सुनचाँदीको भाउ घट्यो

काठमाडौं, मंसिर २१ । सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । बिहीबार सुन तोलामा २ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलाको ५५ हजार रुपैयाँ तथा चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि सुनचाँदीको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।

दीपिकाले राम्रो काम गरे भन्दै विराज र साम्राज्ञीले गरे तारिफ

कात्तिक १५ । नेपाली चलचित्र ‘ऐश्वर्य’ को प्रदशनमै आएको दिन पत्रकारहरुलाई विशेष शो राखेपनि मंगलबार फेरि कलाकार र पत्रकारका लागि भन्दै विशेष शो राखेको छ । सुन्धारास्थित सिने डी सेफम चलचित्र भवनमा राखिएको सोमा कलाकार र पत्रकारको समेत बाक्लै उपस्थिती रहेको थियो । चलचित्र दर्शकले रुचाइरहेको अवस्थामा निर्माण युनिटसँग कलाकार र पत्रकारलाई चलचित्र हेराउने उदेश्यले राखिएको सोमा अभिनेता तथा निर्देशक भुवन केसी, विराज भट्ट, भुवन चन्द, साम्राज्ञी राज्यलक्ष्मी शाह, रुपा राणा, निर्देशक दिनेश डिसी, मुस्कान ढकाल, द्वन्द निर्देशक राजेन्द्र खड्गी, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, गायक हिमाल सागर, कलाकार विश्व बस्नेत, संविधानविद डाक्टर भीमार्जुन आचार्य, वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ, कमेडियन सन्दीप क्षेत्री लगायत पुगेका थिए । चलचित्र हेर्ने अधिकांसले कलाकारको तारिफ गरे । रमेश उप्रेतीको प्रस्तुतिमा तयार भएको फिल्ममा उनिसंगै प्रशान्त ताम्राकार, दीपिका प्रसाईं, केकी अधिकारी, निर्मल शर्मा, अर्जुन श्रेष्ठ, बिकाश खतिवडा, तेन्जु योन्जन, केशब भट्टराई लगायतको अभिनय रहेको छ । – कार्यक्रममा अभिनेत भुवनले चलचित्रको मेकिङ बलियो पक्ष रहेको बताउँदै रमेशले आफुलाई राम्रो निर्माता हो भन्ने प्रमाणित गरेको र डेब्यु अभिनेत्री दीपिका र प्रशान्तले निकै राम्रो काम गरेको बताए । – विराज भट्टले राम्रो प्रतिक्रिया सुनेर उत्साहित हुँदै चलचित्र हेर्न आएको बताए । – साम्राज्ञी राज्यलक्ष्मी शाहले डेब्यु गर्ल दीपिकाले राम्रो काम गरेको बताउँदै केकीको अभिनय पनि राम्रो लागेको बताइन् ।

बैंकिङ्ग तयारी: बैंक परीक्षामा जान्नैपर्ने ४२ सामान्यज्ञान

१. नेपाल राष्ट्र बैङ्कको स्थापना— वि.सं.२०१३ वैशाख, १४ २. प्रथम गभर्नर— हिमालय शमशेर जबरा ३. हालका गभर्नर— डा.चिरञ्जीवी नेपाल ४. नेपाल गभर्नरमा नियुक्त— वि.सं. २०७२ चैत्र ५ ५. मौद्रिक नीति निर्धारक– नेपाल राष्ट्र बैंकले ६. नेपालको केन्द्रीय बैंक— नेपाल राष्ट्र बैंक ७. गभर्नरको पदावधि— ५ बर्ष ८. डेपुटी गभर्नरको संख्या— २ जना ९. डेपुटी गभर्नरको पदावधि— ५ वर्ष १०. नेराबैंको व्यवस्थापन समितिका अध्यक्ष— गभर्नर ११. हाल प्रचलित नोटका (प्रकार) दर— १११२. साबिकको राजाको फोटोको सट्टामा हाल— सगरमाथा १३. नोटमा सगरमाथाको फोटो छाप्ने निर्णय– वि.सं. २०६४-०६-०६ १४. नेपालमा कागजि नोटको निष्कासन— वि.सं. २००२ असोज, १ १५. ने।रा। बैंकबाट नोट निष्कासन— वि.सं. २०१६ फागुन, ७ १६. अंग्रेजिरनेपाली भाषाको सिक्का निष्कासन– वि.सं. २०६३ साउन १७. वित्तीय क्षेत्र सुधार कार्यक्रम सञ्चालन– वि.सं. २०५७ मंसिर १८. नेराबैंले नेपाल सरकार संग सम्पर्क— अर्थ मन्त्रालय मार्फत १९. नेराबैं स्थापना हुनु अघि— सदर मुलुकीखाना २०. नेपाली मुद्रालाई नेरू लेख्न थालेको— वि.सं. २०१६ साउन १४ २१. सदर मुलुकी खानाबाट प्रकाशित मुद्रालाई– Old Print २२. नेराबैं बाट प्रकाशित मुद्रालाई— New Print २३. नेपालमा पोलिमर नोट प्रचलनमा — वि.सं. २०५९ असोज १४ २४. नोट जारी गर्ने विभाग— निर्गमन विभाग २५. विसं २००२ मा प्रकाशित नोटमा हस्ताक्षरकर्ता– खजाञ्जी नरेन्द्रराज २६. ग्रामीण विकास बैंकको स्थापना — वि.सं. २०४९ २७. राणाकालमा मुद्रा बिनियमको कार्य— सराव खाना २८. पहिलो बाणिज्य बैङ्क— नेपाल बैंक लिमिटेड २९. नेपाल बैंक लिमिटेड स्थापना — वि.सं. १९९४ कार्तिक ३० ३०. पहिलो विकास बिकास बैंक— नेपाल औद्योगिक विकास निगम ३१. दोस्रो बाणिज्य बैंक— राष्ट्रिय बाणिज्य बैंक ३२. राष्ट्रिय बाणिज्य बैंकको स्थापना— वि.सं.२०२२ माघ १० ३३. कृषि विकास बैंकले क वर्गको ईजाजत प्राप्त– वि.सं. २०६२ ३४. सबैभन्दा ठुलो बाणिज्य बैंक— राष्ट्रिय बाणिज्य बैंक ३५. नीजि क्षेत्रबाट निर्मित पहिलो बाणिज्य बैङ्क– लुम्बिनी बैंक लि. ३६. स्वदेशी र विदेशी लगानीमा निर्मित बैंक– नविल बैंक ३७. पहिलो क्षेत्रिय बाणिज्य बैंक— लुम्बिनी बैंक ३८. पहिलो वित्त कम्पनी— नेपाल आवास वित्त कम्पनी ३९. पहिलो आधुनिक बैंक— नेपाल बैंक लिमिटेड ४०. पहिलो ग्रामीण विकास बैंक— पुर्वाञ्चल ग्रामीण विकास बैंक ४१. बैङ्किङ क्षेत्रमा उदारीकरण सुरू— वि.सं. २०४१ ४२. बैङ्किङ प्रवर्द्धन समितिको स्थापना— वि.सं. २०२५

फेसबुकमा सेयर र लाइकमा शुल्क लाग्ने

काठमाडौं, कात्तिक १० । फेसबुकले लाइक तथा सेयरको मात्राका आधारमा शुल्क लाग्ने नयाँ नियम ल्याउने तयारी गरेको छ। उक्त नियम अनुसार थोरै मात्र बजार विस्तार गरेका सञ्चार क्षेत्रलाई प्रभाव पार्ने देखिन्छ। फेसबुकले अहिले परीक्षण गरिरहेको यो नियम कार्यान्वयनमा आएपछि फेसबुकमा कुनै पनि समाचारले पाउने लाइक तथा सेयरका मात्राअनुसार फेसबुक कम्पनीलाई शुल्क तिर्नुपर्ने हुन्छ। फेसबुकको उक्त नियमले साना मिडियाहरू प्रत्यक्ष प्रभावित हुनेछन् । बजार विस्तार यथेष्ट मात्रामा हुन नसकेका मिडियाहरू यस नियमले बन्द नै हुने अवस्थामा पुग्न सक्ने सामाजिक सञ्जाल विश्लेषकहरुको भनाइ छ। फेसबुकको यो नियम अहिले स्लोभाकिया, सर्विया, श्रीलङ्कालगायतका मुलुकमा परीक्षण भइरहेको छ। फेसबुक कम्पनीका अनुसार मानिसहरूले अरूको पोष्टलाई लाइक तथा सेयर परिपाटीका वृद्धि भएका कारण यस्तो नियम ल्याउन लागिएको हो। यस्तो नियम परीक्षणका लागि ल्याउन लागिएको समेत कम्पनीले बताएको छ। सामाजिक सञ्जाल फेसबुकबाट हुने बौद्धिक चोरीलाई नियन्त्रण गर्नका लागि फेसबुक कम्पनीले यस्तो नियम ल्याउन लागेको दाबी गरेको छ। लाइक तथा सेयरको मात्राका आधारमा शुल्क तिर्न नसक्ने प्रकाशक कम्पनीहरू यस नियमले अप्ठ्यारोमा पर्नेछन्। बजफिडजस्ता फेसबुकबाट अडियन्स आउने समाचार पोट्रलहरु यो नियमका कारण धरासायी हुने दाबी गरिएको छ।एजेन्सी

बस पार्किङ गर्न पाउनुपर्ने माग गर्दै कार्यालय घेराउ

कैलाली, कार्तिक १ । कैलालीको धनगढीमा रहेको बसपार्क व्यवस्थित हुनुपर्ने र आफूहरुले बस पार्किङ गर्न पाउनुपर्ने माग गर्दै यहाँका तीन वटा बस व्यवसायी समितिले धनगढी उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् । कर्णाली रिभर, बडिमालिका र कैलाली यातायात व्यवसायी संघले उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका हुन् । हालको बसपार्कको दुर्दशाले दुर्घटनाको जोखिम निम्त्याउनुका साथै बजार नै अस्तव्यस्त भएको उनीहरुको आरोप छ । व्यवसायीहरुले बसपार्कलाई व्यवस्थित बनाउँदै व्यवसायीहरुले बसपार्क शीघ्र व्यवस्थित हुनुपर्ने माग गरेका छन् । कर्णाली रिभर, बडीमालिका र कैलाली यातायात व्यवसायी संघले बसपार्क व्यवस्थित गर्दै पार्किङ अनुमति दिनुपर्ने माग गरे । उनीहरुले उपमहानगरपालिका र ठेकेदार विच भएको सम्झौता अनुसार काम नभएको आरोपसमेत लगाएका छन् । सम्झौताको पत्रको १९ नं. बुदामा उल्लेख गरेको व्यवस्था लागू नभएकाले त्यसको कार्यान्वन स्वरुप उपमहानरपालिका परिसरमा दबाब मुलक कार्यक्रम गरेको कणाली रिभर यातायात व्यवसायी समिति धनगढीका संयोजक जनक धामीले बताए । उपमहानगरपालिका र ठेकेदारविच भएको सम्झौता कार्यान्वन नभएमा कडा आन्दोलनमा उत्रिने यातायात व्यवसायीले चेतावनी दिएका छन् । हालको बसपार्कले सवारीसाधनको भार थेग्न निकै मुस्किल भइरहेकाले छिटो बसपार्कको सुधार हुनुपर्ने समेत उनीहरुले माग गरेका छन् । अहिलेको बसपार्कमा सबै यातायात व्यवसायी समितिका सवारी साधन नअट्ने भएकाले शिघ्र बसपार्कको स्तरन्नती हुनुपर्ने माग रहेको बडिमालीका यातायात व्यवसायी संघका महासचिव दिलबहादुर खलौलालेृ बताए । एउटा यातायात व्यवसायी समितिले मात्रै एकलौटी बसपार्क चलाएकाले बसपार्कको सुधार गरेर सबै यातायात व्यवसायी समितिले सवारी साधन राख्न पाउनुपर्ने उनको भनाई छ । अहिले सुदूरपश्चिम यातायात व्यवसायी समितिले मात्रै बसपार्क चलाएको छ । यता उपमहानगरपालिका कार्यालयले बसपार्क सुधारका लागि प्रक्रिया अघि बढिरहेको बताएको छ । यही कार्तिक ७ गते बसपार्कको सुधारका लागि बैठक बसेर यो समस्या समाधान हुने उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले बताए । केही दिनअघि धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा अस्थायी बसपार्क निर्माण गर्ने योजनासहित सिलान्यास पनि गरियो । तर, नेपाली सेनाले निर्माण कार्यमा अवरोध गरेपछि त्यस क्षेत्रमा अस्थायी बसर्पाक बन्ने नबन्ने टुङ्गो लाग्न सकेको छैन । उपमहानगरपालिकाले भने उक्त क्षेत्रमा बन्ने अस्थायी बसपार्कको कार्य छिट्टै अघि बढ्ने उपमहानगरपालिकाका मेयर वडको दाबी छ । यातायात व्यवसायीले पनि सबै समितिले एउटै बसपार्क संचालन गर्न पाउनु पर्ने माग गरेका छन् । त्यसका लागि हालको बसपार्क स्तरन्नती गर्नु पर्नेमा जोड दिएका छन् ।

भारतीय कम्पनीले छाप्दैछ सात लाख ५० हजार नेपाली स्मार्ट लाइसेन्स

काठमाडौं, असोज ३१ । सरकारले सात लाख ५० हजार सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) कार्ड छपाइको जिम्मा भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्ट्सलाई दिएको छ । यातायात व्यवस्था विभागले आगामी असार मसान्तसम्म कार्ड उपलब्ध गराउनुपर्ने सर्तसहित सोमबार मद्राससँग सम्झौता गरेको अन्नपूर्ण पोस्टमा खबर छ । प्रतिस्मार्टकार्ड शून्य दशमलव ९६ डलर अर्थात एक सय नेपाली रुपैयाँमा उपलब्ध गराउने गरी सम्झौता गरिएको विभागकाा महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । अन्तराष्ट्रिय ग्लोबल टेन्डरमा सहभागी चार कम्पनीमध्ये सबैभन्दा सस्तोमा कार्ड छाप्ने कबोल गरेको मद्रास प्रिन्ट्सलाई सात लाख ५० हजार कार्ड छपाइको जिम्मा दिएको उनले बताए ।

माओवादी केन्द्र -एमाले विश्वास पनि ६० र ४० कै ?

डेभिड ढकाल ‘भुइँमान्छे’/ राजनीतिक वृत्त यतिबेला नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीच पार्टी एकता वा चुनावी तालमेल भन्ने बिषयले तातिएको छ । एमालेका नेता माधवकुमार नेपालले माओवादी सँग ६०/४० को चुनावी तालमेल प्रस्ताव पेश गरे लगत्तै माओवादी केन्द्रका नेता बर्षमान पुन ‘अनन्त’ले एमालेसँग पार्टी एकता नै गरेर जान सक्ने धारणा पेश गरेपछि यो बिषय सतहमा छताछुल्ल भएको हो । अझै माओवादी केन्द्रको सचिवालय बैठकले पनि पार्टी एकताको ढोका खुल्ला गरेपछि सामाजिक सञ्जालमा यसको पक्ष र बिपक्षमा विभिन्न मतहरु देखा पर्न थालेका छन् । चुनावी तालमेल होस् या पार्टी एकता, माओवादी कार्यकर्ता एमालेमा बिलिन हुन सक्दैनन् । सक्छन् एमालेलाई मालेमावाद भित्र छिराउनु । डेभिड ढकाल हुन त माओवादी र एमाले बीच पार्टी एकता तथा चुनावी तालमेलको बहस नौलो भने होइन । महान जनयुद्धबाट माओवादी शान्ति प्रक्रियामा प्रवेश गरे लगत्तै माओवादीले चुनावको निम्ति एमाले सँग ४०/६० गरेर जान प्रस्ताव गरेको थियो । त्यतिबेला आफूलाई शक्तिशाली ठानेको एमालेले त्यो प्रस्तावलाई अस्वीकार मात्रै गरेन, माओवादीको खिल्ली समेत उडाएको थियो । त्यसैगरी संविधान निर्माण पश्चात् केपी ओलीको सरकार निर्माण लगत्तै एकताको चर्चा चलेको थियो । एकता र ध्रुवीकरण को चर्चा बारम्बार चले पनि निष्कर्षमा भने पुग्न सकेको थिएन । संविधान निर्माण पश्चात् एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले नयाँ संविधान कार्यान्वयनमा सिन्को समेत नभाचे पछि माओवादी केन्द्रले बाध्य भएर एमालेलाई थापिरहेको काध झिकिदिएको थियो । त्यसलगत्तै सामाजिक सञ्जालमा एमाले कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ता बीच वाक युद्ध नै चलेको थियो । माओवादी केन्द्रलाई लम्पसारवादी को संज्ञा दिएर माओवादी विरुद्ध भ्रमको खेति गरेको एमालेले, ‘प्रचण्ड’ को नेतृत्वमा सरकार रहुन्जेल, माओवादी केन्द्रको बिरुद्धमा ठुलो भ्रम छरेको थियो । मुख्यतः एनजीओ,आइएनजीओबाट पालित पोषित एमालेलाई अझ भनै तिनका कार्यकर्तालाई जनता कसरी झुक्काउने र आफ्नो स्वार्थ कसरी पूरा गर्ने भन्ने कुराको उच्च तहको ज्ञान छ । यसैका कारण कतिपय माओवादी कार्यकर्ता र एमालेका कार्यकर्ता बीच पानी बाराबारको स्थिति समेत पैदा भएको थियो, छ । के यस्तो परिस्थितिमा एकता होला ? या तालमेल होला ? या दुवै नहोला ? त्यो भने हेर्न बाकी छ । मुख्यतः एनजीओ,आइएनजीओबाट पालित पोषित एमालेलाई अझ भनै तिनका कार्यकर्तालाई जनता कसरी झुक्काउने र आफ्नो स्वार्थ कसरी पूरा गर्ने भन्ने कुराको उच्च तहको ज्ञान छ । प्रचण्ड नेतृत्वको सरकार रहदा झुटहरुलाई सत्य झै बनाउदै जनतामा भ्रम फैलाउन खप्पिस बनेको एमालेलाई माओवादीका सोझा इमानदार कार्यकर्ताले मुकाविला गर्न सक्लान कि नसक्लान ? बेलैमा नेतृत्व पंक्तिलाई हेक्का रहोस् । एमालेहरुलाई जसरी पनि चुनावमा पहिलो हुनुपर्ने छ त्यहीँ रणनीति अनुसार यतिबेला माओवादीसँग तालमेलको प्रस्ताव ल्याएको बुझ्न गाह्रो नहोला ? सधैं माओवादी विरुद्ध बोलिरहने केपी ओली, प्रधानमन्त्रीको कुर्सीमा बसेपछि माओवादीको विरुद्धमा एक शब्द नओकलेको तपाईं हामी सबैलाई थाहा छ । अहिले पनि केपी ओली माओवादी विरुद्ध मौन रहनुले ‘दाल में कुछ काला है’ भन्नू गलत नहोला !  स्थानीय निकायको निर्वाचनमा पनि काङ्ग्रेससँग तालमेल गरेर अघि बढेको कतिपय ठाउँमा राम्रोसँग मत पाएपछि, माओवादी–काङ्ग्रेस गठबन्धन टुटाउन एमालेले यो अश्त्र फ्याकेको हुन पनि सक्छ ।  यतिबेला चर्चा चुनावी तालमेल को पनि छ ? तालमेल कै कुरा गर्ने हो भने पहिले विभिन्न दल तथा माओवादीले एमालेसँग गरिएको तालमेल कति प्रभावकारी भए अध्ययनको जरुरि रहला १ तत्कालीन संविधानसभा दुईको निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ मा करिव चार हजार सक्रिय सदस्य रहेको नेकपा एमालेका उम्मेदवारले जम्मा २२ सय मत प्राप्त गरेका थिए । आफ्नै उम्मेदवारलाई भोट नहाल्ने एमालेका कार्यकर्ताले भोलि माओवादी केन्द्रका उम्मेदवारको पक्षमा मतदान गर्लान् भन्नू मुर्खता सिवाय केही नहोला ! झुट, भ्रम र छलछाममा खप्पिस एमालेले माओवादीसँग तालमेल र एकताको चर्चा चलाउनु माओवादी सिद्दाउने रणनीतिको रुपमा पनि लिन नसकिने भने होइन १ यतिबेला माओवादी केन्द्रले काङ्ग्रेससँग मिलेर सरकार चलाइरहेको तथा भर्खरै सम्पन्न स्थानीय निकायको निर्वाचनमा पनि काङ्ग्रेससँग तालमेल गरेर अघि बढेको कतिपय ठाउँमा राम्रोसँग मत पाएपछि, माओवादी–काङ्ग्रेस गठबन्धन टुटाउन एमालेले यो अश्त्र फ्याकेको हुन पनि सक्छ । चुनावी मुखमा तालमेल र सुर्य चिह्नको चर्चाले गर्दा पार्टी एकता विना नै थुप्रै माओवादीको भोट एमालेलाई जाने खतरा पनि पैदा भएको छ । आफ्नै उम्मेदवारलाई भोट नहाल्ने एमालेका कार्यकर्ताले भोलि माओवादी केन्द्रका उम्मेदवारको पक्षमा मतदान गर्लान् भन्नू मुर्खता सिवाय केही नहोला ! पार्टी एकता नै भयो भने, एमालेले यतिबेला प्रचण्डलाई अध्यक्ष बनाउन राजी नै होला, त्यसपश्चात तत्काल महाधिवेशन गरेर माओवादी पन्छाउने रणनीति एमालेको नहोला भन्न सकिन्न । चुनावी तालमेल होस् या पार्टी एकता, माओवादी कार्यकर्ता एमालेमा बिलिन हुन सक्दैनन् । सक्छन् एमालेलाई मालेमावाद भित्र छिराउनु । चुनाव चिह्न पनि गोलाकार भित्रको हसिया हथौडा नै राख्नु, पार्टीको नाम नेकपा माओवादी राखेर अघि बढ्नु, होइन भने नेतृत्व पंक्तिको भजन गाउदै, एमालेकरण हुन हामी जस्ता युवालाई उपयुक्त हुदैन र गर्दैनौ पनि ।

‘निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध’

काठमाडौं, भदौ १६ । गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले निर्वाचन सम्पन्न गराउनको लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचन, मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताएका हुन् । शुक्रवार राजधानीमा राष्ट्रिय संस्थागत विद्यालय संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गृहराज्यमन्त्री श्रेष्ठले संविधान कार्यान्वयन गर्नु नै सरकारको पहिलो प्राथमिकता भएको बताए । ‘सबै नागरिकहरुलाई समान अधिकार प्रदान गर्ने व्यवस्था संविधानमा नै व्यवस्था गरेका छौं’, उनले भने,‘तीन तहकै निर्वाचन सम्पन्न गराउनको लागि सरकार प्रतिबद्ध छ, सरकारले सुरक्षा व्यवस्था मजबुद्ध बनाएको छ ।’ निर्वाचन मार्फत संविधानमा उल्लेख गरिएको विषय संस्थागत गर्ने कार्यमा सरकार लागि परेको बताउदै गृह राज्यमन्त्री श्रेष्ठले समृद्ध नेपाल निर्माणको अभियानमा सबै जुटनु पर्नेमा जोड दिए ।

मानवीय गुण भएको सेक्स डल

बेइजिङ, भदौ १५ । चिनियाँ कम्पनीले मानवीय स्वभाव भएका सेक्स डल निर्माण गरेका छन् । जसले रिसाउँदा पनि गीत गाउने तथा हँसाउने गर्छन् । चिनियाँ दुई कम्पनीहरू डल स्विट डल र एक्स डल नामक कम्पनीहरूले यस्ता प्रकारका सेक्स डलहरूको निर्माण गरेका छन् । निर्माण पक्षले स्मार्ट फोनको सहायताले त्यस्ता डलहरूले रिसाएको समयमा समेत हँसाउदै गीत गाउँदै सन्तुष्टि दिन सक्ने दाबी गरेको छ। हाल यस्ता डलहरू चिनियाँ भाषामा मात्रै उपलब्ध हुने भएतापनि यसको विस्तार अन्तर्राष्ट्रिय स्तरमा समेत गरिने निर्माण पक्षले बताएको छ। यस्ता डलहरू अंग्रेजी तथा जापानी भाषामा विश्व बजारमा उपलब्ध गराइने निर्माण पक्षले बताएको छ। यस्ता डलहरूको मूल्य ४५ सय यूरो पर्ने यसको आधिकारिक निर्माण कम्पनीले बताएको छ । यस्ता डलहरू महिला तथा पुरूष दुवैका लागि उपलब्ध हुने छन्। एजेन्सी

‘वर्ल्ड ट्रेड सेन्टर’ आक्रमणमा मृत्यु हुनेको १६ वर्षपछि सनाखत

अमेरिका, साउन २४ । अमेरिकाको न्यूयोर्कस्थित वर्ल्ड  ट्रेड सेन्टरमा सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतंककारी आक्रमणमा मारिएका थप एकव्यक्तिको पहिचान खुलेको छ । घटनामा मारिएका व्यक्तिको डिएनए परीक्षणका क्रममा १६ वर्षपछि सोमबार (हिजो) पहिचान खुलेको हो । न्यू योर्क शहरस्थित मूख्य मेडिकल परिक्षण कार्यालयले परिवारकै आग्रहमा डिएनए परीक्षण गरिएको जनाएको छ । कार्यालयले उक्त घटनामा मृत्यु भएकामध्ये ४० प्रतिशत अर्थात् १ हजार ११२ जनाको अझै पहिचान खुल्न नसकेको उल्लेख गरेको छ । यसअघी सो घटनामा मारिएका अर्का एक ब्यक्तिको पहिचान सन् २०१५ मा गरिएको थियो । घटनामा २ हजार ७५३ जनाको मृत्यु भएकोमा १ हजार ६४१ जनाको मात्र पहिचान खुलेको छ ।

भरतपुर १९ मा २ हजार मत गनियाे, अब ८ सय गन्न बाँकी, मतान्तर ४१७

काठमाडौं, साउन २१ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को अब ८ सय मत गन्न बाँकी छ । २ हजार ८ सय ६० मत खसेकोमा २ हजार ७ गणनागणना हुँदाकाे पछिल्लो मतपरिणाम  २००७ गणना मतान्तर:४१७ , देवी :४१६६९ रेनु :४१२५२ उप पर्बती :४५१४० दिव्य :३८३३८ वडा नेका :१०१६ एमाले :७७९  

विदेशी कलाकारद्वारा वसन्तपुरमा कला सिर्जना

काठमाडौँ, साउन १९ । नेपालको कला संस्कृति तथा जनजीवनका बारेमा जानकारी लिएर विभिन्न स्थानमा कला सिर्जना गर्ने उद्देश्यले भारतको वनारसबाट नेपाल आएका कलाकारको समूहले आज वसन्तपुर क्षेत्रमा कला सिर्जना गरेका छन् । नेपाल ललित कला मञ्चको आयोजनामा काठमाडौँ उपत्यकाका विभिन्न सम्पदा क्षेत्रमा स्थलगत भ्रमण गरेर नेपाली कलाकारसँग समन्वय गरी उनीहरुले बनाउने चित्रलाई बनारसमा प्रदर्शन गरिनेछ । कार्यक्रममा नेपाल लुम्बिनी विश्वशान्ति मञ्च र बिपी कोइराला नेपाल भारत फाउण्डेशनलगायत संस्थाको सहयोग रहेको छ । बुधबार सुरु भई यही साउन २२ गतेसम्म जारी रहने कार्यशालामा नारायणहिटी संग्रहालय, चाँगुनारायण, पाइलट बाबा आश्रमलगायतका स्थानमा भ्रमण गराइने कार्यक्रमका संयोजक दीपेन्द्र बनेपालीले जानकारी दिनुभयो । नेपाली १० कलाकारको समूह तथा अमितकुमार मेहताको नेतृत्वमा काठमाडौँ आइपुगेको भारत बनारसका ११ कलाकारले संयुक्तरुपमा बुधबार पशुपतिको मृगस्थलीमा कला सिर्जना गरेका थिए ।

धौलागिरिकै पहिलो मानव निर्मित पोखरीको संरक्षण शुरू

बेनी (म्याग्दी), साउन १९ । म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरमा धौलागिरि अञ्चलकै पहिलो मानव निर्मित बुढोपोखरीको संरक्षणका लागि काम शुरू भएको छ । ऐतिहासिक महत्व बोकेको बेनी–बागलुङ सडकखण्डअन्तर्गत पर्ने पोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् । सन् १८४० मा रत्नेचौरमा खानेपानीको अभाव भएपछि निर्माण गरिएकोे पोखरी संरक्षणको अभावमा जीर्ण बनेपछि पटक–पटक संरक्षणको पहल भएको वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । “गिर्वाणयुद्ध विक्रम राजाले उपहारस्वरुप दिएको जग्गामा पोखरी बनाइएको हो । पोखरी बनेपछि मानव बस्तीको विस्तार भएको किम्बदन्ती छ”, वडाध्यक्ष रावलले भन्नुभयोे । अध्यक्ष रावलका अनुसार गिर्वाणयुद्ध विक्रमको पालामा दिइएको जग्गामा स्थानीय वसन्त बोगटीका बाजेको सन् १८३६ मा लडाइँमा मृत्यु भएपछि बोगटीको स्मृतिमा विभिन्न स्थानबाट ठूलो जनशक्तिको प्रयोग गरी पोखरी निर्माण र बस्ती विस्तार गरिएको थियो । बुढोपोखरीलाई अञ्चलकै पहिलो मानवनिर्मित पोखरी भएको दाबी समेत गर्ने गरिएको छ । तत्कालीन समयमा आफ्ना हजुरबुवाले युद्धमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरिँदा यहाँका ठूला समाजसेवी वसन्त बोगटीले रत्नेचौर, रघुगंगा गाउँपालिकाको पिप्ले, मुस्ताङको मुक्तिनाथलगायतका स्थानमा सयौँ रोपनी जग्गा उपहार पाएका थिए । ती जग्गा वसन्त सदावर्त गुठी अन्तर्गत रहेका छन् । वसन्त वोगटीको पनि करिब आधा शताव्दी अगाडी नै निधन भइसकेको छ भने उनका सन्तान यहाँ रहेका छन् । करिब तीन दशकसम्म पोखरीमा जम्मा भएको खानेपानी प्रयोग गर्ने गरिएको स्थानीय बूढापाकाको भनाइ छ । पोखरी संरक्षणमा जुटेका स्थानीयलाई बेनी नगरपालिकाबाट रु ४० हजार, जिल्ला भू–संरक्षण कार्यालयबाट रु एक लाख प्राप्त भएको छ । त्यसैगरी स्थानीयले रु एक लाख ५० हजारको जनश्रमदान गरी पोखरीलाई पुरानै स्वरुपमा फर्काउने प्रयास भइरहेको छ । स्थानीयतहको निर्वाचनलगत्तै जनप्रतिनिधिले गाउँमा अति आवश्यक र अलपत्र परेका योजनालाई प्राथमिकता दिइरहेका छन् । जनप्रतिनिधिको सक्रियताले जनश्रमदानमा समेत आनाकानी गर्ने स्थानीयवासीलाई दबाबका साथै बजेट दुरुपयोग समेत रोकिएको छ । “यसलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा छाँै”, भानु माविका प्रधानाध्यापक भरत खत्रीले भन्नुभयो । प्रअ खत्रीका अनुसार करिब ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ रहेको पोखरी आसपासको क्षेत्रमा समेत बगँैचा विस्तार गर्न सात रोपनी जग्गा रहेको छ । करिब २२० मिटर माथि ढोरेनीखोलाबाट ल्याइएको पानी पोखरीमा हालिएको छ । छिमेकी जिल्ला बागलुङबाट २० मिनेट, म्याग्दीको सदरमुकाम बेनीबाट २५ मिनेट र पर्वत जिल्लाको कुस्माबाट एक घण्टामा रत्नेचौरमा रहेको सो पोखरीमा पुग्न सकिन्छ ।

एनसेलले ल्यायो ‘डबल सापटी’ अफर

काठमाडौं, साउन १८ । एनसेलका ग्राहकमा निकै लोकप्रिय रहेको सापटी सेवाअन्तर्गत प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिन सक्ने भएका छन् । एनसेल प्रा. लिले सापटी सेवा सफलतापूर्वक संचालन गरेको पाँचौ वर्ष पुरा भएको उपलक्ष्यमा ‘डबल सापटी’ योजना ल्याएको छ जस अन्तर्गत अब ग्राहकले उही सेवा शुल्कमा रु ४० सापटी लिएर अफ्ठ्यारो परिस्थितीमा दूरसञ्चार सेवाहरु प्रयोग गर्न सक्नेछन् । सापटीको यो नयाँ योजना यही बुधबार (साउन १८) देखि लागू हुनेछ । सापटी सेवाअन्तर्गतको रकममा वृद्धि गरी दोब्बर बनाइए पनि ग्राहकले पुरानै सेवा शुल्क रु २ (कर बाहेक) मा यो सेवाबाट लाभ लिन सक्नेछन् । आफ्नो मेन ब्यालेन्स रु ५ वा सोभन्दा कम भई अफ्ठ्यारो परेको अवस्थामा ग्राहकलाई आवश्यक सञ्चार सेवा सुनिश्चित गर्नका लागि एनसेलले सन् २०१२ देखि सापटी सेवा प्रदान गर्दै आइरहेको छ । ‘‘सापटी ग्राहकहरुले एकदमै मन पराएको सेवाहरु मध्य एक हो । त्यसैले यो सेवा संचालनको पाँच वर्ष पुरा भएको उपलक्ष्यमाआफ्ना ग्राहकका लागि सापटी सुविधा अन्तर्गत डबल सापटी योजना ल्याउन पाउँदा हामी निकै हर्षित छौ । यसले ग्राहकलाई थप मुल्य प्रदान गर्दै ब्यालेन्स रिचार्ज तत्काल गर्न नसकिएको अवस्थामा पनि सम्पर्कमा रहिरहन योगदान पुर्याउने विश्वास छ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । दुई महिनावा सो भन्दा बढि समयदेखि एनसेल प्रिपेड सिम प्रयोग गर्ने सबै ग्राहकले यो सेवाअन्तर्गत सापटी लिन सक्नेछन् । प्राप्त सापटी रकमबाट ग्राहकले कुनै पनि नेटवर्कमा कलगर्न, एसएमएस पठाउन, इन्टरनेट चलाउन तथा एनसेलको कुनै पनि सेवा प्रयोग गर्न सक्नेछन् । प्रिपेड सेवाका ग्राहकले एस्ट्रिक्स ९९८८ ह्यास डायल गरि प्राप्त निर्देशनअनुसार सापटी लिन सक्नेछन् । त्यसैगरी ग्राहकले ९९८८ नम्बरमा खाली एसएमएस पठाएर पनि सापटी लिन सक्नेछन् । सापटी स्वरुप लिइएको रु ४० र सेवा शुल्क बापतको रु २ (कर बाहेक) ग्राहकले रिचार्ज गरेपछि मेन ब्यालेन्सबाट घटाइनेछ । यदि रिचार्ज गरिएको रकम रु ४० भन्दा कम भएमा रिचार्ज गरिएको सम्पुर्ण रकम काटिने छ र बाँकी रकम अर्को रिचार्जमा काटिने छ । प्रिपेड ग्राहकले १७१०९ डायल गरिे सापटी सेवाको बारेमा जानकारी लिन सक्नेछन् । डबल सापटी योजना ९० दिनको लागिमान्य रहनेछ । प्रिपेडग्राहकले आवश्यकताअनुसार आफ्नो मेन ब्यालेन्स रु ५ वा सो भन्दाकम भएपछि जति पटक पनि यो सेवाबाट लाभ लिन सक्नेछन् । पुनः सापटी सुविधा लिन पहिलेको सापटी चुक्ता भएको हुनुपर्नेछ । ग्राहकले एस्ट्रिक्स ९०१ ह्यास डायल गरी सापटीको बाँकी रकमको जानकारी लिन सक्नेछन् ।

भक्तपुर–काठमाडौं नगर बस सञ्चालन

भक्तपुर, साउन १ । भक्तपुर मिनिबस सेवा समितिले भक्तपुर–काठमाडौं नगर बस सञ्चालनमा ल्याएको छ । भक्तपुरको दूधपाटीमा रहेको समितिको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले बस सेवाको उद्घाटन गरेका थिए । नगर बस भक्तपुरको कमलविनायकबाट सूर्यविनायक, कोटेश्वर, गौशाला, चावहिल, महाराजगञ्च, नयाँबसपार्क, बालाजू, स्वयंम्भू, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, शहिदगेट, रत्नपार्क, माइतीघर, बानेश्वर, कोटेश्वर हुदै बस भक्तपुरको कमलबिनायक पुग्ने समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले बताए ।

बेथितिः ३ दिनमा ४६ अर्ब खर्च गरे सरकारी कार्यालयहरुले

काठमाडौं – सरकारी कार्यालयहरुले विगतमा जस्तै विनियोजित बजेट चालु बर्षको अन्तिम तीन दिनमा ४६ अर्ब रुपैयाँ खर्च गरेका छन् । सरकारी लेखा राख्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु बर्षको पछिल्लो तीनद दिन असार २९ देखि ३९ सम्म मा विकास बजेट ३६ अर्ब र साधारण बजेट ११ अर्ब गरी कुल ४६ अर्ब रुपैयाँ खर्च गरिएको हो । महालेखाका अनुसार असार २८ सम्मा पुँजिगत बजेट एक खर्ब ६८ अर्ब रुपैयाँ खर्च भएको थियो । त्यसपछिका तीन दिनमा मात्र ३६ अर्ब रुपैयाँ खर्च भएको हो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।