पाँच डीआइजीलाई अवकाश
काठमाडौं, असार २९। नेपाल प्रहरीको एआइजीका लागि प्रतिस्पर्धामा रहेका आठ जना डीआइजीले शुक्रबारबाट अनिवार्य अवकाश पाएका छन् ।
डीआइजी उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्दले ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन् ।
उनीहरु २०४५ सालमा प्रहरी इन्स्पेक्टर पदबाट सेवा प्रवेश गरेका हुन् । उनीहरुसहित डीआइजी श्याम खड्का, प्रेम चन्द र रविन्द्र शर्माले पनि अनिवार्य अवकाश पाउँदैछन् ।
प्रहरीका सिनियर आठ जना डीआइजीले अनिवार्य अवकाश पाएपछि एआइजी बढुवाको प्रतिष्पर्धामा पुष्कर कार्की, मनोज नेउपाने, धिरु बस्नेत, ठूले राई र सुरेशविक्रम शाह छन् ।
चुट्किलाः प्रेमी र प्रेमिकाबीचको रमाइलो गफ
प्रेमिकाः के तिमी मलाई साँच्चिकै माया गर्छौ ? प्रेमीः हो भनेको, मैले हिजै आफ्ना प्रेमिकाहरूको लिस्ट हेरेर कन्फर्म गरेको । राम र श्यामसँग कुरा गर्दै थिएँः श्यामः मेरी प्रेमिका मलाई यति धेरै माया गर्छे तर आजसम्म ऊ मँसग बोलेकी छैन । श्यामः (अचम्म पर्दै) हँ, किन नबोलेको ? रामः मेरी प्रेमिका बहिरा छ क्या ! प्रेमीः बिहान खोइ कसको अनुहार देखिएछ, आज दिनभर एक सिता अन्न पनि पेटमा परेको छैन । प्रेमिकाः मैले भनेको मान्दैनौ, त्यो तिम्रो बेडरुममा भएको ऐना हटाइदेऊ, नत्र सधैं त्यस्तै होला । एजेन्सीको सहयोगबाट
प्रदिप नेपालको पुस्तक विमोचन गर्दै सभामुख महराले भने- साहित्य समाजको एेना र परिवर्तनको दर्शन हो
काठमाडौं, वैशाख ८ । सभामुख कृष्णबहादुर महराले साहित्य समाजको यथार्थता देखाउने र परिवर्तन गर्ने दर्शन भएको बताउनुभएको छ । साहित्यकार प्रदीप नेपालद्वारा लिखित ‘देशको खोजी’ कथा संग्रहको आज (शनिबार) पुल्चोकस्थित साझा प्रकाशनको कार्यालयमा आयोजित पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले साहित्य समाजको यथार्थता देखाउने दर्शन भएको बताउनुभएको हो । ०३७/३८ सालतिर आफूले साहित्यकार प्रदीप नेपालको कथा सञ्जय थापाको नामबाट पढ्ने मौका पाएको भन्दै सभामुख महराले आफू निकै प्रभावित भएको बताउनुभयो । ‘मैले सञ्जय थापाको ‘दमाईको दुकानमा चिया खाइयो’ भन्ने कथा पढेको थिएँ, सभामुख महराले भन्नुभयो, ‘त्यसले मलाई निकै प्रभावित बनाएको थियो ।’ त्यतिबेला जातीय छुवाछूत विरुद्ध आवाज उठाउन निकै गाह्रो रहेको सम्झदै महराले भन्नुभयो, ‘त्यस्तो बेला लेखिएको त्यो कथाले सबैलाई निकै प्रभावित बनाएको थियो ।’ आफूलाई माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्ने व्यक्तिहरु पनि साहित्यकार नै भएको चर्चा गर्दै महराले मोहन वैद्य ‘किरण’ र कृष्ण सेन इच्छुकले आफूलाई राजनीतिक क्षेत्रमा लाग्न प्रेरित गरेको बताउनुभयो । ‘साहित्यकार कृष्ण सेन इच्छुक मेरो एकदम मिल्ने साथी हुनुहुन्थ्यो । मलाई माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्नेमा उहाँको ठूलो भूमिका छ’ महराले भन्नुभयो, ‘चिनजान नभए पनि हामीबीच झण्डै दुई सयजति पत्रहरु आदान प्रदान भएका थिए ।’ आफूलाई नयाँ दृष्टिकोण बनाउन र माक्र्सवादी दर्शनतर्फ प्रेरित गर्न सेनका साहित्यिक पत्रहरुले निकै भूमिका खेलेको भन्दै सभामुख महराले हरेक राजनीतिक व्यक्तिको प्रस्थानविन्दू अर्थात् अन्तरचक्षु साहित्यभन्दा पर हुन नसक्ने बताउनुभयो । त्यस्तै, अर्को प्रसंगमा सभामुख महराले साझा प्रकाशन जनताको साझा सम्पत्ति भएको बताउनुभयो । जनताको सम्पत्ति जोगाउन जनता नै जागरुक हुनुपर्ने भन्दै सभामुख महराले साझा प्रकाशन टिकाउन सरकार, निजी क्षेत्रलगायतको सबैको सहयोग जरुरी रहेको बताउनुभयो । सभामुखको हैसियतले आफूले सहयोग गर्न कुनै कसर बाँकी नराख्ने भन्दै महराले साझा प्रकाशनले साहित्यप्रेमी सांसदहरुलाई बोलाएर बृहत अन्तरक्रिया गर्न सके राम्रो हुने सुझाव दिनुभयो । यसैबीच सोही कार्यक्रममा साहित्यकार तेजेश्वरबाबु ग्वगःद्वारा लिखित ‘रङ्ग अभिज्ञान’ निबन्ध संग्रहको शताब्दी पुरुष सत्यमोहन जोशीले लोकार्पण गर्नुभएको थियो । कार्यक्रममा डा. लक्ष्मणप्रसाद गौतमले रङ्ग अभिज्ञान निबन्ध संग्रहको समीक्षा गर्नुभएको थियो भने प्रा.डा. दयाराम श्रेष्ठ र खगेन्द्र राईले देशको खोजी कथा संग्रहको समीक्षा गर्नुभएको थियो । कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाको वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।
‘भोर’ चलचित्रमा दाइजो प्रथाको विरोध, ट्रेलर सार्वजनिक (भिडियो)
काठमाडौं, वैशाख १ । वैशाख २१ गतेदेखि प्रदर्शन हुने तयारीमा रहेको ‘भोर’ चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक कुरीतिका रुपमा रहेको दाइजो प्रथाको विरोधमा निर्माण गरिएको ‘भोर’ चलचित्रको ट्रेलर अन्य फिल्मभन्दा केही फरक देखिन्छ । तराईमा व्याप्त दाइजो प्रथाको कथालाई उठान गरेर चलचित्र निर्माण गरिएको छ । ‘भोर’ चलचित्रका निर्देशक यादवकुमार भट्टराईले यसअघि चलचित्र ‘झोला’ निर्माण गरेर वाहवाही बटुलेका थिए । यस पटक पनि उनले मौलिक कथालाई नै उठाएर फिल्म निर्देशन गरेका छन् । दाईजोलाई महिला हिंसा मात्र नभई मानव हिंसा भन्दै सामाजिक कुरीतिको रुपमा व्याप्त प्रथालाई निर्मुल पार्ने अभियानको रुपमा निर्माण टिमले भोर फिल्मलाई लिएको छ । चलचित्रको कथा साहित्यकार तथा झोलाकै कथाकार कृष्ण धरावासीले लेखेका हुन्भ भने निर्देशक भट्टराईले पटकथामा ढालेका हुन् । तराईमा मात्र नभएर पहाडमा पनि दाइजो प्रथा व्याप्त छ । चलचित्रमा रामनारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झा लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई दीपक बज्राचार्यले छायांकन गरेका हुन् भने राज तिमिल्सिना र रामगोपाल थापाले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता देवेन्द्रप्रसाद सुवेदी छन् । उज्जल ढकालले फिल्मलाई सम्पादन गरेका छन् । बैशाख २१ गतेबाट प्रदर्शनमा आउने फिल्मको मिथिलाधाम जनकपुरमा प्रिमियर सम्पन्न भएको थियो । जनकपुर र पोखरामा सम्पन्न प्रिमियर तथा हेटौँडामा सम्पन्न च्यारेटीमा फिल्मले प्रशंसा पाएको छ ।
ओस्कार विजेता निर्देशक मिलोसको निधन
काठमाडौं, वैशाख १ । ओस्कार विजेता फिल्म निर्देशक मिलोस फोर्म्यानको ८६ वर्षको उमेरमा निधन भएको छ। उनी हलिउड फिल्म ‘वान फ्ल्यु ओभर द कुक्कुज नेस्ट’ का लागि १९७५ मा ओस्कार जितेका थिए। चेकोस्लोभाकियामा जन्मेका फोर्म्यान १९८४ मा ‘आमाडेओस’ फिल्मका लागि उत्कृष्ट निर्देशकको ओस्कार अवार्ड हात पारेका थिए। उनी १९३२ मा जन्मेका फोर्म्यानको शुक्रबार अमेरिकामा निधन भएको हो । १९६८ मा अमेरिका पसेका उनी ७० को दशकमा अमेरिकी नागरिक बनेका थिए। एजेन्सी
बास्केटबलकाे कोर्टमै प्रपोज र इंगेजमेन्ट गर्ने यी खेलाडी
काठमाडौं । व्रिटेनका बास्केटबलका एक खिलाडीले राष्ट्रमण्डल खेलका दौरान कोर्टमै आफ्नी गर्लफ्रेन्डलाई विवाहका लागि प्रपोज गरे । केटी साथीले पनि उनको उक्त प्रस्वातलाई हासी–हासी सहजै स्वीकार गरिन । त्यसपछि उनीहरुले बास्केटकबलको कोर्टमै इंगेजमेन्ट गरे । युवती व्रिटेनको बास्केटबल टीमकी सदस्य हुन । पुरुष खेलाडी जसले प्रपोज गरे उनको नाम हो जेमेल एन्डरसन । एन्डरसनले आफ्ना साथीहरुको सहयोगमा यो सबै कार्य गरेका थिए । यो सम्पूर्ण कार्यको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।
भारत जानु अघि प्रधानमन्त्री अाेलीले राष्ट्रपतिलार्इ भेटे
काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबारदेखि हुने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेकी छन् । आफ्नो भारतभ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउन हिजाे साँझ शीतल निवास पुगेका प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले दुई देशबीचको आपसी सम्बन्धलाई अझ सुदृढ तुल्याउन भ्रमण फलदायी हुने बताइन् । राष्ट्रपतिले प्रधानमन्त्रीको भारत भ्रमणबाट दुईदेशबीचको सदियौँदेखिको सम्बन्धलाई थप उचाइमा पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । भेटमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, मुख्यसचिव लोकदर्शन रेग्मी र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीको सहभागिता थियो । प्रधानमन्त्री ओली ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार भारतको राजकीय भ्रमणमा जाँदै छन् ।
भेटियो मान्छेजस्तै अनुहार भएको कुकुर
आफ्नो अनुहार कतिपय बेला कुनै सिनेस्टार, राजनेता या अन्य सेलिब्रिटीसँग मिल्न गए दङ्ग पर्छन्। यसो हुनु राम्रै हो, सोसल मिडियामा सक्रिय कलाकारहरूले पनि तपाईंको अनुहार कुन सेलिब्रिटीसँग मिल्छ भन्ने ठम्याउन सहयोग गर्न सक्छन्। तर यस्ता कलाकारहरूले कहिले काहिँ नराम्ररी झुक्याइदिन्छन्। कहिलेकाँही ती कलाकारहरू तपाईंसँग अनुहार मिल्ने कुनै जनावर खोजेर साझा गरिदिन सक्छन् । यसो गर्नका लागि उनीहरूले फोटोसप या यस्तै अन्य कम्प्युटर प्रोग्रामको सहायता भने लिनु पर्ने हुन्छ । तर अमेरिकामा एउटा यस्तो कुकुर भेटिएको छ जसको अनुहार दुरुस्तै मान्छे जस्तो छ। यो कुनै फोटोसप गरिएको अनुहार होइन बल्कि योगी नाम गरेको यो कुकुर अमेरिकाको म्यासाचुसेट्स राज्यमा बसोबास गर्ने महिला च्यान्टल डेस्जार्डिन्सको हो । भर्खर मात्र एक वर्ष पुगेको योगीका केही तस्बिर डेस्जार्डिन्सले केही दिन अघि सामाजिक संजालमा पोस्ट गरेपछि तत्कालै भाइरल भएको थियो । यस कुकुरकी मालिक्नी डेस्जार्डिनले यो कुकुरको तस्बिर भिराल हुनुपूर्व आफुलाई कहिल्यै पनि योगीको अनुहार मान्छे जस्तै रहेको भन्ने बारे सोच्दै नसोचेको बताएकी थिइन् । अमेरिकाका कतिपय सामाजिक संजाल प्रयोगकर्ताहरूले एकअर्कासँग यस कुकुरको तस्बिरको तुलना गर्दै फोटोहरू पोस्ट गरेको थियो । ठुल्ठुला आँखा भएको योगी सामुन्नेबाट हेर्दा दुरुस्तै मान्छेजस्तो देखिन्छ ।
मन्त्री मगरको पहलमा सयाैं महिलाले गरे क्यान्सरको परीक्षण, केहीमा देखियो पोजिटिभ
कञ्चनपुर, चैत्र १९ । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरको पहलमा कञ्चनपुरमा धैरे महिलाले निशुल्क रुपमा क्यान्सर रोगको परीक्षण गरेको शिविर संयोजक सरु दाहाल अधिकारीले बताएकी छन । संयोजक सरुले भनिन, ‘धेरै–धेरै आभार ब्यक्त गर्दछु संयोजकको नाताले कन्चनपुरसम्म शिबिर पुर्याउन सहयोग गर्नु हुने नेपाल सरकारका माननीय खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई । आफ्ना दिबङगत परिवार दिदी स्व ज्ञानु दाहाल र पति स्व प्रकाश दाहालको संझनामा चार दिनको बृहत् निशुल्क स्तन तथा पाठेघरको मुखको भीआइए टेस्ट कार्यक्रम राख्नुभको जानकारी गराउछु ।’ चारदिनसम्म कञ्चनपुरका विभन्न स्थानमा सञ्चालन भएको शिविरको पहिलो दिन पुनर्बास नगरपालिकामा सात सय जना महिलाले स्तन तथा पाठेघरको जाँच गराएका थिए । जसमध्ये २२ महिलामा भीआइए पोजेटिभ देखिएको भने एक महिलामा क्यान्सर भेटिएकाे संयाेजक सरुले बताइन। शिविरमा २२ जनालाई र cervical polyp भएका २५४ जनालाई एन्टीबायाेटिक वितरण गरिएकाे थियाे । त्यसैगरी तीन जनामा क्यान्सरकाे लक्ष्यण देखिएपछि मेमोग्राम गर्न रिफर गरिएका सरुले बताइन । साथै शिबिरमा क्यान्सर संबन्धि जनचेतना कक्षा संचालन गरी सचेत गराइएकाे थियाे । विरामीलार्इ बायस्बि गराउन र थप उपचारका लागि सेती अञ्चल अस्पताल र भरतपुरस्थित क्यान्सर अस्पतालमा सहुलियत उपलब्ध गराउने पनि तयारि गरिएको छ। चितवनकाे बि पि कोइराला मेमोरियल क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा शिबिर संचालन भएकाे थियाे । मंगलबार उक्त शिबिर कञ्चनपुरकाे बेलाैरी नगरपालिकामा हुने बताइएकाे छ ।
पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन
पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा खड्काको निधन भएको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै उनको निधन भएको पुष्टि गरेका छन् । उनी मिर्गौला, छाती र नसाको समस्याबाट पीडित थिए । मिर्गौला प्रत्यारोपण गरेका खड्काको स्वास्थ्यमा समस्या देखिएपछि गत फागुन पहिलो साता उनलार्इ नयाँ दिल्ली लगिएको थियो । उनको स्वास्थ्य स्थितिप्रति गम्भिर भएपछि नेपाली कांग्रेसले उनको स्वास्थ्य अवस्था बुझ्न मंगलबार शंकर भण्डारी र रमेश लेखकलाई भारत पठाएको थियो ।
अाफ्नै विद्यार्थी बलत्कार गर्ने हेड मास्टरमाथि नेकपाले गर्याे कारबाही
काठमाडौं, चैत ८ । विप्लव नेतृत्वको नेकपाले अाफ्नै विद्यार्थी बलत्कार गर्ने रामेछापका हेड मास्टरमाथि कारबाही गरेकाे छ । नेपाल कम्युनिस्ट पार्टीले आफ्नै विद्यालयकी १४ वर्षीय छात्रालाई बलात्कार गर्ने प्रधानाध्यापकलाई कालोमोसो दलेको हाे । रामेछापको नामाडी बेतालीस्थित श्री जनजागृती उच्च माविका प्रधानाध्यापक गोविन्द खत्रीलाई नेकपाका कार्यकर्ताले बुधबार कालोमोसो दलेका हुन् । सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षीय किशोरीलाई खत्रीले बलात्कार गरेको, आर्थिक चलखेल गरी अदालतलाई समेत प्रभावमा पारी सफाई लिएर अपराधलाई ढाकछोप गरेको, सिंगो शैक्षिक जगत र प्राज्ञिक मर्यादाको घोर अपमान गरेको भन्दै नेकपाले जनकारवाही स्वरुप कालोमोसो दलेको बताएको छ । त्यसैगरी बलात्कार घटनालाई ढाकछोप गर्न विद्यालय व्यवस्थापन समितिलाई प्रभावमा पारेको, अदालतको सफाईपछि समेत छात्रालार्य गाउँभन्दा अन्तै राखेर बलात्कार गर्दै आएको नेकपा रामेछापले आरोप लगाउँको छ । पैसा र पहुँचका आधारमा अदालतबाट सफाई पाएर पुर्न किशोरीको यौन शोषण गर्दै आएकोले जनकारवाही गर्नुपरेको नेकपा रामेछापले बताएको छ । घटनास्थलमा नेकपाले ७ बुँदे पर्चा छोडेर गएको छ । यस्ता छन् सात बुँदा १. कक्षा ८ मा अध्ययनरत १४ वर्षीइ आफ्नै छात्रालाई बलात्कार गरेको । २. आर्थिक चलखेलद्वारा अदलातलाई समेत प्रभावमा पारी सफाई लिई अपराधलाई ढाकछोप गरी आफू निर्दोश रहेको डंगा पिट्दै समाजको समेत मानमर्दन गरेको । ३. अदालतको कथित सफाईपछि समेत छात्रालार्य गाउँभन्दा अन्तै राखेर लगातार यौन शोषण गर्दै आएको । ४. विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय संचारमाध्यम, समाजिक संजाल र समाजमा अपराधको व्यापक निन्दा हुँदाहुँदै पनि गल्ती महशुस गर्नुको साटो दम्भ र घमण्ड प्रस्तुत गरेको । ५. सिंगो शैक्षिक जगत र प्राज्ञिक मर्यादाको घोर अपमान गरेको । ६. विद्यालय व्यवस्थापन समितिलाई आर्थिक प्रभावमा पारी अपराध पश्चात पनि प्रधानाध्यापकमा पुर्नवहाल भएको । ७. विद्यालयमा व्यापक अनियमितता, भ्रष्टाचार र मनपरीतन्त्र लादेको ।
यातायातका साधन समस्या नभई नागरिकको सहयोगी बन्नुपर्छ : रेणु दाहाल
चितवन । भरतपुर महानगरप्रमुख रेणुु दाहालले कुनै पनि यातायातका साधन कसैको लागि समस्या नभई नागरिकहरुको लागि सहयोगी बन्नु पर्ने बताउनु भएको छ । मध्य नेपाल यातायात ब्यवसायी संघ (मलमल) को दोस्रो वार्षिक साधारण सभालाई मंगलबार भरतपुरमा सम्बोधन गर्दै दाहालले यस्तो बताउनु भएको हो । साधारण सभा उद्घाटन समारोहकी प्रमुख अतिथि दाहालले भन्नुभयो, यातायातका साधन समस्याको रूपमा नभई नागरिकहरूको सहयोगी बन्नुपर्छ । यातायत ब्यवसायीहरू इमानदार र ब्यावसायिक हुनुपर्छ । सडकमा जथाभावी पार्किङ गर्ने, आफूखुसी भाडा असुलेर यात्रुलाई दुःख दिनेहरूलाई कारबाहीको दायरामा ल्याइने छ । महिला, ज्येष्ठ नागरिक, विद्यार्थी र अपांगता भएकाहरूलाई विशेष सहुलियतको ब्यवस्था गर्र्न आग्रह गर्दै महानगर प्रमुख दाहालले महानगरको पार्किङ ब्यवस्थापनमा नसघाउने यातायात व्यवसायीलाई महानगरले कारबाही गर्ने चेतावनी दिनुभयो । बजार ब्यवस्थापनका लागि पार्किङ ब्यवस्थापन आवश्यक रहेको बताउँदै उहाँले यसमा तीनपांग्रे साधन समस्याको रूपमा खडा भएको बताउनु भयो । तीनपांग्रे सवारीका चालक एवं व्यवसायीलाई महानगरको योजना अनुसार चल्न आग्रह गर्दै दाहालले महानगरले तोकेको ठाउँमा पार्किङ नगर्ने सवारी साधनहरू कारबाहीमा पर्ने बताउनु भयो । उहाँले तोकिएको ठाउँमा यात्रु ओराल्ने र चढाउने कुरालाई कार्यान्वयन गर्न सवारी चालकहरुलाई आग्रह गर्नुभयो । यातायात ब्यवसायीहरूले बालबालिकालाई श्रममा लगाउने गरेको पाइएको भन्दै दाहालले त्यस्तो कार्य तत्काल रोक्नुपर्ने बताउनु भयो । महानगरपालिकाभित्र पार्किङ ब्यवस्थापन जटिल बन्दै गएको बताउँदै महानगर प्रमुख दाहालले भन्नुभयो, पार्किङ व्यवस्थापनमा यातायात ब्यवसायीहरूले सहयोग गर्नुपर्छ । तपाइँहरुको सहयोगले बजार व्यवस्थापन गर्ने काममा सफलता प्राप्त हुने भएकोले बजारलाई सुन्दर र व्यवस्थित बनाउन पार्किङ व्यवस्थापनमा सहयोग गर्नुहोस् । यसका लागि यातायात व्यवसायीसँग सहकार्य गर्न महानगरपालिका तयार छ । मध्य नेपाल यातायात ब्यवसायी संघका अध्यक्ष चिनीबहादुर बोहराको अध्यक्षतामा सम्पन्न साधारण सभाको उद्घाटन समारोहमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापा, चितवन अटोमोवाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष गोपाल भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
एनआरएनए कतारले विभिन्न संघसंस्थासंगको सहकार्यमा नयॉ वर्ष २०७५ मनाउने
दोहा, फागुन १९ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले संघ संस्थाहरुसंगको सहकार्यमा संयुक्त रुपमा रक्तदान कार्यक्रम ३० मार्चमा र नेपाली नया“ बर्ष २०७५ पनि आयेजना गर्ने भएको छ । नेपाली नयाँ वर्ष २०७५ को कार्यक्रमको मिति भने संघसंस्थाहरुसंगको छलफलबाट तय गरिने भएको छ । त्यसै गरी एनआरएनए एनसीसी कतारले ४ मे २०१८ सम्ममा आयोजना गर्ने कार्यक्रमहरुको पनि निर्णय गरी सार्वजनिक गरेको छ । कार्यक्रमहरु संस्थाको २७ फेब्रुअरी, २०१८ मा कार्यवाहक अध्यक्ष तेज कटुवालको अध्यक्षतामा बसेको सचिवालयको ७ औं बैठकले निर्णय गरेको हो । त्यसै गरी एनसीसी कतारले युवा वर्गलाई लक्षीत गरी “युवा जागरुक्ता र शसक्तिकरण” विषयक गोष्ठि ०६ अप्रील २०१८ मा र श्रमिकहरुको हक हितको लागि “आप्रवासी नेपाली कामदारका चुनौति र अवसरहरु” विषयक कार्यशाला गोष्ठि ०४ मे २०१८ मा आयोजना गर्नेछ । बैठकले यस कार्यक्रमहरु सम्पन्न गर्नको लागि कार्य विभाजनहरु समेत गरेको छ । स्मरण रहोस, एनआरएनए एनसीसी कतारले आफ्नो २ बर्षे कार्ययोजना १९ जनवरी २०१८ मा बसेको समितिको तेश्रो पूर्ण बैठकले पारित गरिसकेको छ । कार्ययोजनामा कतारबाट पत्रकारिता गर्ने पत्रकारहरुको लागि र कतारमा कार्यरत साहित्यीक श्रष्ठाहरुको लागि प्रत्येक २ बर्षमा एक एक जनालाई पत्रकारिता पुरस्कार र साहित्यीक पुरस्कार प्रदान गरिने ब्यवस्था पनि गरेको छ ।
कान्तिपुरमाथि लगाइएको मानहानी मुद्दाप्रति चौतारीको आपत्ति
काठमाडौं, फागुन १५ । प्रेस चौतारी नेपालले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको विषयमा प्रकाशित समाचारलाई लिएर कान्तिपुर दैनिकमाथि चलिरेको मानहानीको मुद्दाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । चौतारीका महासचिव राजेश राईले आज जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली आम सञ्चारकर्मी र आम सञ्चार माध्यमको संघर्षको जगमा बनेको नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको हुँदा सञ्चारमाध्यममा कुनै सामग्री प्रकाशन तथा प्रसारण गर्नु उसको सबैधानिक अधिकार भएको उल्लेख छ । प्रधानन्यायाधीश पराजुली आफंै मुद्दाको पक्ष भएको मामिलामा समाचार लेख्दा अपहेलनामा कारबाही चलाउनुले प्रतिशोधको भावना लिएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन खोजिएको हो रु भन्ने प्रश्न स्वतः उठेको विज्ञप्तिमा छ । प्रधानन्यायाधीश पराजुलीले आफैंसँग सम्बन्धित मुद्दा आफैंले हेरेपछि सम्मानित अदालतबाट स्वतन्त्र न्यायिक निरोपण हुनेमा स्वभाविक आंशका उत्पन्न भएको चौतारीको ठहर छ, विज्ञप्तिमा भनिएको छ– “जुनसुकै सञ्चारमाध्यमले पनि समाचार प्रकाशन र प्रसारण गर्दा संविधान र प्रेस जगतले अबलम्बन गर्दै आइरहेका नीति, नियम, मूल्य–मान्यता र आर्दशलाई पालना गर्नुपर्छ भन्नेमा चौतारी दृढ रहेको छ ।”
वाणिज्य मन्त्रालयले विभिन्न पदमा तेइस कर्मचारी माग्यो
काठमाडौं । वाणिज्य मन्त्रालयले पदपर्तिको लागि खुल्ला आवेदन माग गरेको छ । २३ जनाको लागि विभिन्न प्राविधिक र प्रशासनमा आवेदन माग गरेको हो । वाणिज्य मन्त्रालयले निम्न योग्यता भएका उम्मेदवारले आवेदन भर्न सकिने जनाएको छ । इच्छुक उम्मेदवारहरुले अनलाइन मार्फत अावेदन भर्न सकिन्छ । हेर्नुस् विज्ञापनः
राष्ट्रपति भण्डारी टुँडिखेलमा आयोजित समारोहमा
काठमाडौं । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रजातन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश गोपाल पराजुली, मन्त्रीहरु एवम् संवैधानिक निकायका प्रमुखहरुको उपस्थिति छ । सो समारोह जारी छ ।