आज कतिमा कारोबार भइरहेको छ सुनचाँदी ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत रहेको छ ।

बिहीबार बजारमा छापावाल सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि बजारमा सुन प्रतितोला मूल्य ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बिहीबार तेजावी सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि सुन प्रतितोला मूल्य ५५ हजार ३०० रुपैयाँर्मै कारोबार भइरहेको छ ।

त्यस्तै, बिहीबार बजारमा चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला मूल्य ७१५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

शिक्षकलाई अब मासिक रुपमा तलब

दोलखा, जेठ २० । चौमासिक तलब बुझ्दै आएका शिक्षकले अब आउँदो आर्थिक वर्षदेखि मासिक रुपमा तलब पाउने भएका छन् । नेपाल शिक्षक महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरक्षेत्रमा कार्यरत शिक्षकलाई मासिक रुपमा तलब दिने घोषणा गर्नुभयो । गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने जानकारी गराउँदै उहाँले सम्पूर्ण सेवा सुविधा प्रदान गर्न नगरपालिका तयार रहेको बताउनुभयो । प्रमुख केसीले बालकक्षामा अध्यापन गराउने शिक्षकलाई विद्यालय पोशाक खरिदमा केही रकम सहयोग गर्ने र बालकक्षामा पढ्ने बालबालिकालाई दिवा खाजाको समेत व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । विद्यालय पोशाक एकरुपता अभियानमा सरकारी विद्यालयमा अध्यापन गर्ने प्रथामिक तहका सबै विद्यार्थीलाई ट्र्याकसुट खरिद गर्दा रु ३० लाख खर्च भएको बताउँदै उहाँले नगरभित्रका १० विद्यालयमा विद्यार्थी संख्या अत्यन्तै न्यून रहेकाले त्यस्ता विद्यालयलाई तत्कालै एकआपसमा गाभ्ने (मर्ज) कार्य पनि अन्तिम चरणमा पुगेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मर्ज हुँदा केही शिक्षकलाई घरपायक केहीलाई टाढा पर्न सक्छ, यसमा सबैले चित्त बुझाउनु पर्छ ।” नेपाल शिक्षक महासंघ भीमेश्वर नगरपालिकाका अध्यक्ष बालकृष्ण दाहाल, सहअध्यक्ष इन्द्रकुमार बस्नेत र सचिव ध्रुव सापकोटाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा शिक्षकका पेशागत हकअधिकार सुरक्षित गर्दै शैक्षिक गतिविधि चुस्त दुरुस्त र प्रभावकारी बनाउन २८ बुँदे माग पेश गरिएको छ ।

भुकम्पबाट अभिभावक गुमाएकी प्रतिभाको अभिभावक बने श्रीहरि

काठमाडौं । राष्ट्रिय अभियान नै चलाएर सुरु गरिएको यस बर्षको शैक्षिक सत्रअन्तर्गतको नयाँ भर्ना अभियानले गति लिन थालेको छ । विद्यालय जानबाट वञ्चित मुलुकभरका झन्डै तीन लाख बिद्यार्थीलाई लक्षित गरी ल्याइएको यस अभियानले सरकारी विद्यालयमा नयाँ विद्यार्थीको चाप देखिन थालेको हो । यसै अभियानलाई निरन्तरता दिदै काठमाडौं चन्द्रगिरी स्थित प्रभात माध्यमिक बिधालयमा पनि नयाँ भर्ना सुरु भएको छ । सो अवसरमा काठमाडौं जिल्ला शिक्षा अधिकारी प्रकाश सापकोटाले सुप्रिया परियारलाई माध्यमिक तहसम्मको सम्पूर्ण पढाई खर्च ब्यहोर्दै अभिभाबकत्त्व ग्रहण गरेका थिए । साथै नयाँ भर्ना अभियानलार्इ सार्थकता दिन र हरेक बालबालिकालाई विद्यालय शिक्षाको पहुँचसम्म पुराउन जिल्ला शिक्षा कार्यालय कटिबद्ध रहेको अधिकारीले बताए । सोही अवसरमा नेकपा एमालेका जिल्ला सदस्य तथा चन्द्रगिरि नगर संयोजक प्रलाहद बहादुर कार्कीले स्थानिय अनिल श्रेष्ठको सम्पूर्ण पढाई खर्च ब्यहोर्दै अभिभाबकत्त्व ग्रहण गरेका थिए भने सोही विद्यालयमा अध्ययन गरेका संचारकर्मी श्रीहरि थापाले भुकम्पबाट अभिभाबक गुमाएकी छात्रा प्रतिभा भण्डारीको माध्यमिक तह सम्मको सम्पूर्ण पढाई खर्च ब्यहोर्ने गरी अभिभावकत्त्व ग्रहण गरेका थिए ।

इन्सपेक्टरसहित तीन प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं, वैशाख १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकारणमा पक्राउ परेका सशस्त्र प्रहरी बलका इन्सपेक्टरसहित तीन प्रहरीविरुद्ध मुद्दा दायर भएको छ। आयोगले सोमबार बिशेष अदालतमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो। इन्सपेक्टर काले बम्जन र जवानद्वय ठाकुर खत्री र नवीन खड्कालाई आयोगको टोलीले २५ हजार घुससहित पक्राउ गरेको थियो। भारतीय नम्बर प्लेटको गाडी छुटाइदिने भन्दै उनीहरुले घुस लिएका थिए। सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीमा कार्यरत इन्सपेक्टर बम्जनको घटनामा संलग्ता देखिएपछि उनलाई समेत नियन्त्रणमा लिई मुद्दा दायर गरिएको आयोगका प्रवक्ता दीर्घराज मैनालीले बताए।

न्यायको खोजीमा सेनाद्वारा सामूहिक बलात्कारमा परेकी पीड़ित

गरिब परिवारमा जन्मिकी उनलाई तत्कालीन विद्रोही समूहले सजिलै माओवादी आन्दोलनमा भिँडाए । सानैदेखि नाचगानमा रुचि राख्ने एक किशोरीलाई माओवादी आन्दोलनताका सांस्कृतिक कार्यक्रममा नाच्ने जिम्मेवारी दिए । हतियार बोकेर एक ठाउँबाट अर्को ठाउँमा लैजाने काम पनि गर्थिन् । कांतिपुर दैनिकमा फ़ातिमा बनु को फ़ीचर लेखमा अगाडि उल्लेख छ- एक रात सेनाले उनलाई सुतकै अवस्थामा लछारपछार पारेर खेतको आलीमा लगे । माओवादीमा किन लागिस् भन्दै कुटे । उनी भन्छिन्, ‘कुकुर लगाएर मलाई सेनाहरूले सामूहिक बलात्कार गरे, बन्धक बनाएर सेनाकै ब्यारेकमा थुने ।’ सेनाको बन्धकबाट २८ दिनपछि फुत्किएकी उनी अहिले पनि ब्यारेक देख्नेबित्तिकै तर्सन्छिन् । सामान्य जीवनयानपन गर्न उनलाई अप्ठेरो छ, आफैं पकाएरसमेत खान सक्दिनन् । उनी भन्छिन्, ‘मलाई बलात्कार गर्नेमाथि राज्यले कहिले कारबाही गर्छ ? सेनाले दिएका शारीरिक र मानसिक घाउको उपचार खर्च मैले कहिले पाउने ?’ सशस्त्र द्वन्द्वका बेला भएका यौन हिंसाका घटनाले अहिले पनि धेरै महिलालाई शारीरिक र मानसिक रूपमा पिरोलिरहेको छ । सामाजिक लाञ्छना लाग्ने डरका कारण त्यस्ता घटनाबारे उनीहरू खुुल्न पनि सकेका छैनन् । द्वन्द्वकालमा बलात्कार भएकै कारण एक महिला घरबाट निकालिएकी छन् । बजारबाट घर आउँदा बाटामा उनलाई तत्कालीन विद्रोही समूहले बन्धक बनाएर लगे । एउटै कोठामा थुनेर दैनिक बलात्कार गर्ने गरेको उनले सुनाइन् ।‘ रगताम्य हुने गरी मेरो शरीर लुछ्थे, म कहिले होसमा कहिले बेहोसमा,’ उनले भनिन् । द्वन्द्वकालपश्चात उनको बिहे भयो । छोटो समयमै श्रीमान्ले विगतबारे थाहा पाए । बलात्कार भएकै कारण दुई महिनाकी सुत्केरी छँदा उनलाई घरनिकाला गरियो । परिवारको हेलाकै कारण उनले आत्महत्या प्रयाससमेत गरेको बताइन् । ‘बलात्कार हुनुमा मेरो के दोष ? म आत्मसम्मानसहित बाँच्न चाहन्छु,’ उनी भन्छिन्, ‘बलात्कार भएकै कारण मलाई कसैले स्विकार्दैन, राज्यले दोषी खोजेर कारबाही गरेको दिन मलाई शान्ति मिल्छ ।’ द्वन्द्वका बेला महिला र बालिकामाथि भएका यौनहिंसा, बलात्कार र यातनाका घटनालाई सरकारले सम्बोधन गर्न सकेको छैन । कति पीडितसँग त बलात्कार र यौनहिंसाको प्रमाण पनि छैन, पीडितको बोली मात्रलाई राज्यले प्रमाण मानेको छैन । बलात्कारबाट जन्मिएका बालबालिका नागरिकताविहीन छन् । नागरिकता नभएकै कारण उनीहरू शिक्षा र रोजागारबाट वञ्चित भएका छन, समाजबाट घृणा र अपहेलना सहन बाध्य छन् । त्यति बेलाका यौनहिंसाका घटनाहरू तथ्यांकमा पनि आउन सकेका छैनन् । न त पीडितले उजुरी र छानबिनपश्चात् गोपनीयताको सुनिश्चितता हुने व्यवस्था बन्न सकेको छ । गोपनीयतामा ढुक्क हुन नसक्दा पीडित उजुरी गर्न डराउँछन् । औपचारिक द्वन्द्व सकिए पनि पीडितहरू आफ्नै घरसमाज र थप लाञ्छना र हिंसा खेप्न बाध्य छन्, घटना हुनुमा उनीहरूलाई नै दोषी मान्ने सामाजिक प्रवृत्ति छ । बलात्कारमा परेकालाई समाजले नकारात्मक दृष्टिकोणले हेर्ने, विभेद गर्ने भइरहेको छ । विभेदकै कारण उनीहरू थाकथलोबाट विस्तापित हुन बाध्य छन् । कतिपय पीडितहरू कुटाइ र मानसिक यातनाको कुरा गरिरहँदा यौनहिंसाबारे बोल्न चाहँदैनन्, यसबारे बोल्दा समाजले दुव्र्यवहार गर्ने डर जो छ । लामो सयसम्म न्यायको अनुभूति गर्न नपाउँदा उनीहरूमा बारम्बार आत्महत्याको प्रयास गर्ने, घटना सम्झेर बेहोस हुने, हिनताबोध गर्नेजस्ता पीडा खेपिरहेका छन् । बोल्नुको साटो आर्थिक अभाव, स्वास्थ्य र मानसिक समस्या भोगेर बसिरहेका छन् । उनीहरूलाई तत्काल उपचार, परामर्श र रोजगारीको आवश्यकता छ । बेपत्ता तथा छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक भन्छन्, ‘द्वन्द्व सकिए पनि उनीहरूको पीडा अझै बाँकी छ, यसले देशमा दिगो शान्ति स्थापित हुन दिँदैन ।’ द्वन्द्वका यौनहिंसा सम्बोधन गर्ने खालको कानुन नबन्दा पिडकलाई कारबाहीको दायरामा ल्याउन नसकिएको उनले बताए । सत्यनिरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ भन्छन्, ‘यौनहिंसा पीडितको पहिचान खुल्दैन, पहिचानबिना अनुसन्धान गर्न अप्ठेरो छ ।’ आयोगमा द्वन्द्वसम्बन्धी ६५ हजार उजुरी परेका छन् । त्यसमध्ये यौनजन्य अपराधका ५ सय उजुरी छन् । देशका सातै प्रदेशमा विज्ञ खटाएर यससम्बन्धी अनुसन्धान गरिने गुरुङले बताए । राष्ट्रिय मानवअधिकार आयोगबाट वार्षिक चार सयको हाराहारीमा द्वन्द्वसम्बन्धी घटनाका उजुरी मेलमिलाप आयोगमा कारबाहीका लागि सिफारिस हुन्छन् । आयोगकी प्रवक्ता मोहना अन्सारी भन्छिन्, ‘कुनै घटनाको छानबिन भएको छैन ।’ समाजमा यौनहिंसालाई महिलाको पवित्रता र शुद्धतासँग जोड्ने सांस्कृतिक सोच रहेसम्म पीडितहरू खुलेर आउन नसक्ने अन्सारी बताउँछिन् । द्वन्द्वपीडितबारे यकिन तथ्यांक संकलन हुन सकेको छैन । शान्ति मन्त्रालयको तथ्यांकअनुसार भने २ हजार ३ सय द्वन्द्वपीडित छन् ।

‘मिटर ब्याज’को अवैधधन्दाले सामाजिक र आर्थिक अपराधको जोखिम बढायो

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘मिटर ब्याज’को अवैधधन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ । गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी अशुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ । मिटर ब्याजमा भएको लगानीका कारण बेनीमा केहीको घर र जग्गा नै सखाप भएको छ । मासिक चर्को ब्याज रकम रहेको यो प्रथाबाट लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन भएका छन् । एकै जनाले रु एक करोडदेखि चार करोडसम्म डुबाएर भागेको पीडितले बताएका छन् । “मिटर ब्याजको धन्दाले आफन्तजन, साथीभाइ, परिवारमा विलाप निम्त्याएको छ,” पीडित निरु खत्रीले भन्नुभयो – “भएको घरजग्गा सखाप मात्र भएको छैन कतिको परिवार नै विखण्डनको अवस्था पुगेको छ।” कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष जनप्रतिनिधि, सामुदायिक प्रहरी र प्रहरीमा धाउने क्रम बढेको छ । दैनिक एकदुई जना मानिस आर्थिक कारोबारसँग सम्बन्धित गुनासो लिएर आउने गरेको सामुदायिक प्रहरी शाखा बेनीका अध्यक्ष श्यामलाल न्यौपानेले बताउनुभयो । “सापटी लगेको पैसा फिर्ता भएन, छलफल गराई दिनुप¥यो भनेर रुँदै आउँछन्,” न्यौपानेले भन्नुभयो, “छलफल गर्दै जाँदा मिटर ब्याजमा जोडिन्छ । लेनदेनको मुद्दामा हामीले केही गर्न नमिल्ने भएकाले अदालत जान सुझाउँछौँ ।” मिटर ब्याजको कारोबारमा यहाँ तीन वटा समूहको संलग्नता देखिएको छ । पहिलो समूहले बढी ब्याजको लोभमा आफूसँग भएको पैसा दोस्रो समूहमा पर्ने मध्यस्थकर्ताको काम गर्नेलाई दिन्छन् । दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन् । मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्ति सीमित छन् । पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिँदा ठगिएर पीडित भएका छन् । मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीका रुपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम बीस प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पूरै साँवा रकमको दशदेखि २३ प्रतिशतसम्म ब्याज अशुली गर्ने गर्छन् । बैंक, वित्तीय संस्था र सहकारी संस्थाले भन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिस पर्ने गरेका छन् । सामान्य मजदूरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोबारमा संलग्न छन् । विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर, बैंकमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने भेटिएका अध्यक्ष न्यौपानेले बताउनुभयो । यस्तो अवैध कारोबारको नेतृत्व गर्ने र ठगिनेमा पुरुषभन्दा बढी महिला छन् । वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, जडीबुटी व्यापारी र घरजग्गा कारोबारी व्यापारीले मिटर ब्याजको ऋण लिने गरेको पाइएको छ । मासिक रुपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर ठगीको मुद्दाका रुपमा प्रहरी तथा अदालत पुग्ने गरेका छन् । सहमतिमा ऋण लेनदेन गरेर समयमै फिर्ता नभएपछि ठगी ग¥यो भनेर गुनासो गर्न आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताउनुभयो । “ठगीको मुद्दाका रुपमा प्रहरीमा आउँछन्, बुझ्दै जाँदा मिटर ब्याजमा लगानी भएको देखिन्छ,” गुरुङले भन्नुभयो । लेनदेनको मुद्दा हेर्ने अधिकार अदालतलाई मात्र छ । स्थानीय तह र प्रहरीले लेनदेनको मुद्दा आएमा अदालत जान सुझाउने गरेका छन् । चेक र रेमिटमार्फत कारोबार गर्नेले त्यसैलाई आधार बनाएर मुद्दा हाल्ने गरेका छन् । जिल्ला अदालत म्याग्दीमा आव २०७३७४ मा ४२ वटा लेनदेनसम्बन्धी मुद्दा परेकामा २८ वटाको फैसला भएको थियो भने १४ वटाको यो वर्षका लागि जिम्मेवारी सरेको थियो । चालु आवको साउनदेखि हालसम्म लेनदेन सम्बन्धी २२ वटा मुद्दा दर्ता भएकामा एउटा मात्र फैसला भएको अदालतले जनाएको छ । सदरमुकाम बेनीबजारभित्र मिटर ब्याजको धन्दा चलाउने सक्रिय रहेको र यसबाट धेरै महिला पीडित भएको बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो । “तमसुक, भरपाई बिनै लाखौँको लेनदेन गरेका छन्,” उपप्रमुख बरुवालले भन्नुभयो, “आधार प्रमाण नहुँदा पीडित कानूनी प्रक्रियामा जान सकेका छैनन् ।” नगरपालिकाले प्रहरी, वडा कार्यालय, आमा समूह र टोल सुधार समितिमार्फत बैंकिङ शिक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उपप्रमुख बरुवालले जानकारी दिनुभयो । मिटर ब्याजको अवैध धन्दाले आपसी विश्वासका आधारमा परम्परागत रुपमा गरिँदै आएको ढुकुटी पनि संकटमा परेको छ । मानिस बढी ब्याज पाउने लोभमा मिटर ब्याजमा लगानी गर्दा बैंक, वित्तीय र सहकारी संस्थाको निक्षेप संकलनलाई असर पर्ने गरेको छ । यसैगरी, कर्जा लिएर मिटर ब्याजमा लगाउनेले समयमै ब्याज र किस्ता तिर्न नसक्दा पनि बैंकिङ क्षेत्रको कारोबारलाई असर पुगेको छ । मिटर ब्याजमा लगानी गरेको पैसा फिर्ता नआएपछि श्रीमान्–श्रीमतीबीच विवाद भई उत्पन्न पारिवारिक विवादले सम्बन्ध विच्छेदसम्मको रुप लिएको देखिएको छ । परिवारमा एउटाले गरेको लगानी फसेपछि ऋण तिर्न र मुद्दाबाट जोगिनका लागि व्यवहारमा सँगै बसे पनि कानूनी हिसाबले सम्बन्ध विच्छेद गर्नेहरु पनि भेटिएका छन् । रासस

बजारमा सुनचाँदीको मूल्य कतिले घट्यो ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक सयले घटेको छ । बुधबार सुनको मूल्य ५७ हजार ८ सय रुपैयाँमा खरिद बिक्री कार्य भएको थियो भने बिहीबार सुनको मूल्य घटेर ५७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, चादीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य ७ सय ५० रुपैयाँमा कारोबार भएकोमा बिहीबार घटेर चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

परि तामाङलाई मेरी काली भन्दै पछ्याउँदा फुलन्देकी आमाको पोल खुल्यो (भिडियोसहित)

काठमाडौं । आजकाल सामाजिक सञ्जालमा फुलन्देकी आमाको रुपमा एक महिला खुब छाईरहेकी छिन् । खासगरी फेसबुक र युट्युव च्यानलहरुमा उनलाई देख्न सकिन्छ । तर, फुलन्दे को हा कसैलाई थाहा छैन । पुर्वेली राई जातिको भेषभुषामा हाँस्य जनारामा देखिने उनी महिला नभई पुरुष भएको भिडियो सार्वजनिक भएको छ । गायक मनबहादुर कुलुङले गाएको पछिल्लो गीत ‘मेरी काली’ मार्फत उनी पुरुष भएको रहस्य बाहिरिएको हो । काले अथवा काली शब्द आफ्नो प्यारो मान्छेलाई सम्बोधन गरियो भने मायालु लाग्न पनि सक्छ । यस्तै मायालु भावको शब्द प्रयोग गरेर फुलेन्दीकी आमाको परिचय बनाएका कलाकार उमेश राईले मोडल परि तामाङलाई पछ्याएका छन् । गायक मनबहादुर कुलुङको स्वरमा भर्खरै बजारमा आएको गीत मेरी काली को भिडियोमा राईले तामाङलाई पछ्याएका हुन् । फुल्चोकी मिडिया प्रालिको प्रस्तुति रहेको उक्त गीतमा बिन्दु स्मृतिको शब्द रहेको छ भने सुजन राईको संगीत रहेको छ । उक्त भिडियोमा उमेर राई र परि तामाङले दमदार अभिनय गरेका छन् । त्यसैगरी बुलेट जीको छायाँकनलाई सुजन पौडेलले सम्पादन गरेका छन् । फुल्चोकी मिडियाकै पोष्ट प्रोडक्सन समेत रहेको भिडियोको निर्देशन गायक मनबहादुर कुलुङ स्वयमले गरेका छन् । बाँकी यो भिडियो मार्फत हेर्नुहोस्-

इनासले बेलायतमा युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने

काठमाडौं, माघ २० । अन्तराष्ट्रिय स्तरमा नेपाली कला, संस्कृतीको संरक्षण र प्रवद्र्धन गरिरहेको एक विश्वब्यापी नेपाली संस्था अन्तराष्ट्रिय नेपाली कलाकार समाज(इनास)ले युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता गर्ने भएको छ । इनासको छैठौं युरोपेली सम्मेलनको अवसर पारेर युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगिता २०१८ अप्रिल २१ र २२ गते लन्डनमा आयोजना गर्न लागेको इनास बेलायतका महासचिव संजयभक्त कंडेलले जानकारी दिए । कार्यक्रम तालिका अनुसार २१ अप्रिलमा युरोपका विभिन्न संघ संस्थाका प्रतिनिधि सहितको उपस्थितिमा इनास युरोपको छैठौं यूरोप स्तरीय वृहत भेला हुनेछ भने कार्यक्रमको दोस्रो दिन छैठौं युरोप महादेश स्तरीय नृत्य तथा तेश्रो महादेश स्तरीय गायन प्रतियोगिता गरिनेछ । गायन तथा नृत्य विधाका प्रतियोगीका लागि नियमावली समेत निर्धारण गरिएको छ । प्रतियोगितामा युरोपका विभिन्न देशबाट गायन र नृत्यमा दुई–दुई जना र आयोजक देशबाट दुवै विधामा तीन–तीन जनाले भाग लिन पाउनेछन् । बेलायतबाट इच्छुक सहभागिहरुका लागि १७ फेब्रुअरी २०१८ का दिन लन्डनमा अडिशन गर्न लागिएको यूके संरक्षक एवं ग्लोबल सचिव मनिषकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रम सफल बनाउन विभिन्न उपसमिति बनाइएको श्रेष्ठको भनाइ छ । उक्त अडिशनबाट छानिएका दुवै विधाका ६ जनाले अन्य देशबाट आएका प्रतियोगीहरुसँग २२ अप्रिलमा हुने युरोप स्तरीय नृत्य तथा गायन प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगितामा प्रथम हुनेले इनास युरोप महादेशका लागि एक वर्षे कार्यकाल रहने गरी इनासको अवैतनिक मानार्थ सद्भावना दूत नियुक्त गरिनुका साथै ‘इनास यूरोप नेपाली डान्सिङ स्टार २०१८ को उपाधि सहित सात सय एक युरो, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो हुने कलाकारलाई ‘इनास यूरोप नेपाली डान्सिङ्ग स्टार फस्ट रनर अप २०१८ र ‘इनास यूरोप नेपाली डान्सिङ्ग स्टार सेकेन्ड रनर अप २०१८‘ को विशेष उपाधि सहित क्रमशः पाँच सय एक यूरो र तीन सय एक यूरो, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । सम्पूर्ण सहभागी कलाकारलाई उच्च कदर गर्दै मायाको चिनो स्वरुप ट्रफी र प्रमाण पत्र प्रदान गर्ने आयोजकको तयारी छ । साथै विजयीलाई इनास आफैंले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुमा नृत्य प्रस्तुतिका लागि अवसर प्रदान गर्नेछ । चलचित्र, म्युजिक भिडियोमा समेत अभिनयका लागि अवसर प्रदान गरिने आयोजकले बताएको छ । इनासले गत वर्षको संस्करण डेनमार्कको कोपनहेगनमा आयोजना गरेको थियो । विश्वव्यापी रुपमा फैलँदै गरेको उक्त संस्थाले नेपाल लगायत विभिन्न देशमा नेपाली फिल्म अवार्ड कार्यक्रम समेत गर्दै आएको छ ।

सुन्दरीहरु पनि बागमती सफाई अभियानमा (हेर्नुहोस् फोटोफिचर)

काठमाडौं, पुस १ । सिजन मिडियाद्धारा पहिलो पटक आयोजना गरिएको विवाहित महिलाहरुको कार्यक्रम लेट मि इन मिसेस ब्युटि क्विन नेपालमा सहभागी प्रतियोगीहरु २४० औं हप्ताको बागमती सरसफाई कार्यक्रममा सहभागी भएका छन् । उक्त प्रतियोगीहरुलाई सरसफाईमा सहभागी गराई एउटा सामाजिक उत्तरदायित्व तथा सरसफाई पहिला आफ्नै घरवाट सुरु गर्नुपर्छ भन्ने एउटा ज्ञानको विकासको लागि एसरी सामूहिक अभियानमा सहकार्यले सफलता हासिल गर्दछ भन्ने शिक्षा प्रदान गर्ने उद्देश्यले सहभागीहरुलाई बागमती सफाई कार्यक्रमा सहभागी गराएका हौँ । उक्त कार्यक्रमको अन्तिम प्रतिायोगीता यही पुस २० गते जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न गरिने छ । हेर्नुहोस् केही तस्विरहरु-

गाउँबाट शहर पस्दा….

गाउँमा छँदा किन हो किन बन्धनमा बाँधिए जस्तो लाग्थ्यो । नलाग्नु पनि कसरी घर परिवारको आग्रह पालना नगरी सुुखै थिएन । एक हिसाबले भनौं अहिले मन चगांजस्तै भएको छ । जता उडायो उतै उड्ने । केवल उडाउने कलामात्रै चाहिने । एल.बुङ्ली बालपन गाउँघरमै विताए । सानोमा जति पनि राम्रो नराम्रो काम गाउँमै गरिए । थाहा थिएन बस, मोटर, साइकल इत्यादि साधन कस्ता हुन्छन् भनेर । कल्पना पनि गरेको थिएन यसअघि वर्णन गरेका सवारी साधनमा सवार हुने । बालापनमा गाउँ नै प्यारो लाग्ने । गाउँकै मान्छे, गाउँकै उठबस प्रिय लाग्ने । यतिमात्रै होइन, गाउँ नै सम्पूर्ण संसार हो लाग्ने । १५ वर्षसम्म जिल्लाभन्दा बाहिर पाइला परेन । सानोमा शहर कस्तो होला ? त्यहाँका मान्छे कस्ता होलान् ? के खानेकुरा खालान् इत्यादि कुरा खूब सोचिन्थे । दश कक्षासम्म गाउँकै स्कूलमा रमाइयो । पृथ्वीमा आगमन भएको झण्डै डेढ दशक पछिमात्रै जिल्लाबाट टाढिने भइयो । यो रहर थिएन, बाध्ययता थियो । गाउँमै सुविधा सम्पन्न विद्यालय हुँदो हो त जरुरत थिएन परिचय नभएको ठाउँमा जाने । अब जानैपर्यो नजर नपुगेको ठाउँमा । यो ठाउँ पुग्ने कति बाध्यता थिए कति रहर । डेढ दशक गाउँमा अडेको शरीर एक्कासी शहर झर्दा गाउँको न्यास्रोले केही दिन खूब पिरोल्यो । त्यो सुनसान गाउँमा रमेको जीवन शहर पस्दा पिँजडामा बसेजस्तै महसुस भयो । अझ भनौं वन, पाखा–पखेरा, खेतबारी, पैदल उकाली–ओराली गरेको ज्यानलाई शहर पचेन । तर, विस्तार पच्दै गयो । त्यसको कारण थिए हाज्मोला जस्तै बन्दै गएका प्रिय साथी । दिनभर स्कुल गएर साँझ बिहान काममा खटिरहनुपर्ने दैनिकी फेरिएको थियो । गाउँमा छँदा बिहान काम ग¥यो स्कुल गयो फेरि स्कूलबाट आयो काममै व्यस्त । यसरी नै दिनचर्या बित्ने गर्दथ्यो । तर, शहर आएपछि कामको बोझ हृवात्तै घटेको थियो । बिहान अध्ययन गर्ने, खाना बनाउने, खाने अनि कलेज जाने । त्यो पनि हिँडेर होइन, साइकलमा । शुरुका दिनमा दिनभर व्यस्त हुन नपाउँदा लाग्थ्यो कलेज आउने, जाने काम वाइयात जस्तै । यतिमात्रै होइन, शहर नै अल्छि प्रेमीहरुको वासस्थान हो लाग्थ्यो । तर, दैनिक क्रियाकलाप परिर्वतन हुँदै गएपछि म पनि अल्छी प्रेमीजस्तै भएको थिए । गाउँ छँदा पाँच बजे खुल्ने निन्द्रा ७ बजे खुल्ने भएको थियो । आठ बजे सुत्ने बानी १० एघार बजे भएको थियो । अनि थाहा पाए शहर बस्नु र गाउँमा बस्नु आकाश–पाताल फरक छ भनेर । एक गरिव घरमा जन्म लिएको म । बुबाको अधिकांश समय रोजगारीको शिशीलामा भारत मै वित्यो, वितीरेहको छ । वितीरहोस् भन्ने सोच बनाएको छैन । घरमा पैसाको अभाव खट्की रहन्थ्यो । गाउँमा त ५ हजार रुपैयाँ पनि कति हो कति लाग्थ्यो । तर, शहरमा भने पाँच हजार एउटा माछालाई दिएको चारा जस्तै लाग्न थाल्यो । दिन वित्दै गए शहरले मन तान्दै गयो । गाउँको याद शहरका रमझममा विलिन हुन थाले । केही दिनअघि गाउँ नै जान्छु भनेर जिद्दी गर्ने मन शहरप्रेमी हुन थाल्यो । समयको परिर्वतन भनौं या बाध्ययताले म अल्छी बन्दै गए । नबनेपनि कसरी कामको चाङ नै कम भएपछि । साथी–संगति थपिँदै गए । कोही गफाडी, कोही ज्ञानी त कुनै मन मिल्ने । अझै भनौं हेलो साथी, भलो साथी, चलो साथीसँग सम्बन्ध बढ्दै गयो । मन मिल्ने र मन मिलाउने क्रम जारी नै भयो । अनेक साथीसँग परिचय हुँदै गयो । गाउँका भन्दा अनौठो व्यवहारका साथी पनि देख्न पाइयो । हुन त स्कूले जीवन भन्दा कलेज लाइफ खुला भएर होला । कतिपय साथी त कक्षाकोठा मै गुटखा, सुर्ती इत्यादि खाइदिन्थे । तर, मेरो भने त्यस्ता चीजसँग प्रेम बसेन र बसेको पनि छैन । दैनिक क्रियाकलाप परिर्वतन हुँदै गएपछि म पनि अल्छी प्रेमीजस्तै भएको थिए । गाउँ छँदा पाँच बजे खुल्ने निन्द्रा ७ बजे खुल्ने भएको थियो । आठ बजे सुत्ने बानी १० एघार बजे भएको थियो । अनि थाहा पाए शहर बस्नु र गाउँमा बस्नु आकाश–पाताल फरक छ भनेर । अहिलेसम्म शहर बसाइमा ६ चोटी डेरा सराई भएको छ । कहिले घरबेटीको किचकिचले त कहिले एउटै कोठामा बस्ने मनै नबसेर । मनले जे भन्यो त्यही गर्न पाइने भएपछि मनमौजी थियो, कसैको भय थिएन । कसैको आग्रह मान्नुपर्ने बाध्यता थिएन । एक हिसाबले म निकै खुल्ला तरिकाले बस्न पाएको थिए, पाएको छु । गाउँमा छँदा किन हो किन बन्धनमा बाँधिए जस्तो लाग्थ्यो । नलाग्नु पनि कसरी घर परिवारको आग्रह पालना नगरी सुुखै थिएन । एक हिसाबले भनौं अहिले मन चगांजस्तै भएको छ । जता उडायो उतै उड्ने । केवल उडाउने कलामात्रै चाहिने । म एक नेपालको सबैभन्दा दुर्गममा पर्ने जिल्लाको व्यक्ति । त्योमध्ये म जिल्लाको अति विकटको स्थानीय । सडकबाट गाउँ पुग्न झण्डै एकदिन पैदल यात्रा गर्नुपर्ने ठाउँको बासिन्दा । भौगोलिक विकट त छ नै राज्यको दृष्टिसम्म पुग्न नसकेको मेरो गाउँ । विकासका पूर्वाधारले छुन सकेको छैन अझैं पनि । अहिले पनि स्वास्थ्य चौकी पुग्न एक–दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्ययता छ मेरा गाउँबासीको । यस्तो कहर भोग्न विवश भएको ठाउँबाट एक्कासी शहर पस्दा विकासको उज्यालो बल्ल देख्न पाइयो । विकास भनेको यो हो नी त भन्ने मन लाग्यो । अस्पताल, विद्यालय, खानेपानी, विद्युत इत्यादि सुविधाले सम्पन्न । अनि पो शहर भनिएको रहेछ । तर पनि अझै शहरिया विकास हुन सकेको छैन भन्छन् ।

प्रचण्ड र केपी प्रेम सम्बन्धमा !

विकाश गायक यति बेला नेपाली राजनैतिक वृतलाई बाम ध्रुविकरण अझ भनौ, बाम एकताको चर्को बहसले च्वात्तै पोलेको छ। वर्तमान नेपालका दुई ठुला कम्युनिष्ट शक्ति एमाले र माओवादीबीचको यो ध्रुबिकरण बिल्कुल स्वाभाभिक छ किनकी चुनावी रणनीति भनेको जोसँग मिल्दा बढी भन्दा बढी नतिजा आफ्नो पक्षमा पार्न सकिन्छ उसैसँग मिल्ने नै हो, चुनाबमा प्रधान कुरा नतिजा नै हुन्छ ।  हिजो भेट्दा सामान्य औपचारिकता निभाउन पनि हिच्किचाउने  दुईको प्रेमको भबिष्य प्रदेश र प्रतीनिधी सभाको चुनाब भन्दा धेरै अघि सम्म बढ्नेमा शंका छ।  अन्य सबै कुरा सहायक नै हुन्छ । गएको स्थानीय चुनावले के देखाउछँ भने जुन ठाउँमा माओवादी र एमाले मिलेर चुनाव लडे ति ठाँउ प्राय जितेका छन्। हिजोसम्म एक अर्काको उछितो काट्दै हिँडेका यि दल आज अङ्गालोमा कसिएका छन् र यिनका नेताहरु केपी अाेली र प्रचण्ड स्वार्थ सहितको प्रेम सम्बन्धमा छन् । विकाश गायक हिजो भेट्दा सामान्य औपचारिकता निभाउन पनि हिच्किचाउने यि दुईको प्रेमको भबिष्य प्रदेश र प्रतीनिधी सभाको चुनाव भन्दा धेरै अघि सम्म बढ्नेमा आम कम्युनिष्ट शुभेच्छुकलाई भन्दा यिनीहरुलाई नै बढी शंका छ। हिजो एक अर्कालाई टाउकाको मुल्य तोक्दै सिध्याउन हिडेका शेरबहादुर र प्रचण्ड मिल्न सक्छन् भने प्रचण्ड र केपी मिल्नु धेरै आश्चर्यको बिषय रहेन, भएन। अहिलेको यो ध्रुविकरणबाट अन्य साना दल बाहेक एमाले र माओबादीले ६० र ४० प्रतिशत सिट सुरक्षित गर्न खोजेका हुन्, त्यो भन्दा अरु खासै ठुलै त्याग यिनीहरुले गरिहाल्ने देखिदैन, किनकी सबैलाई ठाम चाहिएको बेला भन्ने चाँही ‘बाम–बाम’ हो, नत्र त मै खाम, मै लाम नै हो । कम्युनिष्ट शुभचिन्तक फुरुङ्ग भैहाल्नु छिटो हुनेछ। टाउको मात्रै मिलेर कार्यकर्ताले भोट नहाल्ने गएको स्थानीय चुनाबले देखायो आम कम्युनिष्ट शुभचिन्तक फुरुङ्ग भैहाल्नु छिटो हुनेछ। जहाँसम्म पार्टी एकताको सवाल छ, टाउको मात्रै मिलेर कार्यकर्ताले भोट नहाल्ने गएको स्थानीय चुनाबले देखायो, त्यसैले पहिला मानसिक र भावानात्मक रुपमा एकता गराउन यो एकताको बिषयलाई अलि चाहिने भन्दा चर्को रुपमा उठाइएको हो। खासै मन नपरे पनि पेपर म्यारिज गरेर अष्ट्रेलिया छिर्ने अनि उता पुगेपछी डिभोर्स गरेर आफुले मन पराएकी केटी वा केटासँग बिहे गरेर घरजम गर्ने आम नेपाली युवाहरुको अहिलेको परिवेशलाई चुनाबसम्म ध्रुबिकरणलाई जसो–तसोसँगै लाने, ६० र ४० पाएपछि पनि मनपरेसँगै बस्ने, नपरे आ–आफ्नो बाटो छँदैछसँग तुलाना गर्न सकिन्छ । यी सबै हुँदा हुँदै पनि मिल्नु जत्तिको आहा १ नमिल्नुमा चाँही छैन, हुँदैन। फेरी पनि बृहत रुपान्तरण सहितको कम्युनिष्ट एकतालाई आजको आवश्यकताको रुपमा नर्कान भने सकिन्न। अन्त्यमा, यता बाम ध्रुबिकरण सँग–सँगै उता कांग्रेस लगायत अन्य लोकतन्त्रीक घटकको ध्रुबिकरणले आगामी निर्वाचन निकै रोचक हुने देखिएको छ । यि सबै ध्रुविकरण राष्ट्रको हितको लागी हुनसके वास्तवमै यिनीहरुको औचित्य सिद्ध हुनेछ । 

माअोवादीले जितेको २२ तह र जनप्रतिनिधकाे नामावली

काठमाडाैं, असाेज ८ । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १२५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार नेकपा माअोवादीले केन्द्रले जितेका २२ स्थानीय तहहरू निम्नानुसार छन् । १ मनोज कुमार नेकपा माओवादी केन्द्र प्रमुख छिपहरमार्इ गाउँपालिका पर्सा २८५१ २ पदम लाल श्रेष्ठ नेकपा माओवादी केन्द्र प्रमुख ठोरी गाउँपालिका पर्सा २८०२ ३ जालिम मियाँ मंसुरी नेकपा माओवादी केन्द्र प्रमुख जगरनाथपुर गाउँपालिका पर्सा ३४०१ ४ जालिम मियाँ मंसुरी नेकपा माओवादी केन्द्र प्रमुख जगरनाथपुर गाउँपालिका पर्सा ३४०१ ५ विदूरकुमार कार्की नेकपा माओवादी केन्द्र मेयर बर्दिबास नगरपालिका महोत्तरी ९१८७ ६ बेचन दास तत्मा नेकपा माओवादी केन्द्र मेयर बिदेह नगरपालिका धनुषा २७७० ७ विक्रम यादव नेकपा माओवादी केन्द्र प्रमुख चक्रघट्टा गाउँपालिका सर्लाही ३२१६ ८ कृष्णकुमार सिंह नेकपा माओवादी केन्द्र मेयर गोलबजार नगरपालिका सिराहा ६४४२ ९ भरतकुमार थापा नेकपा माओवादी केन्द्र मेयर बाग्मती नगरपालिका सर्लाही ७२८१ १० उदयकुमार यादव नेकपा माओवादी केन्द्र मेयर शहीदनगर नगरपालिका धनुषा ५०९१ ११ हरिनारायण चौधरी नेकपा माओवादी केन्द्र मेयर धनगढी नगरपालिका सिराहा ५६८३ १२ मनोज कुमार नेकपा माओवादी केन्द्र प्रमुख छिपहरमार्इ गाउँपालिका पर्सा २८५१ १३ अशोक कुमार मंडल नेकपा माओवादी केन्द्र मेयर रामगोपालपुर नगरपालिका महोत्तरी २९४४ १४ श्रीप्रसाद मुखिया विन नेकपा माओवादी केन्द्र प्रमुख यमुनामाई गाउँपालिका रौतहट २१७९ १५ श्रवणकुमार यादव नेकपा माओवादी केन्द्र मेयर मिर्चैया नगरपालिका सिराहा ४७३६ १६ फारूक शेख नेकपा माओवादी केन्द्र प्रमुख साम्सी गाउँपालिका महोत्तरी २३२८ १७ शिभनाथ महतो नेकपा माओवादी केन्द्र मेयर गाैशाला नगरपालिका महोत्तरी ५९४४ १८ सिद्धार्थ यादव नेकपा माओवादी केन्द्र प्रमुख अाैरही गाउँपालिका सिराहा २६५८ १९ अशोककुमार यादव नेकपा माओवादी केन्द्र प्रमुख अर्नमा गाउँपालिका सिराहा २४३६ २० रीना कुमारी साह नेकपा माओवादी केन्द्र मेयर मौलापुर नगरपालिका रौतहट ३९१२ २१ गंगा पासवान नेकपा माओवादी केन्द्र मेयर कर्जन्हा नगरपालिका सिराहा ४३०९

मिस एयरहोस्टेज २०१७ को ताज पहिरन सफल भइन् रिवा

असोज ३ । उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल वायुसेवा निगमका प्रवन्ध निर्देशक सुगतरन्त कंसाकारले पानसमा वत्तिवालेर उद्घाटन गरेको थियो । विशेष अतिथि सौर्य एयरलाइन्सका प्रवन्ध निर्देशक गोपाल भट्राई राससका अध्यक्ष कुलचन्द्र वाग्लेको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपालका एभीएसन क्षेत्रका विशिष्ट व्यक्तिहरुको वाक्लो उपस्थिति थियो । उक्त कार्यक्रममा मुख्य निर्णायकको रुपमा नेपाल एयरका क्याप्टेन विजय लामा, सौर्य एयरकी चिफ क्याप्टेन भावना गिरि पन्त, वरिष्ठ क्याप्टेन वेद उप्रेती, प्रो.डा.स्वागत श्रेष्ठ, हिमालय एयरको कोपाइलट गणीत केसी, सिता एयरकी क्याविनक्रु म्यानेजर अन्जली खनाल र सिम्रिक एयरको चिफ एयर होस्टेस अस्मीता खनाल रहेको थियो । सिजन मिडियाद्धारा विगत ७ वर्षदेखि आयोजना गर्दै आएको मिस एयरहोस्टेस २०१७ चौथो सस्ंकरणको ताज धरानकी १९ वर्षिय रिवा लिम्वुले ३४ जना प्रतियोगीहरुलाई पछि पारी ताज शिरमा लगाउन सफल भइन् । प्रतियोगितामा विजेता भई लिम्वुले मिस एयरहोस्टेस २०१७’ कोे ताज र उपाधि सहित रु २५ हजार नगद रुपैया र वसुन्धरा स्थित साउथ ओइस्टन कलेजमा उच्च शिक्षा अध्ययनका लागि एकलाख वरावरको छात्रावृत्ति पाइन् भने एभीयसन म्यूजीएममा हालको लागि रोजगारीको अवसर पनि प्राप्त गरिन् । त्यस्तै गरी फस्ट रनर अप कंलङ्कीको सिजु सिंह ठकुरीले नगद रु.१५ हजार रुपैया र वेष्ट ड्रेसको उपाधी प्राप्त गरिन भने सेकेण्ड रनरअप मोनालिसा पाख्रीनले हातपारीन भने मिस पर्सनालीटीको अवार्ड पनि हातपारीन र रु.दश हजार रुपैयाँ साथै वसुन्धरास्थित साउथ ओइस्टन कलेजमा रु.१ लाखबराबरको छात्रावृत्ति प्रदान गरिने छ । अवार्डमा अर्गनाइजर च्वाइस अवार्ड दिक्षा थापा, मिस ट्यालेन्ट अनु वुढा मगर, मिस फोटोजेनिक अस्मीता वुढाथोकी, वेस्ट स्माइल पुजा खत्री, मिस फेन्डसीप अवार्ड सुप्रीया थापा मगर, मिस डिसिपिललिन अवार्ड सपना जोशी, मिस पपुलर फुरलामु शेर्पा, मिस मल्टी मिडिया एलीना श्रेष्ठले पाएका छन् । साथै भिर्योस च्वाइस अवार्ड वर्षा चाम्लीङ राई, वेस्ट स्कीन विमु लिम्वुले हात पार्न सफल भए ।

सुपरस्टार बने यी कलाकार जसलाई आमिर खानले रिजेक्ट गरेका थिए

असोज १ । चलचित्रको पर्दामा कलाकारहरुलाई देख्दा जति उनीहरु खुसी देखिन्छन् तर त्यो स्थानसम्म पुग्नका लागि उनीहरुले धेरै मेहनत गरेका हुन्छन् । यस्तै खुलासा गेका छन् बलिउड अभिनेता वरुण धवनले । अहिले सामाजिक सञ्जालहरुमा निकै लोकप्रिय बन्न सफल अभिनेता धवन आफूलाई सबैले माया गरेको बताउँछन् । शुक्रबार ‘सिनेमा समिट– फ्यूचर अफ् सिनेमा’ मा सहभागी हुँदै उनले सामाजिक सञ्जालमा आउने सकारात्मक टिप्पणीले प्रेरणा मिल्ने बताए । सामाजिक संजालहरुमा कहिलेकाँही आउने नकारात्मक टिप्पणीले भने आफूलाई निकै तनाव दिने बताए । आफ्नो फिलिमका बारेमा गलत टिप्पणी गरिएमा भने साहै चिन्तित हुने उनले खुलासा गरे । त्यस्तै अभिनेता धवनले आफूले अनुशासित जीवन बिताउने गरेको बताए । उनले आफ्नो जीवनको कुनै पनि कुरा कसैसँग नलुकेको बताए । आफ्नो फिल्मि यात्राका बारेमा पनि उनले बताए । सुरुमा एक जना साथीसँग धेरै ठाउँहरुमा अडिसन दिन पुगेको र धेरै ठाउँबाट आफू फालिएको पनि बताए । यतिसम्मकी उनलाई आमिर खानको चलचित्र ‘धोबी घाट’बाट पनि फालिएको थियो । केही टेलिश्रृङ्खलाका लागि पनि उनले अडिसन दिएका थिए । तर उनलाई लिइएन । उनले धर्मा प्रोडक्शनमा सहायक निर्देशक पदका लागि पनि आवेदन दिएका थिए । उनले काम पाइन्छ भन्ने लागेर नै आफ्नो लामो कपाल कटाएको बताए । ‘माइ नेम इज खान’ मा सहायका निर्देशकको रुपमा काम गरेर बलिउडमा करिअर सुरु गरेका धवन अभिनेताका रुपमा भने ‘स्टुडेन्ट अफ् द इयर’ मा देखिए । त्यसपछि उनले मेँ तेरा हिरो, हम्प्टी शर्माकी दुल्हनिया, बदलापुर, एबिसिडी २, दिलवाले, ढिशुम, बद्रीनाथकी दुल्हनियाजस्ता सफल चलचित्रमा अभिनय गरे । उनको बहुप्रतिक्षित चलचित्र ‘जुडवा २’ आउँदो सेप्टेम्बर २९ मा रिलिज हुने तयारीमा छ ।

राँगाबाट मासिक नब्बे हजार कमाइ

कञ्चनपुर, भदौ २९ । राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको राँगाले मासिकरुपमा रु ९० हजार बढी कमाइ गर्दै आएको छ । भैँसीमा गर्भाधान गराएर मासिकरुपमा राँगाबाट रानाले आम्दानी गर्र्दै आउनुभएको हो । दैनिक तीनवटा भन्दा बढी भैँसीमा राँगाले गर्भाधान गर्दै आएको छ । नगरपालिका क्षेत्रका अधिकांश भैँसीपालकले उन्नत नश्लको राँगा भएकाले रानाकहाँ ल्याउने गरेका छन् । एउटा भैँसीलाई गर्भाधान गराएबापत रानाले रु एक हजार लिनुहुन्छ । उहाँले चार वर्षअघि रु ३५ हजारमा खरिद गर्नुभएको राँगाले मनग्य आम्दानी दिन थालेको छ । पाँचजना परिवारको लत्ताकपडा, खाद्यान्न र दैनिक खर्च राँगाको कमाइले धानिँदै आएको रानाले बताउनुभयो । राँगाको कमाइबाट आउने रकमले उहाँले रु दुई लाख खर्चेर घरमै किराना पसल खोल्नुभएको छ । किराना पसल र राँगाको कमाइ गरी मासिकरुपमा रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको राना बताउनुहुन्छ । राँगा पाल्नका लागि उहाँले एक बिगाहा खेत वार्षिकरुपमा रु २५ हजार तिर्ने गरी भाडामा लिई घाँसखेती गर्दै आउनुभएको छ । राँगालाई तन्दुरुस्त पार्नका लागि दैनिक ब्रान, गुड, खली र भिटामिन घाँससँगै मिसाएर खुवाउने गर्नुभएको छ । “घरमै बसीबसी वैदेशिक रोजगारीमा गएकाहरुभन्दा बढी कमाइ हुन थालेको छु”, रानाले भन्नुभयो । राँगा नै आम्दानीको स्रोत भएपछि घरका सबैजना दैनिक राँगाको स्याहार सुसारमा खट्ने गरेका छन् ।