प्रदेश १ ले लत्यायो केन्द्रको निर्णय, सार्वजनिक बिदा थप तीन दिन दिने
विराटनगर, चैत ३० । प्रदेश नं १ सरकारले प्रदेशमा तीन दिन थप सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।
बिहिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आदिवासी जनजाति दिवस, जनैपूर्णिमा र छठ पर्वमा प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
बैठकले गाउँसभा र नगरसभा सञ्चालन कार्यवधि सम्बन्धमा व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रदेशका केही सार्वजनिक लिखत प्रमाणीकरण विधेयक पनि पारित गर्दै प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले प्रदेशको राजपत्र प्रकाशित गर्ने निर्णय समेत गरेको छ । राजपत्रमा सरकारको अध्यादेश र ऐन, नियमावली र सूचना क्रमशः पहिलो, दोस्रो र तेस्रो भागमा प्रकाशित गर्ने निर्णय भएको उनले बताए ।
यी खानेकुरा दूधसँग किन खानुहुँदैन ?
आजभोलि मानिसहरु आफ्नो स्वास्थ्य स्वस्थ र फिट राख्नका लागि बिहान–बेलुकी दूध पिउने गर्दछन् । तर, दूध पिउँदा यी कुराहरुमा ध्यान दिनुहोस् । दूधसँग यी खानेकुराहरु भुलेर पनि नखानुहोस् । जसको कारणले शरीरमा विभिन्न समस्याहरु आउन सक्छ । दूध र दही वा कफी नखाने, यदि खाएमा एसिडिटी, ग्याँस तथा कब्जियतको समस्या हुन्छ । यसमा एक डेढ घण्टाको फरक राख्नु राम्रो हुन्छ । ० मासको दाल र दूध खाँदा अपच हुन्छ । ० दूधका साथमा सुन्तला, मौसमजस्ता अमिलो जातका फल खानु उपयुक्त होइन । ० जसलाई कफको समस्या छ, उनीहरूले दूध र केरासँगै खानुहुँदैन, किनभने यी दुवै खाद्यसमाग्री कफ कारक हुन् । ० दूधसँग माछा खाँदा ग्यास बढ्छ, त्यस्तै छालाको समस्या समेत सिर्जना हुनसक्छ । ० दूधका साथ तारेको–भुटेको खाना पचाउन गाह्रो हुन्छ र छालाको समस्या समेत वृद्धि हुन्छ । ० दूध र नुन अथवा नुन हालिएको परिकारविरुद्ध आहार हो । एजेन्सीको सहयोगबाट
करारमा जागिर खुल्यो
काठमाडौं, माघ ३ । राष्ट्रिय सूचना प्रविधि केन्द्र कार्यालयमा रिक्त रहेका पदहरुमा आवश्यक न्यूनतम योग्यताअनुसार आवेदन खुलेको छ । इच्छुक उम्मेदवारहरुले १५ दिनभित्र आवेदन बुझाउन सकिने छ । बाँकी विवरण तलको तालिकामा हेर्नुहोस्-
गतवर्ष लोकसेवाले परीक्षा लिइएको विद्यालय निरीक्षकको विषयगत प्रश्न
निम्न प्रश्नहरूको उत्तर खण्ड अनुसार छुट्टाछुट्टै उत्तर पुस्तिकामा लेख्नुपर्ने छ, अन्यथा उत्तर पुस्तिका रद्द गरिने छ खण्ड क विद्यालय निरीक्षकको उदेश्य स्पष्ट गर्दै नेपालको सन्दर्भमा उपचारात्मक निरिक्षनको उपयोगीताको सम्भाव्यताको समीक्षा गर्नुहोस रु ३ ं ७ ं १० कक्षा अवलोकन गर्दा लेकाजोखा गर्नुपर्ने मुख्य पक्षहरू के के हुन् रु विद्यार्थीका सिकाइमा सुपरीवेक्षण मार्फत कसरी सकारात्मक प्रभाव पार्न सकिन्छः चर्चा गर्नुहोस ? ३ं ७ं १० विद्यालय निरीक्षकलाई एउटा सफल पेसाकर्मी बन्न के कस्ता पेशागत गुणहरू आवश्यक पर्दछन रु त्यस्ता पेशागत गुणहरू लागी के कस्ता स्रोत र न उपलब्ध छन ? उदाहरण सहित व्याख्या गर्नुहोस ः २ ं ८ . १० खण्ड ख ४. नेपालको वर्तमान विद्यालय निरीक्षण प्रणालीका चुनौती हरू पहिचान गर्नुहोस ? ती चुनौती सामना गर्न निरीक्षकको सक्षमता अभिवृद्धि गर्न के कस्ता कार्यक्रमहरू अघि सारीएका छन् रु विवेचना गर्नुहोस् ः २ं८.१० ५. नेपालको वर्तमान संविधानले शिक्षाको अधिकार सम्वन्धमा गरेको व्यवस्थावारे उल्लेख गर्दै सो विषयमा भएको कार्यान्वयन पक्षको विवेचना गर्नुहोस : ५ं५.१० खण्ड ग ६. कक्षा कोठा व्यवस्थापन गर्दा शिक्षण सिकाइको व्यवस्थापनलाई प्रभावकारी वनाउन एउटा निरीक्षकले कक्षा शिक्षाका संग कस्तो सहकारी गर्न सक्छ रु उदाहरण सहित योजनाको खाका बनाउनुहोस्ः २ं८.१० ७. शिक्षा व्यवस्थापनमा हुने सम्प्रेषणको उदाहरणसहित उल्लेख गर्नुहोस्रु केंद्रदेखी विद्यालय तहसम्मको सम्प्रेषणमा विद्यालय निरीक्षकले खेल्न सक्ने भूमिकाको बुदागत विवरण तयार गर्नुहोस्ः ५ं५ . १० ८. विद्यालय स्तरीय व्यवस्थापनमा शिक्षा एन आठौ संसोधन अनुसार विद्यालय व्यवस्थापन समितीको भूमिकाबारे चर्चा गर्नुहोसः १० खण्ड घ ९.विद्यालय शिक्षक किताबखानाको प्रमुख कार्यहरू उल्लेख गर्दै सेवा निवृत शिक्षकहरूलाई उपादान तथा निव्रितिभरण सरल तथा सहजरूपमा उपलब्ध गराउन विद्यालय शिक्षक किताब खानाले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा सुझाब दिनुहोस्ः ४ं६ . १० १०. विद्यालय शैक्षिक विकेन्द्रीकरणको सवभन्दा तल्लो एकाइ भएकाले शैक्षिक योजना निर्माणमा यसको मुख्य भूमिका उल्लेख गर्दै यस भूमिका सम्पन्न गर्दा आइपर्ने चुनौती हरू औल्याउनुहोसः ६ं४.१०
यस्तो हुन्छ फोन रातभरी चार्जमा लगाइराखे
सामान्यतया हामी अनुमान लगाउने गर्छौं हामीले आफ्नो फोन रातभरि चार्जमा लगाइराखे के होला ? आजभन्दा तीन चार वर्ष पहिलेसम्म यसको एउटै उत्तर हुन सक्थ्यो कि फोन तातेर खराब हुनसक्छ, पड्किन सक्छ या यसको ब्याट्री बिग्रिन सक्छ । तर अब समय फेरिएको छ । अचेल बजारमा जति पनि स्मार्ट फोन उपलब्ध छन् तिनमा ‘अटो कट अफ चार्जिङ्ग सिस्टम’ राखिएको हुन्छ अर्थात् फोन फुल चार्ज हुने बित्तिकै त्यसमा हुने विद्युत सप्लाई स्वयम् बन्द भैहाल्छ । त्यसैले आजभोलिका मोबाइल फोनहरू चार्ज गरेकै कारण तात्ने, पड्किने वा ब्याट्री नै बिग्रिने हुन्नन । ध्यान दिएर हेर्ने हो भने चार्जिङ्ग प्लग जोड्नासाथ फोनमा एउटा इन्डिकेटर बत्ती जलेको देख्न सकिन्छ जसको रङ्ग चार्ज फुल हुने बित्तिकै बद्लिने गर्दछ । यो किन हुन्छ भने यी फोनहरूको चिपमा नै यस्तो सेन्सर जोडिएको हुन्छ जसले चार्ज फुल हुनासाथ विद्युत सप्लाई बन्द गरिदिन्छ । त्यसैले यदि तपाईं कुनै पनि नयाँ मोडेलको स्मार्ट फोन प्रयोग गर्नु हुन्छ र यदि त्यसमा तात्ने आदि समस्या छ भने बुझ्नुस त्यो चार्जिङ्गसँग सम्बन्धित नभएर फोनको हार्डवेयर या सफ्टवेयरसँग सम्बन्धित हुन सक्छ । तर पनि विशेषज्ञहरूको राय के छ भने मोबाइलहरूले लिथियम आयन ब्याट्री प्रयोग गर्ने गर्दछन् जसलाई निश्चित पटक मात्र शून्यदेखि सय प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । अर्थात् बारम्बार ब्याट्रीलाई शून्य प्रतिशतमा झार्दा वा सय प्रतिशत सम्म चार्ज गर्दा यसको आयु घट्ने हुन्छ । त्यसैले ब्याट्रीको राम्रो स्वास्थ्यकोलागि यसलाई सधैं १० देखि ९० प्रतिशतका बिच राखिराख्नु उचित मानिन्छ ।
जाडोमा छालालाई यसरी बचाउने
काठमाडौं, पुस १२ । जाडो मौसममा छालाको विशेष हेरचाह गर्नुपर्छ । किनकि, न्यून तापक्रम र सुख्खा हावाले छालालाई नोक्सान पुर्याउँछ । केही साधारण उपायबाट तपाईं आफ्नो छालाको सुरक्षा गर्न सक्नुहुन्छ। विशेषगरी जाडो मौसममा सुख्खा हावाले छालामा रहेको पानीलाई सुकाएर छाला खस्रो बनाउँछ। जसले गर्दा जाडो मौसममा हात–खुट्टा फुट्नुका साथै चिलाउने र छाला पोल्ने गर्छ। छाला सुख्खा हुँदा अनुहारमा पोतो आउने र टाउकोमा चायाँ पर्ने गर्छ । यस्तै, जाडो मौसममा छाला डढ्ने भएकाले छालालाई ढाक्नु नै एउटा उत्तम उपाय हो । यसले छालालाई सुख्खा र खस्रो हुनबाट बचाउँछ । यसबाहेक छालाको हेरचाह गर्न यी कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छः १. नुहाउनुको साटो फोहोरा (सावर) लिने । तातोपानीले नभई मनतातो पानीले सकेसम्म कम समय लगाएर नुहाउने । २. छालालाई कम नोक्सान पुर्याउने फेसियल क्लिनरको प्रयोग गर्ने । जोजोबा लगायत तेल, सी बटर भएको क्लिनरको प्रयोगमा जोड दिने । ३. मोइस्चराइजिङ क्रिमको प्रयोग सकेसम्म बिहानको समयमा गर्ने । बेलुकी सुत्नुअघि पनि यो क्रिम लगाउनुस् । दिउँसो पनि एक पटक यसको प्रयोग गर्नु उपयुक्त मानिन्छ । ४. शरीरमा पानीको कमी हुन नदिन अधिक मात्रामा पानी पिउने । सकेसम्म मदिरा तथा कैफिनको सेवन घटाउने । ५. तपाईं धेरै समय घरभित्र बस्नुहुन्छ भने सकेसम्म लामो समय हिटर नताप्नु राम्रो हुन्छ । हिटरले तपाईंको छालालाई सुख्खा बनाउन सक्छ । शरीरलाई न्यानो पार्न बाक्लो लुगा लगाउनु उपयुक्त मानिन्छ । ६. घरबाट बाहिर जाँदा सम्भव भएसम्म बढीभन्दा बढी शरीर ढाक्ने गरी लुगा लगाउनु उचित हुन्छ । यसले तपाईंको छालालाई सुख्खा हुन दिँदैन । ७. सकेसम्म छालामा प्रत्यक्ष टाँसिने गरी ऊनी लुगा नलगाउनु नै वेश हुन्छ । लगाउनैपरे भित्री भागमा सुतीको लुगा लगाएर त्यसमाथि ऊनी लुगा लगाउनु उचित हुन्छ । एजेन्सी
बिना मगरलाई यसकारण जिताउनुपर्छ कञ्चनपुर १ बाट
आम निर्वाचन कुनै अमुक व्यक्तिलाई नेता बनाउने प्रक्रिया मात्रै होइन, हरेक मतदाताले आफ्नो भविष्य निर्माण गर्ने कार्य हो । आफ्नो भविष्य अन्धकारमय बनाउने कि उज्ज्वल ? यो प्रश्नको जवाफ मतदाताले मतपत्रमा लगाइने स्वस्तिक छापले निर्धारण गर्छ । सही उम्मेदवारलाई मतदान गरेर जिताइयो भने हरेक मतदाता र निर्वाचन क्षेत्रको भविष्य उज्ज्वल हुन्छ भने गलत ठाउँमा मतदान गरियो भने भविष्य अन्धकार । आम निर्वाचनको यो प्रक्रिया हरेक ५/५ वर्षमा चलिरहन्छ । गलत ठाउँमा मतदान गरेका मतदाताले ५ वर्षसम्म पछुताउनु बाहेक कुनै उपाय हुँदैन । रमेश भट्ट देशैभरिजस्तै कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा समेत चुनावी चटारो ह्वात्तै बढेको छ । यो आलेख १ नम्बर क्षेत्रको विषयवस्तुमा मात्रै केन्द्रीत रहेकाले यहाँ १ नम्बर क्षेत्रका मतदातालाई उपयुक्त उम्मेदवार छान्न सहज हुने गरी आलेख तयार गरिएको छ । १ नम्बर क्षेत्रमा विकासका थुप्रै सम्भावना हुँदाहुँदै पनि आधारभूत भौतिक पूर्वाधार गुणस्तरीय पक्की सडकबाटै वञ्चित छ । यहाँका मुख्य सडक नै हिलाम्मे र धुलाम्मे छन् । सीमा समस्या, जंगली जनावरको आतंक, सशक्त सडक र पुल सञ्जालको अभाव, अव्यवस्थित बसोबास र ऐलानी समस्या, सीमसार समस्या, आयआर्जनका कार्यक्रम सञ्चालन नहुनु लगायत थुपै्र समस्या वर्षाैदेखि रहँदै आएका छन् । कञ्चनपुरको दक्षिणी क्षेत्र पर्ने १ नम्बर निर्वाचन क्षेत्रमा आसन्न निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार र कांग्रेसका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट बिना मगर र कांग्रेसबाट दिवानसिंह विष्ट प्रतिस्पर्धामा छन् । दिवानसिंह विष्ट निवर्तमान सांसद भइसकेका र परीक्षण भइसकेका व्यक्ति हुन् । उनले आफ्नो ४ वर्षे कार्यकालमा १ नम्बर क्षेत्रको विकासका लागि के–के गरे ? त्यो जनताले देखेका छन् । तसर्थ, प्रभावकारी काम गर्न नसकेको र परीक्षण भइसकेका नेताभन्दा राष्ट्रिय राजनीतिमा लोकप्रिय, संघर्षशील र सशक्त युवा नेतृ बिना मगरले नै अब दक्षिणी क्षेत्रको विकास गर्न सक्ने देखिन्छ । बिना मगर जितेर गएपछि विकासमै केन्द्रीत हुन्छिन् नै भन्ने अग्रिम ग्यारेन्टी केही नहुने भएकाले मतदाताले आशंका गर्ने ठाउँ त रहन्छ । तर, अघिल्लो निर्वाचनमा पराजित भएर पनि बिना मगरले देखाएको सक्रियता तथा व्यक्तिगत र पार्टीगत पहलमा भित्र्याइएका थुप्रै विकास आयोजनाले बिना मगर जितेर गएपछि पनि विकासमा केन्द्रीय हुनेछिन् भन्ने अनुमान चाहिँ लगाउन सकिन्छ । परीक्षण भइसकेका नेता नै कांग्रेसबाट उम्मेदवार भएको बेला १ पटक बिना मगरलाई पनि परीक्षण गरेर उनको क्षमता र सक्रियतालाई परीक्षण गर्नुको विकल्प मतदातासामु देखिँदैन । बिना मगरलाई कञ्चनपुरको दक्षिणी क्षेत्रका मतदाताले किन मत दिनु आवश्यक छ त ? क्षतिपूर्ति सहितको तीब्र विकास कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका जनता मुलुकमा प्रजातन्त्र आएपछि नै विकासको प्रतिक्षामा छन् । मुलुकमा थुप्रै राजनीतिक परिवर्तन हुँदै सरकार निर्माण र बजेट सार्वजनिक भएपनि यस क्षेत्रका मुख्य सडक नै अझैं कालोपत्रे भएका छैनन् । दशकौंदेखि कञ्चनपुरको दक्षिणी क्षेत्र विभेदको शिकार भएको छ । विकासको समान वितरण नहुनु तथा राजनीतिक पहुँच नभएका कारण कञ्चनपुरको दक्षिणी क्षेत्र आवश्यक विकास बजेटबाट वञ्चित हुँदै आएको छ । कञ्चनपुरको दक्षिणी क्षेत्रको विकासका लागि सरकारमा राजनीतिक पहुँच पु¥याउन सक्ने नेतृत्व चयन हुनुपर्छ । सरकारमा दबाब दिएर यस क्षेत्रमा पर्याप्त बजेट ल्याउन सक्ने नेतृत्वले मात्रै विकासलाई तीव्रता दिन सक्छन् । अब विकासको समाधान वितरण हुँदा मात्रै पनि दक्षिणी क्षेत्रमाथि अन्याय हुन्छ । दक्षिणी क्षेत्र विगतमा विभेदमा परेका कारण अब क्षतिपूर्ति सहितको तीव्र विकास चाहन्छ । त्यसका लागि राष्ट्रिय राजनीतिमा स्थापित र लोकप्रिय तथा राजनीतिक पहुँच भएका व्यक्ति बिना मगर नै एक मात्र विकल्प हुन् । बिना मगरले अनुरोध, दबाब र संघर्षमार्फत् १ नम्बर क्षेत्रको विकासका लागि आवश्यक बजेट र योजना ल्याउन सक्छिन् । विपक्षी उम्मेदवारभन्दा त बिना मगरले बढी नै गर्न सक्छिन् भन्नेमा कुनै द्विविधा देखिँदैन । राजनीतिक पहुँच दक्षिणी क्षेत्रले राजनीतिक रुपमा स्थापित र पहुँच भएको नेता नपाउँदा विभिन्न साना–साना समस्या पर्दा पनि हारगुहार गर्नुपर्ने अवस्था छ । स्थानीय वासिन्दाका समस्या राजनीतिक नेतृत्वसम्म नपुग्दा जनता वेवारिसेझैं हुने गरेका छन् । सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीले दुःख दिँदा होस् वा बाढी र नदी कटानजस्ता आकस्मिक संकट आइललाग्दा सरकारबाट तत्काल समस्याको हल हुँदैन । जसले गर्दा स्थानीय वासिन्दाले दुःख र संकट सहेर बस्नुपर्छ । बिना मगरको लोकप्रियता र स्थापित नेतृत्वलाई जिताए स्थानीय स्तरका समस्यालाई तत्काल सरकारसम्म पु¥याउन सकिन्छ । जसले गर्दा सरकारले समस्याको तत्काल समाधानका लागि काम गर्नेछ । स्थापित र लोकप्रिय नेता बिना मगरमार्फत् सरकार र संसदसम्म स्थानीय वासिन्दाका समस्या पु¥याउन सकिए त्यसको प्रभावकारिता बढी हुनेछ । बिना मगर पार्टी र केन्द्रीय राजनीतिमा प्रभावशाली नेतृ भएकाले केन्द्र सरकारमा मन्त्री बन्न सक्ने सम्भावना समेत देखिन्छ । जसबाट कञ्चनपुरको दक्षिणी क्षेत्रको राजनीतिक पहुँच झनै बढ्ने छ । तीनै तहबीच सशक्त समन्वय मु्लुक संघीयतामा गएपछि हरेक क्षेत्रमा तीव्र विकास गर्न सकिने आशा र प्रचारवाजी गरिएको छ । तर, मुलुक संघीयतामा जाने बित्तिकै चमत्कारिक रुपमा विकास भइहाल्ने होइन । संघीयताका केही नकारात्मक पक्ष पनि छन्, जसले विकासमा अनेक अड्चन आउँछन् । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच सुमधुर सम्बन्ध हुन सके मात्रै जनताले विकासको अनुभूति गर्न पाउँछन् । कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रका सबै स्थानीय तहमा वाम गठबन्धनमा सम्वद्ध पार्टीका प्रमुख र उपप्रमुख तथा अधिकांश वडामा वडाध्यक्ष र सदस्य जितेका छन् । स्थानीय तहका जनप्रतिनिधिले प्रदेश र केन्द्रबाट प्राप्त बजेट र योजनालाई कार्यान्वयन गर्ने हुन् । प्रदेश र केन्द्रबाट पर्याप्त बजेट र योजना प्राप्त हुन नसके स्थानीय तहले विकासको अनुभूति गराउन अप्ठ्यारो हुन्छ । तसर्थ, कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा विकासको अनुभूति गराउन र तीनै तहबीच सशक्त सम्बन्ध स्थापनाका लागि वाम गठबन्धनका उम्मेदवारले नै जित्नुपर्ने आवश्यक छ । स्थानीय तह, प्रदेश र केन्द्रमा फरक–फरक दलको सरकार भयो भने आपसी विवाद र द्वन्द्व बढ्ने तथा जनताले दुःख पाइरहनुपर्ने अवस्था रहन्छ । तसर्थ, ३ वटै तहबीच सुमधुर सम्बन्ध स्थापनाका लागि प्रतिनिधिसभामा बिना मगर तथा प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारलाई भोट दिनु आवश्यक छ । राजनीतिक स्थायित्व राजनीतिक अस्थिरताका कारण मुलुकमा थुप्रै राजनीतिक र सामाजिक समस्या देखिने गरेका छन् । जसले गर्दा जनताले लगातार दुःख पाइराख्नुपरेको छ । १ नम्बर निर्वाचन क्षेत्रको सन्दर्भमा भन्दा आरक्ष विस्थापितको पुनस्र्थापना र सीमा समस्या समाधान राजनीतिक अस्थिरताका कारण हुन सकेको छैन । राजनीतिक अस्थिरतालाई देखाएर राजनीतिक नेतृत्वले आफ्नो अकर्मण्यता र कमजोरी लु्काउने समेत गरेका छन् । तसर्थ, मुलुकको विकासका लागि राजनीतिक स्थिरता अत्यावश्यक छ । वाम गठबन्धन बन्नुको प्रमुख उद्देश्य राजनीतिक स्थिरता पनि हो । त्यसैले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न र देशमा वामपन्थीको मजबुत सरकार बनाउन बिना मगरलाई मतदान गर्नु आवश्यक छ । आर्थिक प्रगति वामपन्थी गठबन्धन आर्थिक विकासको खाका र योजनासहित चुनावी मैदानमा होमिएको छ । बिना मगरलाई मतदान गरी जिताएपछि केन्द्र तथा प्रदेशमा वामपन्थी सरकार बन्ने र त्यो सरकारले आर्थिक प्रगतिका कार्यक्रम लागू गर्ने प्रतिवद्धता जनाएका छन् । देशव्यापी रुपमा आर्थिक विकासका कार्यक्रम लागू हुँदा त्यसबाट १ नम्बर क्षेत्रका जनताले समेत लाभ लिन सक्ने छन् । अर्काेतिर, बिना मगरले व्यक्तिगत पहलमा कञ्चनपुरको १ नम्बर क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना, घरेलु तथा साना उद्योग स्थापना तथा लघुउद्यम र स्वरोजगारका विभिन्न कार्यक्रम सञ्चालनका लागि पहल गर्ने प्रतिवद्धता जनाएकी छन् । निर्वाचन क्षेत्रका व्यक्तिमा भएको सीपलाई उपयोग गर्दै आर्थिक लाभ गर्न सकिने योजना बिना मगरसँग भएकाले बिना मगरलाई मतदान गरेर आर्थिक प्रगतिको बाटोमा अगाडि बढ्न सकिने देखिन्छ । बिना मगरको राजनीतिक पहुँचको उपयोग गर्दै कञ्चनपुरमा रोजगारीका विभिन्न अवसर भित्र्याउन सकिन्छ । संघर्षपूर्ण विगतको सम्मान बिना मगर कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रकी उम्मेदवार मात्रै होइनन् । उनको संघर्षपूर्ण विगतको छुट्टै इतिहास छ । नेपालको राजनीतिक र सामाजिक आन्दोलनमा प्रत्यक्ष जोडिएर २७ महिना कष्टपूर्ण जेलजीवन बिताउँदै मृत्युको मुखबाट बाँचेर आएकी नेतृ हुन् बिना मगर । राजनीतिक आन्दोलनमार्फत्् काठमाडौंमा स्थापित भइसकेपछि पनि उनले २०७० आफ्नो जन्मभूमिको सेवा गर्न भन्दै माइती क्षेत्रबाट चुनावी मैदानमा होमिने निर्णय गरेकी हुन् । २०७० सालको निर्वाचनमा पराजित भएर पनि उनी लगातार जन्मभूमिको धुलोमाटोमा आफ्ना राजनीतिक गतिविधि र विकासका कार्यक्रम सञ्चालन गरिरहेकी छन् । संघर्षपूर्ण विगत, जन्मभूमिप्रतिको लगाव र विकास गर्ने इच्छाशक्तिलाई सम्मान गर्दै बिना मगरलाई भोट दिनुपर्छ । चुनावी मैदानमै होमिइरहेका बेला बिना मगरलाई पतिशोक परेको छ । पतिशोकको पीडामा रहेका बेला १ नम्बर निर्वाचन क्षेत्रबाट बिना मगरलाई गरिएको मतदान मल्हम पनि बन्न सक्छ । तसर्थ, आफ्नो क्षेत्रको विकासका लागि तथा संघर्षपूर्ण नेतृको सम्मानका लागि आसन्न निर्वाचनमा बिना मगर तथा वाम गठबन्धनलाई मतदान गर्नु आवश्यक छ ।
सेक्समा चरमसन्तुष्टि प्राप्त गर्ने १० सूत्र
यौन मानवीय जीवनको अनिवार्य आवश्यकता हो । यौन जीवन जति आनन्ददायी हुन सक्यो मानिसको वैवाहिक जीवन पनि उत्तिकै सुखमय हुन्छ । तसर्थ, यौन सम्बन्धमा संलग्न हुने महिलापुरुष दुवैले यसबाट चरम सन्तुष्टि लिनका लागि केही कुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ । यौन समझदारीको विषय पनि हो । उक्त समयमा एकअर्कालाई राम्रोसँग बुझ्न सके दुवैले आनन्दानुभूति गर्न सक्छन् । यौनमा सन्तुष्टि लिने १० सूत्र: १. सम्भोग गर्नुपूर्व नुहाउँनुस्, ब्रस गर्नुस् र सफा कपडा लगाउँनुस् । २. स्त्रीलाई पाकक्रिडाद्धारा एकदमै उत्तेजित बनाउँनुस् । स्त्रीको मनोविज्ञान ख्याल गर्नसके उसको अधिकारको सम्मान गरेको ठहरिन्छ । यसले दुवैलाई चरमसुखानुभूति गर्न थप सहयोग गर्छ । ३. सम्भोग गर्न पूर्व गालामा, ओठमा र तिघ्रामा क्रमशः चुम्बन गर्नुहोस् । स्त्रीको कुनै पनि अंगलाई उपेक्षा नगरी छातीमा टाँसिएर प्रेम प्रकट गर्नुहोस् । ४. स्त्रीले चरमआनन्दानुभूति पाकक्रिडा र वीर्यस्खलनको बेला कसिलो अंगालोमा बाँधिदा प्राप्त गर्ने अध्ययनले बताएको छ । यसबेला उनीहरुले आफूलाई विर्सन्छन् । त्यसैले स्त्रीलाई कसिलो अंगालोमा बाध्न नबिर्सनुहोस् । ५. एकअर्कालाई उत्तेजित पार्न औलाहरु र जिब्रोको प्रयोग उत्तम हुन्छ । यस क्रममा पुरुषले स्त्रीको प्रशंसा गर्न विर्सनुहुँदैन् । ६. स्खलित भएपछि योनीबाट लिंग झिक्न हतार नगर्नुहोस । विस्तारै छेउतिर आड लाग्नुहोस् । त्यसबेला स्त्रीको अनुहारमा देखिने तृप्ति तपाइलाई असाध्यै प्रिय लाग्नेछ । ७. सम्भोग पश्चात सिधै पानी पिउनु हुँदैन । यसले मृगौला कमजोर बनाउँन सहयोग गर्छ । ८. सम्भोग गर्नुअघि अटस्मटस् हुने गरी खाना खानु राम्रो होइन । यसले शरीरलाई असज बनाउँछ । ९. उपवास वा भोजनपछि तत्काल संम्भोग गर्नु राम्रो होइन । यसो गर्दा ढाड दुख्ने, जाँगर हराउने र दृष्टि कमजोर हुँदै जाने हुनसक्छ । १०. अति संम्भोग नगर्नुस्, यसले शरीर क्षीण बनाउँदै लैजान्छ । स्वस्थ यौन जीवन विताउँनको लागि प्रशस्त मात्रामा पौष्टिक आहारा उपयुक्त हुन्छ ।
यौन इच्छा हुँदा पनि उत्तेजना आउँदैन किन ?
म २० वर्षीया युवती हुँ । म हप्तामा एकपटक यौनसम्पर्क गर्छु । ममा चाहना पनि छ कि म यौनसम्पर्क गरूँ, तर किन हो ममा उत्तेजना नै हुँदैन । शारीरिक रूपमा मलाई सम्बन्धका लागि कुनै समस्या छैन । के मैले कुनै चिकित्सकबाट जाँच गराउनुपर्छ ? के यो कुनै रोग हो ? यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यसका लागि चाहिने यौन उत्तेजना पनि स्वाभाविक रूपमै व्यक्तिमा हुन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले ।गर्छ । यौनसम्पर्क, उत्तेजना र चरमसुख तपाईंले पक्कै पनि मानव यौन प्रतिक्रिया चक्रका बारेमा सुन्नुभएको होला । पहिलो चरणलाई उत्तेजनाको चरण भनिन्छ र त्यसमा यौन उत्तेजना दिने क्रियाकलापलाई निरन्तरता दिए एबितभबग चरणमा पुगिन्छ । प्लाटो फेजमा भएको यौन stimulation निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा यस्तो बिन्दुमा पुगिन्छ जसमा पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ । यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दमध्येको सर्वोत्कृष्ट सुख अनुभव गर्छ । यसैलाई चरमसुख भनिन्छ । यौनसम्पर्क नै यसलाई प्राप्त गर्ने सबैभन्दा महत्वपूर्ण उपाय हो । मैले तपाईंले यौनसम्पर्क राखेर पनि उत्तेजना नपाउने भन्नुभएको कुरा चरमसुखलाई भन्नुभएको मानेर जवाफ दिने प्रयास गरेको छु । अन्यथा भए पुन: आफ्नो कुरालाई विस्तृतमा लेख्नुहोला । महिलामा चरमसुखको चरणमा मांसपेशीहरूमा निकै तनाव आउँछ र त्यो आफैं खुम्चने तथा खुल्ने हुन्छ । श्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ भने रक्तचाप समेत बढ्छ । पाठेघर तथा योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरमसुख प्राप्त हुँदा मांसपेशी खुम्चने फुक्ने क्रम १० देखि १५ पटक सम्म हुन्छ । बुझ्नुपर्ने कुरा के छ भने आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै भए पनि पनि केही कुरामा भने फरक हुन्छ । चरमसुखको स्थितिसम्म पुग्न पुरुषको तुलनामा महिलालाई बढी समय लाग्छ । यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन (stimulation) निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एक पटकभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषहरूमा भने यस्तो हुँदैन । महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक Refractory Periodम हो । पुरुषहरू चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित हुन सक्दैनन्, तर महिलाले यौन चरमसुखपछि पनि यौन क्रियाकलापलाई निरन्तरता दिन सक्छन् । यौन चाहनाको सञ्चालन यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो । यसका लागि चाहिने यौन उत्तेजना पनि स्वाभाविक रूपमै व्यक्तिमा हुन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एक त इन्डोक्राइन सिस्टम (endocrine system) अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले । टेस्टेस्टेरोनले यौनेच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ । यौन उत्तेजनामा स्वभाविक रूपमै इन्द्रियहरूको महत्वपूर्ण भूमिका हुन्छ । यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो । यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ । वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई स्नायु प्रणाली तथा यौनाङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलताका रूपमा परिभाषित गर्न सकिन्छ । महिलालाई यौन चरमसुख प्राप्त गर्न के कुरा सहयोगी हुन्छ ? पुरुष तथा महिलाको यौन प्रतिक्रिया चक्रमा हुने भिन्नता तथा अन्य कारणले हरेक यौन सम्पर्कमा यौन चरमसुखको अपेक्षा राख्नु मनासिव होइन । फेरि पुरुष माथि रहेर गरिने यौनसम्पर्कमा त महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुरको घर्षण नै हुँदैन । महिला माथितिर रहेर महिलाले आफूले चाहेजस्तो कटि प्रदेश चलाउन सक्छन् अनि भगांकुरलाई हात वा औंलाले वा यौन प्रसाधन जस्तै— भाइब्रेटर प्रयोग गरेर यौन सन्तुष्टि प्राप्त गर्न सकिन्छ । त्यसबाहेक योनि, स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ । यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सहज हुन्छ । यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत मिल्छ । पुरुषको तुलनामा महिलालाई यौन चरमसुखसम्म पुग्न केही बढी समय लाग्दा पुरुषले आफ्नो चरमसुखपछि लिङ्ग झिक्दा यौन क्रियाकलापले निरन्तरता पाउन सक्दैन र महिला असन्तुष्ट नै बस्नुपर्ने स्थिति आउँछ । कुनै यौनसम्पर्क पुरुषको तथा कुनै महिलाको यौनसुख प्राप्तिलाई ध्यानमा राखेर गर्न सके महिलालाई यौनसम्पर्कबाट पूर्ण सन्तुष्टि प्राप्त गर्न सहज हुन्छ । चरमसुख नै नहुने कुरा यद्यपि केही व्यक्तिले चरमसुखको अनुभव नै गर्न सक्दैनन् भने अर्कातिर विभिन्न कारणले सजिलै यौन चरमसुख प्राप्त हुन सक्दैन । दीर्घ किसिमको विमारी, मधुमेह, कटि प्रदेशको चोटपटक, कतिपय उच्च रक्तचाप, एन्टिहिस्टामिन वा मानसिक रोगका औषधीको प्रभाव वा हार्मोनमा हुने असन्तुलनजस्ता कतिपय कुराले चरमसुख प्राप्त गर्न गाह्रो हुन्छ । कुनै पनि कारणले हुने चिन्ता वा निराशाले यौन क्रियाकलाप अनि यौन चरमसुख प्राप्तिमा असर गर्छ । अहिले आधुनिक समाजको दैनिक जीवनका चापाचापको कार्यशैली होस् वा आर्थिक कारणले हुने तनाव, यसमा त्यसको नकारात्मक प्रभाव पर्छ नै । स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या, शंका वा जानकारी आवश्यक भए चिकित्सकलाई देखाउने वा सल्लाह लिने विचार उत्तम हो । त्यसका लागि आफूलाई के भएको हो अनि के जान्न चाहेको हो, राम्रोसँग तयारी गरेर जानुहोला ।
शनिबार राति महिलाहरुले के गरे सेक्सी देखिने गर्छन् ? जानिराखौं
कार्तिक २५ । ‘स्याटडे नाइट’ अर्थात शनिबारको रात पुरुषका लागि मात्र खास नभई दुनियाँभरका महिलाका लागि समेत खास बन्ने गरेको बेलायतमा गरिएको एक सर्वेले देखाएको छ । बेलायतको हेल्थ एण्ड ब्युटी रिटेलर सुपर डगको अध्ययनअनुसार धेरै महिला सातामा एकदिन आफूलाई आफ्नो काबुमा राख्न सक्दैन । त्यो दिन भनेको शनिवारको रात हो । अध्ययनका अनुसार महिला आफुलाई ‘सिडक्टिव फिल’ गराउन विभिन्न तरीका अपनाउँछन् । उनीहरू शनिवारको रातलाई विशेष बनाउन तातो पानीले नुहाउने, नयाँ कपडा लगाउने र पुश अप ब्रालगाउन मन पराउँछन् । आफुलाई सेक्सी फिल गराउन ‘परफ्यूम’को हल्का प्रयोग, राम्रो हेयर स्टाइल र सेक्सी स्माइल बढी प्रयोग गर्छन् । यस्तो छ सर्वेको परिणामः — २००० महिलामा गरिएको सर्भेमा आधाभन्दा बढी महिलाले परफ्यूमको हल्का स्प्रे स्पेसल फिल गराउनको लागि मन पराए । — एक तिहार्इभन्दा बढी महिलालाई भने नयाँ हेयर कलरले सेक्सी भएको फिल गराउन मद्दत पुर्यायो । —सेक्सी लुक पाउन नियमित व्यायाम गर्ने, टाइट फिटिङ कपडा लगाउने, शर्ट स्कट र गहना लगाउनले पनि सर्भेका क्रममा भेटिएका थिए । —अध्ययनका अनुसार महिला आफुलाई सेक्सी फिल गर्न सो दिन केही घण्टा समय बिताउँछन् । एजेन्सीबाट
गलकोटको संयुक्त चुनावी सभालाई ओली, प्रचण्ड र केसीले सम्बोधन गर्ने
बागलुङ, कात्तिक २३ । आगामी कात्तिक ३० गते वागलुङको गलकोटमा हुने वाम गठबन्धनको संयुक्त चुनाबी सभालाई सम्बोधन गर्न एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका अध्यक्ष यहाँ आउने भएका छन । आगामी मंसिर २१ गते पहिलो चरणमा चुनाब हुने ३२ जिल्लाको निर्वाचनलाई लक्षित गर्दै कात्तिक ३० गते गलकोटमा हुने संयुक्त वाम गठबन्धनका चुनाबी सभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गलकोटमा आउने भएका हुन । संयुक्त बामको चुनावी सभालाई सम्बोधन गर्ने स्याङ्जा र बागलुङको गलकोटका लागि कात्तिक ३० गतेका लागि कार्यक्रम तह भएको माआवादीका एक नेताले बताए । यस अघि बाम गठबन्धनको लाल किल्ला बनाउने नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेले ‘सुनिल’ उद्घोष गरेका थिए ।
यसकारण बाबुराम भट्टराई गरिबका पक्षमा हुनुहुन्न !
अटल शर्मा/ निर्वाहमुखी खेती प्रणालीको अन्त्य गरेर हामी व्यावसायिक खेती तिर लाग्नुपर्दछ । यो बेला अलि कति साग, अलिकति मुला,चम्सुर, सुप, बकुल्ला, धनियाँ, गोलभेंडा वा अन्य जातका तरकारी, सागसब्जी उब्जाएर दिन कटाउने समय होइन । यो त ठूला ठूला फारमहरु खोलेर व्यावसायिक खेती गर्ने बेला हो । घरमा एउटा भैंसी, एउटा गाई पालन गर्ने होइन । फारमनै खोलेर गाई भैंसी पाल्नुपर्दछ । यसका लागि हाम्रो पार्टी यहाँहरुको साथ छ । हामी सहयोग गर्दछौं । गोरखा निर्वाचन क्षेत्र नं. २ मा अव बाबुराम भट्टराई आईसकेपछि केही हुन्छ । गोलाकार भित्रको हँसिया हथौडामा भोट दिएर हामीलाई जिताउनुहोस् । (रेकर्डबाट)” यो भनाई तत्कालिन नेकपा माओवादी केन्द्रका नेता डा. बाबुराम भट्टराईले पालुङटार स्थित भवानीमा.वि. नजिक रहेको चौतारामा बसेर भनिरहँदा साँच्चै गोरखा समृद्ध हुन्छभन्नेमा गोरखावासी विश्वस्त थिए । २्र०६४ साल चैत २८ गते निर्वाचन भयोउहाँ धेरै मत ल्याएर विजयी हुनुभयो । बाबुरामको योजना अनुसार गोरखाको देउराली, आरुटारमा गाईफारम खोलियो,भुसुण्डे खोलामा माछा फारम खोलियो, जिल्ला पशु सेवा कार्यालय र कृषि विकास कार्यालयबाट साना किसानहरुले पाउँदै आएका सिंगोटुक्रे योजनालाईफारम खोल्ने नाममा त्यही फारमहरुमा लगानी गर्न लगाईयो । समग्र किसानकोलागि ल्याएका योजनाहरु केही फारममा सिमित भए । बाबुरामले गोरखाको मध्य भाग भए बग्ने दरौंदी नदि जिल्लावासीलाई थाहैनदिएर विक्री गरेका छन् । यहाँ सञ्चालन हुने जलविद्युत योजनामा गोरखावासीले शेयर लगानी गर्न पाएका छैनन् । फलत यहीँबाट गोरखामा माओवादीमा दुई धार देखिन थाल्यो ।एउटा धार कर्मचारीतन्त्रलाई मिलाएर सहकारीका नामबाट योजना ल्याएर चल्न थाल्यो भने अर्को धार बास्तविक किसानका आवश्यकता पूरा गर्ने बजेट लिनुहुँदेन भन्ने पक्षमा देखियो । हाम्रा अर्थमन्त्रीले उठाएको कर हो भन्दै योजना माग्ने क्रम आधा दशक सम्म रह्यो । यसले गोरखाको माओवादीलाई चोइट्याइदियो । योजनाहरु माओवादीका सहकारीले हडप्न थालेपछि आफ्न पाखा पखेरामा खेती गरेर बसेका युवाहरु आश मारेर विदेश जाने क्रम बढ्यो । यसरी नेताको नजिकको मान्छे म हो भन्दै विदेश पठाउने क्रम बढ्यो, त्यतिबेलाका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका गोरखा अध्यक्ष र वाइसियल नेपालका जिल्ला अध्यक्ष युवाहरुलाई विदेश पठाएर कमिसन खाने गरेका थिए । म आफैले पनि उहाँहरुलाई यो खाडीमाआउन कमिसन दिएको छु । आज उहाँहरु कता हुनुहुन्छ मलाई थाहा छैन । पार्टीले थाहा पाएपछि उनीहरु आफुहरु बाबुराम विचार धारको भनि सुरक्षित भएका थिए रे । हजारौंका संख्यामा युवाहरु विदेश पलायन भएपछि गाउँमा रहेका खेती योग्य जमिन बाँझै रहे । बुहारीहरु शहर झरे , गाउँमा बुढाबुढी मात्रभए । यसका कारण नीति तथा नेतृत्वले जिम्मा लिनुपर्दछ की पर्दैन ? । थोरैखेती गरेर घरमा बाबु आमा पालेर बसेका युवाहरुलाई फर्म खोल्नुपर्दछ भनेर उत्साह दिए जस्तो गरी विदेश जान बाध्य पार्ने नेपालका नेता डा. बाबुरामभट्टराई हुन् । गाउँ गाउँमा सहकारी घरघरमा भकारी नाराले कति काम गरे ?आफ्नो विचार गाउँ गाउँमा लाद्नका लागि बाबुरामले सहकारी खोल्ने नाराचलाएका थिए भन्ने यतिबेला सावित भएको छ । खै गाउँका सस्तो सहकारीहरु ?आफु मातहत चल्ने समिति बने बजेट दिने नबने नदिने प्रवृति बाबुराममा थियो। यहाँका सचेत बामपन्थीहरुले सहकारीबाट जिल्ला कब्जा गर्ने बाबुरामकोनयाँ तरिकालाई सफल हुन दिएनन् । निर्वाचित भएपछि प्रत्येक महिना गोरखा आउने बचनबद्धता बाबुरामले गर्नुभएको थियो । भ्याएसम्म आउने नभ्याए धादिङको सिमाना घ्याल्चोक सम्मआएर भनेपनि फर्कने गर्नुभएको थियो । बाबुराम जिल्लामा आउनु राम्रो हो उहाँ आउँदा जाँदाको खर्च व्यवस्थापन गर्न पार्टीलाई चुनौती थियो । निर्वाहमुखि खेती प्रणालीबाट विस्तारै व्यवसायिक प्रणाली बनाउँदै देशलाई कृषिमा आत्मनिर्भर बनाउने र विदेशबाट आउने चामल रोकेर नेपाली रुपैयाँ स्वदेशमै राख्नका लागि पनि बाम गठबन्धनका जित अनिवार्य छ । सहकारीका आम्दानी पार्टी भित्रकै एक दुई जनाले परिचालन गर्ने पार्टीमाआएका नेता तथा पाहुनाहरुलाई स्वागत गर्दा मासिक खर्च बढेको बढ्यै । अर्थ मन्त्री पछि बाबुराम प्रधानमन्त्री हुनु भयो । जिल्लामा काम गरेर गएका पार्टीको क्षेत्रमा जिम्मा हुँदा भ्रष्टचारमा परेका मानिसहरु , बलत्कार मुद्धामा अल्झिएकाहरु पुनः बाबुराम धारमा पुग्नु भएछ । बाबुराम अर्थ मन्त्री हुँदा प्रचण्डको निर्देशनमा गोरखामा धेरै योजनाहरु आए । तिनै योजनाहरुको काम देखाउँदै यतिबेला बाबुराम गाउँमा भोट मागिरहनु भएको कुरा सु्नेको छु । उहाँ बाम गठबन्धनबाटै उठ्नु भएको छ भने त भोट माग्न सुहाउँछ यदि होइन भने त लाज लाग्नुपर्ने हो विद्वान मान्छेलाई । सबैथोक गर्छु भनेर तत्कालिन गोरखा दुईबाट चुनाव जिेतका बाबुराम ०७० मा गोरखा १ मा सुरक्षित अवतरण गर्नुभयो । उहाँको प्रतिवद्धता बमोजिम काम नभएपछि गोरखाको इलाका नं. ७ र ८ मा पार्टीको जनआधार कमजोर थियो । फेरी त्यही निर्वाचन क्षेत्रबाट उठ्दा बाबुराम पराजय हुने निश्चित थियो ।त्यसैले बलियो संगठन र प्रशासनिक क्षेत्रपनि यसै स्थानमा भएकाले गोरखा निर्वाचन क्षेत्र नं. १ रोजेर उठ्नुभयो र जित्नुभयो । चुनाव जितेपछि संविधानसभाबाट संविधान बनाउन ठूलो भूमिका खेल्नुभयो । संविधान घोषणा भएपछि आफैले बनाएको संविधान जलाउनुभयो । संसदबाट राजीनामा गर्नुभयो र नयाँ पार्टी खोल्नुभयो । गोरखा निर्वाचन क्षेत्र नं. १ का जनतालाईबाबुरामले आँखामा दिउँसै खुसार्नीको धुलो हालेर जानुभयो । फेरी देव्रेआँखा देखाउँदै भोट माग्न आई राख्नु भएको छ, विद्वानलाई के लाजशर्म ? बाबुराम अर्थमन्त्री भएपछिको पछिल्लो समयमा उहाँ जिल्ला विकासको परिषद उद्घाटन कार्यक्रममा उहाँले आफू भीमसेन थापा झै आत्महत्या गर्न तयार रहेको समेत बताउनुभयो । उहाँको यो भनाइपछि जिल्लामा बाबुरामलाई हेर्ने दृष्टिकोणमा कमजोर हुँदै गएको थियो । मैले यो सत्य कुरा लेखिरहँदा आज पार्टी भित्र रहेर राजनीति गरेको दुई दशक वितेको छ । गोरु पाल्न सकिएन एउटा हाते ट्याक्टर किन्देउ २५ हजार पर्दछ भनेर बुवाले भन्नु भएको धेरैसमय भैसक्यो मैले सकेको छैन । ठेक्का पट्टामा गुण्डागर्दी उनकै जिल्ला पार्टी अध्यक्ष अग्रपंक्तिमा छन् । पछिल्लो राजनैतिक समिकरणले उहाँलाई ठाउँ दिएपनि तिन दिन भित्र निर्णय फेर्नु भएका बाबुराम यतिबेला माओवादी देखे म पनि माओवादी भन्ने, काँग्रेस भेटे म पुरानो काँग्रेस अवको प्रधानमन्त्री र काँग्रेसको पार्टी सभापतिको दौडमा रहेको व्यक्ति भन्ने प्रवृति बढेको छ । बामलोकतान्त्रिक विचार कहिँ दुनियाँमा नभएको नयाँ विचार त हो तर यसले यहि गर्नुपर्छ भन्ने छैन आफूलाई जसरी फाईदा हुन्छ त्यहि गर्ने भन्ने देखिएको छ । क्षेत्र नं. २ को प्रदेश १ मा उठाइएका आँखोमा भोट दिनुपर्ने उम्मेदवारी वापती लागेका र आर्थिक भ्रष्टचार गरेर माओवादी छाडेका मानिस हुन् । बाबुराम जस्तो मानिसले यस्ता मान्छे बोकेरहिँड्न कसरी सुहाउँछ ? एउटा दलितकी छोरीसंग पारपाचुके गरेपछि उहाँलाईपार्टीले विवाह गरिदिएको थियो । काठमाण्डौ तमुवान गणतान्त्रिक मञ्चको अध्यक्ष हुँदा चन्दा संकलनको हिसाव देखाउन आलटाल गरेर उहाँ बाबुराम विचारधारमा लाग्नु भएको थियो । उहाँको परिवारमा भाउजु काण्ड गाउँमा निक्कै चर्चामा रहेको छ । यसले के देखाउँछ भने बाबुरामको नाम बाहिरबाटसुनेका र दैनिक जीवन व्यवहारमा नभोगेकाहरुले भोट दिनसक्छन् । त्यहि नै भोटले उहाँको विजययात्राको मत बन्ने देखिदैन बरु धरौटी जोगाउन सहयोग गर्न सक्छ । देशमा भूकम्प नगएको भए बाबुरामको पार्टी फस्टाउने थिएन । भूकम्पका समयमा आएका राहत समाग्रीहरु छलछाम गरेर वितरण गर्दै अभावमा रहेका माओवादी कार्यकर्ताहरुलाई बाबुरामले आफ्नो बनाएका थिए । नारायणकाजी श्रेष्ठ(प्रकाश) लाई जिल्ला नआएको , विकास नगरेको भन्ने आरोपबाबुरामकै मुखबाट सुन्न पाईन्छ । बाबुराम भन्दा नारायणकाजी दुईगुणा पटकगोरखा आउनुभएको छ । उहाँ सहभागि भएका स्थानका कार्यक्रमहरुमा धेरथोर बजेट समेत आउने गरेको थियो । एउटा प्राथमिक विद्यालयको रजत जयन्ती उद्घाटनकालागि बोलाएको विद्यालयमा कहिल्यै नपरेको बजेट पर्दा त्यहाँको समाज जिल्लापरेको थियो घ्याल्चोकमा । नारायणकाजीको लगानी गोरखामा बाबुरामको भन्दा कैयौं गुणा बढी छ । बाबुराम मिडियामा मैले गरेको हो, मैले गर्छु भन्नुहुन्छ । नारायणकाजी भित्र भित्र काम गर्नुहुन्छ । गोरखाबासीले यतिबेलानारायणकाजीलाई भावी प्रधानमन्त्रीको रुपमा समेत हेरेका छन् । किन दिन्छन् नारायाणकाजीलाई भोट ? (१) गोरखा जिल्लाले स्थिर सरकारको जिम्मेवार व्यक्ति पाउने चानचुने कुरा होइन । नारायणकाजी हाइ पोस्टमा रहने र त्यसलाई जिल्लाको समग्र विकासमा योगदान पुग्ने कुरामा गोरखावासी ढुक्क छन् । (२) बामपन्थी आन्दोलनमा नारायणकाजी अटल छन् । (३) गोरखा कम्युनिष्टहरुको किल्ला हो भन्ने साख राख्न । (४) स्थिर सरकार निर्माण गरी सम्मुन्नत र समृद्ध गोरखा निर्माण गर्न । (५) बाबुरामलाई दिए व्यक्तिगत नारायणकाजीलाई दिए संस्थागत । संस्था बलियो भयो भने व्यक्ति बलियो हुन्छ । व्यक्ति बलियो हुँदा अराजकता मौलाउँछ । (६) बाबुरामले गोरखाको मध्य भाग भए बग्ने दरौंदी नदि जिल्लावासीलाई थाहैनदिएर विक्री गरेका छन् । यहाँ सञ्चालन हुने जलविद्युत योजनामा गोरखावासीले शेयर लगानी गर्न पाएका छैनन् । बाबुरामका केही कार्यकर्ताहरुले जागिर पाएपनि अन्तत बाबुरामले गोरखाबासीलाई ठगी गरेका छन् । (७) बुढीगण्डकी जलविद्युत योजना लागु हुनेभएपछि जग्गा दलालहरु प्रयोग गरी धेरै जग्गा दलालका नाममा बनाई मुअब्जा बढाउन बाबुरामको निर्देशनमा आयोजनास्थलमा कार्यालय नै तोडफोड भएको छ । मुअब्जा पाउनेहरुलाई यहाँको विकास हेर्न त्यहि स्थानमा राख्नुको अलवा अन्यत्र लखेटेर त्यहाँ नयाँ बस्ती बसाल्न बाबुराम उद्धत छन् । यो कुरा थाहा पाएका त्यस क्षेत्रका नागरिकहरु बाबुरामको पक्षमा छैनन् । यति भनिरहँदा बाबुराम जस्ता विद्वान मानिसलाई हामीले गाली गर्नु हुँदैन । उहाँको प्रवृति खराव छ भने उहाँको पछि लाग्नु हामी गोरखावासीको बाध्यताहुँदैन । गोरखाको विकास बाबुरामले गरेका होइनन् यो सरकारी कार्यक्रम हो ।उहाँले आफ्नालाई ठेक्का पार्न दवाव दिने र श्रीमती लगाएर कमिसन उठाईकेहीलाई हात लिएर नयाँ पार्टी गठन गर्ने गर्नुभएको हो । नेपाली काँग्रेस,राप्रपा लगायका दलहरुले बाबुरामलाई समर्थन गर्नुमा अन्य स्थानमा नयाँशक्तिका भोटले उनीहरु पनि विजय बन्नु छ । बाबुरामले जितेपनि नारायणकाजीले जितेपनि ति पार्टीहरुलाई केही भिन्नता हुँदैन । बाबुरामले दिने एकदुईकार्टुन वियर र केही पैसामा आजका युवाहरु विक्छन जस्तो मलाई लाग्दैन ।जीवनभरी कमाई गर्नेहरु एउटा ओत लाग्ने ठाउँ बनाएर बस्न सकस छ । बाबुरामकामान्छे हुँ भन्नेहरु केही काम गरेको देखिदैन आँखै अगाडि टोपी खस्ने महल बनाएर बसेका छन् । बाबुरामको समृद्धि नारामा सिमित हुने हो । बाबुरामलेजिते भने गोरखालीले त दुख पाउँछन नै तर सिंगो देश भुमरीमा पर्दछ । उनी निर्वाहमुखि खेती प्रणाली, साना तथा मझौला उद्योगका विरोधी हुन् । ठूला आश्वासन देखाउने र बाध्यकारी बनाएर विदेश पठाउने त्यसबाट कार्यकर्तापंक्तीले कमिसन लिने र देश सञ्चालन गर्नेले रेमिट्यान्सबाट लाभ लिने चरित्र अहिलेसम्म देखिएको छ । यो बाबुरामले बनाएको नीति हो । नेपालको भौगोलिक, सामाजिक र आर्थिक अवस्था हेर्दा यहाँको विकास लागि बाबुरामको विचार अनुसारका योजनाहरु काम लाग्दैनन् । मैले यो सत्य कुरा लेखिरहँदा आज पार्टी भित्र रहेर राजनीति गरेको दुई दशक वितेको छ । गोरु पाल्न सकिएन एउटा हाते ट्याक्टर किन्देउ २५ हजार पर्दछ भनेर बुवाले भन्नु भएको धेरैसमय भैसक्यो मैले सकेको छैन । बाबुरामले निर्वाहमुखी खेती बन्द गर्नुस नभनेको भए आज मैले सुप, चम्सुर, धनियो देखि सबै सामग्री विदेशकै प्रयोगगर्नुपर्ने थिएन । आफूलाई चाहिने आफै उत्पादन आफैले गर्दथ्यें , केही विक्री गरी त्यसैबाट मैले हाते ट्याक्टर किन्न सक्थें । निर्वाहमुखि खेती प्रणालीबाट विस्तारै व्यवसायिक प्रणाली बनाउँदै देशलाई कृषिमा आत्मनिर्भर बनाउने र विदेशबाट आउने चामल रोकेर नेपाली रुपैयाँ स्वदेशमै राख्नका लागि पनि बाम गठबन्धनका जित अनिवार्य छ । आजको युगमा बाबुराम विचार, बाबुराम शैली प्रयोग हुन सक्दैन । यदि प्रयोग भईहाल्यो भने कैयौं वर्ष हामीहरुले दुख झेल्नुपर्दछ । गरिबका पक्षमा नरहेका बाबुरामलाई यो गोरखावासीले बाहिर राख्दछन् ।
एक दुलहा दुई दुलही: विवाहको कार्ड बन्यो भाइरल
इन्डोनेसियामा कानुनी रुपमा नै बहुविवाह गर्न छुट छ । तर, कुनै पुरुषले एकैपटक दुई जनासँग विवाह गरको भने पाइँदैन । तर, एक जना पुरुषले भने एकै पटक दुई जनासँग विवाह गरेर त्यसलाई चुनौति दिएका छन् । उनले आफ्नो दुईवटा दुलहीसँग तस्विर खिचाएर अनौठो विवाहको कार्ड छपाएका छन्, जुन सामाजिक सञ्जालमा भाइरल बनेको छ । इन्डोनेसियाको सामाजिक सञ्जालमा चर्चा कमाइरहेको उक्त कार्डबारे प्रतिक्रिया दिँदै प्रयोगकर्ताहरुले त्यसमा महिलाको बेइज्जत भएको टिप्पणी गरिरहेका छन् । रोचक कुरा, बहुविवाहको पक्षपातीहरु समेतले उक्त कार्डको आलोचना गरिरहेका छन् । दोस्रो विवाह गर्न मुस्लिम पुरुषले पहिले एउटा महिलासँग बसेर मात्र अर्को विवाह गर्नुपर्ने बताएका छन् । केहीले उनीहरुको विवाहको पहिलो रात कस्तो हुने हो भने मजाक उडाइरहेका छन् भने केहीले यसलाई ठट्टा भएको बताइरहेका छन् । इन्डोनेसियाको वेभसाइट डेइटिकले भने उक्त विवाहको कार्ड असली भएको पुष्टि गरेको छ । उक्त विवाह समारोह आयोजना हुने दक्षिणी सुमात्रामा रहेको तेलुक किजिङ नामक गाउँका मुखियासँग कुरा गरेर पत्रिका सो कुराको पुष्टि गरेको थियो । पान्सेर नाम गरेका ती मुखियाले आफैले उक्त कार्ड बनाएको बताउँदै सिन्ड्रा नाम गरेका युवकले आफ्ना दुई दुलहीसँग आगामी नोभेम्बर ५ र ८ मा विवाह गर्ने र ९ तारिखमा एउटा भव्य समारोहको आयोजना गर्ने जानकारी दिए । दुई दुलही मध्ये इन्डाह सोही गाउँको भएको र अर्की दुलही अर्कै गाउँको भएको पान्सेरले बताए । दुलहाले दुवै परिवारलाई यस अनौठो विवाहको जानकारी पनि दिइसकेको र दुवै परिवार यसमा राजी भएको पनि खुलासा गरे । उनले यसरी केही दिनको अन्तरालमा एक पुरुषले दुई विवाह गरेको पहिलो अवसर नभएको पनि बताए । ‘यसअघि पनि तीन पटक एउटा पुरुषले दुई जना महिलालाई केही दिनको अन्तरालमा विवाह गरेर एउटै समारोह आयोजना गरेका थिए,’ पत्रिकासँग कुरा गर्दै पान्सेलले भने । इन्डोनेसियाको बहुविवाह बारे समाचार बनेको यो महिना दोस्रो पटक हो । यसअघि बहुविवाहका लागि स्मार्टफोन एप बनाइएपछि उक्त समाचारले निकै चर्चा बटुलेको थियो । (राताेपाटीबाट साभार)
जीका भाइरसबाट मस्तिष्कको क्यान्सरकाे उपचार
भदाै २१ । जीका भाइरस मस्तिष्कको आक्रमक क्यान्सर उपचारमा प्रयोग गर्न सकिने बताइएको छ । अमेरिकाका अनुसन्धानकर्ताहरुले भ्रूणको मस्तिष्कमा आक्रमण गरेर माइक्रोसेफालीग्रस्त शिशु बनाइदिने जीका भाइरस मान्छेहरुमा हुने मस्तिष्क क्यान्सर उपचार गर्न प्रयोग गर्न सकिने बताएका छन्। अहिलेसम्म जीकालाई समाधानको उपाय होइन कि विश्वव्यापी स्वास्थ्य खतराका रुपमा मात्र हेर्ने गरिएको छ। तर पछिल्लो अनुसन्धानबाट जीका भाइरसले जवान मानिसहरुमा हुने मस्तिष्कको क्यान्सर उपचार गर्न सकिने देखाएको छ। मस्तिष्कको ‘ग्लीओब्लास्टोमाु क्यान्सर हुँदा तीब्र गतिमा बढ्ने ट्युमर केमोथेरापी र रेडियोथेरापीप्रति प्रतिरोधी भएकाले उपचार गर्न निकै मुस्किल रहँदै आएको छ। मुसामा परीक्षण मुसाहरुमा गरिएको प्रारम्भिक अध्ययनमा जीका भाइरसले ब्रेन क्यान्सर स्टेम सेललाई निशाना बनाएको छ जसले ट्युमर पुनस् पलाउनबाट रोक्छ। अहिलेसम्म मानिसहरुमा यो परीक्षण गरिएको छैन। जीका भाइरस मस्तिष्कमा जहाँ आवश्यक छ त्यहाँ नै राखिदिनुपर्ने बताइएको छ । ट्युमर फाल्न गरिने शल्यक्रियाका बेला जीका भाइरस मस्तिष्कमा राखिदिन सकिने ‘जर्नल अफ एक्सपेरिमेण्टल मेडिसिन’मा छापिएको लेखमा बताइएको छ । प्रयोगशालामा मानव कोषमाथि गरिएको परीक्षणमा जीका उपचार प्रभावकारी पाइएको बताइएको छ। त्यसले जवान मानिसको स्वस्थ्य मस्तिष्क कोषलाई आक्रमण नगरेको बताइएको छ। यूकेमा अनुसन्धान वाशिङटन युनिभर्सिटि स्कूल अफ मेडिसिन र युनिभर्सिटि अफ क्यालिफोर्निया स्यान डियागो स्कूल अफ मेडिसिन सम्बद्ध समूहले अतिरिक्त सावधानीकालागि जीका भाइरसमा केही परिवर्तन गरेर अहिलेको जीका भन्दा कम आक्रामक बनाउने उपाय खोजिरहेको बताएका छन्। उक्त समूहका एक अनुसन्धानकर्ता डा माइकल डायमण्डले भने, ‘जीका उपचार पद्धतिलाई अठार महिना जतिमा मानिसमा परीक्षण गर्न सकिएला।’ भाइरसको प्रयोगले क्यान्सर उपचार गर्ने भन्ने नयाँ विचार हो। क्याम्ब्रिज युनिभर्सिटि यूकेका वैज्ञानिकहरुले पनि जीकाबारे उस्तै परीक्षण शुरु गर्न लागेको बताएका छन्। क्यान्सर रिसर्च यूकेकी डा. क्याथरिन पीकवर्थले भनिन्, ‘यो पद्धतिले उपचार गर्न कठिन क्यान्सरको नयाँ उपचारको उपाय थपिन सक्छ।’ वीवीसी नेपाली सेवाबाट
देश बेच्न लागेको लेन्डुपहरुले बचाउँछन् गणतन्त्र ! महेन्द्र, बिपी र लेन्डुप
युवराज गौतम/ शिलालेख, ताम्रपत्र वा पुरातात्विक महŒवको अभिलेख धुलोले छोपिए पनि इतिहास हराउँदैन । भ्रम, दुष्प्रचार वा कुनै प्रायोजित हल्लाले सत्यको आकाशमा घनघटा छाउन सक्छ तर सत्य नै शाश्वत हुन्छ । युगीन हुन्छ । पात्रहरू मर्छन्, इतिहास कालजयी हुन्छ । राजा त्रिभुवनका छोरा राजा महेन्द्र र उनीपछि राजसिंहासनमा विराजमान वीरेन्द्र तथा ज्ञानेन्द्र जस्ता चार जना शासकसँग नाम जोडिएर आउँछ बिपी कोइरालाको । राजा त्रिभुवनका पालामा गृहमन्त्री र राजा महेन्द्रझैँ विश्वेश्वरप्रसाद कोइराला आज पनि सर्वाधिक उच्चारण गरिने एउटा बहुचर्चित नाम हो । २००७ सालमा त्रिभुवनका महिला नाति ज्ञानेन्द्र शाह राजगद्दीमा बस्दा मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइराला क्रान्तिको मैदानमा सक्रिय थिए । उनीहरू ज्ञानेन्द्रलाई राजा मान्ने पक्षमा थिएनन् । राणा–कांग्रेस संयुक्त सरकार बनेपछि मोहनशमशेरलाई प्रधानमन्त्री स्वीकार गरेर बिपी गृहमन्त्री भए । राजा महेन्द्रको शासनकालमा बिपी सात वर्ष थुनिए । राजा महेन्द्र र राजा वीरेन्द्रको राजनीतिक चिन्तनसँग असहमत थिए बिपी । तर उनले राजसंस्थाको विकल्प खोजेनन् किनभने उनको दल गणतन्त्रवादी थिएन । बिपीले आत्मवृत्तान्तमा धेरै तथ्य उजागर गरेका छन् । सन् १९४८ मा जन्मेको इजरायललाई नेपालले मान्यता दिएपछि इजिप्ट जस्ता अरब राष्ट्रहरूबाट आएको ठूलो दबाब नेपालले भोगेको थियो । भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले दिएको भोजमा आफूले इजरायलकी विदेशमन्त्री (पछि प्रधानमन्त्री भइन्) गोल्डा मेयरसँग पाकिस्तानी विदेशमन्त्री जुल्फिकर अलि भुट्टोको परिचय गराइदिएको कुरा बिपीले उल्लेख गरेका छन् । अमेरिकाका राष्ट्रपति राजा महेन्द्रको स्वागत गर्न विमानस्थलमै आउने र ब्रिटेनकी महारानीले रेल्वे स्टेसनमा उपस्थित भएर राजा महेन्द्रको स्वागत गरेको उच्चस्तरको कूटनीति अब दन्त्यकथा भइसकेको छ । इतिहास भन्छ–, सिम्सनको प्रेममा परेर ब्रिटेनका राजा एडवर्ड (आठौं) राजगद्दी त्यागेर हिँडिदिए । बिपीले त्यस्तै प्रसंग उठाएर लेखेका छन्– ‘राजा त्रिभुवनले इन्द्रराज्यलक्ष्मीदेवी (तत्कालीन युवराज महेन्द्रकी धर्मपत्नी) स्वर्गवास भएपछि राणा परिवारभन्दा बाहिर गएर अर्को विवाह गर्न छोरालाई सल्लाह दिएका थिए । त्यही विषयले बाबु÷छोराबीच मतभेद भयो । महेन्द्रले युवराजाधिराज पद त्याग्ने कुरासमेत गरे ।’ बिपीले त्यस्तो परिस्थितिमा राजा त्रिभुवन र युवराज महेन्द्रबीच सम्बन्ध सुधार्न प्रयत्न गरेको देखिन्छ । अर्थात् त्यसबेला राजदरबार र उच्च राजनीतिज्ञहरू एउटै परिवार जस्ता थिए । बिपीकी जेठी बुहारी सुषमा (राजनीतिज्ञ प्रकाश कोइरालाकी पत्नी) भन्छिन्– ‘हामी २०२७÷२८ सालतिर सपरिवार सारनाथमा बसेका थियौँ । २०२८ माघ १७ गते राजा महेन्द्रको स्वर्गवास भएको खबर आयो । सात÷आठ वर्ष बिपीलाई जेलमा राख्ने राजाको मृत्यु भएको खबर सुन्दा म दुःखी भइनँ । युवावस्था थियो मेरो । राजनीति धेरै बुझ्दिनथेँ । ससुरालाई मनमा लागेको कुरा प्याच्चै भनिदिएँ– ‘राजा मरेछन्, ठिकै भयो ।’ उहाँले चिन्तित र दुःखी स्वरमा सम्झाउँदै भन्नुभयो– ‘राजा महेन्द्र राष्ट्रवादी र असल राजा हुन् । मलाई थुनेका थिए, त्यो अर्कै कुरा हो । त्यस्ता राजाको मृत्यु नेपालका लागि ठूलो क्षति हो ।’ केही दिनअघि कोइराला निवासमा पंक्तिकारसँग कुराकानी गर्दै सुषमाले भनिन्– राजा महेन्द्र र बिपीका बारेमा नकारात्मक कुरामात्र प्रचारमा आयो । सत्य कुरा ओझेलमा परे, मिथ्या प्रचार धेरै भयो । बिपीपुत्र प्रकाश कोइराला राष्ट्रियता र प्रजातन्त्र दुवै कमजोर भएको विश्लेषण गर्छन् । नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक दल नेपाली कांग्रेस पथभ्रष्ट, दिग्भ्रमित र परमुखापेक्षी बन्दै गएको उनको विश्लेषण छ । प्रकाश बिपीपथमै छन् । गणतन्त्र गलत छ भन्छन् । तर बिपीको तस्बिरमा माल्यार्पण गर्ने र आफूलाई उनका नातागोता भएकामा गर्व गर्ने कतिपय कोइरालाले गणतन्त्रको ज्याकेट लगाएर बिपीको चिन्तन, आदर्श र मूल्यमान्यता चटक्क बिर्सेका छन् । प्रचण्डपथ भनेर माओवादीले ल्याएको गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको रक्षा गर्न कांंंग्रेसले माओवादीलाई कंगारुले बच्चा च्यापेझैँ थैलामा बोकेर दौडेको छ । वर्तमान सरकारको संरचना र भागबन्डा त्यसैको विद्रुप वा कुरूप दृश्य हो । यो कलाविहीन नाटकका लेखक, निर्देशक सबै विदेशी छन् तर रंगमञ्चमा देखिने पात्रहङको खल्तीमा नेपालको नागरिकता प्रमाणपत्र छ । विद्वान्हरूले शास्त्रका वचनलाई प्रमाण मान्दै तर्क गरेका छन्– ‘आफैँमा कोही कसैको मित्र वा शत्रु हुँदैन, व्यवहारले मित्रता र शत्रुता निर्धारण गर्छ ।’ भारतीय सरकारी नीति सनातन हिन्दु धर्म विरोधी भयो भन्दै धर्म निरपेक्षताका विरुद्ध निर्भिक ढंगले सम्पादकीय लेखेपछि टाइम्स अफ इन्डियाका सम्पादक गिरिलाल जैनलाई हटाइयो । सन् १९५० मा रिपोर्टर (सम्वाददाता) बनेर पत्रकारितामा प्रवेश गरेका जैनले सन् १९७८ देखि १९८८ सम्म सम्पादक भएर काम गरे । नेपाल–नीतिमा भारत स्पष्ट हुनुपर्छ भन्दै जैनले कैयन् लेख र सम्पादकीय लेखे । उनको चर्चित पुस्तक ‘इन्डिया मिट्स चाइना इन नेपाल’ (सन् १९५९) भारत, चीन र नेपालबीच कस्तो कूटनीतिक सन्तुलन हुनुपर्छ भन्ने तर्कमा आधारित छ । सन् १९६२ मा चीन र भारतीच युद्ध भएपछि नेपाल दक्षिण एसियाका नवोदित शक्तिहरूको रणनीतिक क्षेत्र बन्न पुग्यो । आज काठमाडौंँ पृथ्वीतलको एउटा महत्वपूर्ण रणनीतिक र सामरिक विन्दु बन्दै गएको छ । राजा महेन्द्र, माओ, नेहरु, बिपी आदिले पचास वर्षपहिले नै नेपालको भविष्यबारे विश्लेषण गरेका थिए । पं. जवाहरलाल नेहरुको ग्रन्थ ग्लिमसेज अफ वल्र्ड हिस्ट्रीमा उनले नेपाललाई कहिले पराधीन नभएको वीरभूमि भनेका छन् । राजनीति, कूटनीति, कर्मचारीतन्त्रलगायत प्रायः सबै क्षेत्र परावलम्वी बनिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्रता र गणतन्त्रमध्ये एउटामात्र रोज्नुपर्ने अवस्था देखिएको छ । संघीयता, धर्म निरपेक्षता र गणतन्त्रको रक्षा गरे पुग्छ भन्नेहरू राष्ट्रियता भनेको महत्वहीन हो भनिरहेका छन् । राष्ट्र नै संकटमा पुग्छ र राष्ट्रियता नै निष्प्राण बन्छ भने संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका करोडौं डलरका गहना लगाएर छम्छमी नाच्नुको के अर्थ हुन्छ भनेर तर्क गर्नेहरू लाखौँ छन् । बहुमत नै सत्य हुन्छ भन्ने तर्क सदैव सत्य हुँदैन । उदाहरण छेउमै छ, सन् १९७५ मा सिक्किमलाई भारतमा गाभ्ने षड्यन्त्रमा जनमत संग्रहको नाटक गरेर बहुमतकै नाममा एउटा स्वतन्त्र राष्ट्र पराधीन भएको थियो । राष्ट्र निल्ने प्रक्रिया ‘अप्रजातान्त्रिक’ थिएन किनभने त्यो जनमत संग्रह नै थियो । स्यामुअल हन्टिङ्टनले सभ्यताको रक्षा र पानीका लागि धेरै राष्ट्रमा लडाइँ हुन सक्छ भनेर ‘क्ल्यास अफ सिभिलाइजेसन’ पुस्तकमा सविस्तार व्याख्या गरेर साना र कमजोर राष्ट्रहरूलाई झस्काइदिएका छन् । भारतले नेपाल तराईका केही सीमित व्यक्तिलाई प्रयोग गरेर नवनागरिक र हिन्दीलाई माया गरेको देखिए पनि यथार्थ फरक छ । नेपालबाट तराई टुक्र्याउन सफल भएमा सप्तकोशी, सप्तगण्डकी, कर्णाली र महाकाली जस्ता पानीको अजस्र स्रोतको बेरोकटोक सदुपयोग गर्न सकिन्थ्यो भन्ने उसको बुझाइ छ । नेपाल दरवारले यस्ता विषयमा राष्ट्रिय हितको मात्र कुरा गरेर भाँजो हालेको भन्दै नेपालमा आफ्ना मानिसमार्फत शासन गर्न गणतन्त्र ल्याइयो । पश्चिमा शक्तिराष्ट्रहरूले क्रिश्चियन धर्म फैलाउन धर्म निरपेक्ष घोषणा गर्न बाध्य बनाए । नेपाली एकताबद्ध भए भने विदेशीको योजना सफल हुँदैन भन्ने अध्ययन गरेर संघीयता नामको विभाजनकारी प्रज्ज्वलनशील पदार्थ भित्र्याइयो । दुष्परिणामहरू देखिँदैछन् । पूर्वकानुन सचिव मोहन बन्जाडेले चीनको दबाबमा नेपालमा एउटा संविधान गायव पारिएको खुलासा गरेका छन् । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा चौधवटा प्रदेश (प्रान्त) बनाएर रणमैदानका रूपमा विकसित गराउने पश्चिमाहरूको गुप्त योजनाअनुसार पहिलो संविधानसभाले त्यस्तो संविधान जारी गर्ने षड्यन्त्र थियो । तत्कालीन राष्ट्रपति रामवरण यादवलाई समेत सुइँको नदिएर सभामुख सुवास नेम्वाङ, कृष्ण सिटौलालगायतका पात्रहरूमार्फत त्यो सबै गृहकार्य गरिएको उच्चपदस्थ कर्मचारी बताउँछन् । चीनले कडा स्वरमा विरोध जनाउँदै नेपाल–चीन सिमानामा आगो लगाउने त्यस्तो संविधान ल्याइएमा मौन नबस्ने संकेत दियो । अन्त्यमा, तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई त्यो राष्ट्रघाती योजनामा असफल भए । राष्ट्रपति रामवरण यादवले समेत सर्सर्ती पढ्न नपाएको त्यो रहस्यमय संविधानमा के के थियो त ? कानुनविद्, संविधानविद्, लेखक, विश्लेषक सबैका निमित्त त्यो जिज्ञासाको विषय बनेको छ । ‘देखिजान्ने, सुनिजान्ने किनाराका साक्षी’ बस्दै आएका अधिकांश सांसदले वर्तमान संविधानको पेटबोलीमा के छ भन्ने पनि राम्ररी बुझेका छैनन् । समानुपातिक (समानपातकी ?) र चन्दामार्गबाट संसद्मा प्रवेश गरेका धनमाया र धनबहादुरहरूलाई झन् के थाहा ! त्यसैले, नेपाली राजनीतिमा जो आफूलाई शेर (सिंह) ठान्छन्, उनीहरू सर्कसका रिङ मास्टरको कोर्राबाट निर्देशित छन् । हालै दिल्लीमा नेपालका प्रधानमन्त्रीले गृहकार्य (होमवर्क) नबुझाउने विद्यार्थीले झैँ ‘अर्कोपल्ट संविधान संशोधन गन्र्या हुँ सर’ भनेर संविधानको स्वामी विदेशी नै हुन् भन्ने स्पस्ट पारिदिए । त्यसैले नेपाली राजनीति स्वचालित छैन भन्ने स्पस्ट भइसकेको छ । यहाँ देखिएका पार्टी मुख्यालयहरू शाखा÷प्रशाखा हुन् भन्ने स्पस्ट हुँदैछ । सिद्धान्त, नैतिकता, आदर्श, चरित्र वा दर्शन नभए पनि राजनीतिक दल चल्छ नेपालमा । त्यसैले सत्ता पाउँदा संविधान ‘उत्कृष्ट’ र नपाउँदा त्यही संविधानलाई ‘निकृष्ट’ ठान्ने घोर अवसरवादी र अराजनीतिक चरित्र विकसित हुँदैछ । राजा महेन्द्र र बिपीको वचन बिर्सेर लेन्डुपवादी भइसकेका कतिपय दललाई भरोसा गरिरहने हो भने राष्ट्रको पतन निश्चित छ । जनता बनेर स्वतन्त्र विचार राख्न डराउने बरु दलको कार्यकर्ता भएर राष्ट्रघातको समर्थन गर्ने प्रवृत्तिले बौद्धिक वर्गलाई पनि दास बनाएको छ । यो समस्या ‘ठूला’ दलमा झन् घातक बन्दै गएको देखिन्छ । दार्चुलाको टिङ्कर, बझाङको तानाराकोट धुली, हुम्लाको मुचु, मुगुको मुगुगाउँ, डोल्पाको छार्का भोट, मनाङको थोराङ् भन्ज्याङ, मुस्ताङको कैसाङ, गोर्खाको अठारसय खोला र लार्के भन्ज्याङ, रसुवाको रसुवागढी र सोम्दाङ, सिन्धुपाल्चोकको तातोपानी–कोदारी, दोलखाको लामा बगर, संखुवासभाको चेपुवा घाँटी, ताप्लेजुङको ओलाङचुङगोला, सोलुखुम्बुको नाम्चे र च्याल्सा, पाँचथरको च्याङ्थापु आदि ठाउँमा २००९ साल जेठ २७ गतेदेखि भारतीय सेना बसे । राजा महेन्द्रको शासनकालमा २०२६ सालमा ती सैनिक हटाइयो । चीन र भारतबीच प्रत्यक्ष–अप्रत्यक्ष÷पमा देखिएको तनाव र बाह्य शक्तिको प्रभावले नेपालमा राजनीतिक अस्थिरता बढ्दैछ । राष्ट्रिय सुरक्षामा धेरै चुनौती थपिँदै गएका छन् । चीन, भारत, अमेरिका र युरोपको चिन्ता गर्ने नेपालका अधिकांश अग्रगामीहरू राष्ट्रवादको वकालत गर्नेहरूलाई महेन्द्रीय (?) राष्ट्रवादका पक्षधर ‘प्रतिगामी’ ठान्छन् । राजा महेन्द्र र बिपीजस्ता व्यक्तित्वलाई अपमानित गरेर घरघरमा र दलदलमा लेन्डुप जन्माउन धेरै गैरसरकारी संस्था प्रसूति गृहका रूपमा खुलेका छन् । त्यसैले सत्यवादीहरूलाई दमन गरेर उनीहरूलाई कुल्चिरहने जुन पद्धति स्थापना गर्न खोजिँदैछ, गणतन्त्रको भेषमा त्यो लेन्डुपतन्त्र नै हो । साम्राज्यवाद र विस्तारवादको नयाँ संस्करणमात्र हो । शक्तिको खेलमा जनताले अल्छी, योजनाहीन, कायर, लोभी, विवेकहीन र दिग्भ्रमितलाई समर्थन गर्दैनन् । राजनीतिशास्त्र भन्छ– ‘जनताले पनि आफ्नो स्वार्थ हेर्छन् ।’ राष्ट्र नै बचाउन नसक्नेहरूले सत्ता सञ्चालन गर्दा एकदिन जनता शरणार्थी बन्ने अवस्था आउन सक्छ । आठौँ शताब्दीका चीनका प्रसिद्ध दार्शनिक र कवि डु फु भन्छन्– भेडाको बथान केही कुकुर र गोठालाको नियन्त्रणमा हुन्छ । त्यसैले उनीहरूलाई वशमा राख । सबै भेडालाई घाँस खुवाएर खुसी पार्ने प्रयास नगर । घोडा चढेर लुट्न आउने डाँकालाई पक्रनु छ भने बन्दूकले घोडालाई ढाल । नाइकेहरूलाई आशा र त्रासको बन्धनमा राख ।’ विदेशी षड्यन्त्रकारीले नेपाली राजनीति र कूटनीतिमा त्यस्तै नीति लिएका छन् । त्यसैले उनीहरू महेन्द्र र बिपी जस्ता राजनेतालाई अपमान गर्छन् । लेन्डुपहरूलाई महिमामण्डित तुल्याउँछन् र भन्छन्– यिनैले बचाउँछन् गणतन्त्र । -नागरिकबाट
शक्तिशाली माओबादी केन्द्र बनाऊ
जनयुद्व थालनी गर्नु केहि समय अघिबाट पार्टीको नाम नेकपा९माओबादी राख्दै प्रचण्डको नेतृत्वमा २०५२ फागुन १ गतेबाट नेपालमा महान् जनयुद्वको शुरुवात भएको थियो । राज्यको भेदभावपूर्ण ब्याबाहार, थिचोमिचो, अन्याय, अत्याचार र सामन्तीबर्गको जन्जिरबाट जनतालाई मुक्त गराउन तरवारको धारमाथिको यात्रा माओबादी नेताहरुले गरेका थिए । सिमित ब्यक्तिहरु बाट शुरु गरिएको जनयुद्वले आठ बर्षको अबधिमा अन्ततः जनताको मन जित्दै विशाल रुप लियो । माओबादी जनयुद्वले नेपालमा ठुलो परिवर्तन ल्याईदियो । हुनत जनयुद्वमा सबै सकारात्मक काम मात्र भएनन् कतिको सिउदो पुछियो, कतिको काख रितियो त कति बेसहारा बने, कति बिस्थापित समेत बने । त्यो युद्वको एक पाटो थियो । ऐतिहासिक राजनीतिक घटनाक्रम सम्झँदा नेपालबाट राणाशासन हटाउनमा काङ्ग्रेसको देन छ । त्यस पश्चात् राजतन्त्र हटाउन माओबादी ले कठोर संघर्ष गरेको ईतिहास पनि हाम्रासामु ताजै छ । तर, जति नकारात्मक कार्यहरु भए त्यस भन्दा बढि सकारात्मक काम पनि भए । एक किसिमले भन्ने हो भने जनयुद्वले राजनीतिक रुपमा जनताको चेतनास्तरलाई धेरै माथि उठाईदियो । त्यसैको फलस्वरुप राज्यको भेदभावपूर्ण ब्याबाहार बिरुद्व जनताले आवाज उठाउन सक्ने भए । त्यसै कारण तिनै जनताहरु जाग्दा नेपालबाट बिधिवत् २४० बर्ष अघिदेखिको सामन्ति राजनत्त्रिय शासनको अन्त्य हुन पुगेको हो । ऐतिहासिक राजनीतिक घटनाक्रम सम्झँदा नेपालबाट राणाशासन हटाउनमा काङ्ग्रेसको देन छ । त्यस ईतिहासलाई हामिले भुल्नु हुदैन । त्यस पश्चात् राजतन्त्र हटाउन माओबादी ले कठोर संघर्ष गरेको ईतिहास पनि हाम्रासामु ताजै छ । केदारनाथ नेपाल प्रत्येक दशकमा नेपालमा सानाठुला राजनीतिक घटना र परिवर्तन भएका छन् । तर दुई ठुला मानिने २००७ र ६२र६३ सालको परिवर्तनमा दुई ठुला दल काङ्ग्रेस र माओबादीकै भूमिका मुख्य रहेको देखिन्छ । हुनत यो लेख लेखिरहदा मलाई काङ्ग्रेस या माओबादीको कार्यकर्ताको आरोप लाग्ला । लगाउन पाईन्छ, लगाउनुहोस् तर म कुनै पनि पार्टीमा आवद्व नरहेको कुरा पनि स्पस्ट पार्न चाहान्छु । किनकी यस लेख मार्फत मैले नेपाली राजनीतिमा महत्वपूर्ण ईतिहास कोरेको माओबादीलाई उसको भबिष्यलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने सुझाव दिन चाहेको छु । कुनैपनि राजनीतिक दल विभाजित हुनु पक्कै पनि देशको लागि शुभ संकेत होईन । हुनत नेपालका कुनैपनि पुराना राजनीतिक दल फुटको शिकार हुनबाट जोगिएका छैनन् । कांग्रेस बिभाजित भयो । एमाले पनि बिभाजित भएकै हो । अन्य साना दलपनि टुक्रा टुक्रामा बीभाजित छन् । काङ्ग्रेस ( एमालेहरु बिभाजित भएको केहि समय पश्चात् पुनः एक भए । तर, माओबादी जत्तिको टुक्रा टुक्रा भएर उनिहरु बिभाजित भएनन् । साँच्चै भन्ने हो भने अहिले माओबादी र किटको कराई पर्यायवाची बन्न पुगेको जस्तो अनुभव हुदैछ पङ्तिकारलाई । कांग्रेस बिभाजित भयो । एमाले पनि बिभाजित भएकै हो । अन्य साना दलपनि टुक्रा टुक्रामा बीभाजित छन् । काङ्ग्रेस ( एमालेहरु बिभाजित भएको केहि समय पश्चात् पुनः एक भए । तर, माओबादी जत्तिको टुक्रा टुक्रा भएर उनिहरु बिभाजित भएनन् । बैशाख ३१ र आसार १४ गते दुई चरणको निर्वाचन सम्पन्न हुदा माओबादी एकदमै कमजोर स्थीतिमा देखा पर्यो । कतिपय स्थानमा झिनो मतले दोश्रो स्थानमा चित्त बुझाउ बाध्य भयो । नेताहरु ब्यक्तिगत स्वार्थमा चुर्लुम्म भएको कारण पनि कतिपय स्थानमा माओबादी पराजित भएको देखियो । कतिपय स्थानमा अन्तरघात पनि भएको भन्ने सुनियो । अवसरवादी र अन्तरघातिलाई बेलैमा पहिचान गरेर कारबाहिको दायरामा ल्याउन नेतृत्वले ढिला गर्नु पर्छ । भर्खरै माओबादी केन्द्रको भातृसँगठन वाईसियल नेपालको अधिवेशन सम्पन्न भयो । पहिलोपटक वाईसियलले एक होनाहार, बौद्धिक, शालिन , कुशल र सक्षम ब्यक्तिको नेतृत्व पाएको छ। त्यस्तै, विद्यार्थी भातृसँगठन क्रान्तिकारीको सम्मेलन सुरु हुदैछ । आशा गरौ वाईसियलले जस्तै क्रान्तिकारीले पनि सक्षम नेतृत्व पाओस् । शान्तिप्रकृयामा आएपश्चात् माओबादीले वाईसियल गठन गर्दा अन्य दलहरु अताल्लिएका थिए । वाईसियलले मजदुरहरुको पक्षमा काम गरेको थियो । वाईसियलकै कारण कयौ मजदुरले आफुलाई राहत महसुस गरेका थिए । त्यसैकारण पनि अन्य दलले अनावश्यकरुपमा वाईसियल बिगठनको माग गर्दै त्यसलाई राष्ट्रिय बहसको बिषय समेत बनाए । अन्य दलको दबाब नेतृत्वमाथी पर्यो । त्यस पश्चात् माओबादीले वाईसियललाई निस्कृय बनायो त्यसैकारण पनि माओबादी केहि कमजोर बन्न पुगेको सत्य हाम्रासामु छ । माओबादीले सरकारमा रहँदा या प्रतिपक्षमा रहँदा होस् , आफुले गरेको सकारात्मक कामको प्रचार गर्न सकेन । त्यो उसको सबैभन्दा ठुलो कमजोरी हो । अब आफ्ना भातृसँगठनलाई सक्रिय बनाएर सकारात्मक कामको प्रचार र नकारात्मक कार्यको खबरदारी गराउनबाट नेतृत्व चुक्नु हुदैन भन्ने पङ्तिकारको बुझाई छ । माओबादीले सरकारमा रहँदा या प्रतिपक्षमा रहँदा होस् , आफुले गरेको सकारात्मक कामको प्रचार गर्न सकेन । त्यो उसको सबैभन्दा ठुलो कमजोरी हो । माओबादी भित्र एउटा ठुलो समस्या छ । एकले अर्काको अस्तित्व स्वीकार गर्न नसक्नु । हुनत माओबादीभित्र एउटा धारले मिडियामा बोल्दा स्वतन्त्र ब्यक्तिले बोलेजस्तो बोलिदिन्छन् । पार्टी हितलाई भन्दापनि कसरी बिपक्षीलाई खुशी राख्ने भन्नेमै तल्लीन देखिन्छन् उनिहरु । तिनिहरुसँग नेतृत्व सधै चनाखो रहनुपर्छ । जसको कारण कुनैपनि बेला पार्टीले ठुलो क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ । शान्तिप्रकृयामा आएपश्चात् बिभिन्न टुक्रामा बीभाजित भैसकेका माओबादी नेताहरु बिस्तारै एक हुदैछन् भन्ने उदाहरण हो, नयाँशक्तिबाट भर्खरै फर्किएका देवेन्द्र पौडेल लगायायतका नेताहरु । हिजो एक हुदा जितेकै थियो माओबादीले । अब पनि एक भए वा आफ्ना भातृसँगठनलाई सहि किसिमले परिचालन गरे अवश्य जित्नेछ । एजेण्डामा त माओबादीले जितिसकेको छ । हिजो संघियतालाई बाख्राको टाउकोमा भैसीको सिङ र गणतन्त्रलाई बयलगाडा भन्नेहरुले दुबैलाई स्वीकार गर्नुले नै माओबादी एजेण्डाको जित भएको प्रष्ट हुन्छ । बेला बेलामा माओबादी पार्टीहरुबिच पार्टी एकताको विषयले पनि चर्चा पाउदै आएको छ । तर, पर्याप्त गृहकार्य बिना चलाईएको हल्लाको कारण पार्टी एकिकरण सफल हुन सकेको देखिदैन । पहिले सांगठनिक संरचनामा कुरा मिल्नुपर्यो, त्यो भन्दा महत्वपूर्ण विषय भनेको सैद्धान्तिक रुपमा सबै माओबादी स्पस्ट हुनुपर्यो अनि मात्र एकिकरण सम्भब देखिन्छ । सैद्धान्तिक स्पस्टता र सांगठनिक संरचनाको सुढृडिकरण गरेर मात्र एकताको बहस चलाए त्यो पक्कै सफल हुनेछ । नत्र, जतिपटक हल्लाको पछाडि दौडिएपनि केही हुनेवाला छैन । बेला बेलामा माओबादी पार्टीहरुबिच पार्टी एकताको विषयले पनि चर्चा पाउदै आएको छ । तर, पर्याप्त गृहकार्य बिना चलाईएको हल्लाको कारण पार्टी एकिकरण सफल हुन सकेको देखिदैन । इतिहास सच्याउन त सकिदैन तर समिक्षा गरेर अघि बढ्न भने पक्कै पनि सकिन्छ । त्यसैले, अब माओबादी नेतृत्वले हिजोका आफ्ना कमि कमजोरी सच्याई सबै माओबादी पार्टीबिच एकता गरेर वा आफ्ना भातृसँगठनलाई सशक्त रुपमा परिचालन गरेर अघि बढ्नुको विकल्प छैन ।