ज्येष्ठ र अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्णतः प्रतिबद्ध रहेको बताएका छन् ।

आज आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट सम्मानितलाई बधाई दिँदै उनले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नेसहित सञ्चार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक ढङ्गले पहल भइरहेको जानकारी दिए ।

उनले सरकारी विज्ञापनहरु विज्ञापन बोर्डमार्फत् न्यायिक ढङ्गले वितरण गर्न, एकीकृत मिडिया विकास कोष स्थापना र पत्रकार, अपाङ्ता भएका पत्रकारहका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी भइरहेको बताए ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि भएको टिप्पणी गरे । उनले भने, “हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताबिना यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन ।”

प्रधानमन्त्री प्रचण्डले राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन हुँदै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म नेपाली पत्रकारिताले राजनीतिक आन्दोलनको मुख्य सहयोगीको रुपमा आफूलाई उभ्याएको बताए । उनले नेपाली पत्रकारिताका कारण नेपालको लोकतान्त्रिक आन्दोलनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे ।

“आन्दोलनकै क्रममा कृष्ण सेन इच्छुकसहित कयौंँ पत्रकारले बलिदान गर्नुभएको छ, भने केही बेपत्ता हुुनुहुन्छ । कयौँ घाइते अपाङ्गता हुनुहुन्छ, भने कयौँले जेल, नेल र यातना भोग्नुभयो । त्यति मात्र होइन, कयौँ राजनीतिक दल अलमलमा रहेको बेलासमेत पत्रकारिता क्षेत्रबाट नै स्पष्टरुपमा नेपालमा गणतन्त्र स्थापना गर्नुपर्छ भनेर संस्थागत रुपमा नै जागरणमूलक अभियान सञ्चालन भएको थियो,” उनले भने ।

युद्धले युक्रेनको अर्थतन्त्रमा धक्का, अन्य यी देशमा पनि आर्थिक मन्दी आउनसक्ने

काठमाडौं । युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र करिब ४५ प्रतिशतले सङ्कुचन हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। त्यहाँ शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसहरूलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि उसले बताएको छ। विश्व बैंक युक्रेनलाई एक अर्ब डलरको सहयोग दिइसकेको छ भने आगामी महिनाहरूमा थप २ अर्ब डलर दिने बताएको छ। युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गर्थ्यो युद्धका कारण अहिले ठप्प भएको छ। त्यसले विश्वभरिनै खाद्यान्नको मूल्यवृद्धि हुने बताइएको छ।   अभूतपूर्व स्तरमा अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू लगाइएका कारण रुसको अर्थतन्त्र ११ प्रतिशतले खुम्चने विश्व बैंकको प्रक्षेपण छ। साथै उसले बेलारुस, किर्गिज्स्तान, मोल्दोभा, र ताजिकिस्तानमा पनि आर्थिक मन्दी आउन सक्ने बताएको छ ।  

प्रबासी नेपाली एकता मंच कतारको दोहा नगर कमिटी गठन

थम गिरी, कतार। प्रबासी नेपाली एकता मंच कतारले संगठन बिस्तारलाई तिव्रता दिएको छ । संगठन बिस्तार अभियान अन्तर्गत मञ्चले शुक्रबार एक कार्यक्रमका बीच दोहा नगर कमिटी गठन गरेको छ । प्रबासी नेपाली एकता मंच कतारका उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख गणेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रबासी नेपाली एकता मंच कतारका अध्यक्ष रामहरी गैरे थिए। मञ्चका पुर्ब अध्यक्ष तथा सल्लाहकार परिषदका अध्यक्ष नरेश श्रेष्ठ, मञ्चका महासचिव थम गिरी,उपाध्यक्ष याशिन मामा लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो। बुद्धि चन्द राजबंशिको अध्यक्षतामा नबगठित दोहा नगर कमिटीको उपाध्यक्षमा अब्दुल सामद मिया उपाध्यक्ष एसान्नुल्लाहा मुसलमान सचिब अब्दुल मोकिम उपसचिब जनम बर्देवा कोषाध्यक्ष केबल बि.क सदस्यहरु राजकुमार चन्द नबराज श्रेष्ठ कृष्णदिप कुमाल महिबुल्ला मुसलमान भिम क्षेत्री अनिल गौतम अख्तर हुसेन रहेका छन । प्रबासी नेपाली एकता मंच कतारका सल्लाहकार नरेश श्रेष्ठले बधाई तथा स्वागत गरेका कार्यक्रमको संचालन मंचका सचिबालय सदस्य तोयानाथ पौडेलले गरेका थिए ।

विमानको पाङ्ग्रामा लुकेर ११ घण्टा आकाशमै उडेका व्यक्ति जीवितै !

काठमाडौं । दक्षिण अफ्रिकाबाट विमानको अघिल्लो पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका एक व्यक्ति जीवितै फेला परेका छन्। आइतबार दक्षिण अफ्रिकाको जोहनिसबर्गबाट उडेको कार्गोलक्सको मालवाहक विमानको नोज ह्वीलमा लुकेर बसेका व्यक्ति नेदरल्याण्डको एम्सटर्डमस्थित स्किपोल विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ परेका छन्। विमानको बाहिरी भागमा बसेर लामो यात्रा गर्दा पनि ती व्यक्ति जीवितै फेला पर्नुलाई आश्चर्यजनक मानिएको छ। डच प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचार एजेन्सी एएफपीसँग भनेकी छन्, ‘विमानको नोज ह्वील भएको भागमा जीवित फेला परेका उनलाई अस्पताल लगिएको छ। ती व्यक्ति जीवित हुनु आश्चर्यजनक हो।’ ती व्यक्तिको परिचय भने खुलिनसकेको प्रहरीले जनाएको छ। जोहनिसबर्गबाट एम्सटर्डमसम्म पुग्न सामान्यतया ११ घण्टा लाग्ने बताइन्छ। विमान माथि उड्दा अक्सिजनको कमी र चिसोले मानिसको मृत्यु हुनुपर्नेमा ती व्यक्ति जीवित हुनु आश्चर्यजनक भएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।

क्यामरुन नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

क्यामरुन सरकारले आइतबार राजधानी याउन्डेस्थित एक रात्रि क्लबमा आतसबाजीका कारण भएको आगलागीमा परी कम्तीमा १६ जनाको मृत्यु भएको बताएको छ। क्यामरूनले अफ्रिका कप अफ नेशन फुटबल टुर्नामेन्ट आयोजना गर्दा रमाइलोका लागि बालिएको आतसबाजीका कारण उक्त दुःखद घटना भएको हो। घटनाबारे सञ्चार मन्त्रालयद्वारा विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक रिपोर्टमा शनिबार राती एक्कासी आगलागी’ भएपछि १६ जनाको मृत्यु भएको र आठ गम्भीर घाइते भएको देखिएको छ।” यस आगलागीमा राजधानीको माथिल्लो क्षेत्रमा रहेको राजदूतावास र कुटनीतिज्ञ निवास रहेको भवनमा सञ्चालित लिभ्स नाइट क्लबको मुख्य कोठामा क्षति पुगेको छ। मन्त्रालयले भनेको छ, “यी स्थानहरूमा प्रायः प्रयोग गरिने आतसबाजीबाट भएको विस्फोटनको कारण पहिलो भवनको छत जलेको थियो भने पछि दुईवटा ठूलो विस्फोट भई धेरै व्यक्तिको ज्यान गुमेको छ। अग्नि नियन्त्रकहरूका एक अधिकारीले एएफपीलाई आफ्नो परिचय नबताउने शर्तमा भने, “ उद्धारका लागि हामी आइपुग्दा यहाँ आगलागीका कारण मानिसहरू आतंकित भेटिएका थिए भने आगोको ज्वालासँगै सतहदेखि धेरैमाथिसम्म धुवाँको मुस्लो देखिन्थ्यो।” एक प्रहरी अधिकारीका अनुसार घटनास्थलमा तत्कालै पुगेको सुरक्षाकर्मीको समूहले १६ जनाको मृत्यु र पाँच जना घाइते भएको पुष्टि गरेको छ। क्यामरुनले देशको पश्चिममा नियमित हिंसाको बावजुद एएफकोन टुर्नामेन्टको आयोजना गर्दै आइरहेको छ। यसै खुशियालीमा आतसबाजी गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नवजात शिशुको घाँटी निमोठेर हत्या गर्ने महिला स्वयंसेविका कारागार चलान

बैतडी, भदौ ३१ । बैतडीमा नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा स्वयंसेविकालाई कारागार चलान गरेको छ । अबैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा डिलाशैनी गाउँपालिका ७ की ३५ वर्षीया माधवी कार्कीलाई बिहीबार कारागार चलान गरेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो । उनी महिला स्वयंसेविका हुन । कार्कीलाई जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकलले इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । कार्कीले यही भदौ ६ गते अबैध सम्बन्धबाट गर्भ रहेर जन्मिएको शिशुलाई जन्मिनेबितिक्कै केराको साप्रोले घाँटी निमोठेर हत्या गरेको देखेपछि परिवारले प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । त्यसपछि प्रहरीले महिला स्वास्थ्य स्वयंसेविका समेत रहेकी ति महिलालाई कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरि अदालतमा पेश गरेको थियो । उनका श्रीमान १० वर्षअघि वैदेशिक रोजगारी गएका र उतै बेपत्ता रहेका प्रहरीले जनाएको छ । घरपरिवारबाट अलग बस्ने गरेकी माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अबैध सम्बन्ध रहेको प्रहरीले जनाएको छ । अबैध सम्बन्धबाट माधवी गर्भवती भएपछि किशोरले माधवीसँगै विवाह गर्ने सहमती गरेका ती किशोर हाल फरार रहेका छन् । ति महिलो घरमा १३ वर्षीय छोरा पनि छ ।

१२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौँ — १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएकाे छ । बुधबार गृह मन्त्रालयले १२ जनालाई जिल्लामा सरुवा गरेको र चार जनालाई मन्त्रालयमा तानेको छ । मन्त्रालयलका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार घनश्याम उपाध्यायलाई ललितपुरको सीडीओ बनाएर पठाइएको छ । उनी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए । त्यस्तै, गुल्मीको सीडीओ रहेकी रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ । त्यस्तै, मन्त्रालयले पुण्यविक्रम पौडेललाई गुल्मी, शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । मोरङको प्रमुख जिल्ला अधिकारी रहेका कोषहरि निरौलालाई मन्त्रालय तानिएका छन् । यस्तै, दीपक पहाडीलाई रामेछाप र नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ । टेकनारायण पौडेललाई मन्त्रालय तानिएको छ भने टेकराज निरौलालाई दोलखा पठाइएको छ । दोलखाको प्रमुख जिल्ला अधिकारी रहेका बासुदेव घिमिरे मन्त्रालय तानिएका छन् । आसमान तामाङलाई चितवन पठाइएको छ । त्यस्तै, कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही सरुवा गएिको छ ।

आजदेखि मनसुन सक्रिय हुने, केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ — सोमबार देशभर सामान्यतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । मनसुन सक्रिय भएकाेले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने माैसम महाशाखाकाे अनुमान छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भू-भाग नजिक विस्तारै आउने क्रम सुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको हाे । आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्‍ने सम्भावना रहेकोले मनसुन सक्रिय भई बुधबारसम्म वर्षा हुने सम्भावना देखिएको हो,’ जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै देशभर केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा वाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश नम्बर १, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आइतबार सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम १७ दशमलव ५ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।

कोभिड–१९ उपचारका लागि अस्पताल र शय्या थप

काठमाडौं । सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि स्वास्थ्यको भौतिक पूर्वाधार थप्ने क्रम जारी राखेको छ । सरकारले सङ्क्रमण दोस्रो लहरको बढेपछि कोभिड–१९ व्यवस्थापनका लागि लक्षित कार्ययोजनानुसार अस्पताल र शय्या थप्ने गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता किरणराज आचार्यले विज्ञप्ति जारी गर्दै कार्ययोजनानुसार नै सङ्क्रमणको रोकथाम, उपचार र नियन्त्रणका लागि अस्पताल र शय्या थप गरिएको जानकारी दिए । उनका अनुसार १२ अस्पताल, ५४ सघन उपचार कक्ष, १२ हाई डिपेन्डेन्सी युनिट र पाँच भेन्टिलेटर थप गरिएको छ । नयाँ थपसँंगै अहिले अस्पताल ५०५, आइसियु एक हजार ८७१, भेन्टिलेटर ७४१, एचडियु दुई हजार ८७७ र शय्या २० हजार ३६४ पुगेका छन् ।

आरसीबीविरुद्ध बलिङ गर्दै हैदराबाद, यस्तो छ दुवैको प्लेइङ-११

काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलको छैटौँ म्याचअन्तर्गत रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध सनराइजर्स हैदराबादले टस जितेर बलिङ रोजेको छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि चेन्नईमा सुरू हुँदैछ । हैदराबादले प्लेइङ ११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले मोहम्मद नाबी र सन्दीप शर्मालाई विश्राम दिँदै जेसन होल्डर र सहबाज नदीमलाई मौका दिएको छ । आरसीबीले प्लेइङ ११ मा एकम खेलाडी परिवर्तन गरेको छ । उसले रजत पाटीदारलाई आराम दिएर देवदत्त पाडिक्कलाई समावेश गरेको छ । जारी सिरिजनको पहिलो खेलमा आरसीबीले मुम्बइलाई हराउँदै विजयी सुरुवात गरेको छ । हैदराबादले भने पहिलो खेलमा केकेआरसँग हारको सामना गरेको थियो । यो पटक पनि आरसीबीमा विराट कोहली र हैदराबादमा डेविड वार्नर कप्तान छन् । यी दुई टिमबीचको पछिल्ला पाँच खेलमा हैदराबाद हाबी देखिन्छ । पाँच खेलमा हैदराबादले आरसीबीलाई तीन म्याचमा हराएको छ । यी दुवै टिम गत सिजनमा ‘प्लेअफ’मा पुगेका थिए । हालसम्म हैदराबादले एक पटक आईपीएल उपाधि जितेको छ । आरसीबीले भने तीन पटक फाइनलमा स्थान बनाए पनि ट्रफी हात पार्न सकेको छैन । आरसीबीको प्लेइङ-११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, सहबाज नदीम, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), डानियल क्रिश्चियन, वाशिङ्टन सुन्दर, काइल जेमिसन, हर्षल पटेल, मोहम्मद सिराज र युजवेन्द्र चहल । हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), ऋद्धिमान साह (विकेटकीपर), मनीष पाण्डे, जोनी बेयरिस्टो, विजय शंकर, जेसन होल्डर, अब्दुल समद, राशिद खान, भुवनेश्वर कुमार, सहबाज नदीम र टी नटराजन ।

जंगलमा लागेको आगो निभाउने क्रममा मृत्यु

डोटी । घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा डोटीमा एक जनाको ज्यान गएको छ । जंगलमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका शिखर नगर पालिका –७ का लक्षुवा भुलको उपचारको क्रममा मृत्यु भएको छ । शिखर नगर पालिका–७ को शिल्याखोला जंगलमा लागेको आगो निभाउने क्रममा बिहीबार साँझ अन्दाजी ६५ वर्षीय भुल गम्भीर घाइते भएका थिए । भुलको दुवै खुट्टाको घुँडाको छाला जलेर निस्केको, दुवै हत्केलाको पछाडि, टाउको, निधार र मुखमा आगोले जलेको अवस्थामा अस्पतालमा पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

कैलालीमा २ समूहबीच झडप, ५ जना घाइते

धनगढी : कैलालीमा २ समूहबीच झडप हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका-९ र वडा नम्बर ६ का युवाहरुबीच झडप भएको हो । टीकापुर प्रहरीका अनुसार उनीहरुबीच खक्रौलास्थित बालुवाटारमा झडप भएको थियो। २ समूहले एक–अर्कालाई धारीलो हतियारले प्रहार गरेका छन्। टीकापुर नगरपालिका वडा नम्बर ६ प्रसेनीका दिनेश साउँद, किरण रावल, र सुरज चौधरी तथा अर्को समुह वडा नम्बर ९ बैदिका तपेन्द्र साउँद र भुवन साउँद घाइते भएका हुन्। उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरीले कार्यालय टीकापुरले जनाएको छ। घटना स्थलबाट प्रहरीले टिकापुर ६ प्रसेनीका रवन साउँद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुले आफूहरु १० जनाको समूहमा आएको प्रहरीलाई बयान दिएका ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। उनीहरुकाे पहिले पनि झडप भएको खुलेको छ।

केकी र स्वस्तिमा अमेरिकन चलचित्रमा अभिनय गर्दै

काठमाडौंः २ नेपाली नायिका स्वस्तिमा खड्का र केकी अधिकारीले अमेरिकन चलचित्रमा काम गर्दैछन्। केही समयअगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको थियो। अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा अनुबन्धित भएकी हुन् यस चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने बताइएको छ। चलचित्रमा स्वस्तिमा र केकी दिदी(बहिनीको भूमिकामा प्रस्तुत हुने बताइए पनि क्न विषयवस्तुमा चलचित्र निर्माण हुँदै भन्‍ने विषय भने खुलाइएको छैन। अन्य कलाकार भने अमेरिकी रहनेछन्। कोरोना त्रासपछि उक्त चलचित्र अमेरिकामा छायाकंन हुनेछ।

यौन सम्पर्क गर्दा कोरोना भाइरस सर्छ कि सर्दैन?

के यौन सम्पर्कका कारण कोरोनाभाइरस सङ्क्रमण सर्न सक्छ? यसबारे तपाईँले सोच्नुभएको होला तर सङ्कोच लागेर प्रश्न नगर्नुभएको पनि हुन सक्छ। यस विषयमा सही र गलत कुरा छुट्यावन बीबीसी रेडिओ वनको न्यूजबीटले यो प्रश्न विज्ञहरूलाई राखेको छ। डा. एलेक्स जर्ज चिकित्सक हुन् भने यौन विषयमा पत्रकारिता गर्ने एलिक्स फक्स बीबीसी रेडिओकी पूर्वप्रस्तोता हुन्। डा. एलेक्स जर्ज: यदि तपाईँ सम्बन्धमा हुनुहुन्छ र त्यो मानिससँगै बस्नुहुन्छ र एउटै वातावरणमा रहनुहुन्छ भने तपाईँले यौन व्यवहारमा परिवर्तन गर्नुपर्दैन। तर यदि तपाईँहरूमध्ये एक जनामा कोरोनाभाइरसको लक्षण देखिएको छ भने तपाईँले घरमै पनि एकान्तवासमा बस्नुपर्छ। सबैभन्दा राम्रो त घरभित्रै पनि सबै जना एकअर्काबाट दुई मिटरको दूरीमा बस्नुपर्छ तर त्यो सधैँ सम्भव नहुन सक्छ। एलिक्स फक्स: आफूलाई लक्षण देखिँदा आफ्नो सहवासीलाई पनि देखिन्छ भनेर सोच्नु हुँदैन। यदि तपाईँलाई लक्षण देखिएको छ भने टाढा रहनु नै उचित हुन्छ। नयाँ मानिससँग यौन सम्पर्क राख्नु हुन्छ? डा. एलेक्स जर्ज: म यो अवस्थामा नयाँ मानिससँग यौन सम्पर्क राख्ने सल्लाह दिन्नँ। किनभने त्यसो गर्दा कोरोनाभाइरस सर्न सक्ने सम्भावना हुन्छ। एलिक्स फक्स: के नबिर्सिनुहोस् भने कोरोनाभाइरस भएका केही मानिसहरूमा लक्षण देखिएको हुँदैन। त्यसैले तपाईँ एकदमै ठिक देखिनुभएको छ भने पनि तपाईँबाट अरूमा चुम्बनबाट पनि भाइरस सर्न सक्छ। पहिले मैले कन्डम प्रयोग गरेको थिइनँ। के अब गर्नुपर्ला? एलिक्स फक्स: यसको उत्तर तपाईँ किन पहिले कन्डम लगाउनु हुन्नथ्यो भन्ने कुरामा निर्भर हुन्छ। यदि तपाईँहरू दुवै जनालाई कुनै यौन रोग नभएको वा गर्भाधान नहोस् बनेर अन्य उपाय अवलम्बन गरिएकाले कन्डम प्रयोग नगरेको भए केही फरक पर्दैन। तर यदि तपाईँ अन्य प्राकृतिक उपाय- जस्तो वीर्य स्खलन गर्ने वा एकअर्कालाई यौन रोग छैन भन्ने विश्वासमा कन्डम नलगाउनु भएको हो भने अब कन्डम लगाउनु नै उचित होला। के यौनाङ्ग छोएका कारण कोरोना भाइरस सर्छ? डा. एलेक्स जर्ज: यदि तपाईँ एकअर्काको यौनाङ्ग छुनुहुन्छ भने त्यो समयमा तपाईँहरूले चुम्बन गर्ने सम्भावना ज्यादा हुन्छ र हामीलाई थाहा छ भाइरस थुकबाट सर्छ। मुखबाट हातमा, हातबाट यौनाङ्गमा, यौनाङ्गबाट हातमा र त्यसपछि हातबाट नाकमुखमा भाइरस सर्न सक्छ। अहिलेको अवस्थामा भाइरस सर्न सक्ने सबै खाले कुराहरू नगर्नु नै उचित हुन्छ। त्यसैले तपाईँसँगै नबसेका साथीसँग यो पनि नगर्नु नै उचित हुन्छ। बीबीसी

‘माकुरी’ लिएर बजारमा आए किरण गौतम (भिडियोसहित)

काठमाडौंः नेपाली लोक दोहोरीमा कृयाशिल युवा गायक–सर्जक किरण गौतमको नयाँ लोक गीत ‘माकुरी’ आज सार्वजनिक भएको छ । विशुद्ध मनोरन्जनात्मक ठट्यौली शैलीको यो गीतमा लय तथा शब्द सर्जक किरण गौतमको रहेको छ भने नव गायिका शुसिता तामाङले किरणलाई स्वरमा साथ दिएकी छन् । बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् । लक्ष्मण चौहानले सम्पादन गरेको म्युजिक भिडियोमा सुसिता तामाङ महेन्द्र बस्नेत र संजिव ठकुरीको अभिनय रहेको छ ।

इन्स्टाग्राममा पलले आँचललाई गरे अनफलो, किन ?

काठमाडौंः पल शाहको फ्यान क्रेज लोभलाग्दो छ । सामाजिक संजालमा पनि उनलाई पछ्याउनेको संख्या गज्जबको छ । सामाजिक संजाल इन्स्टाग्राममा पललाई पछ्याउनेको संख्या डेढ लाख छ । पलको यो लोभलाग्दो फ्यान क्रेजले पनि उनको स्टारडम कस्तो छ भनेर वुझ्न सकिन्छ । पलले सामाजिक संजाल इन्स्टाग्राममा भने निकै कमलाई मात्र पछ्याएका छन् । उनले केही समय अघिसम्म १० जनालाई फलो गरेका थिए । अहिले यो संख्या ७ मा झरेको छ । अचम्मलाग्दो कुरा त के छ भने, पलले केही समय अगाडिसम्म नायिका आँचल शर्मालाई पनि फलो गरेका थिए । आँचलले पनि पललाई इन्स्टामा पछ्याएकी थिइन् । तर, अहिले पलले आँचललाई अनफलो गरेका छन् । आँचलको सूचीमा पनि पलको नाम हटेको छ । नायिका आँचल शर्माले बिहिवार मात्र प्रेमी उदिप श्रेष्ठसँग बिहे गरेकी छिन् । आँचलको बिहे पक्का भएसँगै पलले उनलाई अनफलो गरेका हुन् । पल र आँचलको केही समय अगाडिसम्म प्रेम चर्चा थियो । तर, यी दुइले आफूहरुलाई राम्रो साथी भन्दै आएका थिए । पछिल्ला केही महिनादेखि भने यी दुइले एकसाथ काम पनि गरेका छैनन् ।