डिजाइएर नेपाल ट्रेक्स ट्राभल्स एण्ड टुर्स कम्पनीमा कर्मचारी माग्यो
काठमाडौं, असोज १४ । डिजाइएर नेपाल ट्रेक्स ट्राभल्स एण्ड टुर्स प्रालिमा विभिन्न रिक्त रहेका पदहरुमा कर्मचारीको लागि अवेदन माग गरेको छ ।
ट्रेकिङ म्यानेजर, मार्केटिङ म्यानेजर, अपरेशन म्यानेजर, टिकेटिङ म्यानेजर, करेसपोन्डिङ म्यानेजर र लेखा पदहरुमा निम्न योग्यता भएकाहरु अावेदकहरुले अावेदन निम्न ठेगानामा दिन सकिने छ ।
तलको लिंकमा क्लिक गरी अावेदन फाराम भर्न सकिने छ ।
Trekking/ Tour Manger, Marketing Manger, Marketing Officer, Operation Manager, Accountant !
चट्याङ लागेर भारतीय बजारमा नेपाली युवतीको मृत्यु
कञ्चनपुर, जेठ १५ । भारतको पिलिभित जिल्ला बजार घाटमा एक नेपाली युवतीको चट्याङ लागेर मृत्यु भएको छ । आज बिहान भारतको बजारघाटमा तरकारी बेचेर घर फर्कने क्रममा चट्याङ लागेर बेलौरी नगरपालिका ७ पौलाहाकी ४० वर्षिया सुकुनी चौधरीको मृत्यु भएको घटना स्थल पुगेका नेपाली कांग्रेशका नेता हरेन्द्र सिंह बिष्टले बताए । मृतकको शव पोष्टमार्टम पिलिभितकै एक अस्पतालमा गरिने भएको छ । त्यसका लागि भारतीय प्रहरीसँगसमेत समन्वय गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए । घरमै उत्पादन गरेको विषादी रहित तरकारीको राम्रो मूल्य पाउने गरेकोले तरकारी बेच्न यसक्षेत्रका थुप्रै कृषकहरु सीमावर्ती भारतीय बजारमा जाने गरेका छन् ।
विश्व पूँजीवादलाई घुँडा टेकाउने पहिलो आन्दोलन
विश्व श्रमिक वर्गको इतिहासमा १ मे १८८६ लाई महत्वपूर्ण दिन मानिन्छ । यसदिन दिनानुदिन शक्तिशाली हुँदै गइरहेको पूँजीवाद विरुद्ध अमेरिकाको शिकागो शहरमा ठुलो संख्यामा मजदूरहरू सडकमा उत्रिए र उनीहरूले प्रत्येक दिन कामको सीमा ८ घण्टामा सीमित राख्नुपर्ने माग गर्दै निर्णायक संघर्षस्वरूप प्रदर्शनमा उत्रिए । हुन त यो कुनै नयाँ माग थिएन । लामो समयदेखि मजदूर संगठनहरू कामको सीमा आठ घण्टामा सीमित राख्न माग गरिराखेका थिए तर उनीहरूको माग सम्बोधन भने हुन सकेको थिएन । तर तत्कालीन समयमा वामपन्थी आन्दोलनको केन्द्र रहेको शिकागो सहरमा भएको यस प्रदर्शनले भने ऐतिहासिक स्वरूप लियो । मजदुरहरूको दयनीय अवस्था कुनै समय मजदुरहरू १६, १८ या २० घण्टा काममा जोतिने गर्थे तर यसका लागि उनीहरूलाई कुनै पनि प्रकर्कोई अतिरिक्त सुविधा दिइन्नथ्यो । अमेरिकामा फ्याक्ट्री प्रणाली सुरु भएपछि सर्वप्रथम १८०६ मा फिलाडेल्फिया राज्यमा आन्दोलन भयो । यो आन्दोलन जुत्ता सिउनेहरूले गरेका थिए । अमेरिकी सरकारले उनीहरूको नाममा मुद्दा दायर गर्यो र सुनुवाईको क्रममा उनीहरूलाई १९-२० घण्टासम्म काम गराइएको तथ्य खुल्न आयो । १८२७ मा संसारको पहिलो ट्रेड युनियनब मानिने ‘म्यकानिक्स युनियन अफ फिलाडेल्फिया’ले काम गर्नु पर्ने समय १० घण्टामा सीमित गर्न आन्दोलन गर्यो । त्यसपछि अनेक युनियनहरू जन्मिए र सबैले कम घण्टा र राम्रो तलबको माग गर्दै समय समयमा आन्दोलन गरे । कसरी जन्म्यो ८ घण्टाको नारा सबैभन्दा पहिले अस्ट्रेलियाको पूर्वाधार उद्योगका श्रमिकहरूले ‘घण्टा कम, ८ घण्टा आराम र ८ घण्टा मनोरंजन’को नारा लगाए । उनीहरूको माग १८५६ मा नै पुरा गरियो । अमेरिकामा भने यो आवाज सबैभन्दा पहिले १८६६ मा ‘नेशनल लेबर यूनियन’को गठनपछि सुनियो । यो माग चर्किंदै गएपछि त्यहाँको संसदले १८६८ मा यसबारे कानुन समेत पारित गर्यो तर त्यो लागू हुन भने सकेन । यही माग राखेर ट्रेड युनियनहरूले संघर्ष चर्काउँदै लगे । १८७७ मा एकपल्ट देशव्यापी हड्ताल पनि भयो । र त्यसै वर्ष ‘द अमेरिकन फेडरेशन अफ लेबर’ नामक ट्रेड यूनियनले ‘नाइट्स ऑफ लेबर’ नामक अर्को ट्रेड यूनियनसँग मिलेर यो माग पुरा नहोउन्जेल संघर्ष जारी राख्ने निर्णय गर्यो । ७अक्टोबर १८८४ मा ‘द अमेरिकन फेडरेशन ऑफ लेबर’ले १ मे १८८६ देखि ‘काम गर्ने समय ८ घण्टामा सीमित राख्ने मागक साथ हड्तालमा उत्रिने फैसला गर्यो । उसले सबै मजदुर संगठनलाई यस आन्दोलनमा भाग लिन अपिल गर्यो र फलस्वरूप शिकागो शहरमा हजारौंको संख्यामा मजदूरहरू जम्मा भए । प्रख्यात लेखक एवम् प्रकाशक अलेक्जेन्डर ट्रेक्टनबर्गले आफ्नो पुस्तक ‘द हिस्ट्री अफ् मे डे’मा लेखेका छन्- “उसो त अमेरिकामा तलब बढाउनु पर्ने माग नै सुरुवाती दिनहरूका हड्तालहरूको प्रचलित माग थियो । तर जब श्रमिकहरूले आफ्ना मागहरूलाई सुत्रवद्ध गर्न थाले उनीहरूले काम गर्नुपर्ने घण्टा घटाउने र संगठित हुन पाउनु पर्ने अधिकारलाई नै केन्द्रमा राखे । श्रमिकहरू माथि शोषण बढ्दै जाँदा उनीहरूलाई अमानवीय रूपमा लादिएका लामा कार्यदिनहरू बढी पट्यारलाग्दा लाग्न थाले र कम गर्नु पर्ने घण्टाहरू सीमित राख्नु पर्ने माग झन् झन् शसक्त हुन थाल्यो । त्यस बेला एउटा श्रमिकलाई दिनमा १४, १६ या १८ घण्टा काम गराउनु सामान्य मानिन्थ्यो ।” यस्ता हड्तालहरू सामान्यतयाः भइराख्थे तर यसपालिको हड्ताल धेरै सशक्त थियो । पुरै शिकागो सहरमा कम काज ठप्प थियो र मिल तथा कारखानाहरूमा तल झुण्ड्याइएको थियो । सुरुमा फ्याक्ट्री मालिकहरूले प्रहरीको सहयोगमा दाङ गर्न चाहे तर यस पटकको आन्दोलनमा मजदूरहरू चट्टानी प्रतिबद्धता लिएर मैदानमा उत्रिएका थिए त्यसैले उनीहरुले सशक्त तवरले मालिक र प्रहरी दमनको प्रतिकार गरे । दमन बढ्दै गएपछि आन्दोलनले हिंस्रक रुप लियो र ३ र ४ मेका दिन प्रहरीको गोली लागेर ठुलो सङ्ख्यामा मजदूरहरू हताहत भए । यस घट्नालाई ‘हे मार्केट काण्ड’ पनि भनिन्छ । मे ३ मा शिकागोस्थित ‘मेककर्मिक रीपर वर्क्स’ कम्पनीका मजदूरहरू अन्दोलनमा थिए । प्रहरीले गोली चलायो र ७ जनाक्पो मृत्यु भयो । त्यसको अर्को दिन अर्थात् ४ मेमा हे मार्केटमा मजदुरहरूले विरोध सभा आयोजना गरे, कार्यक्रम सक्किनै लागेको बेला कसैले भीडमा बम फालिदियो । यो बम विष्फोट भएर ४ मजदुर र ७ प्रहरीको ज्यान गयो । यसै घट्नालाई प्रतीकात्मक रूपमा मे महिनाको पहिलो दिन ‘मे दिवस’ या अन्तर्राष्ट्रिय श्रमिक दिवस’ भन्ने गरिन्छ । यो अमेरिकी इतिहासकै असामान्य घट्ना थियो । ययस घट्नापछि अमेर्रिकी समाजले नयाँ मोड लियो । वास्तवमा यो नै समाजवाद र पूँजीवादबीचको पहिलो सबैभन्दा ठुलो ऐतिहासिक भिडन्त थियो । अमेरिकी उद्योग र घरेलु बजार विकासका दृष्टिले १८८० देखि १८९० सम्मको दशकलाई महत्वपूर्ण कालखण्ड मान्न सकिन्छ । अत्यधिक आर्थिक सक्रियता देखिएको यस दशकको बीचमा १८८४-८५ मा एक वर्ष आर्थिक मन्दी समेत देखियो । मन्दीको समयमा बढेको बेरोजगारी र जनताले पाएको कष्टले कामको समय सीमित घण्टामा झार्नुपर्ने आन्दोलनलाई गति दियो । यसपछि नै बेरोजगारीको समस्या समाधान गर्न समेत प्रत्येक श्रमिकले सीमित घण्टा मात्र कम गर्नुपर्ने अवधारणाको विकास हुँदै गएको हो । यो आन्दोलन कार्लमार्क्सको प्रसिद्ध पुस्तक पूँजी प्रकाशित भएको दुई दशकपछि जुर्मुराएको थियो । तर मार्क्स भने आफ्नो विचारको यस महत्वपूर्ण सफलताको प्रत्यक्षीकरण गर्न जीवित थिएनन् । समाज र साहित्यमा यस अन्दोलनको प्रभाव विश्व साहित्यमा उन्नाइसौं र बीसौं शताब्दीलाई स्वर्णयुग नै मानिन्छ । संयोगले यो कालखण्डले एकातिर त औद्योगिक क्रान्तिले स्थापित गरेका नयाँ आयामहरूसँग साक्षात्कार गर्न थालेको थियो भने अर्को तिर पूँजीवाद र साम्यवाद एउटा महत्वपूर्ण टकरावको बाटोमा अगाडी बढ्दै थिए । यी दुई परस्पर विरोधी विचारधाराहरू बीचको संघर्षको परिणामस्वरूप त्यस समय उत्कृष्ट साहित्यको सिर्जना सम्भव हुन गयो । प्रसिद्ध रुसी उपन्यासकार म्याक्सिम गोर्कीको उपन्यास ‘आमा’ले त रुसको सोर्मोभो प्रान्तमा १ मे १९०२ मा भएको श्रमिक आन्दोलनलाई नै पृष्ठभूमि बनेको थियो । उता अमेरिकामा पनि श्रमिक वर्ग र दासहरूको अवस्थामा साहित्य लेखिने क्रम सुरु भयो । सन् १९०६ मा प्रकाशित अप्टन सिंक्लेयरको उपन्यास ‘द जंगल’लाई उदाहरणको रूपमा लिन सकिन्छ । उनले यसमा शिकागोका पशुवधशालाहरूमा र मासु प्याक गर्ने फ्याक्ट्रीहरूमा काम गर्ने मजदुरहरूको नारकीय जीवनको चित्रण गरिएको थियो । यस उपन्यासले ठुलो संख्यामा श्रमिकहरूलाई ट्रेड युनियन आन्दोलन र समाजवादी आन्दोलनमा भाग लिन उत्प्रेरित गरेको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति थियोडोर रूजवेल्टले समेत ‘द जंगल’मा उठाइएको मुद्दा सही हो भनेर मान्न वाध्य भएका थिए । यो उपन्यास पढेपछि उनले यसले गरेको समाजवादको वकालतप्रति आफू असहमत रहेपनि मासु उद्योगमा कार्यरत श्रमिकहरूको दयनीय अवस्थाबारे सोच्न बाध्य भएको प्रतिक्रिया दिएका थिए । त्यसपछि नै रुजवेल्टले एउटा जाँच समिति गठन गर्दै ‘प्योर फुड एक्ट’ र मीट इन्सपेक्सन एक्ट’ नामले दुई महत्वपूर्ण कानुन समेत पारित गराएका थिए । त्यस्तै १९०८ मा ज्याक लण्डनले लेखेको उपन्यास ‘द आइरन हील’मा एउटा फासीवादी सरकार द्वारा जनताको दमन र दलाल मजदूर संगठनहरूको निकृष्ट भूमिका चित्रण गरिएको थियो । अन्य आन्दोलनहरूमा प्रभाव महात्मा गान्धीले आफ्नो आत्मकथा ‘माइ एक्स्पेरिमेंट विथ ट्रुथ’मा चंपारण र खेडा सत्याग्रहको बीचमा अहमदाबादमा एउटा मजदुर हड्तालको अगुवाई गरेका थिए । उनले यसमा श्रमिकहरूको कम तलबलाई मुख्य मुद्दा बनाएका थिए । दुई हप्तासम्म पनि मिल मालिकहरूले माग पुरा गर्न सहमत नभएपछि गान्धी उपवासमा बसेका थिए । तीन दिनको भोक हड्तालपछि मिलमालिक पक्ष मध्यस्थताका निम्ति राजी भएको थियो र श्रमिकहरूको तलब ३५ प्रतिशत सम्म बढाइएको थियो । नेपालको पहिलो मजदुर आन्दोलन राणा शासनमै भएको थियो । वि. सं. २००३ मा विराटनगरस्थित रघुपति जुट मिल्समा भएको हड्ताल नै नेपालको पहिलो मजदुर अन्दोलन हो । आन्दोलनको विश्वव्यापी असर सन् १८८६ मै ‘हे मार्केट काण्ड’ भएपनि संयुक्त राज्य अमेरिकामा १९८९ देखि ८ घण्टे श्रमदिनको नीति लागू भयो तर पुरै अमेरिकाभरि यो व्यवस्था लागू हुन भने १९३७ सम्म पर्खिनु पऱ्यो । तर अस्ट्रेलियामा भने सन् १८५३ देखि नै यस्तो नीति लागू थियो । रुसले सन् १९१७ को क्रान्तिपछि यो नियम लागू गर्यो भने हाल ५२ देशमा यो व्यवस्था रहेको छ । वर्तमानमा फ्रान्समा साप्ताहिक औसत ३५ घण्टा कम गर्नु पर्छ भने दक्षिण कोरियामा सर्वाधिक ११२ घण्टा काम गर्नु पर्ने हुन्छ । ‘हे मार्केट काण्ड’को ३ वर्ष पछि सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गऱ्यो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाइंदै आएको छ ।
शनिबार सुनचाँदीको मूल्यस्थिर, कतिमा कारोबार भइरहेको छ त ?
काठमाडौं । शनिबार नेपाली सुनचाँदी बजार स्थिर रह्यो । साताको अन्तिम दिन सुनचाँदीको बजार मूल्यमा कुनै फेरबदल भएन् । बिहीबारको तुलनामा शुक्रबार तीन सय रुपैयाँले घटेको सुनको मूल्य शनिबार पनि प्रति तोला ५८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, शनिबार चाँदीको मूल्यमा पनि कुनै परिवर्तन भएन् । शुक्रबार झै शनिबार पनि चाँदी प्रतितोला ७६० रुपैयाँ मै कारोबार भइरहेको महासंघले जनाएको छ ।
इतिहास, पुष्पलालको शालिक ढाल्नेले पढुन्
चुट्किला सुनाएर मात्रै खीर पाक्दैन । दुध भल्भली उमाल्न पुग्ने दाउराको भारी ल्याउनुपर्छ, अनिमात्र खीर पाक्छ भन्ने मानेमा डाडु–पन्यु समाएर अगेनाअघि रमाएकाहरु स्पष्ट हुन जरुरी छ। अर्कैले पकाएर तयार पारिदिएपछि थाल थाप्न जाने र उसैलाई होच्याउने शास्त्र भट्याएर आफ्नै दुर्दशा ननिम्त्याउँदा सैको भलो हुन्छ । कुरो के हो भने, विपरीत ध्रुर्व र आस्थाको व्यक्ति वा समुदायले जे गर्दैछ उसलाई ठिक उल्टो बनाएर व्याख्या गर्ने एउटा समुहको हर्कत नेपालमा गरिखाने पेशाकै रुपमा फस्टाएको छ। उनीहरु सधैं सकारात्मक चीजहरुको नकारात्मक व्याख्या सहित जनतामा भ्रम सिर्जना गराई आफ्नो पुर्ख्यौली हैकम कायम गर्न चाहान्छ्न् । हिजो भारतीय दादागिरीलाई अजंगको देखेर बिहान बेलुकी दिल्लीमा सिटामोल खान कुँद्ने उक्त समूह र उसका नाइँकेहरु, उसैलाई गाली गलौज गरेरै राष्ट्रवादको खोल ओढे, आज फेरि समाजलाई भ्रमित पार्दै उसैको सेवामा हाजिर भएर पुरानै लुटको स्वर्गमा फर्किन चेष्टा गर्दैछन् । सम्भवतः हामी आम सर्वसाधारणको चिन्ता ‘देश बनाउने भाँती नभएकाहरुले नबिगारुन् पनि’ भन्ने हो । बाँसको टुप्पोमा बसेको भँगेराले आफ्नै वजनका कारण बाँस निहुरिएको भन्ठाने जस्तै वर्षभरि राज्यकोष निचुरेर देशलाई भुवाझैँ बनाएकाहरु मञ्च उक्लिएर जब समृद्धिको खोक्रो आदर्श छाँट्दै आफ्नै कीर्तन गाउँछन् , निरीह हामी जनता भन्नेहरु मख्ख र लठ्ठ पर्छौं, अनि हत्केला पुत्याउन्जेल ताली बजाउँछौं । पटकपटक थिलोथिलो हुनेगरी पिल्सिएको ‘देशका जनता’ भन्ने हामी , जसरी नेताहरुले बतासे कुरा गर्छन् उसरी नै उड्दै गयौं । उमेश बञ्जाडे फलतः आज त्यसैको दुर्दशा व्यहोरिरहेका छौँ र अझै लामो समयसम्म व्यहोर्नुपर्ने निश्चित छ। सत्ता बाहिरहँदा दैनिक देश विकासको खाका कोर्नेहरु देश हाँक्ने ठाउँमा पुगेपछि अर्कैको अनुदानमा लठ्ठिएका छन् । हुन त अर्कैको फर्मानमा सास फेर्दै अरूले बनाइदिने सिद्धान्त बोक्नेहरूसँग आफूले बनाउने भन्ने एजेन्डा कहाँ हुन्छ र ? तर, पनि समृद्ध देश निर्माणको खाका र योजना बाँड्ने ठाउँमा पुग्न मरिहत्ते गर्दै सत्ता हड्प्नेहरु गुलेली खेलाउने केटाकेटीले ल्याएको व्यवस्थामा रमाएर आज फेरि उनैप्रति छुद्रता व्यक्त गर्दैछन् । पंक्तिकार ती आफैलाई उत्कृष्ट राष्ट्र सेवकको दुहायी दिने मनुवाहरुलाई आग्रह गर्दछ, ‘महोदय, यदि ती माओवादी केटाकेटीहरु अगतिला लाग्छन् भने, छोडिदिनुस उनैले ल्याएको व्यवस्थामा र्याल चुहाउँदै विलौना गर्न, के हिम्मत छ ? बरु पढाउनुस् आजैदेखि आफ्ना सुसारेहरुलाई पुष्पलालको इतिहास, जसले सत्ता गुमेको वियोग सहन नसकी पुष्पलालको सालिक भत्काए । बरु प्रष्ट्याउनुस आफ्नै केटाकेटीलाई पटकपटक सत्तामा पुग्दा पनि देखाउन नसकेको मदन भण्डारी हत्याकाण्डको विषय, सक्नुहुन्छ ? र सम्झिनुस् आफ्नै विगत अनि कल्पिनुस् माओवादीका केटाकेटीले यतिका पहल नगरेको भए आजको आफ्नो हैसियत ? सोच सधैं सकारात्मक दिशामा निर्दिष्ट हुनुपर्छ। अझ देशकै बागडोर सम्हालेका व्यक्तिले भुइँमै मुख जोतेर बोल्न खासै शोभा पनि दिँँदैन । देशमा यसपटक आफैलाई भस्मै वामपन्थी भन्नेहरुको गठबन्धन सहित बहुमतीय सरकार छ। विगतमा धेरैपटक सरकारमा गएका वाम पार्टी र उनका प्रतिनिधिहरुले बहुमत नभएरै काम गर्न नसकेको गुनासो व्यक्त गर्ने गर्थे । सरकार गठन पूर्व सुशासन र समृद्धिको प्रवचन दिएर नेता एवं वर्तमान सरकारका मन्त्रीहरु निकै जंगिएका थिए । परन्तु त्यो जोश पनि विगत जस्तै अन्ततः आश्वासनको चिहानमै गएर खाँदिएको छ। गाउँ गाउँमा प्रतिस्पर्धात्मक बन्दै गएको बलात्कार, उच्छृृङ्खलता, भ्रस्टाचार, तस्करी, सुशासन हिनता एवं देश बनाउने मन्त्रीहरुको समाचार बनाएर चर्चाको चुलिमा पुग्ने ‘बरिलै मोह’ले जनता आजित बन्दै गएका छन् । सारांशमा जति सुनपानीले चोख्याउन खोजेपनि नेपालमा चोखो कर्मचारी, नेता, जनप्रतिनिधि, प्रहरी, सेना आदि पाउन असम्भव नै देखियो– टनका टन सुनको तस्करीले स्पष्ट बतायो । देश बनाउने भन्ने कुरा भाषणमै सीमित भो, दुर्भाग्य । फेरि पनि देशको नेतृत्व सम्हालेका प्रधानमन्त्रीले १०–१५ जना मान्छे बटुलेर उखान भट्याउने र लोक हँसाउने बाहेकका उपती लाउने छाँट देखिएन । जसरी नेपाल खाल्डोको प्रथम परिचयले सुशोभित काठमाडौंले अझैसम्म आफू बाहिरको भुगोललाई टेरपुच्छर लगाउँदैन, दुरुस्त उस्तै सोचबाट ग्रसित एमाले अध्यक्ष ओलीले पनि आफ्नु कित्ता बाहिरका विचार, उदेश्य र व्यक्तिहरुलाई सधैं निषेध गर्ने अति खतरनाक व्यबहारलाई जहिल्यै अख्तियार गरेको देखिन्छ । पार्टी बाहिरमात्रै होइन, भित्रैपनि अरुलाई होच्याउने र खुईल्याउने कुरामा ओलि विगतदेखि नै जब्बर बनेको पाइन्छ । कहिले आफैलाई पृथ्वीनारायणसँग तुलना गर्ने त कहिले राजनेता भन्न रुचाउने बहुमुखी ओलीले आफ्नो छुद्रताले नांगो बन्दै गएको सभ्यतालाई पनि हेक्का राखुन् । साथमा यिनै महामनुष्यको स्कुलिङ लिन हतारिदै लाइनमा बसेकाहरुले पनि आफ्नो सम्भावित भविष्यबारे समिक्षा गरुन् । एकातिर चुनौतीको चाङ लगाउन सिपालु र अर्कोतिर कुम्लो बोकेर सुइँकुच्चा ठोक्न पनि उत्तिकै पोख्त ओलि प्रवृत्ति पहाड उठाउन नसक्ने परन्तु अवसरहरु सवै आफ्नै पोल्टामा पार्न सेतोलाई कालो बनायर वा गलतलाई पनि सहि दाबी गर्दै सदैव देशले पाँउदै गरेका झिनो निकासहरुमा समेत अवरोध उत्पन्न गर्नेमै समय व्यतित गर्दैछन् । फेरि पनि माओवादी केटाकेटीलाई आफ्नो उखानेश्वर ज्ञानको वर्णन गर्न हतारिएका ओलिीलाई विनम्रताका साथ आग्रह गरिन्छ, ‘इतिहास माओवादी केटाकेटीलाई होईन– सत्ता गुमेको वियोगान्त पिडामा रन्थनिदै पुष्पलालको सालिक भत्काउने आफ्नै सुसारेहरुलाई पढाउन्।’ उमेश बन्जाडे लमही दाङ, हालः क्वालालम्पुर, मलेसिया
यसरी पाेट्री फार्मका कुखुराहरु मर्न थालेपछि किसानहरु चिन्तित
चितवन । रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीले जानकारी दिनुभयो । सो फार्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले खोर नै रित्तिँदा करीब रु ४० लाखको क्षति भएको बताउनुभयो । चैत १५ गतेदेखि यहाँ कुखुरा मर्न थालेको थियो । खोर नै रित्तिएर ठूलो क्षति भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा राहतको माग गर्दै निवेदन दिएको लामिछानेले बताउनुभयो । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित सिम्रेनीको ध्रुवतारा एकीकृत कृषि फार्मका तीन हजार ब्वायलर कुखुरा पनि मरेको सञ्चालक रामशरण थापाले बताउनुभयो । यही चैत १९ गतेदेखि रोग लाग्न थालेको थापाको फार्ममा आजसम्म गरेर सबै कुखुरा मरेर खोर नै रित्तिएको थापाले बताउनुभयो । चल्ला हालेको २५ दिनमा कुखुरामा रोग देखिएको बताउँदै थापाले रानीखेत र गम्बारो भन्ने रोग लागेर मरेको चिकित्सकको भनाइ उद्यृत गर्दै जानकारी दिनुभयो । “हिजोसम्म अलि अलि थिया,े आजबाट एउटा पनि रहेन, खोर नै रित्तियो”, थापाले दुःख पोख्दै भन्नुभयो, “मेरो २० लाखभन्दा बढीको क्षति भयो ।” उहाँले यसरी क्षति बेहोरेका किसानलाई राहत दिन सरकारसँग माग गर्नुभयो । शुरुमा कुखुरा झोक्र्याउने अनि पातलो दिसा गर्ने र मर्ने गरिएको छ । जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी एवं पशु चिकित्सक डा शिखा तिवारीले अहिलेसम्म जिल्लामा बर्डफ्लु भनेर चिनिने एच ५ भने नदेखिएको तर अन्य विभिन्न रोग कुखुरामा देखिने गरेको बताउनुभयो । रासस
एनआरएनए एनसीसी कतारद्वारा युवा जागरण र सशक्तिकरण कार्यशाला सम्पन्न
दोहा, चैत्र २४ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारले परिषद् कतारले युवा जागरण र सशक्तिकरण विषयक एक दिने कार्यशाला सम्पन्न गरेको छ । एनआरएनए एनसीसी कतारका अध्यक्ष नवीन पोखरेलको अध्यक्षतामा शुक्रबार सालिमारा रेष्टुरेन्टको हलमा उक्त कार्यशाला सम्पन्न भएको थियो । परिषद्को वार्षिक कार्यतालिका अनुसार पहिलो पटक कतारमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा अस्टर हस्पिटल अलखोर शाखामा कार्यरत डा राजेशकुमार पौडेलले स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिएका थिए । कार्यक्रममा समाज निर्माणमा युवाको भूमिका र दायित्व भन्ने विषयमा परिषद्का अग्रज एवं कार्यक्रमका सहजकर्ता कमलमणि गुरागाई, सागर नेपाल, विनेश तामाङ र कुमार कार्कीले नेपालमा युवाहरुको स्थितिको तथ्यांकसहित प्रकाश पारेका थिए । सहजकर्ताहरुले प्रस्तुत गरेका प्रतिवेदनमा क्रान्ति सिहं, विल गुरुङ र शनीकुमार ओलीले आफ्ना विचार व्यक्त गरेका थिए । साथै सामाजिक सेवामा लाग्नको लागि कार्यक्रममा उपस्थित सबैलाई आग्रह पनि गरेका थिए । त्यस्तै आईसीसी सदस्य बिमल सुवेदी र मानार्थ सदस्य नरेन्द्र भाटले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघका गल्फ सहसंयोजक प्रविण गुरुङ लगायत संघमा आवद्द कतारका प्रतिनीधहरुको साथै कतारका वैचारिक, जातीय र सामाजिक संघसंस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको समापनमा बोल्दै अध्यक्ष पोखरेलले परिषद्को कार्यतालिका अनुसार यो कार्यक्रम आयोजना गरीएको र यस्ता कार्यक्रमले युवाहरुलाई सामाजिक सेवामा लाग्ने प्रेरणा मिल्ने बताउदै कार्यक्रम सफल बनाउन सहभागी सबैलाई धन्यवाद दीएका थिए । कार्यक्रम परिषद् कतारका महासचिव बुधवल गुरुङ र युवा संयोजक मायाँ के सी को सञ्चालन,उपसयोजक नारायण भन्डारिले प्रतिबेदन सहित निस्कर्ष सुनाएका थिए। कार्यक्रममा वरिष्ठ उपाध्यक्ष तेज कटुवालले स्वागत मन्तव्य राखेका थिए ।
प्रगतिवादी साहित्यकार खनाल सम्मानित
काठमाडौँ, चैत १७ । नेपाल वाङमय परिषद्, धनगढीले शनिवार दिउँसो राजधानीमा एक समारोहका बीच साहित्यकार हरिहर खनाललाई ‘नेपाली वाङमय साधना सम्मान’ प्रदान गरेको छ । प्रमुख अतिथि मोहन दुवाल, अतिथि प्राज्ञ मातृका पोखरेल र सभाध्यक्ष डा. पुष्करराज भट्टको हातबाट प्रदान गरिएको उक्त सम्मानको राशी रू. दस हजार एक नगद रहेको छ । कार्यक्रममा उपस्थितहरूको स्वागत तिलकबहादुर सिंहले गरेका थिए भने लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, त्रिपुर साहित्य समाजका अध्यक्ष महेश प्रसाईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसरी नै प्रा. तेजविलास अधिकारीले सम्मानित व्यक्तित्त्वबारे विस्तृत प्रकाश पारेका थिए । भुवन बोहराको उद्घोषणमा संचालित कार्यक्रममा करीब तीन दर्जन जति साहित्यकारहरूको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सभापतित्व परिषदका अध्यक्ष डा. पुष्करराज भट्टद्वारा गरिएको थियो । यसअघि दुई पटक उतै धनगढ़ीमै सम्मान प्रदान गरिएको थियो भने यो वर्ष नेपाल वाङमय परिषद राजधानी प्रवेश गरेको हो । खनाल विशेषतः नेपाली साहित्यमा कथाकारका रुपमा परिचित छन् । उनले रचनामार्फत सामाजिक परिवर्तन र संस्कृतिक रुपन्तरणका विषयहरुलाई दृढताका साथ प्रस्तुत गर्दै आएका छन् । प्रगतिवादी साहित्यको क्षेत्रमा आफ्नो विशिष्ठ स्थान बनाइसकेका खनाल हाल साझा प्रकाशनको सञ्चालक समितिका सदस्य रहेका छन् ।
पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा
भक्तपुर । यहाँ आउने पर्यटकका लागि आकष्मिक स्वास्थ्योपचार सेवा शुरु भएको छ । भक्तपुर पर्यटन विकास समिति र डा इवामुरा अस्पतालबीच आइतबार सोसम्बन्धी सम्झौता भएको हो । सम्झौतानुसार अस्पतालले भक्तपुरमा आउने पर्यटकलाई निःशुल्क एम्बुलेन्स सेवा, विषाक्त खानालगायतको आकष्मिकरुपमा आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालका व्यवस्थापक रञ्जित मारिखुले जानकारी दिनुभयो । उहाँका अनुसार पर्यटकका लागि आकष्मिक सेवा प्रदान गर्ने कुनै अस्पताल नभएकाले इवामुराले पर्यटन विकास समितिसँग सम्झौता गरी पर्यटकलाई सेवा प्रदान गरेको । पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले दुई निकायबीच भएको सम्झौताले भक्तपुरमा पर्यटक थप आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो । रासस
जोर्डनमा घरेलु कामदार पठाउने बाटो खुल्यो
काठमाडौं, फागुन २४ । वैदेशिक रोजगार कार्यालयलाई जोर्डनमा ३ सय महिला घरेलु कामदार (हाउसमेड) पठाउन श्रम स्वीकृति प्रदान गर्ने बाटो खुलेको छ । संस्थागत रूपमा जोर्डनमा पहिलो पटक हाउसमेड पठाउने प्रक्रिया सुरु भएको हो । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले दुई देशबीच श्रम सम्झौता भइसकेको भन्दै कार्यान्वयनका लागि वैदेशिक रोजगार कार्यालयलाई मंगलबार अनमुति दिएका हुन् । ‘जोर्डनमा ३ सय महिला पठाउन ३ म्यानपावर कम्पनीले मागपत्र पेस गरेका थिए । मन्त्रालयको अनुमति तथा निर्देशन नहुँदा रोकिएको थियो,’ वैदेशिक रोजगार कार्यालयका निमित्त प्रमुख प्रेमकुमार देसारले भने, ‘मन्त्रालयको अनुमति आइपुगेको छ । फाइल अध्ययन गरी श्रम स्वीकृतिको प्रक्रिया बढाउनेछौं ।’ –कान्तिपुर दैनिकबाट
प्रजातन्त्र र दलित
पुर्खाहरुको समर्पण र हाम्रो पुस्ताले गरेको बलिदानीका खातिर अहिले हामीले लोकतन्त्रको उच्चतम स्तर हासिल गरेका छौ, हामीले प्राप्त गरेका यी उपलब्धिहरु विश्व मानव समुदायका लागी उदाहरणिय र स्वयम हाम्रा लागी गौरवका गहना बनेका छन । रमेश विश्वकर्मा अझै हामीले गरेका उपलब्धिहरुलाई र्इतिहासका खण्डहरुमा गौरवपुर्ण सावित गर्न हामीले सिंगो देशलाई एकता बद्ध गर्न जरुरी छ । जनता, राजनीतिक दल, नागरिक समाज, अगुवा कार्यकर्ता, उत्पिडित समुदायको सहभागिता विना प्राप्त महान उपलब्धिहरु हासिल गर्न सम्भव थिएन्न । अहिले संघिय नेपालको संविधान कार्यन्वयनको चरणमा छ, यद्यपि कुनै बेला राष्टिय अन्र्तराष्टिय राजनितिक मञ्ंचमा बहसको रुपमा रहेको संविधान संसोधनको विषय पछिल्लो समय फेरी राजनितक वृतमा जोडिन आएको छ । जेहोस राजनितिक रुपमा दिर्घकाल सम्म असर पार्ने यी आवाजहरुलाई सरकारको पहिलो प्राथमिकता बन्नु पर्छ, सवैले अपनत्व महसुस गर्ने संविधानको विकास गर्दै मधेश अनि पहाडको भावनात्म सम्बन्ध जोड्नु पर्छ, प्रजातन्त्र दिवसको सार्थकता प्रमाणित हुनेछ । संविधान जनता, समाज र देशका लागी हो, देशले अवलम्वन गर्ने मुलकानुन समानताका आधारमा निर्माण हुनु पर्छ, यसमा नागरिकका असन्तुष्टिहरु सके सम्म हटाउदै जानु पर्छ, नागरिकका असन्तुष्टिहरु राज्य र संविधानले सम्बोधन गर्नु पर्ने दायत्वि पनि हो । संविधानकै कारण देसको आन्तरिक सुरक्षा, राष्टिय स्वाधिनता र राष्टियता जस्ता सम्वेदनशिल पक्षहरुलाई खतरामा पर्न दिनु हुन्न, राष्टको आन्तरिक विषयमा छिमेकिहरुलाई खेल्ने ठाउ राख्नु हुन्न । नेपाली माटोमा प्रजातन्त्रको विवेशिल प्रयोग यहि होला । हाम्रा पुर्खाहरुले निर्माण गरेको गौरव पुर्ण ईतिहास माथी उभिएर, सुन्दर भविष्य देखेका हाम्रा सन्ततिहरुको जिवनमाथी खेलवाड गर्ने छुट हाम्रो पुस्ता र हाम्रो राजनीतिलाई छैन । संविधानको दायित्व देशलाई विखण्डन होईन, एकता बद्ध गर्नु हो, समाजमा द्धवन्द होईन शान्ति स्थायित्व विकास र भाईचारा कायम गराउनु हो । हाम्रा पुर्खाहरुले निर्माण गरेको गौरव पुर्ण ईतिहास माथी उभिएर, सुन्दर भविष्य देखेका हाम्रा सन्ततिहरुको जिवनमाथी खेलवाड गर्ने छुट हाम्रो पुस्ता र हाम्रो राजनीतिलाई छैन । हाम्रो लोकतन्त्रले हाम्रो सहभागिता निश्चित गरेको छ, भलै हामी प्रयोगमा चुकेका छौ, संविधानले सामाजिक सहभागितालाई बडो जोडवलका साथ माग गरेको छ, व्यावहारमा देखिन सकेको छैन, संविधानले नागरिकका भविष्यहरुलाई सुरक्षित गरि दिएको छ, भलै हामी प्रयोगको रुपमा बामे सर्दै छौ । राष्टिय भावनाहरु समेटेको छ, केहि असन्तुष्टिहरु छन, हामीले यसको सम्मान गर्नु पर्छ । उन्नत लोकतन्त्रको विकास गर्ने जिम्मेवारी हाम्रै राजनिति र हाम्रै पुस्ताका हो, सहभागिता मुलक लोकतन्त्रको ज्ञारेन्टी गर्ने जिम्मेवारी राज्यका संरचना र ति संरचनामा प्रतिनिधित्व गर्ने राजनितिक पाटीहरुको हो । कानुनि सासन, प्रभावकारी राज्य सञ्चालनका प्रणालीहरु निर्माण गर्दै लोकतन्त्रमा आधारभुत जनताको अधिकार र सहभागितामा हाम्रो राजनितिले लोभ गर्नु हुदैन । हामीले प्राप्त गरेको लोकतन्त्र भित्र न्युनतम रुपमा लोकतन्त्रका मुल्य मान्यताहरु स्थापित हुनु पर्छ ति मुल्य र मान्यताहरुको प्रयोग सँगै सिमान्तकृत जनताले लोकतन्त्रको महसुस गर्न सक्नु पर्छ । राज्यका प्रत्येक संरचनाहरुमा प्रतिनिधि मुलक सहभागिताको महसुस जनताले गर्न पाउनु पर्छ । यदि लोकतन्त्रमा जनताले आफु र आफ्नो समुदाय अपमानित भएको महसुस गर्छ भने लोकतन्त्र प्रति जनताले प्रश्न उठाउने अधिकार शुरक्षित हुन्छ । संघिय गणतन्त्रको प्रयोग सँगै हामीले कतै लोकतन्त्रका न्युनतम मुल्य मान्यता कुल्चेर सामाजिक असमानतालाई निरन्तरता दिने मनो विज्ञानको विकास त गर्दै छैनौ । प्रजातन्त्र प्रति प्रश्न उब्जिएका छन । स्वतन्त्रता, समानता, स्वाधिनता वा आत्म सम्मान र समानतामा आधारित न्यायिक अधिकार हामी र हाम्रो समाज अनि राज्य व्यावस्था भित्र (लोकतन्त्र) नागरिकले खोजेका आधारभुत विषय हुन । नागरिक, महिला पुरुष, दलित, जनजाती, मधेसी, सिमान्तकृत, पिछडा वर्ग, अपांग, तेश्रो लिंगीहरुले लोकतन्त्र भित्र पाउने न्युनतम मापदण्ड नागरिकको आत्म सम्मान र समान अधिकार हो । संघिय गणतन्त्रको प्रयोग सँगै हामीले कतै लोकतन्त्रका न्युनतम मुल्य मान्यता कुल्चेर सामाजिक असमानतालाई निरन्तरता दिने मनो विज्ञानको विकास त गर्दै छैनौ । प्रजातन्त्र प्रति प्रश्न उब्जिएका छन । संघिय लोकतान्त्रिक गणतन्त्रको प्रारम्भमै हामी तीन वटा चुनाव सम्पन्न गरेका छौ । स्थानिय, प्रादेशि र संघिय चुनावमा जनताको उल्लेख्य सहभागिता रह्यो । वषौ देखि उत्पिडनमा रहेको नेपालका ६ नं र ७ नं प्रदेशका उत्पिडित जनता पनि यो अभियानमा दिलो ज्यानले समर्पित भए । हुन त ईतिहासका सवै किसिमका संघर्षहरुमा आफ्नो समुदायको अर्थपुर्ण र बलिदानी पुर्ण सभागिता जनाएको नेपालको दलित समुदायले प्रजातन्त्रमा मात्र हाईन गणतान्त्रिक राज्य व्यवस्था पनि सम्मानजनक स्थान पाउन सकेन । स्थानिय चुनावमा वडा सदस्य सम्ममै सिमित रहेको दलित समुदायले नेपाली राजनितिमा दिएको बलिदानीको प्रतिफल पाउन नसक्दा राज्य व्यवस्था फेरिए पनि राज्य सञ्चालन गर्ने सासकहरुको चरित्र र व्यवहार प्रति संका उब्जिएको छ । सदियौ देखि समाज, राजनिति अनि राज्य व्यवस्था बाट अपमानित भई रहेको दलित समुदाय एकाईशौ सताब्दिको उन्नत लोकतान्त्रिक व्यवस्थाको यो दशक सम्म आई पुग्दा पनि सम्मानजनक सामाजिक राजनैति हैसियत पाउन बाट बन्चित छ, यस्तो चरित्रले लोकतन्त्र, प्रजातन्त्र अनि गणतन्त्रको सम्मान हुन सक्छ ? प्रदेश प्रमुख देखि प्रदेश मन्त्रि सम्म बन्न लायक कुनै राजनितिक पाटीले दलित समुदायको कार्यकर्ताको विकास गर्न सकेन । राज्य अनि राज्यका निकायहरुले प्रजातन्त्र दिवस मनाउदै गर्दा, राज्यमा अपमानित सामाजिक र राजनितिक जिवन निर्वाह गरिरहेका सिंगो दलित समुदाय माथीको अन्यायलाई सासकहरुले एक चोटी मन्न गर्ने सुनौलो अवशर बन्न सक्छ । उत्पिडनको क्षेत्र प्रदेश नं ७ मा प्रदेश सरकार निर्माण भयो, यो क्षेत्रमा जनसंख्याको अनुपातमा दलित समुदाय २१ प्रतिशत छ संघियताको आधार निर्माण गर्दै गर्दा यहाँको सरकार र सरकारका संरचनाहरुमा दलित समुदाय शुन्य सहभागिता र भुमिका विहिन देखियो । प्रदेश प्रमुख देखि प्रदेश मन्त्रि सम्म बन्न लायक कुनै राजनितिक पाटीले दलित समुदायको कार्यकर्ताको विकास गर्न सकेन । हाम्रो राजनितिमा, यो लोकतन्त्र प्रतिको गम्भिर अन्याय हो, प्रजातन्त्रमा सिंगो दलित समुदाय प्रतिको अन्याय हो । प्रजातन्त्र सासन व्यवस्थाको न्यायलय हो, यहि व्यवस्थामा पनि दलित प्रति राजनितिक बेईमानी गरियो । प्रदेश ६ मा प्रदेश सरकार बन्यो उत्पिडनको राजधानी कर्णाली र सिंगो मध्ये पश्चिम बाट दलित समुदायको प्रदेश सरकारमा सहभागिता हुन सकेन, अधिकांस प्रदेश सरकारमा दलित समुदायको सहभागिता शुन्य छ, यो किसिमको राजनिति र राजनितिक चिन्तनले सहभागिता मुलक लोकतन्त्रको मर्मलाई घाइते मात्र होईन प्रजातन्त्रको नाममा सिमित वर्गको ऐयासी र विलासी चिजको रुपमा परिणत हुने निश्चित छ, हाम्रो प्रजातन्त्र र हाम्रो लोकतन्त्रको अवमुल्यन भएको छ । दलित समुदायको चाहाना राज्य र राजनीतिका प्रत्येक तहमा सम्बन्धित प्रदेशको जनसंख्याको आधारमा सम्मानजनक सहभागिता हो । हामीले प्रजातन्त्र दिवस मनाउदै गर्दा उत्पिडित जाती र वर्गलाई हेला महशुस भएको छ, संघिय संरचनामा आफ्नो हैसियत पुर्ण उपस्थितिको आशा गरेको दलित समुदाय लज्जित भएको छ । दलित समुदायको चाहाना राज्य र राजनीतिका प्रत्येक तहमा सम्बन्धित प्रदेशको जनसंख्याको आधारमा सम्मानजनक सहभागिता हो । तर, यसो नभएर दलित समुदाय राजनीतिक पाटी र नेताका लागी राजनितिक स्वार्थ पुर्ति गर्ने भर्यांग मात्र बने, कहिले प्रजातन्त्रको नाममा कहिले लोकतन्त्र र गणतन्त्रका नाममा भोटर बने । प्रजातन्त्रले नेपाली दलित समुदायको मुल्य बढाएको होईन झन घटाएको छ प्रजातन्त्रको नाममा दलितहरु राजनितिक र सामाजिक रुपमा झन पिल्सिएका छन । साचो प्रजातन्त्रको आत्माले फेरी प्रश्न गरेको छ, प्रजातन्त्रीक राज्य व्यावस्थामा दलित समुदायको सम्मानजनक स्थान खै ? एक चोटी प्रजातन्त्रलाई नै न्यायको कठघरामा राखेर प्रश्न सोध्न जरुरी छ, के यहि हो प्रजातन्त्र ?
संबिधान कार्यान्वयनबारे अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतको यस्तो धारणा
२३ माघ,काठमाडौं ।अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले राजनीतिक क्षेत्रमा मात्र नभएर शिक्षा क्षेत्रमा पनि संविधान कार्यान्वयन हुनुपर्ने माग राखेका छन्। बस्नेतले निर्वाचन हुंदैमा मात्र संविधानको कार्यन्वयन भएको मान्न नसकिने दावी गरे। बस्नेतले नेपालको संविधानले शिक्षा,स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा ग्यारेन्टी गरे पनि अझसम्म त्यसको कार्यान्वयन हुन नसकेकोमा आपत्ति जनाए। बस्नेतले भने -‘ शिर्ष नेताहरु चुनाव भएपछि संविधान कार्यान्वयन भइहाल्छ भन्छन्, तर हामी त्यसले मात्र संविधान कार्यान्वयन भएको मान्दैनौं।’ शिक्षाको सम्पुर्ण दायित्व राज्यले लिनुपर्ने जिकिर गर्दै बस्नेतले भने-‘ राजनीतिक क्षेत्रमा मात्र नभएर शिक्षा क्षेत्र पनि त संविधान कार्यान्वयन हुनुपर्यो नि !’ बस्नेतले विद्यमान शिक्षा प्रणालीले वर्गीय खाडल झनझन् गहिरो वनाउंदै लगेको आरोप लगाए। आज पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत राजधानीको हिकास्ट कलेजमा आयोजित अखिल(क्रान्तिकारी) नवौं क्याम्पस सम्मेलनमा उपमहासचिव मिलन एमसि,सचिव डा.अच्युत भट्ट, केन्द्रीय सदस्यहरु वालकुमार केसि,जेपि यादव,सरोज वोहरा ,जिल्ला अध्यक्ष टोपेन्द्र खड्का लगायतले शुभकामना दिएका थिए।सम्मेलनवाट चन्द्रप्रकाश कार्की नेतृत्वमा २७ सदस्यीय क्याम्पस समिति निर्वाचित भएको छ।
कुन राशी कस्तो शपिङ गर्न चाहन्छन् त ? हेर्नुस् राशी अनुसार सपिङको रहस्य
अचेल सुपरमार्केट या अरु बजारमा गएर सपिङ गर्ने कुरा आम प्रचलन बनेको छ । सामान किन्न जाँदा मन मिल्ने साथी भयो भने राम्रोसँग किनमेल गर्न सकिन्छ । तर सँगै जाने साथी मिल्ने भएन भने र दुबैको रुचि फरक भयो भने यसले सपिङ गर्दा बोर मात्रै हुने सम्भावना बढी हुन्छ । राशीको कुरामा कतिपयले विश्वास गर्दैनन् । तर राशीफल र राशी अनुसार स्वभावमा विश्वास गर्नेहरुका लागि भने राशी अनुसार सपिङको बानी समेत फरक फरक हुने गर्दछ । आउनुस् तपाईको यो बानी मिल्छ कि मिल्दैन हेरौं है त मेश राशीः मेश राशीका मानिसहरु शपिङ अनुभवी हुने गर्दछन् । यो राशीका मानिसहरु बार्गेनिङ गर्न पनि खप्पिस हुन्छन् । उनीहरुलाई नयाँ नयाँ ट्रेण्डस र फेशनको पनि राम्रो जानकारी हुने गर्दछ । फेमस र युनिक स्टोर्सका बारेमा यिनीहरुलाई थाहा हुन्छ । बृष राशी बृष राशीका महिलाहरु शपिङका लागि जति उत्साहित हुन्छन् यो राशीका पुरुष भने त्यत्तिकै शपिङ मन नपराउने हुन्छन् । यतिमात्र होइन डिस्काउण्ट र सेल जस्ता अफर पनि यो राशीका पुरुषलाई आकर्षित गर्न सक्दैनन् । कलर, प्याटर्न, स्टाइल, प्रिन्टलगायतका कुरामा यिनलाई खासै चासो हुँदैन । मिथुन राशीः यति तपाई निकै बढी बार्गेनिङ हुने खालको बजारमा सामान किन्न जाँदै हुनुहुन्छ भने मिथुन राशीको साथीलाई मज्जाले सँगमा लैजान सक्नुहुन्छ । कर्क राशीः कर्क राशीका मानिसहरु राम्रा शपिङ पार्टनर हुन सक्छन् । शपिङको बेला आफूसँग पैसा भए उनीहरु आफैले खर्च गरेर तपाईका लागि शपिङ गर्न सक्छन् । सिंह राशीः यदि तपाई पार्टी, घुमफिर या फनका लागि केही योजना बनाइरहनु भएको छ भने सिंह राशीको पार्टनर उत्तम किनमेल गर्ने साथी बन्न सक्छ । तर व्यक्तिगत शपिङका लागि भने यो राशीको मानिस सँगै नगएको राम्रो । यो राशीका मानिसको शपिङ छनौट खासै राम्रो हुँदैन । कन्या राशीः कन्या राशीका मानिसहरु पनि शपिङका लागि आफ्ना साथीहरुलाई लैजान मन पराउँछन् । यिनीहरु किनमेलका लागि कैयन अलग अलग स्थान जान पनि रुचाउँछन् । तुला राशीः तुला राशीका मानिसहरु शपिङका लागि खासै उत्साहित हुँदैनन् । तर यिनीहरुको स्टाइल र क्लासी बानी यिनीहरुलाई महंगो शपिङका लागि प्रेरित गर्दछ । यद्यपी यिनीहरुले किन्ने भने गर्दैनन् । शपिङ गर्दा यिनीहरु न त डिटेलमा जान चाहन्छन् न टाइम नै लगाउँछन् । कतिपयले भने पहिला नै सबै कुरा बुझेर मात्र शपिङ गर्ने गर्दछन् । वृश्चिक राशी वृश्चिक राशीका मानिसहरु राम्रो शपिङ साथी हुन सक्छन् । यिनीहरु फेशनमा त्यति रुचि राख्ने नभएपनि तपाईको किनमेलमा पुरै धैर्यता देखाउँछन् । तर यिनीहरुबाट किनमेलमा छनौट गर्न सहयोगको अपेक्षा भने गर्न सकिन्न । धनु राशी धनु राशीका महिलाहरु त्यति कुशल किनमेल गर्ने हुँदैनन् । उनीहरुलाई यसरी किनमेलमा जानु खासै रुचि पनि हुँदैन । तर केही महिलाहरु भने किनमेल गर्दा सामान्यतः आवश्यकता अनुसार औपचारिकतावश किन्ने भने गर्दछन् । धनु राशीका महिलाको प्रशंसा गरेर उनीहरुले भनेको समयमा शपिङका लागि तयार गर्न सकिन्छ । मकर राशि मकर राशिका महिलाहरु निकै धैर्यवान हुन्छन् । यिनीहरु त्यस्तो गम्भीर र शमिपङका लागि नै भनेर शपिङ गर्न भने चाहँदैनन् । तर आवश्यकता परेमा यिनीहरुबाट शपिङ भने गराउन सकिन्छ । त्यसैल मकरराशिका पुरुषलाई पहिला नै मैले यो यो किन्न खोजेको हो भनेर भनियो भने सहज हुन्छ । कुम्भ राशीः कुम्भ राशि भएका मानिसहरुको दिमाग सधैं कल्पनाशील हुन्छ । यसता मानिसको दिमागमा निकै राम्रा आइडिया हुने गर्दछन् । कहाँ के कुराको कसरी शपिङ गर्ने भन्ने कुराको विचार यो राशी भन्दा राम्रो अरुले विचार नगर्न पनि सक्छन् । अर्को कुरा साथीहरुका लागि शपिङमा सहयोग गर्न यो ाशी उत्तम हुन्छ । यिनीहरुलाई एउटा बेग्लै प्रकारको सेन्स हुन्छ । यिनीहरुले सामान हेरेर त्यसको मूल्यको अन्दाज लगाउने र बार्गेनिङ गर्न सक्छन् । त्यसैले यो राशीका मानिसलाई शपिङमा लैजानु राम्रो हुनसक्छ । मीन राशि मीन राशि का मानिसहरुनिकै संवेदनशील हुन्छन् । र, गिफ्ट दिनु यिनीहरुलाई राम्रो लाग्छ । त्यसैले गिफ्ट किन्ने कुरामा यो राशीलाई राम्रो आइडिया हुनसक्छ । साना र सुन्दर क्यूट कुरा किन्न यिनीहरु उपयुक्त साथी हुन्छन् । तर सपिङका बारेमा ठोस निर्णय भने यिनीहरुले लिन सक्दैनन् । त्यसैले शपिङको सल्लाह भने यिनीबाट लिन सकिँदैन ।
‘राज्जा रानी’ समूहद्वारा राहत सामग्री
राजविराज, पुस २५ । पछिलो एक सातायता सप्तरीमा शीतलहरसँगै बढेको जाडोका कारण अतिप्रभावित बेल्ही चपेना गाउँपालिका वडा नं ५ को दलित बस्तीमा मैथिली चलचित्र ‘राज्जा रानी’ समूहले सोमबार लुगा वितरण गरेको छ । ‘भोर’ नामक सामाजिक संस्थाद्वारा सिरक, ओढ्ने, ओछ्याउने, म्याट र बालबालिकाका लागि टोपी र रुमाललगायत सामग्री वितरण गरिएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो । विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि ‘राज्जा रानी’का निर्माता राजकुमार महतोको नेतृत्वमा त्यहाँ पुगेको टोलीले सो बस्तीमा राहत सामग्री वितरण गरेको होे । उक्त राहत सामग्री ‘राज्जा रानीकी गायिका अञ्जु यादवलगायतले हस्तान्तरण गर्नुभयो । लुगाको अभावमा शीतलहरमा कष्टकर जीवन बिताउँदै आएका १० डोम घरपरिवारलाई सो राहत सामग्री प्रदान गरिएको बताइएको छ । यसैबीच बालविवाह र दाइजोविरूद्ध सन्देश बोकेको मैथिली चलचित्र ‘राज्जा रानी’बाट प्राप्त हुने आम्दानी सामाजिक अभियानमै खर्चिने निर्माता महतोले भन्नुभयो । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिद्वारा मैथिली र नेपाली भाषामा निर्मित उक्त चलचित्र यही पुस २१ गतेदेखि देशैभर प्रदर्शनमा रहेको बताइएको छ । विपन्न समुदायलाई कम्बल यहाँका दलित तथा विपन्न समुदायमा चिसो र शीतलहरको प्रभाव परेपछि एक गैरसरकारी संस्थाले सोमबार कम्बल वितरण गरेको छ । पीडितलाई लक्ष्य गरी राहत सामग्री उपलब्ध गराउँदै आएको धर्मी हल्फा महिला विकास क्लब लालापट्टीले महादेवा गाउँपालिका वडा नं ६ ढिकलीवासीलाई राहत सामग्री उपलब्ध गराइएको हो । शीतलहरले कष्टकर जीवन बिताइरहेका ढिकलीका २८ दलित तथा विपन्न परिवारलाई जाडोबाट जोगिन एक एक थान कम्बल वितरण गरिएको क्लबका अध्यक्ष इ सूर्यनारायण यादवले बताउनुभयो । सो वडाका वडा सचिव नमोनाथ मिश्र, समाजसेवी विश्वनाथ यादव र वेदनारायण लौगीलगायतको सहभागितामा सो राहत वितरण गरिएको हो । एक सातायता बढेको चिसो र शीतलहरका कारण जिल्लामा हालसम्म १८ जनाको मृत्यु भएको छ भने हजारौँ मानिस प्रभावित भएका छन् । प्रहरीले भने छ जना व्यक्तिको मात्र चिसोबाट मृत्यु भएको पुष्टि गरेको छ ।
‘प्रचण्ड र अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष चलाउने सहमति भएको हो’ : वामदेव गाैत्तम
काठमाडौं, पुस १ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादीसँग चुनावी तालमेल गर्दा प्रचण्ड र केपी अाेलीले अालाेपालाे प्रधानमन्त्री र पार्टी अध्यक्ष चलाउने सहमति भएको बताएका छन् । बीबीसी नेपाली सेवासँग शुक्रबार कुरा गर्दै उपाध्यक्ष गौतमले भने- ‘प्रधानमन्त्री पद आलोपालो चलाउने भन्ने सहमति तालमेल अगाडी नै गरिसकेका हौं, तर घोषणासभामा त्यो कुरा सार्वजनिक गरिएको थिएन ।’ एमालेका केही नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा अध्यक्ष केपी ओली नै रहने सार्वजनिक अभिब्यक्ति दिइरहेका बेला तालमेलका मुख्य सूत्राधार मानिएका नेता गौतमले भने प्रधानमन्त्री नै आलोपालो चलाउने गरी चुनावी तालमेलको सहमति भएको बताएका छन् । आलोपालो पद्दतीअनुसार कति-कति समय कसले प्रधानमन्त्री चलाउने भन्ने बिषयमा भने ठोस सहमति नभएको उनले बताए । ‘पाँच बर्ष एउटा नेताले, अर्को पाँच बर्ष अर्को नेताले पनि हुनसक्छ, यही कार्यकालमा पनि कसैले दुई बर्ष गर्ने र अर्को कसैले तीन बर्ष गर्ने पनि हुनसक्छ ।’ गौतमले भने- यसमा ठ्याक्कै मिति तोकिएको हैन् ।’ आलोपालोको सहमति केवल प्रधानमन्त्री पदका लागि भएको तर अध्यक्ष पदका लागि नभएको गौतमले बताए । पार्टी एकताको प्रकृया चुनावी तालमेलसँगै सुरु भएको बताउँदै उनले यो प्रकृया छिटै अगाडी बढने बताए । एमाले महासचिव इश्वर पोखरेलले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद केपी ओलीले नै लिने बताएका थिए । पोखरेलको सो अभिब्यक्तिपछि माओवादीभित्र तरंग उत्पन्न भएको थियो । माओवादी नेताहरुले सरकार र पार्टीको नेतृत्वका सम्बन्धमा अध्यक्ष प्रचण्ड र केपी ओलीवीच ठोस सहमति भएको बताउँदै आएका छन् । उनीहरुका अनुसार दुई कार्यकारी पद दुई जनालाई बाँड्नेगरी नेताहरुवीच सहमति भएको थियो ।
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?
काठमाडौं, मङ्सिर २० । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नं. १ का मुख्य अधिकृत रमेशराज पोखरेलका अनुसार काठमाडौंमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेको मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘दशवटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि आज बेलुकासम्म सकिन्छ ।’ पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पुर्याउने काम भइरहको छ । सुरक्षित रुपमा मतपत्र लान सक्नेलाई मंगलबारदेखि नै मतपत्र दिइएको छ भने सुरक्षित रुपमा लान नसक्ने स्थानमा आयोगले आजसम्म पुर्याउने तयारी छ । दश निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एकरएक निर्वाचन अधिकृतसहित पाँच हजार ८४८ कर्मचारी खटिएका छन् । त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी रहेका छन । काठमाडौंका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् । काठमाडौंमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १७१, प्रदेश सभा ९क०मा १०७ र प्रदेशसभा (ख) मा ११५ रहेका छन् । दश निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या छ लाख ३० हजार ४६० छन् । आयोगको मतदानस्थलको सुरक्षाका लागि मोबाइल टोलीसमेत तयार गरिसकेको छ । आयोगले निर्वाचनलाई शान्तिपूर्ण, विश्वासिलो तरिकाले गर्न चाहेको छ भने मत बदर हुन नदिनका लागि बुझेर मात्र उपयुक्त स्थानमा मतदान गर्न आग्रह गरेको छ । मतगणनास्थलमा सिसी टीभी र जालीको प्रयोग मतगणना स्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी निर्वाचन आयोगले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सिसी टिभी क्यामेरा र तारजाली राख्ने तयारी गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हर्ने मिल्ने गरी जाली राख्ने तयारी भएको छ ।’ स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका चितवनमा देखिएको समस्या पुनः नदोहोरियोस् भनेर आयोगले मतगणनामा सिसी टिभी क्यामेरा र जालीको प्रयोग गर्न लागेको जनाएको छ । सुरक्षाका दृष्टिकोणले प्रतिनिधि र मतगणनामा खटिएका कर्मचारी एकै ठाउँमा राख्न नहुने सुझाव आएपछि तार जालीको प्रयोग गर्ने तयारी भएको हो । मुख्य निर्वाचन अधिकृत पोखरेलले थपे, ‘मतगणनामा अन्तर्राष्ट्रिय पर्यवेक्षक पनि आउँछन्, मतगणना स्थलमा जाली लगाउँदा कस्तो सन्देश जाला भन्ने पनि छ, कस्तो जाली राख्ने भन्ने विषमया सोच्दैछौँ ।’ आयोगले प्रतिनिधि र कर्मचारीसँगै नहुने गरी बीचमा राख्ने तर दुवैले राम्ररी देखिने गरी राख्ने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘आयोगले मतगणनामा पहिलो पटक सिसी टिभी र जाली प्रयोग गर्न लागेको हो, एउटा मतपत्र तहमाथि पर्यो भने राम्रो हुँदैन, मतपत्रको सुरक्षा सतर्कताका लागि आवश्यक पर्यो ।’ दश निर्वाचन क्षेत्रको कहाँ-कहाँ हुन्छ मतगणना काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ । काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं। १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं। ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं. ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ । निर्वाचन क्षेत्र नं. ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं। ६ को जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।