यस्ता गुण भएका महिलाको साथ पाउनु भयो भने संसारकै भाग्यमानी

काठमाडौं । समुन्द्र शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ ।

शिव पुराणमा कुमार कार्तिकेयले मानिसमा यस्ता गुण बताएका छन् जुन गुण हुने ब्यक्ति शौभाग्यशाली, भाग्यमानी र शुभ फल प्राप्त गर्छन् ।

उक्त पुराणमा भाग्यमानी हुने कन्याको उल्लेख गरिएको छ । यी ६ गुण हुने युवतीसँग विवाह गर्ने पुरुष राजा समान बन्न सक्ने समेत उक्त पुराणमा उल्लेख छ ।

१ समुन्द्र शास्त्र अनुसार जुन युवतीको अनुहार पितासँग मिल्छ त्यस्ता युवती भाग्यमानी हुन्छन् । उनीहरुले जीवनमा सुखभोग गर्ने र चाहेको कुरा प्राप्त गर्ने उक्त शास्त्रको दावी छ । त्यस्तै आमासँग अनुहार मिल्ने युवक पनि भाग्यमानी मानिन्छन् ।

२ कालो कपाल भएका र आगाडिपट्टि झुकेको कपाल हुने युवती भाग्यमानी हुने समुन्द्र शास्त्रको भनाइ छ । चिल्लो, कोमल र मुलायम कपाल भएका कन्यालाई उत्तम मानिएको छ ।

३ गोलो र चिल्लो तथा आकर्षक अनुहार भएका युवती पनि भाग्यमानी हुन्छन् ।

४ जुन युवतीको शिरको अगाडीको भाग उठेको छ त्यस्ता युवती धनी र वैभवशाली हुने मानिन्छ ।

५ सिन्दुर लगाउने स्थान सिधा र उठेको छ भने त्यस्ता युवती सँधै भाग्यवती मानिन्छन् ।

६ आँखी भौ जोडिएका युवतीलाई विश्वास गर्न नसकिने समुन्द्र शास्त्रको भनाइ छ । आँखीभौं धनुष जस्तै झुकेको भए यस्ता युवतीलाई भाग्यमानी मानिन्छ ।

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्षले कुट्दा एक गम्भीर घाइते

बझाङ, असोज १७ । जिल्लाको तल्कोट गाउँपालिका अध्यक्ष लालबहादुर बिष्टले कुट्दा एक जना गम्भीर घाइते भएका छन । तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले कुट्दा तल्कोट गाउँपालिका वडा नम्वर ७ का मनबिर बिष्ट गम्भिर घाइते भएका हुन । नेकपा एमालेबाट तल्कोट गाउँपालिकाका बासिन्दाहरुले मतदान गरी विजयी भएका लाल बहादुर बिष्टले दादागिरी शैलीमा घरमा नै गएर मनबिर बिष्टलाई कुटपिट गरी गम्भीर घाइते बनाएको पिडित परिवारले बताएका छन । विजयी हाँसिल गरेपछि राजनितिक पूर्वाग्राही भएर अध्यक्ष बिष्टले गाउँ भरी भोट अर्कालाई हालेको भन्दै त्रसित पार्ने गरेको गाउँलेहरुको भनाइ छ । गाउँपालिका अध्यक्ष रहेका बिष्टले भोट अर्को दललाई हालेको भन्दै मनबिर बिष्टलाइ कुटपिट गरी गम्भीर घाइते बनाएको नेपाली काँग्रेसका पुर्व सभापती पृथ्वी बहादुर सिंहले बताए । उनले भने घाइते बिष्टको नाक र मुखबाट रगत बगिरहेको हुँदा जिल्ला अस्पताल बझाङले जिल्ला बाहिर रिफर गरिएको छ । पिडित मनबिर बिष्टका आफन्तले गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्ट लगायत १५ जना बिरुद्व जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने उद्योग सम्बन्धि मुद्वा जाहेर गराएका छन । यता तल्कोट गाउँपालिकाका अध्यक्ष लाल बहादुर बिष्टले भने अघिल्लो दिन मनबिर बिष्ट नेतृत्वको टोलीले मलाई नै कुटपिट गरी घाइते बनाएको र पछिल्लो दिन मेरा केटाहरु गएर मनबिर बिष्टसँग झगडा हुँदा बिष्ट घाइते भएका हुन । नयाँ पत्रिकाबाट

वीरगन्ज महानगरको मतगणना स्थगित, बाहिर नाराबाजी

वीरगन्ज, असोज ९ । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मतगणना स्थगित भएको छ । मतगणनामा बसेका प्रतिनिधिहरुबीच विवाद भएपछि गणना नै स्थगित गरिएको हो । वडा नम्बर १ को मतगणनाका क्रममा त्रुटि भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधिहरुले पुनः मतगणना गर्न माग गरेका थिए । तर अन्य दलका प्रतिनिधिले नमानेपछि कांग्रेसका प्रतिनिधिले मतगणना बहिस्कार गरेपछि स्थगित गरिएको हो । कांग्रेसका प्रतिनिधिले बहिस्कार गरेपछि अन्य दलका उम्मेदवार तथा प्रतिनिधिहरुले मतगणनास्थल बाहिर मतगणना सुचारु गर्नुपर्ने माग गर्दै नाराबाजी गएका छन् । वीरगन्जमा संघीय समाजवादी फोरम र नेपाली कांग्रेसका उम्मेदवारबीच चर्को प्रतिस्पर्धा छ । कहिले कांग्रेस त कहिले समाजवादी फोरमका उम्मेदवारले अग्रता लिने गरेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार वीरगन्ज महानगरको मेयरमा संघीय समाजवादी फोरमका उम्मेदवार विजयी सरावगीले अग्रता लिएका छन् । उनले ११ हजार ६ सय ८२ मत प्राप्त गरेका छन् । सरावगीलाई पछ्याइरहेका नेपाली कांग्रेसका मेयरका उम्मेदवार अजय द्विवेदीले ११ हजार ४ सय ७२ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो स्थानमा रहेका राजपा नेपालका राजेशमान सिंहले ७ हजार ६ सय ३० मत प्राप्त गरेका छन् । उता, बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ । अहिलेसम्म एमालेले ८ हजार ३ सय ७९ प्राप्त गरेको छ भने कांग्रेसले ८ हजार २ सय ६० र संघीय समाजवादी फोरमले ७ हजार १ सय ७० मत पाएका छन् ।

टुंगो लगायो माओवादीले प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको नाम

सिन्धुपाल्चोक, असोज ८ । नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले २ नम्बर प्रतिनिधिसभा अन्तर्गत २ नम्बर प्रदेशसभाको उम्मेद्वार टुङ्गो लगाएको छ । माओवादीको आइतवार बसेको बैठकले प्रत्यक्ष तर्फ र समानुपातिक तर्फका उम्मेद्वार टुङ्गो लगाएको हो । प्रदेशसभा २ मा प्रत्यक्ष उम्मेद्वार चन्द्रबहादुर थापाको नाम सिफारिस भएको छ । त्यस्तै दावा तामाङलाई प्रतिनिधि सभा २ को लागि प्रत्यक्ष तर्फका उम्मेद्वार यसअघि नै माओवादीले सिफारिस गरेको थियो । प्रदेशसभा २ मा समानुपातिक तर्फ रोहिणी विक ‘तस्वीर’, फर्वा ह्याल्मो, फुर्वा, स्याङबोको नाम सिरफारिस भएको छ । त्यस्तै समानुपातिक तर्फ झम्क पराजुली, ‘हिमाल’, बलराम विक, ल्यार्केल लामा, लमजम शेर्पा सिफारिस भएका छन् । प्रत्यक्षतर्फका उम्मेद्वार सिफारिस भएका थापा स्थानीय तहको निर्वाचनमा मेलम्ची नगरपालिकाको मेयर टिकट पाउनेमा पक्का थियो । पार्टी मिलाउनका लागि थापाले सहजै टिकट छाडेका थिए । उनले त्यस बखत टिकट छाडेर त्यागि नेताका रूपमा परिचय बनाएका थिए । बहुचर्चित मेलम्ची खानेपानीको पूर्वअध्यक्षसमेत रहेका थापा तत्कालिन क्षेत्र नम्बर ३ का चर्चित नेतासमेत हुन् । थापालार्इ त्यस भेगका स्थानीयले विकासे नेताका रूपमा चिन्छन् । मेलम्ची खानेपानीको अध्यक्ष हुँदा होस अथवा जिल्लाबाटै पनि बजेट लगेर गाउँमा विकास गरेका थिए । माओवादीले यसअघि प्रदेशसभा १ मा युवराज दुलाल ‘शरद”को नाम सिफारिस गरिसको छ ।

यसकारण प्रचण्ड नेपाली राजनीतिका किंगमेकर

प्रायः राजनीतिसँग सम्बन्धित लेख रचनाहरु म खोजि खोजि पढ्ने गर्छु । कुनै समय म आफै माओबादी पार्टी प्रति आस्था राख्थे । तर, शान्तिप्रकृयामा आएपश्चात् जब माओबादीभित्र चरम गुटबन्दी भई पार्टी बिभाजनको शिकार बन्यो त्यस बेलादेखि माओबादीप्रति मात्र होईन अन्य कुनै पार्टीप्रति आस्था राखिन । यसो भनिरहदा म राजनीतिक चेतनाबाट टाढा छैन । बिभिन्न राजनीतिक दलका नेताहरु केहि मन पर्छन् मलाई । बिषेशगरी दोश्रो पुस्ताका केहि नेताहरु प्रदीप ज्ञावाली, विश्वप्रकाश शर्मा र जनार्दन शर्मा मलाई मनपर्ने नेताहरु हुन् । अनि पहिलो पुस्ताका नेतामा प्रचण्ड । केदारनाथ नेपाल (निश्चल) प्रचण्डका बारेमा धेरै लेखहरु लेखिए, किताब लेखिए । पङ्तिकारले पनि केहि समय अघिमात्र प्रचण्डको बारेमा लेखेको थियो र यसपटक फेरि लेख्दैछु । पहिलो पुस्ताका नेताहरुमा सबैभन्दा मनपर्ने नेता भनेका ‘प्रचण्ड’ नै हुन् । यसो भनिरहदा मलाई माओवादी कार्यकर्ताको आरोप पनि लाग्ला । आरोप लगाउनु र यथार्थ फरक कुरा हुन् । म माओवादी होईन तर म दावाका साथ भन्न सक्छु , मेरो मात्र होईन एकताका पुरै तीन करोड नेपालीको मनमा बसेका नेता हुन् प्रचण्ड । त्यसकारण पङ्तिकारको मनमा बस्नु नौलो कुरा रहेन । म प्रचण्डमा सारा दुनियाँको मार्क्स प्रतिको केहि धारणासमेत पाउछु । त्यसलाई दुनियाँले पनि पुष्टि गरिदिएका छन् । केही ब्यक्तिहरुले मार्क्सलाई जस्तै प्रचण्डलाई पनि आधा देवता र आधा राक्षसको रुपमा बुझेका छन् । प्रचण्डको बारेमा दुविधामा रहेका मानिसहरुले उनलाई यसै हुन् भन्न सकिरहेका छैनन् । प्रचण्डप्रतिको धारणामा मानिसहरु बद्लिरहन्छन् , त्यो देख्दा बडो अनौठो लाग्छ, प्रचण्डको बारेमा टिप्पणी गर्ने ब्यक्तिहरु देखेर । एउटै ब्यक्ति, कहिले प्रचण्डलाई गालि गरिरहेको देख्छु, कहिले समर्थन । आखिर किन मानिसहरु बद्लिरहन्छन् र प्रचण्डलाई कहिले समर्थन र कहिले गाली गरिरहन्छन् , केबल एउटा प्रश्न गर्न मन लागिरहेछ उनिहरुलाई । मेरो बुझाईमा यस मानेमा प्रचण्डलाई राक्षसको रुपमा बुझेका छन् । प्रचण्डले जनताको मुक्तिकै लागि जनयुद्वको शुरुवात गरे, सामन्तबादको ज्वरो उखेलिदिए र जनतालाई आफ्नो फैसला आफै गर्नसक्ने हैसियतमा ल्याईदिए । यसो भनिरहदा मैले प्रचण्डको देवत्वकरण गर्न खोजिरहेको छैन । किनकी उनि पनि हामी जस्तै मानिस हुन् मानिस कहिलै देवता हुदैनन् । यदि देवत्वकरण गरेको बुझ्नुभयो भने त्यो तपाईको गम्भीर भुल मात्र होईन तपाई आफु चुर निन्द्रामा रहेको महसुस तपाई आफैले गर्नुपर्नेछ । गणतन्त्र पश्चात् नेपालका शक्तिशाली राजनीतिक ब्यक्तिको सूचि बनाऊ भनेर कसैले मलाई भन्यो भने सुरुमा प्रचण्डको नाम आउनेछ । त्यसपछि लेख्ने अरु नाम छैन यदि लेख्नै पर्योभने अझै दशकौ कुर्नुपर्ला, शायद ।जोखिमको अर्को नाम प्रचण्ड हो भनेर भन्दा फरक नपर्ला । किनकी नेपाली राजनीतिमा प्रचण्ड जत्तिको जोखिम लिन सक्ने ब्यक्ति अन्य राजनीतिक दलमा छैनन् । मुख्य तनि दलका अध्यक्षहरुको राजनीतिक हैसियतको कुरा गर्दापनि प्रचण्ड जत्तिको राजनीतिक हैसियत अन्य दलका नेताहरुको छैन चाहे तेश्रो शक्तिको हैसियतमा किन नहुन् प्रचण्ड । प्रचण्ड त्यस्तो पार्टीका नेता होईनन् जस्तो पार्टी केपी ओली र शेरबहादुर चलाउछन् । न त ओली र शेरबहादुरले झै अर्काले बनाईदिएको हैसियतमा रहेर पार्टी चलाउछन् । प्रचण्डले त आफैले जोखिमहरुसँग खेलेर बनाएको पार्टी चलाउछन् । र त प्रचण्ड आज साँच्चै प्रचण्ड बनेका छन् । देशमा घट्ने सकारात्मक राजनीतिक घटनाक्रममा प्रचण्डको मुख्य भूमिका रहन्छ । बोलिमा मिठास र राजनीतिक इमानदारी मात्र होईन सबैको मागलाई सम्बोधन गर्नसक्ने उच्च क्षमता भएका ब्यक्तिपनि हुन् प्रचण्ड । त्यसलाई वर्तमान संविधानप्रति असन्तुष्ट मधेशवादी दललाई प्रचण्डले निर्वाचनमा आउने वातावरण बनाए त्यसैलाई हेर्दापनि स्पस्ट हुन्छ । बेला बेलामा प्रचण्डलाई युद्वको नाममा १७ हजार मारेको आरोप लाग्ने गरेको छ । जसले प्रचण्डलाई त्यो आरोप लगाउछ उ आफै भ्रममा बाचिरहेको प्रस्ट हुन्छ । सरकार र बिभिन्न संस्थाहरुले अध्ययन गरेर सार्वजानिक गरेको तथ्याङ्कमा पनि १७ हजार मध्ये १३ हजार मानिस राज्यपक्षबाट मारिएको सार्वजानिक भएको छ । त्यसैले १७ हजार मारिनुको कारण प्रचण्ड मात्र होईनन् तत्कालीन सरकार (कांग्रेस–एमाले) पनि हुन् भन्ने स्पस्ट हुन्छ । प्रचण्ड त्यस्ता ब्यक्ति हुन् जसले आफुमाथी ठुला–ठुला संकट आउदा पनि संयमता नगुमाई क्रियाशील रहिरहे र नेपालको राजनीतिमा ठुलो परिवर्तन ल्याईदिए । यदि प्रचण्ड नभईदिएको भए माओवादी भन्ने पार्टी नेपालमा नहुन सक्थ्यो, अनि यति छिट्टै देशमा गणतन्त्र नआउन सक्थ्यो । जनताको संविधान नबन्न सक्थ्यो, अनि हामिले यसरी मिडियामा स्वतन्त्र रुपमा लेख्ने अवसर पनि नपाउन सक्थ्यौ । त्यसैले भन्न मन लाग्छ यस युगका महानायक हुन् प्रचण्ड । प्रचण्ड ब्यक्ति होईन, अनि पुष्पकमल दाहाल पनि होईन । प्रचण्ड त्यस्तो विचार र राजनीतिक पथ हो जसले नेपालको राजनीतिलाई सहि दिशानिर्देश गरिरहेको छ ।जनयुद्व थालनी गर्दा प्रचण्ड ब्यक्ति थिए । शान्तिप्रकृयामा आएपश्चात् विचार बनेर आए । यदि विचार नबनेका भए साँच्चै प्रचण्डपथ लेखिदैन थियो अनि अहिलेको यावत् परिवर्तनको सम्भावना रहदैन पनि थियो । दश वर्षसम्म भूमिगत जिवनलाई सहजै पचाउन सक्ने अभुतपुर्प क्षमता मात्र होईन जंगलमा रहँदा आफुले उठाएका मुद्वाहरुलाई सिहदरवारमा आएर पुरा मात्र होईन, आफ्ना मुद्वाहरुको बिरोधमा रहेकाहरुलाई समेत उक्त मुद्वामा निउरिएर आउन बाध्य बनाउने र राष्ट्रको महत्वपूर्ण परिवर्तनमा निर्णायक भूमिका निर्वाह गर्ने नेपाली राजनीतिका एकमात्र किङ मेकर हुन् प्रचण्ड ।

कोरियन भाषा उत्तीर्णहरुको स्वास्थ्य परीक्षण कात्तिक १२ देखि (केन्द्रको नामावलीसहित)

काठमाडौं, भदौ २१ – कोरियन भाषा परीक्षामा उत्तीर्ण भएकाहरुका लागि अनिवार्य रहेको स्वास्थ्य परीक्षणको सूचना प्रकाशित भएको छ । आज प्रकाशित सूचना अनुसार, परीक्षा उत्तीर्ण भएकाहरुको स्वास्थ्य परीक्षण आउँदो कात्तिक १२ गते देखि २० गतेसम्म हुने भएको छ । त्यस्तै रोजगार आवेदन फारम कात्तिक १६ गतेदेखि २४ गते सम्म भर्न सकिनेछ । परीक्षा केन्द्र नम्बर २६ मा परीक्षा दिन वञ्चित भएर असार २१ देखि २९ गतेसम्म लिइएको परीक्षामा उत्तीर्णहरुको भने कात्तिक २० गते कोरिया नेपाल मैत्री अस्पताल ठिमीमा स्वास्थ्य परीक्षण हुनेछ । उनीहरुले कात्तिक २४ गते रोजगार आवेदन भर्न सक्ने इपिएस कोरिया शाखाले जनाएको छ ।  

भारतीय प्रधानमन्त्रीद्वारा आधा दर्जन मन्त्री बरखास्त

भदौ १८ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको बदनाम गरेको र आर्थिक बृद्धिदरमा गिरावट आएको भन्दै आइतबार आफ्ना केही बरिष्ठ मन्त्रीलाई बरखास्त गरेका छन । प्रधानमन्त्री मोदीले अरुण जेट्ली, सुरेश प्रभु, पियुष गोयल, धमेन्द्र प्रधान लगायत आधा दर्जन मन्त्रीलाई पदमुक्त गरेका हुन । दोस्रो त्रैयामासिक प्रतिवेदनमा भारतीय आर्थिक बृद्धिदर ५.७ प्रतिशतमा खुम्चिएपछि निकै चिन्तित बनेका मोदीले यस्तो निणयृ लिएको बताइएको छ । यसअघि आर्थिक बृद्धिदर ७.९ प्रतिशत थियो । एपी

विदेशको एउटै कार्यक्रममा १० सचिब र १४ सहसचिब जाँदै

काठमाडौं, भदौ १८ । सरकारका १० सचिब, १४ सहसचिब र एक उपसचिबसहितको जम्बो टोली विदेश भ्रमणमा निस्किने तयारीमा छ । कर्मचारीमा विदेश भ्रमणको मोह बढेको भन्दै आलोचना भइरहँदा एउटै कार्यक्रमका लागि उच्चस्तरको भ्रमण हुन लागेको हो । चीन सरकारको आमन्त्रणमा हुन लागेको कार्यक्रममा सहभागी हुन सचिब र सहसचिबहरु १२ देखि २५ सेप्टेम्बरसम्म चीन भ्रमणमा रहनेछन् । उनीहरु चीन सरकारको सार्बजनिक प्रशासनको अवलोकनका लागि १३ दिन लामो भ्रमणमा निस्किन लागेको सामान्य प्रशासन मन्त्रालयले भ्रमणको समन्वय गरिरहेको छ । सामान्यले दुई देशका उच्च सरकारी अधिकारीबीच सार्बजनिक प्रशासनको अनुभव आदनप्रदान र विकासका मोडेलहरुको अध्ययन गर्न यस्तो हुन लागेको बताएको छ ।  – नयाँ पत्रिकाबाट

‘द कपिल शर्मा शो’ बन्द हुने

काठमाडौं, भदौ १७ । सोनी च्यानलले अन्तत आफ्नो चर्चित कमेडि कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार च्यानलले ‘द कपिल शर्मा शो’ बन्द गर्ने निणर्य गर्दै उक्त समयमा अर्का कमेडियन कृष्णा अभिषेकको ‘द ड्रामा कम्पनी’ प्रशारण गर्न लागेको बताएको छ । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले अचानक चर्चित कमेडि कार्यक्रम बन्द गर्नुको कारण कपिल शर्माको स्वास्थ्यस्थिति उल्लेख गरेको छ । तर, भारतीय सन्चारमाध्यमहरुका अनुसार शो बन्द हुनुको कारण कपिल शर्माले सहकर्मी सुनिल गोब्ररसँग झगडा गर्नु र पछिल्लो समय भारतीय नायक अजय देबगन लगायतको टोलिले ‘शो’को छायाँकन बहिस्कार गर्नु रहेको उल्लेख गरेका छन् । यि दुबै घटनाले ‘द कपिल शर्मा शो’ले आफ्नो टीआरपीमा गुमाएपछि त्यसको सट्टामा सोनी च्यानलले कपिल शर्माकै प्रतिस्पर्धी कृष्णा अभिषेकको ‘द ड्रामा कम्पनी’ प्रशारण गर्न लागेको बताइएको छ । ‘द कपिल शर्मा शो’ का मुख्य कलाकार कपिल शर्माले अष्ट्रेलियाबाट भारत आउने क्रममा मदिरा पिएर हवाइजहाजभित्रै सुनिल ग्रोवर (डक्टर गुलाटी) माथि हातपात गरेपछि अन्य कलाकारले शो छोडेका थिए । उक्त घटनापछि एक्लै भएका कपिलले शोलाई अगाडी बढाउन निकै कोशिस गरेपनि दर्शकले मन पराउन छोडेको थिए । विस्तारै शो को लोकप्रियता घट्दै गैरहेको पछिल्लो समयमा नायक अजय देबगन आफ्नो टोलिसहित आफनो फिल्म बादशाहोको प्रमोशनका लागि शोमा भाग लिन गएका थिए । तर, कपिलकै कारण उनीहरुले शो बहिस्कार गरेपछि फेरि कपिल विवादमा परेका थिए । यसको असर दर्शकमा परेपछि शोको लोकप्रियतता एक्कासी घटेको र सोनि च्यानल आफ्नो लोकप्रिय कमेडि कार्यक्रम बन्द गर्न बाध्य भएको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

तस्वीरमा कसैले खोज्न सकेनन् सर्प, अब तपाईँको पालो

यो तस्वीरमा सर्प कहाँनेर छ ? यतिखेर एउटा तस्वीर सामाजिक सञ्जालमा निकै चर्चामा छ । तस्वीर पजल खेल्न सिपालुहरुमा झनै लोकप्रिय बनेको छ । यो पजलको एउटा विशेषता के छ भने अहिलेसम्म अधिकांश व्यक्तिहरुले यो पजलमा सोधिएको प्रश्नको उत्तर दिन सकेका छैनन् । यो पजलमा घरको एउटा भाग र बगैंचा देखाइएको छ । र, हामीले भने यसमा सर्प खोज्नु पर्ने छ । ल, भन्नुस् त सर्प कहाँनेर छ ? यदि देख्नुभयो भने तपाईले यो कुन प्रजातिको सर्प हो भनेर पनि भन्नुपर्ने हुन्छ । यो तस्वीरमा सर्प देखेको दावी धेरैले गरेका छन् । तस्वीर हेर्दै जाँदा कतिपयले भने त्यत्तिकै उल्लु बनाउन तस्वीर राखेको पनि भने । तर यो तस्वीरमा सर्प भने छ । त्यसका लागि तपाईले यो लिंक खोल्नुपर्ने हुन्छ । यो लिंकमा रहेको तस्वीरमा तपाईले साँच्चिकै सर्प कहाँ रहेछ त भन्ने थाहा पाउनु हुन्छ । तस्वीरमा यहाँ छ सर्प

तीजमा जन्मदिन मनाउँदै दीपाश्री

भदौ ७ । नेपाली दर्शकहरूको माया बटुल्न सफल चर्चित निर्देशक तथा अभिनेत्री दिपाश्री निरौलालाई यो बर्षको तीज झन् बिशेष बनेको छ । उमेरले ४० वर्ष काटिसक्दा पनि अझैसम्म अविवाहित रहेकी निरौलाको यसपटक तीज र उनको जन्मदिवस सँगसँगै परेको छ । उनले जन्मदिन मनाउने या नमनाउनेबारे भने अझैसम्म केही बाेलेकी छैनन् । निर्देशक तथा कलाकारको रुपमा उनले सफलताका साथ अगाडि बढिरहेको छ । दीपाश्री नेपाली चलचित्र क्षेत्रकी थोरैमात्र यस्ती सफल चलचित्रकर्मी हुन्, जो विवादमा कमैमात्र पर्छिन् । उनले निर्देशन गरेको पहिलो नेपाल चलचित्र ‘छक्का–पञ्जा’ ले रेकर्ड राखेपछि दिपाश्री सफल चलचित्रकर्मीको सूचीमा दहरिएकी छिन् । भदौ ७ गते विराटनगरमा जन्मिएकी निरौलाले निर्देशन गरेको दोश्रो चलचित्र ‘छक्का पन्जा २’ आगामी असोज ११ गतेबाट रिलिज हुँदैछ । गसिप र स्क्यान्डलबाट टाढै रहने दीपालाइ दर्शकले ‘तितो सत्य’ नामक हाँस्य टेलिचलचित्रबाट सर्वाधिक रुचाएका हुन् । रेडियोमा भने उनलाइ ‘धनियाँ’ नामले धेरै श्रोताले चिनेका थिए ।

राखेप उपाध्यक्ष शेर्पा निलम्बित

काठमाडौं, भदौ ७ । राष्ट्रिय खेलकुट परिषद् (राखेप)का उपाध्यक्ष लामा टेण्डी शेर्पा निलम्बनमा परेका छन् । उपाध्यक्ष शेर्पालाई युवा तथा खेलकुद मन्त्रालयले निलम्बन गरेको हो । युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले शेर्पालार्इ निलम्बन र बर्खास्तभन्दा पनि राखेपको उपाध्यक्षको हैसियतमा उनले वहन गर्दैै आएको जिम्मेवारीबाट अलग गरिएको बताए ।  ‘राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेण्डी शेर्पालाई निलम्बन्भन्दा पनि अदालतमा विचाराधीन मुद्दाको फैसला नहुन्जेलसम्म काममा नलगाउने निर्णय गरिएको हो,’ मन्त्री केसीले भने । भन्सार विभागले शेर्पालाई राखेप उपाध्यक्षको हैसियतमा काम गर्न नदिन पत्राचार गरेकाले उनलाई जिम्मेवारीबाट हटाएको खेलकुदमन्त्रीले बताए । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले भने शेर्पालार्इ निलम्बन गरिएको विषयमा आफूले बाहिरी हल्ला सुने पनि आधिकारिक पत्र प्राप्त भइनसकेको बताए ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

बर्दियाका बाढीपीडितलाई त्रिपाल र झुल वितरण

बर्दिया, भदौं २ । गएको साउन महिनामा बर्दियाको बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका वडा नं. ११ र १२ मा ५० घरमा पूर्णरुपमा क्षती भएपनि अहिलेसम्म पनि सरकारी राहत नपाएको पीडितहरुले गुनासो गरेका छन् । बाढी पिडितहरुले आफूलाई त्रिपाल र झुलको अवश्यकता रहेकोले व्यवस्था गरी दिन माग गरेपछि नेपलीज मुस्लिम सोसाईटी, यूएईको सहयोगमा शुक्रबार गुलरिया नगरपालिका वडा नं. ११ र १२ का ५० परिवारलाई थर्ड एलायन्सले त्रिपाल र झुल वितरण गरेको छ । नेपलीज मुस्लिम सोसाईटी, यूएईका शाहनवाज अख्तरले भने, ‘राहत कोषमा नगद जम्मा गर्नुभन्दा पीडितको आवश्यकता टार्नु नै अहिलेका लागि निकै गुणा महत्वपूर्ण छ, त्यसैले हामीले पीडितकै घरमा पुगेर राहत वितरण गरिरहेका छौं, ।’

राप्रपा फुट्नुमा केटीको दोष !

काठमाडौं, साउन २४ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन राप्रविसंका महासचिव राज बस्नेतले राप्रपा फुट्नुमा केटीको पनि दोष रहेको बताएका छन्। बस्नेतले भनेको केटी कुनै स्त्री जाति नभएर कमल थापा हुन। कमल थापालाई आगामी दशक सम्मको निर्विकल्प अध्यक्ष मान्दा पनि उसले एकै पटक सबै निल्न खोज्दा सर्किएर यस्तो भएको हो पार्टीको फुटलाई इङ्गित गर्दै बस्नेतले भने। थापालाई कुनै कार्यकर्ताले पनि अध्यक्षको विकल्पका रूपमा हेरेका थिएनन तर कार्यशैली परिवर्तनको आवस्यकता औलाएका थिए। पार्टी फुट्नु आफैमा राम्रो हैन तर राजतन्त्रको नारा बोकेकै भरमा अहिलेको मान्छेले हुकुमी शासन नमान्ने कुरा अध्यक्षले बुझ्नु भएन र फलस्वरूप  हुकुमीका विरूद्ध विस्फोटन हुन पुगेर नया पार्टीले जन्म लियो।साथै अध्यक्ष थापाले निती सहित नेतृत्व जित्दा पनि आफैले थापेको एम्बुसमा आफै फसेको भन्दै बस्नेतले भने”अध्यक्षले एकलौटी केन्द्रीय सदस्य मनोनित गरेर अरूका विरूद्ध एम्बुस थापेपनी मनोनित गरेकै केन्द्रीय सदस्य थापाको विरूद्ध पड्किए र आज यो स्थिती भयो”

अनुषा राई ‘मिस एसईई आइडल २०१७ ‘को बिजेता

काठमाडौं,जेठ ७ । ट्रिनिटि मार्केटिंग तथा ईभेण्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा भएको पेन्टागन मिस एस ई ई आइडल २०१७ चौथो संस्करण प्रतियोगिताको उपाधी अनुषा राईले हात परेकी छिन । शुक्रबार साँझ राजधानीमा सम्पन्न सो प्रतियोगीतामा करीब एक महीना लामो प्रशिक्षणपछि राष्ट्रीय नाच घर जमलमा अयोजित प्रतियोगितामा अनुषाले १३ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै उपाधि आफ्नो हातमा पार्न सफल भएकी हुन l त्यसगरी फर्स्ट रनर अपमा रोशिक थापा, सेकेण्ड रनरअपमा सेलिना महर्जन र थर्ड रनरअपमा रुबी कक्षपतिले उपाधि हात पार्न सफल भएका थिए l अन्य बिबिध उपाधि अन्तर्गत भिउर च्वाईस र मस्ट ट्यालेन्टेड अनुषा राइ, मिस फोटोजेनिकमा रुबी शाही, मिस फ्रेन्डली र पब्लिक च्वाईसमा रुबी कक्षपति, मिस बबली लोरिश गुरुङ, मिस क्याट वाल्क बर्षा घोरासैनी, बेस्ट स्माइल जेसिका शाही, बेस्ट पर्सनालिटी दैशा श्रेष्ठ, मिस डिसिप्लिन श्रेया श्रेष्ठ, मिस पन्चुअल पुजा सिवाकोटी, बेस्ट हेयर सुष्मिता कार्की, बेस्ट ड्रेस सेलिना महर्जन, मिस कन्फ़िडेण्ट रोशिक थापा, मिस इन्टरटेनर अमिषा गुरुङ, बेस्ट फिगर सामाना घिमिरे घोषित भए । कार्यक्रमको कोरियोग्राफर नमिता भण्डारीले गरेकी थिइन् । नब प्रतिभाहरुलाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई आफ्नो प्रतिभा प्रस्फुटन गराई तथा एस ई ई एक्जाम दिएर बसेका बिध्यार्थीहरुलाई व्यबसायी मोडल बनाउन आफुहरुले आयोजना गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष सावित्री ढुंगानाले बताइन । उक्त प्रतियोगिताको निर्णायकमा संचारकर्मी, कलाकार तथा समाजसेवी सुर्य चन्द, नायिका, निमार्त्री बर्षा राउत, कोरिग्राफर, समाजसेवी रेखा अर्याल,बिशाल पाण्डे, पवन शाक्य, ओम शंकर श्रेष्ठ र मेकअप आर्टिस्ट टेकराज पाण्डे रहेका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई राप्रपा मन्त्रीहरूको राजिनामापत्र

काठमाडौं, वैशाख २० । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा आफूहरुसँग सरसल्लाह नगरेको भन्दै असन्तुष्ट बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजिनामा पत्र बुझाएका छन् । पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकास मन्त्री रहेका कमल थापासहित राप्रपाका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामापत्र बुझाएका हुन् । सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दा सल्लाह नगरेको भन्दै आपत्ति जनाएको राप्रपाले आइतबारै सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सरकारमा रहने नरहनेबारे केही सातादेखि राप्रपाका नेताहरूबीच विवाद थियो । गत मंसिर ६ गते दुई राप्रपा एक हुनुअघिदेखि नै तत्कालीन राप्रपाबाट २ मन्त्री सरकारमा सहभागी थिए । एकीकरणलगत्तै राप्रपाले थप २ मन्त्रालय पाएको थियो ।