रक्सी खाएपछि किन हुन्छ ह्याङओभर, कसरी पाउने छुटकारा ?
नयाँ वर्ष आइसकेको छ। पार्टीहरू अझै चल्दैछन्। रक्सीका गिलासहरू एक अर्कासँग ठोक्किँदैछन्। कुनै आफन्तसँग त कुनै साथीहरूसँग। अलिकति धेरै नै पिइँदैछ।
तर नतिजा, रातिको पार्टी सकिएपछि टाउको भारी हुन थाल्छ, बान्ता र रिँगटा लाग्न थाल्छ। थकाइ अनुभव हुन्छ।
मानिसहरू यसलाई धेरै पिएपछि भएको ‘ह्याङ्गओभर’ हो भन्छन्। हिलसा माछाको अचार खानु, अण्डा खानु वा ओएस्टर खानु, ह्याङ्गओभर हट्छ भन्छन्। अधिक रक्सी पिएपछि प्राय: मानिसहरू ह्याङ्गओभर भएको बताउँछन्। फेरि जो साथीले अघिल्लो दिन धेरै पिउन बल गरेको थियो उसैले भोलिपल्ट ह्याङ्गओभर हटाउने उपायहरू पनि बताइरहेको हुन्छ। तर कुन उपायले तपाईँलाई ताजा बनाउला? त्यस्तो कुनै उपाय छ कि छैन?
ह्याङ्गओभरबाट कसरी छुट्कारा पाउने भन्ने समस्या आजको होइन। मिश्रमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो। अर्थात् उसबेला पनि मानिसहरू रक्सी धेरै पिएपछि त्यसले निम्तिने समस्याबाट हैरान थिए र त्यसको समाधान खोजिरहेका थिए। त्यो भोजपत्रमा जुन उपायहरू सुझाइएको थियो, त्यो आजको दिनमा व्यवहारमा लागु गर्न कठिन छ।
तर आज पनि ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू बताइन्छ। जस्तै क्यानरी भनिने चराको भुटेको मासु खानु, काँचो अण्डा खानु, गोलभेँडाको रस पिउनु, सस वा त्यस्तै चिज मिलाएर तयार पारिएको ओइस्टर खानु – आदि।
रमाइलो कुरा के छ भने यीमध्ये कुनै पनि उपायले धेरै रक्सी पिएर तपाईँले भोगिरहनु भएको ह्याङ्गओभर समस्याको समाधान गर्ने निश्चित छैन। निश्चित समयपछि यो समस्या आफै हराउँछ। त्यसअर्थमा समयसँगै ह्याङ्गओभर हटेर जान्छ।
यसको मुख्य कारण के हो भने आजको दिनसम्म ह्याङ्गओभर किन हुन्छ भन्ने स्पष्ट थाहा भइसकेको छैन।
किन हुन्छ त ह्याङ्गओभर
विज्ञानले के भन्छ भने जब अधिक रक्सी पिएर हामीलाई ह्याङ्गओभर भएको अनुभव हुन्छ या भनौँ जब टाउको भारी भएर दुख्न थाल्छ, रिंगटा लाग्छ तबसम्म हाम्रो शरीरमा रक्सीको अंश बाँकी नै हुँदैन।
त्यसो भए ह्याङ्गओभर किन हुन्छ?
रक्सी इथानोलबाट बन्छ। यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले टुक्रा टुक्रा पारेर अन्य विभिन्न रसायनमा परिणत गरिदिन्छ। यीमध्यै सबैभन्दा महत्त्वपूर्ण एसिटेल्डिहाइड हो। यसलाई थप टुक्रा गरेर इन्जाइमले अर्को रसायन एसिटेटमा परिणत गरिदिन्छ। यही एसिटेट रसायन फ्याट्टि एसिड र पानीमा परिणत हुन्छ। केही वैज्ञानिकहरू ह्याङ्गओभर यही एसिटेल्डिहाइडका कारण भएको विश्वास गर्छन्। तर केही अध्ययनहरूले यो रसायनको ह्याङ्गओभरसँग प्रस्ट सम्बन्ध नहुने देखाएको छ।
केही जानकारहरू भने रक्सीमा मिसाइने अरु नै रसायनका कारण ह्याङ्गओभर हुने बताउँछन्। तिनलाई कन्जेनर्स भनिन्छ। ह्विस्की बनाउँदा अन्य धेरै किसिमका तत्वपनि निस्किन्छन्। धेरै पिएपछि मात्र मानिसहरूले तिनको उपस्थिति अनुभव गर्छन्।
कडा रङ्गका रक्सीमा यसको मात्रा बढी हुन्छ। त्यसैले बर्बन पिउँदा उत्तिकै भोड्का पिएभन्दा बढी ह्याङ्गओभरको अनुभूति हुन्छ। तर यसको असर व्यक्तिपिच्छे फरक फरक हुन्छ। साथै पिउनुको असर वा ह्याङ्गओभर पनि पिउने मानिसको उमेर र पिएको मात्रा अनुसार भिन्न हुन्छ।
थकाइलागेको अनुभव किन हुन्छ
वास्तवमा कुनै एक कारणले ह्याङ्गओभर हुँदैन। यसका विविध कारणहरू हुन्छन्। रक्सी पिउँदा हाम्रो शरीरमा हर्मोनको सन्तुलन खलबलिन्छ।
यसबेला मानिसहरू अरुबेलाभन्दा धेरै पिसाब गर्न थाल्छन्। यसले उनीहरूको शरीरमा पानीको मात्रा कम हुन पुग्छ। टाउको भारी हुनु वा दुख्नु योसँग पनि सम्बन्धित छ। रक्सी सेवनले निद्रामा पनि असर गर्छ। प्राय: मानिसहरू राति अबेरसम्म रक्सी पिउँछन्। जसको परिणाम स्वरूप उनीहरू पर्याप्त सुत्न पाउँदैनन्। यसैकारण पनि उनीहरू थकान अनुभव गर्छन्।
नेदरल्याण्ड्सको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटर भन्छन्,”धेरै रक्सी सेवन गरेपछि हाम्रो शरीर त्यससँग लड्न थाल्छ ताकि त्यसले हाम्रो शरीरमा धेरै खराबी नगरोस्। त्यसै कारण पनि मानिसहरू धेरै पिएपछि अल्मलिएको जस्तो देखिन्छन्।”
इन्टरनेटमा ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू लेखिएका भेटिन्छन्। कसैले केरा खाए राहत हुन्छ भन्छन्। किनकि रक्सी पिउनाले शरीरमा भएको पोटासियम नष्ट हुन्छ र केरा खाए त्यसमा भएको पोटासियमले शरीरमा त्यसको कमी पूरा हुन्छ। तर पोटासियमको कमी एक रात रक्सी खाँदैमा हुँदैन, जुन केरा खाएर तुरुन्तै पूर्ति होस्।
कोही मानिसहरू ह्याङ्गओभर हटाउन बिहान चिल्लोयुक्त नास्ता खानु पर्ने सुझाउँछन्। कोही भने पिउनु पहिल्यै पेटभरि खानु पर्ने बताउँछन्।
केही मानिसहरू अण्डा खाने सल्लाह दिन्छन्। अण्डामा हुने एमिनो एसिड भनिने रसायन एसिटेल्डिहाइड टुक्र्याउन प्रयोग हुन्छ। त्यसैले अण्डा खाएर राहत मिल्छ भनिन्छ। तर त्यस्तो तत्व त अन्य खानामा पनि पाइन्छ।
अहिलेको लागि भने रक्सी धेरै पिएर हुने समस्याबाट छुट्कारा पाउने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु, धेरै पानी पिउनु र एक चक्की एस्पिरिन लिनु हो। रक्सी पिउनुपूर्व राम्रोसँग खानेकुरा खानु र रक्सी पनि विस्तारै विस्तारै पिए ह्याङ्गओभर कम हुन्छ।
र, सबभन्दा राम्रो उपाय त धेरै रक्सी नपिउनु नै हो।
त्रिविद्धारा आंशिक परीक्षा तालिका सार्वजनिक (सूचनासहित)
काठमाडौं, पुष १२ । त्रिभुवन विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमको आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय, परीक्षा शाखाले बुधबार परीक्षा तालिका सार्वजनिक गरेको हो । सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ् सिष्टम अनुसार यही वर्ष सञ्चालन हुने स्नातकोत्तर तह रसायन शास्त्र, भू–गर्भ शास्त्र र इन्जिनियरिङ्ग जियोलोजी विषय प्रथम वर्ष दोश्रो शत्र २०७३ समूहको नियमित परीक्षा दिई दुई विषयसम्म अनुत्तिर्ण भएका विद्यार्थीहले आंशिक परीक्षामा सहभागिता जनाउन सक्ने त्रिविको परीक्षा शाखाले जनाएको छ । दिउँसो ११ बजेबाट सुरु हुने उक्त परीक्षा पुषको २७ गते र २९ गते सञ्चालन गरीने छ । परीक्षा केन्द्रसहित सबै विवरण हेर्नुस्–
बैंकिङ्ग तयारी गर्नेले जान्नैपर्ने : देशको पछिल्लो आर्थिक तथा वित्तीय स्थिति
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो चार महिना अर्थात कात्तिक मसान्तसम्मको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गरेको छ । जसअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । आयातको वृद्धिदर ३५.८ प्रतिशत र निर्यातको वृद्धिदर ११.० प्रतिशत रहेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३६.४ प्रतिशत र अमेरिकी डलरमा २३.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । सरकारको नगद प्रवाहमा आधारित कुल खर्च १७.५ प्रतिशतले र राजस्व संकलन ३०.५ प्रतिशतले बढेको छ । विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १८.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन ३.६ प्रतिशतले र निजी क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १७.९ प्रतिशत र कर्जाको वृद्धिदर २४.५ प्रतिशत रहेको छ । मुद्रास्फीति उपभोक्ता मुद्रास्फीति १. २०७५ कात्तिक महिनामा वार्षिक बिन्दगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.९ प्रतिशत रहेको थियो । खासगरी खाद्य तथा खाद्यजन्य पदार्थ, यातायात, घरायसी सेवा तथा उपयोगिता र लत्ताकपडा आदिको मूल्य बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति केही बढ्न गएको हो । खाद्य तथा पेय पदार्थ मुद्रास्फीति २. २०७५ कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त समूहको मुद्रास्फीति २.३ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा दाल तथा गेडागुडी, चिनी तथा चिनीजन्य पदार्थ, तरकारी उप–समूहका वस्तुहरुको मूल्य घटेका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति न्यून रहेको हो । गैर–खाद्य तथा सेवा मुद्रास्फीति ३. समीक्षा अवधिमा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ५.१ प्रतिशत रहेको थियो । यस समूह अन्तर्गत यातायात, फर्निसिङ तथा घरायसी उपकरण, घरायसी सेवा तथा उपयोगिता लगायतका उप–समूहका वस्तु तथा सेवाहरुको मूल्यमा वृद्धि भएकोले समग्र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको हो । क्षेत्रगत उपभोक्ता मुद्रास्फीति ४. २०७५ कात्तिक महिनामा उपभोक्ता मुद्रास्फीति हिमालमा ४.६ प्रतिशत, काठमाडौं उपत्यकामा ४.५ प्रतिशत, पहाडमा ४.३ प्रतिशत र तराईमा ३.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ५.४ प्रतिशत, ३.२ प्रतिशत, ४.७ प्रतिशत र ३.७ प्रतिशत रहेको थियो । नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति ५. २०७५ कात्तिक महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.२ प्रतिशत र भारतको २.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३.९ प्रतिशत र भारतको ४.९ प्रतिशत रहेको थियो । थोक मुद्रास्फीति ६. २०७५ कात्तिक महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ०.८ प्रतिशत रहेको थियो । गैर–खाद्य पदार्थ, पेट्रोलियम पदार्थ, तयारी पोशाक, आधारभूत धातु लगायतका वस्तुहरुको मूल्यमा वृद्धि भएकोलेसमग्र थोक मुद्रास्फीति बढ्न गएको हो । राष्ट्रिय तलव तथा ज्यालादर सूचकाङ्क ७. समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ८.९ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ६.१ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्क ६.६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९.५ प्रतिशतले वृद्धि भएको छ । बाह्य क्षेत्र वैदेशिक व्यापार ८. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु निर्यात ११ प्रतिशतले वृद्धि भई रु.२९ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ७.६ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८.३ प्रतिशत, चीनतर्फ ८.९ प्रतिशत र अन्य मुलुकतर्फ २.२ प्रतिशतले निर्यात वृद्धि भएको छ । वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, कपडा, दन्त मञ्जन, जुटका सामान लगायतका वस्तुको निर्यात बढेको छ भने अलैची, रोजिन, छाला, जुत्ता, जी. आइ. पाइप लगायतका वस्तुहरुको निर्यात घटेको छ । ९. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु आयात ३५.८ प्रतिशतले बढेर रु.४८३ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३३.५ प्रतिशत, चीनबाट भएको आयात ४५.१ प्रतिशत र अन्य मुलुकबाट भएको आयात ३६.८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, हवाइजहाज, एम.एस. बिलेट, अन्य मेशिनरी उपकरण तथा पार्टपुर्जा, सवारी साधन तथा पार्टपुर्जा, धान चामल लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, कच्चा भटमासको तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, स्वास्थ उपकरण तथा औजार लगायतका वस्तुहरुको आयात घटेको छ । १०. भन्सार नाकाका आधारमा कन्चनपुर भन्सार कार्यालय, कैलाली भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय, सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट गरिएको निर्यातमा ह्रास आएको छ भने अन्य भन्सार नाकाहरुबाट गरिएको निर्यातमा वृद्धि आएको छ । त्यसैगरी, कन्चनपुर भन्सार कार्यालय बाहेक अन्य सबै नाकाबाट भएको आयातमा वृद्धि भएको छ । ११. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा कुल वस्तु व्यापार घाटा ३७.८ प्रतिशतले विस्तार भई रु.४५४ अर्ब ४८ करोड पुगेको छ । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६.१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७.४ प्रतिशत रहेको थियो । सेवा १२. समीक्षा अवधिमा खुद सेवा आय रु.१३ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३ अर्ब १ करोडले घाटामा रहेको थियो । १३. सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा १०.३ प्रतिशतले वृद्धि भई रु.२५ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय रु.२२ अर्ब ७२ करोड रहेको थियो । विप्रेषण आप्रवाह १४. समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३६.४ प्रतिशतले वृद्धि भई रु.३१२ अर्ब २६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो । १५. समीक्षा अवधिमा खुद ट्रान्सफर आय ३३.६ प्रतिशतले वृद्धि भई रु.३५२ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.५ प्रतिशतले घटेको थियो । १६. अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा २७.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने नेपालीहरुको संख्या उल्लेख्य मात्रामा घटेको छ । चालु खाता एवम् शोधनान्तर स्थिति १७. समीक्षा अवधिमा चालु खाता घाटा रु.८८ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु. ४८ अर्ब ९८ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनामा २५ करोड ७ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७७ करोड ४१ लाख पुगेको छ । १८. समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५७ अर्ब ३३ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२ अर्ब ४० करोडले बचतमा रहेको थियो । १९. समीक्षा अवधिमा पूँजीगत ट्रान्सफर रु.४ अर्ब २२ करोड र प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु.४ अर्ब ९५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पूँजीगत ट्रान्सफर रु.६ अर्ब ४२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१० अर्ब १७ करोड रहेको थियो । विदेशी विनिमय सञ्चिति २०. कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तको रु.११०२ अर्ब ५९ करोडबाट १.८ प्रतिशतले कमी आई २०७५ कात्तिक मसान्तमा रु.१०८२ अर्ब ९१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तको १० अर्ब ८ करोडबाट ६.५ प्रतिशतले कमी आई २०७५ कात्तिक मसान्तमा ९ अर्ब ४३ करोड पुगेको छ । २१. कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तको रु.९८९ अर्ब ४० करोडको तुलनामा २०७५ कात्तिक मसान्तमा रु.४४ अर्ब ८६ करोडले कमी आई रु.९४४ अर्ब ५४ करोड पुगेकोछ । अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाहरु (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११३ अर्ब १९ करोड रहेकोमा २०७५ कात्तिक मसान्तमा २२.२ प्रतिशतले वृद्धि भई रु.१३८ अर्ब ३७ करोड पुगेको छ । २०७५ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ । सञ्चिति पर्याप्तता सूचकहरु २२. आर्थिक वर्ष २०७५/७६ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.२ महिनाको वस्तु आयात र ७.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६ प्रतिशत, ६५.८ प्रतिशत र ३३.८ प्रतिशत रहेका छन् । २०७५ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ७८.६ प्रतिशत र ३५.६ प्रतिशत रहेका थिए । कच्चा पेट्रोलियम एवम् सुनको मूल्य २३. अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य २०७४ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६१.१८ रहेकोमा २०७५ कात्तिक मसान्तमा ६.७ प्रतिशतले वृद्धि भई प्रति ब्यारल अमेरिकी डलर ६५.२९ पुगेको छ । त्यसैगरी, सुनको मूल्य २०७४ कात्तिक मसान्तमा प्रति आउन्स अमेरिकी डलर १२८० रहेकोमा २०७५ कात्तिक मसान्तमा ४.५ प्रतिशतले कमी आई प्रति आउन्स अमेरिकी डलर १२२२.४० कायम भएको छ । विनिमय दर २४. २०७५ असार मसान्तको तुलनामा २०७५ कात्तिक मसान्तमा नेपाली रूपैयाँ अमेरिकी डलरसँग ४.८ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.१ प्रतिशतले अवमूल्यन भएको थियो । ट २०७५ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.११४.८८ पुगेको छ । २०७५ असार मसान्तमा उक्त विनिमय दर रु.१०९.३४ रहेको थियो । सरकारी वित्त स्थिति वित्त घाटा/बचत २५. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा नगद प्रवाहमा आधारित नेपाल सरकारको वित्त स्थिति रु.५१ अर्ब १ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु.३२ अर्ब १५ करोड रहेको थियो । सरकारी खर्च २६. समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च रु.२०७ अर्ब ६८ करोड (वार्षिक बजेट अनुमानको १५.८ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१७६ अर्ब ७० करोड रहेकोथियो । २७. समीक्षा अवधिमा चालू खर्च रु.१७३ अर्ब ७८ करोड (वार्षिक बजेट अनुमानको २०.६ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१५२ अर्ब १२ करोड रहेको थियो । समीक्षा अवधिमा रु.२६ अर्ब १ करोड (वार्षिक बजेट अनुमानको ८.३ प्रतिशत) पूँजीगत खर्च भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.१७ अर्ब ८६ करोड भएको थियो । सरकारी राजस्व २८. समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व सङ्कलन ३०.५ प्रतिशतको वृद्धिसँगै रु.२५५ अर्ब २ करोड (वार्षिक लक्ष्यको २७ प्रतिशत) पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो राजस्व १६.३ प्रतिशतले वृद्धि भई रु.१९५ अर्ब ४३ करोड पुगेको थियो । सरकारको नगद मौज्दात २९. २०७५ कात्तिक मसान्तमा सरकारी ढुकुटीमा रु.२०६ अर्ब २५ करोड (स्थानीय तहको खातामा रहेको रु.७५ अर्ब ७७ करोड समेत) नगद मौज्दात कायम रहेको छ । मौद्रिक स्थिति मुद्राप्रदाय ३०. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ४.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा विस्तृत मुद्राप्रदाय १८.६ प्रतिशतले बढेको छ । ३१. समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु. ५७ अर्ब ३३ करोड (५.४ प्रतिशत) ले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु. २ अर्ब ४० करोड (०.२ प्रतिशत) ले बढेको थियो । ३२. समीक्षा अवधिमा सञ्चित मुद्रा १५.० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १४.३ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा सञ्चित मुद्रा ७.२ प्रतिशतले बढेको छ । कुल आन्तरिक कर्जा ३३. समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ५.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.० प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा यस्तो कर्जा २८.७ प्रतिशतले बढेको छ । ३४. समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ९.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ७.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २४.३ प्रतिशतले बढेको छ । निक्षेप संकलन ३५. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ४.८ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७.९ प्रतिशतले बढेको छ । ३६. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३४.७ प्रतिशत र ४६.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३६.२ प्रतिशत र ४२.३ प्रतिशत रहेको थियो । ३७. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो निक्षेपको अंश ४४.८ प्रतिशत रहेको थियो । कर्जा प्रवाह ३८. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ६.७ प्रतिशतले बढेको थियो । निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा ८.३ प्रतिशतले, विकास बैंकहरुको ११.२ प्रतिशतले र वित्त कम्पनीहरुको ५.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २४.५ प्रतिशतले बढेको छ । ३९. २०७५ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६३.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७४ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६१.२ प्रतिशत र १४.५ प्रतिशत रहेको थियो । ४०. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित आवधिक कर्जा ११.१ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ४.० प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १४.५ प्रतिशतले, डिमान्ड तथा चालु पँुजी कर्जा १३.७ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.२ प्रतिशतले तथा हायर पर्चेज कर्जा ३.१ प्रतिशतले बढेको छ । तरलता व्यवस्थापन ४१. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा खुलाबजार कारोबारका विभिन्न उपकरणहरुमार्पmत् पटक–पटक गरी रु.१०० अर्ब ३५ करोड तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत्रु. ७९ अर्ब ६५ करोड र रिभर्स रिपोमार्पmत् रु. २० अर्ब ७० करोड प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रु.१३५ अर्ब ७५ करोड तरलता प्रशोचन भएको थियो । ४२. समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले रु. ५ अर्ब ४२ करोड स्थायी तरलता सुविधा उपयोग गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा रु. ५ अर्ब ५० करोड यस्तो सुविधा उपयोग गरेका थिए । ४३. समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ८७ करोड ९५ लाख खूद खरिद गरी रु.१०१ अर्ब ८६ करोड खूद तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २७ करोड खूद खरिद गरी रु.१३० अर्ब ७४ करोड खूद तरलता प्रवाह गरिएको थियो । ४४. समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ३८ करोड, यूरो १ करोड ६० लाख, पाउण्ड स्टर्लिङ्ग २ करोड र जापानी येन १६ अर्ब बिक्री गरी रु.१६३ अर्ब ३ करोड बराबरको भारतीय रुपैँया खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ३६ करोड र यूरो ४ करोड बिक्री गरी रु.१४५ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो । पुनरकर्जा ४५. उत्पादनशील क्षेत्रतर्पm कर्जा लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पुर्याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । २०७५ कात्तिक मसान्तसम्ममा यस बैंकको रु.१५ अर्ब ६३ करोड पुनरकर्जा लगानीमा रहेको छ । ४६. भूकम्प पीडितहरुलाई बढीमा २.० प्रतिशत ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न यस बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई शून्य ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने व्यवस्था अन्तर्गत २०७५ कात्तिक मसान्तसम्ममा रु.२ अर्ब २३ करोड पुनरकर्जा प्रदान गरिएको छ । यस्तो कर्जा १४०१ जना ऋणीले उपयोग गरेका छन् । ४७. २०७५ कात्तिक मसान्तसम्ममा नेपाल सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ९७४९ जना ऋणीले उपयोग गरेका छन् । यस अन्तर्गत रु.१४ अर्ब ३८ करोड कर्जा बक्यौता रहेको छ भने रु.७५ करोड ८२ लाख ब्याज अनुदान प्रदान गरिएको छ । अन्तर–बैंक कारोबार ४८. आर्थिक वर्ष २०७५/७६ को चार महिनामा वाणिज्य बैंकहरुले रु.४२१ अर्ब ९१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरु बीच बाहेक) ले रु.४८ अर्ब ६९ करोडको अन्तर–बैंक कारोबार गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरु र अन्य वित्तीय संस्थाहरुले क्रमशः रु.३२१ अर्ब १० करोड र रु.७ अर्ब १८ करोड कारोबार गरेका थिए । ब्याजदर ४९. २०७४ कात्तिकमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर २.५५ प्रतिशत रहेकोमा २०७५ कात्तिकमा २.२० प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७४ कात्तिकको २.६८ प्रतिशतको तुलनामा २०७५ कात्तिकमा १.६८ प्रतिशत कायम भएको छ । त्यसैगरी, वाणिज्य बैंकहरुको औसत आधार ब्याजदर २०७४ कात्तिकको १०.११ प्रतिशतको तुलनामा २०७५ कात्तिकमा १०.२१ प्रतिशत कायम भएको छ । मर्जर/प्राप्ति ५०. यस बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०७५ कात्तिक मसान्तसम्म कुल १६४ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन् । यसमध्ये १२२ वटा संस्थाहरुको इजाजत खारेज हुन गई कुल ४२ संस्था कायम भएका छन् । वित्तीय पहुँच ५१. ७५३ स्थानीय तहमध्ये २०७५ कात्तिक मसान्तसम्म ६८२ स्थानीय तहहरुमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् । प्रदेशगत रुपमा वाणिज्य बैंकको उपस्थिति तालिका ६ मा प्रस्तुत गरिएको छ । ५२. यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७५ कात्तिक मसान्तमा १५४ पुगेको छ । यस अनुसार २०७५ कात्तिक मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ६९ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको शाखा सञ्जाल २०७५ असार मसान्तमा ६६५१ रहेकोमा २०७५ कात्तिक मसान्तमा ७२१८ पुगेको छ । पूँजी बजार ५३. नेप्से सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १९.१ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा १२०५ बिन्दुमा सीमित भएको छ । २०७४ कात्तिक मसान्तमा उक्त सूचकाङ्क १२.५ प्रतिशतले ह्रास भई १४८९.१ बिन्दु कायम भएको थियो । २०७५ असार मसान्तमा भने नेप्से सूचकाङ्क १२१२.४ बिन्दु कायम भएको थियो । ५४. धितोपत्र बजार पूँंजीकरण वार्षिक बिन्दुगत आधारमा १५.७ प्रतिशतले ह्रास भई २०७५ कात्तिक मसान्तमा रु. १४५६ अर्ब ९५ करोड कायम भएको छ । बजार पूँजीकरण २०७४ कात्तिक मसान्तमा ८.६ प्रतिशतले ह्रास भएको थियो । समीक्षा अवधिको बजार पूँजीकरणको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४७.८ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात ६५.४ प्रतिशत रहेको थियो । ५५. नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २०७५ कात्तिक मसान्तमा १९८ रहेको छ । एकतान्यूजबाट
४ महिनामा २५ सचिवसहित १५ सय ७६ कर्मचारी विदेश भ्रमणमा
काठमाडौं, अनावश्यक विदेश भ्रमण रोक्न र मितव्ययी बन्न प्रधानमन्त्री केपी ओलीले दिएको निर्देशनविपरीत हरेक महिना करिब ४ सय कर्मचारीले विदेश सयर गरिरहेको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार चालु आर्थिक वर्षका चार महिना (साउन, भदौ, असोज र कात्तिक) मा मात्रै १ हजार ५ सय ७६ कर्मचारीले विदेश सयर गरे । यिनमा सबभन्दा बढी उच्च तहका कर्मचारी छन् । प्रधानमन्त्रीले महत्त्वपूर्ण कार्यक्रम/सम्मेलनमा मात्र विदेश भ्रमणको अनुमति दिन सचिवहरूलाई निर्देशन दिए पनि कतिपय मन्त्रालयका सचिवहरूले आफू निकटका कर्मचारीलाई पटक–पटक विदेश भ्रमणको छुट दिने गरेको पाइएको छ। कर्मचारीले सबभन्दा धेरै चीन, थाइल्यान्ड, कोरिया, भारत र जापान भ्रमण गरेका छन्। यसबाहेक अमेरिका, इन्डोनेसिया, भुटान, फ्रान्स, मलेसिया, इटली, जापान, सियरालियोन, कम्बोडिया, कोस्टारिका, स्विट्जरल्यान्ड, फिलिपिन्स, इक्वेडर, जर्मनी, युनाइटेड अरब इमिरेट्स, बेलायत, दक्षिण कोरिया, युगान्डा, बंगलादेश, अस्ट्रिया, दक्षिण अफ्रिका, ब्राजिल, सिंगापुर, नर्वे, श्रीलंका, जर्मनी, नेदरल्यान्ड्स, जर्जिया, कतार, इजिप्ट, बहराइन, फिनल्यान्ड, युक्रेन, क्यानडा, म्यानमार, पोल्यान्डलगायत मुलुक भ्रमण गरेका छन्। विकसित मुलुकहरूले विकासका लागि गरेको प्रयास र प्रगति अवलोकन, अध्ययन गर्न र द्विपक्षीय तथा बहुपक्षीय सम्मेलनमा सहभागी हुनमात्र कर्मचारीहरूले विदेश भ्रमण गर्ने गरी निर्देशिका जारी गरिएको छ। वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिकाविपरीत कर्मचारीहरूले मन्त्रालयबाट स्वीकृत गराई विदेश सयर गर्ने गरेको प्रधानमन्त्री कार्यालयको चौमासिक प्रतिवेदनमा उल्लेख छ। पहिलो चौमासिकमा (साउदेखि कात्तिकसम्म) विभिन्न मन्त्रालयका २५ सचिवले विदेश भ्रमण गरेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव विनोदबहादुर कुँवरले कान्तिपुरलाई बताए। चार महिनामा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले तीन पटक विदेश भ्रमण गरेका छन्। अन्तर्राष्ट्रिय सन्धि/सम्झौता, सम्मेलन र बैठकमा सचिवले भाग लिएका छन्। सचिवहरूले फिलिपिन्स, चीन, थाइल्यान्ड, दक्षिण अफ्रिका, जर्मन, कुवेत, बंगलादेश, अमेरिका, ताजकिस्तान, घाना, स्विट्जरल्यान्ड, भारत, फ्रान्स, जर्जिया, कतार, यूके, अस्ट्रिया, श्रीलंका, इन्डोनेसिया र दक्षिण कोरियालगायत मुलुक भ्रमण गरेका छन्। भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसूदन अधिकारी, खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुर र गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेल सरकारको अनुमति नलिई विदेश भ्रमण गरेका थिए। मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मुख्यसचिव लोकदर्शन रेग्मीले ती तीन सचिवलाई स्पष्टीकरणसमेत सोधिसकेका छन्। उनले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका २०७५ लागू भए पनि सबैजसो मन्त्रालयका कर्मचारीले त्यसविपरीत भ्रमण गरेको पाइएको बताए। ‘वैदेशिक भ्रमण नियमन गर्न खोजिए पनि कतिपय मन्त्रालयहरूले अटेर गरेका छन्,’ कुँवरले भने, ‘असम्बन्धित कार्यक्रममा समेत कर्मचारीले भ्रमण गरेको देखिएको छ।’ निर्देशिका लागू भएपछि पनि साउन र भदौमा मन्त्रालयहरूले निर्देशिकाविपरीत कर्मचारी विदेश भ्रमणमा पठाएको पाइएको छ। प्रधानमन्त्री कार्यालयले भ्रमण निर्देशिका पालना गर्न सबै मन्त्रालयको ध्यानाकर्षणसमेत गराए पनि अटेर गर्ने गरेको कुँवरले उल्लेख गरे। साउनदेखि कात्तिकसम्म सबै कर्मचारीले विदेश भ्रमणमा बिताएका दिन जोडदा ६ हजार २ सय २२ दिन हुन्छ। चार महिना अवधिमा तालिममा गएका सेना र प्रहरीलाई छोड्ने हो भने सबभन्दा बढी (२१७ जना) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले विदेश भ्रमण गरेका छन्। दोस्रोमा वन तथा वातावरण मन्त्रालय आउँछ। यस अवधिमा वन तथा वातावरण मन्त्रालयका ९९ कर्मचारीले विदेश भ्रमण गरेको प्रधानमन्त्री कार्यालयले तयार गरेको भ्रमण प्रतिवेदनमा उल्लेख छ। कृषि तथा पशुपन्छी मन्त्रालयका ८५, रक्षा मन्त्रालयका ४ सय २२ (तालिममा गएका सेनासमेत) र गृह मन्त्रालयका १ सय ५१ (नेपाल प्रहरी र सशस्त्र प्रहरीको तालिमसमेत) कर्मचारीले विदेश भ्रमण गरेका छन्। चार महिनामा सबभन्दा कम युवा तथा खेलकुद मन्त्रालयका ७ कर्मचारीले मात्र विदेश भ्रमण गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १० जना, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणका ८, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका ११ र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका ८ कर्मचारी विदेश भ्रमणमा गएका छन्। कुँवरका अनुसार चार महिना अवधिमा रक्षा, संघीय मामिला, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र वन तथा वातावरण गरी ५ मन्त्रालय सबभन्दा बढी पटक विदेश भ्रमण गर्ने सूचीमा पर्छन्। यस अवधिमा रक्षाबाट १ सय ११, संघीय मामिलाबाट ७२, अर्थबाट ६३, उद्योगबाट ६० र वनबाट ४८ पटक कर्मचारी विदेश उडेका छन्। अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा आवश्यकताभन्दा बढी कर्मचारीले विदेश भ्रमण गरेको र राज्यकोषको करोडौं रुपैयाँ सकिएपछि विदेश भ्रमणलाई चुस्त बनाउन सरकारले गत वैशाख १३ मा ‘वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका’ ल्याएको थियो। निर्देशिकामा परामर्शदाता तथा ठेकेदारको पैसामा कर्मचारीले विदेश भ्रमण गर्न नपाउने व्यवस्था गरिएको छ। तर, मन्त्रालयहरूले दाताको सहयोगमा सञ्चालित कार्यक्रमकै रकमबाट कर्मचारीलाई विदेश भ्रमण गराउने गरेको पाइएको छ। निर्देशिकामा वैदेशिक भ्रमणमा जाने कर्मचारी अथवा अधिकारीले भ्रमण गरेर फर्केको १५ दिनभित्र भ्रमणका क्रममा प्राप्त उपलब्धिसम्बन्धी प्रतिवेदन सम्बन्धित मन्त्रालयलाई बुझाउनुपर्ने हुन्छ। नबुझाउनेलाई दुई वर्षसम्म भ्रमणमा जान नदिइने निर्देशिकामा छ। निर्देशिकाले भ्रमण स्वीकृत हुनुपूर्व अर्थ मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्थासमेत गरेको छ। निर्देशिकामा विदेश भ्रमण गरेका कर्मचारीको सूची मन्त्रालयको वेबसाइटमा राख्नुपर्ने व्यवस्था गरिए पनि प्रधानमन्त्री कार्यालय र अन्य मन्त्रालयले समेत त्यसो गरेका छैनन्।
नेपाल प्रहरीका ५८ सई, इन्स्पेक्टरमा बढुवा (हेर्नुस् नामावली)
काठमाडौं, पुष १० । नेपाल प्रहरीका ५८ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टरमा) मा बढुवा भएका छन्। प्रहरीको नियमावली २०७१ को परिच्छेद ४ को नियम २७ को उपनियम ४ बमोजिम बढुवा समितिको निर्णय अनुसार उनीहरु बढुवा भएका हुन् । नामावली हेर्न यहाँ क्लिक गर्नुस्
उपचार गराउन विदेश जाने नेताहरूलाई सरकारले खर्च दिदैन-उपप्रधानमन्त्री यादव
दोहा,कार्तिक २७।उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव कतार सरकारको निमन्त्रणामा कतारको भ्रमणमा रहेका छन्। भ्रमणकै क्रममा सोमबार साझ नेपाली राजदुतावास दोहा कतारमा नेपाली समुदाय सङ्ग बोल्दै यादवले नेपालमै उपचार सम्भव भएका कुनै पनि रोगको उपचारका लागि बिदेश जाने नेता तथा कर्मचारीको उपचार खर्च सरकारले भुक्तान नगर्ने निर्णय गरि लागू भैसकेको बताएका छन्। मन्त्री यादवले नेपालमा लामो समय पछि स्थिर सरकार आएकोले देशलाई समृद्धि तर्फ लैजाने महत्त्वपूर्ण जिम्मेवारी यहि सरकार सङ्ग रहेको भन्दै बर्तमान सरकारले केही महत्त्वपूर्ण काम शुरु गरेकोले त्यसको नतिजा केही समयमा देखिने दावी गरे। कार्यक्रमा बोल्दै कतारका लागि नेपाली राजदुत प्रोफेसर रमेश प्रसाद कोइरालाले पछिल्लो समयमा नेपाल बाट कतारमा भएका उच्च स्तरीय भ्रमणले दुबै देश बिचको सम्बन्ध थप उचाइमा पुगेको बताएका छन् । साथै कोइरालाले आफू रहेको देशको कानुनको सम्मान गरेर आफ्नो काम गर्न कतारमा कार्यरत नेपालीलाई आग्रह समेत गरेका छन्। अहिले देशको अर्थतन्त्र रेमिट्यान्सले चलेको भएपनि वैदेशिक रोजगार देशको अर्थतन्त्रको दीर्घकालिन समाधान नभएको भन्दै बिदेशमा सिकेको सीप र प्रविधी नेपालमा नै प्रयोग गर्न तयार रहन सबै युवाहरुलाई आग्रह गरेका छन्। यस्तै मन्त्री यादवले नेपाल जस्तो पर निर्भर देशले समाजबादको कल्पना मात्र गरेर नहुने भन्दै पहिला गरिबी बेरोजगारी हटाइ अत्याधिक रोजगारी सिर्जना गरेर सम्बृद्धी पछिको समानता आफुहरुले चाहेको बताए । लामो समय एकात्मक शासन रहेको देश संघीय संरचनामा जादा सबै कुरा ब्यबस्थित हुन केही समय लाग्ने भन्दै यादवले नेपालको भविश्य संघीयतामा नै रहेको दावी गरे । संघीय समाजबादी फोरमका अध्यक्ष समेत रहेका यादवले संविधानको केही बँुदामा आफुहरुको असहमती रहेको भएपनि मौलिक हकको धारामा अन्य बिकसित देशमा भन्दा धेरै अधिकार सुरक्षित गरिएको बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघका सस्थापक अध्यक्ष एवं संरक्षक उपेन्द्र महतोले ब्यक्तिगत सफलताले मात्र नहुने भन्दै पहिला समग्र देश समृद्ध हुनुपर्ने बताए । पहिला नेपाली भएर सोच्न आग्रह गर्दै महतोले मैले गर्न सक्छु भन्ने भावनाको वृद्धि गरि मैले नै देश बनाउने हो भन्ने संकल्प लिन आवश्यक रहेको बताए । साथै महतोले प्राकृतिक सुन्दरताले भरिपूर्ण नेपाललाई मेडिकल टुरिजमको रुपमा पनि बिकास गर्ने अभियानमा आफु रहेको बताए । कार्यक्रममा कतार स्थित विभिन्न संघसस्थाका प्रतिनिधि ब्यबसायि पत्रकार लगायत कतारमा कार्यरत नेपालीहरुको समेत बाक्लो उपस्थिति रहेकोे थियो।
तेश्रो विश्वयुद्धको सन्त्रासमा पहिलो विश्वयुद्धको सम्झना
सय वर्ष अघि, संसार नै दुई ध्रुबमा बाँडिएको समय । विश्व शक्ति केन्द्र भत्किएर नयाँ ध्रुवको निर्माणको समय । यस्तो समयावधि जसमा युद्धरत रसियन साम्राज्यमा अक्टोबर क्रान्ति सम्पन्न भयो र सुरु भयो रुसमा समाजवादी सत्ताको अभ्यास । साथै जर्मन, अटोमन, रसियाली र अस्ट्रिया-हंगेरीको साम्राज्य ढलेसँगै युरोपेली साम्राज्यवादको पतनको सुरुवात । र विश्वको इतिहास, राजनैतिक नक्शा र स्वरूप नै परिवर्तन भएको कालखण्ड । यो कालखण्ड थियो प्रथम विश्वयुद्धको । मानव इतिहासकै त्यो वीभत्स अनुभव जो विश्वले आजभन्दा ठीक एक सय वर्ष पहिले अनुभव गरेको थियो र ठीक सय वर्षअघि आजकै दिन चार वर्ष लामो त्यस भीषण युद्धको अन्त्य भएको थियो । यस समय संसारभरिका नेताहरु फ्रान्समा भेला भएका छन् । सन् १९१४ देखि १९१८सम्म चलेको विश्वयुद्धमा मृतकहरुपति सम्मान दिन उनीहरु भेला भएका हुन । अमेरिकादेखि बेलायत र स्पेनदेखि जर्मनीसम्म । सबै त्यो दिन सम्झिरहेका छन् । आज हुने समारोहको नेतृत्व फान्सका राष्ट्रपति इम्यानुअल मार्कोनले गर्नेछन् । समारोहमा आठ जना छात्रले युद्ध लडेका सिपाहीहरुको आत्मकथा वाचन गर्ने छन् । त्यहाँ शास्त्रीय संगीत बज्ने कार्यक्रम छ । र नेताहरुले भाषण गर्ने छन् । आज पश्चिमी किल्लामा ८० देशका सैनिकहरुले आफ्ना हतियार विसाउने छन् । अमेरिकी राष्ट्रपति ट्रम्प पनि यो समारोहमा उपस्थिति हुने छन् । पहिलो विश्वयुद्धमा अमेरिकाका मात्रै एक लाख सत्र हजार सैनिक मारिएका थिए । बेलायतकी महारानीले पनि लण्डनमा नै युद्धमा मारिएका सिपाहीहरुको चिहान पुगेर यो दिवसको सम्झना गर्ने बताइएको छ । पहिलो विश्वयुद्धमा डेढ देखि दुई करोड सैनिक र सर्वसाधारणको मृत्यु भएको थियो । यो युद्धमा मारिनेमा सबैभन्दा बढी करिब ३३ लाख व्यक्ति रुसी नागरिक थिए । एकातिर उनीहरुले औपचारिकतावश विश्वयुद्धको सम्झनामा कार्यक्रम गरिरहेका छन अर्कोतर्फ भने उनीहरुका गतिविधिले तेश्रो विश्वयुद्धको झझल्को दिइरहेको छ । अमेरिकी विदेश नीति जसरी आक्रामक हुँदैछ, जसरी फेरी कट्टरपन्थीहरु सत्तामा पुगिरहेका छन् र व्यापार जसरी लडाईको केन्द्रमा पुगेको छ, फेरी नयाँ ढंगले विश्वयुद्ध नहोला भन्न सकिन्न । विश्वयुद्ध वर्चश्वको युद्ध थियो । साम्राज्यको वर्चश्व, अर्थतन्त्रको वर्चश्व । र, अहिले यो व्यापारमाथिको वर्चश्वमा रुपान्तरण भएको छ । यो वर्चश्वको लडाईंले विश्वका कतिपय शक्तिहरु विभाजित भएका छन र ससाना शक्तिहरु विश्वभरी उदयमान भएका छन् । तेश्रो विश्वयुद्ध भई नै हाल्यो भने के होला त्यसको कल्पनासम्म गर्न सकिन्न । एउटा भयानक त्रासदी । मानव सभ्यता नष्ट हुने परिघटना । के त्यसो होला ? सोझै ठोकुवा गर्न नसकिएपनि अहिले विश्वका शक्ति राष्ट्रहरुको व्यवहार हेर्दा त्यहाँ नपुगिएला भन्न सकिन्न । जुन समय पहिलो विश्युद्धको पृष्ठभूमि तयार हुँदै थियो विशेष गरी युरोपमा उग्र राष्ट्रवाद चरममा थियो र शक्तिशाली देशहरू आफूलाई झनै शक्तिशाली बनाउने होडमा थिए । अटो भान बिस्मार्कले एकीकरण गरेपछि निरन्तर शक्तिशाली हुँदै गएको जर्मनीले युरोपमा फ्रान्सलाई एक्ल्याउने कुटनैतिक कोसिस त गर्दै थियो नै यसका साथै उसले आफूलाई युरोपको सबैभन्दा ठुलो सैन्य शक्ति बनाउने कोशिस पनि गर्दै थियो । उता जर्मनीको शक्ति संचय्ले ब्रिटेन, फ्रान्स, रसिया र अस्ट्रिया सशंकित थिए । बढ्दो आपसी कटुता र अविश्वासको पृष्ठभूमीमा अस्ट्रियाली राजगद्दीका उत्तराधिकारी आरक ड्युक फ्रान्सिस फर्डिनांडको हत्याले अआगोमा घ्यूको काम गऱ्यो । फर्डिनांडको हत्या बोस्नियाको राजधानीमा भएको थियो । अस्ट्रियाले यसमा सर्बियालाई दोष लगाउँदै उससमक्ष दस सूत्रीय माग राख्दै ४८ घण्टे अल्टिमेटम दियो र सर्बियाले यो अस्वीकार गरेपछि २८ जुलाई १९१४ मा सर्बियामाथि आक्रमण गऱ्यो । अस्ट्रियाको पक्ष जर्मनीले लियो र सर्बियाको पक्षमा ३१ जुलाई १९१४ मा रुस र फ्रान्स उत्रिए । ब्रिटेन पनि ५ अगस्त १९१४ मा यो युद्धमा होमिएपछि यो युद्ध विश्वभरि फैलियो । यसो हेर्दा उक्त समय युद्धको प्रमुख कारण साम्राज्यवादी दम्भ, असीमित शक्ति संचय र पारस्परिक अविश्वास थियो र यदि तुलना गरेर हेर्ने हो भने अहिले विश्व कुनै न कुनै अवस्थामा त्यही विन्दुमा पुगेको जसो लाग्दैछ । तर आज शक्ति युरोपमा सिमित छैन यो समग्र युरेसिया र अफ्रिका लगायत अमेरिकी र महासागरीय क्षेत्रहरूमा फैलिएको छ । यस्तो अवस्थामा यदि तेस्रो विश्वयुद्ध हुने हो भने यो संसारभरि फैलिने छ र वर्तमान समयमा उपलब्ध हतियार र प्रविधिको आकलन गर्ने हो भने यो पहिले भन्दा कयौं गुणा बढी विध्वंशक हुनेछ ।
डुबान नियन्त्रणका लागि बबई नदीमा तटबन्ध निर्माण कार्य तीव्र
बर्दिया । बबई भादा औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माणको काम तीव्रगतिमा भएको छ । अठ्चालीस किलोमिटर दायाँ र ४६ किलोमिटर बायाँ तटबन्ध गर्दै बारवर्दिया गुलरिया जोखिमी क्षेत्रलाई पूर्णरुपमा सुरक्षित गरिँदै आएको छ । तीन वर्षभित्र बर्दियालाई पूर्णरुपमा सुरक्षित गर्ने गुरुयोजनानुसार कटान नियन्त्रण गर्न तटबन्धन हुँदैछ । गुरुयोजनानुसार रु तीन अर्ब ९२ करोड लागतमा २८ किलोमिटर तटबन्धन निर्माण हुने बबर्ई औरही र मानखोला नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना कार्यालय प्रमुख नारायाण सुवेदीले जानकारी दिनुभयो । बर्दियामा तटबन्ध राम्रो भए पनि बबई नदीमा दुईतर्फ तटबन्ध निर्माण हुनुपर्ने माग बर्दियावासीको छ । यसले बबई नदी क्षेत्रमा जग्गा कटान र डुबानको समस्याबाट जोगाउनुपर्ने बर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले बताउनुभयो । बबई नदी दीर्घकालीन रुपमा नियन्त्रण नहँुदा वर्षेनी बस्तीमा नदी पसेको छ । थारुले भन्नुभयो, “गुरुयोजना अनुसार नदी नियन्त्रण र तटबन्ध नियन्त्रणको प्रयास भएको देख्दा खुशी लागेको छ ।” बबर्ई भादा औरहीको काम शुरुको चरणमा छ । तटबन्ध निर्माण पूर्णता नपाउँदा यस वर्ष पनि गुलरिया नगरसहित चार नगरपालिका बाढीको जोखिममा छन् । गुरुयोजनानुसार बन्ने एकतर्फी तटबन्धले भविष्यमा बबर्ईको भेल थेग्न सक्दैन । नदी किनारमा बसोास गर्ने जनता सधैँ बाढीको त्रासमा रहिरहने स्थानीयवासीको गुनासो छ । बबई भादा नदी ओराही व्यवस्थापन आयोजनाले कतिपय ठेक्का सम्झौताको प्रक्रियामा भएकाले अर्को आर्थिक वर्षदेखि तटबन्धको काम शुरु हुन्छ । आयोजना प्रमुख नारायण सुवेदीले भन्नुभयोे, “बबई नदी नियन्त्रणका लागि संशोधित गुरुयोजनामा रु १३ अर्ब माग गरिएको छ । यसबाट बबई नदीका दुवै किनारमा तटबन्ध निर्माण गर्न सकिन्छ ।” विसं २०५५ मा बबई नियन्त्रणका लागि जाइकाले गरेको सर्भेअनुसार काम नभएकामा बर्दियाका बासिन्दा दुःखी छन् । बबई परेवा ओढारदेखि भारतको सीमासम्म बबर्ई नदी नियन्त्रणका लागि कार्ययोजना बनाइएको थियो । बर्दियाका चार नगर सुरक्षित गर्न २०५५ मा सर्भे गरेर काम थालेको जाइकालाई अर्को ठाउँमा लगिएकाले वर्षेनी यहाँका जनताले दुःख पाएका छन्, घरविहीन हुन बाध्य छन् । जाइकाले बाढी नियन्त्रण गर्ने र स्थानीयवासीलाई जीविकोपार्जन गर्ने विषय समेटिएर योजना बनाइएको थियो । एक स्थानीयवासी भन्छन्,“ जाइकालाई अर्को ठाउँमा लगियो, यहाँका नेताको पहुँच पुगेन, जाइकाले गरेको सर्भे राजनीतिक प्रभावका कारण पूर्व सारियो ।” लट्कानीय गुरुवा गाउँ, रामपुर टापु, कुसुमडाँँडा, घोरपित्ता, पडनाहा, पण्डितपुर, टरुवा, भैसाही, बालापुर, जब्दीघाट, बिक्री प्रयागपुर, कोठीया ठप्पुवा, पशुहाट बजार, भैसायी, गुलरिया र टडुवा नदी बस्ती पस्ने सम्भावना यस वर्ष टरेको स्थानीयवासीले बताएका छन् । तटबन्ध भएपछि एक हजार ९८५ घरधुरी प्रत्यक्ष लाभान्वित हुने छन् । बगनाहा, ढोढरी, सानोश्री बानिया भार, पडनाहा, धधबारमा गुरुयोजना अनुरुप काम अघि बढेको छ । अघिल्लो वर्ष बबर्ईमा आएको बाढीले नगरपालिकाका अधिकांश बस्तीमा क्षति पु¥याएको थियो । बाढीले बगाउँदा ३४ जनाको ज्यान गएको तथ्यांक छ । नदीले कटान गर्न थालेको वर्षाैँ बितिसक्दा पनि दीर्घकालीन तटबन्धनको योजना बबई नदीमा नपरेको गुलरिया नगरपालिकाका बासिन्दा मोहनकुमारी फुयाँलले बताउनुभयो । बाढीलगत्तै जिल्लाका सबै तहतप्काका मानिस गम्भीर बन्दै गुलरिया बचाऔँ अभियानमा लाग्ने गरेका छन् । स्थानीयवासीले वर्षांैदेखि दुवैतर्फ तटबन्ध लगाउनुपर्ने माग गर्दै आए पनि सुनुवाइ हुन सकेको छैन । बबई नदी नियन्त्रण गर्न दुईतर्फ तटबन्धन गुरुयोजना स्वीकृत नहुँदा बर्खामा नगरवासी सुरक्षित महसुस गरेर बस्न सक्दैनन् । गाउँ र नगर सुरक्षित गर्न दुईतर्फ बजेट छुट्याउन जरुरी रहेको बताइन्छ । स्थानीयवासी प्रदेश सांसद तिलक शर्माले भन्नुभयो, “यहाँका थारु मात्र नभएर गुलरिया वारबर्दियावासी, ठाकुरबाबा, मधुवन नगरपालिकावासी पहिले राज्यको बेवास्ताले पुस्तेनी ठाउँ छाडेर अन्यत्र हिँड्न बाध्य भए । बबई नदी नियन्त्रण गर्न सके खेतीयोग्य पाँच हजार बिघा जमीन उकासिने र बर्दियाको सदरमुकाम सुरक्षित हुने छ ।” रासस
रवि लामिछानेलाई लागेको आरोपबारे अमेरिकाबाट प्रेम बाँनिया यस्तो भन्छन्
काठमाडौं, असार ७ । केही दिनयता रबि लामिछानेबारे विभिन्न टिका-टिप्पणी भइरहेका छन् । उनलाई विभिन्न आरोप लागेका छन् । एउटा टेलिभिजन कार्यक्रमबाट जनताको मन जित्न सफल भएका लामिछानेलाई अमेरिकी नागरिक देखि थुप्रै आरोप लागेका छन् । यतिसम्मकी रबिलाई जेल हाल्नेसम्मका टिप्पणी आइरहेका छन् । यसैविच उनका साथी तथा पत्रकार प्रेम बाँनियाले अमेरिकाबाट रबिमाथि लागिरहेको आरोपको कडारुपमा खण्डन गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुक मार्फत उनले रबिबारे लागेको आरोपको कडा खण्डन गरेका हुन् । देशको प्रगति देख्न नचाहने तत्वका कारण रबिलाई यस्तो आरोप लागिरहेको बाँनियाले लेखेका छन् । उनले लेखेका छन्, ‘आज रबि जीमाथि आक्रमण गरिरहेका छन् तिनकै कारणा मजस्ता धेरैलाइ देश छोड्न बाध्य बनायो ।’ उनी अझै अगाडी लेख्छन्, ‘ति तत्वहरुले अझ के-के समाप्त पार्ने हुन् भनी साध्य छैन्, यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ !’ बाँनियाले आफ्नो फेसबुकमा रबिबारे यस्तो लेखेका छन्ः एउटा उल्कापात ! एउटा बज्र !! वा एउटा सकारात्मक बिध्वंश !! रबि लामिछानेलाई देशप्रवृति, पत्रकारिताप्रवृति र जीवनका धेरै अनुभव, लडाईंजुधाई र सत्यहरु सुम्पिएर र यताका केही ग्रहण गरेर केही समयको लागि विदेसिएको पात्र हूँ म । आज रबिजी त्यही स्टुडियोबाट बोलिरहेका छन् जसका लागि एकएक इटा संकलन गरेर, जग हालेर र त्यसलाई जीवन्त बनाएर हिंडेको हूँ म । आज रबिजी माथि आक्रमण गरिरहेका यिनै पिप्साहरुले हिजो मजस्ता धेरै-धेरैलाई देश छोड्न बाध्य पारेका छन्, कति-कतिको के-के समाप्त पारेका छन् भनीसाध्य छैन । यस्तै प्रवृतिका पात्रहरुका कारण आज मेरो देशको हालत खराब छ ! यो एक प्रकारको ओपनसेक्रेट हो । उनीहरु भनिरहेका छन्- रबिले वर्कपरमिट लिएन, यसो गर्यो त्यसो गर्यो, जेल हाल्नुपर्छ’ आदि । तर, बिचराहरुलाई के थाहा रबिजीले अमेरिकाको नागरिकता वा पासपोर्ट नै अमेरिकी सरकारलाई बुझाएको कति भयो ? अनि त यति ढिलो आएर (पत्रकारहरु) ‘डेट एक्सपाएर्ड न्यूज’को खेती गरिरहेका छन् ! आज प्रशारण हुने ‘सिधा कुरा जनतासँग’ कार्यक्रम हेर्न नभुल्नु होला र थाहा पाउनुहोला कि यो देशमा दुईचार दाना कुहिएका आलुहरुले सिंगै बोरालाई कसरी दुर्गन्धित बनाइरहेका छन् ? हरपल कुरा भइरहन्छ र भनिरहेको छु रबिजी, कुनै पनि समय, जीवनको कुनै पनि मूल्य चुकाएर देशको लागि परिवर्तनका जबर्जस्त अगुल्टाहरु भएर अघि बढ्नैपर्छ र हमेशा म तयार छु अब त हामी झन् तयार भएका छौं विश्वभरीबाट ! फोटोः पत्रकार बाँनियाको फेसबुकबाट
निर्धन उत्थान बैंक लिमिटेडद्वारा व्यवसायिक कुखुरापालन तालिम सम्पन्न
काठमाडौं । नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले बैंकका आफना २४ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ आषाढ १ गतेदेखि ३ गतेसम्म पाल्पा जिल्लाको आर्य भज्याङ्गमा “व्यवसायिक कुखरापालन तालिम” सम्पन्न गरेको बैंकका भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख आनन्दकुमार गौतमले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु कपिल श्रेष्ठ, युवराज ज्ञावाली, आर्यभज्याङ्ग शाखाका प्रमुख कृष्णकान्त अधिकारी रहेका थिए । एक परिवारमा एकजना उद्यमी बनाउन बैंकले पहल गरिरहेको, बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस बैंकबाट कर्जा लिई व्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका क्षेत्रीय प्रमुख गौतमले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा बैंकको आर्यभज्याङ्ग शाखा कार्यालयका प्रमुख कृष्णकान्त अधिकारीले प्रकाश पारेका थिए । तालिमको अन्त्यमा सहभागी तुल्सा न्यौपाने, सहभागी गौतम बिश्वकर्मा, प्रशिक्षक कपिल श्रेष्ठले मन्तब्य दिएका थिए । ब्यवसायिक रुपमा कुखुरापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने सहभागीहरुले बताएका थिए । कुखुरापालन गरी रहेका बैंकका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको बैंकका शाखा प्रमुख अधिकारीले जानकारी गराएका थिए । तालिमको समापन बैंकको भैरहवा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख आनन्दकुमार गौतमले गरेका थिए । तालिमको संचालन शाखा प्रमुख कृष्णकान्त अधिकारीले गरेका थिए । यो निर्धन उत्थान बैंक लिमिटेड देशको ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एकमात्र देशको सबै जिल्लामा पुगेको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । यस बैंकले ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक विकासको लागि विभिन्न प्रकारका तालिमहरु समेत प्रदान गर्दै आइरहेको छ । ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पीडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई बिना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ । यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथसाथै आफना ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिमहरु प्रदान गर्दै आइरहेको छ । तालिम लिएका आफना ग्राहक सदस्यहरुको आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ । बैंकले देशको ७ वटै प्रदेशका देशको ७७ वटा जिल्लाहरुमा बैंकले १७९ वटा शाखा कार्यालय, १० वटा क्षेत्रीय कार्यालय, केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको विशाल संजाल बनाई देशैभरि लघुवित्त सेवा पुर्याइरहेको छ । यसै संञ्जाल मार्फत बैंकले २०७५ बैशाख मसान्तसम्ममा ३ लाख ११ हजार ६९ घरपरिवारहरुमा सेवा पु¥याई रहेको छ, बैंकले २०७५ बैशाख मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १५ अरब ९ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ९८ करोड बचत परिचालन गरेको छ ।
धार्मिक पर्यटनको उचित व्यवस्थापन गरे आर्थिक समृद्धि हुन्छ– मन्त्री कुशियत
विराटनगर, जेठ २२ । प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले धार्मिक पर्यटन क्षेत्रको उचित व्यवस्थापन गरेमा प्रदेशको आर्थिक समृद्धि कायम हुने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं १ समितिद्वारा सोमबार यहाँ आयोजित उद्योग, पर्यटन वन तथा वातावण मन्त्रालयको काम र आगामी कार्य योजना विषयक सञ्चारकर्मी र सरोकारवालासँगको अन्तक्रीया कार्यक्रममा उहाँले प्रदेशमा रहेका ३५ वटाभन्दा बढी हिमालयको उचित प्रचारप्रसार गर्नसकेमा विदेशी पर्यटकको कमी नहुने बताउनुभयो । मन्त्री कुशियतले विराटनगरदेखि बर्जुताल, कोशी टप्पु, रामधुनी, चतरा, बराह क्षेत्र, दन्तकाली, पिण्डेश्वर, बुढासुब्बा, भेडेटार, नमस्ते झरना जाने एक करिडोर निर्माण गरेमा छिमेकी मुलुक भारतको पश्चिम बंगाल, विहार, सिक्कीम र बंगलादेशका दशौँ लाख पर्यटकको आगमन प्रदेशमा भई ती मुलुकसँगको व्यापार घाटा कम हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश मन्त्रालयका सचिव किशोरचन्द्र गौतमले प्रदेश नं १ को आव २०७४÷७५ मा सञ्चालित कार्यक्रम र आगामी वर्ष २०७५÷७६ को प्रस्तावित नीति तथा कार्यक्रमको खाका प्रस्तुत गर्दै एक पालिका एक फर्निचर, एक वन एक उद्यम कार्यक्रम सञ्चालन गर्ने भन्दै वैज्ञानिक वन कार्यक्रम सञ्चालन गरी वार्षिक सात लाख क्यूविक काठ उत्पादन गर्ने जानकारी दिनुभयो । महासंघ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका विज्ञ सल्लाहकार सोम अधिकारी, महासंघका केन्द्रीय सदस्य सवगेन्द्र जवेगु, महासंघ प्रदेश महासचिव विवेक गौतम र महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष यज्ञ शर्माले प्रदेश समृद्धिको आधार, उद्योग, पर्यटन वन तथा वातावरणमा सुधार विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सरोकारवालाले वनमा सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको पनि अधिकार हुनुपर्ने, १४ जिल्लामा उपभोक्ता सचेतन कार्यक्रम सञ्चालन गर्नुपर्ने आदि सुझाव दिएका थिए । रासस
सुनुवार सेवा समाज मलेसियाको अध्यक्षमा तिर्थ बहादुर सुनुवार
मलेसिया । सुनुवार सेवा समाज शाखा मलेसियाको चौथो साधारण सभा सम्पन्न भएको छ। नयाँ कार्य समिति चयन गर्दै समाजको चौथो साधारण सभा मलेसियाको राजधानी क्वालालम्पुरमा सम्पन्न भएको हो । सभाले पूरानो कार्य समितिलाई बिघटन गर्दै तिर्थ बहादुर सुनुवार अध्यक्ष रहने गरी नयाँ कार्य समिति चयन गरेको छ । समितिले उपाध्यक्षमा मिना सुनुवार, वरिष्ठ उपाध्यक्ष भक्तबहादुर सुनुवार, सचिब वीर बहादुर सुनुवार , सहसचिब अर्जुन सुनुवार र कोषाध्यक्षमा चेत बहादुर सुनुवारलाई चयन गरेको छ । यस्तै, सदस्यमा बिमल सुनुवार, धिमाल सुनुवार, सङ्गिता सुनुवार, कमल बहादुर सुनुवार, इन्द्र बहादुर सुनुवार, होमबहादुर सुनुवार, मिथुन सुनुवार, गणेशबहादुर सुनुवार, यमर सुनुवार, मान बहादुर सुनुवार, गिता सुनुवार, टिकाराम सुनुवार, डम्बरबहादुर सुनुवार चयन भएका छन् । त्यस्तै, प्रमुख सल्लाहकारमा राजकुमार सुनुवार, वरिष्ठ सल्लाहकारमा पुष्कर सुनुवार ,सल्लाहकारमा कमल सुनुवार चयन भएका छन्। साधारण सभाको अवसरमा संस्थालाई पुर्याएको योदानको कदर गर्दै नेपाल फर्किन लागेका सक्रिय सदस्य होम बहादुर सुनुवारलाई बिदाईसमेत गरेको छ । साथै, संस्थाले आजीवन साधारण सदस्यता पत्रसमेत बितरण गरेका छ । साधारण सभा संस्थाका पूर्व अध्यक्ष इन्द्रबहादुर सुनुवारको सभापतित्वमा सम्पन्न भएको हो ।
वित्तीय क्षेत्रका नियमनकारी निकायलाई नियमन क्षमता बढाउन पुनः निर्देशन : अर्थमन्त्री युवराज खतिवडा
अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति लगायत वित्तीय क्षेत्रका नियमनकारी निकायहरुलाई नियमन क्षमता बढाउन पुनः निर्देशन दिएका छन् । बीमा समितिको ५० औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलार्इ सम्बोधन गर्दे अर्थमन्त्री खतिवडाले उक्त निर्देशन दिएका हुन् । नेपाल राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष तथा बीमा समितिका अध्यक्ष एउटै मञ्चमा रहेका बेला अर्थमन्त्री खतिवडाले नियमन क्षमता अभिवृद्धि गर्न निर्देशन दिए । वित्तीय स्थायित्व र सेवा विस्तारमा अर्थमन्त्रालय जुनसुकै सहयोग गर्न तयार रहेको भन्दै उनले नियमनकारी निकायलाई कानूनी रुपमा बलियो बनाउने सरकारको उदेश्य रहेको प्रष्ट पारे । ‘आवश्यक पर्दा बजारमा हस्तक्षेप गर्न तयार भएर बसेको सरकार हो, रमिता हेरर बस्दैन’, उनले भने । हामी स्वतन्त्र रुपमा काम गर्न दिन्छौं, काम गर्न प्रोत्साहित गर्छौं तर दायरा भन्दा बाहिर गए कारर्बाही गर्छोु, अर्थमन्त्रीले सचेत गराउँदै भने । बीमाको पहुँच विस्तार गर्न निर्देशन अर्थमन्त्री डा. खतिवडाले बीमाको पहुँच विस्तार गर्न बीमा समितिलाई निर्देशन समेत दिएका छन् । उनले हाल दश प्रतिशतमा रहेको बीमाको पहुँचलाई आगामी चार बर्षभित्र २५ प्रतिशत पुर्याउन निर्देशन दिए । जसमध्ये १० प्रतिशत लघु तथा कृषि बीमा हुनुपर्ने उनको भनाई छ । गैह्र कानुनी बीमा कारोबार एक वर्षभित्र अन्त्य गर्नुपर्ने त्यस्तै अर्थमन्त्री खतिवडाले नेपाल र भारत सीमानामा भारतीय कम्पनीलेहरुले गरिरहेको बीमा कारोबार एक बर्षभित्र अन्त्य गर्न पनि बीमा समितिलाई निर्देशन दिएका छन् । उनले गैह्र कानूनी नेटवर्कको माध्यमबाट बीमा गराउनेलाई कारबाहीको दायरमा ल्याउन पनि बीमा समितिको ध्यानकर्षण गराएका छन् । पुनर्बीमा कम्पनीलाई बलियो बनाई बीमा निर्यातमा जोड अर्थमन्त्री खतिवडाले नेपालबाट पुनर्बीमाको नाममा ठुलो रकम विदेशिने गरेको भन्दै यसलाई रोक्न स्वदेशी पुनर्बीमा कम्पनी सक्षम बनाउनुपर्नेमा जोड दिए । बीमा सेवाको व्यापार हो, अहिले बीमाको सेवा आयात भइरहेको बताउँदै उनले बीमाको निर्याततर्फ लाग्नुपर्नेमा जोड दिए । वस्तु व्यापारका अतिरिक्त पर्यटन, शिक्षा, स्वास्थ्य सबै क्षेत्रको व्यापारमा नेपाल घाटामा रहेको जानकारी दिँदै खतिवडाले बीमा सेवा निकासी गरेर वित्तीय सेवा नाफामा लग्नुपर्ने बताए । बीमा ऐन चालु अधिवेशनबाट पारित गराउने साथै उक्त कार्यक्रममा अर्थमन्त्री खतिवडाले प्रस्तावित बीमा ऐन संघीय संसदको चालु अधिवेशनबाट पारित गराउने प्रतिवद्धता जनाए । ऐनको मस्यौदा अहिले कानून मन्त्रालयमा पुगेको जानकारी दिँदै निश्चित नियमन संस्थालाई कानूनी रुपमा बलियो बनाउन लागेका छौं । उनले भने । बैंकको जस्तो अवस्था नआओस् नयाँ बीमा कम्पनीहरुलाई बीमा समितिले लाइसेन्स दिएको तर्फ इंगित गर्दै अर्थमन्त्रीले भने धेरै संस्था आउँदा प्रतिस्पर्धा बढ्छ, सेवा विस्तार हुन्छ, भन्ने भ्रममा नपरौं । कम्पनीहरुको सेवा विकेन्द्रित नभए बैकिंग प्रणालीमा देखिएको समस्या बीमा क्षेत्रमा पनि आउन सक्ने उनको भनाई थियो । ‘बैकिङ्ग प्रणालीको इतिहास दोहोर्याउने बीमा क्षेत्र नबोनस्, पछि मर्जमा जानुपर्ने अवस्था नआओस्,’अर्थमन्त्रीले भने । मेरोलगानीबाट साभार
इतिहास, पुष्पलालको शालिक ढाल्नेले पढुन्
चुट्किला सुनाएर मात्रै खीर पाक्दैन । दुध भल्भली उमाल्न पुग्ने दाउराको भारी ल्याउनुपर्छ, अनिमात्र खीर पाक्छ भन्ने मानेमा डाडु–पन्यु समाएर अगेनाअघि रमाएकाहरु स्पष्ट हुन जरुरी छ। अर्कैले पकाएर तयार पारिदिएपछि थाल थाप्न जाने र उसैलाई होच्याउने शास्त्र भट्याएर आफ्नै दुर्दशा ननिम्त्याउँदा सैको भलो हुन्छ । कुरो के हो भने, विपरीत ध्रुर्व र आस्थाको व्यक्ति वा समुदायले जे गर्दैछ उसलाई ठिक उल्टो बनाएर व्याख्या गर्ने एउटा समुहको हर्कत नेपालमा गरिखाने पेशाकै रुपमा फस्टाएको छ। उनीहरु सधैं सकारात्मक चीजहरुको नकारात्मक व्याख्या सहित जनतामा भ्रम सिर्जना गराई आफ्नो पुर्ख्यौली हैकम कायम गर्न चाहान्छ्न् । हिजो भारतीय दादागिरीलाई अजंगको देखेर बिहान बेलुकी दिल्लीमा सिटामोल खान कुँद्ने उक्त समूह र उसका नाइँकेहरु, उसैलाई गाली गलौज गरेरै राष्ट्रवादको खोल ओढे, आज फेरि समाजलाई भ्रमित पार्दै उसैको सेवामा हाजिर भएर पुरानै लुटको स्वर्गमा फर्किन चेष्टा गर्दैछन् । सम्भवतः हामी आम सर्वसाधारणको चिन्ता ‘देश बनाउने भाँती नभएकाहरुले नबिगारुन् पनि’ भन्ने हो । बाँसको टुप्पोमा बसेको भँगेराले आफ्नै वजनका कारण बाँस निहुरिएको भन्ठाने जस्तै वर्षभरि राज्यकोष निचुरेर देशलाई भुवाझैँ बनाएकाहरु मञ्च उक्लिएर जब समृद्धिको खोक्रो आदर्श छाँट्दै आफ्नै कीर्तन गाउँछन् , निरीह हामी जनता भन्नेहरु मख्ख र लठ्ठ पर्छौं, अनि हत्केला पुत्याउन्जेल ताली बजाउँछौं । पटकपटक थिलोथिलो हुनेगरी पिल्सिएको ‘देशका जनता’ भन्ने हामी , जसरी नेताहरुले बतासे कुरा गर्छन् उसरी नै उड्दै गयौं । उमेश बञ्जाडे फलतः आज त्यसैको दुर्दशा व्यहोरिरहेका छौँ र अझै लामो समयसम्म व्यहोर्नुपर्ने निश्चित छ। सत्ता बाहिरहँदा दैनिक देश विकासको खाका कोर्नेहरु देश हाँक्ने ठाउँमा पुगेपछि अर्कैको अनुदानमा लठ्ठिएका छन् । हुन त अर्कैको फर्मानमा सास फेर्दै अरूले बनाइदिने सिद्धान्त बोक्नेहरूसँग आफूले बनाउने भन्ने एजेन्डा कहाँ हुन्छ र ? तर, पनि समृद्ध देश निर्माणको खाका र योजना बाँड्ने ठाउँमा पुग्न मरिहत्ते गर्दै सत्ता हड्प्नेहरु गुलेली खेलाउने केटाकेटीले ल्याएको व्यवस्थामा रमाएर आज फेरि उनैप्रति छुद्रता व्यक्त गर्दैछन् । पंक्तिकार ती आफैलाई उत्कृष्ट राष्ट्र सेवकको दुहायी दिने मनुवाहरुलाई आग्रह गर्दछ, ‘महोदय, यदि ती माओवादी केटाकेटीहरु अगतिला लाग्छन् भने, छोडिदिनुस उनैले ल्याएको व्यवस्थामा र्याल चुहाउँदै विलौना गर्न, के हिम्मत छ ? बरु पढाउनुस् आजैदेखि आफ्ना सुसारेहरुलाई पुष्पलालको इतिहास, जसले सत्ता गुमेको वियोग सहन नसकी पुष्पलालको सालिक भत्काए । बरु प्रष्ट्याउनुस आफ्नै केटाकेटीलाई पटकपटक सत्तामा पुग्दा पनि देखाउन नसकेको मदन भण्डारी हत्याकाण्डको विषय, सक्नुहुन्छ ? र सम्झिनुस् आफ्नै विगत अनि कल्पिनुस् माओवादीका केटाकेटीले यतिका पहल नगरेको भए आजको आफ्नो हैसियत ? सोच सधैं सकारात्मक दिशामा निर्दिष्ट हुनुपर्छ। अझ देशकै बागडोर सम्हालेका व्यक्तिले भुइँमै मुख जोतेर बोल्न खासै शोभा पनि दिँँदैन । देशमा यसपटक आफैलाई भस्मै वामपन्थी भन्नेहरुको गठबन्धन सहित बहुमतीय सरकार छ। विगतमा धेरैपटक सरकारमा गएका वाम पार्टी र उनका प्रतिनिधिहरुले बहुमत नभएरै काम गर्न नसकेको गुनासो व्यक्त गर्ने गर्थे । सरकार गठन पूर्व सुशासन र समृद्धिको प्रवचन दिएर नेता एवं वर्तमान सरकारका मन्त्रीहरु निकै जंगिएका थिए । परन्तु त्यो जोश पनि विगत जस्तै अन्ततः आश्वासनको चिहानमै गएर खाँदिएको छ। गाउँ गाउँमा प्रतिस्पर्धात्मक बन्दै गएको बलात्कार, उच्छृृङ्खलता, भ्रस्टाचार, तस्करी, सुशासन हिनता एवं देश बनाउने मन्त्रीहरुको समाचार बनाएर चर्चाको चुलिमा पुग्ने ‘बरिलै मोह’ले जनता आजित बन्दै गएका छन् । सारांशमा जति सुनपानीले चोख्याउन खोजेपनि नेपालमा चोखो कर्मचारी, नेता, जनप्रतिनिधि, प्रहरी, सेना आदि पाउन असम्भव नै देखियो– टनका टन सुनको तस्करीले स्पष्ट बतायो । देश बनाउने भन्ने कुरा भाषणमै सीमित भो, दुर्भाग्य । फेरि पनि देशको नेतृत्व सम्हालेका प्रधानमन्त्रीले १०–१५ जना मान्छे बटुलेर उखान भट्याउने र लोक हँसाउने बाहेकका उपती लाउने छाँट देखिएन । जसरी नेपाल खाल्डोको प्रथम परिचयले सुशोभित काठमाडौंले अझैसम्म आफू बाहिरको भुगोललाई टेरपुच्छर लगाउँदैन, दुरुस्त उस्तै सोचबाट ग्रसित एमाले अध्यक्ष ओलीले पनि आफ्नु कित्ता बाहिरका विचार, उदेश्य र व्यक्तिहरुलाई सधैं निषेध गर्ने अति खतरनाक व्यबहारलाई जहिल्यै अख्तियार गरेको देखिन्छ । पार्टी बाहिरमात्रै होइन, भित्रैपनि अरुलाई होच्याउने र खुईल्याउने कुरामा ओलि विगतदेखि नै जब्बर बनेको पाइन्छ । कहिले आफैलाई पृथ्वीनारायणसँग तुलना गर्ने त कहिले राजनेता भन्न रुचाउने बहुमुखी ओलीले आफ्नो छुद्रताले नांगो बन्दै गएको सभ्यतालाई पनि हेक्का राखुन् । साथमा यिनै महामनुष्यको स्कुलिङ लिन हतारिदै लाइनमा बसेकाहरुले पनि आफ्नो सम्भावित भविष्यबारे समिक्षा गरुन् । एकातिर चुनौतीको चाङ लगाउन सिपालु र अर्कोतिर कुम्लो बोकेर सुइँकुच्चा ठोक्न पनि उत्तिकै पोख्त ओलि प्रवृत्ति पहाड उठाउन नसक्ने परन्तु अवसरहरु सवै आफ्नै पोल्टामा पार्न सेतोलाई कालो बनायर वा गलतलाई पनि सहि दाबी गर्दै सदैव देशले पाँउदै गरेका झिनो निकासहरुमा समेत अवरोध उत्पन्न गर्नेमै समय व्यतित गर्दैछन् । फेरि पनि माओवादी केटाकेटीलाई आफ्नो उखानेश्वर ज्ञानको वर्णन गर्न हतारिएका ओलिीलाई विनम्रताका साथ आग्रह गरिन्छ, ‘इतिहास माओवादी केटाकेटीलाई होईन– सत्ता गुमेको वियोगान्त पिडामा रन्थनिदै पुष्पलालको सालिक भत्काउने आफ्नै सुसारेहरुलाई पढाउन्।’ उमेश बन्जाडे लमही दाङ, हालः क्वालालम्पुर, मलेसिया
ह्वात्तै सस्तियो सुनचाँदी, कतिले घट्यो त मूल्य ?
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बिहीबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार घटेर ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार चाँदीको मूल्य ७ सय ६० रुपैयाँ कायम भएको छ।
यसरी फेरि घट्यो सुनचाँदीको मूल्य ?
काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य दुर्इ सय रुपैयाँले घटेको छ । मगलबार बजारमा सुनको मूल्य ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार घटेर सुनको मूल्य ५८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । मगलबार बजारमा चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा बुधबार भने चाँदीको मूल्य ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएका छन् ।