रुसमा मृत्यु भएका नेपालीको शव फिर्ता ल्याउन कठिन, रुसको जवाफ पर्खिदै सरकार

काठमाडौं । रुस–युक्रेन युद्धमा रुसका तर्फबाट लड्ने क्रममा ज्यान गुमाएका ६ जना नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउन चुनौतीपूर्ण बनेको बीबीसीले जनाएको छ ।

नेपालका लागि रुसका राजदूत मिलन तुलाधरलाई उधृत गर्दै बीबीसीले लेखेको छ,‘यसबारे अहिलेसम्म कुनै प्रगति भएको छैन ।’

परराष्ट्र मन्त्रालय स्रोतले पनि अहिलेसम्म रुसको जवाफ पर्खिरहेको प्रतिक्रिया दिएको छ । दुई देशबीच कुराकानी भइरहे पनि रुसका तर्फबाट कुनै जवाफ नआएको परराष्ट्रका अधिकारीले जनाएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार रुसका तर्फबाट लड्ने क्रममा युक्रेनी सेनाको आक्रमणमा परी ६ जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखराका देवान राई, गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, स्याङजाका पितक कार्की, दोलखाका राजकुमार रोक्का र इलामका गंगाराज मोक्तान छन् ।

बीबीसीले मृतकका परिवारको हवाला दिँदै जनाए अनुसार शवहरु जमीनमा गाडिसकिएको हुन सक्ने भएकाले तत्काल उत्खनन गरेर फिर्ता पठाउन सहज छैन ।

मृतक देवान राईका पिता धनराज राईलाई उधृत गर्दै सरकारले चाँडो पहल गरिदिन आग्रह गरेको बीबीसीले जनाएको छ ।

‘मेरो छोराको अनुहार हेर्न चाहन्छु, छोरो फिर्ता आएन भने सरकारसँग के आश गर्ने ?’ देवानका पिताको भनाइ छ ।

सरकारले रुसी सेनामा भर्ती गरिएका नेपालीहरुको तथ्यांक मागेको छ । साथै अबैध रुपमा भर्ना गरिएका नेपालीलाई तत्काल फिर्ता गर्न नेपालले रुसी सरकारलाई पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।

सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर १९ मिनेट जाँदा ३.९ रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रूपमा लिने गरिन्छ।

मेलम्चीको पानी वितरण सुरु भएको दुई वर्ष बितिसक्दा पनि विशिष्ट कार्यालयमा अझै पुगेन पानी

काठमाडौं । काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएको दुई वर्ष बितिसक्दासमेत अति विशिष्ट कार्यालयमा मेलम्चीको पानी वितरण सुरु हुन सकेको छैन । राष्ट्रपतिको कार्यालय, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलगायतका मन्त्रालय, विभिन्न सरकारी कार्यालय र सार्वजनिक संस्थानमा अहिलेसम्म मेलम्चीको पाइप जडान गरिएको छैन । यी कार्यालयमा ट्याङ्कर, जार र बोतलका पानी किनेर प्रयोग गर्ने गरिएको छ । २०७७ साल चैत २० गते पहिलो पटक काठमाडौँमा मेलम्चीको पानी वितरण सुरु भएको थियो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता लीलाकान्त पौडेलले राष्ट्रपति कार्यालयमा अहिलेसम्म मेलम्चीको पानी वितरणका लागि पाइप जडान नगरिएको जानकारी दिए । उनले पाइप जडानका लागि मेलम्ची खानेपानी आयोजनासँग लामो समयदेखि पहल गरे पनि अहिलेसम्म जडान हुन नसकेको बताए । उनले राष्ट्रपति कार्यालयमा ट्याङ्कर, जार र बोतलका पानी किनेर प्रयोग गर्ने गरिएको जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टले यस कार्यालयमा पनि अहिलेसम्म मेलम्चीको पानी वितरणका लागि पाइप जडान हुन नसकेको बताए । उनले कार्यालयमा ट्याङ्कर, जार र बोतलको पानी किनेर प्रयोग गर्ने गरिएको जानकारी दिए । मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन एकाइ कार्यालयका निर्देशक राजेन्द्र सापकोटाले राजधानीको अति विशिष्ट कार्यालय तथा निवासलगायत सरकारी कार्यालय र सार्वजनिक संस्थानमा अहिलेसम्म मेलम्चीको पानी वितरण हुन नसकेको र भविष्यमा पाइप जडान गरी पानी वितरण गर्ने लक्ष्य रहेको बताए । मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन एकाइ कार्यालयले सरकारी कार्यालय र संस्थानलाई सिधै पाइप जडान गर्न नमिल्ने बताउँदै उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको ग्राहक बनेर आएको अवस्थामा मात्र यस एकाइले पाइप जडान गर्न सक्ने जानकारी दिए । यो गोरखापत्र दैनिकमा आज प्रकासित समाचार हो ।

दीगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक सिंहदरबारमा

काठमाडौं । दीगो विकास लक्ष्य केन्द्रीय निर्देशक समितिको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहान १० बजेदेखि सुरु भएको बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा जारी बैठकमा नेपालले दीगो विकास लक्ष्यका उद्देश्यहरु हासिल गर्न गरेका प्रयासको समिक्षा, कार्यान्वयनको अवस्था, चुनौतिलगायत भावी कार्ययोजनाबारे छलफल हुने छ । बैठकमा राष्ट्रिय योजना आयोगका पदाधिकारीहरु, अर्थ मन्त्री, सबै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, जिल्ला समन्वय समिति महासंघ अध्यक्ष, नगरपालिका महासंघ, गाउँपालिका महासंघका अध्यक्षहरुको उपस्थिति रहेको छ

सबैभन्दा कम बेरुजु भएको महानगर भरतपुर

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा ६ महानगरमा सबैभन्दा कम बेरुजु भरतपुरको रहेको उल्लेख छ । आर्थिक वर्ष २०७७र७८ को प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु विराटनगरको देखिएको हो ।   उक्त कार्यालयले प्रकाशित गरेको प्रतिवेदनमा बेरुजु प्रतिशत विराटनगरको १६ दशमलव ५७ प्रतिशत छ भने भरतपुरको ० दशमलव ५६ प्रतिशत छ । त्यस्तै वीरगञ्जको नौ दशमलव ८० प्रतिशत, ललितपुरको आठ दशमलव ०६ प्रतिशत, काठमाडौंको पाँच दशमलव ४० प्रतिशत र पोखराको पाँच दशमलव ३५ प्रतिशत रहेको छ । छ महानगरको समग्रमा बेरुजु छ दशमलव १३ प्रतिशत हुन आउँछ । पेश्की बाहेक बेरुजुको प्रतिशत विराटनगरको १५ दशमलव १३ प्रतिशत, वीरगञ्जको नौ दशमलव ६३ प्रतिशत, ललितपुरको चार दशमलव ०३ प्रतिशत, काठमाडौँको चार दशमलव ६४ प्रतिशत, पोखराको पाँच दशमलव १७ प्रतिशत र भरतपुरको ० दशमलव २५ प्रतिशत रहेको छ । बेरुजुमध्ये पेश्की रकममा विराटनगरको रु छ करोड १७ लाख, वीरगञ्जको रु एक करोड ३३ लाख, ललितपुरको रु २७ करोड ७२ लाख, काठमाडौँको रु १५ करोड छ लाख, पोखराको रु एक करोड ७९ लाख र भरतपुरको तीन करोड ५३ लाख रहेको छ । प्रतिवेदनमा म्याद नाघेको पेश्की समेतको बेरुजु विराटनगरको रु ७१ करोड १५ लाख, वीरगञ्जको रु ७६ करोड २८ लाख, ललितपुरको रु ५५ करोड ४० लाख, काठमाडौँको रु एक अर्ब छ करोड ७४ लाख, पोखराको रु ५४ करोड ६१ लाख र भरतपुरको रु छ करोड ४५ लाख रहेको छ । महालेखाले विराटनगरको रु चार अर्ब २९ करोड ५२ लाख, वीरगञ्जको रु सात अर्ब ७८ करोड ४२ लाख, ललितपुरको रु छ अर्ब ८७ करोड ३५ लाख, काठमाडौँको रु १९ अर्ब ७७ करोड ६० लाख, पोखराको रु १० अर्ब २१ करोड ४६ लाख र भरतपुरको रु ११ अर्ब ५५ करोड ७६ लाखको लेखापरीक्षण गरेको थियो । महालेखाले छ महानगरपालिकाको रु ६० अर्ब ५० करोड ११ लाखको लेखापरीक्षण गरेको प्रतिवेदनमा जनाइएको छ । भरतपुर महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्यालले बेरुजु तत्काल फर्छ्यौट गर्ने परिपाटीको विकासका कारण बेरुजु कम भएको बताए । ऐन, नियम र मापदण्डको पूर्णपालना गरिएको, उपभोक्ता समितिलाई पेश्की दिने कार्यमा कडाइ गरिएको र बेरुजु फर्छ्योटमा विशेष जोड दिएकै कारण अन्य महानगरपालिका भन्दा भरतपुरको बेरुजु निकै कम भएको उनको भनाइ थियो । महानगर प्रमुख रेनु दाहालले आर्थिक सुशासन र पारदर्शितामा यो महानगर अग्रणी रहेको प्रतिवेदनले देखाएको बताइन्। उनले भनिन्, “जवाफदेहीता, पारदर्शिता र आर्थिक मितव्ययितामा हामी प्रतिबद्ध छौँ ।” सुशासनमा ध्यान दिँदै जनताको मन जितेर विकासमा महानगर जुटेको भन्दै महानगरप्रमुख दाहालले छिटोछरितो सेवा प्रवाहमा महानगर लागेको जानकारी दिइन् । महानगरका जनप्रतिनिधिले अतिरिक्त सेवा सुविधा नलिएको र सुशासनमा जोड दिएका थिए । उनले भनिन्, “आम महानगरबासीले काम गर्दा प्रचलित नीति नियमलाई पालना गरिदिन अनुरोध गर्दछु ।” कर्मचारीले भने अनुसारका कागजपत्र तयार गरेर पारदर्शी ढङ्गबाट काम गर्दा बेरुजु नआउने र कामको गुणस्तरीयता बढ्ने उनको भनाइ थियो । देशका छ महानगरमा सङ्घ र प्रदेशको समेत धेरै बजेट ल्याएर भौतिक पूर्वाधारसहितका विकासका काम गर्ने महानगरमा भरतपुर अग्रणी छ ।–रासस

पर्वत समाज कतारको बार्षिक साधारणसभा सम्पन्न

दोहा / पर्वत समाज कतारले विभिन्न कार्यक्रम गर्दै आफ्नो बार्षिक साधारणसभा सम्पन्न गरेको छ । “निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत ” भन्ने मुल नारा सहित सन् २००३ मा स्थापना भएको संस्थाले दोहा नज्मा स्थित शालिमार होटलको सभाहलमा भब्य उपस्थितिमा साङ्गितिक कार्यक्रम सहित बार्षिक साधारणसभा सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै गैरआवासीय नेपाली संघ (एनआरएनए ) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पर्वत समाज कतार, कतारको अग्रणी सामाजिक संस्था रहेको भन्दै संस्थाले गरेको समाज सेवाको प्रसंशा गरेका थिए । समाजले कतारमा गरेका विभिन्न सामाजिक कार्य उदाहरणीय रहेको भन्दै अन्य संस्थाले पनि यसलाई अनुसरण गर्न आवश्यक रहेको बताए । पर्वत समाज कतारले मातृभुमीमा तथा कर्मभुमी कतारमा गरेको समाज सेवा उल्लेखनीय रहेको भन्दै त्यसलाई निरन्तरता दिन सुझाव दिए । एनसिसि कतारले गर्ने सम्पुर्ण कार्यमा पर्वत समाजले निरन्तर उत्कृष्ट सहकार्य गरेको बताउदै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए । “कतारका केही ब्यक्तिहरुले ” तदर्थ समिति बनाउने घोषणा गरेकोमा आपत्ती प्रकट गर्दे मुसलमानले दोहामा मिलेर बसेको नेपाली समाज बिभाजन गर्नुनै मुख्य उदेश्य रहेको बताए ” दोहामा स्थापित सम्पुर्ण बैचारिक, सामाजिक संघसंस्था नेपाली समुदायको प्रतिनिधित्व गर्ने संस्था आफ्नो नेतृत्वको (एनआरएनए ) भएको र कतारका सम्पुर्ण निकायमा दर्ता भइसकेको संस्था भएकोले अनाधिकृत रुपमा नाम र लोगो प्रयोग गर्दा कतार सरकारले पनि कानुनी दायरामा ल्याउने सक्ने भन्दै सचेत रहनुपर्ने बताए । उहाँले कसैको समाज सेवा गर्ने उदेश्य भए अन्य कुनै पनि नाममा संस्था खोलेर सेवा गर्न सुझाव दिए । कतारमा मिलेर बसेको नेपाली समाजलाई फुटाउने दुस्साहस गर्नेहरुलाई समाजले कुनैपनि स्थान दिन नहुनेमा मुक्तदाले जोड दिए । एनआरएनए कतार सदैव श्रमिकमुखी र समाजको हितको लागि कुनै कसर बाँकी नराखेको बताउदै दोहामा कुनै पनि किसिमका समस्या रहेको खण्डमा आफ्नो संस्थालाई जानकारी गराउन अनुरोध गरे । कतारमा रहेका विभिन्न बैचारिक, सामाजिक व्याक्तित्व, जिल्लावासी, कलाकार, खेलाडी तथा पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको कार्यक्रममा संस्थाका संरक्षक छविलाल भट्टराई, अजय बिस्वकर्मा,सल्लाहकार दिल कुमार श्रेष्ठ,प्रवासी नेपाली मन्च कतार अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समिति कतार अध्यक्ष मोहम्मद अजिज अलि, नेपाली जनप्रगतीसिल मन्च कतार अध्यक्ष बुद्धि प्रसाद भण्डारि, प्रवासी नेपाली एकता मन्च कतार अध्यक्ष रामहरि गैरे ,नेपाली समाज कतार अध्यक्ष तेज मोक्तान तामाङ, कतार नेपाली एकता समाज अध्यक्ष बिष्णु थापा, संघीय लिम्बुवान बाट सुजन लिम्बु, नेपाल पत्रकार महासंघ कतार शाखा बाट दिप जङ्ग साह, नेपाली महिला समाजका अध्यक्ष सरिता पौडेल भन्डारी, आदिवासी जनजाती महासंघ कतारका उपाध्यक्ष डिएन मगर, विवेकशिल साझा सद्भाव समुह कतारका कल्याण थापा, नेपाली प्रवासी एकिकृत श्रमिक संघका महासचिव गणेश ढकाल, प्रदेश नम्बर एक समन्वय परिषद कतारका महासचिव निरन नेपाल, मधेस प्रदेश समन्वय परिषदका उपाध्यक्ष मिराज आलम, गन्डकी प्रदेश समन्वय परिषद कतारका वरिष्ठ उपाध्यक्ष सागर पौडेल, लुम्बिनी प्रदेश समन्वय परिषदका अध्यक्ष बुद्ध पाण्डे, नेपाली मुस्लिम समाज कतारका अध्यक्ष स्माइल पन्त, दलित एकता समाजका उपाध्यक्ष सुमन नेपाली, बागलुङ सेवा समाजका अध्यक्ष सन्तोष पौडेल, झापाली समाजका अध्यक्ष केशव कार्की, अर्घाखाँची सेवा समाजका अध्यक्ष टेकराज थापा, महोत्तरी सेवा समाजका अध्यक्ष इसिलाल पन्डित, लगायतको मन्तव्य रहेको थियो। कार्यक्रममा संस्थाको एक बर्षको प्रगति एवं आर्थिक प्रतिवेदन पेश गर्दे सचीव सेवक विकले विभिन्न आर्थिक अभियान सन्चालन गरि चार लाख आठ हजार छ सय असी रुपैया मृगौला पीडित, क्यान्सर पीडित, बाढी पहिरो पीडितलाई हस्तान्तरण गरेको जनाए । साथै संस्थाले विभिन्न कार्यक्रमहरु संचालन गरि करिब नौ हजार रियल बचत गरेको बताए । कार्यक्रमलाई साङ्गितिक माहोल बनाउनको लागि कलाकारहरु सुरेस बिसि, अमृत रसाइली, देव बिश्वकर्मा, शान्ति वली, सन्ध्या अर्याल, कृष्ण परियार लगाएतलेउत्कृष्ट प्रस्तुती रहेको थियो । कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष क्षेत्रीले स्वागत मन्तव्य सहित पर्वत जिल्लाको परिचय राखेका थिए । सो कार्यक्रमको समापन गर्दै अध्यक्ष श्याम न्यौपानेले समाजले गरेका सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिदै सबैको साथ सहयोग लिएर संस्थाको गरिमा थप उचाईमा पुर्याउने बताउदै उपस्थिति सम्पुर्णमा धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सचीव सेवक बिक र सह-सचीव रविन पुनले गरेका थिए ।

सुदूरपश्चिमका ८८ मध्ये ७२ पालिकाको मत परिणाम सार्वजनिक, कुन पार्टीले कहाँ जिते (सूचिसहित)

कैलाली । सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका ८८ तहमध्ये बिहीबार बिहानसम्म ७२ पालिकाको मत परिणाम मात्र सार्वजनिक भएको छ । सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले ३३, नेकपा ९एमालें ले २३, नेकपा माओवादी केन्द्रले १३, एक पालिका स्वतन्त्रले जितेको छ भने २ पालिका नागरिक उन्मुक्ति पार्टीले जितेको छ । यस्तै, उपप्रमुखमा कांग्रेसका ३७, एमालेले २१, माओवादीले ११ र नेकपा एकीकृत समाजवादी २ जना निर्वाचित भएका छन् भने एक पालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ । अध्यक्षरप्रमुखमा नेपाली कांग्रेस विजयी भएका पालिकाहरू बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत बहादुर रोकाया बाजुराको त्रिवेणी नगरपालिका – कर्णबहादुर थापा विजयी बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा –गोविन्दबहादुर मल्ल बझाङको मष्टा गाउँपालिका – ज्ञानबहादुर बोहरा बझाङको बुंगल नगरपालिका – जय बहादुर धामी बझाङको वित्थडचिर गाउँपालिका – अम्मर सिंह महर बझाङको खप्तडछान्ना गाउँपालिका – उत्तम रोकाया बझाङको – जयपृथ्वी नगरपालिका चेतराज बजाल अछाम ढकारी गाउँपालिका–प्रकाशबहादुर साउद अछामको कमलबजार नगरपालिका – यज्ञ प्रसाद ढकाल अछामको बान्नीगढीमा – टेक बहादु साँउद अछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउद अछामको रामारोशन गाँउपालिका – मानबहादुर साउद डोटी सायल गाउँपालिका – धर्मराज जोशी डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद डोटीको दीपायल सिलगढी नगरपालिका –बाजीसिँह खड्का डोटीको पूर्वीचौकी गाउँपालिकामा – राम प्रसाद उपाध्याय डोटीको केआई सिंह गाउँपालिका –लोकेन्द्रबहादुर शाही डोटीको शिखर नगरपालिका – दीर्घबहादुर बलायर डोटीको आर्दश गाउँपालिका–गणेशबहादुर खड्का कैलालीको कैलारी गाउँपालिका – राज समझ चौधरी कैलालीको गोदावरी नगरपालिका – वीरेन्द्र भट्ट कञ्चनपुरको बेलडाँडी गाँउपालिका– हरिशचन्द्र राना कञ्चनपुरको बेदकोट नगरपालिका – भोजराज बोहरा डडेल्धुराको नवदुर्गा गाउँपालिका–लक्ष्मीप्रसाद अवस्थी डडेल्धुराका अमरगढी नगरपालिका – डिल्लीराज जोशी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–ईन्द्रबहादुर कार्की डडेल्धुराको भागेश्वर गाउँपालिका – हेम राज चटौत डडेल्धुराको परशुराम नगरपालिका – भरत बडायर जोशी बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद बैतडीको सिगास गाँउपालिका – हरिसिँह धामी बैतडीको पाटन नगरपालिका –गौरी सिंह रावल बैतडीको पुर्चौडी नगरपालिका – दीपकबहादुर बम अध्यक्षरप्रमुखमा नेकपा एमाले विजयी भएका पालिकाहरू बाजुराको गौमुल गाउँपालिका – हरिबहादुर रोकाया बाजुराको खप्तड छेडेदह गाउँपालिका – दिल बहादुर रावत बाजुराको बडीमालिका नगरपालिका – अम्मरबहादुर खडका बाजुराको जगन्नाथ गाउँपालिका – कालीबहादुर शाही एमाले बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया बझाङको तलकोट गाँउपालिका – कल बहादुर रोकाया अछामको तुर्माखाद गाउँपालिका –डम्मरवहादुर विसी अछामको मंगलसेन नगरपालिका –पदम बोहरा डोटीको जोरायल गाउँपालिका– दुर्गादत्त ओझा कैलालीको बर्दगोरियाको गाँउपालिका – कर्णबहादुर कुँवर कैलालीको चुरे गाउँपालिका– चक्र बहादुर बोगटी कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका – किशोर कुमार लिम्बु बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द बैतडीको सुर्नया गाउँपलिका – अम्मर कुँवर बैतडीको दोगडाकेदार गाउँपलिका – चक्र बहादुर कार्की बैतडीको दशरथचन्द नगरपालिका – पुष्कर राज जोशी दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी दार्चुलाको दुहु गाँउपालिका – नरेन्द्र बहादुर बडाल दार्चुलाको मालिकार्जुन गाँउपालिका – हिरा सिहँ धामी दार्चुलाको व्यास गाउँपालिका – मंगलसिंह धामी अध्यक्षरप्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू बझाङको दुर्गाथली गाउँपालिका –दिलबहादुर थापा विजयी बझाङको छबिसपाथिभेरा गाँउपालिका – बसन्तबहादुर चलाउने अछामको मेल्लेख गाउँपालिकामा – ज्वाला साउद डोटीको बोकटान फुड्सिल गाउँपालिका–कमलबहादुर गड्सिला कैलालीको मोहन्याल गाउँपालिका – देवीदत्त उपाध्याय कञ्चनपुरको बेलौरी नगरपालिका – पोतिलाल चौधरी डडेल्धुराको अजयमेरु गाँउपालिका– उमेशप्रसाद भट्ट डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द दार्चुलाको नौगाड गाउँपालिका–दलजीत सिंह धामी दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी दार्चुलाको अपिहिमाल गाउँपालिका–भक्तसिंह ठेकर दार्चुलाको लेकम गाउँपालिका – रामदत्त जोशी अध्यक्षरप्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका पालिका बैतडीको डिलासैनी गाउँपालिका –सन्तोषप्रकाश जोशी अध्यक्षरप्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी पालिका कैलालीको टीकापुर नगरपालिका –रामलाल डङ्गौरा थारु कैलालीको जोशीपुर गाउँपालिका –चित्रबहादुर चौधरी उपप्रमुख कहा कस्ले जित्यो उपाध्यक्षरउपप्रमुखमा नेपाली कांग्रेसले जितेका पालिकाहरु बाजुराको स्वामीकार्तिक गाउँपालिका – मैना जोशी बाजुराको खप्तड छेडेदह गाउँपालिका – विसुदेवी नाथ बाजुराको त्रिवेणी नगरपालिका कमलाकुमारी जैशी बझाङको वित्थडचीर गाउँपालिका – धनलक्ष्मी सिंह बझाङको दुर्गाथली गाउँपालिका – जनक दौल्याल बझाङको थलारा गाउँपालिका – राम खाती अछामको मेल्लेख गाउँपालिका – नृपबहादुर खड्का अछामको चौरपाटी गाउँपालिका – सरदेवी खड्का अछामको ढकारी गाउँपालिका – नेत्रकलादेवी साउद डोटीको बोगटान फुडसिल गाउँपालिका – विष्णा देउवा वम डोटीको बडीकेदार गाउँपालिका – डम्मरीकुमारी विष्ट डोटीको आदर्श गाउँपालिका – लक्ष्मी धामी डोटीको सायल गाउँपालिका – निर्मला ओली डोटीको पूर्वीचौकी गाउँपालिका – पशुपति खड्का डोटीको केआई सिंह गाउँपालिका – मिनादेवी विष्ट डोटीको शिखर नगरपालिका – सुनिता रावल डोटीको दिपायल सिलगढी नगरपालिका – कलावती महर कैलालीको कैलारी गाउँपालिका – भगवतीकुमारी चौधरी कैलालीको मोहन्याल गाउँपालिका – कमलबहादुर साउँद कञ्चनपुरको बेल्डाँडी गाउँपालिका – शान्ति नाथ कञ्चनपुरको बेदकोट नगरपालिका – तुलशी जोशी कञ्चनपुरको दोधराचाँदनी नरपालिका – गंगा देवी जोशी डडेल्धुराको नवदुर्गा गाउँपालिका – निर्मलाकुमारी बोगटी डडेल्धुराको अमरगढी नगरपालिका – पार्वती झुकाल डडेल्धुराको गन्यापधुरा गाउँपालिका –ज्ञानु सेटी देउवा डडेल्धुराको भागेश्वर गाउँपालिका – पुष्पा ठकुराठी डडेल्धुराको अजयमेर गाउँपालिका – वसन्ती पाल दार्चुला मार्मा गाउँपालिका – शर्मिलाकुमारी चन्द सिंह दार्चलाको अपिहिमाल गाउँपालिका – देवकी बोहरा दार्चुलाको नौगाड – जगतसिंह ठगुन्ना दार्चुलाको दुहु गाउँपालिका – शान्ति वम कैलालीको चुरे गाउँपालिका – धनादेवी थापा बैतडीको सुर्नया गाउँपालिका – मञ्जु महर बोहरा बैतडीको मेलौली नगरपालिका – पार्वती बोहरा बैतडीको दशरथचन्द नगरपालिकामा – कौशिला चन्द बैतडीको पुर्चौडी नगरपालिका मिना धानुक बैतडीको डिलासैनी गाउँपालिका – भगिरथी बोहरा उपाध्यक्षरउपप्रमुखमा नेकपा एमालेले जितेका पालिकाहरु बाजुराको गौमुल गाउँपालिका – सीता रोकाया थापा बाजुराको हिमाली गाँउपालिका – राजकला सार्की बाजुराको जगन्नाथ गाउँपालिका मरु कला बिष्ट बाजुराको बडीमालिका नगरपालिका – नन्दा थापा बझाङको साइपाल गाउँपालिका – डोल्मा तामाङ बोहरा बझाङको तलकोट गाउँपालिका – पार्वती कुँवर अछामको कमलबजार नगरपालिका – शारदा विष्ट अछामको बान्नीगढी जयगढ – विन्दु रावल अछामको तुर्माखाद गाउँपालिका – विमलाकुमारी शाही अछामको मंगलसेन नगरपालिका – संगीताकुमारी रावल कैलालीको गोदावरी नगरपालिका –शारदादेवी रोकाया बैतडीको पञ्चेश्वर गाउँपालिका – विना भट्ट् बैतडीको शिवनाथ गाउँपालिका – सकुन्तला साउद बैतडीको सिगास गाउँपालिका – धाना धामी दार्चुलाको शैल्यशिखर नगरपालिका – शान्ति खडायत दार्चुलाको लेकम गाउँपालिका – माधवी जोशी दार्चुलाको महाकाली नगरपालिका – दुर्गा विष्ट डोटीको जोरायल गाउँपालिका – जमुना रोकाया बोहरा कञ्चनपुरको लालझाडी गाउँपालिका – सपना चौधरी कञ्चनपुरको बेलौरी नगरपालिका – जोगराज चौधरी बैतडीको दोगडाकेदार गाउँपालिकाका – पार्वती कार्की उपाध्यक्षरउपप्रमुखमा नेकपा माओवादी केन्द्रले जितेका पालिकाहरु कैलालीको बर्दगोरिया गाउँपालिका – गणेशराज गिरी कैलालीको कैलारी गाँउपालिका – खडकबहादुर शाह दार्चुलाको मालिकार्जुन गाउँपालिका – कल्याणसिंह धामी दार्चुलाको व्यास गाउँपालिका – विनोदसिंह कुँवर अछामको रामारोशन गाउँपालिका – सृजना बुढा बझाङको मष्टा गाउँपालिका – हर्क धामी बझाङको जयपृथ्पी नगरपालिका – रतनबहादुर सिँह बझाङको खप्तडछान्ना गाउँपालिका – विष्णुकुमार थापा बैतडीको पाटन नगरपालिकामा – कमल बोहरा डडेल्धुराको आलिताल गाउँपालिका – मैनाकुमारी रावल डडेल्धुराको पर्शुराम नगरपालिका – विमला महता उपाध्यक्षरउपप्रमुखमा नेकपा एकीकत समाजवादीले जितेका पालिकाहरु बझाङको बुगल नगरपालिका – धनबहादुर बोहरा बझाङको छबिसपाथिभेरा गाउँपालिका – लछिमन बोहरा उपाध्यक्षरउपप्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी पालिका कैलालीको जोशीपुर गाउँपालिका – रेखादेवी कठरिया

आज राष्ट्रपति भण्डारी चितवन जाँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज चितवन जाने भएकी छन् । नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि उनी चितवन जान लागेकी हुन् । नेपाल औषधि उत्पादक सङ्घले चितवन प्रदर्शनी केन्द्रमा एक्स्पो गर्न लागेको हो । सङ्घका उपाध्यक्ष एवं मिडिया संयोजक सन्तोष बरालले राष्ट्रपति भण्डारीले दिउँसो १ बजे एक्सपोको उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । राष्ट्रपति चितवन आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।   उक्त एक्स्पो यही वैशाख ११ गतेसम्म सञ्चालन हुनेछ । सङ्घका महासचिव विप्लव अधिकारीले यसपटकको एक्स्पोले नेपालमा औषधि उत्पादनको क्षेत्रले अँगाल्दै आएको ज्ञान तथा प्रविधिको विस्तार गर्ने बताए । उनले भने, “एक्स्पोले औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताका बारेमा जनमानसमा चेतना दिने छ ।” एक्स्पोले नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने, अझै प्रविधिमैत्री र दक्षता प्रदान गर्ने उनको भनाइ छ । औषधि प्राविधिक र फर्मासिस्टलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्यले एक्स्पो आयोजना गरिएको सङ्घका निवर्तमान अध्यक्ष एवं एक्स्पो संयोजक जी नारायणबहादुर क्षेत्रीले बताए । उनले नेपालमा उत्पादन हुँदै आएका औषधि र औषधि उत्पादनमा प्रयोग हुने प्रविधि, ल्याब ९प्रयोगशाला०, मेसिन, कच्चा पदार्थ, प्याकेजिङलगायतमा भएका विकासबारे जानकारी दिन प्रत्येक दुई वर्षमा एक्स्पो आयोजना गर्दै आएको जानकारी दिए । सन् २०२१ मा एक्स्पो कोभिड–१९ का कारण हुन सकेको थिएन । यसपटकको आठौँ संस्करणको एक्स्पोमा १६० कक्ष रहने छन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोजी गरिरहेका विभिन्न १२३ बहुराष्ट्रिय कम्पनी र ३७ स्वदेशी औषधि उद्योगका कक्ष एक्स्पोमा रहने छन् । एक्स्पोका अवसरमा विभिन्न प्राविधिक गोष्ठी हुनेछन् । एक्स्पोमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधि व्यवसायी सङ्घ, नेपाल औषधि थोक व्यवसायी सङ्घ, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल फर्मास्युटिकल एशोसिएशन र नेपाल फार्मेसी सङ्घको आवद्धता छ । रासस

एसईई परीक्षा आजबाट सुरु

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार ९ सय २७ छात्र र २ लाख ५७ हजार ५३ छात्रा छन् ।   बोर्डले एसईईका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तोकेको छ । विद्यार्थीहरूले ती परीक्षा केन्द्रमार्फत परीक्षा दिनेछन् । बोर्डले परीक्षालाई व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरिसकेको छ । एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समिति, परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजुको कामसमेत गर्ने छन् । कोभिड(१९ महामारीका कारण अघिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डले ग्रेडसिट जारी गरेको थियो ।

सौर्य परियोजनाको पीपीए अब प्रतिस्पर्धाबाट

काठमाडौं । यसअघि सामान्य प्रक्रियाबाट हुँदै आएको सौर्य परियोजनाबाट उत्पादित बिजुलीको विद्युत खरिद सम्झौता अब भने प्रतिस्पर्धाबाट मात्रै हुने भएको छ। अन्तर्राष्ट्रिय बजारमा सौर्य परियोजनामा प्रयोग हुने उपकरणको मूल्य घटेको तथा लागत क्रमशः कम हुँदै गएको सन्दर्भलाई ध्यान दिँदै नेपाल विद्युत प्राधिकरणले सोलार प्लान्टबाट उत्पादित ऊर्जाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अब प्रतिस्र्धाबाट गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा आइतबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले सोलारको पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरेको छ। सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन पीपीए प्रतिस्पर्धाबाट गर्ने निर्णय लिइएको मन्त्री भुसालले बताउनुभयो। उहाँले भन्नुभयो, “जनतालाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउन, विद्युत् खरिदलाई प्रतिस्पर्धी तथा पारदर्शी बताउँदै लैजानुपर्छ। सोलारमार्फत हामीले यसको सुरुआत गरेका छौँ।” पछिल्लो विकसित प्रविधिअनुसार सोलारबाट विद्युत् उत्पादन लागत कम हुँदै गएको उल्लेख गर्दै भुसालले भन्नुभयो, “यस अघिको निर्णयअनुसार पनि तीन वर्षमा सोलारको पीपीए दर पुनरावलोकन गर्नुपर्ने थियो।” प्राधिकरणले विद्युत महसुललाई सर्वसुलभ बनाउन, अन्तर्राष्ट्रिय प्रचलन, जनअपेक्षा, विद्युत् माग र आपूर्तिको सन्तुलन एवं प्रचलित ऐन कानुनको मर्मलाई मध्यनजर गर्दै पीपीए गर्दा प्रतिस्पर्धाबाट गर्ने निर्णय गरिएको हो। अबदेखि सोलार आयोजनाबाट उत्पादित विद्युत्को पीपीए गर्दा विद्युत आयोजनाको उत्पादन सम्मिश्रणको अवधारणाअनुसार राष्ट्रिय ग्रिडमा कूल जडित क्षमताको १० प्रतिशतको परिधिभित्र रहेर प्राधिकरणलाई आवश्यक भएको क्षेत्रमा ‘आधार दर’ तोकी सो दरमा नबढ्ने गरी प्रतिस्पर्धामार्फत पीपीएका लागि आह्वान गरिने छ। यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयबाट वि.सं. २०७४ माघ २५ मा स्वीकृत ग्रिड कनेक्टेड वैकल्पिक विद्युत ऊर्जा विकाससम्बन्धी कार्यविधि, २०७४ मा उल्लेखित वैकल्पिक सौर्य र वायु ऊर्जाको विद्युत खरिददर प्रतियुनिट ७ रुपियाँ ३० तोकिएको थियो। उक्त दर अधिकतम तीन वर्षभित्र विद्युत खरिद सम्झौता सम्पन्न हुने आयोजनाका लागि कायम हुने निर्णय भएको थियो। मन्त्रालयको सो निर्णयलाई नेविप्रा सञ्चालक समितिले २०७५ असार २६ को ७७३औँ बैठकबाट निर्णय गरी कार्यान्वयमा ल्याएको थियो। तीन वर्षका लागि तोकिएको उक्त दर हालसम्म पनि परिमार्जन हुन सकेको थिएन। हाल अन्तर्राष्ट्रिय बजारमा पछिल्लो विकसित प्रविधिका कारण सोलार आयोजनाबाट उत्पादन गरिने विद्युत्को मूल्य निरन्तर घट्दो क्रममा रहेको छ। प्राधिकरणले अहिलेसम्म २१ सोलार आयोजनासँग ११० मेगावाटको पीपीए गरेको छ। यसमध्ये ६ आयोजनाको निर्माण सम्पन्न भई २९ मेगावाट राष्ट्रिय ग्रिडमा जोडिएको छ। विद्युत विकास विभागका अनुसार कूल २५ आयोजनाको कूल ६०९ मेगावाट क्षमताका आयोजनाले सर्वेक्षण अनुमति लिएका छन्। १९ आयोजनाको कूल ११७ मेगावाट क्षमताका सौर्य परियोजनाले विद्युत उत्पादनको अनुमति लिएका छन्। कूल ३५ आयोजनाले ९१२ मेगावाट बराबरको सौर्य बिजुली उत्पादनको सर्वेक्षणका लागि अनुमतिका लागि आवेदन दिएका छन्।

भोली नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल सम्पर्क केन्द्र)बीच एकता हुँदै

काठमाडौं । क्रान्तिकारी ध्रुवीकरणको अभियानअन्तर्गत नेकपा माओवादी केन्द्र र नेकपा मसालबाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्रबीच एकता हुने भएको छ । भोली एक समारोहबीच दुबै पार्टीबीच एकता हुने नेकपा केन्द्रीय सदस्य डिलाराम आचार्यले बताए । राजनीतिक एजेण्डाहरुलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गर्दै वित्तिय साम्राज्यविरुद्धको निर्मम संघर्षमार्फत समाजवादी क्रान्तिको तयारी गर्ने लगायतका विषयमा दुबै पार्टीबीच समान बुझाई रहेकोले एकतामा पुगिएको आचार्यले बताए । विगत लामो समयदेखिको संवाद तथा छलफलपछि भोली अपरान्ह १२ बजे अध्यक्ष प्रचण्ड र सम्पर्क केन्द्रका संयोजक लोकेन्द्र लम्सालले संयुक्त विज्ञप्ती जारी गर्ने कार्यक्रम रहेको छ । एकता कार्यक्रम त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको हलमा एक समारोहबीच हुने छ । नेकपा मसालले जडसुत्रवादी नीति अख्तियार गरेको र मालेमाविचारधारालाई यान्त्रिकरुपमा ग्रहण गर्दा संगठनात्मक निरंकुशतालाई प्रश्रय दिएको भन्दै लम्साललगायत ३९ जिल्लाको मसाल संगठनले विद्रोह गरी नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको थियो । पछिल्लो समयमा नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंह तथा उनी निकट नेताहरुसँग असन्तुष्टि राख्दै ठूलो संख्यामा नेता तथा कार्यकर्ता असन्तुष्ट बनेका छन् । यीमध्ये नेता सन्तबहादुर नेपालीले हालैमात्र मोहनबिक्रमसँग सम्बन्धविच्द्धेद गरेको बताएका थिए । भोली एकता हुन गइरहेको सम्पर्क केन्द्रको सुदूरपश्चिम, कर्णाली, बाग्मती, लुम्बिनी, लगायतका प्रदेशका कतिपय जिल्लामा संगठन रहेको छ । यसका साथै यो केन्द्र निकट रहेका जनवर्गीय संगठनहरुको एकता समेत निकट भविष्यमा हुने लम्सालले बताए । माओवादी शान्ति प्रक्रियामा आएपछि मोहनबिक्रमसिंहसँग विद्रोह गर्दै डिलाराम आचार्य, नवराज सुवेदीलगायत कैयनले माओवादीसँग एकता गरेका थिए । लम्साल भने त्यो एकता प्रक्रियामा सहभागी नभई मसालभित्रै अन्तसंघर्ष गरिरहेका थिए । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका निवासी लम्साल भने लामो समयसम्म मोहनबिक्रम सिंहले नेतृत्व गरेको मसालको राजनीति गर्दै आएपनि त्यसभित्रको यथास्थितिवादी प्रवृत्तिसँग संघर्षरत् थिए । पार्टी एकतापछि लम्सालको पार्टी हैसियत के हुने भन्ने विषयमा भने खुल्न सकेको छैन । माओवादीको आसन्न राष्ट्रिय सम्मेलनपछि एकता प्रक्रियामा आएकाहरुका बारेमा निर्णय हुन सक्ने देखिन्छ । हालका लागि भने एकता प्रक्रियाहरुबाट आएका लम्साललगायत अन्यका हकमा सम्मेलन प्रतिनिधि बनाउने गरी माओवादीले मनोनित कोटा राखेको बुझिएको छ ।

प्रचण्डकाे राेहबरमा बाँदुरझुलाका सुकुम्बासीसँग ३ बुँदे सम्झौता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसङ्ग चितवन बादरझुलाका आन्दोलनरत सुकुम्बासीको प्रतिनिधिमण्डलले भट गरेकाे छ । भेटको अवसरमा भुमि ब्यबस्था, सहकारी तथा गरिवि निवारणमन्त्री मा.शशि श्रेष्ठ, माडी नगरपालिकाका प्रमुख ठाकुर प्रसाद ढकाल, अनेकिसङघ (क्रान्तिकारी) का अध्यक्ष तथा संविधानसभा सदस्य चित्र बहादुर श्रेष्ठ र भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काको उपस्थिति रहेकोे थियो। अध्यक्ष कमरेड प्रचण्डले बादरझुलाका सुकुम्बासीको समस्या समाधानका लागि दीर्घकालीन रूपमा लाल पुर्जा वितरण गर्ने, त्यसको लागी आवस्यक ऎन/कानुन निर्माणको लागि छिटो प्रक्रिया बढाउन पहल गर्ने र तत्कालीन रूपमा विधुत आपूर्ति, कृषि औजारको प्रयोग आदि उनीहरुका समस्या समाधान गर्ने कुरामा सहजीकरण गर्ने साथै यी कामको लागि मन्त्री र आयोगलाई आवस्यक सुझाव तथा निर्देशन दिनु भयो। सोही अनुसार आज नै भुमि आयोगले आन्दोलनरत सुकुम्बासीसङग ३ बुदे समझौतामा हस्ताक्षर गरेको छ।

राष्ट्रिय सम्मेलन र संगठनसम्बन्धी माओवादीले यस्ताे गर्याे निर्णय

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जारी केन्द्रिय समितिको बैठकले राष्ट्रिय सम्मेलनकाे तयारिका लागि अध्यक्ष प्रचण्डले पेश गरेकाे संगठनात्मक प्रस्तावलाई अन्तिम रुप दिएकाे छ । अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि ८ वटा समूहमार्फत छलफल गरिएको थियो । आज बिहान स्थायी समिति बैठकपछि सबै समूहहरुले आफ्नो निश्कर्ष र रिपोर्ट प्रस्तुत गरेका थिए । अध्यक्ष प्रचण्डले क्रान्तिकारी विचार र क्रान्तिकारी कम्युनिष्ट पार्टीको आवश्यकतामा जोड दिँदै एक्काइसौं शताब्दीको समाजवादको रणनीति अवलम्बन गर्नुपर्ने कुरामा जोड दिएका थिए । यसैगरी बैठकले केन्द्रीय समितिमा २२ जना नयाँ सदस्य थप्ने निर्णय गरेको छ । नयाँ सदस्य थप्दा समावेशी सिद्धान्त र युवाहरुलाई प्राथमिकता दिने निर्णय समेत माओवादीले गरेको छ । योसँगै माओवादीको केन्द्रीय समिति दुई सदस्यी हुनेछ । यससम्बन्धी आवश्यक निर्णय स्थायी कमिटी बैठकले गर्ने छ । अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आएका छलफललाई समेटेर आगामी राष्ट्रिय सम्मेलनमा दस्तावेज तयारी गर्ने निर्णय समेत बैठकले गरेको छ । केन्द्रीय सदस्यहरुको राय सुझाव र प्रतिक्रियापछि बसेको स्थायी कमिटी बैठकले संगठनसम्बन्धी आवश्यक निर्णय गर्दै बैठक समक्ष प्रस्तुत गरेको थियो । आज सम्पन्न केन्द्रीय समिति बैठककाे संगठनात्मक प्रस्तावकाे सारसंक्षेप यसप्रकार छ । १. २०७८ भदौ मसान्तसम्म देशैभर पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने । २. २०७८ असोज १० गते–देशैभर एकै दिन सेल र टोल भेला । ३. २०७८ असोज २० गते वडा सम्मेलन ४. २०७८ असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन । ५. २०७८ मङ्सिर १५ गते प्रदेश सम्मेलन ६. २०७८ पौष ११ देखि १३ सम्म पार्टीको ऐतिहासिक राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने । ७. संघियताको मर्मअनुसार जिल्ला समिति माओवादीमा नरहने, संयोजन समितिमात्रै रहने । ८. जनवर्गिय एवं विभिन्न जातिय/क्षेत्रिय मोर्चाहरूको सम्मेलन, भेला, बैठकहरू अशोज मसान्तासम्म सम्पन्न गर्ने । ९. जनयुद्दका घाईते, अपांग तथा छापामारलाई परिचयपत्र दिईने । १०. विधान संशोधन सहित पारित गरिएको छ । ११. उत्पादनका निम्ति संघर्ष र जनपरिचालन गर्ने । १२. सबै रिक्त कमिटिमा पदपुर्ति गर्ने । जसका लागि केन्द्रीय समितिले ७ दिनको समयसिमा दिएर स्थायी समितिलाई जिम्मा ।

१८ कम्पनीको पौने ६ अर्ब रुपैयाँको आईपीओ आउँदै

काठमाडौँ — प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गरी राम्रो नाफा आर्जन गर्ने सोचमा हुनुहुन्छ भने पैसाको जोहो गर्नतिर लाग्नुस् । विभिन्न क्षेत्रका २० कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै छन् । तीमध्ये केहीले नियामक निकायबाट सेयर निष्कासन अनुमति पाइसकेका छन् । केही भने प्रक्रियामा छन् । २० कम्पनीमध्ये तेह्रथुम पावर कम्पनी र युनियन लाइफ इन्स्योरेन्सले धितोपत्र बोर्डबाट सञ्चालन अनुमति पाइसकेका छन् । तेह्रथुम पावर कम्पनीले स्थानीयका लागि १२ लाख कित्ता सेयर (१२ करोड रुपैयाँ) निष्कासन गर्न लागेको हो । युनियन लाइफले यही असार २४ देखि सर्वसाधारणका लागि ६४ लाख ५० हजार कित्ता (६४ करोड ५० लाख रुपैयाँ) सेयर निष्कासन गर्न लागेको हो । प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ रहेको यो कम्पनीको सेयरमा सर्वसाधारणले न्यूनतम १० देखि अधिकत ३२ हजार २ सय ५० कित्ता आवेदन दिन सक्छन् । बाँकी १८ कम्पनीले प्राथमिक सेयर निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएका छन् । सामान्यतः बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ  । सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका १८ कम्पनीले ५ अर्ब ७१ करोड ४० लाख रुपैयाँ बराबरको ५ करोड ७१ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्न लागेका छन् । तीमध्ये १३ वटा जलविद्युत्, २ वटा लघुवित्त, २ वटा बिमा र एउटा अन्य समूहअन्तर्गतका कम्पनी छन् । जलविद्युत् कम्पनीमध्ये प्रायःले स्थानीय र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ  । आवेदन दिएका जलविद्युत् समूहका कम्पनीमध्ये सयपत्री हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, दोर्दी खोला जलविद्युत्, अपर हेवाखोला हाइड्रोपावर, ग्रिन भेन्चर, न्यादी हाइड्रोपावर, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सामलिङ पावर कम्पनी, हिमालयन हाइड्रोपावर लिमिटेड, बलेफी हाइड्रोपावर, बुद्धभूमि नेपाल हाइड्रोपावर र साहस ऊर्जा लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि गरेर दुवै खाले सेयर निष्कासन गर्न अनुमति मागेका छन् । मैलुङ खोला जलविद्युत्ले सर्वसाधारणका लागि मात्र सेयर निष्कासन गर्न लागेको हो । यो कम्पनीले स्थानीयका लागि सेयर निष्कासन गरिसकेको छ । सानिमा लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दै छन् । मानुषी लघुवित्त वित्तीय संस्था र नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले पनि आईपीओ निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् । जलविद्युत्, बिमा र लघुवित्तबाहेक डिस मिडिया नेटवर्क पनि बोर्डबाट सेयर निष्कासन अनुमतिको पर्खाइमा छ । पछिल्ला दिनमा दोस्रो बजारमा सूचीकृत हुने नयाँ कम्पनीमा जलविद्युत् धेरै छन् । कम्पनी थपिएसँगै बजारमा जलविद्युत् क्षेत्रको बाहुल्य पनि बढ्दै गएको छ । हाल सेयर बजारमा ४० वटा जलविद्युत् कम्पनी सूचीकृत छन् । सेयर निष्कासनका लागि आवेदन दिएका संस्था जोड्दा ५३ हाराहारी पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा आगामी एक दुई महिनाभित्रै सेयर बजारमा सूचीकृत कम्पनी पाँच दर्जनभन्दा बढी पुग्ने जानकारहरू बताउँछन् । निर्माणको चरणमा धेरै जलविद्युत् कम्पनी रहेकाले पनि पछिल्ला दिनमा सेयर जारी गर्नेमध्ये तिनै कम्पनी देखिएका छन् । सूचीकृत कम्पनी संख्या बढेपछि एकातिर कुल कारोबारमा जलविद्युत् समूहको हिस्सा थपिनेछ भने अर्कातिर लगानीकर्ताले लगानी विविधीकरण (पोर्टफोलियो म्यानेजमेन्ट) सुविधा पाउने बताइएको छ । जलविद्युत् कम्पनीले कम्तीमा १० प्रतिशत सेयर आयोजना प्रभावित स्थानीयलाई दिनुपर्ने कानुनी व्यवस्था छ । दोस्रो बजारमा सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ६८.३ प्रतिशत छ । जलविद्युत् कम्पनीको हिस्सा ८.४, लगानी कम्पनीको ७.८, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.९, होटलको हिस्सा १.४, व्यापारिक संस्थाको हिस्सा ०.६ तथा अन्य समूहका कम्पनीको हिस्सा ९.६ प्रतिशत रहेको नेप्सेको तथ्यांक छ । गत वैशाखमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको संख्या २ सय २० पुगेको छ । सूचीकृत कम्पनीमध्ये १ सय ४५ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । ४० जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ५ होटल, ४ व्यापारिक संस्था, ४ लगानी कम्पनी र ३ अन्य समूहका कम्पनी सूचीकृत छन् । २०७७ असारमा सूचीकृत कम्पनी संख्या २ सय १२ थियो । गत वैशाखसम्ममा सूचीकृत ५ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ६० अर्ब ८८ करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको १० महिनासम्ममा २ खर्ब १९ अर्ब ९५ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र, ४१ अर्ब ३३ करोड रुपैयाँ बराबरको साधारण सेयर, ४३ अर्ब २० करोड रुपैयाँ बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र २ अर्ब ८५ करोड रुपैयाँ बराबरको सामूहिक लगानी कोष गरी कुल ३ खर्ब २७ अर्ब ४० करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएको बताइएको छ । -कान्तिपुरबाट

माओवादी केन्द्रले सहिद ईन्द्र कोइरालाको परिवारलाई घर निर्माण गर्ने

सर्लाही। नेकपा माओवादी केन्द्र सर्लाही जिल्ला कार्यालयले जिल्लाको पहिलो सहिद ईन्द्र कोइरालाको परिवारलाई एक घर निर्माण गरेर हस्तान्तरण गर्ने भएको छ। शनिबार बसेको माओवादी केन्द्र सर्लाही जिल्ला कार्यालयको विस्तारित बैठकले यस्तो निर्णय गरेको हो। बागमती नगरपालिकाले उपलब्ध गरायको घडेरीमा आर्थिक अवस्था कमजोर रहेकोले चार कोठे पक्की भवन बनाएर सहिद कोइराला सहादत भएकै दिन पारेर उनको परिवारलाइ घर हस्तान्तरण गर्ने निर्णय गरेको माझी राष्ट्रिय मुक्ति मोर्चा, पूर्वनेपालका बाग्मती प्रदेश अध्यक्ष घनश्याम माझीले जानकारी दिए। सहिद इन्द्र कोइरालाको २०५५ कार्तिक १० गते निधन भएको थियो।घरको शिलान्यास यही असार २१ गते गरिने भएको छ। साथै माओवादी नेतृ माया बल घाटीको क्यान्सरले लडिरहेकी छन्। उनलाई उपचारमा सहयोग होस् भन्ने उद्देश्यले मासिक रु.५०,००० (पचास हजार रुपैयाँ) का दरले १ वर्षसम्म सहयोग गर्ने निर्णय पनि गरेको छ। पहिलो किस्ता स्वरुप शनिबार नै उक्त रकम हस्तान्तरण गरिएको सर्लाही जिल्ला पार्टी सचिव कमल बुढाथोकीले बताए।

अखिल क्रान्तिकारीले बाँड्यो हेलम्बुमा राहत सामग्री

हेलम्बु गाउँपालिकामा अखिल क्रान्तिकारीले राहत हस्तान्तरण कार्यक्रम गरेको छ। सिन्धुपाल्चोकको वाढी पहिरोग्रस्त क्षेत्रमा अध्यक्ष रञ्जित तामाङ नेतृत्वमा गएको टोलीले शुक्रबार सांझ हेलम्बु गाउँपालिका वडा नं २ का अध्यक्ष छिरिङ ग्याल्वु लामा र स्थानीय नेता भरत थापा सहितको टोलीलाई राहत हस्तान्तरण गरेको हाे । बाढी पीडितको निम्ति १३५ बोरा चामल, १०० केजी दाल , १०० थान ब्ल्यांकेट, १५० वटा सोलार लाइट, २ रोल म्याट्रेस, ७० थान टेन्ट र विभिन्न आधारभूत स्वास्थ्य सामग्री सहितको राहत हस्तान्तरण गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जनाए। राहत वितरण टोलीमा अध्यक्ष तामाङ , उपाध्यक्ष बस्नेत , अर्का उपाध्यक्ष तिलकराज भण्डारी , सचिव पवन कार्की , विद्यार्थी स्वयंसेवकका संयोजक संजय काल्धन सहितको केन्द्रीय टोली हेलम्बु पुगेको थियोे । यसैगरी अनेरास्ववियू (क्रान्तिकारी ) ले वाढिग्रस्त क्षेत्रमा संगठनका सम्पुर्ण नेता कार्यकर्तालाई राहत तथा उद्धार कार्यमा अहोरात्र खट्न निर्देशन गरिएको उपाध्यक्ष बस्नेतले वताए।