लिङ्ग घुमाउँदै फागूको बिदाई
भक्तपुर, चैत ६ । भीमसेनको लिङ्गको प्रतीकका रुपमा रहेको काठको लिङ्गलाई काँधमा बोकेर ब्रह्मायणी पुर्याई फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा शुरु भएको फागु अर्थात् होली पर्व बुधबार साँझबाट सम्पन्न भएको छ। भीमसेन गुठीका गायजुले भीमसेन मन्दिरको पाटीमा बसेर अष्टमीदेखि आज पूर्णिमासम्म ‘भीमसेन देया लज खङ्गलो वानला ल्यासे, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ जस्ता यौनसँग सम्बन्धित गीत गाएर होलीलाई बिदाइ गरेका छन।
भक्तपुरको दत्तात्रय मन्दिरअगाडि रहेको प्रसिद्ध भीमसेन मन्दिरको पाटीमा गुञ्जने नेवारी भाषाको गीतसँगै व्यापारका देवताका रुपमा भीमसेनलाई पुज्दै होली पर्व मनाएको हो। सङ्गीतमा रमाउँदै यौन पर्वका रूपमा भक्तपुरका बासिन्दाले एक सातासम्म होली मनाएका हुन। भीमसेन मन्दिरमा भीमसेनको लिङ्ग र द्रौपतीको योनीको प्रतीकलाई झुण्ड्याएर यौन समागमका रूपमा एक सातासम्म प्रदर्शनमा राखिएको काठबाट निर्मित लिङ्गलाई आज साँझ मन्दिरबाट स्थानीयवासीले काँधमा बोकेर ब्रह्मायणी मन्दिर नजीकै हनुमन्ते खोलामा लगेर पखालेपछि होली पर्व विधिवत् रूपमा विसर्जन भएको हो।
काठबाट निर्मित भीमसेनको लिङ्गलाई फागुन शुक्ल अष्टमीको दिन बिहान दुईजनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रह्मायणी, च्यामासिंह हुँदै तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर, पसलपिच्छे दर्शन एवं पूजा गरी साँझ मन्दिरको पाटीमा झुण्ड्याएको थियो। भक्तपुरका संस्कृतिविद् ओम धौभडेल नेवारी परम्पराअनुसार यसलाई चीर स्वायगू भनिने बताउछन। चीर स्वायगू अर्थात् लिङ्ग घुमाएपछि फागु शुरु परम्परा रहेको छ। घुमाएको लिङ्गलाई स्थानीयवासीले ढोग्ने र दान दक्षिणा दिने परम्परा छ। यसो गरेमा व्यापार फस्टाउने विश्वास रहिआएको छ।
बजार घुमाएपछि भीमसेन मन्दिरमा ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडासमेत भीमसेनको मन्दिरमा झुण्ड्याइन्छ। झुण्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वालभित्र छिर्ने गर्दछ भने यसलाई विकृतिका रुपमा नभई सांस्कृतिक महत्वको मान्दै भीमसेन र द्रौपतीको यौन समागमका रूपमा संरक्षण गरिँदै आएको स्थानीयवासीको भनाइ छ। दक्षिण एशियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहने होली पर्व यहाँ भने भीमसेनसँग सम्बन्धित रहने गरेको संस्कृतकर्मीको भनाइ छ।
चीर स्वायगू अर्थात् लिङ्ग झुण्ड्याएपछि यहाँका नेवार समुदाय भीमसेन मन्दिरमा गई गुठी भोज खाने प्रचलनसमेत रहिआएको छ। फागु पूर्णिमाको दिन आज मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रह्मायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राखेपछि विधिवत् रूपमा होली समापन भएको छ। छोरा जन्मन्छ भन्ने विश्वासका आधारमा लिङ्ग बोक्न चाहनेको प्रतिस्पर्धा चल्ने गर्दछ। रासस
नेपाल न चौकीदार आपूर्तिकर्ता हो न भारतको आज्ञाकारी
राजेश जोशी । यो वाक्यमा लुकेको अभिमान र घमण्डलाई हेर्नूस्- “चौकीदार त नेपालबाट पनि मगाउन सक्छौँ।” भारतको आम आदमी पार्टीकी विधायक अलका लाम्बाको यो ट्वीटमा समावेश ‘मगाउन सक्छौँ’ भन्ने कुरामा अलि ध्यान दिनूस् त। आवाज आउँछ – हामी मालिक हौँ, हामीसँग अथाह पैसा र शक्ति छ, हामी जहाँबाट पनि जे मगाउन सक्छौँ। नेपालबाट चौकीदारबाहेक हामी अरू के नै मगाउन सक्छौँ? हुन त साँझ भट्ठीमा रक्सीका लागि कुर्दै गरेका एउटा जँड्याहाले पनि यस्तो कुरा गर्छ, “रक्सी त म जति पनि मगाउन सक्छु। मलाई के को कमी छ र!” विवाद अलका लाम्बालाई थाहा पनि भएन कि प्रधानमन्त्री नरेन्द्र मोदीमाथि टिप्पणी गर्दै उनले नेपालीहरूबारे जे भनिन् त्यसले विवाद निम्त्याउन सक्छ। हिन्दीमा भाषिक अशुद्धतासहित उनले ट्वीट गरिन्, “प्रिय भारतवासीहरू, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त हामी नेपालबाट पनि मगाउन सक्छौँ। नेपालका चौकीदार चोर हुँदैनन्।” लाम्बालाई लाग्छ कि भारतीयहरूले चौकीदारका लागि माग गर्नेछन्, ढोकैमा उभिएको नेपालले पालेले जस्तै शिर झुकाउनेछ र आगामी दिनमा भारतमा चौकीदारीका लागि नेपालीहरूको लाइन लाग्नेछ। उनले यो बिर्सिन् कि नेपाल एउटा स्वतन्त्र मुलुक हो। भारतजस्तो नेपाल कसैको दास भएन। ऊ भारत तथा चीनको बीचमा अवस्थित एउटा स्वतन्त्र देश हो र अलका लाम्बाका लागि नेपालले चौकीदारको आपूर्ति गर्दैन। अलका लाम्बा पढेलेखेकी हुन्। दिल्ली विश्वविद्यालय विद्यार्थी सङ्घकी अध्यक्ष रहिसकेकी छन्। तर उनले यो कुरा बुझ्नुपर्छ कि नेपालमा चौकीदार मात्रै हुँदैनन्। त्यहाँ सूचना प्रविधि व्यावसायिक, अर्थशास्त्री, वैज्ञानिक, कलाकार, सुन्दरी र सङ्गीतकार लगायत पनि हुन्छन्। त्यहाँ चौकीदार, सरसफाइ गर्ने मानिस, मजदुर, किसान र अरू मेहनती पनि हुन्छन् जस्तो कि भातरका दिल्ली, उत्तर प्रदेश, कर्नाटक वा केरलमा हुन्छन्। अलका लाम्बाले यो कुरा पनि बुझ्नुपर्छ कि नेपालीहरू ठिक त्यसरी नै रोजगारीका लागि अन्य मुलुक जान्छन् जसरी भारतका पञ्जाब, गुजरात, राजस्थान अथवा केरल राज्यका मानिसहरू ट्याक्सी चलाउन, सरसफाइ गर्न वा कलकारखानामा काम गर्नका लागि खाडी मुलुक, क्यानाडा, अमेरिका, ब्रिटेन, इटली अथवा फ्रान्ससम्म जान्छन्। लाम्बाको भनाइ यस्तो थियो कि मानौँ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसरी भनेका हुन् – सरसफाइका लागि छिटो भारतीयहरूलाई मगाऊँ, न्यूयोर्क निकै फोहोर भएको छ। तर नेपाललाई आफ्नो बिर्ताजस्तै ठान्ने अलका लाम्बा एक्लै होइनन्। उनले आफ्नो गलती महसुस गरी ट्वीट त मेटाइन्, तर त्यसले त्यो मानसिकता मेटिँदैन जुन मानसिकताले नेपाललाई आफ्नो आज्ञाकारी ठान्छ। नेपालीहरूले यो कुरा राम्ररी बुझेका छन् कि नेपाललाई आफ्नो सम्पत्ति ठान्नेहरू भारतमा प्रशस्त छन्। गत महिना काठमाण्डूबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको फ्लाइटमा मसँगै बसेका एक भारतीय यात्रीले जब बियर मागे तब एक परिचारिकाले मुस्कुराउँदै भनिन्, “सर, यो आन्तरिक उडान हो, यसमा हामी बियर दिँदैनौँ।” मैले ती कर्मचारीलाई सोध्न चाहेको थिएँ कि नेपालका लागि हुने उडानहरू कहिलेदेखि आन्तरिक उडान भए? कहिलेदेखि तपाईँहरूले नेपाललाई भारतमा समेटिसक्नुभयो? नेपाल कसैको बिर्ता होइन नेपाल एउटा स्वतन्त्र मुलुक हो, जहाँको छुट्टै संविधान, प्रधानमन्त्री, संसद् र सेना छ। तर एउटा स्वतन्त्र मुलुकबाट अर्को स्वतन्त्र मुलुकमा आइरहेको उडानलाई विमानकी कर्मचारीले यसरी आन्तरिक उडानका रूपमा लिइरहेकी थिइन्, जसरी आम आदमी पार्टीकी विधायक अलका लाम्बालाई लाग्छ कि “चौकीदार त हामी नेपालबाट मगाउन सक्छौँ।” नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तैनाथ अध्यागमनका एक अधिकारी शायद त्यस्तै भारतीयको सामना गरिरहेका होलान् जसले ममाथि कटाक्ष गरे, “तपाईँको मुलुक ठूलो छ र तपाईँको जुङ्गा पनि ठूलै छ।” उनले शायद भन्न खोजेका होलान्, जसरी तिमीहरूको मुलुक ठूलो छ, त्यसैगरी तिमीहरूको अहङ्कार पनि ठूलै छ। नेपालीहरूलाई साँच्चै लाग्छ कि भारत ठूलो छ। त्यसैकारणले भारतीयहरूको अहङ्कार पनि ठूलै छ। भारतीयहरूलाई कैयौँपटक यो कुरा महसुस हुँदैन कि उनीहरूले नेपालबारे जे भनिरहेका हुन्छन् ती कुरा नेपालीले मन पराइरहेका हुँदैनन्। तर भारतीयहरूको प्रश्न हुने गर्छ – हामी त नेपाललाई आफ्नै ठान्छौँ तर पनि के समस्या छ? काठमाण्डू पुग्ने बित्तिकै मैले पनि उत्तर भारतीय शैलीमा त्यहाँका साथीहरूलाई भनेँ, नेपाल आफ्नो घरजस्तै लाग्छ। कुरा खस्न नपाउँदै एक नेपाली साथीले भने, “तपाईँका प्रधानमन्त्री मोदीले पनि यस्तै भन्छन्।” अनि मैले सम्झेँ प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा नेपाली नागरिकले सडकछेउबाट हात मिलाउँदै उनको स्वागत गरेका थिए। तर तिनै नेपालीहरू अहिले मोदीको नाम आउनासाथ किन अनेकौँ प्रश्न गर्न थाल्छन्? लाम्बाले भनेका जस्ता वाक्यबाट नेपालीहरूलाई लाग्छ कि भारतीयहरूले नेपालको स्वतन्त्र अस्तित्वलाई स्वीकार्दैनन्, बरु नेपाललाई आफ्नो छत्रछायामा राख्न चाहन्छन्। नेपालीहरूलाई भारतको यस्तो माया कहिल्यै मन पर्दैन, बरु उनीहरूलाई त्यसमा ‘सांस्कृतिक विस्तारवाद’को गन्ध आउँछ। तीन महिनासम्म काठमाण्डूमा बसेर काम गर्दा र कैयौँ शहर अनि गाउँहरू डुल्ने क्रममा मैले कैयौँपटक यस्ता प्रश्नको सामना गर्नुपर्यो। बसमा, पसलमा, होटलमा, सडकमा कुराकानी गरिरहेका कैयौँले पटक पटक मलाई एउटै प्रश्न गरे – मोदीले हामीलाई रगतको आँसु किन रुवाए? नेपालका मानिसहरू खासगरी पहाडी क्षेत्रमा बस्नेहरू सन् २०१५ का ती दिनलाई बिर्सेका छैनन् जतिबेला मोदी सरकारले नेपालमा ‘अघोषित आर्थिक नाकाबन्दी’ गरेका थिए र मानिसहरूले पेट्रोल, डिजल, ग्यासजस्ता वस्तुका लागि तड्पिरहेका थिए। कैयौँ नेपालीहरू आफ्ना कार र मोटरसाइकललाई घरमै छाडेर साइकल किन्न बाध्य हुनुपरेको थियो। तर नेपालमाथि नाकाबन्दी गरिएको त्यो पहिलो पटक थिएन, त्यसअघि राजीव गान्धीले पनि गरेका थिए। नेपालको मकवानपुर जिल्लाको चित्लाङ्गबाट विद्यार्थीहरूलाई लिएर पोखरा पुगेका एक प्राध्यापकले मलाई सोधे – नाकाबन्दी गरेर मोदीले हामीलाई जानाजान चीनतर्फ धकेलिरहेका हुन्? र, मैले के जवाफ दिन सक्थेँ? (बीबीसी हिन्दी रेडियोका सम्पादक राजेश जोशीको बिबिसी हिन्दीमा प्रकाशित ब्लगको भावानुवाद हामीले बिबिसी नेपालीबाट साभार गरेका हौं।)
कर्मचारी समायोजनको समस्या तथा समाधानका उपायहरुबारे छलफल
काठमाडौँ, पुस २५ । कर्मचारी समायोजन सम्बन्धी विषयमा देखिएका समस्या तथा समाधानका उपायहरूबारे सरोकारवालाहरूबीच छलफल भएको छ । सङ्घीयता संरचनाअनुसार तीन वटै तहमा कर्मचारीको व्यवस्थापन गर्न सकस भइरहेका बेला निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका पदाधिकारीहरू सहितको सहभागी तामा निकासका लागि छलफल भएको हो । छलफलमा सङ्घीय संसद् राष्ट्रिय सभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाको सभापतित्वमा सञ्चालित छलफल कार्यक्रममा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका अध्यक्ष, उपाध्यक्ष, महासचिवसहित कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री, सचिव, समितिसँग सम्बन्धित संसदहरु,राष्ट्रिय सभाका सचिव, संसद् सचिवालय आधिकारिक टे«ड युनियनका अध्यक्ष तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो । बैठकले विभिन्न ४ वटा निर्णयहरू गरेको छ । जसमा पहिलो निर्णय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनबिच भएको ९ बुँदे सम्झौता तत्काल कार्यान्वयन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने भएको छ । त्यसैगरी प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन सम्बन्धमा देखिएका समस्यालाई संविधानले मार्गदर्शन गरे अनुरूप हुने गरी यथाशीघ्र समाधान गर्न र कर्मचारीहरूको तर्फबाट बारम्बार उठाइँदै आएका सेवा सुविधा र वृत्ति विकासका अवसरमा अवरोध नहुने गरी सङ्घीय निजामती सेवा विधेयकमा व्यवस्था गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ । त्यस्तै कर्मचारी समायोजन ऐन, २०७४ ले संसद् सेवाका कर्मचारीहरूको सम्बन्धमा गरेको व्यवस्थामा संकुचन हुने प्रावधान कर्मचारी समायोजन अध्यादेशमा रहेकोले समायोजन हुन चाहने संसद् सेवाका कर्मचारीहरूलाई समेत अन्य सरकारी सेवाका कर्मचारीहरु सरह तीनै तहमा समायोजन हुने व्यवस्था मिलाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलनई निर्देशन दिने निर्णय गरिएको छ । जिम्मेवार र अनुशासितरुपमा समायोजन प्रक्रियामा सहभागी भई सङ्घीयता कार्यान्वयनको ऐतिहासिक प्रक्रियामा सहयोग पुर्याउन सबै राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ । रासस
जाडोमा यौनसम्पर्क गर्नुका यस्ता छन् जोखिम !
एजेन्सी । लगभग सय वर्ष अघि प्रकाशित संयुक्त कविता संग्रह ‘सुक्तिसिन्धु’मा मोतीराम भट्टको एउटा कविता प्रकाशित भएको थियो जसका दुई पंक्ति यस्ता थिए: रुई दुई कि फुई यति तिन थोक् चाहिन्छ जाडामहाँ दुःखी छु रुई फुई छन् त पनि ता दुई नहुँदामहाँ। अचेल त रुई, फुई, दुई नेपाली उखान नै भइसक्यो र धेरै अविवाहितहरूलाई विवाह गराउने उत्प्रेरणा पनि ! हुन पनि जाडो याममा शारीरिक सम्पर्कको बेग्लै आनन्द मानिन्छ । धेरै मानिसहरूले जाडोमा शरीरमा तेल दल्ने गर्दछन् र कतिपयले त यौनसम्पर्क गर्नुपूर्व गुप्ताङ्गमा समेत तेल लगाउन मन पराउँछन् । विशेष गरेर पुरुषहरूले यौनसम्पर्क राख्नुपूर्व लिङ्गमा तेल लगाउने गरेको पाइन्छ । धेरैका अनुसार लिङ्गमा यसरी तेल लगाउनाले त्यसमा बढी कडापन आउँछ साथै यसले योनी भित्रको चिल्लोपना समेत बढाउँछ । यस कामको लागि नारियलको तेललाई आदर्श मान्ने गरिएको छ । त्यसै कारण कतिपयले नारियाल्को तेलको उपयोग यस्तो कामका लागि गर्ने गरेको पाइएको छ । तर अरू याममा जस्तो जाडो याममा भने लिङ्गमा नारियाल्को तेल लगाएर सम्भोग गर्नु उचित मानिंदैन । किन भने यसका केही जोखिम रहेका छन् । हेरौं के कस्ता जोखिम छन् नारियलको तेलका: १. एक शोधका अनुसार नारियलको तेलमा कोमेडोजेनिक गुण हुने गर्छन् अर्थात यो थोरै मात्र चिसोमा जम्न सक्छ । यस्तोमा यदि यौनक्रियाकोदौरान यसको प्रयोग गर्ने हो भने यो योनी भित्रै जम्न सक्छ जसले संक्रमणको जोखिम बढ्छ । २. नारियलको तेलमा एंटीमाइक्रोबियल गुण हुन् गर्दछ अर्थात यसले ब्याक्टेरियाहरूलाई मर्ने गर्दछ । तर योनीभित्रको वातावरणलाई स्वस्थ बनाइराख्न थुप्रै ब्यक्तेरियाहरूको उपस्थिति अनिवार्य हुने गर्दछ । यस्तोमा नारियलको तेलले राम्रा ब्याक्टेरिया पनि मारिदिने हुँदा यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । ३. जाडोको याममा नारियल तेलको पत्र योनीभित्र जमेको खण्डमा त्यसलाई बारम्बार धुँदा पनि नजाने हुन्छ । यस्तो अवस्थामा यो अझै खतरनाक हुन सक्छ ।
संयुक्त राज्य अमेरिकामा साइबर आक्रमण !
वासिङ्गटन, पुस १५ । संयुक्त राज्य अमेरिकाका थुप्रै समाचारपत्रहरूमा भएको साइबर आक्रमणले त्यहाँका अखबारहरूको प्रकाशन एवं वितरणमा समस्या आएको बताइएको छ । अमेरिकी मिडियाका अनुसार त्यहाँको ट्रिब्युन प्रकाशन समूहका थुप्रै प्रकाशनहरूमा भएको साइबर आक्रमणले द लस एन्जेल्स टाइम्स, सिकागो ट्रिब्युन, बाल्टिमोर सन लगायतका प्रकाशनहरू प्रभावित भएका छन् । उक्त प्रकाशन समूहका अनुसार शुक्रवार पहिलो पटक त्यहाँको कम्प्युटर प्रणालीमा एउटा मलवेयर फेला परेको थियो जसले उक्त कम्पनीको छापाखानाबाट निस्किने अन्य अखबारहरूको छपाईमा समेत असर परको थियो । लस एन्जेल्स टाइम्सले उक्त आक्रमण अमेरिका बाहिर कुनियो अन्य देशबाट गरिएको हुनसक्ने आशंका व्यक्त गरेको छ । ब्याक-अप सिस्टमलाई बनायो निसाना यस आक्रमणको शिकार लस एन्जेल्सस्थित उक्त छापाखानाबाट छापिने वाल स्ट्रीट जर्नल र न्युयोर्क टाइम्सका वेस्ट कोस्ट संस्करणहरू समेत भएका छन् । यस आक्रमणलाई नजिकबाट नियालिरहेका एक जनाले उक्त आक्रमणको उद्देश्य सूचना छोरि गर्नु नभई आधारभूत संरचना ध्वस्त पार्नु र सर्भरहरूलाई निष्क्रिय पर्नु रहेको बताए । ट्रिब्युन प्रकाशनकी प्रवक्ता म्यारिसा कोलियासले यस कुराको पुष्टि गर्दै उनका समाचारपत्र प्रकाशित गर्ने ब्याकअप सिस्टममा भाइरस आक्रमण भएको स्वीकार गरेकी छिन् । घटनाको हुँदैछ जाँच यस प्रकाशनबाट छापिने अन्य समाचारपत्रहरूमा न्युयोर्क डेली न्यूज, अरल्यान्डो सेंटिनल र ऐनापोलिस कैपिचल ग्याजेटका कार्यालयहरूमा गत वर्ष बन्दुक आक्रमण भएको थियो । एउटा अर्को प्रकाशन फोर्ट लडरडेल सन सेंटिनलको वेबसाइटमा उनीहरूकोमा पनि यस सप्ताहान्त सिस्टम ठप्प भएको जानकारी राखिएको छ । अमेरिकाको होमल्याण्ड सेक्युरिटी डिपार्टमेंटले जारी गरेको एउटा बयानमा विभाग केही अखबारहरूमा हुनसक्ने सम्भवावित आक्रमणबारे अवगत रहेको र सरकार र अन्य सहयोगी संस्थाहरूको सहायताले स्थिति नियन्त्रण गर्ने प्रयासमा रहेको बताएको छ । एजेन्सी
नेपाल प्रहरीका ५८ सई, इन्स्पेक्टरमा बढुवा (हेर्नुस् नामावली)
काठमाडौं, पुष १० । नेपाल प्रहरीका ५८ प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टरमा) मा बढुवा भएका छन्। प्रहरीको नियमावली २०७१ को परिच्छेद ४ को नियम २७ को उपनियम ४ बमोजिम बढुवा समितिको निर्णय अनुसार उनीहरु बढुवा भएका हुन् । नामावली हेर्न यहाँ क्लिक गर्नुस्
सिद्धार्थ बैंकले कर्मचारी माग्यो
काठमाडौं, असोज १८ । सिद्धार्थ बैंकमा रिक्त रहेका पदपूर्तिका लागि आवश्यक कर्मचारीको लागि आवेदन खुला गरेको छ । निम्ति योग्य भएका उम्मेदवारहरुले निम्न मिति, समय र स्थानमा आफ्नो डकुमेन्ट पेश गर्नुपर्ने छ । आवेदकहरुले आफ्नो बायोडाटा बुझाउने अन्तिम मिति यही असोज ३१ गतेसम्म रहेको छ । छिटोभन्दा छिटो इच्छुक आवेदकहरुले आफ्नो बायोडाटा पेश गर्नुपर्ने छ । बाँकी विवरण तलको तालिकामा हेर्न सकिने छ–
ट्राफिकको नयाँ नियमः जुत्ता नलगाए लाइसेन्स खारेज !
काठमाडौं, असोज ११ । दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् ।लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि । यस्तै नियममा अब अर्को थपिएको छ, जुत्ता लगाएर मात्र गाडी चलाउनुपर्ने । दुर्घटना हुन नदिन ईलाममा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । यातायात व्यवस्थापन समितिको बैठकले सार्वजनिक यातायातका चालकलार्य जुत्ता अनिवार्य गर्ने गरेको हो । दुसै तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम ल्याईएको हो । चालकले जुत्ता लगाएर नलगाए जरिवानादेखि लाइसेन्स खारेजीसम्मको कारबाही हुन सक्ने प्रावधान छ । कान्तिपुरमा खबर छ ।
कविताः ‘प्रेम अनि संभोग’
जसरी दिन र रातको सम्बन्ध छ त्यस्तो सम्बन्ध, जहाँ दिनको उपस्थितिमा रात बिलिन हुन्छ र रात आउँदै गर्दा दिन ढल्दै जान्छ । कस्तो अटुट सम्बन्ध अनबरत सम्बन्ध… जुन एकपछी अर्को निश्चित छ ।। जसरी जन्म र मृत्युको सम्बन्ध त्यस्तो सम्बन्ध, जब कोही जन्मिन्छ त जन्मसँगै मृत्यु सङै जोडिएर आएको छ… हो त्यसरी नै, प्रेम र संभोग त्यस्तै उस्तै होलान दिन र रात अनि जन्म र मृत्युसँगै हो प्रेम दिन हो जहाँ बिहानीजस्तै हरेक आशाहरु लिएर आउँछन् र जन्मजस्तै जहाँ सुनौला भोलिहरुका टुसा जागृत हुन्छन् र संभोग रातजस्तै जुन एकदम नितान्त हुन्छ सुनसान हुन्छ तर अन्तरालमा खलबली मचाइरहेको हुन्छ र मृत्युजस्तै जुन निश्चित छ तर भरोशीत छैन निश्चित छैन तर अमान्य छैन … जब प्रेमसँग संभोग जोडिएको हुन्छ त प्रेम दिन जस्तै बिलिन भएर जाने छ र मृत्युपछिको अस्तित्वहिन जन्मझै निरीह हुने छ र सायद त्यही समय नै भावनात्मक प्रेमको भ्रुणहत्या भएको हुनेछ…
OMG! विश्वकपको सटीक भविष्यवाणी गर्ने विरालोको मृत्यु
बेइजिङ, असार २१ । रसियामा जारी विश्वकप फूटबलको छ वटा खेलको सटीक भविष्यवाणी गर्ने विरालोको मृत्यु भएको छ । विरालोको मृत्युपछि अहिले सामाजिक सञ्जालमा संनाटा छाएको छ । सुन्तला रंगको विरालोको मुखमा खानाको दुईवटा बाउल राखिन्थ्यो । जसको पठाडि विश्वकप खेली रहेका दुईवटा टीमको झण्डा अंकित हुन्थ्यो । उसले जुन देशको झण्डा अंकित भएको भाँडोको खाना खान्थ्यो सो देशको टीमले जितेर थियो । उसले ६ वटा खेलको सटीक भविष्यवाणी गेरको थियो । र चीनमा सो विरालो निकै लोकप्रिय भएको थियो । प्यालेस म्युजियमले चीनको वेइबो (ट्विटर जैसा प्लेटफर्म) मा उसको अकाउण्ट पनि बनाइदिएको थियो । अर्जेन्टिना र नाइजेरियाबीच भएको खेलको भविष्यवाणी उसेको अन्तिम थियो । म्यूजियमले भनेको छ, ‘विरालो विमारी थियो सोमबार उसको मृत्यु भयो ।’ यसपछि वेइबोमा १० हजार भन्दा धेरै प्रतिक्रिया (कमेन्ट) आएको छन् ।
ताइवानको एक कम्पनीले सबैभन्दा सस्तो स्मार्टफाेन सार्वजनिक
ताइवानको एक कम्पनी अासुस (Asus) ले भर्खरैमात्र नयाँ स्मार्टफोन Asus ZenFone Ares सार्वजनिक गरेको छ । विगतको वर्ष सार्वजनिक भएको ZenFone AR सँग मिल्दोजुल्दो रहेको छ । Ares मा 8GB रैम रहेको छ । त्यस्तै, यो AR र VR अनुभवका लागि निकै परफेक्ट रहेको छ । यतिमात्र होइन कि यो 8GB रैमका स्मार्टफोन अहिलेसम्मकै सस्तो मूल्य रहेको छ । हालैमात्र ताइवानले यस स्मार्टफोनलार्इ सार्वजनिक गरेको हो । इण्डिया लञ्चिङको बारेमा कुनै जानकारी भने दिएका छैनन् । कम्पनीले यसको मूल्य TWD 9,990 (लगभग २२,७०० रुपैयाँ) तोकिएको छ । जबकी ZenFone AR को मूल्य ४९,९०० रुपैयाँ रहेको थियो । कम मूल्य हाइटेक फिचर्स – ZenFone Ares को कम मूल्य तोकिए पनि तर यो हाइटेक फिचर्ससँग सुसज्जित रहेको छ । – म्यूजिकका लागि यसमा सोनिक मास्टर ३.० Hi-Res अडियो ३८४ 4kHz डेकोडर दिएको हो । यो DTS हेडफोन र ७.१ च्यानललार्इ सपोर्ट गर्दछ । – यसमा २३ मेगापिक्सल रियर क्यामरा रहनुको साथै जो आसुस की हाई-रेजोल्यूशन फिक्सलमास्टर ३.० प्रविधि र f/२.० अपरचरको साथ राखिएको छ। – सेल्फीका लागि फ्रन्ट क्यामेराका ८ मेगापिक्सल दिएको छ, जो f/२.० अपरचरकाे साथ राखिएको छ । ZenFone Ares को अन्य फिचर्स – यसमा ५.७ इन्च QHD (१४४०x२५६० पिक्सल) सुपर AMOLED डिस्प्ले टचस्क्रीन रहनुको साथै यसको अनुपात १६:९ रहेको छ । – यसमा दुर्इवटा सिम लाग्ने स्मार्टफोन ZenUI को साथ एन्ड्रोइड नगट अपरेटिङ सिस्टम रहेको छ । – फोनमा क्वालकम स्नैपड्रैगन ८२१ प्रोसेसरकाे साथमा ८ GB रैम रहेको छ । इन्टरनल मेमोरी १२८ GB रहेको छ । – यसमा ४ G LTE, Wi-Fi 802.11ac, Bluetooth v4.2, GPS/ A-GPS, USB Type-C, 3.5mm हेडफोन जैक कनेक्टिविटी दिएको छ । – फोनमा ३३००Ah को ब्याट्री रहेको, जो क्वालकॉम क्विक चार्ज 3.0 को सपोर्ट गर्ने गर्दछ । एजेन्सीको सहयोगबाट
एन्ड्रोइड मोबाइलले ल्यायो नयाँ एप्स
भोपाल । रेल यात्राका लागि स्टेशनमा गएर लामो लाइन बसी टिकट काट्नुपर्ने झन्झटबाट अब मुक्त हुनुहोस् । आधुनिक समयसँगै एन्ड्रोइड मोबाइलले ल्याएको छ नयाँ एप्स । यो एप्सबाट तपाई जहाँ भएपनि बिना झन्झट सिधै रेलवे टिकट बुक गर्न सकिन्छ । यस मोबाइल एप्स गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ । यस मोबाइल एप्सबाट रिजर्भका लागि टिकटमात्र नभई मासिक सिजन टिकट प्लेटफार्मका लागि पनि टिकट बनाउन सकिन्छ । रेलवेले यसको माध्यमबाट टिकट बुक गरी मोबाइलमा सेभ गरेर आनन्दका साथ रेलमा यात्रा गर्न सकिन्छ । शुक्रबारमात्रै यो एप्सको माध्यमबाट भोपाल रिजनको ३८० व पश्चिम क्षेत्रमा १३२२ अन रिजर्भ टिकट बुक गरिएको छ ।
आजको राशिफल : वि.स.२०७५ साल वैशाख १९ गते । बुधबार
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावासायमा अलि बढिनै समय खर्चिदा राम्रो मुनाफा कमाउँन सकिनेछ भने बित्तिय क्षत्रसँग सम्बन्धित लगानि फस्टाएर जाने ग्रहयोग रहेकोछ । आफन्त तथा दिदि बहिनी सँग सम्बन्ध सुधार भएर जानेछ । पढाई लेखाईमा भनेजस्तो उपलब्धि नभएपनि सुधार गर्दै लैजान सकिनेछ । माया प्रेममा सामान्य मनमुटाब भएपनि अन्तत एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला सामान्य स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुपर्नेछ । शुभ अंक — २,४ शुभ दिशा — पुर्व शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) भौतिक सम्पति तथा उपाहार प्राप्तिको गतिलो योग रहेकोछ । मित्रताको बन्धन कसिलो हुँनुको साथै प्रेमले वैबाहिक मार्ग अबलम्बन गर्न सक्छ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नति तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ । शुभ अंक — २,५ शुभ दिशा — दक्षिण शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईको घर परिवारमा झगडा गराउँन बाहिरी मानिसहरुको सक्रियता बढ्नेछ । मुद्धा तथा मामिलामा आज सामेल भए हारिने अधिक सम्भावना रहेको छ भने न्यायिक निर्णयहरु तपाईको बिपक्षमा फैसला हुनेछन् । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला । आफ्नो ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरु हाबि हुनेछन् भने पढाई लेखाईमा ध्यान नजानाले अरु भन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षबाट आश्वासन मात्र पाईने हुँनाले कुनै कुराको आस गर्नु गलत हुनेछ । शुभ अंक — ३,६ शुभ दिशा — पश्चिम शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिद्या तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुलाई हराउँदै परिवार तथा गुरुवर्गहरुका अगाडि प्रशंसा पत्र तथा पुरस्कार जित्न सकिनेछ भने तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् । शिक्षा क्षेत्रमा गरिएको लगानिबाट लामो समय सम्म आम्दानि भईरहनेछ । साथिभाई तथा आफ्नो बिषेश मान्छेसँग दिनभर मिठा मिठा कुरा गरेर समय ब्यातित हुँने हुँदा मन खुसि रहनेछ । सवारि साधन,भौतिक सम्पति तथा आकस्मिक धनसम्पति लाभ हुनेछ । चिठ्ठा पर्ने तथा बिषेश मानिसबाट उपाहार पाईने अधिक सम्भावना रहेकोछ । शुभ अंक — ४,७ शुभ दिशा — दक्षिण शुभ रंग — निलो काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यावसायमा राम्रो प्रगति हँुन गई आर्थिक सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । तर्कपुर्ण तथा शाहशिक बोलिको प्रभावले प्रभावशालि ब्याक्तित्वहरुलाई सजिलै बसमा पार्न सकिनेछ । आधुनिक कृषि तथा पशुपालन व्यावसाय अबलम्बन गर्ने किसानहरुले आवस्यक पर्ने औजारहरु सहजै प्राप्त गर्न सक्नेछन् । घर जग्गा तथा सवारि साधनको कारोबारबाट भने जस्तो नाफाँ कमाउँन सकिनेछ । साथिभाई तथा ईष्टमित्रहरुको हरेक पाईलामा सहयोग तथा समर्थन रहनेछ । अध्ययन तथा अध्यापनमा प्रतिश्पर्धिहरुलाई पन्छाउदै अगाडि बढ्न सकिनेछ । शुभ अंक — ५,६ शुभ दिशा — पश्चिम शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) छोटो तथा रमाईलो यात्रा हुँने भए पनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । आफन्त तथा दाजुभाई सँग मनमुटाव सिर्जना हुनेछ भने सहयोग तथा समर्थन नपाउँदा कामहरु समयमा नहुँदा आर्थिक रुपमा कमजोर भईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा नहुँने हुँदा कुनै पनि विवादित बिषयमा सहभागि नहुँनु होला । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने हुँदा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । शुभ अंक — ३,९ शुभ दिशा — उत्तर शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अनुशन्धानको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । बोलिको प्रभाव बढ्ने हुँदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । कार्यक्षेत्रमा तपाईको कामको उच्च सम्मान हुनेछ । धनसम्पति तथा आय आर्जनमा बृद्धि भएर जानेछ । आफन्त,साथिभाई तथा कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । सांगितिक क्षेत्रमा समय दिनेहरुका लागि आजको दिन उत्तम रहेको छ । शुभ अंक — ४,८ शुभ दिशा — पश्चिम शुभ रंग — प्याजी कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ भने पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजनका साथ समय ब्यातित गर्न सकिने समय रहेकोछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न हुनेछ । अप्पकालिन तथा दीर्घकालिन योजना बनाई अगाडि बढ्दा सफलको सिडि चड्न सकिनेछ । व्यापारमा बृद्धि भएर जाने हुँनाले आर्थिक रुपमा सम्पन्न हुँन सकिनेछ । राजनिति तथा समाजसेवाको क्षेत्रमा जनताको मन जिति काम गर्न सकिने हुँनाले पछिको लागि पद प्राप्ति हुँने योग रहकोछ । शुभ अंक — २,८ शुभ दिशा — उत्तर शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बिदेशमा सञ्चालित निकाए तथा सस्थाहरुमा काम पाउँने तथा पदोन्नती हुँने प्रशस्त सम्भावना रहेकोछ । लामो दुरिको उपलब्धिमुलक मनोरञ्जनात्मक तथा व्यावसायिक यात्रा हुनेछ । बिदेशमा बसेर समय तथा रुपैया पैसा लगानि गर्नेहरुले प्रशस्त आम्दानि गर्ने योग रहेकोछ । आफ्ना साथिभाई तथा अग्रजका सहि सुझाबले एक दुई कदम अगाडि बढि प्रगति पथमा लम्कन सकिनेछ । प्रेम प्रशङमा एक अर्काबिच कुरा बाजिय पनि अन्तत एक अर्काको भावना बुझेरै अगाडि बढ्न सकिनेछ । शुभ अंक —३,६ शुभ दिशा — पुर्व शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सानो प्रयत्नले लक्ष्य प्राप्त गर्न सकिनेछ भने सानो सानो व्यावसाय गर्नेहरुले मनग्गे फाईदा कमाउन सक्नेछन् । आर्थिक अवस्था सुदृढ हुने हुनाले प्रगति पथको यात्रा तय गर्न सकिनेछ । बिभिन्न स्रोत साधनको प्रयोग गरि मनग्गे लाभ लिन सकिनेछ । अध्ययन तथा अध्यापनमा थोरै मेहनेत गर्दा पनि सफलता हात लाग्नेछ । प्रेमको डोरो कसिलो भएर जानेछ भने घर परिवारमा सबैसँग सम्बन्ध राम्रो बनाउन सकिनेछ । माता पिताको सहयोग पाईने हुनाले अरुभन्दा एक कदम अगाडि बढि काम गर्न सकिनेछ । शुभ अंक — २,७ शुभ दिशा — उत्तर शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय,सन्द्रर्भ तथा परिस्थितिको राम्रो सँग अध्ययन गरि कुनै पनि निर्णय गर्नुहोला गलत ब्याक्तिको सल्लाह तथा सुझाब मान्दा तपाईबाट आत्मघाति निर्णयहरु हुनेछन् । विशिष्ट व्याक्तिहरु सँग विवाद वढ्नेछ भने आर्थिक व्यावस्थापनका लागि चालिएका प्रयासहरु निअर्थक हनेछन् । आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । बिद्या तथा प्रतिश्पर्धामा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । शुभ अंक — २,३ शुभ दिशा — पुर्व शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रतिष्पर्धिहरुलाई सजिलै आफ्नो पक्षमा पार्न सकिने तथा उपलब्धि हासिल गर्न सकिनेछ । समाजमा जनतासँग सँगै रहेर गरिने कामहरु समयमा सम्पादन हुँदा मान सम्मान प्राप्त हुनेछ । व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ । शुभ अंक — ४,९ शुभ दिशा — दक्षिण शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम
इतिहास, पुष्पलालको शालिक ढाल्नेले पढुन्
चुट्किला सुनाएर मात्रै खीर पाक्दैन । दुध भल्भली उमाल्न पुग्ने दाउराको भारी ल्याउनुपर्छ, अनिमात्र खीर पाक्छ भन्ने मानेमा डाडु–पन्यु समाएर अगेनाअघि रमाएकाहरु स्पष्ट हुन जरुरी छ। अर्कैले पकाएर तयार पारिदिएपछि थाल थाप्न जाने र उसैलाई होच्याउने शास्त्र भट्याएर आफ्नै दुर्दशा ननिम्त्याउँदा सैको भलो हुन्छ । कुरो के हो भने, विपरीत ध्रुर्व र आस्थाको व्यक्ति वा समुदायले जे गर्दैछ उसलाई ठिक उल्टो बनाएर व्याख्या गर्ने एउटा समुहको हर्कत नेपालमा गरिखाने पेशाकै रुपमा फस्टाएको छ। उनीहरु सधैं सकारात्मक चीजहरुको नकारात्मक व्याख्या सहित जनतामा भ्रम सिर्जना गराई आफ्नो पुर्ख्यौली हैकम कायम गर्न चाहान्छ्न् । हिजो भारतीय दादागिरीलाई अजंगको देखेर बिहान बेलुकी दिल्लीमा सिटामोल खान कुँद्ने उक्त समूह र उसका नाइँकेहरु, उसैलाई गाली गलौज गरेरै राष्ट्रवादको खोल ओढे, आज फेरि समाजलाई भ्रमित पार्दै उसैको सेवामा हाजिर भएर पुरानै लुटको स्वर्गमा फर्किन चेष्टा गर्दैछन् । सम्भवतः हामी आम सर्वसाधारणको चिन्ता ‘देश बनाउने भाँती नभएकाहरुले नबिगारुन् पनि’ भन्ने हो । बाँसको टुप्पोमा बसेको भँगेराले आफ्नै वजनका कारण बाँस निहुरिएको भन्ठाने जस्तै वर्षभरि राज्यकोष निचुरेर देशलाई भुवाझैँ बनाएकाहरु मञ्च उक्लिएर जब समृद्धिको खोक्रो आदर्श छाँट्दै आफ्नै कीर्तन गाउँछन् , निरीह हामी जनता भन्नेहरु मख्ख र लठ्ठ पर्छौं, अनि हत्केला पुत्याउन्जेल ताली बजाउँछौं । पटकपटक थिलोथिलो हुनेगरी पिल्सिएको ‘देशका जनता’ भन्ने हामी , जसरी नेताहरुले बतासे कुरा गर्छन् उसरी नै उड्दै गयौं । उमेश बञ्जाडे फलतः आज त्यसैको दुर्दशा व्यहोरिरहेका छौँ र अझै लामो समयसम्म व्यहोर्नुपर्ने निश्चित छ। सत्ता बाहिरहँदा दैनिक देश विकासको खाका कोर्नेहरु देश हाँक्ने ठाउँमा पुगेपछि अर्कैको अनुदानमा लठ्ठिएका छन् । हुन त अर्कैको फर्मानमा सास फेर्दै अरूले बनाइदिने सिद्धान्त बोक्नेहरूसँग आफूले बनाउने भन्ने एजेन्डा कहाँ हुन्छ र ? तर, पनि समृद्ध देश निर्माणको खाका र योजना बाँड्ने ठाउँमा पुग्न मरिहत्ते गर्दै सत्ता हड्प्नेहरु गुलेली खेलाउने केटाकेटीले ल्याएको व्यवस्थामा रमाएर आज फेरि उनैप्रति छुद्रता व्यक्त गर्दैछन् । पंक्तिकार ती आफैलाई उत्कृष्ट राष्ट्र सेवकको दुहायी दिने मनुवाहरुलाई आग्रह गर्दछ, ‘महोदय, यदि ती माओवादी केटाकेटीहरु अगतिला लाग्छन् भने, छोडिदिनुस उनैले ल्याएको व्यवस्थामा र्याल चुहाउँदै विलौना गर्न, के हिम्मत छ ? बरु पढाउनुस् आजैदेखि आफ्ना सुसारेहरुलाई पुष्पलालको इतिहास, जसले सत्ता गुमेको वियोग सहन नसकी पुष्पलालको सालिक भत्काए । बरु प्रष्ट्याउनुस आफ्नै केटाकेटीलाई पटकपटक सत्तामा पुग्दा पनि देखाउन नसकेको मदन भण्डारी हत्याकाण्डको विषय, सक्नुहुन्छ ? र सम्झिनुस् आफ्नै विगत अनि कल्पिनुस् माओवादीका केटाकेटीले यतिका पहल नगरेको भए आजको आफ्नो हैसियत ? सोच सधैं सकारात्मक दिशामा निर्दिष्ट हुनुपर्छ। अझ देशकै बागडोर सम्हालेका व्यक्तिले भुइँमै मुख जोतेर बोल्न खासै शोभा पनि दिँँदैन । देशमा यसपटक आफैलाई भस्मै वामपन्थी भन्नेहरुको गठबन्धन सहित बहुमतीय सरकार छ। विगतमा धेरैपटक सरकारमा गएका वाम पार्टी र उनका प्रतिनिधिहरुले बहुमत नभएरै काम गर्न नसकेको गुनासो व्यक्त गर्ने गर्थे । सरकार गठन पूर्व सुशासन र समृद्धिको प्रवचन दिएर नेता एवं वर्तमान सरकारका मन्त्रीहरु निकै जंगिएका थिए । परन्तु त्यो जोश पनि विगत जस्तै अन्ततः आश्वासनको चिहानमै गएर खाँदिएको छ। गाउँ गाउँमा प्रतिस्पर्धात्मक बन्दै गएको बलात्कार, उच्छृृङ्खलता, भ्रस्टाचार, तस्करी, सुशासन हिनता एवं देश बनाउने मन्त्रीहरुको समाचार बनाएर चर्चाको चुलिमा पुग्ने ‘बरिलै मोह’ले जनता आजित बन्दै गएका छन् । सारांशमा जति सुनपानीले चोख्याउन खोजेपनि नेपालमा चोखो कर्मचारी, नेता, जनप्रतिनिधि, प्रहरी, सेना आदि पाउन असम्भव नै देखियो– टनका टन सुनको तस्करीले स्पष्ट बतायो । देश बनाउने भन्ने कुरा भाषणमै सीमित भो, दुर्भाग्य । फेरि पनि देशको नेतृत्व सम्हालेका प्रधानमन्त्रीले १०–१५ जना मान्छे बटुलेर उखान भट्याउने र लोक हँसाउने बाहेकका उपती लाउने छाँट देखिएन । जसरी नेपाल खाल्डोको प्रथम परिचयले सुशोभित काठमाडौंले अझैसम्म आफू बाहिरको भुगोललाई टेरपुच्छर लगाउँदैन, दुरुस्त उस्तै सोचबाट ग्रसित एमाले अध्यक्ष ओलीले पनि आफ्नु कित्ता बाहिरका विचार, उदेश्य र व्यक्तिहरुलाई सधैं निषेध गर्ने अति खतरनाक व्यबहारलाई जहिल्यै अख्तियार गरेको देखिन्छ । पार्टी बाहिरमात्रै होइन, भित्रैपनि अरुलाई होच्याउने र खुईल्याउने कुरामा ओलि विगतदेखि नै जब्बर बनेको पाइन्छ । कहिले आफैलाई पृथ्वीनारायणसँग तुलना गर्ने त कहिले राजनेता भन्न रुचाउने बहुमुखी ओलीले आफ्नो छुद्रताले नांगो बन्दै गएको सभ्यतालाई पनि हेक्का राखुन् । साथमा यिनै महामनुष्यको स्कुलिङ लिन हतारिदै लाइनमा बसेकाहरुले पनि आफ्नो सम्भावित भविष्यबारे समिक्षा गरुन् । एकातिर चुनौतीको चाङ लगाउन सिपालु र अर्कोतिर कुम्लो बोकेर सुइँकुच्चा ठोक्न पनि उत्तिकै पोख्त ओलि प्रवृत्ति पहाड उठाउन नसक्ने परन्तु अवसरहरु सवै आफ्नै पोल्टामा पार्न सेतोलाई कालो बनायर वा गलतलाई पनि सहि दाबी गर्दै सदैव देशले पाँउदै गरेका झिनो निकासहरुमा समेत अवरोध उत्पन्न गर्नेमै समय व्यतित गर्दैछन् । फेरि पनि माओवादी केटाकेटीलाई आफ्नो उखानेश्वर ज्ञानको वर्णन गर्न हतारिएका ओलिीलाई विनम्रताका साथ आग्रह गरिन्छ, ‘इतिहास माओवादी केटाकेटीलाई होईन– सत्ता गुमेको वियोगान्त पिडामा रन्थनिदै पुष्पलालको सालिक भत्काउने आफ्नै सुसारेहरुलाई पढाउन्।’ उमेश बन्जाडे लमही दाङ, हालः क्वालालम्पुर, मलेसिया
संवैधानिक इजालासमा ५० वटामात्र मुद्दा फछ्र्योट
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फछ्र्योट भएको छ । सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० वटा मात्र मुद्दा फछ्र्योट भएको बताउनुभयो । ती मुद्दा विसं २०६६ देखिका हुन् । उहाँले हप्तामा दुई दिनमात्र संवैधानिक इजलासमा परेका मुद्दा भएकाले धेरै फछ्र्योट गर्न नसकिएको जानकारी गराउनुभयो । संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र न्यायाधीशले हेर्ने गर्नुभएको छ । अहिले सर्वोच्चमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेले हेर्न गर्नुभएको छ । २०७२ सालको संविधानको धारा १३७ ले संवैधानिक इजलासको प्रावधान राखेको छ । संवैधानिक इजालसमा संविधानसँग बाँधिएका रिट निवेदन, संघ र प्रदेश, प्रदेश र प्रदेश, प्रदेश र स्थानीय तहबीचको संविधानका अधिकारबारे उठेको विवाद तथा संसद्का सदस्यको योग्यताबारे उठेका विवादसम्बन्धी मुद्दा हेर्ने गरिन्छ । विसं २०७२ को संविधान गठन हुनुभन्दा पहिले सर्वोच्चमा विशेष इजसालले संविधानसम्बन्धी उठेका विषय हेर्ने गर्दथ्यो । रासस
क्युबामा सत्ता हस्तान्तरण, डियाज बने नयाँ राष्ट्रपति, राउल क्यास्ट्रो अध्यक्ष मात्रै
क्युबाली राष्ट्रपति राउल क्यास्ट्रोले औपचारिक रूपमा सत्ता हस्तान्तरण गरेपछि मिगेल डियाज-क्यानेल देशका नयन राष्ट्रपति भएका छन् । बिहिबार क्युबाको संसदले डियाजलाई देशको नयाँ नेताका रूपमा चयन गरेपछि ८६ वर्षीय राष्ट्रपति राउल क्यास्ट्रोको उत्तराधिकारी को हुने भन्ने विश्व समुदायको जिज्ञासा शान्त भएको हो । यसका साथै १९५९ यता पहिलो पल्ट क्युबाली सत्ताको केन्द्रमा क्यास्ट्रो परिवारका सदस्य छैनन् । निवर्तमान राष्ट्रपति राउल क्यास्ट्रो २०२१ सम्म पार्टी अध्यक्ष रहिराख्ने छन्। वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोले सन् २००६ मा उनका दाजु तत्कालीन राष्ट्रपति बिमारी भएपछि सत्तामा आएका थिए । तर राउल क्यास्ट्रोले पदत्याग गरेपनि देशको प्रभावशाली व्यक्तिका रूपमा रहिरहने छन् । उनी २०२१ मा क्युबाली कम्युनिष्ट पार्टीको अधिवेशन हुँदासम्म पार्टी अध्यक्ष रहिरहने छन् । समाचारहरूमा जनाइए अनुसार बढ्दो आर्थिक असमानता र युवाहरूका अपेक्षा नयाँ राष्ट्रपतिका निम्ति चुनौतीको रूपमा रहिरहने छन् । क्युबाली क्रान्तिको पृष्ठभूमिबाट आएका पूर्व राष्ट्रपति फिडेल र निवर्तमान राष्ट्रपति राउल क्यास्ट्रोको तुलनामा क्रान्तिपछिको क्युबामा जन्मेका डियाजलाई उनका पूर्ववर्तीहरूको क्रान्तिकारी विगतसँग समेत तुलना गरिने ठानिएको छ । सन् २०१३ मा देशका उपराष्ट्रपति बनाइँदासम्म उनी खासै चर्चित नाम थिएनन् । तर त्यसपछि उनलाई राष्ट्रपति क्यास्ट्रोको दाहिने हात मानिन थालेको थियो । डियाजलाई गत पाँच वर्षदेखि राष्ट्रपति बन्न तयार पारिंदै थियो । पेसाले इलेक्ट्रिक इन्जिनियर डियाज फिडेल क्यास्ट्रो क्युबाका प्रधानमन्त्री बनेको एक वर्षपछि अप्रिल १९६० मा जन्मिएका हुन् । युवा अवस्थादेखि नै युवा कम्युनिस्ट लिगसँग आबद्ध डियाज ३३ वर्षकै उमेरमा सो संगठनको द्वितीय सचिव बनिसकेका थिए । उनी वैचारिक रूपमा सशक्त मानिन्छन् ।