जाडोमा शिशुलाई कसरी जोगाउने ?
जाडो मौसम सुरु भई सकेको छ । जाडो मौसम सुरु हुनासाथ बालबालिकामा विभिन्न संक्रमण र समस्याले सताउन थाल्छ । उसो त जाडो मौसममा विभिन्न उमेरका मानिसलाई संक्रमणले आक्रमण गर्न सक्छ । तर, चिसोको सबैभन्दा बढी प्रभाव बालबालिकालाई नै गर्छ । किनकी यो मौसममा भाइरस र ब्याक्टेरिया निकै तिव्र गतिमा फैलिने हुँदा बालबालिकालाई आक्रमण गर्ने सम्भावना उच्च हुन्छ ।
जसकारणले उसलाई सर्दी, रुघाखोकी, नाक बन्द, श्वास फेर्नमा गाह्रो हुने, घाँटीमा इन्फेक्शन, भाइरल डायरीया, निमोनिया, ज्वरो जस्ता समस्या हुन सक्छ । त्यसैले जाडो मौसममा बालबालिकाको विशेष ख्याल गर्नुपर्छ । चिसोबाट बालबालिकालाई जोगाउन बालरोग विशेषज्ञ डा.विनोदकुमार साहको सुझाब यस्तो छः
जाडो मौसम बालबालिकाको ख्याल कसरी राख्नेः
१. चिसोबाट बच्चालाई जोगाउन धेरै कपडा लगाउनुको सट्टा उसको पैताला, हत्केला, कान र टाउको न्यानो कपडाले छोपेर राख्नु पर्छ । किनकी शरीरको यी भागमा सबैभन्दा बढी तापक्रम कम हुन्छ र चिसो पस्ने डर सबैभन्दा बढी हुन्छ । त्यसैले बालबालिकालाई आवश्यक मात्रामा टोपी, मोजा र पन्जा लगाइदिनुपर्छ ।
२. घाम स्वास्थ्यका लागि राम्रो हुन्छ । आफ्नो बच्चालाई विहानको समयमा केहि समय घाममा राखेर सन बाथ गराउनु पर्छ । यसले ताजा हावाको साथै भिटामिन डी पनि शरीरलाई प्राप्त हुन्छ ।
३. बच्चाको छेउछाउमा रूम हिटरको प्रयोग गर्नु हुँदैन । किनकी हिटरबाट निस्कने सूक्खा हावा बच्चाको स्वास्थ्यको लागि राम्रो मानिदैन ।
४. जाडो मौसममा बच्चालाई नियमित नुहाउनु हुँदैन । बरु मन तातो पानीमा तौलिया भिजाएर बच्चाको शरीरलाई सफा गर्नुपर्छ । यसले चिसो पस्दैन र उसको शरीर सफा पनि हुन्छ ।
५. बच्चालाई नुहाउनु भन्दा पहिले हल्का तातो तेलले उसको मालिस गर्नु राम्रो हुन्छ ।
६. प्रायजसो सुत्ने समयमा बच्चाले कम्बल वा सिरक हटाइदिने गर्छन् । जसले गर्दा उसलाई सर्दी लाग्ने हुन्छ । त्यसैले बच्चा सुत्नुभन्दा पहिले नै उनको ओछ्यानमा पातलो न्यानो ओछ्यान विछ्याएर त्यसमाथि हट वाटर बोटल राख्नाले ओछ्यान तातो हुन्छ ।
साथै बच्चालाई तातो न्यानो कपडाको साथै उसले बनेको टोपी र मोजा लगाइदिनु पर्छ । जसले गर्दा बच्चाले सिरक हटाए पनि उनलाई सर्दी लाग्दैन ।
७. यदि बच्चा एक साल भन्दा बढि उमेरको छ भने उसलाई मौसम अनुसार तातो फल र तरकारी खुवाउनुपर्छ । साथै ताजा जुस पनि दिन सक्नु हुन्छ ।
८. बच्चालाई समय–समयमा सर्दी–रुघाखोकी लाग्ने हुँदा स्टीमरको मद्दतले वाफ दिनु पर्छ ।
९. बच्चालाई सुताउने समय उनको अनुहार कहिल्यै पनि छोप्नु हुँदैन । यसो गर्नाले बच्चालाई श्वास फेर्न गाह्रो हुन सक्छ ।
१०. जाडो मौसममा बच्चालाई डायपर लगाएर राख्नु पर्छ र थोरै थोरै समयमा बदल्नु पर्छ । यसरी पनि बच्चालाई सर्दीबाट जोगाउन सकिन्छ । एजेन्सी
गलकोटको संयुक्त चुनावी सभालाई ओली, प्रचण्ड र केसीले सम्बोधन गर्ने
बागलुङ, कात्तिक २३ । आगामी कात्तिक ३० गते वागलुङको गलकोटमा हुने वाम गठबन्धनको संयुक्त चुनाबी सभालाई सम्बोधन गर्न एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका अध्यक्ष यहाँ आउने भएका छन । आगामी मंसिर २१ गते पहिलो चरणमा चुनाब हुने ३२ जिल्लाको निर्वाचनलाई लक्षित गर्दै कात्तिक ३० गते गलकोटमा हुने संयुक्त वाम गठबन्धनका चुनाबी सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गलकोटमा आउने भएका हुन । संयुक्त बामको चुनावी सभालाई सम्बोधन गर्ने स्याङ्जा र बागलुङको गलकोटका लागि कात्तिक ३० गतेका लागि कार्यक्रम तह भएको माआवादीका एक नेताले बताए । यस अघि बाम गठबन्धनको लाल किल्ला बनाउने नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेले ‘सुनिल’ उद्घोष गरेका थिए ।
महाकवि देवकोटाको १०८ औं जन्मजयन्ती भब्य रुपमा सम्पन्न
दोहा, कात्तिक २१ । कतारमा क्रियाशिल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार, नेपाली साहित्य समाज कतार च्याप्टर , नबोदित साहित्यिक वाचनालय कतार , सन्ध्या ग्रुप अन्तर्गत मुग्लानी सौगात त्रैमासिक पत्रिका र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अन्तर्गत साहित्य विभागको संयुक्त आयोजनामा एकै दिनमा एउतै मंचमा अनेसास नबोदितको नियमित साहित्यिक वाचनको ७५ औ श्रृखंला, नेपाली कला केन्द्रका कलाकारहरुको सांगीतिक प्रस्तुति , नेपालबाट आमन्त्रित कबि उपेन्द्र सुब्बाको एकल कविता वाचन , गायक तथा साहित्यिक सर्जक हरिबिनोद अधिकारीको गिती एल्बम ‘पन्चे बाजा’ को लोकार्पण र चलचित्र निर्देशक प्रकाश आङ्देम्बे द्वारा निर्देशित चलचित्र ‘देश खोज्दै जादा’ को प्रदर्सन गरी फरक फरक ५ वोटा कार्यक्रमहरु संम्पन्न भए । पानसमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यकममा नेपाली कला केन्द्रका कलाकारहरुले लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘कुन मन्दिरमा जान्छौ यात्री’ र मुना मदन खण्ड काब्यका गित गायका थिए । महाकवि देबकोटाको जीवनी “अडियो रेकर्ड ” मार्फत प्रस्तुत गरिएको थियो । नेपाली साहित्यका साथै अभिनय क्षेत्रमा पनि आफ्नो छुट्टै पहिचान बनार्इ सकेका तथा “खोलाको गित” ,“लाटो पहाड” आदि जस्ता कबिता संग्रह समेत प्रकासित गरी सकेका कबि उपेन्द्र सुब्बाले आफ्नै कबिता संग्रह “खोलाको गित” बाट केहि कबिता वाचन गरेका थिए । बिषय बस्तु र परिस्थितिलाई जस्ताको तस्तै कबिता मार्फत उतार्न सक्ने खुबी भएका कबिले निकै हसिलो शैलीमा “सायद , जडयहाको तर्क ,समान अन्तर , आमाको नाम , ढुंगाको मन , भेडेटारको पिकनिक आदि शिर्षकका रमाइला कबिताहरु सुनाएका थिए । बिगत केहि वर्षदेखि कतारमा स्थापित भइ बिबिध साहित्यिक गतिविधिहरु संचालन गर्दै आइरहेका अनेसास कतार र नबोदित साहित्यिक वाचनालय साहित्यिक सस्थाले कवि उपेन्द्र सुब्बा र चलचित्र निर्देशक प्रकाश आङ्देम्बेलाई संस्थाको मानार्थ सदस्यता प्रदान गरेका थिए । भुटानबाट नेपाल आई शरणार्थी जीवन बिताइरहेका भुटानी शरणार्थीहरुको कस्टकर जीवन र उनीहरुले आफ्नो स्वदेश फर्कन गरेको संघर्षलाई बिषय बस्तु भएको चलचित्र “ देश खोज्दै जाँदा” को प्रदर्शनले उपस्थित दर्शकहरुलार्इ निकै भाबुक र गम्भीर बनाएको थियो । मानिसले जस्तो सुकै कठिन परिस्थितिमा आफू जन्मेको माटो र आफ्नो जन्म भूमीप्रतिको मायालार्इ कहिल्यै विर्सन सक्दैन भन्ने कुरालाई चलचित्रमा देखाइएको छ । नेपाली दूतावास कतारका द्वितीय सचिव हरिप्रसाद अर्यालको प्रमुख आतिथ्यता तथा कार्यकम संयोजक श्यामराज रानाभाटको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ, विभिन्न राजनीतिक दलका भ्रातृ संगठन, जिल्ला सस्था, मातृ संस्था आदिका पदाधिकारीहरु तथा थुप्रै सामाजिक अभियन्ताहरु, बुद्दिजीबी, पत्रकार आदिको ठूलो उपस्थिति रहेको थियो ।
बजारमा भित्रियो मोटोरोलाको स्मार्टफोनः मूल्य ३ हजार ९ सय ९५ डलर
कात्तिक २० । मोटोरोला नाम सुन्नासाथ दुई परिचय एकसाथ आउने गर्छ– ‘पहिलो मोबाइल फोन बनाउने कम्पनी’ र ‘फोल्डेबल सेट’। सन् १९७३ मा कम्पनीका इन्जिनियर मार्टिन कुपर तथा उनको टिमले संसारको पहिलो हाते सेलुलर फोन बनाएको थियो। १.१ केजी वजन भएको यो फोनबाट ३० मिनेटसम्म कुरा गर्न मिल्थ्यो भने फुल चार्ज गर्न १० घण्टा समय लाग्ने गर्थ्यो। त्यसको करिव दश वर्षपछि मोटोरोलाले नै संसारकै पहिलो व्यावसायिक फोन ‘डाइना टेएसी ८०० एक्स’ तयार पार्यो । यो सेटले ३० वटा फोन नम्बर स्टोर गर्न सक्थ्यो भने ६ घण्टाको ब्याट्री ब्याकप सहित ३० मिनेटको टक टाइम सेवा दिने गर्थ्यो । फोनको मूल्य ३ हजार ९ सय ९५ डलर राखिएको थियो। त्यस्तै सन् १९९७ मा फोल्डेबल फोन भित्र्याएपछि व्यापारले गति लियो। पुन २००४ मा ‘रेजर भी ३’ मोडलको फोन सार्वजनिक गरेपछि सोही सिरिजलाई निरन्तरता दिइयो । कम्पनीका फोल्डेबल रेजर सिरिजका फोनहरु निकै लोकप्रिय थिए । यो समयमा नोकिया, ब्ल्याकबेरी, सामसुङ जस्ता कम्पनी मोटोरोलाका बलियो प्रतिस्पर्धीका रुपमा बजारमा स्थापित भइसकेका थिए। सन् २००४ देखि २००७ सम्म फोनको व्यापार निकै आक्रामक थियो। त्यस पछिको समयमा अन्य ब्राण्डझैँ समयाअनुकुल तथा परिष्कृत प्रविधिमा फोनलाई लैजान नसक्दा लगातार घाटामा जान पुग्यो। कारण, माटोरोला मूलत हार्डवेयरमा प्रविधिमा रहेर फोन निर्माण गर्ने कम्पनी थियो तर तत्कालीन समयमा बजार भने सफ्टवेयर उन्मुख हुँदै गएको थियो । झन् २००८ मा आइफोन आएपछि भने यसले समग्र मोबाइलको परिभाषालाई बदलिदियो। आइफोनले मोबाइललाई ‘पकेट कम्युटर’ को अवधारणामा ढाल्ने काम गर्यो। आज हामीले देख्ने सबै कम्पनीका फोनहरु सोही अवधारणामा केन्द्रित छ। सन् २००७ देखि २००९ सम्म ४.३ बिलियन अमेरिकी डलरको घाटा व्यहोर्दै २१ प्रतिशत बजार हिस्सा ६ प्रतिशतमा खुम्चेपछि भने कम्पनीलाई ‘मोटोरोला सोलुसन’ र ‘मोटोरोला मोबीलिटी’ दुई कम्पनीमा विभाजन गरिएको थियो। त्यसमध्ये अब उप्रान्त एन्ड्रोइड फोन उत्पादनको जिम्मा पाएको मोटोरोला मोबीलिटीलाई सन् २०११ मा गुगलले किनेको थियो। सन् २०१४ मा पहिलो एन्ड्रोइड फोन ‘मोटो जी’ लिएर फर्केपछि भने लगभग शून्यमा रहेको कम्पनीको व्यापारले आकार लिन थाल्यो। त्यसै वर्ष चिनियाँ स्मार्टफोन तथा ल्यापटप पावरहाउस लेनोभोले किनेपछि ‘मोटो’ सिरिजमा यसै कम्पनीले नै मोटोरोलाको उत्पादन तथा विक्री गर्दै आएको छ। अमेरिका, ब्राजिल र भारत कम्पनीको मुख्य बजारहरु हुन भने यसले करिब ५ प्रतिशत हिस्सा विश्व बजारमा ओगटेको छ। नेपालमा मोटोरोला ब्राण्डको वितरण गर्ने जिम्मा लाइफकमलाई दिइएको छ। यो लेनोभो ब्राण्डको समेत आधिकारिक वितरक रहँदै आएको छ। कम्पनीले कात्तिकको पहिलो हप्ता औपचारिक रुपमा यी स्मार्टफोन नेपाल भित्र्याएको हो। हाल बजारमा ‘सी’ र ‘इ’ सिरिज मोडलका मोटोरोलाका सेटहरु सार्वजनिक गरिएको छ। एक वर्षभित्रमै प्रमुख तीन मोबाइल कम्पनीमा मोटोरोलालाई उभ्याउने लक्ष्य राखिएको मोटोरोला मोबीलिटी तथा लेनोभो मोबाइल बिजनेस ग्रुप नेपालका ‘कन्ट्री म्यानेजर’ सुधिन मथुरले बताए। उनले भने, ‘हामी जहाँ गएका छौँ, त्यहाँ ब्राण्डलाई राम्रो पोजिसनमा पुर्याएका छौँ । नेपालमा पनि हामी सोही लक्ष्य लिएर आएका छौँ ।’ उनले ‘जि’, ‘एक्स’ तथा ‘जेट’ सिरिजका मोटोरोलाका फोनहरु पनि छिटै सार्वजनिक गर्ने योजना रहेको उल्लेख गरे। हाल कम्पनीले नेपाली बजारमा ४ नयाँ बजेट फोनहरु लिएर प्रवेश गरेको छ। जसमा १० हजार ९ सय ९० रुपैयाँको मोटो सीदेखि २० हजार ९ सय ९० को मोटो इ ४ प्लससम्म अटाएका छन्। यी फोन मध्यम मूल्यका फोन खोज्ने प्रयोगकर्ता लक्षित छन्। यिनमा एक वर्षको र ब्याट्री तथा चार्जरमा ६ महिनाको वारेन्टी दिइएको छ। तर मोटोरोलालाई नेपाली बजारमा प्रतिस्पर्धा गर्न सहज नभएको विश्लेषण गर्छन् विगत १२ वर्षदेखि व्यापारमा संलग्न रहेका सागर गौतम। पुल्चोकस्थित प्राइम मोबाइल स्टोरका सञ्चालक समेत रहेका गौतमले भने, ‘प्रयोगकर्तासँग धेरै विकल्प छन्। सोही सेगमेन्टमा अन्य धेरै कम्पनीका विविध फिचर्स भएका फोनहरु पाइन्छन्। मोटोरोला किन किन्नेरु’ उनले फोनको सबल पक्षका रुपमा ब्याट्री र पर्फमेन्सलाई लिन सकिने भएपनि क्यामेरा र इन्टरनल स्टोरेज भने कमजोर भएको बताए। अहिलेको समयमा ब्याट्री मात्रैले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ। ‘ब्याट्री ब्याकप र फास्ट छ भने प्रयोगकर्ताहरुको रोजाईमा पर्न सक्छन् तर उत्कृष्ट रियर तथा सेल्फी क्यामेरा, स्ट्रङ इन्टरनल स्टोरेज लगायतका फिचर्स पनि राम्रा हुनुपर्ने प्रतिस्पर्धाका लागि मुख्य सर्त हो’ उनले भने। प्रयोगकर्ताका लागि मोटोरोलाका यी फोनले उत्साह दिन सक्नेमा आफू विश्वस्त नभएको उनले बताए। कस्ता छन् यी फोनहरुका विशेषता ? मोटो सी यो मोडल ब्राण्डको सबैभन्दा सस्तो फोन हो। यसको मूल्य १० हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। ५ इन्च टिएफटी डिस्प्ले भएको यसमा १।१ गिगाहर्ज क्वाडकोर ६४ बिट मिडियाटेक प्रोसेसर छ। एन्ड्रोइड ७ नोगट भर्सनको अपेरेटिङ सिस्टमको फोनमा १ जीबी र्याम तथा १६ जीबी क्षमताको इन्टरन स्टोरेज क्षमता छ। त्यस्तै फोनमा एलइडी फ्ल्यासहितको ५ मेगापिक्सेलको रियर ९पछाडितर्फको० र २ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। फोनमा २ हजार ३५० एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ। मोटो सी प्लस यसको मूल्य १३ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। ५ इन्च एचडी टिडिटी एलसिडी डिस्प्ले भएको फोनमा १.३ गिगाहर्ज क्वाडकोर र ६४बिट मिडियाटेक प्रोसेसर समावेश गरिएको छ। एन्ड्रोइड ७ नोगट भर्सनको अपेरेटिङ सिस्टम भएको यस फोनमा २ जीबी र्याम तथा १६ जीबी क्षमताको इन्टरन स्टोरेज क्षमता छ। त्यस्तै फोनमा एलइडी फ्लयास्सहितको ८ मेगापिक्सेलको रियर ९पछाडितर्फको० र २ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। फोनमा ४ हजार एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ। मोटो इ ४ यसको मूल्य १६ हजार २९० रुपैयाँ निर्धारण गरिएको छ। ५ इन्च एचडी आइपिएस डिस्प्ले छ। १.३ गिगाहर्ज क्वाडकोर ६४ बिट मिडियाटेक प्रोसेसर छ। एन्ड्रोइड ७.१.१ नोगट भर्सनको अपेरेटिङ सिस्टम भएको फोनमा २ जीबी र्याम तथा १६ जीबी क्षमताको इन्टरन स्टोरेज क्षमता छ। एलइडी फ्लेयासहितको ८ मेगापिक्सेलको रियर (पछाडितर्फको) र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। ‘फास्ट चार्जिङ’ सुविधासहितको २ हजार ८०० एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ। मोटो इ ४ प्लस यसको मूल्य २० हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। २.५ कर्भड् ग्लास सहतिको ५.५ इन्च एचडी डिस्प्ले भएको फोनमा १.१ गिगाहर्ज क्वाडकोर र ६४ बिट मिडियाटेक प्रोसेसर समावेश छ। एन्ड्रोइड ७.१.१ नोगट भर्सनको अपेरेटिङ सिस्टम भएको यसमा ३ जीबी र्याम तथा ३२ जीबी क्षमताको इन्टरनल स्टोरेज क्षमता छ। अटोफोकस, एलइडी फ्ल्यास्सहितको १३ मेगापिक्सेलको रियर (पछाडि तर्फको) र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा छ। फोनमा फास्ट चार्जिङ सुविधाका साथ ५ हजार एमएएच पावर क्षमताको ब्याट्री समावेश गरिएको छ भने फिंगरप्रिन्ट सेन्सर पनि दिइएको छ। यी सबै मोडलका फोनहरुले फोरजी सपोर्ट गर्छन्।
यसकारण बाबुराम भट्टराई गरिबका पक्षमा हुनुहुन्न !
अटल शर्मा/ निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरेर हामी व्यावसायिक खेती तिर लाग्नुपर्दछ । यो बेला अलि कति साग, अलिकति मुला,चम्सुर, सुप, बकुल्ला, धनियाँ, गोलभेंडा वा अन्य जातका तरकारी, सागसब्जी उब्जाएर दिन कटाउने समय होइन । यो त ठूला ठूला फारमहरु खोलेर व्यावसायिक खेती गर्ने बेला हो । घरमा एउटा भैंसी, एउटा गाई पालन गर्ने होइन । फारमनै खोलेर गाई भैंसी पाल्नुपर्दछ । यसका लागि हाम्रो पार्टी यहाँहरुको साथ छ । हामी सहयोग गर्दछौं । गोरखा निर्वाचन क्षेत्र नं. २ मा अव बाबुराम भट्टराई आईसकेपछि केही हुन्छ । गोलाकार भित्रको हँसिया हथौडामा भोट दिएर हामीलाई जिताउनुहोस् । (रेकर्डबाट)” यो भनाई तत्कालिन नेकपा माओवादी केन्द्रका नेता डा. बाबुराम भट्टराईले पालुङटार स्थित भवानीमा.वि. नजिक रहेको चौतारामा बसेर भनिरहँदा साँच्चै गोरखा समृद्ध हुन्छभन्नेमा गोरखावासी विश्वस्त थिए । २्र०६४ साल चैत २८ गते निर्वाचन भयोउहाँ धेरै मत ल्याएर विजयी हुनुभयो । बाबुरामको योजना अनुसार गोरखाको देउराली, आरुटारमा गाईफारम खोलियो,भुसुण्डे खोलामा माछा फारम खोलियो, जिल्ला पशु सेवा कार्यालय र कृषि विकास कार्यालयबाट साना किसानहरुले पाउँदै आएका सिंगोटुक्रे योजनालाईफारम खोल्ने नाममा त्यही फारमहरुमा लगानी गर्न लगाईयो । समग्र किसानकोलागि ल्याएका योजनाहरु केही फारममा सिमित भए । बाबुरामले गोरखाको मध्य भाग भए बग्ने दरौंदी नदि जिल्लावासीलाई थाहैनदिएर विक्री गरेका छन् । यहाँ सञ्चालन हुने जलविद्युत योजनामा गोरखावासीले शेयर लगानी गर्न पाएका छैनन् । फलत यहीँबाट गोरखामा माओवादीमा दुई धार देखिन थाल्यो ।एउटा धार कर्मचारीतन्त्रलाई मिलाएर सहकारीका नामबाट योजना ल्याएर चल्न थाल्यो भने अर्को धार बास्तविक किसानका आवश्यकता पूरा गर्ने बजेट लिनुहुँदेन भन्ने पक्षमा देखियो । हाम्रा अर्थमन्त्रीले उठाएको कर हो भन्दै योजना माग्ने क्रम आधा दशक सम्म रह्यो । यसले गोरखाको माओवादीलाई चोइट्याइदियो । योजनाहरु माओवादीका सहकारीले हडप्न थालेपछि आफ्न पाखा पखेरामा खेती गरेर बसेका युवाहरु आश मारेर विदेश जाने क्रम बढ्यो । यसरी नेताको नजिकको मान्छे म हो भन्दै विदेश पठाउने क्रम बढ्यो, त्यतिबेलाका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका गोरखा अध्यक्ष र वाइसियल नेपालका जिल्ला अध्यक्ष युवाहरुलाई विदेश पठाएर कमिसन खाने गरेका थिए । म आफैले पनि उहाँहरुलाई यो खाडीमाआउन कमिसन दिएको छु । आज उहाँहरु कता हुनुहुन्छ मलाई थाहा छैन । पार्टीले थाहा पाएपछि उनीहरु आफुहरु बाबुराम विचार धारको भनि सुरक्षित भएका थिए रे । हजारौंका संख्यामा युवाहरु विदेश पलायन भएपछि गाउँमा रहेका खेती योग्य जमिन बाँझै रहे । बुहारीहरु शहर झरे , गाउँमा बुढाबुढी मात्रभए । यसका कारण नीति तथा नेतृत्वले जिम्मा लिनुपर्दछ की पर्दैन ? । थोरैखेती गरेर घरमा बाबु आमा पालेर बसेका युवाहरुलाई फर्म खोल्नुपर्दछ भनेर उत्साह दिए जस्तो गरी विदेश जान बाध्य पार्ने नेपालका नेता डा. बाबुरामभट्टराई हुन् । गाउँ गाउँमा सहकारी घरघरमा भकारी नाराले कति काम गरे ?आफ्नो विचार गाउँ गाउँमा लाद्नका लागि बाबुरामले सहकारी खोल्ने नाराचलाएका थिए भन्ने यतिबेला सावित भएको छ । खै गाउँका सस्तो सहकारीहरु ?आफु मातहत चल्ने समिति बने बजेट दिने नबने नदिने प्रवृति बाबुराममा थियो। यहाँका सचेत बामपन्थीहरुले सहकारीबाट जिल्ला कब्जा गर्ने बाबुरामकोनयाँ तरिकालाई सफल हुन दिएनन् । निर्वाचित भएपछि प्रत्येक महिना गोरखा आउने बचनबद्धता बाबुरामले गर्नुभएको थियो । भ्याएसम्म आउने नभ्याए धादिङको सिमाना घ्याल्चोक सम्मआएर भनेपनि फर्कने गर्नुभएको थियो । बाबुराम जिल्लामा आउनु राम्रो हो उहाँ आउँदा जाँदाको खर्च व्यवस्थापन गर्न पार्टीलाई चुनौती थियो । निर्वाहमुखि खेती प्रणालीबाट विस्तारै व्यवसायिक प्रणाली बनाउँदै देशलाई कृषिमा आत्मनिर्भर बनाउने र विदेशबाट आउने चामल रोकेर नेपाली रुपैयाँ स्वदेशमै राख्नका लागि पनि बाम गठबन्धनका जित अनिवार्य छ । सहकारीका आम्दानी पार्टी भित्रकै एक दुई जनाले परिचालन गर्ने पार्टीमाआएका नेता तथा पाहुनाहरुलाई स्वागत गर्दा मासिक खर्च बढेको बढ्यै । अर्थ मन्त्री पछि बाबुराम प्रधानमन्त्री हुनु भयो । जिल्लामा काम गरेर गएका पार्टीको क्षेत्रमा जिम्मा हुँदा भ्रष्टचारमा परेका मानिसहरु , बलत्कार मुद्धामा अल्झिएकाहरु पुनः बाबुराम धारमा पुग्नु भएछ । बाबुराम अर्थ मन्त्री हुँदा प्रचण्डको निर्देशनमा गोरखामा धेरै योजनाहरु आए । तिनै योजनाहरुको काम देखाउँदै यतिबेला बाबुराम गाउँमा भोट मागिरहनु भएको कुरा सु्नेको छु । उहाँ बाम गठबन्धनबाटै उठ्नु भएको छ भने त भोट माग्न सुहाउँछ यदि होइन भने त लाज लाग्नुपर्ने हो विद्वान मान्छेलाई । सबैथोक गर्छु भनेर तत्कालिन गोरखा दुईबाट चुनाव जिेतका बाबुराम ०७० मा गोरखा १ मा सुरक्षित अवतरण गर्नुभयो । उहाँको प्रतिवद्धता बमोजिम काम नभएपछि गोरखाको इलाका नं. ७ र ८ मा पार्टीको जनआधार कमजोर थियो । फेरी त्यही निर्वाचन क्षेत्रबाट उठ्दा बाबुराम पराजय हुने निश्चित थियो ।त्यसैले बलियो संगठन र प्रशासनिक क्षेत्रपनि यसै स्थानमा भएकाले गोरखा निर्वाचन क्षेत्र नं. १ रोजेर उठ्नुभयो र जित्नुभयो । चुनाव जितेपछि संविधानसभाबाट संविधान बनाउन ठूलो भूमिका खेल्नुभयो । संविधान घोषणा भएपछि आफैले बनाएको संविधान जलाउनुभयो । संसदबाट राजीनामा गर्नुभयो र नयाँ पार्टी खोल्नुभयो । गोरखा निर्वाचन क्षेत्र नं. १ का जनतालाईबाबुरामले आँखामा दिउँसै खुसार्नीको धुलो हालेर जानुभयो । फेरी देव्रेआँखा देखाउँदै भोट माग्न आई राख्नु भएको छ, विद्वानलाई के लाजशर्म ? बाबुराम अर्थमन्त्री भएपछिको पछिल्लो समयमा उहाँ जिल्ला विकासको परिषद उद्घाटन कार्यक्रममा उहाँले आफू भीमसेन थापा झै आत्महत्या गर्न तयार रहेको समेत बताउनुभयो । उहाँको यो भनाइपछि जिल्लामा बाबुरामलाई हेर्ने दृष्टिकोणमा कमजोर हुँदै गएको थियो । मैले यो सत्य कुरा लेखिरहँदा आज पार्टी भित्र रहेर राजनीति गरेको दुई दशक वितेको छ । गोरु पाल्न सकिएन एउटा हाते ट्याक्टर किन्देउ २५ हजार पर्दछ भनेर बुवाले भन्नु भएको धेरैसमय भैसक्यो मैले सकेको छैन । ठेक्का पट्टामा गुण्डागर्दी उनकै जिल्ला पार्टी अध्यक्ष अग्रपंक्तिमा छन् । पछिल्लो राजनैतिक समिकरणले उहाँलाई ठाउँ दिएपनि तिन दिन भित्र निर्णय फेर्नु भएका बाबुराम यतिबेला माओवादी देखे म पनि माओवादी भन्ने, काँग्रेस भेटे म पुरानो काँग्रेस अवको प्रधानमन्त्री र काँग्रेसको पार्टी सभापतिको दौडमा रहेको व्यक्ति भन्ने प्रवृति बढेको छ । बामलोकतान्त्रिक विचार कहिँ दुनियाँमा नभएको नयाँ विचार त हो तर यसले यहि गर्नुपर्छ भन्ने छैन आफूलाई जसरी फाईदा हुन्छ त्यहि गर्ने भन्ने देखिएको छ । क्षेत्र नं. २ को प्रदेश १ मा उठाइएका आँखोमा भोट दिनुपर्ने उम्मेदवारी वापती लागेका र आर्थिक भ्रष्टचार गरेर माओवादी छाडेका मानिस हुन् । बाबुराम जस्तो मानिसले यस्ता मान्छे बोकेरहिँड्न कसरी सुहाउँछ ? एउटा दलितकी छोरीसंग पारपाचुके गरेपछि उहाँलाईपार्टीले विवाह गरिदिएको थियो । काठमाण्डौ तमुवान गणतान्त्रिक मञ्चको अध्यक्ष हुँदा चन्दा संकलनको हिसाव देखाउन आलटाल गरेर उहाँ बाबुराम विचारधारमा लाग्नु भएको थियो । उहाँको परिवारमा भाउजु काण्ड गाउँमा निक्कै चर्चामा रहेको छ । यसले के देखाउँछ भने बाबुरामको नाम बाहिरबाटसुनेका र दैनिक जीवन व्यवहारमा नभोगेकाहरुले भोट दिनसक्छन् । त्यहि नै भोटले उहाँको विजययात्राको मत बन्ने देखिदैन बरु धरौटी जोगाउन सहयोग गर्न सक्छ । देशमा भूकम्प नगएको भए बाबुरामको पार्टी फस्टाउने थिएन । भूकम्पका समयमा आएका राहत समाग्रीहरु छलछाम गरेर वितरण गर्दै अभावमा रहेका माओवादी कार्यकर्ताहरुलाई बाबुरामले आफ्नो बनाएका थिए । नारायणकाजी श्रेष्ठ(प्रकाश) लाई जिल्ला नआएको , विकास नगरेको भन्ने आरोपबाबुरामकै मुखबाट सुन्न पाईन्छ । बाबुराम भन्दा नारायणकाजी दुईगुणा पटकगोरखा आउनुभएको छ । उहाँ सहभागि भएका स्थानका कार्यक्रमहरुमा धेरथोर बजेट समेत आउने गरेको थियो । एउटा प्राथमिक विद्यालयको रजत जयन्ती उद्घाटनकालागि बोलाएको विद्यालयमा कहिल्यै नपरेको बजेट पर्दा त्यहाँको समाज जिल्लापरेको थियो घ्याल्चोकमा । नारायणकाजीको लगानी गोरखामा बाबुरामको भन्दा कैयौं गुणा बढी छ । बाबुराम मिडियामा मैले गरेको हो, मैले गर्छु भन्नुहुन्छ । नारायणकाजी भित्र भित्र काम गर्नुहुन्छ । गोरखाबासीले यतिबेलानारायणकाजीलाई भावी प्रधानमन्त्रीको रुपमा समेत हेरेका छन् । किन दिन्छन् नारायाणकाजीलाई भोट ? (१) गोरखा जिल्लाले स्थिर सरकारको जिम्मेवार व्यक्ति पाउने चानचुने कुरा होइन । नारायणकाजी हाइ पोस्टमा रहने र त्यसलाई जिल्लाको समग्र विकासमा योगदान पुग्ने कुरामा गोरखावासी ढुक्क छन् । (२) बामपन्थी आन्दोलनमा नारायणकाजी अटल छन् । (३) गोरखा कम्युनिष्टहरुको किल्ला हो भन्ने साख राख्न । (४) स्थिर सरकार निर्माण गरी सम्मुन्नत र समृद्ध गोरखा निर्माण गर्न । (५) बाबुरामलाई दिए व्यक्तिगत नारायणकाजीलाई दिए संस्थागत । संस्था बलियो भयो भने व्यक्ति बलियो हुन्छ । व्यक्ति बलियो हुँदा अराजकता मौलाउँछ । (६) बाबुरामले गोरखाको मध्य भाग भए बग्ने दरौंदी नदि जिल्लावासीलाई थाहैनदिएर विक्री गरेका छन् । यहाँ सञ्चालन हुने जलविद्युत योजनामा गोरखावासीले शेयर लगानी गर्न पाएका छैनन् । बाबुरामका केही कार्यकर्ताहरुले जागिर पाएपनि अन्तत बाबुरामले गोरखाबासीलाई ठगी गरेका छन् । (७) बुढीगण्डकी जलविद्युत योजना लागु हुनेभएपछि जग्गा दलालहरु प्रयोग गरी धेरै जग्गा दलालका नाममा बनाई मुअब्जा बढाउन बाबुरामको निर्देशनमा आयोजनास्थलमा कार्यालय नै तोडफोड भएको छ । मुअब्जा पाउनेहरुलाई यहाँको विकास हेर्न त्यहि स्थानमा राख्नुको अलवा अन्यत्र लखेटेर त्यहाँ नयाँ बस्ती बसाल्न बाबुराम उद्धत छन् । यो कुरा थाहा पाएका त्यस क्षेत्रका नागरिकहरु बाबुरामको पक्षमा छैनन् । यति भनिरहँदा बाबुराम जस्ता विद्वान मानिसलाई हामीले गाली गर्नु हुँदैन । उहाँको प्रवृति खराव छ भने उहाँको पछि लाग्नु हामी गोरखावासीको बाध्यताहुँदैन । गोरखाको विकास बाबुरामले गरेका होइनन् यो सरकारी कार्यक्रम हो ।उहाँले आफ्नालाई ठेक्का पार्न दवाव दिने र श्रीमती लगाएर कमिसन उठाईकेहीलाई हात लिएर नयाँ पार्टी गठन गर्ने गर्नुभएको हो । नेपाली काँग्रेस,राप्रपा लगायका दलहरुले बाबुरामलाई समर्थन गर्नुमा अन्य स्थानमा नयाँशक्तिका भोटले उनीहरु पनि विजय बन्नु छ । बाबुरामले जितेपनि नारायणकाजीले जितेपनि ति पार्टीहरुलाई केही भिन्नता हुँदैन । बाबुरामले दिने एकदुईकार्टुन वियर र केही पैसामा आजका युवाहरु विक्छन जस्तो मलाई लाग्दैन ।जीवनभरी कमाई गर्नेहरु एउटा ओत लाग्ने ठाउँ बनाएर बस्न सकस छ । बाबुरामकामान्छे हुँ भन्नेहरु केही काम गरेको देखिदैन आँखै अगाडि टोपी खस्ने महल बनाएर बसेका छन् । बाबुरामको समृद्धि नारामा सिमित हुने हो । बाबुरामलेजिते भने गोरखालीले त दुख पाउँछन नै तर सिंगो देश भुमरीमा पर्दछ । उनी निर्वाहमुखि खेती प्रणाली, साना तथा मझौला उद्योगका विरोधी हुन् । ठूला आश्वासन देखाउने र बाध्यकारी बनाएर विदेश पठाउने त्यसबाट कार्यकर्तापंक्तीले कमिसन लिने र देश सञ्चालन गर्नेले रेमिट्यान्सबाट लाभ लिने चरित्र अहिलेसम्म देखिएको छ । यो बाबुरामले बनाएको नीति हो । नेपालको भौगोलिक, सामाजिक र आर्थिक अवस्था हेर्दा यहाँको विकास लागि बाबुरामको विचार अनुसारका योजनाहरु काम लाग्दैनन् । मैले यो सत्य कुरा लेखिरहँदा आज पार्टी भित्र रहेर राजनीति गरेको दुई दशक वितेको छ । गोरु पाल्न सकिएन एउटा हाते ट्याक्टर किन्देउ २५ हजार पर्दछ भनेर बुवाले भन्नु भएको धेरैसमय भैसक्यो मैले सकेको छैन । बाबुरामले निर्वाहमुखी खेती बन्द गर्नुस नभनेको भए आज मैले सुप, चम्सुर, धनियो देखि सबै सामग्री विदेशकै प्रयोगगर्नुपर्ने थिएन । आफूलाई चाहिने आफै उत्पादन आफैले गर्दथ्यें , केही विक्री गरी त्यसैबाट मैले हाते ट्याक्टर किन्न सक्थें । निर्वाहमुखि खेती प्रणालीबाट विस्तारै व्यवसायिक प्रणाली बनाउँदै देशलाई कृषिमा आत्मनिर्भर बनाउने र विदेशबाट आउने चामल रोकेर नेपाली रुपैयाँ स्वदेशमै राख्नका लागि पनि बाम गठबन्धनका जित अनिवार्य छ । आजको युगमा बाबुराम विचार, बाबुराम शैली प्रयोग हुन सक्दैन । यदि प्रयोग भईहाल्यो भने कैयौं वर्ष हामीहरुले दुख झेल्नुपर्दछ । गरिबका पक्षमा नरहेका बाबुरामलाई यो गोरखावासीले बाहिर राख्दछन् ।
रियाल मड्रिडद्वारा फुन्लाब्रादा पराजित, दुई खेलाडीले पाए रातो कार्ड
काठमाडौ, कात्तिक १० । स्पेसिन कप फुटबलअन्तर्गत चौथो चरणका खेलहरुमा रियाल मड्रिड, लास पाल्मास र रियाल सोसिडाड विजयी भएका छन् । उपाधि दावेदार रियाल मड्रिडले तेस्रो डिभिजनको प्रतिद्वन्द्वी फुन्लाब्रादा विरुद्धको पहिलो लेगको खेल २-० ले जित्यो । रियाल मड्रिडले दुबै गोल दोस्रो हाफमा पाएको दुई वटा पेनाल्टी अवसरमा गरेको थियो । रियालका लागि मार्को एसेन्सियो र लुकास भाज्क्वेजले एक एक गोल गरेका हुन् । खेलमा फुन्लाब्रादाका क्यान्डेला पास्कल र रियाल मड्रिडका भालेयोले रातो कार्ड खाएपछि दुबै टोली १० जनामा समेटिएका थिए । दोस्रो लेगको खेल नोभेम्बर २९ मा रियाल मड्रिडको मैदानमा हुनेछ । स्पेनिस कपकै अन्य खेलहरुमा रियाल सोसीडाड, लास पाल्मास र लेभान्ते पनि विजयी भएका छन् । बार्सीलोनाले भने यसअघि नैं रियाल मुर्सीयालाई ३-० ले हराँउदै उपाधि यात्रा सुरु गरिसकेको छ ।
यसकारण चल्यो एकताको बहस, यी हुन बस्तुगत आधार
वर्ष दिनअघि संसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘राजनीति सम्भावनाको खेल हो । इतिहास र घटनाक्रमले असम्भवजस्ता देखिएका विषयलाई पनि सम्भव बनाई दिन्छ ।’ नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाललगायत बामपन्थी एवं अग्रगामी शक्तिबीच पार्टी एकता हुने भएपछि राजनीतिक बजार तातेको छ । यस लेखमा पार्टी एकता र चुनावी तालमेलबारे भएका प्रयास र गरिएका आधारभूत सहमतिबारे संक्षिप्तमा केही कुरा उल्लेख गरिनेछ । एमाले र माओवादीबीच एकताको चर्चा नयाँ पक्कै होइन, ०६४ सालमा सम्पन्न माओवादीको कामीडाँडा बैठकले नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापित गर्ने सर्तमा बृहत् बामपन्थी एकताको प्रस्ताव पारित गरेको थियो । साथै, जनयुद्ध, जनआन्दोलन, वार्ता र कूटनीतिलाई नेपाली क्रान्तिको नयाँ कार्यदिशाका रुपमा संश्लेषण गरेको थियो । तर, तत्कालीन एमाले नेतृत्व त्यसमा सहमत नहुँदा माओवादी प्रस्तावले सार्थकता पाउन सकेन । आज चलेको एकीकरणको बहसलाई त्यसैको राजनीतिक निरन्तरता मान्न सकिन्छ । दुई पार्टीबीच एकताको बहस धेरैका लागि अप्रत्यासित लाग्नु स्वाभाविक नै छ । कांग्रेस(माओवादी गठबन्धन कायम रहेको, स्थानीय तहका तीनै चरणका चुनावमा तुलनात्मक रुपमा कांग्रेस र माओवादीबीच तालमेल रहेको, एमाले र माओवादीका नेताहरु बीचमा मात्रै नभएर समर्थनसम्म तिक्ततापूर्ण सम्बन्ध रहेको पृष्ठभूमिमा एकाएक एकताको प्रयास अप्रत्यासित लाग्नुलाई अन्यथा मान्न सकिन्न । तर, विचार, राजनीति, कार्यदिशा, संगठन र नेतृत्वसहित एकताको आधार र प्रयास हेर्दा बृहत् बाम एकताको प्रयत्नलाई अस्वाभाविक मान्नुपर्ने परिस्थिति देखिँदैन । बाहिर बहसको प्रारम्भ मात्र जस्तो देखिए पनि एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, संघीय फोरमलगायत बामपन्थी र अग्रगामी शक्तिबीच एकता गरी नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने बहस र तयारी उत्कर्षमा छ । ठूलै राजनीतिक उथलपुथल र प्रतिकूल परिस्थितिको सिर्जना भएन भने अब एकता लगभग निश्चितप्रायः देखिन्छ । यहाँ कुन आधारमा एकता हुँदैछ भन्ने विषयलाई संक्षिप्तमा चर्चा गरिएको छ । एमाले, माओवादी केन्द्र, नयाँशक्ति, संघीय फोरमलगायत बामपन्थी र अग्रगामी शक्तिबीच एकता गरी नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने बहस उत्कर्षमा । कम्युनिस्टहरुको ध्येय साम्यवादी आदर्शको प्राप्ति नै हो, त्यसका लागि नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गरी समाजवादको लक्ष्य हासिल गर्नु अहिलेको मिसन हो । यसमा एमाले, माओवादी केन्द्रलगायत एकताका लागि तयार भएका शक्ति सहमत देखिन्छन् । माओवादी एमालेको एकताको वैचारिक सर्त शान्तिपूर्ण संक्रमणमार्फत् समाजवादमा जाने कुरामा सहमति भएको छ । एमालेले समाजवादको आर्थिक(सामाजिक स्वरुपमा सहमति जनाउने, माओवादीले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाका आधारमा समाजवादमा पुग्ने सर्तमा सहमति जनाउने दुई पार्टीबीच एकताको प्रस्तावमा उल्लेख छ । शान्तिपूर्ण संक्रमणबाट समाजवादमा पुग्ने सैद्धान्तिक सहमति नेपालका सन्दर्भमा बिल्कूलै नयाँ अभ्यास हो । समाजवादको आधार तयार पार्दै जाँदा प्रतिक्रियावादी वर्ग झडपमा आए के गर्ने भन्ने प्रश्न पक्कै उठ्छ । तर, बृहत् बामपन्थी एकतामार्फत् नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापित हुँदा सत्ता र राजकीय अवयवहरुमा दुईतिहाई पुग्ने र त्यसकै आधारमा समाजवादमा जान सकिनेमा एमाले(माओवादीका शीर्ष नेताहरु एकमत देखिएका छन् । तर, यो नेपाली कम्युनिस्ट आन्दोलन र पार्टीहरुका लागि गुरुत्वपूर्ण बहसको विषय हो । यसअघि माओवादी केन्द्र २१औं शताब्दीको जनवाद र एमाले जनताको बहुदलीय जनवादको कार्यक्रमका आधारमा राजनीतिक प्रतिस्पर्धाको मान्यता राख्थे । रुपमा २१औं शताब्दीको जनवाद र बहुदलीय जनवाद एउटै देखिए पनि प्रतिस्पर्धामा सहभागी हुने शक्तिहरुको विषयमा दुई पार्टीबीच मतभेद थियो । माओवादी सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिलाई मात्रै राजनीतिक प्रतिस्पर्धामा सहभागी गराउने मान्यतामा थियो भने एमाले खुल्ला प्रतिस्पर्धामा । संघीय लोकतान्त्रिक गणतन्त्रमा सहमत भइसकेर संविधान बनिसकेकाले माओवादी एमालेलाई सामन्तवाद, साम्राज्यवाद विरोधी शक्ति नै ठान्छ । अर्को कुरा, सत्तामा दुईतिहाई बहुमतमार्फत् शान्तिपूर्ण संक्रमणकै कारणमा समाजवादमा जाने विषयमा एमाले(माओवादी सहमत देखिएकाले राजनीतिक प्रतिस्पर्धा खुल्ला नै हुन्छ भन्नेमा सायद अब भ्रम नहोला । जुन दिन कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको संवैधानिक व्यवस्था हुनेछ, त्यस दिन क्रान्ति र परिवर्तनको सपना बोकेर हिँडेका विप्लवलगायत शक्ति पनि कम्युनिस्ट केन्द्रमा आउन बाध्य हुनेछन् । झट्ट हेर्दा अहिलेको एकता एमाले, माओवादी, फोरम र नयाँ शक्तिलगायतको एकता देखिन्छ । तर, यसभित्र नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने सपना र योजना अन्तरनिहित छ । नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने अभियानमा साथ दिनेसँग चुनावपछि तत्काल एकता गर्ने र मोहन वैद्य, नेत्रविक्रम चन्द, सीपी मैनाली, नारायणमान बिजुक्छे, मोहनबिक्रम सिंहलगायत नेताहरुको नेतृत्वमा रहेका कम्युनिस्ट धाराहरुलाई पनि क्रमशः एकताको प्रक्रियामा लैजाने तयारी छ । सबैलाई तत्काल एकताको प्रक्रियामा ल्याउन सम्भव होला, नहोला । तर, मुख्य कम्युनिस्ट घटकहरु बीचको एकता निश्चितजस्तै देखिएको छ । यसले नेपालको मात्र नभएर विश्व कम्युनिस्ट आन्दोलनमा नयाँ अवधारणा र बहसको सिर्जना गर्ने निश्चित छ । नेत्र विक्रम चन्द ‘विप्लव’लगायत समूह नेपालमा आमूल परिवर्तन चाहन्छन् । तर, नेपालको राजनीतिक धरातल र अनुभवले तत्काल त्यो सम्भव देखिँदैन । ०६६ सालमा माओवादीले गरेको ६ दिने आम हड्ताल र त्यसबाट प्राप्त असफलता त्यसको पछिल्लो प्रमाण हो । तसर्थ, विप्लव समूह पनि एक चरणको राजनीतिक क्रान्तिको असफलतापछि छिटै एउटै कम्युनिस्ट केन्द्रमा आउने सम्भावना कमजोर देखिँदैन । यो सम्भावनालाई पनि एमाले(माओवादीका नेताहरु नजिकबाट नियालिरहेका छन् । माओवादी र एमालेबीच भएको अलिखित सहमतिले १र२ दिनमै लिखित सहमतिको रुप धारण गर्नेछ । राजनीतिक दृष्टिले हेर्दा नेपालीहरु राजनीतिक स्थिरता र नेपालमा बाम एकता चाहन्छन् । अहिलेको एकता अभियान त्यसैको मूर्तरुप हो । तत्काल एमाले(माओवादी ६०(४० प्रतिशतका आधारमा संघीय र प्रादेशिक चुनावमा सहभागी हुने, संघीय निर्वाचनमा दुईतिहाई बहुमत ल्याउने र त्यसैका आधारमा संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणालमा जाने दुई पार्टीबीच सहमति छ । यसले नेपाली राजनीतिमा ००७ सालयता विद्यमान राजनीतिक अस्थिरताको अन्त्य गर्नेछ । जुन दिन कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको संवैधानिक व्यवस्था हुनेछ, त्यस दिन क्रान्ति र परिवर्तनको सपना बोकेर हिँडेका विप्लवलगायत शक्ति पनि कम्युनिस्ट केन्द्रमा आउन बाध्य हुनेछन् । माओवादी र एमालेबीच सूर्य चिन्ह लिएर चुनाव लड्ने, चुनावी तालमेल गर्ने, चुनावपछि पार्टी एकता गर्ने, पार्टी एकताको सम्पूर्ण कुरा चुनावअघि नै टुंगो लगाउने र चुनावपछि एकताको घोषणा गर्ने, दुवै पार्टीको अधिवेशनबाट एकताको प्रस्ताव पारित गर्ने र एकता महाधिवेशन गर्ने, चुनावपछि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टी अध्यक्ष बन्ने समझदारी छ । संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीमा जाँदा प्रचण्डलाई अघि सार्ने दुई दलबीच समझदारी छ । चुनावी तालमेल र पार्टी एकताबारे एमाले, माओवादी केन्द्र, नयाँ शक्ति र फोरमका नेताहरुबीच धेरै चरणका छलफल भएका छन् । एकताको प्रारम्भिक दस्तावेजसमेत लगभग तयार भइसकेको छ, त्यसलाई अन्तिम रुप दिएर १/२ दिनमै त्यसको घोषणा हुने सम्भावना छ । चुनावअघि एकता संयोजन समिति बनाएर जानसमेत नेताहरु सहमत देखिएका छन् । संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, नयाँशक्तिका संयोजक डा। बाबुराम भट्टराई रहने सहमति छ । चुनावी तालमेलबारे समझदारीमा पुगे पनि पार्टी एकताका बारेमा संघीय समाजवादी फोरम आन्तरिक छलफलमा छ । संघीय फोरमले आधिकारिक निर्णय गरेपछि उपेन्द्र यादव र अशोक राई पनि संयोजन समितिमा रहनेछन् । संयोजन समितिको हाइकमान्डमा एमाले अध्यक्ष ओली र माओवादी केन्द्र अध्यक्ष प्रचण्ड रहनेछन् । यसरी चुनावी तालमेल, पार्टी एकता, संविधान संशोधन, निर्वाचनपछिको राजनीतिक ध्रुवीकरण र जिम्मेवारीलगायत विषयमा एकताका पक्षधर शक्तिहरु लिखित सहमतिको नजिकै पुगेका छन् । अहिले कांग्रेस र माओवादीको गठबन्धन सरकार छ । संघीय र प्रादेशिक चुनावको मिति घोषणा भइसकेको छ । यस्तो अवस्थामा कांग्रेस र माओवादी गठबन्धनमा समस्या आउने सम्भावना पनि छ । तर, यो एकता अभियान कसैका विरुद्ध परिलक्षित छैन । बरु, नेपालमा एउटै कम्युनिस्ट केन्द्र स्थापित गर्ने बामपन्थीहरुको दशकौं लामो सपना, देशको राजनीतिक स्थिरता र समृद्धिको सपनाद्वारा निर्देशित छ । तसर्थ, यसबाट कांग्रेसलगायत शक्तिहरु तरंगित हुनुपर्ने अवस्था छैन । निर्वाचनको घोषणा भइसकेको सन्दर्भमा तोकिएकै समयमा संघीय र प्रादेशिक निर्वाचन हुनुपर्छ । त्यसका लागि विभिन्न विकल्प छन् । वर्तमान सरकारले नै चुनाव गर्ने, सर्वदलीय चुनावी सरकार गठन गरेर निर्वाचनमा जाने । यी विकल्पमा एमाले(माओवादी असहमत देखिँदैनन् । तर, जुनसुकै मोडेलमा गए पनि अब चुनाव रोकिन्न र रोकिनु हुँदैन । माओवादी वृत्तमा एमालेप्रति चरम अविश्वास देखिन्छ । राजनीतिक समीकरणमा पटक(पटक धोका पाएको पीडा कार्यकर्ताले विभिन्न ढंगले अभिव्यक्त गर्दैछन् । तर, अहिलेको बहस चुनावी तालमेल र सत्ता गठबन्धनको बहस मात्रै होइन, पार्टी एकताको बहस हो, नेपालमा एउटै कम्युनिस्ट केन्द्र बनाउने बहस पनि । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमार्फत् नेपालमा राजनीतिक स्थिरता र समृद्धिको बाटोमा जाने बहस हो । समग्रमा नेपालको भाग्य र भविष्य निर्धारण गर्ने बहस हो । यही कोणबाट समग्र विषयको टुंगो लाग्दैछ । १र२ दिनमा चुनावी तालमेल र चुनावपछि हुने पार्टी एकताका समग्र विषयमा लिखित सम्झौता हुनेछ, यससँगै राजनीतिक वृत्तमा देखिएको तरंगले पनि ठोस रुप धारण गर्नेछ ।
कष्टकर व्याथा: प्रेम सुनारको आत्माकथा
प्रेम सुनार/ गुल्मीमा त्यसमा पनि ईन्टरनेटको पहुँचमा हुने पुर्व देखि पश्चिम सम्मका दाजु भाई दिदी वहिनीहरुले म प्रेम सुनारलाई पत्रकारिताबाट धेरैको भलो गरेको मान्छे हो भनेर चिन्नु हुन्छ भन्ने मेरो बिश्वास छ । अनि निकै सुखी र खुशी होला भनेर पनि सोच्नु हुन्छ होला । तर, म गत तिन वर्ष देखि असाध्धै कष्कर व्याथाले भित्रै आत्मा थला पर्दै आएको व्यक्ति थिएँ । जो अँस्ती मंगलबार देखि त्यो व्याथाबाट मुक्त भएको छु । आफुले कसैलाई कुनै न कुनै भलो काम गरिएको छ भने उ बाटा धन्यवाद वा उसको आत्माबाट आशिर्वादको अपेक्षा जसले पनि गरिरहेको हुन्छ । त्यस पत्रिकाले एउटै रेडियो कार्यक्रम ओझेलका खवरले ५० जना भन्दा बढि जिवनमरणको दोसाँधमा रहेको मानिसहरुलाई नवजिवन दियो भनेर समाचार प्रकाशित गर्यो । पछिल्लो चरण गत डेढ दशक देखि म निरन्तर पत्रकारिता पेशामा आवद्ध छु । यो अवधीमा मैले सपनामा पनि कुनै न कुनै विपदमा परेका मानिसहरुको घरमा रिपोर्टिङ्ग गर्न पुगेको हुन्छु । म कान्तिपुर दैनिक र त्यसको गुल्मी सम्वादाता आदरणी पत्रकार घनश्याम गौतम ज्यु संग आभार प्रकछ गर्न चाहन्छु । किनकी आज भन्दा दुई वर्ष अघि नै त्यस पत्रिकाले एउटै रेडियो कार्यक्रम ओझेलका खवरले ५० जना भन्दा बढि जिवनमरणको दोसाँधमा रहेको मानिसहरुलाई नवजिवन दियो भनेर समाचार प्रकाशित गर्यो । अन्य थुप्रै पत्रिका , अन्य सञ्चार माध्यम र समाजका अधिकांस व्यक्तिहरुले पनि प्रशंसा गर्दै आउनु भएको छ । तर मलाई गत तिन वर्ष यता थुक्क भन्नेहरु पनि एक पछि अर्को हुँदै बढ्दै जानु भयो । कारण म गुन गर्ने हलाको थाप्लामा छेंड भन्ने उखानको पात्र बनेर यो टाउकाको गिदी छियोछिया पारेर बस्दै आएको थिएँ । मैले चार वर्ष अघि एउटी आफुलाई पिडित पात्र बताउँने महिलाको टेलिभिजनमा उसको रोदन चित्कार पस्केको थिएँ रेडियोहरुमा । उनि थिईन पाल्पाको पुर्वखोला घर र अस्मी थापा नाम बताउने महिला । प्रेम सुनार महिनौं सम्म विहानै वेलुका डाको छाडेर रुँदै आफ्नो कथा व्याथा रेडियोमा राखी दिन आग्रह गर्दथिन । मैले विश्वास नगरे गुल्मीमा तपाईले चिनेका कोही छन भनेर सोधे । उनले गुल्मी सिर्सेनी हो वा धुर्कोट ९ अहिले मैले भुँले ० की एउटी वहिनीलाई चिनेको भन्दै नम्वर दिईन् । ति वहिनीले हो दाजु उनि असाध्धै पिडित महिला हुन भनेर फोनमा भनिन् । त्यस पछि मैले उनको विचल्लीको कथा पस्कीएको थिएँ । त्यस पछि ४५ हजार भन्दा बढि म मार्फत आएको सहयोग रकम उनको हातमा पर्यो । उनकै फोन नम्वर राखी दिएको थिएँ । उनी मार्फत कति आयो थाह भएन । अगुवा महिलाहरुले मलाई फोन गरेर भन्नु भयो त्यो महिला वालात्कृत भएको र उसका छोराछोरीहरु अपहरणमा भएको उसले रेडियोमा बताएको कुरा गलत हो । पछि बुझ्दै जाँदा ति महिलाको चरम गरिवीका कारण मागी खाने माध्यम बनाउन उनले त्यो मञ्चन गरेकी रहिछन् । कार्यक्रम प्रशासरण भएको एक साता नवित्दै स्थानिय अगुवा महिलाहरुले मलाई फोन गरेर भन्नु भयो त्यो महिला वालात्कृत भएको र उसका छोराछोरीहरु अपहरणमा भएको उसले रेडियोमा बताएको कुरा गलत हो । पछि बुझ्दै जाँदा ति महिलाको चरम गरिवीका कारण मागी खाने माध्यम बनाउन उनले त्यो मञ्चन गरेकी रहिछन् । मानिस गरिव होस तर हरिव नहोस् । गरिवले कि काम गरेर खान्छ कि सत्यकुरा गरेर मागेर पनि खान्छ । उनले त्यो गरिनन् । जसरी केहि वर्ष अघि कान्तिपुर दैनिक जस्तो प्रतिष्ठीत मिडियालाई समेत एउटी महिलाले फोनमा झुक्काएर हजारौं रकम भेटाएर सम्वन्धितलाई बुझाएको समाचार प्रकाशित गराएर राष्टपतिबाट समेत सम्मानित हुने सम्मको झुक्काउने काम गरिन त्यस्तै ति अस्मी थापा भनिएकी महिलाले पनि मलाई गरिन मलाई पनि । त्यो समाचार प्रशारण भए लगत्तै उनलाई गाउँ गाउँ टोल टोलमा पुगेर मागी खाने भाँडो बन्यो । त्यो सम्म ठिकै थियो । तर दुखको कुरा गुल्मीका विभिन्न ठाउँमा पुगेर उनले मेरो नाम विकाईन् । यति सम्म घटियो कि दाजु म तपाईकी वहिनी बन्न चाहन्छु भनेर थाप्लोमा कसम खाएर र दुई हजार रुपैँया बाटो खर्च समेत लिएर हिँडेकी उनले गाउँमा माग्दै जाने क्रमा म प्रेम सुनारकी कान्छी श्रीमति हुँ हेला गरेर यसरी माग्दै हिडेकी छु सम्म भनिन् । गुल्मीकै धुर्कोट जस्तो ठाउँमा पुगेर उनले मलाई प्रेम सुनारले वलात्कार गर्यो सम्म भनिछन् । यो तिन वर्ष अघिको कुरा एउटा क्लवले कार्यक्रम राखेको स्थानमा डाको छाडेर बलाई वलात्कार अभियोगीको आरोप समेत लगाई छन् । त्यहाँका युवाहरुले मलाई ए दाई के सुन्न परेको भन्दै जानकारी दिए । मैले त्यो महिलालाई फेला पारे खवर गरी हाल्नु होला भने । पछि तम्घासकै चारीखोलाको विचबाटोमा रुँदै बसको रेडियो रेसुङ्गाका सहकर्मीहरुले देख्नु भएछ । उनले तपाईहरुले चिन्नु भएन र ? म प्रेम सुनारकी श्रीमति हुँ कुटेर खाना लाउन नदिएर यो हालत बनाएको छ भनेर भनेको कुरा हिजो मात्र त्यस रेडियोकी स्टेशन म्यानेजर अनिता खत्रीले बताउनु भयो । यसरी मेरो नाम विकाउने कार्य धेरै स्थानमा भएको रहेछ । केहि दिन अघि गुल्मी कै कुर्घा र आँपचौरका महिलाहरुले फोन गर्नु भयो र मेरै बदनाम गरेको कुरा सुनाउनु भयो । एक महिना अघि अस्लेवाका वडाध्यक्ष भिमलाल पाण्डेले फोन गरेर भन्नु भयो प्रेम जी तपाईबाट कल्पना नै गर्न नसकीने कुरा लिएर यहाँ एउटी महिला साराका सामु रोई रहेकी छन के हो यो रु मैले चिने हाँले र भने पर्खिनुस म रिडी प्रहरीलाई भन्छु भनेर भने । तत्काल मैले रिडीका केशव भट्टराई ईन्स्पेक्टरसावलाई फोन गरेर अस्लेवामा रहेकी ति महिलालाई समातेर चौकीमा राखी दिन र म त्यहाँ आउने आग्राह गरें । उता भिमलाल सरलाई पनि त्यो जानकारी दिएँ । भिमलाल सरले तिम्रो अप्रेशन गर्नु छ भने म एक्लैले गरी दिन्छु यसरी मागेर नहिड वस भन्नु भएछ । अहिले भर्खरै उहाँ संग फोनमा कुरा भयो उहाँले त्यसो भन्न साथ ति महिला त्यहाँबाट गायव भईछन । सायद त्यतैबाट स्याङ्गजा छिरेर होला ईनस्पेक्टर सावले समेत समात्नु भएन् । त्यस दिन देखि गुल्मीबाट हराएकी ति महिला पाँच दिन अघिको कुरा हो चितवनबाट एक जना व्यक्तिले फोन गर्नु भयो । म बुटवलमा थिएँ । उहाँले ति महिलाले धेरै ठाउँ त्यस्तै विभिन्न वाहना बनाएर ठग्दै आएकोले सहयोग गरी दिन आग्रह गर्नु भयो । उहाँले पाल्पा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिई सक्नु भएको रहेछ । उनिबाट ठगिने पात्रहरु मध्ये म पनि एक भएको जानकारी उहाँलाई रहेछ । उनले विगत लामो समय देखि अन्य थुप्रै रेडियोहरुलाई पनि प्रयोग गर्दै आएकी रहिछन् । नभाँचिएको हात खुट्टा र टाउँकोमा पट्टी बाँध्ने , पेटको समेत अप्रेशन गर्न नसकेको भन्ने र रोएर अरुलाई कठैबरा भन्ने पार्ने उनको ठगीको अस्त्र रहेको छ । मलाई पनि त्यही गरिन । सायद दुई वर्ष अघिको कुरा होला । उनी तम्घासमा टाउँको र हातमा पट्टी बाँधेर रुँदै आएकी थिईन् । म संग त्यस दिन उनलाई तत्काल बाटो खर्च दिएर पठाउने पैसा थिएन् । उनले त्यसै दिन साँझ पाल्पा घर जान्छु भन्दै थिईन । मैले अहिले मैले दिन सकिन भोली विहन दिउँला बरु आज एउटा होटलमा भनि दिन्छु वस्नुस वहिनी भने । अनि त्यही बाटो नजिकै रहेको रेसुङ्गा होटलका साहुलाई भनेर राखी दिएँ र कोठामा गएँ । अर्को दिन विहानै पिपलधारामा एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा जानु थियो । तर म त्यतिकै जान सकिन ति वहिनीलाई त्यसै होटलका साहुजी दुई हजार सापटी मागेर पठाएँ । हिड्ने बेलामा उनि रुँदै मेरो टाउँकोमा हात राखेर दाजु तपाईले मलाई आफ्नी वहिनी बनाउनुस भन्दै थिईन् । त्यसरी हिडेकी मान्छेले गाउँ गाउँमा माग्ने क्रममा कहिले प्रेम सुनारकी कान्छि श्रीमति कहिले बलात्कारी भन्दै हिडेको कुराले मलाई ठुलो पिडा भई रहेको थियो । मैले धेरै चोटी फोन गरे उनलाई मेरो फोन उठाईनन् । म्यासेनको रिप्लाई पनि दिईनन् । पछि त्यो फोन नम्वर नै लाग्न छाड्यो । ए भगवान खाएको विष पो लाग्छ नखाएको विषले लाग्नु भनेको असाध्धै पिडावोध हुँदो रहेछ । उनका कारणलले गर्दा मेरा पछाडी अहिले कैयौं महिलाले भन्नु हुन्छ रे आफुले कान्छि श्रीमतिलाई रुदै लाला गाउँदै हिडालेको छ अझ अरुका कुरा लेख्छ बन्छ लाज नभएको भनेर । ऊफ।।।।।।यस्तो कसैको ईज्जत प्रतिष्ठा माथी धावा बोलेर माग्दै हिड्ने गरिव यसरी हरिप कोहि नबनुन् । मलाई मात्र रहेन छ म जस्ता थुप्रैको वदनामी र ठगी गरेको कुरा अहिले जिल्ला प्रहरी कार्यालय पाल्पाले गरेको पत्रकार सम्मेलनबाट छताछुल्ल भएको छ । कान्तिपुर दैनिक देखि अन्य पत्रपत्रिका र अन्य सञ्चार माध्यमबाट उनको ठगी काण्डको समाचार आए पछि मेरो भारी भएको टाउँको हलुङ्गो भएको छ । धेरैलाई धर्मै गरेको रहेछु मैले भन्ने लागेको छ । हिजोको कान्तिपुर दैनिक देखि अन्य पत्रपत्रिका र अन्य सञ्चार माध्यमबाट उनको ठगी काण्डको समाचार आए पछि मेरो भारी भएको टाउँको हलुङ्गो भएको छ । धेरैलाई धर्मै गरेको रहेछु मैले भन्ने लागेको छ । कुकर्मको फल उनले अहिले पाएकी छन् । उनकै गाउँबाट हिजो त्यहाँका समाज सेवीको फोन आयो । ति समाजसेवीका अनुसार उनका श्रीमान सधै रक्सी पिएर हिड्ने । उनका बृद्धाबाबुलाई पालेर बस्छीन अरे उनले । स–साना छोरा छोरी र बृद्ध वावुलाई पाल्न नसके पछि उनले विभिन्न वाहान बनाउँदै माग्न हिडेकी हुन रे । ति समाज सेवीले भन्नु भयो एकदम विचल्ली छ उनको घरमा मानसिक तनावले गर्दा उनको दिमाग पनि खासै ठिक ठाउँमा छैन त्यसैले जाथाभावी बोल्छीन् । उनका वावु आएर हिजो उहाँ संग रोए रे । प्रेम जी सहयोग गरी दिन पर्यो माफी मगाएर आगमी दिनमा त्यस्तो गरेर नहिड्ने सर्तमा छाड्नका लागि भन्दै हुनुहुन्थ्यो । तर उजुरीकर्ता म होईन अरुहरु नै हुन् । उनलाई मेरो पवित्र आत्माले पोलेको हो । अरुहरुको दयालु आत्मा पनि पोलेरै होला आज मैले सहँदै आए पनि अरुले सहन सकेनन् । आखिर एक दिन कुकर्मको पाप धुरीबाट कराएरै छाड्दो रहेछ । पाल्पा प्रहरीलाई साधुवाद भन्न चाहन्छु कि त्यस्ती पापीनी महिलालाई समातेर उनको कर्तुत पत्रकार सम्मेलन गरेरै पर्धाफास गरी दिएकोमा । उनको हर्कतबारे ठाउँठाउँबाट मलाई सुचित गर्नु हुने सम्पुर्ण दिदी वहिनी आमा वुवा दाजु भाईहरुमा पनि आभार प्रकट गर्दछु । कम्ता बदनामी सहेको थिईन मैले । अँस्ती मंगलबार सम्मको तनावग्रस्त म हलुङ्गो भएको छु । ति अस्मी मात्र होईन ठग्ने उनको लहरो अरु पनि भएको मैले अनुमान गरेको छु । जयहोस पाल्पा प्रहरी र उजुरुकर्ताहरुलाई मैले गर्न नसक्ने काम तपाईहरुले गरेकोमा ……. ।
देश बेच्न लागेको लेन्डुपहरुले बचाउँछन् गणतन्त्र ! महेन्द्र, बिपी र लेन्डुप
युवराज गौतम/ शिलालेख, ताम्रपत्र वा पुरातात्विक महŒवको अभिलेख धुलोले छोपिए पनि इतिहास हराउँदैन । भ्रम, दुष्प्रचार वा कुनै प्रायोजित हल्लाले सत्यको आकाशमा घनघटा छाउन सक्छ तर सत्य नै शाश्वत हुन्छ । युगीन हुन्छ । पात्रहरू मर्छन्, इतिहास कालजयी हुन्छ । राजा त्रिभुवनका छोरा राजा महेन्द्र र उनीपछि राजसिंहासनमा विराजमान वीरेन्द्र तथा ज्ञानेन्द्र जस्ता चार जना शासकसँग नाम जोडिएर आउँछ बिपी कोइरालाको । राजा त्रिभुवनका पालामा गृहमन्त्री र राजा महेन्द्रझैँ विश्वेश्वरप्रसाद कोइराला आज पनि सर्वाधिक उच्चारण गरिने एउटा बहुचर्चित नाम हो । २००७ सालमा त्रिभुवनका महिला नाति ज्ञानेन्द्र शाह राजगद्दीमा बस्दा मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइराला क्रान्तिको मैदानमा सक्रिय थिए । उनीहरू ज्ञानेन्द्रलाई राजा मान्ने पक्षमा थिएनन् । राणा–कांग्रेस संयुक्त सरकार बनेपछि मोहनशमशेरलाई प्रधानमन्त्री स्वीकार गरेर बिपी गृहमन्त्री भए । राजा महेन्द्रको शासनकालमा बिपी सात वर्ष थुनिए । राजा महेन्द्र र राजा वीरेन्द्रको राजनीतिक चिन्तनसँग असहमत थिए बिपी । तर उनले राजसंस्थाको विकल्प खोजेनन् किनभने उनको दल गणतन्त्रवादी थिएन । बिपीले आत्मवृत्तान्तमा धेरै तथ्य उजागर गरेका छन् । सन् १९४८ मा जन्मेको इजरायललाई नेपालले मान्यता दिएपछि इजिप्ट जस्ता अरब राष्ट्रहरूबाट आएको ठूलो दबाब नेपालले भोगेको थियो । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले दिएको भोजमा आफूले इजरायलकी विदेशमन्त्री (पछि प्रधानमन्त्री भइन्) गोल्डा मेयरसँग पाकिस्तानी विदेशमन्त्री जुल्फिकर अलि भुट्टोको परिचय गराइदिएको कुरा बिपीले उल्लेख गरेका छन् । अमेरिकाका राष्ट्रपति राजा महेन्द्रको स्वागत गर्न विमानस्थलमै आउने र ब्रिटेनकी महारानीले रेल्वे स्टेसनमा उपस्थित भएर राजा महेन्द्रको स्वागत गरेको उच्चस्तरको कूटनीति अब दन्त्यकथा भइसकेको छ । इतिहास भन्छ–, सिम्सनको प्रेममा परेर ब्रिटेनका राजा एडवर्ड (आठौं) राजगद्दी त्यागेर हिँडिदिए । बिपीले त्यस्तै प्रसंग उठाएर लेखेका छन्– ‘राजा त्रिभुवनले इन्द्रराज्यलक्ष्मीदेवी (तत्कालीन युवराज महेन्द्रकी धर्मपत्नी) स्वर्गवास भएपछि राणा परिवारभन्दा बाहिर गएर अर्को विवाह गर्न छोरालाई सल्लाह दिएका थिए । त्यही विषयले बाबु÷छोराबीच मतभेद भयो । महेन्द्रले युवराजाधिराज पद त्याग्ने कुरासमेत गरे ।’ बिपीले त्यस्तो परिस्थितिमा राजा त्रिभुवन र युवराज महेन्द्रबीच सम्बन्ध सुधार्न प्रयत्न गरेको देखिन्छ । अर्थात् त्यसबेला राजदरबार र उच्च राजनीतिज्ञहरू एउटै परिवार जस्ता थिए । बिपीकी जेठी बुहारी सुषमा (राजनीतिज्ञ प्रकाश कोइरालाकी पत्नी) भन्छिन्– ‘हामी २०२७÷२८ सालतिर सपरिवार सारनाथमा बसेका थियौँ । २०२८ माघ १७ गते राजा महेन्द्रको स्वर्गवास भएको खबर आयो । सात÷आठ वर्ष बिपीलाई जेलमा राख्ने राजाको मृत्यु भएको खबर सुन्दा म दुःखी भइनँ । युवावस्था थियो मेरो । राजनीति धेरै बुझ्दिनथेँ । ससुरालाई मनमा लागेको कुरा प्याच्चै भनिदिएँ– ‘राजा मरेछन्, ठिकै भयो ।’ उहाँले चिन्तित र दुःखी स्वरमा सम्झाउँदै भन्नुभयो– ‘राजा महेन्द्र राष्ट्रवादी र असल राजा हुन् । मलाई थुनेका थिए, त्यो अर्कै कुरा हो । त्यस्ता राजाको मृत्यु नेपालका लागि ठूलो क्षति हो ।’ केही दिनअघि कोइराला निवासमा पंक्तिकारसँग कुराकानी गर्दै सुषमाले भनिन्– राजा महेन्द्र र बिपीका बारेमा नकारात्मक कुरामात्र प्रचारमा आयो । सत्य कुरा ओझेलमा परे, मिथ्या प्रचार धेरै भयो । बिपीपुत्र प्रकाश कोइराला राष्ट्रियता र प्रजातन्त्र दुवै कमजोर भएको विश्लेषण गर्छन् । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस पथभ्रष्ट, दिग्भ्रमित र परमुखापेक्षी बन्दै गएको उनको विश्लेषण छ । प्रकाश बिपीपथमै छन् । गणतन्त्र गलत छ भन्छन् । तर बिपीको तस्बिरमा माल्यार्पण गर्ने र आफूलाई उनका नातागोता भएकामा गर्व गर्ने कतिपय कोइरालाले गणतन्त्रको ज्याकेट लगाएर बिपीको चिन्तन, आदर्श र मूल्यमान्यता चटक्क बिर्सेका छन् । प्रचण्डपथ भनेर माओवादीले ल्याएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको रक्षा गर्न कांंंग्रेसले माओवादीलाई कंगारुले बच्चा च्यापेझैँ थैलामा बोकेर दौडेको छ । वर्तमान सरकारको संरचना र भागबन्डा त्यसैको विद्रुप वा कुरूप दृश्य हो । यो कलाविहीन नाटकका लेखक, निर्देशक सबै विदेशी छन् तर रंगमञ्चमा देखिने पात्रहङको खल्तीमा नेपालको नागरिकता प्रमाणपत्र छ । विद्वान्हरूले शास्त्रका वचनलाई प्रमाण मान्दै तर्क गरेका छन्– ‘आफैँमा कोही कसैको मित्र वा शत्रु हुँदैन, व्यवहारले मित्रता र शत्रुता निर्धारण गर्छ ।’ भारतीय सरकारी नीति सनातन हिन्दु धर्म विरोधी भयो भन्दै धर्म निरपेक्षताका विरुद्ध निर्भिक ढंगले सम्पादकीय लेखेपछि टाइम्स अफ इन्डियाका सम्पादक गिरिलाल जैनलाई हटाइयो । सन् १९५० मा रिपोर्टर (सम्वाददाता) बनेर पत्रकारितामा प्रवेश गरेका जैनले सन् १९७८ देखि १९८८ सम्म सम्पादक भएर काम गरे । नेपाल–नीतिमा भारत स्पष्ट हुनुपर्छ भन्दै जैनले कैयन् लेख र सम्पादकीय लेखे । उनको चर्चित पुस्तक ‘इन्डिया मिट्स चाइना इन नेपाल’ (सन् १९५९) भारत, चीन र नेपालबीच कस्तो कूटनीतिक सन्तुलन हुनुपर्छ भन्ने तर्कमा आधारित छ । सन् १९६२ मा चीन र भारतीच युद्ध भएपछि नेपाल दक्षिण एसियाका नवोदित शक्तिहरूको रणनीतिक क्षेत्र बन्न पुग्यो । आज काठमाडौंँ पृथ्वीतलको एउटा महत्वपूर्ण रणनीतिक र सामरिक विन्दु बन्दै गएको छ । राजा महेन्द्र, माओ, नेहरु, बिपी आदिले पचास वर्षपहिले नै नेपालको भविष्यबारे विश्लेषण गरेका थिए । पं. जवाहरलाल नेहरुको ग्रन्थ ग्लिमसेज अफ वल्र्ड हिस्ट्रीमा उनले नेपाललाई कहिले पराधीन नभएको वीरभूमि भनेका छन् । राजनीति, कूटनीति, कर्मचारीतन्त्रलगायत प्रायः सबै क्षेत्र परावलम्वी बनिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्रता र गणतन्त्रमध्ये एउटामात्र रोज्नुपर्ने अवस्था देखिएको छ । संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको रक्षा गरे पुग्छ भन्नेहरू राष्ट्रियता भनेको महत्वहीन हो भनिरहेका छन् । राष्ट्र नै संकटमा पुग्छ र राष्ट्रियता नै निष्प्राण बन्छ भने संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका करोडौं डलरका गहना लगाएर छम्छमी नाच्नुको के अर्थ हुन्छ भनेर तर्क गर्नेहरू लाखौँ छन् । बहुमत नै सत्य हुन्छ भन्ने तर्क सदैव सत्य हुँदैन । उदाहरण छेउमै छ, सन् १९७५ मा सिक्किमलाई भारतमा गाभ्ने षड्यन्त्रमा जनमत संग्रहको नाटक गरेर बहुमतकै नाममा एउटा स्वतन्त्र राष्ट्र पराधीन भएको थियो । राष्ट्र निल्ने प्रक्रिया ‘अप्रजातान्त्रिक’ थिएन किनभने त्यो जनमत संग्रह नै थियो । स्यामुअल हन्टिङ्टनले सभ्यताको रक्षा र पानीका लागि धेरै राष्ट्रमा लडाइँ हुन सक्छ भनेर ‘क्ल्यास अफ सिभिलाइजेसन’ पुस्तकमा सविस्तार व्याख्या गरेर साना र कमजोर राष्ट्रहरूलाई झस्काइदिएका छन् । भारतले नेपाल तराईका केही सीमित व्यक्तिलाई प्रयोग गरेर नवनागरिक र हिन्दीलाई माया गरेको देखिए पनि यथार्थ फरक छ । नेपालबाट तराई टुक्र्याउन सफल भएमा सप्तकोशी, सप्तगण्डकी, कर्णाली र महाकाली जस्ता पानीको अजस्र स्रोतको बेरोकटोक सदुपयोग गर्न सकिन्थ्यो भन्ने उसको बुझाइ छ । नेपाल दरवारले यस्ता विषयमा राष्ट्रिय हितको मात्र कुरा गरेर भाँजो हालेको भन्दै नेपालमा आफ्ना मानिसमार्फत शासन गर्न गणतन्त्र ल्याइयो । पश्चिमा शक्तिराष्ट्रहरूले क्रिश्चियन धर्म फैलाउन धर्म निरपेक्ष घोषणा गर्न बाध्य बनाए । नेपाली एकताबद्ध भए भने विदेशीको योजना सफल हुँदैन भन्ने अध्ययन गरेर संघीयता नामको विभाजनकारी प्रज्ज्वलनशील पदार्थ भित्र्याइयो । दुष्परिणामहरू देखिँदैछन् । पूर्वकानुन सचिव मोहन बन्जाडेले चीनको दबाबमा नेपालमा एउटा संविधान गायव पारिएको खुलासा गरेका छन् । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा चौधवटा प्रदेश (प्रान्त) बनाएर रणमैदानका रूपमा विकसित गराउने पश्चिमाहरूको गुप्त योजनाअनुसार पहिलो संविधानसभाले त्यस्तो संविधान जारी गर्ने षड्यन्त्र थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवलाई समेत सुइँको नदिएर सभामुख सुवास नेम्वाङ, कृष्ण सिटौलालगायतका पात्रहरूमार्फत त्यो सबै गृहकार्य गरिएको उच्चपदस्थ कर्मचारी बताउँछन् । चीनले कडा स्वरमा विरोध जनाउँदै नेपाल–चीन सिमानामा आगो लगाउने त्यस्तो संविधान ल्याइएमा मौन नबस्ने संकेत दियो । अन्त्यमा, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई त्यो राष्ट्रघाती योजनामा असफल भए । राष्ट्रपति रामवरण यादवले समेत सर्सर्ती पढ्न नपाएको त्यो रहस्यमय संविधानमा के के थियो त ? कानुनविद्, संविधानविद्, लेखक, विश्लेषक सबैका निमित्त त्यो जिज्ञासाको विषय बनेको छ । ‘देखिजान्ने, सुनिजान्ने किनाराका साक्षी’ बस्दै आएका अधिकांश सांसदले वर्तमान संविधानको पेटबोलीमा के छ भन्ने पनि राम्ररी बुझेका छैनन् । समानुपातिक (समानपातकी ?) र चन्दामार्गबाट संसद्मा प्रवेश गरेका धनमाया र धनबहादुरहरूलाई झन् के थाहा ! त्यसैले, नेपाली राजनीतिमा जो आफूलाई शेर (सिंह) ठान्छन्, उनीहरू सर्कसका रिङ मास्टरको कोर्राबाट निर्देशित छन् । हालै दिल्लीमा नेपालका प्रधानमन्त्रीले गृहकार्य (होमवर्क) नबुझाउने विद्यार्थीले झैँ ‘अर्कोपल्ट संविधान संशोधन गन्र्या हुँ सर’ भनेर संविधानको स्वामी विदेशी नै हुन् भन्ने स्पस्ट पारिदिए । त्यसैले नेपाली राजनीति स्वचालित छैन भन्ने स्पस्ट भइसकेको छ । यहाँ देखिएका पार्टी मुख्यालयहरू शाखा÷प्रशाखा हुन् भन्ने स्पस्ट हुँदैछ । सिद्धान्त, नैतिकता, आदर्श, चरित्र वा दर्शन नभए पनि राजनीतिक दल चल्छ नेपालमा । त्यसैले सत्ता पाउँदा संविधान ‘उत्कृष्ट’ र नपाउँदा त्यही संविधानलाई ‘निकृष्ट’ ठान्ने घोर अवसरवादी र अराजनीतिक चरित्र विकसित हुँदैछ । राजा महेन्द्र र बिपीको वचन बिर्सेर लेन्डुपवादी भइसकेका कतिपय दललाई भरोसा गरिरहने हो भने राष्ट्रको पतन निश्चित छ । जनता बनेर स्वतन्त्र विचार राख्न डराउने बरु दलको कार्यकर्ता भएर राष्ट्रघातको समर्थन गर्ने प्रवृत्तिले बौद्धिक वर्गलाई पनि दास बनाएको छ । यो समस्या ‘ठूला’ दलमा झन् घातक बन्दै गएको देखिन्छ । दार्चुलाको टिङ्कर, बझाङको तानाराकोट धुली, हुम्लाको मुचु, मुगुको मुगुगाउँ, डोल्पाको छार्का भोट, मनाङको थोराङ् भन्ज्याङ, मुस्ताङको कैसाङ, गोर्खाको अठारसय खोला र लार्के भन्ज्याङ, रसुवाको रसुवागढी र सोम्दाङ, सिन्धुपाल्चोकको तातोपानी–कोदारी, दोलखाको लामा बगर, संखुवासभाको चेपुवा घाँटी, ताप्लेजुङको ओलाङचुङगोला, सोलुखुम्बुको नाम्चे र च्याल्सा, पाँचथरको च्याङ्थापु आदि ठाउँमा २००९ साल जेठ २७ गतेदेखि भारतीय सेना बसे । राजा महेन्द्रको शासनकालमा २०२६ सालमा ती सैनिक हटाइयो । चीन र भारतबीच प्रत्यक्ष–अप्रत्यक्ष÷पमा देखिएको तनाव र बाह्य शक्तिको प्रभावले नेपालमा राजनीतिक अस्थिरता बढ्दैछ । राष्ट्रिय सुरक्षामा धेरै चुनौती थपिँदै गएका छन् । चीन, भारत, अमेरिका र युरोपको चिन्ता गर्ने नेपालका अधिकांश अग्रगामीहरू राष्ट्रवादको वकालत गर्नेहरूलाई महेन्द्रीय (?) राष्ट्रवादका पक्षधर ‘प्रतिगामी’ ठान्छन् । राजा महेन्द्र र बिपीजस्ता व्यक्तित्वलाई अपमानित गरेर घरघरमा र दलदलमा लेन्डुप जन्माउन धेरै गैरसरकारी संस्था प्रसूति गृहका रूपमा खुलेका छन् । त्यसैले सत्यवादीहरूलाई दमन गरेर उनीहरूलाई कुल्चिरहने जुन पद्धति स्थापना गर्न खोजिँदैछ, गणतन्त्रको भेषमा त्यो लेन्डुपतन्त्र नै हो । साम्राज्यवाद र विस्तारवादको नयाँ संस्करणमात्र हो । शक्तिको खेलमा जनताले अल्छी, योजनाहीन, कायर, लोभी, विवेकहीन र दिग्भ्रमितलाई समर्थन गर्दैनन् । राजनीतिशास्त्र भन्छ– ‘जनताले पनि आफ्नो स्वार्थ हेर्छन् ।’ राष्ट्र नै बचाउन नसक्नेहरूले सत्ता सञ्चालन गर्दा एकदिन जनता शरणार्थी बन्ने अवस्था आउन सक्छ । आठौँ शताब्दीका चीनका प्रसिद्ध दार्शनिक र कवि डु फु भन्छन्– भेडाको बथान केही कुकुर र गोठालाको नियन्त्रणमा हुन्छ । त्यसैले उनीहरूलाई वशमा राख । सबै भेडालाई घाँस खुवाएर खुसी पार्ने प्रयास नगर । घोडा चढेर लुट्न आउने डाँकालाई पक्रनु छ भने बन्दूकले घोडालाई ढाल । नाइकेहरूलाई आशा र त्रासको बन्धनमा राख ।’ विदेशी षड्यन्त्रकारीले नेपाली राजनीति र कूटनीतिमा त्यस्तै नीति लिएका छन् । त्यसैले उनीहरू महेन्द्र र बिपी जस्ता राजनेतालाई अपमान गर्छन् । लेन्डुपहरूलाई महिमामण्डित तुल्याउँछन् र भन्छन्– यिनैले बचाउँछन् गणतन्त्र । -नागरिकबाट
२५६ वर्ष उमेरसम्म बाँच्ने रहस्यमयी व्यक्ति को हुन् ? (भिडियो सहित)
इजिङ, भदौ १५ । चीनका एक ब्यक्ति पृथ्वीमा सबैभन्दा बढी उमेर बाँचेका ब्यक्तिका रुपमा चिनिन्छन् । आयुर्वेदिक चिकित्सक तथा मार्सल आर्टका खेलाडी लिचिङ युन सबैभन्दा लामो उमेर बाँच्ने मानिसका रुपमा परिचित छन् । उनले दाबी गरेअनुसार उनको जन्म सन् १७३६ मा भएको थियो भने उनीसँग सम्बन्धित तथ्यकाअनुसार उनको जन्म सन् १६७७ मा भएको हुनसक्ने अनुमान गरिएको छ । तर उनको दाबी र तथ्यका आधारमा अनुमानित उमेर पनि अन्य सामान्य मानिसको भन्दा वर्षौं धेरै पाइएको छ । उनी आफैले दाबी गरेको जन्म मितिअनुसार उनको उमेर १९७वर्ष हुन आउँछ भने तथ्यमा आधारित अनुमानका अनुसार २५६ वर्ष थियो ।उनको जन्म मितिका बारेमा ठ्याक्कै अभिलेख नभएका कारण वैज्ञानिकहरुले पनि उनको दाबीलाई खारेज गरिदिएका थिए । -साझा पाेष्टबाट भिडियो हेराैँ
शक्तिशाली माओबादी केन्द्र बनाऊ
जनयुद्व थालनी गर्नु केहि समय अघिबाट पार्टीको नाम नेकपा९माओबादी राख्दै प्रचण्डको नेतृत्वमा २०५२ फागुन १ गतेबाट नेपालमा महान् जनयुद्वको शुरुवात भएको थियो । राज्यको भेदभावपूर्ण ब्याबाहार, थिचोमिचो, अन्याय, अत्याचार र सामन्तीबर्गको जन्जिरबाट जनतालाई मुक्त गराउन तरवारको धारमाथिको यात्रा माओबादी नेताहरुले गरेका थिए । सिमित ब्यक्तिहरु बाट शुरु गरिएको जनयुद्वले आठ बर्षको अबधिमा अन्ततः जनताको मन जित्दै विशाल रुप लियो । माओबादी जनयुद्वले नेपालमा ठुलो परिवर्तन ल्याईदियो । हुनत जनयुद्वमा सबै सकारात्मक काम मात्र भएनन् कतिको सिउदो पुछियो, कतिको काख रितियो त कति बेसहारा बने, कति बिस्थापित समेत बने । त्यो युद्वको एक पाटो थियो । ऐतिहासिक राजनीतिक घटनाक्रम सम्झँदा नेपालबाट राणाशासन हटाउनमा काङ्ग्रेसको देन छ । त्यस पश्चात् राजतन्त्र हटाउन माओबादी ले कठोर संघर्ष गरेको ईतिहास पनि हाम्रासामु ताजै छ । तर, जति नकारात्मक कार्यहरु भए त्यस भन्दा बढि सकारात्मक काम पनि भए । एक किसिमले भन्ने हो भने जनयुद्वले राजनीतिक रुपमा जनताको चेतनास्तरलाई धेरै माथि उठाईदियो । त्यसैको फलस्वरुप राज्यको भेदभावपूर्ण ब्याबाहार बिरुद्व जनताले आवाज उठाउन सक्ने भए । त्यसै कारण तिनै जनताहरु जाग्दा नेपालबाट बिधिवत् २४० बर्ष अघिदेखिको सामन्ति राजनत्त्रिय शासनको अन्त्य हुन पुगेको हो । ऐतिहासिक राजनीतिक घटनाक्रम सम्झँदा नेपालबाट राणाशासन हटाउनमा काङ्ग्रेसको देन छ । त्यस ईतिहासलाई हामिले भुल्नु हुदैन । त्यस पश्चात् राजतन्त्र हटाउन माओबादी ले कठोर संघर्ष गरेको ईतिहास पनि हाम्रासामु ताजै छ । केदारनाथ नेपाल प्रत्येक दशकमा नेपालमा सानाठुला राजनीतिक घटना र परिवर्तन भएका छन् । तर दुई ठुला मानिने २००७ र ६२र६३ सालको परिवर्तनमा दुई ठुला दल काङ्ग्रेस र माओबादीकै भूमिका मुख्य रहेको देखिन्छ । हुनत यो लेख लेखिरहदा मलाई काङ्ग्रेस या माओबादीको कार्यकर्ताको आरोप लाग्ला । लगाउन पाईन्छ, लगाउनुहोस् तर म कुनै पनि पार्टीमा आवद्व नरहेको कुरा पनि स्पस्ट पार्न चाहान्छु । किनकी यस लेख मार्फत मैले नेपाली राजनीतिमा महत्वपूर्ण ईतिहास कोरेको माओबादीलाई उसको भबिष्यलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने सुझाव दिन चाहेको छु । कुनैपनि राजनीतिक दल विभाजित हुनु पक्कै पनि देशको लागि शुभ संकेत होईन । हुनत नेपालका कुनैपनि पुराना राजनीतिक दल फुटको शिकार हुनबाट जोगिएका छैनन् । कांग्रेस बिभाजित भयो । एमाले पनि बिभाजित भएकै हो । अन्य साना दलपनि टुक्रा टुक्रामा बीभाजित छन् । काङ्ग्रेस ( एमालेहरु बिभाजित भएको केहि समय पश्चात् पुनः एक भए । तर, माओबादी जत्तिको टुक्रा टुक्रा भएर उनिहरु बिभाजित भएनन् । साँच्चै भन्ने हो भने अहिले माओबादी र किटको कराई पर्यायवाची बन्न पुगेको जस्तो अनुभव हुदैछ पङ्तिकारलाई । कांग्रेस बिभाजित भयो । एमाले पनि बिभाजित भएकै हो । अन्य साना दलपनि टुक्रा टुक्रामा बीभाजित छन् । काङ्ग्रेस ( एमालेहरु बिभाजित भएको केहि समय पश्चात् पुनः एक भए । तर, माओबादी जत्तिको टुक्रा टुक्रा भएर उनिहरु बिभाजित भएनन् । बैशाख ३१ र आसार १४ गते दुई चरणको निर्वाचन सम्पन्न हुदा माओबादी एकदमै कमजोर स्थीतिमा देखा पर्यो । कतिपय स्थानमा झिनो मतले दोश्रो स्थानमा चित्त बुझाउ बाध्य भयो । नेताहरु ब्यक्तिगत स्वार्थमा चुर्लुम्म भएको कारण पनि कतिपय स्थानमा माओबादी पराजित भएको देखियो । कतिपय स्थानमा अन्तरघात पनि भएको भन्ने सुनियो । अवसरवादी र अन्तरघातिलाई बेलैमा पहिचान गरेर कारबाहिको दायरामा ल्याउन नेतृत्वले ढिला गर्नु पर्छ । भर्खरै माओबादी केन्द्रको भातृसँगठन वाईसियल नेपालको अधिवेशन सम्पन्न भयो । पहिलोपटक वाईसियलले एक होनाहार, बौद्धिक, शालिन , कुशल र सक्षम ब्यक्तिको नेतृत्व पाएको छ। त्यस्तै, विद्यार्थी भातृसँगठन क्रान्तिकारीको सम्मेलन सुरु हुदैछ । आशा गरौ वाईसियलले जस्तै क्रान्तिकारीले पनि सक्षम नेतृत्व पाओस् । शान्तिप्रकृयामा आएपश्चात् माओबादीले वाईसियल गठन गर्दा अन्य दलहरु अताल्लिएका थिए । वाईसियलले मजदुरहरुको पक्षमा काम गरेको थियो । वाईसियलकै कारण कयौ मजदुरले आफुलाई राहत महसुस गरेका थिए । त्यसैकारण पनि अन्य दलले अनावश्यकरुपमा वाईसियल बिगठनको माग गर्दै त्यसलाई राष्ट्रिय बहसको बिषय समेत बनाए । अन्य दलको दबाब नेतृत्वमाथी पर्यो । त्यस पश्चात् माओबादीले वाईसियललाई निस्कृय बनायो त्यसैकारण पनि माओबादी केहि कमजोर बन्न पुगेको सत्य हाम्रासामु छ । माओबादीले सरकारमा रहँदा या प्रतिपक्षमा रहँदा होस् , आफुले गरेको सकारात्मक कामको प्रचार गर्न सकेन । त्यो उसको सबैभन्दा ठुलो कमजोरी हो । अब आफ्ना भातृसँगठनलाई सक्रिय बनाएर सकारात्मक कामको प्रचार र नकारात्मक कार्यको खबरदारी गराउनबाट नेतृत्व चुक्नु हुदैन भन्ने पङ्तिकारको बुझाई छ । माओबादीले सरकारमा रहँदा या प्रतिपक्षमा रहँदा होस् , आफुले गरेको सकारात्मक कामको प्रचार गर्न सकेन । त्यो उसको सबैभन्दा ठुलो कमजोरी हो । माओबादी भित्र एउटा ठुलो समस्या छ । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु । हुनत माओबादीभित्र एउटा धारले मिडियामा बोल्दा स्वतन्त्र ब्यक्तिले बोलेजस्तो बोलिदिन्छन् । पार्टी हितलाई भन्दापनि कसरी बिपक्षीलाई खुशी राख्ने भन्नेमै तल्लीन देखिन्छन् उनिहरु । तिनिहरुसँग नेतृत्व सधै चनाखो रहनुपर्छ । जसको कारण कुनैपनि बेला पार्टीले ठुलो क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ । शान्तिप्रकृयामा आएपश्चात् बिभिन्न टुक्रामा बीभाजित भैसकेका माओबादी नेताहरु बिस्तारै एक हुदैछन् भन्ने उदाहरण हो, नयाँशक्तिबाट भर्खरै फर्किएका देवेन्द्र पौडेल लगायायतका नेताहरु । हिजो एक हुदा जितेकै थियो माओबादीले । अब पनि एक भए वा आफ्ना भातृसँगठनलाई सहि किसिमले परिचालन गरे अवश्य जित्नेछ । एजेण्डामा त माओबादीले जितिसकेको छ । हिजो संघियतालाई बाख्राको टाउकोमा भैसीको सिङ र गणतन्त्रलाई बयलगाडा भन्नेहरुले दुबैलाई स्वीकार गर्नुले नै माओबादी एजेण्डाको जित भएको प्रष्ट हुन्छ । बेला बेलामा माओबादी पार्टीहरुबिच पार्टी एकताको विषयले पनि चर्चा पाउदै आएको छ । तर, पर्याप्त गृहकार्य बिना चलाईएको हल्लाको कारण पार्टी एकिकरण सफल हुन सकेको देखिदैन । पहिले सांगठनिक संरचनामा कुरा मिल्नुपर्यो, त्यो भन्दा महत्वपूर्ण विषय भनेको सैद्धान्तिक रुपमा सबै माओबादी स्पस्ट हुनुपर्यो अनि मात्र एकिकरण सम्भब देखिन्छ । सैद्धान्तिक स्पस्टता र सांगठनिक संरचनाको सुढृडिकरण गरेर मात्र एकताको बहस चलाए त्यो पक्कै सफल हुनेछ । नत्र, जतिपटक हल्लाको पछाडि दौडिएपनि केही हुनेवाला छैन । बेला बेलामा माओबादी पार्टीहरुबिच पार्टी एकताको विषयले पनि चर्चा पाउदै आएको छ । तर, पर्याप्त गृहकार्य बिना चलाईएको हल्लाको कारण पार्टी एकिकरण सफल हुन सकेको देखिदैन । इतिहास सच्याउन त सकिदैन तर समिक्षा गरेर अघि बढ्न भने पक्कै पनि सकिन्छ । त्यसैले, अब माओबादी नेतृत्वले हिजोका आफ्ना कमि कमजोरी सच्याई सबै माओबादी पार्टीबिच एकता गरेर वा आफ्ना भातृसँगठनलाई सशक्त रुपमा परिचालन गरेर अघि बढ्नुको विकल्प छैन ।
स्थानीय तहको प्रमुख प्रधानमन्त्री भन्दा ठूलो :अध्यक्ष बिजुक्छें
भक्तपुर, असार २९ । स्थानीय तहमा कर्मचारी समायोजन गरी पठाउनु स्थानीय स्वायत्त शासनको बर्खिलाप भएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बताएका छन । भक्तपुरको पहिलो नगर सभाको बिहीबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले स्थानीय तहलाई सरकारी कर्मचारी पठाउनु गाउँनगरमा सिंहदरबार पुर्याउने नीतिको विपरित भएको बताए । ‘स्थानीय तहमा समायोजनको नाउँमा कर्मचारी पठाउन स्थानीय स्वायत्त शासनविपरीत छ’, उनले भने, ‘यो सिंहदरबार गाउँनगर पठाउने नीतिको बर्खिलापसमेत हो।’ अध्यक्ष बिजुक्छेंले भने ‘स्थानीय तहमा त्यहाँका प्रमुखको स्थान प्रधानमन्त्रीको भन्दा माथि हुन्छ। तर कर्मचारी समायोजन विधेयक बनाउने कर्मचारीहरुलाई स्थानीय तहको भावना र मर्म नै थाहा छैन।’
कस्तुप पन्तको तीज गीत ‘काकरी झाल’ बजारमा सार्वजनिक
एकपछि अर्को हिट गीतहरु दिन सफल चर्चित सर्जक तथा गीतकार कस्तुप पन्तको लय शब्द तथा स्वरमा ‘काकरी झाल’ बोलको गित बजारमा आएको छ । हिन्दु नारीहरूको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा गायक कस्तुप पन्त र गायिका शान्ति रिजाल पौडेलले तीज गीत ‘काँकरी झाल’ बोलको गीत सार्वजनिक गरेका छन् । कस्तुप पन्तको शब्द संगीत रहेको यस गीतमा चर्चित मोडल दुर्गेश थापा र रिना थापा मगरको निकै नै राम्रो अभिनय रहेको छ । विक्रम चौहानको निर्देशन रहेको उक्त गीतलाई बासु बरालले छायांकन रहेको छ । डबली नेटवर्स प्रा.लि.बाट सार्वजनिक यस गीत निकै नै राम्रो रहेको छ ।
कस्तो अचम्मः बेहुलीले गरिन् बेहुलाको अपहरण
काठमाडौं, जेठ १५ । बेहुलालाई अपहरण गरेर उसैसँग जबर्जस्ती बिहे १ बेहुलीको एकतर्फी प्रेमको यो हदले आम सर्बसाधारणलाई आश्चर्यचकित बनाएको छ । घटना हो भारत बिहारको मुजफ्फरपुर जिल्लाको । त्यहाँ केटी पक्षले केटालाई अपहरण गरेर जबर्जस्ती बिहे गराइदिएको घटना सार्बजनिक भएको छ । यस घटनामा संलग्न भएको आरोपमा प्रहरीले बेहुलीसहित चार जनालाई पक्राउ गरेको छ । मुजफ्फरपुरको मैठी गाउँको कुनकुन सिंहको छोरा अभिनवको बिहे गायघाट गाउँको पछियारी टोलका नन्दकिशोर सिंहकी छोरी जुली सिंहसँग हुँदै थियो । यसबीच केटा अपहरण परेको सूचना सार्बजनिक भएपछि प्रहरीले बेहुलीको घरमा छापा मार्यो । सो क्रममा बेहुली पक्ष र प्रहरीबीच झडप भयो । प्रहरीले बेहुली जुली, उनकी बहिनीसमेत गरी बेहुली पक्षका चार जनालाई पक्राउ गरेको छ । जुली हाल प्रहरीको न्यायिक हिरासतमा छिन् र मुजफ्फरपुर जिल्लाको सदर अस्पतालमा उनको उपचार भइरहेको छ । बीबीसीसँग कुराकानी गर्दै जुलीले बिहेको बेला बेहुला पक्षका कोही पनि त्यहाँ उपस्थित नभएको स्वीकार गरेकी छन् । यद्यपी उनले बेहुलालाई अपहरण गरेर बिहे गराएको भन्ने आरोपको भने खण्डन गरेकी छन् । उनले भनिन्, ‘बेहुला आफै आफ्नै मर्जीले बिहे गर्न आएका थिए । उनले बिहेपछि आफ्ना घरका सदस्यहरुलाई यो कुराको जानकारी दिनेवाला थिए ।’ जुलीले यो आरोप पनि लगाएकी छन् कि, ‘२५ तारिखको राति प्रहरीले हाम्रो कुनै कुरा सुनेन र निर्ममतापूर्वक हामीलाई कुटपिट पनि गर्यो ।’ जुलीका अनुसार उनको बिहे भएको आधा घण्टापछि प्रहरी टोली आइपुगेको थियो तर, कारबाहीको क्रममा महिला प्रहरी थिएनन् । गत बिहीबारको यो घटना स्थानीय सन्चारमाध्यमहरुमा निकै चर्चामा छ । घटनाबारे मुजफ्फरपुर जिल्लाका वरिष्ठ एसपी विवेक कुमार भन्छन्, ‘प्रहरी अनुसन्धानको क्रममा केटाको अपहरण गरेर जबर्जस्ती बिहे गराएको भन्ने कुरा सही पाइएको छ ।’ उनले भनेका छन् प्रहरी कारबाहीको क्रममा नियन्त्रित तरिकाले बल प्रयोग नगरेकाले गायघाटका थानाका प्रहरी प्रमुखलाई निलम्बित गरिएको छ । यसबारे बेहुला पक्षका परिवारका सदस्यहरुको प्रतिक्रिया आएको छैन । बिहारमा हरेक वर्ष बिहेको लागि केटाको अपहरण भएका सयौं घटनाहरु सार्बजनिक हुने गर्दछन् । बिहार प्रहरीको तथ्यांक अनुसार सन् २०१६ मा यस्ता तीन हजारभन्दा बढी उजुरी परेका छन् । सन् २०१७ को मार्च महिनामामात्रै यस्ता घटनाका ८३० उजुरी दर्ता भएका छन् । बीबीसी हिन्दीबाट
एमाले शिर्षस्थानको अग्रतामा, माओवादी तेस्रो स्थानमा
काठमाडौं, जेठ १ । हिजो वैशाख ३१ सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणना भएको छ । मतगणना गर्ने क्रममा अहिलेसम्मको गणनामा पहिलो स्थानमा नेकपा एमाले, दोस्रो स्थानमा नेपाली काँग्रेस र तेस्रो स्थानमा नेकपा माओवादीले अग्रता लिन सफल भएको छ । काठमाडौंमा चाहिँ अहिले ११ बजेदेखि मतगणना सुरु गर्ने भएको छ ।
सरकारको आयु !
काठमाडौँ, वैशाख २३ । निर्वाचनको मौसममा प्रधानन्यायाधीश प्रकरण, त्यसले उब्जाएका कानूनी जटिलता, गृहमन्त्रीको राजीनामा र पुनः कुर्सी भिषेक, चुनाव केन्द्रीत चिन्हको गठबन्धनले गाउँ तथा नगर चर्चित छ । हल्लाले भरिएको छ एमालेले राप्रपालाई कसरी भोट हाल्छ, राप्रपाले एमालेलाई, काँग्रेसले माओवादीलाई अनि माओवादीले काँग्रेसलाई । पञ्चेको टाउको काट्ने माले अनि माले सिद्ध्याउने राप्रपा । टाउकोको मोल तोक्ने काँग्रेस अनि मोल खाने माओवादी । सुन्दापनि अत्यास लाग्ने यो समिकरणले नजिकिएको चुनाव लोकप्रिय बनेको छ । पहिलो चरणको चुनाव हुन अब केही घण्टामात्र बाँकी छ । सम्पूर्ण राजनीतिक दलहरूले निर्वाचनमा बागी उम्मेदवारलाई ठाडै कारवाही र साधारण सदस्यसमेत खोस्ने धावा बोलेसँगै धेरै इच्छुक उम्मेदवार शहिद बनेका छन् । पीडाको भारी बोक्न नसकेर सामाजिक सञ्जालमा ननभेज शब्दहरूको प्रहार थामिनसक्नु छ । तिर्खालाई थोरै सहानुभूतिको शब्दसँग साट्न व्यस्त छन् विचरा ! सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा पनि उत्तिकै सक्रिय रहेका छन् । पहिलो चरणको चुनाव पछि, दोश्रो चरण पछि र बजेट ल्याएपछि । यो तीन बहसले राजनीतिक माहौल तातो बनेको छ । चुनावपछि कम्तीमा यही सरकारले बजेट ल्याएर बिदा गर्नुपर्ने काँग्रेसका केही नेताको तर्क छ भने पार्टीका उच्च तहले भने बजेटभन्दा अगाडि नै नयाँ सरकारको परिकल्पनासमेत गरिसकेको देखिन्छ । तोकिएको समयमा निर्वाचन हुँदैगर्दा निर्वाचनको जससँगै बजेटमा माओवादी केन्द्रको चाह अस्वभाविक छैन । तर नेपालको राजनीति अचम्मको छ कहाँ के हुन्छ बसभन्दा टाढा छ । एकाथरिले पहिलो चरणको निर्वाचनपछि सरकारको आयु सकिने बताउँदै आएका छन् । त्यसपछि कामचलाउ सरकारले नै दोश्रो चरणको चुनाव गराउने, न्यायालयको विवाद लम्ब्याउने र साम्य पार्ने सुरसारपनि देखिएको बुझिन्छ । यो तालमेलले अनेक बहस सिर्जना गरेपनि चुरो कुरो बजेटपछि पुग्ने नै देखिन्छ । काँग्रेसले पनि अगाडि आएको कार्यलाई वाधा नपुर्याइकन सेफलेन्डिङ खोजेको देखिन्छ । तसर्थ, घटनालाई आधार मान्ने हो भने यो सरकारको आयू अब असार पुग्ने आँकलन गर्न सकिन्छ । कम्तीमा निर्वाचन सम्पन्न गराउनु प्रचण्ड सरकारको चुनौति र अवसर दुवै हो । उसले सरकार लम्ब्याउने भन्दापनि यो छोटो समयमा लिएको अभिभारा पुरा गर्नुमा केन्द्रीत थियो । यो निर्वाचन गर्नु नै यो सरकारको दायित्व भएको हुनाले उसले सरकारको आयुलाई प्राथमिकीकरण गरेको देखिँदैन । जनताबाट टाढा हुँदै गएको छविलाई सुधारको लागि पनि निर्वाचन मुख्य द्वार थियो सरकारलाई । फेरी संविधानको कार्यान्वयनमा आधार रहेको स्थानीय तहलाई स्थापीत गर्नलाई तोकिएको निर्वाचन अवसर बनेको छ । यसकारण अहिले दलहरू सत्ता भन्दापनि स्थानीय नेतृत्वमा दत्तचित्त बनेको देखिन्छ, जुन स्वभाविक हो । कसरी र के गर्दा पहिलो बन्ने योजनासहित घरदैलोमा व्यस्त छन् नेताहरू । कत्तिले पाएर त धेरैले नपाएर चित्त बुझाउँदै मतमाग्न दौडिएका छन् कार्यकर्ताहरू । तीनवटा प्रदेशमा दलका कार्यकर्ताहरू उत्सवसँग जुधिरहेका छन् । नेताहरू एक अर्कालाई दोशारोपण गर्दै भोटलाई खातासँग जुधाइरहेका छन् । यो अवस्थामा नयाँ सरकारको बहस सेलाएको छ तर सिद्धिएको भने होइन । पहिलो चरणको चुनावपछि पूनः तात्नेछ । फेरी सेलाउने छ अनि दोश्रो चरणको चुनावपछि झनै उत्तेजित् बन्नेछ । मन्त्रालयको भागबण्डाले सयौँ दिन मनाउने जात्रामा सहभागी हुने र काममा बाधा उत्पन्न गराउने लफडाबाट काँग्रेस पन्छिन्छ की समेट्छ अहिले नै भन्न सक्ने अवस्था देखिँदैन । यसले गर्दा सरकारको आयूमा आँकलन गर्ने तर्कहरूले असारको अन्त्य पर्खनैपर्ने देखिएको छ ।