नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्दै

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नवनिर्वाचित उपसभापति र महामन्त्रीहरूसँग छलफल गर्नुभएको छ । सभापति देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार पार्टी पदाधिकारीसँग छलफल गर्नुभएको हो ।

काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गर्नुभएको हो ।
मुख्यसचिव पौडेलले भन्नुभयो, “सभापति र पदाधिकारीहरूको छलफलमा शनिबार हुने प्रमाणपत्र वितरण कार्यक्रम र त्यसपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकबारे विमर्श भएको छ ।” उहाँका अनुसार काँग्रेसले शनिबार नै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारीबारे पनि छलफल भएको छ ।

शनिबार पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेपछि काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक केहीबेर बस्ने तयारी भइरहेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले काँग्रेस केन्द्रीय कार्यालयमा ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गर्ने कार्यक्रम शनिबार बिहान ११ बजे रहेको बताउनुभयो ।

मङ्सिर २४ देखि २८ गतेसम्म चलेको १४औँ महाधिवेशनबाट काँग्रेस सभापतिमा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री देउवा निर्वाचित हुनुभएको छ । उपसभापतिमा खड्का र गुरुङ, महामन्त्रीमा थापा र शर्मा निर्वाचन हुनुभएको छ । सहमहामन्त्रीमा डिना (महालक्ष्मी) उपाध्याय, जीवन परियार, फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, बद्री पाण्डे, महेन्द्र यादव, किशोरसिंह राठौर र उमाकान्त चौधरी निर्वाचित हुनुभएको छ । साथै विभिन्न क्षेत्रबाट दुई निर्विरोधसहित १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

डेढ वर्षदेखि रोकिएको कोरियामा रोजगारी सुरु हुन अझै केही समय लाग्ने

करिब डेढ वर्षदेखि रोकिएको दक्षिण कोरिया रोजगारी सुरु हुन अझै केही समय लाग्ने भएको छ । कोरियाले राखेको सर्त अनुसार प्रत्यक्ष हवाई उडानको व्यवस्थापन हुन नसक्दा बन्द रोजगार विभागले जनाएको छ । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले नेपालमा कोरोना महामारी बढेको कारण देखाउँदै कोरिया सरकारले काठमाडौँबाट सिधा हवाई उडान हुनुपर्ने सर्त राखेको तर सिधा उडानका लागि भाडा दरको टुंगो नलागेको बताए । यसअघि काठमाडौँबाट ट्रान्जिट हुँदै कोरिया जानेले प्रतिव्यक्ति तीन सय ९२ अमेरिकी डलर हवाई भाडा तिर्ने गरेकोमा सिधा उडान गर्दा हवाई कम्पनीले त्यसभन्दा बढी भाडा मागेको बताइएको छ । सिधा उडानका लागि हवाई कम्पनीले बढी भाडा मागेको बेला राष्ट्रियसभाको सरकारी आश्वासन समितिले कोरिया जाने कामदारलाई थप आर्थिक भार नपर्ने गरी उड्ने व्यवस्था मिलाउन निर्देशन दिएको दवाडीले बताए । १० हजारभन्दा बढी कामदार भाषा परीक्षा उर्तीण गरेर लामो समय भइसक्दा पनि कोरिया जान पाएका छैनन् । पहिलो लहरको कोरोना महामारीका बेला नेपालले बन्द गरेको कोरिया रोजगारी अहिले कोरिया सरकारले बन्द गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारी बताउँछन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

राष्ट्रिय जनमोर्चा सरकारमा नजाने

काठमाडौं । कांग्रेस–माओवादी गठबन्धनमा सहभागी दल राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ । बुधबार बसेको राष्ट्रिय जनमोर्चाको केन्द्रीय कमिटी बैठकले सरकारमा सहभागी नहुने निर्णय गरेको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन् । पौडेलले भनिन्, ‘हाम्रो पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ । तर, बाहिरैबाट देउवा सरकारलाई हाम्रो समर्थन रहनेछ ।’ प्रतिनिधिसभामा राष्ट्रिय जनमोर्चाको एक सिट छ । एकमात्र सांसद दुर्गा पौडेलले गठबन्धनमा सहभागी हुँदै आएकी थिइन् ।

रातो मच्छिन्द्रनाथको रथ तानिँदै

काठमाडौं । वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज तानिने भएको छ । हरेक वर्ष रथारोहण गरिएको चार दिनमा रथ तान्ने चलनानुसार अपराह्न तानिँदै छ । पुल्चोकको दमकलचोकस्थित जोगाम्बर पीठबाट लगभग १५ देखि २५ मिटर परसम्म मात्रै रथ तानेर विधि पु¥याइने ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले बताए ।साङ्केतिक रुपमा रथ बिहानको नित्य पूजा पछि हल्लाइने र अपराह्न तानिने मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण जोशीले बताए । ललितपुर महानगरपालिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्री प्रयोग गरी सामाजिक दूरी कायम गराएर केही पर रथ तानिने पानेजु नरेन्द्र शाक्यले बताए । मुलुकमा पहिलो लहरको कोरोना महामारी आउनुपूर्वको वर्ष आजका दिनमा लोकेश्वरको रथ तानेर गाःबहाल लगिने गरिन्थ्यो । गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामयलाई रथारोहण गराइएको थियो भने वैशाख १५ गते चैतकृष्ण प्रतिपदाका दिन रक्ताललोकितेश्वरलाई लगनखेल चोकस्थित मन्दिरमा महास्नान गराइएको थियो ।

प्रचण्ड–नेपाल समूहद्वारा भोलि आम हड्ताल गर्ने घोषणा

काठमाडौं । प्रचण्ड–नेपाल समूहको नेकपाले बिहीबार भोलि आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् । त्यसका लागि बुधबार दिउँसो २ बजे पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलन आयोजना गरिएको उक्त समूहका नेता विष्णु रिजालले जानकारी दिएका छन् । संवैधानिक आयोगमा नियुक्ति विरुद्धको मुद्दा टुङ्गो नलाग्दै सरकारले बुधबार बिहान पदाधिकारीको सपथ गराएको थियो । मंसिर ३० मा अध्यादेश ल्याएर गरिएको नियुक्ति सिफारिस असंवैधानिक भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले रिट दर्ता गराएका छन् । कानूनी र राजनीतिक विवादका बीच भएको संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले बहिस्कार गरेका थिए । संसद् विघटनविरुद्ध प्रचण्ड–नेपाल समूह तेस्रो चरणको आन्दोलन गरिरहेको छ । जसअन्तर्गत माघ २२ गते काठमाडौंमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन सभा आयोजना गरिँदैछ । यसअघि उक्त समूहले विभिन्न प्रदेश प्रदर्शन तथा विरोध सभा गरिरहेको छ ।  

शिलान्यासको दशकपछि निजामती स्मारक अन्तिम चरणमा

काठमाडौंः शिलान्यास भएको एक दशकमा निजामती स्मारकको काम अन्तिम चरणमा पुगेको छ । निजामती दिवसको अवसर पारेर विसं २०६८ भदौ १९ गते तत्कालीन मुख्यसचिव माधवप्रसाद घिमिरेले राष्ट्रिय शहीद स्मारक निर्माणस्थल गोकर्णस्थित यज्ञडोल (जगडोल) सामुदायिक वनमा निजामती पार्क शिलान्यास गरेका थिए । शिलान्यासको एक दशकपछि निजामती स्मारक निर्माण अन्तिम चरणमा पुगेको यज्ञडोल सामुदायिक वनका अध्यक्ष सुदर्शन सिग्देलले जानकारी दिए । शिलान्यासपछि त्यसै वर्ष असोज १५ गते मुख्यसचिव घिमिरेको अध्यक्षतामा बसेको सचिवहरुको बैठकले निजामती स्मारक निर्माण सम्पन्न भएपछि विशिष्ट श्रेणीका पदाधिकारीले स्मारकमा माल्यार्पण गरेर फर्केपछि मात्र पदबहाली गर्ने भनी निर्णय गरेको थियो । यो निर्णय विसं २०६८ चैत ७ गते सरोकार भएका निकायमा जानकारीका लागि पत्राचार गरिएको थियो । स्मारक निर्माण अन्तिम चरणमा पुगेपछि राष्ट्रिय शहीद तथा शान्ति एवं निजामती (स्मारक), यज्ञडोल (जगडोल) सामुदायिक वन पर्यापर्यटन प्रवद्र्धन तथा उद्यान व्यवस्थापन समितिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कसरी सञ्चालन गर्ने त्यसको तयारी गर्न भनी पत्राचार गरेको छ । त्यसबेलाका कागजात मन्त्रालयमा पत्र प्राप्त भएपछि सरोकार भएका निकायसँग छलफल भइरहेको सामान्य प्रशासन मन्त्रालय कर्मचारी कल्याण शाखा प्रमुख तुलसी दाहालले जानकारी दिए । यस वर्ष निजामती दिवसका अवसरमा भदौ २२ गतेको कार्यक्रम नै निजामती स्मारकमै गर्ने गरी तयारी गर्न समितिका तर्फबाट सामान्य प्रशासन मन्त्रालयलगायत सरोकार भएका निकायलाई ध्यानाकर्षण गराइएको छ । विसं २०६४ जेठ ११ गते मन्त्रिपरिषद्ले राणाशासनको अन्त्यदेखि पछिल्लो परिवर्तनसम्म शहादत प्राप्त गर्ने शहीदको सम्मानमा काठमाडौंको गोकर्णमा राष्ट्रिय शहीद तथा शान्ति पार्क (स्मारक) सँगै निजामती पार्क पनि निर्माण गर्ने निर्णय गरेको थियो । निर्णय भएको डेढ दशकसम्म पनि शहीद स्मारक सम्पन्न हुन सकेको छैन । सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा निर्माण भइरहेका धेरै संरचनाको ७० प्रतिशत काम सकिएर पनि अलपत्र बनेकै बेला आयोजना हेर्ने शान्ति तथा पुनःनिर्माण मन्त्रालय खारेजीमा परेपछि आयोजना थप अन्योलमा थियो । गत वर्षदेखि शहरी विकास मन्त्रालयले आयोजना हेर्ने निर्णय भएपछि हाल फेरि काम शुरु भएको छ । काम शुरु भएसँगै निजामती स्मारक अन्तिम चरणमा पुगको हो । रासस

‘हिजो आजका कुरा’ को ‘माया जदौ’लाई करोड भ्यु

काठमाडौंः समसामयिक हाँस्य कथामा निर्माण गरिएको फिल्म ‘हिजो आजका कुरा’ को ‘माया जदौ’ बोलको गीतले १ करोड भन्दा बढी भ्यु पाएको छ । २ महिनाअघि सार्वजनिक भएको गीतले दर्शकको उत्कृष्ट प्रतिक्रियासहित चर्चा पाइरहेको छ । साकार पन्तको डेब्यू निर्देशनमा बरिष्ट हास्य कलाकार सन्तोष पन्त नीर्मित ‘हिजो आजका कुरा’ को यस गीतमा रामकृष्ण ढकाल र मेलिना राईको स्वर, आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा बरिष्ट हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बाँस्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलीया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमीरे, जयनन्द लामा, शिबहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा बिश्वकर्मा, जेबिका कार्की, नवीन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सबिन शाक्य, मन्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधरलगायतका चर्चित कलाकारलाई प्रस्तुत गरिएको छ । कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा प्रदर्शन स्थगित गरिएको फिल्मको जनजीवन सामान्य भएपछि नयाँ प्रदर्शन मिति तय गरिने निर्माण पक्षले जनाएको छ । आफ्नो फिल्मको गीतले छोटो समयमै करोड भन्दा बढी भ्यु पाएकोमा निर्देशक साकारले खसी व्यक्र गरेका छन् । उनले गीत हेर्ने सम्पूर्ण दर्शकमा आभार व्यक्त गरेका छन् । फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलीया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा,दिब्यदेव पन्त, रिमा बिश्वकर्मा, जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक् लगायतका कलाकारले अभिनय गरेका छन् । पन्त फिल्म प्रोडक्सनको ब्यानरमा प्रतिभा पन्त कार्यकारी निर्माता तथा बैकुण्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र सह–निर्माता रहेको फिल्मको कथा सन्तोष पन्तको हो भने पटकथा सन्दीप किस्नाले लेखेका हुन् । रवि सायमीले खिचेको फिल्म निर्माण घोषणा देखिनै चर्चामा छ ।

परीक्षा अगावै प्रश्न र उत्तर आउटः अध्यक्षसहित ३ अख्तियारको नियन्त्रणमा

काठमाडौंः परीक्षा अगावै प्रश्न र उत्तर आउट गराएको भन्दै अख्तियारले तीन जनालाई नियन्त्रणमा लिएको छ । दैलेखको पिपलचौतरा माध्यमिक विद्यालय डुङ्गेश्वर–५ मा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव शिक्षक छनौट समितिको संयोजक भक्त बहादुर शाही, घनश्याम भण्डारी र दल बहादुर बिकलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । राहत दरबन्दी निमावि तह सामाजिक बिषय शिक्षकको गाउँपालिकाबाट संचालन गरिएको शिक्षक छनौट परीक्षा संचालन हुनु अगावै परीक्षार्थीहरुलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाएर शिक्षक छनौट गरेको अख्तियारले जनाएको छ । परीक्षामा सहभागी भएर छनौट भएका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दल बहादुर विकलाई म्यासेन्जरमार्फत प्रश्नपत्र र उत्तर कुन्जिका पठाई खुल्न आएकोले उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

पूर्वमिस नेपाल खतिवडाले भनिन्, ‘यौन हिंसाको सिकार भए’

काठमाडौंः पूर्वमिस नेपाल शृखला खतिवडाले यौन हिंसाको सिकार हुनुपरेको बताएकी छन्। महिला सशक्तिकरण सम्बन्धी विभिन्न गतिविधिमा सक्रिय उनले भोग्नु परेको यौन हिंसाबारे बोलेकी हुन्। महिलाहरु विभिन्न कारणले यौन हिंसाको सिकार हुने गरेका छन्। बाल्यकालमा म आफै यौन हिंसाको सिकार भएकी थिएँ। म ह्यारासमेन्टको सिकार भएको थाहा पाउन धेरै समय लागेको थियो। उनले भनिन् ‘महिलाहरु कतैपनि सुरक्षित छैनन्।’ सामाजिक सञ्जालमा सक्रिय पूर्वमिस नेपाल खतिवडा पुरुष र महिलाको विभेद कम नहुन्जेल महिला र बालिकामाथि हुने यौन हिंसामा कमी नआउने बताउँन्छिन्।

झण्डैले बाँचे वरुण धवन, स्टन्ट गर्दा भयो यस्तो खतरनाक दुर्घटना

मुम्बई, बलिउडका चर्चित युवा कलाकार वरुण धवन निकै ठूलो दुर्घटनाबाट जोगिएका छन् । हाल कुली नम्बर १ को रिमेक छायांकनका क्रममा रहेका वरुण धवन झण्डैले जोगिएका हुन । समाचार अनुसार, वरुणलाई एउटा स्टन्ट गर्नुपर्ने थियो । उक्त स्टन्टमा चट्टानबाट उल्टो झुण्डिएको कारमा बसेर केही क्लोज अफ शट दिनुपर्ने थियो । यो स्टन्टको कैयनपटक रिहर्सल गरियो । र, आवश्यक सुरक्षा सावधानी पनि अपनाइयो । तर यति गर्दा पनि दुर्घटना भने भइछाड्यो । अन्तिम समयमा कारको ढोका बन्द हुन पुग्यो । चट्टानमा झुण्डिएको कारमा वरुण भित्रै बन्द हुन पुगे । उनी बाहिर निस्किन सकेनन् । कार भीरमा झुण्डिएको थियो । ढोका फोडेर पनि बाहिर आउन सकिने अवस्था थिएन । पछि निकै कठिन मेहनत गरेर उनलाई बाहिर निकालिएको पत्रिकाले जनाएको छ । यद्यपी धवन या अन्य क्रु मेम्बर कसैलाइ चोट भने लागेन । यो चलचित्रमा वरुण धवनसँगै सारा अलि खान मुख्य भूमिकामा देखिनेछिन् । यसका साथै वरुण धवन फिल्म हम्प्टी शर्मा की दुल्हनीया र ब्रदीनाथकी दुल्हनीयपछि सशांक खेतानको रणभूमि नामक चलचित्रमा पनि खेल्न गइरहेका छन् ।

ट्याक्सीमा कन्डम अनिवार्य !

एजेन्सी । भारतको दिल्लीमा ट्याक्सी चालकहरु आफ्नो सवारीमा कन्डम राखेर हिँड्न थालेका छन् । यदी उनीहरुले सवारीमा कन्डम राखेनन् भने ट्राफिकले चिट काट्ने गरेको समाचारहरु सार्वजनिक भएको छ । भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम र जरिवानामा गरिएको भारी बढोत्तरीका कारण चालकहरु कुनै प्रकारको गल्ती गर्नबाट डराउने गरेका छन् । कतिपय स्थानमा ट्राफिक प्रहरीले चेकिङका क्रममा ट्याक्सीभित्र प्राथमिक उपचारका सामान भए–नभएको समेत हेर्ने गरेको र त्यस्ता सामान नरहेको पाइए भारी जरिवाना गरेको चालकहरुको गुनासो छ । प्राथमिक उपचारका सामान राख्ने बाकसमा ट्याक्सी चालकहरुले कन्डमसमेत राख्ने गरेका हुन् । यद्यपि सवारी साधनमा कन्डम अनिवार्य नगरिएको ट्राफिक अधिकारीहरु बताउँछन् । चालकहरु भने चेकिङका क्रममा ट्राफिकले कन्डमसमेत खोज्ने गरेको बताउँछन् । एएनआई समाचार एजेन्सीका अनुसार कतिपय चालकले कन्डम नबोकेकै आधारमा जरिवाना तिरेको बताएका छन् । जरिवाना तिर्नु परेकै कारण पछिल्लो समय दिल्लीका अधिकांश ट्याक्सी चालकले कन्डम बोक्न थालेका हुन् । त्यसो त, कन्डमलाई सुरक्षित यौन सम्पर्ककालागि मात्र नभई अन्य प्रयोजनमा समेत प्रयोग गर्न सकिन्छ । सवारी चालकले कन्डम साथमा राख्दा फाइदा नै हुने अधिकारीहरुको भनाइ छ । मोटरको ‘प्रेसर पाइप’ फुट्दा इन्धन चुहावट रोकेर गन्तव्यतर्फ पुग्नका लागि कन्डम प्रयोग गर्न सकिने उनीहरुको भनाइ छ । यस्तै, चोट पटक लागेको अवस्था रक्तस्राव रोक्न सकिने गरी कन्डमले शरीरका अंग बाँध्न सकिने, वर्षाको समयमा जुत्तालाई भिज्नबाट बचाउन सकिनेजस्ता फाइदा कन्डमबाट हुने चालकहरु बताउँछन् । दिल्लीस्थित सर्वोदय ड्राइभर एसोसिएसनका अध्यक्ष कमलजित गिलका अनुसार चालकहरुले कन्डम बोकेर हिँड्नु बाध्यता भएको छ । तर, यसले चालकलाई आपतकालिन अवस्थामा फाइदा नै पुग्ने उनको भनाइ छ । ‘प्राथमिक उपचारको सामान राख्ने बाकसमा प्रहरीले चेकजाँच गर्ने गरेका छन्,’ उनले भने, ‘केही चालकले कन्डम नबोकेकै कारण जरिवाना तिर्नुपरेको गुनासो पनि गरेका छन् ।’ सार्वजनिक यातायातमा कम्तीमा तीनवटा कन्डम बोक्नु उपयुक्त हुने उनको भनाइ छ । कन्डमलाई यौन सम्पर्कका दृष्टिले मात्र नहेरी अन्य आकस्मिक अवस्थामा यसको प्रयोग चालकहरुले गर्न सक्ने उनले बताए ।

यी हुन् ऋषभ पन्तकी सुन्दर गर्लफ्रेण्ड (फोटो फिचर)

काठमाडौं, भारतीय क्रिकेट टीमका निकै चर्चित युवा खेलाडी हुन ऋषभ पन्त । ब्याटिङमा एकनासको लय नभएपनि उनले कैयन उत्कृष्ट खेल खेलेका छन् । आज पनि ऋषभ पन्त (यो समाचार तपाई एभरेष्ट दैनिक डटकममा पढ्दै हुनुहुन्छ) दक्षिण अफ्रिकाविरुद्दको टी–२० खेल खेलिरहेका छन् । ऋषभ पन्त अहिले २२ वर्ष पुगे । उनी भारतको उत्तराखण्ड निवासी हुन । यही बीचमा ऋषभ पन्तको चर्चा उनकी प्रेमिकाका कारण पनि भएको छ । गत जनवरीमा उनले पहिलोपटक आफ्नो प्रेमलाई सार्वजनिक गरेका थिए । को हुन त ऋषभकी प्रेमिका ? ऋषभ पन्तकी सुन्दर प्रेमिका अहिले १९ वर्षकी भइन । उनको नाम इशा नेगी हो । उनी पनि ऋषभ जस्तै उत्तराखण्ड निवासी नै हुन । ऋषभ पन्त ब्राम्हण परिवारका हुन भने इशाा भने क्षत्रि परिवारबाट हुन । इशाको हाइट ५ फिट ३ इन्च रहेको छ । उनको तौल अनुमानित ५० किलो छ । उनको आँखा ब्राउन रहेको छ भने कपाल पुरै कालो देखिन्छ । कमर भने जम्मा २६ इन्च छ । पढाईमा निकै अब्बल रहेकी इशाले इन्टेरियर डिजाइनिङमा काम गर्छिन । उनले देहरादुधनको जेसस एण्ड मेरी स्कूलबाट हाइस्कूल गरेकी हुन । यसैगरी उनले दिल्लीको एमिटी कलेजबाट अंग्रेजीमा बिए गरेकी छिन् । कलेजन पढ्दै गर्दा उनले इन्टेरियर डेकोरेसन गर्न थालेकी हुन । अहिले उनी परिवारकै साथमा व्यापारमा सघाए गरिरहेकी छिन् । देहरादूनमा फेब एक्स इन्जिनियरिङ नाम गरेको व्यवसाय रहेको छ । इशाका बारेमा थप कुरा मन पर्ने कलाकारः अमिर खान, वरुण धवन नायिकाः कट्रिना कैफ फिल्मः क्वीन, धूम ३, २ स्टेट्स, हाइवे, ट्विलाइट, द ह्याङओभर, द प्रिन्सेज डायरी गायकः अर्जित सिंह, टेलर स्विफ्ट, माइकल ज्याक्सन, जष्टिन बाइबर र केट पेरी पुस्तकः भेम्पाईर, मेन बिहाइन्ड द मिरर अचम्म त के छ भने ऋषभलाई माया गर्ने इशाको मनपर्ने क्रिकेटर भने बिराट कोहली हुन ।  

एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी

काठमाडौंः  गैरआवासीय नेपाली संघ एनआरएनएको कोषाध्यक्षमा सोम सापकोटाले उम्मेद्वारी घोषणा गरेका छन् । एनआरएनएको आगामी ग्लोवल सम्मेलनमा बर्तमान कार्यसमिका सहकोषाध्यक्ष सापकोटाले आर्थिक रुपमा संस्थालाई बलियो बनाउने योजनासहित आगामी कार्यकाल का लागि कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ‘संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन, धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन, मेगा प्रोजेक्टको अवस्था उस्तै छ, र योजनाहरु आर्थिकरुपले माइनसमा छन् तर पनि यसको व्यवस्थापन गर्न सकिन्छ, त्यसको सुरुवात म गर्छु ।’ सापकोटाले भने । सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा २००६ मा गैरआवासीय नेपाली संघ एन.सी.सी पोर्चुगलको कार्य समिति सदस्य २००९-११, डेनमार्कका संस्थापक अध्यक्ष, २०११-१३ गैरआवासीय नेपाली संघ केन्द्रीय सदस्य साथै २०१३-१५ यूरोप सहसंयोजक २०१५-१७ केन्द्रीय सदस्यमा रहेर जिम्मेवारी पुरा गरेका सापकोटा वर्तमान केन्द्रीय समितिमा सह(कोषाध्यक्षको रुपमा कार्यरत छन् । एनआरएनएको सह-कोषाध्यक्षमा रहेर जिम्मेवारी पूर्ण काम गरेका सापकोटले यो कार्यकाल बाँकी रहेका अधुरा योजना सपन्न गर्न तथा एनआरएनएलाई आर्थिक रुपले समप्पन्न बनाउन अभियान नै सञ्चालन गर्ने बताएका छन् । मौजुदा कार्यसमितिमा निडर, क्रियाशिल र उद्देश्य प्राप्तिमा लाग्ने सापकोटा गैरआवासीय नेपाली संघको स्थापनादेखि नै यसका उद्देश्यमा केन्द्रित भएर लाग्ने थोरै व्यक्तिमा पर्छन् । संस्थामा सबै क्षेत्रको प्रतिनिधित्व र वैदेशिक रोजगारीको विषय एनआरएनएको हुनुपर्ने मुद्दा सापकोटाले नै उठाएका थिए । वैदेशिक रोजगारी र यसका समस्या समाधानमा एनआरएनएलाई थप क्रियाशिल बनाउनु पर्नेमा जोड दिँदै उनले अबको कार्यकालमा वैदेशिक रोजगारीमा देखिएका समस्या समाधानमा एनआरएनएको छुट्टै संयन्त्र बनाएर काम गर्ने प्रतिवद्धता जनाएका छन् । अहिले वैदेशिक रोजगारी कल्याणकारी कोषको संयोजकको जिम्मेवारी पनि सापकोटाले निर्वाह गरिरहेका छन् । नेपालको पर्यटन प्रावधनमा पनि सापकोटाको महत्वपूर्ण भूमिका रहेको छ । २५ वर्षदेखि युरोपमा क्रियाशिल सापकोटाले विभिन्न सामाजिक कार्य र जिम्मेवारी पुरा गरेका छन् । उनले राजनीतिक विचारधाराबाट एनआरएनए नेतृत्व प्रभावित हुन नहुने भन्दै विभिन्न पद पनि परित्याग गरेका थिए ।

सर्वोच्चले सबै सूचना नदिने, संवेदनशील सूचनामा बन्देज लगाउने तयारी

सर्वोच्च अदालत न्याय सम्पादन कार्यमा अति संवेदनशील सूचनाको वर्गीकरण गर्दै त्यस्ता सूचना दिन बाध्यकारी नहुने सञ्चार नीति ल्याउने तयारीमा छ। न्यायपालिकाका काम कारबाहीसम्बद्ध सूचनालाई व्यवस्थित गरी कानुनी शासनलाई मूर्तरूप दिन यस्तो नीति ल्याउन थालिएको भनाइ सर्वोच्चको छ। प्रसारणमा बन्देज लगाइएका सूचना – व्यक्तिगत गोपनीयता र व्यक्तिको जीवन – स्वास्थ्य तथा सुरक्षामा खतरा – अपराधको अनुसन्धान, तहकिकात र अभियोजनमा प्रत्यक्ष असर पार्ने – आर्थिक, व्यापारिक, मौद्रिक हित वा बौद्धिक सम्पत्तिको संरक्षण – बैंकिङ वा व्यापारिक गोपनीयतामा गम्भीर असर पर्ने विषय – जातजाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल – सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सार्वजनिक शान्ति सुव्यवस्था – अन्तर्राष्ट्रिय सम्बन्धमा असर पार्ने सूचना – इजलासबाट सुनुवाइ हुने भनी तोकिएका वा व्यक्तिगत परिचयात्मक विवरण वा गोप्यता राख्नुपर्ने मुद्दा।

१३ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौंः  शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले शनिबार दिउँसोसम्म १३ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले शुक्रबार दिउँसोसम्म सुदूरपश्चिमका सबै जिल्लाको नतिजा सार्वजनिक गरेको हो । हेर्नुस् १३ जिल्लाको प्रा.वि तहको नतिजा हुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जुम्ला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कालिकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् जाजरकोट जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् अछाम जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डोटी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बाजुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बझाङ जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कैलाली जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् दार्चुला जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् बैतडी जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा।वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा. तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९  सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।

कतारमा नेपाली कामदार नगद पुरस्कारद्वारा सम्मानित

दोहाः अन्तर्राष्ट्रिय मान्यता प्राप्त कतारको नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा कार्यरत २ नेपालीलाई नगदसहित सम्मान गरिएको छ। दश बर्षदेखि उक्त कम्पनीमा कार्यरत दाङका पुस्वा चौधरी र ताप्लेजुङका कृष्णबहादुर गुरुङलाई जनही १५ हजार रियाल नेपाली झन्डै ४ लाख ५० हजार रुपैयाँका साथ सम्मान गरिएको हो । इमान्दारीपूर्वक कम्पनीमा काम गरेवापत् चौधरी र गुरुङले इद अलअधाको उपलक्ष्यमा नासर अल अलि इन्टरप्राइसेस कम्पनीका मालिक नासर अल अलीको हातबाट उक्त सम्मान प्राप्त गरेका हुन् । सन् २००९ मा हेल्परका रुपमा सोही कम्पनीमा आएका दाङका चौधरी कामप्रतिको इमान्दारिता र लगावको कारण एक सक्षम ट्रेड वर्करसमेत भइसकेका छन् । दुई छोरा र एक छोरीका पिता चौधरीले नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा काम गरेर नै घर जग्गा जोड्न सफल भएको बताउछन् । कम्पनीमा आफु आउन पाउनु नै आफनो अहोभाग्य सम्झेका चौधरी कम्पनीका मालिक नासर अल अली आफनो अविभावक जस्तो भएकोले आफू पराई भूमिमा भएजस्तो पनि नलागेको बताए । उनले आफूले प्राप्त गरेको इनाम रकम घर खर्च लगायत छोराहरुको पढाईमा खर्च गर्ने बताए । ताप्लेजुङ निवासी कृष्णबहादुर गुरुङ पनि हेल्परमै सोही कम्पनीमा आएका भए पनि अहिले उनी सबै काममा सक सक्षम भइसकेका छन् । अल नासर इन्टरप्राइसेस कम्पनीमै सोमबहादुरले पनि १० वर्ष विताई सकेका छन् । सोही कम्पनीमा काम गरेर जोहो गरेको रकमले आफना एक छोरा र एक छोरीलाई राम्रो शिक्षादिक्षा प्रदान गरेको बताउँछन् । कम्पनीको मालिक नासर अल अली अत्यन्त सहयोगी र सहृदयी भएको कारणले नै आफनो आर्थिक भविष्यमा यसरी सुधार हुन सकेको कृष्णबहादुरले बताउदै नासर अल अलि इन्टरप्राइसेस र कम्पनी मालिकप्रति आभार व्यक्त गरे । आफनो लागि यो रकम ठुलो सहयोग रकम भएको स्विकार्दै आफनो छोराछोरीको पढाइमा समेत खर्च गर्ने बताए । नासर अल अलि इन्टरप्राइसेस कम्पनीमा काम गरिरहँदा आफूले आर्थिक प्रगति गर्न र मनग्य सिप आर्जन लगायतको दुई महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । कम्पनीका मालिकले समयसमयमा उत्कृष्ट कामदारहरुलाई सुनको सिक्का समेत इनामको रुपमा प्रदान गर्दै आइरहेका छन् भने १० वर्षभन्दा बढी काम गरिसकेका नेपाली, भारतीय, वंगलादेशी कामदारहरु पुरस्कार र सम्मानबाट लाभान्वित भइसकेका छन् । कम्पनी मालिक आसर अल अलीले आफनो कम्पनीमा काम गर्ने सबै कामदारहरुको छोराछोरीहरुको पढाई खर्च समेत दिने गरेकाछन् ।