के हो टेस्टट्युब बेबी ? कसरी जन्माइन्छ ?
काठमाडौं, पुस ४ । नेपालमा पहिलो पटक २०६० सालमा टेस्टट्युब बेबी जन्मिएको थियो । जुन प्रविधि स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालले भित्र्याएका थिए । त्यसपछि ओम हस्पिटलबाट मात्र एक हजारभन्दा बढी टेस्टट्युब बेबी जन्मिसकेका छन् । नेपालीमात्र नभएर विदेशीसमेत आएर ओममा टेस्टट्युब बेबी जन्माउँछन् ।
तर, अहिलेसम्म पनि नेपाली समाजमा यसबारे विभिन्न मिथक छन् । टेस्टट्युब बेबी जन्मने प्रक्रिया के हो त ? ‘टेस्टट्युब बेबी’ को बारेमा केही कुरा जान्न डा.भोला रिजालसँग गरिएका कुराकानी–
को हो टेस्टट्युब बेबी ?
नेपालमा टेस्टट्युब बेबी भनेर निकै प्रचलित छ । तर, यसको खास नामचाहिँ यो होइन । कतिपय मानिसलाई लागेको हुन्छ कि बच्चा पनि टेस्टट्युबबाटै निस्कन्छ । यो पनि पूर्ण असत्य हो । यसलाई अंग्रेजीमा इनभित्रो फर्टिलाइजेसन भनिन्छ । भिभो फर्टिलाइजेसन भनेको आमाको गर्भमा फर्टिलाइज गर्ने र भित्रो भनेको बाहिर गर्ने हो । बाबुको शुक्रकिट र आमाको डिम्बलाई आमाको गर्भाशयभन्दा बाहिर फर्टिलाइज गर्ने भएकाले यस्तो प्रक्रियालाई इनभित्रो फर्टिलाइजेसन भनिन्छ । तर, यस्तो फर्टिलाइज गर्दा बाबुको शुक्रकिट र आमाको डिम्ब भने मेल हुन जरुरी हुन्छ । खासमा आमाको डिम्ब र बाबुको शुक्रकिटलाई टेस्टट्युबमा निकालिने भएकाले यसको नाम नेपालीमा टेस्टट्युब बेबी भनिएको हो ।
यसरी जन्माइन्छ
सबैभन्दा पहिले आमा र बाबुलाई इन्जेक्सन दिएर डिम्ब र शुक्रकिट निकालिन्छ । यसो गर्नुको कारण भनेको आमा र बाबुबाट बढीभन्दा बढी डिम्ब र शुक्रकिट निस्कियोस् भन्ने हो । त्यतिवेला बाबु र आमालाई अलिकति लट्याइन्छ पनि । त्यसपछि नलीबाट डिम्ब र शुक्रकिट टेस्टट्युबमा निकालिन्छ । डिम्ब र शुक्रकिटलाई टेस्टट्युबमा दुई मिनेटभन्दा बढी समय राखिँदैन । खासमा बजारमा पाइने आकारकै हुन्छ, यसमा प्रयोग गर्ने टेस्टट्युब तर प्रकृति भने अलि फरक हुन्छ ।
त्यसपछि डिम्ब र शुक्रकिटलाई इक्रिपेट पेट्रिडिस ९सिसाको विशेष भाँडो०मा राखिन्छ । पेट्रिडिसमा ३६ घन्टासम्म राख्दा डिम्ब र शुक्रकिट फर्टायल आर्थात् सेचन हुन्छ । पेट्रिडिसमा भ्रुण बन्नका लागि योग्य वातावरण हुन्छ अर्थात् बच्चाको भु्रण बन्छ । त्यसरी सेचन भइसकेको भ्रुणलाई पुनः आमाको गर्भाशयमा राखिन्छ, जसलाई एमरिओ ट्रान्सफर भनिन्छ । त्यसपछि अरू बच्चा जसरी जन्मिन्छन् त्यसरी नै टेस्टट्युब बेबी पनि जन्मन्छ ।
किन पर्यो आवश्यक ?
जब बाबुको शुक्रकिट र आमाको डिम्बाशय मिल्न सक्दैन, त्यस्तो अवस्थामा टेस्टट्युब बेबीको आवश्यकता पर्छ । बाबुले शुक्रकिट खसाल्न नसकेको या शुक्रकिटलाई डिम्बसम्म पु¥याउने आमाको नसा वा कोष बीचमा बाधा उत्पन्न भएर होस्, यस्तो वेला जन्माउने हो टेस्टट्युब बेबी । नेपालमा २०६० सालदेखि टेस्टट्युब बेबीको प्रचलन सुरु भयो । जतिवेला विश्वमा जन्मेको टेस्टट्युब बेबी लिस ब्राउन २५ वर्षकी भइसकेकी थिइन् अर्थात् विश्वमा सुरु भएको २५ वर्षपछि मात्र यो प्रविधि नेपालमा भित्रियो । अरू कुनै पनि तरिकाबाट बच्चा भइरहेको छैन भने उनीहरूका लागि वरदान साबित हुन सक्छ, टेस्टट्युब बेबी । त्यसैले अब कोही पनि बच्चा भएन भनेर निराश हुनुपर्ने अवस्था छैन । नेपालमा जुलाई १० लाई निःसन्तान दिवसका रूपमा पनि मनाउँछौँ ।
कति लाग्छ खर्च ?
अहिले नेपालमा धेरै हस्पिटलले टेस्टट्युब बेबी जन्माउन सुरु गरिसकेका छन् । तर, पहिलोपटक ओम हस्पिटलमा हामीले ओममणि तामाङलाई जन्म दियौँ । अहिले त नेपाल सरकारले समेत प्रसूति गृहमा यस्तो प्रविधिको सुरुवात गरिसकेको छ । विशेषगरी ओम हस्पिटलमा तीनदेखि साढे तीन लाख रुपैयाँमा हामीले टेस्टट्युब बेबी जन्माउने गरेका छौँ । कतिपय बच्चा अझ सस्तोमा पनि जन्माएका छौँ । विदेशीहरू आएर समेत हामीसँग सेवा लिइरहेको छ । यही प्रविधिलाई प्रयोग गरेर भारतमा टेस्टट्युब बेबी जन्माउँदा साढे पाँच लाख भारु खर्च लाग्छ ।
आमाको स्वास्थ्यमा असर पर्छ त ?
टेस्टट्युब बेबी जन्माउनका लागि केही लिमिटेसनहरूचाहिँ पक्कै छन् । यसका लागि पनि बाबुसँग सक्षम शुक्रकिट र आमाबाट डिम्ब निस्कनुपर्यो । आमामा पाठेघर र बच्चा राख्न सक्ने क्षमता हुनुपर्यो । केही शारीरिक कारणबाट स्वास्थ्यमा असर पर्न सक्छ । तर, टेस्टट्युब बेबीकै कारणचाहिँ आमा र बच्चाको स्वास्थ्यमा कुनै प्रकारको असर पर्दैन ।
डा.भोला रिजाल
यौन इच्छा हुँदा पनि उत्तेजना आउँदैन किन ?
म २० वर्षीया युवती हुँ । म हप्तामा एकपटक यौनसम्पर्क गर्छु । ममा चाहना पनि छ कि म यौनसम्पर्क गरूँ, तर किन हो ममा उत्तेजना नै हुँदैन । शारीरिक रूपमा मलाई सम्बन्धका लागि कुनै समस्या छैन । के मैले कुनै चिकित्सकबाट जाँच गराउनुपर्छ ? के यो कुनै रोग हो ? यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यसका लागि चाहिने यौन उत्तेजना पनि स्वाभाविक रूपमै व्यक्तिमा हुन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले ।गर्छ । यौनसम्पर्क, उत्तेजना र चरमसुख तपाईंले पक्कै पनि मानव यौन प्रतिक्रिया चक्रका बारेमा सुन्नुभएको होला । पहिलो चरणलाई उत्तेजनाको चरण भनिन्छ र त्यसमा यौन उत्तेजना दिने क्रियाकलापलाई निरन्तरता दिए एबितभबग चरणमा पुगिन्छ । प्लाटो फेजमा भएको यौन stimulation निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दमध्येको सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ । यौनसम्पर्क नै यसलाई प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण उपाय हो । मैले तपाईंले यौनसम्पर्क राखेर पनि उत्तेजना नपाउने भन्नुभएको कुरा चरमसुखलाई भन्नुभएको मानेर जवाफ दिने प्रयास गरेको छु । अन्यथा भए पुन: आफ्नो कुरालाई विस्तृतमा लेख्नुहोला । महिलामा चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आउँछ र त्यो आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ भने रक्तचाप समेत बढ्छ । पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरमसुख प्राप्त हुँदा मांसपेशी खुम्चने फुक्ने क्रम १० देखि १५ पटक सम्म हुन्छ । बुझ्नुपर्ने कुरा के छ भने आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै भए पनि पनि केही कुरामा भने फरक हुन्छ । चरमसुखको स्थितिसम्म पुग्न पुरुषको तुलनामा महिलालाई बढी समय लाग्छ । यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन (stimulation) निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एक पटकभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक Refractory Periodम हो । पुरुषहरू चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित हुन सक्दैनन्, तर महिलाले यौन चरमसुखपछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन् । यौन चाहनाको सञ्चालन यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यसका लागि चाहिने यौन उत्तेजना पनि स्वाभाविक रूपमै व्यक्तिमा हुन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम (endocrine system) अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ । यौन उत्तेजनामा स्वभाविक रूपमै इन्द्रियहरूको महत्वपूर्ण भूमिका हुन्छ । यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो । यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई स्नायु प्रणाली तथा यौनाङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलताका रूपमा परिभाषित गर्न सकिन्छ । महिलालाई यौन चरमसुख प्राप्त गर्न के कुरा सहयोगी हुन्छ ? पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौन सम्पर्कमा यौन चरमसुखको अपेक्षा राख्नु मनासिव होइन । फेरि पुरुष माथि रहेर गरिने यौनसम्पर्कमा त महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुरको घर्षण नै हुँदैन । महिला माथितिर रहेर महिलाले आफूले चाहेजस्तो कटि प्रदेश चलाउन सक्छन् अनि भगांकुरलाई हात वा औंलाले वा यौन प्रसाधन जस्तै— भाइब्रेटर प्रयोग गरेर यौन सन्तुष्टि प्राप्त गर्न सकिन्छ । त्यसबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सहज हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत मिल्छ । पुरुषको तुलनामा महिलालाई यौन चरमसुखसम्म पुग्न केही बढी समय लाग्दा पुरुषले आफ्नो चरमसुखपछि लिङ्ग झिक्दा यौन क्रियाकलापले निरन्तरता पाउन सक्दैन र महिला असन्तुष्ट नै बस्नुपर्ने स्थिति आउँछ । कुनै यौनसम्पर्क पुरुषको तथा कुनै महिलाको यौनसुख प्राप्तिलाई ध्यानमा राखेर गर्न सके महिलालाई यौनसम्पर्कबाट पूर्ण सन्तुष्टि प्राप्त गर्न सहज हुन्छ । चरमसुख नै नहुने कुरा यद्यपि केही व्यक्तिले चरमसुखको अनुभव नै गर्न सक्दैनन् भने अर्कातिर विभिन्न कारणले सजिलै यौन चरमसुख प्राप्त हुन सक्दैन । दीर्घ किसिमको विमारी, मधुमेह, कटि प्रदेशको चोटपटक, कतिपय उच्च रक्तचाप, एन्टिहिस्टामिन वा मानसिक रोगका औषधीको प्रभाव वा हार्मोनमा हुने असन्तुलनजस्ता कतिपय कुराले चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ । कुनै पनि कारणले हुने चिन्ता वा निराशाले यौन क्रियाकलाप अनि यौन चरमसुख प्राप्तिमा असर गर्छ । अहिले आधुनिक समाजको दैनिक जीवनका चापाचापको कार्यशैली होस् वा आर्थिक कारणले हुने तनाव, यसमा त्यसको नकारात्मक प्रभाव पर्छ नै । स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, शंका वा जानकारी आवश्यक भए चिकित्सकलाई देखाउने वा सल्लाह लिने विचार उत्तम हो । त्यसका लागि आफूलाई के भएको हो अनि के जान्न चाहेको हो, राम्रोसँग तयारी गरेर जानुहोला ।
‘मंसिरपछि वामपन्थीको स्थिर सरकार’
गोरखा, कार्तिक २०। नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर–२ प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले सुलिकोट गाउँपालिका–५ मा रहेको चनौटे र लाकुरेबोट जोड्ने पुल निर्माणको लागि आफुले महत्त्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै पुलको निर्माण कार्य तिब्ररुपमा अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । सुलिकोट ५ लाकुरीबोटमा आयोजित चुनावी सभालार्इ सम्बोधन गर्दै श्रेष्ठले पुल निर्माणको जिम्मा पाएको कम्पनीले तत्काल काम अघि नबढाए कार्वाहीको लागि पहल गर्ने बताए । समयमा नै पुल निर्माण नहुदा जनताले दुख पाएको बताउदै श्रेष्ठले निर्माण कम्पनीले तत्काल काम अघि नबढाए कानुनी प्रक्रियामा गएर निर्माण व्यवसायी र कम्पनी दुबैलाई कार्वाही गर्ने चेतावनीसमेत दिए ।पुल निर्माणको बिषयलाई केही व्यक्तिहरुले राजनैतिक बिषय बनाएकोमा दुख व्यक्त गर्दै श्रेष्ठले त्यस्ता व्यक्ति विकास बिरोधी भएको बताए । पार्टीको जिम्मेवार पदमा रहेको कारण देशभर नै आफ्नो जिम्मेवारी रहेकोले गर्दा नियमित गृह जिल्ला आउन नसके पनि आफू जन्मेको हुर्केको जिल्लाको विकासको निम्ति निरन्तर कृयाशिल रहेको प्रष्ट पारे । शिरानचोक गाउँपालिका वडा नम्बर–८ जौबारीमा घर भएका श्रेष्ठले स्थानीय बिद्यालयबाट एसएलसी पास गरेका थिए । सुलिकोट गाउँ पालिका–५ मा रहेको जलकन्यादेवी माद्यामिक बिद्यालयको भवन निर्माण कार्यको लागि आफ्नो पहलमा शिक्षा मन्त्रालयबाट आर्थिक सहयोग उपलब्ध गराएको बताउदै श्रेष्ठले समग्र गोरखा जिल्लाको बृहत्तर विकासको निम्ति क्रियाशिल रहदै आएको र आगामी दिनमा पनि कृयाशिल रहने प्रतिबद्धता व्यक्त गरे । बाम गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले देश विकास हुन स्थायी सरकार आवश्यक हुने बताउदै मंसिर २१ को चुनाव पछि देशमा बामपन्थीहरुको स्थायी सरकार बन्ने पनि उदघोष गरे । चुनावी सभामा नेकपा एमालेका नेता बिकल कुमार श्रेष्ठ, गोरखा जिल्ला क्षेत्र नम्बर दुईका प्रदेश सभा सदस्य उम्मेदवार अमर तमु, नेकपा माओवादी केन्द्रका नेता जितबहादुर घले लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । चुनावी सभा हुनु अघि श्रेष्ठ सुलिकोट ५ लाकुरीबोटको गाउँमा घरदैलो अभियानमा सहभागी थिए ।
गाउँबाट शहर पस्दा….
गाउँमा छँदा किन हो किन बन्धनमा बाँधिए जस्तो लाग्थ्यो । नलाग्नु पनि कसरी घर परिवारको आग्रह पालना नगरी सुुखै थिएन । एक हिसाबले भनौं अहिले मन चगांजस्तै भएको छ । जता उडायो उतै उड्ने । केवल उडाउने कलामात्रै चाहिने । एल.बुङ्ली बालपन गाउँघरमै विताए । सानोमा जति पनि राम्रो नराम्रो काम गाउँमै गरिए । थाहा थिएन बस, मोटर, साइकल इत्यादि साधन कस्ता हुन्छन् भनेर । कल्पना पनि गरेको थिएन यसअघि वर्णन गरेका सवारी साधनमा सवार हुने । बालापनमा गाउँ नै प्यारो लाग्ने । गाउँकै मान्छे, गाउँकै उठबस प्रिय लाग्ने । यतिमात्रै होइन, गाउँ नै सम्पूर्ण संसार हो लाग्ने । १५ वर्षसम्म जिल्लाभन्दा बाहिर पाइला परेन । सानोमा शहर कस्तो होला ? त्यहाँका मान्छे कस्ता होलान् ? के खानेकुरा खालान् इत्यादि कुरा खूब सोचिन्थे । दश कक्षासम्म गाउँकै स्कूलमा रमाइयो । पृथ्वीमा आगमन भएको झण्डै डेढ दशक पछिमात्रै जिल्लाबाट टाढिने भइयो । यो रहर थिएन, बाध्ययता थियो । गाउँमै सुविधा सम्पन्न विद्यालय हुँदो हो त जरुरत थिएन परिचय नभएको ठाउँमा जाने । अब जानैपर्यो नजर नपुगेको ठाउँमा । यो ठाउँ पुग्ने कति बाध्यता थिए कति रहर । डेढ दशक गाउँमा अडेको शरीर एक्कासी शहर झर्दा गाउँको न्यास्रोले केही दिन खूब पिरोल्यो । त्यो सुनसान गाउँमा रमेको जीवन शहर पस्दा पिँजडामा बसेजस्तै महसुस भयो । अझ भनौं वन, पाखा–पखेरा, खेतबारी, पैदल उकाली–ओराली गरेको ज्यानलाई शहर पचेन । तर, विस्तार पच्दै गयो । त्यसको कारण थिए हाज्मोला जस्तै बन्दै गएका प्रिय साथी । दिनभर स्कुल गएर साँझ बिहान काममा खटिरहनुपर्ने दैनिकी फेरिएको थियो । गाउँमा छँदा बिहान काम ग¥यो स्कुल गयो फेरि स्कूलबाट आयो काममै व्यस्त । यसरी नै दिनचर्या बित्ने गर्दथ्यो । तर, शहर आएपछि कामको बोझ हृवात्तै घटेको थियो । बिहान अध्ययन गर्ने, खाना बनाउने, खाने अनि कलेज जाने । त्यो पनि हिँडेर होइन, साइकलमा । शुरुका दिनमा दिनभर व्यस्त हुन नपाउँदा लाग्थ्यो कलेज आउने, जाने काम वाइयात जस्तै । यतिमात्रै होइन, शहर नै अल्छि प्रेमीहरुको वासस्थान हो लाग्थ्यो । तर, दैनिक क्रियाकलाप परिर्वतन हुँदै गएपछि म पनि अल्छी प्रेमीजस्तै भएको थिए । गाउँ छँदा पाँच बजे खुल्ने निन्द्रा ७ बजे खुल्ने भएको थियो । आठ बजे सुत्ने बानी १० एघार बजे भएको थियो । अनि थाहा पाए शहर बस्नु र गाउँमा बस्नु आकाश–पाताल फरक छ भनेर । एक गरिव घरमा जन्म लिएको म । बुबाको अधिकांश समय रोजगारीको शिशीलामा भारत मै वित्यो, वितीरेहको छ । वितीरहोस् भन्ने सोच बनाएको छैन । घरमा पैसाको अभाव खट्की रहन्थ्यो । गाउँमा त ५ हजार रुपैयाँ पनि कति हो कति लाग्थ्यो । तर, शहरमा भने पाँच हजार एउटा माछालाई दिएको चारा जस्तै लाग्न थाल्यो । दिन वित्दै गए शहरले मन तान्दै गयो । गाउँको याद शहरका रमझममा विलिन हुन थाले । केही दिनअघि गाउँ नै जान्छु भनेर जिद्दी गर्ने मन शहरप्रेमी हुन थाल्यो । समयको परिर्वतन भनौं या बाध्ययताले म अल्छी बन्दै गए । नबनेपनि कसरी कामको चाङ नै कम भएपछि । साथी–संगति थपिँदै गए । कोही गफाडी, कोही ज्ञानी त कुनै मन मिल्ने । अझै भनौं हेलो साथी, भलो साथी, चलो साथीसँग सम्बन्ध बढ्दै गयो । मन मिल्ने र मन मिलाउने क्रम जारी नै भयो । अनेक साथीसँग परिचय हुँदै गयो । गाउँका भन्दा अनौठो व्यवहारका साथी पनि देख्न पाइयो । हुन त स्कूले जीवन भन्दा कलेज लाइफ खुला भएर होला । कतिपय साथी त कक्षाकोठा मै गुटखा, सुर्ती इत्यादि खाइदिन्थे । तर, मेरो भने त्यस्ता चीजसँग प्रेम बसेन र बसेको पनि छैन । दैनिक क्रियाकलाप परिर्वतन हुँदै गएपछि म पनि अल्छी प्रेमीजस्तै भएको थिए । गाउँ छँदा पाँच बजे खुल्ने निन्द्रा ७ बजे खुल्ने भएको थियो । आठ बजे सुत्ने बानी १० एघार बजे भएको थियो । अनि थाहा पाए शहर बस्नु र गाउँमा बस्नु आकाश–पाताल फरक छ भनेर । अहिलेसम्म शहर बसाइमा ६ चोटी डेरा सराई भएको छ । कहिले घरबेटीको किचकिचले त कहिले एउटै कोठामा बस्ने मनै नबसेर । मनले जे भन्यो त्यही गर्न पाइने भएपछि मनमौजी थियो, कसैको भय थिएन । कसैको आग्रह मान्नुपर्ने बाध्यता थिएन । एक हिसाबले म निकै खुल्ला तरिकाले बस्न पाएको थिए, पाएको छु । गाउँमा छँदा किन हो किन बन्धनमा बाँधिए जस्तो लाग्थ्यो । नलाग्नु पनि कसरी घर परिवारको आग्रह पालना नगरी सुुखै थिएन । एक हिसाबले भनौं अहिले मन चगांजस्तै भएको छ । जता उडायो उतै उड्ने । केवल उडाउने कलामात्रै चाहिने । म एक नेपालको सबैभन्दा दुर्गममा पर्ने जिल्लाको व्यक्ति । त्योमध्ये म जिल्लाको अति विकटको स्थानीय । सडकबाट गाउँ पुग्न झण्डै एकदिन पैदल यात्रा गर्नुपर्ने ठाउँको बासिन्दा । भौगोलिक विकट त छ नै राज्यको दृष्टिसम्म पुग्न नसकेको मेरो गाउँ । विकासका पूर्वाधारले छुन सकेको छैन अझैं पनि । अहिले पनि स्वास्थ्य चौकी पुग्न एक–दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्ययता छ मेरा गाउँबासीको । यस्तो कहर भोग्न विवश भएको ठाउँबाट एक्कासी शहर पस्दा विकासको उज्यालो बल्ल देख्न पाइयो । विकास भनेको यो हो नी त भन्ने मन लाग्यो । अस्पताल, विद्यालय, खानेपानी, विद्युत इत्यादि सुविधाले सम्पन्न । अनि पो शहर भनिएको रहेछ । तर पनि अझै शहरिया विकास हुन सकेको छैन भन्छन् ।
एक महिलाले १७ मिनेटमा ११ जना स्वस्थ बच्चा जन्माईन्
कार्तिक ९ । यो दुनियाँ साच्चै नै अचम्मको छ, रहस्यले भरिएको यो दुनियाँमा जे पनि हुन सक्छ । केही दिन पहिले मारिया हर्नान्डेज नामक महिलाले १७ मिनेटमा ११ बच्चालाई जन्म दिएकी छिन् । यी ४२ वर्षिया महिला इन्डियानामा रहन्छिन् । अहिलेसम्म तपाईले एक महिलाले जुम्ल्याहा वा तिम्ल्याहासम्म बच्चा जन्माएको त सुनेका छौ तर एकैसाथ उनले ११ बच्चालाई एकैपटक जन्म दिएकी छिन् जुन धेरै नै अचम्मको छ । साँच्चै नै यो कुरा सुनेर सबै मान्छे अचम्ममा पर्छन् र धेरैले यस्तो पनि हुन्छ र भनेर प्रश्न पनि गर्न सक्छन् । तर, तपाई नहुनुहोस किनभने यो साँचो कुरा हो । इन्डियानामा एक ४२ वर्षकी महिलाले एकैपटक ११ बच्चाहरुलाई जन्म दिएकी हुन् । ति सबै बच्चा सुरक्षित र तन्दुरुस्त छन् । यो डेलिभरीको केस हेरेपछि अस्पतालको सबै डाक्टर अचम्ममा परेका छन् । मारिया हर्नान्डेजको डेलिभरिको लागि धेरै दुखाई भएपछि मात्रै अस्पतालमा भर्ना गरिएको थियो । मारियाको परिवारले यसलाई एक चमत्कार मानेका छन् र सबै बच्चा स्वस्थ भएको कुरालाई लिएर धेरै नै खुशी छन् । मारियाका पतिले यसलाई एक चमत्कार मानेका छन् र अहिले धेरै मानिसहरु उनलाई बधाई दिन थालेका छन् र उनले पनि शुभेच्छुकलाई आभार प्रकट गरेका छन् । यस्तै धेरै मानिसहरु यस घटनालाई चमत्कार मानेका छन् । नेपाली पत्रबाट साभार
बेपत्ता छोराे खोज्न ‘हेरखोर’ पुजापाठ
गुल्मी, असोज ३० । अर्घाखाँचीको पणेनी गाउँपालिकामा विवाहको एक हप्ता नवित्दै बेपत्ता भएका छोराको प्रहरी प्रशासनले खोज तलासमा ढिलाई गरेपछि तड्पीएर बसेका बाबुआमाले चिना हेराउने पण्डितदेखि धामी झाँक्रि गराएर मन बुझाई रहेका छन् । पणेनी गाउँपालिका वडा नम्वर ५ मैदान धारापानी टोलका ३० वर्षिय बेहुला हरिप्रसाद भट्टराई असोज २२ गते दिउँसो सन्धीखर्कबाट बेपत्ता भएका हुन् । उनले सोही गाउँपालिका वडा नम्वर–४ पटौटीकी २१ बर्षिया विष्णु घिमिरेसंग असोज १६ गते दशैंको टिकाको तेश्रो दिन विवाह गरेका थिए । श्रीमान बेपत्ता भएको पीडा खेप्न नसकेर विरामी भएकी नवदुलही आज नवौं दिनको दिन सन्धीखर्कस्थित जिल्ला अस्पतालमा भर्ना भएकी छन् । उहाँ वेपत्ता भएका दिनदेखि मेरो मुखमा पानी शिवाय अरु केहि परेको छैन्, उहाँको फोन आउँछ कि त उहाँ नै टुप्लुक्क कति वेला आई पुग्नु हुन्छ कि भन्ने झल्को लाग्छ तर खै कुन्नी उहाँ किन आउनु हुन्न । विवाह भएको चार पाँच दिनमै मैले यो अवस्था भोग्नु प¥यो, उनले ’ भनिन –‘मैले जस्तो अरु कसैले भोग्न नपरोस् । अस्पतालको शैयामा गलाअवरुद्ध पार्दै लौनौ मेरो उहाँलाई खोजि दिनुस भन्दै उनले डाको छाडिन् । ‘उहाँ वेपत्ता भएका दिनदेखि मेरो मुखमा पानी शिवाय अरु केहि परेको छैन्, उहाँको फोन आउँछ कि त उहाँ नै टुप्लुक्क कति वेला आई पुग्नु हुन्छ कि भन्ने झल्को लाग्छ तर खै कुन्नी उहाँ किन आउनु हुन्न । विवाह भएको चार पाँच दिनमै मैले यो अवस्था भोग्नु प¥यो, उनले ’ भनिन –‘मैले जस्तो अरु कसैले भोग्न नपरोस् ।’ यता उनका आमा वावुले गाउँमा हेराउने मान्छे कुनै खाली गरेका छ्रैनन् । हराउने भट्टराईका रुमकान्त भट्टराईले भने–‘ उहाँको खोजतलासमा प्रहरी प्रशासनबाट ढिलाई भयो, वुवा आमा रातै दिन रोएर वेहाल छ , उहाँहरुको मन बुझाउनका लागि हेराउने मान्छे एउटा खाली गरेका छैनौं , कसैले तिन दिनमा आाई पुग्छन भने , कसैले पाँच दिनमा भने कसैले सात दिन भने तर आज ९ दिन पुग्दा पनि दाजु नभेटिए पछि पण्डित बोलाएर घरमा ग्रहदशा कटाईदै छ । उनले थपे–‘ यसरी ग्रहदशा कटाए पछि दाजु भेटिनु हुन्छ भनेका छन् पण्डितले हेरौं कस्तो हुन्छ ।’ आज यतिका दिन वित्दा पनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले खोजतलास र अनुसन्धान फितलो गराएको उनका दाजु रेणुकान्त भट्टराईले गुनासो गरे । ‘हामीले खोजतलासका लागि त्यस कार्यालयमा उजुरी दिएको पनि यतिका दिन भई सक्यो’, भट्टराईले भने, ‘ प्रहरीले फेला पार्न नसक्नुले अनुसन्धान फितलो भएको अनुभुत गरेका छौं । ’ यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी एकनारायण कोईरालासंग सम्पर्क राख्दा उनले मातहतका सम्पुर्ण ईकाईका प्रहरीहरु व्यापक रुपमा परिचालित गर्दा पनि फेला पार्न नसकेको प्रतिकृया दिए । उनले उनको कल डिटेलबाट पनि अनुसन्धान भई रहेको बताए । वेपत्ता भट्टराईका दाजुका अनुसार त्यस दिन दिउँसो १२ वजे र ३ मिनेटको समयमा सन्धीखर्कको एशियन लाईफ ईन्सुरेन्स कम्पनीमा किस्ता वुझाउन उनि पुगेको सिसीटिभिमा समेत देखा परेका छन् । किस्ता तिरी सकेपछि रशिद लिन पछि आउँछु भनेर त्यहाँबाट वाहिरिएका छन् । त्यहाँबाट अलि माथी सम्म हिँडिरहेको उनका छिमेकीले पनि देखेका छन् । त्यस अघि उनि राष्ट्रिय वाणिज्य बैंक सन्धीखर्कबाट ५० हजार निकालेर उनै सुनारलाई बुझाएका छन् । सुनारले उक्त रकम बुझेको र करिव १ वजेतिर घर फर्कियौं भनेर फोन गर्दा स्वीचअफ भएको पाएपछि परिवारजनलाई खवर गरेको बताईएको छ । सुनार घर फर्किएका छन र उनको पसल उनकै छिमेक मैदानमा रहेको छ । उनकी वेहुली विष्णु घिमिरेका अनुसार त्यस दिन १० वजेर ४० मिनेट जाँदा उनले श्रीमानलाई फोन गरेकी थिईन् । मैले फोन गरें, उहाँले उठाउनु भयो र अहिले बाटैमा छु, सन्धिखर्क गएर मैले गर्छु फोन भन्नु भएको थियो , त्यस पछि हाम्रो फोन हुन सकेन’– घिमिरेले भनिन्–‘ आफुहरु विच विवाहको दिन देखि निकै सुमधुर सम्वन्ध थियो ।’ के भन्नु हुन्थ्यो उहाँले रु भन्ने प्रश्नमा उनले भनिन्–‘तिहारको भाई टिका सम्म नवलपरासी विद्यालयमा जान्न । टिकाको अर्का दिन कार्तिक ५ गते तिमीलाई लिएर जान्छु र उतै बसौंला भन्नु भएको थियो ’उनले थपिन मैले त केहि अनुमान र्नै गर्न सकेकी छैन् ।’ यस घटनालाई परिवारका सदस्यहरुले निकै रहस्यम रुपमा लिएका छन् । केहि अनुमान नै गर्न नसकिएको परिवारको सवै सदस्यहरुको भनाई छ । उनका आमा वुवा र भाई वहिनीहरुमा रुवावासी छ । नव दुलही विच एक महिना अघि देखि चिनजान भएको थियो । विष्णुल भनिन्–‘एक महिना अघि मात्र उहाँसंग चिनजान भएको थियो , त्यस अघि मैले उहाँलाई देखेको पनि थिईन अँस्ती आफन्तले मागेर विवाह भएको हो । ’ स्नातक सम्म अध्यान गरेकी घिमिरे स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ति समेत भईकी थिईन् । बेपत्ता शिक्षक भट्टराईलाई कुनै विमार नभएको , साथमा पैसा पनि धेरै नभएको र कसै संग दुश्मनी पनि नरहेको उनका दाजुले बताए । परिवारमा आसंकको अर्को पाटो कसैले अपहरण ग¥यो कि रु भन्ने छ । परिवारजनले खोज तलासका लागि सवै सञ्चार माध्यम , प्रहरी प्रशासन र आम नागरिक संग अपिल गरेका छन् । नव दुलही घिमिरे तनाव ग्रस्त हुँदै आज माईती घर पुगेकी छिन् । जिल्लाका विभिन्न विद्यालय हुँदै पछिल्लो चरण निमावि तह गाणित विषयका स्थाई शिक्षकका रुपमा भट्टराई नवलपरासीको डेढ मावि डेढगाउँमा कार्यरत थिए । उनि त्यस विद्यालयमा पनि नपुगेको विद्यालयले जानकारी दिएको छ ।
अर्घाखाँचीकाे सापडाँडामा बस दुर्घटना हुँदा २ को मृत्यु, ३० घाइते
अर्घाखाँची, असोज २० । अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् । अर्घाखाँचीको डाडाँकटेरीबाट संन्धीखर्कका लागि छुटेको लु १ ख ७७७८ नम्बरको बस खनदहको सापडाँडामा दुर्घटना भएको हो । ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन । अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।
रेणु दाहालका नमूना काम बुझ्न बीरगञ्जका मेयर चितवनमा
चितवन, असोज १९ । भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले बिरगंज महानगरपालिकाका प्रमुख बिजयकुमार सरावगीलार्इ स्वागत गरेकी छन् । बिहीबार आफ्नै कार्यकक्षमा सरावगीलार्इ फूलको गुच्छा दिएर स्वागत गरेकी हुन्।प्रमुख दाहालले आर्थिक नगरी बिरगंजको प्रमुखमा निर्वाचित भएकोमा बधाइदिदै सफल कार्यकालको शूभकामना ब्याक्त गरिन् । उक्त अवसरमा प्रमुख सरावगीले रेणु दाहाललार्इ समेत बधाइ दिदै सफल कार्यकालको शूभकामना दिएका थिए । भरतपुरमहानगरकी प्रमुख दाहालले महानगरपालिकाहरूले बिकास निर्माण र प्रबिधी परिचालनमा एक आपसमा समन्वय र सहकार्य गर्दै अगाडि बढ्नु पर्नेमा जोड दिदै भरतपुर महानगरपालिका बिरगंज महानगरपालिकासंग सहकार्य गर्दै अगाडि बढ्न चाहेको बताइन । प्रमुख सराबगीले भरतपुर महानगरपालिकाले फोहोर मैला ब्यावस्थापनमा प्राप्त गरेको सफलताको बारेमा प्रसंशा गर्दै भरतपुरकै मोडल लागु गर्दै अगाडि बढ्न चाहेको बताए । उनले भने भरतपुरमा समय समयमा आइरहने गरेको छु सधै सफा सुधार देख्दछु बिरगंज यस मामिलामा सारै कमजोर छ । हामी फोहोर ब्यावस्थापन हरियाली र पाकिङ ब्यावस्थापनमा भरतपुरले अपनाएको मोडेलमा बिरगंजलार्इ सहयोग गर्न आग्रह गरेका थिए । प्रबिधीको अधिकतम उपयोग बिना संबृद्दीको लक्ष्यहासिल गर्न नसकिने बताउदै प्रमुख सरावगीले तीन पाड्ग्रे सवारीसाधन भरतपुर महानगरले जोर बिजोर प्रणाली मार्फत नियन्त्रण गर्न लागेको प्रसंग उल्लेख गर्दै नियन्त्रणले मात्र समस्याको स्थागी समाधान नगर्ने बताउदै बिरगंजमा तीनपांग्रे सवारी साधन बजार क्षेत्र र मुख्य राजमार्गहरूमा निसेध गर्नलागेको बताए । कार्यकारी अधिकृत प्रेमराज जोसीले भरतपुर महानगरपालिकाले फोहोरमैला ब्यावस्थापन, बिकास निर्माणमा जनसहभागिता, प्रबिधी मैत्री कार्यालय ब्यावस्थापन महानगरपालिकाको बस्तुगत अवस्थाका बारेमा जानकारी गराएका थिए ।
शक्तिपीठहरूमा दर्शनार्थीको भीड
पोखरा, असोज १९ । दशैँको अन्तिम दिन आज पोखरा र आसपासका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिनदेखि कोजाग्रत पूर्णिमासम्म पोखरा र आसपासका शक्तिपीठहरू बिन्ध्यवासिनी, भद्रकाली, शोभा भगवती, भरतपोखरीको कोटभैरव, तनहुँका ढोरबाराही, छब्दी बाराही, अकलादेवी र स्याङ्जाको शतौँ चण्डी मन्दिरमा विशेष पूजाआजा हुन्छ । पोखराको तालबाराही मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा आज मेला लागेको तालबाराही मन्दिर संरक्षण÷गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मत कुँवरले जानकारी दिए । तनहँुको ढोरफिर्दीस्थित ढोरबराह मन्दिरमा यस अवधिभर टाढाटाढाबाट दर्शनार्थी आउने गरेको दुलेगौडास्थित बालविद्या माध्यमिक विद्यालयका शिक्षक प्रकाश भट्टराईले बताए । उनका अनुसार प्रत्येक आधा घण्टामा रहस्यात्मक लहरी चल्ने पहराको बीच भागमा अवस्थित ढोरबराह मन्दिर धार्मिक एवम् पर्यटकीय आकर्षक गन्तव्य बन्दै गएको छ ।
वाइफाई सेवा प्रारम्भ
दाङ, असोज १९ । घोराही उपमहानगरपालिकाले बुधबारदेखि घोराही बजारमा फ्री वाइफाई सेवा प्रारम्भ गरेको छ । वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम तुलसीपुर चोकमा जडान गरिएको फ्री वाइफाई सेवा सबैले उपभोग गर्न सक्नेछन् । उच्च क्षमता रहेको वाइफाईले २०० मिटर आसपाससम्म काम गर्न सक्ने गरी तुलसीपुर चोकमा जडान गरिएको उपमहानगरका सूचना अधिकृत प्रेम केसीले जानकारी दिए । इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ड लिंकसँगको समन्वयमा वाइफाई जडान गरिएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए ।
तनहूँस्थित ढोरवाराहीमा रहस्यमय प्राकृतिक ‘लहरी’
पोखरा, असोज १३ । मन्दिर छेउमै रहेको कुण्डमा पानी कम थियो । माछामा विचलन आएको जस्तो देखिन्थ्यो, केही समयमा सबै माछा पानी आउने मुहानतिर एकीकृत भएलगत्तै चट्टानको भित्रबाट पानीको ठूलो भल्को आउनासाथ व्यग्र प्रतीक्षामा रहेका पर्यटक एवं भक्तजनमा खुशियाली छायो । सयौँ वर्षदेखि ठूलो पहाडको भित्रबाट पहरो छिचोल्दै प्रत्येक दुई घण्टाको अन्तरालमा आएको पानीको भल्कोले मन्दिरको नजिकै रहेको कुण्डमा पानी भरिने र तल्लो भागमा मनोरम झरना बन्ने रहस्यमय ‘लहरी’ चल्ने सो मनोरम तथा अकल्पनीय दृश्य तनहूँ जिल्लास्थित ढोरवाराही मन्दिर परिसरको हो । ‘प्राकृतिक तथा सांस्कृतिक नयाँ गन्तव्यको पहिचान’ भन्ने नारासहित ३८औँ विश्व पर्यटन दिवसका अवसरमा पर्यटन प्रवद्र्धन सम्भाव्यता अध्ययन अवलोकनका लागि ढोरवाराही मन्दिर परिसरमा पुगेको विज्ञसहितको पोखराका पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोलीलाई सो लहरीले भव्य स्वागत गरेको थियो । नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण शाखाको आयोजना तथा पर्यटन बोर्ड प्रवद्र्धक र मिलेनियम ट्रेक व्यवस्थापन समितिको समन्वयमा ढोरवाराही मन्दिर परिसरमा टोली पुग्नासाथ चलेको लहरीले भरिएको कुण्ड र झरनाले स्वागत गरेको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामराजा महतले बताए । उहाँका अनुसार लहरी (पानीको ठूलो भल) आउनुभन्दा केही समयअघि कुण्डमा रहेका माछा पानी आउने मुहानतर्फ जम्मा भएर दृश्यावलोक गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई भित्रबाट पानी आउँदैछ भन्ने सूचना गर्नु यहाँको अनौठो विशेषता रहेकोछ । कुण्डमा देवीको नाउँमा बलि तथा पञ्चबलि दिने प्रचलन परस्परागतरुपमा रहँदै आएको बताउँदै महत भन्नुहुन्छ, “बलि चढाउँदा निस्केको रगत र मासुका स–साना टुक्रा र प्राकृतिक आहारबाट त्यहाँ रहेका माछा जीवित रहन्छन्”, कुण्डका माछाले अन्न भने खाँदैनन् । विशेषगरी ढोरवाराही देवीको उत्पत्ति श्रीपञ्चमीका दिन भएकाले उक्त दिनका साथै नयाँ वर्ष र अन्य चाडपर्वका बेला भक्तजनको भीड लाग्ने गरेको छ । अन्य दिनमा पनि तीनसय भन्दा बढी भक्तजन तथा दर्शक लहरी हेर्न र कुण्डमा स्नान गर्न आउने गरेका छन्, उनले बताए । कुण्डमा रहेको ठूलो शिलामा बलि चढाउने गरिएको सो धार्मिक क्षेत्रमा दैनिक २० देखि ५० वटासम्म पाठापाठी बलि दिने गरेको र बलि दिएका जनावरको टाउको जिम्मा लिन र सरसफाइ गर्न वार्षिक रु २० लाखमा शुक्लागण्डकी नगरपालिकाले ठेक्कामा दिएको छ । ढोरवाराही देवीको उत्पत्ति कहिले भयो र लहरी कहिलेदेखि छुटेको हो भन्ने यकिन जानकारी नभए पनि मन्दिरमा नेपाल संवत् ९११ सालमा चढाएको घण्ट अहिले पनि सुरक्षित रहेको पुजारी चिरञ्जीवी लम्साल बताए । पहाडभित्र रहेको ठूलो पानीको तलाउमा छाल चल्दा पानीसँगै सो स्थानमा बाहिर निस्केको बहाव लहरी बन्ने गरेको हुनसक्ने टोलीमा संलग्न भूगोलविद् प्रा डा कृष्ण केसीको धारणा रहेको छ । यसको थप अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताउँदै उनले भने, “अनुकरणीय प्राकृतिक स्रोतको विश्वबजारमा बिक्री गरी आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्नु आवश्यक छ ।” सेतीनदी किनारामा अवस्थित रकगार्डेन, तिब्बतीयन क्याम्प, ढोरवाराही मन्दिर र रहस्यमय लहरीलाई समेटेर आन्तरिक एवं बाह्य पर्यटकका लागि एकदिने यात्राको तयारीमा जुटेको नेपाल एक्स एण्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक जीवन सापकोटा बताए । पृथ्वी राजमार्गखण्डको तनहुँस्थित गाछेपानीबाट सेतीनदी पार गर्दै लगभग पाँच किमी दूरीमा रहेको ढोरवाराही मन्दिरसम्म पुग्ने बाटो पक्की गर्ने कार्य भइरहेको शुक्लागण्डकी कार्यपालिका सदस्य गीता महतले जानकारी दिए । नगरपालिकाले गत आवमा रु ६० लाखको लागतमा मन्दिरस्थलसम्म बाटो विस्तार तथा एकतर्फी ढल बनाउने कार्य सम्पन्न भइसकेको बताउँदै उनले भने, “यस वर्ष रु एक करोड छुट्याएर कालोपत्र गर्ने कार्यसमेत शुरु गरिएको छ ।” रासस
गौशाला नगरपालिका महोत्तरी अपडेट
गौशाला नगरपालिका, महोत्तरी माओवादी १८७ कांग्रेस ४७ संघीय समाजवादी ६१ राजपा २७
सुपरस्टार बने यी कलाकार जसलाई आमिर खानले रिजेक्ट गरेका थिए
असोज १ । चलचित्रको पर्दामा कलाकारहरुलाई देख्दा जति उनीहरु खुसी देखिन्छन् तर त्यो स्थानसम्म पुग्नका लागि उनीहरुले धेरै मेहनत गरेका हुन्छन् । यस्तै खुलासा गेका छन् बलिउड अभिनेता वरुण धवनले । अहिले सामाजिक सञ्जालहरुमा निकै लोकप्रिय बन्न सफल अभिनेता धवन आफूलाई सबैले माया गरेको बताउँछन् । शुक्रबार ‘सिनेमा समिट– फ्यूचर अफ् सिनेमा’ मा सहभागी हुँदै उनले सामाजिक सञ्जालमा आउने सकारात्मक टिप्पणीले प्रेरणा मिल्ने बताए । सामाजिक संजालहरुमा कहिलेकाँही आउने नकारात्मक टिप्पणीले भने आफूलाई निकै तनाव दिने बताए । आफ्नो फिलिमका बारेमा गलत टिप्पणी गरिएमा भने साहै चिन्तित हुने उनले खुलासा गरे । त्यस्तै अभिनेता धवनले आफूले अनुशासित जीवन बिताउने गरेको बताए । उनले आफ्नो जीवनको कुनै पनि कुरा कसैसँग नलुकेको बताए । आफ्नो फिल्मि यात्राका बारेमा पनि उनले बताए । सुरुमा एक जना साथीसँग धेरै ठाउँहरुमा अडिसन दिन पुगेको र धेरै ठाउँबाट आफू फालिएको पनि बताए । यतिसम्मकी उनलाई आमिर खानको चलचित्र ‘धोबी घाट’बाट पनि फालिएको थियो । केही टेलिश्रृङ्खलाका लागि पनि उनले अडिसन दिएका थिए । तर उनलाई लिइएन । उनले धर्मा प्रोडक्शनमा सहायक निर्देशक पदका लागि पनि आवेदन दिएका थिए । उनले काम पाइन्छ भन्ने लागेर नै आफ्नो लामो कपाल कटाएको बताए । ‘माइ नेम इज खान’ मा सहायका निर्देशकको रुपमा काम गरेर बलिउडमा करिअर सुरु गरेका धवन अभिनेताका रुपमा भने ‘स्टुडेन्ट अफ् द इयर’ मा देखिए । त्यसपछि उनले मेँ तेरा हिरो, हम्प्टी शर्माकी दुल्हनिया, बदलापुर, एबिसिडी २, दिलवाले, ढिशुम, बद्रीनाथकी दुल्हनियाजस्ता सफल चलचित्रमा अभिनय गरे । उनको बहुप्रतिक्षित चलचित्र ‘जुडवा २’ आउँदो सेप्टेम्बर २९ मा रिलिज हुने तयारीमा छ ।
चुनावको मुखमा सीडीओको सरुवा
काठमाडौं, असोज १ । गृहमन्त्री जनार्दन शर्माले निर्वाचन आचारसंहिताको बेवास्ता गर्दै पाँच दर्जन प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरेका छन् । कर्मचारीको काम हेरी जिम्मेवारी तोक्ने आफ्नो घोषित प्रतिबद्धताविपरीत शर्माले गृह प्रशासनमा करिअर बनाएका अधिकारीहरूलाई अन्यत्र धपाउदै अनुभवहीन र आफूले भनेको मान्नेहरूलाई जिल्ला प्रशासनको नेतृत्वमा ल्याएका हुन् । दुई महिना पनि नपुग्दै सीडीओहरूको सरुवा हुन थालेपछि जिल्ला प्रशासन कार्यालयहरूमा कर्मचारीले काम गर्ने वातावरणसमेत बिग्रिएको जानकारी नाम उल्लेख गर्न नचाहने गृहकै अधिकारीले दिए । नयाँ जिल्लामा हाजिर भएको सामान्यत: एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रचलनविपरीत मन्त्री शर्माले पदस्थापन भएको दुई महिना पनि नपुगेका १५ जिल्लाका सीडीओ हेरफेर गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव मंसिर १० र २१ मा हुँदैछ । निर्वाचन आयोगले त्यो चुनावका लागि आचारसंहिता लागू गरिसकेको छ । आचारसंहिता लागू भएपछि आयोगको सहमतिबिना सरुवा गर्न पाइँदैन । तर, मन्त्री शर्माले भने पुरानो मिति राखी आचारसंहिताविपरीत सीडीओहरूलाई छिटोछिटो सरुवा गरी जिल्लाको शान्ति सुरक्षा कायम गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रशासन कार्यालयलाई अस्थिर बनाइरहेको गृहका अधिकारीले बताए । ‘दुई महिनामा ६० जना सीडीओको सरुवा भएको छ । गृहमन्त्रीले प्रचलित नियम, परम्परा र आचारसंहिताको उल्लंघन गरी त्यति ठूलो संख्यामा सरुवा गरेका हुन्,’ ती अधिकारीले भने । भदौ ८ र साउन २६ मा उनले सहसचिव र उपसचिव तहका सीडीओको सरुवा गरेका थिए । त्यसपछि पनि विभिन्न मितिमा उनले सरुवा गरेका छन् । लामो समयसम्म गृह प्रशासनमा अनुभव बटुलेका कर्मचारीलाई भने उनले अन्यत्रै खटाएका छन् । ‘गृह अन्तर्गत नै करिअर बनाएका, अनुभवी अधिकृतहरुलाई अन्यत्रै पाखा लगाइएको छ । नयाँलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ,’ ती सहसचिवले भने । महत्वपूर्ण जिल्लाहरूमा समेत सीडीओलाई पुरानो मिति राखि समेत काजमा पठाइएको छ । गृहले मोर्रमा रामप्रसाद आचार्य, काठमाडौंमा केदारनाथ शर्मा, झापामा ऋषिराम तिवारी, धादिङ्गमा श्यामप्रसाद भण्डारीलाई काजमा सीडीओ पठाएको छ । बाँकेमा रमेशकुमार केसीलाई काजमा पठाएका छन् । हाजिर भएको ४ महिना नबित्दै म्याग्दीका सीडीओ राजुप्रसाद पौडेललाई अध्यागमन विभाग, बझाङ्गका केशव थापालाई मन्त्रालय, जुम्लाका नारायणप्रसाद सापकोटालाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेत, रामेछापका सुर्यबहादुर खत्रीलाई मन्त्रालय, भोजपुरका गोमादेवी चेम्जोङलाई अध्यागमन कार्यालय पुर्याएको छ । मनाङका सुनिल खनाल र दैलेखका सीडीओ प्रकाशचन्द्र अधिकारीलाई २ महिनामै मन्त्रालयमा फर्काइएको छ । गृहमन्त्री शर्माले कतिपय आफ्ना जिल्लावासी अधिकृतलाई कनिष्ठ भएपनि सीडीओ बनाएर पठाएका छन् । बाँके, मकवानपुर, जाजरकोटलगायतमा उनले माओवादी केन्द्र निकट मानिएका अधिकृतहरूलाई काजमा पठाएका छन् । सीडीओले न्यायिक काम समेत गर्नुपर्ने भएकाले त्यससम्बन्धी तालिम लिनै पर्ने अनिवार्य व्यवस्था छ । तर, अहिले गृहले सरुवा गरेका आधा भन्दा बढी सीडीओले त्यससम्बन्धी तालिम समेत नलिएको दाबी श्रोतले गरेको छ । पूर्व मुख्य सचिव विमल कोइराला आचारसंहिता लागेका बेला यसरी सरुवा गर्न नमिल्ने बताउँछन् । ‘सरुवा नगरी नहुने केही ठाउ भए बेग्लै कुरा । तर, चुनावको मुखमा ठूलो संख्यामा सरुवा गर्दा नियतमाथि प्रश्न उठ्छ । सरकारले यसतर्फ ध्यान दिनुपर्छ’, कोइरालाले भने । सीडीओ सरुवा गर्दा सम्बन्धित व्यक्तिको योग्यता, तालिम, संयोजनकारी भूमिकासमेत ख्याल गर्नुपर्ने प्रचलन रहेको उनले जानकारी दिए । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले भने सरुवालाई सामान्य प्रक्रियाका रुपमा लिनुपर्ने बताए । ‘कतिपयको चाँडो हुन्छ । कतिपय लामो समय बस्न पनि सक्छन् । सम्बन्धित जिल्लाको सुरक्षा संवेदनशीलताका आधारमा पनि सरुवा हुन्छ,’ उनले भने । गृह प्रशासनमा लामो अनुभव सम्हालेका सहसचिवहरु बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालय, यादव कोइरालालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नारायणप्रसाद दवाडीलाई मन्त्रालयमै काज सरुवा गरिएको छ । सहसचिवहरु चक्रबहादुर बुढालाई मकवानपुर, आशमान तामाङलाई सिन्धुपाल्चोक, सिताराम कार्कीलाई सुर्खेत, नारायणप्रसाद भट्टराईलाई बर्दिया, चन्द्रमान श्रेष्ठलाई उदयपुर, मदन भुजेललाई कपिलवस्तुको सीडीओमा काजमा पठाइएको छ । ‘गृहमन्त्रीले गृहकै अनुभव बोकेकालाई छानीछानी पन्छाएका छन् । नयाँ र अनुकुलका अधिकृतलाई सीडीओको जिम्मेवारी दिँदै पठाएका छन् । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावलाई मध्यनजर गरी सरुवा गरिएको हो’ गृहमा लामो अनुभव बोकेका एक अधिकृतको विश्लेषण छ । -कान्तिपुरबाट
फेसबुकले दिलायो फूलकुमारीलाई नयाँ जीवन
झापा, भदौ २८ । सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग भइरहेका बेला केहीले भने यसलाई समाज सेवाको माध्यम बनाएका छन् । बाह्रदशी गाउँपालिका–७ निवासी आर्थिकरुपले अति विपन्न एक क्यान्सर पीडित युवतीलाई उपचारका लागि खर्च जुटाएर रोग मुक्त गराउने सोही ठाउँका टोम राजवंशीसहित तुलसीप्रसाद राजवंशी, गोपालचन्द्र राजवंशी, कुवित राजवंशी र श्याम राजवंशी समाजका उदाहरणीय पात्र बन्नुभएको छ । आन्द्रामा क्यान्सर भएर आर्थिक अभावले मृत्युसँग छटपटाइरहेकी फूलकुमारी राजवंशीको उपचारका लागि उहाँहरुले रकम जुटाएर सहयोग गर्नुभएको हो । फूलकुमारीको उपचारका लागि फेसबुकबाटै रु दुई लाख ४० हजार संकलन भएपछि सोही रकमबाट उनको भरतपुर क्यान्सर अस्पतालमा उपचार भएको थियो । उपचारपछि फूलकुमारीले नयाँ जीवन पाएकी छन् । छोरीको जीवन बचाइदिन आग्रह गर्दै फूलकुमारीका बुबा शेषलालले हारगुहार गरेपछि राजवंशी समाज विकास समितिका पूर्वअध्यक्षसमेत रहनुभएका टोमले युवाको सक्रियतामा सामाजिक सञ्जालमार्फत ‘फूलकुमारी बचाउ अभियान’ चलाउनु भएको थियो । सो अभियानबाट जुटेको रकमबाट उपचार गराइएपछि उनले नयाँ जीवन पाएकी हुन् । उनको उपचारका लागि नेपाल तथा विदेशमा रहेका नेपालीले नबिल बैँकको २११००१७५०३६४० नम्बरको खाता रकम उपलब्ध गराएका थिए । सहयोग पाएपछि क्यान्सरको शल्यक्रिया गरेर सञ्चो भएपछि अहिले उनलाई घरमा ल्याइएको छ । सबैको सहयोगमा नयाँ जीवन पाएपछि फूलकुमारीका वुबा–आमा मात्र होइन अहिले डाँगीबारीवासी हर्षित छन् । सबैको स–सानो सहयोगले पनि क्यान्सरजस्तो रोग निको भएर र छोरीले नयाँ जीवन पाएको भन्दै उनका बुबा शेषलालले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । सामाजिक कार्य गर्न रुचाउने टोमले यसअघि पनि आर्थिकरूपले अति विपन्न परिवारका लागि सहयोग गर्दै आउनुभएको थियो । राजवंशीले फेसबुकमार्फत चलाएको अभियानका कारण आफ्नो विद्यार्थीले नयाँ जीवन पाएको भन्दै गौरीशंकर माविका प्रधानाध्यापक लेखनाथ कटुवालले अभियानकर्तालाई धन्यवाद दिनुभएको छ । “छोरीको जीवन बचाइदिन हारगुहार गर्दै फूलकुमारीका बुबा हामीकहाँ सहयोग माग्न आउनुभएको थियो, हाम्रो एक्लो प्रयासले मात्र यो सम्भव थिएन तर अहिले उनी जाती भएर घर आएको सुन्दा हामीमा खुशीको सीमा नै रहेन”, प्रधानाध्यापक कटुवालले भन्नुभयो । शेषलाललाई खुशीसंगै पीडा सबैको सहयोगमा छोरी फूलकुमारीले नयाँ जीवन पाएकामा शेषलाल अति खुशी भए पनि उहाँमा उत्तिकै पीडा पनि थपिएको छ । विसं २०६६ मा विरिङ खोलामा आएको बाढीले उहाँको परिवारलाई विस्थापित बनाएको थियो । भएको जग्गा जमिन नदीले कटान गरेर बगरमा परिणत गरिदिएपछि उहाँ अर्कैको जग्गामा आश्रय लिई फुसको छाप्रो हालेर बस्नुभएको थियो । आश्रय लिइएको ठाउँमा पनि साउनको अन्तिम साता आएको बाढीले क्षति पु¥यायो । त्यसबेला उहाँ छोरीको उपचारका लागि भरतपुर क्यान्सर अस्पतालमा हुनुहुन्थ्यो । बाढीले क्षति पु¥याएपछि उहाँ अहिले छिमेकीको शरणमा हुनुहुन्छ । भएको छाप्रो पनि बस्न नमिल्ने भएको छ । न उहाँको घरमा ओढ्ने छ, न त ओछ्यान नै । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएको राजवंशी परिवारको अहिले न खाने अन्न छ न त बस्ने बास नै । “मजदुरी गरेर परिवार पाल्दै थिएँ, छोरी बिरामी भएपछि उनको उपचारका लागि अस्पताल बस्दा अहिले गर्जो टार्ने उपाय नै रहेन”, शेषलालले भन्नुभयो । छोरीको सफल उपचारपछि घर फर्कनुभएका उहाँ छोरीले पाएको नयाँ जीवनप्रति खुशी भए पनि बस्ने घर नै नभएपछि उत्तिकै चिन्तित बन्नुभएको छ ।
यसकारण प्रचण्ड नेपाली राजनीतिका किंगमेकर
प्रायः राजनीतिसँग सम्बन्धित लेख रचनाहरु म खोजि खोजि पढ्ने गर्छु । कुनै समय म आफै माओबादी पार्टी प्रति आस्था राख्थे । तर, शान्तिप्रकृयामा आएपश्चात् जब माओबादीभित्र चरम गुटबन्दी भई पार्टी बिभाजनको शिकार बन्यो त्यस बेलादेखि माओबादीप्रति मात्र होईन अन्य कुनै पार्टीप्रति आस्था राखिन । यसो भनिरहदा म राजनीतिक चेतनाबाट टाढा छैन । बिभिन्न राजनीतिक दलका नेताहरु केहि मन पर्छन् मलाई । बिषेशगरी दोश्रो पुस्ताका केहि नेताहरु प्रदीप ज्ञावाली, विश्वप्रकाश शर्मा र जनार्दन शर्मा मलाई मनपर्ने नेताहरु हुन् । अनि पहिलो पुस्ताका नेतामा प्रचण्ड । केदारनाथ नेपाल (निश्चल) प्रचण्डका बारेमा धेरै लेखहरु लेखिए, किताब लेखिए । पङ्तिकारले पनि केहि समय अघिमात्र प्रचण्डको बारेमा लेखेको थियो र यसपटक फेरि लेख्दैछु । पहिलो पुस्ताका नेताहरुमा सबैभन्दा मनपर्ने नेता भनेका ‘प्रचण्ड’ नै हुन् । यसो भनिरहदा मलाई माओवादी कार्यकर्ताको आरोप पनि लाग्ला । आरोप लगाउनु र यथार्थ फरक कुरा हुन् । म माओवादी होईन तर म दावाका साथ भन्न सक्छु , मेरो मात्र होईन एकताका पुरै तीन करोड नेपालीको मनमा बसेका नेता हुन् प्रचण्ड । त्यसकारण पङ्तिकारको मनमा बस्नु नौलो कुरा रहेन । म प्रचण्डमा सारा दुनियाँको मार्क्स प्रतिको केहि धारणासमेत पाउछु । त्यसलाई दुनियाँले पनि पुष्टि गरिदिएका छन् । केही ब्यक्तिहरुले मार्क्सलाई जस्तै प्रचण्डलाई पनि आधा देवता र आधा राक्षसको रुपमा बुझेका छन् । प्रचण्डको बारेमा दुविधामा रहेका मानिसहरुले उनलाई यसै हुन् भन्न सकिरहेका छैनन् । प्रचण्डप्रतिको धारणामा मानिसहरु बद्लिरहन्छन् , त्यो देख्दा बडो अनौठो लाग्छ, प्रचण्डको बारेमा टिप्पणी गर्ने ब्यक्तिहरु देखेर । एउटै ब्यक्ति, कहिले प्रचण्डलाई गालि गरिरहेको देख्छु, कहिले समर्थन । आखिर किन मानिसहरु बद्लिरहन्छन् र प्रचण्डलाई कहिले समर्थन र कहिले गाली गरिरहन्छन् , केबल एउटा प्रश्न गर्न मन लागिरहेछ उनिहरुलाई । मेरो बुझाईमा यस मानेमा प्रचण्डलाई राक्षसको रुपमा बुझेका छन् । प्रचण्डले जनताको मुक्तिकै लागि जनयुद्वको शुरुवात गरे, सामन्तबादको ज्वरो उखेलिदिए र जनतालाई आफ्नो फैसला आफै गर्नसक्ने हैसियतमा ल्याईदिए । यसो भनिरहदा मैले प्रचण्डको देवत्वकरण गर्न खोजिरहेको छैन । किनकी उनि पनि हामी जस्तै मानिस हुन् मानिस कहिलै देवता हुदैनन् । यदि देवत्वकरण गरेको बुझ्नुभयो भने त्यो तपाईको गम्भीर भुल मात्र होईन तपाई आफु चुर निन्द्रामा रहेको महसुस तपाई आफैले गर्नुपर्नेछ । गणतन्त्र पश्चात् नेपालका शक्तिशाली राजनीतिक ब्यक्तिको सूचि बनाऊ भनेर कसैले मलाई भन्यो भने सुरुमा प्रचण्डको नाम आउनेछ । त्यसपछि लेख्ने अरु नाम छैन यदि लेख्नै पर्योभने अझै दशकौ कुर्नुपर्ला, शायद ।जोखिमको अर्को नाम प्रचण्ड हो भनेर भन्दा फरक नपर्ला । किनकी नेपाली राजनीतिमा प्रचण्ड जत्तिको जोखिम लिन सक्ने ब्यक्ति अन्य राजनीतिक दलमा छैनन् । मुख्य तनि दलका अध्यक्षहरुको राजनीतिक हैसियतको कुरा गर्दापनि प्रचण्ड जत्तिको राजनीतिक हैसियत अन्य दलका नेताहरुको छैन चाहे तेश्रो शक्तिको हैसियतमा किन नहुन् प्रचण्ड । प्रचण्ड त्यस्तो पार्टीका नेता होईनन् जस्तो पार्टी केपी ओली र शेरबहादुर चलाउछन् । न त ओली र शेरबहादुरले झै अर्काले बनाईदिएको हैसियतमा रहेर पार्टी चलाउछन् । प्रचण्डले त आफैले जोखिमहरुसँग खेलेर बनाएको पार्टी चलाउछन् । र त प्रचण्ड आज साँच्चै प्रचण्ड बनेका छन् । देशमा घट्ने सकारात्मक राजनीतिक घटनाक्रममा प्रचण्डको मुख्य भूमिका रहन्छ । बोलिमा मिठास र राजनीतिक इमानदारी मात्र होईन सबैको मागलाई सम्बोधन गर्नसक्ने उच्च क्षमता भएका ब्यक्तिपनि हुन् प्रचण्ड । त्यसलाई वर्तमान संविधानप्रति असन्तुष्ट मधेशवादी दललाई प्रचण्डले निर्वाचनमा आउने वातावरण बनाए त्यसैलाई हेर्दापनि स्पस्ट हुन्छ । बेला बेलामा प्रचण्डलाई युद्वको नाममा १७ हजार मारेको आरोप लाग्ने गरेको छ । जसले प्रचण्डलाई त्यो आरोप लगाउछ उ आफै भ्रममा बाचिरहेको प्रस्ट हुन्छ । सरकार र बिभिन्न संस्थाहरुले अध्ययन गरेर सार्वजानिक गरेको तथ्याङ्कमा पनि १७ हजार मध्ये १३ हजार मानिस राज्यपक्षबाट मारिएको सार्वजानिक भएको छ । त्यसैले १७ हजार मारिनुको कारण प्रचण्ड मात्र होईनन् तत्कालीन सरकार (कांग्रेस–एमाले) पनि हुन् भन्ने स्पस्ट हुन्छ । प्रचण्ड त्यस्ता ब्यक्ति हुन् जसले आफुमाथी ठुला–ठुला संकट आउदा पनि संयमता नगुमाई क्रियाशील रहिरहे र नेपालको राजनीतिमा ठुलो परिवर्तन ल्याईदिए । यदि प्रचण्ड नभईदिएको भए माओवादी भन्ने पार्टी नेपालमा नहुन सक्थ्यो, अनि यति छिट्टै देशमा गणतन्त्र नआउन सक्थ्यो । जनताको संविधान नबन्न सक्थ्यो, अनि हामिले यसरी मिडियामा स्वतन्त्र रुपमा लेख्ने अवसर पनि नपाउन सक्थ्यौ । त्यसैले भन्न मन लाग्छ यस युगका महानायक हुन् प्रचण्ड । प्रचण्ड ब्यक्ति होईन, अनि पुष्पकमल दाहाल पनि होईन । प्रचण्ड त्यस्तो विचार र राजनीतिक पथ हो जसले नेपालको राजनीतिलाई सहि दिशानिर्देश गरिरहेको छ ।जनयुद्व थालनी गर्दा प्रचण्ड ब्यक्ति थिए । शान्तिप्रकृयामा आएपश्चात् विचार बनेर आए । यदि विचार नबनेका भए साँच्चै प्रचण्डपथ लेखिदैन थियो अनि अहिलेको यावत् परिवर्तनको सम्भावना रहदैन पनि थियो । दश वर्षसम्म भूमिगत जिवनलाई सहजै पचाउन सक्ने अभुतपुर्प क्षमता मात्र होईन जंगलमा रहँदा आफुले उठाएका मुद्वाहरुलाई सिहदरवारमा आएर पुरा मात्र होईन, आफ्ना मुद्वाहरुको बिरोधमा रहेकाहरुलाई समेत उक्त मुद्वामा निउरिएर आउन बाध्य बनाउने र राष्ट्रको महत्वपूर्ण परिवर्तनमा निर्णायक भूमिका निर्वाह गर्ने नेपाली राजनीतिका एकमात्र किङ मेकर हुन् प्रचण्ड ।