उपमेयरको उम्मेदवारीमा उठ्दै सुन्तलीकी आमा
काठमाडौं, वैशाख २० । नेपाली हाँस्य टेलिश्रृंखलाको चर्चित कलाकार कुन्जना घिमिरे ‘सुन्तली’ को आमा सीतादेवी घिमिरे ललितपुरको गोदावरी नगरपालिकाको उपमेयरका लागि उम्मेदवारी दिएकी छन् ।
भूकम्प गएको दुई वर्ष नपुग्दै भुकम्प पीडितका लागि धुर्मुस र सुन्तलीले घरबारविहीन मुसहर समुदायक लागि एउटा बस्ती ख्याती कमाउन सफल भएका छन् ।
पहिलो संविधानसभाको निर्वाचनताका एमाले निकट रहेकी सीता दोस्रो संविधानसभा ताका माओवादीमा प्रवेश गरेकी थिइन् । हाल हाँस्य कार्यक्रमको सिलसिलामा धुर्मुससँगै जापानमा रहेकी सुन्तलीले आमालाई विजयको शुभकामना दिइन् ।
‘हाम्रो र आमाको अभियान विल्कुलै फरक छ,’ भाइबर कुराकानीमा कुन्जनाले भनिन्, ‘हामी शुभचिन्तकसँग आमाका लागि भोट दिन आग्रह गर्छौं तर प्रचारका लागि हिँड्दैनौं ।
हामी कुनै पार्टी विशेषले भन्दा पनि राम्रो उमेदवारको जित होस् भन्ने चाहन्छौं । भोलि आमाले जितेको खण्डमा हाम्रो सहयोग र समर्थन रहनेछ।’
सगरमाथामा ट्राफिक जाम !
सोलुखुम्बु,वैशाख २ । सगरमाथका आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ । सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन् । मौसम राम्रो भएकै बेला सबै आरोही दोस्रो, तेस्रो वा चौथो शिविरबाट शिखरतर्फ जाने भएकाले चौथो शिविरदेखि शिखिरसम्मका विभिन्न स्थानमा ट्राफिक जाम हुने जोखिम हुन्छ । सगरमाथा आरोहणका लागि अघिल्लो वर्षको तुलनामा यस वर्ष आरोही अधिक रहेको पर्यटन विभागले जनाएको छ । आरोहीको सङ्ख्या अधिक रहेकाले यस वर्ष सगरमाथामा ट्राफिक जाम हुने खतरा रहेको आरोहण सहयोगी पेम्बा दोर्जी शेर्पाले बताए । सन् २०१४ मा सगरमाथामा गएको हिम पहिरोका कारण आरोहण अवरुद्ध भएपछि मार्ग अनुमति लिइसकेकालाई यस वर्षसम्म पुरानै शुल्कमा आरोहण गर्ने सुविधा दिइएकाले आरोहीको सङ्ख्यामा वृद्धि भएको विभागले जनाएको छ । विसं २०७१ पछि तीन वर्षभित्र आरोहण गरे पहिले लिएकै अनुमतिपत्रलाई आधार मानेर पहिले तिरेकै शुल्कमा आरोहण गर्ने सुविधा सरकारले दिएको छ । पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले भनने–“तीन वर्षको अवधिको यो अन्तिम वर्ष यो हो, अवसर नगुमाउन पहिला नै अनुमति लिएका आरोही आएका छन् । त्यसैले आरोहीको सङ्ख्या यस वर्ष अधिक हुने भएको हो ।” अघिल्लो वर्ष सगरमाथा आरोहणका लागि दुई सय ८९ जना अनुमति लिई आधार शिविर पुगेका थिए । यस वर्ष अहिले नै दुई सय ६७ जना नाम्चेबाट उकालो लागिसकेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कार्यक्रम अधिकृत कपीन्द्र राईले जानकारी दिए । आरोही वैशाखको मध्यसम्म अनुमति लिएर जाने गर्छन् । सम्पर्कमा आउने क्रम बढिरहेकाले यो सङ्ख्या बढी झन्डै चार सय पुग्ने विभागले जनाएको छ । आरोहणका लागि अनुमति लिनेभन्दा उनीहरुका सहयोगी बढी हुने गर्छन् । प्रत्येक आरोहीसँगै आरोहण सहयोगी पनि जाने भएकाले यस वर्ष एक हजारको हाराहारीमा मानिस सगरमाथाको शिखरमा पुग्ने आँकलन गरिएको छ । सहयोगीकै रुपमा पाँच पटक सगरमाथाको शिखरमा पुगिसक्नुभएका फोर्चेका सोनाम शेर्पा भन्नुहुन्छ “सबैलाई मौसम सफा भएको बेला शिखरमा पुग्ने हतार हुन्छ, त्यहाँ पालो मिलाउने पठाउने व्यवस्था हुन्न, यस वर्ष जाम हुने सम्भावना छ, फर्कँदा जाममा परेमा अक्सिजन सकिने तथा जिउ कमजोर भइसकेको कारण ज्यान तलमाथि हुन सक्छ ।” मार्सल सेल्फ डिफेन्स अन्तर्राष्ट्रिय सम्मेलन सोलुदूधकुण्ड नगरपालिकास्थित पत्तालेमा ‘मार्सल सेल्फ डिफेन्स’ सङ्घको अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबार सम्पन्न भएको छ । नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा सङ्घको मुख्य कार्यालय पोर्चुगलका प्रमुख एवम् ग्रान्ड मास्टर सोके मिग्युलको प्रमुख आतिथ्यमा भएको सो सम्मेलनमा पोर्चुगलका १७, भारतका तीन र नेपालका समेत गरी १०० भन्दा बढीको सहभागिता रहेको नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घ सोलुखुम्बुका संयोजक नुतन श्रेष्ठले बताए । संयोजक श्रेष्ठका अनुसार विश्वव्यापी रुपमा मार्सल सेल्फ डिफेन्स तालिम सञ्चालन गरी हरेक व्यक्तिलाई आत्मरक्षाको सीप लिन उत्साहित गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गरिएको हो । सोलुखुम्बुलाई खेलकुदका क्षेत्रबाट अन्तर्राष्ट्रियस्तरमा चिनाउन अन्तर्राष्ट्रिय सम्मेलन पत्तालेमा आयोजना गरिएको र सम्मेलनले खेलसँगै नेपाली पर्यटनमा सकारात्मक सहयोग पुर्याउँछ भन्छन् जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष बिबी नेपाली । सम्मेलनका क्रममा करातेसम्बन्धी विभिन्न सीप प्रदर्शन गर्नाका साथै सहभागीलाई तालिमसमेत दिइएको छ पत्ताले डाँडासगरमाथालगायत अन्य उच्च हिमशृङ्खलाको दृष्यावलोकनका साथै हिमाली रहनसहन र संस्कृतिका दृष्टिबाट महत्वपूर्ण पर्यटकीय क्षेत्र मानिन्छ । रासस
बैंक खाताका पासकोड ह्याक गरी करोडौं चोरी गर्ने पक्राउ
काठमाडौं, चैत ९ । बिभिन्न बैंक खाताका पासकोड ह्याक गरेर करोडौं रकम चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बैंक खाताका डिजिटल कोड ह्याक गरेर उक्त समूहले ३ करोड ३९ लाख रुपैयाँभन्दा बढी रकम निकालिएको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । उक्त गिरोहले पे–पाल, बिटकोन, पर्फेक्ट मनीलगायत अनलाईन आर्थिक कारोबार गर्ने कम्पनीमार्फत रकम भुक्तानी गरेर ह्याकरहरूबाट विभिन्न व्यक्तिका बैंक खाताका पासकोड खरिद गरेर चोरी गर्ने गरेको महाशाखाले सार्वजनिक गरेको छ । पक्राउ परेकालाई बैंकिङ कसुर ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको छ अनाधिकृत रूपमा हात पारेका बैंक खाताका पासकोडलाई म्यागनेटिक स्टिप कार्ड रिडर (एमएसआर) नामक मेसिनमार्फत खाली एटीएम कार्डमा भर्ने गरेका थिए । काठमाडौं उपत्यका र भारतका ठूला उद्योगी व्यापारी तथा विभिन्न कम्पनीले व्यावसायिक कारोबार सञ्चालनका लागि उपयोग गर्ने एटीएम कार्ड स्वाइप गर्ने मेसिन ‘पोइन्ट अफ सेल’ मार्फत एटीएमको प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ । महाशाखाका अनुसार गिरोहका सदस्यले अनधिकृत डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड स्वाइप गरेर कतैबाट सामान नै किन्थे भने कतैबाट सामानको सट्टा नगद लिन्थे । नगद लिएबापत भने स्वाइप मेसिन धनीलाई कमिसन रकम पनि बुझाउँथे । महाशाखाका एसपी श्याम ज्ञवालीका अनुसार विदेशी नागरिकको विदेशी बैंकको खातामा रहेको रकम नेपालबाट झिकेको देखिन्छ । कसको कति चोरी ? १५ दिनअघि महाराजगन्जस्थित लिक्वायर कम्पनीबाट ४ लाख रुपैयाँ ३ महिनाअघि भक्तपुरको पौराणिक थान्का तथा माला पसलबाट ४५ लाख ९ महिनाअघि चाबहिलस्थित चाँदनी ज्वेलर्सबाट ४७ लाख एक वर्षअघि क्षेत्रपाटीस्थित डिसोभिनियरबाट ३० लाख दुई वर्षअघि कास्कीको पोखरास्थित टीका रिसोर्टबाट २ करोड नयाँदिल्लीको चारवटा कपडा पसलबाट भारतीय रुपैयाँ ३ लाख गिरोहले कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको एडिडास सोरुममा रहेको एटीएम स्विप मेसिनबाट समेत प्रत्येक दिन दस लाख निकाल्ने र उपत्यकाका विभिन्न स्वाइप मेसिनबाट प्रत्येक दिन ५० लाख रुपैयाँ निकाल्ने योजना बनाएका थिए । पक्राउ परेकामा मुख्य योजनाकार दोलखा भीमेश्वरका सुरेश केसीका साथै ललितपुर कुसुन्तीका केवलप्रताप जबरा, काठमाडौं क्षेत्रपाटीका अनुज नकर्मी, अभिषेक नकर्मी र रोमन महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पौराणिक थान्का तथा माला सप्लायर्स भक्तपुरका सञ्चालक काभ्रे मेच्छेका विजय लामा दोङ पनि पक्राउ परेका छन् । पक्राउ परेका दुई भारतीयकाे नाम नदिम खान र आईटी इन्जिनियर अभिषेक पाण्डे छन् ।
‘धर्मको नाममा राजनीति गर्न पाईदैन’
नेपालमा पछिल्लो समय विभिन्न ठाउँमा विभिन्न नाममा पुराण तथा महापुराणहरु लगाउँने संस्कार ह्वात्तै बढेको छ । यसले के देखाउँछ भने नेपाली जनताको धर्मप्रतिको मोहलाई उजागर गरेको छ । तर, त्यही धर्मका नाममा विभिन्न धर्मगुरुहरुले राजनीति गर्दे आएको आभास भईरहेको छ । यो स्तम्भकारलाई । संस्कृतमा ब्राम्हणहरुलाई पण्डित पनि भन्ने गरिन्छ । अनि तिनै पण्डितहरुले आचार्य पास गरेपछि उनीहरलाई विभिन्न प्रकारका पदवीहरु दिने गरिन्छ । कसैलाई महाराज, कसैलाई वाचनशिरोमणी, कसैलाई जगतगुरु, कसैलाई देवाचार्य अरु के के सबथोक । सस्कृतमा कर्मकाण्डी विद्यालाई पण्डित्याई पनि भनिन्छ । अनि ति पण्डितहरुले नै आफुलाई संसारकै सबै विज्ञानको ज्ञाता भएको दम्भ दिने गर्दछन् । यही खेलको एउटा यथार्त तपाईहरु सामु उजागर गर्न गईरहेको छ । के पण्डित भएर कर्मकाण्डीको काम गर्ने कि राजनीतिको कुरा गर्दे हिड्ने त्यो पनि कुनै एक अमुख व्यक्तिको नाममा । अहिले धरानमा नेपालकै पहिलो पल्ट आयोजना गरिएको वा विश्वमा नै पहिलो पल्ट अष्टादश महापुराणको आयोजना गरिएको भन्दै पिण्डेश्वर अष्टादश महापुराण चलिहरको छ । जहाँ वेदमा भएको अठार पुराणको संक्षिप्तमा वाचन हुने भएको छ । त्यस महापुराणका देशका विभिन्न जिल्लामा वसेर पण्डित्याई (कर्मकाण्डी)को काम गरिरहनु भएका अवथा भागवत ज्ञानमहायज्ञका वाचन गर्नेहरुले नै यसलाई वाचन गरिरहनु भएको छ । त्यसमा यो स्तम्भकार पनि त्यस कार्यक्रममा पुग्ने मौका पाएको थियो । संयोगवस म त्यहाँ पुगेको वेला नेपालका प्रथम जगतगुरु महाराज वालसन्त मोहनसरण देवाचार्यले महापुराणको कथा वाचन वा भक्तजनहरुलाई इश्वरको महिमाको बारेमा जानकारी गराईरहनु भएको थियो । त्यस महापुराणको आयोजना गर्ने मुख्य संस्था विश्व हिन्दू परिषद् नेपाल धरानका अध्यक्ष देवराज अधिकारीले यो पुराण सम्पुर्ण जातजातीको लागि गरिएको हो भनेका थिए । तर त्यही कथा वाचन गरिएका जगतगुरु मोहनसरणले ब्राम्हणदेखी बाहेक अन्य जातीको थर समेत लिन चाहेनन् । उनले जतिखेर पनि नेपाल मानिएका ब्राम्हण जातीको थरको मात्र उच्चाहरण गरिरहेका थिए । यसरी उनले गरेको प्रर्वचनले विभिन्न जातीमा उनी प्रति घृणा जगाईरहेको थियो । उनी नेपालकै प्रथम जगतगुरु भएपछि सम्पुर्ण जात–जातीहरुलाई समान रुपमा हेर्नु पर्छ कि पर्दैन । हिन्दू धर्म मान्ने राई, लिम्वु, दमै, कामी, नेवार, मधेशी लगायतका व्यक्तिलाई उहाँले कसरी हेर्नु भएको छ । उहाँले जहाँ प्रर्वचन दिईरहनु भएको छ । त्यो प्रर्वचन दिनुभएको स्थान कसले निर्माण गरिदियो । त्यहाँका सम्पुर्ण जाता–जाती समुदायले होइन र ? होलान सबै मानिस इश्वरलाई आफ्नो र आफुलाई इश्वरको सरणमा पु¥याउछन् यो संसारको नियम नै हो भन्दा फरक नपर्ला । यसका साथै धर्म अनुसार इश्वरको नाम फरक पर्ला त्यो पनि हामीले थाहा पाएकै कुरा हो । हिन्दुले इश्वरको नाम पुकार्दा राम, कृष्ण, हरि, पशुपति, महादेव, गणेश, हलेसी, पिण्डेश्वर आदि । यसैगरी किरातले पारुहाङ–सुम्नीमालाई सम्झेलान । बौद्ध धर्मावलम्बीहरुले गौतमवुद्धको ज्ञानलाई वाड्लान अनि कृष्चियनहरुले यशुख्रिष्टको महिमाको बारेमा वर्णन गर्छन भने मुश्लिमले अल्लाहको बारेमा गुणगान गाउछन् । यसरी सबै धर्मले आफ्ना धर्मका प्रर्वतक तथा देवी देवताहरुलाई मान्दै आएका छन् । यी सब कुरा गरिरहदा धार्मिक पर्यटन विकासको लागि धरानमा भएको पिण्डेश्वर अष्टादश महापुराणलाई मेरो पुर्ण रुपमा सम्मान र समर्थन पनि रहेको छ । तर त्यही पुराणमा राजनीति भईरहको र त्यहाँका आकर्षणको केन्द्र विन्दु बनेका प्रथम जगतगुरु वालसन्त मोहनसरण देवचार्यले आफुलाई केन्द्रमा राखेर राजनीतिक गरेको यो स्तम्भकारको ठम्म्याई छ । कुनै पनि धार्मिक गुरुहरुलाई कुनै पनि राजनेताहरुको विरोध गर्ने अधिकार छैन । उनले त केवल धार्मिक रुपमा सहिष्णुता कायम गर्नतर्फ लाग्नु पर्ने हो । तर, जगतगुरु मोहनसरणको प्रर्वचनमा पटक–पटक नेपालका वर्तमान प्रधानमन्त्री तथा नेकपा (माओवादी –केन्द्र) का अध्यक्ष सम्माननिय पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नामै लिएर १७ हजार नेपाली जनता मारेर उनी प्रधानमन्त्री बनेको हुन् मैले के कसैलाई मारेर जगतगुरु बनेको हो त ? मलाई हेर्नुहोस् मैले कसैलाई नमारीकन जगतगुरु भएको छु । प्रचण्डले जस्तो १७ हजार नेपाली नागरीक त मारेको छैन नि मैले ? उनले यसरी भनिरहे जब उनको यो भनाईमा ताली बज्यो अनि मात्र उनले यो शब्द उच्चारण गर्न छाडे । यसरी एउटा जगतगुरु भएछि कुनै रानजीतिक दलको नेतालाई यसो भन्ने अधिकार छ कि छैन् । यदि छ भने जगतगुरु नै जानुन छैन भने नेपालको न्यायलयले भन्न सक्नु पर्दछ धार्मिक कार्यक्रम गर्दा कुनै पनि राजनीतिक दलका नेताहरुको करा काट्न पाईदैन । यसरी जगतगुरुले प्रचण्डको बारेमा पटक–पटक भनिरहदा यो स्तम्भकारलाई उनले नेपाली राजनीतिमा अर्को वितण्डा मच्चाउन खोजिरहेका छन्, उनले जे वोलेपनि हुन्छ भन्ने उन्मात देखिए जस्तो लाग्यो मलाई । वास्तवमा हिन्दु धर्मको बारेमा कुरा गर्ने हो भने । सत्य, द्धवापर, त्रेता र कलियुगको बारेमा ब्याख्या गरिएको छ । यिनै युगमा विभिन्न प्रकारका युद्ध भएको वर्णन गरिएको छ । न्यायको लागि । रामले लंकासम्म गएर अन्यायको विरुद्धमा लड्नु प¥यो त्यसवेला अन्यायको लागि लड्दा लंकाका राजा रावणका भाई विभिषणले आफ्ना दाजुलाई मार्नका लागि आफुलाई मात्र थाहा भएको कुरा रामलाई भनेपछि रामले रावणको वद गर्न सफल भए । त्यपछि न्यायको प्रतिक भनेर विभिषणलाई लंकाका राजा बनाईयो यो कुरा रामायणमा उल्लेख गरिएकै कुरा हो । यस्तो धेरै प्रकारका युद्ध भएका छन् । अन्यायको विरुद्धमा यही धर्तिमा चाहे त्यो रामले रावणलाई मार्नका लागि गरिएको युद्ध होस् या । पाण्डपले कौरबहरुलाई मार्नका लागि कुरुक्षेत्रमा गरिएको युद्ध । हिन्दु धर्ममा यि सुबै युद्धलाई न्यायपुर्ण युद्धको रुपमा लिएको छ । अनि यसको महिमामा हजारौ हजार ग्रन्थहरु निर्माण भएका छन् । यि ग्रन्थहरु न्यायपूर्ण युद्धको उपलव्धीहरु नै हुन् भनेर हिन्दु धर्मका गुरुहरुले भनेका छन् । जगतगुरु वालसन्त मोहनसरणले नेपालका प्रधानमन्त्री होइन उनले त विश्वक्रान्तिका महानायक क. प्रचण्डको समेत खिल्ली उढाएको देख्दा लाग्थ्यो उनि नेपालमा कुनै अर्को राजनीतिक दल खोल्न लागिरहेका छन् । यदि उनलाई प्रचण्डको विरोध गर्ने र प्रचण्डले १७ हजार नेपाली जनता मारेको हो भन्ने अधिकार छ भने उनले जगतगुरुको मान पदवी छाडेर नेपाली राजनीतिमा आए हुन्छ । अब धार्मिक प्रर्वचन छाडिदिए हुदैन र ? मोहनसरण ज्यू । मोहनसरण जस्तो थुप्रै जगतगुरु नेपालमा जन्मिन सक्छन् । ति जगतगुरुहरुलाई नेपाली राजनीति त विश्वराजनीतिका राजनेताहरुको विरोध गर्ने अधिकार छैन । उनीहरुलाई केवल धर्मले सिकाएको पाठ वाचन गर्ने अधिकार छ । होइन भने उनीहरु धर्मको नाममा राजनीति गरिहेका छन् । भन्न किन हिच्कीचाउने । जगतगुरुले धेरै शास्त्रहरुको किताव पढ्न भएको छ । धेरै कुराका अनुभव गर्नु भएको छ । जान्नु भएको छ । बुझ्नु भएको छ । उनलाई यो कुरा पनि थाहा हुनुपर्ने हो । नेपालमा २०५२ साल फागुन १ गतेबाट सुरुभएको जनयुद्ध नेपाली जनताको मुक्तिको मागि मात्र नभएर विश्वको न्यायप्रेमी जनताको मुक्तिको लागि थियो । प्रख्यात जगतगुरुहरुलाई के थाहा हुनु पर्छ भने जब–जब अन्याय र अत्याचारले सिमा नाग्छ तब न्यायका निम्ति हजारौ प्रचण्डहरु जन्मन सक्छन् । त्यसैले गर्दा धर्मका नाममा राजनीतिक दलका नेताहरुको विरोध गर्ने अधिकार छैन् । नेपाली जनताको अहिले प्राप्त गरेको संघीयता, लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षता भनेको नै न्यायपुर्ण युद्ध(जनयुद्ध)को उपलव्धी हो । त्यसमा पनि कसैले १७ हजार मान्छे मारेर गणतन्त्र ल्याएको भन्न पाइदैंन । यो त तिनै नेपाल आमाका हजारौ हजार सपुतहरुको वलिदानीबाट प्राप्त भएको उपलव्धी हो । एकाध व्यक्तिले यसलाई आधार मानेर प्रचण्डलाई हत्याराको विल्ला भिराउन खोज्छ भने । त्यो इतिहासको लागि एउटा ठूलो भूल हुनेछ । यस्ता भूलहरु जगतगुरुहरुबाटै हुने हो भने अन्यायमा परेका नागरीकहरुले कसरी मुक्ति पाउँछन् त ? त्यसैले धर्मको नाममा राजनीति गर्न पाइदैन् । लेखक प्रेस सेन्टर नेपालका केन्दीय सदस्य हुन् तस्वीरः १.मणिकुमार श्रेष्ठ सिजन २.जगतगुरु मोहनसरण देवाचार्य प्रर्वचन दिदै अष्टादश महापुुराणमा
प्रहरी र विद्यार्थीबीच आर आर क्याम्पसमा झडप, केही विद्यार्थी घाइते
काठमाडौं, फागुन २० । स्ववियु निर्वाचनकाे नयाँ पुनः गर्ने या नगर्ने भनि बसेको वैठकमा विवाद उत्पन्न भएपछि राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी (आरआर)मा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । झडपमा केही विद्यार्थी घाइते समेत भएका छन् । क्याम्पस हातामा विद्यार्थी र प्रशासनबीच भएको वैठकमा प्रशासनले प्रहरी बल प्रयोग गरेर दमन गर्ने खोजेकाले यो झडप भएको विद्यार्थी अमृत रेग्मीले बताए । निर्वाचनका उम्मेदवार नै क्याम्पसभित्र छिर्न नदिई प्रशासनले एकतर्फी रुपमा निर्वाचनको नयाँ मिति घोषणा गरेकाले त्यसको विरोध गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएको क्रान्तिकारीका स्ववियु सभापति उम्मेदवार धु्वराज वाग्लेले जानकारी दिएका छन् । क्याम्पसमा स्ववियु चुनावको नयाँ मिति घोषणा भएपछि नेविसंघ र अखिल क्रान्तिकारीले विरोध गरेका हुन् । निर्वाचन प्रमुख हरिप्रसाद पराजुली भने अहिलेसम्म सम्पर्कविहीन रहेका छन् । विद्यार्थीले पढ्न पाउने अधिकारलाई कुण्ठित पार्दै क्याम्पस प्रशासनले गस्ती लुकाएर राखेको आरोप विद्यार्थीले लगाएका छन् । आक्रोेशित भिडले क्याम्पस प्रमुखको राजिनामा माग्दै क्याम्पस हातामा नारा लगाएका थिए ।
प्रेम, युद्ध र धोकाको कथाः चलचित्र रंगुन
चलचित्रः रंगुन निर्माताः साजिद नाडियाडवाला, विशाल भारद्वाज निर्देशकः विशाल भारद्वाज कलाकारः कंगना रनौत, शाहिद कपूर, सैफ अली खान, रिचर्ड मैकेबे संगीतकारःविशाल भारद्वाज निर्देशक विशाल भारद्वाजले ४० को दशकमा भारतमा हुने गतिविधिमा आधारित भएर त्रिकोणात्मक प्रेम चलचित्र बनाए, ‘रंगुन’ । यो प्रेम कहानीको सुरुवात युद्धबाट सुरु हुन्छ । दोस्रो विश्वयुद्ध चलिरहेको र भारतमा पनि स्वतन्त्रताको लडाइ लडिरहेको समयमा तीन पात्र विचको प्रेम कहानीलाई रंगुनमा समेटिएको छ । बलिउडका तीन प्रख्यात कलाकार कंगना रनावत, सैफ अलि खान र साहिद कपुरद्धारा अभिनित चलचित्र रंगनुमा के छ त? कथाः चलचित्र रंगुनको कथा बलिउडकी प्रख्यात एक्सन क्वीन जुलिया (कंगना रनावत) को हो । जुलिया रुसी विलीमोरिया सैफअलि खानको प्रोडक्सन कम्पनीमा काम गर्छिन । रुसी र जुलिया एकअर्कासंग प्रेम गर्छन । जुलियालाई बर्माको सिमामा सैनिकको मनोरन्जनको लागि पठाइएको हुन्छ । त्यहाँ जुलियाको भेट एक भारतीय सिपाही नवाब मलिक(साहिद कपुर)संग हुन्छ । नवाबसंग जुलियाको प्रेम बस्छ । तर जुलिया फेरी पुरानो प्रेमी रुसीकोमा फर्किन्छन् । रुसीले पनि जुलियाको लागि आफ्नो श्रीमतीलाई डिर्भोस दिइसकेका हुन्छन् । कथाले त्यो बेला मोड लिन्छ जब रुसीलाई जुलिया र नवाब बिचको प्रेम सम्बन्धबारे थाहा हुन्छ । कथामा ४० को दशकमा भारतको ऐना देखाउँदै त्रिकोणात्मक प्रेम देखाइएको छ । जुलिया, नबाव र रुसीबीचको त्रिकोणात्मक प्रेम र युद्धलाई चलचित्रले चित्रण गर्न खोजेको छ । निर्देशनः सधैंको जस्तो यो पटक पनि निर्देशन विशाल भारद्धाजको निर्देशन निकै प्रसंसनीय छ । रियल लोकेशनमा भएको सुटिङले भारतमा चालिसको दशकमा भएको युद्धको कुरालाई जीवन्तता दिएको छ । सिनेमाटोग्राफी पनि निकै राम्रो छ । भारत स्वतन्त्रताको लडाइ र त्रिकोणात्मक प्रेमलाई निकै सशक्त रुपमा निर्देशकले प्रस्तुत गरेका छन् । अभिनयः चलचित्रमा कंगना रनावताको अभिनयले सबैलाई एकपटक फेरी चकित पारेको छ । उनको अभिनय निकै जीवन्त छ । सैफअलि खान र शाहिद कपुरले चलचित्रमा आफ्नो भुमिकाले दर्शकको मन जित्न सफल भएका छन् । मेजर जनरलको भुमिका निभाउने , रिचर्ड मैकेबे को अभिनय निकै दमदार छ । किन हेर्नेः कंगना रनावतको कलाले तपाइलाई मोहित बनाउन सक्छ । उनको प्रशंसकको लागि यो चलचित्र उत्कृष्ट हुन सक्छ । यस्तै सैफअलि खान र साहिदको फ्यान हुनुहुन्छ भनेपनि तपाई यो चलचित्र हेर्न सक्नुुहुन्छ ।
निखिलको फेसबुक आईडी छैन, ‘हाई’ पठायो भने रिप्लाई आउँछ !
फागुन ११ । अहिलेको युग प्रविधिको युग मानिन्छ । अहिलेको जमानामा विकास प्रविधिबाट कोही पनि अछुतो छैनन् । विकसित सामाजिक सञ्जालको प्रभावबाट टाढा रहने सायदै कमै होलान् । जो कोही व्यक्ति पनि इन्टरनेटको माध्यमबाट आफ्ना आफन्त, साथीभाईहरुसँग सजिलै कुराकानी गर्न सकिने फेसबुक, टुईटर, इस्टाग्राम जस्ता सञ्जालमा सक्रिय रहेका छन् । विशेषगरी यस्ता सामाजिक सञ्जालमा बढी सक्रिय रहने सेलिबे्रटी तथा स्टारको उपमा पाएका कलाकारहरु दैनिक जसो नै अपडेट भइरहेको हुन्छ । उनीहरु दर्शकमाझ लोकप्रिय हुन चाहन्छन् । तर अचम्मको कुरा के भएको छ भने नेपाली चलचित्र क्षेत्रमा एक्सन स्टारको उपमा पाएका चर्चित सुपरस्टार अभिनेता निखिल उप्रेती अहिलेसम्म फेसबुक, टुईटर अनि इस्टाग्राम कतै पनि आएको देखिँदैन । तर उनको नाममा फेक आइडीहरु बनाई मानिसहरुले उक्त आईडीको दुरुपयोग गर्ने गरेकाले उनी अहिले निकै तनावमा छन् । अहिले फेसबुक, टुईटर अनि ईन्स्ट्राग्राममा निखिल उप्रेती नाममा खोजि गरेमा उनको नाम अनि तश्विर जोडिएका सयौं अकाउण्ट अनि पेजहरु भेट्न सकिन्छ तर ती कुनै पनि आईडी आफ्नो नभएको निखिल बताउँछन् । गत प्रेम दिवसको छेकोमा त उनको नामको आईडीबाट पारिवारिकरुपमा नै बिखण्डन आउने अनि आफ्ना सम्झिएका फ्यानहरु नै भड्किने प्रकारका पोस्टहरु बाहिर आइरहेको छ । जसले उनको परिवारमा समेत हल्लीखल्ली मच्चायो । दुई श्रीमतीका पति निखिलले एकलाई च्यापेर अर्कोलाई वास्ता नगरेको, फ्यानको चासो र मागमा वास्ता नगरेको सम्मका पोस्टहरु बाहिरिए, जसले निखिललाई यो आयो र त्यो भन्ने प्रकारका फोनकल हरु उब्जायो, आफैलाई थाहा नभएका, आफूले गरेको भन्ने प्रकारको आरोप लागेपछि ‘पिंजडा ब्याक अगेन’ को सेटमा रहेका निखिल सारै तनावमा छन् । सामाजिक सञ्जालबार आफू जोडिँदै नजोडिएको, गर्दै नगरेको कामको आरोप लागेको बताउँदै सही सुचना दिनेहरुमा गुनासो भन्दा पनि गलत प्रचारले दुःखी बनेको बताएका छन् । उनले आफ्नो नाम जोडेर त्यसको दुरुपयोग नगरिदिन अनुरोध गरेका छन् । आफ्नो नामको यस्तो दुरुपयोग गरिदिने काम नरोकिएमा प्रहरी प्रशासन ९अपराध अनुसन्धान महाशाखा० पुगेर साईबर क्राईममा उजुरी दिन बाध्य हुने उनले बताए ।
“उल्झन”
“अरुको लागि मरिमेट्छौ, आफ्नो घर-परिवारको वास्ता छैन। तिमीसँग बिहे गरेर मैले कुकुरले नपाउने दु:ख पाएँ। अब म तिम्रो घर-बार हेर्न सक्दिनँ। आजदेखि नानीहरूको जिम्मा तिम्रै भयो।” केही दिनदेखिको ब्याकलग (बाँकी रहेको काम) तुराउने हतारो। बिहान सवेरै उठेर ड्युटि जानु पर्ने। विहान विहानै ईश्वरको भजन तथा शुभ-प्रभात जस्ता अभिवादन सुन्नु पर्ने बेला विरक्त लाग्दो भाइबर म्यासेज पढेर चमारसीङ को शिर चकराउँछ। अफिस जान तयार चमारसीङ फेरि थचक्क खाटमा पसारिन्छ। मन भक्कानिएर आउँछ उसको अनि शिरानीलाई अँगालो हालेर मन भरिको बह आँशुको रुपमा पोख्न थाल्छ। अनायाशै अफिस-मोबाइलको घण्टी बजेकोले छेउमै रहेको तौलियाले आँशु पुछ्दै, मोबाइल हेर्छ। फोन आएको नभएर बिहान साढे पाँच बजेको अलार्म पो रहेछ। “अहो, ढिलो पो हुन आँटेछ। लौ छिटो जानु पर्छ नत्र ट्राफिक जाममा फसियो भने साँढे छ बजे अफिस पुग्न गाह्रो हुन्छ।” एक्लै भुतभूतिँदै ढोका बन्द गरेर ड्युटीको लागि प्रस्थान गर्छ चमारसीङ। केही वर्षदेखि म र चमारसीङ काम र कम्पनी फरक-फरक भएपनि एउटै कोठामा बसिरहेका थियौं। अभिन्न मित्र भनौं अथवा दाजु-भाइ जस्तै थियो हाम्रो संबन्ध। बस्ने कोठा, खाना-पिना मात्र नभएर एक-अर्काका दु:ख सुख बाड्थ्यौं हामी। न त हामी बीच कुनै वाद-विवाद थियो न त कुनै भेदभाव। मनका कुराहरू, पिर-व्यथा तथा सुख-दु:खका हरेक कुराहरू शेयर गर्थ्यौं हामी। वास्तवमा यिनी मेरा सहोदर दाजुभन्दा कम थिएनन्। यिनी नहुँदो हो ता शायद मैले उहिले नै यो मरुभूमिलाई अलबिदा गरिसक्ने थिएँहुँला। गाउँको गरिब किसान को घरमा जन्मेको चमारसीङ, जिन्दगीका विभिन्न घुम्तिहरूमा अनेकौं हण्डरहरू खाँदै मरुभूमिमा काम गर्न आइपुगेको थियो। त्यो पनि आफ्नो रहरले होइन परिवारको निमित्त केही सहज होस् भन्ने सम्झेर नै आफ्ना रहरहरूलाई थाँति राखेर मरूभूमिको असहज यात्रामा खुशीसाथ बाटो लागेको थियो चमारसीङ। “मान्छे को जिन्दगी अमूल्य छ भाइकाजी! आज हो कि भोलि हो तर एकदिन त सबै जानैपर्छ मरेर। त्यसैले आईपर्ने कष्टहरूलाई हाँसी-हाँसी स्वागत गर अनि त्यसरी नै बिदा पनि।” यसरी नै मेरो हौसला बढाइरहन्थे यिनी। हाँसी-हाँसी आँशु पचाउन सक्ने बडो महान खुबि थियो यिनको। तर आज अचानक यिनको रुवाई देखेर म आफै भावविभोर थिएँ र असमंजसमा पनि। आज यिनीसँग एक शब्द पनि बोल्ने हिम्मत पनि गर्न सकिनँ, मलाई लाग्यो यिनलाई एकान्तता को खाँचो छ। शायद ड्राईभिङ गर्दै होला त्यसैले फोन उठाउन मिलेन। बाटोमा आउदै रहेछ बुढा” यही सोंचेर अलिक ढुक्क भएँ। लगभग १५-२० मिनेटसम्म पनि बुढा आइपुगेनन् न त उताबाट फोन नै आयो। त्यसैले फेरि दोस्रो पटक फोन गरें। २-३ घण्टी बज्ना साथै फोन उठ्यो। तर, फोन उठाउने चमारसिङ थिएनन् कुनै अरबि थियो। चमारसीङ निस्केको केही क्षण पछि म पनि आफ्नो कर्मतिर लागें। परदेशी सबैको एउटै त दैनिकी हुन्छ त्यो हो बिहान उठ्नु, ड्युटीमा जानु, बेलुका कोठा आउनु अनि खाना पकायो खायो अनि फेरि भोलि सुत्नु। दिनभरि काममा पनि चमारसीङको रुवाईले मलाई छाडेन। “बुढालाई के पर्यो त्यस्तो? होइन केही संवेदनशील घटना हुनुपर्छ। भरै बेलुका बसेर बुढासँग मज्जाले कुरा गर्छु त्यस्तो के आपत आई लागेछ!“ यस्तै-त्यस्तै सोंचेर मेरो दिन वित्यो। सांझ छिट्टै कोठा आएर चमारसीङको प्रतिक्षा गर्न थालें। ६ बज्यो, ७ बज्यो, ८ बज्यो अहँ चमारसीङ अँझै आएनन्। सधैं ६ बजे भित्र कोठा आइपुग्ने मित्र आज यतिका बेरसम्म पनि नआई पुग्दा मेरो मनमा नानाथरी कुराहरू खेल्न थाले। जब ९ बजेसम्म प्रतिक्षा गर्दा पनि यिनी आइपुगेनन् तब यीनको मोबाइलमा कल गरें। पहिलो चोटी घण्टी मात्र बज्यो तर फोन अहँ उठ्दैउठेन। शायद ड्राईभिङ गर्दै होला त्यसैले फोन उठाउन मिलेन। बाटोमा आउदै रहेछ बुढा” यही सोंचेर अलिक ढुक्क भएँ। लगभग १५-२० मिनेटसम्म पनि बुढा आइपुगेनन् न त उताबाट फोन नै आयो। त्यसैले फेरि दोस्रो पटक फोन गरें। २-३ घण्टी बज्ना साथै फोन उठ्यो। तर, फोन उठाउने चमारसिङ थिएनन् कुनै अरबि थियो। “तपाई को हो?” अरबीको प्रश्न सुनेर छक्क परें म। केही अनहोनीको शंकाले मुटुमा ढ्याङ्ग्रो ठोक्न थालिसकेको थियो। मैले केही बोल्नुभन्दा अघि नै उताबाट फेरि आवाज आयो, “म कतार प्रहरी हुँ। तपाईले कल गर्नुभएको व्यक्तिको सांझ दुर्घटनामा निधन भएको छ। वहाँको लाशलाई पोष्टमर्टम गरेर हामाद हस्पिटलको मोर्चरीमा राखिएको छ। कृपया वहाँको आफन्त कोही हुनुहुन्छ भने खबर गरिदिनुहोला”। “हुन्छ म आउँदैछु”, मुश्किलले यति भनेर फोन काटिदिएँ। मेरो गला अवरुद्ध भयो, वाक्य बस्यो, केही बोल्न सकिनँ, आँखा रसाएर आयो। केहीबेरसम्म त के गरौं? कसो गरौ? केही सोंच्नसम्म सकिनँ। “आखिर यिनको दाजु-भाइ, मित्र, आफन्त जो भएपनि म नै त हुँ यो मरुभूमिमा। जे हुनु भईहाल्यो! यीनको मृत शरिरलाई घर फर्काउने, इन्श्युरेन्सको मागदावी गरेर परिवारको जिम्मा लगाउने काम मैले नगरे कसले गर्छ?” यही सोंचेर आफूलाई सम्हाल्दै हामाद हस्पिटल गएँ। लगभग बिहानको १ बजेतिर त्यहाँबाट आवश्यक प्रकृयाहरू पुरा गरी प्रहरी तथा हस्पिटलका कागजात लिएर आएँ साथमा उनको मोबाइल, पर्स तथा डायरी पनि संलग्न थियो। विहानको उनको रुवाई, सांझको दुर्घटनामा निधन! नचाहँदा नचाहँदै पनि उनका व्यक्तिगत डायरीका पानाहरू पल्टाउन पुग्छु। दिउसो लन्च ब्रेकमा लेखेको उनको भावुक पत्रमा मेरो आँखा अडिन्छ: आखिर तिम्रो लोग्ने को के भर छ? सुगरको बिरामी छ। किड्नीको समस्या छ। ऊ आज हो कि भोलि कहिले मर्छ त्यसको के ग्यारेण्टी छ? तिम्रो लोग्नेलाई स्वास्थको कति समस्या छ तर स्वास्नीले थाहा पाएर चिन्ता गर्छे कि भनेर लुकाएर बसेको छ। तिम्रो लोग्ने कम्ता व्यस्त हुँदैन काम मा। प्रिया, भाइबरमा तिम्रो म्यासेज पढेर धेरै खुशी लाग्यो। हो, वास्तवमा अरुको लागि मरिमेट्ने मान्छेको मनमा आफ्नो घर-परिवारको लागि त माया कहाँ हुन्छ र? अरु को दु:ख देखेर मन थाम्न नसक्ने मान्छेले आफ्नो मान्छेको दु:खलाई कहाँ वास्ता गर्छ त? तिमीले सोचेको अनि सम्झेको कुरा एकदम सही छ। केही साइनो नलाग्ने एउटी पराई केटीको लागि त्यति धेरै अत्तालिने मान्छे आफ्नो श्रीमतीको नाकमा घाउ आउँदा चुप लागेर बस्छ। कति निर्दयी अनि क्रुर मान्छे हो तिम्रो लोग्ने? छि: यस्ता निर्दयीको श्रीमती भएर बस्नुभन्दा त मागी खाने जोगिको पछि लागेर हिड्नु बेस हुन्छ, होईन र? श्रीमतीको लागि एकछिन पनि समय छैन। समय प्रशस्त भएर पनि बोल्न चाहँदैन तिम्रो श्रीमान। यस्तो लोग्नेलाई किन कुरेर बस्नु? किन यस्तो लोग्नेको वास्ता गर्नु? श्रीमती अनि घरपरिवारभन्दा पनि काम प्यारो लाग्ने श्रीमानलाई के कारण माया गर्छौ तिमी? यदि कुनै दुर्घटना भईहाले, इन्शुरेन्सबाट आउने रकमलाई ४ भाग लगाएर नानीहरूको लागि १-१ भाग, तिम्रो लागि १ भाग र बुवा-आमाको लागि १ भाग बाडेर चलाउनु। बुवा-आमा तथा नानीहरूको भागमा पर्ने रकम व्यांकमा जम्मा गरेर त्यसबाट आउने व्याजले उनीहरूको भरणपोषण गर्नु। मेरो क्रिया-कर्म खासै गर्नु पर्दैन। प्रिया, अबदेखि तिमीले आफ्नै लागि जिउनु पर्छ। तिम्रो पनि त जीवन छ। यति बेला नै त हो तिमीसँग जोश छ, जवानी छ। यति खेर तिमीले आफ्नो जिन्दगी मज्जाले जिउने हो नि। किन आफैलाई तड्पाउछौ तिमी? अब, अबेर नगर प्रिया तिमीले आफ्नो लागि जिउने कोशिस गर। आखिर तिम्रो लोग्ने को के भर छ? सुगरको बिरामी छ। किड्नीको समस्या छ। ऊ आज हो कि भोलि कहिले मर्छ त्यसको के ग्यारेण्टी छ? तिम्रो लोग्नेलाई स्वास्थको कति समस्या छ तर स्वास्नीले थाहा पाएर चिन्ता गर्छे कि भनेर लुकाएर बसेको छ। तिम्रो लोग्ने कम्ता व्यस्त हुँदैन काम मा। कामको बोझले थलिएर, पिल्सिएर प्राय: दिउसोको भात पनि खान पाउदैन। यति दु:खको काम छ तिम्रो लोग्नेको भनी साध्य छैन। रोगी त्यही माथि कामको प्रेसरले झन-झन महारोगी भै राखेको छ तिम्रो लोग्ने। यस्ता रोगी लोग्नेलाई पर्खेर बस्यौ भने तिमीले आफ्नो जिन्दगीलाई मज्जाले बाँच्न पनि पाउदैनौ। तिम्रो लोग्नेलाई रातको नमिठो सपना सम्झेर बिर्सिदेऊ। यो नामर्द लोग्नेको लागि आफ्नो जवानीलाई खेर नफाली अब तिमीले आफ्नो नयाँ जिन्दगी जिउनु पर्छ। मेरो कुरालाई राम्रोसँग बुझ्ने कोशिस गर प्रिया। एकदिन जब तिम्रो महारोगी लोग्नेको लाशको कफन तिम्रो नाममा विदेशबाट आउनेछ त्यसबेला बल्ल तिमीले मेरो कुरालाई महशुस गर्नेछौ। मेरा दुई आँखा ती नानीहरू नै हुन्। त्यसैले जिन्दगीभरि म तिम्रो हेलाको पात्र भएपनि मेरा ती नानीहरूलाई कहिल्यै हेला नगरेस! मेरो ५० लाखको इन्शुरेन्स छ । यदि कुनै दुर्घटना भईहाले, इन्शुरेन्सबाट आउने रकमलाई ४ भाग लगाएर नानीहरूको लागि १-१ भाग, तिम्रो लागि १ भाग र बुवा-आमाको लागि १ भाग बाडेर चलाउनु। बुवा-आमा तथा नानीहरूको भागमा पर्ने रकम व्यांकमा जम्मा गरेर त्यसबाट आउने व्याजले उनीहरूको भरणपोषण गर्नु। मेरो क्रिया-कर्म खासै गर्नु पर्दैन। वैदेशिक रोजगार बिभाग र त्याहाको इन्शुरेन्सबाट आउने पैसाले भएको अलिकति ऋण तिरेर सम्भव भएछ भने मेरो स्मृतिमा गाउँको क्याम्पसमा २-३ लाखको अक्षय कोष खडा गरेर गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई बार्षिक छात्रवृत्तीको व्यवस्था मिलाई देऊ। भएका जग्गा जमिन सबै तिम्रै नाममा छन्। नानीहरू र तिम्रो नाममा बराबर बाडेर राख्नु। मेरो नासो ती नानीहरू र बुवा-आमा तिम्रै भरोसामा छाडेर जादैछु। वहाँहरूलाई कुनै घटि-कमी हुन नदिनु। त्यसपछि तिमी आफ्नो जिन्दगी जिउन स्वतन्त्र हुनेछौ। केही मुद्दा मामीला पर्न आए, न्याय-ईन्साफको लागि मेरो यो पत्र नै अन्तिम तथा मूख्य दस्तावेज हुनेछ। मैले तिमीलाई चाहेर पनि जिन्दगीभर सुख र खुशी दिन सकिनँ त्यसैले आशा छ, अन्तिम प्रयास स्वरुप म मेरर भएपनि तिम्रो इच्छा र आकांक्षा पुरा गर्न सफल हुनेछु। तिम्रो सफल, सुखी तथा उज्जवल भविष्यको कामना सहित बिदा लिदैछु। अलबिदा! चमारसीङ — उनको पत्र पढिसकेपछि फेरि एकपटक भावविभोर हुन्छु। सोच्छु, मान्छेले कतिसम्म अगाध र निस्वार्थ माया गर्दोरहेछ जस्तो कि चमारसीङ श्रीमतिको लालच पुरा गर्नै भएपनि आफू मरिदियो। २-४ दिन पछि यहाँको सम्पूर्ण प्रकृया मिलाएर यिनको मृत शरिरलाई लिएर म पनि नेपाल फर्कदैछु, फेरी-फेरी परदेश नफर्कने बाचा गरी। तर एउटै उल्झन छ अँझै “हँसमुख, हाँसी हाँसी आँशु पिउन सक्ने चमारसीङको साँच्चीकै दुर्घटना थियो वा आत्महत्या? त्यो उनको बलिदान थियो वा नालायकपन?”
निर्वाचन जनताको अधिकार हो त्यो हुनुपर्छ : नेता विष्ट
नेपालगन्ज, माघ १८ । नेकपा (एमाले)का नेता गोकर्ण विष्टले निर्वाचन जनताको अधिकार भएको भन्दै तत्काल मिति घोषणा गरी निर्वाचन हुनुपर्ने बताएका छन् । एमाले बाँकेले कोहलपुरमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै नेता विष्टले निर्वाचन जनताको लोकतान्त्रिक अधिकार भएका र यसलाई कसैले रोक्छ भने त्यो कदापि स्वीकार्य नहुने बताएका छन् । उनले भने, ‘निर्वाचन हुनुपर्छ, जनताको सर्वोच्चतालाई चुनौती दिनेलाई पाखा लगाउनुपर्छ ।’ संविधान कार्यान्वयनका लागि निर्वाचनको विकल्प नभएको भन्दै उनले भने, ‘लोकतन्त्रमा आप्mनो माग राख्न पाउनु एउटा पक्ष हो, तर त्यसको निहुँमा जनताको अधिकारमाथि बन्देज लगाउन पाइँदैन ।” उनले नेकपा एमाले आफ्नाे दल निर्वाचनको पक्षमा भएको र सरकारले निर्वाचनको मिति तत्काल घोषणा गरी संविधान कार्यान्वयनको बाटो सहज बनाउनुपर्ने बताए ।
नेपालको विकासका लागि वेलायतले सहयोग गर्ने
काठमाडौँ, माघ १८। नेपालको विकासका लागि बेलायतले सहयोग गर्ने नेपालका लागि बेलायतका राजदूत रिचर्ड मरिसले बताएका छन् । आज गृहमन्त्रालयमा नेपालका उपप्रधानमन्त्री विमलेन्द्र निधिसँगको भेटमा राजदूत मरिसले सो कुरा बताएका हुन् । नेपाल र बेलायतबीचको आर्थिक, सामाजिक र राजनीतिक सम्बन्ध प्राचीनकालदेखि नै रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने राजदूत मरिसले बताएका छन् । भेटमा उपप्रधानमन्त्री निधि र राजदूत रिचर्डबीच दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको गृहमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिएका छन् । गृहमन्त्री निधिले बेलायतले लामो समयदेखि नेपालको विकास निर्माणमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए । राजदूत मरिसले आगामी दिनमा दुई देशबीच आपसी सहयोग र मित्रता बढ्दै जाने विश्वास व्यक्त गर्दै आफ्नो देशबाट हुने सहयोग नटुट्ने बताएका छन् ।
पाँच वर्षभित्र एक घर एक धारा: राज्यमन्त्री खड्का
दाङ, १५ माघ । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई हठ त्यागी सहमतिको राजनीतिमा आउन आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन, दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्काले लोकतन्त्रमा सबै पक्षको आवाज सुन्नुपर्ने र उचित माग पूरा हुने भएकाले पनि एमालेले मधेस र आदिवासीलगायतका कुरालाई सुन्नुपर्ने बताउनुभयो । एमाले जति कडा बन्दै जान्छ, मुलुक झनै अन्योलताको भूमरीमा पर्ने उहाँले बताउनुभयो । काँग्रेसका नेतासमेत रहनुभएका मन्त्री खड्काले समयमै लचकता अपनाउन एमालेलाई आग्रह गर्नुभयो । उहाँले मधेसी र आदिवासी जनजातिलगायतका कैयौँ समुदायहरु उत्पीडितमा रहेको र संविधान संशोधनमार्फत उनीहरुको माग सम्बोधन हुने भएकाले संशोधनमा लचकता अपनाउन एमालेलाई आग्रह गर्नुभयो । अर्को एक प्रसङ्गमा उहाँले सरकार निर्वाचनको घोषणाको तयारीमा जुटिसकेको बताउनुभयो । अब दलहरुसँग छलफल गरी तीनवटै निकायको निर्वाचन एक वर्षभित्र सम्पन्न हुने गरी मिति घोषणा हुने बताउनुभयो । मन्त्री खड्काले पिउने पानीलाई आधारभूत आवश्यकताका रुपमा सरकारले लिएको बताउँदै, अबको पाँच वर्षभित्र एक घर एक पानी धारा हुने जानकारी दिनुभयो । हाल एक वर्षभित्रै सम्पन्न हुने गरी देशभरमा पाँचहजार एकसय खानेपानीका योजना सञ्चालन भइरहेको जानकारीसमेत दिनुभयो । राज्यमन्त्री खड्काले नेपालमा आधारभूत खानेपानी ८५ प्रतिशत र आधारभूत सरसफाइ ८६ प्रतिशत जनतामा पुगिसकेको बताउँदै आगामी एक वर्षभित्रै सबैको पहुँचमा सेवा पु¥याउन सरकार लागिपरेको बताउनुभयो । तराईका जनताले अझै पनि स्वच्छ पिउने पानी उपभोग गर्न नपाएको बताउँदै तराईमा डिपबोरिङको माध्यमबाट त्यहाँका जनतालाई स्वच्छ पिउने पानी र पहाडी क्षेत्रमा लिफ्ट सिस्टमबाट जनतालाई स्वच्छ पानी पु¥याउने योजना सरकारले अगाडि सारेको राज्यमन्त्री खड्काले बताउनुभयो । प्रेस युनियनका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
स्ववियु चुनावको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं, माघ १५ । फागुन १४ गतेलाई घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) चुनावको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयले स्ववियु चुनावको कार्यतालिका सार्वजनिक गरेको हो । त्रिविले ८ बर्षपछि स्ववियु निर्वाचन गर्न लागेको हो । त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी शनिबार चुनाव कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवारलाई मनोनयन पत्र वितरण गर्ने, ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दाखिला गर्ने, ५ गते ५ बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, ६ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने समय छ । कार्यतालिका अनुसार फागुन ६ गते बेलुका ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामवली प्रकाशित गर्ने, ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ८ गते दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । त्रिविले फागुन १४ गतेको निर्वाचनलाई लक्षित गरी त्रिविका सबै क्याम्पसमा स्नातक र स्नातकोत्तर तहको प्रथम वर्षको भर्ना पनि बन्द गरेको छ । उम्मेद्वारको २८ बर्षे उमेरहदको सीमालाई लिएर बिद्यार्थी संगठनले बिरोध गरिरहेका समय त्रिबिले निर्वाचनको दुई हप्ता लामो कार्यतालिका सार्वजनिक गरेको हो । आगामी फागुन १४ गते हुने स्ववियू निर्वाचन मिश्रित प्रणालीका आधारमा हुदैछ ।
मतदाता नामावलीसम्बन्धी विधेयक पारित
काठमाडौं, माघ १२ । राज्य व्यवस्था समितिले तयार पारेको मतदाता नामावली सम्बन्धी विधेयक संसदले पारित गरेको छ। गृहमन्त्री विमलेन्द्र निधिले प्रस्तुत गरेको विधेयक सर्वसहमतिले पारित गरेको हो। आनन्द ढुंगनाको संयोजकत्वमा बनेको उपसमितिले प्रतिवेदनमा सामान्य परिमार्जनपछि संसदमा पेश भएको थियो। मतदाता सम्बन्धी केही कसुरको व्यवस्थासहित विधेयकको परिमार्जन भएको थियो। मतदाता विधेयक बिपरीत काम गर्नेलाई २५ हजारदेखि एक लाखसम्म जरिवाना र ६ महिनासम्म कैद हुने प्रावधान राखिएको छ। संसदमा निर्वाचन सम्बन्धी विधेयकहरु प्रक्रियामा लगिएको छ।
खाडीमा रहेका नेपाली भन्छन्– प्रधानमन्त्रीको घोषणाले एकदमै खुशी, कार्यान्वयन राम्रो होस्
मेघराज सापकोटा/युएई । विदेशमा रहेका नेपाली कामदारहरुको बीमालगायतका विषयमा प्रधानमन्त्री प्रचण्डले गरेको घोषणाको खाडी देशमा रहेका नेपालीहरुले भव्य स्वागत गरेका छन् । विदेशमा रहेका नेपाली कामदारहरुको बीमा तथा मृत्यु भएपछि पाउने क्षतिपूर्ति रकमका बारेमा सरकारले गरेको ऐतिहासिक निर्णयले विदेशमा रहेका नेपालीहरुमा सरकारप्रति आशा जागेको उनीहरुको प्रतिक्रिया थियो । युइएमा रहेका बिभिन्न नेपाली संगठनहरुले प्रधानमन्त्री प्रचण्डको घोषणाको मुक्त कण्ठले प्रशंसा गरे । “घोषणाले ठूलो आश जगाएको छ, अबको आवश्यकता यसको सफल कार्यान्वयनको हो”, उनीहरुको भनाई थियो । कतिपय अबस्थामा शब नेपाल लैजान समेत आर्थिक ब्यबस्था नहुदा परिवारले शब पाउन ढिलो हरने, मृतकलाइ मात्रै होइन दुर्घटना वा अन्य कारणले अपांग भइ जीविकोपार्जन गर्न नसक्ने गरी फर्किनेको संख्या बढेकोले मृतकको परिवारलाई भन्दा बढी मर्का अपाङ्ग र अशक्त व्यक्तिका परिवारलाई परेको अवस्थालाई यो घोषणाले सम्बोधन गर्न खोजेको संगठनका प्रतिनिधिहरुले बताए । घोषणासंगै कार्यन्वयन पनि भयो भने फागुनबाट ५० लाख भन्दा धेरै आप्रबासी कामदारहरूले पक्कै राहत पाउने उनीहरुले टिप्पणी गरे । घोषणाका बारेमा बिभिन्न टिकाटिप्पणी उठेकोप्रति लक्षित गर्दै प्रवासी नेताहरुले यो घोषणाकलाई राजनीतिक रंग दिएर विरोध गर्नु भन्दा पहिले ती बिधवा पत्नीको पीड़ा र अनाथ, अबोध बालबालिकाको भबिस्यलाई पनि स्मरण गर्ने कि भन्दै प्रश्न समेत गरेका छन् । “एक किसिमले बैदेशिक रोजगारीमा प्रबासमा रहेका नेपालीहरु त नेपालको अन्नदाता नै हुन । यस्तो अवस्थामा उनिहरुलाई सरकारले जुन दृष्टिदकोणले हेर्ने प्रयास गरेको छ एकदम सर्हानिय छ ।” उनीहरुको भनाई छ । पढ्नुस प्रवासी नेताहरुको भनाई श्याम कंडेल अध्यक्ष प्रबासी नेपाली मँच (नेकपा एमाले) प्रधानमन्त्रीज्युले घोषणा गर्नु भएको बैदेशिक रोजगार बिमा रकम बढाउने योजना सर्हानिय छ । तर बिमा रकम बढाउने बहानामा बिमा शुल्क बढाउने काम चाहिँ नहोस र घोसणाको कार्यन्वयन पक्ष राम्रो होस् । मृतकका परिवारले सजिलै बिमित रकम पाउन सक्ने गरी अहिलेको झन्झटिलो नियमावली सुधार गरियोस । अहिले पनि धेरै मृतकका परिवार बिमा रकमको लागी हिड्दा हिड्दै बीमा बापतको पाउनु पर्ने रकम बराबर नै खर्च भैसक्दा पनि क्षतिपूर्ति पाउन नसकेको यथार्थतालाई मध्य नजर गरी नियमावलीमा आवस्यक सुधार गरियोस । कतिपय अबस्थामा शब नेपाल लैजान समेत आर्थिक ब्यबस्था नहुदा परिवारले शब पाउन ढिलो भएको देखिन्छ । हुनत शब नेपाल पुर्याउन ढिलो हुनुमा धेरै कारणहरु पनि छन तर अबस्था हेरी यदि रकमको अभाबमा हो भने दुताबासबाट रकम उपलब्ध गराई जति सक्दो छिट्टो परिवारलाई शब दिने ब्यबस्था गरियोस । मृतकलाइ मात्रै होइन दुर्घटना वा अन्य कारणले अपांग भइ जीविकोपार्जन गर्न नसक्ने गरी फर्किनेको संख्या बढेकोले मृतकको परिवारलाई भन्दा बढी मर्का अपाङ्ग र अशक्त व्यक्तिका परिवारलाई परेको छ । कतिपय व्यक्तिको अबस्था यस्तो छ कि अपाङ्ग व्यक्तिलाई हेरचाह गर्दा दैनिक जीवन यापन गर्न समेत धेरै समस्या परेको छ । त्यस्ता अपाङ्ग व्यक्तिको अबस्था हेरेर मृतक सरह नै क्षतिपुर्तिको ब्यबस्था गर्न सरकार सँग माग गर्दछु । बिमा रकम बढाएर बैदेशिक रोजगारीमा प्रोत्साहन गर्नु भन्दा स्वदेशमै रोजगारी सृजना गर्न तर्फ पनि सरकारको ध्यान जाओस भन्ने जोडदार माग गर्दछु । ________________________________________ राम तामाङ महासचिब अन्तरास्ट्रिय नेपाली कलाकार समाज, युएई प्रबासमा विभिन्न दुर्घटनामा कामदारको अकालमा मृत्यु हुँदा बीस लाख र थप सात लाख गरेर सत्ताईस लाख बिमा बापत पहिले भन्दा दोब्बर र बिमा अवधि पनि पहिले भन्दा १ बर्ष ज्यादा गरेर दोब्बर क्षतिपूर्ति दिने घोषणा जुन अहिलेको सरकारले गर्यो यो एकदम स्वागतयोग्य छ । यसले पक्कै पनि प्रवासमा गम्भिर दुर्घटना भएर चन्दा उठाउनुपर्ने अवस्था आएका निर्मल लामा जस्ता होस् वा जीवन राना मगर जस्ता होस् सबैको कल्याण हुनेछ । मुलुकको व्यापार घाटा दिन प्रतिदिन ओरालो लागिरहेको अवस्थामा मुलुकको अर्थ व्यवस्था धानेकै प्रबासी कामदारहरूले पठाउने विप्रेषणले गर्दा हो । विप्रेषणको सहि सदुपयोगबाट देश चल्छ भन्ने प्रष्ट उदाहरण हेर्न हामी धेरै टाढा जानै पर्दैन, पूर्वी एशियाली देश फिलिपिन्सलाई हेर्दा पुग्छ जहाँ अन्तर्राष्ट्रिय विमानस्थलमा प्रबासी कामदार छुट्टिमा फर्कदा होस् वा जीवनमरणको दोसाँधमा घाईते भएर फर्कदा होस् वा करार अवधी सकेर फर्कदा होस्, विमान स्थलको ढोकैमा ठूलो अक्षरले लेखिएको होर्डिङ बोर्डले मृत्युको मुखबाट जोगिएर फर्किएका कामदारको हौसलामात्र बढाउँदैन देश प्रतिको अथाह मोह र जिम्मेवारी पनि बढाउँछ । होर्डिङ बोर्डमा लेखिएको शब्दः “वेलकम् होम टु द हिरोज् अफ द नेशन” अर्थात “राष्ट्रका नायकहरूलाइ हार्दिक स्वागत”। यो वाक्यले पक्कै पनि एउटा श्रमशिल प्रबासी मजदुर, विप्रेषणका सिपाहीको मन कटक्क पगाल्छ नै । यति मात्रै हैन सरकारको प्रत्यक्ष सहभागितामा कामदारको सुरक्षा, हकहित र आयआर्जनमा प्रत्यक्ष वकालत गर्दा वैदेशिक रोजगार एउटा सुन्दर गन्तब्य बन्न सक्छ भन्ने कुरा हामीले फिलिपिन्सबाट सिक्न जरूरी छ जहाँ कानूनतः कामदारको दुर्घटना, अंगभंग वा रोजगारी बिमा गर्नमा जोड दिइन्छ जुन कुरा हाम्रो हालको सरकारले घोषणा त गर्यो । घोषणासंगै कार्यन्वयन पनि भयो भने फागुनबाट ५० लाख भन्दा धेरै आप्रबासी कामदारहरूले पक्कै राहत पाउने छ । ________________________________________ भुपराज बस्याल अध्यक्ष नेपाल पत्रकार महासंघ युएई शाखा एक नेपाली आफू मात्र जिउन होइन, घर परिवारको पालन पोषण र लालनपालनको लागि बिदेशीएको हुन्छ । घरपरिवारको आशाको धरोहर बिदेशी भुमिमा बिभिन्न कारणवस मृत्यु हुदा परीवारमा आउने ठुलै भूइचालोलाई केही हद सम्म भए पनि आर्थिक हिसाबले राहत महसूस गर्ने गरी सरकारले चालेको यो क़दम अत्यंत प्रशंसनीय छ । सरकारको यो निर्णय पछी बजारमा आएका केही टिका टिप्पणीहरू पनि छन । तर यसलाई राजनीतिक रंग दिएर विरोध गर्नु भन्दा पहिले ती बिधवा पत्नीको पीड़ा र अनाथ, अबोध बालबालिकाको भबिस्यलाई पनि स्मरण गर्ने की ? वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको समस्या सामाधानमा चासोसंगै उल्लेखनीय काम गर्दै गरेको सरकारले नेपालकै एक मात्र अन्तराष्ट्रीय एयरपोर्टमा हुने गरेका बिभिन्न खाले अवैध सुन तस्करी र मानब तस्करी जस्ता जघन्य आपराधिक क्रियाकलापको बिरुद्दमा पनि तत्कालै सकारात्मक निर्णय गरी अन्त्य गर्ने बाटो तर्फ़ सरकार लाग़्ने छ भन्ने आम नेपालीको अपेक्षा पनि रहेको छ । ________________________________________ सुदिप कार्की अध्यक्ष एनआरएनए, युएई नेपाल सरकारद्वारा बैदेशिक रोजगारीमा गएकाहरुको बिमा रकम दोब्बर गर्ने घोषणा गरिएको कार्यको हामी मुक्तकण्ठले प्रशँसा गर्दछौ । घाइते र बिरामीहरुले पनि बिमा बापतको रकम पाउने घोषणाले प्रबासीहरुमा सरकार प्रती आशा पक्कै पनि पलाएको छ । बिदेशमा बसेर काम गर्दा बिभिन्न किसिमका बिमारहरुले ग्रसित हुने सम्भावना धेरै हुन्छ । बर्षौ बिदेशमा बसेर रोग लिएर फर्कनु र बिदेशमा कमाएको पैसा उपचार गर्नमै खर्चिनु पर्ने बाध्यतालाई नेपाल सरकारले सम्बोधन गरेको छ । बिदेशमा मृत्यु र घाइते भएकाहरुको उद्दारमा सरल र सहज तरिकाले छिटो उद्दार गर्नको लागि सरकारले बेग्लै सन्यन्त्र बनाओस । एअरपोर्टमा खाडी र मलेसियामा काम गर्ने कामदारहरुलाई गरिने ब्यवहारमा परिवर्तन गरी सम्मानजनक ब्यवहार गर्नको लागि अझै थप कदम चालोस । अर्को तिर भारतमा रोजगारीको लागि जाने कामदारहरुले पनि अनिबार्य बिमा गर्नु पर्ने जुन नयाँ नियम सरकारले घोषणा गरेको छ यसले अब देखी भारतमा रोजगारिको लागि जानेहरुलाई पनि बैदेशिक रोजगार अन्तर्गत राखेको छ । भारतले नेपाललाई हेर्ने दृष्टिनकोणलाई लिएर राजनैतीक बृत्तमा जुन किसिमको राजनीति गरिन्थ्यो यसलाई पनि यो घोषणाले जवाफ दिएको छ भने भारतमा रोजगारीमा जानेहरुको जीबन सुरक्षामा सरकार जिम्मेवार बनेको महशुस गरेका छौ । बर्तमान सरकार बैदेशिक रोजगारमा गएकाहरु प्रती हेर्ने दृष्टिहकोण एकदम सकारात्मक हुनले हामी एक दम खुशी छौ । एनआरएन युएई सरकारको यो घोषणालाई स्वागत गर्दछ । ________________________________________ चित्र केसी अध्यक्ष नेपाली जनसंपर्क समिती (नेपाली काङ्रेस) प्रधानमन्त्री पुष्प कमल दाहालले बैदेशिक रोजगारमा जाने नेपालीहरुको बिमाको रकम २० लाख भनेर घोषणा गर्नु भएको छ यो एक किसिमले भन्दा नराम्रो त हैन । तर हाम्रो चाहना भनेको आफ्नो देशमा फर्केर आफ्नै मातृभुमीमा रोजगारी गरौ भन्ने हो । सरकारले यो निर्णय गरेर प्रबासमा रहेका नेपालीहरुको भोट् बैंक सुरक्षित गर्न खोजेको त हैन भन्ने आशंका उब्जेको छ यस्तो अवस्था सिर्जना नहोस् । नेपाल सरकारले बैदेशिक रोजगारमा जाने प्रवासी नेपालीहरूलाई उनिहरुको अंगभंग र मृत्युलाई प्राथमिकतामा राखेर योजना बनाउने होईंन।उनिहरुलाई जति सक्दो चाडो स्वदेश फ़र्काएर रोज़गार देओस यदि सक्छ भने । होईंन भने आफ्नो पार्टी र स्वार्थको लागि प्रवासी नेपालीलाईं भोट् बैंक बनाउने कोशिष नगरौ । प्रधानमन्त्रीको आज आएको घोषणाले यही कुरा प्रति इंकित गरेको छ। प्रवासी नेपालीको प्राथमिकता र चाहना २० लाखको होईन स्वदेस फ़र्केर आफ़नो परिवार संग बस्ने र देशमा नै क़ेहि गरेर बस्ने हो । ________________________________________ हेमन्त पौड्याल अध्यक्ष नेपाली जनप्रगतिशिल मँच (माओवादी केन्द्र) नेपाल सरकारको यो कदम एकदम प्रशँसा योग्य छ । घरको एकमात्र कमाउने मुली मृत्यु़ भएमा वा घाइते भई अङभङग भएमा उसको परिवारलाई पर्ने बज्रपात जसलाई परेको छ उसलाई मात्र बढी थाहा हुन्छ बिमाको महत्व । बैदेशिक रोजगारमा गएर मृत्यु भएकाहरुको बिमा रकम दोब्बर बनाएर सरकारले राम्रो काम गरेको छ । घाइते र बिमारी भएर स्वदेश फिर्दा पनि केही रकम पाइने भो जसले गर्दा बिदेशमा कमाएको रकम उपचारमै खर्च गर्नु परेन । भारतमा रोजगारी गर्नेलाई पनि बैदेशिक रोजगारी अन्तर्गत राखेर बिमा गर्नु पर्ने काम गरेको छ । नेपालको कुल ग्राहस्थ उत्पादनको झण्डै ३२ प्रतिशत रेमिटेन्सले धानेको छ । एक किसिमले बैदेशिक रोजगारीमा प्रबासमा रहेका नेपालीहरु त नेपालको अन्नदाता नै हुन । यस्तो अवस्थामा उनिहरुलाई सरकारले जुन दृष्टिाकोणले हेर्ने प्रयास गरेको छ एकदम सर्हानिय छ । सुधार गर्नु पर्ने अझै धेरै छन । संचय कोश देखी एअरपोर्टमा गरिने कर्मचारीको ब्यवहारमा सुधार ल्याओस । जे जती भएका छन, हुँदै छन एक दम ठीक र राम्रो काम भएको छ । नेपाल सरकारलाई धन्यवाद ।
प्रधानमन्त्रीको निर्देशनः ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण हुनुपर्यो
काठमाडौं, माघ ११ । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आपूर्ति र अर्थ मन्त्रालयसहित नेपाल आयल निगमका पदाधिकारीहरुलाई डाकेर प्रधानमन्त्री दाहालले ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारण गराउन निर्देशन दिएका हुन् । पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिने उनले जानकारी गराएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस्तै, प्रधानमन्त्री दाहालले अमलेखगन्ज वा चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माण यथाशक्य सक्ने गरी काम अघि बढाउन पनि निर्देशन दिएका छन् । जनतालाई राहत दिने गरी के गर्न सकिन्छ यसबारे उपाय खोज्नसमेत प्रधानमन्त्रीले ती निकाय र अधिकारीलाई निर्देशन दिए ।
उपप्रम निधिले भने–संविधान संशोधन प्रस्ताव पारित गर्न दलहरुसंग संवाद हुँदैछ
वीरगन्ज, माघ ४ । उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव दुई तिहाई मतले पारित गर्न दलहरुसँग संवाद भइरहेको बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण तथा पदस्थापना कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उपप्रधानमन्त्री निधिले मधेसका जनता र मधेस नेपालमै भएकाले यसको राष्ट्रिय राजनीतिमा महत्वपूर्ण स्थान रहेको बताए । सङ्घीय प्रणाली देशको अखण्डता जोगाउने प्रणाली भएकाले यसले देशलाई एकसुत्रमा बाध्नेछ भन्दै उपप्रधानमन्त्री निधिले अहिलेको सङ्घीय संरचना लोकतन्त्रको उत्कृष्ट नमूना भएको बताए। उनले संविधान संशोधनको कुरालाई लिएर प्रतिपक्षी दल जुन किसिमको भ्रम फैलाइरहेको छ त्यो उनीहरुको लागि पनि घातक हुने बताए। उनले संविधान संशोधन गरेर तिनवटै निकायको निर्वाचन गराउनु अहिलेको सरकारको प्राथमिकता रहेको स्पष्ट पारे । प्रधानमन्त्रीको अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हाल्नु भएका निधिले सीमा क्षेत्रमा रहेको सडकलाई नेपाल–भारत दुवै देशले बनाउनुपर्नेमा जोड दिए । उनले नेपाल–भारत दुवै देशले एक्लाएक्लै विकास गर्न नसक्ने भएकोले दुवै देशले होस्टेमा हैँसे गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री निधिले सरकारले सडक, रेल्वे र यातायात क्षेत्रलाई प्राथमिकतामा राखी विकासको गतिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । भारतीय सांसद सञ्जय जैसवालले नेपाल–भारतको सम्बन्ध पुरानो भएकाले दुवै देशले विकासको गतिलाई सँगसँगै लानुपर्नेमा जोड दिए । कार्यक्रम वीरगन्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडियाको अध्यक्षतामा भएको थियो । रासस