‘लकडाउन’मा पनि अत्यावश्यक वस्तुको पसल खोल्न दिइने
काठमाडौंः ‘लकडाउन’को अवधिमा पनि अत्यावश्यक वस्तुको पसल खोल्न दिने भएको छ ।
दिइने भएको छ ।
खाद्यान्न, तरकारी, पेट्रोलियम पदार्थजस्ता अत्यावश्यक वस्तु बिक्री गर्ने पसल सुरक्षा अपनाउँदै खोल्न दिन सूचना जारी गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालका अनुसार उपभोक्ताको भीड नहुने गरी सेवा प्रवाह गर्न आग्रह गर्दै सुपर मार्केट, खाद्यान्न पसल, तरकारी तथा दूग्ध पदार्थको बिक्री सहज बनाइने छ ।
समय तालिका तोक्दा भीड हुने र यसले झन असुरक्षा सिर्जना गर्ने भएकाले उपभोक्ताले आफ्नो अनुकूल हुने गरी खाद्यान्न खरिद गर्न सचिव डा. अर्यालले आग्रह गरे ।
‘लकडाउन’को समयमा आवश्यक परे देशैभर सञ्चालित साल्ट ट्रेडिङ तथा खाद्य व्यावस्था तथा व्यपार कम्पनीको पसल पनि सञ्चालन गरिने वाणिज्य तथा आपूर्तिले जनाएको छ ।
आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौंः बुधबार पनि सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय तोकिएको छ । सोमबार र मंगलबार पनि सुनको मुल्य प्रतितोला ७१ हजार ३ सय नै थियो । महासंघका तेजावी सुन र चाँदीको मुल्य पनि बढेको छैन । सोमबार र मंगलबार जस्तै बुधबार पनि तेजावी सुन प्रतितोला ७१ हजार तथा चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
स्वास्थ्यमन्त्रीको भ्रमण मोहः एक वर्षमा २५ पटक उडे विदेश
काठमाडौं । देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्यमन्त्री यादव भने विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि । उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अलिहेसम्म पटकपटक विदेश भ्रमण गरिसकेका छन् । एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश सयरमा निस्किएको मन्त्रालय स्रोतको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
विप्लव नेकपाका बारा जिल्ला इन्चार्ज पक्राउ
वीरगंज । प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका बाराका इन्चार्ज पक्राउ गरेको छ । बारा प्रहरीले शुक्रवार अपरान्ह राजन गिरी भनिने ३४ वर्षीय अतिश मिश्रलाई पक्राउ गरेको हो। बाराको परवानीपुर गाँउपालिका–४ चैनपुरस्थित केडिया आँखा अस्पतालबाट उनलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले बताए। सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि बारा प्रहरीले यसअघि १० जनालाई नियन्त्रणमा लिइसकेको छ। हाल विप्लव समूहका जिल्ला ईन्चार्ज मिश्रसहित ११ जना हिरासतमा रहेको बारा प्रहरीले जनाएको छ।
टीका र जमरा लगाएर एक महिनाअघि नै मनाइयो दसैं !
गोरखा । यस वर्ष असोज २१ मा दसैं परेको छ। गोरखाका केही समुदायले भने भदौ १४ मै जमरा राखेर आइतबार टीका र जमरा लगाइ दसैं मनाएका छन्। बिहान १० बजेको शुभ साइतमा सामूहिक रुपमा टीका लगाइएको सिरानचोक गाउँपालिका–४ छोप्राकको नेवा गुठी समाजका कुमार श्रेष्ठले जानकारी दिए। पर्व सुधारअनुसार आइतबार दशमी परेको उनको बुझाइ छ। गुडी समाजमा आबद्ध ४८ घरले दसैं मनाएका हुन्। ‘अस्ति अष्टमी राँगो काट्यौं, हिजो नवमी पूजा गर्यौँ, आज दसैं मनाएका हौँ,’ उनले भने। २०६९ सालयता एक महिनाअघि दसैं मनाउन थालेको उनले बताए। ‘खगोल विज्ञानलाई आधार मान्दा २४ घण्टाको एक दिन भनिए पनि ३ दशमलव २७ सेकेण्ड अपुग हुन्छ, दिनदिनै समय घट्दै जाँदा ७२ वर्षमा एक दिन कम हुन्छ, २०७६ सम्म आइपुग्दा २४ दिन अघि सरिसक्यो,’ उनले भने, ‘गणितीय र तिथिका हिसाबले दसैं आजै पर्छ ।’ यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
रमेश श्रेष्ठको ‘घरमा मेरो बिहेको कुरा चल्दैछ’ सार्वजनिक (भिडियो)
काठमाडौंः चर्चित गायक रमेश श्रेष्ठ ‘मेलोडी’को नयाँ गीत ‘घरमा मेरो बिहेको करकर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ गीतहरु गाएर चर्चा कमाइसकेका गायक श्रेष्ठको सुमधुर आवाजमा रहेको ‘घरमा मेरो बिहेको करकर’ शुक्रबार युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । गीतमा सुरेन्द्र थपलियाको शब्द र गायकको आफ्नै संगीत रहेको छ । म्युजिक भिडियोलाई विशाल प्रजापतिले छायाँकन गरेका छन् भने निर्देशन सरोज श्रेष्ठले गरेका हुन् । उक्त भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा चर्चित हास्य कलाकार महादेव त्रिपाठी, मनिष प्रितम, रश्मि श्रेष्ठ, गणेश केसी, नमराज पराजुली तथा भगवान खत्रीलाई देख्न सकिन्छ ।
विश्व रक्तदाता दिवसः दैनिक ५० युनिट रगत अभाव
काठमाडौँ, जेठ ३१ गते । तपाईंले जीवनमा कति पटक रक्तदान गर्नुभएको छ प्रेमसागर कर्माचार्यले भने जीवनमा १५८ पटक रगत दिइसक्नु भएको छ । स्वस्थ्य मानिसले छ छ महिनामा रक्तदान गर्दा राम्रो हुन्छ । केन्द्रीय रक्तसञ्चार सेवाकी निर्देशक डा.मनिता राजकर्णिकार भन्छिन् छ छ महिनामा रगत दिँदा केही फरक पर्दैन । अझ व्यक्ति स्वस्थ हुन्छ ।’ कर्माचार्य नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष पनि छिन् । रगतका लागि उनलाई दैनिक ३०/३५ कलसम्म फोन आउने गर्दछ । यो फोन रगत अभाव भएरै आउने हो । दिउँसो मात्र होइन राती पनि कर्माचार्यलाई रगतको व्यवस्था मिलाइदिनुपर्यो भनेर फोन आउने गर्दछ । उनले १६ वर्षदेखि नै रक्तदान सुरु गरेका हुन् । हाल उनी ५५ वर्ष भए । राजधानीमा भने माग अनुसार रक्तदाताको संख्या नबढेपछि बिरामीले सधै रगतको अभाव झेलिरहनुपरेको छ । केन्द्रीय रक्तसञ्चार सेवाको तथ्याङ्क अनुसार दैनिक २५० युनिट रगतको आवश्यकता पर्छ । हाल केन्द्रमा दुईसय युनिट मात्र रगत सङ्कलन भइरहेको छ । केन्द्रीय रक्तसञ्चार सेवाको तथ्याङ्क अनुसार दैनिक ५० युनिट रगत अभाव भइरहेको छ । निर्देशक डा. राजकर्णिकारले रक्तसञ्चार केन्द्रले माग अनुसारको रगतलाई पूर्ति गर्न नसकिएको जानकारी दिए। तथ्याङ्क अनुसार नेपालका ७७ जिल्लाबाट १०५ केन्द्र मार्फत रगत वितरण हुँदै आएको छ । हरेक वर्ष चैत अन्तिमबाट असारसम्म रगतको अभाव हुने गरेको तर माग अनुसारको आपूर्ति हुन कठिन हुने गरेको छ । डा. कर्णिकारका अनुसार मानिसको रगतमा हुने रक्तकणको आयु १२० दिनको हुन्छ । त्यसपछि ती रक्तकण आफै मरेर जाने हुँदा तीन महिनाको फरकमा रक्तदान गर्दा नयाँ रक्तकोषिका बनेर मानव स्वास्थ्य अझ स्वस्थ हुन्छ । एक व्यक्तिको शरीरमा खेर जाने रगतले अर्को व्यक्तिलाई बचाउन सकिने हुँदा रक्तदान गर्न प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ । रक्तदान गर्ने मानिसको वजन ४५ केजी भन्दामाथि र हेमोग्लोबिन १२ ग्राम वा सोभन्दा माथि हुनुपर्दछ । निर्देशक डा। राजकर्णिकारका अनुसार एचआइभि, हेपाटाइटिस बि लगायतका रोगीहरूले रक्तदान गर्न मिल्दैन । यस्तै जन्डिस, मलेरिया, टाइफाइड, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मृर्गौलाको रोग, हेपाटाइटिसजस्ता रोगीले रक्तदान गर्न हुदैन । उनले भने, क्यान्सर र मुटुरोगका बिरामीलाई एकैपटक १५/१६ युनिटसम्म रगत आवश्यक पर्ने हुनाले रगतको अभाव बढ्दै गएको हो । यस्ता बिरामीलाई अत्यधिक मात्रामा रगत चाहिने हुन्छ । क्यान्सरका बिरामीलाई लामो समयसम्म धेरै मात्रामा रगत दिनुपर्ने हुन्छ । मुटुरोगी, थालेसिमिया, सुत्केरी महिला, शल्यक्रिया गर्नुपर्ने बिरामी लगायतलाई पनि धेरै रगत आवश्यक पर्दछ । अध्यक्ष कर्माचार्यले रक्तदानबारे विद्यालयको पाठ्यक्रममा नै समावेश गरिनुपर्ने बताए । उनले व्यवस्थापकीय पक्षको कमजोरीको कारण जहिले पनि रगतको अभाव हुन पुगेको बताए । यसैबीच शुक्रबार विश्व रक्तदाता दिवस मनाइदैछ । सुरक्षित रगत सबैका लागि भन्ने नाराका साथ यो वर्ष विश्व रक्तदाता दिवस मनाउन लागिएको हो । मानिसको रक्त समूह पत्ता लगाउने चिकित्सक कार्ल ल्याण्डस्टिनरको जन्मदिन पारेर सन् २००४ देखि हरेक वर्ष जुन १४ तारिखमा विरामीको ज्यान बचाउन सहयोग गर्ने रक्तदातालाई धन्यवाद दिन तथा सम्मान गर्न दिवस मनाउन थालिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।
३ क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक
काठमाडौंः शिक्षक सेवा आयोगले आज (शनिबार) खुला प्रतियोगितात्मक परीक्षातर्फ निम्न माध्यमिक तहको ३ विकास क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक गरेको छ । आयोगले निम्न माध्यमिक तहको मध्यपश्चिमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रको गणित विषयको नतिजा सार्वजनिक गरेको हो । निमावि तहको पश्चिमाञ्चल क्षेत्रको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् निमावि तहको मध्यपश्चिमाञ्चल क्षेत्रको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् निमावि तहको सुदूरपश्चिमाञ्चल क्षेत्रको गणित विषयको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
सस्तियो सुनको भाऊ
काठमाडौं, जेठ ६ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। त्यस्तै, सोमबार तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, मंगलबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको थियो भने आज पनि फेरि घटेर चाँदी ७०५ रुपैयाँमा कारोबार भइरहेको छ।
नगरपालिकाले पायाे विमानस्थलको सम्पूर्ण जिम्मेवारी
धनगढी, जेठ ४ । कैलालीको टीकापुरस्थित विमानस्थलको सम्पूर्ण जिम्मेवारी टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । विमानस्थल अध्ययन, निर्माण तथा सञ्चालन समितिको मातहतमा रहेको विमानस्थलको जिम्मा नगरपालिकालाई दिने निर्णय गरिएको हो । वि.सं २०६७ देखि मुक्त कमैया र सुकुम्बासीले अतित्रमण गरी बसोबास गर्दै आएको सो विमानस्थलको जग्गा खाली गराई विमानस्थलको अध्ययन, निर्माण तथा सञ्चालनको लागि सर्वदलीय सर्वपक्षीय झेलाबाट समिति गठन गरिएको थियो। यसअघि वि.सं २०६१ मा मुक्त कमैया र सुकुम्बासीले विमानस्थलको जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका थिए। वि.सं २०६७ मा विमानस्थल खाली गराउन गठन गरिएको टीकापुर विमानस्थल अध्यन, निर्माण तथा सञ्चालन समितिले सबै काम कारवाही टीकापुर नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। समितिले विमानस्थलको नाममा रहेको आर्थिक, भौतिकलगायत जिम्मेवारी नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि सार्वजनिक क्षेत्रको विकास र जिम्मेवारी लिनुपर्ने भन्दै विमानस्थलको सबै जिम्मेवारी नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरिएको समितिका कोषाध्यक्ष बखतबहादुर विष्टले बताए। टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहदुर रावलले विमानस्थलको बारेमा आफूहरू चिन्तित भएको बताए। “वैकल्पिक उपायको खोजी गरी विमानस्थल सञ्चालन गर्नुपर्छ”, उनले भने। त्यतिबेला समितिले मालपोत कार्यालय टीकापुरबाट जग्गा रजिष्ट्रेसन पास हुँदा कारोवार मूल्यको नगरपालिका क्षेत्रबाट एक प्रतिशत र साविकको गाविसबाट ० दशमलव ५ प्रतिशतका दरले रकम संकलन गरिएको थियो । वि.सं २०६७ मा नगरपालिका क्षेत्रबाट २१ लाख १८ हजार, साविका गाविसबाट १२ लाख ७७ हजार र विभिन्न व्यक्ति तथा संघसंस्थाबाट तीन लाख ३६ हजार रुपैयाँ संकलन भएको थियो। विसं २०६८ साउनदेखि रकम संकलन बन्द गर्ने निर्णय गरिएको समितिका सचिव मातृका तिमिल्सिनाले बताए। हाल समितिको विभिन्न बैंक खातामा ३५ लाख ९० हजार मौज्दात छ। करीब आठ वर्षसम्म विमानस्थल अध्ययन, निर्माण तथा सञ्चालन समितिले अध्यन र निर्माणको काम गरे पनि सञ्चालन गर्न भने सफल हुन सकेन। “विमानस्थल सञ्चालनका लागि धेरै प्रयास गर्यौँ”, समितिका अध्यक्ष टीकाराम जैशीले भने। विमानस्थल खाली गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल मर्मत, सम्भार र अध्ययनका लागि रु दुई करोड उपलब्ध गराएको उनले बताए। विमानस्थलको धावन मार्ग बढाउन सरकारले रु १२ करोड बजेट विनियोजन गरेको थियो। गर्न २८ करोड खर्च हुने भएपछि विमानस्थल सञ्चालन गर्न समस्या भएको समितिका सचिव तिमिल्सिना बताउँछन्। यसअघि ४०३ परिवार विमानस्थल अतिक्रमण गरी बसेका थिए। धावन मार्ग छोटो भएकाले जहाज अवतरण गर्न समस्या भएपछि विमानस्थल सञ्चालन गर्न समस्या भएको हो। रासस
मेलम्चीको पानी ल्याउन प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैनः प्रचण्ड
काठमाडौं, वैशाख २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अब कडा कदम चालेरै भएपनि मेलम्चीको पानी काठमाडौं ल्याई छाड्ने बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको प्रथम अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याई छाड्ने बताएका हुन् । उनले केही व्यक्तिहरु नै मेलम्ची आउन नदिन लागिपरेको बताउँदै नेकपा नेतृत्वकै सरकारको पालामा मेलम्चीको पानी काठमाडौं आउने स्पष्ट पारे । उनले अब कसैले चाहेर पनि मेलम्ची आयोजनाको काम नरोकिने बताए । ‘म र प्रधानमन्त्री हामी दुवै हस्तक्षेप गरेर भएपनि मेलम्ची ल्याउन दृढ छौं, उनले भने, म आफू प्रधानमन्त्री भएका बेला मेलम्ची आयोजनाको स्थलगत अनुगमनमा जाँदा केही मानिसहरुले मेलम्ची आउन अझै एक दुई वर्ष लाग्छ भनेको स्मरण गर्दै उनले विभिन्न गतिविधि गर्ने मानिसहरुको समूहले अझै आउन दिन्नौं भनेको सुनेको बताए । ‘मेलम्ची नआओस् भनेर केही मान्छे लागेका छन्, प्रचण्डले भने, ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, कठोर कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ ।’ ‘मलाई थाहा छैन, कसले रोक्छ मेलम्चीको पानी, सुरुङको काम पनि करिब सकिएको छ । सुन्दरीजलको पूर्वाधार पनि अन्तिम चरणमा छ’ उनले भने, ‘तर अझै एक दुई वर्ष लाग्छ भनिएको छ । मलाई लाग्छ मेलम्ची हाम्रै मान्छेहरुले रोकेका हुन् ।’ अध्यक्ष प्रचण्डले मेलम्चीलाई लामो समयदेखि लाग्ने गरेको रोग जस्तै भएको टिप्पणी गरे । उनले अगाडि भने– यो एक किसिमको रोग जस्तै भएपनि हामी यसलाई दृढतापूर्वक सम्पन्न गर्ने अवस्थामा छौँ । जरुरी पर्ने हो भने, यसलाई अप्रेशन नै गर्ने, अप्रेशन गर्न ढिलाई नगरी मेलम्ची ल्याउने भन्नेमा हामी दृढ नै छौँ ।’
फोहोरको डुँगुर बन्दै सगरमाथा, भेटिए मृत मानवदेखि फोहोरसम्म
काठमाडौं, वैशाख २० । संसारको सबैभन्दा सर्वोच्च शिखर फोहोर जम्मा हुने ‘कबाडखाना’ बनेको छ । दशकौंदेखि सगरमाथा आरोहणका क्रममा फ्याँकिने फोहोरका कारण सगरमाथामा निकै ठूलो मात्रामा फोहोर जम्मा भएको हो । बिभिन्न समयमा सगरमाथाको फोहोरको चर्चा भएपनि यसपटक भने स्वयम्सेवकहरुको एउटा टोलीले फोहोर संकलन शुरु गरेको छ । सिएनएनका अनुसार, पछिल्लो दुईहप्ताको अवधिमा तीन मेट्रिक टन (६ हजार ६ सय १३ किलो) फोहोर संकलन गरिएको छ । यो भनेको दुईवटा हिप्पोपोटामस (गैंडा जस्तै जनावर) बराबर भएको सिएनएनले जनाएको छ । सगरमाथा सफाई अभियान अन्तर्गत खाली बोतल, क्यान, प्लास्किट, आरोहणका अन्य सामानलगायतका कुरा संकलन गरिएका छन् । सेनाको हेरिलकोप्टरले माथिल्लो उचाईमा समेत फोहोर संकलन गर्न सघाउ पुर्याएको छ । समाचारमा जनाई अनुसार, फोहोर संकलनका क्रममा चारवटा मानव लास समेत भेटिएका छन् । यी मानव शरीर ८ हजार ८ सय मीटरको उचाईमा रहेको समाचारमा उल्लेख छ । सन् २०११ देखि यता सगरमाथाको सफाईका लागि निरन्तर अभियान सञ्चालन हुँदै आएको छ ।
उत्साहका साथ सकियो लगानी सम्मेलन
काठमाण्डौं, चैत १७ । आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना गरेको लगानी सम्मेलन उत्साहपूर्णरुपमा सम्पन्न भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्ने र त्यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता समेत भित्र्याएर एकाध वर्षभित्रै आर्थिक उन्नतिको मार्गमा अगाडि बढ्ने लक्ष्य हासिल गर्न सम्मेलन फलदायी हुन पुगेको छ । सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई शो केशमा राखेको थियो । सम्मेलनकै क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्तै १७ वटा परियोजनामा आवेदन परेको छ । त्यसमा यातायात पूर्वाधारतर्फ सात, ऊर्जातर्फ चार, कृषिका तीन, शिक्षा तथा स्वास्थ्यका दुई र ढुवानी पूर्वाधारका एक परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् । सम्मेलनमा ४० देशका ७३५ प्रतिनिधि सहभागी भएका थिए । यस्तै ३०० विदेशी कम्पनी, ६०० नेपाली सहभागी भएका थिए भने १०० वटा स्वदेशी कम्पनीले सहभागिता जनाएर सम्मेलनलाई एउटा उत्सवका रुपमा सम्पन्न गरेका छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । उनले उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालमा आउने लगानी र प्रतिफलको सुरक्षामा सरकार कटिबद्ध रहेको, कानूनी तथा नीतिगत सुधार गरिएको र खुला हृदयले लगानीकर्तालाई स्वागत गर्न तयार रहेको भन्दै विदेशी तथा स्वदेशी लगानीकर्ताको मन जित्ने प्रयास गरेका थिए । नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भन्दै सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले लगानीका अवसरको सविस्तार वर्णन गरेका थिए । समापन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हरेक क्षेत्रमा लगानी जरुरी रहेको र त्यसका लागि सरकारले उपयुक्त वातावरण बनाएको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए। राजनीतिक विषयमा फरकफरक अडान राख्दै आएका राजनीतिक दल, उद्योगी व्यवसायी तथा जानकारले एकै स्वरमा भनेका थिए– नेपालमा लगानी गर्न आउनुस्, हामी उच्च प्रतिफल हुने वातावरण बनाउँछौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार अर्थतन्त्रको शुरुआतीसँगै नेपालको निजी क्षेत्रले गरेको प्रगतिको फेहरिस्त मात्रै प्रस्तुत गर्नुभएन, नाफा कमाउन र लगानीको सुरक्षाका लागिसमेत नेपाल आउन आग्रह गर्नुभयो । कोही सत्तापक्ष थिएन, कोही प्रतिपक्ष पनि भएन, सबै नेपाली भएर एकै स्वरमा संसारभरबाट नेपालमा आएका लगानीकर्तालाई सम्बोधन गर्दै भनेका थिए–विकसित देशमा समेत सानातिना समस्या रहन्छ, त्यस्ता समस्यासमेत नेपालमा छैन । भौतिक पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलोमात्रामा लगानी जरुरी रहेको भन्दै लगानी बोर्डले आयोजनाको विशेषतासहितको प्रस्तुतिसमेत गरेको थियो । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घका प्रतिनिधिले सरकारको भनाइमा नै होस्टेमा हैसै गर्दै खुला हृदयका साथ लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका थिए । लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व प्राप्त गरेको नेपालले सहज लगानीका लागि पछिल्लोपटक कानूनमा गरेको सुधार, एकल सेवा केन्द्रमार्फत सेवा दिने प्रणालीको स्थापना, संस्थागत र संरचनागत सुधारले पनि लगानीमैत्री बनेको सन्देश सम्मेलनले दिएको छ । सम्मेलनमा भएका समझदारी शुरुआत मात्रै भएको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले केही समयभित्रै सकारात्मक प्रभाव देखिने बताए । नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिएर नेपालले विश्व रङ्गमञ्चमा बेग्लै पहिचानको सञ्चारसमेत गरेको छ । सम्मेलनमा सहभागीलाई सरकारले प्रदान गरेको न्यानो आथित्वताले पनि उनीहरुलाई आकर्षित गरेको थियो । सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल समृद्धिको यात्रामा रहेको र विश्वका लगानीकर्ताका लागि सुगमस्थल रहेको सन्देशसमेत सम्मेलनले दिएको छ । सम्मेलनकै क्रममा निर्माणमा गइसकेको अरुण तेस्रोमा वित्तीय व्यवस्थापन भएको छ । यस्तै लामो समयदेखि निर्माणमा जान इच्छुक रहेको माथिल्लो त्रिशूलीमा समेत लगानी जुट्ने सुनिश्चितता भएको छ । गैरआवासीय नेपालीसमेत मातृभूमिको विकासका लागि संस्थागतरुपमा लगानी जुटाउन प्रतिबद्ध देखिएका छन् । नेपालमा लामो समयदेखि लगानी गर्दै आएका एशियाली विकास बैंक, विश्व बैंकजस्ता संस्थाले थप लगानी गर्ने प्रतिबद्धता जनाएर सरकारको प्रयासमा सार्थक सहयोग गर्ने वचन दिएका छन् । यसले नेपालको छविसमेत उच्च बनाउन बल पुगेको छ । नेकपा नेतृत्वको वर्तमान सरकारले राजनीतिक विषयलाई भन्दा आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेको, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबैजसो दलको एउटै प्रतिबद्धता रहेको सन्दर्भमा सम्मेलनले नेपालको हित पहिल्याउने दिशामा सार्थक प्रयास गरेको छ । जस्तोसुकै ढाँचाबाट भए पनि नेपालमा लगानी गर्न आग्रह गर्ने नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल लगानीका लागि स्वर्ग जस्तै रहेको बताउने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणादेखि छलफल शत्रमा सहभागी विज्ञलेसमेत लगानीकर्तालाई विश्वासमा लिन कुनै कसर बाँकी राखेका थिएनन् । सम्मेलनले नेपाल सुगम गन्तव्य हो, चीन र भारतजस्ता उदयमान अर्थतन्त्रको बीचमा रहनुको फाइदा सहजै लिन सक्छ भन्ने स्पष्ट र सोझो सन्देशसमेत प्रवाह गर्न सफल भएको छ । सम्मेलनका क्रममा प्रस्तुत गरिएको हुड्के, तामाङ सेलो, साकेलाले पनि नेपालको विधितालाई झल्काउने प्रयास गरेको थियो । रासस
बिदाई हुँदै फेल भएका १० हजार अस्थायी शिक्षक
काठमाडौं, चैत १३ । स्थायी शिक्षकका लागि लिइएको लिखित परीक्षामा असफल भएका करिब १० हजार अस्थायी शिक्षकलाई उपदानसहित बिदाइ गरिने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र (साविकको शिक्षा विभाग) ले ती शिक्षकलाई उपदान दिन ५ अर्ब २५ करोड रुपियाँ राखेको छ। केन्द्रले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका महानिर्देशक बाबुराम पौडेलले त्यस्ता शिक्षकहरू तत्कालै कक्षाकोठाबाट बाहिरिँदा समस्या पर्ने भएकाले आगामी असार मसान्तसम्म काममा लगाउन सकिने गरी व्यवस्था गर्न शिक्षा मन्त्रालयसँग आग्रह गरिएको जानकारी दिए। सरकारले केही समयअघि गठन गरेको कार्यदलले देशभरिका सामुदायिक विद्यालयमा ४७ हजार १०२ शिक्षक अपुग भएको तथ्याङ्कसहितको प्रतिवेदन मन्त्रिपरिषद्मा बुझाएको थियो। शिक्षा नियमावलीले कायम गरेको शिक्षक अनुपातअनुसार अझै ३४ हजार ४०८ शिक्षक अपुग छन्। उनले मन्त्रिपरिषद्ले निर्णय गरिदिए आफूहरूले शिक्षक पदस्थापन र दरबन्दी मिलान तत्काल अगाडि बढाउने बताए । यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ।
घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा ३ घाइते
चितवन, चैत १२ । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गएराति त्रिशूलीमा मिनीबस खस्दा ३ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो । राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका अन्दाजी २५ वर्षीय निशान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुईको अवस्था सामान्य रहेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार गराइएको छ । बसमा चालक र सहचालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो । रासस
अमेरिका जाँदै नेपाल आइडल तीन प्रतिस्पर्धी
काठमाडौं, चैत ८ । नेपाल आइडल सिजन-२ का रवि ओडसहित तीन प्रतियोगी अमेरिका भ्रमणमा जाने भएका छन्। आइडल विजेता रवि, फस्ट रनरअप विक्रम बराल र सेकेन्ड रनरअप सुमित पाठक अमेरिका जाने भएका हुन् । अप्रिल १३ तारिखमा अमेरिकाको न्युयोर्कमा उनीहले सांगीतिक प्रस्तुति दिने छन्। बाल्टिमोरमा अप्रिल १४, नेब्रास्कामा १९ अप्रिल, बोस्टनमा अप्रिल २१ सँगै उनीहरुले अमेरिकाका मुख्य १३ सहरमा सांगीतिक प्रस्तुति पस्कने छन्। नेपाल आइडल नेपाली सांगीतिक इतिहासमै अत्यन्तै धेरैले हेरिएको चर्चित रियालीटी शो हो। २०१७ देखि नै एपीवान एचडी टेलिभिजनमा यो कार्यक्रम सुरु गरिएको हो। नेपाल आइडलका उत्कृष्ट प्रतियोगी जापान, अष्ट्रेलिया र यूएई पुगेर उत्कृष्ट प्रस्तुति दिइसकेका छन्। अप्रिल र मे महिनाभर उनीहरु अमेरिकामै रहनेछन्।