संबिधान कार्यान्वयनबारे अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतको यस्तो धारणा
२३ माघ,काठमाडौं ।अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले राजनीतिक क्षेत्रमा मात्र नभएर शिक्षा क्षेत्रमा पनि संविधान कार्यान्वयन हुनुपर्ने माग राखेका छन्। बस्नेतले निर्वाचन हुंदैमा मात्र संविधानको कार्यन्वयन भएको मान्न नसकिने दावी गरे।
बस्नेतले नेपालको संविधानले शिक्षा,स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा ग्यारेन्टी गरे पनि अझसम्म त्यसको कार्यान्वयन हुन नसकेकोमा आपत्ति जनाए। बस्नेतले भने -‘ शिर्ष नेताहरु चुनाव भएपछि संविधान कार्यान्वयन भइहाल्छ भन्छन्, तर हामी त्यसले मात्र संविधान कार्यान्वयन भएको मान्दैनौं।’
शिक्षाको सम्पुर्ण दायित्व राज्यले लिनुपर्ने जिकिर गर्दै बस्नेतले भने-‘ राजनीतिक क्षेत्रमा मात्र नभएर शिक्षा क्षेत्र पनि त संविधान कार्यान्वयन हुनुपर्यो नि !’ बस्नेतले विद्यमान शिक्षा प्रणालीले वर्गीय खाडल झनझन् गहिरो वनाउंदै लगेको आरोप लगाए।
आज पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत राजधानीको हिकास्ट कलेजमा आयोजित अखिल(क्रान्तिकारी) नवौं क्याम्पस सम्मेलनमा उपमहासचिव मिलन एमसि,सचिव डा.अच्युत भट्ट, केन्द्रीय सदस्यहरु वालकुमार केसि,जेपि यादव,सरोज वोहरा ,जिल्ला अध्यक्ष टोपेन्द्र खड्का लगायतले शुभकामना दिएका थिए।सम्मेलनवाट चन्द्रप्रकाश कार्की नेतृत्वमा २७ सदस्यीय क्याम्पस समिति निर्वाचित भएको छ।
सिँचाइका लागि पोखरी प्रभावकारी
म्याग्दी, पुस १२ । पर्याप्त पानीको स्रोत नभएको ठाउँमा पोखरीमा पानी संकलन गरेर सिँचाइ गर्ने प्रविधि प्रभावकारी बनेको छ । थोरै पानीको स्रोत भएको ठाउँमा पोखरीमा संकलन गरेर आपूर्ति गर्दा सिँचाइ गर्न सहज भएको हो । पोखरी निर्माण भएपछि सुख्खायाममा पनी सिँचाइ सुविधा भएपछि कृषकले मौसमी र बेमौसमी तरकारी खेती गरेर आम्दानी गर्न थालेका छन् । बेनी नगरपालिका–२ खबराका कृषक यामबहादुर घिमिरेले पोखरी निर्माण भएपछि बाह्रैमास सिँचाइ सुविधा उपलब्ध भएको बताउनुभयो । खबराको सिम्ले टोलका पाँच घरधुरीले गत वर्ष ६० हजार लिटर क्षमताको पक्की पोखरी बनाएका थिए । “मुहानको पानी पोखरीमा संकलन गरेर आवश्यक पर्दा आलोपालो गरेर सिँचाइको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “पोखरीको पानी हिउँदमा गहुँ, तोरी, आलु र तरकारी बालीमा सिँचाइ गर्न प्रयोग गर्छौँ ।” पानीको स्रोत थोरै भए पनि पोखरीमा संकलन गर्दा सिँचाइ गर्न छिटो र सजिलो भएको छ । पोखरीमा पानी संकलन गर्ने व्यवस्था भएपछि हिउँदको सुख्खायाममा तरकारी उत्पादन गर्न सहज भएको खबराका प्रकाश घिमिरेले बताउनुभयो । तरकारी र केरा खेतीका लागि खबराका हरेक टोलमा पोखरी निर्माण गरिएको छ । पोखरी भरिन दुईतीन दिन लाग्छ । खबरामा पचास जनाभन्दा बढी व्यावसायिक कृषक छन् । हाँडेभिरबाट पम्प गरेर लभ्लीहिलमा पु¥याएको पानी पिपलडाँडा र दारम्बोट पु¥याएर पोखरीमार्फत गाउँभरि सिँचाइ सुविधा विस्तार गर्न पहल गरिएको सो आयोजनाका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो । एउटा पोखरी निर्माण गर्न रु दुई लाखदेखि रु तीन लाखसम्म खर्च लाग्छ । गत वर्ष जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा खबरामा पाँचवटा पोखरी निर्माण तथा दुईवटा पुराना पोखरीको मर्मत गरिएको भू–संरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो । बेनी नगरपालिका– १ रत्नेचौर, ४ थामडाँडा, भगवतीको रिसिन चौतारी लगायतका ठाउँमा पोखरी निर्माण गरी सिँचाइ गरिँदै आएको छ । पानीको स्रोत कम भएको ठाउँमा पोखरी प्रभावकारी बनेको भूसंरक्षण अधिकृत पौडेल बताउनुहुन्छ । स्थानीय तहका जनप्रतिनिधि र कृषकले सुख्खा क्षेत्रमा पोखरी बनाउने योजनालाई निरन्तरता दिएमा सिँचाइ सुविधा विस्तारका साथै कृषि उत्पादन र आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
काठमाडौं, मङ्सिर २० । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. १ का मुख्य अधिकृत रमेशराज पोखरेलका अनुसार काठमाडौंमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेको मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘दशवटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि आज बेलुकासम्म सकिन्छ ।’ पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पुर्याउने काम भइरहको छ । सुरक्षित रुपमा मतपत्र लान सक्नेलाई मंगलबारदेखि नै मतपत्र दिइएको छ भने सुरक्षित रुपमा लान नसक्ने स्थानमा आयोगले आजसम्म पुर्याउने तयारी छ । दश निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एकरएक निर्वाचन अधिकृतसहित पाँच हजार ८४८ कर्मचारी खटिएका छन् । त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी रहेका छन । काठमाडौंका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् । काठमाडौंमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १७१, प्रदेश सभा ९क०मा १०७ र प्रदेशसभा (ख) मा ११५ रहेका छन् । दश निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या छ लाख ३० हजार ४६० छन् । आयोगको मतदानस्थलको सुरक्षाका लागि मोबाइल टोलीसमेत तयार गरिसकेको छ । आयोगले निर्वाचनलाई शान्तिपूर्ण, विश्वासिलो तरिकाले गर्न चाहेको छ भने मत बदर हुन नदिनका लागि बुझेर मात्र उपयुक्त स्थानमा मतदान गर्न आग्रह गरेको छ । मतगणनास्थलमा सिसी टीभी र जालीको प्रयोग मतगणना स्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी निर्वाचन आयोगले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सिसी टिभी क्यामेरा र तारजाली राख्ने तयारी गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हर्ने मिल्ने गरी जाली राख्ने तयारी भएको छ ।’ स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका चितवनमा देखिएको समस्या पुनः नदोहोरियोस् भनेर आयोगले मतगणनामा सिसी टिभी क्यामेरा र जालीको प्रयोग गर्न लागेको जनाएको छ । सुरक्षाका दृष्टिकोणले प्रतिनिधि र मतगणनामा खटिएका कर्मचारी एकै ठाउँमा राख्न नहुने सुझाव आएपछि तार जालीको प्रयोग गर्ने तयारी भएको हो । मुख्य निर्वाचन अधिकृत पोखरेलले थपे, ‘मतगणनामा अन्तर्राष्ट्रिय पर्यवेक्षक पनि आउँछन्, मतगणना स्थलमा जाली लगाउँदा कस्तो सन्देश जाला भन्ने पनि छ, कस्तो जाली राख्ने भन्ने विषमया सोच्दैछौँ ।’ आयोगले प्रतिनिधि र कर्मचारीसँगै नहुने गरी बीचमा राख्ने तर दुवैले राम्ररी देखिने गरी राख्ने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘आयोगले मतगणनामा पहिलो पटक सिसी टिभी र जाली प्रयोग गर्न लागेको हो, एउटा मतपत्र तहमाथि पर्यो भने राम्रो हुँदैन, मतपत्रको सुरक्षा सतर्कताका लागि आवश्यक पर्यो ।’ दश निर्वाचन क्षेत्रको कहाँ-कहाँ हुन्छ मतगणना काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं। १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं। ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं. ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं. ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं। ६ को जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।
जाडोमा शिशुलाई कसरी जोगाउने ?
जाडो मौसम सुरु भई सकेको छ । जाडो मौसम सुरु हुनासाथ बालबालिकामा विभिन्न संक्रमण र समस्याले सताउन थाल्छ । उसो त जाडो मौसममा विभिन्न उमेरका मानिसलाई संक्रमणले आक्रमण गर्न सक्छ । तर, चिसोको सबैभन्दा बढी प्रभाव बालबालिकालाई नै गर्छ । किनकी यो मौसममा भाइरस र ब्याक्टेरिया निकै तिव्र गतिमा फैलिने हुँदा बालबालिकालाई आक्रमण गर्ने सम्भावना उच्च हुन्छ । जसकारणले उसलाई सर्दी, रुघाखोकी, नाक बन्द, श्वास फेर्नमा गाह्रो हुने, घाँटीमा इन्फेक्शन, भाइरल डायरीया, निमोनिया, ज्वरो जस्ता समस्या हुन सक्छ । त्यसैले जाडो मौसममा बालबालिकाको विशेष ख्याल गर्नुपर्छ । चिसोबाट बालबालिकालाई जोगाउन बालरोग विशेषज्ञ डा.विनोदकुमार साहको सुझाब यस्तो छः जाडो मौसम बालबालिकाको ख्याल कसरी राख्नेः १. चिसोबाट बच्चालाई जोगाउन धेरै कपडा लगाउनुको सट्टा उसको पैताला, हत्केला, कान र टाउको न्यानो कपडाले छोपेर राख्नु पर्छ । किनकी शरीरको यी भागमा सबैभन्दा बढी तापक्रम कम हुन्छ र चिसो पस्ने डर सबैभन्दा बढी हुन्छ । त्यसैले बालबालिकालाई आवश्यक मात्रामा टोपी, मोजा र पन्जा लगाइदिनुपर्छ । २. घाम स्वास्थ्यका लागि राम्रो हुन्छ । आफ्नो बच्चालाई विहानको समयमा केहि समय घाममा राखेर सन बाथ गराउनु पर्छ । यसले ताजा हावाको साथै भिटामिन डी पनि शरीरलाई प्राप्त हुन्छ । ३. बच्चाको छेउछाउमा रूम हिटरको प्रयोग गर्नु हुँदैन । किनकी हिटरबाट निस्कने सूक्खा हावा बच्चाको स्वास्थ्यको लागि राम्रो मानिदैन । ४. जाडो मौसममा बच्चालाई नियमित नुहाउनु हुँदैन । बरु मन तातो पानीमा तौलिया भिजाएर बच्चाको शरीरलाई सफा गर्नुपर्छ । यसले चिसो पस्दैन र उसको शरीर सफा पनि हुन्छ । ५. बच्चालाई नुहाउनु भन्दा पहिले हल्का तातो तेलले उसको मालिस गर्नु राम्रो हुन्छ । ६. प्रायजसो सुत्ने समयमा बच्चाले कम्बल वा सिरक हटाइदिने गर्छन् । जसले गर्दा उसलाई सर्दी लाग्ने हुन्छ । त्यसैले बच्चा सुत्नुभन्दा पहिले नै उनको ओछ्यानमा पातलो न्यानो ओछ्यान विछ्याएर त्यसमाथि हट वाटर बोटल राख्नाले ओछ्यान तातो हुन्छ । साथै बच्चालाई तातो न्यानो कपडाको साथै उसले बनेको टोपी र मोजा लगाइदिनु पर्छ । जसले गर्दा बच्चाले सिरक हटाए पनि उनलाई सर्दी लाग्दैन । ७. यदि बच्चा एक साल भन्दा बढि उमेरको छ भने उसलाई मौसम अनुसार तातो फल र तरकारी खुवाउनुपर्छ । साथै ताजा जुस पनि दिन सक्नु हुन्छ । ८. बच्चालाई समय–समयमा सर्दी–रुघाखोकी लाग्ने हुँदा स्टीमरको मद्दतले वाफ दिनु पर्छ । ९. बच्चालाई सुताउने समय उनको अनुहार कहिल्यै पनि छोप्नु हुँदैन । यसो गर्नाले बच्चालाई श्वास फेर्न गाह्रो हुन सक्छ । १०. जाडो मौसममा बच्चालाई डायपर लगाएर राख्नु पर्छ र थोरै थोरै समयमा बदल्नु पर्छ । यसरी पनि बच्चालाई सर्दीबाट जोगाउन सकिन्छ । एजेन्सी
३० हजार अस्थायी शिक्षकलाई स्थायी गर्न आवेदन खुला
काठमाडौं, कार्तिक २३ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका कार्यरत अस्थायी शिक्षकहरुको लागि संसदबाट संशोधनसहित पारित भएको ‘शिक्षा ऐन नवौं सशोधन’ अनुसार स्थायी पदपूर्तिका लागि आवेदन खुला गरेको छ । आयोगको विज्ञापन अनुसार प्राथमिक तह, निम्न माध्यमिक तह र माध्यमिक तह गरी तीन श्रेणी तोकेर अस्थायी शिक्षकका लागि विज्ञापन खोलेको हो । गतवर्ष शिक्षा सेवा आयोगले २०७३ चैत्र १९ मा गोरखापत्रमा प्रकाशित पुरानै सूचना अनुसार परीक्षा सञ्चालन हुने भन्दै पुनः विज्ञापन गरेको हो । त्यसबेला विज्ञापन अनुसार पदपूर्ति नभएकाले शिक्षा ऐन, २०२८ मा नवौं संशोधन भएपछि आयोगले पुनः विज्ञापन खुलाएको हो । आयोगले तोकेको योग्यता र शर्त पूरा गरेका अस्थायी शिक्षकहरु उक्त परीक्षामा सहभागी हुन सक्ने व्यवस्था आयोगले जारी गरेको विज्ञापनमा उल्लेख छ। परीक्षामा सम्मिलित हुन इच्छुक योग्य उम्मेदवारबाट पुनः दरखास्त आह्वान गरिएको आयोगले जनाएको छ। आयोगले विज्ञापन अनुसार दरखास्त दिने अन्तिम मितिसम्म सुविधासहित अवकास लिन चाहनेले जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन आह्वान गरेको छ। आयोगले ०७३ चैत १९ को विज्ञापनलाई आधार बनाएर अवकासको निवेदन दिएका शिक्षकहरुलाई पनि पुनः निवेदन दिन भनेको छ। शिक्षा ऐन, २०२८ मा नवौं संशोधनमा अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट ७५ प्रतिशत कोटाको अधिकार सुरक्षित गर्दै खुला प्रतिस्पर्धालाई खुम्च्याइएको थियो। ०७३ चैत १९ को विज्ञापन अनुसार पदपूर्ति भएलगत्तै नयाँ विज्ञापन खुलाउने आयोगले जनाएको छ। संसदमा निकै विवादका बीच पारित भएको शिक्षा ऐन, नवौं संशोधनको विधेयक फिर्ता पठाउनुपर्ने दबाब आए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक ६ गते प्रमाणीकरण गरेकी थिइन्। शिक्षामन्त्री गोपालमान श्रेष्ठले संसदीय समितिमै नलगी सिधै सचिवालयबाट संसदमा पेश गरी नवौं संशोधन विधेयक पारित गराएका थिए। विधेयकमा करिब ३० हजारको संख्यामा रहेका अस्थायी शिक्षकलाई स्थायी गराउने वा परीक्षामा पास हुन नसकेमा पैसा दिने व्यवस्था राखिएको भन्दै सांसदहरुले विरोध गरेका थिए। संशोधन विधेयकले खुला प्रतिस्पर्धाबाट योग्य शिक्षक आउने बाटो अवरुद्ध गरेको भन्दै चौतर्फी विरोध भएको थियो।
गजलः सायद जीवनका कथा
रचना तथा लेखिकाः पुजा पराजुली जन्म सुरुवात हो र मृत्यु अन्त्य । र यही सुरुवातदेखि अन्त्यसम्मको पर्खाइ हो जीवन ।। हुन त जन्मअघि नै गर्भमै गरिएको पर्खार्इ । सायद जिवनका कथामा नसमेटिएका पानाहरुझै होलान् पक्कै ।। यहाँ हरेक चिजले हरचिजलाई पर्खिएको छ यहाँ हरेक कोहिले हर कोहिलाई पर्खेको छ ।। दिनले रात पर्खेको छ,रातले बिहान आजले भोलि पर्खेको छ ,भोलिले पर्सि । यहाँ बालापनले युवा पर्खेको छ अनि, युवाअवस्थाले बृद्धअवस्था ।। यहाँ मायाले मिलन पर्खेको छ अनि, मिलनले बिछोड । जीवन बहाना रहेछ पर्खाइको त्यसैले त तिमिले अन्तिम पटक ।। निधारमा केश पन्छ्याउदै चुम्दै छाडेर गएकै ठाउँमा । म तिमिलाई पर्खिरहेकी हुनेछु मेरो मृत्यु भन्दा अगावै तिमी छिट्टै फर्केर आउनु है ।।
एक दुलहा दुई दुलही: विवाहको कार्ड बन्यो भाइरल
इन्डोनेसियामा कानुनी रुपमा नै बहुविवाह गर्न छुट छ । तर, कुनै पुरुषले एकैपटक दुई जनासँग विवाह गरको भने पाइँदैन । तर, एक जना पुरुषले भने एकै पटक दुई जनासँग विवाह गरेर त्यसलाई चुनौति दिएका छन् । उनले आफ्नो दुईवटा दुलहीसँग तस्विर खिचाएर अनौठो विवाहको कार्ड छपाएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल बनेको छ । इन्डोनेसियाको सामाजिक सञ्जालमा चर्चा कमाइरहेको उक्त कार्डबारे प्रतिक्रिया दिँदै प्रयोगकर्ताहरुले त्यसमा महिलाको बेइज्जत भएको टिप्पणी गरिरहेका छन् । रोचक कुरा, बहुविवाहको पक्षपातीहरु समेतले उक्त कार्डको आलोचना गरिरहेका छन् । दोस्रो विवाह गर्न मुस्लिम पुरुषले पहिले एउटा महिलासँग बसेर मात्र अर्को विवाह गर्नुपर्ने बताएका छन् । केहीले उनीहरुको विवाहको पहिलो रात कस्तो हुने हो भने मजाक उडाइरहेका छन् भने केहीले यसलाई ठट्टा भएको बताइरहेका छन् । इन्डोनेसियाको वेभसाइट डेइटिकले भने उक्त विवाहको कार्ड असली भएको पुष्टि गरेको छ । उक्त विवाह समारोह आयोजना हुने दक्षिणी सुमात्रामा रहेको तेलुक किजिङ नामक गाउँका मुखियासँग कुरा गरेर पत्रिका सो कुराको पुष्टि गरेको थियो । पान्सेर नाम गरेका ती मुखियाले आफैले उक्त कार्ड बनाएको बताउँदै सिन्ड्रा नाम गरेका युवकले आफ्ना दुई दुलहीसँग आगामी नोभेम्बर ५ र ८ मा विवाह गर्ने र ९ तारिखमा एउटा भव्य समारोहको आयोजना गर्ने जानकारी दिए । दुई दुलही मध्ये इन्डाह सोही गाउँको भएको र अर्की दुलही अर्कै गाउँको भएको पान्सेरले बताए । दुलहाले दुवै परिवारलाई यस अनौठो विवाहको जानकारी पनि दिइसकेको र दुवै परिवार यसमा राजी भएको पनि खुलासा गरे । उनले यसरी केही दिनको अन्तरालमा एक पुरुषले दुई विवाह गरेको पहिलो अवसर नभएको पनि बताए । ‘यसअघि पनि तीन पटक एउटा पुरुषले दुई जना महिलालाई केही दिनको अन्तरालमा विवाह गरेर एउटै समारोह आयोजना गरेका थिए,’ पत्रिकासँग कुरा गर्दै पान्सेलले भने । इन्डोनेसियाको बहुविवाह बारे समाचार बनेको यो महिना दोस्रो पटक हो । यसअघि बहुविवाहका लागि स्मार्टफोन एप बनाइएपछि उक्त समाचारले निकै चर्चा बटुलेको थियो । (राताेपाटीबाट साभार)
तामाङ समुदायको चेतना र वर्तमान राजनीतिक अवस्था
तामाङ युवाहरूले चाहे भने कुनै सिंगो समुदाय हैन राष्ट्रनै परिवर्तन गर्न सक्छ भन्ने उदाहरण भर्खरै सम्पन्न नेपाल आइडलमा पोखरेली युवा बुद्ध लामाको शानदार जितले पुष्टि गरेकोछ । बुद्ध लामाको नेपाल आइडलमा भएको शानदार जितबाट अब तामाङहरूले खुशीयाली मनाउने भन्दा बढी नयाँ पाठ सिक्ने समय आएको छ । निशान भट्टराई र प्रताप दासको भन्दा झण्डै करोड बढी मतको अन्तरले जित्नु चानचुने कुरा होइन । बुद्ध लामा प्रति सम्पूर्ण मंगोल समुदाय वा गैरआर्यनहरू किन लागे भन्ने विषयमा तामाङहरूले सोच्नु जरूरी देखिन्छ । लक्ष्मण तामाङ निशान भट्टराईको एप बन्दा सम्म बुद्धको नामको एप तयार नगरिनुले वा निशानकी आमालाई कतार लगिनुले बाहुनवादले आदिवासी समुदाय माथि विगतमा पनि ठाडै जातीय शोषण गर्थ्यो र अहिले पनि गरिरहको छ भन्ने कुराको पुष्टि हुन्छ । त्यसैको परिणाम स्वरूप तामाङ समुदायको सचेत युवाहरूले आजको दिनमा आफू र तामाङ समुदाय माथि भएको शोषणको भण्डाफोर गरिरहेका छन् । कमिलाको पखेटा आएपछि काल आउँछ भनेझैँ यसै समयमा बाहुनवाद बढी हावी हुन थालेको छ । आदिवासी समुदाय माथि विभिन्न तरिकाले अपमान गर्न थालेका छन् । परिणामस्वरूप तामाङ समुदायका युवाहरू झनै एक हुन थाल्यो र करोडौंको मत अन्तरले नेपाल आइडलमा बुद्ध लामालाई शानदार विजय गराउन सफल भयो । मैले सुनेको छु रसुवा जिल्लामा १५ प्रतिसत बाहुनरछेत्री, ८२ प्रतिसत तामाङ र केहि मात्रामा नेवारी समुदायको पनि बसोबास रहेको छ । रसुवा जिल्लामा २०७४ साल मंसिर १० गते हुने संघीय अर्थात् प्रतिनिधि सभाको निम्ति एउटा र प्रदेश सभाको निम्ति दुईवटा चुनावी क्षेत्र निर्धारण गरिएको छ । १५ प्रतिसत बाहुन/छेत्री भएको ठाउँमा संघीय अर्थात् प्रतिनिधि सभामा नेपाली काँग्रेस र एमाले दुवै पार्टीले बाहुन र छेत्रीलाई नै उम्मेदवार उठाइदै छ यो शोषण हो । सोझो अर्थमा भन्दा ८२ प्रतिसत तामाङहरूको लागि ठाडै अपमान गरिनु हो । रसुवावासी आमा, आपा, ज्योज्यो आले, नाना आङा जसरी हामी तामाङ समुदायले एक भएर बुद्ध लामालाई नेपाल आइडलमा जिताउन सफल भयौँ २०७४ मंसिर १० गते हुने संघीय र प्रादेशिक चुनावमा बाहुन/छेत्रीलाई हैन तामाङ समुदायको उमेद्वारलाई नै भोट दिएर जिताउनु पर्छ । तामाङको मर्म तामाङले बुझ्छ बाहुन/छेत्रीले हैन । रसुवा जिल्लाको हामी तामाङ समुदायलाई यो १५ प्रतिसत बाहुनरछेत्रीले भोट बैंक मात्र बनाएको छ । यसको जवाफमा तपाईंहरूले २०७४ मंसिर १० गते हुने संघीय र प्रादेशिक चुनावमा रसुवाबाट उठ्ने युवा पुस्ता तामाङ तामाङ समुदायको उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर एक हुनुहोस् । रसुवावासी तामाङ समुदायको एकता देखेर अन्य जिल्लाका तामाङहरूलाई पनि एक हुन प्रेरणा मिलोस् कामना १ । तामाङ समुदायको एकताको नाममा नेपाली कांग्रेश, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र कथित नयाँ शक्ति पार्टीको उम्मेदवारहरूलाई भोट दिएर हामी तामाङ समुदायको युवाले गल्ति गर्नु हुँदैन । नेपाली कांग्रेश, नेकपा एमाले, नेकपा माओवादी ९केन्द्र० र कथित नयाँ शक्ति पार्टीको टाउके नेताहरू सबै बाहुनहरु भएकोले यी पार्टीको तामाङ उम्मेदवारहरूलाई भोट दिनु भनेको फेरी पनि बाहुन उम्मेदवारलाई नै भोट दिनु हुनेछ । २०७४ मंसिर १० गते हुने संघीय र प्रादेशिक चुनावमा हामीले तामाङ युवाहरूले विगतमा गरेको गल्ति दोहोर्याउनु हुदैन । राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र शैक्षिक लगायत विविध कोणबाट तामाङ समुदायलाई पछि पार्ने काम विगत देखि वर्तमान समय सम्म बाहुनहरूले गरिरहेका छन् । यसको बिरोधमा तामाङ समुदायका युवाहरूले पटक-पटक बाहुनवादको विरुद्ध विद्रोह गरिरहेका छन् । यसले तामाङ समुदाय आफ्नो जाति, धर्म, संस्कार, रीति र परम्पराको रक्षाको निम्ति कसैदेखि डग्दैन र डराउँदैन भन्ने देखाउँछ । यहि चेतना तामाङ समुदायको सवै युवा पुस्तामा आउने हो भने तामाङ समुदायले आफ्नो अस्तित्व कायम गर्न धेरै समय कुर्नु पर्दैन । हेर्नुस् हाम्रै अनुहारका चीन, जापान, उत्तर वा दक्षिण कोरिया कति अगाडि पुगेका छन् । नेपाल देश र हामी तामाङ समुदाय पनि त्यो अवस्थामा पुग्न सक्दैनौ भन्ने होइन समग्र तामाङ एक भयो भने हामी प्रगतिको मार्गमा अगाडि बढ्न सक्छौ भन्ने लाग्छ । बुद्ध लामालाई आज यति फरक मतले विजय गराउन सफल तामाङ समुदाय नेपाली राजनीतिमा पनि एक भएर फरक मत देखाइदिनु पर्छ । ८२ प्रतिसत तामाङ समुदाय बसोबास गरेको ठाउँ रसुवामा किन राम्रो विकास हुन सकेनरु भन्ने प्रश्नमा बाहुनवादले आजको दिन सम्म रसुवाको तामाङ समुदाय माथि गर्ने गरेको सोषण, दमन, अन्याय, अत्याचार र हाली मुहालीले गर्दा हो भन्ने लाग्छ । शिक्षा र राजनीतिको मूलधारबाट तामाङ समुदायलाई निकालियो अनि सदियौं सम्म ढोके, पाले र पिपा मात्र बनाए राखियो । आज पनि त्यसको असर देखिदै छ । लेखक अमृत योञ्जन तामाङको एक लेख पढेको थिएँ “शिक्षामा तामाङहरू ५८औँ स्थानमा” भनेर । यति तल तामाङहरू खस्नुको प्रमुख कारण सामन्ती राज्य सत्ताले तामाङ समुदायलाई मासिन्या जातको सूचिमा राख्यो । शिक्षा लिन र पढ्नमा बञ्चित गरायो । आज पनि ताम्सालिङ क्षेत्रमा भोटेको छोरा पढेर के गर्छस् रु भन्ने बाहुनहरू थुप्रै देखेको, सुनेको छु । हामी तामाङहरूलाई पढ्न हुन्न भन्ने मानसिक दवाव बाहुनहरूबाट प्रशस्त भएको देखिन्छ र पाइन्छ । यसको मुख्य कारण भनेको तामाङहरु शिक्षित भए भने बाहुनले शोषण गर्ने बाटो बन्द हुन्छ भनेर तामाङ समुदायको बालबालिका हरूलाई आज पनि पढ्नबाट रोक्न विभिन्न बहाना अपनाउने गरेको पाइन्छ । यही मंसिर १० गते हुने संघीय निर्वाचनमा रसुवा जिल्लाबाट नेपाल लोकतान्त्रिक फोरमको राष्ट्रिय उपाध्यक्ष श्री कृष्ण बहादुर तामाङले पनि प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिनु हुने भएकाले युवा, जुझारू, सचेत र संघर्षशील नेता श्री कृष्ण बहादुर तामाङलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुन अनुरोध गर्दछु । वर्षौ देखि यी बाहुनहरूलाई मतदान गरियो तर व्यथा उस्तै रह्यो । अब हामी तामाङ समुदायले आफ्नै तामाङ प्रतिनिधिलाई चुन्ने प्रयास गरौँ । तामाङ समुदायको एकता राजनीतिमा पनि देखाऔँ । बाली बिग्रे एक वर्ष राजनीति बिग्रे १०० वर्ष भनेझैं यो पटकको संघीय निर्वाचनमा रसुवा जिल्लबाट प्रतिनिधि सभा सदस्यमा आफ्नै समुदायको उम्मेदवार श्री कृष्ण बहादुर तामाङलाई नमस्कार छाप चुनाव चिह्नमा अमूल्य मत प्रदान गरि विजय गराउनुहुन हार्दिक अनुरोध गर्दै तामाङ एकताको कामना गर्दछु । रसुवामा कृष्णबहादुर तामाङ नै किन ? सामन्ती राज्य सत्ताले हामी तामाङ समुदायलाई पुस्तौपुस्ता देखि ९बिक्रम सम्बत १७९९ को नुवाकोट हमलादेखि आजसम्म दासको रूपमा राखेको छ । पृथ्वीनारायण शाहाको पहिलो पराजय तामाङबाट नै भएको कारण सम्पूर्ण तामाङहरूलाई कहिल्यै उठ्न नसक्ने गरि मानसिक बन्चरोले प्रहार गरेको छ । त्यसको बाबजुत पनि तामाङ समुदाय समय समयमा होसमा आउने र सामन्ती राज्य सत्ता माथि हवाला दिदै आएको छ । त्यस्तै व्यक्ति मध्यको एक हुन् श्री कृष्ण बहादुर तामाङ । आफ्नो समुदाय माथि भएको अन्यायको विरूद्ध निडर भएर लड्न सक्ने तत्कालीन १० वर्षे जनयुद्धको समयमा स्पष्ट विचार र दृष्टिकोण व्यक्त गरेकै कारण कठोर सजाय र जेल जीवन बिताएका प्रखर र स्पष्टवादी नेता हुन् कृष्ण बहादुर तामाङ । २०७४ मंसिर १० गते हुने संघीय निर्वाचनमा रसुवा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा उनको उमेद्वारी हुनै पर्ने देखिन्छ । रसुवामा ८२ प्रतिसत तामाङहरुलाई १५ प्रतिसत बाहुनरछेत्रीहरूले लामोसमय देखि सोषण गरि रहेकोछ । शिक्षा प्रेमी, जाति प्रेमी र पूर्खाहरूको सम्मानमा कुनै कसर नराख्ने सामन्ती राज्य सत्तासँग कहिल्यै नझुक्ने भएका करण पनि तामाङ समुदायको बाहुल्य भएको रसुवामा उनको उमेद्वारी अपरिहार्य देखिन्छ । कृष्ण बहादुर तामाङ ८२ प्रतिसत तामाङहरूलाई अध्याँरोबाट उज्यालो मार्ग प्रदान गर्न सफल हुनेछ भन्ने विगतका सामन्ती राज्य सत्ता माथिको विद्रोहले पनि बताउँछ । कहिल्यै पनि सामन्ती राज्य सत्ताको विचार मुनि झुक्न नजान्ने कृष्ण बहादुर तामाङ आफ्नो जातीय समुदाय माथि सामन्ती राज्य सत्ताले गर्ने गरेको सोषण, दमन, अन्याय र अत्याचारको बिरोधमा डटेर लागि पर्ने व्यक्तिको रूपमा चिनिन्छ । आफ्नो पूर्खाहरूको योगदानलाई अत्यन्त सत्कार गर्ने कृष्ण बहादुर तामाङ समय समयमा सामन्ती राज्य सत्ताको आँखाको तारो समेत बन्नु भएको छ । आफ्नो व्यक्तिगत स्वार्थ नचाहने कृष्ण बहादुर तामाङ आफ्नो जाति र समुदायकै लागि राज्य सत्ताको नजरमा सधैँ तारो बनिरहनु परेको छ । जसले गर्दा २०७४ साल मंसिर १० गते हुने संघीय निर्वाचनमा रसुवा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिनुहुने नेपाल लोकतान्त्रिक फोरम पार्टीका राष्ट्रिय उपाध्यक्ष श्री कृष्ण बहादुर तामाङलाई नमस्कार छाप चुनाव चिन्हमा मतदान गरि जुझारू र सङ्घर्षशील तामाङ नेतृत्वको चयन गरौँ । किन कृष्णबहादुर तामाङ नै ? आज सम्म ८२ प्रतिसत तामाङ समुदाय भएको स्थानमा केवल १५ प्रतिसत बाहुनर छेत्रीहरूले तामाङ समुदायलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आई रहेको छ । अब हामी तामाङ समुदायले यस्ता भोट बैंक बन्ने भन्दा पनि तामाङ आदिवासी समुदायको मौलिक हक र पहिचानका निम्ती पनि तामाङ समुदायकै नेतृत्व चयन गर्नु पर्ने हुन्छ । तामाङ समुदायको नलेखिएको इतिहास लेखाउन पनि हामी तामाङ समुदायले श्री कृष्ण बहादुर तामाङलाई आफ्नो अमूल्य मत प्रदान गर्नु पर्ने देखिन्छ । तामाङ समुदायको रक्षा, तामाङ समुदायको इतिहासको खोजी गर्न र विश्वभर छरिएर बस्नु भएका तामाङ समुदायलाई एकीकृत गर्नका निम्ति श्री कृष्ण बहादुर तामाङको अमूल्य योगदान रहेकाले पनि २०७४ साल मंसिर १० गते हुने संघीय निर्वाचनमा उनको भूमिका तामाङ समुदायको लागि सुनौलो अवसरको रूपमा उदाएको छ । त्यसैले रसुवावासी तामाङ समुदाय अब हामीले हाम्रो सुनौलो अवसरलाई कीटको रूपमा प्रयोग नगरौँ । यो अवसर यसपाली गुम्यो भने ५ वर्षको लागि गुम्ने देखिन्छ । समय हुँदै आफू र आफ्नो समुदायलाई अगाडि बढाउँदै नमस्कार छाप चुनाव चिन्हमा मतदान गरि तामाङ समुदायको अस्तित्व रक्षक श्री कृष्ण बहादुर तामाङलाई विजय गरौ । आरदरणीय रसुवाबासी आमा, आपा, ज्योज्यो, आले, नाना आङा हामी २०७४ साल मंसिर १० गते हुने निर्वाचनमा तामाङ समुदायको उमेद्वार भएकोले नेपाल लोकतान्त्रिक फोरम पार्टीको राष्ट्रिय उपाध्यक्ष श्री कृष्ण बहादुर तामाङलाई आफ्नो अमुल्य मत दिएर प्रतिनिधि सभा सदस्यमा विजय गरौं । हामी तामाङ समुदायलाई लामो समय देखि शोषण गरेर हाम्रो उर्वर भूमि काठमाडौं हडपेर आज हामी तामाङ समुदायलाई अनकण्टार ठाउँमा पुर्याएको छ । यसको बदलामा हामी तामाङ समुदाय फेरि चुनावी र राजनीतिक धारमा एक हुन जरूरी छ । व्यक्तिगत रूपमा बुद्ध लामाले जितेको कुरामा जति खुशी छु त्यो भन्दा बढी तामाङ र सम्पूर्ण मंगोलहरू एक भएकोमा त्यति खुशी छु । तामाङ एकता र मंगोलहरूको एकता देख्दा खुशीको आँशु झरेको छ । वास्तावमा अब तामाङहरू राजनीतिक रूपले यसरी नै एक हुन जरूरी छ । सबै तामाङहरू एक भई राजनीति गर्नु पर्ने आवश्यक्ता खड्किएको छ । तामाङ समुदायको हितको निम्ति काम गर्ने तामाङलाई मतदान गर्नुहोस् र राज्य सत्ताको मूलधारमा पुर्याउनुहोस् । हाम्रो पूर्खाको पीडा बाहुनरछेत्रीहरूले बुझ्दैनन् त्यसैले पनि हामी तामाङले तामाङ समुदायको उमेद्वारलाई नै मतदान गर्न जरूरी छ । सम्पूर्ण तामाङ आमा आपा, ज्योज्यो आले र नाना आङाहरूलाई मेरो अनुरोध १।फुटेर हैन जुटेर ठूलो उपलब्धि हुने पाठ नेपाल आइडलले सिकाएको छ । त्यस्तै अब गीत सङ्गीतमा मात्र होइन रानजीतिमा पनि एक हुनु वा सबै तामाङ समुदाय जुट्नु अपरिहार्य देखेको छु् । उत्पीडन तामाङ समुदाय र वर्गको हितको लागि नेपाल लोकतान्त्रिक फोरम पार्टीका राष्ट्रिय उपाध्यक्ष श्री कृष्णबहादुर तामाङलाई नमस्कार छाप चुनाव चिन्हमा आफ्नो अमुल्य मत दिनु भएर विजय गराउनु हुन समग्र रसुवावासी तामाङ समुदायमा हार्दिक अपिल गर्दछु । थुजेछे १ १। (यी लेखकका निजी विचार हुन)
प्रदेश प्रमुखलाई आकर्षक सुविधा ?
काठमाडौँ, असाेज १० । सरकारले प्रदेश प्रमुखहरूलाई सरकारी आवास, सवारी साधन र जम्बो सचिवालयसहितको आकर्षक सुविधाहरू प्रस्ताव गरेको छ । कार्यवाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले सोमबार संसद् सचिवालयमा दर्ता गराएको ‘प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा प्रदेश प्रमुखले मासिक ६४ हजार पारिश्रमिक, ४० हजार अतिथि सत्कार खर्च र वार्षिक १८ हजार रुपैयाँ पोसाक भत्ता पाउने उल्लेख छ । विधेयकअनुसार प्रदेश प्रमुखको नियुक्ति सरकारले गर्नेछ । प्रदेश प्रमुखका लागि सम्बन्धित प्रदेशको राजधानीमा सरकारी आवास उपलब्ध गराउने प्रस्ताव गरिएको छ । सरकारी आवासगृह नहुँदा प्रदेश प्रमुखले मासिक घरभाडा पाउने उल्लेख छ । घरभाडाको सीमा भने तोकिएको छैन । उनका लागि टेलिफोन, कम्प्युटर, इन्टरनेट, पत्रपत्रिकाजस्ता सञ्चार सुविधा पनि सरकारबाटै उपलब्ध हुनेछन् । प्रदेश प्रमुखले वर्षको एक महिनाको पारिश्रमिक बराबर चाडपर्व भत्ता पाउनेछन् । संघीय संसदा सदस्यहरूले भने यस्तो चाडपर्व खर्च पाउँदैनन् । १५ लाख रुपैयाँ बिमा सुविधा प्रस्ताव गरिएको विधेयकमा प्रदेश प्रमुखलाई स्वेदशभित्र दैनिक ३ हजार र विदेशमा तीन सय अमेरिकी डलर भ्रमण भत्ता दिने प्रस्ताव छ । विदेश भत्ताको उक्त रकममा पनि देशअनुसार थप भत्ता पाउने व्यवस्था छ । संविधानले प्रदेशहरूमा केन्द्र सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुखलाई आलंकारिक भूमिकामात्रै दिएको छ । प्रदेश प्रमुखले प्रदेशसभाबाट पारित कानुन प्रमाणीकरण गर्ने, प्रदेश सरकार गठनको औपचारिकता पूरा गर्ने जस्ता भूमिका निर्वाह गर्नेछन् । यस्तो आलंकारिक पदका लागि समेत विधेयकमा सचिवस्तरको समेत एक दर्जन कर्मचारी नियुक्त गर्न पाउने सचिवालय, निजी चिकित्सकसहित विज्ञ नियुक्तिको सुविधा प्रस्तावित छ ।यो खबर आजको कान्तिपुरमा छ ।
अर्घाखाँचीमा चितुवा आतंक, सेना र प्रहरी परिचालन
अर्घाखाँची, अर्घाखाँचीमा पछिल्लो तीन वर्षमा नरभक्षी चितुवाले ८ जनाको ज्यान लिएको छ। पटक पटक चितुवाको आक्रमण परेपछि यहाँका बासिन्दा अत्यन्तै त्रसित बनेका छन्। दिउँसै चितुवाले आक्रमण गर्न थालेपछि अहिले वालवालिकालाइ विद्यालय पठाउन पनि अभिभावकले छाडेका छन। स्थानीय त्रसित बनेपछि चितुवा मार्न हतियार सहति सेना र प्रहरी परिचालन गरिएको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ। जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमण नरोकिएर चितुवा आतङ्कले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए। चितुवावाट सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले विहिबारदेखि चितुवा मार्नका लागि सेना र प्रहरीको विशेष टोली परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक प्रदीप डिसीको नेतृत्वमा ३२ जनाको हतियार सहितको टोली खटाइएको छ। गएको मंगलबार साँझ सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर का ४ वर्षिय मनिष केसीलाई चितुवाले खाएपछि जिल्ला सुरक्षा समितिको आपतकालिन सुरक्षा बैठकले चितुवा नियन्त्रणमा लिनका लागि सेना र प्रहरी परिचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताए। चितुवा मार्नका लागि सदरमुकाम सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट, ढिकुरा र खाँचीकोट लगायतका क्षेत्रमा हतियारसहित सेना, प्रहरी र जिल्ला बनको टोली परिचालन गरिएको छ। जिल्लामा गएको ३ वर्षभित्र १४ जना वालावालिकालाइ चितुवाले आक्रमण गरेको छ । जस्का कारण ८ जनाको ज्यान गयो। विद्यालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन। आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ३ वर्ष देखि बारम्बार जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन्। उनीहरुले नरभक्षी चितुवालाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेका छन्। सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर चितुवाको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन्। सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनीहरुको भनाई छ। चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएपनि चितुवा फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक कोइरालाको भनाइ छ। प्रभावित क्षेत्रका बासिन्दालाई चितुवा देखेमा प्रहरीलाइ खबर गर्न पनि उनले आग्रह गरेका छन् ।
माओवादी र प्रचण्डकाे विकल्प खोज्नु बाबुरामको गम्भीर भूल
बाबुराम भट्टराई नेपाली राजनीतिको एक प्रमुख पात्रको रुपमा स्थापित पूर्व माओवादीका बरिष्ट नेता हुन । उनको बारेमा कलम चलाउनेहरु प्राय सवैले लेखि पनि सकेका छन बाबुरामका कथाहरु, माओवादी जनयुद्धकालमा विश्वले प्रचण्ड भन्दा राम्रो बाबुरामलाई चिन्थ्यो, त्यहिवेलादेखि बाबुराम नेपाली बौद्धिक जगत र विद्यार्थी जगतको प्रेरणा पनि बने । यत्रो विद्धवानले किन बन्दुक बोकेको होला ? किन, वौद्धिकता भुटेको होला ? किन माओवादी बनेको होला ? बाबुराम जस्तो विद्धवान युद्धमा ? राष्टिय अन्र्तराष्टिय जगतलाई मात्र होईन निम्न र मध्यम वर्र्गीय नेपाली विद्धत र विद्यार्थी जगतमा बाबुरामका बारेमा यावत जिज्ञाषाहरु थिए । रमेश विश्वकर्मा अहिले भन्न सकिन्छ, सायद बाबुरामले ‘चे’ लाई राम्ररी पढेका थिए, नेपाली राजनीति र सामाजिक चरित्र राम्रोसँग बुझेका थिए । विश्व राजनीति र दक्षिण एसियाली समाजको अवस्थालाई देखेर बाबुरामलाई आफूले पाएको उपाधी बेकार लागे र सामाजिक मुत्तिको बाटो रोजे राजनीति त्यसमा पनि युद्ध राजनीति नेपाली माटो माओवाद जन्माउने यिनै योद्धा प्रचण्ड, बाबुराम, किरण, वादलहरु आज छुटिएका छन । तत्कालिन देउवा सरकारले माओवादी माग प्रति आखा चिम्ली दिदा उत्पन्न भएको १० वर्षे जनयुद्ध, विभिन्न चरणमा भएका शान्ति वार्ता, अन्तरिम सरकार, संविधान सभाको पहिलो र दोश्रो निर्वाचन, संविधानसभा मार्फत संविधान घोषणासम्म आई पुग्दा नेपाली राजनीतिमा बाबुरामको महत्वपुर्ण भुमिका रह्यो र बाबुरामको यो नेतृत्वदायी भुमिकाको नेपाली इतिहासले सम्मान गर्ने छ । बाबुराम र प्रचण्डमा मात्र सिमित माओवादी भित्रको दुई लाईन संघर्ष चुनवान पश्चात त्रिकोणिय बैचारिक संघर्षमा रुपान्तरित भयो, पालुंनटार, खरिपाटी हुदै धोवीघाटसम्म आई पुग्दा माओवादी भित्रको त्रिकोणिय वैचारिक संघर्ष विष्पोट भयो र पाटीभित्रको एक लाईन माओवादीबाट अलग भयो । योसंगै माओवादी आन्दोलनको विघटन सुरु भयो । माओवादी आन्दोलनबाट सम्बन्ध विच्छेद गरेका वैद्यहरुले केहि समय प्रचण्डलाई देखाउन खोजे तर अहिलेसम्म त्यसको औचित्य पुष्टि न वैद्यले गर्न सके न विप्लवले, माओवादी आन्दोलनको यस्ता कम्जोरीको समीक्षा इतिहासले गर्दै जाला । संविधान सभाबाट संविधान घोषणा भएको भोलीपल्ट बाबुराम प्रचण्डलाई भेट्न लाजिम्पाट पुगे र प्रचण्डसँग प्रस्ताव गरे अव माओवादी पार्टी विघटन गरौ । यत्रो बलिदानी र विरताको इतिहास बोकेको पाटी, नेपाली राजनीतिमा छुट्टै पहिचान निर्माण गरेको पार्टीलाई विघटन गर्न प्रचण्डको अन्तर्यले मानेन र बाबुरामले यसै लहडमा माओवादी पाटी छोडेको घोषणा गरे । बाबुरामको त्यो निर्णय सहि थियो वा गलत समीक्षा हुँदै जाला । बाबुरामले नेपाली राजनीतिमा आफुलाई जस्तो देखाउन चाहान्थ्ये नेपाली जनताले बाबुरामलाई स्थानीय चुनावमा नपत्याउदा नेपाली राजनीतिमा वैकल्पिक राजनीतिको प्रयोग गर्ने बाबुरामको योजना विफलसँगै हिजो माओवादी छोड्दा माओवादी पार्टीको औचित्यमाथी प्रश्न उठाउने बाबुराममाथी जनताले प्रश्न उठाई दिए । पार्टी परित्यागसँगै बाबुरामले पत्रकार सम्मेलन गरेर माओवादी पाटीलाई रातो स्टिकर लागेको घरको संज्ञा दिदै गर्दा प्रचण्डले पत्रकार सम्मेलन मार्फत आफ्ना शुभचिन्तक र कार्यकर्ताहरुलाई बाबुरामका बारेमा नराम्रो टिप्पणी नगर्न आग्रह गरे । बाबुराम जानेर वा नजानेर माओवादीलाई कम्जोर पार्न खोज्ने शत्ति केन्द्रको सिकार बने, जस्तो किसिमको आश्वासन बाबुरामले शत्ति केन्द्रबाट पाएका थिए । नेपाली जनताले ठिक उल्टो परिणाम देखाई दिदा, नयाँ शक्ति पाटी विघटनको राजमार्गमा दौडि रहेको छ, स्वयम बाबुराम नयाँ शक्तिको विघटन देखेर अतालिएका छन । बाबुराम कस्तो राजनीतिज्ञ बन्न चाहान्छन र कस्तो राजनीति गर्न चाहान्छन भन्ने कुरा उनले उपेन्द्र यादवको पार्टीसँग पार्टी एकीकरण गरी उपेन्द्रलाई अध्यक्ष मान्ने सहमतिबाटै प्रष्ट हुन्छ । बाबुरामले जुन कुरा प्रचण्डबाट सम्भव देखेन्न तर उपेन्द्रबाट देखे । जुन काम प्रचण्डले गर्न सकेन्न उपेन्द्रको नेतृत्वले गर्छ भन्ने विश्वास गर्दा बाबुरामलाई विश्वास गरेका पुर्व माओवादीहरु नयाँ शक्ति छोडिरहेका छन । हिरा खानीलाई चिन्न नसकेका बाबुराम कोइला खानीमा हिरा खोज्दै गरेकेको देख्दा उनको वौद्धिकता र क्षमतालाई मापन गर्न सकिन्छ । प्रचण्ड नाम होईन युग हो, माक्र्सवादको नेपाली बाटो हो, मालेमाको विकशित रुप हो सायद माओवादीहरु विभाजित नभएको भए नेपालमा प्रचण्ड युग निश्चित थियो । माओवादीलाई शक्तिमा देख्न नचाहाने र सधै कम्जोर पारि राख्न खोज्नेले यसलाई राम्रोसँग बुझेका थिए । पहिलो संविधान सभाको चुनावबाट पहिलो शक्ति बनेको माओवादीलाई कम्जोर बनाउनु थियो । माओवादीलाई कम्जोर पार्ने एउटै उपाय थियो पहिलो संविधान सभाको विघटन र दोश्रो संविधान सभाको चुनाव । यो कुरा न प्रचण्डले बझे न बाबुराम न वैद्यले । के नेपालमा माओवादी पाटीको औचित्य सकियो भनेर एकजना बाबुरामले घोषणा गर्ने वित्तिकै माओवादको विघटन होला ? तर बाबुरामले यो भन्ने आट आफ्नै क्षमता र विज्ञताले गरेको कदापी होईनन । रगतको पोखरीको बीचबाट जन्मिएको माओवादी आन्दोलनलाई शब्दले औचित्य हिन पार्न खोज्नु बाबुरामको विद्धता भन्दा मुर्खता थियो । बाबुरामको बौद्धिकता भन्दा अज्ञानता प्रष्ट थियो । बाबुराम स्वघोषित गान्धि बन्न चाहान्थे । स्वघोषित माओ बन्न चाहान्थे परिणाम बाबुराम आफु जे सावित गर्न चाहान्थे जनताले गलत प्रमाण्ति गरि दिए । बाबुरामलाई चिन्नसमेत छोडि दिए । माओवादी पार्टीबाट बाहिरिदै गर्दा माओवादको औचित्य माथी प्रश्न उठाउने बाबुरामको नेतृत्व र विचारलाई पहिलो र दोश्रो चरणको स्थानीय चुनावमा जनताले अस्वीकार गरि दिए । बाबुरामले सधै आफ्नो सर्टिफिकेटमा घमण्ड गरे । आफ्नो वौद्धिकतामा दम्भ देखाए तर आफ्ना सहयोद्धाहरुको सहि मुल्यांकन गर्न जानेन्न । राम्रो परिणाम जतिको सवै जस आफैले लिन खोजे । बाबुरामले चाहे जस्तो जनताको साथ नपाएपछि उपेन्द्रलाई नेता मान्न तयार हुने बाबुराम नेतृत्वमा असफल भएको पुष्टि भएको छ । बाबुराम आफ्नै कारणले बाबुराम बने भन्ने आत्मभ्रममा छन भने त्यो गलत हो सिंगो राष्टिय अन्तराष्ट्रिय समुदायलाई थाहा छ प्रचण्ड र बाबुराम को हुन । बरु प्रचण्ड बाबुराम विना राजनीतिक यात्रामा हिड्दा कम्जोर मात्र बन्लान तर बाबुराम प्रचण्ड विना हिड्दा असफल हुन्छन सिदिन्छन र सँगै हिड्दा बाबुराम प्रचण्ड बलियो मात्र होईन सफल राजनीतिज्ञ इतिहास निर्माता बन्नेछन । अहिले बाबुरामले राजनीतिक जिवनको गम्भीर समीक्षा गर्नु पर्ने वेला भएकोछ । बाबुरामले कहाँ बसेर राजनीतिक उचाई हासिल गरे । कोसँग बसेर राजनीतिक उचाई हासिल गरे । एक्लै हिड्दा के भयो ? बाबुरामले प्रदेश र केन्द्रको चुनावमा केहि ठाउँमा जित्लान तर जनतालाई माओवादी पार्टी विभाजित गर्नुको ओचित्यता प्रष्टयाउन सक्दैन्न । त्यसैले, माक्र्सवादी विद्धवान डा. भट्टराईले प्रचण्डसँगै हात मिलाएर आगामी राजनीतिको बाटो तय गर्दा नेपाली राजनीतिमा स्थापित भएका मुद्धाहरुको रक्षागर्न सकिएला । एक जना राजनीतिज्ञले आफ्नो जीवनकालमा एउटै राजनीतिक दर्शनको प्रयोग गर्न सक्छ । माक्र्स, लेलिन, एगेल्श, माओ सवै आफ्नो राजनीतिमा अडिग रहदा जनताले विश्वास गर । सात चोटी एउटै चुनाव हार्ने अब्राहम लिंकनलाई जनताले पत्याए । आडम्बरमा राजनीति गर्नु भन्दा गम्भीर समीक्षा सहित प्रचण्डसँगको एकताले बाबुरामको उचाई अझ बढ्नेछ भने प्रचण्डको इज्जत बढ्ने छ । बाबुरामले नेपाली समाजमा माओवादी भन्दा अर्को पार्टी र प्रचण्ड भन्दा राम्रो नेतृत्व खोज्नु भनेको समय बर्बाद गर्नु मात्र हो । त्यसैले यति उचो राजनीतिक कद निर्माण गरेको माओवादी पार्टीमा फर्किनु बाबरामले प्रतिष्ठाको विषय बनाउनु पर्ने कारण नै छैन । प्रचण्ड भन्दा राम्रो र अग्लो बनेर देखाउन खोज्नु बाबुराम र माओवादीबाट विभाजित सवैका लागि ऐतिहासिक गल्ति हुनेछ । आउदो संघीय चुनाव र केन्द्रीय चुनाव अगावै सवै विभाजित मनहरु ध्रुविकृत हुदै एक चोटी फेरी माओवादी पार्टीलाई विशाल र शक्तिशाली बनाउ, बाबुरामले यस अभियानको नेतृत्व गरेको देख्न पाईयोस– शुभकामना ।
कञ्चनपुर अब लोडसेडिङ मुक्त जिल्ला
कञ्चनपुर, साउन १८ । कञ्चनपुरलाई पूर्ण लोडसेडिङ्ग मुक्त घोषणाको माग राख्दै आएको नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी) कञ्चनपुरको टोली र विद्युत प्राधिकरण वितरण शाखा कार्यालय महेन्द्रनगरका प्रमुख पुष्पराज पन्तबीच लोडसेडिङ्ग अन्त्य गर्ने सहमति भएको छ । सहमति भएपछि क्रान्तिकारीले आन्दोलनका थप कार्यक्रम रोकेको छ । क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष बिरेन्द्र विष्टले आफुहरुले उठाएका मुद्दामा कार्यालय प्रमुख पन्त सहमत भएपछि थप आन्दोलनका कार्यक्रम स्थगत गरेको बताएका छन ।
बाबुरामलार्इ खुला पत्रः शहीदको रगत बेच्दा मुटू काँप्दैन ?
दिपक न्यौपाने काठमाडौं, साउन ६ । एक सच्चा र इमानदार सिपाहीले कहिल्यै दुश्मनसँग काँध मिलाउदैन बरु लड्दालड्दै मृत्यु बरण गर्छ वा मृत्यु बरणका लागि तयार हुन्छ । गोलिका खोका छातीमा बज्रपात हुँदासम्म पनि आत्मसमर्पणको भुत उस्को दिमागमा कहिल्यै चढ्दैन। तर डा साब तपार्इ जस्तो भिजनेवल व्यक्तित्वले जुन गलत कदम उठाउदै हुनुहुन्छ यस कदमले तपार्इलार्इ कहिल्यै न्यायलयको कठघरामा उच्च मुल्यांकनको तक्मा मिल्ने छैन। हिजो तपाइँ र तपार्इ जस्तै आम नेताको नेतृत्वको आसमा सारा युवा जमात युद्धमा होमिए, बिश्वासको घर यति ठूलो बनाइदिनु भयो कि उनीहरुका सामु मृत्यु केही होइन भन्ने पर्यो। हजारौंले साहदत प्राप्त गरे, कयौं गोलिका खोका बोकेर खाडिमा भासिए। तर तपार्इ बन्दै गरेको घरलार्इ भत्काउन लालाहित हुनु भयो। निष्ठाताको राजनीतिको नाममा पार्टीको संरचनालाइ कायापलट बनाइदिनु भो ? यहाँ विधि थियो, यहाँ बिधान थियो न्यायलयलार्इ पुज्ने लाखौ निस्वार्थ कार्यकर्ताको अलग जमात थियो। तपाइले सबैलाइ लत्याउनु भयो। अन्ततः मर्न लागेको भैंसीलाइ घिच्याएर सुन्दरताको नौलो स्वार्ग बनाउने सपना देख्नु भो। यथार्थमा हैन भावनामा आफुलार्इ बगाइदिनु भो। परिणामस्वरुप आज लाखै कार्यकर्ताका सपना लिलाम भए सहिदहरुले उदाउँदा र नउदाउँदा बेग्लै संसारबाट दिन रात गिज्याइ रहें। आज तिनै हत्याराका मालिक जस्ले पार्टी र राजनीतिले सेभ ल्याण्ड गरिसक्दा २७ जना अनाहका कार्यकर्तालाई घाँटी रेटि–रेटि मारिदियो आज उ नै तपाइँका सास्त्रमा परम मित्र भए धत्यरिका बाबुराम। आसा र भरोसाको विषम कमाण्डलुले मात्रै तपार्इको राजनीतिले सार्थक नतिजा निक्लिदैन।कठोर राजनीतिक चार्तुयता बेगर महिमा घ्यु लाग्दैन भन्ने वैज्ञानिक भनार्इलार्इ तपाईले लज्जित बनाउन खोज्नु भो। भत्किन लागेको घरको चर्किएको नसाहरुलाइँ आफ्नो पनको दोष सम्झनु भएन बरु बाह्य संसारको हुइयाइलार्इ सफलता नौलो आयाम सम्झनु भो फलस्वरूप मुमाराम र रबिन्द्र जस्ताले बन्दक जिबनलाइ फिर्ता लिएर फर्कन बाध्य भए। त्यस्ता निकै ठुल–ठुला पहाड तपार्इका सुन्दर सपनाका संसार बाट चोइटी सकेका छ। सायद यिनै बिकरालताले होला बौलाएको सिंह झै जङ्गलको घाँससँग संगीन पिरती लगाउने अठोट संकल्प गर्नु भएको। हिजो तिनै २७ कर्मठ योद्धाको रगतले तरवार रंगिदा टुडिखेलमा यादव विरुद्ध सोइसोला खोल्ने तपाईका कमजोर मानसिकताले वर्ष नबित्दै त्यहि तरवारका मालिकलाई जीवन समर्पणको एक अफिम सम्झनु हुन्छ भने सोच्नुस तपाइँको राजनीतिक भबिस्य कति लामो होला? रंगिन खोलिको रक्तस्रावलार्इ अन्त्यको इतिहास र माधुर्यताको लोभमा सालिनता सम्झेर देश लुटन पल्किएका महामानवरूपी दानवहरु सँगको मिठास उठबस निदाउदै गरेको सपनी झै नपडकियोस।आर्थिक समृद्धि र परिवर्तनका नारा दलालका चुर्ड बस्ती–बस्तीमा बिक्री नहुन। तपार्इका ती भिजिनेवल थ्रेटरहरु डिजिटल क्यामाराले बिगारेको फोटो जस्तो फुस्स उडेको नहोस। बेखुस अनि बेकार मनको संसारलार्इ जलाउदै तपाईको पार्टी एकताको लागि दुइ थोपा शुभकामना दिए।
आफ्नै इतिहासमा बञ्चरो हान्दै रामकुमारी
निर्वाचनको परिणामलगत्तै चर्चाको बजारमा भोजराज सरले स्थान पाए । भोजराज सर एकाएक चर्चामा आए । आफू चर्चामा आएकोमा भोजराज सर खुशी छन् या दुखी, त्यो भने कतै चर्चामा आएन, तर पनि उनी मज्जैले चर्चामा आए । भोजराज सरको घर, भन्ने थेगो नै बन्यो सामाजिक सञ्जालमा । घरको तस्वीर समेत सार्वजनिक भयो । भोजराज सर आफूले भने चर्चामा आउने कुनै काम गरेका थिएनन् । धन्यवाद दिनुपर्छ एमाले नेतृ रामकुमारी झाँक्रीलाई, जसले भोजराज सरलाई चर्चामा ल्याइदिइन । दोश्रो जनआन्दोलनको बेलाकी जल्दोबल्दो संघर्षशील नेतृ हुन रामकुमारी झाँक्री । कुनै बेला खगेन्द्र संग्रौलाको साहित्यकी संघर्षमयी महिला । गगन थापा र रामकुमारी झाँक्री रोलमोडेल नै बने कतिपयका लागि । बागबजारमा उनको टाउकोमा धेरैपल्ट लाठी बर्सियो । रक्ताम्य मुहारको उनको तस्वीरले ठूलो चर्चा पायो र सम्मान पनि । रामकुमारी विद्यार्थी आन्दोलनमा सक्रिय नेतृ । उनी अनेरास्ववियूको नेतृत्वमा छँदा अखिलको छवि संघर्षमयी संगठनको थियो । त्यही बेला जनआन्दोलन । महिला पनि संघर्षमा पुरुषभन्दा पछि छैनन् भन्ने दरिलो उदाहरण दिइन झाँक्रीले । तर त्यसपछिका दिनमा भने झाँक्रीको त्यो संघर्षशील व्यक्तित्व देख्न सकिएन । एमालेभित्रको घात अन्तर्घातको चक्रब्यूहमा झाँक्रीजस्ता व्यक्तित्वहरु हराए । झाँक्रीहरु भन्दा अन्य महिलाहरु एकाएक नेतृत्व र सुविधाजनक स्थानमा देखिए । खासगरी ओली प्रभावले गर्दा झाँक्रीहरु एकाएक पाखा पारिए । संयोग नै भनौं, एमालेभित्र झाँक्रीहरुको योगदानको अवमूल्यन भएकै कारण उनकै समकक्षी गगन थापा स्वास्थ्य मन्त्रीको सफल कार्यकालको प्रशंसा बटुलिरहेको बेला झाँक्री भने भोजराज सरको घरको चर्चाले आलोचित बन्दै थिइन । झाँक्री र एकजना शिक्षकबीचको कुराकानीमा झाँक्रीले आफ्नो हैसियत र स्तरभन्दा निकै तल ओर्लेर भाषा प्रयोग गरेपछि उनको आलोचना व्यापक भयो । झाँक्रीलाई सम्मान गर्नेहरुले पनि उनले त्यस्तो भाषा प्रयोग गरेकोमा दुख मनाए । त्यो भाषा राजनैतिक भाषा थिएन जुन झाँक्रीबाट अपेक्षा हुन्थ्यो । यसमा कता कता कुण्ठा देखिन्थ्यो । उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, “यो झाँक्रीको मूल व्यक्तित्व होइन, बरु व्यक्तिगत र राजनीतिक जीवनमा सोचेजस्तो हुन नसकेको र व्यक्तित्व खुम्चिएको चरणमा निस्किने कुण्ठायुक्त भाषा हो । नत्र झाँक्री त्यसरी बोल्ने मानिस होइनन् । विगत केही समययता सामान्य बोलीचालीमा समेत रामकुमारीको बोली गैर राजनीतिक भएको हामीले महसुस गरेका छौं ।” उनको नजिकका मित्रहरु भन्छन्– रामकुमारीले भोजराज सरको घर बोलेको अडियामा व्यक्त गरेको भाषाबारे मृदु भाषामा आत्मलोचना गर्नु जरुरी छ । साथै भविष्यमा घटनाहरुमा प्रतिक्रिया व्यक्त गर्दा राजनीतिक भाषा प्रयोग गर्नु जरुरी छ । संघर्षशील राजनीतिक व्यक्तित्व रामकुमारीको मनमा आक्रोश कुण्ठाले डेरा जमाएको कारण उनी बिस्तारै गैर राजनीतिक हुँदै गएको उनका नजिकका मित्रहरु बताउँछन् । केही समयअघि उनले यस्तै प्रकृतिका केही अन्य फेसबुक स्टाटस राख्दा समेत उनको आलोचना भएको थियो । झाँक्रीले यो स्तरको भाषा बोल्न नहुने भन्दै उनका फेसबुक स्टाटसमा टिप्पणीहरु व्यापक भएको धेरै भएको छैन । अहिले आएर यो टेप प्रकरणले उनी झनै आलोचित भएकी छिन् । झाँक्री राम्रो सम्भावना भएकी संघर्षपूर्ण इतिहास बोकेकी नेतृ हुन । त्यसैले उनले आफूलाई राजनीतिक बनाउनु अति जरुरी छ । उनको यस्तै बोली, भाषा र व्यवहारले उनले आफ्नै संघर्ष र जीवनलाई अबमूल्यन गर्दैछिन् । यसले पार्टीभित्र समेत उनलाई पछार्नेहरुलाई हौसला मिल्छ । उनी राजनीतिक व्यक्तित्व बन्नु जरुरी छ । र, यही बीचमा संघर्षकै जगमा राजनीतिमा स्थापित भएकी अर्की महिला पनि विवादमा तानिइन । १६ करोडको गाडीको चर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्यो । कतिपयले उनलाई अत्यन्तै तल्लोस्तरको भाषा समेत प्रयोग गरे । राष्ट्रपति कार्यालयले बुलेटप्रुफ गाडी मागेको तर मूल्य नतोकेको स्पष्टिकरण दिएपनि उनीमाथिको आलोचना रोकिएन । राष्ट्रपति भनेको गरिमामय पद हो । हिजो को कुन पार्टीमा थियो भन्ने कुराले अर्थ राख्दैन । त्यसैले राष्ट्रपतिले समेत विवादमा आउने काम गर्न नहुने कतिपयले बताउँछन् । अहिलेका उपराष्ट्रपति हिजोका कुशल योद्दा हुन । बन्दूकबाहेक उनको ध्यान कतै हुँदैनथ्यो कुनै बेला । तर अहिले उनले आफ्नो पदको मर्यादा उत्कृष्ट ढंगले निर्वाह गरेका छन् । उनले न कुनै राजनीतिक टिप्पणी गरेका छन् न त अन्य कुनै विवादमा आउने कुरा नै । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको गरिमा कायम राख्नु जरुरी छ । गलतरुपमा विवाद सिर्जना गरिएको भए त्यसको खण्डन गर्ने र कार्यकारी प्रमुख प्रधानमन्त्री भएको देशमा राजनीतिबाट टाढै रहेर विवादबाट मुक्त हुने उनको मुख्य ध्यान हुनुपर्दछ ।
कथा : ग्रामीण पर्यटनको !
रूद्रप्रसाद भट्टराई गाउँसँग ग्रामीण पर्यटन जोडिएपछि थुप्रै गाउँहरु आज पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गएका छन् । सम्पूर्ण विषयले देशभित्र महत्वपूर्ण स्थान पाउँदा यो क्षेत्रपनि क्रमशः विकशित स्वरुपमा परिचित बन्दै गएको पनि छ । धेरै कथाको बीचमा आज एक कथा लेख्न मन लाग्यो ‘कथा ग्रामीण पर्यटनको’ । घुमेका स्थानहरुको कथा र डायरी अनेक हुन्छन् तर समग्रतालाई पर्यटनको कथा बनाउनु अत्यन्तै मुश्किल कार्य हो । सोचेँ अनि लेख्न सुरु गरेँ यो प्रकृतिको कथा बिक्छ ! बिकोस या नबिकोस सम्पूर्णताको कथा बनाउने यो प्रयासको थालनी मानौँला भनेर । कथा सुरुहुन्छ इतिहास, प्रकार, सौन्दर्यता, र जीवनस्तरको वृद्धि अनि अन्त्य हुन्छ ग्रामीण पर्यटनको प्रवद्धनमा । नेपालमा बढी फस्टाएको पर्यटकीय प्रकारहरूमा धार्मिक, मनोरञ्जनात्मक, प्राकृतिक, र साहसीक पर्यटन पर्दछ । त्यसमा पनि ग्रामीण पर्यटन पछिल्लो आर्थिक—सामाजिक उपार्जनको अभिन्न अँग बनेको छ । यहि पर्यटनका विभिन्न प्रकारहरूलाई चुम्न वर्षमा करिब ८ लाख माथि पर्यटकहरू देशमा भित्रिन्छन् अनि धित नमरिञ्जेल फर्किदैनन् । एकाध घटना बाहेक असुरक्षा भयो र मज्जा आएन भन्ने पर्यटकहरू खासै भटिएका छैनन् अभिलेखहरूमा । जसरी पर्यटकहरू नेपाल भित्रिएपनि फर्कने बेलामा खुसी—खुसी फर्कने प्रबृति बढ्दै गएको छ अहिले । आन्तरिक रुपमा पनि हिँड्न नचाहनेहरूपनि क्रमशः देश दौडाहामा निस्कन थालेका छन । किनकी पैसा हुँदा घुम्न नमिल्ने हुनसक्छ बरु अभावमै ऋण काढेरै भएपनि मज्जा लिउँ भन्ने शैली बाहिर त छँदैछ, पछिल्लो समय आन्तरिक रुपमा पनि यसको मात्रामा वृद्धि हुँदै गएको छ । रूद्रप्रसाद भट्टराई १३ औँ शताब्दीबाट सुरुभएको पर्यटन् शब्द १९ औँ शताब्दीबाट मात्र योजनावद्ध र स्थापीत भयो । हुँदा—हुँदा ९० को दशक पछाडि त ग्रामीण जीवनस्तरमा ग्रामीण स्थान र सौन्दर्यता, परिकार र उत्पादनको सहायताले ग्रामीण जीवनस्तर अभिवृद्धि गराउने उद्धेश्यले ग्रामीण पर्यटनको स्थापना भएको पाइन्छ । पर्यटन क्षेत्रमा देखिएको विविधिकरण सँगै ग्रामीण पर्यटनको पनि सम्भावनाहरूमा वृद्धि हुँदै गएको छ । यसले नविन गन्तब्यहरूको पहिचान, प्रारम्भिक अध्ययनसँगै स्थानको रेखाचित्र र आयोजनाहरूमा बढवा दिएको छ । कुना काप्चाका स्थानहरूमा द्रुत्ततर रुपमा कामहरू अघि बढ्नु यसको तौलदार प्रमाण हो । अनवरत् यात्रा र अनुसन्धानको परिणाम आज ग्रामीण पर्यटन ग्रामीण विकासको सहयात्री बन्न पुगेको छ । ग्रामीण पर्यटन गाउँको अमिश्रित अर्थात शुद्ध पर्यटन हो जहाँ गाउँलेपन, गाउँले वातावरण, रहनसहन, शैली, क्रियाकलाप, उत्पादन र गतिविधिहरू उपलब्ध हुन्छन् । यस पर्यटनले कहिँ र कतै धित नमरेको मनलाई स्वादीलो पानी बनी प्यास मेटाउने प्रयास गरेको हुन्छ । त्यसैले त भनिन्छ जो जहाँ भएपनि जीवन ढल्कँदै जाँदा र उतरार्र्ध समयमा गाउँमै प्राणत्याग गर्ने इच्छा राखेका हुन्छन् अधिकाँशले । तसर्थ, ग्रामीण पर्यटन गरिबको पर्यटन हो जसमा कम पैसामा गाउँका स्थानीयहरूका घरमा गएर बास बस्ने तिनले पकाएका गाउँका उत्पानको स्वाद लिने, खेतिपातीमा मज्जा लिने, रहनसहनमा रमाउने, अध्ययन र अनुसन्धान गर्ने र मज्जा सँगै ज्ञान र सीप लिने क्रियाकलापहरू पर्दछन् । एक शब्दमा भन्नुपर्दा ग्रामीण पर्यटन एउटा प्रवृतिसँग प्रत्यक्ष सम्बन्धित तथा अद्वितिय वस्तुहरूको अवलोकन र प्रयोगसँग जोडिएको छ । ग्रामीण पर्यटनका स्थानीय क्षेत्र र उत्पादीत वस्तुहरूको प्रवद्र्धन, उत्पादनको खपत, रोजगारीको अवसर, आम्दानीमा वृद्धि, वस्तुको सहज उपलब्धता, ग्रामीण उद्योगको विकास, प्राकृतिक वातावरणको सँरक्षण, स्रोत र साधनको अधिकतम परिचालन, सँस्कृति र सँस्कारको आदानप्रदान, ऐतिहासीक पक्षको दिगोपन, व्यापार तथा व्यवसायको विकास, सहकार्यको बानी आदि सकारात्मक पक्षहरूभित्र पर्दछन् । यसका साथै मुल्यमा वृद्धि, प्रविधिले रोजगारी गुमाउने, अपराध, स्थानीयता लोप हुनु, वातावरणीय क्षय, द्वन्द्व आदी भने यस पर्यटनका नकारात्मक पक्षहरूभित्र पर्दछन् । आखिर यसका सवल र दुर्वल दुबै पक्षहरू भएतापनि यसबाट मानिसहरूलाई नविनतम् आनन्द, ज्ञान र रमाइलो सहजै प्रदान गर्नेकुरामा दुइमत हुन सकिँदैन । पर्यटनको क्षेत्र र त्यसको विविधिकरणका प्रचुर सम्भावनाहरू रहेको हाम्रो देशमा यस क्षेत्रको सन्तुलित उन्नती गर्न सकेमा देशले काँचूली फेर्न सक्छ । प्रकृतिका उपहारहरू र निर्मित स्थान तथा उत्पादनहरूको महतम् परिचालन र उपयोगबाट देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्न सक्दछ । यसको लागि देशको जँगल, जमीन, जडिबुटी, जल र खनीजहरू नै देशका प्रमुख आकर्षणका आधारहरू भएकोले यसको सँरक्षण गर्नु अपरिहार्य छ । साथै आधुनिक सहर, गाऊँ, स्थानीय ज्ञान र सीप, वातावरणप्रेमी स्थानहरू, पार्क, जँगली जनावरहरू, निकुञ्ज, शैक्षिक केन्द्र, पहाडी क्षेत्र र जनजीवन, फुलहरू, सँस्कृति र सामाजिक जीवन, स्वादीलो र कमखर्चिलो खाना, खोलानाला, हाते उत्पादनहरू, पुरातात्विक वस्तुहरू, खेलकुद, जातजाति र तिनको जनजातियता, जलयात्रा, यातायात, पदयात्राका स्थानहरू, रात्री र दिवा जीवन शैली, गल्फिङ्ग, मौलिक भेषभूषा र भाषा, रहनसहन, घरबास आदि ग्रामीण पर्यटनका मुख्य क्षेत्रहरूमा उल्लेख्य लगानी बढाई दीर्घकालीन लक्ष्य र कार्य गरिनु जरुरी बनेको छ । दिगो सोच र प्रयासले मात्र ग्रामीण पर्यटनको माध्यमबाट ग्रामीण विकास अझ नजिक र सम्भव बन्ने देखिन्छ । अब त झनै देश स्थानीय निर्वाचनपछि संघको अभ्यासमा जाने भएको हुनाले पनि यो क्षेत्रको महत्व थप बढ्ने देखिन्छ । तसर्थ, सरोकारवालाहरूले निर्विकल्प ग्रामीण पर्यटन प्रवद्र्धन पहिलो सर्तभित्र राख्नुपर्नेमा ढिलाइ गर्नु हुँदैन । ग्रामीण पर्यटनको यो कथाले अब व्यापकता पाउनुपर्दछ, उनै डोको, नाम्लो, खेती, परिकारको स्वादको व्याख्या गरिनुपर्दछ र गाउँको विकास गरिनुपर्दछ भन्दै यो कथा अन्त्य गर्दछु । धन्यवाद ।
पत्याउन गारो पर्छ तर राजपा र एमालेको भित्री साँठगाँठ भएकाे छ
गोकर्ण भट्ट “राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन” यो भनाई कसको हो थाहा भएन, तर नेपालको पछिल्लो राजनीति हेर्दा साँच्चिकै यो हुँदो रहेछ । कार्यकर्तास्तरमा भावनामा बगेर शत्रु र मित्र छुट्ट्याइने भएपनि शक्ति हत्याउनका लागि नेतृत्व तहमा भने मित्र र शत्रु फेरिँदा रहेछन् आवश्यकता अनुसार । १. मधेसी मोर्चाको मुख्य माग थियो संविधान संशोधन । संविधान संशोधन उनीहरुकै भाषामा मधेसी जनतालाई अधिकारसम्पन्न बनाउन थियो । राजपाका सबै नेताहरु यही संविधान संशोधनका लागि एकवर्षदेखि अनवरत् संघर्षरत् छन् । २. माओवादी केन्द्रले संविधान पूर्ण छैन भन्दै आफ्ना असहमतिसहित संविधान जारी गर्न भूमिका खेल्यो । नेकपा एमालेले भने संविधान पूर्ण भएको दावी गर्यो । तत्कालिन मधेसी मोर्चाले संविधान अपूर्ण छ भन्दा एमालेले त्यसको बिरोध र खण्डन गर्यो । मधेसको आन्दोलनलाई बिहारीहरुको आन्दोलन भने अध्यक्ष ओलीले । ३. मधेसी मोर्चाले मानेन । केपी ओल प्रधानमन्त्री भएको बेला मधेसमा आन्दोलन चर्कियो । आधा दर्जनबढीको मृत्यु भयो । केपी ओलीका लागि मधेसको आन्दोलन बिहारी र बिखण्डनकारीहरुको आन्दोलन थियो । उनले आफू प्रधानमन्त्री छँदासम्म मधेसको बिरोध गरे । निषेध गरे । मधेसीहरु नभएपनि नेपालको राजनीति चल्छ भन्दै चरम पहाडी अहंकारवादको प्रदर्शन गरे । ४. यही बीचमा प्रचण्ड नेतृत्वमा सरकार बन्यो । मधेसी मोर्चाले वार्ता र संवादको वातावरण बनाउन ओली सरकारसँग बारम्बार गरेको आग्रह बल्ल पुरा भयो । उनीहरु संवादमा आए । उनीहरुका कतिपय माग पुरा भए । उनीहरुले भनेजस्तो, मागेजस्तो संविधान संशोधनको प्रस्ताव समेत दर्ता भयो । ५. तर, यो बिन्दुमा राजनीति उल्टियो । प्रचण्डको आलोचना चर्को चलेकै बेला उनले आफूलाई राष्ट्रिय नेताको रुपमा स्थापित गर्ने प्रक्रिया शुरु गरे । एकपछि अर्को आलोचनालाई चिर्दै सरकारले प्राथमिकतामा राखिएका कामहरुलाई अघि बढायो । यो प्रचण्ड शक्तिशाली हुने क्रम थियो । र, यहीँ बिन्दुमा राजनीतिक खेल नेपथ्यबाट उल्टिन शुरु भयो । ६. पत्याउन गारो पर्छ, तर एमालेका कारण नै आन्दोलन गर्न बाध्य एमाले र राजपाको एउटै रणनीतिक स्वार्थमुनि आइपुगे । राजपाका अगाडि सोझै एमालेलाई सहयोग गर्न सक्ने अवस्था थिएन । कारण थियो हिजोको दुश्मनी र एमालेको भूमिका । तर राजनीति न हो, यहाँ स्थायी शत्रु हुदैनन् न त मित्र नै । भारतीय शक्ति केन्द्र ‘र’ को डिजाइनमा केपी ओली र राजपाबीच अघोषित सम्झौता भयो । जसरी हुन्छ– प्रचण्ड सरकारलाई असफल बनाउने, जसरी हुन्छ कांग्रेस–माओवादीको सरकार ढलाउने । ७. यो समझदारीभित्र गम्भीर रणनैतिक स्वार्थ लुकेको थियो । राजपाले मधेसको जतिसुकै वकालत गरेपनि उसको आधार कमजोर हुँदै गइरहेको थियो । उपेन्द्र यादवहरुको उपस्थिति बलियो हुँदै थियो । अर्कोतर्फ सिरहा र महोत्तरीमा माओवादी केन्द्र विगत भन्दा झन बलियो अवस्थामा देखियो । यो अवस्थामा निर्वाचनमा भाग लिए चौथो शक्ति हुने खतरा राजपाका अगाडि देखा पर्यो । उता एमाले त मधेस आन्दोलनदेखि नै मधेसबाट बहिस्कृत थियो । उसका लागि पनि अहिले चुनाव हुनु प्रत्युपादक हुन्थ्यो । यो रणनीतिक स्वार्थमा एमाले र राजपा निकै नजिक देखिए । ८. हिजो जे जस्तो दुश्मनी भएपनि शक्ति हत्याउने कुरामा त्यो लागु हुँदैन भन्ने कुरा दुबै दलले पुष्टि गरे । एमालेले बाहिर बिरोध गरेजस्तो गर्यो । तर नारायणकाजी श्रेष्ठ प्रकाशले संयोजन गरेको एउटा गोप्य बैठकमा ओलीले नै २ नम्बर प्रदेशको चुनाव पछि सार्ने प्रस्ताव गरे । प्रचण्डले मानेका थिएनन् । तर यता ओलीसँगको समझदारीमा राजपाले चुनाव बहिस्कारको घोषणा गरिसकेको थियो । सत्तापक्षसँग मान्नु बाहेक विकल्प थिएन । चुनाव सर्यो । यो चुनाव सर्दा ओलीलाई फाइदा भयो । उनले मधेसमा ध्वस्त संगठन पुनर्जीविवत गर्ने मौका पाए । राजपालाई फाइदा भयो, उनीहरु पनि लज्जाष्पद स्थान आउनुबाट जोगिए र समय पाए संगठन गर्न । घाटा भयो, कांग्रेस, माओवादी केन्द्र र फोरमलाई । यो एउटा रणनीति अन्तर्गत चालिएको कदम थियो एमालेका लागि । ९. बाहिर हेर्दा यस्तो लाग्दैन । ह्या यस्तो पनि हुन्छ र ? त्यही एमालेका कारण संविधान संशोधन नहुने, त्यही एमाले मधेसका लागि बाधक बन्ने, अनि उसैसँग मिलेर चुनाव बहिस्कार गर्ने रणनीति बनाउने ? पचाउन गारो पर्छ । तर राजनीति हो, शक्ति प्राप्त गर्न जस्तोसुकै बार्गेनिङ समेत गर्छन् नेताहरु । यही रणनीति भएर नै ओलीले गर्वका साथ भने– असोजसम्म पर्खिनुस्, दुई नम्बरमा पनि एमाले पहिलो हुन्छ । यसको सोझो अर्थ हो, ओलीलाई समय चाहिएको थियो । राजपालाई समय चाहिएको थियो । र, यो रणनीतिक स्वार्थले दुबैलाई एक बिन्दुमा ल्याइदियो । माक्र्सले उहिल्यै भनेजस्तो– विपरितहरुको एकता वैज्ञानिक नियम हो । १०. र, यी सबै कुरालाई पुष्टि गर्न, हाम्रो भावनात्मक विश्लेषणलाई यथार्थको चोटिलो प्रहार गर्ने घटना आइतबार देखियो । मधेस आन्दोलनको सबैभन्दा ठूलो बिरोधी, सबैभन्दा ठूलो आलोचक र मधेसी दलहरुको भाषामा मधेसका अधिकारको बाधक एमालेमा यही मधेसको मसिहा भन्ने राजपाका केन्द्रीय कोषाध्यक्षसहित केन्द्रीय सदस्यहरु प्रवेश गरे । हिजो त्यही एमालेको मञ्च जलाउन आदेश दिनेहरु एमालेमा प्रवेश गरे । राजनीति हो– आफ्नो दूनो सोझिने भए बाँकी सबै क्षमायोग्य । यसले प्रमाणित गरेको छ– राजपा र एमाले एउटै रणनीति अन्तर्गत हिँडेका छन् । त्यो हो, जसरी हुन्छ सत्ता र शक्तिमा आउने, जसरी हुन्छ कांग्रेस माओवादीको गठबन्धन भत्काउने । यी दश वटा तथ्य कोरा होइनन् । पचाउन गारो पर्छ । तर इतिहासका कडीहरुले यो कुरा पुष्टि गर्ने नै छ । पूर्वाग्रह नभएर नेपाली राजनीतिका यी सूक्ष्म घटनाक्रमहरुको आपसी अन्र्तसम्बन्ध केलाउने हो भने एमाले र राजपा भारतीय जासुसी संस्था ‘र’ को ग्राइण्ड डिजाइन अन्तर्गत प्रत्यक्ष या अप्रत्यक्षरुपमा चलिरहेका छन् । नपत्याउनुस्, तर इतिहासले यसको पुष्टि गर्ने दावी गर्न सकिन्छ ।