राष्ट्रपति भण्डारीसँग बिम्स्टेक महासचिवको भेट

काठमाडौं, जेठ १६ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशिया तथा दक्षिण पूर्वी एशियाका सात सदस्य राष्ट्रको संगठन ९बिम्स्टेक० का महासचिव सहिदुल इस्लामले आज शिष्टाचार भेट गर्नुभयो ।

राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटवार्तामा बिम्स्टेक प्रक्रियालाई प्रभावकारी बनाई सदस्य राष्ट्रबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिनुभयो ।

उक्त भेटमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

व्याडमिन्टन, लनटेनिस र भलिबल खेल हुने

काठमाडौं, फागुन २१ । सशस्त्र प्रहरी बल नेपाल, केन्द्रीय खेलकूद समितिको आयोजनामा यही फागुन २७ गतेबाट ‘चौधौँ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दशौँ सहवीर स्मृति खुला लनटेनिस तथा ‘सशस्त्र प्रहरी महानिरीक्षक पाँचौँ राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिता पनि संचालन गरिने आयोजक समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो । उक्त खेल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन हुनेछ । तीनवटै प्रतियोगिताको कूल पुरस्कार राशि रु १७ लाख ६० हजार रहेको अतिरिक्त महानिरीक्षक खनालले जानकारी दिनुभयो । व्याडमिन्टनतर्फ पुरुष एकलमा प्र्रथम हुनेले रु ६० हजार, दोस्रो हुनेले रु ३० हजार तथा तेस्रो हुनेले रु २५ हजार पाउनेछन् भने क्वार्टरफाइनलमा पुग्ने प्रत्येकले रु पाँच हजार प्राप्त गर्नेछन् । त्यस्तै, महिला एकलमा प्र्रथम हुनेले रु ५० हजार रुपैयाँ, दोस्रोले रु २५ हजार र तेस्रो हुनेले रु साढे १२ हजार प्राप्त गर्नेछन् । व्याडमिन्टनतर्फको पुरुष युगलमा प्रथम पुरस्कार रु ६० हजार, दोस्रो रु ३० हजार तथा तेस्रो हुनेले रु २५ हजार पुरस्कार पाउनेछन् भने महिला युगलतर्फ प्र्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २५ हजार तथा तृतीय पुरस्कार रु २० हजार रहेको छ । लनटेनिसतर्फ पुरुष एकलमा प्र्रथम हुनेले रु ६० हजार दोस्रो हुनेले रु ३० हजार, तेस्रो हुनेले रु २० हजार र क्वार्टरफाइनलमा पुग्ने प्रत्येकले रु पाँच हजार प्राप्त गर्नेछन् । महिला एकलमा प्र्रथम हुनेले रु ६० हजार, दोस्रो हुनेले रु ३० हजार र तेस्रो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । लनटेनिस कै पुरुष युगलमा प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार र तृतीय पुरस्कार रु २० हजार रहेको छ भने महिला युगलतर्फ प्र्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार र तृतीय पुरस्कार रु २० हजार नै रहेको छ । यसैगरी, भलिबलमा प्रथम हुने टोलीले रु दुई लाख ५० हजार तथा दोस्रो हुने टोलीले रु एक लाख २५ हजार पाउनेछन् । त्यसैगरी तेस्रो स्थान हासिल गर्ने टोलीले रु ५० हजार पाउनेछन् । प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल नेपाल, प्रधान कार्यालय, हल्चोक स्वयम्भूस्थित एपिएफ क्लब हल, लनटेनिस कोर्ट, भलिबल कोर्ट र सातोबाटोस्थित लनटेनिस कोर्टमा हुनेछन् । जुनियर राष्ट्रिय कराते यसैबीच, पाको–नेपाल क्योकुसिन कराते संघको आयोजनामा प्रथम जुनियर राष्ट्रिय क्योकुसिन कराते प्रतियोगिता यही फागुन २५ गते शुक्रबार हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिलातर्फ समान ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष एवं व्रान्च चिफ सन्जु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा करिब १५० खेलाडीको सहभागिता रहनेछ । एकदिने प्रतियोगिताका खेलहरु सिनामंगलस्थित विश्रान्ती पार्टी प्यालेसमा हुनेछ ।

मृत घोषित व्यक्ति घुर्न थाले पछि

मुर्दाघरमा पोस्टमार्टम गर्दै गर्दा घुरे पछि बच्यो ज्यान स्पेनमा एउटा मृत कैदी पोस्मार्टम टेबुलबाट ब्युँतिएर फर्किएको समाचार प्राप्त भएको छ । स्पेनिस मिडियाले जनाए अनुसार ती कैदीलाई केही घण्टा पहिले तीन वटा डाक्टरहरूले मृत घोषित गरेका थिए । गोंजालो मोटोया जिमेनेज नामक उक्त व्यक्ति को ‘मृत शरीर’लाई स्पेनको ओभिडो सहरमा शव परिक्षणका लागि ल्याइएको थियो । तर पोस्टमार्टम टेबुलमा घुर्न थाले पछि तिनको ज्यान बचेको थियो । स्रोतहरूले जनाए अनुसार बिहानको घण्टी बजे पछि पनि ओछ्यानबाट नउठे पछि उनलाई मरेको शंका गरिएको थियो । र, पछि तीन जना चिकित्सकहरूले पनि उनको परीक्षण गरेर उनलाई मृत घोषित गरेका थिए । स्पेनिस टेलिभिजन च्यानल टेलिसिनोले जनाए अनुसार २९ वर्षीय डाक्टरहरूको परीक्षणका क्रममा गोंजालोको शरीरमा उनी जीवित रहेको कुनै संकेत देखिएको थिएन । त्यसकारण उनलाई मृत घोषित गरेर प्लास्टिक ब्यागमा बन्द गरेर पोस्टमार्टमका लागि लगिएको थियो । आफन्तले जनाए अनुसार गोंजालोको शरीर चिर फार गर्नका लागि उनको शरीरमा निसान समेत लगाइसकेको थियो । प्राप्त खबर अनुसार मृत घोषित गरिएको चार घण्टा पछि गोंजालोको शरीरलाई पोस्टमार्टमका लागि फोरेन्सिक विज्ञहरूकहाँ ल्याइँदा उनी घुरिरहेका थिए । एक छिन पछि शरीर चलमलाउन थालेको थियो । हाल अस्पतालको इमर्जेंसी वार्डमा गोंजालोको उपचार भइरहेको जनाइएको छ । कारागार सूत्रले जनाए अनुसार जीवित व्यक्तिलाई मृत घोषित गर्नु भूल रहेको र यसबारे छानबिन गरिनेछ । स्पेनी अखबार एल स्पानोलले जीवित व्यक्तिलाई मृत घोषित गरिएको घटना दुःखद रहेको जनाएको छ ।

आइसीसी विश्व क्रिकेट लिगमा आज नेपालले युएईसँग खेल्दै

काठमाडौं, मंसिर २० । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसीपको अन्तिम चरणको खेलमा नेपालले आज युएईसंग खेल्दैछ । यसअघि नैं च्याम्पियनसीपबाट डिभिजन टु मा झरिसकेको नेपालका लागि यो खेल प्रतिष्ठाको लडाई मात्रै बनेको छ । ८ टोली सहभागी प्रतियोगितामा नेपाललाई पाँचौ हुने अवसर छ । शिर्ष चारभित्र पर्न सकेको खण्डमा नेपाल सोही श्रेणीमा रहन्थ्यो भने अर्को वर्ष हुने विश्वकप क्रिकेट छनौट चरणमा स्थान पनि सुरक्षित गर्दथ्यो । तर प्रतियोगितामा सोचे अनुसारको प्रदर्शन गर्न नसकेपछि नेपाल दोस्रो डिभिजनमा झर्न बाध्य भएको हो । नेपलासँगै युएई र नामिबिया पनि विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट डिभिजन टु मा झरिसकेका छन् । स्कटल्याण्ड, हङकङ र केन्यामध्ये थप एक टोली डिभिजन टु मा झर्नेछ । युएई विरुद्ध उसैको मैदानमा आज र पर्सी हुने दुई खेललाई नेपालले आसन्न डिभिजन टु प्रतियोगिताको तयारीका रुपमा हेरेको छ । डिभिजन टु प्रतियोगिताका आगामी फेब्रेअरीमा नामिबियामा हुनेछ ।

सानिमा इक्विटी फन्ड निष्कासन

काठमाडौं, मंसिर १२ । सानिमा बैंक कोष प्रवद्र्धक रहेको सानिमा क्यापिटलले १ अर्ब २० करोड रुपैयाँको इकाई निष्कासन गर्ने भएको छ । कम्पनीले १० रुपैयाँ दरका १२ करोड इकाई निष्कासन गर्न लागेको हो । सातवर्षे बन्दमुखी योजनामा कुल १५ प्रतिशत अर्थात् १ करोड ८० लाख रुपैयाँका इकाई सानिमा बैंकले र सानिमा क्यापिटलले किन्ने विज्ञप्तिमा उल्लेख छ । बाँकी १० करोड २० लाख इकाई १२ देखि १५ मंसिरसम्म सर्वसाधारणलाई बिक्री गरिने भएको छ । इकाई खरिद गर्न चाहनेले आस्बा सेवा दिने आÏनो खाता रहेको बैंकबाट आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम सय इकाई अर्थात् हजार रुपैयाँका लागि आवेदन दिनुपर्छ । बढीमा २ करोड ४० लाख रुपैयाँसम्मको आवेदन दिने सकिने कम्पनीले जनाएको छ । कम्पनीले अधिक आवेदनमार्फत १ अर्ब ५० करोड रुपैयाँसम्मको इकाई बिक्री गर्न सक्ने पनि जनाएको छ।  

साना बच्चालाई घरमा छाड्दै हुनुहुन्छ ? यी कुरामा ख्याल राख्नैपर्छ

कार्तिक २६ । उपभोग्य वस्तु महंगो छ । अतिरिक्त खर्च पनि बढ्दो छ । इन्टरनेट, सवारी साधन, विद्युतीय सामग्री आदिको कारण घरायसी व्ययभार बढ्दो छ । यस्तो अवस्थामा एक जनाको कमाईले मात्र घरखर्च टार्न मुश्किल छ । यस्तो अवस्थामा एक जनाको कमाईमात्र पर्याप्त छैन । पति, पत्नी सबै काममा खटिनुपर्ने हुन्छ । उनीहरु बिहान घरबाट निस्किन्छन् र बेलुकीमात्र फर्किन्छन् । यस्तोमा उनीहरुका छोराछोरी स्कुलबाट आएपछि घरमा एक्लै बस्नुपर्ने हुन्छ । कहिलेकाहीँ यस्तो पनि हुन्छ कि बाबुआमाले दिनभरी नै छोराछोरीलाई एक्लै घरमा छोड्नुपर्छ । हुर्किसकेका छोराछोरीलाई घरमा छोड्न त समस्या भएन । तर, छोराछोरी सानै छन् भने बाबुआमाले धेरै कुरामा विचार पुर्याउनुपर्छ । मोबाइल आवश्यक बालबालिकाहरु घरमा एक्लै हुँदा उनीहरुसँग मोबाइल हुनु अति आवश्यक छ । यस्तो अवस्थामा बच्चालाई कुनै समस्या पर्‍यो वा तपाईंले बच्चासँग कुरा गर्नुपर्‍यो भने तत्कालै फोन गर्न सकिन्छ । यसबाट छोराछोरीहरुसँग लगातार सम्पर्कमा बस्न सक्नुहुन्छ र उनीहरु के गरिरहेका छन् भन्ने जानकारी लिन सकिन्छ । कोठामा बन्द नगरौं कोही आमाबाबु यस्ता पनि हुन्छन् कि बच्चालाई सुरक्षित राख्ने बहानामा कोठाको ढोका बन्द गरिदिएर काममा हिँड्छन् । आफूहरु नभएको बेलामा बच्चा बाहिर ननिस्किउन् भन्ने उनीहरुको आशय हुन्छ । तर यसो गर्नु घातक हुन सक्छ । बच्चालाई कहिले पनि कोठाभित्र बन्द गरेर हिँड्नुहुँदैन । मानौं भुकम्प आयो वा आगलागी भयो भने त्यतिबेला उनीहरुभित्रै थुनिन्छन् । चुकुल खोल्न सिकाउनुपर्छ बच्चाले ढोकाको चुक्कुल खोल्न वा बन्द गर्न जानेको हुनुपर्छ । आमाबाबु घरमा नभएको बेला त यो झन् आवश्यक छ । ताकि उनीहरु आवश्यक पर्दा घरबाट बाहिर निस्किन र घरभित्र पस्न सकुन् । खाने-पिउने सामानको व्यवस्था घरबाट निस्कदा बाबुआमाले टेबलमा केही खाने पिउने कुराहरु राखिदिनुपर्छ । बच्चाहरु धेरै खेल्ने र उफ्रिने कारणले चाँडै थाक्छन् । उनीहरु किचनमा जानु ठिक हुँदैन । त्यसैले लिभिङ रुममा नै खानेकुराहरु राखिदिनुपर्छ । गेम दिने यदि आफूहरु घरमा नभएको बेला बच्चाले उपद्रो गर्लान् वा बाहिर बरालिएर हिँड्लान् भनेर चिन्तित भइन्छ । यस्तो अवस्थामा उनीहरुका लागि कुनै गेम वा होमवर्क दिएर जाने गरौं, ताकि उनीहरु त्यसैमा व्यस्त रहुन् र घरबाहिर निस्किएर नबरालिउन् ।

‘बुट्टे चोली’ गीतको म्युजिक भिडियो सार्वजनिक

कार्तिक २१ । गायक रेबोन लामाको आवाजमा रहेको नयाँ गीत ‘बुट्टे चोली’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा जितेन लेप्छको शब्द र संगीत रहेको छ। यसै गरि गीतमा बोबी राजको एरेन्ज रहेको छ भने भिडियोमा भिम्फेदी, सम्पदा बनिया, रेबोन लामाको अभिनय रहेको छ । भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने दीपक मोक्षको सम्पादन रहेको भिडियोमा धर्म बज्र लामाको निर्देशन रहेको छ । तलको म्यूजिक भिडियोमा क्लिक गरी हेर्न सक्नुहुने छ–

पेट्रोल पम्पमा छापा

बारा, कात्तिक ८ । जिल्ला प्रशासनको कार्यालय बाराको टोलीले आज जितपुरस्थित बिन्दा स्टोर्समा छापामारेको छ । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुरमा रहेको पेट्रोलपम्पमा प्रशासनको टोलीले छापामारी तेलको नमुनाहरु सङकलन गरेको छ । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले जिल्ला प्रशासन कार्यालयमा मिसावटयुक्त तेलहरु बिक्री भइरहेको उजुरीको आधारमा छापा मारिएको बताए ।

कतारमा एक नेपालीको मृत्यु

राजविराज, कात्तिक १ । वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो । मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार जानुभएको थियो । उहाँको गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ । सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा उहाँ कतार जानुभएको थियो । उहाँको शव नेपाल ल्याइदिनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् ।

तामाङ समुदायको चेतना र वर्तमान राजनीतिक अवस्था

तामाङ युवाहरूले चाहे भने कुनै सिंगो समुदाय हैन राष्ट्रनै परिवर्तन गर्न सक्छ भन्ने उदाहरण भर्खरै सम्पन्न नेपाल आइडलमा पोखरेली युवा बुद्ध लामाको शानदार जितले पुष्टि गरेकोछ । बुद्ध लामाको नेपाल आइडलमा भएको शानदार जितबाट अब तामाङहरूले खुशीयाली मनाउने भन्दा बढी नयाँ पाठ सिक्ने समय आएको छ । निशान भट्टराई र प्रताप दासको भन्दा झण्डै करोड बढी मतको अन्तरले जित्नु चानचुने कुरा होइन । बुद्ध लामा प्रति सम्पूर्ण मंगोल समुदाय वा गैरआर्यनहरू किन लागे भन्ने विषयमा तामाङहरूले सोच्नु जरूरी देखिन्छ । लक्ष्मण तामाङ निशान भट्टराईको एप बन्दा सम्म बुद्धको नामको एप तयार नगरिनुले वा निशानकी आमालाई कतार लगिनुले बाहुनवादले आदिवासी समुदाय माथि विगतमा पनि ठाडै जातीय शोषण गर्थ्यो र अहिले पनि गरिरहको छ भन्ने कुराको पुष्टि हुन्छ । त्यसैको परिणाम स्वरूप तामाङ समुदायको सचेत युवाहरूले आजको दिनमा आफू र तामाङ समुदाय माथि भएको शोषणको भण्डाफोर गरिरहेका छन् । कमिलाको पखेटा आएपछि काल आउँछ भनेझैँ यसै समयमा बाहुनवाद बढी हावी हुन थालेको छ । आदिवासी समुदाय माथि विभिन्न तरिकाले अपमान गर्न थालेका छन् । परिणामस्वरूप तामाङ समुदायका युवाहरू झनै एक हुन थाल्यो र करोडौंको मत अन्तरले नेपाल आइडलमा बुद्ध लामालाई शानदार विजय गराउन सफल भयो । मैले सुनेको छु रसुवा जिल्लामा १५ प्रतिसत बाहुनरछेत्री, ८२ प्रतिसत तामाङ र केहि मात्रामा नेवारी समुदायको पनि बसोबास रहेको छ । रसुवा जिल्लामा २०७४ साल मंसिर १० गते हुने संघीय अर्थात् प्रतिनिधि सभाको निम्ति एउटा र प्रदेश सभाको निम्ति दुईवटा चुनावी क्षेत्र निर्धारण गरिएको छ । १५ प्रतिसत बाहुन/छेत्री भएको ठाउँमा संघीय अर्थात् प्रतिनिधि सभामा नेपाली काँग्रेस र एमाले दुवै पार्टीले बाहुन र छेत्रीलाई नै उम्मेदवार उठाइदै छ यो शोषण हो । सोझो अर्थमा भन्दा ८२ प्रतिसत तामाङहरूको लागि ठाडै अपमान गरिनु हो । रसुवावासी आमा, आपा, ज्योज्यो आले, नाना आङा जसरी हामी तामाङ समुदायले एक भएर बुद्ध लामालाई नेपाल आइडलमा जिताउन सफल भयौँ २०७४ मंसिर १० गते हुने संघीय र प्रादेशिक चुनावमा बाहुन/छेत्रीलाई हैन तामाङ समुदायको उमेद्वारलाई नै भोट दिएर जिताउनु पर्छ । तामाङको मर्म तामाङले बुझ्छ बाहुन/छेत्रीले हैन । रसुवा जिल्लाको हामी तामाङ समुदायलाई यो १५ प्रतिसत बाहुनरछेत्रीले भोट बैंक मात्र बनाएको छ । यसको जवाफमा तपाईंहरूले २०७४ मंसिर १० गते हुने संघीय र प्रादेशिक चुनावमा रसुवाबाट उठ्ने युवा पुस्ता तामाङ तामाङ समुदायको उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर एक हुनुहोस् । रसुवावासी तामाङ समुदायको एकता देखेर अन्य जिल्लाका तामाङहरूलाई पनि एक हुन प्रेरणा मिलोस् कामना १ । तामाङ समुदायको एकताको नाममा नेपाली कांग्रेश, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र कथित नयाँ शक्ति पार्टीको उम्मेदवारहरूलाई भोट दिएर हामी तामाङ समुदायको युवाले गल्ति गर्नु हुँदैन । नेपाली कांग्रेश, नेकपा एमाले, नेकपा माओवादी ९केन्द्र० र कथित नयाँ शक्ति पार्टीको टाउके नेताहरू सबै बाहुनहरु भएकोले यी पार्टीको तामाङ उम्मेदवारहरूलाई भोट दिनु भनेको फेरी पनि बाहुन उम्मेदवारलाई नै भोट दिनु हुनेछ । २०७४ मंसिर १० गते हुने संघीय र प्रादेशिक चुनावमा हामीले तामाङ युवाहरूले विगतमा गरेको गल्ति दोहोर्‍याउनु हुदैन । राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक र शैक्षिक लगायत विविध कोणबाट तामाङ समुदायलाई पछि पार्ने काम विगत देखि वर्तमान समय सम्म बाहुनहरूले गरिरहेका छन् । यसको बिरोधमा तामाङ समुदायका युवाहरूले पटक-पटक बाहुनवादको विरुद्ध विद्रोह गरिरहेका छन् । यसले तामाङ समुदाय आफ्नो जाति, धर्म, संस्कार, रीति र परम्पराको रक्षाको निम्ति कसैदेखि डग्दैन र डराउँदैन भन्ने देखाउँछ । यहि चेतना तामाङ समुदायको सवै युवा पुस्तामा आउने हो भने तामाङ समुदायले आफ्नो अस्तित्व कायम गर्न धेरै समय कुर्नु पर्दैन । हेर्नुस् हाम्रै अनुहारका चीन, जापान, उत्तर वा दक्षिण कोरिया कति अगाडि पुगेका छन् । नेपाल देश र हामी तामाङ समुदाय पनि त्यो अवस्थामा पुग्न सक्दैनौ भन्ने होइन समग्र तामाङ एक भयो भने हामी प्रगतिको मार्गमा अगाडि बढ्न सक्छौ भन्ने लाग्छ । बुद्ध लामालाई आज यति फरक मतले विजय गराउन सफल तामाङ समुदाय नेपाली राजनीतिमा पनि एक भएर फरक मत देखाइदिनु पर्छ । ८२ प्रतिसत तामाङ समुदाय बसोबास गरेको ठाउँ रसुवामा किन राम्रो विकास हुन सकेनरु भन्ने प्रश्नमा बाहुनवादले आजको दिन सम्म रसुवाको तामाङ समुदाय माथि गर्ने गरेको सोषण, दमन, अन्याय, अत्याचार र हाली मुहालीले गर्दा हो भन्ने लाग्छ । शिक्षा र राजनीतिको मूलधारबाट तामाङ समुदायलाई निकालियो अनि सदियौं सम्म ढोके, पाले र पिपा मात्र बनाए राखियो । आज पनि त्यसको असर देखिदै छ । लेखक अमृत योञ्जन तामाङको एक लेख पढेको थिएँ “शिक्षामा तामाङहरू ५८औँ स्थानमा” भनेर । यति तल तामाङहरू खस्नुको प्रमुख कारण सामन्ती राज्य सत्ताले तामाङ समुदायलाई मासिन्या जातको सूचिमा राख्यो । शिक्षा लिन र पढ्नमा बञ्चित गरायो । आज पनि ताम्सालिङ क्षेत्रमा भोटेको छोरा पढेर के गर्छस् रु भन्ने बाहुनहरू थुप्रै देखेको, सुनेको छु । हामी तामाङहरूलाई पढ्न हुन्न भन्ने मानसिक दवाव बाहुनहरूबाट प्रशस्त भएको देखिन्छ र पाइन्छ । यसको मुख्य कारण भनेको तामाङहरु शिक्षित भए भने बाहुनले शोषण गर्ने बाटो बन्द हुन्छ भनेर तामाङ समुदायको बालबालिका हरूलाई आज पनि पढ्नबाट रोक्न विभिन्न बहाना अपनाउने गरेको पाइन्छ । यही मंसिर १० गते हुने संघीय निर्वाचनमा रसुवा जिल्लाबाट नेपाल लोकतान्त्रिक फोरमको राष्ट्रिय उपाध्यक्ष श्री कृष्ण बहादुर तामाङले पनि प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिनु हुने भएकाले युवा, जुझारू, सचेत र संघर्षशील नेता श्री कृष्ण बहादुर तामाङलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुन अनुरोध गर्दछु । वर्षौ देखि यी बाहुनहरूलाई मतदान गरियो तर व्यथा उस्तै रह्यो । अब हामी तामाङ समुदायले आफ्नै तामाङ प्रतिनिधिलाई चुन्ने प्रयास गरौँ । तामाङ समुदायको एकता राजनीतिमा पनि देखाऔँ । बाली बिग्रे एक वर्ष राजनीति बिग्रे १०० वर्ष भनेझैं यो पटकको संघीय निर्वाचनमा रसुवा जिल्लबाट प्रतिनिधि सभा सदस्यमा आफ्नै समुदायको उम्मेदवार श्री कृष्ण बहादुर तामाङलाई नमस्कार छाप चुनाव चिह्नमा अमूल्य मत प्रदान गरि विजय गराउनुहुन हार्दिक अनुरोध गर्दै तामाङ एकताको कामना गर्दछु । रसुवामा कृष्णबहादुर तामाङ नै किन ? सामन्ती राज्य सत्ताले हामी तामाङ समुदायलाई पुस्तौपुस्ता देखि ९बिक्रम सम्बत १७९९ को नुवाकोट हमलादेखि आजसम्म दासको रूपमा राखेको छ । पृथ्वीनारायण शाहाको पहिलो पराजय तामाङबाट नै भएको कारण सम्पूर्ण तामाङहरूलाई कहिल्यै उठ्न नसक्ने गरि मानसिक बन्चरोले प्रहार गरेको छ । त्यसको बाबजुत पनि तामाङ समुदाय समय समयमा होसमा आउने र सामन्ती राज्य सत्ता माथि हवाला दिदै आएको छ । त्यस्तै व्यक्ति मध्यको एक हुन् श्री कृष्ण बहादुर तामाङ । आफ्नो समुदाय माथि भएको अन्यायको विरूद्ध निडर भएर लड्न सक्ने तत्कालीन १० वर्षे जनयुद्धको समयमा स्पष्ट विचार र दृष्टिकोण व्यक्त गरेकै कारण कठोर सजाय र जेल जीवन बिताएका प्रखर र स्पष्टवादी नेता हुन् कृष्ण बहादुर तामाङ । २०७४ मंसिर १० गते हुने संघीय निर्वाचनमा रसुवा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा उनको उमेद्वारी हुनै पर्ने देखिन्छ । रसुवामा ८२ प्रतिसत तामाङहरुलाई १५ प्रतिसत बाहुनरछेत्रीहरूले लामोसमय देखि सोषण गरि रहेकोछ । शिक्षा प्रेमी, जाति प्रेमी र पूर्खाहरूको सम्मानमा कुनै कसर नराख्ने सामन्ती राज्य सत्तासँग कहिल्यै नझुक्ने भएका करण पनि तामाङ समुदायको बाहुल्य भएको रसुवामा उनको उमेद्वारी अपरिहार्य देखिन्छ । कृष्ण बहादुर तामाङ ८२ प्रतिसत तामाङहरूलाई अध्याँरोबाट उज्यालो मार्ग प्रदान गर्न सफल हुनेछ भन्ने विगतका सामन्ती राज्य सत्ता माथिको विद्रोहले पनि बताउँछ । कहिल्यै पनि सामन्ती राज्य सत्ताको विचार मुनि झुक्न नजान्ने कृष्ण बहादुर तामाङ आफ्नो जातीय समुदाय माथि सामन्ती राज्य सत्ताले गर्ने गरेको सोषण, दमन, अन्याय र अत्याचारको बिरोधमा डटेर लागि पर्ने व्यक्तिको रूपमा चिनिन्छ । आफ्नो पूर्खाहरूको योगदानलाई अत्यन्त सत्कार गर्ने कृष्ण बहादुर तामाङ समय समयमा सामन्ती राज्य सत्ताको आँखाको तारो समेत बन्नु भएको छ । आफ्नो व्यक्तिगत स्वार्थ नचाहने कृष्ण बहादुर तामाङ आफ्नो जाति र समुदायकै लागि राज्य सत्ताको नजरमा सधैँ तारो बनिरहनु परेको छ । जसले गर्दा २०७४ साल मंसिर १० गते हुने संघीय निर्वाचनमा रसुवा जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिनुहुने नेपाल लोकतान्त्रिक फोरम पार्टीका राष्ट्रिय उपाध्यक्ष श्री कृष्ण बहादुर तामाङलाई नमस्कार छाप चुनाव चिन्हमा मतदान गरि जुझारू र सङ्घर्षशील तामाङ नेतृत्वको चयन गरौँ । किन कृष्णबहादुर तामाङ नै ? आज सम्म ८२ प्रतिसत तामाङ समुदाय भएको स्थानमा केवल १५ प्रतिसत बाहुनर छेत्रीहरूले तामाङ समुदायलाई भोट बैंकको रूपमा प्रयोग गर्दै आई रहेको छ । अब हामी तामाङ समुदायले यस्ता भोट बैंक बन्ने भन्दा पनि तामाङ आदिवासी समुदायको मौलिक हक र पहिचानका निम्ती पनि तामाङ समुदायकै नेतृत्व चयन गर्नु पर्ने हुन्छ । तामाङ समुदायको नलेखिएको इतिहास लेखाउन पनि हामी तामाङ समुदायले श्री कृष्ण बहादुर तामाङलाई आफ्नो अमूल्य मत प्रदान गर्नु पर्ने देखिन्छ । तामाङ समुदायको रक्षा, तामाङ समुदायको इतिहासको खोजी गर्न र विश्वभर छरिएर बस्नु भएका तामाङ समुदायलाई एकीकृत गर्नका निम्ति श्री कृष्ण बहादुर तामाङको अमूल्य योगदान रहेकाले पनि २०७४ साल मंसिर १० गते हुने संघीय निर्वाचनमा उनको भूमिका तामाङ समुदायको लागि सुनौलो अवसरको रूपमा उदाएको छ । त्यसैले रसुवावासी तामाङ समुदाय अब हामीले हाम्रो सुनौलो अवसरलाई कीटको रूपमा प्रयोग नगरौँ । यो अवसर यसपाली गुम्यो भने ५ वर्षको लागि गुम्ने देखिन्छ । समय हुँदै आफू र आफ्नो समुदायलाई अगाडि बढाउँदै नमस्कार छाप चुनाव चिन्हमा मतदान गरि तामाङ समुदायको अस्तित्व रक्षक श्री कृष्ण बहादुर तामाङलाई विजय गरौ । आरदरणीय रसुवाबासी आमा, आपा, ज्योज्यो, आले, नाना आङा हामी २०७४ साल मंसिर १० गते हुने निर्वाचनमा तामाङ समुदायको उमेद्वार भएकोले नेपाल लोकतान्त्रिक फोरम पार्टीको राष्ट्रिय उपाध्यक्ष श्री कृष्ण बहादुर तामाङलाई आफ्नो अमुल्य मत दिएर प्रतिनिधि सभा सदस्यमा विजय गरौं । हामी तामाङ समुदायलाई लामो समय देखि शोषण गरेर हाम्रो उर्वर भूमि काठमाडौं हडपेर आज हामी तामाङ समुदायलाई अनकण्टार ठाउँमा पुर्‍याएको छ । यसको बदलामा हामी तामाङ समुदाय फेरि चुनावी र राजनीतिक धारमा एक हुन जरूरी छ । व्यक्तिगत रूपमा बुद्ध लामाले जितेको कुरामा जति खुशी छु त्यो भन्दा बढी तामाङ र सम्पूर्ण मंगोलहरू एक भएकोमा त्यति खुशी छु । तामाङ एकता र मंगोलहरूको एकता देख्दा खुशीको आँशु झरेको छ । वास्तावमा अब तामाङहरू राजनीतिक रूपले यसरी नै एक हुन जरूरी छ । सबै तामाङहरू एक भई राजनीति गर्नु पर्ने आवश्यक्ता खड्किएको छ । तामाङ समुदायको हितको निम्ति काम गर्ने तामाङलाई मतदान गर्नुहोस् र राज्य सत्ताको मूलधारमा पुर्‍याउनुहोस् । हाम्रो पूर्खाको पीडा बाहुनरछेत्रीहरूले बुझ्दैनन् त्यसैले पनि हामी तामाङले तामाङ समुदायको उमेद्वारलाई नै मतदान गर्न जरूरी छ । सम्पूर्ण तामाङ आमा आपा, ज्योज्यो आले र नाना आङाहरूलाई मेरो अनुरोध १।फुटेर हैन जुटेर ठूलो उपलब्धि हुने पाठ नेपाल आइडलले सिकाएको छ । त्यस्तै अब गीत सङ्गीतमा मात्र होइन रानजीतिमा पनि एक हुनु वा सबै तामाङ समुदाय जुट्नु अपरिहार्य देखेको छु् । उत्पीडन तामाङ समुदाय र वर्गको हितको लागि नेपाल लोकतान्त्रिक फोरम पार्टीका राष्ट्रिय उपाध्यक्ष श्री कृष्णबहादुर तामाङलाई नमस्कार छाप चुनाव चिन्हमा आफ्नो अमुल्य मत दिनु भएर विजय गराउनु हुन समग्र रसुवावासी तामाङ समुदायमा हार्दिक अपिल गर्दछु । थुजेछे १ १। (यी लेखकका निजी विचार हुन)

वास्तवमा को हुन् त फेसबुकका चर्चित शेरे ?

असोज ३ । हिजोआज सामाजिक सञ्जालमा सबैभन्दा बढी प्रचलित साइट भनेको फेसबुक रहेको छ । जसको हातमा पनि सजिलै देख्न सकिन्छ । त्यही फेसबुकमा हरेक पटक देखिने एउटा पात्र अर्थात (ब्ल्याक एण्ड ह्वाईट स्केच) निकै चर्चित छन् ति हुन् शेरे जसलाई नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले शेरे नाम दिएर ट्रोल बनाउने तथा हास्यब्यंगमा खुवै प्रयोग गर्ने गरेको पाईन्छ । वास्तवमा को हुन् शेरे या यो कसको चित्र हो यो धेरैलाई थाहा नहुन सक्छ, यो तस्वीर चर्चित चिनिया बास्केटबल खेलाडी याओ मिङको हो । सन् २००२ देखी १८ बर्षको उमेर देखी बास्केटबल खेल्न शुरु गरेका मिङ सन् २००९ मे मा एक प्रतियोगितामा खेल समपन्न भएपछि यस्तो मुख बनाई हाँसेका थिए जसलाई तत्कालै एक चित्रकारले सेतो स्केच बनाई ब्यङग्यको रुपमा प्रयोग गर्ने निर्णय गरि सामाजिक संजालमा पोस्ट गरेका थिए त्यसपछि यो स्केच सर्वत्र फेसबुकमा भाईरल बन्यो ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरू

काठमाडौं, भदौ ८। नेकपा माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को एकता २१औ राष्ट्रिय सम्मेलनको बन्दसत्र आजदेखि शुरु भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाकक्षमा शुरु भएको बन्दसत्रमा आज अध्यक्ष नरेन्द्र न्यौपानेले राजनीतिक र विधान संशोधन प्रतिवेदन पेश गरका छन । अध्यक्षले पेश गरेको प्रतिवेदन विभिन्न २१ समूह बनाएर छलफल गरिने अनेरास्ववियु (क्रान्तिकारी) का उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । राजनीतिक प्रतिवेदनमा स्थापनाकालदेखि क्रान्तिकारीले उठाउँदै आएको जनवादी शिक्षालाई छाड्दै समाजवादी शिक्षामा जोड दिने कुरा उल्लेख गरिएको छ । यस्तै मौलिक हकमा राखिएका शिक्षा, स्वास्थ्य र रोजगारीलाई कार्यान्वयन गराउनका लागि दबाब दिनेसमेत सो प्रतिवेदनमा उल्लेख छ । राजनीतिक र विधान प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन हुने कार्यतालिका रहेको छ । “राष्ट्रियता र समावेशी शिक्षा, कार्यान्वयन पक्षमा हाम्रो अभियान, संगठन सुदृढीकरणको पक्षमा एकताको २१ औं राष्ट्रिय सम्मेलन’ भन्ने मूल नाराका साथ बुधबारदेखि शुरु भएको सम्मेलन नयाँ नेतृत्व चयन गर्दै आगामी आइतबारसम्म चल्नेछ । कूल दुई हजार ७६ प्रतिनिधि सहभागिता रहेको उक्त सम्मेलनले दुई वर्षका लागि ३१ पदाधिकारीसहित २४३ केन्द्रीय कमिटी चयन गर्नेछ । रासस

पहिरोका कारण हेटौंडा–काठमाडौँ यातायात सेवा अवरुद्ध

हेटौंडा । हेटौंडा–कुलेखानी सडकखण्डअन्तर्गत पर्ने सिस्नेरीको रामचन्द्र भञ्ज्याङ र मदन भण्डारी राजमार्गअन्तर्गत फाखेल सडकखण्डको सुकौरामा आज राति परेको वर्षाले पहिरो गई हेटौंडा–काठमाडौँ यातायात सेवा अवरुद्ध भएको छ । कुलेखानी–काठमाडौँ र फाखेल–काठमाडौँ सडकखण्ड अवरुद्ध भएकाले बिहानदेखि भैँसेस्थित त्रिभुवन राजपथबाट काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । Photo: symbolic only

कर फर्स्योट आयोगको औचित्यमै प्रश्न

काठमाडौं ,साउन १८ ।  चूडामणि शर्मा प्रकरण लम्बिँदै जाँदा कर फर्स्योट आयोगको औचित्यमै प्रश्न उठ्न थालेको छ । आयोगका पदाधिकारीले मूल्य अभिवृद्धि कर (भ्याट) र माग नै नगरेका करदातालाई समेत कर मिनाहा गरेका दृष्टान्त सतहमा आउन थालेपछि आयोगको सान्दर्भिकता ह्रास हुँदै गएको छ । कर फर्स्योट आयोग ऐन, २०३३ अनुसार २२ माघ २०७१ मा गठन गरिएको तीन सदस्यीय कर फर्स्योट आयोग विवादमा तानिएपछि यसको औचित्यमा प्रश्न उठेको हो । व्यवस्थापिका संसद्को अर्थ समितिका सभापति प्रकाश ज्वालाले कर फर्स्योट आयोग ऐन, २०३३ तत्काल खारेज गर्नुपर्ने बताए । ‘ऐन असान्दर्भिक भइसकेको छ’, उनले भने, ‘आयोगको माध्यमबाट राजस्व छल्नेलाई छुट दिने काम भएको छ । नीतिगत भ्रष्टाचार गर्नेलाई कारबाही हुनुपर्छ ।’ समितिले कर फर्स्योट आयोग ऐन तत्काल खारेज गर्ने प्रक्रिया अघि बढाएर त्यसको जानकारी दिन सरकारलाई निर्देशन दिएको पनि उनले बताए । कर फस्र्र्याेट आयोगले नाफामा रहेका कतिपय व्यवसायीलाई समेत कर मिनाहा गरेपछि विवादमा तानिएको हो । कर मिनाहा गर्दा स्वयं घोषणा गरेको मूल्य अभिवृद्धि कर (भ्याट), कर छली भएको कर, कर निर्धारण चित्त बुझाई बसेको करदाताको कर बक्यौता, नक्कली मूल्य अभिवृद्धि कर बिजक भएका पार्टीको कर, अन्य व्यक्तिलाई भुक्तानी गर्दा कटाएको वा कटाउनुपर्ने अग्रिम कर र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा फिर्ता नलिएका करदाताको बक्यौता मिनाहा गरेर राज्यलाई हानि पुर्‍याएको आरोप अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छ । मिनाहा दिँदा निजी व्यवसायी करदातालाई अधिकतम ९९ प्रतिशतसम्म मिनाहा दिइएको छ ।पूर्वकार्यवाहक महालेखा परीक्षक शुकदेव भट्टराईले जनताबाट राज्यका लागि उठाएको भ्याट रकमसमेत छुट दिने अधिकार आयोगलाई नभएको बताए । ‘कर छुट दिँदा पनि समन्वय भएन । व्यवसायीलाई ९९ प्रतिशत र सरकारी संस्थानलाई ३७ प्रतिशत मिनाहा गरिएको छ’, उनले भने, ‘यसले कर नतिरी शक्तिकेन्द्र धाउने र कर मिनाहा गराउन प्रभाव पार्ने प्रवृत्ति बढ्ने खतरा छ ।’ त्यस्तै, प्रशासकीय पुनरवलोकनका क्रममा रहेको र राजस्व न्यायाधीकरणमा विचाराधीन रहेको विषयलाई समेत अस्वाभाविक रूपमा कर मिनाहा गरेको दाबी अख्तियारको छ । तीन सदस्यीय आयोग पदाधिकारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि आयोगको काम कारबाहीमा औंला उठेको हो। कुल १ हजार ६९ थान निवेदनबाट ३० अर्ब ५२ करोड ५७ लाख ७८ हजार ९ सय ३७ रुपैयाँ बक्यौता रकम फर्स्योटका लागि माग भएको थियो । माग गरिएको निवेदनमध्ये ६ सय ९० निवेदन बक्यौतासम्बन्धी छन् । बक्यौता करदाताले अटेर गरी नबुझाएको रकम हो । विवादित रकमको समाधान गर्न आयोग गठन गरेको भनिए पनि विवादितभन्दा कर नतिरी बसेका करदाताको रकम धेरै छ । आयोगले २० अर्ब ९७ करोड ९६ लाख ६३ हजार दुई सय ९७ रुपैयाँ कर छुट दिने बद्नियतपूर्ण निर्णय गरेको भन्दै अख्तियारले सदस्य चूडामणि शर्मालाई पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष महत र अर्का सदस्य उमेशप्रसाद ढकाल फरार छन् । पदाधिकारीले बद्नियतपूर्वक सम्झौता गरेर १० अर्ब ९४ करोड १५ लाख ३६ हजार पाँच सय ३९ रुपैयाँ बक्यौता कर छुट दिएको छ । अख्तियारले ४५ वटा करदाताको बक्यौता मिनाहा गरेको सम्बन्धमा अनुसन्धान गरी मुद्दा दायर गरेको हो । बाँकी अन्य करदाताको बक्यौता मिनाहा गरेको बारेमा अनुसन्धान गरी छुट्टै आरोपपत्र पेस गरिने अख्तियारले जनाएको छ । आयकर ऐन, २०५८ ले करदातालाई नै जिम्मेवार बनाई स्वयंकर निर्धारणको व्यवस्था गरेको छ । आफू मर्कामा परेको महसुस भएमा करदाताले तीन तह (आन्तरिक राजस्व विभाग, राजस्व न्यायाधीकरण, सर्वोच्च अदालत) सम्म जान सक्ने अधिकार ऐनले दिएको छ । पूर्वकार्यवाहक महालेखा परीक्षक भट्टराईले भने, ‘मर्कामा परे करदाता तीन तहसम्म जान सक्ने भएकाले कर फर्स्योट आयोगको अब आवश्यकता देखिँदैन ।’ राजस्व न्यायाधीकरणका एक पूर्वअध्यक्षले भने, ‘राज्यलाई छहारी दिने अपेक्षा थियो । तर, कर फर्स्योट आयोग विषवृक्षका रूपमा रह्यो । त्यसमा कहीँ अमृत फल्छ ? कर प्रशासनमा विष छरियो ।’ कानुनबमोजिम निर्धारण तथा असुल गर्नुपर्ने बक्यौता कर निर्धारण गरी असुल गर्न अधिकारसम्पन्न कर फर्स्योट आयोग गठन गरिएको हो । जुन जनताको सुविधा र आर्थिक हित कायम राख्न गठन गर्नुपरेको ऐनको प्रस्तावनामा उल्लेख छ । तर, आयोगका पदाधिकारीले मनपरी ढंगले कर छुट दिएको आरोप अख्तियारले लगाएको छ । आयोगका पदाधिकारीले निर्धक्कसँग कर छुट दिनुका पछाडि ऐनको धारा १४ रहेको व्यवस्थाले गर्दा देखिन्छ । ऐन, ०३३ को धारा १४ मा कागजपत्र र गोप्य कुरा कर निर्धारण वा असुलीको प्रयोजनको निमित्तबाहेक अन्य काममा प्रकाश गर्न नपाइने व्यवस्था छ । त्यस्तै, सरकारको अनुमतिविना कुनै अधिकारीले निरीक्षण वा अनुसन्धानका लागि मागसमेत गर्न नसक्ने र अदालतमा प्रमाण पनि नलाग्ने व्यवस्था छ । यही दफालाई आधार बनाई कसैले कुनै कुरा उठाउन नसक्ने अवस्था सिर्जना गर्न सक्ने आकलन गरी मनपरी गरेको अख्तियारले विशेष अदालत काठमाडौंमा दायर गरेको आरोप पत्रमा उल्लेख छ । आन्तरिक राजस्व विभागका महानिर्देशक शर्माको बयानका आधारमा आयोगका कामकारबाही तथा सम्झौताका कागजात गोप्य रहने कानुनी व्यवस्थाले गर्दा पदाधिकारी कसैलाई थाहा नहुनेमा ढुक्क भएका हुन् । आयोगले आफ्नो प्रतिवेदन गोप्य रूपमा सिलबन्दी गरी सरकारलाई पेस गर्दै आएको छ । आरोपपत्रमा भनिएको छ, ‘गोप्यताको कवचमा जे पनि गर्न सकिन्छ भन्ने आधारमै पदाधिकारीले आफ्नै कार्यविधि पनि पालना गरेको देखिएन ।’ त्यस्तै, असल नियतले गरेको वा गर्न खोजिएको कुनै काम कारबाहीको निमित्त आयोगका कुनै सदस्य वा आयोगका आदेश तथा निर्देशनबमोजिम काम गर्ने कुनै व्यक्तिविरुद्ध कुनै मुद्दा वा कानुनी कारबाही चलाउन नपाउने व्यवस्था धारा १७ मा छ । सामान्यतः भ्याट मिनाहा गर्न नपाइने उल्लेख गर्दै राजस्व न्यायाधीकरणका एक पूर्वअध्यक्षले भने, ‘वस्तु किन्दा राज्यलाई उपभोक्ता वा व्यवसायीले राज्यलाई तिर्ने गरी लिइएको नासो हो । नासो मास्ने अधिकार दिनेलाई पनि हुँदैन । पदाधिकारीमा असल नियतको अभाव देखिन्छ ।’ विगतको प्रावधानलाई पछि बनेको ऐनले अस्वीकार गर्‍यो भने स्वतः शून्यप्रायः हुन्छ । आयकर ऐन, ०५८ ले कर फर्स्योट आयोगको परिकल्पनासमेत गरेको छैन । आयकर ऐन नै प्रभावकारी मानिने विज्ञ बताउँछन् । सर्वोच्च अदालतका एक पूर्वन्यायाधीशले भने, ‘मृत ऐन ब्युँताएर आयोग गठन गर्नु नै असंवैधानिक थियो । बद्नियत राखेरै राजनीतिक शक्तिले ‘ब्युरोक्रेट’लाई प्रयोग गर्‍यो ।’ २२ माघ ०७१ सालमा गठन गरिएको तीन सदस्यीय कर फर्स्योट आयोगको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट (सीए) महत थिए । त्यस्तै, सदस्यमा अर्का चार्टर्ड एकाउन्टेन्ट ढकाल थिए भने आन्तरिक राजस्व विभागका महानिर्देशकका हैसियतले शर्मा सदस्य–सचिवमा नियुक्त भएका थिए । आयोगका अध्यक्ष महत र सदस्यद्वय ढकाल र शर्मालाई भ्रष्टाचार निवारण ऐन, ०५९ बमोजिम जरिवाना र कैद सजायको माग दाबी लिएको छ । ३ असारमा कार्यालयबाटै पक्राउ परेका शर्मा मात्र हिरासतमा छन् । अध्यक्ष महत र सदस्य ढकाल भने फरार छन्,अन्नपूर्ण पोस्टमा खबर छ।

स्थानीय तहको प्रमुख प्रधानमन्त्री भन्दा ठूलो :अध्यक्ष बिजुक्छें

भक्तपुर, असार २९ । स्थानीय तहमा कर्मचारी समायोजन गरी पठाउनु स्थानीय स्वायत्त शासनको बर्खिलाप भएको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बताएका छन । भक्तपुरको पहिलो नगर सभाको बिहीबार उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले स्थानीय तहलाई सरकारी कर्मचारी पठाउनु गाउँनगरमा सिंहदरबार पुर्‍याउने नीतिको विपरित भएको बताए । ‘स्थानीय तहमा समायोजनको नाउँमा कर्मचारी पठाउन स्थानीय स्वायत्त शासनविपरीत छ’, उनले भने, ‘यो सिंहदरबार गाउँनगर पठाउने नीतिको बर्खिलापसमेत हो।’ अध्यक्ष बिजुक्छेंले भने ‘स्थानीय तहमा त्यहाँका प्रमुखको स्थान प्रधानमन्त्रीको भन्दा माथि हुन्छ। तर कर्मचारी समायोजन विधेयक बनाउने कर्मचारीहरुलाई स्थानीय तहको भावना र मर्म नै थाहा छैन।’

कथा : ग्रामीण पर्यटनको !

रूद्रप्रसाद भट्टराई गाउँसँग ग्रामीण पर्यटन जोडिएपछि थुप्रै गाउँहरु आज पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गएका छन् । सम्पूर्ण विषयले देशभित्र महत्वपूर्ण स्थान पाउँदा यो क्षेत्रपनि क्रमशः विकशित स्वरुपमा परिचित बन्दै गएको पनि छ । धेरै कथाको बीचमा आज एक कथा लेख्न मन लाग्यो ‘कथा ग्रामीण पर्यटनको’ । घुमेका स्थानहरुको कथा र डायरी अनेक हुन्छन् तर समग्रतालाई पर्यटनको कथा बनाउनु अत्यन्तै मुश्किल कार्य हो । सोचेँ अनि लेख्न सुरु गरेँ यो प्रकृतिको कथा बिक्छ ! बिकोस या नबिकोस सम्पूर्णताको कथा बनाउने यो प्रयासको थालनी मानौँला भनेर । कथा सुरुहुन्छ इतिहास, प्रकार, सौन्दर्यता, र जीवनस्तरको वृद्धि अनि अन्त्य हुन्छ ग्रामीण पर्यटनको प्रवद्धनमा । नेपालमा बढी फस्टाएको पर्यटकीय प्रकारहरूमा धार्मिक, मनोरञ्जनात्मक, प्राकृतिक, र साहसीक पर्यटन पर्दछ । त्यसमा पनि ग्रामीण पर्यटन पछिल्लो आर्थिक—सामाजिक उपार्जनको अभिन्न अँग बनेको छ । यहि पर्यटनका विभिन्न प्रकारहरूलाई चुम्न वर्षमा करिब ८ लाख माथि पर्यटकहरू देशमा भित्रिन्छन् अनि धित नमरिञ्जेल फर्किदैनन् । एकाध घटना बाहेक असुरक्षा भयो र मज्जा आएन भन्ने पर्यटकहरू खासै भटिएका छैनन् अभिलेखहरूमा । जसरी पर्यटकहरू नेपाल भित्रिएपनि फर्कने बेलामा खुसी—खुसी फर्कने प्रबृति बढ्दै गएको छ अहिले । आन्तरिक रुपमा पनि हिँड्न नचाहनेहरूपनि क्रमशः देश दौडाहामा निस्कन थालेका छन । किनकी पैसा हुँदा घुम्न नमिल्ने हुनसक्छ बरु अभावमै ऋण काढेरै भएपनि मज्जा लिउँ भन्ने शैली बाहिर त छँदैछ, पछिल्लो समय आन्तरिक रुपमा पनि यसको मात्रामा वृद्धि हुँदै गएको छ । रूद्रप्रसाद भट्टराई १३ औँ शताब्दीबाट सुरुभएको पर्यटन् शब्द १९ औँ शताब्दीबाट मात्र योजनावद्ध र स्थापीत भयो । हुँदा—हुँदा ९० को दशक पछाडि त ग्रामीण जीवनस्तरमा ग्रामीण स्थान र सौन्दर्यता, परिकार र उत्पादनको सहायताले ग्रामीण जीवनस्तर अभिवृद्धि गराउने उद्धेश्यले ग्रामीण पर्यटनको स्थापना भएको पाइन्छ । पर्यटन क्षेत्रमा देखिएको विविधिकरण सँगै ग्रामीण पर्यटनको पनि सम्भावनाहरूमा वृद्धि हुँदै गएको छ । यसले नविन गन्तब्यहरूको पहिचान, प्रारम्भिक अध्ययनसँगै स्थानको रेखाचित्र र आयोजनाहरूमा बढवा दिएको छ । कुना काप्चाका स्थानहरूमा द्रुत्ततर रुपमा कामहरू अघि बढ्नु यसको तौलदार प्रमाण हो । अनवरत् यात्रा र अनुसन्धानको परिणाम आज ग्रामीण पर्यटन ग्रामीण विकासको सहयात्री बन्न पुगेको छ । ग्रामीण पर्यटन गाउँको अमिश्रित अर्थात शुद्ध पर्यटन हो जहाँ गाउँलेपन, गाउँले वातावरण, रहनसहन, शैली, क्रियाकलाप, उत्पादन र गतिविधिहरू उपलब्ध हुन्छन् । यस पर्यटनले कहिँ र कतै धित नमरेको मनलाई स्वादीलो पानी बनी प्यास मेटाउने प्रयास गरेको हुन्छ । त्यसैले त भनिन्छ जो जहाँ भएपनि जीवन ढल्कँदै जाँदा र उतरार्र्ध समयमा गाउँमै प्राणत्याग गर्ने इच्छा राखेका हुन्छन् अधिकाँशले । तसर्थ, ग्रामीण पर्यटन गरिबको पर्यटन हो जसमा कम पैसामा गाउँका स्थानीयहरूका घरमा गएर बास बस्ने तिनले पकाएका गाउँका उत्पानको स्वाद लिने, खेतिपातीमा मज्जा लिने, रहनसहनमा रमाउने, अध्ययन र अनुसन्धान गर्ने र मज्जा सँगै ज्ञान र सीप लिने क्रियाकलापहरू पर्दछन् । एक शब्दमा भन्नुपर्दा ग्रामीण पर्यटन एउटा प्रवृतिसँग प्रत्यक्ष सम्बन्धित तथा अद्वितिय वस्तुहरूको अवलोकन र प्रयोगसँग जोडिएको छ । ग्रामीण पर्यटनका स्थानीय क्षेत्र र उत्पादीत वस्तुहरूको प्रवद्र्धन, उत्पादनको खपत, रोजगारीको अवसर, आम्दानीमा वृद्धि, वस्तुको सहज उपलब्धता, ग्रामीण उद्योगको विकास, प्राकृतिक वातावरणको सँरक्षण, स्रोत र साधनको अधिकतम परिचालन, सँस्कृति र सँस्कारको आदानप्रदान, ऐतिहासीक पक्षको दिगोपन, व्यापार तथा व्यवसायको विकास, सहकार्यको बानी आदि सकारात्मक पक्षहरूभित्र पर्दछन् । यसका साथै मुल्यमा वृद्धि, प्रविधिले रोजगारी गुमाउने, अपराध, स्थानीयता लोप हुनु, वातावरणीय क्षय, द्वन्द्व आदी भने यस पर्यटनका नकारात्मक पक्षहरूभित्र पर्दछन् । आखिर यसका सवल र दुर्वल दुबै पक्षहरू भएतापनि यसबाट मानिसहरूलाई नविनतम् आनन्द, ज्ञान र रमाइलो सहजै प्रदान गर्नेकुरामा दुइमत हुन सकिँदैन । पर्यटनको क्षेत्र र त्यसको विविधिकरणका प्रचुर सम्भावनाहरू रहेको हाम्रो देशमा यस क्षेत्रको सन्तुलित उन्नती गर्न सकेमा देशले काँचूली फेर्न सक्छ । प्रकृतिका उपहारहरू र निर्मित स्थान तथा उत्पादनहरूको महतम् परिचालन र उपयोगबाट देशको अर्थतन्त्रमा ठुलो सहयोग पुग्न सक्दछ । यसको लागि देशको जँगल, जमीन, जडिबुटी, जल र खनीजहरू नै देशका प्रमुख आकर्षणका आधारहरू भएकोले यसको सँरक्षण गर्नु अपरिहार्य छ । साथै आधुनिक सहर, गाऊँ, स्थानीय ज्ञान र सीप, वातावरणप्रेमी स्थानहरू, पार्क, जँगली जनावरहरू, निकुञ्ज, शैक्षिक केन्द्र, पहाडी क्षेत्र र जनजीवन, फुलहरू, सँस्कृति र सामाजिक जीवन, स्वादीलो र कमखर्चिलो खाना, खोलानाला, हाते उत्पादनहरू, पुरातात्विक वस्तुहरू, खेलकुद, जातजाति र तिनको जनजातियता, जलयात्रा, यातायात, पदयात्राका स्थानहरू, रात्री र दिवा जीवन शैली, गल्फिङ्ग, मौलिक भेषभूषा र भाषा, रहनसहन, घरबास आदि ग्रामीण पर्यटनका मुख्य क्षेत्रहरूमा उल्लेख्य लगानी बढाई दीर्घकालीन लक्ष्य र कार्य गरिनु जरुरी बनेको छ । दिगो सोच र प्रयासले मात्र ग्रामीण पर्यटनको माध्यमबाट ग्रामीण विकास अझ नजिक र सम्भव बन्ने देखिन्छ । अब त झनै देश स्थानीय निर्वाचनपछि संघको अभ्यासमा जाने भएको हुनाले पनि यो क्षेत्रको महत्व थप बढ्ने देखिन्छ । तसर्थ, सरोकारवालाहरूले निर्विकल्प ग्रामीण पर्यटन प्रवद्र्धन पहिलो सर्तभित्र राख्नुपर्नेमा ढिलाइ गर्नु हुँदैन । ग्रामीण पर्यटनको यो कथाले अब व्यापकता पाउनुपर्दछ, उनै डोको, नाम्लो, खेती, परिकारको स्वादको व्याख्या गरिनुपर्दछ र गाउँको विकास गरिनुपर्दछ भन्दै यो कथा अन्त्य गर्दछु । धन्यवाद ।