स्रोत नखुलेको सात लाग रुपैयाँसहित दुई जना भारतीय पक्राउ
काठमाडौंः हुण्डी कारोबार गर्ने २ जना भारतीय पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार २ जनालाई स्रोत नखुलेको ७ लाख रुपैयाँसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डिएसपी) ओमप्रकाश खनालले जानकारी दिए।
पक्राउ पर्नेमा भारतको बिहारका ४० वर्षीय संजयकुमार गुप्ता र ३७ वर्षीय विनोदकुमार छन्।
उनीहरूलाई प्रहरीले भारतको रक्सौलबाट भारतीय नम्बरको मोटरसाइकलमा वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकमा रोकेको थियो।
रोकेर प्रहरीले चेक गर्दा उनीहरूबाट प्रहरीले ७ लाख स्रोत नखुलेको रकम बरामद गरेको छ। उनीहरूमाथि प्रहरीले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ विपरीतको कसूरमा अनुसन्धान अघि बढाएको छ।
उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न अनुमति लिएको छ।
यी सामान्य ५ प्रश्न: जसकाे उत्तर नजानेर आलोचित भइन् पुजा शर्मा (भिडियोसहित)
काठमाडौंः नायिका पुजा शर्मा आलोचनाको शिकार भएकी छन् । प्राइम टाइम टेलिभिजनमा प्रकाश सुवेदीको ‘रजतपट अंकल’ मा कुराकानी गर्ने क्रममा सामान्य प्रश्नहरूको समेत उत्तर दिन नसक्दा उनी अहिले आलोचनाको शिकार भइरहेकी हुन् । सामाजिक सञ्जालमा आलोचना मात्रै हैन, उनी ट्रोलको समेत शिकार भइरहेकी छन् । पुजालाई मुलुकको परिस्थिति, भौगोलिक अवस्थासमेत थाहा नहुनुलाई धेरैले अचम्मै मानेका छन् । आफुलाई प्रतिभावान नायिकाको रूपमा चिनाउने शर्मालाई नेपालको भौगोलिक अवस्था तथा राजनीतिका सामान्य ज्ञान समेत थाहा नभएको भन्दै धेरैले उनलाई आलोचनात्मक गाली पनि दिएका छन् । उक्त अन्तर्वार्ताको भिडियो निकै भाइरस भइरहेको छ, धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले सेयर गरिरहेका छन् । कार्यक्रममा पुजलाई अहिलेको अर्थमन्त्री को हुनुहुन्छ ? सञ्चारमन्त्री को हुनुहुन्छ ? ३ जना बहालवाला मन्त्रीहरुको भन्न आग्रह गरिइको थियो ? तर पुजाले कुनै पनि प्रश्नको उत्तर दिन सकिनन् । उनले आफूलाई राजनीतिकप्रति चासो नरहेको र केही जानकारी नभएको बताइन् । अचम्मको कुरा त के छ भने पुजालाई नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने पनि थाहा रहेनछ । पुजाले ७२ प्रदेश र १४ जिल्ला रहेको जवाफ दिएकी थिइन् । केही समयअघि लिइएको अन्तर्वार्ताको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियोः प्राइम टेलिभिजन
सेती प्रादेशिक अस्पतालमा सेवा थप्ने तयारी
कैलालीः सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालले कोभिड–१९ का गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि भेन्टिलेटर र पाँच श्ययाको सघन उपचार कक्ष सेवा थप्ने तयारी शुरु गरेको छ । प्रदेश सरकारले कोरोना विशेष अस्पताल तोकेपछि उपलब्ध गराएको बजेटबाट अस्पतालले दुई भेन्टिलेटरसहित पाँच श्याको सघन उपचार कक्षका उपकरण खरिद गरी चाँडै सञ्चालनमा ल्याउने तयारी शुरु गरिएको जनाएको छ । सङ्क्रमण फैलिएको अवस्थामा कोरोना भाइरसका गम्भीर बिरामीको उपचारका लागि पूर्व तयारी स्वरुप भेन्टिलेटर र सघन उपचार कक्ष दुई÷तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद जोशीले जानकारी दिए । उनले थपिन लागेका सेवा सञ्चालनका लागि आवश्यकपर्ने भौतिक संचरना तयार भइरहेका बताउँदै भेन्टिलेटर र पाँच श्ययाको सघन उपचार कक्ष सञ्चालनमा आए उपचारमा टेवा पुग्ने जनाए । सो अस्पतालमा अहिले एक भेन्टिलेटरसहित पाँच श्ययाको सघन उपचार कक्ष सेवा सञ्चालनमा रहँदै आएको छ । सुदूरपश्चिममा सरकारी र निजी अस्पताल गरी २५ बेड सघन उपचार कक्ष र १० भेन्टिलेटर रहेका प्रदेश स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत भूषण मिश्रले बताए । महाकाली अस्पतालमा चार बेड तथा धनगढीको निजी अस्पताल नवजीवन र मायामेट्रोमा पाँच–पाँच तथा निसर्गमा छ बेडका सघन उपचार कक्ष सञ्चालनमा छन् । सेती र महाकाली अस्पताल तथा दार्चुला र डडेल्धुरा जिल्ला अस्पतालमा एक–एक भेन्टिलेटरका मेडिकल अधिकृत मिश्रले जानकारी दिए । बाँकी छ भेन्टिलेटर निजी अस्पतालमा रहेका मिश्रको भनाइ छ । रासस
फागुन ३० मा ‘नीरफूल’ प्रदर्शनमा आउने पक्का
काठमाडौंः नेपाली चलचित्र ‘नीरफूल’को नयाँ रिलिज मिति तय गरिएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाईको कारण फागुनमा ३० मा सरेको हो । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् । गणेश हिमाल क्षेत्रमा पर्ने रुबी भ्याली र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी लगायतले अभिनय गरेका छन् । फिल्ममा अभिनेत्री रेखा विशेष भूमिकामा छिन् भने रंगकर्मी शान्ति वाइबाको यो डेब्यू फिल्म हो । दयाहाङको जोडीको रुपमा देखिन लागेकी वाइबा सेलो थिएटरकी संस्थापक हुन् । मेलिना राईको ‘तिमीले बाटो फेर्यौ अरे..’ गीतको किड भर्सन कभर सङ गाएर युट्युबमा चर्चा कमाएकी बाल गायिका जिग्मे छ्योइकी घिसिङ दयाहाङको छोरीको रुपमा फिल्म छिन् । फिल्मको पटकथा निर्देशक वल स्वयं र सचिन घिमिरेले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् । निर्देशक वलले धादिङ रुबी भ्यालीको एउटा परिवारमार्फत भुकम्पको बेलाको मानवीय संघर्ष र आम मनोविज्ञान पस्किन खोजेको बताए । अहिलेसम्म बाहिर आउन नसकेको रुबी भ्याली क्षेत्रको भूगोल र संस्कृति फिल्ममा बोनसको रुपमा हुने उनको दावी छ । फिल्मको निर्माणमा ‘सहकार्यको मोडल’ अपनाइएको उनले जनाए । फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरिरहेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।
काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाइने
काठमाडौंः नेपाल–चीनबीच अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी पाँचौं चरणको वार्ता काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनमा केन्द्रित हुने भएको छ। अन्तरदेशीय रेलसेवा निर्माणसम्बन्धी छलफल गर्न चीनको नेसनल रेल्वे अथोरिटीका डेपुटी एडमिनिस्ट्रेटिभको नेतृत्वको टोली सोमबार काठमाडौं आउँदै छ। टोलीसँग काठमाडौं केरुङ मार्गको सम्भाव्यताबारे तथ्यसहित छलफल हुने जानकारी दिइएको छ। नेपाली पक्षको नेतृत्व भौतिक मन्त्रालयका सचिवले गर्नेछन्। चिनियाँ टोलीसँग नेपाली पक्ष काठमाडौं–केरुङ रेलमार्ग सम्भाव्यता अध्ययन कार्यान्वयनमा लग्ने विषयमा केन्द्रित हुने भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयको गुणस्तर तथा वैदेशिक सहयोग महाशाखा हेर्ने सहसचिव गोपालप्रसाद सिग्देलले अन्नपूर्णलाई बताए। ‘काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता गर्न चीन सहमत छ। असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो। अन्तरदेशीय रेल्वे सेवा विस्तार सम्बन्धमा प्रत्येक वर्ष दुई पटक नेपाल–चीनबीच रेल सेवा विस्तारसम्बन्धी द्विपक्षीय वार्ता हुँदै आए पनि यसले कुनै कामको मोडल तय गर्न सकेको छैन। असारमा चौथो चरणको वार्ता चीनमा आयोजना गरिएको थियो। यो पटकको वार्ता काठमाडौंमा हुँदैछ। नेपाल र चीनबीच ०७२ सालमा व्यापार र पारवहनसम्बन्धी महत्त्वपूर्ण समझदारी भएपछि यसको कार्य पनि अघि बढेको हो। चौथो वार्तामा चीनका तर्फबाट निर्माण गरिएको पूर्व–सम्भाव्यता अध्ययन प्रतिवेदनको ब्रिफिङ नेपाली पक्षलाई गराएको थियो। वार्तामा चिनियाँ टोलीले सम्भाव्यता अध्ययनका लागि रेलमार्ग निर्माण हुने क्षेत्रको नक्सा, जनसंख्या, घरटहरा, निकुञ्ज र जंगलको विवरण माग गरेको थियो। अबको वार्तामा पनि चिनियाँ पक्षले यही विषयमा नेपालीबाट सहजीकरणको माग राख्ने सम्भावना छ। यसका लागि मन्त्रालयले एक सहसचिवको नेतृत्वमा कमिटी गठन गर्नेछ। कमिटीले काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ पक्षले माग गरेको विवरण संकलन गर्ने मन्त्रालयका एक अधिकारी बताउँछन्। सम्भाव्यता अध्ययनसँगै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि चीनकै आर्थिक तथा प्राविधि सहयोगमा निर्माण गर्न आग्रह गरिने सिग्देलले बताए। रेलमार्ग निर्माण गर्न करिब तीन खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। सम्भाव्यता अध्ययन चीनबाट हुने भए पनि डीपीआर निर्माणका लागि सहमति हुन बाँकी छ। डीपीआरसम्म चीनले नै निर्माण गरिदिने प्रति नेपाली पक्ष आश्वस्त देखिएका छन्। डीपीआर तयार भइसकेपछि मात्र रेलमार्ग निर्माणको लगानीको मोडालिटीको बहस छेडिनेछ। ‘डीपीआरपछि मात्र रेलमार्गको अवधारणले मूर्त रुप लिन्छ। अहिले यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन मात्र भएको छ। यो अध्ययनले देखाएको लागत पूर्ण हैन’, उनले भने, ‘डीपीआरले लागत थपघट गराउन सक्छ।’ परियोजनामा लगानीका लागि अनुदान वा ऋण के र कति हुने विषयमा उच्चस्तरीय छलफल अघि बढेको छैन। यो समाचार अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।
दूरसञ्चारले अब सिमकार्डमा पनि ‘केवाईसी’ लागू गर्ने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैंकमा जस्तै ‘नो योर कस्टोमर’(केवाईसी) सम्बन्धी व्यवस्था लागू गर्ने भएको छ । सीम कार्ड लिने ग्राहकको पूर्ण विबरण लिई वितरणलाई व्यवस्थित गर्ने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याइएको हो । केआइसी कार्यविधिको मस्यौदा निर्माण भइरहेको छ । आउँदो आर्थिक वर्षको सुरुदेखि नै यो कार्यविधि कार्यान्वयनमा ल्याउने गरी काम भएको प्राधिकरणले जनाएको छ । यो समाचार कारोबार दैनिकमा छ ।
अब हजारको नोटमा नेपाली जुम्ल्याहा हात्ती
काठमाडौंः अहिले एउटा मात्रै हात्तीको तस्वीर अंकित एक हजारको नोट प्रचलनमा छ। तर, अब भने अब एक हजारको नोटमा एक जोर हात्ती हुने भएका छन्। राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीका अनुसार चितवनका जुम्ल्याहा हात्ती राम लक्ष्मणको तस्वीर अंकित नोटको डिजाइन तयार भइसकेको छ । सो डिजाइन अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ। नोट छपाइका लागि गरिएको ग्लोबल टेन्डर आह्वानबाट चिनियाँ कम्पनीले जिम्मा पाइसकेको सिवाकोटीले बताए। ‘टेन्डरको जिम्मा चिनियाँ कम्पनीले पाइसकेको छ, अब ३र४ दिनमै सो कम्पनीसँग नोट छपाइको सम्झौता हुनेछ,’ उनले भने। नोट छपाइको सम्झौता भएको करिब १ वर्षमा नयाँ नोट प्रचलनमा आउने गरेको उनले बताए। ‘अर्को दसैंमा जुम्ल्याहा हात्ती भएको नोट प्रचलनमा आउन सक्नेछ’ उनले भने। हाल रहेको हात्ती विदेशी भएको भन्दै कतिपयले आलोचना गरेपछि राष्ट्र बैंकले स्वदेशकै हात्ती अंकित हुनेगरी नयाँ नोट छपाइ गर्ने भएको हो। चितवन राष्ट्रिय निकुन्जमा भएका राम–लक्ष्मण ८ वर्षका भए। हाल छपाईको जिम्मा दिन थालिएको हजारको नोट छाप्दा प्रतिनोट ३ रुपैयाँ ३७ पैसा खर्च लाग्ने भएको प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए। उनका अनुसार ३१ करोड थान नोट छपाईका लागि चिनियाँ कम्पनीले जिम्मा पाएको हो। आगामी दसैँअघि नै नोट चलनचल्तीमा आउने उनले बताए।
६२ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)
काठमाडौंः शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले आतबार दिउँसोसम्म ६२ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । हेर्नुस् ६० जिल्लाको प्रा.वि तहको नतिजा– १ ओखलढुंगा जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २ खोटाङ जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३ सोलुखुम्ब जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४ उदयपुर जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५ संखुवासभा जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६ सिरहा जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ७ सप्तरी जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ८ तेह्रथुम जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ९ भोजपुर जिल्लाको प्रा.विको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १० धनकुटा जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ११ सुनसरी जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १२ मोरङ जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १३ झापा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १४ इलाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १५ पाँचथर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १६ ताप्लेजुङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १७ प्यूठान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् १८ सुर्खेत जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २९ दैलेख जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २० सल्यान जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २१ दाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २२ रोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २२ रुकुम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २४ मुगु जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २५ डोल्पा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २६ बाँके जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २७ बर्दिया जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २८ हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् २९ जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३० कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३१ जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३२ अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३३ डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३४ बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३५ बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३६ कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३७ कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३८ डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ३९ दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४० बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४१ ललितपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४२ भक्तपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४३ काठमाडौं जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४४ मनाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४५ मुस्ताङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ४६ बागलुङ जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् ४७ म्याग्दी जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् ४८ नुवाकोट जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् ४९ रसुवा जिल्लाको अतिजा हेर्नका लागि यहाँ क्लिक गर्नुस् ५० सिन्धुपाल्चोकको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५१ तनहुँको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५२ गोरखाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५३ सर्लाहीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५४ धनुषा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५५ काभ्रेपलाञ्चोक जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५६ कास्की जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५७ पर्वत जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५८ लमजुङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ५९ धादिङको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६० सिन्धुलीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६१ महोत्तरीको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् ६२ रामेछाप को प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।
टेलिकमले दशैं आसपास नै फोरजी सेवा विभिन्न शहरमा विस्तार गर्ने
काठमाडौं । नेपाल टेलिकमले दशैं आसपास नै फोरजी सेवा विभिन्न शहरमा विस्तार गर्ने तयारी गरेको छ । देशका २० देखि २५ वटा शहरमा दशैंअघि नै सेवा सुरु गर्ने गरी तयारी भएको हो । विभिन्न स्थानमा फोरजीको परीक्षण सुरु भइसकेको टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । अधिकारीका अनुसार कोर नेटवर्कको परीक्षण गत साताबटै सुरु भएको छ भने अब सिस्टम माइग्रसेसन गरेर रेडियो एक्सेस नेटवर्कको परीक्षणको काम यस साताबाट सुरु भएको छ । गत माघमा नै ठेकेदार कम्पनीहरुसँग टेलिकमले फोरजी सेवा विस्तारको सम्झौता गरेको थियो । एक वर्षमा काम सिध्याउने गरी उक्त सम्झौता भएको छ । लक्ष्यअनुसार अब ४ महिनाभित्रै तोकिएका सबै स्थानमा टेलिकमले फोरजी नेटवर्क सबैतिर विस्तार गरिसक्नुपर्छ । अन्य सेवामा निजीभन्दा अगाडि रहेको टेलिकम फोरजी सेवामा चाहिँ पछि परेको छ । निजी क्षेत्रको एनसेलले फोरजी बजारको करिब ७४।३ प्रतिशत हिस्सा ओगट्दा टेलिकमको हिस्सा २०।३ प्रतिशत मात्र छ । टेलिकमभन्दा ढिलो सेवा सुरु गरेको स्मार्ट टेलिकमले समेत ५।४ प्रतिशत बजार हिस्सा बनाइसकेको छ । जति ढिलो भयो, टेलिकमलाई ग्राहक तान्न उति कठिन हुनेछ । देशमा हाल फोरजीका ३९ लाख ४३ हजारभन्दा बढी प्रयोगकर्ता छन् । त्यसमा झण्डै २९ लाख ३० हजार प्रयोगकर्ता एनसेलका हुन् । टेलिकमसँग जम्मा ८ लाख मात्रै फोरजीका प्रयोगकर्ता छन् । स्मार्ट टेलिकमले करिब २ लाख १३ हजार ग्राहक तानेको छ । टेलिकमले काठमाडौं र पोखरापछि अन्य क्षेत्रमा फोरजी विस्तारमा ढिलाइ गर्दा धेरै ग्राहकहरु एनसेललाई रोज्न बाध्य भएका छन् । पछिल्लो समय इन्टरनेट प्रयोगकर्तामा फोरजीको आकर्षण बढ्दो छ । यो प्रविधिको फ्रिक्वेन्सी प्रभावकारी हुन्छ । जसले उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँछ । यसले मोबाइल डिभाइसमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्वपूर्ण ठूला फाइलहरु सजिलै र छिटो आदान(प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामग्रीहरु सजिलै हेर्न सकिन्छ । टेलिकमको फोरजीरएलटीई सेवा विस्तारका लागि आवश्यक कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्क (र्यान) को लागि चिनियाँ कम्पनी जेडटीई र सीसीएसआई हङकङले जिम्मा पाएका छन् । फाइभजीको पूर्वाधार टेलिकमले नेपालभर ६५ लाख क्षमताको फोरजीरएलटीई विस्तारका लागि एउटा कोर नेटवर्क र दुईवटा र्यान नेटवर्क तयार गर्नेछ । यसका लागि मुख्य कोर नेटवर्क काठमाडौं र बुटवलमा रहने छ । र्यान नेटवर्कअन्तर्गत नेटवर्क १ र नेटवर्क २ मार्फत सातै प्रदेशमा सेवा विस्तार गरिने छ । नेपाल टेलिकमले मुलुकमै पहिलोपटक मिति ०७३ पौष १७ गते काठमाडौं उपत्यका र पोखरामा फोरजी सेवा सञ्चालन गरेको थियो । देशभर यो सेवा विस्तार भएपश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ‘ओभर(ले’ रुपमा सञ्चालन गर्ने बताइएको छ । यस्तोमा यदि प्रयोगकर्ताले फोरजी प्रयोग गरिरहँदा फोन आयो भने त्यसको नेटवर्क इन्टरनेटमा सिफ्ट हुन्छ । मुलुकभर द्रुत गतिको डाटा तथा भ्वाइस र मल्टिमिडिया सेवा विस्तार तथा कभरेज र क्यापिसिटीका लागि ‘स्मार्ट सेल विथ वाइफाइ’ विस्तार गर्न सकिने दावी टेलिकमको छ । ‘हामीले फोरजी विस्तार गरेपछि २०२५ सम्म अधिकतम लाभ लिन सक्नुपर्छ,’ टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी भन्छन्, ‘त्यसपछि अर्को १० वर्ष फाईभजी र फोरजीको सेवा समानान्तररुपमा जान सक्छ ।’ अधिकारीले हाल विस्तार हुने फोरजीको पूर्वाधारपछि फाईभजीमा पनि उपयोग हुने बताए । ‘फोरजीका लागि तयार गरिने टावर र पावर सिस्टम फाइभजीका लागि पनि हुन्छ,’ अधिकारी भन्छन्, ‘यो सेवा विस्तार भएपछि कम्पनीलाई पनि लाभ हुन्छ भने ग्राहकले पनि थप स्तरीय सेवा पाउँछन् ।’ टेलिकमले फोरजीसँगै टुजी र थ्रीजी विस्तारलाई पनि सँगसँगै लैजाने बताएको छ । यस्तै विभिन्न क्षेत्रमा बीटीएस टावर स्थापनाका लागि पनि टेलिकमले काम गरिररहेको प्रवन्ध निर्देशक अधिकारीले जानकारी दिए । यो समाचार अनलाइन खबरबाट लिइएको हो ।
संसारको ‘सबैभन्दा ठूलो’ उभयचर पत्ता लाग्यो, हेर्नुस् यस्तो छ
काठमाडौंः भर्खरै छुट्टै प्रजाति भएको पत्ता लागेको एउटा जीव संसारकै सबैभन्दा विशाल उभयचर भएको हुन सक्ने आधार फेला परेको छ । सङ्ग्रहालयमा राखिएका नमुनाहरूबाट सङ्कलित डीएनएको अध्ययनपछि साउथ चाइना जाइअन्ट स्यालम्यान्डर नामक उक्त जीव जल तथा थल दुवै ठाउँमा बस्ने ठूलो प्राणी हुन सक्ने देखिएको हो । झन्डै दुई मिटर लामो हुने उक्त जीवलाई प्राकृतिक वासस्थानमा अतिसङ्कटापन्न मानिन्छ । वैज्ञानिकहरूले उक्त जीवलाई लोप हुन नदिन परिष्कृत प्रयास गरिनुपर्ने बताएका छन् । चीनमा मासुका लागि ती भीमकाय छेपारालाई मारिने भएकाले तिनको सङ्ख्या ह्वात्तै घटेको छ । पहिला भीमकाय स्यालम्यान्डरको एउटा मात्र प्रजाति भएको भन्ठानिन्थ्यो । तर जीवित तथा मृत नमुनाको सङ्कलन गरेपछि चीनका विभिन्न स्थानमा तीनवटा प्रजाति भएको पत्ता लाग्यो । तीमध्ये साउथ चाइना जाइअन्ट स्यालम्यान्डर सबैभन्दा ठूलो छ। अनुसन्धानकर्ताहरूले यो अहिले जीवित उभयचरमध्ये सबैभन्दा ठूलो प्रजाति हुन सक्ने बताएका छन् । जूअलजिकल सोसाइटी लन्डनका प्राध्यापक स्याम्यूअल टर्भेका अनुसार प्राकृतिक वासस्थानमा ती जीवको सङ्ख्या अत्यासलाग्दो गरी घटेको छ । ती जीवको प्रजातिगत विविधताबारे यो नयाँ ज्ञानले तिनको संरक्षणमा सहयोग पुग्छ भन्ने आशा भएको उनले बताए । ‘तर जीवित भीमकाय स्यालम्यान्डरको सङ्ख्या जोगाउन आकस्मिक उपाय चाहिन्छ ।’ यो अनुसन्धानकर्तामा सहभागी भएकी उक्त सङ्ग्रहालयकी मेलिसा मारले ती प्रजातिको आनुवंशिक शुद्धता कायम हुने हुनेगरी संरक्षणका उपायहरू अवलम्बन गर्नुपर्ने बताइन् । ‘चाइनिज जाइअन्ट स्यालम्यान्डरलाई जोगाउन तत्काल हस्तक्षेप गर्नुपर्ने बेला भएको बेला यी तथ्यहरू पत्ता लागेका छन्,’ उनले भनिन् । चाइनिज जाइअन्ट स्यालम्यान्डर के हो? कुनैबेला चाइनिज जाइअन्ट स्यालम्यान्डर मध्य र पूर्वी एशिया तथा दक्षिणी चीनमा पाइन्थ्यो । केही दशकयता सो जीवको दोहन गर्ने क्रम बढेको छ । त्यसको मासुको विलासी खाद्य बजारमा ठूलो माग छ । मासुको माग पूरा गर्न छेपारोजस्तै देखिने उक्त जीव व्यावसायिक रूपमा पाल्न थालिएको छ । त्यसो गर्दा सरुवा रोग तथा अवैध सिकारका कारण जङ्गली स्यालम्यान्डर पनि खतरामा पर्छन्। अनुसन्धानमा के पत्ता लाग्यो ? वैज्ञानिकहरूले सङ्ग्रहालयमा भएका नमुनाको आनुवंशिक इतिहासको अध्ययन गरे । निकै प्राचीन मानिएको उक्त जीवलाई ‘जीवित जीवावशेष’ मानिन्छ । लन्डनस्थित चिडियाखानमा राखिएको चाइनिज जाइअन्ट स्यालम्यान्डर एउटा अस्वाभाविक जीव भएकाले सन् १९२० को दशकमा पहिलोचोटि त्यो छुट्टै प्रजाति भएको मत व्यक्त गरिएको थियो । अनुसन्धान टोलीले सङ्ग्रहालयमा राखिएको सोही जीवको संरक्षित शरीरको अध्ययन गरेर नयाँ प्रजातिका स्वभावको वर्णन गरेका हुन् । यो अनुसन्धान इकलजी एन्ड एभल्यूशन जर्नलमा प्रकाशित भएको छ । (बीबीसी)
नेपाल आइडल रवि ओडले ल्याए ‘पिएर नशा’ (भिडियोसहित)
काठमाडौंः एकपछि अर्को उत्कृष्ट गीत बजारमा ल्याइरहेका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले अर्को नयाँ कोसेली ल्याएका छन् । उनले ‘पिएर नशा’ बोलको नयाँ कोसेली दर्शक–स्रोता माझ बजारमा ल्याएका हुन् । यो गीतमा रविको आवाज, लिरिक्स–संगीत अर्जुन पौडेल, एरेन्ज लहाङ सुब्बाको रहेको छ । यस्तै वर्षा रावत, रञ्जित पौडेल र रवि ओडले यो गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । भिडियोलाई बुद्ध थापाले छायांकन, बिकास धमालाले सम्पादन, सुबोल थापाले कोरियोग्राफी गरेका हुन् । भिडियोलाई निकेश खड्काले निर्देशन र सगुन, सौगात पौडेलले उत्पादन गरेका हुन् । निकै व्यस्त रहेका रविले नेपाल आइडलपछि ‘च्याप्प समाउँदै’, ‘घरमा कुरा’, ‘दिलको फ्रेममा’, ‘मिठो बोलीले’, ‘२ कौडीको माया’, ‘उजाड यो’ लगायत गीत बजारमा ल्याइसकेका छन् । साथै ती गीतहरुले दर्शक–स्रोताको मन जित्न सफल भइरहेका छन् ।
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपलब्धिमूलक हुनुपर्छः राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा सरकारको लगानीको प्रतिफल उपलब्धिमूलक बन्नुपर्ने बताइन् । ४०औँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज राष्ट्रपति भवन शीतलनिवासमा नेपाल विद्या भूषण पदक र नेपाल छात्रा विद्या पदक वितरणका लागि आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले बदलिँदो परिस्थितिअनुरुप पाठ्यक्रम र अध्ययन अध्यापन प्रणालीमा सुधार गरी गुणस्तरीय शिक्षा प्राप्तिका लागि सरकारको पहल र लगानी उपलब्धिमूलक हुनुपर्ने बताइन् । उनले भनिन्, “सामाजिक, आर्थिक रुपान्तरण, रोजगार र प्रविधि, सदाचार र सत्चरित्रयुक्त अनुसन्धानमूलक शिक्षा अहिलेको आवश्यकता हो, यसका लागि आवश्यक केही नियम परिमार्जनको क्रममा रहेकाले आगामी दिनमा थप शैक्षिक गुणस्तर अभिवृद्धि हुने अपेक्षा गर्दछौँ ।” उनले विभिन्न विश्वविद्यालयबाट प्राप्त ज्ञान र सीपलाई सरकारले लिएको समृद्ध नेपालको आकाङ्क्षा साकार पार्न उपयोगी हुने विश्वास व्यक्त गर्दै सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सार्वजनिक शिक्षा प्रणालीको सवलीकरण हुने विश्वास व्यक्त गरिन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक शिक्षा रुपान्तरण सरकारको उच्च प्राथमिकतामा रहेको र दीक्षित प्रतिभाहरुलाई स्वदेशमै रही योगदान गर्ने वातावरण सिर्जना गरिरहेको बताउँदै यसै वर्ष नेपाललाई पूर्ण साक्षर घोषणा गरिने जानकारी दिइन् । समारोहमा विभिन्न विद्या पदक वितरण भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।
आज थप ४ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (सूचीसहित)
काठमाडौंः शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले शुक्रबार साँझ ६ बजेसम्म ४ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज हुम्ला, जुम्ला, कालिकोट र जाजरकोट जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।
नवनिर्वाचित एनआरएनए एनसीसीलाई प्रवासी नेपाली एकता मञ्च कतारको बधाई
दोहाः प्रवासी नेपाली एकता मञ्च कतारले एनआरएनए एनसिसि कतारको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरेको छ । एनसिसि कतारको आठौं राष्ट्रिय महाधिवेशनबाट सन् २०१९–२०२१ कार्यकालको लागि निर्वाचित भएका आइसिसी सदस्य, पदाधिकारी तथा कार्यसमिति सदस्यलाई मंगलबार एक कार्यक्रमकाबीच बधाई ज्ञापन गरेको हो । कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेपाली जनप्रगतिशिल मञ्चका गल्फ संयोजक शनि कुमार वलीले नवनिर्वाचित कार्यसमितिले सबै काम गर्छु भन्नूभन्दा पनि थोरै तर यहाँको नेपाली समुदायको लागि नमूना काम गर्न सुझाव दिए । कार्यसमिति गठन प्रक्रियामा पक्ष विपक्ष भए पनि अब एनआरएनको अभियानमा लागेका सबैको साथ लिएर अगाडि बढनुपर्ने भन्दै वलीले नेपाली समाजको साझा संस्था एनआरएनए कतारको लागि सधै साथ सहयोग रहने प्रतिवद्द्ता व्यक्त गरे । उनले नयाँ कार्यसमितिले राम्रो भिजन सहित काम गर्न सकेमा स्वत नेपाली समाज गोलबन्ध भएर साथ सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष मुक्तदा मुसलमानले यो जिम्मेवारी प्रदान गरेकोमा सबैमा धन्यवाद व्यक्त गर्दै आफूहरु सबैसङ्ग हातेमालो गरेर अगाडि बढ्न तयार रहेकोले नेपाली समाजका अगुवाबाट प्राप्त हुने सकारात्मक सल्लाह सुझाव सदैव ग्रहण गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा प्रवासी नेपाली मञ्चका पूर्व अध्यक्ष दिलकिरण खुजुम, एनआरएनए आइसिसीका पूर्व उपाध्यक्ष एवं समाजसेवी सागर नेपाल, नेपाली प्रवासी आदिवासी जनजाति महासंघका अध्यक्ष शिव भुजेल, महासचिव नेपाली जनप्रगतिशिल मञ्चका सह–संयोजक राजु डुम्रे, प्रदेश नम्बर १ समन्वय परिषदका अध्यक्ष चुडामणि कार्की, तमु समाजका अध्यक्ष भाइकाजी गुरुङ, अमित गौतम, दुर्गा प्याकुरेल, खेम सुवेदी, बिशाल खतिवडा लगाएतले शुभकामना मन्तव्य राखेका थिए । यस्तै नवनिर्वाचित आइसिसी सदस्य रमेश भट्ट, केबि हमाल, युवराज शर्मा, प्रथम उपाध्यक्ष उत्तम गुरुङ, द्धितिय उपाध्यक्ष कुमार खड्का, महिला उपाध्यक्ष सरिता भन्डारीले सबै सङ्ग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रमको अध्यक्षता गरेका प्रवासी नेपाली एकता मञ्चका प्रस्तावित अध्यक्ष चानक पोख्रेलले नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना दिँदै कार्यसमिति चयनको लागि चुनाव एउटा लोकतान्त्रिक प्रक्रिया मात्रै भएको भन्दै आगामी दिनमा सबैसङ्ग समन्वय गरेर अगाडि बढ्न सुझाव दिएका थिए । उनले नेपाली राजदूतावास पछि एनआरएनए नै नेपालीको अविभावक भएको भन्दै सदैव नेपाली समाजको बारे चिन्ता गर्न आग्रह गरे । प्रवासी नेपाली एकता मञ्चका प्रस्तावित सचिव मोहन कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रवासी नेपाली मञ्चका कार्यबाहक महासचिव प्रभात त्रीपाठीले गरेका थिए ।
कतारमा नेपालीमाथि सांघातिक आक्रमणः एकको मृत्यु, ५ जना घाइते
काठमाडौंः मंगलबार साँझ कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा भएको सांघातिक आक्रमणमा परी एक जना नेपालीको मृत्यु भएको छ । दोहामा रहेको ने नेपाली राजदूतावासका अनुसार आक्रमणमा परेर थप ५ जना नेपाली घाइते भएका भएका छन् । आक्रमणमा परि सुनसरी घर भएका तबरेज अन्सारीको ज्यान गएको राजदूतावासले जनाएको छ । अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा रहेको राजदूतावासले जानकारी दिएको छ । त्यस्तै आक्रमणमा परि घाइते भएका मध्ये गम्भीर अवस्थामा रहेका उमर अन्सारीको हमाद अस्पतालकै आईसीयूमै उपचार भैरहेको र इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा उपचाररत रहेको दूतावासले जनाएको छ । त्यस्तै घटनामा घाइते भई प्रहरीको नियन्त्रणमा रहेका अकबर मिया र महसुद अन्सारी नेपाली राजदूतावासको टोलीको पहलमा रिहा भएका छन्। घाइतेहरु सबै सुनसरीका बासिन्दा रहेको समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ । मृतक र घाइतेहरुको विस्तृत विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दूतावासले जनाएको छ । त्यस घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ । यस प्रकारका घटनालाई मध्यनजर गर्दै दूतावासले अनावश्यक भिडभाड हुने ठाउँमा नजान कतारमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । त्यस्ता ठाउँमा जानै पर्ने भएमा सतर्कता अपनाउनसमेत दूतावासले आग्रह गरेको छ ।
एनआरएनए आईसिसिको सदस्यमा भट्टको उम्मेदवारी
कतार । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलनको मिति नजिकिदै गर्दा कतारबाट पनि उम्मेदवारी दिएका छन । आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौंमा एनआरएनए आइसीसीको विश्व सम्मेलन तथा महाधिबेशन हुँदै गर्दा एनआरएनए आइसीसी सदस्यमा कतारबाट समाजसेवी रमेश भट्टले उम्मदेवारी दिएका छन् । भट्टले आफ्नो प्रतिवेदन जारी गर्दै ‘हामी मध्यपुर्व क्षेत्रमा छौ र सदैव हाम्रो ध्यान मुख्य गरी सुरक्षित आप्रवासन र मर्या्दित वैदेशिक रोजगारीको विषयमा रहने गरेको छ । यस विषयमा हालसम्मका प्रयासले उपलब्धिहरु प्राप्त भएपनि प्रयाप्त छैनन् । त्यसैले मैले आकांक्षा गरेको पदमा चयन भएमा एनसीसी, आइसीसी, दूतावास तथा अन्य सहयोगी निकायहरुसँग समन्वय गरेर सुरक्षित आप्रवासनका समस्याहरूको तत्कालीन र दीर्घकालीन समाधानको लागि निरन्तर समन्वयात्मक प्रयास गर्ने प्रमुख योजना रहेको’ बताए । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारमा आबद्ध हुँदै २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवारी तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको एनआरएनए आईसिसि टुरिजम प्रमोसन नेपालको उपसमितिको सदस्य, नेपाल ब्यबसायी संघ कतारको सहसचिब, बागलुङ सेवा समाज कतारको पुर्व अध्यक्ष, विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व गरेका अनुभव रहेको छ । एनआरएनए एनसिसि कतारको २००९–२०११ को कार्यसमिति उपाध्यक्ष उम्मेदवार तथा २०१७–२०१९ को कार्यसमिति सदस्यको रूपमा कार्य गरेका व्यवसायी तथा समाजसेवी भट्टले २०१९–०२१को लागि कार्यसमिति चयनमा आईसिसि पदमा दर्ता गर्दै एनआरएनए एनसिसि कतारका सबै पन्जिकृत सदस्यहरुसँग मतको लागि अनुरोध गरेका छन । राजधानीदैनिकबाट