाजिक सद्भाव र सहिष्णुताविपरीत कार्य गर्न नहुने पनि प्रस्तावित विधेयकमा उल्लेख छ । बालश्रम, बहुविवाह तथा जातीय छुवाछुत प्रोत्साहन गर्न नहुने, महिलालाई हानि पुर्‍याउने गरी सामग्री प्रकाशन प्रसारण गर्न नपाइने, बालबालिकालाई हानि पुर्‍याउने सामग्री प्रकाशन प्रसारण गर्न नपाइने, फिसिङ गर्न नमिल्नेलगायतका विषय पनि प्रस्तावित विधेयकमा समेटिएका छन् । निर्वाचनलाई प्रभावित पार्न, बीभत्स तस्बिर प्रयोग गर्न, विपत्मा अफवाह फैलाउन, मानहानि गर्न, तस्बिरको स्वरूप बिगारी प्रकाशन गर्न वैयक्तिक गोपनीयता भङ्ग गर्न नमिल्ने व्यवस्था पनि प्रस्तावित विधेयकमा उल्लेख छ । सामाजिक सञ्जाल प्रयोग र नीतिगत व्यवस्थाका लागि सामाजिक सञ्जाल व्यवस्थापन परिषद् गठन हुने विधेयकले प्रस्ताव गरेको छ । परिषद्को अध्यक्ष सञ्चार तथा सूचना प्रविधिमन्त्री हुने र समितिमा मन्त्रालयका सचिव, सूचना प्रविधि विभागका महानिर्देशकलगायत सदस्य हुने व्यवस्था प्रस्तावित छ । परिषद्लाई सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त निर्धारण, प्रयोगको नीतिगत व्यवस्था गर्ने अधिकार प्रस्तावित छ । गोरखापत्रबाट