विमानको पाङ्ग्रामा लुकेर ११ घण्टा आकाशमै उडेका व्यक्ति जीवितै !
काठमाडौं । दक्षिण अफ्रिकाबाट विमानको अघिल्लो पाङ्ग्रामा लुकेर नेदरल्याण्डसम्म पुगेका एक व्यक्ति जीवितै फेला परेका छन्।
आइतबार दक्षिण अफ्रिकाको जोहनिसबर्गबाट उडेको कार्गोलक्सको मालवाहक विमानको नोज ह्वीलमा लुकेर बसेका व्यक्ति नेदरल्याण्डको एम्सटर्डमस्थित स्किपोल विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ परेका छन्।
विमानको बाहिरी भागमा बसेर लामो यात्रा गर्दा पनि ती व्यक्ति जीवितै फेला पर्नुलाई आश्चर्यजनक मानिएको छ। डच प्रहरी प्रवक्ता योआना हेल्मन्ड्सले समाचार एजेन्सी एएफपीसँग भनेकी छन्, ‘विमानको नोज ह्वील भएको भागमा जीवित फेला परेका उनलाई अस्पताल लगिएको छ। ती व्यक्ति जीवित हुनु आश्चर्यजनक हो।’ ती व्यक्तिको परिचय भने खुलिनसकेको प्रहरीले जनाएको छ।
जोहनिसबर्गबाट एम्सटर्डमसम्म पुग्न सामान्यतया ११ घण्टा लाग्ने बताइन्छ। विमान माथि उड्दा अक्सिजनको कमी र चिसोले मानिसको मृत्यु हुनुपर्नेमा ती व्यक्ति जीवित हुनु आश्चर्यजनक भएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन्।
सुदूरपश्चिम प्रदेशमा एमालेका थप ३ सांसदले रोजे एकीकृत समाजवादी
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ । आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारालाल तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।
अर्थमन्त्री शर्माद्वारा आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न निर्देशन
अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न निर्देशन दिएका छन्। आन्तरिक राजस्व विभागमा विहिबार भएको छलफलमा मन्त्री शर्माले राजस्व संकलनको अहिलेको अवस्थाबाट देश विकास संभव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेश गर्न निर्देशन दिएका हुन्। “चलिरा छ, यस्तै चल्छ भन्ने कुरा मेरो लागि मान्य छैन। एकपटक राम्रोसँग सोच्नुहोस् राजस्व संकलन बढाउन सकिने उपाय तपाई आफै फेला पार्नुहुनेछ।” उनले भने “त्यसको लागि तपाईलाई जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ। तर राजश्व दोब्बर बनाउने लक्षका साथ काम गर्नैपर्छ।” उनले समग्र राष्ट्रको सम्पत्ति लेखाजोखा गर्नुपर्ने आवश्यकता समेत औंल्याए। “कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन? यसको हिसावकिताव खोई? जनतासँग भएको सम्पत्ति के कति हो? सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो? यसको हिसाव किताव गर्ने योजना पनि चाहियो।” उनले भने। अर्थसचिव मधुकुमार मरासिनीले राजस्व देशकै प्राणरेखा भएको भन्दै संकलनको निर्धारित लक्ष हेरफेर हुने संभावना रहेको बताए। राजस्व समूहका कर्मचारीले १०–५ को ड्यूटी गरेर नपुग्ने भएकाले सोही अनुसार थप जाँगर चलाएर काममा खटिन निर्देशन दिए। आन्तरिक राजश्व विभाग अन्तरगतका ८४ वटा कार्यालय सबैले राजश्व संकलनमा देखिएका समस्याको एमआरआई गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपाय समेत निकाल्न भने। प्रविधिको माध्यमबाट सवै राजश्व कार्यालयहरूलाई यथाशक्य कागज, अनुहार र भौतिक सम्पर्क रहित बनाउन निर्देशन दिए। २०५४ सालदेखि मूल्य अभिबृद्धि कर (भ्याट) लगाए देखि जिडिपीको ९ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजश्व २२ प्रतिशतमा पुगको तथ्याङ्क उल्लेख गर्दै उनले यसलाई व्यवस्थित गर्न विलिङ्ग सिष्टममा एकीकृत गर्न आग्रह गरे। देशका विभिन्न ठाँउमा रहेका ८४ राजस्व कार्यालयमध्ये ३० वटाले मात्र तोकिएको लक्ष पूरा गरेको जानकारी दिँदै उनले सबै कार्यालयलाई लक्ष्य अनुसारको काम गर्न निर्देशन दिए। विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले गत वर्षको कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिए। गत वर्ष कुल राजश्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व ७ प्रतिशत र अन्यबाट २ प्रतिशत राजश्व संकलन भएको थियो। गत आवका लागि विभागलाई ४ सय ५० अर्ब लक्ष तोकिएकोमा ४ सय २९ अर्ब संकलन भएको छ। चालु आर्थिक वर्षको लागि ५ सय २२ अर्ब राजश्व संकलनको लक्ष्य तोकिएको छ। यस्तै गत असारसम्म ४० लाख ६६ हजार १ सय ३१ ले स्थायी लेखा नम्बर (प्यान) लिएका छन भने २ लाख ९० हजार ७१४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आवद्ध छन्। व्यवसायीहरू करको दायरामा औपचारिक रूपले आवद्ध रहेको भए तापनि वार्षिक विवरण नबुझाउनेको संख्यामा वर्षेनी बृद्धि भइरहेको महानिर्देशक आचार्यले बताए। कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउने आर्थिक वर्ष २०७४÷७५ मा ३३.१८ प्रतिशत रआर्थिक वर्ष २०७५/७६ मा ३७.५३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा संख्या बढेर ४२.९२ प्रतिशत पुगेको छ। -नागरिक दैनिकबाट साभार
डेढ वर्षदेखि रोकिएको कोरियामा रोजगारी सुरु हुन अझै केही समय लाग्ने
करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौँबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा दरको टुंगो नलागेको बताए । यसअघि काठमाडौँबाट ट्रान्जिट हुँदै कोरिया जानेले प्रतिव्यक्ति तीन सय ९२ अमेरिकी डलर हवाई भाडा तिर्ने गरेकोमा सिधा उडान गर्दा हवाई कम्पनीले त्यसभन्दा बढी भाडा मागेको बताइएको छ । सिधा उडानका लागि हवाई कम्पनीले बढी भाडा मागेको बेला राष्ट्रियसभाको सरकारी आश्वासन समितिले कोरिया जाने कामदारलाई थप आर्थिक भार नपर्ने गरी उड्ने व्यवस्था मिलाउन निर्देशन दिएको दवाडीले बताए । १० हजारभन्दा बढी कामदार भाषा परीक्षा उर्तीण गरेर लामो समय भइसक्दा पनि कोरिया जान पाएका छैनन् । पहिलो लहरको कोरोना महामारीका बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
रातो मच्छिन्द्रनाथको रथ तानिँदै
काठमाडौं । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ । हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्न तानिँदै छ । पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पु¥याइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए ।साङ्केतिक रुपमा रथ बिहानको नित्य पूजा पछि हल्लाइने र अपराह्न तानिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए । ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिने पानेजु नरेन्द्र शाक्यले बताए । मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष आजका दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो । गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो ।
जंगलमा लागेको आगो निभाउने क्रममा मृत्यु
डोटी । घर नजिकैको जंगलमा लागेको आगो निभाउने क्रममा डोटीमा एक जनाको ज्यान गएको छ । जंगलमा लागेको आगो निभाउने क्रममा गम्भीर घाइते भएका शिखर नगर पालिका –७ का लक्षुवा भुलको उपचारको क्रममा मृत्यु भएको छ । शिखर नगर पालिका–७ को शिल्याखोला जंगलमा लागेको आगो निभाउने क्रममा बिहीबार साँझ अन्दाजी ६५ वर्षीय भुल गम्भीर घाइते भएका थिए । भुलको दुवै खुट्टाको घुँडाको छाला जलेर निस्केको, दुवै हत्केलाको पछाडि, टाउको, निधार र मुखमा आगोले जलेको अवस्थामा अस्पतालमा पुर्याइएको थियो । अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।
प्रचण्ड–नेपाल समूहद्वारा भोलि आम हड्ताल गर्ने घोषणा
काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाले बिहीबार भोलि आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् । त्यसका लागि बुधबार दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको उक्त समूहका नेता विष्णु रिजालले जानकारी दिएका छन् । संवैधानिक आयोगमा नियुक्ति विरुद्धको मुद्दा टुङ्गो नलाग्दै सरकारले बुधबार बिहान पदाधिकारीको सपथ गराएको थियो । मंसिर ३० मा अध्यादेश ल्याएर गरिएको नियुक्ति सिफारिस असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गराएका छन् । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले बहिस्कार गरेका थिए । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूह तेस्रो चरणको आन्दोलन गरिरहेको छ । जसअन्तर्गत माघ २२ गते काठमाडौंमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन सभा आयोजना गरिँदैछ । यसअघि उक्त समूहले विभिन्न प्रदेश प्रदर्शन तथा विरोध सभा गरिरहेको छ ।
कैलालीमा २ समूहबीच झडप, ५ जना घाइते
धनगढी : कैलालीमा २ समूहबीच झडप हुँदा ५ जना घाइते भएका छन् । जिल्लाको टीकापुर नगरपालिका-९ र वडा नम्बर ६ का युवाहरुबीच झडप भएको हो । टीकापुर प्रहरीका अनुसार उनीहरुबीच खक्रौलास्थित बालुवाटारमा झडप भएको थियो। २ समूहले एक–अर्कालाई धारीलो हतियारले प्रहार गरेका छन्। टीकापुर नगरपालिका वडा नम्बर ६ प्रसेनीका दिनेश साउँद, किरण रावल, र सुरज चौधरी तथा अर्को समुह वडा नम्बर ९ बैदिका तपेन्द्र साउँद र भुवन साउँद घाइते भएका हुन्। उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरीले कार्यालय टीकापुरले जनाएको छ। घटना स्थलबाट प्रहरीले टिकापुर ६ प्रसेनीका रवन साउँद र लोकेन्द्र कडायतलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरुले आफूहरु १० जनाको समूहमा आएको प्रहरीलाई बयान दिएका ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ। उनीहरुकाे पहिले पनि झडप भएको खुलेको छ।
‘हिजो आजका कुरा’ को ‘माया जदौ’लाई करोड भ्यु
काठमाडौंः समसामयिक हाँस्य कथामा निर्माण गरिएको फिल्म ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ बोलको गीतले १ करोड भन्दा बढी भ्यु पाएको छ । २ महिनाअघि सार्वजनिक भएको गीतले दर्शकको उत्कृष्ट प्रतिक्रियासहित चर्चा पाइरहेको छ । साकार पन्तको डेब्यू निर्देशनमा बरिष्ट हास्य कलाकार सन्तोष पन्त नीर्मित ‘हिजो आजका कुरा’ को यस गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर, आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा बरिष्ट हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बाँस्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलीया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमीरे, जयनन्द लामा, शिबहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा बिश्वकर्मा, जेबिका कार्की, नवीन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सबिन शाक्य, मन्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधरलगायतका चर्चित कलाकारलाई प्रस्तुत गरिएको छ । कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा प्रदर्शन स्थगित गरिएको फिल्मको जनजीवन सामान्य भएपछि नयाँ प्रदर्शन मिति तय गरिने निर्माण पक्षले जनाएको छ । आफ्नो फिल्मको गीतले छोटो समयमै करोड भन्दा बढी भ्यु पाएकोमा निर्देशक साकारले खसी व्यक्र गरेका छन् । उनले गीत हेर्ने सम्पूर्ण दर्शकमा आभार व्यक्त गरेका छन् । फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलीया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा,दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक् लगायतका कलाकारले अभिनय गरेका छन् । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा प्रतिभा पन्त कार्यकारी निर्माता तथा बैकुण्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र सह–निर्माता रहेको फिल्मको कथा सन्तोष पन्तको हो भने पटकथा सन्दीप किस्नाले लेखेका हुन् । रवि सायमीले खिचेको फिल्म निर्माण घोषणा देखिनै चर्चामा छ ।
‘माकुरी’ लिएर बजारमा आए किरण गौतम (भिडियोसहित)
काठमाडौंः नेपाली लोक दोहोरीमा कृयाशिल युवा गायक–सर्जक किरण गौतमको नयाँ लोक गीत ‘माकुरी’ आज सार्वजनिक भएको छ । विशुद्ध मनोरन्जनात्मक ठट्यौली शैलीको यो गीतमा लय तथा शब्द सर्जक किरण गौतमको रहेको छ भने नव गायिका शुसिता तामाङले किरणलाई स्वरमा साथ दिएकी छन् । बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई प्रकाश खड्काले छायांकन गरेका हुन् । लक्ष्मण चौहानले सम्पादन गरेको म्युजिक भिडियोमा सुसिता तामाङ महेन्द्र बस्नेत र संजिव ठकुरीको अभिनय रहेको छ ।
विवाहको ४ दिन अगाडि टिपर दुर्घटनामा मृत्यु
कञ्चनपुरः यही माघ १३ मा हुने आफ्नो विवाहको निम्ता साथिहरुलाई बाँडन हिँड्दै थिइन उनी । जीवनमा एकपटक हुने विवाहका लागि उनी खुसी थिइन् । तर, विवाहको मिति नजिकिँदै गर्दा उनले यस संसार छाडिन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगर चम्मन चोकमा टिपरको ठक्करबाट रमिता भट्ट (रोशनी) को ज्यान गयो । बिहीबार अपरान्ह ग्राभेल बोकेको से १ क ८८७ नम्बरको टिपरले ठक्कर दिएर दशरतचन्द नगरपालिका–१ गुरुखोलाकी २० वर्षीया उनको घटना स्थलमै मृत्यु भयो । साईकल चढेकी रमितालाई टिपरको पछाडिको चक्काले उनको टाउको किचेपछि उनको घटनास्थलमा नै ज्यान गयो । घटना जिल्ला ट्राफिक कार्यालय कञ्चनपुरको कार्यालयदेखि झण्डै ५ सय मिटर दूरी पश्चिममा भएको हो । स्थानीयले टिपर आतङ्क बढेको भन्दै टिप्परमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।
नेपाल र मलेसिया अन्तिम वानडे म्याच खेल्दै आज
काठमाडौंः नेपाल र मलेसियाबीचको तेस्रो तथा अन्तिम वान डे क्रिकेट म्याच आज हुँदैछ । अन्तिम वानडे पोखरा रंगशालामा बिहान ९ बजेपछि सुरु हुनेछ । तीन खेलको सिरिज नेपालले एक खेल अगावै २–० ले जितसकेको छ । यसअघिका दुबै खेलमा फराकिलो जित हासिल गरेको नेपालले आजको खेलमा पनि त्यहि लय दोहोर्याउन चाहन्छ । पहिलो खेलमा नेपाल १ सय ३५ र दोस्रो म्याचमा १ सय ७० रनले विजयी भएको थियो । मलेसिया भने ‘क्लिनस्विप’बाट जोगिने प्रयासमा हुनेछ । नेपाल वानडे सिरिजको अन्तिम म्याच खेल्दै ओमान, अमेरिकासँगको त्रिकोणात्मक सिरिज खेल्न शुक्रबार काठमाडौं आउने छ ।
हामी कुखुरा होइन, चील बन्नुपर्छ : प्रचण्ड
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कुखुराजस्तो खोर्सिने नभइ चीलजस्तो उडान भर्ने हुनुपर्ने बताएका छन्। स्थायी समिति बैठकमा शनिबार नेताको प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले यस्तो बताएका हुन्। प्रचण्डले क्रान्तिको बाँकी कार्यभार पूरा गर्न चीलजस्तै उडान भर्नुपर्ने बताएका हुन्। ‘हामी कुखुरा होइन, चील बन्नुपर्छ। हरेक विषयवस्तुलाई कुखुराले जसरी खर्सिएर हेर्ने होइन, चीलले जसरी माथिबाट हेर्नुपर्छ’, प्रचण्डले भने, ‘त्यसो गरे मात्र हामी क्रान्तिको बाँकी कार्यभार पूरा गरेर जान सक्छौँ।’ नेताले गरेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले पार्टी महाधिवेशन हुन बाँकी नै भएकाले विचारको बहस खुला नगरेको बताए। उनले पार्टीका आधिकारिक राजनीतिक प्रतिवेदनमा उल्लेखित राजनीतिक कार्यदिशाबाहेक अन्य विषयमा बहस खुला नभएको प्रष्ट पारे। ‘अहिले जुन राजनीतिक प्रतिवेदन र विधान पार्टीको छ, त्यो बाहेक अरु विषय छलफलमा लान पाइदैन। जतिबेला महाधिवशेनका लागि विचार खुला भयो भनेर पार्टीले भन्छ, त्यसपछि मात्र हामीले आ– आफना कुरा बहसमा लैजान सकिन्छ,’ दाहालले भने, ‘अहिले हामी राष्ट्रिय/अन्तराष्ट्रिय सबै शक्ति केन्द्रको केन्द्रबिन्दुमा छौं। सबैले हामीलाई हेरेका छन्, यो बेला हाम्रो प्रथम दायित्व भनेको, एकतावद्ध भएर जाने, पार्टीका काम पूरा गरेर जाने र पार्टी चलायमान बनाउने नै हुनेछ।’ पार्टीको नीति तथा कार्यक्रमको विषयमा उठेका प्रश्नको जवाफ दिँदै प्रचण्डले सामान्तवादका अवशेष अझै बाँकी रहेको भन्दै अहिले समाजवाद उन्मुख जनताको जनवादको राजनीतिक कार्यक्रम पार्टीको नीति कार्यक्रम भएको स्पष्ट पारे। नेताका कतिपय प्रस्तावले पार्टीलाई अझ भद्रगोल बनाउने भन्दै प्रचण्डले सचिवालय विस्तार, महिला प्रतिनिधित्व, केन्द्रमा उपाध्यक्ष र अन्य कमिटिमा उपाध्यक्ष पद सिर्जना गर्न नसकिने प्रष्ट पारे। विभिन्न प्रस्ताव अस्वीकार गरेका प्रचण्डले नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी सचिवालयले अघि सारेको विधान संशोधन प्रस्ताव भने पारित गरेर अगाडि जाने संकेत गरेका छन्। त्यसका लागि १५ दिनपछि केन्द्रीय समिति बैठक बोलाएर अगाडि बढ्ने उनको भनाइ छ। अन्नपूर्ण
झण्डैले बाँचे वरुण धवन, स्टन्ट गर्दा भयो यस्तो खतरनाक दुर्घटना
मुम्बई, बलिउडका चर्चित युवा कलाकार वरुण धवन निकै ठूलो दुर्घटनाबाट जोगिएका छन् । हाल कुली नम्बर १ को रिमेक छायांकनका क्रममा रहेका वरुण धवन झण्डैले जोगिएका हुन । समाचार अनुसार, वरुणलाई एउटा स्टन्ट गर्नुपर्ने थियो । उक्त स्टन्टमा चट्टानबाट उल्टो झुण्डिएको कारमा बसेर केही क्लोज अफ शट दिनुपर्ने थियो । यो स्टन्टको कैयनपटक रिहर्सल गरियो । र, आवश्यक सुरक्षा सावधानी पनि अपनाइयो । तर यति गर्दा पनि दुर्घटना भने भइछाड्यो । अन्तिम समयमा कारको ढोका बन्द हुन पुग्यो । चट्टानमा झुण्डिएको कारमा वरुण भित्रै बन्द हुन पुगे । उनी बाहिर निस्किन सकेनन् । कार भीरमा झुण्डिएको थियो । ढोका फोडेर पनि बाहिर आउन सकिने अवस्था थिएन । पछि निकै कठिन मेहनत गरेर उनलाई बाहिर निकालिएको पत्रिकाले जनाएको छ । यद्यपी धवन या अन्य क्रु मेम्बर कसैलाइ चोट भने लागेन । यो चलचित्रमा वरुण धवनसँगै सारा अलि खान मुख्य भूमिकामा देखिनेछिन् । यसका साथै वरुण धवन फिल्म हम्प्टी शर्मा की दुल्हनीया र ब्रदीनाथकी दुल्हनीयपछि सशांक खेतानको रणभूमि नामक चलचित्रमा पनि खेल्न गइरहेका छन् ।
चितामा आगो लगाउनै खोज्दा लासको टाउको हल्लिएपछि, त्यसपछि भयो यस्तो विचित्र घटना
काठमाडौं, मानिसको जीवनका रहस्यहरु बुझि नसक्नु छन् । भाग्यवादमा विश्वास नगर्नेहरु पनि यस्तै घटनाका कारण विश्वास गर्न बाध्य बन्छन् । रुवावासीसँगै उसलाई जलाउन लागि चितामा लगियो । चितामा उसको लास राखियो । विधि विधानसँगै चितामा आगो लगाउने बेला आयो । आफन्तहरु डाँको छोडेर रोइरहेका थिए । आगो लगाउने बेला आयो, मुस्किलले ५–७ मिनेट, अनि पुरै खरानी बन्थे उनी । तर भइदियो उल्टो । आगो लगाउने तयारी गर्दै गर्दा अचानक चितामा सुतेका व्यक्तिको टाउको हल्लिन थाल्यो । मृतक व्यक्तिले यसरी टाउको हल्लाउँदा सबै तर्सिए । अनि भागाभाग चल्यो । तर केही समयपछि मानिसहरु मुटु बलियो बनाएर चितानेर आयो । यसको नाडी छामे । छाती स्पर्श गरे । जलाउन ल्याइएको व्यक्तिको श्वास चलिरहेको थियो । तत्कालै उनीहरुले ती व्यक्तिलाई नजिककै अस्पताल लगेर गए । पत्याउनु हुन्न होला, अहिले ती व्यक्ति सकुशल छन् । वन इन्डियाका अनुसार, यो घटना हो भारतको उडिसास्थित गंजाम जिल्लाको । त्यहाँ एकजना सीमांचक मल्लिक नामका मानिसको मृत्यु भएपछि आफन्त र परिवारजनले उसलाई घाटमा लगेर गएका थिए । ओडिशा के गंजाम जिले का है, जहां सीमांचक मलिक नामक शख्स को उसके परिजनों ने मरा हुआ मान लिया और अंतिम संस्कार के लिए श्मशान घाट ले गए। दरअसल सीमांचक मलिक शनिवार को अपनी भेड़( दिउँसोतिर गाईबाख्रा चराउन नजिकैको जंगलमा गएका सीमांचक साँझसम्म नफर्किएपछि उनको खोजी भयो । तर त्यो दिन उनी भेटिएनन् । अर्कोदिन बिहानै उनलाई एउटा रुखमुनि बेहोस अवस्थामा फेला पारियो । मानिसहरुले उनी मरेको सोचे । र श्मसान घाट लैजाने तयारी शुरु भयो । तर उनलाई मुखाग्नी दिन शुरु गर्ने बित्तिकै उनको टाउको हल्लिन थाल्यो । डाक्टरका अनुसार, सीमांचकलाई तीब्र ज्वरो आएको कारण उनी बेहोसीको अवस्थामा पुगेका थिए । उपचारपछि घर फर्केका सीमांचक अहिले सबै कुरा थाहा पाएपछि अचम्ममा परेका छन् । सीमांचककी पत्नीले भने डाक्टरलाई नदेखाई सोझै घाट लैजानु ठूलो गल्ती भएको बताईन ।
कांग्रेस चियापान समारोहः राष्ट्रिय एकता र मेलमिलापको कडी
सानेपा– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले आयोजना गरेको ‘चियापान’ समारोह राष्ट्रिय एकता, राजनीतिक सहमति तथा मेल मिलापको कडी बनेको बताएका छन् । प्रतिपक्ष दल तथा काँग्रेस पार्टीले विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत्, छठ तथा ल्होसार पर्वको अवसरमा आइतवार आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । जननायक वीपी कोइराला ३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केको सम्झनामा काँग्रेस पार्टीले २०३५ सालदेखि प्रत्येक वर्ष दशैं कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान गर्दै आएको छ । यस किसिमको चियापान कार्यक्रमले शान्ति, संविधान र लोकतन्त्रको सहयात्रामा सबैलाई एउटै मार्गमा हिडाउन सहयोग पुर्याएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले हाम्रा चाडपर्व, धर्म र संस्कृतिले टाढिएका मनलाई नजिक र आपसी सु–सम्वन्ध विस्तार गर्न सहयोग पुर्याएको बताए । पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलसँगको आफ्नो सम्वन्ध ४५ वर्ष पुरानो रहेको स्मरण गराउर्दै उहाँले यस किसिमको धार्मिक तथा साँस्कृतिक परम्पराले राजनीतिक मतभेद र अविश्वास हटेर जानुका साथै राष्ट्र निर्माणको अभियानमा सबैलाई एकैस्थानमा ल्याउन सहयोग पुग्ने धारणा राखे । चाडपर्व मनाउने नाममा फजुल खर्च, जुवातास लगायतका गलत क्रियाकलापबाट टाढै रहन शुभकामना दिँदै उनले नराम्रो कामको पछि नलाग्न र राम्रो कामको सबैले अनुशरण गर्न सुझाव दिए । सत्यको विजय असत्यको हार धार्मिक मूल्यमान्यता नै रहेको भनाई उनको थियो । त्यस्तैं, पार्टी सभापति शेरबहादुर देउवाले जननायक वीपीले राष्ट्रिय एकता, अखण्डता र आपसी मेलमिलापलाई मजवुत तुल्याउन शुरु गर्नु भएको चियापान समारोह राष्ट्रिय राजनीति सन्तुलन, विकास र मिलापका लागि मियो बन्दै गएको बताए । यस किसिमको चियापानले विभिन्न राजनीति पार्टीहरूबीचको आपसी मतभेदलाई हटाउनका अतिरिक्त सहमतिको वातावरण निर्माण गरी ठूलठूला राजनीतिक समस्या समाधान गर्न सहयोग पुर्याएको स्मरण पनि उनले गराए । छिमेकी राष्ट्र चीनका राष्ट्रपति सी चिनफिङसँगको औपचारिक भेटवार्ता एतिहासिक भएको स्मरण गराउर्दै सभापति देउवाले राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाल–चीनबीचको घनिष्ट सम्वन्धलाई थप उचाईमा पुर्याएको बताए । राष्ट्रपति सीले चीनको औपचारिक भ्रमणका लागि गर्नु भएको आमन्त्रणलाई आफूले स्वीकार गरेको जानकारी उनले दिए । हामी एकचीन नीतिप्रति हामी प्रतिवद्ध छौं उनले थपे– चीनले गरेको उपलब्धिबाट हामीले धेरै कुरा सिक्न जरुरी छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ‘प्रचण्ड’ले काँग्रेसले आयोजना गर्ने चियापान साँस्कृति चाडपर्वसंगमात्र नभइ राष्ट्रिय राजनीतिमा सहमति–सहकार्य गर्ने अक्षुण सम्वन्ध बनेको बताए । वर्तमान परिवर्तनको सहयात्राको साक्षी पनि यस्तैँ सहमति र सहकार्य नै भएको उल्लेख गर्दै उनले भने–राजनीतिमा असम्भव केही छैन, फेरी पनि राजनीतिले कोल्टे फेर्न सक्छ । उनले तत्कालिन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला र आफूबीच भएको सहमति परिवर्तनको मुख्य आधार भएको स्मरण गराए । चियापान समारोह दिउँसो दुईवजेबाट शुरु भए पनि सहभागीको संख्या साँझसम्म रहेको थियो । काँग्रेस पार्टी प्रवक्ता विश्वराज शर्माले एकलाख भन्दा बढीको सहभागीता रहने अनुमान गरिएको बताए । यस पटकको चियापान कार्यक्रम भब्य र सभ्य रहेको थियो । चियापानमा सहभागी नेताहरूको संक्षिप्त प्रतिक्रिया– झलनाथ खनाल– (पूर्वप्रधानमन्त्री) नेपाली काँग्रेसले शुरु गरेको यही एतिहासिक सम्वन्धका कारण मुलुकमा आमूल परिवर्तन आएको छ । यसलाई संस्थागत गर्न अझै सहमतिबाट नै अगाडि बढ्न आवश्यक छ । दशै, तिहार, नेपाल सम्वत, छठ, उधौली–उभौली जस्ता चाडपर्वहरूले राजनीति विचारलाई मात्र नभइ सम्पूर्ण नेपालीलाई एकशुत्रमा बाँधेको छ । माधवकुमार नेपाल– (पूर्वप्रधानमन्त्री) नेपालीहरुले मनाउने चाडपर्व, धर्म संस्कृतिहरू एउटा परिवारमा मात्र सीमित नभएर सबैले (एकले अर्काको चाडपर्व तथा संस्कृति ) मनाउने गरेका छन् । यो नै नेपाली समाजको विविधतामा एकता हो । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण एतिहासिक र उपलब्ध मूलुक बनेकोमा गर्व गर्नुपर्छ । डा. बाबुराम भट्टराई– (पूर्वप्रधानमन्त्री) नेपाली काँग्रेस देशकै जेठो पार्टी हो । यसले बसालेको परम्परा जीवन्त इतिहास हुने गरेको छ । संघीय लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न काँग्रेसले नै अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्छ । यो दिनले सबैमा सुख, शान्ति र समृद्धि ल्याउनेमा कामना गर्दछु । महन्थ ठाकुर–नेता (राजपा), काँग्रेसको चियापान राष्ट्रिय एकता र मेलमिलापको प्रति हो । यो हामी नेपालीहरूले मनाउने चाडपर्व र संस्कृतिसंग मात्र सम्वन्धित छैन । राष्ट्रिय राजनीतिलाई एउटै स्थानमा समेट्न सफल छ । नारायाणकाजी श्रेष्ठ–प्रवक्ता (नेपाल कम्युनिष्ट पार्नी (नेकपा)– आपसी सहयोग, सद्भाव र सहकार्य गर्न तथा सबै नेपालीमा एकताको भावना जागृत गर्न यस दिनले विशेष अर्थ राख्छ । चियापानलाई चियापानको रुपमा मात्र नभइ आर्थिक सृमद्धि र जनताको जीवन परिवर्तनमा देख्नु पर्ने वेला आएको छ । रेडियाे नेपालबाट