अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन:नारा नयाँ, एजेन्डा पुरानै सुरु

काठमाडौं, भदौ ८ । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलन  सुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले बुधबार उद्घाटन गरेको सम्मेलनले संगठनको नयाँ कार्यक्रम, योजना र नेतृत्व चयन गर्ने नेताहरूले बताएका छन्।

क्रान्तिकारीले यसपटक पनि मूलतः जनवादी शिक्षा लागू गर्ने, निजी शिक्षा अन्त्य गर्नेदेखि आफ्नै नेताका छोराछोरीसमेत सामुदायिक तथा सरकारी विद्यालयमा पढाउनुपर्नेजस्ता ‘आकर्षक’ मुद्दा अगाडि सारेको छ । नेतृत्व सिर्जनशील नहुँदा विद्यार्थी संगठनले पुरानै एजेन्डा बोकिरहेको क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने बताउँछन् । लामो समयदेखि जनवादी शिक्षाको नारा लगाउँदै आएको क्रान्तिकारीले यसपटक नाम परिवर्तन गरी समाजवादी शिक्षा भनेको छ।

‘शिक्षा प्रणालीमै मूल समस्या छ,’ न्यौपानेले नारा फेरिए पनि एजेन्डागत कार्यभार पूरा नभएको तर्फ इंगित गर्दै अन्नपूर्णसँग भने, ‘शिक्षा प्रणालीका सन्दर्भमा व्यावसायिक, वैज्ञानिक, जनवादी, समाजवादी जे–जस्ता नारा दिए पनि कार्यभार टुंगिएको छैन । पार्टीसँग विद्यार्थी आन्दोलनको नारा मिलाउन खोज्दा त्यस्तो देखिएको हो ।’ नारा जे बनाए पनि शिक्षामा ‘दलालीकरण’ झनै बढेको न्यौपाने बताउँछन्।

माओवादीको ०६३ सालमा सम्पन्न पाँचौं विस्तारित बैठकमा पार्टी नेतादेखि विद्यार्थी संगठनका नेतासम्मले छोराछोरीलाई निजी विद्यालयमा नपढाउने विषयले प्रवेश पाएको थियो । तर, यसको व्यावहारिक प्रयोग हुन सकेको छैन। माओवादी नेता झनै ‘स्टार स्कुल’ मा छोराछोरी पढाउन थालेका छन्।

क्रान्तिकारीका उपाध्यक्ष उत्तम अधिकारी अहिले पार्टीका नेताहरू नै निजी विद्यालय खोल्न हानथाप गर्न थालेको र निजीकरण मौलाउँदै गएको स्विकार्छन् । ‘सार्वजनिक÷सरकारी विद्यालय सुक्दै जान थालेका छन् । नेता आफैँ निजी विद्यालय खोल्न लागिपरेका छन्, यसो हुनुमा उदारीकरण, पुँजीवादको प्रभाव बढी देखिएको छ’, उनले अन्नपूर्णसँग भने।
विद्यार्थी संगठनलाई सशक्त प्रतिपक्षी भनेर परिभाषित गरे पनि व्यवहारमा सत्तापक्षजस्तो देखिएको नेता न्यौपानेले बताए । ‘आफ्नो पार्टी सरकारमा छ भने त्यसैको बचाउ गर्ने र सिंहदरबारमा केन्द्रित हुने प्रवृत्तिले एजेन्डा कार्यान्वयनमा आउन सकेन’, उनले भने । जारी सम्मेलनले केही नयाँ नारा अगाडि सारे पनि कार्यान्वयनमा चुनौती रहेको उनी बताउँछन्।

रामदेवले खोले सुरक्षा कम्पनी, भूपु सेना र प्रहरीसगैं युवाहरू भर्ती गरिने

एजेन्सी, असार २९ । औषधीमा साम्राज्य जमाएका योगगुरू बाबा रामदेवले सुरक्षामा पनि हात हालेका छन ।  बाबा रामदेवले निजी सेक्युरिटी कम्पनी खोलेका हुन । ‘पराक्रम सुरक्षा प्राइभेट लिमिटेड’ नाममा खोलिएको उक्त कम्पनीमा भातीय सेना र पुलिसका रिटार्यड उच्च अधिकारीहरुले तालिम दिने बताइएको छख । पतंजलि योगपिटका संस्थापक योगगुरु बाबा रावदेवले भारतको हरिद्वारमा नयाँ सेक्युरिटी कम्पनीको उद्घाटन गरेका हुन । स्वदेशी उत्पादनलाई जोड दिएर पतंजली जस्तो आर्योबेदिक औषधी मार्फत चर्चित बनेका बाबा रामदेवले आफुनो र देशको सुरक्षाका लागि अब व्यक्ति स्वयलाई तयार गर्न लागेका हुन । त्यसैका लागि आफूले पराक्रम नामको सुरक्षा एन्जेसीको गठन गरेको बताउका छन् । पंतजलिको उच्च स्रोतका अनुसार बाबा रामदेवले सुरक्षा एजेंसीका लागि भारतीय सेना र पुलिका रिटायर्ड अधिकारीले भारतीय गुवाहरुलाई सुरक्षा तालिम दिने छ । यसवर्षको अन्तसम्ममा यस सम्बन्धी पुरा रूपरेखा तयार गर्नै योजनामा बाबा रामदेव रहेका छन । रिटायर्ड अधिकारीहरुले स्वयंसेवकको रूपमा ‘पराक्रम’ मासेवा दिनका लागि कयौं व्यक्ति सामेल भई सकेका छन जसले युवाहरुलाई सुरक्षा रण्नीतिका बारेमा जानकारी गराउने छन । रिर्पोटहरुका अनुसार केही युवायुवतीले अहिले हरिद्वारस्थित पतंजलिमा शानदार रुपमा तालिम लिइरहेका छन् । पराक्रमको सुरक्षा तालिममा अहिले युवायुवतीलाई मांसपेशी तन्काउने, डोरीमा हिड्ने र दौडसम्बन्धी तालिम दिइरहेको छ ।

आँखाको उमेर कति वर्ष ?

एजेन्सी । तपाइँलाई कसैले उमेरसाध्यो भनी फट्ट भनिदिनु हन्छ यति, तर अनि तपाइँको आँखा कति वर्षको भयो ? सहज उत्तर आफु जति वर्षको भइयो आँखा पनि उत्ति वर्षको नै भयो । तर होइन, तपाइको उमेर कलिलै भएपनि आँखा भने निकै पूरानो हो । तपाइँ हामी सबैको आँखाको उमेर ५० करोड वर्षको भैसक्यो । वैज्ञानिकहरुका अनुसार जिवजन्तुको आँखा ५० करोड वर्ष पुरानो हो । वैज्ञानिकहरुले यो कुराको पुष्टि गर्नका लागि ७० करोड वर्ष पुरानो इतिहासलाई प्रस्तुत गरेका छन् । जुनबेला केवल एक कोषिय अमिबा, लेउ, मुगा तथा जिवाणुहरुको मात्र अस्तित्व थियो । वैज्ञानिकहरुले अध्ययनका क्रममा ओपसिन्स नामक कोषिमा ध्यान केन्द्रित गरे जो प्रकाशप्रति संवेदनशील हुन्छ । यो कोशिकाले जिवमा विस्तारै विस्तारै प्रकाशलाई पहिचान गर्न सुरु गर्यो । सोही कोशिका पछि आँखाको रुपमा विकशित भयो । जिवजन्तुमा पहिलोपटक ५० करोड वर्ष पहिले क्याम्ब्रियन युगमा आँखाको विकाश भएको वैज्ञानिकहरुको भनाइ छ । अस्ट्रेलियाली वैज्ञानिक ट्रेवर ल्याम्बका अनुसार ५० करोड वर्ष पहिलेको समयमा यस्ता धेरै जिवको उत्पत्ति भयो जसको एक वा दुइ आँखा थिए । ती जिवमा त्यससँगै सरीरका अन्य अंग समेत विकशित भए । तथापि त्यस समयमा धेरै जनावरको सरीरमा केवल आँखा मात्र हुन्थ्यो तर स्नायु प्रणालीको अरु भाग विकाश भैसकेको थिएन । झण्डै २० करोड वर्षको क्रम विकाशसँगै जिवजन्तुमा अहिलेको जस्तो विकशित आँखाको विकाश भएको हो ।

सन्धिखर्कको मेयरमा कांग्रेस र उपमेयरमा माओवादी विजयी

 अर्घाखाँची, असार  १९ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको मेयरमा कांग्रेसका कमलप्रसाद भुसाल विजयी भएका छन् । उनले ८३०३ मत ल्याएका ५न्उ भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णप्रसाद श्रेष्ठले ७ हजार १ सय २७ मत ल्याएका छन् । त्यस्तै उपमेयरमा माओवादी केन्द्रका ठाकुर विक विजयी भएका छन् । उनले ७१२७ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका इश्वरा पोख्रेलले ६४०४ मत ल्याइन् ।

भरतपुरको ताजा परिणाम, एमाले २ सय ९४ मतले अगाडि

भरतपुर, जेठ ६ । आज बिहान १० बजेदेखि सुचारु भएको मतगणनाको पछिल्लो परिणाम सार्वजनिक भएको छ । नयाँ प्राप्त नतिजा अनुसार, वडा नं. १० को ६ सय मत गणना भएको छ । जस अनुसार, उक्त वडामा रेणु दाहालले २ सय ४४ र देवी ज्ञवालीले १ सय ९२ मत प्राप्त गरेका छन् । हिजो साँझ घोषणा भएको मत परिणाममा यो मत जोड्दा ज्ञवालीको १५ हजार ३४७ मत पुगेको छ भने रेणुले १५ हजार ५३ मत प्राप्त गरेकी छिन् । वडा नं. १२ सम्म रेणु र देवीको मत तलमाथि भइरहने र वडा नं. १३ देखि भने रेणुले अग्रता लिने माओवादी समर्थक बताउँछन् । यसअघि माओवादी र कांग्रेसको गणना भएको मत भन्दा कम मत कम्युटरमा राखेर नतिजा सार्वजनिक गरिएको भन्दै निर्वाचन मत गणना स्थगित भएको थियो ।

विभिन्न पार्टी परित्याग गरी दुईसय माओवादी केन्द्रमा प्रवेश

सुनसरी, बैशाख २ । पूर्वको सुनसरीमा विभिन्न पार्टी परित्याग गरेर दुईसय बढी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सुनसरीको इनरूवा नगरपालिका वडा नं. १० (साबिक जल्पापुर गाविस) मा राप्रपा, एमाले, काँग्रेस र फोरमका दुई सय बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । स्थानीय लोकप्रिय नेता हाजी बेचु मियाँ, अलाउद्दीन मन्सुरी, रामपृत शर्मा र वसन्त सरदारलगायतको नेतृत्वमा विभिन्न पार्टीबाट सक्रिय स्थानीय नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । सुनसरीको दक्षिणी भूगोलमा दैनिक दर्जनौ राजनीतिकर्मी माओवादी केन्द्रमा प्रवेश गर्ने क्रम जारी रहेको छ । अपेक्षाकृत कमजोर रहेको माओवादी केन्द्रको दक्षिणी भेगमा पार्टीबाट प्रवेश गर्ने बढेपछि उक्त क्षेत्र माओवादी केन्द्रको लागि राम्रो अवस्थामा पुगेको छ । कार्यक्रममा नव प्रवेशी बेचु मियाँले भने, ‘माओवादी आम पीडित जनताको पार्टी हो । यही कुरा अनुभूत भएर हामी ठूलो संख्यामा माओवादी केन्द्रमा प्रवेश गरेका हौं ।’ वसन्त सरदारले भने–‘दलित, मजदुर, किसानको मुद्दा सम्बोधन गराउन हामी जल्पापुरवासीहरू माओवादीमा प्रवेश गरेका छौं ।’ प्रवेश कार्यक्रममा माओवादी नेता डम्बर सुवेदी ‘हिमाल’, पप्पु मण्डल, जाकिर हुसैन, सुरेन्द्र कटवाल, ओके दाहाल, माया पोख्रेल, तोया गिरी, मुख्तार आलम, सुद्दीन मियाँ, सद्दाम हुसेन, जुमराती मियाँको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सांसद जाकिर हुसैनले भने, ‘सुनसरीको दक्षिण बेल्टमा हिजो माओवादी कमजोर हुँदा जनताको आवाजलाई दबाइएको थियो । अब, हामी मजबुत हुँदैछौं । अब जनताको आवाज मजबुत हुनेछ । जनताको कुरा हनमीले सम्बन्धित निकायसम्म पुर्याउने छौं ।

लण्डनमा साझाको पुस्तक प्रदर्शनी

काठमाडौं, चैत ५ । साझा प्रकाशनले लण्डनमा पहिलोपटक पुस्तक प्रदर्शनी गरेको छ । लण्डनमा रहेको नेपाली दूतावासको आयोजनामा शुक्रबारदेखि तीन दिनका लागि सो पुस्तक प्रदर्शनी सुरु गरेको हो । प्रदर्शनीमा साझा प्रकाशनबाट प्रकाशित दुईसय शीर्षकका तीन हजारभन्दा धेरै पुस्तक राखिएकोमा धेरैजसो पुस्तक प्रर्दशनीको पहिलो दिनमै सकिएको साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जनकारी दिएका छन् । पुस्तक प्रशर्दनको क्रममा उपस्थित बेलायतका लागि नेपाल राजदूत दुर्गाबहादुर सुवेदीले साझा प्रकाशनलाई पहिलेको जस्तै सम्बृद्ध बनाउन युरोपका हरेक देशमा प्रदर्शनी गर्नुपर्ने बताएका छन् । विदेशमा रहेका नेपालीहरु पुस्तक पढ्न निकै आतुर रहेको भन्दै उनले साझा उकास्ने एउटा उपाय पुस्तक प्रदर्शनी पनि भएको बताएका छन् । साझा प्रकाशन वचाउ अभियान अन्तगरत २६ बुँदे कार्ययोजना अन्तरगत नै बेलायतमा पुस्तक प्रदर्शनी गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने महाप्रबन्धक शर्माले जानकारी दिएका छन् ।

ह्वात्तै बढ्यो सुनको भाउ

काठमाडौं, चैत ३ । सुनको भाउ हवात्तै बढेको छ । सुन बिहीबार तोलाको ७ सय रुपैयाँले बढेर ५३ हजार ९ सय रुपैयाँ पुगेको छ । बुधबार सुनको भाउ तोलाको ५३ हजार २ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा उतारचढाव आएकाले भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । यस्तै बिहीबार चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी बिहीबार तोलामा ७ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

गलपासो बनेको आईजिपी प्रकरणमा किन फसे देउबा ?

काठमाडौं, फागनु २ । नेपाल प्रहरीको महानिरिक्षक पदमा वरियताक्रमलाई मिचेर तेश्रो वरियतामा रहेका जय बहादुर चन्दलाई आइजिपी नियुक्तीको सरकारी निर्णय सोझै नेपाली काँग्रेसका सभापतिसँग ठोक्कियो । कारण थियो, प्रचण्डले देउबाको दबाबमा नियुक्तिको निर्णय गर्न बाध्य भएको समाचार सार्वजनिक हुनु । डिआईजी नवराज सिलवाल पहिलो बरियताक्रममा थिए । समाचारहरुमा प्रधानमन्त्री प्रचण्डले वरियता नमिचेर सिलवाललाई नै महानिरिक्षक बनाउन चाहेको कुरा सार्वजनिक भयो । त्यो बेलासम्म देउबाको कुनै अभिव्यक्ति सार्वजनिक भएको थिएन । बरु समाचारहरुमा देउबा र चन्दबीच उठवस, चन्दको विषयमा गृहमन्त्री विमलेन्द्र निधि र देउबाबीच विवाद बढेको, देउबाले कि चन्दको प्रस्ताव लैजाऊ कि गृहमन्त्रीबाट राजीनामा देऊ् भनेर दबाब दिएको कुरा सार्वजनिक भएका थिए । यही बीचमा शुक्रबार बिहान डाकिएको क्याबिनेटको बैठक रद्द गरियो । दिउँसो मन्त्रीपरिषदको आकस्मिक बैठक बसेपनि त्यसमा आइजिपीको विषयले प्रवेश पाएन । शुक्रबार साँझसम्म चन्दलाई आइजिपीमा नियुक्त गर्न देउबाले नै गृहमन्त्री र प्रधानमन्त्रीलाई दबाब दिएको कुरा सार्वजनिक भइरहेको थियो । तर यसबारेमा पूर्व गृहमन्त्री तथा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको तर्फबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको थिएन । तर आइतबार बिहान ८ बजे आकस्मिकरुपमा क्याबिनेटको बैठक बोलाएर चन्दलाई आइजिपीमा सिफारिस गरिएपछि भने देउबाको नाम झन उचालियो । माथि नै भनियो, देउबाको नाम एकाएक मुछिएको थिएन । उनको नाम यसअघि नै दबाब दिइरहेको भन्ने अर्थमा मुछिएको थियो । तर आइतबार दिउँसो भने नेता देउबाको सार्वजनिक प्रतिक्रिया सञ्चारमाध्यमहरुमा प्रकाशित भयो । देउबाले भने– आइजिपी नियुक्तिमा मेरो कुनै संलग्नता छैन, यो मन्त्रीपरिषदको अधिकारक्षेत्रभित्र पर्ने कुरा हो । निश्चितरुपमा पनि यो मन्त्रीपरिषदको अधिकारक्षेत्रकै कुरा थियो । तर सत्तारुढ गठबन्धनको एउटा बलियो र मुख्य हिस्सेदार रहेको नेपाली कांग्रेसको अनुमति बिना मन्त्रीपरिषदले एकल ढंगले सुरक्षा निकायको प्रमुखमा कसैलाई नियुक्त गर्न सक्ने परिपाटी कम्तीमा नेपालको राजनीतिमा छैन । सामान्य कुनै विभागको निर्देशक, राजदूत या सिडिओको सरुवा गर्दा समेत सत्तारुढ दलहरुबीच र अझ प्रतिपक्षबीच समेत भागबण्डा हुने परिपाटी रहेको देशमा देउबाको जानकारी, संलग्नता, अनुमति, स्वीकृति र समर्थन बिना कुनै व्यक्तिलाई प्रहरी बलको महानिरिक्षक बनाउन सकिने कुरा थिएन । यो तथ्य सम्भवतः शेरबहादुर देउबाले बुझ पचाए । उनले संलग्नता छैन भनेपनि यसलाई पत्याउन सकिने आधार थिएन र छैन पनि । त्यसैले पनि होला, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले देउबासँग सार्वजनिक नैतिकता छैन र ? भन्ने प्रश्न समेत गरे । डा. भट्टराईका यो टिप्पणी सामान्य मनोगत फेसबुक टिप्पणी थिएन । यसले नेपाली राजनीतिको एउटा गम्भीर पक्षलाई उद्बोध गरेको छ । यही बीचमा सर्वोच्च अदालतमा आईजिपी प्रकरणमा रीट परेपछि अदालतले दुईवटा अन्तरिम आदेश जारी गर्यो । सोमबार सुशीला कार्कीको इजलाशले आइतबार दिएको आदेशलाई यथावत राखी यो मुद्दालाई कपिलदेव ढकालले दायर गरेको रिटसँगै राखेर आगामी ८ गते पेश गर्न आदेश दियो । यो आदेशले चन्दले पदभार ग्रहण गर्ने सम्भावना तत्काल अर्को निर्णय नहुँदासम्म स्थगित बन्या । र, यही बीचमा फेरी देउबाको नाम मुछिँदै सञ्चारमाध्यममा प्रधानन्यायाधिस सुशिला कार्कीविरुद्ध नै अविश्वास प्रस्ताव ल्याउन देउबालाई दबाब परेको र उनले पर्खेर हेरको नीति लिएको कुरा सार्वजनिक भयो । देउबा अहिले चन्द प्रकरणमा नराम्ररी मुछिएका छन् । उनले प्रधानमन्त्रीलाई के दबाब दिए या गृहमन्त्रीसँग उनको आपसी के कुरा भएर यस्तो निर्णय भयो भन्ने व्यक्तिगत संवाद अरुलाई जानकारी हुने कुरा भएन । तर देउबाले संलग्नता छैन भनेपनि उनी यो प्रकरणमा सबैभन्दा बढी संलग्न भएका छन् । उनी सत्तारुढ गठबन्धनका प्रमुख सहयोगी हुन । नेपाली कांग्रेसको समर्थन बिना प्रचण्डको सरकार एक सेकेण्ड पनि टिक्न सम्भव छैन । यो स्थितिमा संविधान कार्यान्वयनदेखि अन्य जटिल राजनीतिक मुद्दामा नेपाली कांग्रेसको सहयोग र समर्थन प्रचण्ड सरकारलाई आवश्यक छ । प्रचण्डको यो अप्ठ्यारो लोकले बुझेका छन् । यो अवस्थामा देउबाको जानकारी बिना चन्दको नियुक्ती गर्ने हिम्मत प्रचण्डले पनि गर्दैनथे । त्यसैले कानुनीरुपमा मन्त्रीपरिषदको अधिकार क्षेत्र भएपनि यो मुख्यतः दुई सत्तारुढ दलको अधिकार क्षेत्रभित्रको विषय हो भन्ने कुरा भनिराख्नु पर्दैन । देउबाले यो प्रकरणमा विगतमा जे दबाब दिए या नदिए पनि यसले नराम्रो संस्कृतिको विकास गरेको छ । यसले सुरक्षाबलभित्रको चरम राजनीतिकरण र यसले मौलाउने राजनीतिक भ्रष्टाचारलाई नै प्रश्रय गर्ने छ । वरियताक्रम, योग्यता जस्ता पक्षहरुलाई उपेक्षा गरे जाने हो भने यसले एउटा संगठनको संरचनालाई तलैदेखि चरम र विकृत ढंगले राजनीतिकरण गर्छ । यो शुभ संकेत होइन कदापी पनि । त्यसैले देउबाले यो विषयमा सत्ता साझेदार दलको मुख्य नेता भएको हैसियतले आफ्नो धारणा राख्दै अदालती प्रक्रियालाई सहयोग गर्ने र भविष्यमा हुने निर्णयको सम्मान गर्नुपर्छ । मन्त्रीपरिषदको अधिकार क्षेत्र भएपनि सरकारले तेश्रो वरियताको व्यक्तिलाई नियुक्त गर्नुहुन्थ्यो या हुँदैनथ्यो भन्ने विषयमा उनले आफ्नो मत जाहेर गर्नुपर्छ । नत्र यो गलपासोले उनलाई झनै कस्ने देखिन्छ ।

पानी अभावले दुर्गन्धित अस्पताल

सल्यान, माघ २९। चौबिसै घन्टा पानीको आवश्यक हुने सल्यान जिल्ला अस्पतालमा पानीको अभाव भएपछि त्यहाँकाे अवस्था निकै नै कष्टकर बनेकाे छ । पानी अभावका कारण दैनिक हुने सरसफाइमा समेत समस्या देखिएको छ । दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ । हप्तामा एक दुई २ पटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिए । अस्पताल जस्तो अति संवेदनशिल संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको उनले बताए । शौचालय अति फोहोर हुनामा आफूले मात्र चासो नदिएर नभएको डा रावलको जिकिर छ । उनले भने, “अस्पतालमा बिरामीले प्रयोग गर्ने शौचालय हामीले चासो नदिएर मात्र फोहोर हुँदैन, बिरामीको लापर्बाहीले पनि भएको छ ।” अस्पतालको शौचालयले दुर्गन्ध बाहिरसम्म फैलिएको छ । अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उनको भनाइ छ ।  

यस्तो छ दर्पण छायाँ–२ को ट्रेलर (भिडियाे)

माघ २७ । सुपरहित नेपाली चलचित्र दर्पण छायाँको सिक्वेल दर्पण छाँया–२ को ट्रेलर सार्वजनिक भएको छ । फिल्मस्को प्रस्तुति तरहेको दर्पण छायाँ–२ को लेखन तथा निर्देशन तुलसी घिमिरे गरेका हुन् । आगामी फागुन २७ प्रदर्शन गरिने भनिएको यस चलचित्र दर्पण छाँया–२ को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ । पुष्पल खड्का, श्रद्धा प्रसाई र सहारा कार्कीको मुख्य भूमिका रहेको यस फिल्ममा सरोज खनाल, विएस राणाको पनि अभिनय रहेको छ । यस्ताे छ ट्रेलर

श्रीमानले ट्रम्पको समर्थन गरेपछि श्रीमतीद्वारा सम्बन्धविच्छेद

लस एन्जिलिस, एजेन्सी । डोनाल्ड ट्रम्पका कारण सिँगो विश्व मात्र होइन, परिवार समेत संकटमा पर्न थालेका छन् । यस्तै घटना सार्वजनिक भएको छ अमेरिकामा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्थन गरेकै कारण एउटा बुजर्ग दम्पत्तीको घरबार बिग्रिएको छ । समाचार अनुसार, ट्रम्पलाई समर्थन गरेकै कारण क्यालिफोर्नियाको जेलमा काम गर्ने ७३ वर्षीय रिटायर्ड कर्मचारी गेल म्याककार्मिकले आफ्ना् ७७ वर्षीय श्रीमानसँग सम्बन्धविच्छेद नै गरिन । उनीहरु विगत वीस वर्षदेखि वैवाहिक जीवन बिताउँदै आएका थिए । गेलका अनुसार, उनका श्रीमानले ट्रम्पलाई भोट दिने निर्णय गरेपछि विवाद बढेको थियो । विवाद बढ्दै गएपछि उनले श्रीमानलाई नै छोड्ने निर्णय गरिन । “ट्रम्पलाई भोट दिने निर्णय गरेको सुनेर म चकित भएँ । मलाई ठूलो चोट पुग्यो । श्रीमानलाई छोड्नु निकै कठीन निर्णय थियो । हामी काउन्सिलिङका लागि पनि गयौं । तर श्रीमानको निर्णयले मलाई आघात पारि नै रह्यो ।” त्यसो त अन्तिममा आएर उनका श्रीमानले हिलारीलाई नै भोट दिए तर ट्रम्पलाई समर्थन गर्ने श्रीमानको सोचाईले नै मन टुटिसकेपछि सम्बन्धविच्छेद गरेको गेलले बताइन ।

दामन सिमभञ्ज्याङमा ६ इंच बाक्लो हिमपात, यातायात अवरुद्ध

हेटौँडा, १५ माघ । त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान ४ बजे परेको हिउपातले हेटौँडा–काठमाडाँैबीचको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । करिब ६ इन्च बाक्लो हिउँ पर्नाले यहाँको जनजीवन कष्टकर भएको स्थानीय सञ्चारकर्मी सुरेन्द्र प्रधानले बताउनुभएको छ । काठमाडाँै र हेटौँडाबाट गइरहेका सयौँ सवारीसाधन सिमभञ्ज्याङ र अघोरमा रोकिएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । अहिले क्षेत्रीय सडक डिभिजन कार्यालयको तर्फबाट सडक खुलाउन डोजर परिचालन गरिसकेको मकवानपुरका प्रजिअ नारायण शर्माले राससलाई जानकारी दिनुभयो । सिमभञ्ज्याङमा हिउँ परेपछि हेटौँडाबाट हिउँको दृश्य हेर्न सर्वसाधारणको भीड लागेको छ । रासस file photo

प्रचण्डको निर्देशन– गरीबको तथ्याङ्क ७ दिनभित्र प्रकाशित गर

काठमाडौं, पौष २१ । प्रधानमन्त्री प्रचण्डले नेपालमा गरिबीको यकीन अवस्था र तथ्यांक सार्वजनिक गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । सरकार गठनसँगै “गरीबका लागि सरकार”को नारा दिएका प्रचण्डले यति लामो समय बितिसक्दा समेत गरीब घरपरिवार पहिचान बोर्डले गरिबको संख्या सार्वजनिक नगरेकोमा असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री भएलगत्तै बोर्डलाई ३ महिनाभित्र नेपालमा गरिबीको यथार्थ अवस्था सार्वजनिक गर्न र घरपरिवार पहिचान गर्न निर्देशन दिएका थिए । राष्ट्रिय विकास समस्या समाधान समितिको ३८ औँ बैठकमा प्रचण्डले एक साताभित्र गरिब परिवारको सूची प्रकाशित गर्न निर्देशन दिएका हुन । गरिबी निवासरण मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री प्रचण्डलले बैठकमा गरीब घरपरिवारलाई २ महिनाभित्र परिचयपत्र वितरण गर्न सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो ।

दिल्लीका मुख्यमन्त्री केजरिवालमाथि जुत्ता प्रहार

१८ पुस । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालमाथि जुत्ता प्रहार भएको छ। आइतबार हरियाणाको एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनीमाथि जुत्ता प्रहार भएको भारतीय संचार माध्यमले जनाएको छ । विमुद्रीकरणको विरोधमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि जुत्ता प्रहार भएको थियो । उनीमाथि जुत्ता प्रहार गर्नेलाई स्थानीयले कुटपीट गरी प्रहरीलाई बुझाएका छन् । मुख्य मन्त्री केजरीवालले भने जुत्ता प्रहारका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीका समर्थकले यस्तो हर्कत गरेको बताएका छन । मन्त्री केजरीवालले आफ्नो ट्वीटरमार्फत लेखेका छन्, ‘मैले प्रधानमन्त्री मोदीलाई नोटबन्दीका विषयमा काँतर हुन् भनेको थिए, आज मोदीले आफ्ना चम्चाको प्रयोग गरी जुत्ता प्रहार गर्न लगाए । हामी पनि त्यति कमजोर छैनौ जति तिमी सोचिरहेका छौ । तर हामी त्यति घटिया काम गर्दैनौ । तिमी चाहे जुत्ता हान्न लगाऊ, चाही सीबीआईबाट रेड हान्न लगाऊ । तर म नोटबन्दीको मामिलामा तथ्यकुरा भनेरै छाड्छु ।’

कुवेतमा नेपालीले गरे नेपालीकै हत्या

कुवेत, पुस १८ । कुवेतको सुभानमा एक नेपालीलाई अर्का नेपालीले हत्या गरेका छन् । आइतबार अल यासरा फुड कम्पनीमा कार्यरत मोरङका २६ वर्षीय जिवन भट्टरार्इलार्इ सोही कम्पनीमा कार्यरत रसुवा घर भएका राजेश ग्यावाले चक्कु प्रहार गरी हत्या गरेका हुन् । एउटै कम्पनीमा कार्यरत उनीहरु करिब ८ महिनापहिला रोज़गारीको लागि कुवेत गएका थिए । मृतक जिवन मिल्स स्टोरमा कार्यरत थिए भने राजेश ड्राइभर थिए । राजेशले क़रिब एक महिना पहिलादेखि आफूलार्इ मानसिक समस्या रहेको बताउदै गत डिसेम्बर २२ तारिकदेखि कम्पनीमा राजिनामा दिएर कोठामै बसेको बताइन्छ । घटनापछि घटनास्थल पुगेको कुवेत प्रहरीले राजेश ग्यावासहित सोही कोठामा बस्ने लालबहादुर बोहोरा र राम बाबु दमाइलार्इ नियन्त्रणमा लिएको लिई अनुसन्धान थालेको छ ।