सगरमाथा र लुम्बिनी नेपालका राष्ट्रिय गौरव र ऐतिहासिक धरोहर हुन् : प्रम प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सगरमाथा र लुम्बिनी नेपालका राष्ट्रिय गौरव र ऐतिहासिक धरोहर भएको बताएका छन् । सोलुखुम्बुको सगरमाथा आधार शिविर, कालापथ्थरमा आयोजित शान्ति दीप हस्तान्तरण तथा झण्डोत्तलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने -‘विश्व समुदायमाझ नेपालको प्रतिष्ठा अभिवृद्धिका लागि खुम्बु क्षेत्रले भूमिका अतुलनीय रहेको छ । नेपालको पर्यटन विकासमा पनि कहिल्यै नटुङ्गिने अनन्त स्रोतका रुपमा सगरमाथा र लुम्बिनी रहेको छ । सगरमाथा र लुम्बिनी नेपालका राष्ट्रिय गौरव र ऐतिहासिक धरोहर हुन् । तिनको संरक्षण गरी व्यवस्थित पर्यटनको विकास गर्नु, आर्थिक गतिविधिलाई अझ बढी चलायमान र गतिशील बनाउने प्रयास गर्नु सबैको जिम्मेवारी हो ।
खुम्बु क्षेत्रमा सडक पूर्वाधार निर्माणलाई मैले गम्भीर रुपमा लिएको छु, केही सयम अगाडि अर्थमन्त्रालयबाट चतरादेखि लुक्लासम्म सडक निर्माण गर्ने गरी बजेट विनियोजन भएको छ, सडक निर्माणलाई तीव्र बनाउन सरकारले विशेष ध्यान दिनेछ । स्थानीय तहले पनि विभिन्न ढङ्गबाट सो क्षेत्रमा ट्रयाक खोल्ने काम भएकामा आभार प्रकट गर्छु । उक्त सडकलाई स्तरोन्नति गर्न सरकारले सहयोग गर्नेछ ।’
निरन्तर बढ्दै छ सुनको मूल्य, हेर्नुस कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा केहि दिन यता सुनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ । बुधबार सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज एक सय रुपैयाँले बढेको हो । बुधबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १० हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार १५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएकोमा आज बढेर प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।
पोखरामा आज मुख्यमन्त्रीहरूको भेला, प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने
काठमाडौं । देशका सात प्रदेश मध्ये ६ वटा प्रदेशका मुख्यमन्त्रीहरु शुक्रबार पोखरामा भेला हुँदैछन । गण्डकी प्रदेशको आयोजनामा अन्तर प्रदेश मुख्यमन्त्रीहरुको बैठक बस्न लागेको हो । सत्ता संघर्ष चुलिएका कारण कोशीका मूख्यमन्त्री भने भेलामा सहभागी हुन नसक्ने भएका छन् । मुख्यमन्त्रीहरुको उक्त भेलालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटनसँगै सम्बोधन गर्ने छन् । उद्घाटन सत्रपछि प्रदेशका अभ्यास र अप्ठेराबारे प्रमुख सचिवहरुको प्रस्तुति रहने छ । मुख्यमन्त्रीहरुको भेलाले प्रदेशका समस्या र संघ सरकारले सम्वोधन गर्नुपर्ने, तत्काल कानुन बनाइदिनुपर्ने तथा स्थानीय तहले सहजीकरण गर्नुपर्ने विषयको निक्र्योल गरेर प्रधानमन्त्री समक्ष पेश गर्ने छन् । प्रधानमन्त्रीको अध्यक्षतामा शनिबार पोखरामै राष्ट्रिय समन्वय परिषदको बैठक बस्नेछ । राष्ट्रिय समन्वय परिषद्को सदस्यमा अर्थमन्त्री, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, मुख्यमन्त्रीहरू, प्रतिनिधि सभाको विपक्षी दलको नेता वा प्रतिनिधि रहने व्यवस्था छ ।
सुनको मूल्य घट्यो आज, हेर्नुस कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य आज सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार ४ सय रुपैयाँ रहेको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री फङबीच भेटवार्ता
काठमाडौं । जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानन्त्री ह लि फङबीच द्विपक्षीय भेटवार्ता भएको छ । सिचुवान प्रान्तको राजधानी छेन्दुमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको थियो । दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल हुनुका साथै चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचारविमर्श भएको जानकारी उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले दिएको छ । यसैगरी थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमा नाकाहरुमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको थियो । यस्तै, चिनियाँ सहयोगमा नेपालमा निर्मित परियोजनालाई छिटोछरितो ढङ्गबाट सम्पन्न गर्ने विषयमा दुवै पक्षबीच सहमति भएको छ । दुवै पक्षबीच प्राकृतिक प्रकोप एवं विपद्को सामना गर्न मिलेर अगाडि बढ्ने समझदारी जुटेको छ । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले एक चीन नीतिलाई दोहोर्याउँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रतालाई चीनले सधैँ समर्थन गर्दै आएकोमा धन्यवाद दिए । राजनीतिक स्थिरतासँगै नेपालले आर्थिक समृद्धिमा जोड गरेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा नेपालको आर्थिक विकासमा चीनको सहयोग र लगानी वृद्धि हुने विश्वास व्यक्त गरे । चिनियाँ उपप्रधानमन्त्री फोङले चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिँदै आएको उल्लेख गर्दै कोरोना महामारीपश्चात द्विपक्षीय भ्रमण आदानप्रदान अभिवृद्धि भएको चर्चा गरे । उनले तातोपानी नाकालाई व्यापार तथा आवातजावतमा खुला गर्नका लागि आफूले पहल गर्ने विश्वास व्यक्त गरे । उनले ‘वेष्ट्रन चाइना इन्टरनेशनल एक्स्पो’मा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सरकारका तर्फबाट सहभागिता जनाएकोमा खुसी प्रकट गरे ।उपप्रधानमन्त्री श्रेष्ठ आजै सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेृतत्व गर्दै छेन्दु पुगेका छन् । उनलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान जनसरकारका उपमहासचिव सिया ओफङ्ग र यहाँस्थित नेपाली महावाणिज्यदूत दिनेशकुमार घिमिरेलगायतले स्वागत गरे । सिचुवान प्रान्त सरकारले उपप्रधानमन्त्री श्रेष्ठलाई उच्च सम्मान दिएको थियो ।
दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका कानुनमन्त्री सिंह दम्पतीको आज अन्त्येष्टि
काठमाडौं । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको आज अन्त्येष्टि गरिएको छ । सिंह र उनकी पत्नी अमृतादेवीको बझाङको सेती नदीको धौला बगर मसानघाट डुंग्रीमा आज दिउँसो अन्त्येष्टि गरिएको हो । मन्त्री सिंहलाई सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र परराष्ट्र मन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता एनपी साउदले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । सिंहलाई श्रद्धाञ्जली अर्पण गर्न विभिन्न राजनीतिक दलका जिल्ला, प्रदेश र केन्द्रीय स्तरका नेता मसानघाटमा पुगेका थिए । नेपाल प्रहरीले उनको सम्मानमा सलामी समेत दिएको थियो । मन्त्री दम्पतीको अन्तिम संस्कार गर्नुअघि दुवै जनाको पार्थिव शरीरलाई जिल्ला अस्पताल सिमखेतबाट जयपृथ्वी नगरपालिका क्षेत्रमा परिक्रमा गरिएको थियो भने अन्तिम श्रद्धाञ्जलीका लागि पार्थिव शरीर नेपाली काँग्रेसको पार्टी कार्यालयमा राखिएको थियो । धनगढीबाट आफ्नो निर्वाचन क्षेत्र बझाङ गइरहेका बेला मन्त्री सिंह सवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सुपप्र ०१–००१ झ ४८० नम्बरको गाडी केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटनामा परेको थियो । दुर्घटनामा सिंहसहित उनकी पत्नी अमृता र भाउजू जयादेवी सिंहको निधन भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मन्त्री सिंहका निजी सुरक्षा गाडी दीपक भण्डारी र सवारी चालक धर्मराज जोशीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ ।
फेरिए ललितपुर र कास्कीसहित आठ जिल्लाका सिडिओ
काठमाडौं । गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। सरुवामा ललितपुर, कास्कीलगायत जिल्लाका सिडिओ फेरिएका छन्। ललितपुरको सिडिओमा सहसचिव रुद्रप्रसाद पण्डितको सरुवा भएको छ। पण्डित यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक थिए। कास्कीमा वासुदेव घिमिरेलाई सिडिओ बनाइएको छ। उनी गृह मन्त्रालयमा कार्यरत थिए। धादिङमा सहसचिव बद्रीनाथ गैरे, कमलराज ढकाललाई अर्घाखाँची, टेकबहादुर केसीलाई गुल्मी र अछाममा शिवराम न्यौपानेलाई सिडिओका रूपमा खटाइएको छ। गुल्मीमा यसअघि सागरमणि पाठक कार्यरत रहेका थिए । नक्कली शरणार्थी प्रकरणमा उनलाई पनि प्रहरीले सोधपुछ गरेको थियो। प्रतिवेदन किर्ते भएको वेला उनी गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको प्रमुख थिए। त्यस्तै, उपसचिव माधवप्रसाद शर्मालाई रुकुम पूर्व र कृष्ण पौडेललाई तेह्रथुमको सिडिओमा खटाइएको छ। सहसचिव झक्कप्रसाद आचार्यलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक बनाइएको छ।
प्रहरीका २१ एसपीको एसएसपीमा बढुवा ( सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका २१ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी ) पदमा नियुक्ति गरिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरीय निर्णयअनुसार आज जनपदतर्फका १८ जना र चिकित्सकतर्फका ३ गरी २१ जनालाई बढुवा नियुक्ति गरिएको हो । बढुवा समितिको वैशाख १५ गतेको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको थियो।
ज्येष्ठ र अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्णतः प्रतिबद्ध रहेको बताएका छन् । आज आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मानबाट सम्मानितलाई बधाई दिँदै उनले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नेसहित सञ्चार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक ढङ्गले पहल भइरहेको जानकारी दिए । उनले सरकारी विज्ञापनहरु विज्ञापन बोर्डमार्फत् न्यायिक ढङ्गले वितरण गर्न, एकीकृत मिडिया विकास कोष स्थापना र पत्रकार, अपाङ्ता भएका पत्रकारहका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी भइरहेको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता पनि भएको टिप्पणी गरे । उनले भने, “हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताबिना यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन ।” प्रधानमन्त्री प्रचण्डले राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन हुँदै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म नेपाली पत्रकारिताले राजनीतिक आन्दोलनको मुख्य सहयोगीको रुपमा आफूलाई उभ्याएको बताए । उनले नेपाली पत्रकारिताका कारण नेपालको लोकतान्त्रिक आन्दोलनका पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गरे । “आन्दोलनकै क्रममा कृष्ण सेन इच्छुकसहित कयौंँ पत्रकारले बलिदान गर्नुभएको छ, भने केही बेपत्ता हुुनुहुन्छ । कयौँ घाइते अपाङ्गता हुनुहुन्छ, भने कयौँले जेल, नेल र यातना भोग्नुभयो । त्यति मात्र होइन, कयौँ राजनीतिक दल अलमलमा रहेको बेलासमेत पत्रकारिता क्षेत्रबाट नै स्पष्टरुपमा नेपालमा गणतन्त्र स्थापना गर्नुपर्छ भनेर संस्थागत रुपमा नै जागरणमूलक अभियान सञ्चालन भएको थियो,” उनले भने ।
संघीय संसद्का नवनियुक्त सचिवद्वय पाण्डे र डा. अर्यालले आज सपथ लिदै
काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका सचिवद्वय पदमप्रसाद पाण्डे र डा. सुरेन्द्र अर्यालले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सङ्घीय संसद् सचिवालय, सिंहदरवारमा आयोजना हुने एक समारोहका बीचमा उनीहरूले शपथ लिने भएका हुन् । शपथ समारोह बिहान १०ः १५ बजे कृषि समितिको हल, सिंहदरवारमा हुने तय भएको छ । प्रतिनिधिसभाका सचिव पाण्डे र राष्ट्रियसभाको सचिवमा डा. अर्याल गत बैशाख २१ गते नियुक्त भएका थिए । संघीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिव पदमा नियुक्त गरेका हुन । उनीहरु दुवैजना नेपालको संविधानको धारा १०६ बमोजिम सचिव पदमा नियुक्त भएका हुन ।
उद्योगीहरु सडक आन्दोलनमा होइन, उत्पादनमा लाग्नुपर्छ : अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीहरुका समस्या समाधानको लागि सरकार गम्भिर रहको भन्दै उद्योगी व्यवसायीहरु सडक आन्दोलनमा नभइ उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताएका हुन् । उनले सरकारले तरलता तथा बैंक ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीहरुका समस्या समाधानको लागि निजी क्षेत्र,राष्ट्र बैंक,वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको बताए । उनले मन्त्री परिषद्मा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षप गर्नुपर्ने माग राखेको बताए । मन्त्री शर्माले उद्योगी व्यवसायीहरुले सडक रोज्नु नहुने भन्दै सरकारले कुनैपनि व्यवसायी सडकमा आउनुपर्ने वातावरण नबनाउने बताए । उनले सरकार व्यवसायीहरुका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीहरुले सडक रोज्न नहुने बताए । मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने व्यवसायीहरुको काम नभएको बताए । उनले बैंकको ब्याजदर बृद्धि, चालु पँुजी कर्जा निर्देशिककाको सन्दर्भमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको बताए । उनले सरकार निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै बलियो अर्थतन्त्र बनाउन आवश्यक रहेको बताए । उनले व्यवसायीहरुले निजी क्षेत्र निराश छन्, अर्थतन्त्र संकटमा छ जस्ता अभिव्यक्ति नदिन आग्रह गरे । उनले भने, ‘अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्र,राष्ट्र बैंक,वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि राखेर कार्यदल बनाउन जिम्मा दिएको छ । अर्थ मन्त्रालयले उद्योगी व्यवसायीका कुरा सुनेर जिम्मा दिएको छ । कार्यदलले दिएको रिपोर्ट अनुसार कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढेको छ । राष्ट्र बैंकको बोर्डमा अर्थ मन्त्रालयका सचिवले विषयलाई अगाडि बढाए र गभर्नरलाई निर्देशन गरेको हो । तर पनि अर्थतन्त्रमा देखिएका समस्या समाधान नभए पश्चात प्रधानमन्त्रीसँग मन्त्रीपरिषद्मा नै व्यवसायीहरुको समस्यालाई राखेर प्रधानमन्त्रीलाई रिपोर्टिङ गरेको छु । व्यवसायीका समस्यालाई सम्बोधनका लागि प्रधानमन्त्रीले हस्तक्षेप गर्न आग्रह गरेको छु ।’ उनले फेरि भने, ‘व्यवसायीहरु व्यवसायमा हुनुपर्छ सडकमा आउने होइन । व्यवसायीहरुले सडक रोज्ने होइन । कुनैपनि व्यवसायी सडकमा जानुपर्दैन । सरकार नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीहरुले सडक किन रोज्ने रु अहिले चुनाव सकिएको छ । पाँच वर्षका चुनावका उठ्ने भए सडक आन्दोलन पछि गर्नुहोला । सडकमा आन्दोलन गर्ने व्यवसायीहरुको काम होइन । अहिले व्यवसायीहरु उत्पादन व्यवसायमा लाग्नुस् । बैंकको ब्याजदर वृद्धि,चालु पँुजी कर्जा निर्देशिकाको सन्र्दभमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको छ । व्यवसायीहरुको समस्यालाई समाधान गरेर सहज बनाउने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको छ । समस्या समाधान गर्दै अर्थतन्त्रलाई बलियो बनाउने कुरा गर्नुपर्छ । निजी क्षेत्र निराश भयो, अर्थतन्त्र संकटमा छ भनेर अभिव्यक्ति नदिनुस् ।’ त्यस्तै मन्त्री शर्माले सरकारले कोटा परिवर्तन गरेर पिपिए खुला गर्ने निर्णय गरिसकेकाले सम्बन्धित निकाले तत्काल पिपिए खुला गर्न आग्रह गरे । उनले पीपीए खुला नगर्दा धेरै व्यवसायी मर्कामा परेकाले पिपिए तत्काल खुला गर्नुपर्ने बताए । उनले नेपालमा उत्पादन भएको विद्युत अपुग भएको बताए । उनले अब विद्युत बेच्ने जमान नभएको भन्दै विद्युतलाई हाइड्रोजन बनाएर तेल आयात गर्ने देशमा इन्धन निर्यात गर्ने देशमा पु¥याउने सरकारको लक्ष्य हुनुपर्ने बताए । उनले संविधानले जनताले उपभोग गर्ने धेरै अधिकार दिएकाले संविधानले दिएका अधिकार उपभोग गर्ने वातावरण बनाउनु राष्ट्रको क्षमता वृद्धि गर्दै आर्थिक वृद्धि गर्न आवश्यक देखिएको बताए । उनले भने, ‘संविधानमा धेरै अधिकारको व्यवस्था गरेका छौं । त्यसको उपभोग जनताले गर्न पाउने अवस्था सिर्जना गर्नको लागि राष्ट्रको क्षमता वृद्धि गर्दै आर्थिक वृद्धि गर्नुपर्ने छ । अहिले भइरहेको लगानीबाट बढी भन्दा बढी फाइदा लिनेगरी सबै लागौं । निजी क्षेत्रबाट पनि समयमा नै काम सम्पन्न नभएका अवस्थाहरु छन् । नयाँ जलविद्युत उत्पादनको लागि पिपिए गर्ने विषय किन नगरिएको रु पिपिए गर्नुपर्छ । नेपालमा उत्पादन भएको विद्युत पुगेको छैन । नेपाललाई पुग्ने विद्युत उत्पादन गर्नुपर्छ । वर्षाको समयमा उत्पादन विद्युत खेर गयो । त्यो पूर्वाधारको कमीले गर्दा हो ।’ उनले थप भनेका छन्, ‘अब नेपालले विद्युत बेच्नै पर्दैन । विद्युतलाई नेपालमा नै वस्तु बनाएर बेच्नसक्छौं । अब विद्युत बेच्ने जमाना गयो । हाइड्रोजन बनाएर तेल आयात गर्ने देशमा इन्धन निर्यात गर्ने देशमा पु¥याउने सरकारको लक्ष्य हो । यो बहस चलेको छैन । अब चल्नुपर्छ । अब विद्युत बिक्री गर्ने कुराको कुनै अर्थ छैन । पीपीए नगरेर रोक्ने काम गलत भएको छ । सम्बधित निकायले छिटो पिपिए खेला गर्नुपर्छ । सरकारले कोटा परिर्वतन गरेर निर्णय गरेको धेरै भयो । पीपीए खुला नगर्दा व्यवसायीहरुलाई मर्का परेको छ । सम्बन्धित निकायहरुले ढिला गर्न हुँदैन ।’ मन्त्री शर्माले अटो व्यवसायीहरुले उठाएको ५० प्रतिशत एलसी मार्जिन लगायतका व्यवस्थाको म्याद थप नहुने बताए । उनले सरकारले अटो व्यवसाय क्षेत्रमा गरिएका नीतिगत व्यवस्थाहरुको विषयमा गम्भिर रुपमा छलफल भएर निर्णय भएको भन्दै राजपत्रमा प्रकाशित भएपछि लागू हुने बताए । उनले अटो व्यवसायीहरुका माग सम्बोधन गर्ने पक्षमा रहेको बताए । उनले सरकार अर्थतन्त्रमा समस्या गर्न नदिने गरी अगाडि बढ्न तयार रहेको बताए । मन्त्री शर्माले प्रदर्शनी हल बनाउन निजी क्षेत्र तयार भए सरकार सहमति गर्न तयार रहेको बताए । मन्त्री शर्माले उद्योगी व्यवसायीहरुले माग नभए भनेपछि अनुदान ८ प्रतिशत बनाएको निर्यात गर्न शुरु गरेका सिमेन्ट उद्योगीहरु हराएको भन्दै टिप्पणी गरे । उनले अनुदान र १ प्रतिशत मात्रै करको व्यवस्था गरेपनि व्यवसायीहरु निदाएको बताए ।
धादिङमा दुर्घटना दुईको मृत्यु, आठजना घाइते
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका–१०, हनुमानडाँडानजिकै आज सवारीसाधन दुर्घटना हुँदा दुईजनाको मृत्युु भएको छ । आठजना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–२, सल्यानटारमा आयोजना गरिने महोत्सवको सामान बोकेर जाँदै गरेको ना४ख ८०४१ नम्बरको गाडी सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुका ३५ वर्षीय इन्द्रजित पासी र २५ वर्षीय सद्दाम अन्सारीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । गम्भीर घाइते विनोद चामर र तुलसीराज पासीलाई उपचारका लागि काठमाडौं लगिएको छ । न्सल्यानटारमा यही असोज २८ गतेदेखि हुने स्थानीय महोत्सवमा स्टलको सामान लिएर जाँदै गरेको ट्रक पल्टेको एक प्रत्यक्षदर्शीमनीष तामाङले बताए । उक्त दुर्घटनाका अरू घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको छ ।
बेलायतकी महारानी एलिजाको अन्त्येष्टि आज, परराष्ट्रमन्त्री खड्का सहभागी हुने
काठमाडौं । दिवंगत बेलायतकी महारानी एलिजावेथको आज (सोमबार) एक विशेष समारोहकाबीच अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टि समारोहमा सहभागी हुन विश्वभरका ५ सय बढी नेताहरु बेलायत पुगिसकेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, बेल्जियमका राजा फिलिप लगाएत राजपरिवारका अन्य सदस्यहरु, अष्ट्रेलियाका प्रधानमन्त्री एंटोनी एल्बनीज, न्युजिल्याण्डका प्रधानमन्त्री जेसिंडा अर्डर्न र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो सहभागी हुने भएका छन् । यसैगरी भारतका राष्ट्रपति द्रौपदी मुर्मू, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, बगलादेशका प्रधानमन्त्री शेख हसिना पनि अन्त्येष्टि समारोहका लागि बेलायत पुगेका छन् । साथै नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री डा. नारायण खड्का बेलायत पुगेका छन। अन्त्येष्टि समारोहमा शाही परिवारका सदस्य तथा विश्वभरका नेताहरूको उपस्थिति रहने भएको छ । वेस्टमिन्स्टरको दरबारमा राखिएको महारानी एलिजाको पार्थिव शरीर सोमबार बिहान चर्चमा सारिने भएको छ । महारानीको एलिजाको यही सेप्टेम्बर ८ तारिखमा स्कटल्यान्डस्थित बालमोरल दरबारमा निधन भएको थियो ।
संक्रमणकालीन न्याय र नागरिकतामा एमालेले बैमानी देखायो : प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्याय र नागरिकतामा केपी ओलीको नेतृत्वमा रहेको एमालेको ओली गुटले बैमानी गरेको बताएका छन् । माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशद्धारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले शान्ति प्रक्रिया टुंगोमा पुर्याउन दिन हुन्न भनेर अनेक चलखेल भैरहेको बताए । साथै, नागरिकता विधयेक अंगिकृतलाई नागरिकता दिन नभइ बाबुआमा दुवै नेपाली भएर पनि नागरिकता नपाएकाहरुलाई नागरिकता दिन ल्याइएको बताए । अध्यक्ष प्रचण्डले भने–‘सत्यनिरूपण तथा मेलमिलाप आयोगको कार्य अघि बढेको छ। सत्यनिरूपण सम्बन्धि गठबंधन र त्यसका सबै पक्षमा सहमत भएर अघि बढेको छ। शान्ति प्रक्रिया नटुङियोस भन्ने पक्ष पनि देखिए। हिजो गणतन्त्र सम्भव नै छैन भन्नेहरू अहिले पनि शान्ति प्रक्रिया टुंगोमा पुर्याउनु हुन्न भनेर अनेक चलखेल गरिरहेका छन् ।’ संबिधान बनेर देश स्थाइत्वमा जान लागेको बेला संसद बिगठन गरेर परिवर्तन उल्टाउन खोजेको प्रचण्डले बताए ।उनले एतिहासिक शान्ति सम्झौता ,संविधान र परिवर्तनको विरुद्ध लाग्नेहरुलाई आन्दोलन गरेर प्रतिगमनकारी तत्वलाई परास्त गरेको बताए । अध्यक्ष प्रचण्डले दोस्रो विगठनमा सडकमा जाने स्थिति नहुँदा विभिन्न फोरम मार्फत संसद विगठन र प्रतिगमन विरुद्धको संघर्ष गर्दा गठबन्धन जन्मेको बताए ।संबिधान रक्षा र परिवर्तनका एजेन्डाहरुको आधारमा गठबन्धन बनेको बताउँदै प्रतिगमन परास्त नभएसम्म र नसुध्रिएसम्म गठबंधनको विकल्प नखोजिने बताए । उनले झुट ,बैमानी ,प्रगिगमनको विरुद्ध बम्बाड द हेट्क्वाटर गरेको बताए । आफुले कम्युनिस्ट धुर्बिकरण गर्ने गरी पार्टी एकता गरेर लागेको भए पनि झुट,बैमानी र प्रतिगमनका अनेक षड्यन्त्र गरेर त्यसलाई असफल बनाएको प्रचण्डको भनाई थियो । माओवादी आन्दोलनबारे झुटा पर्चार गर्ने प्रवृती देखिएको भन्दै त्यसको सबैले प्रतिवाद गर्नुपर्ने बताए । प्रचण्डले स्थानीय निर्वाचनमा जस्ले जति सिट ल्याएपनि चुनाव नहुने स्थितिबाट स्थानीय चुनाव सफलता पुर्वक सप्पन्न हुनु माओवादी पार्टी र आफ्नो जीत भएको बताए । अध्यक्ष प्रचण्डले माओवादी केन्द्र देशको दोस्रो र बामपन्थी आन्दोलनको पहिलो शक्ति हुने स्थिति भएपनि ५० भन्दा बढी पालिका जनमत हुँदाहुँदै गुमाउनुपरेकोले तेस्रोमा खुम्च्याउनु परेको बताए । उनले त्यसको निम्ति पार्टी भित्रको घात अन्तर्घातलाई दोष दिए । पार्टीलाई चुनावमा गम्भीर प्रकृतिको घात अन्तर्घात गर्नेहरुलाई कारबाही गर्ने गरी तयारी गरिएको बताए । पार्टीमा गल्ती गर्ने र राम्रो गर्नेलाई कारबाही र पुरस्कृत गरेर क्रान्तिकारी पार्टी निर्माण गरिने बताए । आमा बुवा नै नेपाली भएकाहरुले नागरिकता नपाउने स्थितिबाट नागरिकता दिन नागरिकता बिधयेक ल्याइएको बताए ।त्यसमा बैवाहिक अंगिकृतबारे केही नगरिएको बताए । वैवाहिक अंगिकृतलाई ७ वर्षे प्राबधान माओवादीले ल्याएको प्रस्ताव भएको प्रचण्डको भनाई थियो । शशी श्रष्ठको नेतृत्वको समितिले वैवाहित अंगिकृतवाला प्रतिवेदन बनाएको भएपनि ओलीले छ महिनासम्म अड्काएर पास गर्न नदिएको प्रचण्डले बताए । अहिले आएको विधेयक र केपी ओलीले संसद विगठन गरेर ल्याएको बिधयेक एउटै भएको भएपनि ओलीले अहिले नागरिकता विधयेकबारे नौटकी गरेको बताए । साथै, नागरिकता विधयेकमा मात्रै नभई शान्ति सम्झौताबारे समेत थाहै नभए जसो गरी माओवादी पक्षलाई मात्रै दोषी करार गर्ने ध्याउन्नमा लागी नेपालमा फरिपनि दन्द्ध भैराखोस भन्ने षड्यन्त्रका लागेको अध्यक्ष प्रचण्डको भनाई थियो ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन अल्पमतमा
पेरिस । राष्ट्रपतिमा पुनः निर्वाचित भएको दुई महिनाभन्दा कम समयपछि फ्रान्सेली संसद नेसनल एसेम्ब्लीमा इमानुएल म्याक्रोन अल्पमतमा परेका छन् । निर्वाचनमा वाम गठबन्धन र अति दक्षिणपन्थीहरूको दमदार प्रस्तुतिपछि राष्ट्रपति म्याक्रोनले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीमा बहुमत गुमाउन पुगेका हुन् । उनले बलियो बहुमत ल्याउन मतदातालाई आह्वान गरेका थिए । तर, म्याक्रोनले नेतृत्व गरेको गठबन्धनले चुनावमा दर्जनौं सिट गुमाएको छ, जसले फ्रान्सेली राजनीतिलाई ध्रवीकरणतर्फ लैजाने देखिएको छ । अब राष्ट्रपतिलाई सुधारका योजना पारित गर्न समस्या पर्नेछ । निर्वाचनमा वामपन्थी, अति वामपन्थी र ग्रीन पार्टीहरूको नवगठित गठबन्धन दोस्रो र मारिन ल पेनले नेतृत्व गरेको अति दक्षिणपन्थी पार्टी तेस्रो बन्ने देखिएका छन् । म्याक्रोँले हालै नियुक्त गरेका प्रधानमन्त्री एलिजाबेथ बोर्नले यो अवस्था अप्रत्यासित भएको बताइन् । ‘ हामीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सामना गरिरहेका जोखिमहरूलाई ध्यानमा राख्दा पछिल्लो अवस्थाले हाम्रो देशका जोखिमको प्रतिनिधत्व गर्छ’, उनले भनिन् । आधुनिक फ्रान्सले यस्तो संसद कहिल्यै नदेखेको पनि उनले बताइन् । उनले अगाडि थपिन, ‘हामीले भोलिदेखि नै बहुमत ल्याउनका लागि काम गर्नेछौं ।’
युद्धले युक्रेनको अर्थतन्त्रमा धक्का, अन्य यी देशमा पनि आर्थिक मन्दी आउनसक्ने
काठमाडौं । युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र करिब ४५ प्रतिशतले सङ्कुचन हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। त्यहाँ शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसहरूलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि उसले बताएको छ। विश्व बैंक युक्रेनलाई एक अर्ब डलरको सहयोग दिइसकेको छ भने आगामी महिनाहरूमा थप २ अर्ब डलर दिने बताएको छ। युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गर्थ्यो युद्धका कारण अहिले ठप्प भएको छ। त्यसले विश्वभरिनै खाद्यान्नको मूल्यवृद्धि हुने बताइएको छ। अभूतपूर्व स्तरमा अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू लगाइएका कारण रुसको अर्थतन्त्र ११ प्रतिशतले खुम्चने विश्व बैंकको प्रक्षेपण छ। साथै उसले बेलारुस, किर्गिज्स्तान, मोल्दोभा, र ताजिकिस्तानमा पनि आर्थिक मन्दी आउन सक्ने बताएको छ ।